हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्।

हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा छैन।” उनले थपे, “युरोपेली सङ्घ अहिले विघटनको अवस्थामा छ, त्यसैले म आफ्नो देशको भविष्य अझ बलियो रूपमा त्यससँग बाँध्न चाहन्न।” उनका अनुसार, “यदि गम्भीर सुधार भएन भने, युरोपेली सङ्घ हाम्रो जीवनको अस्थायी अध्याय मात्र हुनेछ।”

अघिल्ला वर्षहरूमा पनि हङ्गेरी सरकारले बारम्बार भनेको छ कि देश अझै युरो अपनाउनका लागि तयार छैन, किनकि उसले माष्ट्रिख्ट मापदण्डहरू पूरा गरेको छैन। यी मापदण्डहरू १९९२ को युरोपेली सङ्घ सम्झौताअन्तर्गत तय गरिएको थियो, जसमा वित्तीय स्थिरता, मूल्यस्तर र विनिमय दरको स्थायित्वका सूचकहरू समावेश छन्।

हङ्गेरीले सन् २००४ मा युरोपेली संघमा प्रवेश गरेदेखि नै युरोजोनमा प्रवेशको विषय उठ्दै आएको हो। यधपी, स्वतन्त्र मौद्रिक तथा वित्तीय नीति गुमाउने खतरा भएकाले हङ्गेरी उक्त आर्थिक प्रतिस्पर्धा झेल्न तयार नभएको ओरबानले बताएका छन्।

हाल युरोपेली संघका २० सदस्य राष्ट्रहरूले आधिकारिक रूपमा युरो प्रयोग गर्छन्। हङ्गेरी बाहेक बुल्गेरिया, डेन्मार्क, पोल्याण्ड, रोमानिया, चेक गणराज्य र स्वीडेनले अझै युरो अपनाएका छैनन्।

फाैजदारी अपराधमा अनुसन्धान र कारबाही गर्न आयाेगकाे प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

काठमाडौँ – “जेन जी” आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या, हिंसा, आगजनी लगायतका फाैजदारी अपराधका घटनाको छानबिन सम्बन्धमा गृह मन्त्रालयले असाेज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयाेगकाे प्रतिवेदन आएपछि मात्रै कारबाही गर्नु भनेकोमा, जाँचबुझ आयाेगका अध्यक्ष गाैरीबहादुर कार्कीले जाँचबुझ आयाेगकाे प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।

कार्कीले भदौ २३ र २४ गते भएका फाैजदारी कानुन आकर्षित हुने घटनाको छानबिन नियमित कानुनी प्रक्रियामा गर्न अवरोध नपुग्ने बताएका छन् ।

भदौ २३ र २४ भदौमा जेन–जी आन्दोलनमा भएको दमन र प्रदर्शनकारीका कारण भएको विध्वंसको जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

“जेन जी” अभियन्ताद्वारा ओली र लेखकलाई पक्राउ गर्न डिजीटल अभियान

काठमाडौँ – “जेन जी” अभियन्ताहरुले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान तीव्र बनेको छ। “जेन जी” अभियन्ताहरूको आह्वानमा ट्विटर, फेसबुक र अन्य प्लेटफर्महरूमा #ArrestKPOli, #ArrestRameshLekhak र #ArrestMurderers ह्यासट्यागसहित अभियान सञ्चालन भइरहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक एक पोस्टरमा ओली र लेखकको तस्बिर राखी उनीहरूलाई ‘हत्यारा’का रूपमा चित्रित गरिएको छ। पोस्टरमा “हत्या गर्नेहरूलाई पक्राउ गर, नत्र कदम चाल्न बाध्य हुनेछौँ” भन्ने चेतावनीसहित लेखिएको छ।

oli and lekhak
सामाजिक सञ्जालमा सेयर गरिएको तस्विर यस्तो रहेको छ।

‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले पनि सो पोस्टर शेयर गर्दै ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। उनले आन्दोलन दबाउन जिम्मेवारहरूलाई कारबाही गर्न माग गर्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलाउन सर्वसाधारणलाई आह्वान गरेका छन्।

“जेन जी” आन्दोलन दबाउन उनीहरू प्रत्यक्ष रूपमा संलग्न रहेको आरोप लगाउँदै यसअघि नै पूर्वप्रधानमन्त्री ओलीलगायतलाई राजधानी बाहिर जान रोक लगाइएको छ ।

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं – गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

१९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगको सोमबार बसेको बैठकले यस सम्बन्धी कार्यतालिका पारित गरेको हो।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म हुनेछ। प्रत्यक्षका लागि माघ २ गते बाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

निर्वाचन प्रचार-प्रसार अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ र त्यसपछि मौन अवधि सुरु हुनेछ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने दलहरूले आफ्नो बन्द सूची पुस १८ र १९ गते सम्म पेश गर्नुपर्नेछ।

आयोगले स्वीकृत कार्यतालिकाअनुसार राजनीतिक दल र सरोकारवालासँग नियमित परामर्श र समन्वय गर्ने बताएको छ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता मंसिर १ देखि १० गतेभित्र गर्नुपर्नेछ र त्यस अवधिभन्दा अघि नै कात्तिक ३० गतेसम्म दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। यस अवधिभित्र दर्ता भएका दलहरू मात्र आगामी निर्वाचनमा भाग लिन योग्य हुने आयोगले स्पष्ट पारेको छ।

नेपाल वायुसेवाको राहत उडानमार्फत १५७ यात्रु भैरहवाबाट काठमाडौं ल्याइए

भैरहवा – विपद र प्रतिकूल मौसमका कारण सार्वजनिक यातायात अवरुद्ध भएपछि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई उद्धार गर्न नेपाल वायुसेवा निगमले सोमबार विशेष राहत उडान सञ्चालन गरेको छ। निगमको एयरबस ए-३२० जहाजले भैरहवाबाट १५७ यात्रु बोकेर काठमाडौं फर्किएको हो।

सरकारको अनुरोधमा यो उडान सञ्चालन गरिएको हो। यो राहत उडान अशक्त, बिरामी र वैदेशिक रोजगारका लागि तयारीमा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो। निगमले आइतबार राति ९ बजेका लागि अनुमति लिएको भए पनि प्राविधिक कारण सोमबारको लागि समय परिवर्तन गरिएको थियो।

आन्तरिक उडान स्थगित भएपछि यात्रुको भीड बढेको कारण सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत उडानको व्यवस्था गरेको हो।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुद्वारा राजीनामा

पेरिस – मन्त्रिपरिषद गठनको एक दिनमै फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पदबाट राजीनामा दिएका छन्। उनले राजनीतिक दलहरूबीच सहकार्यको अभावका कारण सरकार सञ्चालन सम्भव नभएको बताएका छन् ।

राष्ट्रपति इम्यानुएल माक्रोंसँग करिब एक घण्टाको भेटपछि लेकोर्नुले पदत्याग घोषणा गरेका हुन्। उनले भने, “प्रधानमन्त्रीको रूपमा काम गर्न आवश्यक अवस्था पूरा भएन।”

लेकोर्नुको मन्त्रिपरिषद् अघिल्ला प्रधानमन्त्री फ्राँस्वा बेय्रूको जस्तै भएकाले संसदमा सबै दलले कडा आपत्ति जनाएका थिए र सरकारलाई अस्वीकार गर्ने चेतावनी दिएका थिए। केवल २६ दिनअघि नियुक्त भएका लेकोर्नु पछिल्ला दुई वर्षमा फ्रान्सका पाँचौँ प्रधानमन्त्री बनेका थिए। लगातारको राजनीतिक अस्थिरताले माक्रोंको सरकार संकटमा परेको छ।

उनको राजीनामापछि पेरिसको सेयर बजारमा तीव्र गिरावट समेत आएको छ।

मानव प्रतिरक्षा प्रणालीमा खोजका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

यस वर्षको मेडिसिनतर्फको नोबेल पुरस्कार मेरी ई. ब्रुनकाउ(अमेरीका) , फ्रेड र्याम्सडेल(अमेरीका), र शिमोन साकागुची(जापान) लाई प्रदान गरिएको छ।

स्विडेनको करोलिन्स्का इन्स्टिच्युटले सोमबार घोषणा गरेको अनुसार, उनीहरूलाई मानव शरीरलाई हानि हुन नदिन प्रतिरक्षा प्रणाली कसरी नियन्त्रणमा रहन्छ भन्ने विषयमा गरेको खोजका लागि सम्मान गरिएको हो।

तीन वैज्ञानिकले परिधीय इम्युन टोलरेन्स सम्बन्धी खोज गरेका हुन्, जसले शरीरमा आत्मप्रतिरक्षा रोगहरूलाइ रोक्न मद्दत गर्छ।

उनीहरूले ११ मिलियन स्विडिस क्रोना (लगभग १.१७ मिलियन अमेरिकी डलर) पुरस्कार बराबरी रूपमा बाँड्ने छन्। नोबेल पुरस्कार डिसेम्बरमा स्विडेनका राजाले प्रदान गर्ने छन्।

प्रधानमन्त्री कार्कीको सचिवालयद्वारा सामाजिक सञ्जालका नयाँ अकाउन्ट प्रयोग गरिने

काठमाडौं — सामान्य रूपमा प्रधानमन्त्रीको कार्यकाल समाप्त भएपछि पुराना प्रधानमन्त्रीले प्रयोग गर्दै आएका सामाजिक सञ्जालका युजरनेम र पासवर्ड नयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गरिन्छ। पूर्व प्रधानमन्त्री ओलीको सचिवालयले ओलीको सचिवालयले आइतबार एक्सको युजरनेम र पासवर्ड मात्र हस्तान्तरण गरेको तर हालसम्म फेसबुक र इन्स्टाग्राम अकाउन्टको युजरनेम र पासवर्ड हस्तान्तरण नगरेकाले नयाँ सरकारका लागि ती प्लेटफर्ममा नयाँ पेजहरू बनाइएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलाउँदै आएका सामाजिक सञ्जाल अकाउन्ट प्रयोग नगर्ने निर्णय गर्दै उनले फेसबुक, एक्स (पहिले ट्विटर) र इन्स्टाग्राममा आफ्नै नयाँ अकाउन्ट प्रयोग गर्ने भएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवम् प्रवक्ता रविलाल पन्थद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि हालका प्रधानमन्त्री कार्कीले अघिल्ला प्रधानमन्त्रीहरूले प्रयोग गर्दै आएका भन्दा फरक युजरनेम भएका सामाजिक सञ्जाल प्रयोग गर्नेछिन्। अघिल्ला प्रधानमन्त्रीहरूले एक्समा @PM_nepal ह्यान्डल प्रयोग गर्दै आएका थिए भने प्रधानमन्त्री कार्कीले अबदेखि @pmsushilakarki प्रयोग गर्नेछिन्।

हाल प्रधानमन्त्री सचिवालयसँग पुरानो @PM_nepal र नयाँ खोलिएको @pmsushilakarki दुवै अकाउन्टको पहुँच छ। तर खनालका अनुसार नयाँ अकाउन्टलाई नै मुख्य सरकारी सञ्चार माध्यमका रूपमा प्रयोग गरिनेछ। उनले भनेका छन् कि नयाँ अकाउन्टमा पोस्ट गरिएका महत्वपूर्ण सरकारी सूचनाहरू पुरानो @PM_nepal बाट पनि रिट्वीट गरिनेछन् ताकि पारदर्शिता कायम रहोस्।

यो निर्णयले नेपालका प्रधानमन्त्री कार्यालयले डिजिटल सञ्चार कसरी सञ्चालन गर्छ भन्ने तरिकामा नयाँ अभ्यासको सुरुवात गरेको देखिन्छ। यसले औपचारिकताको साथसाथै पारदर्शिता र व्यक्तिगत जिम्मेवारीमा पनि जोड दिएको छ।

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ।

आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बढेर सोमबार तोलाको २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलाको २ हजार ९६० रुपैयाँ पुगेको हो ।

सरकार र सुरक्षा निकायको अग्रिम तयारीले मनसुनजन्य विपदको क्षति न्यून पार्न सहयोग

काठमाडौँ-लगातार वर्षाको कारण देशभर बाढी र पहिरोजन्य घटना बढ्न सक्ने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारि गरेसँगै सरकार र मातहतका सुरक्षा निकायहरुले विपदबाट हुने जोखिम नियुनिकरणका लागि आवशयक पुर्व तयारी गरे। लगातारको वर्षाका कारण देशभर भएका विपदका घटनामा ठुलो मात्रामा जनधनको क्षति भएको छ ,यधपी सरकार र सुरक्षा निकायको पुर्व तयारीका कारण यसपटक देशमा हुन गएको प्राकृतिक विपदका घटनाहरुमा सरकार र सुरक्षा निकायहरु पुर्व तयारीका साथ अगाडी बढ्दा मनसुनजन्य विपदको क्षति न्यून पार्न सहयोग भएको छ भने जनताले ठुलो राहत महशुस गरेका छन्।

सरकारले, वर्षातको समयमा बाढी र पहिरोमा परि हुने सडक दुर्घटना न्यूनीकरणका लागि बाढी र पहिरो सम्भावित क्षेत्रहरुमा रातीको समयमा सवारी आवागमनमा रोक लगायो भने, मौसमको प्रतिकुलतासंगै लामोदुरिका सवारी संचालनमा समेत रोक लगायो। काठमाडौँ लगयात देशका विभिन्न जिल्लामा नदि किनारका वस्तीहरु खालि गरेर सुरक्षित स्थानमा स्थानान्तरण समेत गर्यो भने, बीच सडकमा अलपत्र परेकाहरुको लागि स्थानिय तहसंगको समन्वयमा खाधान्न र आवासको समेत व्यवस्था गर्यो।

त्यस्तै,विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको सूचना जारि गरेसँगै नेपाली सेनाले मनसुनजन्य विपद प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू परिचालन गरेको थियो। नेपाली सेनाका ७७ वटै जिल्लाहरूमा तैनाथ ९४ वटा गणहरूबाट एक गुल्म र ५८ वटै गुल्महरूमा एक स्ट्यान्ड बाइ फौज आधारभूत उद्धार सामग्रीहरूसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखिएको थियो। २७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू आफ्ना इक्वीपमेण्टहरुसहित विभिन्न स्थानमा अग्रिम रुपमा हेलिकप्टर सहित तैनाथ गरिए।

त्यसैगरी,सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गर्यो। मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बलले नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राख्यो। जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको थिए । देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्‍याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथ गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालले एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरूलाई पनि विपद् व्यवस्थापनमा समन्वय गर्दै, ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरुसँग पनि समन्वयात्मक रुपमा काम गरेको थियो।

त्यसैगरी,नेपाल प्रहरीले पनि विपद प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको थियो। काठमाडौँमा मात्रै १ सय ३० जना प्रहरी परिचालनगर्दै र १५—१५ जनाको टोली बनाएर र्‍याफ्टिङ बोटहरुसहित काठमाडौँ केन्द्रित उद्दारको काम गरे। विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरूमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा जनशक्ति परिचालित गरिएको थियो।

लगातार वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अग्रिम सूचना जारी गरेपछि सरकार र मातहतका सुरक्षानिकायहरूले आवश्यक पूर्वतयारी गरेका कारण यस वर्षका मनसुनजन्य विपद्‌हरूले देशभर ठूलो जनधन क्षति गरे पनि त्यसको प्रभाव केही हदसम्म घटेको जनाइएको छ। यसले जनतामा पनि राहतको अनुभूति भएको छ।

मनसुन प्रतिकार्य कमान्ड पोष्ट बैठकको ८ बुँदे निर्णय

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिक्रिया कमाण्ड पोष्टले आइतबार सिंहदरबारमा नेपालका धेरै भागहरूलाई प्रभावित पार्ने हालैका मनसुन सम्बन्धी विपत्तिहरूको बारेमा छलफल गर्न बैठक बसेको छ। बैठकले राहत, उद्धार र पुनर्स्थापना उपायहरूमा केन्द्रित आठ बुँदे निर्णय जारी गरेको छ।

एनडीआरआरएमएका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्राधिकरणले असोज १७ देखि निरन्तर वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यस्तो छ प्राधिकरणको निर्णय:

bipad disaster

आज कोजाग्रत पूर्णिमा: बडादशैँ पर्व समापन


काठमाडौं । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । 

अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।
    
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । 

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल बताउँछन् । 

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मंगलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मंगलबार साँझदेखि नै सुरु गरिँदै छ । रासस

भैरहवा विमानस्थलमा अलपत्र यात्रुहरूलाई नेपाल एयरलाइन्सको विमानमा काठमाडौँ ल्याइदै

भैरहवा – भैरहवा विमानस्थलमा विगत दुई दिनदेखि अलपत्र यात्रुहरूलाई उद्धार गर्न नेपाल एयरलाइन्स निगमको ठूलो विमान पठाइने भएको छ । खराब मौसमका कारण आन्तरिक उडानहरू स्थगित भएपछि प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा यो निर्णय गरिएको हो।

प्रधानमन्त्री कार्कीले मुख्य सचिव एकनारायण अर्याललाई नेपाल एयरलाइन्ससँग समन्वय गर्न र पहिले नै टिकट खरिद गरेका तर काठमाडौं यात्रा गर्न नसक्ने यात्रुहरूको लागि उद्धार उडानको व्यवस्था गर्न निर्देशन दिएका छन्।

निर्देशन अनुसार आज साँझ एउटा उद्धार उडान सञ्चालन हुनेछ र भोलि बिहान अर्को उडान हुने तालिका रहेको छ।

लगातारको वर्षाले इलाम, पाँचथर र सिन्धुपाल्चोकका १८ जलविधुत आयोजना प्रभावित

काठमाडौं – लगातार वर्षाका कारण पूर्वी पहाडी जिल्लाका धेरै जलविधुत आयोजना बाढी र पहिरोको असरमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अनुसार हालसम्म १८ वटा साना तथा ठूला जलविधुत आयोजना क्षतिग्रस्त भएका छन्।

इप्पानले दिएको प्रारम्भिक विवरणअनुसार १०५.४ मेगावाट क्षमताका १३ सञ्चालनमा रहेका आयोजना बन्द भएका छन् भने ९३ मेगावाट क्षमताका ५ निर्माणाधीन आयोजना बाढीले क्षतिग्रस्त बनाएको छ।

इलाम जिल्लामा रहेका ४.५ मेगावाट र २२ मेगावाटका माइखोला, ८ र ७ मेगावाटका माइखोला क्यासकेड, ७.८ मेगावाट र ९.६ मेगावाटका सुपरमाई र सुपरमाई ए, र ३ मेगावाटको सुपरमाई ए क्यासकेड आयोजना उत्पादन बन्द भएका प्रमुख प्रभावित आयोजना हुन्। त्यसैगरी जोगमाई, जोगमाई क्यासकेड, तल्लो जोगमाई, माइबेनी, माथिल्लो माई खोला र माइसी क्यासकेड समेत बन्द भएका छन्।

यस्तै, निर्माणाधीन अवस्थामा रहेका पाँचथर, इलाम र सिन्धुपाल्चोकका पाँच आयोजना पनि क्षतिग्रस्त भएका छन्। पाँचथरको सभाखोला बी, हेवाखोला, सिद्धिखोला, ब्रह्मायणी र अपर ब्रह्मायणी आयोजना बाढी तथा पहिरोले प्रभावित भएको इप्पानले जनाएको छ।

अवरुद्ध सडक पुनः सञ्चालनका लागि सबै स्रोत र जनशक्ति परिचालन

काठमाडौं -लगातारको वर्षापछि देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण सडक पूर्वाधारमा ठूलो क्षति पुगेको र सडक अवरुद्ध हुँदा यातायात व्यवस्था प्रभावित बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अवरुद्ध सडक पुनः सञ्चालनका लागि आवश्यक जनशक्ति, मेसिनरी उपकरण र स्रोतहरू परिचालन गरी मर्मत कार्य तीब्र रूपमा भइरहेको छ। विशेषगरी प्रमुख राजमार्गका खण्डहरूलाई प्राथमिकतामा राखी अवरोध हटाउने काम जारी छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सडक विभागले यातायात पुनः सुचारु गर्नका लागि आवश्यक सबै स्रोत र जनशक्ति सक्रिय बनाएको छ। केही राजमार्गमा रातदिन मर्मत र डाइभर्सन निर्माणको काम भइरहेको छ।

काठमाडौंबाट पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग तथा नारायणघाट–मुग्लिन सडकखण्डमा अवरोध हटाइएर सवारीसाधन सञ्चालन सुरु भएको मन्त्रालयले जनाएको छ। साथै, अवरुद्ध बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक) र मेची राजमार्गमा पनि मर्मत र डाइभर्सन निर्माण कार्य सुरु भएको छ।

सडक पुनः सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय तहहरूसँग सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।

सडकको अद्यावधिक जानकारीका लागि सडक विभागको वेबसाइट वा विभागको कल सेन्टर ९८५१४१६८९३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

मन्त्रालयले बाढीपहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ। साथै, सबैलाई संयम र सावधानी अपनाउन आग्रह गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ

काठमाडौं – नक्कली भुटानी शरणार्थी मुद्दाको सम्बन्धमा न्यायिक हिरासतमा रहेका र “जेन जी ” प्रदर्शनका क्रममा जेलबाट भागेका सन्देश शर्मालाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो।

शर्मा दाङका स्थायी बासिन्दा हुन्। यसअघि प्रहरीले बेचन झा, सानु भण्डारी र केशव दुलाल लगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अन्य थुनुवाहरूलाई पनि पुन: पक्राउ गरेको थियो।

विपदको घटनामा परि देशभर ४९ जनाको मृत्यु: ११ जना बेपत्ता

काठमाडौं — पछिल्ला दुई दिनमा देशभर विभिन्न प्राकृतिक विपद्का घटनाबाट ४९ जनाले ज्यान गुमाएका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाका कारण १३ जना घाइते भएका छन्।

विपद्का घटनापछि हालसम्म ११ जना बेपत्ता रहेका सशस्त्र प्रहरीले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै क्षति इलाम जिल्लामा भएको हो, जहाँ बाढीपहिरोका कारण ३७ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्।

यस्तै, उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौंमा एक जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङ लाग्दा आठ जना घाइते भएका छन्।

पाँचथरमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु र छ जना घाइते भएका सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बीपी राजमार्गको करीब ७०० मिटर सडक बगायो : यातायात ठप्प

काठमाडौं — लगातारको वर्षासँगै आएको बाढी र पहिरोले बीपी राजमार्गका धेरै खण्डमा ठूलो क्षति पुर्‍याएको छ। काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न भागमा कम्तीमा १२ स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयहरूले जानकारी दिएका छन्।

काभ्रेपलाञ्चोक प्रहरीका अनुसार भकुण्डेबेसीदेखि सिन्धुली सीमासम्म ९ स्थानमा सडक अवरुद्ध भएको छ। कतिपय स्थानमा सडक भासिएको र बाढीले बगाएको छ। उनले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून रहेको बताए।

अरनिको राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा रहेको जनाइएको छ। खावामा एकतर्फी सवारीसाधन सञ्चालन भइरहे पनि अन्य ठाउँमा आवागमन बन्द छ।

सिन्धुलीतर्फ पनि बाढी र पहिरोले राजमार्गको धेरै भागमा क्षति पुर्‍याएको छ। प्रहरीका अनुसार नेपालथोकदेखि दुम्जासम्म तीन ठाउँमा सडक बाढीले बगाएको छ। तीमध्ये एक स्थानमा करिब ३०० मिटर, अर्कोमा १०० मिटर र अर्कोमा ५० मिटर सडक बगाइएको छ।

रोशी खोलाले नेपालथोक क्षेत्रमा २५० मिटर सडक बगाएको र गजुली दहमा ठूलो पहिरो खसेको छ। सुनकोसी गाउँपालिका–६ कानढुंग्रेतर्फ पनि पहिरो खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपालथोकदेखि खुर्कोटसम्मको सडक आंशिक रूपमा (एकतर्फी) खुलाइएको छ, तर धेरै स्थानमा पहिरो हटाउने काम जारी छ। बाढीले सडकको ठूला भाग बगाएकाले तत्काल यातायात सञ्चालन हुने सम्भावना न्यून छ। शनिबारदेखि नै यो राजमार्गमा सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द छ।

तीन जिल्लामा गएको बाढी र पहिरोमा २२ जनाको मृत्यु २८ जना बेपत्ता

काठमाडौं — लगातारको वर्षाका कारण देशका तीन जिल्लामा गएको पहिरोले २२ जनाको ज्यान लिएको छ। नेपाल प्रहरीका अनुसार शनिबार र आइतबार उदयपुर, रौतहट र इलामका विभिन्न ठाउँमा पहिरोका घटनामा जनधनको ठूलो क्षति भएको हो।

प्रहरीका अनुसार इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ। त्यहाँ सातजना अझै बेपत्ता छन् भने छ जनालाई जिवितै उद्धार गरिएको छ।

रौतहटमा पहिरोका कारण तीन जनाको मृत्यु भएको छ। त्यस्तै उदयपुरमा एक जनाको मृत्यु भएको र २१ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लगातारको वर्षाका कारण पहिरो जोखिम अझै कायम रहेकाले उद्धार कार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका छन्।

सप्तकोसीमा पानीको बहाब उच्च: कोशी ब्यारेजका ५६ ढोका खोलिए

सुनसरी — लगातारको अविरल वर्षाका कारण सप्तकोसी नदीको पानीको सतह वर्षकै उच्चस्तरमा पुगेको छ। पहाडी जिल्लामा भएको मुसलधारे वर्षाले नदीमा पानीको मात्रा तीव्र गतिमा बढाएको हो।

सप्तकोसीको बहाब प्रतिसेकेन्ड ३ लाख ३० हजार ३६० क्युसेक पुगेको छ, जुन यो वर्षको सबैभन्दा उच्च मापन हो। बहाब बढेसँगै कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन्।

जोखिम बढेपछि ब्यारेज क्षेत्रमा उच्च सतर्कताको संकेतका रूपमा रातो बत्ती बालिएको छ। सप्तकोसीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी बहाब खतराको तह मानिन्छ, जसका कारण हालको अवस्था अत्यन्त संवेदनशील बनेको छ।

संभावित जोखिम घटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली तयारी अवस्थामा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार सप्तकोसी आसपासका बस्तीहरूलाई सतर्क रहन निर्देशन दिइएको छ।

स्थानीय प्रशासनले कोशी ब्यारेज, चतरा, पश्चिम कुशाहा र दक्षिणी तटबन्ध क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षा जारी रहेकाले सप्तकोसीको जलस्तर अझै बढ्ने सम्भावना छ। प्रशासनले आकस्मिक अवस्थाको सामना गर्न उद्धार टोली र राहत सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई उडान सुचारु

काठमाडौं – अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ भने,पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको विमानस्थल स्रोतले बताएको छ।

आन्तरिक टर्मिनलका अनुसार शनिबार पोखरा, विराटनगर, भरतपुर, भैरहवा, जनकपुर, धनगढी र नेपालगञ्जमा रोकिएका विमानहरू आज क्रमशः काठमाडौं फर्किँदै छन्।

आज आइतबारका लागि कुल १४० वटा आन्तरिक उडान तय भएका छन्। तीमध्ये बुद्ध एयरका ७२ उडान सबैभन्दा बढी रहेका छन्। त्यसपछि यती एयरलाइन्सका ३२, श्री एयरलाइन्सका २६, र तारा एयरका ९ उडान रहेका छन्। सीता एयर, समिट एयर, र नेपाल एयरलाइन्सले १/१ वटा उडान सञ्चालन गर्ने कार्यक्रम छ।

तीमध्ये ३ वटा पर्वतीय उडान तय भएका छन् । जस्मा २ वटा बुद्ध एयर र १ वटा यती एयरलाइन्सका छन् ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।शनिबार साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिमा ७ वटा अन्तर्राष्ट्रिय उडानहरू खराब मौसमका कारण बंगलादेश र भारततर्फ मोडिएका थिए। तीमध्ये सबै उडानहरू राति ढिलो गरी काठमाडौं फर्किसकेका छन्।

इलाममा बाढी र पहिरोको कारण १८ जनाको मृत्य

इलाम — शनिबार रातिदेखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी इलाम जिल्लामा १८ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरू इलाम जिल्ला अन्तर्गत विभिन्न ठाउँका रहेका छन्

सबैभन्दा धेरै पाँच जनाको मृत्यु सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा भएको छ। चार जनाको शव घटनास्थलमै फेला परेका छन् भने एक जनाको शव पछि उद्धार टोलीले भेटाएको प्रहरी स्रोतले जनाएको छ।

नेपाल–भारत सीमाको नजिक रहेका कारण उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा निकाय एसएसबीले संयुक्त रूपमा सहयोग गरेको बताइएको छ। मृतकहरूको पहिचान अझै खुलेको छैन।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमध्ये मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना, देउमाई–५ धुसुनेमा २ जना, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना, र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना गरी जम्मा १८ जनाको मृत्यु भएको हो।

जर्जियामा राष्ट्रपति भवनमा आक्रमण गर्न खोज्ने प्रदर्शनकारीहरू र प्रहरीबीच झडप

टिबिलिसी- जर्जियाको राजधानी टिबिलिसीमा राष्ट्रपति भवनमा आक्रमण गर्न खोज्ने सरकार विरोधी प्रदर्शनकारीहरूसँग प्रहरीको झडप भएको छ।

तनाव बढ्दै जाँदा सुरक्षा बलले भीडलाई तितरबितर पार्न पानीको तोप र पेपर स्प्रे प्रयोग गरेको छ।

गत वर्षको संसदीय चुनावमा सत्तारूढ जर्जियाली ड्रीम पार्टीले विजयी घोषणा गरेदेखि देश राजनीतिक उथलपुथलमा छ, जुन युरोपेली संघ समर्थक विपक्षीहरूले धाँधली भएको दाबी गरेका छन्। विवादित मतदान पछि, सरकारले युरोपियन युनियनमा मा सामेल हुने वार्ता स्थगित गरेको थियो ।

जर्जियाली र युरोपियन युनियनको झण्डा फहराउँदै, मध्य टिबिलिसीमा भेला भएका हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति भवनतिर लागेपछि दंगा प्रहरीले पेपर स्प्रे र पानीको फोहोरा प्रयोग गरेर भिड नियन्त्रणको प्रयास गरेको छ।

कार्यकर्ताहरू, स्वतन्त्र मिडिया र विपक्षी व्यक्तिहरूमाथि महिनौंदेखि सरकारी दबाबका कारण उत्पन्न भएको परिस्थितिमा अधिकांश पश्चिम समर्थक विपक्षी नेताहरू अहिले जेलमा छन्।

चेक रिपब्लिकको संसदीय निर्वाचनमा आन्द्रेज बाबिस विजयी : गठबन्धन सरकारको चुनौती

चेक रिपब्लिक- अरबपति व्यापारी आन्द्रेज बाबिसले चेक गणराज्यको संसदीय निर्वाचनमा विजय हासिल गरेका छन्, तर उनको लोकप्रिय पार्टी एएनओ ले पूर्ण बहुमत हासिल गर्न भने सकेन । प्रारम्भिक परिणामअनुसार, एएनओले करिब ३५ प्रतिशत मत प्राप्त गर्दै २०० सदस्यीय संसदको तल्लो सदनमा ८१ सिट जितेका छन्।

सन् २०१७ देखि २०२१ सम्म प्रधानमन्त्रीका रूपमा सेवा गरेका बाबिसले अब नयाँ गठबन्धन सरकार गठनका लागि वार्ता सुरु गर्ने अपेक्षा गरिएको छ।

बाबिसले साना दक्षिणपन्थी युरो सन्देही दुई दलहरूसँग वार्ता सुरु गर्ने सम्भावना छ। मोटोरिस्ट्स फर देमसेल्भ्स , जसले युरोपेली संघको “ग्रीन डिल” नीतिको विरोध गर्छ, र फ्रिडम एण्ड डाइरेक्ट डेमोक्रेसी पार्टी, जसको नेतृत्व टमियो ओकामुराले गरेका छन्। बहुमत सुनिश्चित गर्न दुवै दलसँग सहकार्य आवश्यक हुनेछ।

एएनओ र मोटोरिस्ट्सबीच केही साझा दृष्टिकोण छन्, किनभने दुवैले ईयूको वातावरणीय नीतिहरू र सन् २०३५ पछि पेट्रोल तथा डिजेल कार बिक्रीमा लगाइने प्रतिबन्धको विरोध गरेका छन्। तर एसपीडीसँगको सम्बन्ध जटिल हुन सक्छ, किनभने उक्त दलले केही अतिदक्षिणपन्थी समूहहरूसँग गठबन्धन गरेको छ र ईयू तथा नाटो सदस्यतामा जनमत संग्रहको समर्थन गर्छ, जसलाई बाबिसले ठाडै अस्वीकार गरेका छन्।

चुनाव अभियानको क्रममा बाबिसले अघिल्लो सरकारले चेक नागरिकहरूलाई बेवास्ता गरेर युक्रेनी शरणार्थीहरूलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका थिए। तर उनले एसपीडीको शरणार्थीहरूलाई देशनिकाला गर्ने मागको समर्थन गर्ने सम्भावना कम देखिन्छ।

विश्लेषकहरूका अनुसार, बाबिसले दुई साना दलको अनौपचारिक समर्थनसहित अल्पमत सरकार गठन गर्ने सम्भावना बढी छ।

ट्रम्पले बमबारी रोकिएको दाबी गरे पनि गाजामा इजरायली आक्रमणमा ६१ जनाको मृत्यु

गाजा-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले अस्थायी रूपमा बमबारी रोकेको बताए पनि गाजा पट्टीभरि इजरायली हवाई आक्रमणमा कम्तिमा ६१ प्यालेस्टिनीको मृत्यु भएको छ।

ट्रम्पको गाजा शान्ती वार्ता प्रस्तावमा हमासले बन्दी बनाएका सबिलाई रिहा गर्ने बताएको केहि समयपछि नै गाजामा भएको आक्रमणमा ६१ प्यालेस्टिनीको मृत्यु भएको हो । हमासले गाजाको प्रशासन प्यालेस्टिनी टेक्नोक्रेटहरूको टोलीलाई हस्तान्तरण गर्न र प्यालेस्टिनी कैदीहरूको बदलामा सबै इजरायली बन्दीहरूलाई रिहा गर्न सहमत भएको छ।

यद्यपि, हमासले विज्ञप्तिमा निशस्त्रीकरणको मुद्दालाई भने सम्बोधन गरेको छैन तर मध्यस्थता वार्तामा तुरुन्तै प्रवेश गर्न तयार रहेको भनिएको छ।

अक्टोबर २०२३ मा गाजामाथि इजरायलको युद्ध सुरु भएदेखि, कम्तिमा ६७,०७४ जना मारिएका छन् र १६९,४३० जना घाइते भएका छन्, हजारौं भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

यसैबीच, इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले अमेरिकी राष्ट्रपतिको प्रस्तावमा वार्ता गर्नकै लागि गाजा आक्रमण रोक्न सहमत भएकोमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आलोचना गरेका छन् ।

नेतान्याहूको गठबन्धन सरकारका एक प्रमुख व्यक्तित्व र कब्जा गरिएको पश्चिम किनारमा रहेको अवैध बस्तीका बासिन्दा स्मोट्रिचले बारम्बार इजरायललाई गाजा पट्टी कब्जा गर्न आह्वान गरेका छन्।

इजरायल विरुद्ध विश्वभर विरोध प्रदर्शन

इजरायलले गाजातर्फ जाँदै गरेको खाद्यान्न सहायता बोकेका जहाजहरु नियन्त्रण गरेपछि इजरायल विरुद्ध विश्वभर विरोध प्रदर्शन सुरु भएका छन्। लण्डनमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप समेत भएका छन्। प्रदर्शनकारीहरूले बेलायती सरकारमाथि इजरायलमाथि दबाब नदिएको आरोप लगाउँदै खाद्यान्न सहायता बोकेका जहाजमा रहेका व्यक्तिहरूको तत्काल रिहाइको माग गरेका छन्।

‘ग्लोबल सुमुद फ्लोटिला’ नामक यो सहायता अभियान एक महिनाअघि स्पेनबाट गाजाको नाकाबन्दी तोड्ने र मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रस्थान गरेको थियो। सो जहाजमा ४४ देशका झन्डै ४०० जना सहभागी थिए, जसमा स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि थिइन्।

इजरायली सेनाले बुधबार ति सबै जहाजहरुलाई लाई नियन्त्रणमा लिएको थियो। इजरायलको परराष्ट्र मन्त्रालयले उक्त अभियानलाई उत्तेजनापूर्ण कार्य भएको आरोप लगाएको छ।

इजरायलको कदमविरुद्ध टर्की, स्पेन, आयरल्यान्ड, इटाली, ग्रिस र ट्युनिसियामा समेत सडक प्रदर्शन भएका छन्। यसअघि पनि इजरायली नरसंहारको विरोध गर्दै,अस्ट्रेलिया,पोर्चुगल,अमेरिका लगायतका देशहरुमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले गाजातर्फको सहायता जहाज ‘ग्लोबल सुमुद फ्लोटिला’ नियन्त्रण तत्काल फिर्ता गर्न र सहभागीहरूको रिहाइको माग गरेका छन्।

सानाए ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने

टोकियो — जापानको सत्तारूढ दक्षिणपन्थी लिबरल डेमोक्रेटिक पार्टीले सानाए ताकाइचीलाई नयाँ नेता चयन गरेको छ, जसले ६४ वर्षीया ताकाइचीलाई जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने मार्ग खुला गरेको छ।

ताकाइची बलियो दक्षिणपन्थी विचारधाराका कारण चिनिने नेत्री हुन्। उनले पहिले मन्त्री, टेलिभिजन होस्ट, र हेभी मेटल ड्रमरको रूपमा पनि काम गरेकी थिइन्। उनी जापानकी सबैभन्दा परिचित र विवादास्पद राजनीतिक व्यक्तित्वमध्ये एक हुन्।

उनको नेतृत्व जापानका लागि चुनौतीपूर्ण समयमा आएको हो, किनभने देश अहिले सुस्त अर्थतन्त्र, बढ्दो मुद्रास्फीति, स्थिर तलब, र अमेरिकासँग कमजोर सम्बन्धजस्ता समस्यामा छ। उनलाई अघिल्लो सरकारद्वारा ट्रम्प प्रशासनसँग सहमति गरिएको ट्यारिफ सम्झौताको कार्यान्वयन पनि व्यवस्थापन गर्नुपर्नेछ।

ताकाइचीको पहिलो चुनौती भनेको लामो समयदेखि चलिरहेका आन्तरिक विवाद र भ्रष्टाचार प्रकरणपछि विभाजित भएको आफ्नै पार्टीलाई एकजुट गर्नु हुनेछ। उनका पूर्ववर्ती प्रधानमन्त्री सिगेरु इसिबाले लगातार निर्वाचन हारपछि गत महिना राजीनामा दिएका थिए, जसका कारण पार्टी गठबन्धनले संसदका दुवै सदनमा बहुमत गुमाएको थियो।

उपत्यकाको नदि करिडोर निरिक्षणमा मन्त्रि कुलमान घिसिङ

काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले उपत्यकाको नदि करिडोर तथा चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन्।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र अन्य सरकारी अधिकारीहरूको टोली लिएर उनले काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले गल्छी क्षेत्रको निरीक्षण गरेका हुन्।

मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे पनि जानकारी लिएका हुन्।

यस क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न आग्रह गरेका छन्।

देशभर निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै २ दिन सार्वजनिक बिदा

काठमाडौँ- देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

विपद व्यवस्थापन महाशाखाले ३ दिनको लागि देशभर चल्ने लामो दुरी र काठमाडौँ भित्रिने र बाहिरिने सम्पूर्ण सवारी बन्द गर्न आह्वान गरेको र राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।

उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय गरिएको छ भने नेपाली सेनाको हेलिकप्टर पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

Homoe minsitery release 1

सबै जिल्लाबाट चल्ने लामो दुरीका र काठमाडौँ भित्रिने र बाहिरीने सम्पूर्ण यातायात सेवा तिन दिनका लागि बन्द

अविरल वर्षासँगै २० जिल्लामा रेड अलर्ट

काठमाडौँ- देशभर लगातार वर्षा भइरहेको बेला बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ।

महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवनमा बाढीको अत्यधिक जोखिम देखिएको छ।

त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा पनि बाढीको उच्च जोखिम रहेको बताइएको छ।

flood notice

साथै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दिया जिल्लाका साना नदी–नालामा पानीको बहाब तीव्र हुनसक्ने तथा आकस्मिक बाढी आउने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

महाशाखाले नागरिकलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू स्थगन

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।

प्रतिकुल मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए । 

“मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्,” उनले भने, “अविरल वर्षाको समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ ।”

अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रासस

अत्यावश्यक बाहेक यात्रा नगर्न विपद प्राधिकरणको आग्रह

काठमाडौं – राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी चार दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा जरुरी नभएसम्म यात्रा नगर्न सार्वजनिक अपिल गरेको छ।

असोज १७ गते शुक्रबार देखि असोज २० गते सोमबार सम्म लामो दुरीको यात्रा नगर्न आग्रह गरिएको छ। यो चेतावनी जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानेर गरिएको हो, जसअनुसार सो अवधिमा यी प्रदेशका विभिन्न जिल्लामा ठूलो वर्षा हुने सम्भावना छ।

प्राधिकरणका अनुसार बागमती, कमला र कोशी नदीमा पानीको सतह खतराको स्तरमा पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन जरुरी छ।

उच्च जोखिम रहेका क्षेत्रहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै चेतावनी दिइएको छ। बागमती प्रदेशमा काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशमा संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ; र मधेश प्रदेशमा बारा, पर्सा, सर्लाही, रौतहट तथा आसपासका क्षेत्र प्रभावित हुने सम्भावना छ।

प्राधिकरणले जारी गरेको सन्देशअनुसार:

अत्यावश्यक नभएसम्म टाढा यात्रा वा रातको समयमा यात्रा नगर्नु।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले वर्षा र सडक अवस्थाको मूल्याङ्कन गरी सवारी साधन रोक्ने निर्णय लिन र कार्यान्वयन गर्न सक्ने।

भूस्खलन सम्भावित तथा नदी किनारका बस्तीहरू उच्च सतर्क रहनु।

बाढी सम्भावित बस्तीका बासिन्दाले सुरक्षित स्थान पहिचान गरी आवश्यक पर्दा तुरुन्त सार्न तयारी राख्नुपर्छ।

यस्तै, प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक र सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन आह्वान गरेको छ। जोखिमपूर्ण राजमार्ग र सडकमा प्रयोग गर्न सकिने डोजर, एक्जाभेटर र लोडर जस्ता उपकरण तत्पर अवस्थामा राख्न भनिएको छ। साथै सहकार्य संस्थाहरूलाई जिल्लास्तरीय तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर सतर्कता र तयारीमा सहयोग गर्न आग्रह गरिएको छ।

आज देशभर अधिकांश स्थानमा वर्षा: सचेत रहन आग्रह

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम विभागका अनुसार आज दिनभरिको मौसम यस्तो रहनेछ

आज दिउँसो : देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका अधिकांश स्थान, लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

इजरायली बन्धकहरूलाई रिहा गर्न हमास तयार

गाजा – प्यालेस्टिनी समूह हमासले शान्ती वार्तालाई अन्तिम रूप दिन सबै इजरायली बन्धकहरूलाई रिहा गर्न र मध्यस्थकर्ताहरू मार्फत वार्ता सुरु गर्न तयार रहेको घोषणा गरेको छ। समूहले गाजाको नियन्त्रण स्वतन्त्र प्यालेस्टिनी निकायलाई हस्तान्तरण गर्न पनि इच्छुकता व्यक्त गरेको छ।

हमासले शुक्रबार भनेको छ कि यो निर्णय यस हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको २०-बुँदे शान्ति योजनाको गहन अध्ययन पछि गरिएको हो। योजनामा ​​इजरायल र हमास बीच तत्काल युद्धविराम, प्यालेस्टेनी र इजरायली बन्धकहरूको आदानप्रदान, गाजाबाट इजरायली सेनाको चरणबद्ध फिर्ता र अस्थायी अन्तर्राष्ट्रिय प्रशासनको स्थापना समावेश छ।

एक विज्ञप्तिमा, हमासले ट्रम्पको प्रस्तावमा उल्लेख गरिएको आदानप्रदान सूत्र अनुसार जीवित र मृतक दुवै इजरायली बन्दीहरूलाई रिहा गर्ने आफ्नो सम्झौता पुष्टि गरेको छ। सम्झौता कार्यान्वयनको लागि मध्यस्थकर्ताहरू मार्फत तत्काल वार्तामा प्रवेश गर्न तयार रहेको पनि हमासले जनाएको छ।

समूहले गाजाको प्रशासनिक नियन्त्रण स्वतन्त्र प्यालेस्टिनी निकायलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएको छ, जसलाई प्यालेस्टिनी राष्ट्रिय सहमतिबाट गठन गरिएको र अरब र इस्लामिक राज्यहरूद्वारा समर्थित प्राविधिक अधिकारको रूपमा वर्णन गरिएको छ।

यद्यपि, हमासले योजनाका अन्य तत्वहरू, जस्तै हमासको पूर्ण निशस्त्रीकरण स्पष्ट रूपमा अस्वीकार गरेको छ ।हमासले ति अन्य मुद्दाहरू प्यालेस्टिनी राष्ट्रिय ढाँचा भित्र सम्बोधन गरिनुपर्ने बताएको छ।

लगातारको वर्षाले नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौँ- निरन्तरको वर्षापछि खसेका पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड दुबै आवतजावतका लागि बन्द भएका छन्।

धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार बेनीघाट रोराङ–१० को जवाङ खोलामा आज बिहान करिब २ बजे पहिरो खस्दा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको हो। त्यसैगरी नारायणगढ–मुग्लिन खण्डको तुइन खोलामा पनि पहिरो खसेर सडक बन्द भएको छ।

पहिरोको कारण दुवै तर्फ यातायात पुनः पूर्णरुपमा रोकिएको छ।

निरन्तर वर्षा र ढुंगा–माटो खस्ने क्रम जारी भएकाले अहिले सडक सफा गर्ने काम अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। २० गतेसम्म यात्रा गर्दा सावधानी अपनाउन सरकारले सार्वजनिक सुचना समेत जारि गरेको छ।

रूसबाट ग्यास आपुर्ती नरोक्ने टर्कीको घोषणा

अंकारा – टर्कीले अमेरिकी सरकारको आग्रह अस्वीकार गर्दै रूसबाट ग्यास आयात निरन्तर गर्ने स्पष्ट पारेको छ। ऊर्जामन्त्री अल्पार्स्लान बायराक्तरले टर्कीले आवश्यक ऊर्जाका लागि रूससहित उपलब्ध सबै आपूर्तिकर्ताबाट ग्यास खरिद गर्न जारी राख्ने बताएका छन्।

उनको भनाइ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको वक्तव्यपछि आएको हो। ट्रम्पले पछिल्लो सातामा राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग भेटपछि टर्कीले पनि नाटो सदस्य राष्ट्रको हैसियतमा रूससँगको तेल तथा ग्यास कारोबार बन्द गर्ने संकेत दिएका थिए।

तर मन्त्री बायराक्तरले यस्तो सम्भावना नकार्दै भने, “हामी नागरिकलाई ग्यास सकियो भन्न सक्दैनौं। ऊर्जाको निरन्तर आपूर्ति गर्न विविध स्रोतमा पहुँच हुनैपर्छ। रूससँगका सम्झौताहरू यथावत् भएकाले टर्कीले ग्यास आपूर्ति रोक्दैन। जाडो नजिकिँदै छ, हामीलाई सकेसम्म धेरै ग्यास चाहिन्छ।”

उनले टर्कीले आपूर्तिकर्ता विविधीकरण गर्ने र घरेलु उत्पादन बढाउने रणनीति अघि बढाइरहेको बताए। “टर्कीमा ग्यासको ठूलो खपत हुन्छ। विविध स्रोतबाट खरिद गर्दा ऊर्जा सुरक्षामा थप मजबुती आउँछ,” उनले भने।

पश्चिमी मुलुकहरूले सन् २०२२ मा युक्रेन युद्ध तीव्र भएपछि रूसबाट ऊर्जा आयात उल्लेख्य मात्रामा घटाएका छन्। युरोपेली संघले २०२७ भित्र रूसी जीवाश्म इन्धन आयात पूर्णरूपमा बन्द गर्ने योजना बनाएको छ। तर हङ्गेरी र स्लोभाकिया जस्ता देश अझै पनि ठूलो मात्रामा रूसी ग्यास तथा तेल आयात गर्छन्।

टर्की युरोपेली संघको सदस्य नभए पनि नाटोको महत्त्वपूर्ण साझेदार हो। उसले युक्रेन युद्धपछि रूसविरुद्ध पश्चिमी प्रतिबन्धमा सामेल नभई ऊर्जा आयात र कूटनीतिक सम्बन्धलाई यथावत् राखेको छ।

यसैबीच, क्रेमलिनले रूसी ऊर्जामाथि लगाइएका प्रतिबन्धलाई अवैधानिक र आत्मघाती बताउँदै युरोपले महँगो विकल्प रोज्नुपर्ने चेतावनी दिएको छ। क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भने, “ट्रम्पको उद्देश्य अमेरिकी आर्थिक हित सुरक्षित गर्नु हो।” विश्वलाई अमेरिकी तेल र एलएनजीका लागि बढी रकम तिर्न बाध्य बनाउने अमेरिकी नीति भएको उनले बताएका छन्।

विदेशी जेलमा ११७१ नेपाली: सात जनालाई आजीवन कारावास

काठमाडौं – परराष्ट्र मन्त्रालयले १ हजार १७१ जना नेपाली नागरिक हाल विदेशी जेलमा रहेका भएको पुष्टि गरेको छ।

मन्त्रालयले संघीय संसद सचिवालयलाई दिएको लिखित जवाफअनुसार विभिन्न मुलुकका जेलमा १ हजार १७१ जना नेपाली नागरिकले कारागार सजाय भोगिरहेका छन्। तीमध्ये सात जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। तर कुन मुलुकमा कति नेपाली छन् र उनीहरूलाई के कस्ता मुद्दामा सजाय भएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयका अनुसार विदेशी जेलमा रहेका नेपालीलाई त्यहाँका नेपाली नियोगमार्फत कानुनी र कन्सुलर सहयोग उपलब्ध गराइएको छ।

सरकार नेपाली नागरिकहरू विदेशी भूमिमा कानुनी समस्यामा परेमा आवश्यक सहयोग र सहजीकरण गर्न कटिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

ओमानमा हुने टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टिम घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टिम घोषणा गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको १५ सदस्यीय टोलीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्र ऐरीलाई दिइएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र सोमपाल कामी पनि समावेश छन्।

प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। नेपाल समूह २ मा परेका कारण उसले पहिलो चरणमा कुवेत र जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

यसपटक एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रका ९ टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीहरूलाई तीन–तीन समूहमा विभाजन गरिएको छ।

चाडपर्व लक्षित आन्तरिक हवाई भाडादर सार्वजनिक

काठमाडौं – चाडबाडको समयमा हवाई टिकटको माग अत्यधिक हुने र महँगोमा बिक्री गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानका हवाई भाडादर सार्वजनिक गरेको छ।

प्राधिकरणले सरकारले स्वीकृत गरेको भाडादरभन्दा बढी रकम यात्रुबाट असुल गर्न नपाइने चेतावनी दिएको छ। नियम उल्लंघन गर्ने वायुसेवा कम्पनी तथा सरोकारवालामाथि कडा कारबाही हुने पनि प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढीमा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरामा ३ हजार ९७८ रुपैयाँ छ।

प्राधिकरणले तोकेको आन्तरिक हवाई भाडादर सूची यसप्रकार छः

काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ
काठमाडौं–भरतपुर : ४ हजार ६४३ रुपैयाँ
काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ
काठमाडौं–जनकपुर : ५ हजार ४७० रुपैयाँ
काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ
काठमाडौं–नेपालगन्ज : १३ हजार १०३ रुपैयाँ
काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ
काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ
काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ
काठमाडौं–राजविराज : ८ हजार २१० रुपैयाँ
काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ
काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ

अविरल वर्षा, बाढी र पहिरोले पाँच स्थानमा राजमार्ग अवरुद्ध

काठमाडौं – अविरल वर्षा, बाढी र पहिरोका कारण शुक्रबार (असोज १७) मा देशका पाँच स्थानमा राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। प्रभावित जिल्लाहरूमा संखुवासभा, सिन्धुपाल्चोक र रसुवा पर्दछन्।

आज बिहान ७ बजेसम्मको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणस्थित कोसी राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही जिल्लाको मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि कोसी राजमार्ग सञ्चालनमा आउन नसकेको प्राधिकरणले जनाएको छ।

रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण सडक अझै खुल्न सकेको छैन। यस कारण नेपाल–चीन सीमा नाका सञ्चालनमा आउन नसकेको हो। नेपाल–चीनलाई जोड्ने पुल र पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, चारकिलोमा गएको पहिरोका कारण अरनिको राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

कोलम्बियाद्वारा इजरायली कुटनीतिज्ञलाई देश निकाला: व्यापार सम्झौता स्थगित

बोगोटा- कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले गाजातर्फ गएको फ्लोटिलालाई इजरायली नौसेनाले रोकेपछि देशमा बाँकी रहेका सबै इजरायली कुटनीतिज्ञलाई देश निष्कासन गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति पेत्रोको कार्यालयले नियन्त्रणमा लिइएका जहाजमा दुई जना कोलम्बियाली नागरिक रहेको पुष्टि गर्दै उनीहरूको तत्काल रिहाईको माग गरेको छ। पेत्रोले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै ती नागरिकहरू प्यालेस्टाइनप्रति एकजुट मानवीय गतिविधिमा संलग्न रहेको बताएका छन्। साथै उनले इजरायलसँगको स्वतन्त्र व्यापार सम्झौता पनि स्थगित गरिएको घोषणा गरेका छन् ।

गत महिना स्पेनबाट प्रस्थान गरेको फ्लोटिलामा ४० भन्दा बढी मुलुकका अभियन्ताहरू सहभागी थिए। तीमध्ये स्वीडिस जलवायु अभियन्ता ग्रेटा थनबर्गसहित दर्जनौंलाई इजरायलले बुधबार बेलुकी नियन्त्रणमा लिएका जहाजहरूसँगै पक्राउ गरेको हो।

इजरायली अधिकारीहरूले उक्त फ्लोटिलालाई उक्साहटपूर्ण कदम भन्दै यो मानवीय सहायता पुर्‍याउने उद्देश्य नभई हमासलाई सहयोग पुर्‍याउने प्रयास भएको दाबी गरेका छन्।

यस घटनापछि अन्तर्राष्ट्रिय स्तरमा इजरायलको कडा आलोचना भएको छ र विभिन्न देशहरूमा विरोध प्रदर्शनहरू भएका छन्।

यो कदम अमेरिकासँग पेत्रोको चर्को विवादपछि आएको हो। गत हप्ता संयुक्त राष्ट्रसंघ महासभामा न्यूयोर्कमा सहभागी हुँदा पेत्रोले अमेरिकी सैनिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पालना नगर्न आग्रह गरेका थिए। त्यसपछि अमेरिकाले उनको भिसा रद्द गरेको थियो।

गाजामा राहत लिएर गएका जहाज इजरायली नौसेनाको कब्जामा : ग्रेटा थनबर्गसहित दर्जनौं अभियन्ता पक्राउ

इजरायली नौसेनाले गाजातर्फ राहत सामाग्री लिएर गएका जहाजहरूलाई आफ्नो कब्जामा लिएको छ भने स्वीडिस वातावरण अभियन्ता ग्रेटा थनबर्गसहितका दर्जनौं अभियन्ताहरूलाई पक्राउ गरेको छ।

इजरायलको परराष्ट्र मन्त्रालयले ग्लोबल सुमुद फ्लोटिलाका केही जहाजहरूलाई कब्जामा लिएर बन्दरगाहतर्फ लगिएको पुष्टि गरेको छ।

अभियन्ताहरुले ग्लोबल सुमुद फ्लोटिला कब्जामा लिने इजरायलको कदम अवैध भएको र जहाजलाई आक्रमण गरेको बताएका छन् । जहाजहरू गाजाबाट ७० नौटिकल माइल टाढा रहेका बेला नियन्त्रणमा लिइएको हो। यसअघि नै जहाजहरूको आपतकालीन सन्देश र प्रत्यक्षप्रसारण रोक्न इजरायली सेनाले संचार प्रणाली बिगारेको पनि बताइएको छ।

इजरायलले भने यसलाई गाजामाथिको वैध नाकाबन्दी तोड्ने प्रयास भन्दै उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ।

यस घटनापछि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बनेको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले इजरायली कुटनीतिज्ञहरुलाई देश निकाला गर्दै, इजरायलसँगको स्वतन्त्र व्यापार सम्झौता समेत तोडेका छन् । आयरल्यान्डका उपप्रधानमन्त्री साइमन ह्यारिसले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै सिन फेन सांसद क्रिस एन्ड्र्यूजसहित सात जना आयरिस नागरिक पक्राउ परेका बताएका छन् ।

ग्रीस, इटाली, ट्युनिसिया र टर्कीमा इजरायलको कदमविरुद्ध विरोध प्रदर्शन भएका छन्। जहाजहरूको लक्ष्य खाद्य तथा औषधि गाजामा पुर्याउने थियो, तर संयुक्त राष्ट्र संघका निकायले नै गाजामा भोकमरी पुष्टि गरिसकेको अवस्थामा इजरायलले राहत रोकिरहेको आरोप लागेको छ।

यसबीच इजरायलले गाजा सिटीमा आक्रमण तीव्र बनाएको छ। इजरायली रक्षा मन्त्री इजरायल कात्जले सर्वसाधारणलाई दक्षिणतर्फ सर्न अन्तिम चेतावनी दिँदै, त्यहाँ बस्नेहरूलाई आतंकवादी वा आतंकका समर्थक मानिने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय रेडक्रस समितिले भने अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार नागरिकहरूको सुरक्षा गर्नैपर्छ भन्ने प्रतिक्रिया दिएको छ।

गत जुन र जुलाईमा पनि राहत जहाज पठाउने अभियन्ताहरुका दुई प्रयास इजरायलले रोकिसकेको थियो।

सुनसान काठमाडौँ……

WhatsApp Image 2022 10 03 at 11.28.04 1

घरबाट टाढा रहेको एउटा घर हो काठमाडौँ। रोजगारी, उच्च शिक्षा वा अन्य विभिन्न शिलशिलामा काठमाडौँमा बसोबास गर्दै आइरहेका तर काठमाडौँमा घर नभएका देशका सबै नेपालीहरुको आफ्नो घर पछिको घर हो काठमाडौँ। तर दशैँ लागेसँगै यतिबेला नेपालीहरु आ-आफ्नो गाउँघर फर्किएका छन्। अझ भनौँ कर्मथलो छोडेर जन्मथलो फर्किएका छन्। घटस्थापनादेखि नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् ।

सँधै कोलाहाल र व्यस्त देखिन काठमाडौँ यतिबेला सुनसान बनेको छ। सडकमा फाट्ट-फुट्ट निजि सवारी ,भाडाका ट्याक्सिहरु र केहि सफा टेम्पो र माइक्रोको आवत-जावत देखिन्छ। अधिकांश पसलका सटरहरू बन्द भइसके । आन्दोलन र प्रदर्शनको प्रतिक जस्तै बनेको माइतिघर पनि यतिबेला शान्त छ। यस्तो लाग्छ ,आवाज बिहिनहरुको आवाज बनेर सिङ्गो समाज र सरकार विरुद्ध विद्रोहको चर्को-चर्को नारा गुञ्जिरहने माइतीघर पनि , चरम युद्धको नेतृत्व गरेर थाकेको सिपाही जस्तो, अहिले विश्रामको अवस्थामा छ। रातको ३-४ बजेसम्म गुनगुनाउने काठमाडौँकै केन्द्र बनेको ठमेल पनि अहिले त सम्साँझैँ सुते जस्तो भान हुन्छ। यस्तो लाग्छ अहिले सिङ्गो काठमाडौँ मस्त निन्द्रामा छ।

WhatsApp Image 2022 10 03 at 11.27.03
WhatsApp Image 2022 10 03 at 11.28.11
WhatsApp Image 2022 10 03 at 11.28.58 1
WhatsApp Image 2022 10 03 at 11.29.42


आज विजयादशमी…..

काठमाडौं — आज विजयादशमी, बडादशैंको मुख्य दिन, नेपालभर दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मान्यजनको आशिष र विभिन्न प्रकारका भोजन सहित यो पर्व मनाइन्छ । घरघरमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरिएको प्रसाद आज मान्यजनको हातबाट ग्रहण गर्ने प्रचलन छ।

आज टीका लगाउने शुभ साइत बिहान ११:५३ बजे रहेको छ भने टीका लगाउने व्यक्तिले पूर्व फर्कनु र लगाइदिनेले पश्चिम फर्कनु उपयुक्त मानिन्छ।

घटस्थापनादेखि जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीदेवताको विसर्जन साइत आज बिहान ९:२३ मा रहेको छ। दशैँमा टीकासँगै पहेंलो जमरा समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ।आयुर्वेद विज्ञहरूका अनुसार जमरा औषधीय गुणयुक्त हुन्छ।

विजयादशमी सत्यको असत्यमाथि र दैवीशक्तिको आसुरीशक्तिमाथि विजयको प्रतीकका रूपमा पनि मनाइन्छ। धार्मिक विश्वासअनुसार त्रेता युगमा आजकै दिन भगवान रामले रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई “विजयादशमी” भनिएको हो।

यस दिन आमा–बुबा, हजुरबुबा–हजुरआमा तथा गुरु–पुरोहितको हातबाट टीका र जमरा थापी आयु, ऐश्वर्य, दीर्घायु, ज्ञान–विज्ञान र कीर्तिको आशीर्वाद लिने चलन छ। टीका लगाउँदा विशेष वैदिक मन्त्र उच्चारण गरी आशीर्वाद दिने प्रथा आज पनि प्रचलित छ।

विजयादशमीमा टीका लगाइदिँदा पुरुषका लागीआशीर्वाद स्वरुप भनिने मन्त्र:

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस्।

छोरी चेलीलाई आशिर्वाद दिने मन्त्र भने फरक रहेको छ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका–जमरा थाप्ने चलन रहने भए पनि कतिपय ठाउँमा परम्पराअनुसार आजै टीका–जमरा लगाएर देवी विसर्जन गर्ने परम्परा छ।

नेपालभर आज बिहानैदेखि मान्यजनबाट टीका–जमरा ग्रहण गर्न जानेहरूको भीड देखिन्छ। यसरी विजयादशमी नेपाली समाजमा हर्षोल्लास, आशीर्वाद र धार्मिक आस्थासहित मनाइँदैछ।

आज टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौं – नेपाल पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।

बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ .

548623132 1495285218336313 3349971171882896546 n MhLmF5DPos

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार विदेशमा रहने नेपालीले निम्न समय अनुसार दशैँको टिका ग्रहण गर्न सक्नेछन।

Dashain tika

दशैँ विदामा पनि काममा खटिएका कुलमान

काठमाडौँ- सिङ्गो देश यतिबेला दशैँ बिदामा छ। अधिकांश सरकारी कार्यालय, विद्यालय र कार्यालाहरु बन्द जस्तै छन। तर ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ भने आज बीपी राजमार्गमा क्षतिग्रस्त सडकको निरीक्षण गर्न पुगेका छन्।

चाडपर्वको समयमा सडकमा गएको पहिरोको कारण देशका विभिन्न भागमा यात्रुहरू अलपत्र परेको समाचार आइरहेका बेला बीपी राजमार्गमा क्षतिग्रस्त सडकको निरीक्षण गर्न मन्त्री कुलमान घिसिङ सडक विभागका महानिर्देशक तथा अन्य सम्बन्धित अधिकारीसँगै क्षतिग्रस्त सडक निरीक्षण गर्न पुगेका हुन्।

जापान सरकारको अनुदान सहयोगमा बनेको बीपी राजमार्गको कुल १६० किलोमिटर लामो सडक अन्तर्गत गत वर्षको बाढीले करिब ३० किलोमिटरभन्दा बढी खण्ड क्षतिग्रस्त बनाएको थियो।

मन्त्री घिसिङले चाडपर्वका समयमा यात्रुहरूलाई असुविधा नहोस् भन्दै अस्थायी ट्राफिक व्यवस्थापन चुस्त बनाउन र स्थायी पुनर्निर्माणलाई छिटो टुंग्याउन निर्देशन दिएका छन्। उनले बाढीले क्षति पुर्याएको करिब २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भइसकेको र बाँकी खण्ड जापानी संस्थान जाइकाले अनुदानमार्फत निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए। दशैँ–तिहारपछि तीव्र गतिमा निर्माण सुरु हुने र सकेसम्म चाँडै सडकलाई पूर्ववत् अवस्थामा ल्याइने उनले बताए।

सात वर्षपछि अमेरिकामा सटडाउन “सरकार बन्द”

वाशिंगटन – सात वर्षपछि पहिलो पटक अमेरिकाको संघीय सरकार बन्द भएको छ। सिनेटमा खर्च सम्बन्धी विधेयकमा रिपब्लिकन र डेमोक्र्याटबीच सहमति हुन नसकेपछि यस्तो अवस्था आएको हो।

बुधबार सरकार सञ्चालनका लागि आवश्यक बजेट पास गर्ने अन्तिम म्याद सकिए पनि दुवै दलले एकअर्काको प्रस्ताव अस्वीकार गरे। डेमोक्र्याटहरूले रिपब्लिकनको प्रस्ताव समर्थन गर्न अस्वीकार गर्दै, वर्षको अन्त्यमा सकिँदै गरेका ‘अफोर्डेबल केयर एक्ट’का सब्सिडी लम्ब्याउन र मेडिकेड कटौती फिर्ता लिन माग गरे। रिपब्लिकनले आफ्नो योजना “स्वच्छ” र गैर–पक्षपाती भएको दाबी गरे पनि डेमोक्र्याटहरूले यसले लाखौं अमेरिकीको स्वास्थ्य सेवामा खतरा ल्याउने तर्क गरे।

संकटको जिम्मेवारीमा दुवै दलले एकअर्कालाई दोषारोपण गरेका छन्। सिनेट रिपब्लिकन नेता जोन थुनले “कट्टर वामपन्थी समूह र डेमोक्र्याट सांसदहरूले राष्ट्रपति सँग टकराव खोजेका” आरोप लगाए भने सिनेट अल्पसंख्यक नेता चक शुमरले रिपब्लिकनहरूलाई “अमेरिकी स्वास्थ्य सेवामा जोखिम ल्याएको” र जिम्मेवार ढंगले वार्ता नगरेको भन्दै दोष दिए।

व्हाइट हाउसले पनि डेमोक्र्याटलाई दोष दिएको छ। उसको आधिकारिक वेबसाइटमा अहिले ‘डेमोक्र्याटहरूले सरकार बन्द गरेका छन्’ शीर्षकसहित घडी राखिएको छ जसले संकटको अवधि देखाइरहेको छ।

रिपब्लिकनहरूले आफ्नो बजेट प्रस्ताव सिनेटमा बिहीबार बिहान फेरि प्रस्तुत गर्ने घोषणा गरेका छन्। उनीहरूले डेमोक्र्याटहरूले स्वीकार नगरेसम्म दैनिक रूपमा प्रस्ताव पुनः भोटमा ल्याइरहने बताएका छन्।

यस सरकार बन्दसँगै संघीय निकायका केही सेवा बन्द हुनेछन् र धेरै सरकारी कर्मचारी बिदामा पठाइनेछन्। सन् २०१८ डिसेम्बर २२ मा सुरु भएको अघिल्लो सरकार बन्द ३५ दिनसम्म चलेको थियो, जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो हो।

दशैँमा मासु सेवन : परम्परा, स्वास्थ्य र सन्तुलन

काठमाडौं – दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड हो। यसलाई परिवार, उत्सव र मिलनको पर्वका रूपमा मनाइन्छ। चाड आउनासाथ बजारमा चहलपहल बढ्छ, मानिसहरू नयाँ कपडा किन्ने, घर सरसफाइ गर्ने मात्र होइन, खानपानको तयारीमा पनि रमाउने गर्छन्। दशैँमा विभिन्न परिकारहरू पाक्दै गर्दा सबैभन्दा धेरै खाइनेमा मासु पर्ने गर्छ ।खसी- बोकाको मासु, कुखुराको मासु, भेडा वा च्याङ्ग्राको मासु र कहिलेकाहीँ माछासमेत यसमा पर्छ । पूजाआजाका क्रममा बलि दिने प्रथा भएकाले बलि दिइएको जनावरको मासु घरमा ल्याएर खाने परम्परा रहिआएको छ।

तर स्वास्थ्यविद्हरूका अनुसार दशैँमा आवश्यकता भन्दा बढी मासु सेवन गर्ने प्रवृत्ति स्वास्थ्यका हिसाबले हानिकारक हुन्छ। पेटको समस्या, उच्च रक्तचाप, मधुमेह र मुटुरोग जस्ता दीर्घरोग भएका व्यक्तिहरूलाई यो अझ बढी जोखिमपूर्ण हुने गर्दछ। मासु खानु नराम्रो होइन तर यसको मात्रा, पकाउने तरिका र सँगै खाने अन्य खानेकुरामा ध्यान दिन जरुरी हुन्छ।

मासुमा प्रोटिन, फलाम, भिटामिन बि -१२, जिंक, फस्फोरस र आवश्यक एमिनो एसिड पाइने भएकाले यसलाई पौष्टिक आहार मानिन्छ। खसी-बोकाको मासु फलाम र प्रोटिनयुक्त हुन्छ भने कुखुराको मासु कम बोसोयुक्त र सजिलै पच्ने हुन्छ। माछामा ओमेगा-३ फ्याटी एसिड हुने भएकाले मुटु र मस्तिष्क स्वास्थ्यका लागि लाभदायी मानिन्छ। तर यी सबै गुण फाइदाजनक हुनका लागि मासु सन्तुलित मात्रामा र स्वास्थ्यप्रद तरिकाले सेवन गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

दशैँमा अत्यधिक मासु खाँदा अपच, पेट फुल्ने, कब्जियत, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह र मोटोपनाको समस्या देखिने गरेको पाइएको छ। विशेषज्ञहरूका अनुसार वयस्क व्यक्तिले एक दिनमा करिब ७५ देखि १०० ग्राम मात्र मासु सेवन गर्नु उपयुक्त हुन्छ। बिहान हल्का खाना र दिउँसो वा बेलुकी थोरै मात्रामा मासु खान सकिन्छ।

मासु पकाउने तरिका पनि स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। भुटेर वा तेलमा डुबाएर खाने भन्दा उमालेर, सेकाएर खाँदा शरीरलाई फाइदा हुन्छ। पकाउँदा धेरै तेल, घ्यु, नुन र मसला प्रयोग नगरी हल्का हरियो सागसब्जीसंग मिसाएर पकाउन सकिन्छ । बोसोयुक्त भाग हटाएर पकाउँदा अझ राम्रो हुन्छ।

मासु मात्र खाँदा शरीरमा फाइबरको कमी हुन्छ जसले पाचन समस्याहरू ल्याउँछ। त्यसैले मासुसँगै हरियो तरकारी, सलाद, फलफूल, दाल र अन्नको सन्तुलन मिलाउन आवश्यक हुन्छ। फलफूलले भिटामिन सी प्रदान गर्ने भएकाले मासुमा पाइने फलाम शरीरले सजिलै अवशोषण गर्न सक्छ। प्रशस्त पानी पिउनु पनि उतिकै जरुरी हुन्छ।

यस्तो समयमा स्वास्थ्य समस्या भएका व्यक्तिहरूले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ । उच्च रक्तचाप, मुटुरोग, मधुमेह भएका बिरामी, वृद्ध र बालबालिकाले चिकित्सकको सल्लाहअनुसार मात्र मासु खानु उपयुक्त हुन्छ। यस्तै दशैँमा रमाइलो गर्ने क्रममा मदिरा सेवनको मात्रा पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकहरूको सुझाव छ, किनकि मासुसँग मदिरा धेरै सेवन गर्दा पेट र कलेजोमा गम्भीर असर पर्न सक्छ।

त्यसैले अरुबेला भन्दा पनि दशैमा मासुको प्रयोग धेरै हुने हुँदा दशैँमा सन्तुलित खानपान अपनाउनुपर्ने हुन्छ । मासु सीमित मात्रामा खानु, तरकारी र फलफूललाई अनिवार्य समावेश गर्नु , प्राकृतिक मसला प्रयोग गरी पकाउनु, दिनमा दुई पटकभन्दा बढी मासु नखानु र नियमित व्यायाम वा पैदल हिँड्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायी हुने मानिन्छ।

दशैँ परिवारसँगै रमाउने र उत्सव मनाउने समय हो। स्वादिलो खानेकुरा खाएर रमाइलो गर्नु परम्पराको हिस्सा भए पनि स्वास्थ्यलाई बेवास्ता गर्नु उचित हुँदैन। परम्परा जोगाउँदै मासु सेवनमा सन्तुलन अपनाउन सकियो भने दशैँ अझै रमाइलो, सुरक्षित र अर्थपूर्ण हुनेछ।

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प: ६० को मृत्यु र १५० नजिक घाइते

मनिला – फिलिपिन्सको मध्यभागीय प्रान्त सेबु नजिक मंगलबार राति आएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने करिब १५० जना घाइते भएका छन्।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार राति ९:५९ बजे सेबु टापुको उत्तरी भाग बोगो शहर नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। करिब ९० हजार जनसंख्या भएको उक्त शहर वरपर ५ भन्दा माथिको तीव्रता भएका चारवटा पराकम्पन पनि गएका थिए।

फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् का अनुसार बुधबार बिहानसम्म ६० मृतक, १४७ घाइते र २२ भवन क्षतिग्रस्त भएको तथ्याङ्क सार्वजनिक भएको छ। स्थानीय प्रशासनले सेबुका केही क्षेत्रमा “आपतकालीन अवस्था” घोषणा गरेको छ।

भूकम्पका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ भने सय वर्षभन्दा पुरानो एउटा चर्चसमेत भत्किएको छ। फिलिपिन्स भूकम्पविद् तथा ज्वालामुखी संस्थानले सेबु, लेयटे र बिलिरानका बासिन्दालाई समुद्रतटबाट टाढा रहन र असामान्य लहरका लागि सतर्क रहन आग्रह गरेको छ।

फिलिपिन्समा सन् २०२२ को जुलाईमा गएको ७.० म्याग्निच्युडको भूकम्पमा कम्तीमा ५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौं – दशैंको नवौं दिन अर्थात् महानवमीका अवसरमा आज हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। बिहानैदेखि भक्तजनहरू दर्शन र पूजा गर्न लामबद्ध भएका छन्।

नेवार समुदायको इष्टदेवीका रूपमा पूजिने तलेजु भवानीलाई मातृशक्ति र दैवीशक्तिको प्रतीकका रूपमा पनि मानिन्छ। नवरात्रको सातौं दिन फूलपातीकै अवसरमा देवीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याइने परम्परा छ भने विजयादशमीको दिन बिहान पुनः मूल मन्दिरमा फर्काइन्छ।

महाअष्टमीको राति मूलचोकमा विधिपूर्वक कालरात्रि पूजा सम्पन्न गरिन्छ। यस क्रममा ५४ वटा राँगा र ५४ वटा बोका बलि दिने चलन छ। यो परम्परा राज्य संचालनमा बल र शक्ति प्राप्त होस् भन्ने विश्वासमा आधारित छ।

महानवमीका दिन काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरहरूमा विशेष पूजा, बलि तथा दुर्गासप्तशती, देवीभागवत र अन्य स्तोत्रको पाठ गरिन्छ।

नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं – आज आश्विन शुक्ल नवमीका दिन नवरात्रको अन्तिम दिनका रूपमा सिद्धिदात्री देवीको विशेष पूजा आराधना गरिन्छ । नवदुर्गामध्ये नवौँ स्वरूप मानिने देवीको आराधना गर्दा मोक्ष प्राप्त गरिने विश्वाश भएकाले ‘सिद्धिदात्री’ भनिन्छ।

घटस्थापनादेखि सुरु भएको नवरात्रमा प्रत्येक दिन फरक–फरक देवीको आह्वान गरी पूजा आराधना गर्ने वैदिक परम्परा छ। यसक्रममा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरीको पूजा सम्पन्न भइसकेको छ। आज अन्तिम दिन सिद्धिदात्री देवीलाई विशेष विधिअनुसार आराधना गरिँदैछ।

धर्मशास्त्रका अनुसार नौ दुर्गाको स्मरण मात्रले पनि दुःख कष्ट हट्ने र मनोकामना पूरा हुने विश्वास छ। यसै कारण आज देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। घरघरमा पनि विशेष पूजा, बलिप्रथा र प्रसाद चढाउने प्रचलन छ।

यसवर्ष विजयादशमीमा बिहान ११ः५३ बजे टीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नवरात्रमा चढाइएका प्रसादलाई विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा रहिआएको छ।

ट्रम्प र नेतन्याहूद्वारा गाजा शान्ति योजना घोषणा: हमासलाई सर्त स्वीकार गर्न वा थप सैन्य कारबाही भोग्न चेतावनी

ह्वाइट हाउस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि नयाँ शान्ति योजना सार्वजनिक गर्दै हमासलाई सर्त स्वीकार गर्न वा थप सैन्य कारबाही भोग्न चेतावनी दिएका छन्।

योजनाअनुसार तत्कालै युद्धबिराम हुनेछ। ७२ घण्टा भित्र हामासले २० जना जीवित इजरायली बन्धक र करिब दुई दर्जन मृतकको शव फिर्ता गर्नुपर्नेछ, जसको बदलामा सयौँ पक्राउ परेका प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ।

कतारी र इजिप्टको मध्यस्थमार्फत हामासका नेताहरूसमक्ष २० बुँदे प्रस्ताव पुगेको छ। सो दस्तावेजले हमासलाई गाजाको शासनमा कुनै भूमिका नदिने तर भविष्यमा प्यालेस्टिनी राज्यको सम्भावना खुला रहने प्रष्ट पारेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यसलाई “शान्तिका लागि ऐतिहासिक दिन” भनेका छन्। उनले हामासले अस्वीकार गरेमा अमेरिकाले इजरायललाई पूर्ण समर्थन गर्ने बताए। नेतन्याहूले पनि हामासले शर्त नमान्ने हो भने थप आक्रमण गर्ने चेतावनी दिए।

पश्चिम तटमा शासन गर्ने प्यालेस्टिनी अधिकारीहरुले अमेरिकाको प्रयासलाई सत्यनिष्ठ र दृढ भन्दै युद्ध अन्त्य, मानविय सहयोग पुर्‍याउने र बन्धक मुक्त गर्ने विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

शर्त अनुसार हमासका हतियार र सुरुङ नष्ट गर्ने, दुबै पक्षका शव आदान–प्रदान गर्ने, र सम्झौता भएपछि तत्काल गाजामा सहायता प्रवेश गराउने प्रावधान रहेको छ। अस्थायी रूपमा गाजाको प्रशासन प्राविधिक प्यालेस्टिनी समिति मार्फत चलाइनेछ, जसलाई “बोर्ड अफ पिस” नामक नयाँ अन्तर्राष्ट्रिय निकायले पर्यवेक्षण गर्नेछ। यसलाई ट्रम्पले नेतृत्व गर्नेछन् जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि समावेश हुनेछन्।

बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टालगायत नेताहरूले यस योजनालाई समर्थन गर्दै हमासलाई उक्त शर्त स्वीकार गर्न आह्वान गरेका छन्।

शर्तमा इजरायली सेनाको चरणबद्ध फिर्ता, गाजाको पुनर्निर्माण र आर्थिक विकास कार्यक्रमको वाचा गरिएको छ। यसअघिका प्रस्ताव विपरीत, यसले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाउने कुरा नगरी त्यहाँ नै बस्न र पुनर्निर्माण गर्न प्रोत्साहित गरेको छ।

हामासले युद्ध अन्त्य गर्ने कुनै पनि प्रस्ताव अध्ययन गर्न तयार रहेको जनाए पनि प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने, इजरायलको पूर्ण फिर्ता गर्ने र सन् १९६७ को सीमा भित्र स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना हुने ग्यारेन्टी गर्नुपर्ने अडान दोहोराएको छ।

यो घोषणा संयुक्त राष्ट्रसंघमा इजरायलमाथि चर्को आलोचना भइरहेका बेला आएको हो। नेतन्याहूले केही पश्चिमी मुलुकहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमलाई “लाजमर्दो” भन्दै आक्रमण गरेपछि, दर्जनौं कूटनीतिज्ञहरूले उनको सम्बोधन बहिष्कार गरेका थिए।

माडागास्करमा पनि “जेन जी” आन्दोलनपछि राष्ट्रपतिद्वारा सरकार विघटन

माडागास्कर राष्ट्रपति एन्ड्री रजोएलिनाले लामो समयदेखि चल्दै आएका पानी र बिजुली समस्याविरुद्ध भएको “जेन जी” आन्दोलनपछि सोमबार आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्।

“सरकारका सदस्यहरूले आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरेको भए हामी स्वीकार्छौं र क्षमाप्रार्थी छौं,” उनले राष्ट्रलाई सम्बोधन गर्दै भने। उनले प्रधानमन्त्री र मन्त्रीपरिषदलाई पदमुक्त गरिएको र आगामी तीन दिनभित्र नयाँ प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गरिएको जानकारी दिए।

गत बिहीबार राजधानी एन्टानानारिभोबाट सुरु भएको “जेन जी” आन्दोलन “हामी बाँच्न चाहन्छौं, केवल जीवित रहन होइन” भन्ने नारा लिएर सुरु भएको हो। आन्दोलन अहिले आठ सहरसम्म फैलिएको छ। आन्दोलनकारीहरूले पानी र बिजुलीको दीर्घकालीन समाधानसँगै राजनीतिक सुधारको माग गरेका छन्।

संयुक्त राष्ट्रसंघले सुरक्षा निकायको कठोर दमनप्रति आपत्ति जनाएको छ। संयुक्त राष्ट्रसंघ \को मानवअधिकार प्रमुख भोल्कर टर्कले कम्तीमा २२ जनाको मृत्यु र सयभन्दा बढी घाइते भएको पुष्टि गर्दै “अत्यधिक बल प्रयोग रोक्न” आग्रह गरेका छन्। तर माडागास्कर परराष्ट्र मन्त्रालयले ती तथ्याङ्कलाई “अफवाह र गलत सूचनामा आधारित” भन्दै अस्वीकार गरेको छ।

एन्टानानारिभोमा हिंसा र तोडफोडका घटनापछि साँझदेखि बिहानसम्मको निषेधाज्ञा लगाइएको छ। केही सांसदहरूको घरमा आगजनी गरिएको खबर आए पनि “जेन-जी आन्दोलन” ले पैसा लिएर पठाइएका समूहहरूले आफ्नो आन्दोलनलाई बदनाम गर्न यस्तो गरेको दाबी गरेको छ।

रजोएलिनाले युवाहरूसँग संवाद गर्ने इच्छा व्यक्त गर्दै उनीहरूको आक्रोश र पीडालाई स्वीकार गरेका छन्। एक प्रदर्शनमा देखिएको प्लेकार्डमा लेखिएको थियो, “हामीलाई झगडा होइन, अधिकार चाहिन्छ।”

सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेदेखि माडागास्करको राजनीति पटक–पटक आन्दोलन र विद्रोहले हल्लिएको छ। सन् २००९ मा भएको जनआन्दोलनले तत्कालीन राष्ट्रपति मार्क रावालोमानानालाई सत्ता त्याग्न बाध्य पार्दा रजोएलिना सत्तामा आएका थिए। हालको आन्दोलन भने सन् २०२३ को तेस्रो कार्यकालमा पुनः निर्वाचित भएपछि उनको नेतृत्वलाई आएको सबैभन्दा ठूलो चुनौती मानिएको छ।

युक्रेन युद्ध पश्चिमाको पनि युद्ध हो : पोलिस प्रधानमन्त्री टुस्क

वार्सा -पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले युक्रेनमा जारी युद्ध केवल युक्रेनको मात्र नभई पश्चिमाको पनि युद्ध भएको बताएका छन्। वार्सा सुरक्षा फोरममा बोल्दै उनले युरोपियन युनियनका नेताहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण काम भनेको आफ्नो समाजलाई रुसबाट आउने खतराबारे सचेत गराउनु रहेको बताए।

उनले भने, “आज युरोपेली नेताहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण काम भनेको पश्चिमी समाजलाई बुझाउनु हो कि युक्रेन युद्ध यो शताब्दीमा उनीहरूले सामना गरेको सबैभन्दा गम्भीर चुनौती हो।” उनले चेतावनी दिँदै भने कि युक्रेन पराजित भए यसको असर पोल्याण्डदेखि संयुक्त राज्य अमेरिका सम्म सम्पूर्ण पश्चिमी सभ्यतामा पर्छ। टुस्कले ईयू र नेटोमा एकता र ऐक्यबद्धताको आवश्यकता औंल्याउँदै रूसलाई पराजित गर्न त्यो अपरिहार्य भएको बताए।

प्रधानमन्त्री टुस्कले पोलिस सेनाको व्यापक आधुनिकीकरणको योजना प्रस्तुत गर्दै ईयुभित्रका सरकार र समाज दुवैलाई युद्धको तयारीका लागि जुट्न आग्रह गरे। यसअघि वार्साले रुसमाथि आफ्नो हवाई क्षेत्रमा ड्रोन पठाएको आरोप लगाएको थियो तर मस्कोले यसलाई अस्वीकार गरेको छ।

यसैबीच, रुसले युक्रेन युद्धलाई पश्चिमाले चलाएको प्रोक्सी युद्ध भनेको छ। केही दिनअघि मात्र रूसी परराष्ट्रमन्त्री सर्गेई लाभरोभले ईयू र नेटोले नै संकट भड्काएको र रुसविरुद्ध युद्ध छेडेको दाबी गरेका थिए।

गत शनिबार संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै लाभरोभले रुस निकट भविष्यमै नेटोमाथि आक्रमण गर्ने योजनामा रहेको भन्ने पश्चिमी दाबीलाई खारेज गर्दै भने, “रुसको त्यस्तो कुनै पनि इरादा छैन।” उनले भने, कि मस्कोले पटक–पटक युरोपमा कानूनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीको प्रस्ताव राखे पनि नेटो सदस्य राष्ट्रहरूले त्यसलाई बेवास्ता गरेको बताए।

दशैँ बिदामा पनि आपतकालीन श्रम स्वीकृति जारी गरिने

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि दशैँ विदाको समयमा पनि आपतकालीन श्रम स्वीकृति जारी गर्ने भएको छ।

वैदेशिक रोजगार विभागले आपत परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार अत्यावश्यक परेकाहरुलाई श्रम स्वीकृति दिइने व्यवस्था मिलाइएको छ।

कुमारी आर्यताराको आसन ग्रहण आज

काठमाडौं – नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्नुहुने भएको छ।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको छ । विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने छ।

तत्कालीन राजा जयप्रकाश मल्लको समयदेखि जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिन्छ ।

कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो।

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा रहेको छ।

आज महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

काठमाडौँ- बडादशैँ एवं नवरात्रको नवौँ दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ।

सोही अनुसार आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

विश्‍व च्याम्पियन वेस्ट इन्डिजलाई पराजित गर्दै नेपाली किर्केट टोलीको नयाँ रेकर्ड

काठमाडौं – नेपालले वेस्ट इन्डिजलाई लगातार दुई खेलमा पराजित गर्दै यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला जितेको छ ।

नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट हुन पुग्यो।

यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो भने यो खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो ।

नेपालले हालसम्म एसोसियट राष्ट्रसँग मात्र द्विपक्षीय शृंखला खेलेको थियो । टेस्ट राष्ट्रसँग खेलेको पहिलो द्विपक्षीय शृंखलामा नै जित निकाल्न सफल भएको हो ।

नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स, केन्यासँग द्विपक्षीय शृंखला खेलेको छ । जहाँ नेपालले ४ शृंखलामा जित निकालेको छ ।

सन् २०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भएको थियो । त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्स गएर खेलेको नेपाली टोलि १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।

सन् २०१९ मा यूएईमा भएको शृंखलामा २ खेल जित्दा १ खेलमा पराजित भयो । २०१९ मै मलेसियामा भएको शृंखलामा नेपालले २ मध्ये २ खेल नै जितेको थियो ।

२०२२ मा केन्यामा गएर शृंखला खेलेको नेपालले ३ खेल जित्दा २ खेलमा पराजित भयो । २०२४ मा हङकङमा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।

“जेन जी” आन्दोलनका घाइते राईको उपचारको क्रममा मृत्यु : आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६

काठमाडौं- “जेन जी” विरोध प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ का लक्ष्मण राईको मृत्यु भएको छ।

काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका उनको हिजो मध्यरातमा निधन भएको हो।

परिवारका सदस्यहरूले उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको बताएका छन्।

राईको टाउकोको पछाडि गोली लागेको थियो। उनको मृत्युसँगै “जेन जी” विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ।

नवरात्रिको सातौँ दिन: घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ -आज नवरात्रिको सातौँ दिन,आश्विन शुक्ल सप्तमी, देवी कालरात्रि स्वरुपा दुर्गा भवानीको विशेष पूजा अर्चना गरि घर–घरमा फूलपाती भित्र्याउने गरिन्छ ।

बडा दशैंको सातौँ दिन आज दुर्गा भवानीको सातौँ स्वरूप कालरात्रिको विधिवत अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी पूजा गर्ने गरिन्छ । शास्त्रीय विधिअनुसार आज घर–घरमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याएर मनाइन्छ । शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष फूलपातीको रुपमा भित्र्याउने गरिन्छ ।

काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा आज बाजागाजा सहित गोर्खा दरबारबाट ल्याइएको फूलपाती भित्र्याइन्छ। गोरखा दरबारस्थित दशैं घरबाट आज शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाइन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायाण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि, हरेक वर्ष गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा भित्र्याउने प्रचलन रहँदै आएको छ ।

पूर्व परराष्ट्रमन्त्री आरजु राणाका भाई भूषण राणाको घरमा सीआईबीको छापा

काठमाडौँ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणाका भाई भूषण राणाको जावलाखेलस्थित घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ। उनी राज्यका विभिन्न निकायमा हुने ठूला खरिद र नियुक्तिमा प्रभाव जमाउने व्यक्तिका रूपमा रहेको बताइन्छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवाको बूढानीलकण्ठस्थित घरमा आक्रमण हुँदा ठूलो मात्रामा नगद र बहुमूल्य सामान भेटिएको थियो। त्यसपछिका अनुसन्धानका क्रममा प्रहरीले राणाको घरमा छापा मरेको हो।

मनोजकुमार केसी सीआईबी प्रमुखको जिम्मेवारीमा आएपछि गृह मन्त्रालयले राजनतिक आडमा बन्द भएका अनुसन्धान अगाडी बढाउन उनलाई निर्देश दिएको थियो ।केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्दा चर्चित भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढाएका थिए।

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का:उपत्यका बाहिर जान रोक

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न गठित न्यायिक आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको छ। आयोगले उनीहरूलाई आयोगको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार सरकारलाई पत्राचार गर्दै ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई अनुसन्धान दायरामा राखिएको जनाएको हो।

आयोगको निर्णयपत्रमा भनिएको छ, “भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको क्रममा यी व्यक्तिहरु अनुसन्धानको दायरामा रहेकाले उनीहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न, साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आयोगको स्वीकृति बिना उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिन पत्राचार गरिएको हो।”

छानबिन आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउनका लागि गृह मन्त्रालयलाई विज्ञसहितको थप जनशक्ति उपलब्ध गराउन पनि आग्रह गरेको छ।

जेन-जि आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण:देशभर १६ अस्पतालमा डेडिकेटेड क्लिनिक स्थापना

काठमाडौं – जेन-जि युवा आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई उपचारमा सहजता दिलाउन गृह मन्त्रालयले परिचयपत्र वितरण सुरु गरेको छ। परिचयपत्रको आधारमा घाइतेहरूले अस्पतालमा सहज उपचार सेवा पाउनेछन्।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरूलाई परिचयपत्र वितरण गरे। सोमबारदेखि देशभरका जिल्ला प्रशासन कार्यालयहरूमार्फत परिचयपत्र वितरण थालिने भएको छ।

गृह मन्त्रालयका अनुसार, घाइतेहरूको व्यवस्थित फलोअप उपचारका लागि काठमाडौं उपत्यकासहित देशभर १६ अस्पतालमा डेडिकेटेड “जेन-जि क्लिनिक” स्थापना गरिएको छ। साथै, घाइतेहरूलाई अस्पतालसम्म नि:शुल्क आवतजावतको सुविधा उपलब्ध गराइने र आवश्यक परेमा स्वास्थ्य मन्त्रालय वा सम्बन्धित अस्पतालमार्फत नि:शुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध हुनेछ।

उपचारमा संलग्न विज्ञ डाक्टरहरूको संयोजकत्वमा घाइतेहरूको वर्गीकरण गर्न कार्यदल गठन गर्ने तयारी छ। यस विषयमा आइतबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ।

मन्त्रालयले अस्पतालमा सम्पर्क व्यक्ति समेत तोकिएको जानकारी दिएको छ।

जेन-जि क्लिनिक स्थापना गरिएका अस्पतालहरू:

काठमाडौं उपत्यका: वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज।
कोशी प्रदेश: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर।
मधेश प्रदेश: नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी।
बागमती प्रदेश: भरतपुर अस्पताल चितवन।
गण्डकी प्रदेश: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान।
लुम्बिनी प्रदेश: भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही।
कर्णाली प्रदेश: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला।
सुदूरपश्चिम प्रदेश: डडेलधुरा अस्पताल, गेटा अस्पताल धनगढी।

gen z clinic

अर्थमन्त्री खनाल र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालस्थित जापानका राजदूत मायदा तोरुबिच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको हालको राजनीतिक परिवर्तनपछिको अवस्था र जापानले नेपाललाई प्रदान गर्दै आएको आर्थिक तथा सामाजिक सहयोगबारे विस्तृत छलफल भएको थियो।

अर्थमन्त्री खनालले विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको प्रमुख उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। साथै, उनले पुनःनिर्माण तथा आर्थिक–सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

भेटका क्रममा निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग परियोजना, तनहुँ जलविधुत आयोजना, निकट भविष्यमा हुने कोटेश्वर चोक सुधार परियोजना सम्झौता, सिन्धुली सडक बाढी प्रभावित क्षेत्र पुनःस्थापना कार्यक्रमलगायतका विषयमा पनि कुराकानी भएको थियो।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाडौं – नेपाल विधुत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ ।आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विधुत उपयोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विधुत महसुल बाँकी रहेका ग्राहकले १७ कात्तिकभित्र बक्यौता बुझाउनु पर्ने भएको छ ।

यसअघि बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि जेठ २०८२ भित्र निवेदन दिन सक्ने म्याद कायम भएको थियो । सोही अनुसार २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित भएको थियो ।

प्राधिकरण सञ्चालक समितिको १० असोजको बैठकले म्याद कायम गर्ने निर्णय र प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सबै काम कारवाही बन्द गरेका कारण अब उद्योगीहरुले पुर्वनिर्धारित शूल्क अनुसार नै बक्यौता तिर्नुपर्ने भएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो समय २९ कात्तिक २०८१ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार बक्यौता तिर्नुपर्ने छ । सो सूचनामा टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गणना भएको बिल अनुसारको बक्यौता तिर्नुपर्ने छ ।

प्राधिकरणका अनुसार उद्योगीले किस्ताबन्दीमा बिल तिर्न चाहेमा २८ किस्ताको सुविधा दिइने छ । सो अवधि भित्र बक्यौता बुझाउन नआए कानून अनुसार कारवाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

जेन-जि आन्दोलनमा संलग्नलाई तत्काल पक्राउ नगर्न गृहमन्त्रालयको निर्देशन

छानविन आयोगको प्रतिवेदन अनुसार कारवाही अगाडी बढाइने

काठमाडौं – जेन-जि आन्दोलनमा विभिन्न घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगर्न गृहमन्त्रालयले सुचना जारि गरेको छ ।

आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको तस्बिर र भिडियो संकलन गरी प्रहरीले जेन जी हरुलाई पक्राउ गर्न थालेपछि यो सुचना आएको हो।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेन-जि आन्दोलनसम्बन्धी छानबिन आयोग गठन भइसकेकाले आयोगको आधारमा मात्रै कारबाही गर्नुपर्ने स्पष्ट पारेको छ।

griha mantralay

रुसले नाटो वा युरोपेली मुलुकमाथि आक्रमण नगर्ने:तर आक्रमणको निर्णायक जवाफ दिने चेतावनी

संयुक्त राष्ट्रसंघ — रुसका परराष्ट्रमन्त्री सेर्गेई लावरोभले शनिबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै आफ्नो देशले नाटो वा युरोपियन युनियन सदस्य मुलुकमाथि आक्रमण गर्ने कुनै योजना नभएको बताएका छन्। तर, रुसमाथि कुनै पनि प्रकारको आक्रमण वा आक्रामक कदम चालिए कडा र निर्णायक जवाफ दिने चेतावनी पनि दिएका छन् ।

लावरोभले हालका वर्षहरूमा पश्चिमी मुलुकहरूले रुसलाई लक्षित गर्दै धम्की र आरोपहरू बढाउँदै लगेको बताए। उनका अनुसार रुसलाई नाटो वा युरोपेली संघमाथि हमला गर्ने योजनामा संलग्न भएको भनेर गरिएको प्रचार पूर्ण रूपमा भ्रम फैलाउने काम मात्र हो। उनले राष्ट्रपती भ्लादिमिर पुटिनले पटक–पटक यस्तो आरोप खण्डन गर्दै आएको समेत बताएका छन्।

उनले मध्यपूर्वमा भइरहेको द्वन्द्वतर्फ ध्यानाकर्षण गराउँदै गाजामा इजरायलले गरेको आक्रमणको कडा आलोचना समेत गरे। उनले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्ने तर गाजामा हजारौं निर्दोष नागरिकको हत्या गर्ने कार्य कुनै हालतमा औचित्यपूर्ण नहुने बताए।

इरानबारे बोल्दै लावरोभले पछिल्लो समय रूस र चीनको पहलमा गरिएको प्रतिबन्ध राहत थप्ने प्रयास असफल भएकोमा खेद प्रकट गरे। उनले पश्चिमी मुलुकहरूले इरानविरुद्ध प्रतिबन्ध पुनः लागू गर्ने निर्णयलाई “अवैध र एकतर्फी कदम” भनेका छन्। उनका अनुसार यस्तो कदमले कूटनीतिक समाधान खोज्ने प्रयासलाई नै नोक्सान पुर्‍याएको छ।

युरोपमा हालै भएका ड्रोन आक्रमण, हवाई क्षेत्रमा देखिएका अनधिकृत गतिविधिहरूको पनि उनले उल्लेख गरे। डेन्मार्क र एस्टोनियाले उठाएका आरोपहरूलाई रुसले अस्वीकार गरेको स्पष्ट पार्दै उनले यी घटनाहरूमा रुसको कुनै संलग्नता नभएको बताएका छन् ।

यसैबीच, उनले जोड दिए कि रुस कुनै देशविरुद्ध युद्ध खोजिरहेको छैन तर यदि आफ्नो सार्वभौमिकता वा सुरक्षामाथि आक्रमण भयो भने रुसले त्यसको जवाफ दृढतापूर्वक दिनेछ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा ईरानमाथि पुनः प्रतिबन्ध लागू

न्यूयोर्क – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले रुस र चीनले पेस गरेको प्रस्ताव अस्वीकार गरेपछि ईरानमाथि हटाइएको प्रतिबन्ध पुनः लागू हुने भएको छ।

शुक्रबार भएको मतदानमा प्रस्तावलाई चीन, रुस, पाकिस्तान र अल्जेरियाले मात्र समर्थन गरे भने नौ देशले विरोध र दुई देशले तटस्थता जनाए। यससँगै सन् २०१५ को आणविक सम्झौता अन्तर्गत हटाइएका प्रतिबन्ध शनिबार राति मध्यरातदेखि पुनः लागू भएको छ।

फ्रान्स, जर्मनी र बेलायतले अघिल्लो महिनामै “स्न्यापब्याक मेकानिज्म” प्रयोग गर्दै ईरानले सम्झौताका प्रावधान उल्लंघन गरेको आरोप लगाएका थिए।

रुसी कुटनितिज्ञ दिमित्री पोल्यान्स्कीले पश्चिमी मुलुकहरूको कदमलाई आलोचना गर्दै कूटनीतिक समाधानबारेका तिनका आश्वासन “खाली आवाज” भएको टिप्पणी गरे।

ईरानी परराष्ट्र मन्त्री अब्बास अराघचीले प्रतिबन्ध पुनः लागु गर्नु “खतरनाक उदाहरण” भएको भन्दै सुरक्षा परिषदको विश्वसनीयता गुम्न सक्ने चेतावनी दिएका छन्।

युद्धविरामको आह्वान गरिरहँदा गाजामा इजरायली आक्रमणमा दर्जनौंको मृत्यु

गाजा – गाजाका अस्पतालका अधिकारीहरूका अनुसार शनिबार इजरायली आक्रमण र गोलीबारीमा ३५ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

मध्य गाजामा रहेको एक घरमा आक्रमण हुँदा महिला र बालबालिका सहित कम्तिमा ११ जनाको मृत्यु भएको छ। नुसेरात शरणार्थी शिविरमा पनि एकै परिवारका नौ सदस्यको मृत्यु भएको छ र गाजाका विभिन्न भागहरूमा सहयोग खोज्दै हिंडेका धेरै जनाको मृत्यु भएको छ।

इजरायली सेनाले शुक्रबारदेखि गाजा पट्टीका लगभग १२० वटा स्थानहरूलाई लक्षित गरेको बताएको छ, जसमा यसले लडाकू पूर्वाधार र कार्यकर्ताहरू भनेर वर्णन गरेको कुरा पनि समावेश छ। यो प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको संयुक्त राष्ट्रसंघमा भएको सम्बोधन पछि आएको छ, जहाँ उनले इजरायलले हमास विरुद्ध “काम समाप्त” गर्नुपर्ने घोषणा गरेका थिए।

द्वन्द्व सुरु भएदेखि इजरायली कारबाहीमा ६५,५०० भन्दा बढी मानिसहरू मारिएका छन्।

वेस्ट इन्डिज विरुद्द नेपालको शानदार जित

काठमाडौं – नेपालले पहिलो पटक वेस्ट इन्डिजलाई टी–२० अन्तर्राष्ट्रिय खेलमा १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो।

यसअघि नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टेस्ट मान्यता प्राप्त टोलीसँग प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेको थिएन। वेस्ट इन्डिजविरुद्धको यो विजयले नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि दिलाएको छ।सिरिजको दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

निर्वाचनपूर्वका कार्यक्रम शान्तिपूर्ण बनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौं – आगामी आमनिर्वाचनको तयारी सुरु भएको सन्दर्भमा सभा, जुलुस, विरोध प्रदर्शनलगायतका गतिविधि शान्तिपूर्ण ढंगले सञ्चालन गर्न गृह मन्त्रालयले सबैसँग अनुरोध गरेको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न कुनै पनि प्रकारका सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक र जिम्मेवार ढंग अपनाउन आह्वान गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “गत भदौ २३ र २४ गते जेन–जी युवाको नेतृत्वमा सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रहितका मागसहित भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य अघि बढिसकेको छ। यस्तो परिस्थितिमा सभा, सम्मेलन, बैठक वा विरोध प्रदर्शन गर्दा अरूलाई असर नपर्ने, उत्तेजना नहुने र समाजमा अशान्ति सिर्जना नगर्ने गरी सञ्चालन गर्न सबैलाई अनुरोध गर्दछौं।”

मन्त्रालयले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा जिम्मेवारीपूर्वक आचरण गर्नुपर्नेमा पनि जोड दिएको छ।

शिक्षकको तलबमा ढिलाइ भए कारबाही गर्ने मन्त्री पुनको चेतावनी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई समयमा तलब उपलब्ध गराउन चेतावनी दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत दुईवटा सूचनापत्र जारी गर्दै तलब रोक्ने प्रधानाध्यापक र स्थानीय तहलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

पहिलो सूचनामा मन्त्री पुनले विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै तलब निकासा भइसकेको हुँदा शिक्षकलाई कुनै बहानामा तलब नदिने कार्य सह्य नहुने बताएका छन्। उनले दशैं–तिहारको अवसरमा शिक्षकले तलब नपाएको गुनासो आइरहेको भन्दै भोलिसम्ममा तलब वितरण नगर्ने प्रधानाध्यापकलाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।

त्यसपछी उनले अर्को सूचना जारी गर्दै स्थानीय पालिकाहरूलाई खबरदारी गरेका छन्। पालिकामा मन्त्रालयले पठाएको बजेट भए पनि शिक्षकले तलब नपाएको गुनासो आएको भन्दै उनले पालिकालाई भोलिसम्ममा बाँकी तलब वितरण गर्न निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भने, “अन्यायपूर्ण ढंगले तलब रोकिने हो भने सम्बन्धित पालिकालाई समेत नियमअनुसार कारबाही हुनेछ।”

मन्त्री पुनले सार्वजनिक रूपमा दिएको यस्तो चेतावनीपछि अब प्रधानाध्यापक र स्थानीय तहले तुरुन्तै बाँकी तलब निकासा गर्नुपर्ने दबाब परेको छ।

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

संयुक्त राष्ट्रसंघमा एक्लिएका नेतान्याहू: राष्ट्रसंघको महासभा भित्र-बाहिर नै उनिविरुद्द नाराबाजी

नियोर्क – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघको महासभामा दिएको भाषणमा केही पश्चिमी मुलुकले फिलिस्तिनी राज्यलाई मान्यता दिएको कदमलाई कडा आलोचना गरेका छन्। उनले यसलाई “लाजको दाग” भन्दै यहुदीहरूको हत्या गर्दा फाइदा हुन्छ भन्ने सन्देश दिएको टिप्पणी गरे।

यधपी, नेतान्याहू बोल्न सुरु गर्दा धेरै जसो अधिकारी र कूटनीतिज्ञहरूले हल छाडेर गाजामा भएको इजरायली नरसंहारको विरोधमा उनको भाषण नै बहिष्कार गरे। संयुक्त राष्ट्रसंघको महासभाको हलमा उनको भाषण बहिष्कार गरेर उनि विश्व मंचमा एक्लिन पुगेका बेला बाहिर न्युयोर्कको टाइम्स स्क्वायरमा पनि गाजामा भइरहेको युद्धविरुद्ध प्रदर्शन चलिरह्यो।

हालै बेलायत, फ्रान्स, क्यानडा, अस्ट्रेलिया लगायतका मुलुकहरूले फिलिस्तिनी राज्यलाई मान्यता दिएका छन्। तर नेतान्याहूले फेरि पनि इजरायल कुनै पनि हालतमा फिलिस्तिनी राज्यलाई स्वीकार नगर्ने बताएका छन्। उनले यो नीतिलाई अधिकांश इजरायलीले समर्थन गर्ने दाबी गरे।

तर उनको शैलीलाई इजरायलमै पनि आलोचना गरिएको छ। विपक्षी नेता याएर लापिदले नेतान्याहूको भाषणलाई “थाकेको र गुनासो मात्र गर्ने” भनेर टिप्पणी गरे। इजरायल डेमोक्र्याट्स पार्टीका नेता याएर गोलानले यसलाई “बालसुलभ प्रचारबाजी” भनेका छन्।

सन् २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा ६५ हजार ५४९ जना फिलिस्तिनी नागरिक मारिएका छन्।

कोलम्बियाली राष्ट्रपति पेत्रोको अमेरिकी भिसा खारेज

वाशिंगटन – अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोको भिसा खारेज गर्ने निर्णय गरेको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार पेत्रोले न्यूयोर्कमा गरेको प्रो-फिलिस्तीनी प्रदर्शनका बेला दिएका “उत्तेजक कार्यहरू” का कारण यो कदम चालिएको जनाएको हो।

कोलम्बियाली सञ्चारमाध्यमहरूका अनुसार पेत्रो शुक्रबार राति नै न्यूयोर्कबाट बोगोटा फर्किरहेका थिए।

पेत्रोले क्यारिबियन सागरमा लागु पदार्थ तस्करी गर्ने भनिएका डुङ्गामाथि ट्रम्प प्रशासनले गरेको हवाई आक्रमणलाई “तानाशाही कार्य” भनेर टिप्पणी गरेका थिए।

पेत्रोले सामाजिक सञ्जालमा ठूलो भीडलाई सम्बोधन गरेको भिडियो शेयर गरेका थिए। भिडियोमा उनले राष्ट्रहरूलाई संयुक्त राज्य अमेरिकाभन्दा ठूलो सेना खडा गर्न योगदान दिन आह्वान गरेका थिए।

उनले अमेरिकी सैनिकहरूलाई “ट्रम्पको आदेश पालना नगर्नु” र “मानवताको आदेश मान्न” आग्रह गरेका थिए।

यसपछि अमेरिकी विदेश मन्त्रालयले उनको कार्यलाई कडा रूपमा आलोचना गर्दै,कोलम्बियाका राष्ट्रपति पेत्रोले न्यूयोर्कको सडकमा उभिएर अमेरिकी सैनिकलाई आदेश उल्लंघन गर्न र हिंसा भड्काउन उक्साएको कारण उनको भिसा खारेज गरिने बताएको हो ।

यस घटनापछि कोलम्बियाका आन्तरिक मन्त्री आर्मान्डो बेनेडेट्टीले प्रतिक्रिया दिँदै भने, “भिसा खारेज गर्नु पर्ने व्यक्ति प्रधानमन्त्री नेतान्याहु हुन्, पेत्रो होइन।

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति पेत्रो सत्तामा आएपछि, अमेरिकासँगको सम्बन्ध झनै चिसिँदो छ।

यसअघि , अमेरिकाले फिलिस्तिनी राष्ट्रपति महमुद अब्बाससहित ८० जना फिलिस्तीनी अधिकारीलाई पनि भिसा दिन इन्कार गरेको थियो।

प्रधान सेनापति सिग्देलद्वारा नेपाली सेनाका पूर्व प्रमुख र कमाण्डरहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले ताजा घटनाक्रम र मुलुकको वर्तमान अवस्थाबारे पूर्व प्रधानसेनापतिहरूसँग परामर्श गरेका छन्।

जंगी अड्डामा भएको छलफलमा उनले अहिलेको परिस्थिति विश्लेषण गर्दै यस्तो अवस्थामा सेनाले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी सुझाव लिएका हुन्।

यसैबीच नेपाली सेनाका विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरू जंगी अड्डामा भेला भए। साथै, डिभिजन कमाण्डरहरूसँग भर्चुअल माध्यममार्फत समन्वयात्मक बैठकसमेत सम्पन्न गरियो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, बैठकमा विभागीय प्रमुख र डिभिजन कमाण्डरहरूले आफ्नो क्षेत्रको स्थिति, सम्पन्न गरेका कार्यहरूको समीक्षा र आगामी सुझावहरू प्रस्तुत गरे।

बैठकको समापनमा प्रधानसेनापति सिग्देल र बलाध्यक्ष रथी प्रदीप जङ्ग केसीले सम्बोधन गरेका थिए।

वार्षिक कार्ययोजनाअनुसार डिभिजन कमाण्डरहरूको समन्वय बैठक वर्षमा दुई पटक आयोजना हुने गर्दछ। कमाण्डरहरूको जिम्मेवारी फेरबदल भएपछिको यो पहिलो बैठक हो।

भागेका कैदीहरूलाई पक्राउ गर्न कार्यदल गठन: फर्कन १० दिने अल्टिमेटम

अहिलेसम्म ८१९९ फर्किए : ६३५४ अझै फरार छन्

काठमाडौं – सरकारले हालैको “जेन जी” प्रदर्शनको क्रममा भागेका कैदीहरूलाई कारागार फर्कन १० दिनको अल्टिमेटम जारी गरेको छ, यदि उनीहरूले सो आदेशको पालना नगरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयले भागेका कैदीहरूलाई पत्ता लगाउन, हिरासतमा राख्न र फिर्ता गर्न विशेष अभियानको घोषणा गरेको छ। यसका लागि, प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा सुरक्षा निकायहरू र अन्य सरकारी निकायका सदस्यहरू सहित खोजी र गिरफ्तारी कार्यदल गठन गरिएको छ।

कारागार व्यवस्थापन विभागको प्रेस विज्ञप्ति अनुसार, कैदीहरूले असोज २० (सोमबार) सम्ममा फर्कनुपर्नेछ। त्यसो गर्न असफल हुनेहरूले विद्यमान कानून अन्तर्गत सजाय भोग्नेछन्।

कार्यदलहरूले स्थानीय प्रशासन, सुरक्षा एकाइहरू, विद्यालयहरू, क्याम्पसहरू, यातायात केन्द्रहरू, बस पार्कहरू, मनोरञ्जन स्थलहरू र सीमा बिन्दुहरूसँग समन्वय गर्नेछन्। भागेकाहरूको नाम मिडिया, सामाजिक सञ्जाल र आधिकारिक च्यानलहरू मार्फत सार्वजनिक अपील गरिनेछ। भागेका कैदीहरूलाई आश्रय दिइरहेको वा लुकिरहेको भेटिएमा कारबाहीको सामना गर्नुपर्नेछ।

“जेन जी” को विरोध प्रदर्शनको क्रममा २८ कारागार र ९ बाल सुधार केन्द्रहरूबाट १४,५५३ कैदी र किशोरहरू भागेका छन्। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म ८,१९९ फर्किएका छन् भने ६,३५४ फरार छन्।

विभागले क्षतिग्रस्त कारागार सुविधाहरू पुनर्स्थापित गर्ने र बाँकी फरार कैदीहरूलाई फिर्ता ल्याउन अभियानहरू जारी राख्ने प्रयास रहेको बताएको छ।

पूर्व पदाधिकारीका अतिरिक्त सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशन

काठमाडौं । अनुत्पादक खर्च नियन्त्रण र मितव्ययिता कायम गर्ने उद्देश्यले अर्थ मन्त्रालयले पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिइँदै आएका अतिरिक्त सुविधा कटौती गर्न गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ।

मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले असोज १० गते पत्राचार गर्दै कानुनले स्वीकृत गरेका सुविधा मात्र उपलब्ध गराउन र त्यसबाहेक दिइएका सवारीसाधन, सामान, सहयोगी तथा सुरक्षाकर्मी तुरुन्त फिर्ता गर्न निर्देशन दिएको हो।

सरकारले यस कदमले राज्यको स्रोत साधनको दुरुपयोग रोक्ने र खर्चलाई पारदर्शी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

griha suchana patra bigyapti

यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ –सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने र राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत राख्ने निर्णय गरेको छ।

यसअघि यी तीनै निकाय प्रधानमन्त्री कार्यालय मातहत थिए।

बैठकले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ भने मृतकका परिवारलाई काजक्रिया, खाना र यातायात खर्चका लागि थप ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ।। तर कारागार बाट भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीका परिवार भने यस सहयोगको दायरामा नपर्ने खरेलले बताएका छन् ।

त्यसैगरी, अघिल्लो सरकारको निर्णयलाई खारेज गर्दै अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको अधिकार जिल्ला प्रशासन कार्यालयलाई नदिई सूचना तथा प्रसारण विभागकै मातहत कायम गर्ने निर्णय पनि गरिएको छ।

साथै,बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई सरकारको प्रवक्ता तोकेको छ।

मन्त्रिपरिषद बैठकका निर्णय :

1 1
2 1

राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन सीआईबीलाई निर्देशन

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका छन्।

केही दिनअघि मात्रै सरकारले सीआईबी प्रमुखमा नियुक्त गरेको एआईजी मनोज केसीलाई अर्यालले सबै ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिँदै राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढेमा एउटा ‘ब्रेक थ्रू’ हुने बताएका छन्।

मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन ।’

आगामी निर्वाचनका लागि आयोगद्वारा दल दर्ता गर्न आह्वान

काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगका अनुसार नयाँ दल दर्तामा कानुनी अड्चन नभएको तर समय सीमित भएकाले चाँडै दल दर्ता गर्न आग्रह गरेको छ । हाल आयोगमा १२२ दल दर्ता छन्। आयोगले चाँडै सूचना जारी गरी कुन दलले चुनावमा भाग लिने हो भन्ने स्पष्ट गर्नेछ। सूचीबद्ध दलहरूले मात्र पुनः दर्ता गर्न पाउनेछन्।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले नयाँ दल दर्ता गर्न चाहने समूहले निवेदन दिन, राजनीतिक दलसम्बन्धी ऐनअनुसार विधान, घोषणापत्र, झन्डा, चुनाव चिन्ह, ५ सय मतदाताको हस्ताक्षर र २१ सदस्यीय केन्द्रीय समिति आवश्यक पर्नेछ।

गाजा कब्जा गर्ने इजरायली नीति ट्रम्पद्वारा अस्विकार: शान्ति सम्झौता नजिकिएको दाबी

वाशिंगटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई कब्जामा रहेको गाजा पश्चिमी किनाराको विलय गर्न अनुमति नदिने बताएका छन्। उनले ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै “यो सम्भव छैन” भनेका छन्।

ट्रम्पले गाजामा शान्ति सम्झौता “निकै नजिक” भएको दाबी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहित अन्य मध्यपूर्वी नेताहरूसँग छलफल गरेको जानकारी दिए।

यसैबीच, प्यालेस्टिन राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्रसभामा भिडियो सन्देशमार्फत फ्रान्सको समर्थनमा तयार भएको शान्ति योजनामा सहकार्य गर्न तयारी देखाएका छन्।

इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दो छ। बेलायत, जर्मनी र संयुक्त राष्ट्रसंघले गाजा पश्चिमी किनाराको विलयलाई अस्वीकार्य बताएका छन्। धेरै पश्चिमी मुलुकहरूले हालै स्वतन्त्र प्यालेस्टिन राज्यको मान्यता दिएका छन्।

अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा ६५ हजारभन्दा बढी प्यालेस्टिन नागरिक मारिएका छन्, जसमा १८ हजारभन्दा बढी बालबालिका रहेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार पाँच लाखभन्दा बढी मानिस भोकमरीको जोखिममा छन्।

इजरायलले नरसंहारको आरोप अस्वीकार गरे पनि उसमाथि अन्तराष्ट्रिय प्रतिबन्ध र व्यापार सीमित गर्ने प्रस्तावहरू बढिरहेका छन्।

नेपाल प्रहरीमा करिब १६ सय पदका लागि दरखास्त खुला

काठमाडौँ- नेपाल प्रहरीले करिब १६ सय पदमा नयाँ भर्ती प्रक्रिया सुरू गरेको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवश्रोत विकास विभागले भर्ना छनोट शाखामार्फत सूचना जारी गर्दै प्रहरी जवानदेखि कार्यालय सहयोगीसम्मका पदमा दरखास्त मागेको हो।

सार्वजनिक सूचनाअनुसार, जनपद प्रहरी जवानका लागि १,५५३, कार्यालय सहयोगी (हजाम) का लागि ११, कुचीकारका लागि १५ र खेलकुद कोटामा १५ पद खुला गरिएको छ। यी पदहरू खुला प्रतिस्पर्धा र समावेशी प्रावधानअनुसार भर्ने उल्लेख छ।

इच्छुक तथा योग्य नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त दिन सक्नेछन्। खेलकुदतर्फ भने फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो खेलाडीले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

1
2
3
4

युक्रेन संकटलाई पश्चिमी शक्तिले रुसविरुद्धको युद्ध बनाए: लावरोभ

न्यूयोर्क- रुसी परराष्ट्रमन्त्री सर्गेई लावरोभले युक्रेन संकट कुनै आन्तरिक विषय नभई पश्चिमी मुलुकहरूले रुसविरुद्ध चलाएको युद्ध भएको दाबी गरेका छन्।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभा अवसरमा भएको जी–२० मन्त्रीस्तरीय बैठकमा बोल्दै उनले पश्चिमी मुलुकहरूको ‘नव–औपनिवेशिक महत्वाकांक्षा’ का कारण विभिन्न क्षेत्रमा युद्ध चर्किएको र विश्व तनाव बढेको बताएका हुन्।

उनले भने, “युक्रेन संकट पनि पश्चिमी मुलुकहरूले नै उत्पन्न गरेको हो। यसमार्फत नाटो र युरोपेली संघले मेरो देशमाथि प्रत्यक्ष युद्ध घोषणा गरेका छन् र सो युद्धमा सक्रिय रूपमा संलग्न छन्।”

मास्कोले लगातार युक्रेन युद्धलाई पश्चिमी मुलुकहरूको ‘प्रोक्सी वार’ भनेको छ, जसमा कीभलाई ‘तोपको बारुद’ जस्तै प्रयोग गरिएको आरोप लगाइन्छ। रुसले युक्रेनलाई दिइएको सैन्य सहयोगको पनि आलोचना गर्दै पश्चिमले क्षेत्रीय तनाव झन् बढाएको आरोप लगाएको छ।

रुसी अधिकारीहरूले लामो समयदेखि नाटोको पूर्वतर्फको विस्तार र युक्रेनसँग बढ्दो सहयोगलाई समस्या भएको भन्दै २०१४ को मैदान आन्दोलनपछि स्थितिलाई अझ जटिल बनाएको बताएका छन्।

ट्रम्पद्वारा टर्कीलाई रुसी तेल खरिद रोक्न आग्रह

वाशिंगटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रुससँग तेल किन्ने कार्य रोक्न आग्रह गरेका छन्। उनका अनुसार यसले युक्रेन युद्धमा मस्कोको युद्ध खर्च कटौती गर्न ठूलो सहयोग गर्नेछ।

ह्वाइट हाउसमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगै आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “रुसबाट तेल र ग्यास नकिन्नु नै उहाँले गर्न सक्ने सबैभन्दा राम्रो कदम हुनेछ।” उनले एर्दोगानलाई राष्ट्रपति भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की दुवैको नजिकका व्यक्तिका रूपमा उल्लेख गर्दै, चाहेमा उनले युद्धमा ठूलो प्रभाव पार्न सक्ने बताए।

बैठकमा अमेरिकाले टर्कीमाथि लगाइएका प्रतिबन्ध हटाउने वा लामो समयदेखि रोकिएको एफ ३५ लडाकु विमान खरिदबारे भने कुनै ठोस सहमति भएन। तर ट्रम्पले दुबै विषयमा सकारात्मक संकेत गरेका छन्। टर्कीलाई सन् २०१९ मा रुसको एस ४०० क्षेप्यास्त्र प्रणाली खरिद गरेपछि एफ ३५ कार्यक्रमबाट हटाइएको थियो।

टर्की, भारत र चीनसँगै, रुसको प्रमुख तेल र ग्यास खरिदकर्ता हो। यस वर्षको सुरुवातमा मात्र टर्कीमार्फत युरोप पुगेको रुसी ग्यासको मात्रा २६ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसंघ महासभामा यसअघि दिएको भाषणमा पनि ट्रम्पले नाटो सदस्य मुलुकहरूलाई रुसी ऊर्जा खरिद बन्द गर्न आग्रह गरेका थिए। उनले ऊर्जा खरिदलाई “आफैंविरुद्धको युद्धलाई वित्तीय सहयोग” भनेका थिए।

यसैबीच, अमेरिकी सांसदहरूले टर्कीलाई पुनः एफ ३५ कार्यक्रममा फर्काउने विषयमा आपत्ति जनाएका छन्। उनीहरूले टर्कीको सिरियामा सैन्य गतिविधि, ग्रीक हवाई क्षेत्रमा उल्लङ्घन र रुससँगको सहकार्यलाई चिन्ता व्यक्त गरेका छन्। तर ट्रम्पले प्रतिबन्ध चाँडै हट्न सक्ने र सहमतिहरू सम्भव हुने आशा व्यक्त गरेका छन्।

यो हप्ता मात्रै ट्रम्प र एर्दोगानबीच भएको यो दोस्रो भेट हो। यसअघि दुवैले संयुक्त राष्ट्र महासभाको क्रममा गाजाबारे छलफल गरेका थिए।

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन(पूर्णपाठ)

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै जेन जी पुस्ताले माग गरे अनुसार संविधान संशोधन र शासकीय स्वरुप फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताउनु भएको छ। त्यसका लागी आगामी निर्वाचनमा सहभागी भइ संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि कार्कीले जेन जी पुस्तालाई आग्रह समेत गर्नु भएको छ।

कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो। कार्कीले रोजगारी तथा अन्य सिलसिलामा विदेश रहेका नागरिकलाई समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको पनि बताउनु भएको छ।

सम्बोधनको क्रममा २१ फागुनभित्र निर्वाचन हुने भन्दै सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिन आग्रह समेत गर्नुभएको छ ।

भ्रष्टाचारको अन्त्य, सुशासन अनि विकास अपेक्षा गरी भएको आन्दोलनको अभिव्यक्ति अनुसार सरकारले काम गर्ने र सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सरकारले ध्यान दिएर पुनर्निर्माण सुरु गर्ने कार्कीले बताउनुभयो।

यस्तो छ सम्बोधनको पूर्णपाठ :

अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने

काठमाडौँ- मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारको निर्णय खारेज गर्दै अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले अघिल्लो सरकारको कदमलाई उल्टाएर दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउन पुरानै अवस्थामा फर्काएको बताएका छन्।

यसअघि सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था गरेको थियो ।

कात्तिक ३० सम्म मतदाता नामावली सङ्कलन गरिने

फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने

काठमाडौँ – निर्वाचन आयोगले कात्तिक ३० गते सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न सरकारले बाटो खुलाए संगै मतदाता नामावली संकलन कार्य सुरु भएको आयोगले जनाएको छ।

सेवाग्राहीको गुनासो अब मन्त्रालयमै सुन्ने व्यवस्था: यसरी गर्न सकिनेछ उजुरी

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका विभाग, आयोजना र मातहतका कार्यालयहरूमा ढिलासुस्ती, काम पन्छाउने, घुस माग्ने, अनावश्यक हैरानी दिने वा अपमानजनक व्यवहार गर्ने जस्ता गतिविधि भए सेवाग्राहीको उजुरी सुन्ने र समाधान गर्ने व्यवस्था मिलाइएको छ।

ऊर्जा मन्त्री कुलमान घिसिङले आफूले सम्हालेका मन्त्रालयहरूमा सुधार ल्याउन गुनासो सुन्ने संयन्त्रलाई प्रभावकारी बनाइने भन्दै सेवाग्राहीलाई कुनै समस्या वा अन्याय भए खुलेर उजुरी गर्न आग्रह गरेका छन् ।

उनका अनुसार सेवाग्राहीले विभिन्न माध्यममार्फत आफ्नो गुनासो वा सुझाव पेश गर्न सक्नेछन्। यसका लागि मन्त्रालयअनुसार छुट्टाछुट्टै सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।

यसअघि अर्थ मन्त्रालयले पनि आफ्ना मातहतका कार्यालयमा सेवाग्राहीलाई असुविधा दिइएमा उजुरी दर्ता गर्न आग्रह गरिसकेको छ।

जस अनुसार , उर्जा , जलश्रोत तथा सिंचाई मन्त्रालय सम्बन्धि गुनासो गर्न टेलिफोन :०१-४२११५११ , हटलाइन – ११५१ र इमेल [email protected][email protected] मार्फत आफ्नो कुरा राख्न सकिनेछ।

त्यसैगरी, शहरी बिकास मन्त्रालयसंग सम्बन्धित गुनासो गर्न इमेल [email protected] वा [email protected] र टेलिफोन ०१-४२०००११ प्रयोग गर्न सकिनेछ।

भौतिक पूर्वाधार तथा यातायात सम्बन्धित गुनासो भएमा इमेल [email protected][email protected] र टेलिफोन ०१-४२११७२० मार्फत गुनासो गर्न सकिनेछ।

अर्थमन्त्रालय संग सम्बन्धित गुनासो भए इमेल [email protected] र टोलफ्री हटलाइन नम्बर १८१०५०००४१० मा पनि सीधै फोन गरेर गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्य मन्त्रालय संग सम्बन्धित गुनासो भए हटलाइन नम्बर १११५, इमेल [email protected] र भाइबर र वाट्स्याप मा ९८५१३३०५९२ मार्फत गुनासो गर्न सकिनेछ।

गृह मन्त्रालयको सहायता कक्ष अन्तर्गत भाइबर र वाट्स्याप मा ९८५१३६०६०३ मार्फत गुनासो गर्न सकिनेछ।

पुनर्निर्माण कोषमा योगदान गर्न कुलमान घिसिङको आह्वान

काठमाडौं – जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले पुनर्निर्माण कोष खडा गर्दै सहयोगको लागी अपिल गरेको छ।

सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरेलगत्तै मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् ।

घिसिङका अनुसार समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने भन्दै भौतिक संरचनामा भएको आगजनी र तोडफोडको पुनरुत्थान र पुनर्निर्माण गरिने छ। घिसिङले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट अमूल्य योगदान गरी राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरेका हुन्।

मन्त्री घिसिङसँग र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत ड्यानिएल मेउलीले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा राजदूत मेउलीले मन्त्री पदभार सम्हालेको अवसरमा घिसिङलाई बधाई दिँदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिन्। दुबैबीच भएको कुराकानीमा स्विस सहयोगमा चलिरहेका आयोजनाहरूको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्रहरू, लगानीका अवसर र द्विपक्षीय सम्बन्धबारे चर्चा भएको थियो।

मन्त्री घिसिङले नेपालको विकासमा निरन्तर सहयोग गरिरहेको स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद ज्ञापन गर्दै नयाँ सरकारका प्राथमिकतामध्ये निर्वाचन सम्पन्न गर्ने, आन्दोलनका कारण क्षति पुगेका पूर्वाधारको पुनर्निर्माण, सुशासन कायम गर्ने र युवामा आशा जगाउने कार्य मुख्य भएको बताएका छन्।

उनले विद्युतीय सवारीसाधनको प्रवर्द्धन, घरायसी प्रयोजनमा विद्युत प्रयोगलाई प्रोत्साहन, सडक यातायातमा सुरुङ प्रविधिको प्रयोग, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन तथा साना उद्योगमार्फत रोजगारी सिर्जनाका लागि सीपमूलक तालिममा स्विस सहयोग आवश्यक रहेको उल्लेख गरे।

हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ आयोजना, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, र सीप विकास तालिमजस्ता कार्यक्रम सञ्चालनमा रहेका छन्। राजदूत मेउलीले ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै नेपाललाई सहयोग गर्न स्विट्जरल्यान्ड सदैव तयार रहेको बताइन्।

मन्त्री घिसिङ र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।

भेटवार्ताको क्रममा राजदूत थम्पसनले घिसिङलाई उनको नियुक्तिमा बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।

नेपाल-अमेरिका सहयोग, संयुक्त राज्य अमेरिकाद्वारा समर्थित परियोजनाहरूको प्रगति र जेन जी आन्दोलनको समयमा क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनर्निर्माणमा केन्द्रित रहेर दुईजनाबीच छलफल भएको बताइएको छ।

मन्त्री घिसिङले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, आगामी निर्वाचन र सुशासन सुनिश्चित गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् भने राजदूत थम्पसनले नेपाललाई अमेरिकाको सहयोग जारी रहने उल्लेख गरेका छन् ।

मतदाता नामावली संकलन गर्न सरकारले ल्याएको अध्यादेश जारी

काठमाडौँ – निर्वाचन मिती तय भइसकेको अवस्थामा मतदाता नामावली संकलन गर्न नमिल्ने भएपछी , ताजा जनादेशको लागि मतदाता नामावली संकलन गर्न र मताधिकार बाट कोहि पनि बन्चित हुन नपरोस भनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली सम्बन्धि ल्याएको पहिलो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् ।

राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

adhyadesh

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता:निर्वाचन तयारीबारे छलफल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपति सचिवालयका अनुसार भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिसहित आगामी प्रतिनिधिसभा निर्वाचनबारे कुराकानी भएको छ ।

फागुन २१ गते हुने भनिएको निर्वाचनको व्यवस्थापन, तयारी र सुरक्षा उपायबारे विशेष चर्चा भएको,साथै सरकारले निर्वाचनसम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकारले अध्यादेश ल्याउने तयारी गरेको र सो अध्यादेशमार्फत नयाँ मतदाता नाम दर्ता खोल्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने र दल दर्ता प्रक्रियालाई स्पष्ट पार्ने जस्ता विषयमा पनि छलफल भएको बताइएको छ।

मन्त्री घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा राजदूत सोङले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–चीन सडक तथा विधुत प्रसारण लाइनको जडान, चिनियाँ कम्पनीहरूले लिएका सडक र विधुत आयोजना निर्माणको प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा चलिरहेका आयोजनाको अवस्था तथा लगानीका विषयमा छलफल गरिएको बताइएको छ।

मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडक नेपाल–चीन व्यापारका दृष्टिले महत्त्वपूर्ण भए पनि पहिरो र कमजोर भौगोलिक कारण जोखिमपूर्ण रहेको भन्दै चिनियाँ प्रविधि प्रयोग गरेर दीर्घकालीन समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाको चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा बन्ने कलङकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न आग्रह र अरुण करिडोरमा निर्माणाधीन जलविधुत आयोजनासहित किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन अगाडि बढाउन पनि आग्रह गरेका छन्।

यसैगरी, उनले चिनियाँ कम्पनीले जिम्मा लिएको कमला–कञ्चनपुर आयोजना सन्तोषजनक रूपमा अघि नबढेको भन्दै चासो प्रकट गरे र नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक विस्तारलाई गति दिन सहयोग र सहजीकरणका लागि आग्रह गरे।

राजदूत सोङले चीन नेपालका प्राथमिकतामा आधारित क्षेत्रमा सधैँ सहकार्य गर्न तयार रहेको उल्लेख गरे। भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विभागीय प्रमुखहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।

पुराना सरकारले गर्दै आएको अनावश्यक खर्च कटौती गर्दै अर्थ मन्त्रालय

काठमाडौँ- अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता र पूँजीगत खर्चमा सुधार ल्याउन विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ।

सोही निर्णय अनुसार सरकारले कर्मचारीलाई नियमित कामका लागि दिँदै आएको बैठक भत्ता कटौती गर्ने ,निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधाबापतको रकम लिन नपाउने, सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने,प्राविधिक जनशक्तिबाहेक नयाँ दरबन्दी सिर्जना नगर्ने र संघ, प्रदेश तथा स्थानीय तहमा हुने दोहोरो/तेहेरो संरचना खारेज गर्ने, अत्यावश्यकबाहेक सरकारी खर्चमा विदेश भ्रमण गर्न पाइने छैन । अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्र वा सरकार प्रमुख नेतृत्व गर्ने प्रतिनिधिमण्डल बढीमा १० जनासम्म र अन्य सरकारी प्रतिनिधिमण्डलमा बढीमा तीन जनामात्र सहभागी हुने व्यवस्था गरिएको छ ।

यस्तो छ खर्च कटौती गर्न सरकारले गरेको निर्णय।

सुनकोशी–मरिन र भेरी–बबई आयोजनाका ठेक्का तोडेर नयाँ ढंगले अघि बढ्ने : मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी–मरिन र भेरी–बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्नुको औचित्य नभएको बताउनुभएको छ।

मंगलबार मन्त्रालयमा सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्दै मन्त्री घिसिङले अस्वाभाविक ढिलाइका कारण ठेक्का तोडी नयाँ ढंगले अघि बढ्नैपर्ने निष्कर्ष निकालेका हुन् ।

उनले तराई क्षेत्रमा सिँचाइ पुर्‍याएर कृषि उत्पादन बढाउने उद्देश्यले सुरु गरिएका आयोजनामा ढिलाइ हुँदा मुलुकले ठूलो प्रतिफल गुमाइरहेको बताए। समयमै काम सक्नुपर्नेमा निर्माण व्यवसायीले बहाना बनाइरहेका र अर्बौँ लगानी भएको उक्त क्षेत्रको ब्याज मात्रै अर्बौँ पुगेको भन्दै उक्त अवस्थामा म्याद मात्र थप्नुको अर्थ नभएको उनले बताएका छन्।

भेरी–बबई आयोजनामा २०७७ भदौमै सुरुङ निर्माण सम्पन्न भए पनि बाँध र विधुत गृह भने अझै बनेका छैनन्। उक्त आयोजनामा २०७६ साउनमा गङ्दोङ युतियान–रमण जेभीसँग सम्झौता भएको थियो र हालसम्म भौतिक प्रगति ५७ प्रतिशतमा सीमित छ।

त्यसैगरी सुनकोशी–मरिन आयोजनामा सुरुङ तयार भए पनि बाँध र विधुत गृह लगायतका संरचनाको प्रगति १० प्रतिशत मात्रै छ। ठेक्का अवधिको करिब ६० प्रतिशत समय बितिसक्दा पनि निर्माण अघि नबढेकाले मन्त्री घिसिङले सबै ठेक्का तोडी नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन्।

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र आयोगबीच छलफल

काठमाडौँ – आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको शीर्ष प्राथमिकता रहेको बताइन्। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था सरकारले गर्ने आश्वासन दिँदै आयोगलाई तत्काल सम्पूर्ण तयारी अघि बढाउन आग्रह गरिन्।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक मतपेटिका लगायतका सामग्री मौज्दातमा रहेको जानकारी गराउँदै, अभाव हुने सामग्री स्वदेशमै उत्पादन भएकालाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक ढंगले खरिद गरिने बताए। उनले राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्रसहित सबै सरोकारवालासँग समन्वय गर्दै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी, भण्डारीले निर्वाचन सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइदिन सरकारसँग आग्रह गरे। उनले आयोगलाई नेपाल सरकार, राजनीतिक दल र नागरिक सबैको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

नेपाली राहदानी प्रयोग गरी २०० म्यानमार नागरिक यूएई प्रवेश

काठमाडौं – २०० जना म्यानमारका नागरिकले नेपाली राहदानी प्रयोग गरी संयुक्त अरब इमिरेट्स (यूएई) प्रवेश गरेको तथ्य बाहिर आएको छ। यो जानकारी अध्यागमन विभागले मंगलबार श्रम गन्तव्य रहेका नौ देशका नेपाली राजदूत तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूसँगको भर्चुअल बैठकमा दिएको हो।

बैठकमा यूएई, कतार, ओमन, कुवेत, साउदी अरब, बहराइनसहितका खाडी मुलुक तथा मलेसिया र थाइल्यान्डस्थित नेपाली दूतावासका प्रतिनिधि, श्रम सहचारी, गृह र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए। बैठकमा नक्कली कागजात प्रयोग गर्ने व्यक्तिहरूलाई कानूनी कारबाही गर्ने विषयमा छलफल भएको विभागले जनाएको छ।

विभागका अनुसार छलफलमा श्रम तथा पर्यटकीय भिसामा विदेश जाने नेपालीहरूको हालको अवस्था, रोजगारीमा संलग्नता, सम्भावित जोखिम, र अध्यागमन नियन्त्रण सुधारका लागि रणनीति तय गर्ने विषयमा पनि ध्यान केन्द्रित गरिएको थियो।

बैठकमा उठाइएका प्रमुख बुँदाहरू:

  • नेपालमा हालैको जेन जी आन्दोलन र यसको वैदेशिक रोजगारसँगको सम्बन्धबारे विचार।
  • भिजिट भिसासम्बन्धी सरकारी नियमहरूको पुनरावलोकन र परिमार्जन।
  • दीर्घकालीन श्रम आप्रवासन रणनीति तयार गरी विदेशस्थित नियोगहरूको भूमिका मजबुत बनाउने।
  • दूतावास, श्रम सहचारी र अध्यागमन विभागबीच डाटा सेयरिङका लागि एकीकृत प्रणाली विकास गर्ने।
  • भिजिट भिसामा जाने नेपालीहरूलाई बिमा अनिवार्य गर्ने।
  • विदेशस्थित दूतावासमा उद्धार कोष स्थापना गर्ने।
  • घरेलु कामदार पठाउन कानूनी संरचना तयार गर्ने, अनौपचारिक माध्यमलाई रोक्ने।
  • नियोगमा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि पुनः कायम गर्ने।
  • श्रम आप्रवासनमा विचौलियाको प्रभाव न्यूनतम गर्ने।
  • यूएईले भिसामा कडाइ गरेपछि ओमनमार्फत गैरकानुनी ढंगले नेपाली लैजाने जोखिम रोक्न सूचनाको आदानप्रदान गर्ने।
  • कुवेतको भिजिट भिसा प्रतिबन्धित भए पनि बिचौलियाले ठगी गर्ने गतिविधि नियन्त्रण गर्ने।
  • यूएईलाई वैदेशिक रोजगारीको ‘इपिसेन्टर’ मान्दै, त्यहाँ मासिक २५–३० नेपालीको मृत्यु हुने, जसमा आत्महत्या मुख्य कारण रहेको तथ्यांक सार्वजनिक। हाल यूएईमा ३ लाख ८१ हजार नेपाली कार्यरत छन् भने ५४८ जना जेलमा छन्, जसमा ३४५ जना लागूऔषध मुद्दामा कैद छन् ।
  • विमानस्थलमा भिजिट भिसाका लागि श्रम डेस्क पुनः स्थापना गर्ने।
  • प्रस्थान अघि अनिवार्य प्रि-भेरिफिकेसन प्रक्रिया लागू गर्ने।
  • म्यानपावर एजेन्सीलाई थप जिम्मेवार बनाउने।
  • वैदेशिक रोजगारबारे स्थानीय तहदेखि नै सचेतना कार्यक्रम विस्तार गर्ने।

विभागले यूएईमा नेपाली राहदानी बोकेका म्यानमारका नागरिक र नक्कली कागजात प्रयोग गर्नेहरूलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।

विधुत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालद्वारा विभिन्न उधोगहरुले तिर्नुपर्ने बक्यौता रकम उठाउने निर्णय

काठमाडौँ – नेपाल विधुत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गर्दै विभिन्न उधोगहरुले तिर्नुपर्ने बक्यौता रकम उठाउने बताएका छन्। त्यसो त मन्त्रि घिसिङले पनि आफु मन्त्री भए लगत्तै बक्यौता रकम कुनै पनि हालतमा उठाउने निर्णय गरेका थिए। सोहि अनुरुप कामको सहजता बढाउन उनले सिलवाललाई प्राधिकरणको निर्देशकमा ल्याएको पनि बुझिएको छ।

हितेन्द्रदेव शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशक बनेका सिलवालले बक्यौता रकमको विषयमा विगतमा भएका निर्णयहरूलाई समेत पुनरावलोकन गरी तत्काल बक्यौता उठाउने गरी अघि बढ्ने बताएका हुन्।

ऊर्जा मन्त्री कुलमान घिसिङले गत आइतबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका हुन्। उनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने आफ्नो पहिलो प्राथमिकता रहने र प्राधिकरणमा आन्तरिक संरचना सुधार गर्ने,आन्तरिक नीतिहरू बनाउने र आर्थिक रूपमा प्राधिकरणलाई सम्पन्न गराउँदै जेनजीको भावना अनुसार काम गर्ने बताएका छन्।

मन्त्री घिसिङ र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङसँग र नेपालका लागि बेलायतका राजदूत रोब फेनले सिंहदरबारमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा राजदूत फेनले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल–बेलायतबीचको मित्रता र सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीका सम्भावना, जलवायु परिवर्तनले ल्याएका चुनौती न्यूनीकरणका उपायहरू लगायत विषयमा छलफल भएको थियो।

मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारले आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आगामी आम निर्वाचन र सुशासन कायम गर्नु मुख्य प्राथमिकता भएको बताए। उनले नेपालको आर्थिक विकासमा बेलायतले गरेको योगदानको प्रशंसा गर्दै विधुतिय सवारी प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापना गर्ने बेलायती सहयोग प्रभावकारी भएको उल्लेख गरे।

त्यसैगरी, उनले बेलायतमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी मोडेललाई नेपालमा पनि अपनाउने, हरित हाइड्रोजन उत्पादन, र जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययनजस्ता क्षेत्रमा सहयोग आवश्यक रहेको बताए।

जवाफमा राजदूत फेनले नेपाल बेलायतको पुरानो मित्र भएको भन्दै नेपालको सफलता नै बेलायतको सफलता भएको र नेपालको आर्थिक रुपान्तरणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।

भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको र स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्नुपर्ने उनले बताएका छन्।

दुई महिनाको अवधिमा युएईमा ५१ नेपालीको मृत्यु

काठमाडौं – अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विगत दुई महिनामा संयुक्त अरब इमिरेट्स (युएई) मा ५१ नेपाली कामदारको मृत्यु भएको छ।

दूतावासको तथ्याङ्कले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा जुलाई मा ३२ र अगस्ट मा १९ जनाको मृत्यु भएको देखाएको छ।

यसको तुलनामा, गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा युएईमा ६२ जना नेपालीको मृत्यु भएको थियो। त्यस वर्ष युएईमा कुल ३१२ जनाको मृत्यु भएको थियो, जुन प्रति महिना औसत २६ थियो। अघिल्लो वर्ष, आर्थिक वर्ष २०८०/८१ मा, यो संख्या २३१ थियो।

दूतावासले मृत्युको कारणहरूमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात र अन्य मुटु सम्बन्धी रोगहरू समावेश रहेको बताएको छ।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेस नेताहरूले सुरु गरे हस्ताक्षर अभियान

काठमाडौं – शेखर कोइराला प्यानलका नेपाली कांग्रेस नेताहरूले महाधिवेशनका धेरै प्रतिनिधिहरूसँग मिलेर पार्टी भित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।

प्रतिनिधिहरूले “जेन जी”को विरोध प्रदर्शनका क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि हालै भएको आक्रमणको निन्दा गर्दै, पार्टीले विगतका गल्तीहरू स्वीकार गर्नुपर्ने, क्षमा माग्नुपर्ने र भविष्यको लागि आफूलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । विशेष अधिवेशन नै अगाडि बढ्ने एक मात्र बाटो भएको पनि उनीहरुले बताएका छन्।

विशेष अधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिमा भए पनि वर्तमान नेतृत्वले त्यो कदम चाल्ने सम्भावना नरहेको भन्दै उनीहरूले आफैंले तयारी सुरु गरेका हुन् ।

उनीहरूले पार्टी विधानको धारा १७ (२) अनुसार प्रक्रियामा जिम्मेवारीपूर्वक भाग लिन सदस्यहरूलाई आग्रह गर्दै पार्टीलाई वर्तमान संकटबाट बचाउन र आजको सन्दर्भमा यसलाई अझ प्रभावकारी र सान्दर्भिक बनाउन अधिवेशन आवश्यक रहेको बताएका छन् ।

नेपालमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं – नेपालमा सुनको मूल्य मंगलबार अहिलेसम्मकै उच्च पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एकै दिनमा प्रति तोला ३,९०० रुपैयाँले मूल्य बढेको छ।

यो वृद्धिसँगै, मंगलबार सुनको मूल्य प्रति तोला २,२१,७०० रुपैयाँ पुगेको छ ।

यो संगै चाँदीको मूल्य पनि बढेको छ, सोमबार प्रति तोला २,६६० रुपैयाँबाट बढेर मंगलबार प्रति तोला २,६८० रुपैयाँ पुगेको छ।

कक्षा १२ को पूरक परीक्षा आजदेखि सुरु

काठमाडौं -कक्षा १२ को पूरक परीक्षा आजदेखि सुरु भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय भएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि सारिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि दुई दिन सञ्चालन हुनेछ।

पहिलो दिन (आज) अनिवार्य अंग्रेजी (००४१), एक विषय मात्र परीक्षा दिने विद्यार्थीका सबै विषय, र दुई विषय परीक्षा दिने विद्यार्थीका लागि सानो कोड भएको विषयको परीक्षा हुनेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिने विद्यार्थीले आज अंग्रेजी र भोलि नेपाली विषयको परीक्षा दिनुपर्नेछ।

भोलि (बुधबार) दुई विषय परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ।

सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयको अनुमति खारेज गर्ने: मेयर बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको अनुमति खारेज गर्ने चेतावनी दिएका छन्।

उनका अनुसार हालसम्म महानगरभित्रका ४४० विद्यालयले छात्रवृत्तिको विवरण पेस गरिसकेका छन्। बाँकी विद्यालयलाई पनि शीघ्र विवरण बुझाउन उनले आग्रह गरेका छन्।

मेयर शाहले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “केही विद्यालयले अहिलेसम्म विवरण बुझाएका छैनन्। विवरण नबुझाउने विद्यालयलाई बन्द विद्यालय मानेर काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम अनुमति रद्द गरिनेछ।”

उनका अनुसार कानुन कार्यान्वयनपछि यो वर्ष मात्रै २० हजार २८२ विद्यार्थीले करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्। पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएको र यसवर्ष कक्षा १ देखि १० सम्म १६ हजार ९८० र कक्षा ११ मा ३ हजार ३०२ विद्यार्थीले सुविधा पाएको तथ्यांक उनले सार्वजनिक गरेका छन्।

अर्थ मन्त्रालय मातहतका निकायमा समस्या परे वा कसैले घुस मागे सीधै मन्त्रीलाई गुनासो गर्न सकिने

काठमाडौँ — अर्थ मन्त्रालय अन्तर्गतका संस्थान र निकायमा कर्मचारीले काममा ढिलासुस्ती गर्ने, अनुचित दबाब दिने वा घुस–रिसवत मागेमा अब सीधै अर्थमन्त्री रामेश्वर खनाललाई इमेल वा हटलाइनमार्फत गुनासो गर्न सकिने भएको छ।

मन्त्रालयले गुनासो व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको जनाएको छ। सूचनामा भनिएको छ, “अर्थ मन्त्रालय मातहतका नियामक निकाय, विभाग, कार्यालय तथा बैंक–वित्तीय संस्थाबाट उपलब्ध हुने सेवामा ढिलासुस्ती, अनुचित कार्य वा घुसको माग भएमा सीधै अर्थमन्त्रीको इमेल वा मन्त्रालयको गुनासो इमेलमा उजुरी दिन सकिन्छ।”

यसका साथै, टोलफ्री हटलाइन नम्बर १८१०५०००४१० मा पनि सीधै फोन गरेर गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

देशका प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गरिने :सञ्चार मन्त्री खरेल

काठमाडौँ — सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका जगदीश खरेलले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा देशका प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गरिने बताएका छन् ।

देशका प्रमुख सहरहरुमा पाँच महिनाभित्र फ्रि वाईफाई बिस्तार गर्ने र
काठमाडौंमा दुई मिहनाभित्र र सातै प्रदेशका राजधानी र ठूला सहरका सार्वजनिक स्थानमा क्रमैसँग उक्त सुविधाको व्यवस्था गरिने उनले बताएका छन् ।

मन्त्री अनिलकुमार सिन्हाको पहिलो निर्णय:सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले मन्त्रालयमा पदभार ग्रहण गर्दै सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् ।

उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने र अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने निर्णय गरेका छन् ।

नवनियुक्त चार मन्त्रीले लिए शपथग्रहण

काठमाडौं – राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।

सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ व्यक्तिको उपस्थिति रहेको छ ।

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने भएको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने भएको छ ।
 
दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।   
 
“न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ,” अदालतको सूचनामा भनिएको छ, “बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।” रासस

देशव्यापी भएको कारागार तोडफोडपछि भागेका कैदीमध्य ७ हजार ६२७ कैदी अझै फरार

काठमाडौं – ‘जेन-जी’ आन्दोलनका क्रममा कारागार तोडफोड र दंगापछि भागेका ७ हजार ६२७ कैदी अझै फरार रहेका छन्।

भदौ २४ गते देशभर भएका हिंसात्मक प्रदर्शनका क्रममा २८ वटा कारागार र ९ वटा सुधारगृहबाट कुल १४ हजार ५५६ कैदी र थुनुवा भागेका थिए। तीमध्ये १३ हजार ५९२ जना कारागारबाट र ९६४ जना सुधारगृहबाट भागेका थिए।

असोज ५ गते साँझसम्म ६ हजार ९२८ जना पुनः कारागार फर्किएका छन्। विभागका अनुसार अझै सम्पर्कमा नआएका अधिकांश कैदी जघन्य र संगठित अपराधमा संलग्न रहेका छन्।

उक्त कारागार तोडफोडको क्रममा नेपाली सेनाले गोली चलाउँदा ५ कैदीको ज्यान गएको थियो।

राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौँ – मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।

कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए ।

‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ’, महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उनले सरकारलाई आग्रह गरे ।

पछिल्ला दिनमा काठमाडौँ गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ ।

उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ ।रासस

आज घटस्थापना: नवरात्रिको प्रारम्भ

आज घटस्थापना अर्थात् जमरा राख्ने दिन। आजको दिनबाट विधिवत रुपमा दशैँ सुरु भएको मानिन्छ। आजको दिनबाट नवरात्रिको प्रारम्भ भएको पनि मानिन्छ।आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

दशैंको पहिलो दिन घटस्थापनाको शुभ साइत आज बिहान ९ बजेर १३ मिनेटमा रहेको छ। चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्ने गरिन्छ। चित्रा र वैधृति योग परेका वेला, त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि रहिआएको छ ।आज सबैले आ-आफ्नो घरमा साइतको समयमा जमरा राख्ने गर्दछन्। आज घरको पूजा कक्ष वा घरभित्रको कुनै सफा ठाउँमा दियो,कलश र गणेश स्थापना गरेर जमरा राख्ने र नवरात्रिको अन्तिम दिन सम्म हरेक बिहान जमराको पुजा गर्ने गरिन्छ।

थोरै बालुवा मिसिएको माटोमा जौ छरेर त्यसमा उज्यालो नछिर्ने गरि उमारिन्छ र यसरी १० दिनसम्म अंकुराएको यिनै अन्नका अंकुरणहरुलाई दशैंको टिकाको दिनमा जमराको रुपमा प्रयोग गरिन्छ। त्यसो त पछिल्लो समय जमरा उमार्ने क्रममा जौ सँगै धान, मकै र गहुँको पनि प्रयोग गरिने गरेको पाइएको छ।

नवरात्रमा दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजा–आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पुज्ने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ र चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न दुर्गाले लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष आराधना गर्ने गरिन्छ ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा–आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । त्यसैले, दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना गरिन्छा।सनातन वैदिक धर्मावलम्बी हिन्दुहरूको महान् पर्व, दसैँको टिकाको दिन शिरमा जमरा लगाउने संस्कृति दशैंको एउटा महत्वपूर्ण पाटो मानिन्छ।

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ नाम सिफारिस

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्।

प्रधानमन्त्रीले सर्वोच्चका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, वैज्ञानिक महावीर पुन र पूर्वराज्य पुनर्संरचना संयोजक डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार उनीहरूको नियुक्ति र शपथ ग्रहण सोमबार हुनेछ।

सिफारिसअनुसार पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति, र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ। उनी यसअघि सोही मन्त्रालयकी अतिरिक्त सचिव थिइन् र राजीनामा दिएपछि मन्त्री बन्ने बाटो खुलेको हो।

पत्रकार खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरिएको छ। उनी दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्।

डा. परियारलाई कृषि विकास तथा पशुपंक्षी मन्त्रालयमा सिफारिस गरिएको छ। उनी कृषि विज्ञ हुन् र राज्य पुनर्संरचनाको संयोजकसमेत रहिसकेका छन्।

वैज्ञानिक पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारमा योगदान पुर्‍याएर म्यागसेसे पुरस्कारसम्म पाइसकेका छन्।

नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौँ– सरकारले नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

सिलवाल प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन्। ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा यो निर्णय गरिएको हो।

जेन जी आन्दोलन छानबिनका लागि तीन सदस्यीय आयोग गठन

काठमाडौँ — सरकारले जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोग र अन्य घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो।

आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

सीआईबी प्रमुखमा एआईजी डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ — सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागका प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघिका सीआईबी प्रमुख चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि उक्त पद रिक्त भएको थियो। केसी तिनै व्यक्ति हुन् जसले भुटानी शरणार्थी काण्डको अनुसन्धान अगाडी बढाएका थिए।

मन्त्री घिसिङ र भारतीय राजदूतबीच भेटवार्ता: ऊर्जा तथा सिँचाइ सहकार्यबारे छलफल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको छ। राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

भेटमा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा सहकार्य, भारतीय सहयोगमा निर्माणाधीन आयोजनाहरूको प्रगति तथा महाकाली सिँचाइ तेस्रो चरणको नहरमार्फत नेपालतर्फ पानी पठाउने विषयमा छलफल गरिएको थियो।

यस्तै, राहुघाट जलविधुत आयोजना, इनरुवा–पूर्णिया र न्यु लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको प्रगतिबारे पनि जानकारी गराइएको थियो। भारततर्फको अध्ययन पूरा भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्री घिसिङले दशैं–तिहारमा उद्योग र कलकारखाना बन्द हुने भएकाले आन्तरिक विधुत खपत घट्ने उल्लेख गर्दै भारतमा थप बिजुली निर्यातका लागि स्वीकृति दिन आग्रह गरेका छन्। हाल नेपाललाई भारतसहित बंगलादेशतर्फ ११६५ मेगावाट बिजुली निर्यातको अनुमति छ भने थप १३८ मेगावाट निर्यात गर्न प्रस्ताव गरिएको छ।

यस अवसरमा राजदूत श्रीवास्तवले जेन–जी आन्दोलनका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भारत सहयोग गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित पारित गरि प्रतिनिधिसभामा पठाएपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

जेन–जी आन्दोलन छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको तयारी

काठमाडौँ – सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले घटनाक्रममा राज्य निकायका कमजोरी र जिम्मेवारीबारे छानबिन गर्नेछ। उनले भने, “यससम्बन्धी निर्णय अब बस्ने पहिलो मन्त्रिपरिषद् बैठकमै हुनेछ।”

मन्त्रालयले आयोग गठनका लागि विज्ञको रोस्टर तयार गरी कार्यक्षेत्र समेत टुंगो लगाइसकेको छ।आयोग तीन सदस्यीय हुनेछ र बाँकी सदस्यहरूको नाम पनि लगभग पक्का भइसकेको छ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकमै जेन–जी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेकी थिइन्।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई कानुनी कारबाहीको माग

काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

आइतबार जारी विज्ञप्तिमा समाजले हालैको राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सुशासनबिना शान्ति सम्भव नभएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार र कुशासनकै कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको हो। यसका जिम्मेवार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई कानुनी कारबाही गर्नुपर्ने हाम्रो माग हो।” साथै, आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, प्रेस र नागरिक सम्पत्तिमा भएको आगजनी तथा तोडफोडमा संलग्नलाई पहिचान गरी दण्डित गर्नुपर्ने उल्लेख छ।

शान्ति समाजले प्रहरी र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिएको छ। त्यसैगरी, संवैधानिक र न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्त भएका व्यक्तिहरूले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएको छ।

संगठनले अन्तरिम सरकारलाई नागरिकको अभिभावकको भूमिकामा रही संविधान र उपलब्धि जोगाउन र छिटोमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ।

“जेन जी” आन्दोलनमा १२७६ थान राइफल र पिस्तोल लुटिए: करिब १ लाख गोली बेपत्ता

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा भएको प्रहरी दमन र त्यसपछि भड्किएको हिंसाले देशभरका धेरै प्रहरी चौकीमा आगजनी र तोडफोडका घटना भए । दुई दिनको घटनामा हाल सम्म ३ प्रहरी सहित ७४ जनाले ज्यान गुमाएका छन् भने करिब २०० जना अझै अस्पतालमा उपचाररत छन्।

नेपाल प्रहरीले तयार पारेको आन्तरिक प्रतिवेदनअनुसार आन्दोलनकै क्रममा १२७६ थान राइफल र पिस्तोल लुटिएका छन्। त्यस्तै, ९८ हजार ४९१ थान गोली अभिलेखमा हराएको देखिएको छ। यीमध्ये कति प्रहरी आफैंले प्रयोग गरियो र कति लुटिए भन्ने यकिन तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै १३१५ राउन्ड रबर गोलीसमेत अभिलेखमा कम भएको देखिन्छ। तीमध्ये कति प्रयोग भए भन्नेबारे प्रहरीले स्पष्ट गर्न सकेको छैन। प्रहरी तथ्यांकअनुसार दुई दिनमै २२२० पटक हवाई फायर र ३२२३ सेल अश्रुग्यास प्रहार गरिएको थियो।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाउने काम पुनः सुरु

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानदेखि फेरि सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो हटाउन मुग्लिनतर्फ र नारायणगढतर्फ दुवैबाट मेसिन परिचालन गरिएको छ।

तर, ढुंगा झर्ने क्रम अझै जारी छ। थप पहिरो नखसे र काममा बाधा नपरे छिट्टै सडक सञ्चालनमा ल्याउन सकिने कार्यालयले जनाएको छ।

शुक्रबारदेखि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू रातभर बाटोमै अलपत्र परेका थिए। अहिले पनि राजमार्गका दुवैतर्फ सवारी साधनको लामो लाइन देखिन्छ।

शनिबार दिउँसो र बेलुकी जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूको लागि खानेपानी र खाद्यान्नको व्यवस्था गरेका थिए। त्यस्तै, राजमार्गमा रहेका व्यवसायीहरूलाई समेत यात्रु सहयोगका लागि आग्रह गरिएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। विकल्पमा नौबिसे–दामन–हेटौंडा मार्ग र मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट जोड्ने कालीगण्डकी करिडोर प्रयोग गर्न सकिने जनाएको छ।

सार्वजनिक सेवा सहज बनाउन सरकारको निर्देशन:सबै कार्यालयमा गुनासो कक्ष र हटलाइन अनिवार्य

काठमाडौँ – सरकारको निर्णयअनुसार अब सबै सरकारी निकाय र कार्यालयहरूले सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी सेवा दिन ‘सेवाग्राही सहजीकरण कक्ष’ तथा गुनासो सुन्ने ‘हटलाइन नम्बर’को व्यवस्था गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यसचिवको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयन गर्न सबै मन्त्रालयहरूलाई पत्र पठाएको हो।

निर्देशनअनुसार प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरूले सेवाग्राहीलाई झन्झटबिनाको सेवा दिनुपर्नेछ। त्यस्ता कक्षमा सभ्य र विनम्र कर्मचारी खटाइने र सेवा छिटो उपलब्ध हुने व्यवस्था गर्न भनिएको छ।

त्यस्तै, ढिलासुस्ती, काम पन्छाउने, घूस माग्ने, सेवाग्राहीलाई अनावश्यक दुःख दिने वा अपमानजनक व्यवहार गर्नेजस्ता गतिविधि भए तत्काल गुनासो दर्ता गरी समाधान गर्न प्रत्येक मन्त्रालय र निकायमा हटलाइन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। सो हटलाइन नम्बर प्रधानमन्त्री कार्यालयमा समेत जानकारी गराउनुपर्नेछ।

प्रदेश र स्थानीय तहहरूलाई पनि त्यस्तै प्रणाली लागू गर्न आग्रह गरिएको छ। यस निर्णयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई समेत जानकारी गराइएको छ।

सहुलियत कर्जाको ब्याज अनुदानका लागि अर्थ मन्त्रालयद्वारा ९ अर्ब ८० करोड निकासा

काठमाडौँ – लामो समयदेखि रोकिएको सहुलियत कर्जाको ब्याज अनुदानबापत अर्थ मन्त्रालयले ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले शनिबार उक्त रकम राष्ट्र बैंकलाई उपलब्ध गराएको हो।

ब्याज अनुदान नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा प्रवाह नगरेको र नागरिकले महँगो ब्याज तिर्नुपरेको अवस्थाले समस्या बढाएको थियो।

अर्थ मन्त्रालयको पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दोस्रो त्रैमासिकमा विनियोजित रकमलाई पहिलो त्रैमासिकमै कायम गरी, विगत सात त्रैमासिकमा प्रवाह गरिएका सहुलियत कर्जाको ब्याज अनुदानका लागि यो निकासा गरिएको हो।

यससँगै सरकारले दिनुपर्ने अधिकांश अनुदान रकम भुक्तानी भएपछि बैंक तथा वित्तीय संस्थाले फेरि सहुलियत कर्जा प्रवाह सुरु गर्ने सम्भावना बढेको बताइएको छ।

नागढुंगा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा शनिबार (असोज ४) सरोकारवालासँग छलफल गरेका छन् ।

छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका निम्ति निर्देशन दिए । बाढीपहिरोले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पनि उनले निर्देशन दिएका छन् ।

बैठकमा सार्वजनिक सवारीसाधन नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने विषयमा छलफल गरिएको थियो । दसैँपछि त्यस्ता सवारीसाधनले प्रवेश समेत गर्न पाउने व्यवस्था मिलाउन छलफल गरिएको घिसिङको सचिवालयले जनाएको छ ।

काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकबाट गरिएको छ ।

राजमार्गको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल–नारायणगढ सडकको दाउन्नेखण्डमा दसैँ अवधिभर लागु हुने गरी ठूला भारवहन सवारीसाधन (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ । उक्त सडकखण्डबाट खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई भने निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ ।

मुलुकभरका मुख्य सडकलाई चुस्तदुरुस्त राख्न, सुधार गर्न/गराउन, पहिरोजन्य विपद्को व्यवस्थापनका निम्ति आवश्यक सामग्री तथा यन्त्रको व्यवस्थापन गर्न, बुटवल–नारायणगढ सडकको दाउनेखण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न/गराउन बैठकबाट सडक विभागलाई निर्देशन दिइएको छ ।

आमनागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरिएको छ । मुलुकभरिको सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुने गरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्न/गराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीको उपस्थिति थियो । रासस

तीन महिना ढिलो गरी धरान उपमहानगरपालिकाको बजेट सार्वजनिक

मोरङ – धरान उपमहानगरपालिकाले तीन महिना ढिलो गरी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न १७औं नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरे।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारको अनुदानबाट ८९ करोड २९ लाख, प्रदेश सरकारको अनुदानबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

खर्चतर्फ सबैभन्दा बढी ६६ करोड ९४ लाख रुपैयाँ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा विनियोजन गरिएको छ। त्यसपछि शिक्षा, युवा तथा खेलकुदका लागि ४६ करोड ८५ लाख, स्वास्थ्यका लागि ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासका लागि ४ करोड ८६ लाख ४५ हजार छुट्याइएको छ।

त्यस्तै, आर्थिक विकासका लागि १ करोड २९ लाख, वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनका लागि २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनका लागि २० लाख, सार्वजनिक जग्गा संरक्षणका लागि १५ लाख, राजस्व परिचालनका लागि ४३ लाख र नगर भिजन कार्यक्रमका लागि ५ करोड ५ लाख विनियोजन गरिएको छ। साथै, चालु आर्थिक वर्षका लागि धरानका २० वटै वडामा २१ करोड रुपैयाँ छुट्याइएको छ।

अन्तर्राष्ट्रिय शक्ति सङ्घर्षको केन्द्रबिन्दुमा नेपाल

काठमाडौँ – नेपालले फेरि एकपटक आफ्नो भू–राजनीतिक महत्व विश्वलाई सम्झाएको छ। हालै मात्र प्रधानमन्त्री सुशिला कार्कीले पदभार ग्रहण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद मार्फत उनलाई शुभकामा दिए । त्यही भेटवार्ताको केही घण्टापछि काठमाडौंस्थित चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डिन थम्पसन दुवैले औपचारिक भेट गर्दै नयाँ प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका छन्। यी तीन शक्तिशाली राष्ट्रका नेताहरूले एकै दिन यति छोटो समयमा नेपालका प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्नु साधारण घटना भने होइन भन्ने बुझिन्छ।

नेपालको भौगोलिक अवस्थिति भारत र चीनजस्ता दुई ठूला मुलुकबीचको सेतु बनेको छ भने अमेरिकाले लामो समयदेखि क्षेत्रीय शक्ति सन्तुलनमा चासो राख्दै आएको छ। यही कारण नेपाल सधैं शक्तिराष्ट्रहरूको ध्यानमा रहने गरेको छ। भारतको प्राथमिकता सीमा सुरक्षासँगै नेपालमा आफ्नो राजनीतिक र सांस्कृतिक प्रभावलाई मजबुत बनाउनेतर्फ केन्द्रित रहेको देखिन्छ । चीन भने नेपाललाई बेल्ट एन्ड रोड इनिसिएटिभ मार्फत दक्षिण एसियामा आफ्नो पहुँच विस्तार गर्ने ढोका ठान्छ। अर्कोतर्फ अमेरिका लोकतान्त्रिक मूल्य र सुरक्षा साझेदारीका नाममा नेपालमा आफ्नो उपस्थितिलाई कायम राख्न इच्छुक देखिन्छ।

प्रधानमन्त्री कार्कीले भारत, चीन र अमेरिकासँगको संवादलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने चुनौती तत्कालैको यो परिदृश्यले उजागार पारेको देखिन्छ। नेपालको लागि एकातर्फ भारतसँगको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउँदै चीनसँगको आर्थिक सहकार्यलाई सन्तुलित राख्नुपर्ने चुनौती छ भने अर्कोतर्फ अमेरिका सँगको विकास सहयोग र सुरक्षासम्बन्धी साझेदारीलाई समेत नेपालले चतुरतापूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिन्छ।

विशेषज्ञहरूको बुझाइमा नेपालले अब एकपक्षीय दबाब भन्दा बहुपक्षीय कूटनीतिक नीति अवलम्बन गर्नुपर्ने देखिन्छ। छिमेकी तथा शक्तिराष्ट्रको हितलाई बुझ्दै आफ्नो स्वतन्त्र निर्णयक्षमता कायम राख्न सकेमा मात्र नेपालले दीर्घकालीन लाभ पाउनेछ। जलविधुत, पर्यटन, व्यापार मार्ग र प्राकृतिक स्रोतमा आधारित अवसरलाई कूटनीतिक वार्तामा अघि सारेर नेपालले आफूलाई दक्षिण एसियाको स्थायित्व र सहकार्यको केन्द्रको रूपमा प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता बनेको छ ।

नेपालले वर्तमान परिप्रेक्ष्यलाई अवसरका रूपमा लिन सके आफ्नो राष्ट्रिय हित सुरक्षित गर्दै छिमेकी र शक्तिशाली मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न सक्नेछ। नयाँ प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालको कूटनीतिक यात्रा कसरी अघि बढ्छ भन्ने कुराले विश्वको ध्यान नेपालतर्फ केन्द्रित गरेको यो जटिल नेपाली राजनीतिक परिवेश र बढ्दो भुराजनितीक विश्व परिवेशमा नेपालले आफ्नो परराष्ट्र नीतिलाई मजबुत गर्दै स्वतन्त्र र तटस्थ रहने नेपालको परराष्ट्र नीतिलाई मजुबितिका साथ् अवलम्बन गरेर अगाडी बढ्नुपर्ने देखिन्छ।

लोकतान्त्रिक मूल्यमा खरो उत्रन नसक्दा असन्तुष्टि बढेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आज टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मुख्य समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक मूल्यमा खरो उत्रन नसक्दा असन्तुष्टि बढेको बताउनुभएको छ।

लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको तर लोकतान्त्रिक मूल्य र मान्यतामा पूर्ण रूपमा उत्रिन नसक्दा जनतामा असन्तुष्टि बढेको बताउँदै, जेन जी पुस्तादेखि नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, सुशासन र कानूनी राज्य सबैको साझा अपेक्षा रहेको उल्लेख गर्नुभएको छ।

सरकार युवापुस्तासहित सबै नागरिकको आशा र अपेक्षा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजगारी, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य र विकासलाई राष्ट्रिय एजेण्डाका रूपमा अघि बढाइने पनि कार्कीले बताउनुभएको छ।

प्रधानमन्त्री कार्कीले आफू कुनै शासकीय आकांक्षा वा पदको लालसाका कारण नभई संकटग्रस्त अवस्थामा परिवर्तनकामी युवा पुस्ताको अनुरोधमा प्रधानमन्त्री बनेको र संविधान बमोजिम आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने:कुलमान घिसिङ

काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रि कुलमान घिसिङले लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने बताएका छन्।

मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिंदै, काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताएका छन्।

यसअघि उनले डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम उठाउन विधुत प्राधिकरणलाई पनि निर्देशन दिएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को दृश्यहरु

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज देशभर विभिन्न कार्यक्रमहरूका साथ मनाइएको छ। टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथि रहनुभएको थियो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुभएको छ।

sambidhan dibash 82025 09 19 10 06 51
550366949 759255000258152 7481265606752392845 n 1536x864 1

कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ,पूर्व सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तीन ठूला दलका शीर्ष नेताहरु भने देखिएनन्।

sambidhan diwas

नेपाली जनताको दीर्घ संघर्ष र बलिदानको उपलब्धिका रूपमा संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा गरिएको हो। दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको संविधानसभाले लामो छलफल र अथक प्रयासपछि ‘नेपालको संविधान २०७२’ जारी गरेको थियो।

1758256273 viber image 2025 09 19 09 43 37 918
1758256271 viber image 2025 09 19 09 43 36 164

संविधान दिवसमा राष्ट्रपति पौडेलको एकताको आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सबै नेपालीलाई एकजुट हुने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

संविधान दिवसको सन्देशमा उनले संविधानको मर्मलाई व्यवहारमा उतार्न इमान्दार र प्रभावकारी प्रयास गर्न सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रपतिले संविधानले सामाजिक न्यायमा आधारित समानतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै विभेद र उत्पीडन अन्त्य गरी विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकतामा बाँधेको बताए।

उनले सबै नागरिकलाई राज्यका सेवा–सुविधामा समान पहुँच र सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, सुशासनमार्फत जलस्रोत र ऊर्जा व्यवस्थापन गर्न सके नेपाल छिट्टै समुन्नत राष्ट्र बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिका तालिबानबाट बगराम एयरफिल्ड फिर्ता ल्याउने प्रयासमा:ट्रम्प

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो प्रशासन अफगानिस्तानस्थित पूर्व अमेरिकी बगराम एयरफिल्ड तालिबानबाट फिर्ता ल्याउने प्रयासमा रहेको बताएका छन्। उनले यसलाई रणनीतिक महत्वको विषयको रूपमा प्रस्तुत गरेका छन्।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरसँग उभिएर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् २०२१ मा राष्ट्रपति जो बाइडेनको नेतृत्वमा भएको अमेरिकी फौजको अफगानिस्तानबाटको फिर्तीलाई गल्ती भएको भन्दै आलोचना गरे। “हामी त्यसलाई फिर्ता ल्याउने प्रयासमा छौं, किनभने उनीहरूलाई हामीसँग केही आवश्यक छ,” उनले भने, तर तालिबानलाई के चाहिएको हो भन्नेबारे स्पष्ट पारेनन्।

ट्रम्पले बगराम एयरफिल्डको रणनीतिक महत्वलाई जोड दिँदै भने, “यो चीनले आफ्नो आणविक हतियार उत्पादन गर्ने स्थानभन्दा एक घण्टाको दूरीमा छ।”

उनको टिप्पणी त्यस्तो समयमा आएको हो, जब तालिबानले मानवअधिकार उल्लंघनका कारण अन्तर्राष्ट्रिय स्तरमा एक्लिनु परेपछि अमेरिकासँग सम्बन्ध सामान्यीकरण गर्ने इच्छा देखाएको भनिएको छ।

तालिबानका अनुसार हालै उनका परराष्ट्रमन्त्री आमिर खान मुत्ताकी र अमेरिकी दूत आदम बोहलर तथा जलमय खलीलजादबीच भएको भेटवार्तामा दुई देशबीच द्विपक्षीय सम्बन्ध विकास, नागरिकसम्बन्धी विषय र अफगानिस्तानमा लगानीका अवसरबारे छलफल भएको थियो। औपचारिक सम्झौता नभए पनि यी वार्ताले गहिरो राजनीतिक र मानवअधिकार विवादबीच पनि सतर्क संवादको संकेत दिएको छ।

प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ -अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।राजदूत थम्पसनले नेपालको जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै नेपालको शान्तिपूर्ण, लोकतान्त्रिक बाटोमा अगाडि बढ्ने प्रक्रियामा अमेरिकाको समर्थन रहेको पनि बताएका छन्।

आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गर्न सरकारको तयारी

काठमाडौं – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने सुविधा दिलाउन सरकारले गृहकार्य थालेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा कदम अघि बढाएका हुन्।

भण्डारीले भने, “विदेशमा रहेका नागरिकको मतदान अधिकारबारे छलफल भयो। अहिलेको ऐनले केही अवरोध गरेको छ, तर त्यसलाई कसरी हल गर्ने भन्नेबारे विचार भइरहेको छ।”

मन्त्री अर्यालले भने, “कम्तीमा समानुपातिकतर्फ भए पनि मतदान अधिकार सुनिश्चित गर्नुपर्छ। सर्वोच्च अदालतले पनि यसबारे आदेश गरिसकेको छ। आयोगले अवरोध पहिचान गर्नेछ र सरकारले आवश्यक ऐन बनाएर अघि बढाउनेछ।”

उनले सम्बन्धित देशका नेपाली दूतावासमार्फत मतदानको व्यवस्था मिलाउने गरी सरकार अघि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीलाई चिनियाँ राजदूतको बधाई

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार भेटमा राजदूत सोङले चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

सो अवसरमा दुवै पक्षबीच आपसी दृष्टिकोण आदानप्रदान भएको र नेपाल–चीन मैत्री सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउन सहमति भएको दूतावासले जनाएको छ।

प्रधानमन्त्री कार्की र मोदीबीच फोनवार्ता

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गराएकी छन् । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा पनि जानकारी गराएको बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका छन् । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् ।

छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

नेप्सेमा लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक:कारोबार बन्द

काठमाडौं- नेप्से परिसूचक कारोबारको पहिलो घण्टामै दोस्रो पटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको दुई मिनेटमा १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको थियो ।


त्यसपछि खुलेको बजार एक मिनेटमै १३३.६१ अंकले घटेर ४० मिनेटका लागि बन्द भयो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक घटेर २५३८.६३ विन्दुमा पुगेको थियो ।

त्यसपछि पुनः खुलेको बजार ६ प्रतिशतले घटेर तेस्रो सर्किट लागेको हो । यस अवधिमा नेप्से १६०.३३ अंकले घटेर २ हजार ५११ दशमलव ९१ विन्दुमा झरेको छ । यस अवधिमा नेप्सेमा ७२ करोड ८७ लाखको कारोबार भएको छ । जसमा २१७ कम्पनी घटेका छन् भने ९ कम्पनीको शेयरमूल्य बढेको छ ।

नेप्से परिसूचक अघिल्लो कारोबार दिन अर्थात् भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको थियो।

सडक आन्दोलनको तौल संसदभन्दा भारी

सडकबाट उठ्ने आवाजमै बदलिन्छ नेपालको राजनीति

prabha adhikari pharmaceutical scientist
प्रभा अधिकारी
स्वास्थ्यकर्मी

काठमाडौं – नेपालको राजनीति विगत सात दशकदेखि सडककै आवाजले तय गर्दै आएको छ। जनताले शान्तिपूर्ण प्रदर्शनबाट सुरु गरेको आन्दोलन साँझसम्म पुग्दा आगजनी, ढुंगामुढा र सरकारी कार्यालयहरूमा तोडफोडमा परिणत हुन्छ। अन्ततः मन्त्रिपरिषद नै राजीनामा दिन बाध्य हुन्छ। नेपालमा यो प्रवृत्ति नयाँ होइन, बरु नेपालको राजनीतिक यात्राको विशेषता नै सडक लोकतन्त्र हो, जसको प्रभाव संसद र पार्टीभन्दा ठूलो देखिन्छ।

यसपटक सरकारले एकैपटक २६ वटा सामाजिक सञ्जाल र म्यासेजिङ प्लेटफर्म बन्द गरिदिएपछि सरकार प्रतिको जनताको आक्रोश भड्कियो । सानो, हिमालले घेरिएको देशमा सामाजिक सञ्जाल माथिको प्रतिबन्ध जनताले स्वीकारेनन्। सामाजिक सञ्जाल माथिको प्रतिबन्धले जन्माएको आक्रोश भ्रष्टाचार र राज्यको व्याथिति विरुद्दको आवाजलाई बुलन्द गर्दै हजारौं मानिस सडकमा उत्रिए। राज्यको दमन र नरसंहारमा एकै दिन २० अवोध नेपाली नागरिकले ज्यान गुमाए। लगत्तै, भोलिपल्ट नेताका घरदेखि सरकारी भवनहरूमा आगो लगाइयो, ढुंगा प्रहार गरियो, नेता देखि प्रहरीसम्मलाई सडकसम्म घिसारेर निर्घात कुटपिट गरियो। अन्ततः प्रधानमन्त्री र मन्त्रिपरिषदले राजीनामा दिनुपर्‍यो अनि नेताहरु सेनाको ब्यारेकमा लुकेर ज्यान जोगाउन बाध्य भए । यो घटनाले फेरि पुष्टि गरेको छ कि नेपालमा संसदमा बहस गर्नेभन्दा सडकमा उत्रने शैली नै प्रभावकारी देखिन्छ।

singhdurbar on fire

नेपालको आधुनिक राजनीतिक इतिहास हेर्दा, सडक आन्दोलनकै कारण ठूला-ठूला राजनीतक मोड आएका छन्। १९१४ मा पहिलो विश्वयुद्धमा जब ब्रिटेनले नेपाली सेनाको सहयोग माग्यो, त्यतिबेला राणाहरूले त्रिभुवनलाई बन्दुक देखाएर सैनिक पठाउन बाध्य गराएका थिए। तर १९५१ मा राणा शासनको अन्त्य सडकमै भएको जनआन्दोलनले सम्भव बनायो। राणाहरूको लामो निरंकुश शासनविरुद्ध सडक आन्दोलनले नै नेपाललाई नयाँ युगतर्फ डोर्‍यायो । दोस्रो विश्वयुद्धपछि त्रिभुवनले राणाविरुद्ध मोर्चा खोले र भारतको समर्थनमा २००७ सालको आन्दोलन सफल भयो।

तर त्यो सफलताले स्थायित्व ल्याएन। त्रिभुवनपछिका राजा महेन्द्रले पहिलोपटक संसदीय निर्वाचन गराए तर एक वर्षमै त्यसलाई खारेज गर्दै संसद विघटन गरे। निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेर उनले नयाँ संविधानमार्फत पञ्चायती शासन सुरु गरे। महेन्द्रको समयमा नेपाल संयुक्त राष्ट्रसंघमा प्रवेश गर्‍यो, त्यो समयमा नेपालमा पर्यटन व्यायासाय खुलेर हिमाल हेर्न आउने विदेशीहरूको आकर्षण बढ्यो, तर नेपालमा राजनीतिक स्वतन्त्रता भने खुल्न सकेन ।

१९७२ मा महेन्द्रको निधनपछि उनका छोरा वीरेन्द्र राजा बने। उनका आफ्ना अन्तर्राष्ट्रिय अनुभवले उनलाई लोकतन्त्रतर्फ मोड्यो। इटन, टोकियो र हार्वर्डमा शिक्षा हासिल गरेका वीरेन्द्रले जनतामा बढ्दो असन्तोष देखेर २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्वीकारे। संसद पुनःस्थापना भयो, तर यसपटक पनि स्थायित्व टिकेन।

नेपालको राजतन्त्रको इतिहासमा सबैभन्दा ठूलो घाउ २०५८ सालको दरबार हत्याकाण्ड थियो। राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित सम्पूर्ण दरबार नेतृत्वको हत्या भएपछि तीन दिनसम्म कोमामा रहेका दीपेन्द्रलाई कानूनी रूपमा राजा घोषणा गरियो। त्यसपछि गद्दी राजा ज्ञानेन्द्रको हातमा पुग्यो।

तर विदेशी शक्तिको आडमा ज्ञानेन्द्रमाथि सुरुदेखि नै अविश्वासको वातावारण सिर्जना गर्दै दलहरुले राजनीति सुरु गरे। जनतामाझ उनलाई षड्यन्त्रकारीको भूमिकामा चित्रित गरियो । माओवादी द्वन्द्व उत्कर्षमा थियो। भारत र चीन दुवैले नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउन खोजिरहेका थिए। भारतले खुलेर माओवादीहरूलाई समर्थन गर्दै देशमा हत्या हिँसा र अराजकताको शृंखला अगाडी बढायो। अन्तत: भारतको खुल्ला समर्थनमा सात दल र माओवादीले सडक आन्दोलन चर्काउँदै लगे, देश झन् झन् अस्थिरता तर्फ धकेलिंदै गयो।

२०६२–६३ सालको जनआन्दोलनसम्म आइपुग्दा विदेशी शक्तिको हस्तक्षप र दलहरुको आन्तरिक राजनतिक स्वार्थका कारण राजा ज्ञानेन्द्रको सराकार टिक्न सकेन । माओवादी र सात दलबीचको संयुक्त आन्दोलन पश्चात राजा ज्ञानेन्द्रले “जनताको नासो जनतालाई ” नै सुम्पिएको उद्घोष गर्दै नारायणहिटी दरवार छोडेर बाहिरीए। त्यसपछि नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको सुरुवात भयो।

तर गणतन्त्रपछि पनि देशमा स्थायित्व आउन सकेन। देशमा भ्रष्टाचार र व्यथिति दिन दुइ गुणा र रात चौगुणा गर्दै बढ्दै गयो। ६२-६३ को आन्दोलनले देशमा एउटा राजा फ्याँकेर हजारौं छोटे राजाहरुको जन्म गरायो। अहिले मुलुकमा भएका प्रमुख राजनीतिक दलले आफूलाई जनताको पार्टीको नाममा प्रस्तुत गरेपनि, यी दलहरूबीचको गठबन्धन केवल आफ्नो स्वार्थको निम्ति निहित देखिन्छ। त्यति मात्र नभएर नया उदाएका राजनीतिक दलहरुपनि पुरानै दलको सिको गर्दै सत्ता र स्वार्थमा होमिएको आभास जनताले गर्न थालिसकेका छन्। यो राजनीतिक खिचातानीको बीच प्रायः हरेक वर्ष सरकार बदलिन्छ। संसदमा बहुमत भएको सरकार पनि सडकमा चर्को आन्दोलन भयो भने टिक्न सक्दैन। नेपालको राजनीतिमा संसदको बहुमत भन्दा पनि सडकको प्रदर्शन कति मजबुत छ भन्ने कुराले सरकारको आयु निर्धारण गर्दै आएको देखिन्छ।

नेपालको भूगोल र भू-राजनीतिक अवस्थाले पनि अस्थिरतालाई बढाएको छ। चिनका लागि हिमालय सुरक्षा पर्खाल हो भने भारतका लागि नेपाल दक्षिणतर्फको प्रवेशद्वार हो। भारतले नेपाललाई आफ्नो प्रभावमा राख्न खोज्छ, चीनले आफ्नो रणनीतिअनुसार कदम चाल्छ। नेपालको नेताहरू सधैं यी दुई छिमेकीबीच आफुलाई कसरि कुन कित्तामा शक्तिशाली रुपमा उभ्याउने र आफ्नो सत्ता टिकाउने भन्ने खेलमा मात्र लागेको देखिन्छ । कहिले दिल्लीको दबाब मान्छन्, कहिले बेइजिङतिर ढल्किन्छन्। यसले गर्दा संसदका निर्णयभन्दा सडकको दबाब बढी प्रभावकारी र नेपालको राजनीतिमा बढी शक्तिशाली देखिएको छ ।

gen z 1

इतिहासले देखाएको छ, नेपालमा जनताले सडकमा उत्रेर मात्र आफ्ना माग पुरा गराएका छन्। चाहे त्यो उखु किसानको माग होस् या शिक्षक आन्दोलन। २००७ साल र २०४६ साल हुँदै ६२-६३ को जनआन्दोलनको रुपमा सडकमा देखिएको असन्तोष र अहिले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले जन्माएको आक्रोशमा सडककै दबाबले सरकार र सत्ता उल्टाइदिएको छ।

यसरी सडक लोकतन्त्र नेपालको पहिचानकै रूपमा विकसित भएको छ। संसदमा बहस गर्ने, दीर्घकालीन नीतिगत निर्णय गर्ने परिपाटी अझै मजबुत बनेको छैन। बरु जनतालाई थाहा छ,सडक तताएपछि सरकार ढल्छ। यही चेतनाले गर्दा हरेक सरकार कमजोर देखिन्छ।

राजतन्त्रको समयमा अरु केहि नभए पनि कम्तीमा थिर राजनतिक निरन्तरता दरबारले दिएको थियो। तर गणतन्त्रपछि निरन्तरता भनेको केवल आन्दोलन र राजनीतिक अस्थिरताको श्रृंखला मात्रै बनेको छ। सामान्य नेपाली नागरिकलाई अब नेता र संसद भन्दा सडककै प्रत्यक्ष शक्ति विश्वसनीय लाग्न थालेको आभास हुन्छ ।

“जेन जी”आन्दोलन केही दिनमै थामिए पनि देशको मूल संरचना अझै पनि उस्तै छ। नेपाल अझै पनि त्यहि देश हो जहाँ संसदको भन्दा बढी तौल सडकले बोकेको छ। सात दशकअघिका राजाहरू ज्योतिषसँग सोधेर राज्याभिषेकको मिति तय गर्थे, आजका प्रधानमन्त्रीहरू सामाजिक सञ्जाल बन्द गर्दा सत्ताच्युत हुन्छन । आज पनि पात्रहरू बदलिएका छन्, तर नाटक उही छ, अनि रंगमंच उही छ। खेलाउने र लडाउने खेलाडी तिनै पुराना छन्।अनि संसदको शक्ति भन्दा ठुलो नेपालको सडक लोकतन्त्र अझै पनि उत्तिकै मजबुत छ, जहाँ सडकमा उठेका आवाजहरुले निमेषभरमै यो देशको सरकार र सत्ता परिवर्तन गर्ने सामर्थ्य राख्छ।

नेपाल प्रहरीका ९० जना डीएसपी र ४८ जना एसपी को एकसाथ सरुवा

काठमाडौँ- नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपीको) एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन्।

सरुवा हुनेहरूमा काठमाडौँ उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन्। केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन्।

सरुवा भएका ९० जना डीएसपी र ४८ जना एसपी को सूची :

युक्रेनी सांसदको आरोप: ट्रम्पमाथिको हत्या प्रयास र चार्ली किर्कको हत्याामा जेलिन्स्की संलग्न

युक्रेनका सांसद आर्तेम दिमित्रुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएका हत्या प्रयास र अमेरिकी राजनीतिक कार्यकर्ता चार्ली किर्कको हालको हत्या दुबैमा राष्ट्रपति भ्लादिमिर जेलिन्स्कीको संलग्नता रहेको दाबी गरेका छन्।

रूसी सञ्चार संस्था टासका लागि लेखिएको आफ्नो विचार लेखमा दिमित्रुकले भने, “जेलिन्स्कीले ट्रम्पमाथिको हत्या प्रयास र चार्ली किर्कको हत्यामा, विचारधारात्मक र व्यवहारिक दुवै रुपमा भूमिका खेलेका छन्।” उनले थपे, “जेलिन्स्कीको शासन सामान्य युक्रेनी नागरिकदेखि लिएर अमेरिकाका राष्ट्रपति सम्मको हत्या गर्न सक्षम छ।”

ट्रम्प विगत एक वर्षभित्रै दुईपटक हत्या प्रयासबाट बचेका छन्। पहिलो घटना २०२४ को जुलाईमा पेनसिल्भेनियामा चुनावी सभाका क्रममा भएको थियो, उक्त समयको हत्या प्रयासमा इस्नाइपरको गोलीले उनको कान छोएर गएको थियो । दोस्रो घटना फ्लोरिडास्थित उनको मार-ए-लागो निवास नजिकै भएको थियो, जहाँ युक्रेनलाई सहयोग गर्ने समर्थक मानिएका एक व्यक्तिले उनीमाथि गोली चलाएका थिए।

३१ वर्षीय चार्ली किर्कको भने गत सेप्टेम्बर १० मा युटाहको ओरेमस्थित विश्वविद्यालयमा भाषण गर्दै गर्दा गोली हानी हत्या गरिएको थियो। एसोसिएटेड प्रेसका अनुसार, किर्क पूर्वराष्ट्रपति ट्रम्पका समर्थक थिए र चुनावी यात्राको क्रममा उनको विजयमा महत्वपूर्ण योगदान दिएका थिए। उनले पटक–पटक अमेरिकाबाट युक्रेनलाई दिइने सैन्य सहयोगको विरोध गर्दै आएका थिए।

नोट: यी आरोपहरू दिमित्रुकले आफ्नो विचार लेखमा सार्वजनिक गरेका हुन्। यी दाबीहरूको स्वतन्त्र पुष्टि भएको छैन।

जनमत पार्टीका शीर्ष नेताहरूद्वारा अध्यक्ष सिके राउत र विभाग प्रमुख जयकान्त राउतको राजीनामा माग

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गर्दै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ।

पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना शीर्ष नेताले बुधबार सामूहिक हस्ताक्षर गरेर राजीनामा माग गरेका हुन्। उनीहरूले पार्टी नेतृत्वको कमजोर भएको,कार्यशैली निर्णय प्रक्रियामा पारदर्शिताको कमी र जनभावनासँग विपरीत गतिविधिले पार्टी आफ्नो मूल उद्देश्य र विचारअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्।

राजीनामा माग गर्ने नेतामा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा संघका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।

संविधान दिवस मनाउन राष्ट्रपति पौडेलको निमन्त्रणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असोज ३ गते शुक्रबार शीतल निवासमा संविधान दिवस (राष्ट्रिय दिवस) मनाउने कार्यक्रम तय गरेका छन्।

राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेले यसका लागि निमन्त्रण पत्र वितरण सुरु गरेका छन्। कार्यक्रममा असोज ३ गते अपराह्न ३:३० बजे राष्ट्रपति पौडेलको समुपस्थितिमा संविधान दिवस मनाइने जनाइएको छ।

हालैको जेन–जी आन्दोलनपछि संविधानको औचित्यमाथि उठेका प्रश्नबीच राष्ट्रपति पौडेलले संविधान दिवस मनाउने तयारी गरेका हुन्। तर, सरकारले संविधान दिवस मनाउनेबारे स्पष्ट धारणा भने अझै सार्वजनिक गरेको छैन।

संसद भवनस्थित वाणिज्य बैंकको शाखाबाट ३८ करोड बराबरको सुन र नगद लुटपाट

काठमाडौँ – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको खुलेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घटनाबारे जानकारी दिँदै ५ करोड नगद र १८ किलो सुन चोरी भएको पुष्टि गरेका छन्।

उनका अनुसार संसद् भवनस्थित शाखामा ‘गम्भीर चोरी’ भएको हो। गभर्नर पौडेलले प्रदर्शन साम्य भएपछि २६ गते स्वयं शाखाको अनुगमन गरेका थिए। प्रारम्भिक अनुसन्धानमा शाखाको लकर तोडफोड गरी नगद र सुन लुटिएको देखिएको छ।

हालसम्म संलग्न व्यक्तिहरु पक्राउ परेका छैनन्। राष्ट्र बैंक र प्रहरीले सीसीटीभी फुटेजको आधारमा संलग्नको पहिचान र अनुसन्धान अघि बढाइरहेका छन्। गभर्नरका भनाइअनुसार प्रदर्शनको उद्देश्य बैंक लुट्नु नभए पनि संसद् भवन नजिक भएको कारण बैंक शाखा निशानामा परेको हो।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले घटनाबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । उनले छिट्टै लुटपाट र क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिने जानकारी दिए।

बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंकले प्रारम्भिक विवरण अनुसार देशभर ६८ वटा बैंक शाखा र ६९ वटा एटीएममा क्षति पुगेको जनाइसकेका छन्। यद्यपि, संसद् भवनस्थित शाखामा मात्र ठूलो परिमाणको नगद र सुन चोरी भएको पुष्टि भएको छ।

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो।

बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ।

त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ। रासस

जेन जी शहिदहरुको सम्झना र सम्मानमा आज शोक विदा

काठमाडौँ- नेपाल सरकारले आज सार्वजनिक विदा दिँदै शोक विदा घोषणा गरेको छ।

जेन जी शहिदहरुको सम्झना र सम्मानमा आज सरकारले शोक विदा दिएको हो। आज उनीहरुको सम्मानमा राष्ट्रिए झण्डा झुकाउने र शोक समवेदना प्रकट गरिनेछ।

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा । वैदिक सनातन हिन्दू धर्मावलम्विहरूआज भगवान विश्वकर्माको पूजा गरि मनाउँदछन् ।

भगवान विश्वकर्मालाई हस्तकला, शिल्पकार र प्रविधिको रचयिताको रुपमा पुज्ने गरिन्छ। देवताहरुको युगमा पनि विश्वकर्माले हजारौं प्रविधि र यान-यन्त्रहरुको सिर्जना गर्नुभएको भन्ने धार्मिक आस्था अनुसार नै आजको दिन नेपालीहरुले आफ्नो उधोग, कलकारखानामा रहेका मेसिनरी समान, यन्त्र,हतियार र आफ्ना यान्त्रिक सवारी साधनहरुको पूजा गर्ने गर्दछन।

भगवान विश्वकर्मालाई प्राचिन वास्तुविधाको(वास्तुशास्त्र) रचयिता पनि मानिन्छ। वास्तुशास्त्रलाई प्राचिन विज्ञानको रुपमा व्याख्या गर्ने गरिन्छ । दिशा,नक्षत्र र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तु विज्ञान वेदबाट प्राप्त भएको मानिन्छ। वास्तुशास्त्र अनुसार निर्माण गरिएको घरमा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहने विश्वाश गरिन्छ।

आजको दिन भगवान विश्वकर्माको मुर्ति थपना गरेर पूजा गरिन्छ भने भोलि सोहि मुर्तिलाई रितपूर्वक नजिकैको कुनै खोला या तलाउमा लगेर विसर्जन गरिन्छ।

शास्त्रहरुका अनुसार विश्वकर्मालाई सृष्टिकर्ता ब्रह्माका पुत्र मानिन्छ।

सरकारी कर्मचारीको बैठक भत्ता र २० प्रतिशतसम्म दरबन्दी कटौती

काठमाडौं – मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले सरकारी कर्मचारीको बैठक भत्ता कटौती गर्ने निर्णय गरेको छ। त्यसैगरी, औसत दरबन्दी पनि २० प्रतिशत कटौती गर्न निर्णय भएको छ।

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन राष्ट्रिय स्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रियाजस्ता कार्यक्रम पनि सरकारी हलमा आयोजना गर्ने निर्णय भएको बताइएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनाहरूमा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मत सम्भार तथा यन्त्र उपकरण खरिदका लागि रकमान्तर र स्रोतान्तर गर्ने निर्णय गरिएको छ।

बैठकले,जेनजी युवा पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रक्रिया चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरू तत्काल खारेजी वा संशोधनको प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएको छ।

त्यस्तै अनावश्यक देखिएका सरकारी संरचना र निकाय खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गर्ने प्रक्रिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी तत्काल अगाडि बढाउन निर्देशन दिइएको छ।

त्यस्तै सिंहदरवारमा रहेका मन्त्रालय तथा निकायहरूले अनावश्यक रूपमा यसअघि जारी गरेका प्रवेश पासहरू खारेज गर्ने निर्णय पनि गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्की र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको प्रगति र समृद्धिका लागि भारतको दीर्घकालीन समर्थनलाई दोहोर्‍याउँदै विकास र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको स्पष्ट पारे।

यसैबीच, प्रधानमन्त्री कार्कीले आगामी बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडियो वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

सैनिक ट्रक पल्टिँदा १६ सैनिक घाइते

मकवानपुर — मकवानपुर र बारा सिमानास्थित हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईमा पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना सैनिक घाइते भएका छन्।

मंगलबार दिउँसो करिब २ः५० बजे तनहुँस्थित नं. २ राजदल गणबाट उपसेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको सैनिक टोली सवार ट्रक दुर्घटना भएको हो।

सडक किनारको पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खस्दा १६ जना सैनिक घाइते भएका हुन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दीपक खड्काले विधुत प्राधिकरणमा बनाएको मन्त्री कार्यकक्ष बन्द गर्न कुलमान घिसिङको निर्देशन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विधुत प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न र उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न निर्देशन दिएका छन् ।

यसअघिका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङसँग बढ्दो तनावका बिच प्राधिकरणमा ‘मन्त्री कार्यकक्ष’ बनाउन लगाएका थिए ।

घिसिङले मन्त्रीको कार्यभार सम्हाल्दै पहिलो निर्णयका रुपमा डेडिकेटेड ट्रंक लाइनको बक्यौदा उठाउन समेत निर्देशन दिएका छन्।

bidhut pradhikaran urja mantralaya

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिन आयोग गठन गर्ने

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले हालैको आन्दोलनको म्यान्डेटअनुसार छुट्टै भ्रष्टाचार छानबिन आयोग गठन गर्ने घोषणा गर्नुभएको छ।

कार्कीको अनुसार, “आयोगले अनुसन्धान गरेर भ्रष्टाचार र अनियमितताको आधारहरू उजागर गर्नेछ, जसले आगामी सरकारले काम कारबाही गर्न सजिलो हुनेछ। “

“जहाँ जहाँ भ्रष्टाचार र अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर कम्तीमा कारबाहीको तहसम्म पुर्‍याउन सके सरकारले सहजै काम गर्न सक्छ। हाम्रो काम भनेको बाटो खोल्ने हो,” प्रधानमन्त्री कार्कीले बताउनुभयो।

यस्तै, जेन जी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाइने र आयोगलाई सुरुवाती रूपमा एक महिनाको समय दिइनेछ भने आवश्यक परे थप १५ दिन समय दिने व्यवस्था रहनेछ। मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको पनि प्रधानमन्त्री कार्कीले बताउनुभएको छ।

प्रधानमन्त्री कार्कीले सरकारको कार्यकाल केवल ६ महिनाको भएकाले यस अवधिभित्र अधिकतम काम गर्ने लक्ष्य रहेको बताउनुभयो।

“जेन जी” शहिदहरूलाई सशस्त्रको सलामी: मन्त्रीहरुले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ — “जेन जी” शहिदहरूलाई नेपाल सरकारका मन्त्रीहरू कुलमान घिसिङ र ओम प्रकाश अर्यालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।

gen z sahid 8 1692025100958 1000x0 1

त्यस्तै सशस्त्र प्रहरीले “जेन जी” शहिदहरूलाई श्रद्धान्जली स्वरुप अन्तिम सलामी अर्पण गरेका छन् ।

जेन–जीको आन्दोलनका क्रममा निधन भएकाहरुलाई सरकारले शहिद घोषणा गर्दै उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरेको हो । उनीहरुको सम्मान र सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ ।

जेनजी शहिदहरुको शवयात्रामा सहभागी भए मन्त्रीहरु कुलमान घिसिङ र ओमप्रकाश अर्याल

काठमाडौं – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन् ।

gen z sab yatra 1 1024x512 1

शवयात्रामा उर्जा मन्त्रि कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानुनमन्त्री अर्यालले राष्ट्रिय झण्डा ओढेका छन् ।

genz martyr 8 oSGT9uEsal

जेन जी आन्दोलनमा मृत्यु भएका जेन जी शहिदहरुको शव अन्तिम श्रद्धान्जलीको लागि पशुपति आर्यघाट लगिएको छ। त्यहाँ राष्ट्रीए सम्मान सहित उनीहरुको अन्त्यष्टी गरिने छ।

zenz32025 09 16 12 50 33
jenz deadbody2025 09 16 12 47 51

सच्चिने भन्दापनि सक्किने बाटोमा राजनतिक दल र तिनका नेता !

हिजो सत्तामा छँदा आफुले गरेका गल्ति र कमि कमजोरीहरु प्रति नतमस्तक भएर आफ्ना गल्ति स्वीकार्दै जनता समक्ष माफी माग्नुपर्ने नेताहरु अझै सामाजिक संजालामै खाउँला जसरि कुर्लिन थालेका छन्। पख्लास र हेरौंला , यो माहोल शान्त होस् त्यसपछि देखाइदिन्छु भन्ने खालाका तिनका स्टाटस र अभिव्यक्ति देख्दा यस्तो लाग्छ , राजनतिक दल र तिनका नेता अब सच्चिने भन्दा पनि सक्किने बाटोमा लागेका छन्।

prabha adhikari pharmaceutical scientist
प्रभा अधिकारी
स्वास्थ्यकर्मी

काठमाडौँ- नेपालमा विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरु भए। केहि आन्दोलन देशका नाममा, केहि कुनै समुदायका नाममा। यसरी देशमा प्रजातन्त्र, देश, समुदाय या विभिन्न बहानामा धेरै आन्दोलनहरु भए। सात सालको क्रान्ति , ४६ सालको जन आन्दोलन देखि ६२-६३ को आन्दोलन हुँदै “जेन जी” आन्दोलन सम्म आइपुग्दा देश र यो देशको जनताले धेरै अपुरणिय क्षति बेहोरेका छन्। तर देश र जनताका नाममा गरिएका ति कुनै पनि आन्दोलनले देशलाई कुनै सहि मार्गनिर्देश भने गर्न नसकेको देखिन्छ र सायद त्यसैको कारण देश पुन: एकपटक “जेन जी ” आन्दोलनको नाममा जल्न पुग्यो र धेरै नेपाली नागरिकले रगत बगाएर ज्यानको आहुति दिनुपर्यो। सात साल र छयालीस साल हुँदै ६२ -६३ सम्म आइपुग्दा देशले आन्दोलनका नाममा पाएको परिवर्तन भने खासै उपलब्धिमुलक रहेन। जनताको जीविकोपार्जन देखि देशको आर्थिक अवस्था हेर्दा,तुलनात्मक रुपमा हामी संगैका राष्ट्रहरुले प्रगतिको छलाङ्ग मारिसक्दा हामि भने अझै पनि बामे सर्ने अवस्था बाट माथि उठ्न सकेनौँ। देशमा प्रजातन्त्र परिवर्तन भएर लोकतन्त्र भयो , राजमार्गहरु लोकमार्गहरुमा परिणत भए र देश एकीकरण गर्ने राजा- महाराजा हरुको सालिक ढालेर छोटे राजाहरुको सालिक खडा भए , तर देश र जनताको जिवनस्तरमा खासै परिवर्तन भने देखिएन। देश सिंगापुर बनाउँछु भन्नेहरुको जीवनस्तर फेरियो तर देशको अवस्था फ़ेरिएन।

देशमा भ्रष्टाचार संस्थागत हुँदै गयो, आर्थिक रुपमा देश कम्जोर बन्दै गयो। जनताहरु जिविको पार्जन र खान लाउनकै निम्ति खाडी जानुपर्ने स्थितिको सिर्जना भयो। हो उनीहरुले विदेशबाट धेर थोर कमाएर आफ्नो जिविको पार्जन राम्रैसंग गरिरहेका छन् , तर त्यसलाई कुनै एउटा देशले उपलब्धिका रुपमा लिन सक्दैन। भएका उद्योग र कल कारखाना बन्द गरेर देशको युवाशक्ति विदेश पलायन हुनु र उनीहरुले पठाएको रेमिट्यान्सले चलेको देशलाई कुनै नेताले समृद्धिको हुङ्कार दिएर देशको आर्थिक अवस्थाले फड्को मारेको संदेश दिनु केवल मुतको न्यानो मात्र हो।

देशमा चलिरहेको यी यावत अवस्थाहरुको मूल कारण देशमा संस्थागत रुपमा जरो गाडेको भ्रष्टाचार हो भन्ने बुझेका नेपालका युवा पुस्ता “जेन जी ” समुहले भाद्र २३ गते काठमाडौँमा प्रदर्शनको आहवान गरे। सामाजिक सञ्जालबाट आह्वान गरिएको उक्त प्रदर्शन अन्त्यमा काठमाडौँ मात्र नभएर देशभरी नै फैलियो। देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ भनेर सुरु गरेको उक्त शान्तिपूर्ण आन्दोलनमा कुनै अराजक र स्वार्थी समूहहरुको घुसपैठ भएको भन्ने पनि बुझिन्छ। यधपी आन्दोलनलाई नियन्त्रणमा लिने नाममा प्रहरीले अन्धाधुन्द गोलि चलाउँदा सोहि दिन २० निर्दोष नेपालीले ज्यान गुमाउन पुगे भने हजारौंको संख्यामा घाइते भए । त्यो पनि विद्यालय ड्रेसमा हातमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका नेपाली माथि गोलि चलेपछि २४ गतेको आन्दोलनमा देशका सबै उमेरसमूहका नेपाली सडकमा उत्रिए। त्यो दिन नेपालको इतिहासमा कहिल्यै नघटेका घटनाहरु भए। नेताको घर जलाउने र तिनलाई सडकमा दौडाएर कुट्ने देखि , देशका महत्वपूर्ण सार्वजनिक र निजि सम्पतिहरुमा आगजनी र तोडफोड गरियो। देशको सरकार ढल्यो, त्रासमा नेता र मन्त्रीहरुले हतार-हतार राजिनामा दिएर भागे। कति नेताले कुटाइ खाए भने कतिलाई नेपाली सेनाले सुरक्षा दिएर राख्नुपर्ने अवस्था आयो।

देशको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै नेपाली सेनाले देशभर कर्फु जारी गर्यो। देशमा राजनीतिक र प्रशाशनिक भ्याकुम खडा भएपछी अन्त्यमा राष्ट्रपतिले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्यो। ६ महिनामा निर्वाचन गराउने गरि अन्तरिम सरकारले संसद विघटन गरिदियो ।

कार्की नेतृत्वको अन्तरिम सरकारले संसद विघटन गरेसंगै भूमिगत भएका दलका नेता र तिनका आसेपासेहरुले सामाजिक सञ्जालमार्फत संविधान विपरित देशको राजनीति अगाडी बढाएको भनेर आलोचना गर्दै पोष्टहरु सार्वजनिक गर्न थाले। कतिसम्म भने हरेक संविधान दिवसको दिन , कायम संविधानको विरोध गर्दै संविधान जलाउने मदेशी दलहरुले समेत संविधानको हत्या गर्न खोजिएको भन्दै संविधानको रक्षा गर्नुपर्ने भनेर सामजिक सञ्जालम आफ्ना धारणाहरु लेख्न थाले।

यो बिचमा आजको दिनसम्म आइपुग्दा विभिन्न राजनीतिक दलका शिर्ष नेताहरु अझै पनि सेनाको सुरक्षामा नै छन्। तर कार्यकर्तालाई अगाडी-पछाडी राखेर विस्तारै बाहिर निस्किएका केहि नेताहरुले भने “जेन जी ” आन्दोलनको विरोध गर्ने, तिनीहरुलाई धम्कि दिने र संविधानको हवाला दिंदै अन्तरिम सरकारको विरोध गर्न थालेको देखिन्छ। अधिकांश नेताहरुले सामाजिक सञ्जालमा लेखेका पोष्टहरुको तल गरेको कमेन्ट हेर्ने हो भने नेपाली जनताको आक्रोश अझै पनि कम भएको भान हुँदैन। तर हिजो सत्तामा छँदा आफुले गरेका गल्ति र कमि कमजोरीहरु प्रति नतमस्तक भएर आफ्ना गल्ति स्वीकार्दै जनता समक्ष माफी माग्नुपर्ने नेताहरु अझै सामाजिक संजालामै खाउँला जसरि कुर्लिन थालेका छन्। पख्लास र हेरौंला , यो माहोल शान्त होस् त्यसपछि देखाइदिन्छु भन्ने खालाका तिनका स्टाटस र अभिव्यक्ति देख्दा यस्तो लाग्छ , राजनतिक दल र तिनका नेता अब सच्चिने भन्दा पनि सक्किने बाटोमा लागेका छन्।

रेमिट्यान्स आप्रवाह २९.९% ले बढ्यो

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनमा मात्र रेमिट्यान्समार्फत १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ मुलुक भित्रिएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा यो २९.९ प्रतिशतले बढेको हो । गत वर्षको साउनमा रेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ६० करोड भित्रिएको थियो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४ सय ६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९ सय २८ र २२ हजार ६ सय ४७ रहेको थियो ।

यस्तै, गत साउनमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको राष्ट बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ,’ राष्ट्र बैंकको गत साउनको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गत साउनसम्म विदेशी विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ । ०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट बैंकको दाबी छ । यस वर्ष राष्ट बैंकले ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।

मुद्रास्फीति

वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धि दर: १.६८% (गत वर्ष ४.०९%)
खाद्य तथा पेय पदार्थ: २.२८% (गत वर्ष ६.१७%)
गैर–खाद्य तथा सेवा: ३.९५% (गत वर्ष २.९४%)

खाद्य उप–समूह (वार्षिक बिन्दुगत परिवर्तन):
घ्यू तथा तेल: +१०.९७%
गैर–मदिराजन्य पेय पदार्थ: +४.६४%
फलफूल: +३.०१%
तरकारी: −१८.५६%
मसला: −४.८१%
माछा तथा मासु: −२.४१%

गैर–खाद्य तथा सेवा उप–समूह (वार्षिक बिन्दुगत परिवर्तन):
विविध वस्तु तथा सेवा: +१०.६०%
शिक्षा: +७.६७%
कपडा तथा जुत्ता–चप्पल: +६.८४%
फर्निसिङ तथा घरायसी उपकरण: +५.०६%
सुर्तीजन्य पदार्थ: +४.६८%
बीमा तथा वित्तीय सेवा: −०.२२%

(स्रोत: नेपाल राष्ट्र बैंक, मासिक प्रतिवेदन, साउन २०८२/८३)

जेनजी शहिदहरुको आज सामूहिक शवयात्रा र अन्तिम श्रद्धाञ्जलि

काठमाडौँ- जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी गरिंदै छ । अन्त्यष्टि अगाडी उनीहरुको सामुहिक शवयात्रा निकाल्ने तयारी हुँदैछ। यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही “जेन जी”मृतकहरुको भने दाहसंस्कार भइसकेको छ ।

सामुहिक शवयात्रा निकाल्नको लागि अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा त्यसको तयारी भइरहेको छ। आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो।

१० जना मृतकको शवमध्ये ६ जनाको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र त्यहाँ बाट विमान मार्फत उनीहरुको घर परिवारसम्म शव पुर्याइने छ भने बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने र अन्तिम श्रद्धाञ्जलि दिने बताइएको छ।

भ्रष्टाचारविरुद्ध जेनजी नेतृत्वमा भदौ २३ र २४ गते भएको प्रदर्शनमा हालसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन्।

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं : नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख १७ हजार १०० पुगेको छ।

सोमबार प्रतितोला सुनको मूल्य २ लाख १५ हजार २०० पुगेको थियो।

यसैगरी चाँदी २० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ। आज चाँदी २ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

यस्तो छ कार्की सरकारको पहिलो मन्त्रीपरिषद बैठकको निर्णय

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की सरकारको मन्त्रिपरिषदको पहिलो बैठक आज सिंहदरबारमा बसेको छ। अन्तरिम सरकारको मन्त्रिपरिषदमा अर्थमन्त्री रामेश्वर खनाल, गृह,कानुन तथा संसदीय व्यवस्था मन्त्री ओमप्रकाश अर्याल र ऊर्जा जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ हुनुहुन्छ।

मन्त्रिपरिषदको आजको पहिलो बैठकले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ ।यस्ता रकम अर्थमन्त्रालयमार्फत निकासा गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेछ। घाइतेहरूको नि:शूल्क उपचार जारी राख्ने निर्णय पनि भएको छ। 

सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद बैठकले गरेको हो । आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गरिने र सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ ।सरकारले आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ।

सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । यसको संरचना कस्तो हुने भन्नेबारे टुङ्गो लाग्न बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।

त्यसैगरी,अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ।

यस्ता छन् निर्णयहरू :

१. जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने
२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने
३.आन्दोलनमा ज्यान गुमाएकोहरुको राष्ट्रिय सम्मान सहित अन्तेष्टि गर्ने
४. मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपुर्ति र अन्य खर्च वापत ५ लाख दिने
५.घाइतेहरुको निशुल्क उपचार गर्ने
६.शव लैजानका लागि निशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने
७.आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने
८.सहादत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने
९.अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्न

विराटनगर भाटभटेनीको भग्नावशेषमा पुर्ण रुपमा जलेको मानिसको शरीर भेटियो

विराटनगर – जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषबाट पुर्ण रुपमा जलेको मानिसको शरीर फेला परेको छ।

सोमबार भवन सफाइ गर्ने क्रममा दोस्रो तल्लामा जलेको अवस्थामा कंकाल भेटिएको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । कंकाल पूर्ण रूपमा जलेका कारण मृतकको पहिचान खुलेको छैन।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीका बेला कोही भवनभित्र फसेको कारण मृत्यु भएको हुनसक्ने बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।

कुलमान घिसिङको पहिलो निर्णय :डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन

घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने समेत बताएका छन् ।उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् । 

काठमाडौँ- नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो निर्णयको रुपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विधुत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् ।

घिसिङले आफु प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका भएपनि तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो । त्यति मात्रै नभएर उनलाई बर्खास्त समेत गरेको थियो।

टुक्रे आयोजना कटौती गर्ने अर्थमन्त्री खनालको पहिलो निर्णय

अर्थमन्त्री रामेश्वर खनालले तलब, आवास, सवारीलगायत कुनै सेवा सुविधा नलिने घोषणा गरिसकेका छन्।

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेपछि मन्त्रालयमा कार्यभार सम्हाल्दै टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्।

युवाको माग सम्बोधन र निर्वाचन गर्नुपर्ने भएकाले तयारी नगरिएका र टुक्रे योजना कार्यान्वन नगरेर खर्च कटौती गरिने उनले बताएका छन् ।उनले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन् । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ ।

यो कामचलाउ सरकार मात्र भएकाले नयाँ सवारी साधन खरिद नगर्न र कवाडी भएको बिक्री गरी पुनःनिर्माण तत्कालै सुरु गर्न उनले निर्देशन दिएका छन्। उनले गाडी, र पीएसओ लगायतका सुविधा पनि नलिने बताएका छन।

टिकटक प्रतिबन्धको म्याद नजिकिँदै गर्दा स्पेनमा अमेरिका–चीन व्यापार वार्ता

म्याड्रिड – अमेरिका र चीनका अधिकारीहरू स्पेनमा दोस्रो दिन पनि व्यापार वार्तामा व्यस्त रहेका छन्। यो वार्ता टिकटकको मालिक बाइटडान्सले अमेरिकामा खरिदकर्ता खोज्ने वा प्रतिबन्धको सामना गर्ने म्याद सकिनुअघि भइरहेको हो।

अमेरिकी वित्त मन्त्री स्कट बेसन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा भएको वार्ताले दुई देशबीचको व्यापार युद्ध कम गर्ने प्रयास गर्दै वार्तालाई अगाडी बढाएको हो । गत जुलाईमा दुवै देशले ९० दिनका लागि ट्यारिफ युद्ध स्थगित गर्ने सहमति गरेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातमा टिकटक प्रतिबन्ध गर्ने घोषणा गरे पनि अहिले तीनपटक म्याद बढाइसकेका छन्। उनले सुरक्षा चिन्तालाई “अतिशयोक्तिपूर्ण” भन्दै फेरि म्याद बढ्ने संकेत दिएका छन्।

इजरायलको आक्रमणपछि कतारमा अरब र इस्लामिक राष्ट्रहरूको आपतकालीन बैठक

दोहा – गत हप्ता कतारको राजधानी दोहामा हमास नेतामाथि इजरायलले गरेको हवाई आक्रमणपछि अरब तथा इस्लामिक राष्ट्रहरूले आपतकालीन बैठक बोलाएका छन्।

बैठकको मस्यौदा प्रस्तावमा इजरायलको नरसंहारको कडा शब्दमा निन्दा गरिएको छ। प्रस्तावले यी कदमहरूले “शान्ति र सहअस्तित्वको सम्भावना नै संकटमा पार्ने” चेतावनी दिएको छ। इजरायलले भने यी आरोपहरूलाई अस्वीकार गरेको छ।

यसबीच, कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुर्रहमान बिन जसिम अल-थानीले अन्तर्राष्ट्रिय समुदायलाई “दोहोरो राजनीतक मापदण्ड” प्रयोग नगर्न र इजरायललाई कारबाही गर्न आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि दोहामा भएको इजरायली आक्रमणको निन्दा गर्दै तनाव कम गर्न आग्रह गरेको र कतारसँग ऐक्यबद्धता जनाएको छ।

इजरायली राष्ट्रपति आइज्याक हेर्जगले भने उक्त आक्रमणलाई आवश्यक रहेको बताउँदै भने, “यदि केही व्यक्तिहरू सम्झौताका लागि तयार छैनन् भने तिनीहरूलाई हटाउनुपर्ने हुन्छ।” हमासले आफ्ना वार्ता टोलीका सदस्यहरू बाँचेको पुष्टि गरे पनि पाँच जना सदस्य, जसमा प्रमुख वार्ताकार खालिल अल-हय्याका छोरा पनि थिए, मारिएका छन्। एक जना कतारी सुरक्षा अधिकृतको पनि मृत्यु भएको थियो।

कतारले २०१२ देखि हमासको राजनीतिक ब्युरोलाई आश्रय दिँदै आएको छ र हाल हमास र इजरायलबीच अप्रत्यक्ष वार्तामा मध्यस्थकर्ताको भूमिकामा छ। कतार अमेरिकाको नजिकको सहयोगी पनि हो र दोहानजिकै ठूलो अमेरिकी हवाई बेस अवस्थित छ।

सिंहदरबार प्रवेश अघि कुलमान घिसिङ घाइते भेट्न टिचिङ अस्पतालमा

काठमाडौं – आज राष्ट्रपति पौडेलबाट मन्त्रि पदको सपथ लिएसँगै सिंहदरबार प्रवेश गर्नुपर्ने मन्त्रि कुलमान घिसिङ सिंहदरबार प्रवेश गर्नु अघि जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई भेट्न टिचिङ अस्पताल पुगेका छन्।उनले आन्दोलनका क्रममा मृत्यु भएका मृतकका आफन्तलाई समेत भेट गरेका छन्।

शीतलनिवासमा पदभार ग्रहण गरेलगत्तै घिसिङ अस्पताल पुगेका हुन्। उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मात्र उनलाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। घाइते भेटेपछि घिसिङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, अब देश नयाँ दिशातिर अघि बढ्नेछ र नयाँ रूप लिनेछ।

नव नियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियाताको सपथ

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी तिन मन्त्रीहरुले आज राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

नव नियुक्त गृह र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालले पद तथा गोपनियताको सपथ लिएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

लुटिएका सामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं – जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न संघीय संसद सचिवालयले आग्रह गरेको छ ।

संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना जारि गर्दै ,
प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विधुतिय उपकरणलगायतका मालसामानहरू फिर्ता गर्न आग्रह गरेको हो।

यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिन र मालसामानहरू लगेको भिडियो भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ ।

जेन-जी आन्दोलनपछि काठमाडौंका विद्यालय क्रमशः सञ्चालनमा

काठमाडौं – जेन-जी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरू सोमबारदेखि क्रमशः सञ्चालनमा आएका छन्।

आन्दोलनका क्रममा केही विद्यालयमा आगजनीसमेत भएको कारण विद्यालयहरूले सुरक्षा चिन्तालाई मध्यनजर गर्दै केही दिन पठनपाठन रोकिएको थियो । परिस्थिति सामान्य हुन थालेपछि विद्यालयहरूले पुनः कक्षा सञ्चालन सुरु गरेका हुन्।

अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज साढे ११ बजे

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज करिब साढे ११ बजेको समयमा हुने भएको छ।

नव नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा विधुत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङ, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री,पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री र ओमप्रकाश अर्याल गृह र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त भएका छन्।

पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रालयको जिम्मेवारी

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गरेसंगै अर्थमन्त्रालयको जिम्मा पूर्व अर्थसचिव रामेश्वर खनाललाई दिइएको छ।

अर्थमन्त्री बन्न लागेका खनाल अर्थ प्रशासनका विज्ञ मानिन्छन् ।जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा बिताएका खनालले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गरेका थिए । त्यसअघि २३ साउन २०६३ देखि उनले मन्त्रालयको राजस्व सचिवका रुपमा काम गरेका थिए ।

सचिवका रुपमा खनालले डा. रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारीलगायत मन्त्रीहरूसँग काम गरेका थिए । भरतमोहन अधिकारी मन्त्री भएका बखत बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि खनालले सचिवबाट राजीनामा दिएका थिए ।

मन्त्रालयको सहसचिव रहँदा खनालले बजेट तथा कार्यक्रम महाशाखा तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखलगायत जिम्मेवारी सम्हालेका थिए ।

अर्थ मन्त्रालयबाट निवृत्त भएपछि खनालले अध्ययन, अनुसन्धान, परामर्श, प्राध्यापनलगायतका भूमिका निर्वाह गरिरहेका छन् ।

ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा कुलमान घिसिङ

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विधुत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गरेको छ।

यसअघि नेपाल विधुत प्राधिकरणका निर्देशकको रुपमा काम गर्दै गर्दा “उज्यालो नेपालको नायक” र बिजुली म्यान समेत भनेर चिनिएका घिसिङलाई के पी ओली नेतृत्वको सरकारले हटाएको थियो।

प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छन्। यसले गर्दा टुंगो लागेका मन्त्रीहरूको भागमा थप मन्त्रालयहरूको जिम्मेवारी पनि पर्न सक्नेछ।

गृह र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा ओमप्रकाश अर्याल

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदको विस्तार गर्दै गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्।

अधिवक्ता अर्यालले यसअघि काठमाडौँ महानगरका मेयर बालेन साहको कानुनि सल्लाहकारका रुपमा आफ्नो जिम्मेवारी निभाउंदै आएका थिए।

उनले काम गर्द्दै गर्दा लोकमानसिंह कार्कीको नियुक्ति बदर, गिरिबन्धु टी स्टेटको नीतिगत भ्रष्टाचार प्रकरण, संसद विघटनलगायत चर्चित प्रकरणहरूमा सार्वजनिक सरोकारको रिट दायर गरेका घटनाहरु प्रमुख मानिन्छन।

सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा संविधानको धारा १५७(२) बमोजिम भण्डारीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

वरिष्ठ अधिवक्ता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छिन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले आइतबार राजीनामा दिएका थिए।

बडालको राजीनामापछि प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता बनाउने निर्णय गरेकी हुन्। जेनजी अभियन्ताहरूको प्रस्तावमा कार्की प्रधानमन्त्री बनेकी थिइन्। राष्ट्रपति पौडेलले ६ महिनाभित्र निर्वाचन गराउने शर्तमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। अन्तरिम सरकारले फागुन २१ गते चुनावको मिति तोकेको छ।

नेपालीको हत्या गर्नेलाई नेपाली भन्न मिल्दैन,हिंसामा संलग्नहरूमाथि छानबिन हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेपछि कर्मचारीलाई सम्बोधन गर्दै, जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिलाई सुनियोजित षड्यन्त्रको परिणाम भएको बताउनुभएको छ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो , “यदि नेपालीले नै हत्या र हिंसा गरेका हुन् भने उनीहरूलाई नेपाली भन्न मिल्दैन। हत्या हिंसामा संलग्नहरूमाथि छानबिन हुन्छ। मुलुकका आधारभूत संस्थामाथि आगजनी गर्नेहरूमाथि कडा कारबाही हुन्छ।
म त्यत्तिकै प्रधानमन्त्री भएकी होइन। सडकबाट जिम्मेवारी लिनुपर्ने आवाज उठेपछि यो जिम्मेवारी आएको हो। अपरिहार्य संस्थामाथि प्रहार गर्नेहरूलाई छोडिँदैन।”

प्रधानमन्त्री कार्कीले आगामी दिनमा युवाहरूका मागअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारका सम्पूर्ण काम कारवाही छ महिनाभित्र पूरा गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा समेत गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्।

नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै सुमना श्रेष्ठले लेखेकी छन्।

गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ।

तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। I quit.मैले पार्टी छोडेँ ।

कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्ने। आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।

“जेन जी”आन्दोलनमा घाइते दुईजनाको उपचारको क्रममा मृत्यु: मृत्यु हुनेको संख्या ७२

काठमाडौं — “जेन जी”आन्दोलनका क्रममा गम्भीर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ। वीर अस्पतालको भेन्टिलेटरमा उपचाररत ती घाइतेको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।

प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।

उपचारमा संलग्न न्युरो सर्जन डा. राजीव झाका अनुसार दुवै जनालाई टाउकोमा गोली लागेको थियो र भेन्टिलेटरमा राखेर उपचार भइरहेका थिए, तर जीवन बचाउन सकिएन। मृतकहरूको पहिचान भने खुलाइएको छैन।

केहि समय अगाडी मात्र चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटिएको थियो भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

“जेनजी”प्रदर्शनको क्रममा नेपालभर ३०० बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड

काठमाडौं — नेपालमा हालै भएको “जेनजी” प्रदर्शनको क्रममा देशभर ३०० भन्दा बढी स्थानीय सरकारी कार्यालयहरुमा आगजनी, लुटपाट र तोडफोड भएको तथ्याङ्क सार्वजनिक भएको छ। यधपी, घटना र क्षयतिको यकिन विवरण भने अझै आइसकेको छैन।

देशका ६ महानगरपालिकामध्ये विराटनगर, वीरगन्ज, पोखरा र भरतपुरको कार्यालय जलेर ध्वस्त हुँदा काठमाडौं र ललितपुर तुलनात्मक रुपमा प्रायः सुरक्षित देखिएका छन्। प्रभावित क्षेत्रका दैनिक प्रशासनिक काम ठप्प भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २०० भन्दा बढी महानगर, उपमहानगर र नगरपालिका कार्यालय क्षतिग्रस्त भएका छन्। विशेषगरी शहरी क्षेत्र बढी प्रभावित भएका छन् र पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म क्षति फैलिएको छ। प्रारम्भिक तथ्यांकअनुसार नगरपालिका गाउँपालिका भन्दा बढी प्रभावित भएका छन्, २९ वटा गाउँपालिकामा आगजनी वा तोडफोड भएको छ, जसमा १८ पूर्ण रूपमा र ११ आंशिक रूपमा क्षतिग्रस्त छन् । केही गाउँपालिकाका अध्यक्ष र प्रतिनिधिको निजि घरमा पनि आगजनी र तोडफोड भएको छ।

पोखरामा ३३ वटामध्ये २६ वडा कार्यालय क्षतिग्रस्त भएका छन्।
नौ वटा गाडी जलेको र महत्त्वपूर्ण उपकरण चोरी भएको बताइएको छ । भरतपुरको कार्यालय पनि जलेको छ। जसमा दमकल र फोहोर उठाउने गाडी जलाइएको छ । विराटनगर महानगरको चार तले भवन जलेर ध्वस्त भएको छ । वीरगन्ज महानगरपालिकाका ७ भवनमध्ये ३ वटा कामै नलाग्ने अवस्थामा छ भने अन्य भवनमा पनि आंशिक क्षति भएको छ । तर त्यहाँको ९५ प्रतिशत सामान जलेको र नजलेका सामान स्थानीयले लुटेर लगेका बताइएको छ ।

काठमाडौं उपत्यकामा पनि १८ वटा नगरपालिका र उपमहानगरमा व्यापक तोडफोड र आगजनी भएको छ। कीर्तिपुरमा छ तले भवन, १० गाडी र २२ भन्दा बढी मोटरसाइकल जले। गोकरणेश्वर, तारकेश्वर, दक्षिणकाली लगायतका वडाका कार्यालयमा आगजनी र तोडफोड भएको छ। तारकेश्वर नगरपालिकाको ५ वटा गाडी जलाएका छन् भने कार्यालय तोडफोड गरी कागजात जलाएका छन् । तारकेश्वरको वडा १, ४, १० र ११ मा आगजनी र तोडफोड गरेका छन् ।भक्तपुरको सूर्यविनायक र ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि समान रूपमा क्षति भएको छ। केही क्षेत्रमा स्थानीयले आगजनीकर्तालाई रोक्न सफल भए पनि कार्यालय सञ्चालन भने सम्भव नदेखिएको बताइएको छ ।

मन्त्रालयका अधिकारीहरूको प्रारम्भिक तथ्यांक अनुसार सबै प्रदेशमा तोडफोड र आगजनीको कारण आवश्यक सरकारी सेवाहरू ठप्प भएका छन्।

प्रतिनिधिसभा विघटनपछि निर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं – सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फाल्गुन २१ गते निर्वाचन गर्ने निर्णय गरे सँगै निर्वाचन आयोगले तयारी सुरु गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराए आयोग छिट्टै निर्वाचन गराउन तयार रहेको बताएका छन् । उनका अनुसार सामान्यतया निर्वाचन गर्न कम्तीमा १२० दिन लाग्ने भए पनि आयोगले ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउन सक्ने अवस्था छ।

भण्डारीले व्यवस्थापन र मतदाता नामावली अद्यावधिकको काम अघि बढिसकेको उल्लेख गरे। उनले भने, “स्रोतसाधन जुटाउनेबित्तिकै आयोगलाई निर्वाचन गराउन कुनै समस्या छैन।”

उनका अनुसार निर्वाचन घोषणा पत्र प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयबाट आएपछि गृह मन्त्रालयको समन्वयमा बाँकी प्रक्रिया अघि बढ्नेछ। उनले थपे, “आयोगले गृह मन्त्रालयमार्फत सरकारसँग सम्पर्क गर्छ। गृहमन्त्री आएपछि सल्लाह हुन्छ, निर्देशन अनुसार अघि बढ्छौं। तर स्रोतसाधन जुट्नेबित्तिकै आयोग अगाडि बढ्छ।”

भण्डारीले राष्ट्रिय सभाका एकतिहाइ सदस्यको कार्यकाल माघ दोस्रो सातासम्म सकिने भएकाले सोभन्दा ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था रहेको पनि बताएको छ । उनका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन क्रमश : अगाडि बढाइनेछ।

प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै कार्की : आज सिंहदरबार प्रवेश गर्ने

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की आज सिंहदरबार प्रवेश गर्नुहुने र साढे ११ बजे कार्यभार सम्हाल्ने कार्यतालिका रहेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा स्थापना गरिएको प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण हुनेछ ।

हिजोको दिन , प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको शव व्यवस्थापन र पीडित परिवारलाई तत्काल राहतका विषयमा छलफल गर्दै ,राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताललगायत विभिन्न अस्पतालमा रहेका घाइतेको अवस्थाबारे बुझ्न स्वयं अस्पताल पुगेर उनिहरुसंग सम्बाद समेत गर्नु भएको थियो।

कार्कीले देशको शान्ति सुरक्षा, अर्थतन्त्र र सरकारी कोषको अवस्थाबारे जानकारी लिंदै, कतै पनि सरकारविहीनताको अवस्था हुन नदिन सबैलाई निर्देशन समेत दिनुभएको छ।

रूसविरुद्ध कडा प्रतिबन्ध लगाउन नाटो एकजुट हुनुपर्ने : ट्रम्प

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रूसविरुद्ध कडा प्रतिबन्ध लगाउन तयार रहेको तर त्यसका लागि सबै नाटो सदस्य राष्ट्रहरूले सामूहिक रूपमा कदम चाल्नुपर्ने र रूसी तेल खरिद तत्काल रोक्नुपर्ने बताएका छन्।

आफ्नो ट्रुथ सोसल पेजमा लेख्दै उनले नाटोका सदस्यहरूले अझै पनि रूसी तेल आयात गरिरहेको भन्दै यसलाई “आश्चर्यजनक” भनेका छन् र यसले नाटोको वार्ताको क्षमता कमजोर बनाएको दाबी गरेका छन्। उनले भने , “म तयार छु, जब तपाईं तयार हुनुहुन्छ। केवल मिति भन्नुहोस्।”

ट्रम्पले नाटो सदस्यहरूलाई चीनमाथि ५० देखि १०० प्रतिशतसम्मको शुल्क (ट्यारिफ) लगाउन आग्रह गरेका छन्। उनका अनुसार यस्तो कदमले युक्रेन युद्धलाई अन्त्य गर्न मद्दत गर्नेछ र शान्तिपूर्ण समाधान भएपछि मात्र शुल्क फिर्ता लिन सकिनेछ।

युक्रेन युद्धलाई ट्रम्पले फेरि “बाइडेन र जेलिन्स्कीको युद्ध” बताएका छन् । उनले भने, “यदि नाटोले मेरो भनाइअनुसार गरे युद्ध छिट्टै अन्त्य हुन्छ र असंख्य जीवन बचाइनेछ। नभए तपाईंहरूले मेरो मात्र होइन, संयुक्त राज्य अमेरिकाको समय, ऊर्जा र धन खेर फाल्दै हुनुहुन्छ।”

“जेनजी”आन्दोलनपछिको तोडफोड र आगजनीले बीमा कम्पनीहरूमा वित्तीय दबाब बढ्ने संकेत

काठमाडौं – “जेनजी” आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी घटनाले मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई ठूलो चुनौती खडा गरेको छ। विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा भएको क्षतिको अनुमान अर्बौँमा पुगेको बताइन्छ। यी प्रतिष्ठानहरू विभिन्न बीमा कम्पनीहरूमार्फत बीमित भएकाले अब क्षतिपूर्ति भुक्तानीको ठूलो दायित्व उनीहरूमा पर्न सक्ने देखिएको छ।बीमा ऐनअनुसार यस्तो अवस्थामा कम्पनीहरूले दाबी प्रक्रिया पूरा गरेर भुक्तानी गर्नुपर्ने हुन्छ, तर यति ठूलो दायित्व तत्कालै व्यवस्थापन गर्न बीमा कम्पनीहरूको भुक्तानी क्षमतामाथि पनि प्रश्न उठेको छ। बीमा कम्पनीहरूले सामान्यतया पुनर्बीमा कम्पनीमार्फत जोखिम बाँड्ने भए पनि यो घटनाले पुनर्बीमा कम्पनीहरूको संलग्नता अझै महत्त्वपूर्ण बनाएको छ। तर यति ठूलो संख्यामा दाबी आउँदा प्रक्रिया लामो र जटिल बन्न सक्ने विशेषज्ञहरूको भनाइ छ। यो अवस्थामा पुनर्बीमा कम्पनीहरूले दाबी प्रक्रिया ढिलो गरे वा केही दाबी अस्वीकार गरे भने नेपालको बीमा क्षेत्र गम्भीर संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

बीमा ऐनअनुसार बीमित सम्पत्तिमा आगलागी, तोडफोड वा अन्य आकस्मिक क्षति भएमा बीमा कम्पनीले तोकिएको प्रक्रियामार्फत मूल्याङ्कन गरी दाबी भुक्तानी गर्नुपर्ने हुन्छ। यसका लागि प्रभावित व्यवसायीले बीमा कम्पनीमा औपचारिक दाबी पेश गर्नुपर्नेछ। त्यसपछि बीमा कम्पनीले स्वतन्त्र सर्वेयरमार्फत क्षतिको मूल्याङ्कन गर्नेछ र प्रमाण संकलन गरी पुनर्बीमा कम्पनीसँग पनि दाबी मिलाउने प्रक्रिया अघि बढाउनेछ।

विशेषज्ञहरूका अनुसार अर्बौँ रुपियाँको दाबी एकै पटक भुक्तानी गर्नुपर्ने अवस्था आए बीमा कम्पनीहरूको वित्तीय क्षमता कमजोर बन्ने मात्र होइन, कतिपय कम्पनीलाई अस्तित्वमै संकट आउने अवस्था आउन सक्छ। चरम अवस्थामा साना कम्पनीहरू गाभिने वा बन्द हुने जोखिमसमेत रहन सक्छ । यसले बीमा बजारमा अस्थिरता ल्याउन सक्छ र दीर्घकालीन रूपमा बीमाप्रति ग्राहकहरूको विश्वास घटाउन सक्छ। त्यति मात्र होइन, यस्तो परिस्थितिले आगामी दिनमा बीमा प्रिमियम बढ्ने, बीमाको दायरा सिमित हुने र नयाँ बीमा लिन कठिन हुने सम्भावना पनि बढाएको छ।

यसैबीच प्रभावित व्यापारीहरूले तत्कालीन क्षतिपूर्ति नपाउँदा उनीहरुलाई व्यवसाय सञ्चालनमै कठिनाइ पर्न सक्ने देखिन्छ।

तोडफोड र आगजनीका यी घटनाले नेपालमा बीमाको महत्त्वबारे पुनः बहस सुरु गरेको छ। बीमा केवल कानूनी औपचारिकता नभई व्यवसायिक सुरक्षाको आधारभूत जरुरत भएको यसले देखाएको छ। यधपी, अब आउने सम्भावित विमाको दावी र भुक्तानी प्रक्रियाले नै नेपालको विमा क्षेत्र कुन रुपमा अगाडी बढ्छ भन्ने कुराको निर्धारण गर्ने देखिन्छ।

राजधानीमा हट्यो निषेधाज्ञा र कर्फ्यु

काठमाडौं– जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ ।

महत्त्वपूर्ण स्थानमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको छ। शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

निषेधाज्ञा र कर्फ्यु हटेसंगै सडकमा मानिसहरुको चहल पहल बढ्न थालेको छ। पसलहरु नियमित रुपमा खुल्न थालेका छन् भने ,काठमाडौँको जनजीवन र दैनिकी सामान्य बन्दै गएको छ

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा विघटन गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेको उनका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताएका छन्।

कार्कीलाई छ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश दिइएको छ।प्रतिनिधि सभाको चुनाव फागुन २१ गते गर्ने मिति तय गरिएको छ।

नेपालको पहिलो महिला प्रधानमन्त्री: सुशीला कार्की !

काठमाडौँ – नेपालको प्रथम महिला प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसकेकी सुशीला कार्की नेपालको प्रथम महिला र देशको ३९औँ प्रधानमन्त्री बनेकी छिन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्रीको सपथ दिलाएका छन्। “जेन जी” पुस्ताको आन्दोलनले के पी ओली सरकार ढलेपछि उनले अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन्।

को हुन् सुशीला कार्की ?

काठमाडौँ- बलियो कानुनी पृष्ठभूमि, राजनीतिक सूझबुझ र परिपक्वताले गर्दा “जेन जी” पुस्ताले देशको प्रधानमन्त्रीको रुपमा सिफारिस गरेको र आज नेपालको राजनीतिक वृतमा निकै चर्चा र बहसको पात्र बनेकी सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायधिस हुन्।

वि.स.२००९ जेठ २५ गते मोरङ, विराटनगरको शङ्खरपुरमा जन्मिएकी कार्की सात सन्तानमध्ये ज्येष्ठ छोरी हुन्। किसान परिवारको पृष्ठभूमिबाट आएकी कार्कीको बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध रहेको बताइन्छ।उनका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानी हुन्।

कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए, २०३१ मा बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए, र २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी थिइन्। उनले आफ्नो करिअर शिक्षणबाट सुरु गरेकी थिइन् र २०४२ देखि २०४६ सम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन् ।

कार्की २०७३ असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म नेपालको प्रथम महिला प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी थिइन्। प्रधानन्यायाधीश पदमा रहेर उनले निस्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकोले ,धेरैले उनलाई निर्भीक न्यायमूर्तिका रूपमा पनि चिन्ने गरेका छन्।

प्रधानन्यायाधीश बनेको १० महिनापछि तत्कालीन सत्तारुढ दल माओवादी र कांग्रेसले कार्कीले क्षेत्राधिकार नाघेर फैसला गरेको भन्दै उनीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर, त्यो सफल भएन । महाअभियोगविरुद्ध अदालतमा रिट परेपछि तत्कालीन न्यायाधीश चोलेन्द्र शम्शेरले त्यसलाई रोक्न अन्तरिम आदेश गरेका थिए ।

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।

धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चारजनाको शव फेला

धरान -आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ ।

जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार, आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीनजनाको शव चौथो तलामा र एकजनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए ।

प्रवक्ता खतिवडाले भने, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डीएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।” सबै शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए ।

भदौ २४ गते बेलुका करिब ७ बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो । रासस

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेविरुद्ध प्रमाण दिन प्रहरीको आह्वान

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटमा संलग्नहरूलाई कारबाही गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई प्रमाण उपलब्ध गराउन आग्रह गरेको छ।

प्रहरीले काठमाडौं उपत्यकासहित देशभर भएका विरोध प्रदर्शन र आन्दोलनका क्रममा घटेका आगजनी, लुटपाट र आम सर्वसाधारणमा त्रास फैलाउने घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन अनुरोध गरेको हो। प्रमाणहरू नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउन सकिने र प्रमाणदाताको गोपनीयता कायम राखिने स्पष्ट गरिएको छ।

भदौ २३ र २४ मा भएका जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको, नगद, गरगहना र सामानहरूको लुटपाट भएको प्रहरीको भनाइ छ। प्रदर्शनमा प्रहरीका कार्यालय र व्यारेकमै तोडफोड र आगजनी हुनुका साथै हतियार, पोशाकदेखि मेसमा रहेका दालचामलसम्म लुटिएको प्रहरीले जनाएको छ।

प्रहरीले यसअघि गत चैत १५ मा भएको राजावादी प्रदर्शनमा उच्छृंखल गतिविधि गर्ने अधिकांश व्यक्तिहरूको पहिचान गरी पक्राउ गरेको उल्लेख गर्दै जेनजी आन्दोलनमा संलग्न दोषीहरूलाई पनि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

“जेन जी” आन्दोलनमा ५१ जनाको मृत्यु : ४ जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं– “जेन जी” आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आन्दोलनको क्रममा ३ प्रहरी, १ भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका प्रहरीले बताएको छ ।

जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सहमति

सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सहमति संसद् विघटनका विषयमा छलफल जारी

काठमाडौँ – देशमा अन्तरिम सरकार गठनको तयारी तीव्र भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय सहमति जुटेको छ। तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने संवेदनशील विषयमा भने अझै टुंगो लागेको छैन।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार राति शीतल निवासमा झन्डै साढे चार घण्टा लामो छलफलपछि कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति बनेको हो। बैठक राति साढे १० बजे सुरु भई शुक्रबार बिहान साढे ३ बजे मात्र सकिएको थियो।

यो सहमति जेनजी प्रतिनिधिहरूको प्रस्तावअनुसार बनेको हो। कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन जेनजी समूह, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच समेत समझदारी बनेको छ।

तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने प्रश्नमा राष्ट्रपति पौडेल निष्कर्षमा पुग्न सकेका छैनन्। त्यसबारे पुनः शुक्रबार बिहान ९ बजे छलफल गर्ने सहमति भएको छ। उनले यस विषयमा सभामुख देवराज घिमरेसंग पनि छलफल अगाडी बढाएका छन्।

छलफलमा संविधानले गैरसांसदलाई संसद् कायम रहेको अवस्थामा प्रधानमन्त्री बन्न अनुमति नदिने व्याख्या भएकाले निष्कर्षमा पुग्न कठिन भएको सहभागीहरूले बताएका छन्। यद्यपि, राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) मा रहेको ‘बाधा अड्काउ फुकाउ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविद्हरूसँग परामर्श लिएका छन्। संविधानविद्हरूले राष्ट्रपतिको जिम्मेवारी राष्ट्रको अभिभावकको हुने भन्दै न्यूनतम क्षति हुने गरी निर्णय लिन सकिने सुझाव दिएका छन्।

जेनजी आन्दोलनपछि सुरु भएको यो राजनतिक घटनाक्रममा सरकारले बिहीबार बेलुकीसम्म मृतक संख्या ३६ पुगेको पुष्टि गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ हजार ३३० जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् भने अझै ३२२ जना अस्पतालमा उपचाररत छन्।

“जेन जी” प्रदर्शनमा भएको मृत्यु र भ्रष्टाचारबारे उच्चस्तरीय छानबिन गर्ने विषयमा दलहरू नमानेपछि अन्तरिम सरकार गठन प्रक्रियामा अवरोध

हातखुट्टा बाँधेर काम गर भन्ने जिम्मेवारी चाहिँदैन भन्ने सुशिला कार्कीको अभिव्यक्ति

काठमाडौं – जेनजी आन्दोलनकारीहरूको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू सहमत भएका थिए। तर आन्दोलनका क्रममा भएको दमन र ५१ जनाको मृत्युबारे उच्चस्तरीय छानबिन गर्ने विषयमा दलहरूबीच असहमति भएपछि अन्तरिम सरकार गठन प्रक्रियामा अवरोध आएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको बल प्रयोगबारे छानबिन गर्न अस्वीकार गरेका छन्। उच्च स्रोतका अनुसार दलहरूले छानबिन आयोग गठन भएमा जनतामा दलहरूविरुद्ध आक्रोश बढ्ने भन्दै सहमत नदेखाएका हुन्।

छानबिनको विषय अस्वीकार भएपछि प्रस्तावित प्रधानमन्त्री कार्कीले बैठकमै भनिन्, “हातखुट्टा बाँधेर काम गर्ने जिम्मेवारी मलाई चाहिँदैन।”

भाटभटेनी तोडफोड र आगजनीले जन्माएको प्रश्न :चाडवाडको मुखैमा वेरोजगार बनेका दशौँ हजार नेपालीको पिडा !

prabha adhikari pharmaceutical scientist
प्रभा अधिकारी
स्वास्थ्यकर्मी

“जेन जी” पुस्ताको आन्दोलनमा घुसपैठ गरेका केहि स्वार्थी र अराजक समुहले नेपालको सबैभन्दा ठुलो व्यापारिक स्टोर भाटभटेनीका २१ शाखाहरुमा तोडफोड र आगजनी गरेका छन्।  भाटभटेनीमा गरिएको तोडफोड र आगजनी  यो पहिलो पटक भएको भने पक्कै पनि होइन।  यसअघिका हरेक आन्दोलनमा पनि भाटभटेनी र तिनका मालिक मिन बहादुर गुरुङले एउटा नमिठो क्षती बेहोरेका छन्। 

होला मिन बहादुर गुरुङ कुनै एउटा राजनीतिक दल वा पार्टी प्रति आस्था राख्छन, कुनै पार्टीलाई सहयोग गरे होला , त्यो उनको खुशी र स्वतन्त्राको कुरा हो।  तपाइँ हामि पनि त कुनै नै कुनै राजनीतक दलप्रति कुनै विचारप्रति आस्था राख्छौं होला नि, होइन र ?  कसैले फरक आस्था राखेकै भरमा तिनको सम्पति तोडफोड गर्नु र आगजनी गर्नु  के त्यो सहि हो र ?कुनै एउटा अमुक पार्टीलाई सहयोग गर्यो , पार्टीलाई जग्गा दियो वा भवन दियो भन्दैमा कोहि कसैप्रति यति निर्मम कसरि हुन् सक्छ ?  विभिन्न पार्टीलाई सहयोग गर्ने चन्दा दिने अरु पनि त छन् , कि ति सबैको घर र व्यावसाय जलाउदै हिड्न त पक्कै मिल्दैन होला?  आफुले अधिकारको सुनिश्चितताको माग राखेर आन्दोलन गर्न सडकमा उत्रिंदै गर्दा  अरुको पनि त अधिकार हुन्छ भन्ने कुरा बिर्सनु त भएन नि, होइन र ? यहाँ भाटभटेनी त एउटा उदाहरणको रुपमा प्रस्तुत गरेको मात्र हो।  अधिकार खोज्ने नाममा गरिने हरेक प्रदर्शन र आन्दोलनमा नेपालका थुप्रै व्यावसाय माथि हुने गरेको आक्रमण निन्दनीय छ।  त्यसबाट होला ति व्यापारीले २-४ पैसा कमाउलान तर तिनले राज्यलाई तिर्ने कर , वेरोजगार नेपाली नागरिकलाई दिएको रोजगारीले अन्तिम विन्दुमा हुने फाइदा त राज्य र नेपाली  नागरिकलाई नै त होला नि, होइन र?

अब फेरी कुरा गरौँ भाटभटेनी कै।  होला मिन बहादुर गुरुङमाथि भ्रष्टाचारका विभिन्न आरोपहरु छन्।  वा अझ भनौं ल उनले भ्रष्टाचार नै गरे रे।  त्यसको पनि कानुनी कारवाही गर्ने निकाय त होला नि , होइन र?  उनलाई कारवाही गर्ने सवालमा राज्य संयत्र उनीप्रति थोरै मात्रामा पनि लचिलो देखियो भने त्यतिबेला पो सडकमा उत्रिएर सम्बन्धित व्यक्ति र निकायको विरोधमा आन्दोलन गर्दा समस्याको समाधान हुन्छ होला, होइन र ? आफुले न्यायका खातिर सडकमा आन्दोलन गर्दै गर्दा अरुलाई अन्यायमा पार्नु  त हुँदैन होला नि, होइन र?  कुरा भाटभटेनीको  मात्र होइन , यो देशमा व्यापार व्यावसाय गर्ने कुनै पनि व्यक्ति र संस्थामाथि आन्दोलनका नाममा क्ष्यति पुर्याउने काम निन्दनीय छ ।  उसै त देशमा गरिखाने वातावरण विस्तारै कम हुँदैछ , त्यसैमा पनि हरेक पटक हुने यी-यस्ता आन्दोलनमा ति व्यापारिक संस्थामा आक्रमण हुने हो भने भोलि भएका व्यावसाय त बन्द हुन्छन नै, अरु कसैले यो देशमा व्यापार व्यावसाय गर्ने आँट पनि गर्दैन।  अनि – अनि त्यो बेला हातमा पासपोर्ट बोकेर खाडी धाउनु बाहेक को विकल्प के त ? होला अलिकति हुने खाने युरोप-अमेरिका जालान, तर, त्यतिबेला  घर परिवार , आफन्त , चाडबाड सम्झेर फर्किने त यहि देशमा होला ? अनि आझ आगो झोस्दा बन्द हुन पुगेका उद्योग व्यावसायले देशमा पारेको असर त्यो बेला देखिनेछ।  तिनै उधोग र व्यावसायमा रोजीरोटी गरेर आफ्नो गुजारा चलाएका दुखि गरिब नेपालीको आँशुको श्राप लाग्ला-नलाग्ला म भन्न सक्दिन, तर देशको खस्किंदो आर्थिक अवस्थाले थोरै पश्चाताप भने पक्कै लाग्नेछ। देशमै केहि गर्न पाए, दुइ छाक मिठो मसिनो खाएर परिवारसंगै बस्न पाइन्थ्यो भन्ने चेत त्यतिबेला खुल्नेछ।  

 हो हिजोको आन्दोलनमा कति नेताका घर जले, त्यसमा मलाई रतीभर पनि दुख छैन, राज्यका धेरै सम्पति जले ,त्यो हिजो पनि तपाइँ हामीलेनै तिरेको करबाट बनेका हुन् , खरानी बाटै उठेर पनि भोलि फेरी ति संरचना खडा गरौँला , ठिकै छ।  तर यदि यसरि नै आगजनी र तोडफोड गरेर भएका उधोगी व्यापारीहरुलाई हामी खेद्दै जाने हो भने ,मैले अगाडी भनेजस्तै,भएका व्यावसाय त बन्द हुन्छन नै, अरु कसैले यो देशमा व्यापार व्यावसाय गर्ने आँट पनि गर्दैन।अनि भोलि हरेक नेपाली नागरिकले १८ वर्ष काटेपछि पासपोर्ट बोकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्लेन चढेर उड्नु बाहेक अर्को विकल्प हामीसंग हुनेछैन। 

भाटभटेनीमा तोडफोड र आगजनी गरेपछि हजारौं नेपाली बेरोजगार हुने अवस्थामा पुगेका छन्।  अब उनीहरूको दशैं मात्र होइन, दैनिकी नै संकटमा पारिदिएको छ।

सामान्य मजदुरदेखि क्यासियर, सेल्स स्टाफ, गोदाम कामदारसम्म सबैलाई काम दिलाएर घरको चुलो बाल्ने आधार बनेको यो संस्थानमा भएको आगजनीले उनीहरूलाई अन्धकारमा धकेलेको छ।दशैंको मुखमा तलब र दशैँ भत्ताको आशा गरेका , महिनौं काम गरेर परिवारलाई नयाँ कपडा, मिठाई र चामल ल्याउने सपना देखिरहेका ती कर्मचारी अब निराश भएका छन्। परिवार पाल्न र छोराछोरीको खर्च धान्न कठिन हुने चिन्ता उनीहरूको अनुहारमा प्रष्टै देखिन्छ।

राज्यको अर्थतन्त्रमा योगदान पुर्याउँदै दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउँदै आएको भाटभटेनीलाई पटक–पटक तोडफोड गर्नु केवल एक संस्थामाथि मात्र नभई हजारौं श्रमिकको जीवनमाथि प्रहार गर्नु हो भन्ने तथ्य यस घटनाले फेरि एकपटक प्रमाणित गरेको छ।

अब प्रश्न के हो भने, भाटभटेनी जलाउँदा वा नष्ट गर्दा कसको फाइदा हुन्छ?उनीमाथि लागेको भ्रष्टाचार वा अन्य आरोप कानूनी तरिकाले छानबिन गर्न सकिन्छ, तर भाटभटेनीमा  गरिएको आगजनीले  श्रमिक मात्र रुवाउने अवस्था बनाएको छ।

दशैं आउनै लाग्दा हजारौं परिवारको चुलो निभाउने यस्तो घटनाले आन्दोलनको नाममा हुने आगजनी र तोडफोड अनि त्यसको नैतिकता र उद्देश्यप्रति गम्भीर प्रश्न खडा गरेको छ।आज भाटभटेनीमा भएको क्षति केवल एउटा कम्पनीको मात्र होइन, हजारौं परिवारको पीडा हो।भाटभटेनी त केवल एउटा उदाहरण मात्र हो। आन्दोलन र प्रदर्शनको नाममा राज्यको अर्थतन्त्र नै धाराशायी हुने गरि देशको कुनै पनि उधोगधन्दा र व्यावसायमाथि गरिने तोडफोड र आगजनी निन्दनीय छ।

आइतबारदेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाइ सुरु हुने

काठमाडौँ- सर्वोच्च अदालत आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दर्ता र नियमित सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकासमानसिंह राउतद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “यस अदालतमा २०८२ साल भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने निर्णय भएको छ। सर्वसाधारण सबैलाई जानकारीको लागि अनुरोध छ।”

हालै सर्वोच्चमा भएको आगजनीका कारण नेपालको न्यायिक इतिहाससँग सम्बन्धित धेरै महत्त्वपूर्ण दस्तावेजहरू नष्ट भए पनि अदालतले संविधानले दिएको दायित्व पूरा गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सर्वोच्चले भनेको छ, “नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू करिब नष्ट भए पनि यस्तो विषम परिस्थितिमा पनि संविधानले न्यायपालिकालाई दिएको जिम्मेवारी पूरा गर्दै सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन, मौलिक हक र नागरिकको न्याय प्राप्त गर्ने अधिकारलाई सम्मान गर्दै, न्यायको मार्गमा दृढ रहँदै, नागरिकको अपेक्षालाई सम्बोधन गर्न अदालतलाई शीघ्र सञ्चालनमा ल्याइनेछ।”

नाराबाजी गर्दै सडकमा उत्रिएका कांग्रेस–एमाले-माओवादी कार्यकर्तालाई स्वतन्त्र युवाहरूले लखेटे

काठमाडौँ – संविधान जोगाउन भन्दै सडकमा नाराबाजी गरेर प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस ,माओवादी र नेकपा एमालेका कार्यकर्ताहरूलाई स्वतन्त्र युवाहरूले लखेटेका छन्।

बिहीबार दिउँसो त्रिचन्द्र क्याम्पस अगाडि कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी निकट वाइसियल र एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले संविधान बचाउनुपर्ने मागसहित नाराबाजी गरेका थिए।

नाराबाजी भइरहेको बेला स्वतन्त्र युवाहरूले उनीहरूलाई ‘झोले’ भन्दै लखेटेका हुन्।

कांग्रेस, एमाले र माओवादी नेताहरूले अहिलेको संकट समाधान संविधानअनुसार खोजिनुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन्।

फरार रहेका टोप बहादुर रायमाझीले फोन गरेर भने, म कारागार फर्कन तयार छु

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी “जेन जी” प्रदर्शन चर्किएर कारागारमा सुरु भएको आगजनी र तोडफोड पछि कारागार छोडेर भागेका भएपनि अहिले आएर उनले आफु कारागार फर्कन तयार रहेको बताएका छन् ।

कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् । रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बताएको छ ।

ठीक छ हाम्रै सम्पर्कमा रहनु होला । परिस्थिति सबै मिलेपछि खबर गर्छौं भनेको कारागार प्रशासनले बताएको छ। सुन्धारास्थित केन्द्रीय कारागारमा रायमाझी ३८ सय अन्य कैदीबन्दी सहित कारागारमा थिए ।

सोहि कारागारमा रहेका सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती भनिने गोरे पनि फरार भएका छन् ।सुन्धारा कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन्।

फरार भएका मध्ये केही कैदीबन्दी भने कारागार फर्किसकेका छन् भने केही फर्कने क्रममा रहेको बताइएको छ । भुटानी शरणार्थी काण्डमै कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएको कारागार प्रशासनले बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । बुधबार (भदौ २५) साँझदेखि नै उडान नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।

“विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ,” उनले भने ।

विमानस्थलको हालको तालिकाभन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा नियमित गरिने विमानस्थलले जनाएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ ।

यता, वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्यमा लगिरहेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, बिहीबार (भदौ २६) बिहानदेखि  नियमित रूपमा उडानहरू भइरहेका छन् । काठमाडौं र बाहिरका गन्तव्यमा दुई/तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ ।

‘जेनजी’ पुस्ताका कारण विषम परिस्थिति उत्पन्न भएपछि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णयानुसार, बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

विमानस्थलले हवाई उडानका निम्ति विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर आउन अनुरोध गरेको छ  । यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० भन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० देखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । रासस

फरार कैदिबन्दीको आक्रोश : के पी ओली र रवि लामिछानेलाई पनि जेल हाल्नुहोस हामी फर्केर आउछौं

काठमाडौँ- धादिङ्ग कारगारबाट फरार रहेका कैदिबन्दिहरुलाई नेपाली सेनाले घेरेर राखेपछि उनीहरु आक्रोशित बनेका छन्। कारागारभित्र रहेका साथीभाइ भड्किएकोले कारागारमा बस्न सक्ने स्थिति नभएको र बाहिर निस्किए सेनाले गोलि हान्न सक्ने भन्दै उनीहरु आक्रोशित भएका छन्।

रास्वपाका कार्यकर्ताले नक्खु कारागारबाट रवि लामिछानेलाई छुटाएको भन्दै आक्रोश पोखेका उनीहरुले आफुहरुलाई पनि रिहा हुन दिनुपर्ने माग गरेका छन्। लामो समय देखि अदालतको पेसी सरेको र समयमा फैसला नगरी कारागारमा राखेको भन्दै उनीहरुले रवि लामिछाने र के पी ओलीलाइ पनि जेलमा लेराएमा आफुहरु फर्केर आउने भिडियो सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको नक्खु कारागार बाहिरको भिडियोमा रास्वापा समर्थक प्रदर्शनकारीलेहरुले लामिछानेलाई छोड्न सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई चेतावनी दिएको देख्न सकिन्छ। सुरक्षामा खटिएका नक्खु कारागार प्रशासनले समेत सुरक्षा व्यवस्थालाई थेग्न नसकिने देखेपछि सुरक्षाको दृष्टिकोणले पनि उनलाई पत्नी निकिताको जिम्मा लगाएर पठाएको अभिव्यक्ति दिएको छ। रवि लामिछाने कारागारबाट बाहिर निस्किएसंगै देशभरका १७ कारागारबाट कैदीबन्दीहरु फरार भएका छन् ।

यधपी, पुर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेले भने आफु गृहसचिव स्तरिय निर्णय बाट बाहिर निस्किएको भन्दै कारागारले दिएको पत्र समेत सार्वजनिक गरेका छन्। तर केहि व्यक्तिहरुले भने कारागारले दिएको पत्रमा चलानी नम्बर समेत नभएको र मितिमा समेत केरमेट गरि सच्याएको भन्दै उक्त पत्रको वैधानिकता सम्बन्धमा पनि प्रश्न गरेका छन्।

राष्ट्र बैंकको निर्देशन: अत्यावश्यक बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा अवरुद्ध हुन नदिने गरी निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको निर्देशन अनुसार संवेदनशील प्रणाली सञ्चालन गरी आवतजावत हुने अवस्थामा पनि अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानीसम्बन्धी सेवा दिनुपर्ने जनाएको छ।

यस्तै, आवश्यक परे रिमोट एक्सेसमार्फत् सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ। साथै, यससम्बन्धी सूचना आफ्नो आधिकारिक वेभसाइटमार्फत् सार्वजनिक गर्न संस्थाहरूलाई अनुरोध गरिएको छ।

देशभरका कारागारबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार

काठमाडौं – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभर ७४ वटा कारागार छन् । साउन मसान्तसम्म कारागारमा २८ हजार ९०३ कैदबन्दी थिए भने २३ भदौको ध्वंशमा क्षतिग्रस्त भएको १७ कारागारबाट १३ हजार पाँच सय ७२ अर्थात् करिब ४६.७० प्रतिशत कैदीबन्दी र विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० जना थुनुवा फरार भएका छन् । पछिलो समय नेपाली सेनाले कारागारको सुरक्षा बढाउँदै भाग्न खोज्ने कैदीबन्दीहरुलाई नियन्त्रणमा लिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि फरार रहेका छन्।

“जेन जी” ले गरेको प्रदर्शनका क्रममा मंगलबार तोडफोज र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।

“जेन जी” लाई खुला पत्र !

“जेन जी” लाइ बदनाम नगरियोस:”जेन जी” को नाममा राजनीतिक रोटी सेक्नेहरु सल्बलाय !

“जेन जी ” पुस्ताले भ्रष्टाचार विरुद्द सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा ३० जना अवोध र निर्दोष नागरिकले ज्यान गुमाए भने १००० भन्दा बढी घाइते भए। उनीहरु निस्पक्ष र स्वतन्त्र रुपमा सरकारलाई खबरदारी गर्न शान्तिपूर्ण तरिकाले सडकमा उत्रिंदै गर्दा , “जेन जी ” को आडमा विभिन्न अराजक समुह र राजनितिक दलसम्बद्ध संस्थाका युवा नेता भनिनेहरुको पनि बाक्लै सहभागिता देखियो। त्यसो त “जेन जी” हरुले नै आफ्नो शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएकोबारे आन्दोलनकै समयमा पनि त्यहा उपस्थित प्रहरीलाई खबर गरेका थिए भन्ने कुराहरु जानकारीमा आएको छ र आन्दोलनको साँझ उनीहरुले यो कुरा आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि गरे ।

आन्दोलनको क्रममा सरकारले ति अवोध “जेन जी” हरुको माग सम्बोधन गर्नु त कता कता उनीहरुलाई राज्यको शत्रु जस्तो व्यवहार गरेर उनीहरुमाथि अन्धाधुन्ध गोलि वर्षायो। जेन जी युवाहरुको हत्याको विरोधमा दोश्रो दिनको प्रदर्शन मा “जेन जी” संगै उनीहरुको आफन्त घर परिवार साथि भाई सबैजना उनीहरुको समर्थन गर्दै र सरकारको तानासाही र हत्यारा रवैया प्रति खुलेरै विरोधमा उत्रिए। आन्दोलन “जेन जी” पुस्ताले नै सुरु गर्यो , त्यसमा कुनै सन्देह छैन , तर जब अवोध र निर्दोष “जेन जी ” पुस्तामाथि गोलि दागेर उनीहरुको हत्या गर्न सरकार तम्सियो त्यसको विरोधमा सबै नेपाली सडकमा उत्रिए। त्यसपछि संसद भवन र सिहँदरबार देखि राष्ट्रपति भवन हुँदै भ्रष्ट नेताको घर सम्म जले। नेताको घर जले, त्यसमा अवसोच लाग्नुपर्ने र दुख मनाउ गर्नुपर्ने केहि छैन। “जे भयो ठिकै भयो , निर्दोष नेपालीको हत्या गर्ने अपराधी सरकार र तिनका नेताहरुलाई यो सजाय नै भयो ” भन्ने आम जनताको धारणा सामाजिक सञ्जालभरि आज पनि देख्न सकिन्छ। सिंहदरबार जल्दा र प्रशासन कार्यालय जल्दा र अदालात जल्दा पनि आम नागरिकको धारणा , “भ्रष्टाचार र वेथितिको अड्डा जलेको हो , यो ढुङ्गा माटोको संरचना हामि त्यहिँ खरानीबाट माथि उठेर बनाउला” भन्ने जोश उनीहरुमा देखियो। हुन् पनि हो , जब छोराछोरीको रगत बग्छ, आमाबुबाको आँसु बग्छ, तब कुनै पनि महल र कुर्सीको मूल्य शून्य हुन्छ । त्यो पीडाको आँशु र रगतको चित्कार ले न्याय माग्छ। त्यहि न्यायको खातीर लड्दै गर्दा दुई चार वटा राज्यका सम्पति जल्न पुगे।

तर सवैले अवासोच मानेको कुरा त्यहाँ भएका दस्तावेज, हाम्रो इतिहास र विभिन्न घटनाको प्रमाण जल्नु थियो। भवन जलेको विस्मात भन्दा त्यहा भएका महत्वपूर्ण दस्तावेज जलेकोमा सिङ्गो “जेन जी” पुस्ता र आम नागरिक चिन्तित बन्न पुग्यो। त्यहि विषयमा सामाजिक सञ्जालमा “जेन जी” पुस्ताका सबैले दुख मनाउ गर्दै लेखे, “सार्वजनिक सम्पतिको तोडफोड र आगजनी गर्ने हाम्रो उदेश्य थिएन र यो कार्य हामि बाट भएको पनि होइन। हाम्रो आन्दोलनमा घुसपैठ भयो भनेर हामीले भन्दै आएका छौँ र उनिहरुबाट नै यो कार्य भएको हुन सक्छ। ” “जेन जी” को नाममा घुस पैठ गरेका अराजक समुहले गरेको तोडफोड र आगजनी बाट आन्दोलन गलत दिशातर्फ जाँदैछ र आफ्नो नाममा स्वार्थी समुहहरुले अराजकता फैलाउन थालेको बुझेका “जेन जी ” पुस्ताका भाइ-बहिनीहरु पछि आफैँ पुरातत्व विभाग अगाडी घेरा हालेर संस्कृति र इतिहास बचाउ भन्दै पुरातत्व विभाग बचाउन लागेको दृश्यहरु पनि हामी सामाजिक सञ्जालमा आज पनि देख्न सक्छौं। यसबाट प्रष्ट हुन् जान्छ कि “जेन जी ” पुस्ताको आडमा स्वार्थि समुहहरुले सार्वजनिक र निजि सम्पति ध्वस्त पार्ने , बैंक लुट्ने ,अड्डा अदालतबाट प्रमाण नष्ट गर्ने, सिंहदरबारको महत्वपूर्ण दस्तावेज र इतिहास नामेट पार्ने देखि कारगारबाट अपराधि भगाउने सम्मको कुकृत्य गरे। यो सबै “जेन जी” पुस्ताको नाममा गरिएको अपराध र सिंगो “जेन जी” पुस्तालाई बदनाम गरेर आफ्नो स्वार्थ पुरा गर्ने अराजक समुहको चाल मात्र थियो।

“जेन जी” को आन्दोलन पछि सरकार ढल्यो र जनता मार्ने हत्याराहरुको भागाभाग भयो। प्रहरी देखि नेतासम्म कुटिए। देश पूर्ण रुपमा आक्रान्त बन्यो। दोश्रो दिन राति १० बजेपछी नेपाली सेनाले देशको सुरक्षाको नेतृत्व गर्दै “जेन जी” पुस्तालाई वार्तामा आउन आग्रह गर्यो। सेना र राष्ट्रपतिले वार्तामा आउन गरेको आग्रह संगै फेरी “जेन जी” को खोल ओढेर विभिन्न स्वार्थ समूहहरु आफ्नो स्वार्थको रोटी सेक्न सक्रीए भएका छन्। आफुलाई “जेन जी ” भनेर वार्ता गर्न ४-५ वटै समूह अगाडी देखिए र कतिसम्म भने ति सबैले आफुलाई नै असली “जेन जी ” भन्दै जंगी अड्डा अगाडी आ-आँफै लड्न थाले। यो कुरा नेपाली सेनाले पक्कै पनि बुझेको छ तर कलिलो “जेन जी” पुस्ताले यो कुरा बुझ्नु जरुरि छ। किनकि कुनै एउटा ठोस नेतृत्व विना “जेन जी” ले सुरु गरेको आन्दोलनमा आज “जेन जी” को नेतृत्वकर्ता हुँ भनेर वार्तामा देखिएका कतिपय अनुहारहरु विभिन्न राजनीतिक शक्ति र स्वार्थ समुहबाट परिचालित देखिन्छन। आज आफुलाई “जेन जी ” भनेर वार्ताको अगुवाई गर्न अगाडी सरेकाहरु “जेन जी ” नभएर विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनका कार्यकर्ताहरु भएको देखिएको छ। त्यसैले “जेन जी ” भाइ- बहिनीहरु सचेत हुनुपर्ने देखिन्छ। तिमीहरुको आँशु र रगत अनि तिमीहरुको साथि भाइको बलिदान व्यर्थै खेर जान दिनुहुँदैन। तिमीहरुको नाममा “जेन जी ” को खोल ओढेर आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुबाट तिमीहरुले जे कुराको लागि आन्दोलनको सुरुवात गरेर आफ्नो ज्यानको आहुति दिन सम्म पछि परेनौ त्यो पुरा हुनेछैन। “जेन जी ” को खोल ओढेका राजनीतिक दल र तिनका भातृ संगठनका कार्यकर्ताहरु र स्वार्थि समूहहरुलाई चिनेर तिनीहरुलाई बहिष्कार गर र तिनिहरुलाई तिम्रो नाममा राजनीति गर्न नदेउ।

सोबिता गौतमलाई मेरो प्रश्न: तपाइलाई लाज नभएको कि राजनतिक चेत ?

संसदबाट राजिनामा दिएर संसद विघटनको विरोध गर्दै दोहोरो चरित्र नदेखाउन आग्रह

प्रधानसेनापति र राष्ट्रपतिसंगको छलफलमा जेनजी पुस्ताले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेका बेला (रास्वपा)की पुर्व सांसद सोभिता गौतमले संसद विघटनको विरोध गरेकी छिन।

सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने र यसले जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्ने बताएकी छन्।
संसद विघटन गरेर समस्या समाधान हुँदैन र संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो भन्दै उनले संसदलाई जोगाउनुपर्ने आवश्यकता रहेको बताएकी छन्।

नेपालमा मात्रै नभएर विश्व राजनीतिमा संसद विघटन सामान्य नै मानिन्छ, यधपी, संसद विघटन राजनीतिक घटनाक्रमको निकै असामान्य परिस्थितिमा मात्र हुन्छ। त्यसैले संसद विघटन गर्दा देश नै सकियो , मुलुकनै धरापमा पर्छ भनेर जनतामा त्राश र हाउगुजी फैलाउनु जरुरि छैन। किनकि त्यहि संसदभित्रका सांसदहरुले संविधानमा गरेको व्यवस्थामा नै संसद विघटनको प्रावधान स्पष्ट गरिएको हुन्छ। यदि संसद विघटनले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएको भए संविधानमा त्यो व्यवस्था नै हुने थिएन। कहिलेकाहिँ विषम परिस्थितिमा देशलाई निकास दिन र राजनीतिक कोर्ष करेक्सन गर्दै जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई जोगाइ राख्न नै संविधानमा संसद विघटनको प्रावधान राखिएको हुन्छ। संसद विघटनले अप्रिय र अकल्पनीय अवस्थाहरुमा राज्यलाई निकास दिएका विश्व राजनीतिक इतिहास र घटनाक्रमहरु हामीले देख्दै र भोग्दै आएका छौं , त्यसैले यसले देशको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भनेर जनतामा त्रास फैलाउनु जरुरि छैन। किनकि यी र यस्तै परिस्थितिहरुमा देशलाई नयाँ राजनीतिक कोर्ष बाट अगाडी बढाउन नै संविधानमा नै संसद विघटनको व्यवस्था गरिको हो।अझ कतिपय राजनतिक घटनाक्रमहरुमा र देशलाई सहि मार्गमा निकाश दिनका लागि , बाधा अड्काउ फुकाउ गर्नुपर्ने सन्दर्भमा संविधानले निर्धारण गरेभन्दा फरक र संविधान बाहिर गएर पनि निर्णय गर्नुपर्ने र त्यसरी निर्णय गरिसकेको राजनीतिक घटनाक्रम र व्यवस्थाबाट समेत हामि गुज्रिसकेका छौं। अनि यस्तो अवस्थामा औचित्य गुमाइसकेको संसद र नैतिकता र मानवीयता गुमाइसकेका सांसदको लागि रोइकराइ गर्नु आवश्यक छैन।त्यसको लागि धेरै पर गइराख्नु पर्दैन, केहि दशक अगाडिको नेपालको राजनीति हेरे पुग्छ। देश सङ्कटमा हुँदा हामीले के गर्यौँ र नेपालको राजनीतिले कसरि कोर्ष करेक्सनको बाटो लियो भन्ने कुरा छर्लंग छ।

अब, सोबिता गौतमलाई मेरो प्रश्न ?

यदि, संसद विघटनले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएको भए तपाइले संसदबाट राजिनामा किन दिएको? तपाइका पार्टीका सबै सांसदहरुले सामुहिक रुपमा संसदबाट राजिनामा दिएको होइन ? ठिक छ , म तपाइले भनेकै कुरामा सहमत हुन तयार छु , कि संसद विघटन समाधान होइन र संसद विघटन गर्दा जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्छ। त्यसो भए के को हतारोले संसदबाट रास्वपाका सांसदले हतार हतार राजिनामा दिएको ? किन त्यो संसदको मर्यादा जोगाइराख्नु हिजो तपाइको कर्तव्य थिएन र ? जनताले विश्वाश गरेर संसदमा चुनेर पठाएको सांसदले , देश अप्ठेरो परिस्थिति बाट गुज्रिरहेको हिजोको अवस्थामा झनै एक जुट भएर संसदको गरिमा र मर्यादा कायम राख्नु पर्ने बेलामा संसदबाटै राजिनामा दिंदा चै जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता जोखिममा पर्यो कि परेन? संसद र देश अप्ठेरोमा परेको बेला जिम्मेवार संसदको भूमिका निर्वाहा गर्नुपर्ने बेला संसदबाट राजिनामा दिएर भाग्दा तपाइले भनेको देशको सार्वभौम सत्ता जोखिममा पर्यो कि परेन ? परिस्थिति आफु अनुकुल हुँदा संसदमा बसेर जनताको करको पैसाले तलब र भत्ता खाने अनि देश र संसद जलिरहेको बेला संसदबाट राजिनामा दिएर जनताको विश्वाश र भरोशामाथि कुठाराघात् गर्ने तपाइँले कुन नैतिकताले संसद विघटन गर्दा जनताको सर्वोच्चता संकटमा पर्छ भनेर भन्न सुहाउँछ ? राजनीतिमा सत्तापक्ष र प्रतिपक्षमा मतभेद हुन्छ , विचार मिल्दैन। त्यसो हुँदा संसदमा उठेर विरोध गरिन्छ , सडकमा प्रदर्शन गरिन्छ। तर संसदमा उठेर तपाइहरुले विरोध गर्दै गर्दा हिजो तपाइहरुले महिनौ दिनसम्म संसद चल्न नदिंदा र संसद बहिष्कार गरेर हिड्दा संसदको गरिमा जोगियो कि जोगिएन? संसदको सर्वोच्चतामा के कुरा पनि पर्छ भने संसदमा बहुमतको कदर हुन्छ, बहुमतले निर्णय पारित गर्छ। तपाइहरु अल्पमतमा पर्नु भयो, कतिपय कुराहरु प्रतिपक्षका रुपमा तपाइहरुले आफ्ना माग संसदबाट पार गराउन सक्नु भएन तर जनताले भरोषा गरेर पठाएका तपाइँ सांसदहरुले संसद चल्न नदिंदा र संसद बहिष्कार गरेर हिंड्दा संसदको गरिमा जोगाए जस्तो लाग्छ ? संसदको सुन्दर पक्ष नै यहि हो। बहुमतले संसदको मागलाई सम्बोधन गर्छ। संसदमा सांसद हुँदै गर्दा तपाइका कुरा सुनिदैन भने त्यसका अरु मार्गहरु पनि छन। तर संसदले कुरा सुनेन र संसद गलत बाटोमा गयो भन्दैमा , देश र संसद आगोको लपेटामा जलिरहेको बेला तपाइँ सांसद ले नै एकाएक संसद बाट राजिनामा दिंदा चै जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता जोखिममा पर्यो कि परेन?संसदमा जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता त त्यति नै बेला जोखिममा पर्यो जब जनताले विश्वास र भरोशा गरेर संसदमा पठाएका तपाइँ सांसदहरुले एकाएक राजिनामा दिनुभयो।तपाइँहरुले सामुहिक रुपमा दिएको राजिनामा देशको राजनीतिक परिस्थिति अनुकुल नहुँदै गर्दा स्वीकृत नभएको मात्र हो । राजिनामा घोषणा गरिसकेपछि तपाइले आफुलाई संसदको सदस्य भन्ने नैतिक अधिकार गुमाइसक्नु भएको छ। यो परिस्थितिमा त झन् संसद बिघटन गरेर नया जनादेशका लागि जनातामा जान्ने अवसर त तपाइकै लागि राम्रो होइन र ?

संसदको औचित्य समाप्त भैसक्यो !

जब के पी ओली सरकारले निहत्था कलिला यो देशका नेपाली नागरिकमाथि दमन गर्न गोलि चलाउन आदेश दियो , त्यति नै बेला यो देशको सरकार र तपाइले भन्दै आएको संसदको औचित्य समाप्त भैसकेको छ। किनकि कुनै पनि देशको सरकार, संसद र मन्त्रिपरिषदलाई यो देशको निहत्था र निर्दोष नागरिक माथि गोलि चलाउने अधिकार छैन। यो मुलुक र यो देशको संसद कुनै नेता र पार्टीको पेवा होइन। त्यसैले नागरिकको रगतको आहालमा लत्पतिएको र औचित्य सकिएको मुर्दा संसदलाई ब्युताउने राजनीतक खेलमा नलाग्नु नै उपयुक्त होला। सरकारले निहतथा नागरिकमाथि गोलि दाग्दै गर्दा र देश आगोको लपेटामा जल्दै गर्दा , यो देशका नागरिकले विश्वाश र भरोशा गरेर संसदमा आफ्नो प्रतिनिधिका रुपमा चुनेर पठाएको तपाइले सरकार र तिनका नेतालाई जिम्मेवारी ठहराएर तिनको कदमको विरोध गर्नुपर्ने बेलामा चै जिम्मेवारी बाट भागेर संसदबाट राजिनामा दिने अनि अहिले आएर संसद विघटन गर्दा जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्छ भनेर भन्न तपाइलाई लाज नभएको कि राजनतिक चेत नभएको ?

जेन–जी लाई बलेनको आग्रह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्तालाई देशको भविष्यतर्फ अघि बढ्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै नेपाल अब अन्तरिम सरकारतर्फ अघि बढेको र त्यसले नयाँ जनादेश दिने प्रक्रिया सुरु भएको बताएका छन्।

शाहले अन्तरिम चुनावी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्न सक्ने भन्दै त्यसप्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्। साथै, उनले राष्ट्रपतिलाई संसद् विघटन गरी तत्काल अन्तरिम सरकार गठन गर्न सुझाव दिएका छन्।

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

सेनाद्वारा कर्फ्यु आदेश जारी

काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने र भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।

curfew 1
curfew 2

काठमाडौंमा सेनाको गस्ती: सर्वसाधारणलाई विना काम घर बाहिर ननिस्कन आग्रह

काठमाडौं – जेन जी पुस्ताको आन्दोलनपछि काठमाडौंका सडकमा नेपाली सेनाले गस्ती थालेको छ। आन्दोलनका क्रममा मानविय तथा भौतिक संरचनामा क्षति पुगेपछि गए राति १० बजेदेखि नेपाली सेनाले शान्ती सुरक्षाको नेतृत्व गर्दै मुलुकको सुरक्षाको जिम्मेवारी सम्हालेको हो।

सेनाले विना काम घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै बाहिर निस्किएका नागरिकलाई पनि फर्काइरहेको छ। तर आकस्मिक सेवामा संलग्न व्यक्तिहरुलाइ भने सेनाले सोधपुछ गर्ने र परिचयपत्र देखाएर मात्रै हिंडडुल गर्न पाउने व्यवस्था गरेको छ।

काठमाडौँमा लुटपाट गर्नेमाथि सेनाको कारबाही:जेन जी को नाममा हतियारधारी समुह सक्रिय

काठमाडौँ — राजधानीका विभिन्न स्थानमा लुटपाट गर्ने समूह हतियारसहित सक्रिय भएको पाइएको छ। केही स्थानमा ती समूहमाथि फायरिङ समेत भएको र कतिपय क्षेत्रमा दोहोरो भिडन्तसम्म भएको सुरक्षास्रोतले जनाएको छ।

नेपाली सेनाले टुसाललगायतका स्थानमा फायरिङ गरी हतियारधारीहरूलाई नियन्त्रणमा लिएको छ। सो क्रममा हतियार, गोली, पकेट बम र पेस्तोल समेत बरामद गरिएको बताइएको छ।

सुरक्षास्रोतका अनुसार केही हतियार प्रहरीबाट लुटिएका हुन सक्ने आशंका गरिएको छ भने कतिपय हतियार भने सुरक्षाकर्मीले पनि प्रयोग नगर्ने किसिमका रहेका छन्। यसैबीच, प्रदर्शनकारीहरूले विभिन्न स्थानमा बमसमेत विस्फोट गराएका छन्।

नेपाली सेनाले काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न पांच जनालाई पनि पक्राउ गरिएको सेनाले जनाएको छ ।

सार्वजनिक सम्पतिमा आगजनी र लुटपाट वा अन्य कुनै घटना भए नेपाली सेनालाई खबर गर्न आग्रह

काठमाडौं – नेपाली सेनाले सार्वजनिक सम्पतिमा आगजनी र लुटपाट वा अन्य कुनै घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ ।

जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू ०१–५९७९२२३,०१-५९७९००० र ०१–५९७९२२४ मा फोन गर्न सकिनेछ ।

देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ ।

एउटा तानाशाही युगको अन्त्य: अब संयम भएर शान्तिपूर्ण तरिकाले देशलाई अगाडी बढाउँ

तपाइँले जित्नुभयो , हामीले जित्यौँ। तर तपाइँ हाम्रो मेहनत र पसिनाको कमाइबाट बनाइएका सार्वजनिक सम्पतिमाथिको तोडफोड र आगजनी बन्द गरौँ।

नेपालमा निर्दोष युवाहरुको रगत बगेपछि आज हामी सबैले एउटा ठूलो सत्य देख्यौं, तानाशाही शासन टिक्दैन। निर्दोष युवामाथि गरेको गोलीकाण्डले अन्ततः केपी ओली सरकारको अन्त्य भएको छ।

“जेन जी” पुस्ताले सुरु गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा २० जना अवोध नेपाली नागरिकले ज्यान गुमाएपछि आक्रोशित बनेको भिडले नेतालाई घिसारेर सडकसम्म ल्याए र संसद भवन र सिंहदरबार देखि राष्ट्रपति कार्यालयसम्म आगो लगाइदिए। हुन त जनताकै करले बनेको राज्यको सम्पतिमा गरिएको आगजानी र तोडफोड सहि पक्कै पनि थिएन। तर आफ्नै साथी ,भाइ-बहिनि र छोरा छोरी गुमाएका जनताको क्रोध कस्तो हुँदो रहेछ भन्ने सबैले देखे।

भ्रष्टाचार अन्त्य गर, देशमै सुख संग बाच्न पाउने अधिकारको सुनिस्चितता गर भनेर स्वस्फुर्त रुपमा सडकमा निस्किएका बिद्यार्थी र नाति पुस्ताका नागरिक माथि राज्यले गोलि दागेर दमन गर्दा, अब जनता मौन बस्दैनन्, अब जनता डराउँदैनन् र अब उनीहरु प्रतिकारमा उत्रिन्छन र जब छोराछोरीको रगत बग्छ, आमाबुबाको आँसु बग्छ, तब महल र कुर्सीको मूल्य शून्य हुन्छ भन्ने हामी सबैले देख्यौं।

सरकारले घोषणा गरेको राहतले छोरा छोरी गुमाएका आमाबुबाको हृदयलाई न शान्ति दिन सक्छ न त रित्तिएको काख र चिथोरिएको छातीलाई भरपाई दिन सक्छ। तर अब राज्यले आम नागरिकलाई न्याय दिनुपर्छ । गोली हान्ने प्रहरी र आदेश दिने शासकलाई कानुनी कठघरामा उभ्याउनुपर्छ। तर सार्वजनिक सम्पति भनेको तपाइँ हाम्रै पसिना र रगतले जोडेको सम्पती हो। त्यो कुनै अमुक नेता र कुनै राजनीतिक दलको सम्पती होइन। हिजो हामीले नै तिरेको करबाट बनेका हुन् र भोलि हामीले नै हाम्रा सन्ततिको लागि जगेर्ना गर्दै नासोको रुपमा सुम्पिने सम्पति हो। राज्यको सम्पती अर्थात तपाइँ हाम्रै सम्पती हो। देश बनाउने र यो देश बचाउने जिम्मेवारी तपाइँ हाम्रो काँधमा आएको छ।

अबको प्रश्न भनेको हामीले खोजेजस्तो र सोचेजस्तो देश कसरि बनाउने र मुलुकलाइ कुन बाटोमा लैजाने भन्ने हो ?

अब यो समय केवल आक्रोशको होइन, नयाँ भविष्य बनाउनको निम्ती पनि हो। “जेन जी” पुस्ताले देखाएको यो साहस र बलिदानलाई अब व्यर्थ जान दिनुहुन्न। उनीहरूले देखाएका आक्रोश, उनीहरुको आँसु र रगतले एउटा आशा जगाएको छ ,नयाँ नेपालको ढोका खोलिदिएको छ। बस अबको नयाँ नेपाल कस्तो र कसरि बनाउने त्यो सोच्ने समय आएको छ।

आज भ्रष्टहरुको सरकारको अन्त्य भएको छ। अब हाम्रो हातमा अवसर छ, यो देशलाई साँच्चिकै तपाइँ हामीले सोचेजस्तो बनाउने । त्यो नेपाल जहाँ न्याय, समानता र करुणा हुनेछ। जहाँ भविष्य रगतले होइन, सपना र विश्वासले लेखिनेछ। आजको आक्रोश, आँशु , रगत र पीडालाई शक्तिमा बदलेर यो देशको सुन्दर भविष्यको खाका कोर्ने बेला आएको छ। हिजो ठिक थिएन भनेर आज हामीले बगाएको आँशु र रगत भोलि अर्को पुस्ताले ठिक भएन भनेर हाम्रा सन्ततिलाई प्रश्न गर्ने ठाउँ हामीले अब भने दिनुहुँदैन।

र अन्त्यमा फेरी भन्छु तपाइँले जित्नुभयो , हामीले जित्यौँ। तर तपाइँ हाम्रो मेहनत र पसिनाको कमाइबाट बनाइएका सार्वजनिक सम्पतिमाथिको तोडफोड र आगजनी बन्द गरौँ। हामीले अब यो भुल्नुहुँदैन कि अब देशलाई सुरक्षीत निकास दिने जिम्मेवारी पनि तपाइँ हाम्रो नै हो।

राति १० बजेदेखि सुरक्षाको नेतृत्व सेनाले गर्ने

काठमाडौं — मंगलबार दिनभर र राति अबेरसम्म पनि आन्दोलन कम नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका गतिविधि रोक्न आग्रह गरेको छ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा, यस्ता गतिविधि रोकिएन भने राति १० बजेदेखि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित हुने चेतावनी दिइएको छ।

विज्ञप्तिमा केही समूहले असामान्य परिस्थितिको अनुचित लाभ उठाउँदै सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पु¥याएको भन्दै यसलाई नियन्त्रणमा लिन सम्पूर्ण नागरिकसँग सहयोगको अपिल गरिएको छ।

यस्तै, सुरक्षा स्थितिको पुनर्मूल्यांकनपछि थप सूचना जारी गरिने पनि सेनाले जनाएको छ।

nepal army

पशुपतिनाथमा तोडफोड गर्न अराजक समूह प्रवेश गरेपछि सेना तैनाथ

काठमाडौं — पशुपतिनाथ मन्दिर क्षेत्र तोडफोड गर्न अराजक समूह प्रवेश गरेपछि सो स्थानमा नेपाली सेनाको टोली खटाइएको छ।

जेनजी नेतृत्वले यो घटनामा आफ्नो संलग्नताअस्विकार गर्दै आन्दोलनमा घुसपैठ भएको दाबी गरेका छन्। एक प्रदर्शनकारीले भने, “हामीले यति धेरै आगजनी गरेर रातभर अराजकता मच्चाउने योजना कहिल्यै बनाएका थिएनौँ। हाम्रो मागअनुसार परिस्थिति अघि बढिरहेका बेला केही अराजक जत्थाको घुसपैठ भएको उनीहरुले बताएका छन्।

जेनजी नेतृत्वले राष्ट्रपतिले आह्वान गरेको वार्तामा सहभागी भएर समस्या समाधान गर्न तयार रहेको बताएका छन्। साथै, नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी र तोडफोड नगर्न सबैलाई आग्रह गरेका छन्।

आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ- नेपाली सेनाले आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन जेनजीलाई आग्रह गरेको छ।

प्रधान सेनापति अशोकराज सिग्देलले भिडिओ सन्देश जारी गरी वार्ताका लागि आह्वान गरेका हुन्।

आन्दोलनका क्रममा अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सिग्देलले धेरै जनधनको क्षति भइसकेको हुँदा क्षति हुन नदिन र शान्ति सुरक्षा, अमन चयन र शान्ति कायम गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन्।

त्यस्तै सुरक्षाको प्रत्याभूति दिई रक्षा गर्नु हामी सबैको कर्तव्य भएकाले आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन आग्रह गरेका छन्।

शान्तिपूर्ण आन्दोलनमाथि राज्यको दमन

प्रहरी हिरासतमा मृत्यु भएपछि अस्पताल पुर्याइएका बिरेन्द्र बहादुर सिंह

बाँके- बाँके जानकी गाउंपालिका थरुवान्पुर पिपरामा मृत भेटिएका २१ वर्षीय मुकेश पाशिको मृत्युको घटनामा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका बाजुरा बुढीनन्दा नगरपालिका १० का बिरेन्द्र बहादुर सिंहको प्रहरी हिरासतमा मृत्यु भएको आरोप लगाउंदै सिंहको परिवारले उक्त घटनामा अनुसन्धान हुनुपर्ने माग गरेको छ।

प्रहरी अनुसन्धानको क्रममा भाद्र २० गते पक्राउ परेका सिंहको परिवार , उनको श्रीमती, छोरि र भतिजी सिंहलाई इलाका प्रहरी कार्यालय बाँकेमा भेट्न जाँदा समेत सिंहले आफुलाई प्रहरीले कुटपिट गरेको भन्दै शरीरमा रहेको निलडाम देखाएको र आफुलाई प्रहरीले मार्छन कि के हो भनेर जानकारी समेत गराएको उनीहरुले बताएका छन्। परिवारको अनुसार सिंहलाई प्रहरीले २३ गते बिहान ४ बजे कोहोलपुर मेडिकल कलेजमा लगेको र निजको श्रीमतीलाई तपाइको श्रीमान बिरामी छ भनेर भेट्न बोलाएको तर अस्पतालका कर्मचारीसँग बुझ्दा प्रहरीले मरेको लाश अस्पतालमा ल्याएको र कुटपिट बाट मृत्यु भएको जानकारी दिएको उनले बताएकी छन। सिंहका आफन्तले प्रहरीले उनलाई बिना पुर्जी पक्राउ गरेर चार दिनसम्म बिनामुद्दा हिरासतमा राखेर जबर्जस्ति कुटपिट गर्दा निजको मृत्यु भएको आरोप लगाएको छ।

यधपी, जिल्ला प्रहरी बाँकेका डीएसपी दिपक पातलिसंग हामीले सम्पर्क गर्दा , सिंहको मृत्यु प्रहरीको कुटपिटबाट नभएको र अस्पतालमा उपचारको क्रममा नै उनको मृत्यु भएको उनले बताएका छन्। प्रहरीले कुटेर हिरासतमानै मृत्यु भएको भन्ने कुरा निराधार रहेको र त्यसमा प्रहरीले अनुसन्धान गर्ने पनि उनले बताएका छन्।

मेयर शाहले सरकारलाई आतंकवादी भन्दै कडा आलोचना

काठमाडौँ- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेन जी पुस्तामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा २० जना नेपाली नागरिकको मृत्यु भएको छ भने देशभर ४०० भन्दा बढी घाइते भएका छन्।

यस घटनापछि आक्रोशित बनेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सरकारलाई कडा शब्दमा आलोचना गरेका छन्। उनले लेखेका छन्,
“तेरो भरौटेहरुको पो बा भइस। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतंकबाद यो विश्वले कहिल्यै देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतंकवादी होस्। #kpoliterriorist”

balen

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको जानकारी प्राप्त भएको छ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दा प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

त्रिवि २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा स्थगित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नतक तहका परीक्षा स्थगित गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० सम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा उत्पन्न आकस्मिक असहज परिस्थिति भन्दै परीक्षा स्थगित गरेको हो। स्थगित परीक्षाहरु असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा ठूलो संख्यामा मानवीय क्षति र घाइते भएसँगै उपत्यका र अन्यत्र समेत कर्फ्यु आदेश जारी गरिएको छ।

अस्पतालभित्रै पसेर घाइतेलाई प्रहरीको कुटपिट: अस्पतालमै अश्रुग्याँस प्रहार

प्रहरीद्वारा जेन–जी आन्दोलनका क्रममा घाइतेलाई अस्पतालमा प्रवेश गरी कुटपिट

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई मिनभवनस्थित सिभिल अस्पतालमै प्रहरीको जत्थाले प्रवेश गरी कुटपिट गरेका छन्।

अस्पतालमा हाल एक सयभन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ भने ३ जनाको मृत्यु भइसकेको छ। आफन्तहरूको भीड अस्पतालमा जम्मा भइरहेका बेला प्रहरीले भित्रै प्रवेश गरी पिट्न सुरु गरेको बताइएको छ। प्रहरीले अस्पतालमा अश्रु ग्यास प्रहार गर्दा उपचारमा कठिनाइ समेत भएको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन्।

इटहरी जेन–जी आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु: अनिश्चितकालीन कर्फ्यु लागू

धरान — जेन–जी प्रदर्शन उग्र बनेपछि इटहरीमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान अझै खुलेको छैन।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार कर्फ्यु क्षेत्र मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालयसम्म, पश्चिममा कलङ्कीचोक, उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्म लागू गरिएको हो।

जेन–जीहरूले प्रदर्शनको क्रममा उपमहानगर भित्र पसेर आक्रमण र आगजनी समेत गरेका छन्।

यो सरकारको औचित्य सकियो ,कांग्रेसले अब सरकार छाड्नैपर्छ : शेखर कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारले औचित्व गुमाएको भन्दै कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने बताएका छन्। अब केवल गृहमन्त्रीको राजीनामाले केही अर्थ राख्दैन। कांग्रेस सरकारमै बस्ने स्थिति छैन। तुरुन्तै अलग हुनुपर्छ।”

उनले थपे, “जेन–जीहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमाथि अन्धाधुन्ध गोली चलाइयो। यसले राजाको शासनमा पनि नभएको निरंकुशता देखाएको छ। यो अधिनायकवादको चरम रूप हो। सरकारको दायित्व अहिले नै माग सम्बोधन गर्नु हो।”

भ्रष्टाचार अहिले आम नागरिकको मुख्य मुद्दा भएको उल्लेख गर्दै उनले चेतावनी दिए, “यदि यसलाई अन्त्य गर्ने स्पष्ट बाटो नअपनाइने हो भने मुलुक फेरि द्वन्द्वतिर धकेलिन सक्ने अवस्था बन्छ।”

काठमाडौँको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८

काठमाडौँ — जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ। ट्रमा सेन्टरमा उपचाररत घाइते मध्ये हालसम्म सात जनाको मृत्यु पुष्टि भएको छ।

त्यहाँ ५० जनाको उपचार भइरहेको छ, जसमध्ये ४ जनाको अवस्था गम्भीर छ।

एभरेस्ट अस्पतालमा पाँच जनाको ज्यान गएको छ भने सिभिल अस्पतालले तीन जनाको मृत्यु पुष्टि गरेको छ। काठमाडौँ मेडिकल कलेजमा दुई र टिचिङ अस्पतालमा एक जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाइँले जानकारी दिएका छन्।

अहिलेसम्म मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन। मृत्यु हुनेमध्ये स्कुले बालबालिका समेत रहेको बताइएको छ।

काठमाडौँका विभिन्न अस्पतालमा अहिले पनि २०० भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ।

“जेन जी” को प्रदर्शन आज देशका विभिन्न शहरमा

काठमाडौँ- राजनीतिक असन्तुष्टि र भ्रष्टाचारविरुद्ध सुरु भएको युवाहरुको अनलाइन आक्रोश आज आन्दोलनको रुपमा सडकमा उत्रन लागेको छ। टिकटकमा भाइरल बनेको “नेपो किड” अभियानअन्तर्गत “जेन जी” ले आज काठमाडौंको माइतीघर, चितवन, पोखरा लगायत देशका विभिन्न शहरमा प्रदर्शन गर्ने तयारी गरेका छन्।त्यसो त काठमाडौँ जिल्ला प्रशासनले पनि उनीहरुलाई निश्चित क्षेत्र तोकेर प्रदर्शनको अनुमति दिएको छ।

जेन जी को प्रदर्शनमा अन्य व्यक्तिहरुको पनि घुसपैठ हुन सक्ने र प्रदर्शनले अर्कै रुप लिन सक्ने आंकलन पनि गरिएको छ। प्रहरीले आन्दोलनको स्वरुप अनुसार सुरक्षा व्यवस्था अगाडी बढाउने तयारि गरेको बुझिएको छ।

सत्ता र विशेषाधिकारमा आश्रित राजनीतिक परिवारको विलासी जीवनशैली र सामान्य युवाले रोजगारी र जीवन निर्वाहका लागि भोग्नुपर्ने कठिनाइबीचको ठूलो अन्तरलाई उजागर गर्ने उद्देश्यले यो आन्दोलन सुरु भएको हो। #PoliticiansNepoBabyNepal ह्यासट्याग अन्तर्गतका भिडियोहरूले यस अभियानलाई तीव्र बनाएका छन्।

आयोजकहरूका अनुसार आजको प्रदर्शनले राजनीतिक परिवारलाई होइन, तर उनीहरूलाई संरक्षण गर्ने विशेषाधिकारको संस्कृतिलाई प्रश्न गर्नेछ। उनीहरूका अनुसार जवाफदेहिता, समानता र भ्रष्टाचार अन्त्यको माग नै आन्दोलनको मुख्य उद्देश्य हो।

सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण र कडाइ गर्न थालेपछि “नेपो किड” अभियान अन्तर्गतको यो पहिलो राष्ट्रव्यापी प्रदर्शनले जेन जीको असन्तुष्टि अब डिजिटल सीमाभित्र मात्र नभई सडकमा पनि प्रकट भएको स्पष्ट गरेको छ।

क्यान्सरविरुद्धको नयाँ खोपको परीक्षणमा उत्साहजनक नतिजा

मस्को- रूसले विकास गरेको नयाँ क्यान्सर खोपले तीन वर्षको प्रारम्भिक परीक्षणमा उत्साहजनक नतिजा देखाएको छ र अब क्लिनिकल प्रयोगका लागि स्वीकृतिको प्रतीक्षामा छ।

संघीय जैव–चिकित्सा एजेन्सीकी प्रमुख भेरोनिका स्क्भोर्त्सोभाका अनुसार यो खोप सुरक्षित र अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ। परीक्षणमा ट्युमरको आकार घट्ने, वृद्धि ढिलो हुने र बिरामीको जीवन दरमा सुधार हुने देखिएको छ। केही प्रकारका क्यान्सरमा यसको प्रभावकारिता ६० देखि ८० प्रतिशतसम्म पुगेको बताइएको छ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयमा आवश्यक कागजात बुझाइसकिएको छ र प्रारम्भिक रुपमा यो खोप कोलोरेक्टल क्यान्सरका लागि प्रयोगमा ल्याइनेछ। पछि ग्लिओब्लास्टोमा र मेलानोमा क्यान्सरका लागि पनि उपलब्ध गराइनेछ।

यो खोप गामालेया अनुसन्धान संस्थाले विकास गरेको हो। एमआरएनए प्रविधिमा आधारित खोपले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत बिरामीको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषिका विरुद्ध लड्न सिकाउँछ। यही संस्थाले अघिल्लो स्पुतनिक भी कोभिड–१९ खोप विकास गरेको थियो र अहिले सोही प्रविधि प्रयोग गरेर एचआईभी खोप पनि विकास गरिरहेको छ।

हुथी विद्रोहीद्वारा इजरायलको रामोन विमानस्थलमा ड्रोन आक्रमण

यमनस्थित हुथी समूहले इजरायलको रामोन विमानस्थलमा आइतबार गरिएको ड्रोन आक्रमणको जिम्मा लिएको छ। उक्त आक्रमणमा दुई व्यक्ति घाइते भएका थिए भने विमानस्थल करिब दुई घण्टा सञ्चालन अवरुद्ध भएको थियो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले ड्रोनले विमानस्थलको आगमन कक्षलाई प्रहार गरेको र यसले सम्पूर्ण उडान गतिविधि रोकिएको बताएका छन् । उनले यो आक्रमण दक्षिण इजरायलका अन्य स्थानहरूलाई पनि लक्षित गर्ने व्यापक ड्रोन अभियानको हिस्सा भएको भन्दै गाजामा रहेका फिलिस्तिनीहरूको समर्थनमा हमला बढाउने चेतावनी दिएका छन् । सारीका अनुसार, “इजरायलभित्रका सबै विमानस्थल असुरक्षित छन् र निरन्तर लक्षित हुनेछन्।”

इजरायली सेनाले यमनबाट तीनवटा ड्रोन प्रक्षेपण भएको पुष्टि गरेको छ। तीमध्ये दुईवटा इजरायलको हवाई सीमामा प्रवेश गर्नुअघि नै खसालिएको भए पनि तेस्रोबारे विस्तृत जानकारी दिएको छैन।

गाजा युद्ध अक्टोबर २०२३ देखि सुरु भएपछि हुथी समूहले इजरायलमाथि बारम्बार मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ। उनीहरूले यसलाई फिलिस्तिनीहरूप्रति एकताको अभिव्यक्ति भनेका छन्।

जवाफमा इजरायलले हुथी नियन्त्रणमा रहेका यमनका क्षेत्रहरू, विशेषगरी होदेइदाह बन्दरगाहमा हवाई आक्रमण गर्दै आएको छ। गत महिनाको अन्त्यतिर इजरायली आक्रमणमा हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद अल रहावीसहित अन्य मन्त्रीहरू र थुप्रै सर्वसाधारणको ज्यान गएको थियो।

यसअघि, गत मे महिनामा हुथीले इजरायलको मुख्य बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल आक्रमण गरेको थियो भने जवाफमा इजरायलले यमनको राजधानी सानाको अन्तर्राष्ट्रिय विमानस्थललाई ध्वस्त पारेको थियो।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाद्वारा राजीनामा घोषणा

टोकियो – जापानी प्रधानमन्त्री शिगेरु इशिबाले पदबाट राजीनामा दिने निर्णयको घोषणा गरेका छन्।

इशिबाको राजीनामा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी भित्र थप विभाजन रोक्नको लागि गरिएको बुझिएको छ। सबै लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरू र क्षेत्रीय पार्टी शाखाहरूबाट प्रारम्भिक नेतृत्वको लागि चुनाव गर्ने कि नगर्ने भन्ने बारे निर्णय भने हुन बाँकी छ।

जुलाईको संसदीय चुनावमा इशिबाको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टीले दुवै सदनमा बहुमत प्राप्त गर्न असफल भएपछी इशिबालाई सो हारको जिम्मेवारी लिन र राजीनामा दिन पार्टी भित्र व्यापक दवाव बढेको थियो।

लिबरल डेमोक्रेटिक पार्टीले सोमबार विशेष नेतृत्व प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने तयारी गरिरहेको छ। शनिबार, इशिबाले पूर्व प्रधानमन्त्री योशिहिदे सुगा र कृषि मन्त्री शिन्जिरो कोइजुमीसँग भेट गरेका थिए र सो भेटमा उनलाई पार्टी एकतालाई प्राथमिकता दिन आग्रह गरेपछि उनले राजीनामा घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं – सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार कुल १० वटा निवेदन दर्ता भएका थिए, जसमध्ये सबै खारेज भएका छन् ।

सर्वोच्च अदालतका रजिस्ट्रारले सिधाकुरा डटकम विरुद्धको मुद्दामा जारी गरिएको अघिल्लो आदेशलाई उल्लेख गर्दै निवेदन खारेज गरेको बताएका छन् । यद्यपि, वकिलहरूले अदालतको सो निर्णयलाई चुनौती दिँदै अर्को निवेदन दर्ता गर्ने तयारी गरिरहेका छन्।

कालिकोट प्रशासनद्वारा भारतीय नागरिकलाई अवैध रुपमा नेपाली नागरिकता प्रदान

कालिकोट — कालिकोट जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिकलाई अवैध रुपमा नेपाली नागरिकता प्रमाणपत्र जारी गरेको घटना सार्वजनिक भएको छ।

शान्नित्रिवेणी गाउँपालिका–५ का जिरबहादुर शाहीले भारतीय नागरिकलाई आफ्नै सन्तानको रुपमा देखाई नागरिकता दिलाएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जिरबहादुरलाई उनका साला चित्त बहादुर बमले भारतीय नागरिकलाई आफ्ना छोरा बनाएर नागरिकता दिलाउन सहयोग र सुझाव गरेको बुझिएको छ । सबै कागजात तयार गरी असार २३ गते ति भारतीय नागरिकलाई छोरा शंकर शाही कायम गराई आधिकारिक रुपमा नेपाली नागरिकता दिइएको हो।

करिब एक महिना पछि वडाध्यक्ष रामराज बमले घटनाबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिए। त्यसपछि प्रहरीले जिरबहादुर र चित्त बहादुरलाई साउनमा पक्राउ गरेको थियो। नागरिकता प्राप्त गरेका भारतीय नागरिक भने फरार छन्।

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा भन्छन्, “वडाको सिफारिस र सबै कागजात मिलेकै देखिएपछि मैले नागरिकता जारी गरेको थिएँ। वडाध्यक्षले जानकारी दिएपछि मात्र भारतीय नागरिकको कुरा थाहा पाएँ।”

प्रहरीले जनाए अनुसार चित्त बहादुरले आफ्ना साला जिरबहादुरलाई प्रलोभनमा पारी भारतीयलाई छोरा बनाएर नागरिकता दिलाएका हुन्।

सम्बन्धित तीन पक्षहरू, वडाध्यक्ष रामराज बम, जिरबहादुर शाही र चित्त बहादुर बमलाई थुनछेक आदेशपछि धरौटीमा छाडिएको छ। कालिकोट जिल्ला अदालतले रामराज बमको धरौटी ७५ हजार, जिरबहादुर र चित्त बहादुरको धरौटी २ लाख ५० हजार तोकेको छ। रामराज बमले रकम बुझाएर रिहा भएका छन् भने जिरबहादुर र चित्त बहादुरले अझै धरौटी बुझाएका छैनन्।

संबन्धित निकायले यस मामिलाको अनुसन्धान नागरिकता ऐन २०६३ अन्तर्गत गर्ने जनाएको छ।

नेपाल- चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु

काठमाडौं – नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली शुक्रबार काठमाडौं आइपुगेको थियो।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने सैन्य अभ्यासको यो पाँचौं संस्करण हो । दस दिनसम्म चल्ने यो अभ्यास प्रतिआतंकवाद, युद्धकला र विपद् व्यवस्थापनमा केन्द्रित रहनेछ।

‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको संयुक्त अभ्यासको चौथो संस्करण गत वर्ष चीनको सिचुवान प्रान्तमा सम्पन्न भएको थियो। यसअघि पहिलोपटक २०७४ मा काठमाडौंमा, दोस्रो संस्करण २०७५ मा चीनमा र तेस्रो संस्करण २०७६ मा नेपालमै भएको थियो। कोरोना महामारीका कारण केही वर्ष अभ्यास रोकिए पनि पुनः निरन्तरता पाएको हो।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यका अनुसार यो अभ्यास नियमित कार्यक्रमअन्तर्गत क्षमता विकास र अनुभव आदानप्रदानका लागि गरिँदै आएको हो। उनले भारत, अमेरिका र चीनलगायत मुलुकसँग हुने सैन्य तालिम कसैलाई लक्षित नभएको स्पष्ट पारेका छन्।

यद्यपि चीनसँगको यस्तो अभ्यास र बीआरआई परियोजनासहितका पहलप्रति भारत, अमेरिका र अन्य पश्चिमी मुलुकले चासो व्यक्त गर्दै आएका छन्। नेपाल भने चीनसँगै अमेरिका र भारतसँग पनि नियमित सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग हुने अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ।

रूसविरुद्ध नयाँ प्रतिबन्धबारे ईयू–अमेरिका छलफल हुने

न्यूयोर्क – युरोपेली संघ (ईयू) का अधिकारीहरू सेप्टेम्बर ८ मा वाशिङ्टनमा रूसविरुद्धका नयाँ प्रतिबन्धबारे छलफल गर्न लागेका छन्।

ईयू प्रतिनिधिमण्डलको नेतृत्व डेविड ओ’सुलिभानले गर्नेछन्। छलफल अमेरिकी ट्रेजरी विभागमा हुने भएको छ, जहाँ ह्वाइट हाउस, अमेरिकी परराष्ट्र मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अधिकारीहरू पनि सहभागी हुनेछन्। छलफलमा रूसमाथि थप “आर्थिक दबाब” दिने विभिन्न उपायबारे छलफल हुने बताइएको छ।

यसअघि, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले रूसविरुद्ध प्रतिबन्धबारे छलफल गर्न ईयू टोली अमेरिका पठाउने घोषणा गरेका थिए।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकहरूले युक्रेनको युद्धलाई आफ्ना आर्थिक स्वार्थ पूरा गर्न प्रयोग गरेको आरोप लगाएका छन् ।

व्यापारीक प्रयोजनका लागि कोरला नाका सोमबारदेखि खुल्ने

काठमाडौँ– नेपाल र चीन सरकारबीच सहमति भएपछि मुस्ताङको उत्तरपश्चिममा पर्ने कोरला नाका पहिलोपटक व्यावसायिक प्रयोजनका लागि खोलिने भएको छ।

यसअघि मौसमी रूपमा मात्र खोलिँदै आएको कोरला नाका पहिलोपटक व्यावसायीक प्रयोजनका लागि खोलिने भएको हो । मनसुनको बाढीका कारण रसुवा–गढी र तातोपानी नाकाहरू लामो समयदेखि अवरुद्ध भएका कारण यो नाका विकल्पका रूपमा प्रयोग हुने भएको छ ।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले आवश्यक पूर्वाधार तयार गरिएको र प्रारम्भिक चरणमा चार जना कर्मचारीलाई खटाइएको जानकारी दिएका छन् । उनले सोमबारदेखि क्वारेन्टिन नपर्ने सामान भित्र्याउन अनुमति दिने र क्वारेन्टिन सुविधा नभएकाले हाल कपडा, इलेक्ट्रोनिक सामानजस्ता वस्तु मात्रै ल्याउन पाइने उनले बताएका छन्।

हाल रसुवा–गढी अवरुद्ध हुँदा चीनको केरुङमा सयौँ कन्टेनर अड्किएका छन्। ती कन्टेनरलाई अब कोरलामार्फत ल्याइने सम्भावना बढेको छ। तर नेपालतर्फको मुस्ताङ मार्ग साँघुरो र जीर्ण भएको कारण ठूलो गाडी सहजै आवतजावत गर्न सक्ने अवस्था भने छैन। चीनतर्फ भने दुई लेनको पक्की सडक र आधुनिक भन्सार कार्यालय तयार भइसकेको छ।

चाडबाड नजिकिँदै गर्दा व्यापारीहरूले कपडा, इलेक्ट्रोनिक वस्तु आदि हवाई र समुद्री मार्ग हुँदै आयात गर्न थालेका छन्, तर ती विकल्प निकै महँगा छन्। यस्तो अवस्थामा कोरला नाका सञ्चालनमा आउनु व्यापारी र उपभोक्ताका लागि ठूलो राहत हुने देखिन्छ।

हरिसिद्धी दुर्घटना: मन्त्रीको गैरजिम्मेवारी र दण्डहीनताको अर्को अध्याय

शनिबार बिहान ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले एक बालिकालाई ठक्कर दियो। मगर एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए। बालिकालाई तत्काल बी एण्ड बी अस्पताल पुर्‍याइयो, जहाँ दुई घण्टा उपचारपछि उनलाई डिस्चार्ज गरियो। बालिका बाँचिन्, तर सत्ता र शक्तिमा बसेकाहरूको आचरणले आम नेपालीको मनमा गहिरो घाउ छोडेको छ।

घाइतेलाई सहयोग गर्न रोक्नुको सट्टा, मन्त्री सवार गाडी त्यहाँबाट भाग्यो। यो एउटा घटना वा कुनै आम सडक दुर्घटना मात्र होइन, नेपाली जनताले धेरै समयदेखि बुझ्दै आएको कठोर सत्य हो। यो देशमा राजनीतिक शक्ती र सत्ताको ओत लागेकाहरुले सजिलै उन्मुक्ति पाउंछन्। घटनाको अझै दुखदायी पक्ष भनेको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया हो। उनले यसलाई ‘सामान्य घटना’ भन्दै उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरे। यस्तो टिप्पणीले घटनाको गम्भीरतालाई बेवास्ता गर्‍यो र एउटा बालिकाको पीडालाई एउटा राजनीतिक भेलाको परिशिष्टजस्तो बनाइदियो।

गल्ती सवारी चालकले मात्र होइन कहिलेकाहीँ सडक पार गर्ने पैदल यात्रुहरुले पनि गर्छन । कहिलेकही उनिहरुकै गल्तीले पनि यस्ता सडक दुर्घटना हुन्छन्। तर यो एउटा सामान्य दुर्घटना मात्र हो भनेर राज्यका जिम्मेवारीपूर्ण निकायमा बसेका व्यक्तिहरु यो घटनाबाट पन्छिन मिल्दैन । यो एउटा मन्त्री, जसले जनताको सेवा गर्ने शपथ खाएको छ, उसले न्यूनतम मानवीयता पनि देखाउन असफल भएको कुराको प्रमाण हो। आफ्नै गाडीले ठक्कर दिएको सर्वसाधारणलाई छाडेर हिँड्नु केवल गैरजिम्मेवार होइन, यो घोर आपराधिक कृत्य हो। स्वस्थ लोकतन्त्रमा यस्ता व्यवहारले राजीनामा र कानुनी कारबाही माग्छ। तर नेपालमा, नेताहरू प्राय पार्टी र शक्तिको आडमा यस्ता घटनाहरुको ढाकछोप गर्छन् र त्यही विन्दुमा पुगेर कानुन मौन बनिदिन्छ ।

यो देशमा सामान्य नागरिक दुर्घटनामा पर्दा वा उसले कुनै दुर्घटना गराउँदा राज्यको कानुन कठोर र निर्मम हुन्छ। तर जब कुनै घटनामा राजनीतिक दलको कुनै शक्तिशाली व्यक्ति संलग्न हुन्छ घटना सामान्य बनिदिन्छ वा गुपचुप पारिन्छ । दुर्बलको रक्षा गर्ने संस्थाहरू शक्तिशालीको सेवाका लागि झुक्छन्। प्रधानमन्त्रीले यसलाई ‘सामान्य’ भन्दै दिएको प्रतिक्रिया नै यसको स्पष्ट सन्देश हो। यो देशमा दुर्घटनामा परेकी एक सामान्य बालिकाको पीडा कुनै पदधारी नेताको कार्यक्रमभन्दा कम महत्वको छ भन्ने कुराको प्रमाण हो यो ।

यो घटना देश र जनताको सेवा गर्छु भनेर सपथ खाएका नेताको लागि सेवाभाव देखाउने अवसर हुनुपर्ने थियो, तर सत्ता र शक्तिको प्रदर्शन बनाइयो। एक मन्त्री ति बालिकालाई लिएर अस्पताल पुगेको , उसको परिवारसँग उभिएको, राष्ट्रसँग माफी मागेको र कानुनको सामु आफूलाई प्रस्तुत गरेको देखिनुपर्ने थियो। तर उनी भने कालो सिसा भएका गाडी चढेर घटनास्थलबाटै भागे।

यो केवल एक दुर्घटना होइन। यसले नेपालमा चलिरहेको गहिरो दण्डहीनताको संस्कृत‍िलाई छर्लंग बनाइदिएको छ , जहाँ मन्त्री, सांसद र उच्च अधिकारीहरू कानुनको दायरा भन्दा बाहिर छन् । यस्ता घटनामा सामान्य नागरिक जेल जाने ठाउँमा, उनीहरूले सफाइ पाउँछन्। जबसम्म नेपालमा सबैलाई एउटै कानुन लागु हुँदैन, तबसम्म शासक र शासितबीचको यो खाडल अझ गहिरो हुँदै जानेछ।

यदि मन्त्री मगरमा थोरै पनि नैतिकता छ भने उनले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्छ। सरकारले स्वतन्त्र र निष्पक्ष छानबिनको व्यवस्था गर्नुपर्छ, र कानुनले दोषी ठहर गरेमा उनलाई कठोरतम सजाय दिनुपर्छ। यसभन्दा कम केही भयो भने, नेपालमा न्याय होइन, पद र पहुँच नै सबै थोक हो भन्ने कुराको पुष्टि हुनेछ।

यो देशलाई, अब नागरिकलाई उपेक्षा गर्ने नेताहरूको खाँचो र आवश्यकता छैन। यो देशले शक्तिशालीलाई फाइदा हुने कानुन होइन, समान न्याय खोजेको छ । हरिसिद्धीकी बालिकाले अझ राम्रो व्यवहार पाउनुपर्ने थियो। नेपाली जनताले अझ इमानदार नेतृत्व पाउनुपर्ने थियो। तर जनताको सेवा गर्छु भनेर सपथ खाएका मन्त्रीले न्यूनतम मानवीयता र जवाफदेहिता पनि देखाउन सक्दैनन् भने, उनीहरूले यो देश र जनतालाई शासन गर्ने अधिकार राख्दैनन्।

विधान महाधिवेशनमा फरक मत पेश गर्न कर्ण थापालाई रोक

काठमाडौं — नेकपा एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्ने प्रयासलाई अध्यक्ष केपी शर्मा ओलीले रोकिदिएका छन्।

विधान महाधिवेशनको दोस्रो दिनको बैठक सुरु भएपछि थापा ३२ पृष्ठको फरक मत प्रस्तुत गर्न उठेका थिए। थापाले महाधिवेशनको हलमै आफ्नो धारणा राख्न चाहेका थिए। तर अध्यक्ष ओलीले “हलमा होइन, समूह छलफलमा राख्नुस्” भन्दै रोकेका हुन्। थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट फरक मत प्रस्तुत गर्ने तयारी गरेका थिए।

ओलीले प्रतिवेदनसम्बन्धी छलफल १० वटा समूहमा भइरहेको भन्दै त्यहीँ कुरा उठाउन आग्रह गरेका हुन्। थापाले तयार पारेको प्रतिवेदन भने महाधिवेशनका प्रतिनिधिहरूलाई बाँडिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाको धारणा रोकिएको नभई समूह छलफलमा मात्र सीमित गरिएको स्पष्ट पारे। “उहाँलाई समूहमा कुरा राख्नुस् भनिएको हो, छलफलमै रोक लगाइएको होइन” गौतमले बताए।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिक सक्रियतामा फर्कन संविधानले रोक नलगाएको देउवाको भनाइ

विराटनगर — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिक गतिविधिमा फर्कन संविधानले कुनै रोक नलगाएको स्पष्ट पारेका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सक्रियतालाई अस्वाभाविक ठान्न नहुने बताए। उनका अनुसार, राजनीतिक दलमा आबद्ध हुन संविधानले कुनै प्रतिबन्ध नलगाएकाले उनीहरूको संलग्नता स्वाभाविक हो।

यद्यपि, नेकपा एमालेले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किए पनि उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। अर्कोतर्फ, पूर्वउपराष्ट्रपति पुन भने नेकपा माओवादी केन्द्रमा सक्रिय भइसकेका छन्।

यस विषयमा उठेका प्रश्नमा देउवाले भने, “संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन, त्यसैले यसको औचित्य सकिएको भन्ने प्रश्न उठ्दैन।”

संविधान संशोधनबारे पत्रकारले उठाएको प्रश्नमा देउवाले दुईतिहाइ बहुमत जुटेपछि मात्र प्रक्रिया अघि बढ्ने बताए। उनले हाल दलहरूबीच छलफल भइरहेको तर तत्काल कुनै ठोस निष्कर्ष नआएको जानकारी दिए।

संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ सेनाको टोली काठमाडौंमा

काठमाडौं – नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली शुक्रबार काठमाडौं आइपुगेको छ। हिमालयन एयरलायन्सको विमानमार्फत लासा हुँदै आएको टोलीमा ३७ जना सैनिक रहेको बताइएको छ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने सैन्य अभ्यासको पाँचौं संस्करण शनिबारदेखि सुरू हुँदैछ। दस दिनसम्म चल्ने यो अभ्यास प्रतिआतंकवाद, युद्धकला र विपद् व्यवस्थापनमा केन्द्रित रहनेछ।

‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको संयुक्त अभ्यासको चौथो संस्करण गत वर्ष चीनको सिचुवान प्रान्तमा सम्पन्न भएको थियो। यसअघि पहिलोपटक २०७४ मा काठमाडौंमा, दोस्रो संस्करण २०७५ मा चीनमा र तेस्रो संस्करण २०७६ मा नेपालमै भएको थियो। कोरोना महामारीका कारण केही वर्ष अभ्यास रोकिए पनि पुनः निरन्तरता पाएको हो।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यका अनुसार यो अभ्यास नियमित कार्यक्रमअन्तर्गत क्षमता विकास र अनुभव आदानप्रदानका लागि गरिँदै आएको हो। उनले भारत, अमेरिका र चीनलगायत मुलुकसँग हुने सैन्य तालिम कसैलाई लक्षित नभएको स्पष्ट पारेका छन्।

यद्यपि चीनसँगको यस्तो अभ्यास र बीआरआई परियोजनासहितका पहलप्रति भारत, अमेरिका र अन्य पश्चिमी मुलुकले चासो व्यक्त गर्दै आएका छन्। नेपाल भने चीनसँगै अमेरिका र भारतसँग पनि नियमित सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग हुने अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ।

विद्या भण्डारीको सदस्यता मुद्दा विधान महाधिवेशनमा उठ्दैन : ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता विवाद विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्।

शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले विधान संशोधनसँग सम्बन्धित विषयमै महाधिवेशन केन्द्रित हुने स्पष्ट गरे। उनले सदस्यता विवादजस्ता विषय कमिटीगत छलफलको विषय भएको र त्यसबारे पार्टी कमिटीले आवश्यक निर्णय गर्ने बताए।

ओलीले पार्टीभित्र केही मुद्दा अनावश्यक रूपमा संवेदनशील बनाए पनि ती विधान महाधिवेशनमा उठ्ने विषय नभएको दोहोर्याउँदै, महाधिवेशनले केवल विधान परिमार्जन र संस्थागत सुधारमा ध्यान दिने बताएका छन् ।

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्, जसको दर्ता प्रक्रिया अघि बढिरहेको छ।

बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा एप नेपालभरि रोक्न सरकारको निर्देशन जारी भएको थियो। त्यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ती एपहरू आंशिक मात्र सञ्चालन हुने गरी सीमित गरेका छन्।

अधिवक्ता त्रिपाठीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले यस्तो कदम चालेको भन्दै प्रतिबन्ध खारेज गरी सामाजिक सञ्जाललाई पूर्ववत सञ्चालनमा ल्याउन आदेश दिन माग गरेका छन्।

सामाजिक सञ्जाल बन्दको निर्णय पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अनुसार यो कदमले प्रयोगकर्तामात्र नभई लोकतान्त्रिक शासन प्रणाली र मानव अधिकारका मूल मान्यतामै आघात पुर्याउने छ।

आयोगले सरकारलाई सेवाप्रदायकलाई कानुनी रूपमा दर्ता गर्ने, सूचीकृत गर्ने वा नियमन गर्ने अधिकार रहे पनि लामो समयदेखि नेपाली समाजको दैनिकी र अभिव्यक्तिको माध्यम बनेका सामाजिक सञ्जालहरूलाई एकैपटक बन्द गर्ने निर्णय अस्वीकार्य भएको टिप्पणी गरेको छ। यसले संविधानले सुनिश्चित गरेका मौलिक हकहरू, जस्तै अभिव्यक्ति स्वतन्त्रता (धारा १७), सञ्चारको हक (धारा १९) र सूचनाको हक (धारा २७) मा ठाडो असर पार्ने आयोगको भनाइ छ। साथै, १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्र र १९६६ को नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रमा उल्लिखित अभिव्यक्ति स्वतन्त्रताको मापदण्डविपरीत पनि हुने आयोगले स्पष्ट पारेको छ।

सामाजिक सञ्जाल आज नागरिक जीवनको अभिन्न अंश भइसकेको अवस्थालाई स्मरण गराउँदै आयोगले सरकारलाई बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। आयोगले नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न, संविधानले सुनिश्चित गरेका हक अधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरूको संरक्षण गर्न सरकारलाई निर्देशनसमेत दिएको छ।

महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको भावुक पत्र: सदस्यता विवादमा प्रतिनिधिसँग साथ माग्दै

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले महाधिवेशन प्रतिनिधिलाई पत्र लेख्दै सदस्यता नवीकरण विवादमा समर्थन मागेकी छन्। पार्टी नेतृत्वकै सल्लाहमा सदस्यता नवीकरण गरेको भए पनि अहिले त्यही नेताहरुले आलोचना गर्न थालेकोमा उनले आश्चर्य व्यक्त गरेकी छन्। भण्डारीले पार्टीको आन्तरिक लोकतान्त्रिक संस्कार विपरीत व्यवहार भएको भन्दै आफ्नो सदस्यता मान्यता दिन आग्रह गरेकी छन्।

एमालेले उनको सदस्यता रोकेपछि भण्डारी समानान्तर गतिविधि गर्दै आएकी छन्। यसबीच वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालयमा भण्डारीको पक्षमा फरक मत राखेका छन् भने अन्य नेताहरूले पनि समर्थन जनाउँदै महाधिवेशनमा अलग दस्तावेज पेस गर्ने तयारी गरेका छन्।

यस्तो छ उनले महाधिवेशन प्रतिनिधिलाई लेखेको पत्र।

नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधि कमरेडहरू,
अभिवादन !

नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल श्रावण ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भइसकेको मेरो सदस्यतामाथि प्रश्न उठाइएकाले यस बारेमा केही कुरा राख्ने उद्देश्यले यो पत्र लेखिरहेको छु। त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ? यो विषय पार्टी र सिङ्गो राष्ट्रकै निम्ति गम्भीर हो।

मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको छ महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु। अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग मैले कहिल्यै हार मानेको छैन। आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ। यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो। त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु।

स्कूले जीवनदेखि नै अनेकौं संघर्ष, त्याग र समर्पणको बाटो हिँडेर म यहाँ आइपुगें र फेरि पनि बाँकी जीवन पार्टीमै आवद्ध भएर अगाडि बढ्ने अठोट गरेको छु। तर म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ। पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो। यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो।

स्मरण रहोस्, जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर २०८२ साल असार १४ गते पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बनेर मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मेरो पार्टी सदस्यता नवीकरण भैसकेको र मैले आफू नेकपा (एमाले) परिवारको पुनः सदस्य हुन पाएकोमा गर्व गर्दै बाँकी जीवन पार्टी मार्फत देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेको थिए। यो विषय मैले उक्त कार्यक्रमको केही दिन पहिले मात्रै पार्टी अध्यक्ष कमरेडसँग मेरो भेट हुँदा मदन जयन्ती समारोहमा पार्टी सदस्यता नवीकरण गरेको कुरा आफूले सार्वजनिक गर्ने र ७५ औं मदन जयन्तीका अवसरमा वैचारिक र रचनात्मक कार्यक्रम घनिभूत रूपमा सञ्चालन गर्नका लागि एउटा समिति गठन गर्ने विषयमा कुरा भएकै हो। अनि उक्त कार्यक्रममा मैले विधिवत रूपमा आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेकोले त्यस विषयलाई सार्वजनिक गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जवजको अजेयता, देशमा सामाजिक-आर्थिक रूपान्तरण प्रक्रियालाई तीव्र पार्नुपर्ने सन्दर्भ, पार्टीलाई थप सुदृढ तुल्याउनु पर्ने विषय र हाम्रो पार्टीको सुन्दर भविष्यको बारेमा त्यस कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट पारेको थिएँ।
पार्टीको निर्णय अनुसार म मुलुकको राष्ट्रपतिको निर्वाचनमा सरीक भएर निर्वाचित भए। राष्ट्रपतिमा निर्वाचित भएपछि २०७२ कार्तिक १२ गते प्रेस नोट जारी गर्दै मैले लिइरहेको पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको थिएँ। राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाह बमोजिम नै मैले पार्टी सदस्यता नवीकरण गरेको हुँ। तर केही समय यता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौं घोचपेच र मर्यादा विपरित अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चार माध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्यौल र जनतामा भ्रम सिर्जना भएको छ। ती कमरेडहरूको पूर्ववत धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ मेरो विचारमा जबजले हामीलाई सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसंग यो मेल खाँदैन। एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ। पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो। अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भइसकेका छैनन्। त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ। तसर्थ, यो आग्रहप्रति सबै सदस्यहरू गम्भीर बन्दै मेरो सदस्यता कायम गर्ने बारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु साथै पाटीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु।

मेरो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पाटीका सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसंग समेत जोडिएको विषय हो मैले हाम्रा कतिपय कमरेडहरूबाट निकट विगतमा पार्टीमा लोकतान्त्रीकरणका लागि गर्नुभएको कठोर संघर्ष, सुस्पष्ट लिखित अवधारणा र त्यसो गरिरहंदा पार्टीभित्रै व्यहोर्नुपरेको अपमान र पीडालाई नजिकबाट देखेको र बुझेको छु। त्यसबखत म र अरू कमरेडहरूप्रति अनेकों टिकाटिप्पणी हुँदा समेत जायज आवाजका लागि साथसाथ हामी लडेकै हौं। ती अभियानहरू जो सफलताका लागि निर्णायक समेत बनेका थिए ती सबै यति चांडै विस्मृतिमा हराइसके? वास्तवमा त्यसबेलाको मेरो त्यस्तो साथ पनि पार्टी हितका निम्ति नै थियो। त्यसैले, मेरो सदस्यताको विषयमा झिकिएको विवाद केवल व्यक्तिगत होइन, बरु यो हाम्रो पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको छ। मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अङ्गीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ।

मेरो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा (माले) हुँदै नेकपा (एमाले) सँग जोडिएको छ। कलिलै उमेरदेखि म लोकतन्त्र, न्याय र समानताका लागि भएका आन्दोलन, संघर्ष र अभियानमा पार्टीको साथमा रहेको छु। पार्टीका नीतिगत निर्णय कार्यान्वयनमा होस् वा राष्ट्र र जनताका पक्षमा गरिएका संघर्षका कठिन क्षणमा मैले सधैं पाटीलाई उच्च प्राथमिकता दिएको छ। यही समर्पणके कारण त्यसबेला पार्टी अध्यक्ष केपी शर्मा ओली हुँदा नै विशेष निर्णय गरेर मलाई राष्ट्रपतिको उम्मेदवार बनाइयो र मैले नेपालको राष्ट्रपति बन्ने अवसर प्राप्त गरेँ। त्यो पदमा रहेर मैले संविधानको मर्म र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आफ्नो दायित्व पूरा गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ।

दुर्भाग्यवश, आज पार्टी नेतृत्वका केही व्यक्तिमा मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने, निष्क्रिय बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ। हाम्रो पार्टीको विधानले कहीँ कतैबाट पनि म पार्टीको सदस्य हुनबाट रोक्नुपर्ने अवस्था देखिँदैन। हाम्रो देश र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा पनि मेरो सदस्यता नवीकरणको सवालमा प्रश्न उठाउनुपर्ने होइन। नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई मौलिक हकको रूपमा सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको छ र राजनीतिमा क्रियाशील हुन रोकेको छैन। त्यसैले मेरो बारेमा पार्टीले गरेको भनिएको निर्णय र केही व्यक्तिको साँघुरो चिन्तन र नकारात्मक प्रवृत्तिले पाटीलाई मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर पार्दछ भन्ने मेरो ठम्याई हो। पार्टी संगठनभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यास कमजोर बन्यो भने त्यसको मार केवल व्यक्तिलाई होइन, सम्पूर्ण पार्टीलाई नै पर्दछ। यस्तो परिपाटीलाई समयमै सच्याउन सकेनौ भने हाम्रो पार्टीको प्रतिष्ठा, शक्ति तथा नेता-कार्यकर्ता बीचको एकता र जनताको हामीप्रति रहेको आस्था र विश्वास नै धर्मराउन सक्छ। मेरो यो प्रयास पार्टीलाई थप एकतावद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस्। यस्तो प्रयासलाई पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले असफल पार्नु पर्दछ।

मेरो यो आग्रह कुनै व्यक्तिगत आकांक्षाको लागि होइन, बरु पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि हो। म विश्वास गर्छु कि, विधान महाधिवेशनका प्रतिनिधिहरूले मेरो यो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र पार्टीलाई अझ सबल बनाउन मद्दत पुऱ्याउनु हुनेछ। हाम्रो पार्टी बलियो भयो भने मात्र हाम्रो देश बलियो हुन्छ। हामीले जुन पार्टी निर्माण गरेका छौं, त्यो केवल सांगठनिक संरचना मात्र होइन, बरु त्यो हाम्रो समर्पण, आकाङ्क्षा, विश्वास र लोकतन्त्रको प्रतीक हो हाम्रो जीवन छोटो छ जति नै भनेपनि हाम्रो क्षमता सीमित नै छ, सामुहिकता मूल कुरा हो, त्यसैले सत्य र न्यायको आवाजलाई जीवन्त बनाइराख्नुपर्दछ।

प्रिय कमरेडहरू,
मुलुकको सामाजिक-आर्थिक रूपान्तरणसहितको क्रान्तिको विषय अहम् महत्वको छ। पार्टीको स्थापना र विकास लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रियताको प्रवर्द्धन र जनताको हितका लागि भएको हो। यो निरन्तर अगाडि बढाइरहनु पर्ने विषय हो। यो सवाल मैले विभिन्न सन्दर्भमा उठाउँदै आएको छु र फेरि पनि उठाउने नै छु। त्यसैले, आज में राष्ट्रका जल्दाबल्दा समस्या र तिनको समाधानका विषयमा यहाँ चर्चा गर्न चाहन्न। पछि कुनै सन्दर्भमा यसका बारेमा थप छलफल र अन्तरक्रिया गर्दै धारणाहरू बताउनेछु।

अन्तमा, पुनः एकपटक मेरो सरोकाकारका माथि उल्लेखित विषयवस्तुहरूप्रति कमरेडहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो पार्टीलाई वैचारिक रूपले निख्खर र सांगठानिक ढङ्गले सुदृढ बनाएर वर्तमानका चुनौतीहरू सामना गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछ। पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अगाडि बढ्न सक्दा भविष्यमा हुने सम्पूर्ण जननिर्वाचित निकायहरूमा बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न सकिन्छ। अहिले हामी समाजवादको आधार निर्माण गर्ने चरणमा भएकाले जबजले अंगालेका सामाजिक-आर्थिक नीतिको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अग्रसर हुनु पर्दछ। यसो गर्न सक्दा नै समुन्नत नेपाल बनाउने साझा लक्ष्य हासिल गर्न सकिन्छ। यस विषयमा तपाईंहरू गम्भीर बन्नुहोस् भन्ने आग्रह गर्दछु।

धन्यवाद।
विद्यादेवी भण्डारी
२०८२ भाद्र १९ गते

पुटिनको मस्कोमा शान्ति वार्ता गर्ने प्रस्ताव युक्रेनद्वारा अस्वीकार

कियभ – युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति वार्ताका लागि मस्को आउन गरेको प्रस्ताव अस्वीकार गरेको छ।

पुटिनले बुधबार बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए कि वार्ताले सकारात्मक नतिजा दिन सक्ने अवस्थामा मात्र जेलेन्स्की मस्को आउन सक्नेछन्।

युक्रेनी परराष्ट्र मन्त्री आन्द्रेई सिबिगाले ‘एक्स’ मा लेख्दै हंगेरी, स्विट्जरल्याण्ड र टर्किएसहित कम्तीमा सात देशले सम्भावित वार्ताको लागि आतिथ्य दिन प्रस्ताव गरेको बताएका छन् । उनले जेलेन्स्की कुनै पनि समयमा वार्ताका लागि तयार रहेको तर पुटिनले “जानाजानी अस्वीकार्य प्रस्ताव” गरिरहेको आरोप लगाउँदै रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिनुपर्ने माग गरेका छन् ।

पुटिनले जेलेन्स्कीको पाँच वर्षे कार्यकाल गत वर्षै सकिएको र मार्शल ल’का कारण नयाँ निर्वाचन नभएको उल्लेख गर्दै उनले जेलेन्स्कीको वैधानिकतामा पनि प्रश्न उठाउँदै आएका छन्।

स्थायी शान्तिका लागि युक्रेनले आफ्नो नयाँ सिमाना मान्यता दिनुपर्ने र नेटो सदस्य बन्ने योजना परित्याग गर्नुपर्ने रुसले दाबी गरेको छ।

युक्रेनलाई लामो दूरीका हतियार दिन नेटो गठबन्धनको तयारी

काठमाडौँ — ‘कलिसन अफ द विलिङ’ भनेर चिनिने पश्चिमी सहयोगीहरूले युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउने तयारी गरेको लण्डनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सदस्य राष्ट्रका नेताहरूबीच भएको भर्चुअल बैठकपछि जारी गरिएको उक्त विज्ञप्तामा कुन देशले कुन किसिमका हतियार दिने भन्नेबारे भने खुलाइएको छैन।

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सो बैठकमा हतियार आपूर्ति गर्ने प्रतिबद्धतालाई स्वागत गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले पनि केही युरोपेली राष्ट्रहरू शान्ति सम्झौता भएपछि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार रहेको बताएका छन्।

जर्मन चान्सलर फ्रेडरिक मर्जले यसअघि ५०० किलोमिटर दायरासम्म प्रहार गर्न सक्ने टौरस मिसाइल पठाउने सम्भावनाबारे छलफल गरेका थिए। बिहीबारै रुसको वैदेशिक गुप्तचर सेवाले जर्मनीले पहिचान चिन्ह हटाएर युक्रेनलाई टौरस मिसाइल पठाउने गुप्त तयारी गरेको आरोप लगाएको छ। साथै, ती मिसाइल सञ्चालन गर्न आवश्यक तालिम दिन लामो समय लाग्ने भएकाले जर्मन सैनिकहरूले नै प्रहार गर्ने सम्भावना रहेको दाबी गरेको छ।

रुसले बारम्बार पश्चिमी हतियार आपूर्तिले युद्धलाई लम्ब्याउने भन्दै आपत्ति जनाउँदै आएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई पश्चिमी सैन्य सहयोग रोक्नु नै युद्धविरामका लागि रुसको प्रमुख सर्त हुने बताएका छन्।

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

काठमाडौं — सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बिहीबार मन्त्रालयमा बसेको बैठकमा मन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका अधिकारीहरू, दूरसञ्चार प्राधिकरण, टेलिकम कम्पनी र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरू सहभागी थिए।

बैठकको निर्णय अनुसार सूचीकृत नभएका सबै सामाजिक सञ्जाललाई रोक लगाइनेछ र यसका लागि मन्त्रालयले कम्पनीहरूलाई आधिकारिक पत्र पठाउने तयारी गरेको छ। यो निर्णय आज रातिदेखि नै लागू हुने जनाइएको छ।

सरकारले यसअघि सात दिनभित्र अनिवार्य रूपमा दर्ता गर्न सामाजिक सञ्जाल कम्पनीलाई समय सीमा दिएको थियो, तर बुधबार राति सकिएको उक्त समयसम्म कुनै पनि ठूला कम्पनी दर्ता प्रक्रियाका लागि सम्पर्कमा आएका छैनन्।

हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला कम्पनीहरूले मन्त्रालयसँग दर्ता प्रक्रियाबारे पहल गरेका छैनन्। सरकारले तोकिएको समयसीमा भित्र दर्ता नगर्ने सामाजिक सञ्जालहरूलाई क्रमशः बन्द गरिने चेतावनी दिएको थियो।

काठमाडौँमा सुरु भयो इन्द्र जात्रा

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ ।

आठ दिनसम्म मनाइने यो परम्परागत साँस्कृतिक जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो अर्थात य: सिं ठड्याएर जात्रा प्रारम्भ गरिन्छ ।

indra jatra

समयानुक्रम पुस्तान्तरण हुँदै आउँदा जात्रा मनाउने शैलीमा पनि धेर-थोर परिमार्जन हुँदै आएको बुझिन्छ। नेपाली समाजमा जात्राको प्रारम्भाबारे विभिन्न किंवदन्तीहरु रहिआएको छ। इन्द्रजात्राका अवसरमा मरुटोलमा रहेको मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा डोरीले बाँधेर राखिने इन्द्र सत्ताको प्रतीक मानिन्छ। इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

Indra jatra lingo

भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ । हनुमानढोका दरबारक्षेत्रमा कालभैरवको मूर्ति अगाडि धार्मिक विधिपूर्वक उक्त लिङ्गो ठड्याएइन्छ । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ ।

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान र रथयात्रा गरी यो पर्व मनाइन्छ ।

जात्रा अवधिभर असन चोकको किराती राजा यलम्बरको शिर मानिने आकाश भैरवको मूर्ति मन्दिरको बाहिर ल्याई खट सजाएर राखिन्छ । लाखे नाच, इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच, कुमारी घर अगाडि रहेको त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाच र विभिन्न डबलीमा देवी नाच नचाइन्छ ।

श्वेत भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि हथु हाय्केगु भनी कालो जाड प्रसादका रूपमा खुवाउने चलन छ । अन्तिम दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराइन्छ । सोही दिन भाद्र २६ गते बेलुका १० बजेर ३२ बजेको साइतमा इन्द्र ध्वजपतन गरी जात्रा समापन गरिँदैछ ।

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा: २ लाख नगद सहित कर्मचारी नियन्त्रणमा

काभ्रेपलाञ्चोक — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिहान मालपोत कार्यालय काभ्रेमा छापा मार्दै मुद्दा फाँटका नासु ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टोली अहिले कार्यालयमै खटिएको छ र विस्तृत विवरण टोली आयोगमा फर्किएपछि मात्र सार्वजनिक गरिनेछ।

भण्डारीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

विद्यालय शिक्षा विधेयकमा संविधानअनुरूप सुधार गर्न राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ — शिक्षाविद तथा शिक्षा अभियन्ताहरूले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी विद्यालय शिक्षा विधेयक संविधान र सामाजिक न्यायको मर्मअनुसार नआएको भन्दै सुधारका लागि हस्तक्षेप गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभामा विचाराधीन विधेयकले संविधानले सुनिश्चित गरेको समतामूलक शिक्षा र सामाजिक न्यायको आधार समेट्न नसकेको भन्दै राष्ट्रपतिलाई बुझाइएको ध्यानाकर्षण पत्रमा विधेयकलाई “अग्रगामी नभएको” र “अन्तिम चरणमा प्रगतिशील प्रावधान उल्ट्याउने प्रयास भएको” उल्लेख छ।

शिक्षावद्हरूले सार्वजनिक विद्यालयमा दक्ष शिक्षक सुनिश्चित गर्न आन्तरिक प्रतिस्पर्धाबाट ६० र बाह्य प्रतिस्पर्धाबाट ४० प्रतिशत शिक्षक छनोट गर्नुपर्ने, विधेयक नि:शुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ सँग बाझिएको, संघीयताको मर्मअनुरूप नभएको, निजी र सार्वजनिक विद्यालयबीच सहअस्तित्वका उपाय बन्द गर्न नहुने लगायत पाँच मुख्य बुँदामा ध्यानाकर्षण गराएका छन्।

उनीहरूले निजी विद्यालयलाई कम्पनीअन्तर्गत सञ्चालन गर्ने प्रावधान विरोधाभासी भएको भन्दै कर तिर्ने, लेखा परीक्षण गर्ने र सामाजिक उत्तरदायित्व वहन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै, नेपालका बालबालिका बहुभाषिक भएकाले शिक्षणको माध्यम बहुभाषिक हुनुपर्ने सुझाव पनि दिएका छन्।

शिक्षाविद्हरूले शिक्षक महासंघलाई “राजनीतिक दलका भ्रातृ संगठनहरूको महासंघ” भन्दै शिक्षा क्षेत्रको दलीयकरण रोक्न समेत आग्रह गरेका छन्।

भेटमा सहभागी टोलीमा प्रा. केदारभक्त माथेमा, प्रा. विद्यानाथ कोइराला, प्रा. सुशन आचार्य, डा. अमिना सिंह, सम्पादक राजेन्द्र दाहाल र शिक्षाकर्मी टीका भट्टराई रहेका थिए।राष्ट्रपति पौडेलले शिक्षा विधेयक व्यवस्थापिकीय र कार्यकारी विषय भए पनि आफूले गम्भीरतापूर्वक लिएको र उचित समयमा आफ्नो भूमिका निर्वाह गर्ने आश्वासन दिएका छन्।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीमाथि अन्तिम सुनुवाइ सुरु

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली कागजातमार्फत भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भनिएका पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आजदेखि जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ।

यो प्रकरणमा किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधलगायत पाँच अभियोगमा मुद्दा दायर भएको थियो । करिब साढे दुई वर्षपछि अदालतले निरन्तर सुनुवाइ गरेर अन्तिम टुंगोमा पुर्‍याउने तयारी गरेको हो ।जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अब निरन्तर सुनुवाइ गरेर मुद्दालाई अन्तिम किनारा लगाइनेछ।

२०७८ जेठ १० मा दायर मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। पछि थप आरोपपत्रमार्फत केशव दुलाल, बेचन झा लगायत अन्य व्यक्तिलाई समेत प्रतिवादी बनाइएको थियो।

अदालतले यसअघि केही अभियुक्तलाई धरौटीमा रिहा गरेको छ भने धेरैजना अझै थुनामै छन्। केही फरार अभियुक्तलाई पक्राउ गरिएको भए पनि अझै केही पक्राउ हुन बाँकी छन्।

सर्वोच्च अदालतद्वारा ओली सरकारविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउन आदेश

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधता सम्बन्धमा दायर रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको छ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रधानमन्त्री ओलीसँग समर्थन प्राप्तिका कागजातहरू पेश गर्न र अग्राधिकारसहित पूर्ण सुनुवाइ गर्ने निर्देशन दिएको हो।

रिट अधिवक्ता वीरेन्द्र केसीले दायर गरेका थिए। उनका अनुसार, सरकारमा सहभागी दल नाउपाले समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत नलिएकोले सरकारको वैधानिकता सकिएको दाबी गरिएको छ।

निवेदकका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेले मंगलबार बहस गरेका थिए।

इजलासले प्रधानमन्त्री ओलीसँग सम्बन्धित २८ असार २०८१ को समर्थन पत्र, प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा समर्थन गर्ने दलहरू, नागरिक उन्मुक्ति पार्टी र जसपाले दिएको समर्थन पत्र पेश गर्न आदेश गरेको छ।

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पास

काठमाडौं – संघीय निजामती सेवा सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ।

बिहान आठ बजे सुरु भएको समितिको बैठकमा विधेयकको मस्यौदा पूर्ण रूपमा पढेर छलफल गरि पास गरिएको हो।

यसअघि, सो विधेयक असार १४ गते प्रतिनिधि सभाबाट पास भई राष्ट्रिय सभामा पठाइएको थियो। राष्ट्रिय सभाले विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पेश गरेको थियो।

समितिले पास गरेको विधेयक आजको राष्ट्रिय सभा बैठकबाट पनि पास गरी पुन: प्रतिनिधि सभामा पठाउने तयारी भइरहेको छ।

गाजा युद्धका बीच बेल्जियमद्वारा इजरायलमाथि प्रतिबन्ध घोषणा

ब्रसेल्स – बेल्जियमले प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने र गाजाको युद्धका कारण इजरायलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो जानकारी बेल्जियमको परराष्ट्र मन्त्रालयले दिएको हो।

गाजाको मानवीय त्रासदीलाई औंल्याउँदै बेल्जियमका परराष्ट्रमन्त्री म्याक्सिम प्रोभोले यो कदम इजरायली सरकार र हमास दुवैमा दबाब बढाउने उद्देश्यले उठाइएको बताए। उनले सामाजिक सञ्जाल एक्समा लेखे, “यो इजरायली जनतालाई सजाय दिने कुरा होइन, बरु तिनको सरकारले अन्तर्राष्ट्रिय र मानवीय कानुनको सम्मान गरून् र द्वन्द र हत्याको स्थिति बदल्न कदम चालोस् भन्ने सुनिश्चित गर्ने कुरा हो।”

बेल्जियमले लागू गर्ने प्रतिबन्धहरूमा पश्चिम तटस्थित यहूदी बस्तीका उत्पादनहरूको आयातमा रोक, अवैध मानिएका बस्तीहरूमा बस्ने नागरिकहरूलाई वाणिज्यिक सहायतामा प्रतिबन्ध, र इजरायली कम्पनीहरूसँगको सरकारी सम्झौतामा पुनरावलोकन सामेल छन्। साथै, बेल्जियमले दुई अति-दक्षिणपन्थी इजरायली मन्त्री, केही हिंसात्मक बस्तीबासी र हमास नेताहरूलाई कालोसूचीमा राख्ने घोषणा गरेको छ। प्रोभोले भने कि ब्रसेल्सले इजरायलसँगको युरोपेली संघ व्यापार सम्झौता निलम्बन गर्न पनि दबाब दिनेछ।

यो कदमले बेल्जियमलाई फ्रान्ससहितका ती युरोपेली मुलुकहरूसँग मिलाउँछ जसले आउँदो संयुक्त राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई मान्यता दिने तयारी गरेका छन्।

स्थानीय स्वास्थ्य अधिकारीहरूको अनुसार अक्टोबर २०२३ देखि हालसम्म ६३ हजार ५०० भन्दा बढी मानिस मारिएका छन्। इजरायलले सहायता वितरण गर्न दिने प्रतिबद्धता जनाए पनि हमासको नियन्त्रणमा रहेको भन्दै केही वितरण केन्द्रमार्फत सहायता प्रवेश गर्न नदिन आग्रह गरेको छ।

तियानजिनमा सी चिनफिङ : विकासशील मुलुकको आवाज बलियो बनाउन पहल

तियानजिन- चिनियाँ राष्ट्रपति सी चिनफिङले तियानजिनमा भइरहेको शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा नयाँ ‘वैश्विक शासनको पहल’ अघि सारेका छन्।

“म वैश्विक शासन पहल अघि सार्न चाहन्छु र सबै मुलुकसँग मिलेर मानवजातिको साझा भविष्य निर्माण गर्ने, अझ न्यायसंगत र समान अन्तर्राष्ट्रिय प्रणाली बनाउन चाहन्छु,” राष्ट्रपति सीले विस्तारित बैठकमा भने।

उक्त पहलअनुसार, मुलुक सानो वा ठूलो, बलियो वा कमजोर, धनी वा गरिब जे भए पनि सबैलाई समान सहभागिता र अवसर सुनिश्चित गर्नुपर्ने बताइएको छ। “हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई लोकतान्त्रीकरण गर्नुपर्छ र विकासशील मुलुकहरूको प्रतिनिधित्व र आवाजलाई मजबुत बनाउनुपर्छ,” सीले जोड दिए।

चिनियाँ नेताले अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त पालना गर्नुपर्ने र दोहोरो मापदण्ड तथा कुनै देशले आफ्नो आन्तरिक नीतिलाई अरूमाथि थोपर्ने अभ्यास अस्वीकार्य भएको उल्लेख गरे।

उनले वैश्विक शासन परामर्श, स्रोतको साझेदारी र सामूहिक निर्णयमा आधारित हुनुपर्ने बताए। यसले सबै मुलुकले लाभ लिन सक्ने वातावरण सिर्जना गर्ने र उत्तर-दक्षिणबीचको विकास अन्तर घटाउने लक्ष्य राखिएको छ।

तियानजिनमा चलेको एससीओ शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन,उत्तर कोरियाली नेता किम, भारतीय प्रधानमन्त्री मोदी र २० भन्दा बढी देशका राष्ट्रप्रमुख र १० अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

मन्त्रीलाई प्रश्न सोध्दा आम-साधारण नागरिक जेल चलान

काठमाडौँ- वीरगन्जमा हैजा नियन्त्रणबाहिर गएको भन्दै मन्त्रीलाई प्रश्न गर्दा कलैया–२६ सिस्वा महेशपुरकी किरण साहलाई उल्टै पर्सा प्रहरीले शनिबार पक्राउ गरी हिरासतमा राखेको छ। खानेपानीमन्त्री प्रदीपकुमार यादवको सचिवालयमार्फत परेको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिएको र झुटा समाचार/अफवाह फैलाएको झूटो आरोपमा उनीमाथि मुद्दा चलाइएको हो।

कानुन व्यवसायीहरूले मन्त्रीको उजुरीमा समावेश गरिएका दफा गलत व्याख्या गरिएको बताउँदै प्रहरी अनुसन्धान स्वेच्छाचारी रहेको टिप्पणी गरेका छन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ५८ संसद् संस्थालाई जनाउने हो, व्यक्तिगतरूपमा सांसदलाई होइन। संवैधानिक कानुन व्यावसायिक मञ्चका अध्यक्ष ओमप्रकाश अर्यालले नागरिकले पदाधिकारीमाथि आक्रोश पोख्नु अपराध मान्न नमिल्ने स्पष्ट बताएका छन् ।

कानुन व्यवसायीहरूले मन्त्री यादवको दबाबमा प्रहरीलाई प्रयोग गरिएको स्पष्ट देखिएको बताउँदै यसलाई शक्ति दुरुपयोगको खुला उदाहरण भनेका छन्। मन्त्रीले व्यक्तिगतरूपमा पदको प्रयोग गरेर निर्दोष नागरिकलाई थुनाउँदा कानुनी प्रक्रिया नै तोडिएको टिप्पणी गरिएको छ।

संवैधानिक कानुन व्यवसायीहरू भन्छन्, नागरिकले जनप्रतिनिधिलाई जवाफदेही बनाउन प्रश्न गर्नु अपराध होइन, बरु लोकतन्त्रको अधिकार हो। यस्तो अवस्थामा मन्त्री यादवले साधारण नागरिकलाई कारबाही गराउन सक्ने अधिकार छ कि छैन भन्ने प्रश्न उठेको छ।

किरण साह हाल प्रहरी हिरासतमा छिन्।

सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि कैलालीको गेटा मेडिकल कलेजमा आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उनका सहयोगीहरूले बताएका छन्।

डा. अमृत जैसीका अनुसार मंगलबार बिहान परीक्षण गर्दा डा. केसीको मुटुको चाल अत्यन्तै न्यून र रगतमा सुगरको मात्रा कम देखिएको छ,मासपेशी दुख्ने, बाउडिने लगायतका समस्या देखिएका छन्।

डा. केसीले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट वृद्धि र अन्य निर्णयको विरोध गर्दै सत्याग्रह सुरु गरेका हुन्। चिकित्सा शिक्षा आयोगको साउन ३० गतेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस सिट १३० सम्म दिने निर्णय गरेको थियो। डा. केसीको तर्क अनुसार आवश्यक मापदण्ड पुरा नगरेका निजी मेडिकल कलेजमा जथाभावी सिट तोक्दा गुणस्तर खस्कन्छ र स्वास्थ्य सेवा प्रभावित हुन्छ।

डा. केसी भन्छन्, “निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ। गुणस्तर खस्कनु स्वास्थ्य सेवामा ह्रास ल्याउने हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु जस्तो हो।”

सत्याग्रहका क्रममा डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न, कैलालीको गेटामा निर्माण सम्पन्न शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन्।

साथै, उनले अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधान कार्यान्वयन गर्न पनि जोड दिएका छन्।

नेपालले चीनको जीएसआईमा समर्थन गरेको भनी गरिएको प्रचार भ्रमपूर्ण : खतिवडा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको भन्ने दाबी गलत भएको स्पष्ट पारेका छन्।

सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनका क्रममा भदौ १४ गते चीनको थियानजिनमा भएको भेटवार्ताबारे स्पष्ट गर्दै उनले नेपाल कुनै पनि मुलुकको सुरक्षा रणनीतिमा सहभागी नहुने बताए। खतिवडाका अनुसार नेपाल आफ्नो संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ।

उनले दुई देशबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अन्तर्गत भएका सहमति कार्यान्वयनलाई प्राथमिकता दिने सहमति भएको र स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, पूर्वाधार, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको जानकारी दिए।

निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा: चक्रपथमा स्कुल बसको र्‍याली

काठमाडौं – सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै निजी विद्यालय सञ्चालकहरूले पुर्व घोषित योजना अनुसार देशभर आन्दोलनको कार्यक्रमलाई अगाडी बढाएका छन्।

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै आज निजि विद्यालय संचालकहरुले चक्रपथमा विद्यालय बससहित र्‍याली निकालेर प्रदर्शन गरेका छन्।

प्याब्सन, एन-प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् ।

ओली र सी जिनपिङबीच बीआरआई अन्तर्गत नेपाल–चीन सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुवै देशबीच आपसी हितमा आधारित सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति सीले नेपाललाई निरन्तर सहयोग दिने र पहिले सहमति भएका उच्च गुणस्तरका बीआरआई परियोजनाहरू छिटो कार्यान्वयन गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल–चीन व्यापार, लगानी, कृषि, विज्ञान–प्रविधि, पर्यटन र जलवायु परिवर्तनजस्ता क्षेत्रहरूमा सहयोग विस्तारका लागि आग्रह गरेका थिए। उनले अवरुद्ध सीमा खोल्न र नेपाललाई भू–सञ्जालमा जोड्ने सहयोगको आवश्यकता पनि बताएका थिए।

वार्तामा राष्ट्रपति सीले बीआरआईमार्फत नेपाल–चीन जनताको नजिकिकरण र औद्योगिक, पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा सुरक्षा क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन्। दुवै नेताले रणनीतिक विश्वास बढाउँदै लाभदायक सहकार्यलाई थप सुदृढ गर्नेमा जोड दिएका छन्।

युरोपेली संघ रुस-युक्रेन युद्धमा शान्तिको सट्टा दीर्घकालीन युद्धको तयारीमा : हंगेरी

कोपन्हेगन- हंगेरीका परराष्ट्र मन्त्री पिटर सिज्जार्टोले युरोपेली संघ (ईयू) ले रुस–युक्रेन युद्धमा शान्ति खोज्नुको सट्टा दीर्घकालीन युद्धतर्फ तयारी गरिरहेको आरोप लगाएका छन्। शनिबार डेन्मार्कमा बसेको ईयू परराष्ट्र मन्त्रीहरूको बैठकपछि सामाजिक सञ्जाल ‘एक्स’ मा उनले ब्रसेल्सले आफ्ना सदस्य राष्ट्रहरूको चासोभन्दा युक्रेनको हितलाई प्राथमिकता दिएको टिप्पणी गरेका हुन्।

उनले भने, “आजको ईयू परराष्ट्र मन्त्रीहरूको बैठकमा स्पष्ट भयो कि ब्रसेल्स र अधिकांश सदस्य राष्ट्रहरू शान्तिको लागि होइन, लामो युद्धको लागि तयारी गर्दैछन्। उनीहरूले युक्रेनी सैनिकहरूको तलब, ड्रोन, हतियार र राज्य सञ्चालनका लागि दशौं अर्ब युरो पठाउन चाहन्छन्।”

सिज्जार्टोले युक्रेनलाई छिटो ईयू सदस्यता दिने दबाब, रुसको ऊर्जा क्षेत्रमाथि नयाँ प्रतिबन्ध, साथै थप ६ अर्ब युरो (७ अर्ब डलर) बराबरको हतियार सहयोगको माग भएको पनि बताए। उनले युरोपेली आयोगले ट्रान्सकार्पाथियाका हंगेरीयनहरूको अधिकार र हंगेरीको ऊर्जा सुरक्षाबारे उठाइएका प्रश्नलाई बेवास्ता गरेको आरोप पनि लगाए। हालै युक्रेनले द्रुज्बा तेल पाइपलाइनमाथि आक्रमण गरेपछि बुडापेस्ट–किभ सम्बन्ध अझ बिग्रिएको छ।

हंगेरीले युक्रेनलाई हतियार नपठाउने, रुसमाथिको प्रतिबन्धको विरोध गर्ने र युक्रेनलाई ईयू तथा नेटो सदस्य बनाउन नदिने आफ्नो अडान दोहोर्याएको छ।

यसैबीच, ईयूका शीर्ष कूटनीतिज्ञ काया कलासले युक्रेनलाई अझै हतियार दिने र रुसमाथि दबाब बढाउने घोषणा गरेका छन्। रुसले भने पश्चिमी सैन्य सहयोगलाई नेटोको प्रोक्सी युद्धको रूपमा व्याख्या गर्दै ईयूको सैन्यीकरण र युद्धमुखी बयानबाजीको आलोचना गरेको छ।

युक्रेन शान्ति पहल अवरुद्ध गरेकोमा ह्वाइट हाउस आक्रोशित

ह्वाइट हाउसले केही युरोपेली सरकारहरू सार्वजनिक रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गरे पनि व्यवहारमा कीभलाई अवास्तविक माग अघि सार्न प्रोत्साहन दिँदै युक्रेनमा शान्ति प्रक्रियामा बाधा पुर्‍याएको आरोप लगाएको छ।

अमेरिकी अधिकारीहरूले युरोपको “अत्यधिक कठोर” धारप्रति असन्तोष व्यक्त गर्दै ईयूले वाशिङ्टनमाथि निर्भर रहँदै थोरै योगदान मात्र दिएको बताएका छन्। एक वरिष्ठ अधिकारीले चेतावनी दिँदै भने, यदि युरोपले युद्ध लम्ब्याउने बाटो रोज्यो भने सम्भावित विजयलाई हारमा परिणत गर्ने खतरा छ। अर्का अधिकारीका अनुसार केही युरोपेली नेताहरू “काल्पनिक संसारमा” बसेर सम्झौताप्रतिको आवश्यकता बेवास्ता गरिरहेका छन्।

समाचारअनुसार राष्ट्रपति ट्रम्पले पनि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौता स्वीकार गर्न अनिच्छा देखाएको र ईयूले ह्वाइट हाउसले “यथार्थपरक” भनेको परिणामलाई समर्थन नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

ईयूले रुस- युक्रेन शान्ति प्रक्रिया अवरुद्ध गरेको रूसी आरोप

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष आर्थिक प्रतिनिधि किरिल दिमित्रेभले युरोपेली संघ (ईयू) ले युक्रेनलाई “असम्भव माग” अघि बढाउन प्रोत्साहन दिँदै वास्तविक शान्ति प्रयासलाई अवरुद्ध गरेको आरोप लगाएका छन्। दिमित्रेभले ईयूलाई “असफल तर्क त्याग्न” र द्वन्द्व लम्ब्याउने काम रोक्न आग्रह गरेका छन्।

इजरायली हवाई आक्रमणमा येमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु

येमन- येमनको हुथी समूहले आफ्ना प्रधानमन्त्री अहमद घालेब नासेर अल-रहावी बिहीबार राजधानी सानामा भएको इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ। हुथीले अन्य केही मन्त्रीहरु समेत मारिएको र केही गम्भीर घाइते भएको जनाएको छ।

साउदी सञ्चारमाध्यम अल-हदथका अनुसार हुथीका परराष्ट्रमन्त्री, न्यायमन्त्री, युवा तथा खेलकुद मन्त्री, सामाजिक मामिला मन्त्री र श्रम मन्त्री मारिएका छन्। उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहलाई रहावीको उत्तराधिकारीका रूपमा तोकिएको छ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार रहावी र अन्य वरिष्ठ नेताहरू आक्रमणमा मारिएका हुन् ।

गाजाको युद्ध सुरु भएपछि हुथीहरूले इजरायलतर्फ मिसाइल प्रहार गर्दै आएका छन् र रातो सागर तथा एडेन खाडीमा व्यापारीक जहाजमाथि आक्रमण गरेका छन्। यसको जवाफमा इजरायलले यमनका हुथी नियन्त्रणमा रहेका क्षेत्रमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ।

गाजा युद्धबीच टर्कीद्वारा इजरायलसँग सबै व्यापारिक र हवाई रुटमा प्रतिबन्ध

आङ्कारा – टर्कीले इजरायलसँगको सबै व्यापारिक र आर्थिक सम्बन्ध तोडेको र हवाई तथा समुद्री पहुँचमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यो कदम इस्रायलको गाजामा जारी सैन्य अभियानको प्रतिउत्तरमा आएको हो।

विदेशमन्त्री हाकान फिदानले संसदमा सम्बोधन गर्दै टर्कीले इस्रायली जहाजलाई आफ्ना बन्दरगाहमा प्रवेश गर्न नदिने र टर्कीसँग सम्बन्धित जहाजलाई इस्रायली बन्दरगाहमा जान नदिने जानकारी दिए। उनले भने, “हामी इस्रायलतर्फ हतियार तथा बारुद बोकेका जहाजलाई बन्दरगाहमा प्रवेश गर्न दिंदैनौं, र यस्ता विमानलाई हाम्रा आकाश मार्ग प्रयोग गर्न दिंदैनौं।”

गत अक्टोबर २०२३ मा हमासको आकस्मिक आक्रमणपछि सुरु भएको गाजा युद्धयता टर्की–इजरायल सम्बन्ध झनै बिग्रिएको छ। टर्कीले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाउँदै आएको छ। राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई “गाजाको जल्लाद” को संज्ञा दिएका थिए र उनको युद्ध अपराध नाजी नेता एडोल्फ हिटलरको भन्दा पनि बढि भयावह भएको बताएका थिए।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन पुगेका ओली र सीबीच थियानजिन अतिथि गृहमा भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल भएको छ। ओलीको स्वागतका लागि चीनका उच्च अधिकारीहरू र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, चेन सोङ लगायत उपस्थित थिए।

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लागू हुने

काठमाडौँ — प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान अनुसार निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने व्यवस्था राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पनि अनुमोदित भएको छ।

शनिबारको छलफलपछि बैठकमा सभापति तुलसी कुमारी दाहालले कुलिङ पिरियड राखेर जाने निर्णय भएको बताएकी छन्।

उनले यो सैद्धान्तिक सहमति भएको र प्रतिवेदन तयार गरी पुनः समीक्षा गरेर अगाडि बढाइने जानकारी दिएकि छन्।

नेतृत्व र राष्ट्रिय विकासका लागि महिला सशक्तिकरण आवश्यक: पूर्वराष्ट्रपति भण्डारी

पर्सा — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू समाजको नेतृत्व गर्न सक्षम भएको प्रमाणित गर्ने बेला आएको बताउनुभएको छ। वीरगन्जमा उद्योग वाणिज्य संघद्वारा आयोजित ‘नारी: शक्ति, समर्पण र सम्मान’ महिला सम्मेलन–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले महिलाको योगदानले अझै पनि अपेक्षित सम्मान नपाएको भन्दै अब नेतृत्व, उद्यम र समाजपरिवर्तनमा महिलालाई सक्षम बनाउनुपर्ने बताउनुभएको छ।

परिवार निर्माणदेखि शिक्षा, स्वास्थ्य, व्यवसाय र सामाजिक रुपान्तरणसम्म महिलाको अग्रणी भूमिका रहेको बताउँदै महिलाको उद्यमशीलता व्यक्तिगत सफलता मात्र नभई राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन महिलाहरुको योगदान अतुलनिय रहेको भण्डारीले बताउनुभएको छ।

भण्डारीले महिला उद्यमीलाई सम्मान र प्रोत्साहन गर्नुपर्ने, लैङ्गिक असमानता तोड्दै भावी पुस्तालाई प्रेरित गर्नुपर्ने भन्दै, प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधताको विवेकपूर्ण उपयोग गरेर आत्मनिर्भर अर्थतन्त्र बनाउन सकिने बताउनुभयो।

व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन नीति, कृषि, जडीबुटी, आयुर्वेद, साना उद्योग, पर्यटन, ऊर्जा र सूचना प्रविधिमा लगानी गर्नुपर्ने उनको भनाइ थियो।

चुरे दोहनका कारण तराईमा बाढी, जमिन कटान र मरुभूमीकरण बढेको उल्लेख गर्दै उनले कृषि र जनजीवनमा त्यसले गम्भीर असर पारेको बताइन्। उखु किसानलाई उचित मूल्य र भुक्तानी नपाएको, साहु–महाजन र सहकारी घोटालाबाट जनताले समस्या भोगिरहेको भन्दै उनले कडाइका साथ नियमन, पारदर्शिता र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह समेत गर्नुभएको छ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई संयुक्त राष्ट्रसंघको महासभामा प्रवेश निषेध

वाशिंगटन- प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आगामी महिनामा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन नपाउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले अब्बाससहित करिब ८० जना प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेपछी उनले संयुक्त राष्ट्र महासभामा प्रवेश नपाउने भएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरूलाई शान्ति वार्ताको प्रयास कमजोर बनाएको र कल्पनात्मक प्यालेस्टिनी राज्यको एकपक्षीय मान्यता खोजेको आरोप लगाएका छन्। अमेरिकाको यो निर्णयलाई इजरायलले भने स्वागत गरेको छ। साधारणतया अमेरिका संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सहभागी हुन चाहने सबै मुलुकका अधिकारीहरूको यात्रा सहज बनाउनुपर्ने भएकाले यसपटकको अमेरिकी सरकारको कदमलाई असामान्य मानिएको छ।

यसैबीच फ्रान्सले संयुक्त राष्ट्रसंघीय महासभामा प्यालेस्टाइनलाई मान्यता दिने पहल अघि बढाइरहेको छ, जुन कदमलाई डोनाल्ड ट्रम्पको प्रशासनले विरोध गरेको छ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले अब्बास नै राष्ट्रप्रमुखको हैसियतमा महासभामा सहभागी हुने बताएका थिए। तर पछि अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टाइन मुक्ति संगठन र प्यालेस्टिनी प्राधिकरणका करिब ८० जना अधिकारीहरूलाई भिसा नदिने वा रद्द गर्ने निर्णय गरेको स्पष्ट पारेको हो ।

रुबियोका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र मिशनमा रहेका प्यालेस्टिनी प्रतिनिधिहरू भने संयुक्त राष्ट्रसंघ मुख्यालयको सम्झौता अनुसार बैठकहरूमा सहभागी हुन सक्छन्। तर सम्झौतामा अमेरिकाले विदेशी अधिकारीहरूको सहभागीता सरकारबीचको राजनीतिक सम्बन्धका आधारमा अवरुद्ध गर्न नपाउने उल्लेख छ।

अब्बासको कार्यालयले यो निर्णयप्रति आश्चर्य प्रकट गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको सम्झौताविपरीत भनेको छ। उनले अमेरिका निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।

इजरायलका विदेश मन्त्री गिदोन सारले भने अमेरिकी निर्णयलाई स्वागत गरेका छन्।

अदालतको आदेशपछि थाई प्रधानमन्त्री शिनावात्रा पदच्युत

बैंकक – क्याम्बोडियाका नेता हुन सेनसँगको गरेको गोप्य टेलिफोन वार्ता सार्वजनिक भएको घटनामा आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पैटोंग्तार्न शिनावात्रालाई पदबाट हटाएको छ।

गत जुन महिनामा भएको उक्त वार्तामा उनले हुन सेनलाई “काका” भनेर सम्बोधन गर्दै थाई सेनाको आलोचना गरेकी थिइन्, जुन बेला थाइल्यान्ड–क्याम्बोडिया सीमा तनाव बढ्दै गइरहेको थियो।

अदालतले उनको अभिव्यक्तिले क्याम्बोडियाको हितसँग व्यक्तिगत सम्बन्ध देखाएको भन्दै थाइल्यान्डको पक्षमा उनको निष्ठा शंका योग्य भएको टिप्पणी गर्दै पदबाट हटाएको हो । नौजना न्यायाधीशमध्ये ६ जनाले उनको विरुद्ध र तीन जनाले समर्थनमा मतदान गरेका थिए। अदालतले उनको कार्यलाई प्रधानमन्त्रीको पद अनुसारको अपेक्षित नैतिक मापदण्डविपरीत ठहर गरेको हो।

पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी पैटोंग्तार्न २००८ पछि अदालतद्वारा पदबाट हटाइएको पाँचौँ थाई नेता र शिनावात्रा परिवारबाट पदच्युत हुने तेस्रो नेता हुन्। उनले भने, आफूले हिंसा रोक्न प्रयास गर्ने क्रममा यस्तो कदम चालेको दाबी गरेकी थिइन् । तर केही हप्तापछि पाँच दिन लामो सशस्त्र झडप भई दर्जनौंको मृत्यु भएको र लाखौं विस्थापित हुन पुगेका थिए।

स्रेत्था थाभिसिन पदमुक्त भएपछि प्रधानमन्त्री बनेकी पैटोंग्तार्न केही महिनामै पदच्युत भएकी हुन्। उनको पदच्युत भएपछि कन्जर्भेटिभ भूमजाइथाइ पार्टीले आफ्ना नेतृ अनुतिन चार्नवीराकुलको नेतृत्वमा नयाँ सरकार बनाउन पर्याप्त समर्थन जुटाएको घोषणा गरेको छ।

थाई राजनीतिमा दशकौंदेखि प्रभावशाली शिनावात्रा परिवारका लागि यो अर्को ठूलो धक्का हो। यस घटनाले उनीहरूको भविष्यको राजनीतिक प्रभावबारे नयाँ प्रश्न उठाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका ओली १८ गते बुधबारसम्म चीनमा रहनेछन। एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ ।

ओलीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।

ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली बेइजिङ्ग परेडमा समेत सहभागी हुने भनिएको छ । ओली प्रधानमन्त्री भएपछिको यो उनको दोस्रो चीन भ्रमण हो ।

संसदबाट भूमि विधेयक बहुमतले पारित

काठमाडौँ — प्रतिनिधिसभाले शुक्रबार भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८२ लाई बहुमतले पारित गरेको छ। सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरेका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मन्त्री अधिकारीले विधेयकको उद्देश्य भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित रूपमा बसोबास गर्न जग्गा उपलब्ध गराउनु रहेको बताए। उनका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई पालिकासँग समन्वय गरी एकीकृत बस्तीमा पुनर्स्थापना गर्ने व्यवस्था गरिएको छ।

तर, केही सांसदहरूले विधेयकको आलोचना गरेका छन्। जसपाका राजकिशोर यादवले अपेक्षित वर्गले लाभ नपाउने दाबी गरे भने सांसद प्रकाश अधिकारीले विधेयकमा संवैधानिक विश्लेषण नभएको र भूमाफियालाई फाइदा पुग्नेगरी आएको आरोप लगाएका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकका कतिपय व्यवस्था व्यवहारिक नभएको बताएका छन् ।

कालापानिबाट भारतीय सेना तुरुन्त फिर्ता गरिनुपर्छ : प्रेम सुवाल

काठमाडौँ- प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेमकिपा सांसद प्रेम सुवालले १८१६ को सुगौली सन्धि अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग रहेको र कालापानिबाट भारतीय सेना तुरुन्त फिर्ता गरिनुपर्ने बताएका छन्न्।

त्यसैगरी, संसदको दुई तिहाई बहुमतले पारित गरेर जारि गरेको चुच्चे नक्शा संयुक्त राष्ट्रसंघ अन्तर्गतका सबै मुलुकहरुमा सरकारले पठाउनुपर्ने र उनीहरुलाई जानकारी गराउनुपर्ने पनि सुवालले बताएका छन्।

गठबन्धन सरकारप्रति इङ्गित गर्दै, नेपालमा सबैभन्दा ठुलो दलले सरकार चलाउने बेलायती व्यवस्थाको प्रजातन्त्र नचलेको पनि उनले बताएका छन्। त्यसैगरी, सरकारले रुस युक्रेन युद्धको विषयमा युक्रेनको पक्षमा मतदान गर्नु नेपालको असंलग्न परराष्ट्र नीति विपरित भएको भन्दै, सरकारको परराष्ट्र नीति नाटोको पुच्छरमा सिमित भएको हो र?, भनेर सरकारलाई प्रश्न समेत गरेका छन।

रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं — जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पाँडे बुधबार सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका थिए। अनुसन्धानका लागि अदालतले उनलाई चार दिनसम्म थुनामा राख्न म्याद थप गरेको थियो।जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

डा. पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन्। उनले २०८० सालमा रास्वपा सरकारमा रहँदा राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा पनि जिम्मेवारी सम्हालेका थिए।

चन्द्र कुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

काठमाडौँ – प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत एआईजी खापुङलाई नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरिएको छ।

यो निर्णयसँगै खापुङ भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन्।

५५ वर्षीय खापुङले यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुख, हाइटीस्थित संयुक्त राष्ट्रसंघीय मिसन (यूएन) मा दुई पटक सेवा, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन प्रमुख लगायतका जिम्मेवारी सम्हालिसकेका छन्।

उनले इटाली, कोरिया, भियतनाम र चीनबाट सुरक्षासम्बन्धी तालिम प्राप्त गरेका छन् ।

प्रहरी सेवा नियमावली संशोधनको तयारीबाट पछि हट्यो सरकार

काठमाडौँ – नेपाल प्रहरीका अधिकृतहरूको ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन नियमावली संशोधन गर्ने सरकारको योजना अहिले स्थगित भएको छ। यसका लागि लोक सेवा आयोगको सहमति लिन ढिलाइ र सम्भावित अदालतको चुनौतीका कारण सत्तापक्षले कदम अघि नबढाएको बुझिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा एक साताभित्रै अवकाशमा जाने तयारीमा छन्। यसअघि सरकारले प्रहरी नियमावली २०७१ को नियम १२७ (घ) अन्तर्गत ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी गरेको थियो। गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, शीर्ष नेताहरूले यस प्रक्रिया सफल नहुने देखेपछि अघि नबढाइएको हो । संशोधनको तयारी दुई साता अघि सुरु भएपनि सरकारको स्पष्ट दिशानिर्देश नहुँदा ढिलाइ भएको हो।

प्रहरी नियमावली संशोधन गर्न कानुन मन्त्रालयको राय र लोक सेवा आयोगको अनिवार्य सहमति आवश्यक छ।

सन् २०१४ मा सर्वोच्च अदालतले प्रहरी सेवा अवधिमा नियमावलीमार्फत मनमानी संशोधन नगर्न निर्देशन दिएको थियो र सेवा तथा अवकाश सम्बन्धी विषय संसद्मार्फतै टुंग्याउनुपर्ने स्पष्ट पारेको थियो। सरकारले सात महिना अघि संसद्मा ‘नेपाल प्रहरी विधेयक’ पेश गरेको भए पनि अहिलेसम्म यसलाई अन्तिम रूप दिन सकिएको छैन। विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको अवस्थामा नियमावली संशोधनको प्रयासले थप विवाद उत्पन्न गरेको हो ।

१५ माघ २०८१ मा संसद्मा पेश गरिएको ‘नेपाल प्रहरी विधेयक’ले ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने प्रस्ताव राखेको छ र पदावधि वा उमेर हदका आधारमा मात्रै अवकाशको व्यवस्था गर्न सुझाएको छ। हालको नियमावली अनुसार आईजीपीको पदावधि चार वर्ष, सेवा अवधि ३० वर्ष वा उमेर ५८ वर्ष तय गरिएको छ, जसमा जुन चाँडो पुग्छ त्यसै आधारमा अवकाश हुनेछ। अतिरिक्त महानिरीक्षक र उपमहानिरीक्षकको उमेर हद ५६ वर्ष र पदावधि पाँच वर्ष छ भने एसएसपी र एसपीको उमेर हद ५५ वर्ष र पदावधि क्रमशः छ र दश वर्ष कायम छ। आलोचकहरूले नियमावलीमा सेवा र पदावधि समावेश गरेपछि प्रहरीमा सरुवा, बढुवा, अवकाश र करिअर विकास पारदर्शी नभएको दाबी गरेका छन्।

अंग्रेजी अक्षरको इम्बोस्ड नम्बर प्लेट विरुद्ध विभिन्न संघसंस्थाको विरोध

काठमाडौँ- नेपाल सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर मात्र लेखिने निर्णय गरेकोप्रति ५३ संघसंस्थाहरूले विरोध जनाएका छन्। ति संघ संस्थाहरुको बिहीबार बसेको संयुक्त बैठकले सरकारलाई उक्त विषयप्रति आफ्नो ध्यानाकर्षण गराउँदै नेपाली भाषाको इम्बोस्ड नम्बर प्लेट लागु गर्न आग्रह गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारसँग अनुरोध गरिएको कुरा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, नेपालभित्रका सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षर हटाउने एकतर्फी निर्णय संविधान, राजपत्रमा प्रकाशित सूचना र नेपाली जनताको भावना विपरीत भएकोले तत्काल सच्याई ससम्मान नेपाली अक्षर प्रयोग गरिनुपर्ने उल्लेख गरिएको छ। यदि निर्णय सच्याइएन भने यसबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी सरकारमै हुनेछ।’

कब्जा गरिएको रुसी सम्पत्ति अमेरिकाले तत्काल युक्रेनलाई नदिने

वासिङ्टन – अमेरिकाले युक्रेन युद्धसम्बन्धी वार्तामा कब्जा गरिएको रुसी सम्पत्तिलाई दबाबका रूपमा प्रयोग गर्ने योजना बनाएको छ, तर तिनलाई तत्काल किभलाई हस्तान्तरण नगर्ने स्पष्ट पारेको छ। अमेरिकी कोष सचिव स्कट बेस्सेन्टले पत्रकारहरूसँग सो कुरा सार्वजनिक गरेका हुन्।

सन् २०२२ देखि पश्चिमी वित्तीय संस्थानहरूमा रोकिएका करिब ३०० अर्ब अमेरिकी डलर बराबरका रुसी सम्पत्तिबारे बोल्दै बेस्सेन्टले भने, ती सम्पत्ति वार्ताको हिस्सा हुन्। उनले तत्काल ति सम्पति जफत गर्नु उचित नभएको बताउँदै, वार्ताको नतिजा अनुसार ती रकम युक्रेनको पुनर्निर्माणमा प्रयोग हुन सक्ने संकेत दिएका छन् ।

यधपी, रुसको उक्त कब्जा गरिएको सम्पत्ति बारे पश्चिमी राष्ट्रहरूबीच मतभेद देखिएको छ। युक्रेनले उक्त रकम छिट्टै हस्तान्तरणको माग गर्दै आएको छ भने केही युरोपेली नेताहरू र विज्ञहरूले यस्तो कदमले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने, लगानीकर्ताको विश्वास घटाउने र वित्तीय बजार अस्थिर बनाउने चेतावनी दिएका छन्।

हालका लागि युरोपेली संघले रोकिएका सम्पत्तिबाट प्राप्त नाफा र ब्याजलाई मात्र युक्रेनतर्फ पठाउने निर्णय गरेको छ, जसबाट वार्षिक करिब ३ अर्ब डलर जुट्ने अनुमान गरिएको छ। अमेरिकी कांग्रेसले पनि सरकारलाई रुसी सम्पत्ति कब्जा गर्ने कानुनी अधिकार दिएको भए पनि, वाशिङ्टनले कानुनी र वित्तीय जोखिमका कारण त्यो कदम नचालेको बताइएको छ । यसको सट्टा, अमेरिका अन्य जी ७ सदस्यहरूसँग मिलेर रोकिएका सम्पत्तिबाट आएको ब्याज प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर ऋण दिने निर्णयमा सहमत भएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस आफ्नो सम्पत्तिको अधिकार कहिल्यै नत्याग्ने चेतावनी दिँदै, पश्चिमले ती रकम कब्जा गरेर युक्रेनलाई हस्तान्तरण गर्ने प्रयास गरेमा गम्भीर कानुनी परिणाम भोग्नुपर्ने बताएका छन्।

बेइजिङ परेड: सी, पुटिन र किम एउटै मंचमा

बेइजिङ – उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ बेइजिङमा आयोजना हुने सैन्य परेडमा एउटै मंचमा देखिने भएका छन्। यो दुर्लभ र प्रतीकात्मक क्षणले सीको बढ्दो कूटनीतिक प्रभावलाई झल्काउँदै विश्व भू-राजनीतिमा नयाँ संदेश दिएको छ ।

सीका लागि यो परेड केवल दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको सम्झना मात्र होइन। यो चीनको शक्ति र प्रभावको प्रदर्शन हो, जसमा उनले बेइजिङलाई आर्थिक मात्र नभई कूटनीतिक शक्तिका रूपमा पनि देखाउन खोजेका छन्।

यो परेड त्यतिबेला हुँदैछ जब एकातिर सी पुटिन र किमलाई आतिथ्य दिन तयारी गर्दैछन् भने अर्कोतिर संयुक्त राज्य अमेरिका युक्रेन युद्ध अन्त्य गराउन रुसलाई दबाब दिन संघर्षरत छ। किमको उपस्थिति अझै महत्त्वपूर्ण छ। सन् १९५९ यता पहिलो पटक उनले चीनको परेडमा भाग लिन लागेका हुन् , जसले बीजिङसँगको सम्बन्धलाई पुनः प्रगाढ रहेको पुष्टि गर्छ।

किमको चीनप्रतिको निर्भरता गहिरो छ। उत्तर कोरियाको करिब ९० प्रतिशत खाद्यान्न आयात चीनमै निर्भर छ। सी र पुटिनसँगै एउटै मंचमा उभिनु किमका लागि विश्व भू-राजनीतिमा उनको स्थान र उनको वैधताको पुष्टि हो भने सीका लागि उत्तर कोरिया र रुस दुवैसँगको सम्बन्धमा आफ्नो प्रभाव देखाउने अवसर हो।

यो समय वाशिङ्टनका लागि पनि संवेदनशील छ। यद्यपि अघिल्ला शिखर सम्मेलनहरू निष्कर्षविहीन भएका थिए, तर हालै आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन् र किमसंग आफ्नो सम्बन्ध राम्रो भएको बताएका छन् । ह्वाइट हाउसले, ट्रम्पले अक्टोबरमा दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको पनि जनाएको छ। त्यसो त उनले आगामी चीन भ्रमणको योजना र सो समयमा चीनसँगको व्यापार विवाद, ट्यारिफ शुल्क र टिकटकसम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा रहेको पनि ह्वाइट हाउसले जनाएको छ।

चीनले युक्रेन युद्धमा तटस्थ देखिने प्रयास गरेको छ, तर अमेरिका र उसका सहयोगीहरूले उसलाई रुसलाई सहयोग पुर्‍याएको आरोप लगाएका छन्। सीले पुटिन र किम दुवैसँगको भेटमार्फत आफूलाई अमेरिकासँगको आगामी वार्तामा प्रभावकारी पात्रको रूपमा उभ्याएका छन्।

ट्रम्पका लागि सीसँगको सम्भावित वार्ता अब त्यस्तो नेतासँग हुनेछ, जसको किम र पुटिन दुवैसँग प्रत्यक्ष पहुँच छ। यसले बेइजिङलाई थप कूटनीतिक लाभ दिन्छ। केही विश्लेषकहरूले त भविष्यमा सी, पुटिन, किम र ट्रम्पबीचको संयुक्त बैठकको सम्भावना बारे पनि चर्चा गरेका छन्।

बेलायत, फ्रान्स र जर्मनीद्वारा इरानविरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध प्रक्रिया सुरु

बेलायत, फ्रान्स र जर्मनीले इरानमाथि कडा संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध पुनः लागू गर्ने प्रक्रिया थालनी गरेका छन्। २०१५ को परमाणु सम्झौतामा समावेश गरिएको “स्न्यापब्याक” प्रावधान प्रयोगसँगै आगामी ३० दिनभित्र प्रतिबन्ध लगाइन सक्ने आंकलन गरिएको छ।

यी तीन मुलुकले इरानले आफ्नो परमाणु प्रतिबद्धता उल्लंघन गर्दै उच्चस्तरीय युरेनियम भण्डारण गरेको र यसका लागि कुनै नागरिक औचित्य नरहेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, इरानको कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि प्रत्यक्ष खतरा बनेको छ।

तेहरानले भने यस कदमलाई “अनावश्यक र उत्तेजनापूर्ण” भन्दै विरोध जनाएको छ। इरानी परराष्ट्र मन्त्रालयले यो कार्यले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीसँगको सहकार्यमा बाधा पुर्‍याउने चेतावनी दिएको छ।

सन् २०१५ मा गरिएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु गतिविधिमा सीमा लगाउने सहमतिमा अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइएको थियो। तर २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताबाट बाहिरिएपछि अवस्था फेरिएको हो।

ब्रिटिश विदेश मन्त्री डेविड लाम्मीले इरानलाई प्रतिबन्धमा अस्थायी छुट दिने प्रस्ताव गरिएको तर कुनै वास्तविक प्रगति नभएको बताएका छन्। अमेरिकाले पनि युरोपेली कदमको स्वागत गर्दै प्रत्यक्ष वार्ताको ढोका अझै खुला रहेको जनाएको छ।

इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि मात्र रहेको दाबी दोहोर्याएको छ। तर पश्चिमी मुलुकहरू र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले भने इरानको आणविक उत्पादन प्रक्रियाप्रति शंका व्यक्त गर्दै आएका छन्।

समाजवाद कि साम्यवाद ?

जब मानव सभ्यताको विकाससँगै समाजमा बराबरी, अधिकार र न्यायका सवालहरू उठ्न थाले। असमानता, शोषण र वर्गीय विभाजनविरुद्धको आन्दोलनले इतिहासमा विभिन्न विचारधारा जन्मायो। तीमध्ये सबैभन्दा प्रभावशाली दुई सिद्धान्त समाजवाद र साम्यवाद हुन्, जसले बीसौँ शताब्दीभरि विश्व राजनीतिमा निर्णायक प्रभाव पारेका थिए। २०औं शताब्दीलाई हेर्दा विश्व राजनीति समाजवाद र साम्यवादबीचको संघर्षकै वरिपरि घुमिरहेको पाइन्छ। शीतयुद्धदेखि लिएर एशिया, अफ्रिका र ल्याटिन अमेरिकासम्म विभिन्न मुलुकहरूले यी विचारधारा आत्मसात गरे र अभ्यासमा ल्याए। तर आज, २१औं शताब्दीमा प्रवेश गरेपछि एउटा प्रश्न उब्जिएको छ, यी दुई विचारधारामध्ये कुन सही, कुन व्यवहारिक भन्ने कुराले एक खाले बहसलाई निरन्तरता दिएको छ।

समाजवाद र साम्यवादको अवधारणा युरोपको औद्योगिक क्रान्तिपछि जन्मिएको हो। समाजवादको जरा १८औँ शताब्दीको युरोपमा औद्योगिक क्रान्तिपछि देखिएको चरम असमानता र मजदुर वर्गको पीडासँग गाँसिएको छ। ठूला कारखाना र उद्योगपतिहरूले नाफा कमाउन मजदुरलाई अत्यधिक श्रम गर्न बाध्य तुल्याइरहेका थिए। मजदुर वर्गसँग शिक्षा, स्वास्थ्य वा सामाजिक सुरक्षाको सुविधा थिएन। कारखानामा सस्तो श्रममा मजदुरहरूको शोषण भइरहेका बेला केही विचारकहरूले उत्पादनका साधनहरू निजी स्वामित्वमा नभई सामूहिक नियन्त्रणमा हुनुपर्ने तर्क गरे। फ्रान्सेली विचारक हेन्री दे सेंट-सिमोन, चार्ल्स फुरिएर र रबर्ट ओवेनले समाजवादी विचारको प्रारम्भिक रूप दिएको मानिन्छ। उनीहरूले पूँजीपतिद्वारा हुने शोषणको विकल्प खोज्दै समान अवसर, सामाजिक न्याय र सहयोगमा आधारित समाजको कल्पना गरे।

तर समाजवादलाई वैज्ञानिक रूप दिने कार्य कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सजस्ता चिन्तकहरूले गरे। त्यसैलाई आधार मानेर प्रसिद्ध कृति कम्युनिस्ट म्यानिफेस्टो सन् १८४८ मा प्रकाशित भयो। यसमा इतिहासलाई वर्ग संघर्षको इतिहासका रूपमा व्याख्या गर्दै अन्ततः मजदुर वर्गले उठेर पूँजीवादलाई उल्टाइ साम्यवादमा प्रवेश गर्ने तर्क राखिएको थियो। साम्यवादलाई समाजवादको उच्चतम चरण मानियो, जहाँ निजी सम्पत्ति, राज्य र वर्गीय विभाजनको अन्त्य हुने थियो। साम्यवाद मूलतः एक चरणबद्ध प्रक्रिया थियो। मार्क्सका अनुसार पूँजीवादलाई चुनौती दिँदै पहिले समाजवाद आउँछ, जसमा राज्यले सम्पत्ति र उत्पादनका साधनलाई नियन्त्रण गर्छ र सबैलाई बराबरी अधिकार दिन खोज्छ। त्यसपछि समाजवादबाट अगाडि बढ्दै साम्यवादमा प्रवेश हुन्छ, जसमा राज्यको आवश्यकता नै हुँदैन, किनभने समाज नै पूर्ण बराबरी र वर्गविहीन हुन्छ।

इतिहासमा समाजवाद र साम्यवादबीचको भिन्नता व्यावहारिक रूपमा देखियो, जब  १९१७ को बोल्सेभिक क्रान्तिपछि सोभियत संघ स्थापना भएसँगै साम्यवाद विश्वमा शक्तिशाली रूपले उदायो। लेनिनको नेतृत्वमा साम्यवादी पार्टीले सत्ता लिएपछि उत्पादनका सबै साधनहरू राज्य नियन्त्रणमा आए। त्यसपछि जोसेफ स्टालिनको समयमा साम्यवाद अझै कठोर ढाँचामा लागू गरियो। सोभियत संघले शिक्षा, स्वास्थ्य, औद्योगिक विकासमा उल्लेखनीय प्रगति गर्यो, तर राजनीतिक स्वतन्त्रता, मानवअधिकार र व्यक्तिगत स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगायो ।

दोस्रो विश्वयुद्धपछि साम्यवाद पूर्वी युरोप, चीन, उत्तर कोरिया, भियतनाम, क्यूबा जस्ता मुलुकमा फैलियो। चीनमा माओ त्सेतुङले साम्यवादी क्रान्ति सफल पार्दा कृषिमा सामूहिकिकरण र सांस्कृतिक क्रान्ति ल्याए। यसले केही क्षेत्रमा प्रगति गरे पनि ठूलो संख्यामा जनहानि, अकाल र राजनीतिक अस्थिरता निम्त्यायो। क्यूबामा फिडेल कास्त्रो र चे ग्वेवारा जस्ता नेताले अमेरिकी प्रभावविरुद्ध साम्यवादलाई मजबुत पारे।

त्यहि समयमा समाजवाद भने फरक ढंगले अघि बढ्यो। पश्चिमी युरोपका मुलुकहरूले पूँजीवादलाई पूर्ण रूपमा विस्थापित नगरी समाजवादी नीतिहरू अपनाए। विशेषगरी दोस्रो विश्वयुद्धपछि ब्रिटेन, जर्मनी, स्वीडेन, नर्वे, डेन्मार्क जस्ता देशहरूले स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा राज्यको जिम्मेवारी बनाउँदै कल्याणकारी राज्यको अवधारणा अघि सारे। यसलाई सोशल डेमोक्रेसी भनियो। यसले पूँजीवादको प्रतिस्पर्धा र निजी उद्यमलाई स्वीकारे पनि राज्यले सामाजिक न्याय र असमानता घटाउन सक्रिय भूमिका खेल्यो।

तर साम्यवाद अपनाउने मुलुकहरूमा कथा फरक रह्यो। बीसौँ शताब्दीको अन्त्यतिर साम्यवाद संकटमा पर्यो। १९९१ मा सोभियत संघ विघटन भएपछि पूर्वी युरोपका धेरै देशहरूले साम्यवादी शासनलाई त्यागे र बहुदलीय लोकतन्त्र र बजार अर्थतन्त्रतर्फ मोडे। चीनले पनि १९७८ पछि डेंग शियाओपिङको नेतृत्वमा बजारमुखी सुधारहरू ल्यायो। आज चीनलाई साम्यवादको सट्टा समाजवादी बजार अर्थतन्त्र भनिन्छ, जहाँ साम्यवादी पार्टीको राजनीतिक नियन्त्रण कायम छ तर अर्थतन्त्र पूँजीवादी प्रतिस्पर्धा र लगानीतर्फ उन्मुख छ।

क्युबामा पनि १९५९ मा फिडेल कास्त्रोको नेतृत्वमा साम्यवाद स्थापित भयो। क्युबामा शिक्षा र स्वास्थ्यमा ठूलो प्रगति भयो, तर आर्थिक रूपमा अमेरिकासँगको सम्बन्ध बिग्रँदा ठूलो अवरोध देखियो। भियतनामले पनि साम्यवादी बाटो रोज्यो, तर पछि चीनकै जस्तै आर्थिक सुधार गर्दै पूँजीवादी अभ्यासलाई पनि मिश्रित स्वरूपमा लागू गर्यो ।

अहिले संसारमा पूर्ण साम्यवादी शासन भएको मुलुक उत्तर कोरिया मात्र देखिन्छ, जहाँ राज्यले सम्पूर्ण नियन्त्रण राख्छ। तर त्यहाँ मानवीय संकट, अभाव र दमन व्यापक छ। क्यूबाले केही सुधार गर्दै निजी उद्यमलाई आंशिक अनुमति दिएको छ। भियतनामले पनि आर्थिक रूपमा बजार खुला गर्दै राजनीतिक रूपमा साम्यवादी पार्टीको नियन्त्रण कायम राखेको छ।

समाजवाद भने अझै पनि विभिन्न रूपमै जीवित छ। पश्चिमी युरोपका स्क्यान्डिनेभियन देशहरू समाजवादी नीतिहरूलाई लोकतन्त्र र पूँजीवादसँग मिलाएर सफल भए । ती देशहरूमा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा अत्यन्तै उच्च स्तरमा छ। विश्वमै उच्च जीवनस्तर र खुशीमा अगाडि रहने यी देशहरूको मोडललाई प्रायः नॉर्डिक समाजवाद भनेर चिनिन्छ।

नेपालको सन्दर्भमा हेर्दा समाजवाद र साम्यवाद दुवैको प्रभाव गहिरो छ। नेपालमा प्रजातन्त्रपछि समाजवादको आदर्शमा आधारित संविधान  बन्यो । अहिले पनि नेपालको संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था भनेको छ। तर व्यवहारमा हेर्दा नेपालले समाजवाद वा साम्यवादभन्दा बढी मिश्रित अर्थतन्त्र अपनाएको छ, जहाँ निजी क्षेत्र र राज्य दुवैको भूमिका छ।

इतिहासमा समाजवाद र साम्यवाद दुवैलाई लिएर धेरै विवाद र संघर्ष भए। यी विचारधाराका प्रभाव र परिणाम हेर्दा समाजवाद र साम्यवाद दुवैसँग अवसर र चुनौती छन्। साम्यवादले समानता र वर्गविहीन समाजको सपना देखाए पनि व्यवहारमा कठोर अधिनायकवाद, दमन र आर्थिक असफलतासम्म पुग्यो।  समाजवादले भने पूँजीवादसँग मिलेर सामाजिक सुरक्षा र जनकल्याणमा महत्वपूर्ण उपलब्धि देखायो। तर आलोचकहरूले समाजवादले पनि प्रोत्साहन र प्रतिस्पर्धा घटाउने भन्दै आलोचना गर्दै आएका छन्। 

आजको विश्वमा कुन विचारधारा उपयुक्त भन्ने प्रश्नको स्पष्ट जवाफ छैन। साम्यवाद प्राय विफल भएको छ भने समाजवाद पूँजीवादसँग सहअस्तित्वमा सफल देखिएको छ। धेरै विज्ञहरूको भनाइमा भविष्यको बाटो सम्भवतः समाजवाद र पूँजीवादको मिश्रण हो, जसलाई सामाजिक लोकतन्त्र वा समाजवादी बजार अर्थतन्त्र भनिन्छ। यसले उत्पादनशीलता, प्रतिस्पर्धा र उद्यमशीलतालाई जोगाउँदै सामाजिक न्याय र समानतालाई सुनिश्चित गर्न सक्छ। स्क्यान्डिनेभियन मुलुकहरूले देखाएजस्तै समाजवादले नागरिकलाई सुरक्षित र समान अवसर दिएको छ। बेरोजगारी भत्ता, निःशुल्क शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता जस्ता सुविधाले नागरिकलाई समुन्नत जीवन दिन मद्दत गरेको छ। यसरी हेर्दा समाजवादलाई धेरैले आजको समयमा व्यवहारिक र सफल मोडेलका रूपमा लिन्छन्।

तर यसले साम्यवाद पूर्ण असफल भयो भन्ने होइन। चीन, भियतनाम र क्युबाजस्ता मुलुकहरूले साम्यवादबाट प्रेरणा लिएर आफ्नै ढंगको साम्यवाद मोडेल विकास गरे। चीनको उदाहरणले देखाउँछ कि साम्यवादी पार्टीको नेतृत्वमा पनि आर्थिक प्रगति गर्न सकिन्छ, तर त्यसका लागि लचिलोपन आवश्यक छ।

आजको विश्वमा पूर्ण साम्यवाद भने लगभग अस्तित्वमै छैन। उत्तर कोरियाजस्ता केही मुलुकमा मात्र साम्यवादी शासन कायम छ, तर त्यहाँको अवस्थाले विश्व समुदायलाई साम्यवाद सफल भयो भन्न सक्दैन। बरु मिश्रित मोडेल, जसमा समाजवादका तत्वहरू र पूँजीवादका तत्वहरू मिलाइएका छन्, त्यस्तै देशहरूले प्रगति गरिरहेका छन्।

अब प्रश्न उब्जिन्छ, कुन विचारधारा उत्कृष्ट? इतिहासको अनुभवले देखाउँछ कि पूर्ण साम्यवादले नागरिकलाई स्वतन्त्रता दिन सक्दैन र दीर्घकालीन रूपमा आर्थिक रूपमा पनि टिकाउ हुँदैन। तर समाजवाद, विशेषगरी लोकतान्त्रिक समाजवाद, नागरिकलाई समानता र अवसर दिन सक्षम भएको छ। समाजवादले व्यक्तिगत अधिकारलाई पूर्ण रूपमा नदबाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्छ, जसले समाजलाई सन्तुलित राख्छ।

नेपालजस्ता विकासशील मुलुकका लागि पनि समाजवादकै बाटो बढी व्यवहारिक देखिन्छ। साम्यवादले देखाएको वर्गविहीन समाजको आदर्श सुन्दर भए पनि व्यवहारमा त्यो सम्भव देखिँदैन। बरु समाजवादले देखाएको बाटो, जसमा राज्य र निजी क्षेत्र दुवैको भूमिका रहन्छ, नागरिकलाई आधारभूत अधिकार सुनिश्चित हुन्छ र समान अवसर मिल्छ, त्यो बढी उपयुक्त देखिन्छ।

यसरी समाजवाद र साम्यवाद दुवै विचारधारा विश्व इतिहासमा गहिरो रूपमा प्रभावशाली भए। तर आजको समयले दिएको उत्तर भने स्पष्ट छ– समाजवाद नै व्यवहारिक र जनमुखी विचारधारा हो, जसले समानता र स्वतन्त्रता दुवैलाई सन्तुलनमा राख्छ। साम्यवादले दिएको योगदानलाई नकार्न सकिँदैन, तर व्यवहारमा समाजवाद नै मानिसको जीवनस्तर उकास्न सक्षम भएको प्रमाण विश्वका सफल मुलुकहरूले दिएका छन्। यधपी,कुन विचारधारा सर्वोत्तम भन्ने कुरा, कुनै पनि ठाउँको निहित समाज, त्यहाँको आर्थिक सामाजिक स्थिति , नागरिकको जीवनशैली, समय र व्यवहारमा निर्भर रहन्छ।

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा सुधारको माग गर्दै आज एमाले पार्टी कार्यालयमा धर्ना दिएको छ।

महासंघले विधेयकमा अस्थायी शिक्षकको पदपूर्ति ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला राख्नुपर्ने माग गरेको छ। तर प्रस्तावित व्यवस्थामा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला राखिएको छ। साथै स्थायी शिक्षकको आवधिक बढुवाको व्यवस्था नसमेटिएको, अस्थायी अवधिको गणना नभएको, अध्यापन अनुमतीपत्रको म्याद थप्ने प्रावधान नराखिएको र शिक्षक कारबाहीको प्रक्रिया पनि सहमति विपरीत भएको महासंघको दाबी छ।

यस्तै, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको पद र सेवा सुविधा अस्पष्ट रहेको, संस्थागत विद्यालयका शिक्षकको सरुवा प्रणाली अव्यवहारिक रहेको र दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधानमा असहमति जनाउंदै, शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नसमेटिएकोमा महासंघले आपत्ती जनाएको छ।

महासंघले सम्बोधन हुन छुटेका सबै विषयलाई सहमति अनुसार प्रतिवेदनमा समावेश गरी प्रतिनिधिसभामा पेस गर्न माग गरेको छ।

महासंघ बुधवार कांग्रेस मुख्यालय सानेपामा धर्ना दिएको थियो भने भोलि शुक्रबार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालयमा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ।

काठमाडौँ महानगरविरुद्ध कवाड व्यवसायीहरूको विरोध प्रदर्शन

काठमाडौँ — कवाड व्यवसायीहरूले बिहीवार काठमाडौँ महानगरपालिका विरुद्ध विरोध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा व्यवसायीहरू भृकुटीमण्डपमा भेला भई जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालयतर्फ पुगेका थिए। उनीहरूले महानगरपालिकाको नीतिविरुद्ध नाराबाजी गर्दै कार्यालय घेराउसमेत गरेका छन्।

व्यवसायी र मजदुरहरूले काठमाडौँ महानगरले दुई वर्षदेखि आफूहरूमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको दाबी गरेका छन्। विरोधमा सहभागी मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आक्रोश व्यक्त गरेका थिए।

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाको तयारी: कोरियाली कम्पनीले सम्भाव्यता अध्ययन गर्ने

काठमाडौँ- दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने भएको छ। यसका लागि बिहीबार लगानी बोर्ड र कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जि–फिलोस कम्पनी लिमिटेडका सीईओ गा वु पार्कले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि करिब १० महिनाभित्र विस्तृत प्रतिवेदन पेस गर्नेछ।

हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना रहेको भन्दै यस्ता परियोजनाले दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने र नेपाल–दक्षिण कोरिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उल्लेख गरे।प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने विश्वास राख्दै ज्ञवालीले अध्ययन पश्चात यथासक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

जि–फिलोस कम्पनीले सार्वजनिक–निजी साझेदारी ढाँचामा २०८२ वैशाख १५ गते लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो। त्यसलाई ६३औं बोर्ड बैठकले अनुमोदन गर्दै सर्वेक्षण अनुमति दिन र सम्झौता गर्न निर्णय गरेको थियो।

अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरण बन्दविरुद्ध पत्रकार महासंघको ७२ घण्टे अल्टिमेटम

काठमाडौं – महिना दिनदेखि ठप्प रहेको अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सेवा पुनः सुचारु गर्न पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्व टोलीले मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाउँदै तत्काल समाधानको माग गरेका थिए। ज्ञापन पत्रमा भने अनुसार, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी दिइएको छ।

२०४८ को छापाखाना तथा प्रकाशन ऐनलाई सरकारले संशोधन गरी अनलाइन सञ्चारमाध्यमको दर्ता–नवीकरण स्थानीय प्रशासनमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। तर नियमावली नबनेका कारण सेवा ठप्प भएको हो। महासचिव रामप्रसाद दाहालका अनुसार संघीय सरकार अन्तर्गत दर्ता भएका चार हजार पाँच सयभन्दा बढी अनलाइन सञ्चारमाध्यमको नवीकरण नहुँदा विज्ञापन कारोबार, प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र दैनिक समाचार संकलनमा समस्या परेको छ।

मन्त्री गुरुङले भने, “कानुन बनिसकेको छ, ७२ घण्टाभित्र तुरुन्त संशोधन गर्न सक्दैनौं। नियमावली बनिसकेपछि मात्र स्थानीय प्रशासनमार्फत दर्ता–नवीकरण सम्भव हुनेछ।” सचिव राधिका अर्यालले नियमावली बनाउने काम अगाडि बढाइरहेको र सहमति पाएपछि कानुन मन्त्रालयमा पठाइने जानकारी दिइन्।

स्वास्थ्य बिमा ढिला नवीकरण गरेमा अतिरिक्त शुल्क लाग्ने

काठमाडौं – स्वास्थ्य बिमा बोर्डले समयमा बिमा नवीकरण नगर्नेहरूका लागि थप शुल्क लिने निर्णय गरेको छ। बोर्डले बुधबार जारी गरेको सूचनामा आगामी असोज ३१ गतेसम्म बिमा नवीकरण नगरेमा विलम्ब शुल्क तिर्नुपर्ने उल्लेख छ।

बोर्डका अनुसार तीन वर्षसम्म बिमा नवीकरण नगर्नेले योगदान रकमको चार गुणा बराबर शुल्क तिर्नुपर्नेछ।

सूचनामा भनिएको छ, “बिगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारलाई एक पटकको लागि विलम्ब शुल्कमुक्ति दिइनेछ। तर आगामी कात्तिक ३१ गतेपछि नवीकरण गर्नेले विलम्ब शुल्क तिर्नुपर्नेछ।”

असोज मसान्तसम्म नवीकरण गर्नेहरूलाई पुरानो योगदान रकममै नवीकरणको सुविधा दिइनेछ, कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

सूचनामा थप विवरण अनुसार:

बिमा म्याद सकिएको ३ महिनाभित्र नवीकरण गरेमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।

६ महिनाभित्र नवीकरण गरेमा ३० प्रतिशत शुल्क लाग्नेछ।

६ महिनादेखि १ वर्षभित्र नवीकरण गरेमा ५० प्रतिशत शुल्क लाग्नेछ।

१ वर्षपछि नवीकरण गरेमा योगदान रकमको १०० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।

दुई वर्षसम्म नवीकरण नगरेकोले योगदान रकमको तीन गुणा बराबर शुल्क तिर्नुपर्नेछ।

तीन वर्षभन्दा बढी नवीकरण नगरेमा योगदान रकमको तीन गुणा बराबर अतिरिक्त शुल्क लाग्नेछ।

बोर्डले समयमै स्वास्थ्य बिमा नवीकरण गरी अनावश्यक शुल्कबाट बच्न सबै बिमित परिवारलाई सचेत रहन आग्रह गरेको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामै १४ अर्ब रुपैयाँ बढी सार्वजनिक ऋण वृद्धि

काठमाडौं – नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै रू. १४ अर्बभन्दा बढी बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनले देखाएको छ।

कार्यालयका अनुसार आर्थिक वर्षको सुरुवातमा कुल सरकारी ऋण रू. २ खर्ब ६६ खर्ब ९० अर्ब थियो भने साउन मसान्तसम्म पुग्दा यो रकम बढेर रू. २ खर्ब ६८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। यो रकम नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत हो।

यसमा ५२.२६ प्रतिशत अर्थात् रू. १.४२ खर्ब बाह्य ऋण छ भने ४७.७४ प्रतिशत अर्थात् रू. १.२६ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण छ।

सरकारले चालु आर्थिक वर्षमा कुल रू. ५ खर्ब ९५ अर्ब ऋण संकलन गर्ने लक्ष्य लिएको छ। साउन मसान्तसम्म कुल रू. ४४ अर्ब ५७ करोड अर्थात् वार्षिक लक्ष्यको ७.४८ प्रतिशत मात्र संकलन भएको छ। सोमध्ये रू. ४० अर्ब आन्तरिक ऋण र रू. ४ अर्ब ५७ करोड बाह्य ऋण रहेको छ ।

यस्तै, चालु बजेटमा ऋण भुक्तानीका लागि छुट्याइएको कुल रू. ४ खर्ब ११ अर्ब रुपैयाँ मध्ये रू. ३६ अर्ब ६८ करोड ब्याज भुक्तानीमै खर्च भइसकेको छ। यो रकम कुल सरकारी खर्चको ८.९३ प्रतिशत हो।

सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय बनाइने निर्णय गरेको छ।

बुधबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न यो कदम चालिएको बताएका छन् ।

निर्णयमा भनिएको छ, सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सञ्चालनकर्तालाई जिम्मेवार बनाउन सूचीकरण अनिवार्य गरिएको हो।

निर्णय अनुसार, तोकिएको अवधिमा सूचीकरण नभएका वा सम्पर्कमै नआएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइनेछ भने सूचीकरण पूरा गर्नेबित्तिकै ती सञ्जाललाई पुनः सक्रिय गरिनेछ।

महिलालाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका रास्वपा केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाइ म्याद थपका लागि अदालत उपस्थित गराइने

काठमाडौँ- सामाजिक सञ्जालमा महिलालाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई म्याद थपाको लागि आज अदालत उपस्थित गराउने प्रहरीले बताएको छ।

उनीविरुद्ध एक महिलाले गालीगलौज गरेको उजुरी दिएपछि साइबर ब्यूरोमा हाजिर भएका उनलाई हिजो पक्राउ गरिएको थियो।

उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्। २०७९ सालमा रास्वपा प्रवेश गरेका पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।

साइबर अपराधकै मुद्दामा पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर भने बुधबार केही घन्टामै रिहा भएका थिए । उनलाई हाजिरी जमानीमा छोडिएको हो।

बिध्या बाहेक कसैको दम छैन उहाँले छोडे सबै मिल्छ : ओली

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ काठमाडौंबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई प्रशिक्षण दिएका छन्।

एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाका अनुसार उक्त प्रशिक्षणको संयोजन रामेश्वर फुयाँलले गरेका थिए। निरौलाले प्रशिक्षणमा ओलीले दिएको निर्देशनात्मक मन्तव्यलाई ४८ बुँदामा संकलन गरी सार्वजनिक गरेका छन्।

ओलीले प्रशिक्षणका क्रममा पार्टीभित्रको अन्तरसंघर्ष, विधान महाधिवेशनको प्रक्रिया र राष्ट्रिय राजनीति बारे प्रस्तुत गरेका विचार उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

निरौलाले सार्वजनिक गरेका ३६ नम्बर बुँदा अनुसार , वर्तमान परिप्रेक्षमा अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गर्न सक्ने भनेको पुर्व राष्ट्रपति भण्डारी मात्रै रहेको र भण्डारी बाहेक कसैमा त्यो दम नभएको र उँहाले सकृय राजनीतिमा फर्कने कुरा त्यागेमा सबै कुरा मिल्ने ओलीको टिप्पणी रहेको बताएका छन्। साथै ओलीले उनको सदस्यता नवीकरण नगर्ने बताएको पनि उल्लेख गरेका छन्।

deepak niraula

प्रतिनिधिसभाको निर्णय उल्टाउँदै सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निर्णय

काठमाडौं- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमा सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति गरेको छ।

छलफलमा सहभागी सांसदहरूले सहसचिवमा खुला प्रतिस्पर्धा आवश्यक रहेको प्रस्ताव राखेका थिए। सोही अनुरूप विधायन समितिले उक्त निर्णय गरेको हो।

प्रतिनिधिसभाले यसअघि निजामती सेवामा उपसचिव पदमा मात्र खुला प्रतिस्पर्धा हुने गरी विधेयक पारित गरेको थियो। तर, विधायन समितिले सहसचिवमा पनि १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निर्णय गर्दै प्रतिनिधिसभाको निर्णय उल्टाएको छ।

त्यसैगरी, नासु पदमा पनि प्रतिनिधिसभाले शतप्रतिशत प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रस्ताव पठाएकोमा राष्ट्रिय सभामा सांसदहरूले प्रचलित व्यवस्थाअनुसार खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने विषयमा छलफल गरिरहेका छन्।

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघको कांग्रेस कार्यालयमा धर्ना

काठमाडौं – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा सुधारको माग गर्दै आज सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ। पहिलो चरणको आन्दोलन अन्तर्गत भएको उक्त धर्नाका क्रममा महासंघले ध्यानाकर्षण पत्र पनि बुझाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा र शुक्रबार माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ।

महासंघले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट भएका अघिल्ला सहमति अनुसार विधेयक सच्याउन माग गर्दै यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ।

महासंघले विधेयकमा अस्थायी शिक्षकको पदपूर्ति ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला राख्नुपर्ने माग गरेको छ। तर प्रस्तावित व्यवस्थामा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला राखिएको छ। साथै स्थायी शिक्षकको आवधिक बढुवाको व्यवस्था नसमेटिएको, अस्थायी अवधिको गणना नभएको, अध्यापन अनुमतीपत्रको म्याद थप्ने प्रावधान नराखिएको र शिक्षक कारबाहीको प्रक्रिया पनि सहमति विपरीत भएको महासंघको दाबी छ।

यस्तै, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको पद र सेवा सुविधा अस्पष्ट रहेको, संस्थागत विद्यालयका शिक्षकको सरुवा प्रणाली अव्यवहारिक रहेको र दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधानमा असहमति जनाउंदै, शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नसमेटिएकोमा महासंघले आपत्ती जनाएको छ।

महासंघले सम्बोधन हुन छुटेका सबै विषयलाई सहमति अनुसार प्रतिवेदनमा समावेश गरी प्रतिनिधिसभामा पेस गर्न माग गरेको छ।

ट्रम्पको ५० प्रतिशत शुल्क भारतमा लागू :मोदीको कर छुट र ‘मेड इन इन्डिया’ अभियान

दिल्ली-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत आयात शुल्क लगाउने निर्णय लागू भएको छ। यसअघि उनले भारतले रूसबाट तेल र हतियार खरिद गरेको भन्दै थप २५ प्रतिशत दण्डात्मक शुल्क लगाउने कार्यकारी आदेश दिएका थिए। यो निर्णयले भारतलाई विश्वमै सबैभन्दा बढी अमेरिकी शुल्कको मार खेप्ने देशहरूमध्ये एक बनाएको छ, जबकि भारत अमेरिका कै इनडो–प्यासिफिक क्षेत्रको प्रमुख साझेदार हो।

यस कदमले विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको निर्यात र विकासमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ, किनभने अमेरिका हालसम्म भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको थियो।

यस संकटलाई कम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम नागरिक र साना व्यवसायीलाई लक्षित गर्दै ठूलो कर छुटको घोषणा गरेका छन्। उनले यसलाई “विशाल कर उपहार” भन्दै एशियाको तेस्रो ठूलो अर्थतन्त्रलाई चलायमान बनाउने साना व्यवसाय र सामान्य जनतालाई राहत दिने बताएका छन्।

यसअघि नै यस वर्षको बजेटमार्फत १२ अर्ब डलर बराबरको आयकर छुट घोषणा गरेका मोदी अब अप्रत्यक्ष कर प्रणाली (जीएसटी) मा व्यापक सुधार गर्दै दर घटाउने र सरलीकरण गर्ने तयारीमा छन्, जसले खर्च बढाउन र ‘भारतमा उत्पादन, भारतमै खर्च’ गर्ने वातावरण बनाउन सक्ने आशा गरिएको छ।

माइतिघर मण्डला: संघर्ष र आवाजको प्रतीक

माइतिघर मण्डला काठमाडौंको एक प्रमुख चोक हो, जुन सिंहदरबारको नजिकै अवस्थित छ। काठमाडौंको बीचभागमा अवस्थित माइतिघर मण्डला केवल एक भौतिक चोक मात्र होइन, यो जनताको पिडा, आशा र अधिकारको प्रतीक बनेको छ। शहरका विभिन्न क्षेत्रबाट आउने मानिसहरूको जीवनसँग जोडिएको यो स्थान दशकौँदेखि नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक आन्दोलनहरूको साक्षी बनेको छ। यहाँ देखिने हरेक भिड, हरेक प्रदर्शन र हरेक उद्घोषले नागरिक समाजको भावना र पीडालाई स्पष्ट रूपमा व्यक्त गरेको छ।

माइतिघर मण्डलाको निर्माण २००१ मा सम्पन्न ११औँ सार्क सम्मेलनको समयमा गरिएको हो। यसको वास्तुकला बौद्ध धर्मको प्रतीकात्मकतासँग जोडिएको छ र नेपाली परम्परागत कला र संस्कृति झल्काउने शैलीमा बनाइएको छ। तर यस स्थानको महत्त्व केवल वास्तुकलामा मात्र सीमित छैन। सामाजिक र राजनीतिक आन्दोलनहरूका दृष्टिले पनि माइतिघर मण्डला सधैं एक केन्द्रबिन्दुको रुपमा रहेको छ।

नेपालको इतिहासमा माइतिघर मण्डला जनताको आवाज सुन्ने केन्द्रको रूपमा रहेको छ। जब कुनै व्यक्ति वा समुदायको मुद्दा सरकारले ध्यान दिँदैन, तब नागरिकहरूले यहाँ प्रदर्शन गर्दै आफ्नो अधिकारको माग राख्ने गरेका छन् । यसले जनताको हक, न्याय र समानताको मागलाई दृश्यात्मक रूप दिएको छ। यहाँ भएका आन्दोलनहरूले समाजमा चेतना जगाउने मात्र होइन, राजनीतिक नेतृत्व र प्रशासनलाई जवाफदेही बनाउने भूमिका पनि खेलेका छन्।

नेपालमा भएका अधिकांश राजनीतिक आन्दोलनहरूमा माइतिघर मण्डलाको महत्त्वपूर्ण स्थान रहेको छ। राजनीतिक दल, नागरिक समूह र विद्यार्थी संगठनहरूले यसलाई विरोध प्रदर्शन, धर्ना र र्यालीको केन्द्रको रूपमा प्रयोग गरेका छन्। यहाँ हुने आन्दोलनहरू नागरिकको प्रत्यक्ष भागीदारी र समुदायको एकता झल्काउने माध्यम बनेको छ। यहाँ आएको प्रत्येक व्यक्ति आफ्नो आवाजलाई दृश्यात्मक र सुनिने बनाउने प्रयास गर्छ, जसले सम्पूर्ण राष्ट्रमा जनताको मागलाई फैलाउने प्रभाव सिर्जना गरेको छ।यसले समुदायलाई जोड्ने, चेतना जगाउने र सामाजिक न्यायको महत्त्वलाई उजागर गर्ने कार्य गर्दै आएको छ । यहाँ हुने कार्यक्रमहरूले जनतालाई आफ्ना अधिकार र कर्तव्यबारे सचेत बनाउने काम गरेको देखिन्छ ।

समग्रमा भन्दा, माइतिघर मण्डलाको वास्तविक महत्त्व लोकतान्त्रिक अधिकारको अभ्यासमा देखिन्छ। यहाँ हुने प्रत्येक प्रदर्शनले नागरिक अधिकारको प्रयोग र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राख्छ। जनताको आवाजलाई सुनाउने, पीडालाई उजागर गर्ने र अन्यायको विरोध गर्ने माध्यमको रूपमा माइतिघर मण्डलाले नेपाली लोकतन्त्रलाई एउटा भिन्न किसिमको मजबुती दिएको छ।यो स्थानले राजनीतिक चेतना र सामाजिक उत्तरदायित्वको विकासमा नजानिँदो किसिमले योगदान पुर्याएको छ।

माइतिघर मण्डला केवल भौतिक संरचना मात्र होइन, यो पीडा, आशा र संघर्षको प्रतीक बनेको छ। यहाँ हरेक विरोध प्रदर्शन र र्यालीले जनताको भावना र चेतनालाई आकार दिन्छ। यो स्थानले सन्देश दिन्छ कि जनता आफ्नो अधिकार र न्यायको लागि कहिल्यै मौन रहँदैन।

माइतिघर मण्डला नेपालको राजधानी काठमाडौंको मात्र केन्द्र होइन, जनताको संघर्ष, पीडा र अधिकारको केन्द्र बनेको छ। यहाँ भएको प्रत्येक आन्दोलनले सामाजिक चेतना र लोकतान्त्रिक मूल्यहरूको विकासमा योगदान पुर्याएको छ। यसले न्याय, समानता र लोकतन्त्रको महत्वलाई स्पष्ट बनाएको छ।

जनताको पिडा सुन्ने, आवाज सुनाउने र आन्दोलनको केन्द्रको रूपमा माइतिघर मण्डला सदैव स्मरणीय रहनेछ। यसले जनताको साहस, आशा र दृढता झल्काउने कार्य गर्दै नेपालको सामाजिक र राजनीतिक इतिहासमा अमिट छाप छोडेको छ।

सार्वजनिक सेवा पहुँच सुधार गर्न सरकारद्वारा २३ नयाँ क्षेत्रीय प्रशासन कार्यालय खोल्ने निर्णय

काठमाडौँ- सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सरकारले २३ जिल्लामा नयाँ क्षेत्रीय जिल्ला प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव अघि सारिएको थियो, जसलाई थप छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाइएको छ।

गृह मन्त्रालयका अनुसार नयाँ कार्यालय खोल्ने मुख्य उद्देश्य सेवाहरूलाई अझ पहुँचयोग्य र प्रभावकारी बनाउनु हो। यी कार्यालयहरूले जनसंख्या, भौगोलिक पहुँच र सेवा कवरेजमा रहेका असमानतालाई कम गर्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले जनाएअनुसार नयाँ कार्यालयहरू स्थापना भएपछि कार्यभार सन्तुलन हुने र दुर्गम वा कम सेवा प्राप्त क्षेत्रका बासिन्दाले प्रशासनिक सेवा सजिलै प्राप्त गर्ने सुविधा पाउनेछन्। साथै मन्त्रालयले भविष्यमा पनि अझै आवश्यक देखिएका ठाउँहरूमा थप क्षेत्रीय प्रशासन कार्यालय खोल्ने तयारी गरेको बताएको छ।

वैदेशिक यात्रा गर्दा अब अधिकतम ५ हजार डलरसम्म नगद बोक्न पाइने: भारतीय नोटमा प्रतिबन्धित

काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बोक्ने नियममा नयाँ व्यवस्था गरेको छ। अबदेखि नेपाल भित्रिने वा बाहिरिने यात्रुले अधिकतम ५,००० अमेरिकी डलरसम्म नगद बोक्न पाउनेछन्। यसभन्दा बढी रकम बोक्न चाहनेहरूले भने सीमा नाकामा भन्सारमा अनिवार्य घोषणा गर्नुपर्नेछ।

राष्ट्र बैंकले २००, ५०० र २,००० रुपैयाँका भारतीय नोट बोक्न र प्रयोग गर्न भने प्रतिबन्ध लगाएको छ। साथै, नेपाली नागरिकहरूले भारतबाहेक अन्य मुलुकतर्फ यात्रा गर्दा भारतीय रुपैयाँ लैजान नपाउने व्यवस्था गरिएको छ। भारत सरकारले अवैध घोषित गरिसकेको ५०० र १,००० रुपैयाँका पुराना नोटहरू प्रयोग नगर्न समेत सुझाव दिइएको छ।

राष्ट्र बैंकका अनुसार यी नियमहरू विदेशी विनिमय (नियम) ऐन २०१९ (१९६२), अपराधिक गतिविधिबाट प्राप्त आय शुद्धीकरण निवारण ऐन २०६४ (२००८), र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार लागु भएका हुन्।

एफएटिएफ (फिनान्सियल एक्सन टास्क फोर्स ) द्वारा सेप्टेम्बर २०२३ मा सार्वजनिक प्रतिवेदनले नेपालमा नगद घोषणा प्रणालीको अभाव देखाउँदै सीमावर्ती क्षेत्रमा बढ्दो सुन, चाँदी र नगद तस्करीबारे गम्भीर चिन्ता जनाएपछि, सरकारले नेपाललाई “ग्रे लिस्ट” बाट हटाउने प्रयासस्वरुप यी कदमहरु चालिएको बताइएको छ।

एमालेमा आन्तरिक तनाव: भण्डारीको सदस्यता विवादकै कारण केन्द्रीय कमिटी बैठक स्थगित

भण्डारीलाई विधान महाधिवेशनमा प्रवेश नै नदिने तयारी

काठमाडौँ – नेकपा एमालेभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। भदौ १३ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक अचानक स्थगित भएपछि यसले पार्टी नेतृत्वप्रति गम्भीर प्रश्न खडा गरेको छ। बैठक स्थगित हुनुको मूल कारण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण विवादसँग जोडिएको देखिन्छ।एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ मा काठमाडौंमा हुँदैछ। तर महाधिवेशनअघि हुने भनिएको केन्द्रीय बैठक स्थगित भएपछि पार्टीभित्र मतभेद अझै खुला रुपमा देखा पर्न थालेको छ।

साउनको पहिलो सातामा बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरणलाई ‘पेन्डिङ’ मा राख्ने निर्णय गरेको थियो। सो निर्णयले एमालेभित्र गहिरो असन्तोष जन्माएको छ। विशेष गरी प्रदेश कमिटी स्तरसम्म पुगेको छलफलमा बागमती, कोसी, कर्णाली र सुदूरपश्चिमका नेताहरूले खुलेरै भण्डारीको पक्षमा आवाज उठाएका छन्। उनीहरूका अनुसार पूर्वराष्ट्रपतिजस्तो व्यक्तित्वलाई पार्टी राजनीतिबाट रोक्नु संगठनका लागि गलत साबित हुनेछ।

तर नेतृत्व पक्ष भने फरक धारमा अडिएको छ। ओली निकट समूहले भण्डारीलाई विधान महाधिवेशनमा प्रवेश नै नदिने तयारी गरेको छ। उनी महाधिवेशन प्रतिनिधि नभएकाले सहभागी हुने आधार नभएको भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसलाई औपचारिक बनाइदिएका छन्। उनका अनुसार विधान महाधिवेशनमा निर्वाचित प्रतिनिधिमात्र सहभागी हुन्छन्, त्यसैले भण्डारीलाई आमन्त्रण गर्ने व्यवस्था नै छैन।

यसबीच, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको सदस्यता, उमेर सीमा (७० वर्ष) र दुई कार्यकालको व्यवस्था जस्ता विषयमा फरक प्रस्ताव लैजाने तयारी गरिरहेका छन्। उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले समेत असहमति जनाउँदै “नोट अफ डिसेन्ट” पेश गर्ने तयारी गरेका छन्। उनीहरूले यसअघि सचिवालय वा स्थायी कमिटी बैठक राख्न माग गरे पनि त्यो माग स्वीकार गरिएको छैन।

भण्डारी निकट नेताहरूको भनाइअनुसार १३ भदौको बैठकमै फरक प्रस्ताव राख्ने र विधान महाधिवेशनका प्रतिनिधिहरूलाई समर्थनका लागि अपिल गर्ने योजना थियो। तर ओली नेतृत्वले त्यो तयारीलाई थाहा पाएपछि बैठक स्थगित गरिएको आरोप उनीहरूले लगाएका छन्।

भण्डारी पक्षका नेताहरूको भनाइमा, यही असन्तोष चर्किने संकेत पाएका ओलीले बैठक स्थगित गरेका हुन्। उपाध्यक्ष सुरेन्द्र पाण्डेले यसलाई “स्वतन्त्र बहसलाई रोक्ने नेतृत्वको कदम” भन्दै संगठनात्मक अराजकता भएको टिप्पणी गरेका छन्। अर्कोतर्फ, संस्थापन पक्षका नेताहरूले यसलाई विपक्षी तयारी कमजोर बनाउन गरिएको रणनीति भनेका छन्।

आगामी भदौ २०–२२ मा काठमाडौंमा हुने विधान महाधिवेशनलाई लक्षित गरेर दुवै धारका नेताहरू आफ्नो–आफ्नो पकड बलियो बनाउन जुटिरहेका छन्। भण्डारीलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णयले महाधिवेशनमै ठूलो बहस हुने देखिन्छ। फरक मत राख्ने नेताहरूले प्रतिनिधिहरूलाई आफ्नो पक्षमा आकर्षित गर्ने योजना बनाइरहेका छन् भने ओली पक्षले संगठनलाई अनुशासनमा राख्ने दाबी गरेको छ।

यी सबै घटनाक्रमहारका बाबजुद, एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा प्रवेश नदिने घोषणा गरेर विवादलाई अझै गहिरो बनाएको छ। यसले पार्टीभित्र सत्ता समीकरणमा ठुलो असर पार्ने सम्भावना बढेको छ। नेकपा एमालेको भदौको विधान महाधिवेशन केवल संगठनात्मक कार्यसूची नभई नेतृत्व र नीतिगत दिशाबारे निर्णायक मोड बन्ने निश्चित देखिन्छ।

इम्बोस्ड नम्बर प्लेट तत्काल नजोडे जरिवाना हुने भन्ने भ्रम नफैलाउन विभागको आग्रह

काठमाडौं – यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्यताबारे उत्पन्न भएको भ्रम स्पष्ट गर्दै हाललाई कुनै दण्ड–जरिवाना नहुने जनाएको छ। विभागले असोज १ गतेदेखि नम्बर प्लेट जडान नगरे तुरुन्त कारबाही हुन्छ भन्ने गलत धारणा बनेको भन्दै त्यस्तो स्थिति नहुने स्पष्ट पारेको हो।

मंगलबार जारी विज्ञप्तिमा विभागले सरकारी, निजी र सार्वजनिक सवारीसाधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय भएको जनाएको छ। विभागले भनेको छ, “२०८२ असोज १ गतेदेखि जडान नगरे तत्काल कारबाही हुन्छ भन्ने भ्रम फैलिएको छ, तर तत्काललाई कुनै किसिमको दण्ड–जरिवाना हुनेछैन ।”

सवारीसाधन दर्ता भएका सम्बन्धित यातायात कार्यालयमा गई स्वस्फुर्त ढंगले नम्बर प्लेट जडान गर्न विभागले सवारीधनीलाई आग्रह समेत गरेको छ।

त्यसैगरी, नम्बर प्लेटमा प्रयोग हुने भाषाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले अंग्रेजी लिपि प्रयोग वैधानिक रहेको ठहर गरिसकेको विभागले जनाएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने

काठमाडौं- नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपानेलाई पठाउने निर्णय गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेकाे पदाधिकारी बैठकले न्यौपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हाे ।

निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियड प्रकरणपछी सभापति रामहरि खतिवडाले राजीनामा दिएका कारण रिक्त रहेको उक्त पदमा न्यौपानेलाई पठाउने निर्णय भएको हो।

न्यौपाने संसदीय सुनुवाइ समितिको पनि सभापति रहेकोले सो समितिको सभापतिबाट उनलाई राजीनामा गर्न लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउन लागिएको हो।

संसद सचिवालयले जारी गरेको कार्यतालिका अनुसार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने उल्लेख छ।कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ । 

ओली सरकारको वैधतामा सर्वोच्चको प्रश्न

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सहयोगी दल नागरिक उन्मुक्ति पार्टीले असार २२ मा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान पालना नगरेको भन्दै सर्वोच्च अदालतले सरकारको वैधतामा प्रश्न उठाएको छ।

नेपालको संविधानको धारा १००(२) अनुसार समर्थन फिर्ता भएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनैपर्छ। तर, ओली सरकारले यस्तो नगरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । नागरिक उन्मुक्ति पार्टीले पछि पुनः समर्थन पत्र पठाए पनि समयसीमा नाघिसकेको भन्दै आलोचना भएको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओली, सभामुखलगायतलाई लिखित जवाफ माग्दै चार संवैधानिक प्रश्नमा स्पष्टिकरण गर्न आदेश दिएको छ। अदालतले भाद्र ११ गते अन्तरिम आदेश दिने–नदिनेबारे सुनुवाइ गर्नेछ।

सरकारका तर्फबाट भने नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू अझै सरकारमै रहेका कारण औपचारिक समर्थन फिर्ता नभएको र त्यसैले विश्वासको मत आवश्यक नरहेको दाबी गरिएको छ। तर संसद सचिवालयका अनुसार दललाई विपक्षीमा दर्ता गरिएको छ, जसले सरकारको स्थिति थप अनिश्चित बनाएको बताइएको छ ।

भाद्र ११ गते अर्थात भोलि आउने अदालतको निर्णयले, ओली सरकारले संवैधानिक प्रावधान उल्लङ्घन गर्दै विश्वासको मत नलिएको ठहर गरेमा वर्तमान ओली सरकार कामचलाउ सरकारमा परिणत हुनेछ।

तीज: नेपाली सांस्कृतिक पर्वको परम्परा, आधुनिकता र चुनौती

आधुनिकता र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै तीज पर्वलाई मौलिकता, आध्यात्मिकता र सामाजिक मूल्यसहित मनाउनु अहिलेको आवश्यकता बनेको छ।
prabha adhikari pharmaceutical scientist

प्रभा अधिकारी
स्वास्थ्यकर्मी

नेपालमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू धर्मावलम्बी महिलाहरूले मनाउने हरितालिका तीज धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक जीवनसँग जोडिएको महत्वपूर्ण पर्व हो। यो पर्व विशेषगरी महिलाहरूको जीवनमा आध्यात्मिकता, सहकार्य, पारिवारिक सम्बन्ध र सामाजिक पहिचानको प्रतीक मानिन्छ। तीज पर्वले नेपाली समाजमा नारीहरूको धार्मिक सशक्तिकरण, सांस्कृतिक चेतना र सामाजिक अनि पारिवारिक सम्बन्धको संवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तीजको ऐतिहासिक र धार्मिक पृष्ठभूमि
परम्पराअनुसार, तीजको व्रत भगवान शिव र देवी पार्वतीको कथा सँग जोडिएको छ। मान्यताअनुसार, हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पति देवको रूपमा प्राप्त गर्न निराहार र निर्जला व्रत बसेकी थिइन्। त्यसै कथाबाट उत्पन्न हुँदै नेपाली महिला दिदी–बहिनीहरूले आफ्नो पति वा भावी पतिसँग दीर्घायु, पारिवारिक सुख–शान्ति र दाम्पत्य जीवनको सफलताको कामना गर्दै व्रत बस्ने परम्परा विकसित भएको हो। अविवाहित महिलाहरूले पनि भगवान शिवजस्तो पति प्राप्त होस् भन्ने आशाका साथ व्रत बस्छन्।

तीजको दिन महिलाहरू विशेष गरी रातो पहिरन लगाउने, हातमा मेहेन्दी लगाउने र नृत्य–गीतको माध्यमबाट रमाइलो गर्ने चलन छ। रातो रंग सौभाग्य, प्रेम र समृद्धिको प्रतीक मानिन्छ। यस पर्वका दिन शिवालय र मन्दिरहरू दर्शनार्थीले भरिन्छन्, र भक्तजनले सामूहिक पूजा, आरती, हवन र गीत–नृत्य गरेर पर्वलाई आध्यात्मिक र सामाजिक रूपमा जगेर्ना गर्दै आएका छन्।

तीजको सांस्कृतिक र सामाजिक मूल्य
परम्परागत रूपमा, तीज पर्वले महिलाहरूबीच आपसी सम्बन्ध बलियो बनाउने र सामाजिक सहकार्य बढाउने कार्य गर्दै आएको पाइन्छ । तीजको अघिल्लो दिन ‘दर’ खाने चलन रहेको छ। यसमा ब्रतको अघिल्लो दिन अबेर राती खाइने विभिन्न परिकार, मिठा र खानपिनका वस्तुहरू समावेश गरिन्छ । दर खाने क्रममा महिलाहरू नाचगान गर्दै रमाइलो गर्ने र भोलिपल्टको निराहार–निर्जला व्रत बस्ने गर्दछन।

पुराना समयमा छोरी–चेली, बुहारीहरूले सामाजिक र पारिवारिक दबाब र पीडाको अनुभव गीतको माध्यमबाट व्यक्त गर्ने चलन थियो। माइत जाने अवसर, परिवारसँग भेटघाट र गीत–नृत्यले उनीहरूको पीडा कम गर्न र मानसिक सन्तुलन कायम गर्न सहयोग गर्थ्यो। यसरी तीज केवल धार्मिक पर्व मात्र नभई महिलाहरूको मानसिक र सामाजिक स्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको थियो।

तीजले विशेषगरी महिलाहरूलाई आफ्नो स्वतन्त्रता र शक्ति अनुभव गर्ने अवसर दिन्थ्यो। पर्वले पितृसत्तात्मक संरचनाभित्र महिलाहरूको आवाज सुनिने, अनुभव साझा गर्ने र सामूहिक सहकार्यमा रमाइलो गर्ने वातावरण सिर्जना गर्थ्यो। यसले सामाजिक एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक चेतनालाई समेत बलियो बनाएको थियो ।

आधुनिक प्रवृत्ति र परम्परामा आएको परिवर्तन

तर पछिल्लो समय तीज मनाउने शैलीमा परिवर्तन आएको छ। अहिलेको युवा पुस्ताले ‘दर’ खाने परम्परालाई नयाँ अर्थ दिन थालेको छ। पुरानो दरमा खाना, मिठाइ र पारिवारिक भेटघाटको महत्व थियो भने अहिले क्लब, पब र सार्वजनिक स्थलमा रातभर मदिरा सेवन गर्दै पार्टी गर्ने चलन बढेको छ।साथै, गीत र नृत्यमा पनि परम्परागत धार्मिक र सामाजिक भाव भन्दा मनोरञ्जन, फेसन र छाडापन प्रधान हुने क्रम देखिएको छ। पहिले जहाँ महिलाहरूको गीतमा जीवनको पीडा, सामाजिक असमानता र पारिवारिक सम्बन्धको व्यथा व्यक्त हुन्थ्यो, आज त्यही गीतहरू केवल मनोरञ्जन र पार्टीका साधनका रूपमा प्रयोग भइरहेका छन्। आजकलको तीजको “दर” अब केवल खानपिनको अवसर नभई महिना दिनअघि देखि सुरु हुने मदिरा र पार्टीको फेसन मात्र बनेको छ। युवा पुस्ताले समाजिक सञ्जाल , फेसन र मनोरञ्जनसँग जोड्दै तीजलाई मौलिक परम्परागत संरचना भन्दा बाहिर लैजान थालेका छन्। यसले हाम्रो सांस्कृतिक र आध्यात्मिक परम्परामा चुनौती उत्पन्न गरेको छ।यस प्रवृत्तिले तीजको आध्यात्मिकता, सामाजिक मूल्य र सांस्कृतिक धरोहरलाई कमजोर पार्ने खतरा सिर्जना गरेको छ।

तीज र महिला सशक्तिकरण

यद्यपि आधुनिक प्रवृत्तिले केही सकारात्मक पक्ष पनि ल्याएको छ। महिला अब सार्वजनिक रूपमा सहभागिता जनाउन र आफ्नो स्वतन्त्रता व्यक्त गर्न सक्षम भएका छन्। तीज पर्वले अब महिला सशक्तिकरणको प्रतीकको रूपमा समेत अर्थ पाएको छ। महिलाहरूले आफ्नो निर्णय क्षमता, स्वतन्त्रता र सामाजिक भूमिकालाई अझ खुल्ला रूपमा प्रदर्शन गर्ने अवसर पाएका छन्। तर महिला सशक्तिकरण र व्यक्तिगत स्वतन्त्रता भनेको परम्परागत मूल्य, सांस्कृतिक अर्थ र धार्मिक अभ्यासलाई विस्थापित गर्नु होइन। आधुनिकता र फेमिनिज्मको बहानामा परम्परागत सांस्कृतिक संरचनामा चुनौती दिनुले , पर्वको मौलिकता र आध्यात्मिक पक्षलाई कमजोर बनाउने खतरा उत्पन्न गर्दछ।

सांस्कृतिक संरक्षणको आवश्यकता
हाम्रो समाजमा सांस्कृतिक पर्व केवल रमाइलो वा सामाजिक भेटघाटको माध्यम मात्र होइन, सामाजिक, धार्मिक र पारिवारिक संरचनाको अभिन्न अंग हुन्। तीज पर्वले महिलाहरूको आध्यात्मिक अनुभव, पारिवारिक सम्बन्ध र सामाजिक पहिचानको संवर्द्धन गर्ने काम गर्छ। आजको पुस्ताले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा बढी ध्यान दिएकोले, तीजको मूल स्वरूपमा असर परेको जस्तो भान हुन्छ । त्यसो भन्दैमा धर्म र संस्कृतिको नाममा सकी-नसकी निराहार र निर्जला व्रत बस्नुपर्छ , पतिको खुट्टा धोएको पानि खाएर पतिव्रता भइन्छ भन्ने होइन। तर आधुनिकता र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम राख्दै मौलिक परम्परा, आध्यात्मिकता, पारिवारिक सम्बन्ध र सामाजिक मूल्यलाई जोगाउँदै महिला सशक्तिकरण र व्यक्तिगत स्वतन्त्रताको सन्देशलाई पनि समेट्न सके मात्र तीज पर्व हाम्रो समाजमा जीवन्त रहिरहनेछ।त्यसैले आधुनिकता र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै तीज पर्वलाई मौलिकता, आध्यात्मिकता र सामाजिक मूल्यसहित मनाउनु अहिलेको आवश्यकता बनेको छ।

राज्य व्यवस्था समिति सभापति चयनमा अलमलिएको काँग्रेस

काठमाडौं : नेपाली कांग्रेसको तर्फबाट राज्य व्यवस्था समिति सभापति बनेका रामहरि खतिवडाले राजीनामा दिएपछि यतिबेला काँग्रेस नयाँ राज्य व्यवस्था समिति सभापति चयनको विषयलाई लिएर अलमलमा परेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा हिजो बसेको शीर्ष नेताहरूको बैठकमा नयाँ सभापतिको नाममा छलफल भए पनि अन्तिम टुङ्गो भने लाग्न सकेको छैन।

राज्य व्यवस्था समितिको सभापतिको विषय टुङ्ग्याउनका लागि कांग्रेसले आज फेरि बैठकको आह्वान गरेको छ। यधपी, उपसभामुखलाई हटाउने विषयमा विभाजित देखिएको काँग्रेस र शेखर कोइराला पक्षधरका नेताहरुलाई आफ्नो कित्तामा समेट्न र आगामी निर्णयमा रुष्ट पक्षको समान सहभागिता र समर्थनको लागि देउवाले कोइराला पक्षबाट सभापति चयन गर्न सक्ने आंकलन गरिएको छ ।आज बस्ने भनिएको बैठकले रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनबारे पनि छलफल गर्ने जनाएको छ।

त्यसैगरी,संसद सचिवालयले जारी गरेको कार्यतालिका अनुसार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने उल्लेख छ।कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ । 

आज हरितालिका तीज

वैदिक सनातन धर्म संस्कृती अनुसार हिन्दु धर्मावलम्बी महिलाहरु हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन नेपाली नारीहरुको महान चाड हरितालिका तीज मनाउने गर्दछन।

हरितालिका तीजको दिन नेपाली महिला दिदि-बहिनीहरु भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग यो पर्व मनाउँछन् । तीजको अघिल्लो दिन अबेर खाना खाएर तीजको दिन निराहार र निर्जला व्रत बस्ने चलन रहेको छ। यसरि तिजको दिन निराहार र निर्जला व्रत बस्ने अघिल्लो दिन खाइने खानेकुरालाई नेपालीमा दर भनिन्छ। तीजको अघिल्लो दिन नेपाली महिला दिदि बहिनीहरु अबेर रातिसम्म नाच गान गर्दै रमाइलो गरेर दर खाने प्रचलन रहेको छ।तिजको दिन महिला दिदि-बहिनीहरु विशेष गरि रातो वस्त्र धारण गर्ने र हातमा मेहेन्दी लगाउने गर्दछन, जसलाई सौभाग्यको प्रतिकको रुपमा मानिन्छ।

तीजको दिन छोरी चेलीहरु माइत (आफ्नो जन्मघर) जाने परमपरा रहेको छ। पुरानो समयमा यातायातको व्यवस्था नहुँदा टाढा-टाढा माइती भएकाहरु अरुबेला माइत जान नपाएपनि तिजको दिनमा भने माइत जाने र माइतिको आँगनीमा रमाइलो गर्ने प्रचलन रहेको पाइन्छ । त्योबेलाको अशिक्षित र कतिपय अन्धविश्वाशको समयमा सासुले बुहारीलाई दिएको पीडालाई छोरी चेलीहरुले गितको माध्यमबाट आफ्नो वेदना पोख्ने र त्यहि गीतमा रमाएर नाच्ने अनि दुख भुलाउने प्रचलन पनि रहेको पाइन्छ।

परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनि निराहार र निर्जला व्रत बसेको जनविश्वास रहिआएको छ । त्यसैले आजको दिन विवाहित नेपाली महिला दिदि-बहिनीहरु आफ्नो पतिको लामो आयुको कामनासहित पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका कामना गरेर तिजको व्रत बस्ने गर्दछन् भने अविवाहित महिला दिदि-बहिनीहरु भगवान शिव जस्तै पति प्राप्त होस् भन्ने कामना सहित तीजको व्रत बस्ने परम्परा रहेको छ। आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड लाग्ने गर्दछ ।

बालबालिकालाई परिक्षण र प्रमाणीकरण विनाको औषधी खुवाउँदै स्वास्थ्य मन्त्रि पौडेल

काठमाडौं – औषधि उत्पादनका लागि आवश्यक दर्ता प्रक्रिया, परीक्षण र प्रमाणित आधार नपुर्याई स्वास्थ्य मन्त्री प्रदिप पौडेलले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु खुवाउने अभियान सुरु गरेका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भदौ ५ गते धनगढीमा औपचारिक रूपमा सुरुवात गरेको यो कार्यक्रम नेपालकै प्राचीन आयुर्वेदिक पद्धतिमा आधारित भनिए पनि कुनै वैज्ञानिक प्रमाण, नियामक निकायमा दर्ता र स्वीकृति बिना नै सञ्चालनमा ल्याइएको भन्दै नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले सरकारको उक्त कदमप्रति गम्भीर असहमति जनाएको छ।

नेपासका अध्यक्ष डा. अरुणकुमार न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै वैज्ञानिक प्रमाण, गुणस्तर, जोखिम मूल्यांकन र नियामक पारदर्शिता नहुँदासम्म स्वर्णभस्म–स्वर्णकल्प बालबालिकामा प्रयोग गर्न नमिल्ने बताएका छन्।

‘स्वर्णकल्पले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ भन्ने दाबीको आधार पर्याप्त छैन, परीक्षण र दर्ता विवरण सार्वजनिक नभएको कारण नेपास यस अभियानसँग सहमत नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपासले सरकारलाई तत्काल कार्यक्रम स्थगित गर्न र वैज्ञानिक परीक्षण तथा नियामक प्रक्रिया पूरा गरेर मात्र औषधी वितरण प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

nepal pediatric doctors association

प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहितको विधेयकविरुद्ध कोशीमा पत्रकार महासंघको आन्दोलन

विराटनगर – “कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१” को विरोधमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले चरणबद्ध आन्दोलन सुरु गरेको छ।

दण्ड र जरिवानाको कठोर प्रावधानसहित विधेयक पारित गर्ने तयारी भएपछि महासंघले सोमबारदेखि आन्दोलनको घोषणा गरेको हो। महासंघले उक्त विधेयक संविधानको मर्म र प्रेस स्वतन्त्रताविरुद्ध रहेको भन्दै सच्याउन माग गरेको छ।

महासंघले भदौ १३ सम्मका लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

आन्दोलनका कार्यक्रम:

भदौ ९ (आज): सामाजिक सञ्जालमा खबरदारीसहित पोस्ट गर्ने।

भदौ १०: मुख्यमन्त्री, मन्त्री र दलका नेताहरूसँग भेटेर सच्याउन ध्यानाकर्षण गराउने।

भदौ ११: प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाउने।

भदौ १२: मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना।

भदौ १३: विराटनगरको देवकोटा चोकमा दिउँसो १ बजे १ घण्टा धर्ना।

अमेरिकाले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र बिक्री गर्ने

वासिङ्टन – अमेरिकाले युक्रेनलाई ३,३५० वटा लामो दूरीका हवाई प्रक्षेपण हुने क्रुज मिसाइल (इआरएएम) बिक्री गर्ने स्वीकृति दिएको वाल स्ट्रिट जर्नलले दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। करिब २८० माइलसम्मको दूरीमा प्रहार गर्न सक्ने यी हतियारहरू छ हप्ताभित्र युक्रेनमा पुग्ने बताइएको छ। तर युक्रेनले यी क्षेप्यास्त्र प्रयोग गर्न पेन्टागनको अनुमति लिनुपर्नेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो राष्ट्रपति जो बाइडेनले दिएको बिनासर्त सहयोगको आलोचना गर्दै आएका थिए। तर यसै साताको सुरुवातमा उनले युक्रेनले रुसभित्र लक्ष्य गर्न सक्ने क्षमता नभएसम्म युद्ध जित्ने कुनै सम्भावना छैन नभएको बताए लगत्तै युक्रेनलाई हतियार बिक्रि गर्ने प्रस्ताव सतहमा आएको हो । यधपी, अब युक्रेनलाई पठाइने कुनै पनि अमेरिकी हतियारको मूल्य युरोपका नाटो सदस्यहरूले भुक्तानी गर्नुपर्ने ट्रम्पले बताएका छन्।

यसबीच, फ्रान्स, जर्मनी लगायतका युरोपेली सहयोगीहरूले किभलाई दीर्घकालीन सुरक्षा प्रत्याभूतिका अंशस्वरूप अझ बढी हतियार आपूर्ति गर्न दबाब दिइरहेका छन्। रुसले भने पश्चिमी सैन्य सहयोगलाई शान्ति सम्झौतामा पुग्न मुख्य अवरोध भएको अडान दोहोर्याएको छ।

रूसलाई युक्रेनी भूभागमा चासो छैन तर जेलेन्स्कीले शान्ति सम्झौतामा हस्ताक्षर गर्न पाउँदैनन् – लावरोभ

मस्को – रुसका विदेश मन्त्री सेर्गेई लावरोभले मस्कोलाई युक्रेनको भूभाग कब्जा गर्ने कुनै इच्छा नरहेको तर किभबाट हुने दमनबाट रूसी मूलका र रूसी भाषा बोल्ने समुदायलाई बचाउन चाहेको दाबी गरेका छन्।

एक अन्तर्वार्तामा लावरोभले भने, “हामीलाई भूभागमा कुनै चासो छैन। हामीसँग पृथ्वीमै सबैभन्दा ठूलो भूभाग छ। हामीलाई चिन्ता ती मानिसहरूको हो, जसका पुर्खाहरू शताब्दीयौंदेखि त्यहाँ बस्दै आएका छन्।” उनका अनुसार रुसको उद्देश्य युक्रेनी भूमिबाट आउने सुरक्षा खतरालाई हटाउने र रूसी संस्कृतिसँग सम्बन्धित समुदायको अधिकारको रक्षा गर्ने हो।

लावरोभले २०१४ र २०२२ मा रुसमा सामेल हुन मतदान गरेका युक्रेनका पूर्वी र दक्षिणी क्षेत्रका बासिन्दालाई आफ्नो इच्छा व्यक्त गर्न दिनुपर्ने समेत बताएका छन् । उनले किभले ती जनतालाई आतङ्ककारी भन्दै अमानवीय व्यवहार गरेको आरोप समेत लगाएका छन्।

विदेशमन्त्री लावरोभले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वैधतामाथि पनि प्रश्न उठाएका छन् । उनले जेलेन्स्कीको कार्यकाल एक वर्षभन्दा बढी अघि सकिएको र सैनिक शासन (मार्शल ल) को कारण चुनाव स्थगित भएको स्मरण गर्दै, पुटिनसँग भेट गर्ने उनको प्रस्ताव “छवि चम्काउने खेल” मात्र भएको बताए। “उनी प्रत्येक कुरामा नाटक चाहन्छन्, वास्तविकतामा भने ध्यान दिन्नन्,” लावरोभले भने।

लावरोभले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता अस्वीकार नगरे पनि कुनै पनि सम्झौता युक्रेनका वैध प्रतिनिधिबाट मात्र हुनुपर्ने बताए। उनले जेलेन्स्कीले नाटो सदस्यता र भूभागीय विवादबारे छलफल गर्न अस्वीकार गरेको भन्दै अमेरिकासम्मलाई बेवास्ता गरेको आरोप पनि लगाए।

रुसले कुनै पनि सम्झौता युक्रेनको तटस्थता, निशस्त्रीकरण, नाजीकरण अन्त्य र रुसको नियन्त्रणमा रहेका भूभागको मान्यता जस्ता आधारभूत विषय सम्बोधन गर्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

तर किभले भने गुमेको भूभागको मान्यता दिने इरादा नभएको स्पष्ट गरेको छ, यद्यपि मस्कोसँग विवादबारे छलफल गर्न तयार रहेको बताएको छ ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया मौसम बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यसैगरी, आज राती देशभर साधारणतया मौसम बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू -भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

स्वतन्त्रता दिवसमा जेलेन्स्कीको प्रतिज्ञा : रुससँगको युद्द जारी रहने

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा युक्रेनले कहिल्यै हार नमान्ने र युक्रेनी जनताले खोजेको शान्ति नमिलेसम्म लडिरहने प्रतिज्ञा गरेका छन् । युक्रेनका जनताले आफ्ना भविष्यको निर्णय आफैँ गर्न सक्ने न्यायपूर्ण शान्ति चाहेको भन्दै, युक्रेन कुनै पीडित राष्ट्र नभएर एक लडाकु देश भएको बताएका छन्।

युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा, किभमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ,अमेरिकी प्रतिनिधि कीथ केलोग लगायतका अन्तराष्ट्रिय व्यक्तिहरुको पनि सहभागिता रहेको थियो। कार्नीले ड्रोन, गोलाबारुद र बख्तरबन्द सवारीसहित करिब २ अर्ब क्यानाडियन डलरको सैन्य सहयोग दिने वाचा समेत गरेका छन् । अमेरिकी प्रतिनिधि कीथ केलोगले , राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थहीन हत्या अन्त्य गर्न आग्रह गर्दै पठाएको पत्र जेलेन्स्कीलाई दिएका थिए । बेलायतका राजा चार्ल्सले युक्रेनीहरूको अटुट शक्तिको प्रशंसा गरेर पत्र पठाएका थिए भने, बेलायतले २०२६ सम्म युक्रेनी सैनिकलाई तालिम दिने बताएको छ।

नर्वेले जर्मनीसँग सहकार्य गर्दै करिब ६९३ मिलियन डलर बराबरको वायु प्रतिरक्षा प्रणाली दिने घोषणा गर्‍यो भने स्विडेनले युक्रेनसँग मिलेर रक्षा सामग्री उत्पादन गर्ने सहमति जनाएको छ।

यता, गत हप्ता अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच भएको शिखर सम्मेलनबाट कुनै नतिजा ननिस्किएको र युरोपेली मुलुकले निरन्तर सैन्य सहयोग उपलब्ध गराउने बताएसँगै शान्ति प्रयासहरू भने कमजोर हुँदै गएका छन्। ट्रम्पले असन्तुष्टि व्यक्त गर्दै रुसमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन्। जेलेन्स्कीले रूसलाई वार्ता अवरुद्ध गरेको आरोप लगाएको छ भने, मस्कोले पनि किभले वार्ताको एजेन्डा स्वीकार नगरेको बताएको छ।

हाललाई युरोपेली मुलुक, अमेरिका र बेलायतको समर्थनमा रहेको युक्रेन पछि हट्ने कुनै संकेत देखिएको छैन, जसले गर्दा तत्कालको लागी दीर्घकालीन शान्ति सम्झौता हुनेकुरा अनिश्चित जस्तै बन्न पुगेको छ।

अन्तःशुल्क स्टिकर प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ – अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितका प्रतिवादीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

अख्तियारले विशेष अदालतले तथ्य र प्रमाणलाई अनदेखा गर्दै त्रुटिपूर्ण फैसला गरेको दाबी गर्दै प्रतिवादीहरूलाई अभियोगपत्रअनुसार सजाय हुनुपर्ने माग गरेको छ।

अख्तियारले ९ असार २०८१ मा बहालावाला मुख्यसचिव अर्याल र अर्थमन्त्रालयका सहसचिव रितेश शाक्यसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय हुनेगरी मुद्दा दायर गरेको थियो। साथै स्टिकर छपाइमा भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६ सय रुपैयाँ जनही रूपमा असुल गर्नुपर्ने पनि अभियोगपत्रमा उल्लेख थियो।

१४ असोज २०८१ मा विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो। फैसलाविरुद्ध अख्तियारले आइतबार पुनरावेदन दायर गरेको हो।

अख्तियारको दाबी अनुसार विशेष अदालतले सफाइ दिएका आधार र तथ्यहरू अनुसन्धान र स्थापित प्रमाणसँग मेल खाँदैनन्। यसकारण अदालतले फैसलालाई बदर गरी अभियोगपत्रअनुसार नै सजाय सुनिश्चित गर्नुपर्ने अख्तियारले माग गरेको छ।

देवनागरी लिपि मेट्ने षड्यन्त्र भएको भन्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय विरुद्ध आन्दोलन घोषणा

काठमाडौं – सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध ‘जाग नेपाली’ अभियानले आन्दोलन गर्ने घोषणा गरेको छ। अभियानका संयोजक डा. दीपेश केसीले यो कदम देवनागरी लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै कडा प्रतिरोध गर्ने बताए।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा डा. केसीले देवनागरी हटाएर रोमन लिपि जबर्जस्ती थोपर्ने प्रयासलाई जनताले अस्वीकार गर्ने चेतावनी दिएका छन् ।

उनले विदेशी स्वार्थ र कमिशनको लोभमा नेपाली जनतालाई शोषण गर्दै मातृलिपि नामेट गर्ने प्रयास भइरहेको दाबी गर्दै यस्तो षड्यन्त्र परास्त गर्न सबैलाई प्रतिकारमा उत्रिन आह्वान गरेका छन् ।

डा. केसीले राष्ट्रघाती तत्वले धम्की र त्रास देखाएर रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट थोपर्न खोजिरहेको आरोप लगाउँदै जनतालाई बहिष्कार गर्न र जडान नगर्न आग्रह गरेका छन् ।

सातै प्रदेशका लागि सात ट्विनअटर जहाज खरिद गर्ने तयारी

काठमाडौं – सरकार सातै प्रदेशमा सञ्चालन गर्ने गरी सातवटा ट्विनअटर विमान खरिद गर्न तयारी गर्दैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल–पहाडका दुर्गम क्षेत्रमा जहाज अभावले हवाई सेवा प्रभावित भएको भन्दै यसलाई समाधान गर्न नयाँ जहाज खरिदको प्रस्ताव अघि बढाइएको बताएका छन् ।

हाल नेपाल एयरलाइन्ससँग दुई ट्विनअटर मात्रै रहेको र त्यसले माग पूरा गर्न नसक्ने भन्दै उनले पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँग सहकार्य गर्ने योजना सार्वजनिक गरेका छन् ।

हाल देशभर ५३ विमानस्थल रहे पनि अधिकांश निष्क्रिय अवस्थामा छन्। पाण्डेले ट्विनअटर संख्या घट्दै गए दुर्गम बासिन्दाको जीवन अझ कठिन हुने बताएका छन्।

जहाज संख्या कम भएका कारणले पनि विभिन्न दुर्गम हिमाली भेगमा हवाई उडान संचालन गर्न नसकेको पनि उनले बताएका छन्।

‍असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ।

विभागले सूचना जारी गर्दै हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गर्दै आएका सवारीसाधन मालिकलाई आधुनिक प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ।

गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो।

विभागका अनुसार असोज १ गतेदेखि सवारीसाधन दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान नगरी प्रक्रिया अगाडि बढाउन पाइनेछैन।

इम्बोस्ड नम्बर प्लेट जडान शुल्क मोटरसाइकलका लागि २ हजार ५ सय, तीन पांग्रे सवारीका लागि २ हजार ९ सय, चारपांग्रे सवारीका लागि ३ हजार २ सय र ठूला (हेभी) सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको विभागले जनाएको छ।

माइतीघरमा उखु किसानको धर्ना

काठमाडौं – सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा देशभरका उखु किसानहरूले आजदेखि राजधानी काठमाडौंको माइतीघरमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार उखुको लाँक्रासहित काठमाडौं आएका किसानहरूले अनुदान निरन्तरता दिनुपर्ने माग राख्दै धर्ना सुरु गरेका हुन्।

यस धर्नामा तराई–मधेसका १३ जिल्लाका अगुवा किसानहरूको सहभागिता छ। सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासी, कञ्चनपुरलगायतका जिल्लाबाट किसान काठमाडौं आएका छन्।

गत असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउँदै आएको प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको थियो। अघिल्लो वर्ष क्रसिङ भएको उखुमा प्रतिक्विन्टल ३५ रुपैयाँ दिने निर्णय भए पनि चालु आर्थिक वर्षको बजेटमा भने अनुदानका लागि कुनै व्यवस्था नगरीएपछि यस वर्ष क्रसिङ हुने उखुमा पनि किसानले अनुदान नपाउने प्रायः निश्चित देखिएको छ।

किसानहरूले सन् २०६६ सालदेखि उखुमा अनुदान पाउँदै आएका थिए। तर चालु आर्थिक वर्षको बजेटमा अनुदानको व्यवस्था नगरेको सरकारले अघिल्लो वर्ष क्रसिङ भएको उखुको पनि बाँकी अनुदान अझै उपलब्ध गराएको छैन। सर्लाहीका किसानहरूले मात्रै ३७ करोड ३९ लाख ९५ हजार ३७९ रुपैयाँ अझै पाउन बाँकी छ।

अनुदान कटौतीको निर्णयले लाखौं किसान उखु खेतीबाट पलायन हुने अवस्था आएको भन्दै किसानहरूले असन्तोष व्यक्त गरेका छन्। उनीहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानलाई निरन्तरता दिन सरकारसँग माग गरेका छन्।

विदेशमा वार्षिक १०००भन्दा बढी नेपालीको मृत्यु: दैनिक ४–५ शव नेपाल ल्याइन्छ

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा विदेश गएका नेपालीहरूमध्ये पछिल्लो एक महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांकअनुसार साउन महिनामा मात्र १७४ जनाको शव नेपाल ल्याइएको हो। सरदरमा हरेक दिन ४ देखि ५ जनासम्मको शव नेपाल आउने गरेको कार्यालयले जनाएको छ।

भन्सारका तथ्यांकअनुसार कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका देशमा मृत्यु भएका नेपालीको शव ल्याइएको हो।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका एक हजार २५५ जनाको मृत्यु भएको थियो। यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र मृत्यु भएपछि बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका परिवारको विवरणमा आधारित छ।

यस्तै प्रहरी तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५१७ जना नेपालीको विदेशमा मृत्यु भएको थियो भने, सोही अवधिमा एक हजार ४०१ जनाको शव नेपाल ल्याइएको थियो।

भूमि विधेयकविरुद्ध जसपाले ९ गतेदेखी विरोध प्रदर्शन गर्ने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदबाट पारित भूमि सम्बन्धी विधेयकविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले शनिबार आफ्ना विभिन्न संगठन र समितिहरूलाई सर्कुलर जारी गर्दै विरोधको तयारी सुरु गर्न निर्देशन दिएको हो।

जसपाले आगामी भाद्र ९ देखि १५ गतेसम्म देशका विभिन्न शहरहरूमा विरोध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पार्टीको भनाइमा सरकारले ल्याएको भूमि विधेयक भू–माफिया र जग्गा दलाललाई फाइदा हुने तर तराई–मधेसलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको छ।

जसपाले जारि गरेको विज्ञप्तिमा भनिएको छ , “भूमि सम्बन्धी विधेयक राष्ट्रिय हितविपरीत छ। यसले वन क्षेत्रको विनाश, जैविक विविधताको क्षति र तराई–मधेसलाई मरुभूमिकरणतर्फ लैजाने खतरा बढाउने भएकाले जसपा नेपाल शुरु देखिनै यसको विपक्षमा रहेको छ। तर, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते सरकारले विवादास्पद विधेयक अगाडि बढाएपछि, केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान अन्तर्गत कडा प्रतिकार गर्ने निर्णय गरेको छ।”

निर्णय अनुसार जसपाले भाद्र ९ देखि १५ गतेसम्म देशभरका विभिन्न सहरहरूमा विरोध प्रदर्शन गर्ने र पार्टीका सम्पूर्ण संरचना तथा कार्यकर्तालाई सक्रिय सहभागी हुन निर्देशन दिएको छ।

भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री देउवाको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री अर्जुना राणा देउवाले शनिबार काठमाडौं आइपुगेकी भियतनामकी उपराष्ट्रपति वो थी आन्ह सुआनसँग शिष्टाचार भेट गरेकी छन्।

सुआन नेपाली उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी हुन्।

भ्रमणको क्रममा उपराष्ट्रपति यादव र सुआनले आइतबार काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आफ्ना–आफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुआनले नेपालका वरिष्ठ अधिकारी र व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेट गर्नेछिन्।

भेटवार्तामा नेपाल–भियतनाम सम्बन्धका विभिन्न पक्षहरू साथै आपसी चासो र सहकार्यका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

सांस्कृतिक सम्बन्धलाई जोड दिंदै उनले बौद्ध धर्म नेपाल–भियतनाम जनताबीचको बलियो कडी रहेको बताइन्। उनले धेरै भियतनामी नागरिक लुम्बिनी भ्रमण गर्ने गरेको उल्लेख गर्दै सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि संयुक्त पहल गर्न प्रस्ताव गरिन्।

पर्यटन र आपसी सम्पर्क सहज बनाउन भियतनामबाट भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई उडान सुरु गर्नुपर्नेमा उनले जोड दिइन्। हालका वर्षहरूमा दुई देशबीचको पर्यटक आगमन बढ्दै गएको उल्लेख गर्दै पर्यटन क्षेत्रमा सहकार्य अझै प्रगाढ बनाउनुपर्नेमा पनि उनले ध्यानाकर्षण गराइन्।

सन् २०२६ पछि नेपाल न्यूनतम विकसित देशको सूचीबाट पदोन्नत हुने तयारीमा रहेको सन्दर्भमा, देउवाले त्यसपछिको संक्रमणकाल सहज बनाउन भियतनामको सहयोगको अपेक्षा रहेको भन्दै, सन् २०२७–२०२९ का लागि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् र सन् २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यतामा नेपालको उम्मेदवारीलाई समर्थन गर्न अनुरोध गरेको बताइएको छ।

उपराष्ट्रपति सुआनले नेपालको अन्तर्राष्ट्रिय आकांक्षामा भियतनामले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि बताइएको छ।

सिमा विवादको विषयमा नेपालद्वारा भारत र चीनलाई कूटनीतिक नोट

काठमाडौँ – नेपाल सरकारले भारत र चीनबीच गत मंगलबार भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै दुवै देशलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार नै नेपालले भारत र चीनलाई नोट पठाएको हो।

यसअघि पनि नेपालले भारतसँग सीमासम्बन्धी विवादमा चारवटा र अन्य विषयमा दुईवटा गरी छ पटक कूटनीतिक नोट पठाइसकेको छ।

हालै भारत भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भारतीय पक्षसँग मिलेर नेपाली भूमि लिपुलेकमार्फत व्यापार सुरु गर्ने सहमति गरेका थिए। सो सहमतिविरुद्ध नेपाल सरकारले औपचारिक आपत्ति जनाएको हो।

कूटनीतिक नोटमा नेपालले सीमा विवाद समाधानका लागि भारतसँग स्थापित संयन्त्रमार्फत छलफल गर्नुपर्ने र त्यही संयन्त्र नै उचित निकास हुने धारणा राखेको छ। नेपाल–भारतबीचका सबैभन्दा ठूला औपचारिक संयन्त्रहरू परराष्ट्रमन्त्रीस्तरदेखि लिएर नापी विभागअन्तर्गतका विभिन्न कार्यदलसम्म रहेका छन्।

नापी विभागअन्तर्गत नेपाल–भारत सीमा विवाद समाधानका लागि तीन वटा संयन्त्र क्रियाशील छन्। जसमा दुवै देशका नापी प्रमुखहरूको नेतृत्वमा ‘बाउन्ड्री वर्किङ ग्रुप प्रमुख संयन्त्र मानिन्छ। यसको बैठक प्रत्येक वर्ष आलोपालो गरेर बस्ने कार्यविधि छ। पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि गत जुलाई २२–२३ मा नयाँ दिल्लीमा गृह सचिवस्तरीय बैठक बसेको थियो। त्यसपछि नापी विभाग प्रमुखको नेतृत्वमा अर्को बैठक बसेर सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको थियो।

२०७० पछि नेपालले पठाएका प्रमुख कूटनीतिक नोटहरू:

जेठ २०७२ : भारत–चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौतामा आपत्ति

२९ वैशाख २०७७ : मानसरोवर जाने सडक नेपाली भूमि हुँदै उद्घाटन गरेको विषयमा

७ मंसिर २०७७ : नेपालले नयाँ नक्सा जारी गर्दा भारतसँगको विवाद

१० मंसिर २०७७ : रकम तिरे पनि कोभिड–१९ खोप नपाएको विषयमा

२१ भदौ २०७८ : जयसिंह धामी महाकालीमा बगेको र हेलिकोप्टर नेपाली भूमिमा उडेको विषयमा

५ भदौ २०८२ : भारत–चीनबीच व्यापार नाका खोल्ने सम्झौतामा आपत्ति

गाजा:असफल मानव अधिकार र न्यायका नाममा बोल्न नसक्ने पश्चिमी प्रजातन्त्र

काठमाडौं – गाजा शहरमा भइरहेको दु:खद घटनाक्रम भयावह चरणमा पुगेको छ, जहाँ फैलिएको भोकमरीलाई अहिले “मानवताको असफलता” भनेर वर्णन गरिँदैछ। यो बढ्दो संकटले केवल घेराबन्दीमा परेका जनतामाथि भइरहेको निरन्तर आक्रमण मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको लाजमर्दो मौनता र संलग्नतालाई पनि उजागर गरेको छ, विशेष गरी प्रजातन्त्र र मानवअधिकारको पक्षधर भएको दाबी गर्ने पश्चिमा मुलुकहरूलाई।

गाजा लगातार बमबारी, नाकाबन्दी र आधारभूत संरचनाको ध्वंसमा परेको छ। खाना, औषधि र सफा पानी अभावमा लाखौँ मानिस भोकमरीको डिलमा पुगेका छन्। संयुक्त राष्ट्रसंघसहितका मानवतावादी संस्थाहरूले पटक–पटक “विशाल मृत्यु र विनाश” को चेतावनी दिए पनि ती अपिलहरूलाई प्रायः बेवास्ता गरिएको छ।

यस सम्बन्धमा इजरायलको नरसंहारलाई अन्त्य गर्न पहलकदमी लिनुको सट्टा, धेरै शक्तिशाली मुलुकहरूले उसलाई राजनीतिक, सैनिक र आर्थिक समर्थन बढाएका छन्। यो समर्थन, चाहे हतियार आपूर्ति, कूटनीतिक आड, वा संयुक्त राष्ट्रसंघमा भिटोको रूपमा होस्, यसले सामूहिक हत्या, जबर्जस्ती विस्थापन र सर्वसाधारण क्षेत्रमा भएको आक्रमणलाई निरन्तरता दिन इजरायललाई सक्षम बनाएको र बल पुर्याएको देखिन्छ । आलोचकहरूको भनाइमा, यसले अन्तर्राष्ट्रिय कानुनलाई कमजोर मात्र बनाएको छैन, बरु धेरै अवलोकनकर्ताहरू र मानवअधिकार समूहहरूले “नरसंहार” भनेको घटनालाई अझ उकासेको छ।

स्वयंलाई प्रजातान्त्रिक भन्ने मुलुकहरूको प्रतिक्रिया अझ निराशाजनक देखिएको छ। विश्वलाई मानवअधिकार र स्वतन्त्रताको पाठ पढाउने यी सरकारहरू रणनीतिक स्वार्थलाई नैतिक जिम्मेवारीमाथि प्राथमिकता दिँदै आएका छन्। उनीहरूको निष्क्रियताले गाजाका जनतालाई एक्लो बनाएको छ, सुरक्षा विहीन बनाएको छ, र असीम पीडामा छोडेको छ।

भोकमरी फैलिँदै जाँदा र मृत्यु दर बढ्दै जाँदा, विश्व एक कठोर सत्यसँग सामना गरिरहेको छ। न्याय र मानवता राजनीति र शक्तिको छायामा हराएको छ । यदि विश्वका शक्तिशाली र प्रजातान्त्रिक भनिने नेताहरूले तत्काल आक्रमण रोक्ने र सुरक्षित मानवतावादी पहुँच सुनिश्चित गर्ने कदम नचाले, इतिहासले यो अध्यायलाई आधुनिक कालको सबैभन्दा ठुलो मानव नरसंहारको रूपमा सम्झनेछ।

रूसलाई नाटो सदस्यता दिने क्लिन्टनको त्यो वाचा:दशकौंको अविश्वास र द्वन्द्व

वासिङ्टन – हालसालै सार्वजनिक भएका कागजातहरूले देखाएको छ कि अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नाटोको विस्तारले मस्कोलाई खतरा पुर्याउने उद्देश्य नराखेको भन्दै रूसलाई गठबन्धनमा सामेल गर्ने सम्भावना समेत विचार गर्ने वाचा गरेका थिए।

यो खुलासा सन् २००० जुन ४ मा क्रेमलिनमा भएको बैठकबारे ह्वाइट हाउसको विवरणमा उल्लेख गरिएको छ , जसलाई बिहीबार वासिङ्टनस्थित स्वतन्त्र अनुसन्धान संस्था नेशनल सेक्युरिटी आर्काइभ ले सार्वजनिक गरेको हो।

कागजातअनुसार, क्लिन्टनले नाटो विस्तारबारे मस्कोको चिन्ता स्वीकार गर्दै उनले यो सैन्य गठबन्धनले रूसलाई कुनै खतरा नपार्ने स्पष्ट पारेका थिए । उनले भनेको उद्धृत गरिएको छ, “नाटो विस्तार प्रक्रियाको सुरुदेखि नै यो कुरा रूसका लागि समस्या बन्न सक्छ भन्ने मलाई थाहा थियो। तर म यसमा संवेदनशील थिएँ, र म चाहन्छु यो बुझियोस् कि नाटो विस्तारले कुनै हालतमा पनि रूसलाई धम्की दिंदैन।”क्लिन्टनले दीर्घकालमा भने रूस “सभ्य विश्वलाई एकसाथ राख्ने प्रत्येक संस्थाको हिस्सा हुनुपर्छ” भन्दै पश्चिमी नेतृत्वका संस्थाहरूमा रूसलाई समावेश गर्ने बाटो खुला रहेको संकेत दिएका थिए ।यधपी क्लिन्टनले रुसलाई नाटोमा संलग्न गराउने प्रस्ताव अन्य अमेरिकी प्रतिनिधिहरुसंगको छलफलपछि रोकिएको थियो।

तर क्लिन्टन पदबाट हटेपछि पछिल्ला दशकहरूले रुस अमेरिका सम्बन्धमा फरक तस्वीर कोरेको छ । रूस नाटोसँग नजिकिनुको सट्टा, नाटोले आफ्नो प्रभुत्व निरन्तर पूर्वतर्फ विस्तार गर्दै गयो र पूर्व वारसा संधि सदस्य तथा सोभियत प्रभावमा रहेका बाल्टिक मुलुकहरूलाई समेत नाटोमा सामेल गर्यो। मस्कोका लागि यो सहकार्य नभई रुस घेर्ने रणनीति जस्तो देखियो।

राजनीतक विश्लेषकहरुका अनुसार , क्लिन्टनको रुसलाई नाटोमा सामेल गराउने वाचा र त्यसपछि पश्चिमको व्यवहारबीचको ठूलो अन्तरले आपसी अविश्वासलाई झनै गहिरो बनाउँदै लग्यो । नाटो विस्तारविरुद्ध रूसको आपत्ति पश्चिमा देशहरुले बेवास्ता गर्दा, मस्कोले प्रारम्भिक वाचा नै असल नियतमा गरिएको थिएन भन्ने आंकलन गर्यो, यधपी क्लिन्टनको वाचा क्लिन्टन एक्लैले पुरा गर्न सक्ने स्थिति त्यो बेला थिएन।

आज अमेरिकाअनि रूसबीचको सम्बन्ध शीतयुद्धपछिकै सबैभन्दा तल झरेको छ। युक्रेनको युद्ध, पूर्वी युरोपमा नाटोको सैन्य उपस्थिति, र रूसमाथि लगाइएका कडा प्रतिबन्धहरूले सहकार्य होइन, टकरावको वातावरणलाई झल्काउँछ। रूसलाई नाटोमा सामेल गर्ने कुरा अहिले अकल्पनीय छ, बरु दुश्मनी नै विश्व सुरक्षा बहसको मुख्य धुरी बनेको छ।

राजनीतक विश्लेषकहरु भन्छन्, यी सार्वजनिक कागजातहरूले इतिहासमा एउटा निर्णायक “के भए त?” भन्ने क्षण देखाउँछ। क्लिन्टनको वाचा ईमानदारीपूर्वक अघि बढाइएको भए, अमेरिकी-रूसी सम्बन्धको दिशा पूरै फरक हुन सक्थ्यो, र दशकौंको अविश्वास र द्वन्द्व टार्न सकिन्थ्यो भन्ने उनीहरूको तर्क छ। तर, शब्द र व्यवहारबीच मेल नमिल्दा दुवै पक्ष अहिले पनि शंका र वैरभावको चक्रमा फसेका छन्।

आज मोती जयन्ती

राष्ट्रिय विभूति एवंनेपाली साहित्य क्षेत्रका एक अजर-अमर व्यक्तित्व मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कुशे औँसीको दिन जन्मनुभएकोले हरेक वर्ष कुशे औंसीको दिन साहित्यकार मोतीराम भट्टको स्मृतिमा मोती जयन्ती मनाउने गरिन्छ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि निकै ठुलो योगदान पुर्याउनुभएको छ ।

१९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवीको कोखबाट काठमाडौँको भोसिको टोलमा मोतीराम भट्टको जन्म भएको थियो ।

दरबार हाइस्कुलमा पढ्दा पढ्दै ६ वर्षको कलिलो उमेरमा भारत पुगेका भट्टले भारतको बनारसमा आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो। १५ वर्षको उमेरमा नेपाल फर्कनु भएका भट्टले आफ्नो छिमेकी खड्ग दत्त पाण्डेको बिहेमा भानुभक्त आचार्यले वाचन गर्नुभएको कबिता सुनेपछि भानुभक्तका कबिता र कृतिहरूको बारेमा खोज अनुसन्धान सुरु गरेर त्यसलाई जनमानसमा उजागर गर्ने प्रयास गर्नुभएको थियो।नेपाली साहित्यमा भानुभक्तलाई चिनाउनुमा उहाँको ठुलो योगदान रहेको छ।
उहाँले ”कवि भानुभक्तको जीवन चरित्र” भानुभक्त आचार्यको जीवनी लेख्नुभयो, जसले आचार्यलाई नेपाली भाषाको प्रथम कवि (आदि कवि)को रूपमा स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेलेको थियो। नेपालको राष्ट्रिय विभूति मानिएका भट्टलाई युवा कविको उपाधि समेत दिइएको थियो। नेपाली साहित्यको १८८३ देखि १९१९ सम्मको अवधिलाई मोतीराम युग भनेर पनि भन्ने गरिन्छ।

भट्टलाई नेपाली साहित्य क्षेत्रमा कवि, गायक, निबन्धकार र प्रकाशकको रुपमा चिनिन्छ। उहाँलाई नेपाली साहित्यको पहिलो जीवनीकार र साहित्यिक समीक्षक पनि मानिन्छ। उहाँलाई नेपालको पहिलो गजलकार पनि मानिन्छ।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

गायकीको हिसाबले यो गज़ल नै नेपालको पहिलो गजल मानिन्छ। तर वाचनका हिसाबमा कहिँ कतै यो गजललाई पनि पहिलो भनेर भन्ने गरेको पाइन्छ।

दुई आँखी भौं त तयार छन् तरबार पो किन चाहियो
तिमि आँफै मालिक भै गयौ सरकार पो किन चाहियो।।

बहुभाषिक भट्ट नेपालीका साथसाथै संस्कृत, फारसी, अंग्रेजी,बंगाली, उर्दू र नेपाल भाषामा पनि निपुण हुनुहुन्थ्यो। भानुभक्तको जीवन चरित्र,शकुन्तला, प्रियःदर्शिका,मनोवेग प्रवाह, गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा लगायत उहाँका करिब २ दर्जन कृतिहरु प्रकाशित छन्।

१५ वर्षको उमेरमा नेपालमा आएर विवाह गरेको १ बर्षपछि उच्च शिक्षाको लागि भट्ट पुन: बनारस फर्किनुभयो। उहाँले भारतमै रहेर पनि गोर्खा भारत जीवन नामक नेपाली पत्रिकाको प्रकाशन गर्नु भएको थियो। त्योबिचमा, भट्ट पटक-पटक नेपाल आउने जाने गरिरहनुहुन्थ्यो। १९५२ मा भारत जाँदा बिरामी भएपछी नेपाल फर्कनुभएका भट्टको एक वर्षपछि १९५३ मा निधन भएको थियो। उहाँको अन्तिम संस्कार पशुपतिको आर्यघाटमा गरिएको थियो।

आज कुशे औँसी:बुबाको मुख हेर्ने दिन

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज घरघरमा कुश राखेर मनाईन्छ। आज वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले आफ्नो घर को मूल ढोका अगाडी कुश राख्ने गर्दछन्।

कुशे औँसी

वैदिक सनातन हिन्दु धर्म संस्कृतीमा कुशलाई जप स्नान गर्दा, दान गर्दा, पूजा- पाठ गर्दा र हरेक देव कर्म र पितृ कर्ममा निकै महत्वपूर्ण रअनिवार्य वनस्पतिको रुपमा प्रयोग गरिन्छ। आजको दिन हरेक नेपालीले आफ्नो घरमा कुश राख्ने गर्दछन।आफ्नो घरको मूल ढोका अगाडी कुश राख्नाले खराब शक्तिहरु नष्ट हुने विश्वास रहिआएको छ। त्यसैले आजको दिनलाई कुशे औँसी पर्व पनि भनिन्छ । आयुर्वेद शास्त्रले औषधिको रुपमा प्रयोग गर्ने गरेको कुश विज्ञानले पनि औषधिको रुपमा प्रमाणित गरिसकेको छ।कुशले सम्पूर्ण विकिरण परावर्तन गर्छ भन्ने कुरालाई पनि विज्ञानले प्रमाणित गरिसकेको छ। वैदिक सनातन धर्म संस्कारमा कुशको औंठी र जनैको निकै महत्व रहेको छ।

बुबाको मुख हेर्ने दिन
कुशे औँसीलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । नेपालीहरु आजको दिनलाई पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिनको रुपमा मनाउने गर्दछन । आज छोरा-छोरीले आफ्नो पिताको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने गर्दछन्। पिता नहुनेहरुले आज विभिन्न धार्मिक पीठ, देवालय वा पवित्र तीर्थस्थल पुगेर स्नान गरी, पितृहरूको नाममा श्राद्ध गरेर तर्पण दिने र सीधा दान गरेर आध्यात्मिक चिन्तनबाट आफ्नो पितालाई सम्झिएर उनको आत्माको शान्तिको कामना गर्दछन।

भण्डारीको सदस्यता नवीकरण नहुने ओलीको स्पष्टोक्ति

चुनाव हारेका व्यक्तिहरूको जमात खडा गरेर पार्टीविरुद्ध लागेको आरोप

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने बताएका छन्।

शुक्रबार च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भण्डारी राष्ट्रपति हुन पार्टी सदस्यता परित्याग गरेकाले अब त्यो नवीकरण नहुने स्पष्ट पारे। आफूले सदस्यता खोसेको भन्ने आरोप असत्य भएको उनले दोहोर्याए। भण्डारीले रसिद काटेको दाबीबारे ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता नवीकरण नहुने टिप्पणी गरे।

उनका अनुसार, भण्डारीले चुनाव हारेका र पार्टीप्रति असन्तुष्ट व्यक्तिहरूलाई भेला गरेर जमात खडा गर्न थालेकी छन्। उनले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीभित्र समस्या सिर्जना गर्नु कल्पनातीत भएको बताए। साथै, मदन भण्डारीको जन्मदिन मनाउने नाममा पार्टीविरुद्ध भेला गर्ने काम भइरहेको भन्दै असन्तुष्टहरूलाई बोकेर हिँड्ने गरेको आरोप लगाए।

ओलीले भने, “पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, विभिन्न संगठनका चुनावमा हार्नेहरूलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गर्न लाग्नु भएको छ।”

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित :आमाको नामबाट नागरिकता दिने व्यवस्था

काठमाडौं – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।

प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभा पठाउनेछ ।

पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।यो ऐन पारित भएपछि आमालाई वंशको अधिकार दिने व्यवस्थाले कानूनी मान्यता पाउनेछ । योसँगै आमा र बुवामध्ये कुनै एकको नामबाट समेत वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता हरिप्रसाद कँडेल पक्राउ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका छन्। रुपन्देही प्रहरीले उनको इन्स्टिच्युटले नक्कली प्रमाणपत्र किनबेच गर्ने गरेको पाएको भन्दै उनलाई नियन्त्रणमा लिएको हो।

यसअघि भदौ १ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कबाट भारतका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए। उनको साथबाट नेपाल र भारतका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र, स्टाम्प, होलोग्राम र स्टिकर बरामद गरिएको थियो।

प्रहरीलाई अभिषेक यादवले ती कागजात कँडेलकै मागअनुसार भारतमा छपाएर नेपाल ल्याएको बयान दिएका थिए। सोही आधारमा रुपन्देही प्रहरीले चितवनको कालिका नगरपालिका–५ निवासी ५० वर्षीय कँडेललाई पक्राउ गरी रुपन्देही लगिएको जनाएको छ।

कँडेलले चितवनको लायन्स चोकमा सञ्चालन गरेको कार्यालयमार्फत नक्कली प्रमाणपत्र किनबेच गर्दै आएको खुलेको प्रहरीले जानकारी दिएको छ।

इजरायलको लक्ष्य शान्ति होइन, प्यालेस्टिनी भूमि कब्जा गर्नु हो : नेतान्याहु

गाजा- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम र बन्दी सम्झौतामा सहमति जनाए पनि इजरायलले गाजामा पूर्ण नियन्त्रण गर्ने बताएका छन्। उनको यो अभिव्यक्तिले इजरायलको लक्ष्य शान्ति नभई प्यालेस्टिनी भूमिमा कब्जा हो भन्ने स्पष्ट देखाएको छ।

नेतान्याहुको भनाइ इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने पहिलो चरणको कारबाही सुरु गरेको घोषणापछि आएको हो। गाजा सिटीलाई आइडिएफ़ले हमासको गढको रूपमा व्याख्या गरेको छ। स्काई न्युज अष्ट्रेलियासँगको कुराकानीमा नेतान्याहुले भने, “हामीले यो गर्नैपर्छ, यसमा कुनै प्रश्न थिएन।”

उनले आफ्नो कठोर अडानलाई जायज ठहर्याउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै हमासलाई जर्मनीका नाजीहरूसँग तुलना गरे। नेतान्याहुले युद्ध तुरुन्तै अन्त्य हुन सक्ने दाबी गर्दै हमासले आत्मसमर्पण, निशस्त्रीकरण र गाजाको सैन्यीकरण अन्त्य गर्नुपर्ने बताए। उनले विश्वव्यापी आलोचनालाई भने “यहूदी विरोध” भनेर खारेज गरेका छन् ।

तर मानवीय स्थिति दिनप्रतिदिन भयावह बन्दै गएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले फेरि तत्काल युद्धविरामको आह्वान गर्दै इजरायली आक्रमणले “ठूलो संख्यामा मृत्यु र विनाश” ल्याउने चेतावनी दिएका छन्। रेड क्रससहितका राहत संस्थाहरूले पनि कारबाही रोक्न आग्रह गरेका छन्। अक्टोबर २०२३ यता गाजामा प्यालेस्टिनीको मृत्यु संख्या ६२ हजार नाघिसकेको छ।

प्रमुख मुद्दा समाधान भए मात्र पुटिन –जेलिन्स्की भेट सम्भव : लावरोभ

मस्को- रुसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिरपुटिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई भेट्न तयार रहेको तर यसअघि विशेषज्ञ र मन्त्रीहरूले द्वन्द्वसँग सम्बन्धित सबै प्रमुख मुद्दा समाधान गर्नुपर्ने बताएका छन्।

उनको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै नेतासँग भएको हालको छलफलपछि आएको हो। ट्रम्पले उनीहरूबीच एक्लाएक्लै भेट हुनुपर्ने र त्यसपछि त्रिपक्षीय शिखर बैठकको सम्भावना रहने सुझाव दिएका थिए। वाशिङ्टन भ्रमणका क्रममा जेलिन्स्कीले पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका थिए।

लावरोभका अनुसार जेलिन्स्की छिटो भेट गर्न आतुर देखिनु अन्तर्राष्ट्रिय ध्यान कम हुँदै गएको चिन्ताका कारण हो। उनले २०२२ मा रुससँग वार्ता नगर्ने भन्ने आदेश जारी गरेका थिए, जुन अझै कायम छ। लावरोभले उनले वार्ता प्रक्रियालाई वास्तविक समाधानभन्दा प्रदर्शनको रूपमा प्रयोग गरिरहेको आरोप लगाए।

मोस्कोले दीगो समाधानका लागि रुसको सुरक्षा चिन्ता सम्बोधन गर्नुपर्ने, क्राइमियाको हैसियत स्वीकार्नुपर्ने र २०२२ मा रुसमा सामेल हुन मतदान गरेका युक्रेनका चार क्षेत्रलाई मान्यता दिनुपर्ने अडान दोहोर्याएको छ।

श्रीलङ्काका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे पक्राउ

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे सरकारी रकम दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।

यो मुद्दा उनले राष्ट्रपतिका रूपमा कार्यरत रहँदा गरेका वैदेशिक यात्रासँग सम्बन्धित छ। उनी शुक्रबार कोलम्बोस्थित एक जिल्ला अदालतमा उपस्थित हुनेछन्। त्यसअघि उनले बिहीबारै आपराधिक अनुसन्धान विभागमा बयान दिएका थिए।

७६ वर्षीय विक्रमसिंघेले २०२२ देखि २०२४ सम्म राष्ट्रपति पद सम्हालेका थिए। उनले देशकै भीषण आर्थिक सङ्कटको बीचमा पदभार ग्रहण गरेका थिए, जुन समयमा तत्कालीन राष्ट्रपति गोटबाया राजपाक्षे जनआन्दोलनका कारण देश छाडेर भागेका थिए। विक्रमसिंघेलाई मुलुकलाई आर्थिक पुनःस्थापनाको बाटोमा फर्काएको श्रेय दिइन्छ।

उनले १९९० को दशकदेखि छ पटक प्रधानमन्त्रीको पद पनि सम्हालेका थिए।

बीबीसी सिंहलाका अनुसार, उनले राष्ट्रपति रहँदा २३ पटक वैदेशिक यात्रा गरेका थिए जसको खर्च करिब २० लाख अमेरिकी डलर भएको थियो।

उनको पक्राउ २०२३ मा भएको बेलायत भ्रमणसँग जोडिएको बताइएको छ। उनि क्यूबामा आयोजित जी ७७ सम्मेलनमा भाग लिएर फर्कँदै गर्दा बेलायतमा रोकिएको त्यस क्रममा उनी र उनकी पत्नी वुल्भरह्याम्पटन विश्वविद्यालयको एउटा कार्यक्रममा सहभागी भएका थिए।

सीआईडीले यो व्यक्तिगत भ्रमण भएको र यसका लागि सरकारी रकम प्रयोग गरिएको दाबी गरेको छ। तर विक्रमसिंघेले भने उक्त आरोप अस्वीकार गरेका छन्।

तेस्रो विश्वयुद्धको सम्भावना अब छैन:ट्रम्प

वासिङ्टन – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अब तेस्रो विश्वयुद्धमा परिणत हुने खतरा नभएको घोषणा गरेका छन्।

बुधबार प्रशारीत एक पोडकास्टमा ट्रम्पले भने, “आफुले पदभार ग्रहण गर्दा युद्ध भयावह रूपमा चलिरहेको र तेस्रो विश्वयुद्धतर्फ गइरहेको देखिएको थियो,तर अब यस्तो चिन्ता नगर्नुपर्ने बताए।”

ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनलाई दोष लगाउँदै, युक्रेनलाई नाटोमा ल्याउने प्रयासमार्फत रूसलाई उत्तेजित गरी संघर्ष चर्काएको आरोप समेत लगाए। आफु पदमा फर्किएपछि उनले मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् , र गत हप्तामात्र अलास्कामा राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गरेका थिए । उनले उक्त वार्तालाई अत्यन्तै फलदायी भनेका थिए ।

त्यस लगत्तै उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र केही युरोपेली नेताहरू सँग वार्ता गरेका थिए। ह्वाइट हाउसले अहिले “टनलको अन्त्यमा प्रकाश देखिएको” र दिगो शान्तिको वास्तविक सम्भावना रहेको जनाएको छ, यद्यपि यसमा समय लाग्ने बताइएको छ।

रूसले लामो समयदेखि नाटोलाई युद्धको आरोप लगाउँदै आएको छ। तर पुटिनसहितका रुसी अधिकारीहरूले ट्रम्पको शान्ति वार्ताको प्रयासलाई स्वागत गर्दै उनको तारिफ समेत गरेका छन् ।

युक्रेनले युद्धमा १७ लाखभन्दा बढी सैनिक गुमाएको तथ्याङ्क सार्वजनिक

मस्को- बुधबार प्रकाशित विभिन्न समाचार माध्यमहरूले २०२२ मा सुरु भएको युद्ध पछि युक्रेनले १७ लाखभन्दा बढी सैनिक गुमाएको तथ्य सार्वजनिक गरेका छन् । यो तथ्याङ्क युक्रेनी सेनाबाट फेला परेको भनिएको डिजिटल डाटाबेसलाई उद्धृत गरिएको हो।

रिपोर्टअनुसार, रुसी ह्याकर समूहहरूले युक्रेनी जनरल स्टाफका कम्प्युटर र नेटवर्कमा प्रवेश गरी यो डाटाबेस हासिल गरेको बताएका छन्। उक्त डाटाबेसमा मारिएका सैनिकहरूको पूरा नाम, उनीहरू कहाँ र कसरी मरे वा बेपत्ता भए भन्ने विवरण, व्यक्तिगत जानकारी, तस्वीर र नजिकका आफन्तको सम्पर्क विवरणसम्म समावेश भएको भनिएको छ।

डाटामा देखिए अनुसार युक्रेनले २०२२ मा करिब १ लाख १८ हजार ५००, २०२३ मा ४ लाख ५ हजार ४००, २०२४ मा ५ लाख ९५ हजार र २०२५ मा ६ लाख २१ हजार सैनिक गुमाएको देखिन्छ। यसरी जम्मा संख्या १७ लाख २१ हजार पुगेको दाबी गरिएको छ। ह्याकर समूहहरूले युक्रेनी सैनिक नेतृत्वसम्बन्धी डाटा, हतियार आपूर्ति गर्ने मुलुकहरूको सूची र २०२२ देखि २०२५ सम्मका हतियार स्थानान्तरणका रेकर्डसहितको जानकारी हात परेको दाबी गरेका छन्।

यी तथ्याङ्कहरू कीभले सार्वजनिक गरेको आधिकारिक संख्याभन्दा निकै फरक छ। यस वर्ष फेब्रुअरीमा, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक अन्तर्वार्तामा २०२२ देखि अहिलेसम्म ४६ हजार सैनिक मारिएका र ३ लाख ८० हजार घाइते भएको बताएका थिए। तर यो दाबी पश्चिमी मिडियामै प्रश्नवाचक बनेको थियो, जब फ्रान्सको ले मोंड़े पत्रिकाले युक्रेनले सैन्य चिहानहरू विस्तार गरेको तथ्यलाई देखाउँदै वास्तविक मृत्यु संख्या अझ धेरै हुनसक्ने समाचार प्रकाशित गरेको थियो।

यता, रूसले निरन्तर युक्रेनी क्षतिको संख्या बढी भएको दाबी गर्दै आएको छ। विशेष गरी २०२३ को असफल प्रतिआक्रमणपछि युक्रेनी सेनाको मृत्यु संख्या बढेको र यस वर्ष फेब्रुअरीसम्ममा १० लाख ८० हजारभन्दा बढी युक्रेनी सैनिक मारिएका वा घाइते भएको दाबी मस्कोले गरेको छ।

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्‍घाटनको तयारी

काठमाडौं – काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उदघाटन गर्ने तयारी हुँदैछ। दिउँसो २ बजे हुने उक्त कार्यक्रममा भण्डारी स्वयं उपस्थित हुने जनाइएको छ।

यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय नभई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयका रूपमा प्रस्तुत गरेको छ। समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने संरक्षकमा पूर्वराष्ट्रपति भण्डारी स्वयं रहनेछिन ।

एमालेले भण्डारीलाई पुनः सदस्यता नदिने र सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरेपछि बदलिएको परिस्थितिमा अब भण्डारी पक्षधरहरूले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत त्यहिँबाट राजनीतिक गतिविधि गर्ने तयारी गरेको बताइएको छ।

प्राप्त जानकारी अनुसार, सोही घरबाट स्व. मदन भण्डारीले २०४८ सालको चुनावी अभियान सञ्चालन गरेका थिए भने उनको निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि त्यहीँबाट चुनावी अभियान सञ्चालन गरेकी थिइन्।

ओलीको चीन र भारत भ्रमण: उनको राष्ट्रवादी छविको परीक्षा

प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय कूटनीतिक भ्रमणका तयारीमा छन्। उनी पहिलो चरणमा चीनमा हुने शाङ्घाइ कोअपरेसन अर्गनाइजेसन सम्मेलनमा सहभागी हुनेछन्। त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने अपेक्षा गरिएको छ। त्यसपछि उनी भारत भ्रमणको लागि दिल्ली जानेछन्।

ओलीको यसपटकको भारत भ्रमणलाई निकै चासोको साथ हेरिएको छ। नेपालको संसदबाट लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेको नेपालको चुच्चे नक्शा जारि गरेपछि भारत विरोधी र राष्ट्रवादी छवि बनाएका ओलीलाई भारतले प्रधानमन्त्री भएको करिब एक वर्ष पछि मात्रै भारत भ्रमणको निम्तो दिएको छ। उनको भ्रमण यस्तो समयमा तय हुन पुग्यो जब , चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा चीन र भारतले नेपालको अनुमति बिना नेपालको भूभाग लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्ने सहमती गरेका छन्।

अब ओलीका लागि यी भ्रमणहरू केवल औपचारिक भेटघाट वा व्यापारिक छलफलको लागि नहुने निश्चित छ। चुच्चे नक्शा जारि गरेर राष्ट्रवादी छवि बनाएका ओलीले आफ्नो त्यो छविलाई कायम राख्न सक्छन या सक्दैनन् भन्ने परिक्षा हो।

नेपालले आफ्नो भू–अधिकारको रक्षा गर्न कुनै सम्झौता र दबाब स्वीकार गर्न सक्दैन। चुच्चे नक्सा जारी गर्दा देखाइएको साहस र देशप्रेमलाई कायम राख्नु भनेको ओलीको अहिलेको समयको प्रमुख जिम्मेवारी हो। प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा स्पष्ट अडान देखाउनुपर्छ, अन्यथा नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले नेपाल आफ्नो भूमिको पक्षमा बोल्न नसकेको देख्नेछन्।

ओलीले अब यो पनि भुल्नु हुँदैन कि, नेपालको सार्वभौमिकता कुनै व्यापारिक सम्झौता वा दुई शक्तिशाली छिमेकीको समझदारीले दबाउन सक्दैन ।उनि त्यो आफ्नो अडानमा कायम रहेर भारत र चीनसँग , नेपालको अनुमति बिना नेपालको भूभाग किन प्रयोग गरेको भनेर प्रश्न गर्न सक्छन या सक्दैनन् ? के उनले आफ्नो भारत भ्रमणको क्रममा नेपालको सिमा मिच्ने भारतको हेपाह प्रवृतिको विरुद्द बोल्न सक्छन् या सक्दैनन् ? यस पटकको भारत र चीन भ्रमणको क्रममा उनले आफ्नो राष्ट्रवादी छविलाई कायम राख्न सक्छन् , या त्यो राष्ट्रवादी मुकुण्डो उत्रिनेछ त्यो भने हेर्न बाँकी नै छ।

भारत र चीनले फेरि लिपुलेक नाका प्रयोग गर्ने सहमति: नेपाललाई बाइपास

काठमाडौं — चीन र भारतले नेपाललाई जानकारी नदिई पुनः लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा मंगलबार यो सहमति भएको हो। वाङ यी सोमबार भारतीय सुरक्षा सल्लाहकार तथा सीमा विवादका विशेष प्रतिनिधि अजित डोभलको निमन्त्रणामा दिल्ली पुगेका थिए।

सो भेटमा भारतको विदेश मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिको नवौँ बुँदामा लेखिएको छ:
“दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।”

लिपुलेक नेपालको भूभाग हो। यसको उत्तरतर्फ चीनको तिब्बत पर्छ भने करिब १७ किलोमिटर पश्चिममा लिम्पियाधुरा पर्छ, जुन बिन्दुलाई नेपालले चीन र भारतबीचको त्रिदेशीय सीमाको रूपमा दाबी गर्दै आएको छ।

तर, भारतले नेपालको भूभाग अतिक्रमण गर्दै लिपुलेक नाका हुँदै तिब्बत जाने सडक निर्माण गरेको छ र त्यहाँ सैन्य संरचना पनि बनाएको छ। यो बाटो दिल्लीबाट चिनियाँ सीमासम्म पुग्ने सबैभन्दा छोटो मार्ग मानिन्छ।

यो सहमति त्यस्तो समयमा भएको हो, जब प्रधानमन्त्री केपी शर्मा ओली चीनको सांघाई कोअपरेसन अर्गनाइजेसन सम्मेलनमा सहभागी हुन जाँदै छन्। त्यहाँ उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ।

यसअघि पनि जब भारत र चीनले नेपाललाई जानकारी नदिई लिपुलेक प्रयोग गर्ने सहमति गरेका थिए, नेपालले कडा विरोध जनाएको थियो।

नेपालले निरन्तर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो भूमि मानेर चीन र भारतले कुनैपनि व्यापारिक गतिविधि वा सहमति गर्नु अघि नेपालको अनुमति लिनुपर्छ भन्ने धारणा राख्दै आएको छ।

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा कांग्रेस दुई कित्तामा

काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदच्युत गर्ने विषयमा सत्तारूढ दल नेपाली कांग्रेसभित्र नै मतभेद तीव्र बनेको छ। संवैधानिक परिषदमा आफ्नो प्रभाव र बहुमत कायम राख्ने उद्देश्यले कांग्रेस-एमाले नेतृत्वको सरकारले उपसभामुखलाई हटाउने कदम अगाडि सारे पनि यसले पार्टीभित्रै गहिरो विभाजन उत्पन्न गरिदिएको छ।

कांग्रेसभित्रका शेखर कोइराला पक्षका नेताहरू यस कदमप्रति असन्तुष्ट देखिएका छन्। शेखर कोइरालासहित पार्टीका दुई महामन्त्री र अन्य कोइराला समूहका सांसदहरूले रानालाई हटाउन नहुने धारणा सार्वजनिक रुपमा राखेका छन्। यसले कांग्रेस नेतृत्वलाई आवश्यक समर्थन जुटाउन गाह्रो पर्ने संकेत गरेको छ।

यसबीच, अमेरिकामा रहेकी उपसभामुख रानाले पनि घटनाक्रमबारे चासो राख्दै शेखर कोइरालासँग फोन सम्पर्क गरेको बताइएको छ। नेपाल फर्किएलगत्तै उनीमाथि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको समाचार बाहिर आएको छ। यसअघि पनि उनलाई हटाउने प्रयास नभएको होइन, तर त्यतिबेला आवश्यक दुईतिहाइ बहुमत नजुटेपछि प्रक्रिया रोकिएको थियो। यसपटक पनि त्यस्तै परिस्थितिको पुनरावृत्ति हुने सम्भावना राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

राजनीतिक समीकरणका हिसाबले अहिले कांग्रेस- एमाले नेतृत्वको सरकारलाई आवश्यक मत जुटाउन निकै चुनौती देखिन्छ। किनकि राप्रपा, रास्वपा,एकीकृत समाजवादी र माओवादी केन्द्रलगायतका दलहरूले यस कदममा समर्थन नगर्ने प्रस्ट छ । यस्तो अवस्थामा दुईतिहाइ मतको सरकारलाई गाह्रो पर्ने देखिन्छ।

यस्तै, उपेन्द्र यादव लक्षित गौर हत्याकाण्डसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हालसालै परमादेश जारी गरेपछि यादव समूहले सरकारको कदममा समर्थन गर्ने कि नगर्ने भन्ने अन्योल थपिएको छ। यादव नेतृत्वको निर्णयले यस घटनाक्रममा निर्णायक भूमिका खेल्न सक्छ।

त्यस्तै, आफैंभित्र विभाजित रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थनबारे पनि अन्योल कायमै छ। पार्टीभित्रै विभाजन र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठमाथि लागेको अनियमितताको आरोपको कारण रानाविरुद्धको प्रस्तावमा उनीहरूको भूमिका स्पष्ट छैन।
यधपी, यादव र श्रेष्ठले अदालत र अख्तियारको त्राशमा सरकारलाई समर्थन गर्न सक्ने आंकलन गरिएको छ।

यी सबै परिस्थितिबीच सरकारको रणनीति झनै जटिल बन्दै गएको छ। सतारुढ दल कांग्रेसको पार्टीभित्रै देखिएको आन्तरिक असन्तुष्टि, विपक्षी दलहरूको असमर्थन र अन्य दलहरूको अनिश्चितताबीच उपसभामुख रानालाई हटाउने प्रयास सफल हुने वा फेरि अधुरै रहने भन्ने विषयमा राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ।

यसबीच, विश्लेषकहरूले उपसभामुखमाथि केन्द्रित राजनीतिक संघर्षलाई सत्ता–सन्तुलन र आगामी राजनीतिक समीकरणसँग जोडेर व्याख्या गर्न थालेका छन्। उनीहरूका अनुसार, यो कदम केवल पदच्युत गर्ने प्रक्रियामात्र नभई सत्ताभित्रको शक्ति–सन्तुलन, गुटगत प्रतिस्पर्धा र भविष्यको गठबन्धनको संकेतसमेत हो।

अब कांग्रेस एमाले नेतृत्वले आन्तरिक मतभेद समाधान गर्दै दुईतिहाइ मत जुटाउने कि पुनः अघिल्ला जस्तै अधुरो प्रयासमा सीमित हुने भन्ने प्रश्नको उत्तर आउन बाँकी छ।

विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सन–एनप्याब्सनको आन्दोलन घोषणा

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधान अस्वीकार गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन्।

बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुबै संगठनले आन्दोलन गर्ने घोषणा गरेका हुन्।

कार्यक्रमअनुसार भोलि बिहान ११ बजे माइतीघर मण्डलामा प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्नेछन्। पर्सि देशभरका स्कुल बसमा कालो झण्डा झुण्ड्याएर प्रदर्शन गरिनेछ। त्यही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति र संघीय संसद घेराउ गर्ने कार्यक्रम पनि तय भएको छ।

भदौ ६ गते स्कुल बसलाई चोकमा उतारेर नगर परिक्रमा गरिनेछ भने काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ वरपर कालो झण्डा र ब्यानरसहित र्‍याली निकालिने बताइएको छ।

७ गते कुनै कार्यक्रम नराखी ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने संगठनले चेतावनी दिएका छन्। प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले भने, “८ गतेसम्म कुर्छौं, माग पूरा नभए ९ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिन्छौं।”

मुख्य मागहरू:
१. “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाउनुपर्छ।
२. विद्यालयमा उत्पादन नहुने सामग्री (पोशाक, स्टेशनरी, खाना आदि) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्छ।
३. कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई ‘गैर–नाफामूलक’ बनाउने प्रावधान हटाउनुपर्छ।
४. छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहने व्यवस्था गर्नुपर्छ, पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था मिलाउनुपर्छ।
५. छात्रवृत्ति सम्बन्धी ऐनका विभेदकारी प्रावधानहरू खारेज गर्नुपर्छ।

हाल विद्यालय शिक्षा विधेयक संसदीय समितिमा पारित हुने चरणमा छ तर सरोकारवालाको असन्तुष्टिका कारण रोकिएको छ।

उपसभामुखविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने तयारी

काठमाडौँ – मंगलबार बिहान नेकपा एमाले र काँग्रेसले छुट्टाछुट्टै रुपमा पार्टीको आकस्मिक बैठक बोलाएको छ, जसमा उपसभामुख इन्दिरा रानाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार, सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुखलाई पदअनुसार कार्य नगरेकोमा हटाउने प्रारम्भिक समझदारी जुटाइएको थियो। उक्त बैठकमा कांग्रेस र एमालेका नेताहरू सहभागी थिए। सहभागीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरू थिए।

दुवै दलले उपसभामुख रानाले पदीय आचार अनुसार काम नगरेको आरोप लगाएका छन्। स्रोतका अनुसार, उपसभामुखविरुद्ध प्रस्तावलाई समर्थन गर्न कांग्रेस र एमालेका सांसदहरूको हस्ताक्षर संकलन भइरहेको छ। केही सांसदहरूले भने हिजो नै हस्ताक्षर गरिसकेका छन्।

हाल उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी व्यक्तिगत भ्रमणमा गत साउन ३० गते अमेरिका गएकी हुन् । उनि यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यसअघि, संसदको सुशासन समितिमा उपसभामुख इन्दिरा रानाविरुद्ध उजुरी दर्ता भएको थियो। उजुरीमा उनले आफ्नो पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी दूतावासमा गैर-संसदीय व्यक्तिहरूको भिसा अन्तर्वार्ता मिलाएको आरोप लगाइएको थियो।

निजी विद्यालयमा पूर्ण छात्रवृत्तिसँगै आवासीय सुविधा अनिवार्य

काठमाडौँ- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने क्रममा आवासीय सुविधा उपलब्ध गराउनुपर्ने सैद्धान्तिक सहमति गरेको छ। तर कति विद्यार्थी वा प्रतिशतलाई सुविधा दिने भन्ने विषय अझै टुंगो लागिसकेको छैन।

सोमबारको बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले विद्यालय क्षमताअनुसार २.५ प्रतिशत विद्यार्थीलाई आवासीय सुविधा दिन प्रस्ताव गरेका थिए। सांसदहरूले भने कम्तीमा १० प्रतिशत विद्यार्थीलाई सुविधा दिनुपर्ने धारणा राखेका छन्। समितिले बिहीबारको बैठकमा यसबारे अन्तिम निर्णय गर्ने बताएको छ।

विधेयकअनुसार पूर्ण छात्रवृत्तिमा शिक्षण, परीक्षा, पाठ्यपुस्तक, सामग्री, पोसाक, यातायात र अब आवासीय सुविधा पनि समावेश हुने छ। पहिले नै निजी विद्यालयले १०–१५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन सहमति भएको थियो।

छात्रवृत्तिका लागि विद्यार्थीको छनोट ५० प्रतिशत गरिब–विपन्न र ५० प्रतिशत जेहेन्दारको आधारमा प्रतिस्पर्धात्मक रूपमा हुनेछ। विद्यालयले आवश्यक विवरण स्थानीय तहमा पठाउनेछन् र स्थानीय तहले सार्वजनिक सूचना जारी गरी आवेदन माग्ने व्यवस्था विधेयकमा उल्लेख छ।

यता, निजी विद्यालय संचालकहरूले भने पूर्ण छात्रवृत्ति र आवासीय सुविधामा असन्तुष्टि जनाउँदै सुधारको माग गरेका छन् र आफ्ना माग पुरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

संसद बैठकअघि एमाले र कांग्रेसको छुट्टाछुट्टै आकस्मिक भेला: राजनीतिक सन्देश के?

काठमाडौँ – प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्नुअघि प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै आकस्मिक बैठक बोलाएका छन्, जसले राजनीतिक वृत्तमा थप चर्चा र अनुमान जन्माएको छ।

यतिबेला नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक चलिरहेको छ। पार्टीको आन्तरिक छलफल जारी रहँदा सांसदहरूलाई पनि सिंहदरबार बोलाइएको छ, जसले कांग्रेस आन्तरिक रणनीति र सम्भावित निर्णयहरूबारे प्रश्न उठाएको छ।

त्यसैगरी, सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ। एमाले सांसद सूर्य थापाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक हुने जानकारी दिएका छन्। तर बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन।

यी दुवै दलका आकस्मिक बैठकहरूलाई भोलिको संसद बैठकसँग प्रत्यक्ष जोडेर हेरिएको छ। खासगरी, एमालेले संसदीय दललाई तत्कालीन एजेन्डा सार्वजनिक नगरी भेला बोलाउनु, र कांग्रेसले पदाधिकारी बैठकपछि सांसदहरूलाई पनि एकै ठाउँमा बोलाउनु, दुबै पक्ष आन्तरिक रणनीति मिलाउने तयारीमा रहेको संकेत मानिएको छ।

विश्लेषकहरूको भनाइमा, संसद बैठक अघि यी बैठकहरूले दुई प्रमुख दलबीच देखिएको प्रतिस्पर्धा मात्र नभई आगामी विधेयक, सरकार स्थायित्व र संसदीय समीकरणमा प्रभाव पार्ने सम्भावनालाई पनि देखाउँछन्। एमालेले आफ्नो संसदीय दललाई एकढिक्का बनाउन खोजिरहेको छ भने कांग्रेस विपक्षीको रूपमा आफ्नो धारणा बलियो बनाउन चाहन्छ।

संसद भोलि बस्ने भएकाले आजका यी आकस्मिक बैठकहरूले राजनीतिको आगामी दिशाबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ। अब प्रश्न उठ्छ, कांग्रेस र एमालेले आ-आफ्नो रणनीतिमा के निर्णय गर्छन् र त्यो भोलिको संसदमा कसरी प्रकट हुन्छ?

जसपाको आरोप– गौर हत्याकाण्डमा सर्वोच्चको आदेश राजनीतिक पूर्वाग्रह र प्रतिशोधपुर्ण

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतको पछिल्लो आदेशलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधप्रेरित भएको टिप्पणी गरेको छ। प्रवक्ता मनीष सुमनले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको, भूमिसम्बन्धी अध्यादेश निष्क्रिय बनाउन भूमिका खेलेको र त्यसपछि आएको आदेशसँग राजनीतिक उद्देश्य जोडिएको बताएका छन् । उनले अदालतले उनीहरूको पक्ष नसुनी एकतर्फी आदेश दिएको दाबी गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन् ।

पार्टीको कार्यकारिणी बैठक बसेर ठोस निर्णय गर्ने र कानुनी सल्लाहपछि आधिकारिक धारणा सार्वजनिक गर्ने पनि उनले बताएका छन् । अध्यक्ष उपेन्द्र यादवले आदेशबारे अध्ययन गरेपछि मात्र प्रतिक्रिया दिने भन्दै निर्णय न्यायिक प्रक्रिया हो कि राजनीतिक प्रतिशोध, त्यसको मूल्यांकन समाज र बौद्धिक क्षेत्रले गर्ने बताएका छन् ।

अलास्का शिखर बैठकपछि वाशिङटनमा जेलेन्स्की र युरोपेली नेताहरूको दबाब

वाशिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग वाशिङटनमा बैठक गरेको यो हप्ताको उच्चस्तरीय कूटनीतिले युक्रेन युद्ध कसरी टुंग्याउने भन्ने विषयमा गहिरो मतभेद देखाएको छ।

अगस्ट १५ मा एंकोरेजस्थित अलास्कामा भएको शिखर बैठकलाई “रचनात्मक” भनिए पनि त्यसले कुनै युद्धविराम वा शान्ति सम्झौताको टुङ्गो लगाउन सकेन । पुटिनले रुसद्वारा नियन्त्रणमा रहेका क्षेत्रहरू आफ्नो अधिनस्थ रहनुपर्ने बताएका थिए र सो विषयमा ट्रम्प केही खुला देखिए पनि उनले कुनै वाचा भने गरेनन्। विश्लेषकहरूले यसलाई पुटिनका लागि प्रतीकात्मक जित भनेका छन्, किनकि उनलाई विशेष स्वागत गरिएको थियो, तर युरोपेली नेताहरूले यसले शान्ति प्रक्रिया अघि नबढाई मास्कोलाई वैधानिकता मात्र दिएको टिप्पणी गरे।

तीन दिनपछि ट्रम्प वाशिङटनमा भिन्न माहोलमा परे। ओभल अफिसमा जेलेन्स्की र बेलायती प्रधानमन्त्री कियर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, तथा ईयू नेताहरू उर्सुला भोन डेर लायेन र मार्क रुट्टेसँग बस्दै उनले आफ्ना नीतिहरू स्पष्ट गर्नुपर्ने दबाब खेपे। जेलेन्स्कीले ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्ता गर्ने विचारलाई “राम्रै” भने तर शान्ति प्रक्रियाको आधार युद्धविराम नै हुनुपर्ने बताए। युरोपेली नेताहरूले पनि उनको धारणाको समर्थन गर्दै युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नहुने चेतावनी दिए। तर ट्रम्पले भने युक्रेनलाई “उत्कृष्ट सुरक्षा र संरक्षण” बिना युद्धविराम पनि सुनिश्चित गर्न सकिने बताए, जसले बैठकको माहोललाई केहि असहज बनायो।

युक्रेनका लागि अलास्का वार्ताले एकातिर क्षेत्रीय सम्झौताका आशंका बढायो भने अर्कोतर्फ वाशिङटनले जेलेन्स्की र उनका सहयोगीलाई एकजुटता प्रदर्शन गर्ने र युक्रेनको सहमति बिना कुनै सम्झौता नहुने सन्देश दिने मौका दियो। युरोपका लागि यी दुई अलग -अलग बैठकले ट्रम्पको लेनदेनमुखी दृष्टिकोणप्रति सजिलै भर पर्न नसकिने देखाएको छ भने पुटिनका लागि अलास्का बैठकले ठोस उपलब्धि नल्याए पनि उनको अन्तर्राष्ट्रिय छवि बढाउन मद्दत गरेको देखिन्छ।

दुवै बैठक सकिएसँगै शान्तिको बाटो अझै अस्पष्ट छ। ट्रम्पले आफूलाई मुख्य मध्यस्थका रूपमा प्रस्तुत गरे पनि पुटिनप्रति उनको सौहार्दपूर्ण व्यवहार युरोपेली नेताहरूको कडा मागसँग स्पष्ट रूपमा विपरीत देखिएको छ । अमेरिकाले मास्कोसँगको पहुँचलाई कीभप्रति दृढ समर्थनसँग सन्तुलनमा राख्न सक्छ वा सक्दैन भन्ने कुराले यी वार्ताले शान्ति तर्फ कदम चाल्छन् कि अझै अनिश्चितता थप्छन् भन्ने निर्धारण गर्नेछ।

रुससँग त्रिपक्षीय वार्ताको पक्षमा जेलेन्स्की

वाशिङटन – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय बैठक गर्ने प्रस्तावलाई समर्थन गरेका छन्।

सोमबार ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पसँगै बसेका जेलेन्स्कीले यो विचारलाई स्वागत गरेका हुन्। ट्रम्पले अमेरिकाले युक्रेनलाई “उत्कृष्ट सुरक्षा र संरक्षण” दिने आश्वासन दिँदै शान्तिका लागि युद्धविराम आवश्यक नपर्न सक्ने संकेत गरे। तर जेलेन्स्की र युरोपेली नेताहरूले भने युद्धविरामलाई मुख्य शर्तको रूपमा अघि सारेका छन्।

जेलेन्स्की र केही पश्चिम युरोपेली नेताहरू ट्रम्पसँग भेटेर युक्रेन युद्ध समाधानका सम्भावित बाटाहरूमा छलफल गरेका थिए। यो भेट केही दिन अघि अलास्कामा ट्रम्प र पुटिनबीच भएको सम्मेलनपछि आएको हो।

जेलेन्स्कीको अघिल्लो ह्वाइट हाउस भ्रमण भने असहज माहोलमा टुंगिएको थियो। त्यतिबेला उनलाई असम्मानजनक व्यवहार गरेको आरोप लागेको थियो भने ट्रम्पले “उनको हातमा शक्ति छैन” भनेर टिप्पणी गरेका थिए।

गौर हत्याकाण्ड मुद्दा अगाडि बढाउन सर्वोच्चको परमादेश

काठमाडौँ -सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले दिएको आदेशपछि २७ जनाको ज्यान जाने उक्त घटनाको अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढ्ने भएको हो।

यसअघि रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाइएको भनिएको अर्को घटना पनि सर्वोच्चकै परमादेशपछि अघि बढाइएको थियो।

गौर हत्याकाण्ड : २७ जनाको ज्यान लिएको वीभत्स घटना

२०६३ साल चैत २७ गते रौतहटको गौरमा भएको राजनीतिक भिडन्त नेपाली इतिहासको एक भीषण नरसंहारका रूपमा दर्ज छ। त्यतिबेला मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा (माओवादी) समर्थित जनअधिकार संघर्ष समितिले एउटै दिन गौरमा आमसभा घोषणा गरेका थिए। सभा स्थलको स्वामित्वलाई लिएर दुवै पक्षबीच तीव्र विवाद बढ्दा स्थिति हिंसात्मक रुप लियो। दोहोरो झडपपछि हतियारसहितको आक्रमण भयो र २७ जनाको ज्यान गयो, धेरै घाइते भए। पीडितहरूलाई कुटपिट, गोली प्रहार र वीभत्स तरिकाले हत्या गरिएको विवरण सार्वजनिक भए। घटनापछि दुवै पक्षले एकअर्कामाथि दोषारोप गरे पनि पीडित परिवारलाई न्याय भने अहिलेसम्म मिलेको छैन । अहिले सर्वोच्च अदालतको परमादेशपछि झन्डै दुई दशक पुरानो यस घटनाको अनुसन्धान र कानुनी प्रक्रिया फेरि अगाडि बढ्ने आशा जगेर्ना भएको छ।

युक्रेनले केही भूभाग छोड्ने सम्झौतामा सहमत भए रुससँगको युद्ध तुरुन्तै अन्त्य हुन सक्छ: ट्रम्प

वासिङ्टन– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नाटो सदस्यता त्यागेर र केही भूभाग छोडेर सम्झौतामा सहमत भए भने रुससँगको युद्ध तुरुन्तै अन्त्य हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

जेलेन्स्कीलाई यसै प्रस्तावबारे छलफल गर्न सोमबार व्हाइट हाउस बोलाइएको छ। रिपोर्टअनुसार यस योजनामा डोनबासका बाँकी क्षेत्र छोड्ने र अन्य मोर्चामा युद्ध रोक्ने शर्तसहित सम्झौता गर्ने प्रस्ताव छ। तर जेलेन्स्कीले यस्ता शर्त अस्वीकार गर्दै क्राइमिया र अन्य कब्जा गरिएका भूभाग युक्रेनकै हिस्सा भएको दोहोर्याएका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसियल पोस्टमा क्राइमिया ओबामा प्रशासनका समयमा, विना गोलि र विना हतियार गुमेको स्मरण गराउँदै युक्रेनलाई नाटोमा प्रवेश गर्न नदिइने बताएका छन् । शान्तिका लागि केही सम्झौता गर्न जरुरी हुने उनको तर्क छ।

यो बैठक ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको भेटपछि हुन लागेको हो, जहाँ दुवैले भविष्यका वार्ताबारे सतर्क आशावाद व्यक्त गरेका थिए।

मास्कोले भने युक्रेनले नाटो आकांक्षा त्याग्नुपर्ने, निशस्त्रीकरण स्वीकार गर्नुपर्ने र क्राइमिया, डोनेट्स्क, लुगान्स्क, खेरसोन र जापोरोजियासहितका भूभागलाई रसियाली नियन्त्रणमुनि मान्यता दिनुपर्ने अडान दोहोर्याउँदै आएको छ।

राष्ट्रपति पुटिनले दिगो सम्झौताले रसियाको सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्ने र युरोपमा शक्ति सन्तुलन पुनःस्थापना गर्नुपर्ने बताए। यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विट्कफले वासिङ्टन र उसका साझेदारहरूले नाटो बाहिर युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने सम्भावना अध्ययन गरिरहेको बताए।

एमाले सदस्यता नवीकरणको दाबी गर्दै भण्डारी– “पद सकिएपछि पनि नागरिकले राजनीति गर्न पाउँछ”

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै, नागरिकको सामाजिक वा राजनीतिक अधिकार कसैले खोस्न नसक्ने टिप्पणी गरेकी छिन्। राष्ट्रपतिको कार्यकाल जस्तो आवधिक पद समाप्त भएपछि जोसुकैले पुनः सामाजिक जीवनमा फर्केर राजनीति गर्न पाउने अधिकार रहेको उनले बताएकी छन्।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफू अझै पनि एमालेकी संगठित सदस्य र कार्यकर्ता भएको बताएकी छन् । “मैले ४५ वर्षसम्म एमालेमा योगदान गरेकी छु, त्यसैले सधैं पार्टीको नीति र सिद्धान्तअनुसार पार्टीकै हितमा लागिरहन्छु,” भण्डारीले भनिन्।

भण्डारीले पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय समितिको निर्णयबारे भने आफूलाई आधिकारिक जानकारी नभएको उल्लेख गरिन्। गत साउन १४ गते उनले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् तर त्यसपछि एमाले केन्द्रीय समितिले उनको सदस्यता खारेज गरेको थियो।

त्रिविमा पद रिक्त हुनुभन्दा तीन महिना अगाडि पदाधिकारी नियुक्त गर्न निर्देशन

काठमाडौं – राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति लगायत पदाधिकारीको पद रिक्त हुनुभन्दा कम्तीमा तीन महिना अगाडि नयाँ नियुक्ति गर्न निर्देशन दिएको छ।

समितिको प्रतिवेदनमा संविधानअनुसार त्रिविको संरचना पुनर्गठन गर्न नयाँ ऐन आवश्यक भएको उल्लेख छ। साथै पदाधिकारीहरूको पारिश्रमिक, सेवा सुविधा नियममै तोक्नुपर्ने तर त्रिविले विनियममार्फत आफैं तोकेको गैरकानुनी रहेको बताइएको छ।

त्यसैगरी कर्मचारी कल्याण कोष, औषधि उपचार कोष, कर्मचारी सापटी कोषजस्ता कोष विनियमबाट होइन, ऐनमार्फत मात्र स्थापना गर्नुपर्ने समितिको निष्कर्ष छ।

समितिले त्रिविले ३५ विनियम, १६ कार्यविधि, १७ निर्देशिका र १९ कार्यप्रणाली कार्यकारी परिषद्को नाममा बनाएको अवस्थालाई अधिकार नाघेको भन्दै सुधार गर्न सुझाव दिएको छ।

इजरायलले प्यालेस्टिनीहरूलाई गाजा सहरबाट जबर्जस्ती बाहिर निकाल्दै

गाजा – इजरायलले गाजा सहरका “युद्ध क्षेत्र” भनिएका इलाकाबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती दक्षिण गाजातर्फ सार्ने तयारी गरेको छ। यो कदम गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र कब्जा गर्ने नयाँ आक्रमण सुरु भएको केही दिनमै आएको हो।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईका अनुसार प्रभावित परिवारलाई केरम शालोम नाकाबाट संयुक्त राष्ट्रसंघ र सहायताप्रदायी संस्थाहरूको सहयोगमा स्थानान्तरण गरिने बताएको छ। तर, संयुक्त राष्ट्रसंघले यसबारे आफ्नो संलग्नता पुष्टि गरेको छैन।

प्रधानमन्त्री नेतान्याहूले गाजा सहर र अल–मावासीमा रहेका हमासका गढ नष्ट गर्ने आदेश दिएपछि यो योजना अगाडि बढाइएको हो। संयुक्त राष्ट्रसंघले भने यस कदमले पहिले नै गम्भीर मानवीय संकट भोगिरहेका हजारौँ परिवारलाई थप जोखिममा पार्ने चेतावनी दिएको छ।

इस्लामिक जिहादले यसलाई इजरायलको “निर्दयी आक्रमण” को हिस्सा भन्दै अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भनेको छ।

यसबीच, इजरायली सेनाले गाजा सहर वरिपरिको कारबाही तीव्र पारेको छ। जेतुन र शुजैया क्षेत्रमा भीषण हवाई आक्रमण भएको छ भने जेतुनको अस्काउला क्षेत्रमा भएको ड्रोन आक्रमणमा केही मानिसको मृत्यु र अरु घाइते भएको फिलिस्तिनी सञ्चारमाध्यमले जनाएका छन्।

ह्वाइट हाउसमा हुने ट्रम्प जेलेन्स्की भेटमा युरोपेली नेताहरू पनि सहभागी हुने

ब्रसेल्स- युरोपेली नेताहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई साथ दिँदै सोमबार हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ह्वाइट हाउस भेटमा सहभागी हुने भएका छन्। सहभागी हुने नेतामध्ये बेलायतका प्रधानमन्त्री कीयर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन, नाटो महासचिव मार्क रुट, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फिनल्याण्डका राष्ट्रपति एलेक्जान्डर स्टब र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन्।

यो भेट ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखरवार्तामा युक्रेन युद्ध अन्त्य गर्ने कुनै सम्झौता नभएको केही दिनपछि हुँदैछ। बैठकपछि ट्रम्पले युद्धविरामभन्दा दीर्घकालीन शान्ति सम्झौता उत्तम हुने बताएका थिए । जसमा युक्रेनले आफ्ना केहि भूभागहरु रुसलाई सुम्पनु पर्ने शर्त समेत अघि सारिएको बताइएको छ। युरोपेली अधिकारीहरूले ट्रम्पले जेलेन्स्कीलाई ती सर्तहरू स्वीकार गर्न दबाब दिन सक्ने आशंका व्यक्त गरेका छन्।

जेलेन्स्कीले भने डोनबास (लुगान्स्क र डोनेट्स्क) छोड्ने प्रस्ताव अस्वीकार गर्दै यसलाई भविष्यमा रसियाले आक्रमण गर्न प्रयोग गर्न सक्ने खतरा रहेको बताएका छन्। युरोपेली नेताहरूले ट्रम्पको पछिल्लो निर्णयप्रति सावधानी देखाएका छन् तर शान्ति प्रक्रिया जेलेन्स्कीको सहमतिविना सम्भव नहुने प्रष्ट पारेका छन्।

फेब्रुअरीमा ट्रम्पसँगको सार्वजनिक वाकयुद्धपछि यो जेलेन्स्कीको पहिलो ह्वाइट हाउस भ्रमण हुनेछ। यधपी, अप्रिलमा उनीहरूबीच मेलमिलाप भएको थियो। युक्रेनले अमेरिकासँग खनिज सम्झौता गरी अमेरिकी लगानी सुनिश्चित गरेको र अमेरिकी हतियार खरिदमा भुक्तानी गर्न तयार भएको प्रष्ट पारेपछि ट्रम्प जेलेन्स्कि सम्बन्धमा केहि सुधार आएको थियो ।

तर अलास्का भेटमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारन्ट लागेका पुटिनलाई ट्रम्पले रातो कार्पेट ओछ्याएर स्वागत गरेपछि युक्रेन र युरोपेली मुलुकमा चिन्ता बढेको छ। जेलेन्स्कीले भने “स्थायी शान्ति आवश्यक छ, केवल अर्को आक्रमणबीचको छोटो विश्राम मात्र होइन” भन्दै आफ्नो अडान दोहोर्याएका छन्।

औचित्यहीन सरकारी निकाय खारेज गर्ने सरकारको तयारी

काठमाडौं – सरकार औचित्य नदेखिएका सरकारी निकायलाई खारेज गर्ने, अन्यसँग गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफलमा जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले यो विषयमा विचार–विमर्श गरेको हो।

बैठकले अघिल्ला आयोग र कार्यदलले दिएका प्रतिवेदनका आधारमा खारेज वा गाभ्ने सूचीमा परेका निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ। उक्त समितिको संयोजकमा मुख्यसचिव एकनारायण अर्याल रहेका छन्।

प्रधानमन्त्री ओलीले आयोगलाई १५ दिनभित्र परिणाममुखी र व्यवहारिक विकल्पसहित प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्।

आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलगायत पदेन सदस्य रहेका छन्। साथै, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष रामबहादुर थापा र तीन जना विज्ञ सदस्य थप भएपछि बसेको यो पहिलो बैठक हो।

बैठकमा संघ, प्रदेश र स्थानीय तहबीचको कार्यविस्तार परिमार्जन सिफारिसलाई राष्ट्रिय समन्वय परिषद्ले स्वीकृति दिएर मन्त्रिपरिषद्मा पेस गर्ने तयारीबारे पनि जानकारी दिइएको थियो।

आयोगलाई सेवा प्रदायक निकायको संरचना र कार्यविधि सेवा–मैत्री बनाउन, निर्णय प्रक्रियालाई छरितो र नतिजामुखी बनाउने, ढिलाइ र दोहोरोपन हटाउने, तीन तहबीचको सहकार्य बढाउने, संघीयताअनुकूल प्रशासनिक सुधार गर्ने र सुशासनसम्बन्धी कानुन परिमार्जन गर्ने जिम्मेवारी दिइएको छ। साथै निजामती सेवालाई सक्षम, अनुशासित र उत्तरदायी बनाउन आयोगले कार्य गर्नेछ।

ट्रम्पको प्रस्ताव: अगस्ट २२ मा पुटिन र जेलेन्स्की सहित त्रिपक्षीय शिखर बैठक

वासिङ्टन – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समावेश गरी अगस्ट २२ मा त्रिपक्षीय शिखर बैठक आयोजना गर्ने तयारी गरेका छन्।

अलास्कामा पुटिनसँगको भेटपछि ट्रम्पले जेलेन्स्की र केही युरोपेली नेताहरूसँग टेलिफोनमार्फत कुरा गर्दै दुई पक्षलाई प्रत्यक्ष वार्तामा ल्याउन चाहेको बताएका थिए।

रिपोर्टअनुसार, ट्रम्पले सम्भावित शान्ति सम्झौतामा युक्रेनले बाँकी रहेको डोनबास क्षेत्र रुसलाई हस्तान्तरण गर्ने, सधैंका लागि युद्धविराम गर्ने र युक्रेन तथा युरोपलाई सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव अघि सारेका छन्।

ट्रम्प र पुटिनबीचको करिब तीन घण्टे बैठक अलास्कास्थित एल्मेनडोर्फ-रिचर्डसन सैनिक बेसमा भएको थियो। त्यहाँ दुवै नेताबीच व्यक्तिगत र सानो समूहस्तरीय छलफल भएको थियो। रुसतर्फबाट क्रेमलिन सल्लाहकार युरी उशाकोभ र विदेशमन्त्री सेर्गेई लावरोभ सहभागी थिए भने अमेरिकी पक्षबाट विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विट्कोफ सहभागी भएका थिए। दुवै नेताले वार्ताको मुख्य उद्देश्य युक्रेन युद्ध अन्त्य गर्ने रहेको बताएका थिए।

ट्रम्पले यस वार्तालाई “धेरै फलदायी” भनेका छन्। त्यसपछि उनले जेलेन्स्की, युरोपेली संघका नेताहरू, नेटो महासचिव मार्क रुट्टे र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग सम्पर्क गरेका थिए। उनले रुस र युक्रेनले प्रत्यक्ष अन्तिम शान्ति सम्झौतामा जानुपर्ने र युद्धविरामलाई पहिलो सर्त बनाउन पर्ने बताएका थिए।

ट्रम्प र जेलेन्स्कीबीच अगस्ट १८ मा ह्वाइट हाउसमा भेट हुने अपेक्षा गरिएको छ। यदि त्यो वार्ता सफल भएमा उनले फेरि पुटिनसँग अर्को चरणको छलफल आयोजना गर्ने संकेत दिएका छन्।

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

भेटमा राष्ट्रपति पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक र जनस्तरीय सम्बन्धलाई उल्लेख गर्दै यी सम्बन्धहरू सार्वभौमिक समानता, आपसी सम्मान, विश्वास र मैत्रीपूर्ण सहयोगमा आधारित रहेको बताए। उनले भारतको प्रगतिबाट नेपाल लाभान्वित भएको र आगामी दिनमा अझ बढी फाइदा लिन चाहेको पनि प्रष्ट पारे।

विदेश सचिव मिश्रीले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाललाई उच्च स्थानमा राखिएको बताए। उनले आफ्नो भ्रमणमार्फत दुवै मुलुकबीच आधुनिक युगमा कनेक्टीभिटी र विकासका क्षेत्रमा सहयोग बढाउने अवसर खोजिने र यसले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

काठमाडौं आइपुगेका मिश्रीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्। उनले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका छन्। मिश्री प्रधानमन्त्री ओलीको आगामी भदौ ३१ गते हुने भारत भ्रमणका तयारीका लागि काठमाडौं आएका हुन्।

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन्। उनले आजै सबै प्रमुख भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ।

उनले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गरी स्वदेश फर्कने तयारी गरेका छन्। भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको आगामी भ्रमणका तयारीसम्बन्धी एजेन्डामा पनि आजको भेटवार्तामा छलफल भएको बताइएको छ।

रवि लामिछाने भैरहवा कारागारबाट नक्खु कारागारमा स्थानान्तरण

काठमाडौं – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागारमा स्थानान्तरण गरिएको छ।

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार ल्याइएको हो । उनको कारागार स्थानान्तरणको खबरसँगै विमानस्थल र कारागार वरपर उनका समर्थक तथा रास्वपा नेताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याइएको हो । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।जसमा अदालतले समेत अनुमति दिएपनि गृह प्रशासनले रोकेको थियो ।

कारागार सरुवा रोकेपछि रास्वपा ले संसदमै विरोध जनाएको थियो ।

अलास्का शिखर बैठक सम्झौताविना सकिएपछि जेलेन्स्की सोमबार वाशिंगटन प्रस्थान गर्ने

किभ, युक्रेन — अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय शिखर बैठक युक्रेनबारे कुनै औपचारिक सम्झौताविना टुंगिएपछि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सोमबार वाशिंगटन प्रस्थान गर्ने भएका छन्। त्यहाँ जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्नेछन्।

जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमार्फत भ्रमणको पुष्टि गर्दै ट्रम्पसँग करिब ९० मिनेट लामो अर्थपूर्ण संवाद भएको बताए। फोन वार्ताको क्रममा ट्रम्पले पुटिनसँगको छलफलका मुख्य बुँदाहरू जानकारी दिएका थिए। उनले भने, “म सोमबार वाशिंगटनमा राष्ट्रपति ट्रम्पसँग युद्ध अन्त्य गर्ने सबै विवरणबारे छलफल गर्न जाँदैछु। निमन्त्रणा दिनुभएकोमा धन्यवाद।”

वाइट हाउस प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार, ट्रम्प वाशिंगटन फर्कँदै गर्दा विमानमै जेलेन्स्की र केही नाटो नेताहरूसँग टेलिफोन सम्पर्कमा थिए । पछि उनले सामाजिक सञ्जालमा लेखे कि युद्ध अन्त्य गर्ने सर्वोत्तम उपाय अस्थायी युद्धविराम होइन, प्रत्यक्ष शान्ति सम्झौता हो, किनभने युद्धविराम प्रायः टिक्दैन।

जेलेन्स्कीले अमेरिका, रुस र युक्रेनबीचको त्रिपक्षीय बैठक प्रस्तावको समर्थन गरेका छन् । साथै उनले पश्चिम युरोपेली साझेदारहरूले सम्पूर्ण प्रक्रियामा संलग्न रहनुपर्नेमा जोड दिए, ताकि किभले भरपर्दो अमेरिकी सुरक्षा ग्यारेन्टी पाओस्। उनले भने, “युक्रेनको सुरक्षामा अमेरिकी सहभागिताबारे सकारात्मक संकेतहरू छलफलमा आएका छन्।”

ट्रम्प- पुटिन अलास्का समिटपछि सुरु भएको कूटनीतिक पहलले आगामी हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष वार्तापछि रुस युक्रेन युद्ध अन्त्यतर्फ अगाडी बढ्न सक्ने आशा बढाएको छ।

ट्रम्प-पुटिन अलास्का बैठक: युद्ध अन्त्यतर्फ कूटनीतिक कदममा नयाँ मोड

किभ — अलास्कामा सम्पन्न डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित बैठक सम्झौताविना सकिए पनि यसले युद्ध अन्त्यका सम्भावनाबारे नयाँ बहसको ढोका खोलेको छ। अब सबैको नजर सोमबार वाशिंगटनमा हुने ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको प्रत्यक्ष वार्तातर्फ मोडिएको छ।

अलास्काको एंकोरेजमा भएको तीन घण्टे वार्तापछि दुबै नेताले पत्रकारहरूसमक्ष संक्षिप्त वक्तव्य दिए तर प्रश्नहरू भने लिएनन्। पुटिनले युद्ध समाप्तिको इच्छा प्रकट गर्दै यसको “मुख्य अवरोधहरु” हटाउनैपर्ने बताएका छन् । उनले युक्रेन र युरोपेली संघलाई शान्ति प्रक्रियामा बाधा नपुर्‍याउन चेतावनीसमेत दिए।

ट्रम्पले बैठकलाई “अत्यन्तै उत्पादक” भन्दै धेरै बुँदामा सहमति भएको दाबी गरे तर अझै एक “महत्वपूर्ण असहमति” बाँकी रहेको स्वीकारे। उनले भने, “यो अन्ततः पुटिन र जेलेन्स्कीमाथि निर्भर छ। सम्झौता नभएसम्म सम्झौता हुँदैन।” अन्तिम जिम्मेवारी पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रहेको भन्दै युरोपेली मुलुकहरूले पनि भूमिका खेल्नुपर्ने बताए।

पुटिनले पनि युद्ध अन्त्य गर्न “सत्यनिष्ठ चासो” भएको भन्दै प्रगति अवमूल्यन नगर्न युक्रेन र उसका सहयोगीलाई आग्रह गरे। यद्यपि बाँकी महत्वपूर्ण मतभेदबारे दुवैले खुलेर बोलेनन्।

दुबै नेताले बाँकी रहेका “महत्वपूर्ण” मतभेदका विषयमा प्रष्ट जानकारी नदिएपनि संयुक्त उपस्थितिले भविष्यमा कूटनीतिक बाटो खुल्ने संकेत गरेको छ। बैठकमा दुबै पक्षबाट उच्चस्तरीय टोली सहभागी थिए। पुटिनसँग विदेशमन्त्री सेर्गेई लावरोभ, रक्षा मन्त्री आन्द्रे बेलोउसोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ र विशेष दूत किरिल दिमित्रिएभ सहभागी थिए। ट्रम्पसँग विदेशमन्त्री मार्को रुबियो, अर्थ सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव हावर्ड लुटनिक, विशेष दूत स्टीभ विटकोफ र सीआईए निर्देशक जोन र्याटक्लिफ थिए।

बैठक कुनै ठोस निष्कर्षविना सकिए पनि त्यसपछि सुरु भएको टेलिफोन कूटनीतिले नयाँ ऊर्जा थपेको छ। वाशिंगटन फर्कँदै गर्दा ट्रम्पले विमानमै जेलेन्स्की र नाटो नेताहरूसँग कुरा गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत युद्धविरामभन्दा प्रत्यक्ष शान्ति सम्झौता नै दीर्घकालीन उपाय हुने बताएका छन्।

जेलेन्स्कीले शनिबार टेलिग्राममा लेख्दै ट्रम्पसँग करिब ९० मिनेट लामो संवाद भएको पुष्टि गरेका छन्। उनले भने, “राष्ट्रपति ट्रम्पले पुटिनसँगको छलफलका मुख्य बुँदाहरू जानकारी दिए । म सोमबार वाशिंगटनमा सबै विवरण छलफल गर्न जाँदैछु।”

ट्रम्पले अघि सारेको अमेरिका–रुस–युक्रेन त्रिपक्षीय बैठकलाई जेलेन्स्कीले समर्थन गरेका छन् तर उनले युरोपेली साझेदारहरूको संलग्नता अनिवार्य भएको बताए। उनले थपे, “अमेरिकी सुरक्षाको ग्यारेन्टीबारे सकारात्मक संकेतहरू छलफलमा आएका छन्।”

अलास्का बैठक आफैंमा प्रतीकात्मक थियो। पुटिनलाई औपचारिक सैन्य सम्मानसहित स्वागत गरिनु र युद्ध सुरु भएपछि पहिलोपटक पश्चिमी भूमिमा कदम राख्नुले अन्तर्राष्ट्रिय सन्देश दिएको छ। समर्थकहरूले यसलाई वार्ताको नयाँ अध्याय भनेका छन् भने आलोचकहरूले यसलाई पुटिनलाई अनावश्यक वैधता दिने कदम भनेका छन्।

अब सबैको ध्यान सोमबार वाशिंगटनमा हुने ट्रम्प–जेलेन्स्की भेटमा केन्द्रित छ। यसपटकको संवादले कुनै ठोस समझदारी जन्माउने हो वा अझै अनिश्चितताको चक्र लम्ब्याउने हो भन्ने प्रश्नले कूटनीतिक वृत्तलाई व्यस्त बनाएको छ।

सर्वोच्चद्वारा पूर्वप्रधानन्यायाधीश राणाविरुद्धको रिट फिर्ता

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेद्वारा दायर रिट दर्ता गर्न अस्वीकार गरेको छ। राणाले संसद् विघटनसम्बन्धी फैसलामा हस्ताक्षर गर्न नमानेको आरोप सहित उनिविरुद्द रिट दायर गरिएको थियो ।

रजिष्ट्रार मानबहादुर कार्कीले फैसला तयार र प्रमाणीकरण न्यायिक प्रक्रियाको हिस्सा भएकाले असाधारण अधिकार क्षेत्रअन्तर्गत रिट दर्ता गर्न नमिल्ने बताएका छन् ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए, जुन २०७७ फागुन ११ मा राणा नेतृत्वको इजलासले बदर गरेको थियो। तर राणाले उक्त फैसलामा हस्ताक्षर नगर्दा फैसलाको पूर्णपाठ सार्वजनिक हुन सकेको छैन।

बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक

काठमाडौँ — बीपी राजमार्गमा बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा १५ भदौसम्म रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनको संयुक्त निर्णयअनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाइने उल्लेख गरिएको छ ।

प्रशासनका अनुसार देशभर मनसुन सक्रिय रहेकाले वर्षातका कारण कुनै पनि बेला विपद् (बाढी, पहिरो) आउन सक्ने सम्भावना भएकाले थप १५ दिन रातिको सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

यसअघि पनि स्थानीय प्रशासनले ७ असारदेखि नै बाढीपहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउँदै आएको थियो।

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार : कांग्रेस भित्र विवाद चर्कने संकेत

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार कांग्रेसका पाँच नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पूर्णता दिएका छन्। यसअघि २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त भएका थिए।

नव नियुक्त मन्त्रीमा काभ्रेका कञ्चनचन्द्र बादे (सामाजिक विकास), रसुवाका प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), ललितपुरकी उर्मिला केसी नेपाल (युवा तथा खेलकुद), भक्तपुरका सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन) र चितवनकी बिनु रायमाझी पौंडेल (सहकारी तथा गरिबी निवारण) रहेका छन्।

२० साउनमा कांग्रेसका कृष्ण तामाङ र शिवराज अधिकारीलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने एमालेबाट ६ मन्त्रीले विभिन्न मन्त्रालय सम्हालेका छन्। कांग्रेस र एमालेबीचको पुरानो सहमतिअनुसार दुवैले मुख्यमन्त्रीसहित ६–६ मन्त्रालय पाएका छन्।

तर, पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा पक्षका तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान पुरा नगरेको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ।आफुले चुनेको ३ जनालाई मन्त्री नबनाएसम्म विश्वासतको मत निदने अडान लिएको बहादुर लामा पक्षले २७ साउनमा प्रदेश सभा बैठकमा उपस्थित भएर विश्वासको मत दिएका थिए ।निवर्तमान मुख्यमन्त्री लामाले केन्द्रीय नेतृत्वहरूले ३ जनालाई मन्त्री बनाउने सहमति कार्यान्वयन हुने प्रतिबद्ध दिलाएपछि विश्वासको मत दिएको बताएका थिए । तर बानियाले लामा पक्षका कसैलाई पनि मन्त्रिमण्डलमा समावेश गरेनन्।यदि लामा र बनियाबिच यहि विषयमा असहमति बढ्दै गएमा प्रदेश सरकारभित्र पुनः राजनीतिक तनाव चर्किन सक्ने संकेत देखिएको छ।

ट्रम्प–पुटिन अलास्का शिखर बैठकबारे थाहा हुनुपर्ने मुख्य कुरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार अलास्कामा भेट्ने भएका छन्। यो उच्चस्तरीय बैठकको मुख्य उद्देश्य युक्रेन युद्ध र अमेरिका–रूसबीचको व्यापक सम्बन्धबारे छलफल गर्नु हो। बैठक अलास्काको एंकोरेजस्थित जोइन्ट बेस एलमेंडोर्फ–रिचर्डसनमा हुने छ, जुन बेरिङ स्ट्रेट पारि रसियाको सीमाभन्दा केही दर्जन माइल मात्र टाढा पर्छ।

क्रेमलिनका विदेश नीतिका सल्लाहकार युरी उशाकोभका अनुसार यो स्थान ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। दोस्रो विश्वयुद्धको समयमा लेन्ड–लीज सम्झौताअन्तर्गत विमान पु-याउने क्रममा ज्यान गुमाएका केही सोभियत पाइलट, सैनिक र सर्वसाधारणहरू यही स्थानमा दफन गरिएको छ। उनले यसलाई दुई राष्ट्रबीचको युद्धकालीन सहकार्यको स्मरणीय प्रतीक भनेका छन्।

बैठक ट्रम्प र पुटिनबीच केवल अनुवादकको साथमा हुने वान-टु-वान वार्ताबाट सुरु हुनेछ। त्यसपछि दुवै पक्षका वरिष्ठ अधिकारीहरूबीच पाँच–पाँच सदस्यको विस्तारित बैठक हुनेछ। रुसी टोलीमा विदेशमन्त्री सेर्गेई लाभ्रोभ, रक्षामन्त्री आन्द्रेइ बेलोउसओभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, विशेष दूत किरिल दिमित्रिएभ, उशाकोभ स्वयं, र अन्य विशेषज्ञहरू रहनेछन्। अमेरिकाको टोलीबारे क्रेमलिनलाई जानकारी दिइएको भए पनि वाशिङ्टनले अझै सार्वजनिक गरेको छैन।

क्रेमलिनका अनुसार बैठकको मुख्य केन्द्रबिन्दु युक्रेन युद्धको समाधान खोज्ने प्रयास हुनेछ। साथै व्यापार, आर्थिक सहयोग, र अन्य द्विपक्षीय मुद्दाहरू पनि छलफलमा पर्नेछन्। पुटिनले बिहीबार रुसी अधिकारीहरूसँगको बैठकमा ट्रम्पको वार्ता टोलीले संकटको अन्त्य गरी दुवै देशबीच दीर्घकालीन शान्तिको वातावरण बनाउन चाहेको बताएका छन्।

यस बैठकबाट कुनै आधिकारिक सम्झौता वा दस्तावेजमा हस्ताक्षर भने हुनेछैन। ट्रम्पले यसलाई पुटिनको दृष्टिकोण बुझ्ने “प्राथमिक बैठक” का रूपमा वर्णन गरेका छन्। उनले युक्रेनको समाधानमा रूससँग भू–भागको अदला–बदली पनि हुनसक्ने संकेत दिएका छन् । यधपी, यसको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्की र पश्चिमी युरोपेली नेताहरूले कडाइका साथ अस्वीकार गरेका छन्।

पहिल्यै घोषणा भएअनुसार, बैठकपछि दुवै नेता संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने योजना थियो। तर, ट्रम्पले पछि भने, यदि वार्ता राम्ररी अघि बढेन भने उनी एक्लै पत्रकारहरूसँग कुरा गर्नेछन्।

विशेष कुरा यो हो कि यस शिखर बैठकमा न त युक्रेनी राष्ट्रपति जेलिन्स्कीलाई निमन्त्रणा गरिएको छ, न त प्रमुख युरोपेली नेताहरूलाई।

भारत भ्रमणअघि प्रधानमन्त्री ओली चीनको एससीओ शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तिआन्जिनमा हुने शाङ्घाई कोअपरेसन अर्गनाइजेशन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुँदैछन्। यो उनको गत वर्ष प्रधानमन्त्री बनेपछि दोस्रो पटकको चीन भ्रमण हो। चीनको यात्रा पूरा भएपछि उनी सेप्टेम्बर १६ मा भारत जानेछन्।

चीनमा हुने यस सम्मेलनमा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका अन्य शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तयारी गरेका छन्। उनी एक विशिष्ट वक्ताको रूपमा सम्मेलनमा सम्बोधन गर्ने र नेपाललाई लामो समयदेखि रोकिएको एससीओ को सदस्यता हासिल गर्न पहल गर्ने सम्भावना छ। नेपालले यस संगठनमार्फत व्यापार, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा नयाँ साझेदारीका अवसर पाउने अपेक्षा गरिएको छ।

ओलीको यो भ्रमण नेपालका लागि केवल कूटनीतिक मात्र होइन, रणनीतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। चीन र भारत जस्ता दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्दै क्षेत्रीय स्थिरता र सहकार्यमा सक्रिय भूमिका खेल्ने अवसरका रूपमा यो देखिएको छ।

यसैबीच,ओलीको भारत भ्रमण लामो समयपछि हुन लागेको हो, जुन पछिल्ला वर्षहरूमा देखिएको सीमा विवाद, व्यापार अवरोध र राजनीतिक तनावको पृष्ठभूमिमा आउँदैछ। विशेषगरी नक्सा विवादपछि बिग्रिएको सम्बन्धलाई सुधार्न यो अवसरको रूपमा लिइएको छ। सफल भएमा यसले दुवै मुलुकबीच विश्वास पुनःस्थापित गर्न, व्यापार विस्तार गर्न र सीमा सुरक्षामा सहकार्य बढाउन मद्दत गर्न सक्छ।

चीन र भारत दुवैसँग हुने यी उच्चस्तरीय भेटघाटहरूले नेपालको कूटनीतिक प्रभाव बढाउने मात्र होइन, आर्थिक र रणनीतिक हैसियतलाई समेत मजबुत बनाउने संकेत दिएका छन्।

नागढुंगा सुरुङमार्गको प्रयोग शुल्क निर्धारण: पुसदेखि सञ्चालनको तयारी

काठमाडौँ -सरकारले लामो समयदेखि प्रतीक्षित नागढुंगा–सिस्ने खोला सुरुङमार्गको प्रयोग शुल्क तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सवारी साधनका लागि फरक–फरक दर निर्धारण गरेको हो। निर्णय अनुसार, कार र भ्यानका लागि काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ लाग्नेछ। मिनीबस र मिनीट्रकका लागि काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ। त्यस्तै, बस र ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरणका लागि भने काठमाडौं आउँदा ६०० रुपैयाँ र जाँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।

यो सुरुङमार्ग नेपालको पहिलो सडक सुरुङ हो, जसलाई आगामी पुस महिनादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र निर्माण अवधि आगामी कात्तिकसम्म भए पनि ठेकेदार कम्पनीले दशैंसम्म नै सबै काम सक्ने दाबी गरेको छ।

सरकारका अनुसार, सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा हुने भीडभाड कम हुनेछ र यात्रामा लाग्ने समय र खर्च दुबै घट्नेछन्। यसले काठमाडौं उपत्यका भित्र–बाहिरको यातायात सहज बनाउने मात्र होइन, इन्धन खर्च र प्रदूषणमा समेत कमी ल्याउने अपेक्षा गरिएको छ। ठेक्का प्रक्रियाबाट सुरुङ सञ्चालन गर्ने निकाय छान्ने तयारीमा सरकार रहेको छ।

यो परियोजना सञ्चालनमा आएपछि यात्रुहरूलाई दूरी र समय दुबै बचत हुने र यातायात पूर्वाधारको क्षेत्रमा यो महत्वपूर्ण उपलब्धि हुने सरकारले बताएको छ।

एमबीबीएस र बीडीएस सिट संख्या वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौँ- चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएस र बीडीएस कार्यक्रमका सिट संख्या बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमबीबीएसको सिट अधिकतम १०० बाट १३० र बीडीएसको ५० बाट ६० पुर्‍याउने निर्णय गरेको हो।

मेडिकल कलेजको पूर्वाधार र फ्याकल्टीको आधारमा सिट निर्धारण गरिनेछ। विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसलाई १३० सिट, र पोखराको मणिपाल शिक्षण अस्पताललाई १२० सिट दिने निर्णय भएको छ।

यसअघि निजी मेडिकल कलेज सञ्चालकहरूले सिट संख्या र शुल्क वृद्धि गर्न दबाब दिँदै आएका थिए। वैशाखमा गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट र शुल्क पुनरावलोकन गर्न सकिने सुझाव दिएको थियो। तर, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सिट र शुल्क वृद्धि नगर्न चेतावनी दिएका छन्।

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा

काठमाडौँ- संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालक संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले जारी गरेको विज्ञप्तिमा सबै तहका समितिलाई आन्दोलनको तयारी गर्न आग्रह गरिएको छ।

घोषित कार्यक्रमअनुसार आज देशभरका पालिका प्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाइँदैछ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाइनेछ। भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री, भदौ २ गते क्षेत्रीय सांसदहरूलाई ज्ञापनपत्र बुझाइनेछ।

यसपछि भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलनको तयारी बैठक र भदौ ६ गते केन्द्र तथा प्रदेशस्तरीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने योजना छ।

अमेरिकी विदेश मन्त्रालयद्वारा नेपालमा मानवअधिकार , प्रेस स्वतन्त्रता उल्लङ्घन र श्रमशोषणका घटनामा चिन्ता व्यक्त

काठमाडौं – अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको २०२४ को कन्ट्री रिपोर्ट्स अन ह्युमन राइट्स प्र्याक्टिसेस ले नेपालमा निरन्तर देखिएका मानवअधिकारसम्बन्धी समस्यामाथि गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रतिवेदनमा जबर्जस्ती हत्या, यातना, प्रेस स्वतन्त्रतामा रोक, जबर्जस्ती श्रमजस्ता घटना र जवाफदेहितामा सरकार चुकेको औंल्याएको छ।

मंगलबार प्रकाशित प्रतिवेदनका अनुसार विगत वर्षको तुलनामा नेपालमा मानवअधिकारको अवस्थाको “महत्वपूर्ण परिवर्तन” नभए पनि मनमानी हत्या, अवैध थुनामा राख्ने, सञ्चारमाध्यममा रोक तथा मानव बेचबिखनजस्ता उल्लंघनहरू दर्ज गरिएका छन्। प्रतिवेदनअनुसार केही घटनामा छानबिन भए पनि दोषीलाई सजाय दिन सरकार असफल छ। श्रम ऐनको कार्यान्वयन निजी र अनौपचारिक क्षेत्रमा कमजोर छ, र महिलासहित अनौपचारिक श्रमिकलाई पर्याप्त सुरक्षा छैन।

द्वन्द्वकालीन न्याय, जेलभित्रको दुर्व्यवहार, पत्रकारमाथि आक्रमण, र वञ्चित समुदायमाथि प्रहरीको यातना अझै समस्या रहेको प्रतिवेदनमा भनिएको छ। संविधानले स्वतन्त्रता सुनिश्चित गरे पनि व्यापक कानुनी प्रावधानले विचार अभिव्यक्तिमा रोक लगाउने अवस्था कायम छ।

अन्ततः, अमेरिकी प्रतिवेदनले नेपालमा मानवअधिकारको अवस्था कमजोर रहेको र सुधारका प्रयासमा सरकार चुकेको निष्कर्ष निकालेको छ।

झापामा सरकारी जग्गा हिनामिना प्रकरणमा माओवादी नेता पुरीसहित २० जना दोषी

काठमाडौँ- विशेष अदालतले झापास्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा माओवादी नेता तथा कोशी प्रदेशका कोषाध्यक्ष रेवतराज पुरी (गगन)सहित २० जनालाई दोषी ठहर गरेको छ। पुरीलाई एक वर्ष कैद र ३१ लाख रुपैयाँभन्दा बढी जरिवानाको सजाय सुनाइएको छ।

अख्तियारले डेढ वर्षअघि दायर गरेका दुई मुद्दामा चन्द्रगढी नापी, दमक मालपोत र नापीका कर्मचारी, बिचौलिया र जग्गाधनीसहित २८५ प्रतिवादी थिए। सरकारी जग्गा हालसाबिक प्रक्रियाबाट गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरिएको थियो, जसमा ७५ करोडभन्दा बढी मूल्यको ५० बिघाभन्दा बढी जग्गा रहेको छ ।फैसलामा नापी र मालपोतका उच्च र तल्लो तहका कर्मचारी, बिचौलिया र लाभ लिने व्यक्तिहरूको संलग्नता प्रमाणित भएको छ। विवादित जग्गा जफत गर्ने आदेश दिइएको छ भने संलग्नता नदेखिएका केही प्रतिवादीलाई सफाइ दिइएको छ। पुरी यसअघि पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भइसकेका छन्।

मुद्दामा विशेष अदालतले नापीका तत्कालीन प्रमुख शशिकान्त झा, सर्वेक्षकहरू सीताराम यादव, विष्णुदेव यादव, विन्देश्वर पञ्जियार, रामकुमार दास र गणेशकुमार धिमालको प्रत्यक्ष संलग्नता रहेको ठहर गरेको छ । साथै, नापी अधिकृत रामदेव मण्डल, अमिन ललितकुमार मण्डल र नासु रुद्रप्रसाद श्रेष्ठको समेत संलग्नता रहेको निष्कर्ष निकालेको छ । नौजना अभियुक्तमध्ये झाको मृत्यु भइसकेकाले उनको हकमा कैद सजाय तोकिएको छैन ।

प्रतिवादीमध्ये सीताराम, विन्देश्वर र गणेशलाई जनही एक–एक वर्ष कैद तथा जरिवाना तोकिएको छ । रामदेव र रुद्रप्रसाद श्रेष्ठलाई ६–६ महिना कैद र जरिवाना हुने सजाय भएको छ । बाँकी तीनैजनालाई तीन–तीन महिना कैद र जरिवानाको सजाय सुनाइएको विशेषले जनाएको छ । अन्यको संलग्नता नदेखिएको भन्दै बाँकी प्रतिवादीलाई सफाइ दिएको छ ।

संसदमा प्रधानमन्त्री ओलीको कटाक्ष

“झुटा कथा सिर्जना गरेर सोशल मिडियामा कन्टेन्ट उत्पादन गर्ने प्रवृत्ति बढ्यो”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमणबारे जानकारी दिएका छन् र त्यसपछि सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने र उनको पार्टीप्रति कडा टिप्पणी गरेका छन्।

ओलीले संसदमाआवश्यक नीति तथा कार्यक्रमबारे बहस हुनुपर्ने ठाउँमा झुटा कथा सिर्जना गरेर सोशल मिडियामा कन्टेन्ट उत्पादन गर्ने प्रवृत्ति बढेको बताए। उनले भने, “आज संसदमाउठाइएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकता आधारित छैनन्। यसलाई सोशल मिडियाका लागि मात्र प्रयोग गर्ने दुष्प्रयास भइरहेको छ। के यही हाम्रो राष्ट्रिय आवश्यकता हो?”

रास्वपाले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध लिएको आरोपको प्रतिवाद गर्दै ओलीले सहकारीमा बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि मुद्दा चलिरहेको र धेरैजना थुनामा रहेको स्मरण गराए। उनले प्रश्न गरे, “यदि एउटामाथि मात्र प्रतिशोध भएको हो भने थुनामा रहेका अरु सबैको के हो? त्यो कानुनी कारबाही होइन?”

उनले लोकतान्त्रिक प्रणालीलाई ‘पेसेवर मास मेनिपुलेसन’ बाट जोगाउनुपर्ने आवश्यकता औंल्याउँदै लामिछानेको वैदेशिक नागरिकता र दोहोरो विवाह प्रति इङ्गित गर्दै भने,”कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडी मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।” जनताको मत पाएर आएको प्रतिपक्ष पनि देशप्रतिको दायित्वबाट विमुख हुन नमिल्ने उनले बताएका छन् ।

निर्वाचन आयोगद्वारा रञ्जिता श्रेष्ठलाई नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता

काठमाडौं – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको औपचारिक निर्णय गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार आयोगले यस्तो निर्णय गरेको हो। उनले भने, “असन्तुष्ट पक्षले पेस गरेको विवरण ऐन र विधानअनुसार मिलेन।”

यसअघि साउन १५ गते नाउपाका संस्थापक सदस्यहरूको भेलाले श्रेष्ठलाई पदच्युत गर्दै लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको थियो। लालवीर, नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीका बुवा तथा रञ्जिता श्रेष्ठका ससुरा हुन्।

आयोगको निर्णयसँगै रेशम चौधरीको पत्नीलाई अध्यक्षबाट हटाएर आफ्ना बुवालाई अध्यक्ष बनाउने प्रयास असफल भएको छ।

२७ नयाँ उच्च अदालतका न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं – विभिन्न उच्च अदालतमा नियुक्त २७ जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष उनीहरूले शपथ लिएका हुन्।

न्याय परिषद्को साउन २२ गतेको बैठकले २७ जनालाई नियुक्ति र पदस्थापनको सिफारिस गरेको थियो। सिफारिस हुनेमा न्याय परिषद्का सचिव यमबहादुर बुढा, सर्वोच्च अदालतका सह–रजिस्ट्रार तथा प्रवक्ता अच्युत कुइँकेललगायत छन्।

जिल्ला न्यायाधीशबाट १६ जना उच्च अदालतमा बढुवा भएका छन्, कानुन व्यवसायीबाट ६ जनाले अवसर पाएका छन्, भने न्याय, सरकारी वकिल र कानुन अधिकृत समूहबाट ५ जना नियुक्त भएका छन्।

नियुक्त न्यायाधीशहरूले एक महिनाको तालिमपछि मात्र आफ्नो कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्नेछन्। तालिमको व्यवस्था राष्ट्रिय न्यायिक प्रतिष्ठानले गरिरहेको छ।

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

काठमाडौँ- प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा, प्रेस स्वतन्त्रतासम्बन्धी घटनाहरूको अभिलेख सार्वजनिक गरेको छ।

काउन्सिलका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन्।

press freedom nepal 1

तथ्याङ्क अनुसार धम्की / दुर्व्यवहारका घटनाहरु सबैभन्दा बढी रहेका छन्। यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिलासहित १०६ जना पत्रकार पीडित भएको पाइन्छ।

अमेरिकी सहायता पुनः सुरु भएसँगै ‘एमसीसी’ का उपाध्यक्ष काठमाडौंमा

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी का उपाध्यक्ष जोन विंगल सोमबार काठमाडौं आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रोक लगाएको सहायता पुनः सुरु भएपछि यो एमसीसी मुख्यालयबाट आएको पहिलो उच्चस्तरीय भ्रमण हो।

काठमाडौंमा रहँदा विंगलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् र नेपाल तथा एमसीसी द्वारा संयुक्त रूपमा लगानी रहेको दुई प्रसारण लाइन परियोजनाको सम्झौता हस्ताक्षर समारोहमा सहभागी हुनेछन्। जस अन्तर्गत ७ करोड ७४ लाख ८० हजार अमेरिकी डलरको रातमाटे –न्यू दमौली लाइन र ७ करोड ७० लाख ३० हजार अमेरिकी डलरको न्यू दमौली–न्यू बुटवल लाइन रहेका छन्, जुन एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत २९७ किलोमिटर लामो विधुत प्रसारण परियोजनाको हिस्सा हो।

ट्रम्प प्रशासनले सन् २०२५ को सुरुवातमा विदेशी सहायता पुनरावलोकनका क्रममा एमसीसी को काम स्थगित गरेको थियो। गत जुलाईमा अमेरिकाले एमसीसी नेपाल कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेसँगै नेपाललाई तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने वा बाँकी रकम फिर्ता गर्नुपर्ने शर्त राखिएको छ।

एमसीसी बोर्डको आगामी २१ अगस्टको बैठकले यसको भविष्यबारे स्पष्ट पार्नेछ। नेपालमा ६९७ मिलियन अमेरिकी डलरको एमसीसी कम्प्याक्ट—जसलाई २०२२ मा संसदले अनुमोदन गरेको थियो—मा सडक सुधार र तीन नयाँ सबस्टेशन निर्माणको योजना पनि समावेश छ। तर, जग्गा अधिग्रहण र प्रसारण लाइन मार्गमा रहेका रुख कटानजस्ता चुनौतीपूर्ण काम भने अझै बाकी छन्।

दक्षिण कोरियामा पहिलोपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिलालाई कारागार

सिओल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई शेयर हेरफेर, घुसखोरी र राजनीतिक हस्तक्षेपलगायतका आरोपमा पक्राउ गरिएको छ। यससँगै देशको इतिहासमा पहिलोपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवै जेलमा परेका छन्।

५२ वर्षीया किमले मंगलबार सिओलमा भएको चार घण्टा लामो अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरिन्। तर अदालतले प्रमाण नष्ट गर्ने जोखिम देखाउँदै उनलाई थुनामा राख्ने आदेश दिएको हो।

अभियोजन पक्षका अनुसार किमले डच मोटर्स नामक बीएमडब्ल्यू डिलरको सेयर मूल्य हेरफेरमार्फत ८ अर्ब वोन (झण्डै ५७७,९४० अमेरिकी डलर) भन्दा बढी कमाएकी थिइन्।

किममाथि विवादास्पद युनिफिकेशन चर्चबाट दुईवटा सेनायल ब्याग र हीराको हारसहितका विलासी उपहार लिएको आरोप पनि छ। साथै, सन् २०२२ को उपनिर्वाचन र गत वर्षको आमनिर्वाचनमा उम्मेदवार सिफारिसमा हस्तक्षेप गरेको आरोप समेत उनीमाथि लगाइएको छ।

यस वर्ष जुन महिनामा युनका राजनीतिक प्रतिद्वन्द्वी ली जे म्युंग राष्ट्रपति बनेपछि विशेष अभियोजन अनुसन्धान सुरु भएको हो। युनलाई गत जनवरीमा असफल मार्शल ल काण्डमा पक्राउ गरिएको थियो। उनले आफ्नो पत्नीविरुद्ध विशेष अभियोजनको माग गर्ने विपक्षी प्रस्तावित तीन विधेयकलाई भिटो गरेका थिए। अन्तिम भिटो उनले गत नोभेम्बरमा मार्शल ल घोषणा गर्नुभन्दा एक साताअघि दिएका थिए।

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं – मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियड सम्बन्धी विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेपछि समितिका सभापतिले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने बहस चलिरहेका बेला खतिवडाले राजिनामा दिएका हुन्।

प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको भन्दै , निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको तथापि, अन्तिम रुपमा गहिरिएर नहेर्नु कमजोरी रहेको उनले स्वीकार गरेका छन्।

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ- भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति नबनेकोमा विरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाए। रास्वपाका शिशिर खनालले मन्त्रिपरिषद् सदस्यहरू विभिन्न काण्डमा मुछिएको आरोप लगाउँदै तत्काल छानबिन समिति गठन गर्न माग गरे।

राप्रपाकी विना लामाले पनि भिजिट भिसा प्रकरणमा समिति गठन नभएसम्म विरोध जारी रहने बताउँदै, बहिष्कार गर्ने दिनको भत्ता समेत नलिने घोषणा गरिन्।

उनको वक्तव्यपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।

ट्रम्पको ‘ल्याण्ड स्वाप ’ प्रस्तावप्रति इयूको अस्वीकार: पूर्ण युद्धविरामको माग

युरोपियन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेन–रूस ‘ल्याण्ड स्वाप ’ प्रस्तावलाई कडाईका साथ अस्वीकार गर्दै रूसले पूर्ण र बिना शर्त युद्धविराम स्वीकार गर्नुपर्ने जनाएको छ।

“रूसले युद्धविराम स्वीकार गरेको छैन; हामीले ‘ल्याण्ड स्वाप ’को कुरा नै गर्नु हुँदैन,” इयूकी परराष्ट्र नीति प्रमुख काया कलासले युरोपेली संघका परराष्ट्र मन्त्रीहरू र युक्रेनी परराष्ट्र मन्त्री अन्द्रिय सिबिहासँगको बैठकपछि सञ्चार माध्यमसंगको कुराकानीमा बताएकी छन् ।

शुक्रबार अलास्कामा हुने ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको निर्धारित बैठक अघि भएको छलफलमा रूसमाथि थप प्रतिबन्ध, युक्रेनलाई थप सैन्य सहायता र आर्थिक सहयोगबारे पनि विचार-विमर्श गरिएको बताइएको छ । कलासले कुनै पनि अमेरिका–रूस वार्तामा युक्रेन र इयूको सहभागिता अनिवार्य हुनुपर्ने समेत बताएकी छन्।

“दीर्घकालीन र न्यायसंगत शान्तितर्फ अघि बढ्दा अन्तर्राष्ट्रिय कानुन स्पष्ट छ—अस्थायी रूपमा कब्जा गरिएका सबै भूभाग युक्रेनकै हुन्,” उनले चेतावनी दिँदै आक्रमणलाई पुरस्कृत गर्नु शान्तिका लागि हानिकारक हुने कुरामा जोड दिएकि छन्।

गत साता युके, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, फिनल्याण्ड र इयूका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै “युक्रेनमा शान्तिको बाटो युक्रेनबिना तय हुन सक्दैन” भन्ने साझा अभिव्यक्ति समेत दिएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै भने, “युक्रेनीहरूले आफ्नो भूमि रुसलाई दिने छैनन्। युक्रेनबिना गरिएका कुनै पनि निर्णय शान्तिविरुद्धका निर्णय हुन्।”

चीन–अमेरिका व्यापार वार्ता : ९० दिनका लागि कर शुल्क निलम्बन

स्टकहोममा सम्पन्न चीन–अमेरिका आर्थिक तथा व्यापार बैठकपछि दुवै देशले एकअर्काका सामानमा लाग्ने उच्च कर शुल्क ९० दिनका लागि निलम्बन गर्ने निर्णय गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा लगाइने शुल्क वृद्धिको मिति नोभेम्बर ९ सम्म सार्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि चीनले पनि सोही कदम चालेको हो।

चीनको सीमा शुल्क आयोगले अगष्ट १२ देखि लागू हुने गरी अमेरिकी सामानमा लाग्ने अतिरिक्त २४ प्रतिशत शुल्क निलम्बन गर्ने र बाँकी १० प्रतिशत दर कायम राख्ने जनाएको छ। यसअघि जिनेभा र लन्डनमा भएका बैठकमा भएका सहमतिहरू पुनः दोहोर्याउँदै दुवै पक्षले गैर-शुल्कीय प्रतिवन्धहरू हटाउने वा निलम्बन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सम्झौताअनुसार, चीनको वाणिज्य मन्त्रालयले गत अप्रिलमा निर्यात नियन्त्रण सूचीमा राखिएका अमेरिकी १६ संस्थामाथिको प्रतिबन्ध ९० दिनका लागि निलम्बन गर्ने र १२ संस्थामाथिको प्रतिबन्ध स्थायी रूपमा हटाउने निर्णय गरेको छ। यद्यपि, ती संस्थामा दोहोरो प्रयोजनका वस्तु निर्यात गर्न इच्छुक आपूर्तिकर्ताले अनुमति पत्रका लागि आवेदन दिनुपर्नेछ।

विशेषज्ञहरूले यो कदमलाई व्यापार तनाव कम गर्ने सकारात्मक प्रयास भनेका छन् तर यो अस्थायी मात्र भएको चेतावनी दिँदै दीर्घकालीन स्थिरताका लागि शुल्क पूर्ण रूपमा हटाउनुपर्ने सुझाव दिएका छन्।

रवि लामिछानेको जमानत माग पुनः अस्वीकृत

रुपन्देही- रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीश नारायण प्रसाद सापकोटाको एकल इजलासले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टीसहित पेश गरिएको उनको निवेदन खारेज गर्दै साक्षी बयान र प्रमाण संकलन कार्य बाँकी रहेको कारण देखाउँदै छुट नदिने आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।

इजरायली नरसंहारको छायाँमा एक नेपाली परिवारको पीडा

संयुक्त राष्ट्रसंघको मञ्चमा विपिनको कथाले के इजरायलको युद्ध अपराध लुकाउन सक्छ?

काठमाडौं – इजरायल–प्यालेस्टाइन युद्धको क्रूर तरङ्ग संसारभर फैलिँदै गर्दा, कञ्चनपुरका विपिन जोशीको परिवार आज संयुक्त राष्ट्रसंघको मञ्चतर्फ यात्रा गरिरहेको छ । इजरायलमा काम गर्दै गरेका विपिनलाई प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको थियो । उनि अझै जीवित छन् या छैनन् भन्ने विषय केवल एक अन्यौल मात्र बनेको छ। यधपी, उनलाई खोज्ने अभियानको नाममा आज आमा पदमा र बहिनी पुष्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल हुँदै संयुक्त राष्ट्रसंघ पुग्दैछन् । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका छन् ।

तर यहाँ एक गम्भीर प्रश्न उठ्छ—के एक नेपाली परिवारलाई संयुक्त राष्ट्रसंघमा देखाएर इजरायलले आफ्नो छातीमा लागेको नरसंहारको दाग पखाल्न सक्छ? के यो मानवीय पीडालाई आफ्नो राजनीतिक रणनीतिमा प्रयोग गर्ने एउटा क्रूर प्रदर्शन मात्र होइन? आत्मा रक्षाको नाममा इजरायलले गरेको ६१००० भन्दा बढी प्यालेस्टिनी नागरिकको हत्यालाई विपिन जोसीको परिवारको पिडामा साट्न खोज्नु अमानवीयताको पराकाष्ठा हो।

अन्तर्राष्ट्रिय कानूनले युद्ध अपराधको रूपमा परिभाषित गर्ने कामहरू गाजा सहरमा दिनहुँ भइरहेका छन् । हजारौं प्यालेस्टिनी नागरिकको हत्या, अस्पताल र शरणार्थी शिविरमाथि हवाई आक्रमण, र वर्षौँदेखि जारी नाकाबन्दी , यी सबै इजरायलले गरेका युद्ध अपराधका शृंखला हुन्।अन्तर्राष्ट्रिय अदालतले समेत गम्भीर मानवअधिकार उल्लङ्घन र सम्भावित नरसंहारको आरोपमा इजरायली नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ।तर शक्तिशाली सैन्य–राजनीतिक गठबन्धनको आडमा, इजरायल अझै निर्लज्ज रूपमा आफ्नो आक्रमणलाई “आत्मरक्षा”को नाममा बचाउ गरिरहेको छ ।

यतिखेर इजरायलको कूटनीतिक प्राथमिकता भने विपिनको परिवारलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याएर आफ्नो पक्षमा अन्तर्राष्ट्रिय सहानुभूति बटुल्नुमा केन्द्रित देखिन्छ। तर के यसले इजरायलको हातमा लागेको अपराधको दाग पखाल्न सक्छ ? के बिपिनको परिवारको संवेदनशील मानवीय पीडालाई देखाएर हजारौं निर्दोष प्यालेस्टिनीको मृत्युलाई विस्मृतिमा पुर्‍याउन सकिन्छ? यो प्रश्न केवल नेपालका लागि मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर रुपमा चुनौती बनेर खडा भएको छ ।

विपिनको परिवारलाई संयुक्त राष्ट्रसंघमा पुर्‍याउने इजरायलको योजना सतही रूपमा मानवीय देखिए पनि यसको गहिरो राजनीतिक अर्थ छ । बन्धकको कथा देखाएर इजरायल आफ्नो आपराधिक छविलाई लुकाउन खोजिरहेको छ । के यो नैतिक रूपमा स्वीकार्य छ जब कि, आफ्नोै हातले हजारौं निर्दोष मार्ने देशले केही बन्धकका नाममा विश्व समुदायको सहानुभूति किन्न खोजोस्? के यो एउटा अपराधमा पर्दा हाल्ने प्रयास होइन?

मानवीय पीडा समानान्तर रूपमा महसुस गर्न सकिन्छ—विपिनको परिवारको पीडा वास्तविक र गहिरो छ । तर गाजाको पीडितहरूको पीडा पनि उस्तै वास्तविक र कारुणिक छ । न्यायको तराजुमा एउटा पक्षको आँसु देखाउने र अर्को पक्षको रगत लुकाउने काम कुनै पनि लोकतान्त्रिक मूल्य र मानवाधिकारको सिद्धान्तसँग मेल खान सक्दैन ।

संयुक्त राष्ट्रसंघको मञ्चमा विपिनको परिवार देखाउनु पीडादायी क्षण हुनेछ । तर यसले गाजाको कुनै एक आमा जसले आफ्ना छोराछोरी गुमाएकी छिन्, वा एक बालक जसले बमबारिमा आफ्नो बाबु–आमा दुवै गुमाएको छ , के त्यो बालकको भविष्यलाई न्याय दिन सक्छ ?के त्यो आमाको पीडालाई कम गराउन सक्छ ?

सबैभन्दा खतरनाक कुरा भनेको, यस्तो दोहोरो मापदण्डमा अन्तर्राष्ट्रिय समुदायको मौनता हो । अमेरिकी समर्थन, यूरोपेली राजनीतिक सुरक्षा, र अन्तर्राष्ट्रिय निकायको कमजोर दबाबले इजरायललाई अझै हिंस्रक बनाइरहेको छ ।

यदि संयुक्त राष्ट्रसंघको मञ्चमा विपिनको परिवारको आँसु देखाएर इजरायलले आफ्नो युद्ध अपराधको प्रश्नलाई छोप्ने हो भने, यो केवल एउटा पीडालाई अर्को पीडाको विरुद्ध प्रयोग गर्ने अमानवीय राजनीति हुनेछ ।

अन्त्यमा, प्रश्न यथावत् रहन्छ, गाजामा बगेको रगतको जवाफ कसले दिने? हजारौं मृत आत्माहरूलाई न्याय कसले दिने? अन्तर्राष्ट्रिय अदालतको पुर्जीको अर्थ के हुन्छ , जबकि युद्ध अपराधीहरू अझै खुलेआम विपिन जोसीको पीडालाई मानवअधिकारको मञ्चमा एउटा कथा जसरि देखाएर आफुलाई निर्दोष साबित गर्न खोज्दैछन?

विपिनको परिवारलाई देखाएर इजरायलले केही समयको लागि सहानुभूति पाउला । तर जबसम्म गाजाको रगतको हिसाब दिइँदैन, इतिहासले यसलाई नरसंहारकै अध्यायमा राख्नेछ,र यो दाग कहिल्यै मेटिने छैन । इजरायलले विपिनको परिवारलाई संयुक्त राष्ट्रसंघको मञ्चमा देखाएर आफूलाई मानवतावादी र पीडितको पक्षमा देखाउन सक्छ । तर यो केवल एउटा धोका र कपटी रणनीति मात्र हो। यो केवल गाजामा निर्दोष हजारौं नागरिकमाथि गरिएको निर्दयी नरसंहार र युद्ध अपराधलाई लुकाउने प्रयास मात्र हुनेछ ।इजरायलले गरेको यो नरसंहार इतिहासमा मानवता विरोधी सबैभन्दा भयानक अपराधको रूपमा दर्ज भएर रहनेछ । न्याय र सत्यका पक्षमा आवाज उठाउनेहरूका लागि यो नरसंहार सदैव स्मरणीय रहनेछ । यदि हामीले यसलाई मौनताले छोप्यौं भने, संसारबाट मानवता नै पराजित हुनेछ ।अन्तर्राष्ट्रिय समुदायले अब मौनता तोड्दै, अपराधीहरूलाई जवाफदेही बनाउन दृढ सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने समय आएको छ—नत्र शान्ति र न्याय केवल एक भ्रामक सपना मात्रै बन्नेछ।

अनलाइन दर्ता जिल्ला प्रशासनमा गर्नुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – अनलाइन सञ्चारमाध्यमहरूलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने नयाँ कानुनी व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता अनिल आचार्य, पत्रकार सुमल लुँइटेल र सञ्चारमाध्यम सञ्चालक बिकल गिरीले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरेर थपिएको दफा ७(ख) खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन्।

गत १४ साउन २०८१ मा राजपत्रमा प्रकाशित “केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२” मार्फत उक्त प्रावधान थपिएको थियो, जसअनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता र नविकरण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयमा सीमित गरिएको छ।

रिट निवेदनमा यस व्यवस्थाले संविधानमा सुनिश्चित गरिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि प्रत्यक्ष अतिक्रमण हुने दाबी गरिएको छ। उनीहरूले यो व्यवस्था बदर गरी अनलाइन सञ्चारमाध्यमलाई प्रेस तथा सूचना विभागमा दर्ता गर्ने विद्यमान प्रावधानलाई निरन्तरता दिन माग गरेका छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून मन्त्रालय, सूचना तथा प्रशारण विभाग, प्रेस काउन्सिल नेपाल, संघीय संसद सचिवालय, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाइएको छ।

गण्डकी प्रदेश सरकारद्वारा ९ सरकारी निकाय र १८५ दरबन्दी खारेज

पोखरा – गण्डकी प्रदेश सरकारले सात निर्देशनालयसहित नौ सरकारी निकाय खारेज गर्दै १८५ जना कर्मचारीको दरबन्दी हटाउने निर्णय गरेको छ।

खारेज गरिएका दरबन्दीमध्ये प्रदेश सभा सचिवालयमा १, नीति तथा योजना आयोगमा ३, उद्योग तथा पर्यटन मन्त्रालयमा ९, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा १४, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा ७, वन तथा वातावरण मन्त्रालयमा ३२, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा २४, स्वास्थ्य मन्त्रालयमा ५७, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा २५ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १३ दरबन्दी रहेका छन्।

यसबाहेक, प्रदेशका ३२ वटा निकायलाई गाभेर १७ मा सीमित गर्ने निर्णय पनि गरिएको छ। यो निर्णय प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदनका आधारमा आज बसेको मन्त्रिपरिषद बैठकले गरेको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको उक्त कदमले राज्यलाई पर्ने आर्थिक भारमा कटौती गर्ने अपेक्षा राखेको बताएका छन्।

नेपालको विधुत निर्यात ८५० मेगावाट

काठमाडौँ- लगातार वर्षा र नदीहरूको जलस्तर बढेसँगै नेपालको भारततर्फको विधुत निर्यात पछिल्ला दुई सातामा ८५० मेगावाटसम्म पुगेको छ।

नेपाल विधुत प्राधिकरण का तथ्यांकअनुसार, हाल नेपालले दैनिक २०,५०० मेगावाट–घण्टाभन्दा बढी विधुत भारतलाई निर्यात गर्दै आएको छ।

नेपालका अधिकांश जलविधुत आयोजना रन–अफ–रिभर प्रकारका भएकाले वर्षायाममा अतिरिक्त विधुत उत्पादन हुन्छ भने हिउँदेमा कमी पर्छ। प्राधिकरणका अनुसार पछिल्ला दुई सातादेखि जलविधुत आयोजनासम्बन्धी अधिकांश नदीहरूको जलस्तर पर्याप्त भएको छ।

हाल प्राधिकरणका स्वामित्वमा रहेका आयोजनाबाट दैनिक १३,५१२ मेगावाट–घण्टा विधुत उत्पादन भइरहेको छ भने निजी उत्पादकहरूले ४४,५५३ मेगावाट–घण्टा उत्पादन गरिरहेका छन्। देशको पिक–आवर विधुत माग २,१११ मेगावाट रहेको छ भने कुल उत्पादन करिब ३,००० मेगावाट पुगेको छ, जसबाट करिब ८५० मेगावाट भारतलाई निर्यात भइरहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले सीमा पारको विधुत व्यापारबाट १७ अर्ब ४६ करोड रुपैयाँको आम्दानी गरेको थियो। यसमध्ये भारतबाट १७ अर्ब १९ करोड रुपैयाँ र बङ्गलादेशबाट २६ करोड ६७ लाख रुपैयाँ आम्दानी भएको हो। आर्थिक वर्ष २०८०/८१ मा नेपाल पहिलो पटक विधुत निर्यातकर्ता मुलुक बनेको थियो।

यसै क्रमलाई निरन्तरता दिँदै नेपालले बङ्गलादेशलाई असार मध्यदेखि ४० मेगावाट विधुत आपूर्ति गर्दै आएको छ। यसका लागि बङ्गलादेशले लेटर अफ क्रेडिट खोलेर कारोबारको बाटो खुलेको हो।

नेपाललाई हालसम्म कुल ९४० मेगावाट विधुत निर्यात गर्न अनुमति प्राप्त छ—४०० मेगावाट मध्यमकालीन द्विपक्षीय सम्झौताअन्तर्गत र ५४० मेगावाट भारतीय ऊर्जा विनिमय मार्फत निर्यात गर्दै आएको छ ।

शिक्षा विधेयकका प्रावधानमा निजी विद्यालयको आपत्ति: आन्दोलनको चेतावनी

काठमाडौँ- नेपालका निजी शैक्षिक संगठनहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै आफ्ना श्रावण २९ भित्र मागहरू अस्वीकार भएमा उनीहरू देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र उच्च संस्था तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले निजी विद्यालयलाई गैर–नाफामुखी बनाउन खोजिएको प्रावधान हटाउन माग गरेका छन्। साथै, “पूर्ण छात्रवृत्ति”को सट्टा हाल प्रचलित १० प्रतिशत विद्यार्थीलाई मात्र छात्रवृत्ति दिने प्रावधान कायम राख्न र सोमा भर्ना, वार्षिक तथा मासिक शुल्क मात्र समावेश गर्न माग गरेका छन्।

संसदीय समितिले हालै विद्यमान र नयाँ दुवै निजी विद्यालय कम्पनीका रूपमा सञ्चालन गर्न पाउने निर्णय गरेको छ, जसले पहिले प्रस्तावित ट्रस्टमा रूपान्तरणको योजना खारेज गरेको हो। विधेयकले शुल्क संरचना शैक्षिक सत्र सुरु हुन दुई महिना अघि सार्वजनिक गर्न, शुल्क नियमन गर्न र छात्रवृत्ति असहाय तथा मेधावी विद्यार्थीहरूबीच बराबरीमा बाँड्नुपर्ने प्रावधान राखेको छ।

निजी विद्यालय सञ्चालकहरूको भनाइमा पूर्ण छात्रवृत्ति र शुल्क सीमा जस्ता प्रावधानहरू व्यवहारिक छैनन् र विभेदपूर्ण छन्। उनीहरूले माग सम्बोधन नभए श्रावण २९ देखि आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

चार महिनामा २,६७५ विपदका घटना: ११७ जनाको मृत्यु

काठमाडौँ- मध्य अप्रिलदेखि मध्य अगस्टसम्मको चार महिनामा देशभर २,६७५ विपद्–सम्बन्धी घटनाहरू दर्ता भएका छन्, जसले ४,७२५ घरधुरी प्रभावित पारेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यी घटनामा ११७ जनाको मृत्यु र ५६४ जनाको घाइते भएका छन् । विवरणअनुसार १९८ बाढीका घटनामा १६ जनाको मृत्यु भएको छ भने २१ जना हराएका छन्। बाढीले मात्र १,३१३ घरधुरी प्रभावित पारेको छ । पहिरोका २८१ घटनामा १३ जनाको मृत्यु र १७ जना घाइते भएका छन्।

यस बाहेक, १७४ घटना लगातार वर्षासँग, २४४ घटना चट्याङसँग, र ७४ घटना सर्पदंशसँग सम्बन्धित छन्। आगलागीका १,०६६ घटनामा १५८ वनडढेलोका घटना समेत रहेका छन्। यसैगरी २७६ हावाहुरीका घटना, १५३ जनावर आक्रमण, ४१ उच्च हिमाली क्षेत्रको रोग, र ५ भूकम्प–सम्बन्धी घटना दर्ता भएका छन्।

कुल २२ जना अझै हराइरहेका छन्। केवल अगस्ट ९ को दिन मात्र ३५ विपद् घटना दर्ता भएका थिए। यस दिनका घटनामा १३ पहिरो, पाँच लगातार वर्षा, दुई उच्च हिमाली रोग, र एक चट्याङ तथा एक जनावर आक्रमणका घटना समावेश छन्। यी घटनामा ६ जना घाइते भएका थिए।

गाजा सिटी नियन्त्रणमा लिने योजनाविरुद्ध इजरायलमा एक लाखभन्दा बढीको प्रदर्शन

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा सिटी नियन्त्रणमा लिने योजनाविरुद्ध येरुशलम लगायतका शहरहरूमा हजारौं मानिसले प्रदर्शन गरेका छन् ।

हमासद्वारा बन्दी बनाइएका व्यक्तिहरूका परिवारले आयोजना गरेका यी प्रदर्शनहरू युद्ध सुरु भएपछिका सबैभन्दा ठूला आन्दोलनमध्ये एक हो , जसले तत्काल युद्धविरामको माग गर्दै उक्त कदमले बन्दीहरूलाई अझै जोखिममा पार्ने र द्वन्द्व बढाउने चेतावनी दिएका छन्।

नेतान्याहूको मन्त्रिपरिषद्ले हालै “युद्ध समाप्त गर्ने” रणनीतिको रुपमा सम्पूर्ण गाजा क्षेत्र आफ्नो नियन्त्रणमा लिने प्रस्तावलाई पारित गरेपछि इजरायली नागरिकले सरकार विरोधी प्रदर्शन सुरु गरेका हुन्।

देशभित्र र बाहिरबाट यस कदमप्रति आलोचना बढेको छ, जसमा विपक्षी दल र पश्चिमी मुलुकहरू (अमेरिका बाहेक) समेत समावेश छन्। उनीहरूले यो कदमले मानवीय संकट र थप रगतपात निम्त्याउने चेतावनी दिएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १,२०० जना इजरायली, मारिएका थिए र २५१ जनालाई गाजामा लगेर बन्दी बनाइएका थिए। तीमध्ये करिब ५० जना अझै बेपत्ता छन् र करिब २० जना मात्र जीवित रहेको विश्वास गरिन्छ। जबकि इजरायलको आक्रमणमा परी ६१००० बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने ५० हजार बढी घाइते भएका छन् भने लाखौँले आफ्नो भुमि त्यागेर भागेका छन्।

चार संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ — संघीय संसदअन्तर्गतका चार फरक समितिहरूको बैठक आज निर्धारित कार्यतालिका अनुसार बस्ने भएका छन्। बैठकमा अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, र विधायन व्यवस्थापन समिति रहेका छन्।

अर्थ समितिले ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्नेछ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ विषयमा दफावार छलफल हुनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ सम्बन्धी एजेन्डामा छलफल गर्नेछ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धमा सैद्धान्तिक छलफल गर्नेछ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान शीतलनिवासमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओली बिहान राष्ट्रपति भवन पुगेर राष्ट्रपति पौडेलसँग सरकारका गतिविधि र पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयले यो भेटलाई नियमित संवादको हिस्सा बताएको छ। भेटका क्रममा प्रधानमन्त्री ओलीले हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमण र भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा आफ्नो सहभागितासम्बन्धी विवरण राष्ट्रपतिलाई जानकारी गराएका छन्।

एनपीएल दोस्रो संस्करणको पहिलो चरण अक्सनमा २६ खेलाडी अनुबन्ध

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो चरण अक्सनमार्फत २६ खेलाडी अनुबन्ध भएका छन्। शनिबार सम्पन्न अक्सनमा सहभागी ८ टोलीले आफूअनुकूल खेलाडी चयन गरेका हुन्।

सबैभन्दा बढी मूल्य पाउने खेलाडीमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ परेका छन्। उनीहरूले जनही रु १५ लाख प्राप्त गर्नेछन्। देव र अर्जुन चितवन राइनोजका लागि, आदिल काठमाडौं गोर्खाजका लागि र पवन कर्णाली याक्सका लागि खेल्ने भएका छन्।

यसैगरी, दिलीप नाथ र शेर मल्ल (लुम्बिनी लायन्स), हेमन्त धामी (सुदूरपश्चिम रोयल्स), सूर्य तामाङ (विराटनगर किङ्ग्स), सन्तोष यादव (काठमाडौं गोर्खाज) र युवराज खत्री (कर्णाली याक्स) जनही रु १० लाखमा अनुबन्धित भएका छन्।

मयन यादवलाई जनकपुर बोल्टस्ले रु ७ लाख ५० हजारमा र आकाश त्रिपाठीलाई काठमाडौं गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ। नारायण जोशी र साहिल पटेल (विराटनगर किङ्ग्स), अर्जुन कुमाल (पोखरा एभेन्जर्स), विशाल पटेल (लुम्बिनी लायन्स) र आदित्य महत (जनकपुर बोल्टस) जनही रु ५ लाखमा अनुबन्धित भएका छन्। काठमाडौं गोर्खाजले उत्तम थापा मगरलाई रु ३ लाखमा ल्याएको छ।

त्यस्तै, टेकबहादुर रावत र दीपेन्द्र थापा (सुदूरपश्चिम रोयल्स), अभिषेक तिवारी र कृष्ण पौडेल (पोखरा एभेन्जर्स), सचिन भट्ट (जनकपुर बोल्टस), तुलबहादुर थापा (काठमाडौं गोर्खाज) र इमरान शेख तथा दीपक डुम्रे (कर्णाली याक्स) जनही रु २ लाखमा अनुबन्धित भएका छन्।

काठमाडौं गोर्खाजले आफ्नो कोटा अनुसार ५ खेलाडी अनुबन्ध गरेको छ भने अन्य टोलीले बाँकी खेलाडी दोस्रो चरणमा न्यूनतम मूल्यमा अनुबन्ध गर्न पाउनेछन्। यसपटक मिनी अक्सनमा ४५८ दर्ता खेलाडीमध्ये छनोट भएका १५० खेलाडी सहभागी भएका थिए।

पोखरामा ६.४ किलो अवैध सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की — कास्की प्रहरीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखका अनुसार उनीहरू सुन–चाँदीको अवैध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

पक्राउ पर्ने व्यक्तिहरूको साथबाट ४४४ तोला चाँदी र नगद रु ५ लाख १४ हजार ६६५ पनि बरामद गरिएको छ। पक्राउ परेकालाई बरामद सामानसहित आवश्यक कारबाही र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महाराष्ट्र, कोलकाता र पश्चिम बङ्गालका विभिन्न स्थानका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्द दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन्।

प्रहरीका अनुसार, ती सबै पोखरामा लामो समयदेखि सुनचाँदी कालिगढका रूपमा कार्यरत थिए।

ट्रम्प–पुटिन शिखर वार्ताअघि जेलेन्स्कीको अभिव्यक्ति: भूभाग त्यागेर शान्ति स्वीकार्य छैन

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १५ अगस्टमा अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने युद्धको भविष्यबारे वार्ताअघि कुनै पनि भूभाग रूसलाई नदिने स्पष्ट गरेका छन्।

यो अभिव्यक्ति ट्रम्पले युद्ध अन्त्यका लागि “केही भूभाग साटासाट” हुन सक्ने बताएका केही दिनमै आएको हो। २०२२ फेब्रुअरीमा रूसको पूर्णस्तरीय आक्रमणपछि सुरु भएको संघर्षमा दुबै पक्षका हजारौं सैनिक मारिएका छन्। ट्रम्पले यस्ता सम्झौताले दुवै पक्षलाई लाभ पुर्‍याउने दाबी गरे पनि विस्तृत विवरण दिएका छैनन्।

टेलिग्राममा जेलेन्स्कीले भने, “यूक्रेनीहरूले आफ्नो भूमि कब्जाकर्तालाई दिने छैनन्।” उनले शान्तिका लागि यूक्रेनको सहभागिता अनिवार्य भएको जोड दिँदै संविधानले पहिल्यै भू–अखंडता परिभाषित गरिसकेको र यसबाट विचलित हुन नसकिने बताएका छन्।

ट्रम्पमाथि प्रत्यक्ष आलोचना नगरे पनि जेलेन्स्कीको भनाइ स्पष्ट थियो — भूभाग त्यागेर शान्ति स्वीकार्य छैन र यसले केवल रूसको आक्रमणलाई पुरस्कार दिनेछ। उनले चेतावनी दिए, यूक्रेनबिनाका कुनै पनि सम्झौता “शान्तिका विरुद्ध” हुनेछ।

अलास्कामा ट्रम्प–पुटिन भेट: रूस- यूक्रेन युद्ध अन्त्यबारे छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अगस्ट १५ मा अलास्कामा भेटेर यूक्रेन युद्ध अन्त्यबारे छलफल गर्ने भएका छन्। रूससँग नजिक भएकाले अलास्का उपयुक्त स्थान भएको क्रेमलिनले जनाएको छ। पुटिनले ट्रम्पलाई अर्को सम्भावित शिखर बैठकका लागि मस्कोको निम्तो पनि दिएका छन्।

यो वार्ता, ट्रम्पले , यूक्रेनले युद्ध अन्त्यको लागि डोनबास र क्रिमिया त्याग्नुपर्ने संकेत दिएपछि सार्वजनिक भएको हो। मस्कोमा पुटिनले ट्रम्पका प्रतिनिधिसंग पनि यस्तो प्रस्ताव राखेको बताइन्छ। यता, यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो प्रस्तावलाई कडा रूपमा अस्वीकार गरेका छन्।

हाल यूक्रेनको करिब २०% भूभाग रूसको नियन्त्रणमा छ। रूसले यूक्रेनलाई तटस्थ राष्ट्र बनाउन, सैन्य क्षमता घटाउन, नाटो आकांक्षा त्याग्न तथा पश्चिमी प्रतिबन्ध हटाउन माग गर्दै आएपछि अघिल्ला तिन शान्ति वार्ता विफल भएका थिए।

ट्रम्पले यसअघि अगस्ट ८ सम्म रूसले युद्धविराममा सहमत हुनुपर्ने समयसीमा तोक्दै सो सहमति पुरा नभए रुसलाई थप प्रतिबन्ध लगाउने बताएका थिए। यधपी शुक्रबारसम्म ह्वाइट हाउसले कुनै नयाँ प्रतिबन्ध घोषणा गरेको छैन। अलास्काको यो बैठक २०२२ मा रूसको पूर्णस्तरीय आक्रमणपछि दुबै नेताबीचको पहिलो प्रत्यक्ष भेट हुनेछ।

आज जनै पूर्णिमा

वैदिक सनातन धर्म र संस्कृती अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी), रक्षाबन्धन पर्व मनाउने गरेका छन्। आज देशभरका विभिन्न मन्दिर र तिर्थस्थलहरुमा मेला लाग्ने गरेको छ। आजको दिन नजिकैको तिर्थस्थल,नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट जनै तथा डोरो धारण गर्ने गरिन्छ। यसरि आजको दिनमा धारण गरेको जनै र पुरोहितले,” येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” भन्ने मंत्रोच्चारण गरेर नाडीमा बाँधीदिने डोरोले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई दानवहरुबाट रक्षा गर्न गुरु वृहस्पतिले डोरो बाँधिदिएको भन्ने पौराणिक कथन पनि रहेको छ। आजको दिन नाडीमा बाँधेको डोरो, गाई तिहारका दिन गाइको पुच्छरमा बांधिदिनाले वैतरणी पार गरिने विश्वाश पनि रहिआएको छ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल
अर्थात्:
“जुन रक्षा (काँचो धागोबाट बनेको डोरो )ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।”

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म गरेका ब्राह्मण र क्षत्रिय पुरुषहरूले आजको दिन जनै फेर्ने प्रचलन रहेको छ। जनैमा रहने दुई वटा शिखाका छ वटा डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै फेरेर अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा-आराधना गरी तर्पण दिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।

आज दिदीवहिनीहरुले आफ्ना दाजु-भाइको दिर्घायू र सफलताको कामना गर्दै हातको नाडीमा रक्षा बन्धन अर्थात राखी लगाईदिने चलन पनि रहेको छ । विशेष गरि नेपालको तराई क्षेत्रमा राखीको महत्त्व बढी रहेको छ ।

आजको दिन, दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, केराउ, चना, सिमी, बोडी,राजमा र बकुल्लो लगायतका गेडागूडिहरु ) टुसा उमारेर पकाएर क्वाँटी बनाएर खाने गरिन्छ। यसरी विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने र शरीर स्वस्थ र बलियो रहने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता पनि रहेको छ ।

ताइवान विवादमा संलग्न हुने फिलिपिन्सको टिप्पणीप्रति चीनको कडा आपत्ति

चीनले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको ताइवानबारेको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाएको छ। भारत भ्रमणका क्रममा मार्कोसले ताइवानसँग भौगोलिक नजिकता र ठूलो फिलिपिनी समुदायको ताइवानमा बसोबास रहेको कारण चिन ताइवान युद्ध भए फिलिपिन्स युद्धमा तानिने र ताइवानको पक्षमा उभिने बताएका थिए।

चीनको विदेश मन्त्रालयले शुक्रबार मार्कोसको भनाइलाई “आन्तरिक मामिलामा हस्तक्षेप” भन्दै एक–चीन नीतिको सम्मान गर्न चेतावनी दिएको छ । दक्षिण चीन सागरमा दुवै मुलुकबीच विगत केही वर्षयता तनाव बढिरहेको छ।

मार्कोसको भारत भ्रमणमा फिलिपिन्स–भारतबीच सेनादेखि नौसेना र वायुसेनासम्मको सुरक्षा सहकार्य सम्झौता भएको छ। भारतीय युद्धपोतले हालै विवादित सागर क्षेत्रमा फिलिपिनी नौसेनासँग संयुक्त गस्ती सुरु गरेका छन्, जसले चीनलाई थप आक्रोशित बनाउने देखिन्छ।

यसैबीच, फिलिपिन्सले चिनियाँ रकेटको टुक्रा पश्चिमी प्रान्त नजिक खसेको भन्दै आपत्ति जनाएको छ। दक्षिण चीन सागरमा बढ्दो तनावमा अमेरिकाले पनि फिलिपिन्सको रक्षा गर्ने वाचा दोहोर्याएको छ। यधपी चीनले आफ्नो एक चिन नीतिप्रति कसैको दबदबा नसहने र त्यसको कडा प्रतिकार गर्ने बताउँदै आएको छ।

संविधान संशोधनलाई निष्कर्षमा पुर्‍याउन कांग्रेसले कार्यदल गठन गर्ने

काठमाडौँ- संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन नेपाली कांग्रेसले कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल, यस प्रक्रियामा योगदान पुर्‍याएका विज्ञ, विशेषज्ञ तथा सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ। साथै, पार्टीभित्र पनि संविधान संशोधनसम्बन्धी छलफल सञ्चालन गर्ने जिम्मेवारी कार्यदलले पाउनेछ।

कांग्रेस–एमालेबीच सरकार गठनका क्रममा संविधान संशोधनको एजेण्डा अघि सारिएको थियो। तर, एकल रूपमा विधेयक ल्याएर मात्र उद्देश्य पुरा नहुने भएकाले आवश्यक संशोधनका विषयमा सहमति जुटाएर अघि बढ्ने कांग्रेसको धारणा छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यदल आगामी २–३ दिनमा घोषणा हुनेछ। एकजना संयोजकसहित आवश्यकताअनुसार ५ देखि ७ सदस्य रहनेछन्। कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयअनुसार बन्ने कार्यदलको संयोजकमा संविधान निर्माणमा सक्रिय भूमिका खेलेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नामबारे पार्टीभित्र छलफल भइरहेको एक शीर्ष नेता बताउँछन्।

सरकारको नयाँ विधेयकमा नागरिकको फोन ट्याप गर्न पाउने प्रस्ताव

काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘राष्ट्रिय गुप्तचर तथा अनुसन्धान विधेयक’को मस्यौदामा गुप्तचर निकायको क्षेत्राधिकार विस्तार गरी नागरिकको फोन र अन्य सञ्चार माध्यमको अनुगमन गर्ने अधिकार दिने प्रस्ताव गरेको छ ।

यसअघि २०७६ सालमा पनि तत्कालीन सरकारले यस्तै प्रयास गरेको थियो, तर व्यापक विरोधपछि सरकार पछि हटेको थियो । अहिले फेरि त्यही प्रयास दोहोर्याइएको हो ।

प्रस्तावित विधेयकको दफा १५ मा सूचना संकलनसम्बन्धी विशेष व्यवस्था राखिएको छ । अनुसन्धान महानिरीक्षकले मुलुकलाई गम्भीर हानि हुने ठानेमा कुनै व्यक्तिको फोन वा सञ्चार सञ्जालबाट सूचना संकलन गर्न ‘इन्टरसेप्सन’ आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।

यस विधेयकले राष्ट्रिय अनुसन्धान विभागलाई सरकारी र सार्वजनिक निकायका कम्प्युटर डाटाबेसमा ‘रिड वन्ली’ पहुँच दिन सक्ने अधिकार समेत प्रस्ताव गरेको छ । साथै सञ्चार अभिलेख गर्ने अधिकारीलाई आवश्यक सहयोग गर्न सञ्चार सेवा प्रदायकलाई पनि अनुरोध गर्न सकिने उल्लेख छ ।

मस्यौदा सर्वसाधारणको राय लिएर, सम्बन्धित मन्त्रालयहरूको सुझावसहित मन्त्रिपरिषद्मा पेश गरिनेछ । मन्त्रीपरिषद्ले स्वीकृति दिएपछि मात्र यो विधेयक संसदमा पेस हुनेछ र पारित भएपछि मात्र कानून बन्नेछ ।

उपत्यकाको फोहोर व्यवस्थापन अघि बढाउन पाटन उच्च अदालतको आदेश

पाटन उच्च अदालतले करिब १५ वर्षदेखि अलपत्र परेको काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अघि बढाउन अनुमति दिएको छ। अदालतले काठमाडौं महानगरपालिका र अन्य सरोकारवालालाई परियोजना कार्यान्वयन गर्न आदेश जारी गरेको हो।

काठमाडौं महानगरपालिकाले प्रस्तावित कम्पनी नेप वेष्टसँगको सम्झौता एकतर्फी रोकेको थियो । यसलाई लिएर नेप वेष्टले दायर गरेको रिटमाथि बुधबार फैसला गर्दै अदालतले महानगरको निर्णय बदर गरी परियोजना अघि बढाउन निर्देशन दिएको छ।

आदेशअनुसार, परियोजना वैदेशिक लगानीबाट संचालन हुने भएकाले नेपाल सरकार, लगानी बोर्ड र स्थानीय निकायबीच आवश्यक समन्वय गरी सहजीकरण गर्नुपर्ने छ । अदालतले मुख्य सचिव र सम्बन्धित निकायहरूलाई पनि निर्देशन दिएको छ र कार्यान्वयनको प्रगति ३ महिनामा रिपोर्ट गर्न भनेको छ।

२०६६ सालदेखि शुरू भएको यो परियोजना काठमाडौं उपत्यकाका ३ प्याकेजमा विभाजित गरी सञ्चालन गर्न लागिएको हो । सार्वजनिक–निजी साझेदारीमा फोहोर व्यवस्थापन गर्ने योजना १५ वर्षदेखि अलपत्र परेको अवस्थामा अदालतले यसलाई पुनः सक्रिय बनाउन अनुमति दिएको हो।

नेप वेष्ट कम्पनीले महानगरपालिकाको नयाँ बोलपत्र प्रक्रियामा प्रतिस्पर्धा नगरेको र सम्झौतामा असर नपर्ने भएकाले नयाँ बोलपत्र बदर गर्नुपर्ने अवस्था नभएको पनि अदालतले स्पष्ट पारेको छ।

ब्राजिलमाथि अमेरिकी करको चीनद्वारा आलोचना

चीनले अमेरिकाले ब्राजिलमाथि लगाएको “अस्थायी र अस्थिर” शुल्कको कडा आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व ब्राजिलेली राष्ट्रपति जायर बोल्सोनारोमाथि लागेको मुद्दा रब्रिक्स समूहमा ब्राजिलको निरन्तर सहभागितालाई कारण देखाउँदै यो कदम चालेका थिए।

चिनियाँ विदेश मन्त्री वाङ यीले ब्राजिलको “सार्वभौमिकता र गरिमा जोगाउने” अधिकारमा चीनको दृढ समर्थन रहने बताए। उनले ब्राजिलमाथि “धम्कीपूर्ण” शुल्क लगाउने कदमको विरोध गर्दै, विशेषगरी ब्रिक्स मार्फत, ग्लोबल साउथका मुलुकबीच सहकार्य बढाउन आह्वान गरे।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका वरिष्ठ सल्लाहकार सेल्सो अमोरिमसँगको फोनवार्तामा वाङले शुल्कलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको चार्टर र डब्लुटिओ नियमविरुद्ध भएको र “अलोकप्रिय तथा अस्थिर” कदम भएको बताए।

जुलाई अन्त्यमा ट्रम्पले सबै ब्राजिलेली सामानमा ५०% शुल्क लगाउने घोषणा गरेका थिए। उनले बोल्सोनारोमाथिको मुद्दा रब्रिक्सको अमेरिकी डलरको प्रभुत्व कमजोर पार्ने प्रयासप्रति चिन्ता व्यक्त गरेका थिए।

राष्ट्रपति लुलाले ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गर्दै उनलाई “विश्वका सम्राट होइन” भनेका छन् र संयुक्त प्रतिक्रिया बनाउन ब्रिक्स बैठकको प्रस्ताव गरेका छन्।

ट्रम्पले चीनमा पनि यस्तै शुल्क लगाउने संकेत दिएका छन्। यसअघि उनले भारतमाथि २५% शुल्क बढाएका थिए र चीन तथा भारत दुवैलाई युक्रेन युद्धका बीच रूसी तेल आयात गरेको भन्दै आलोचना गरेका थिए। मस्कोले भने यी धम्कीहरूलाई अस्वीकार गर्दै कुनै पनि सार्वभौम मुलुकले आफ्नो व्यापारिक साझेदार स्वतन्त्र रूपमा छान्ने अधिकार हुने जनाएको छ।

गाजामा पूर्ण सैन्य कब्जा गर्ने नेतन्याहूको योजना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा पूर्ण नियन्त्रण लिन चाहेको योजना सार्वजनिक गरेका छन्।

गाजामा पूर्ण सैन्य कब्जा गर्नेतर्फ नेतन्याहूको योजनाको तीव्र आलोचना भएको छ। आलोचकहरूले उनलाई राजनीतिक अस्तित्व जोगाउनका लागि युद्धलाई बढावा दिएको, जसको मूल्य निहत्था नागरिक र बन्धकहरूले चुकाउनुपर्ने भन्दै आरोप लगाएका छन्। मानवअधिकार समूहहरूले यस्तो कदमले मानवीय संकटलाई अझ गहिरो बनाउने, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने र भोकमरीको संघारमा पुगेका फिलिस्तिनीहरूलाई अझै ठूलो संख्यामा विस्थापित गर्ने चेतावनी दिएका छन्। उनका विरोधीहरूले यो रणनीतिले व्यवहारिक विकल्पहरूलाई बेवास्ता गर्ने, अस्थिरता बढाउने र इजरायली–फिलिस्तिनी दुवैको सुरक्षाभन्दा व्यक्तिगत र राजनीतिक स्वार्थलाई प्राथमिकता दिएको समेत बताएका छन् ।

युद्धका कारण गाजाको अधिकांश जनसंख्या विस्थापित भइसकेको छ। संयुक्त राष्ट्रसंघका विज्ञहरूले भोकमरीको चेतावनी दिएका छन् भने विश्व स्वास्थ्य संगठनले जुलाई महिनामा बालबालिकामा कुपोषणको दर अहिलेसम्मकै उच्च भएको जनाएको छ। २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा १,२०० इजरायली मारिएका र २५१ जनालाई बन्धक बनाइएपछि इजरायलको आक्रमणमा हालसम्म ६१,००० भन्दा बढी फिलिस्तिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, यो निर्णय “इजरायलकै हातमा” भएको बताएका छन्

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा साना र विपक्षी दलको आपत्ति

काठमाडौँ — काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दलले पारदर्शी र जिम्मेवार बन्न स्वमूल्यांकन गर्नुपर्ने प्रस्तावसहित ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ। आयोगले सचिवको संयोजकत्वमा समिति बनाएर दलहरूको मूल्यांकन, रेखदेख र निर्देशन गर्ने प्रावधान राखेको छ।

यस कार्यविधिका आधारमा राजनीतिक दलहरूले आन्तरिक संरचना, आर्थिक पारदर्शिता, आचरण र कानुनी कार्यप्रणालीबारे प्रतिवेदन बुझाउनुपर्ने हुन्छ। समितिलाई गुनासो/उजुरी जाँच गर्न, प्रतिवेदन सार्वजनिक गर्न र दलको मूल्यांकनको आधारमा निर्णय सिफारिस गर्न अधिकार दिइएको छ।

तर, साना दल र विपक्षीहरूले यो कार्यविधि संविधानविपरीत भन्दै विरोध जनाएका छन्। माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति लगायतका दलले संविधानले दिएको स्वतन्त्रता माथि अंकुश लगाउन खोजिएको आरोप लगाएका छन्। उनीहरूको धारणा अनुसार कांग्रेस र एमालेबाहेकका दललाई कमजोर पार्न आयोगले कदम चालेको हो।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कर्मचारीमार्फत दल नियन्त्रण गर्ने प्रयास गलत भएको भन्दै यस्तो प्रावधान दुरुपयोग हुन सक्ने चेतावनी दिएका छन्। निर्वाचन आयोगले भने सुझाव संकलन भइरहेको र संशोधन सम्भव रहेको जनाएको छ।

आयोगले भने कार्यविधिको उद्देश्य दलहरूलाई आन्तरिक रूपमा सुधार गर्न प्रेरित गर्नु हो, नियन्त्रण गर्नु होइन भन्ने आशयको अभिव्यक्ति दिएको छ।

संयुक्त सरकार ढलेपछि सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता हुँदैन : सर्वोच्च

काठमाडौँ- सर्वोच्च अदालतले दुई वा बढी दलको गठबन्धन सरकार ढलेपछि स्वतः अर्को उपधारामा गई संसदको सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने तर्क अस्वीकार गरेको छ।

अदालतको भनाइमा, संविधानको धारा ७६(२) को प्रयोग पटक–पटक हुन सक्ने भएकाले कुनै घटकले साथ छाड्दैमा तुरुन्त नयाँ प्रक्रियामा जानु आवश्यक छैन।

यो फैसला तत्कालीन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत गुमाएपछि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागको सन्दर्भमा आएको हो। नेकपा एमालेले साथ छाडेपछि प्रचण्डले विश्वासको मत गुमाएका थिए। त्यसपछि राष्ट्रपतिले धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्दै ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

यस प्रकरणमा दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले भविष्यका सरकार गठनसम्बन्धी अन्योल हटाउने व्याख्या दिएको हो। अदालतको व्याख्याअनुसार भविष्यमा पनि संयुक्त सरकार ढलेपछि स्वतः सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता हुँदैन। राष्ट्रपतिले उपधारा २ अनुसार पुनः बहुमतको सरकार गठन गर्न आह्वान गर्न सक्ने छन्।

उक्त आदेशको मुख्य अंश यस्तो छ-
नेपालको संविधानको धारा ७४ मा “नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ” भन्‍ने व्यवस्था गरेको देखिन्छ। यसबाट मूल रुपमा नेपालको शासन प्रणाली बहुलवादमा आधारित संसदीय शासन प्रणाली रहेको प्रष्ट देखिंदा त्यसको राजनीतिक दर्शनको आधारमा सरकार गठन हुनुपर्ने र सोही बमोजिम संवैधानिक संरचना तय भएको पाइन्छ।

यो व्यवस्था केवल सैद्धान्तिक घोषणामा सीमित नरही केन्द्र सरकारको हकमा व्यवहारमा यसको सुनिश्‍चित कार्यान्वयनका लागि संविधानले धारा ७६ मा विस्तृत व्यवस्थाहरू गरेको छ। जसले नेपालको संसदीय शासन प्रणालीलाई संस्थागत गर्न चरणबद्ध प्रक्रिया मार्फत  संघीय सरकार निर्माणको आधार तय गरेको छ।

धारा ७४ को मर्मले यस्तो शासन प्रणालीको कल्पना गर्दछ, जहाँ कार्यपालिका संसदको विश्‍वासमा आधारित रहन्छ, जनताबाट निर्वाचित प्रतिनिधिहरूको बहुमतका आधारमा सरकार गठन हुन्छ। यो प्रणालीमा सत्ता प्राप्तिको स्रोत प्रत्यक्ष जनादेश हो भने त्यसको प्रयोग संसदमा बहुमत सिद्ध गर्ने क्षमतासँग जोडिएको हुन्छ।

संविधानको धारा ७६ ले यिनै सिद्धान्तलाई व्यवहारमा उतार्ने उद्देश्यले प्रधानमन्त्रीको नियुक्ति, विश्‍वासको मत प्राप्त गर्ने तरिका र सरकार गठनका विभिन्‍न वैकल्पिक उपायहरूलाई प्रष्ट रूपमा व्यवस्थित गरेको छ। जसमा उपधारा (१) ले स्पष्ट बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री बन्‍ने व्यवस्था गर्छ, उपधारा (२) मा कुनै दलसँग स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा बढी दलको समर्थनमा बहुमतको सुनिश्‍चितता गरी सरकार गठनको सम्भावना राखिएको छ, उपधारा (३) ले उपधारा (२) बमोजिम सरकार गठनका प्रयास असफल भएमा प्रतिनिधि सभाको सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय नेतालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्न सकिने व्यवस्था गर्छ र उपधारा (५) ले सबै प्रयास विफल भएमा कुनै प्रतिधिसभा सदस्यले प्रतिधिसभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्दछ भन्‍ने व्यवस्था रहेको पाइन्छ।

धारा ७६ को (२), (३) र (५) बमोजिम नियुक्त हुने प्रधानमन्त्रीले संविधानले तोके बमोजिम विश्‍वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।

यसरी धारा ७४ ले राज्यको शासन प्रणालीको नीति तथा शासनको मूल आधार निर्धारण गरेको छ भने धारा ७६ ले सो आधारमा कार्यान्वयन हुने ठोस विधि प्रस्ताव गर्दछ।

विशेषतः बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीको मूल आधार भनेको जनमतको कदर र संसदमा बहुमत सिद्ध गर्न सक्ने दल वा गठबन्धन वा नेताले सरकार सञ्‍चालन गर्न पाउने अधिकार हो।

धारा ७६ ले जब धारा ७४ को सिद्धान्तलाई व्यवहारमा लागू गर्दछ, नयाँ चुनावपछिको पूर्ण बहुमत प्राप्त गर्ने राजनीतिक दल बाहेक क्रमशः गठबन्धनको माध्यमबाट बहुमत सिद्ध होस् वा सबैभन्दा ठूलो दल होस् वा प्रतिनिधि सभाको सदस्य होस्, संसदमा विश्‍वासको मत सिद्ध गर्न सकेमा उसले सरकार गठन गर्न पाउने संवैधानिक अधिकार सुनिश्‍चित गर्दछ।

यसको अर्थ धारा ७४ ले दिएको लोकतान्त्रिक प्रतिस्पर्धात्मक मूल्यमा आधारित संवैधानिक मर्म अन्तर्गत, धारा ७६ ले धारा ७४ को परिकल्पनाको व्यावहारिक कार्यान्वयन सुनिश्‍चित गर्न सरकार गठन र प्रधानमन्त्री नियुक्तिको चरणबद्ध प्रक्रिया निर्धारण गरेको छ ।

यस सन्दर्भमा जब धारा ७६(२) अन्तर्गत दुई वा बढी दलको समर्थनमा सरकार गठन भएको हुन्छ र सो सरकार सञ्‍चालनमा रहेको अवस्थामा कुनै एक प्रमुख दलले समर्थन फिर्ता लिएमा सरकारले संसदमा आफ्नो बहुमत कायम रहेको देखाउन पुनः विश्‍वासको मतबाट सिद्ध गर्नुपर्दछ। जब धारा ७६(२) अन्तर्गत सरकार गठन हुन्छ, त्यो सरकार गठबन्धनमा आधारित हुने हुँदा दलहरूको समर्थन सापेक्षिक रहन सक्दछ र कुनै पनि समयमा कोही दलले समर्थन फिर्ता लिँदा सरकार अल्पमतमा पर्न सक्छ।

यस्तो अवस्थामा संसदको विश्‍वास गुमाएपछि त्यस सरकारको संवैधानिक वैधता समाप्त हुन्छ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

संसदीय शासन प्रणालीको आत्मा भनेको संसदमा बहुमत भएको दल वा गठबन्धनले सरकार सञ्‍चालन गर्ने हो, जहाँ कार्यपालिका संसदप्रति उत्तरदायी रहन्छ। यदि एकपटक गठबन्धनको सरकार गठन भएको छ र पछि कुनै प्रमुख राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ र सरकारले संसदमा पुनः विश्‍वासको मत प्राप्त गर्न सक्दैन भने नयाँ गठबन्धन वा नयाँ बहुमत निर्माणको सम्भावना भएमा त्यसलाई संविधानले अस्वीकार गरेको अवस्था देखिँदैन। यस्तो अवस्थामा, धारा ७६(२) अन्तर्गत पुनः सरकार गठनको प्रयास गर्नु संवैधानिक रूपमा न्यायोचित मात्र होइन, संसदीय शासन प्रणालीको स्थायित्व सुनिश्‍चित गर्ने जिम्मेवार अभ्यास पनि हो।

यस्तोमा जहिले पनि जुनसुकै राजनीतिक दलहरुले बहुमत प्रमाणित गर्न सक्छ, उसैले सरकार सञ्‍चालन गर्ने वैधानिक अधिकार राख्दछ। यो व्यवस्थाले शक्ति सन्तुलन कायम गर्न, सत्ताको दुरुपयोग रोक्न र कार्यपालिका संसदसमक्ष उत्तरदायी रहनुपर्ने संवैधानिक मूल्यमान्यता अक्षुण्ण राख्‍न मद्दत गर्दछ।

त्यसैले धारा ७४ को बहुलवाद र प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीको मर्म, धारा ७६ को बहुमत सिद्ध गर्ने प्रक्रियासँग जोडिएको र बहुमतको सरकारले स्थायित्व, वैधानिकता र जवाफदेहिता सुनिश्‍चित गर्ने हुँदा सो बमोजिम पुनः बहुमतको सरकार सुनिश्‍चित भई सोही बमोजिम गठन भएको सरकारलाई धारा ७६(२) को मर्म र भावनाविपरीतको भन्‍न मिल्ने देखिएन।

यदि रिट निवेदकहरुले दाबी लिएजस्तो धारा ७६(२) एकपटक मात्र प्रयोग गर्न सकिने अवस्था रहेमा, प्रत्येक समर्थन फिर्तापछि यसले राजनीतिक स्थायित्व, जवाफदेहिता र जनमतको कदरलाई कमजोर बनाउँछ । तसर्थ, बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीमा बहुमत प्राप्त गर्न सक्ने जो कोही दल वा गठबन्धनले सरकार गठन गर्न सक्ने संवैधानिक व्यवस्थालाई धारा ७६ ले अन्यथा गरेको अर्थ गर्न मिल्दैन।

संवैधानिक सिद्धान्तको मान्यताको आधारमा हेर्दा पनि संविधानको कुनै पनि धारा अपरिवर्तनीय र निष्क्रिय हुने अवस्था तब मात्र हुन्छ, जब त्यसको प्रयोग संविधान स्वयंले बन्द गरेको हुनुपर्दछ। तर धारा ७६(२) मा यस्तो कुनै पनि वाक्य वा सर्त राखिएको पाइँदैन, जसले यस धाराको एकपटक प्रयोगपछि पुनः प्रयोगमा रोक लगाउँछ । बरु बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीको मूल मर्म नै जुनसुकै समय जोकोही दल वा गठबन्धनले संसदमा बहुमत सिद्ध गर्न सक्छ भने उसले सरकार सञ्‍चालन गर्न पाउने सुनिश्‍चितता दिनु हो।

यसकारण, धारा ७६(२) को पुनः प्रयोग संविधान अनुकूल मात्र नभई, राजनीतिक स्थायित्व, कार्यपालिका संसदप्रति उत्तरदायी बनाउने प्रक्रिया र लोकतान्त्रिक अभ्यासको आवश्यक सर्त हो । यसले दलहरूलाई बहुमत प्राप्त गर्न प्रोत्साहन दिन्छ, राष्ट्रपति र संसदलाई संवैधानिक प्रक्रिया पालना गर्न बाध्य पार्दछ र अदालतलाई संविधानको मूल मर्म अनुसार संविधानको व्याख्या गर्न अवसर दिन्छ । त्यसैले, धारा ७६(२) को बहुमतको सरकारको विश्‍वास गुमेपछि फेरि धारा ७६(२) अनुसार बहुमतको सरकार गठन गर्न दिने राष्ट्रपतिको आदेश केवल संविधानसम्मत मात्र नभई त्यो संविधानको धारा ७४ मा कल्पना गरिएको लोकतान्त्रिक प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीको व्यावहारिक विस्तार मानिनुपर्दछ।

यसरी, माथि उल्लिखित विवेचना, यस अदालतबाट प्रतिपादित भएका नजिरहरू तथा संसदीय शासन व्यवस्थामा बहुमतको सरकार बन्‍ने सम्भावना रहेसम्म बहुमतको सरकार गठनको प्रक्रियालाई अवलम्बन गर्नको लागि एकपटक प्रयोग गरिसकेका संविधानको धारा ७६(२) पुन: प्रयोग गर्न मिल्ने देखिंदा रिट निवेदन तथा रिट निवेदकका तर्फबाट उपस्थित विद्वान् कानुन व्यवसायीहरुले नेपालको संविधानको धारा ७६(२) अनुसार गठबन्धनको सरकार निर्माण भई विश्‍वासको मत प्राप्त गरी सरकार सञ्‍चालन रहेको अवस्थामा गठबन्धनभित्रको कुनै एक प्रमुख दलले समर्थन फिर्ता लिएकोमा उक्त सरकारले संविधानबमोजिम प्रतिनिधि सभामा पुनः विश्‍वासको मत लिँदा बहुमत सिद्ध गर्न नसकी प्रधानमन्त्रीको पद स्वतः रिक्त भएको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६(३) बमोजिम संसदमा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नुपर्दछ भन्‍ने तर्क तथा जिकिर संविधानसम्मत रहेको मान्‍न नसकिने हुँदा सोसँग सहमत हुन सक्ने अवस्था देखिएन।

नेपालको संविधान, प्रचलित कानून तथा नेपालको आफ्नै विकसित मौलिक संसदीय शासन प्रणाली तथा संसदीय शासन प्रणालीको परम्परा अनुसार स्थापित मूल्य मान्यतालाई संस्थागत गर्न र मुलुकमा स्थापित लोकतन्त्रका लाभहरु संविधानसम्मत ढंगले वितरण गर्न स्थायित्व र परिपक्व राजनीतिक परम्परा समेत विकास हुँदै जानुपर्दछ। जसका लागि नेपालको संविधानको धारा ७६ अनुसार मन्त्रिपरिषद गठनमा समेत प्रतिनिधि सभाले एकपटक धारा ७६ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद गठन भएपश्‍चात् पुन: सोही धारा तथा उपधारा बमोजिम मन्त्रिपरिषद गठन गर्न नमिल्ने भनि व्याख्या गर्न मिल्ने देखिएन।
 

सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछानेले मागे बैंक जमानतमा रिहाइ

भैरहवा — सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका छन्।

साउन १९ गते दर्ता गरिएको निवेदनमा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक ग्यारेन्टीमार्फत रिहाइ माग गरेका हुन्। सोही अनुसार उनले दफा ७१ अन्तर्गत आदेश दिन अदालतसँग अनुरोध गरेका छन्।

हालसम्म उक्त निवेदनमाथि बहस सुरु भएको छैन। लामिछानेका कानुनी प्रतिनिधि र सरकारी वकिलबीच बहस भएपछि मात्रै इजलासबाट निर्णय आउनेछ।

अब बहस कहिले हुने र अदालतले रिहाइ आदेश दिने वा नदिने भन्ने विषयमा सबैको निगाह इजलासको निर्णयतर्फ केन्द्रित रहेको छ।

रूपन्देही-३ को उपचुनावमा रास्वपाबाट ९ जनाको दाबी

रूपन्देही —आगामी कार्तिक १७ गते हुने रूपन्देही-३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले अनलाइन आवेदन प्रणालीमार्फत इच्छुक उम्मेदवारहरूबाट नाम मागेकोमा ९ जनाले उम्मेदवारी दाबी गरेका छन्।

साउन ७ देखि सुरु भई साउन २१ गते सकिएको आवेदन प्रक्रियामा रूपन्देही क्षेत्रभित्र र बाहिर रहेर पार्टीमा सक्रिय व्यक्तिहरूको चासो देखिएको छ।

पार्टीले सार्वजनिक गरेको सूचीमा सुलभ खरेल, पाथवेन्द उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन्।

तिनीहरूमध्ये मधुप्रसाद अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापालाई मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको छ। पार्टीले भदौ १५ गते अन्तिम उम्मेदवार घोषणा गर्ने जनाएको छ।

रूपन्देही-३ लाई रास्वपाले संगठन विस्तार र जनमत पुनर्निर्माणको अवसरका रूपमा लिएको छ। पार्टीका अनुसार उम्मेदवार चयन पूर्णतः आन्तरिक निर्वाचन प्रक्रियामार्फत हुनेछ। सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यले भदौ १२ र १३ गते मतदान भई १५ गते उम्मेदवारको औपचारिक घोषणा हुने जानकारी दिएका छन्।

२०७९ को आमनिर्वाचनमा रास्वपाले रूपन्देही-३ बाट समानुपातिकतर्फ १४ हजार मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको थियो। प्रत्यक्षतर्फ उम्मेदवार जितबहादुर गुप्ताले ५७९६ मत ल्याएका थिए। करिब १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा ९० हजार मत खसेको थियो, जसका आधारमा सो क्षेत्रमा कांग्रेस पहिलो दलको रुपमा देखिएको छ।

नेपाली राजनीतिमा महिला: संघर्ष, योगदान र सम्भावनाहरूको चित्र

अब महिला केवल मतदाता होइनन्, नीति निर्माता र रणनीतिक नेतृका रूपमा अगाडि बढ्नुपर्छ….प्रतिनिधित्वमा मात्र महिलाको संख्या बढाएर महिला सशक्तिकरण सम्भव छैन, जबसम्म महिलालाई निर्णय प्रक्रियामा समान सहभागिता दिइँदैन।
प्रभा अधिकारी, स्वास्थ्यकर्मी

प्रभा अधिकारी
स्वास्थ्यकर्मी

नेपालको राजनीतिक इतिहासमा महिलाको भूमिका सदैव ओझेलमा पारिएको एउटा गम्भीर यथार्थ हो। तर, पछिल्ला राजनीतिक परिवर्तनहरूमा उनीहरूको उल्लेखनीय योगदान र साहसिक उपस्थितिले यो धारणा क्रमशः बदलिँदै गएको छ। एक नेपाली नागरिक महिला भएर हेर्दा आजको नेपाली राजनीतिक परिदृश्यमा महिलाको सहभागिता केवल अवसर होइन, लोकतान्त्रिक सन्तुलनका लागि अनिवार्य आवश्यकता हो भन्ने स्पष्ट देखिन्छ। महिलाको उपस्थिति अब वैकल्पिक विषय होइन, यो संवैधानिक अधिकार हो। सत्ता संरचना र राजनीतिक नेतृत्वमा महिलाको उचित समावेशीकरणले मात्र लोकतान्त्रिक मूल्य, पारदर्शिता र उत्तरदायित्वलाई बल पुर्‍याउन सक्छ।

२०४६ सालको जनआन्दोलन, जसले देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्‍यो, त्यो संघर्षमा महिलाको उत्साहजनक सहभागिता रह्यो। सडकमा नाराबाजी गर्ने, र्‍यालीमा सहभागी हुनेदेखि लिएर आन्दोलनलाई जीवन्त राख्न विभिन्न मोर्चाहरूमा अग्रसर महिला नेतृहरू थिए। त्यस्तै २०६२/०६३ को दोस्रो जनआन्दोलनमा महिलाले प्रदर्शनको अग्रपंक्तिमा उभिएर मात्र होइन, राजनीतिक दलका आन्तरिक मोर्चामा पनि उत्तिकै सक्रियता देखाए। शैलजा आचार्य, साहाना प्रधान, सुषिला कार्की जस्ता अग्रज महिलाहरूले यी आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए।

यी ऐतिहासिक आन्दोलनहरूको उपलब्धिले नेपालको संविधान २०७२ मा महिलालाई राजनीतिक, सामाजिक र आर्थिक अधिकारको सुनिश्चितता गरायो। संविधानले संघ, प्रदेश र स्थानीय तीनै तहमा महिला सहभागिता अनिवार्य गर्‍यो। यही संवैधानिक प्रावधानका कारण आज संघीय संसद्को प्रतिनिधि सभामा ९२ जना महिला सांसद छन्, जुन झण्डै ३३.४५ प्रतिशत हो। त्यस्तै, पछिल्लो स्थानीय तह निर्वाचनमा करिब १४,४०२ महिला जनप्रतिनिधि निर्वाचित भएका छन्, जुन समग्र स्थानीय प्रतिनिधिको ४१ प्रतिशत बराबर हो।

यद्यपि यी आँकडा सङ्ख्यात्मक रुपमा उत्साहजनक देखिए पनि वास्तविक नेतृत्वमा महिलाको पहुँच भने अझै सन्तोषजनक छैन। राजनीतिक दलका शीर्ष तह, मन्त्रिपरिषद्, संसदीय समिति र नीति निर्माण तहमा महिला प्रतिनिधित्व न्यून छ। राष्ट्रपति र प्रधानन्यायाधीशजस्ता गरिमायुक्त ओहोदामा महिला पुगेका उदाहरणहरू छन्—जसमा विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनेर दुई कार्यकालसम्म रहीन्। पूर्वप्रधानन्यायाधीश सुषिला कार्कीले पनि आफ्नो कार्यकालमा कानुनी अधिकार र विधिको शासनप्रति निर्भिक दृष्टिकोण प्रस्तुत गरिन्। तर यस्ता उदाहरण औंलामा गन्न सकिने मात्र छन्। यी अपवाद हुन्, नियम होइनन्।

राजनीतिक दलहरू चुनावको बेला घोषणापत्रमा महिला सहभागितालाई उच्च प्राथमिकतामा राख्छन्, तर चुनाव सकिएलगत्तै ती प्रतिबद्धता सेलाउँछन्। महिलाको सहभागिता नीति निर्माण तहमा सुनिश्चित हुन नसक्नु राजनीतिक इच्छाशक्तिको कमी मात्र नभई, गहिरा सामाजिक पूर्वाग्रहको प्रतिबिम्ब हो। शक्ति संरचनामा गहिरो लैङ्गिक असमानता अझै विद्यमान छ। महिलालाई नेतृत्वरूपी भूमिकामा आउन सामाजिक दबाब, पारिवारिक जिम्मेवारी, शिक्षा, आर्थिक पहुँच र राजनीतिक सञ्जालको अभावजस्ता विविध कारणहरूले बाधा पुर्‍याइरहेका छन्। धेरै महिलाहरूले नेतृ बन्ने सपना बोके पनि स्रोत, अवसर र दलभित्रको संरचनागत अवरोधका कारण सक्रिय भूमिकामा आउन सक्दैनन्।

नेपालको राजनीतिक इतिहासमा महिलाले लिएको भूमिका केवल सहभागी मात्र होइन, निर्णायक पनि देखिन्छ। २०४६ को आन्दोलनदेखि २०६३ को जनआन्दोलनसम्म महिलाहरू नारा लगाउने भीड मात्र होइनन्, आन्दोलनको रणनीति तय गर्ने, प्रेस विज्ञप्ति लेख्ने र अन्तरसंवाद गर्ने भूमिकामा समेत सक्रिय थिए। उदाहरणका लागि शैलजा आचार्य नेपाली काँग्रेसको केन्द्रिय नेतृका रुपमा क्रान्तिकारी आन्दोलनदेखि शान्ति प्रक्रियासम्म सक्रिय रहिन्। यस्तै, साहाना प्रधानले कम्युनिष्ट आन्दोलनमा महिलाको नेतृत्वदायी भूमिका निर्वाह गर्दै पटक-पटक मन्त्रिपरिषद् सम्मको नेतृत्व गरेकी थिइन्।

संविधानले महिलालाई समान राजनीतिक अधिकार सुनिश्चित गरे तापनि व्यवहारमा त्यो अधिकार उपयोग गर्न सहज छैन। महिलाको लागि राजनीति अझै पनि अपारदर्शी, खर्चिलो, समयखपत र अनिश्चित भविष्य भएको क्षेत्र हो। दलका निर्णय तहमा महत्त्वपूर्ण छलफलहरू गर्दा महिलालाई प्राथमिकतामा राखिन्न। प्रतिनिधित्वमा मात्र महिलाको संख्या बढाएर महिला सशक्तिकरण सम्भव छैन, जबसम्म महिलालाई निर्णय प्रक्रियामा समान सहभागिता दिइँदैन।

अझै पनि थुप्रै महिला नेतृहरूलाई दलभित्र “क्याडर भर्ना गर्ने” वा “महिला कार्यक्रम सन्चालन गर्ने” जिम्मेवारी दिइन्छ, तर रणनीतिक विषयमा बोल्न दिने वातावरण बनाइँदैन। केही महिलाहरूले नेतृत्व तहमा स्थान बनाए पनि त्यो दलको आन्तरिक शक्ति सन्तुलनका लागि ‘कोटा पूरा’ गर्न गरिएको देखिन्छ। यो प्रवृत्ति महिलाको क्षमता र अनुभवको उपेक्षा मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थाको अपमान पनि हो।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक र भूराजनीतिक रूपले संवेदनशील मुलुकमा राजनीतिक स्थायित्वको लागि समावेशी नेतृत्व अपरिहार्य हुन्छ, र २१औं शताब्दीको नेपालमा जब हामी समावेशी लोकतन्त्रको परिकल्पना गर्छौं, त्यो समावेशिताको केन्द्रमा महिलाको बराबरी उपस्थिति अनिवार्य हुन्छ। महिलालाई सशक्त बनाउने संवैधानिक, कानुनी र संस्थागत संरचना तयार भएतापनि व्यवहारमा ती संरचनाहरूले महिलालाई समान नेतृत्वमा पुर्‍याउन नसकेको देखिन्छ। राजनीतिक तहमा महिलाको बराबरी सहभागिता सुनिश्चित नगरी न सामाजिक न्याय सम्भव छ, न दिगो विकास। सरकार, राजनीतिक दल, नागरिक समाज, मिडिया र आमनागरिकको संयुक्त प्रयास बिना यो सम्भव हुने छैन।

आजको यथार्थमा हामीले राजनीतिक परिवर्तन, लोकतन्त्र र संविधानको जति चर्चा गरिरहेका छौं, त्यसको मर्म र मूल्यलाई संस्थागत गर्न महिला सहभागिता निर्णायक बन्नेछ। एक सामान्य महिला नागरिकको हैसियतले म यो स्पष्ट भन्न चाहन्छु—अब महिला केवल मतदाता होइनन्, नीति निर्माता र रणनीतिक नेतृका रूपमा अगाडि बढ्नुपर्छ। राजनीतिक परिवर्तनका आन्दोलनमा महिलाले दिएको योगदान अब नेतृत्वको जिम्मेवारीमा रूपान्तरित हुनुपर्छ। महिलाको उपस्थिति अब मात्र उपस्थितिको लागि होइन, निर्णायक भूमिकाको लागि हुनुपर्छ।यही बाटोले मात्र समतामूलक, न्यायपूर्ण र दिगो लोकतन्त्रको आधार निर्माण हुन्छ। यो केवल महिलाको लडाइँ होइन, लोकतन्त्रको आधारभूत शर्त हो।

अन्तर्राष्ट्रिय आलोचनाको बीच गाजामा इजरायली बस्ती विस्तार

अन्तर्राष्ट्रिय समुदायको चर्को आलोचना र चेतावनीको बाबजुद इजरायली अधिकारीहरूले कब्जामा रहेको वेस्ट बैंकमा अवैध बस्तीहरू विस्तार गर्ने योजना अघि बढाएका छन्। यो कदमले दुई-राष्ट्र समाधानको सम्भावनालाई थप समाप्त पार्ने चेतावनी दिइएको छ।

इजरायली सरकारले पूर्वी यरुशलमको पूर्वी क्षेत्रको विकासबारे निर्णय गर्न बुधबारको मिति तोकेको थियो । योजनाअनुसार त्यहाँ हजारौं नयाँ आवास युनिटहरू निर्माण गरिनेछ, जसले अवैध रूपमा स्थापित ठूलो बस्ती म’आले अदुमिमलाई यरुशलमसँग जोड्नेछ। यसले वेस्ट बैंकलाई दुई भागमा विभाजित गर्दै प्यालेस्टिनी समुदायहरूलाई अलग्याउनेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी सरकारले अहिले गाजालाई पूर्णरूपमा कब्जा गर्ने संकेत पनि दिइरहेको छ, जहाँ अहिले निरन्तर आक्रमण भइरहेको छ।

अन्तर्राष्ट्रिय कानुनअनुसार वेस्ट बैंक र पूर्वी यरुशलममा रहेका इजरायली बस्तीहरू अवैध मानिन्छन्। संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत, (अन्तर्राष्ट्रिय न्याय अदालत)ले गत वर्ष पनि इजरायलको उपस्थिति अवैध भएको पुनः पुष्टि गरेको थियो र कब्जा अन्त्य “जति सक्दो छिटो” गर्नुपर्ने बताएको थियो।

यस योजनाअन्तर्गत १,२१४ हेक्टर (झण्डै ३,००० एकड) प्यालेस्टिनी जमिन कब्जा गरेर ४,००० भन्दा बढी बस्ती युनिटहरू, होटलहरू र म’आले अदुमिमलाई पश्चिम यरुशलमसँग जोड्ने सडकहरू बनाइनेछ।

प्यालेस्टिनी नेताहरूका अनुसार यो योजना पूर्वी यरुशलमलाई “यहूदीकरण” गर्ने र कब्जा गरिएको क्षेत्रमा इजरायली नियन्त्रण अझै बलियो बनाउने दीर्घकालीन प्रयासको हिस्सा हो।

प्यालेस्टिनीहरू भविष्यमा बन्ने स्वतन्त्र राज्यका लागि वेस्ट बैंक, गाजा स्ट्रिप र राजधानीको रूपमा पूर्वी यरुशलम चाहन्छन् – यी सबै क्षेत्रहरू इजरायलले १९६७ को युद्धमा कब्जा गरेको थियो।

हाल वेस्ट बैंकमा ५ लाखभन्दा बढी इजरायली बासिन्दा छन्, र पूर्वी यरुशलममा झण्डै २.२ लाख बसोबास गरिरहेका छन्।

अमेरिकी –रूस वार्तामा महत्वपूर्ण प्रगति भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन मुद्दामा अमेरिका र रूसबीच “महत्वपूर्ण प्रगति” भएको बताएका छन्। ट्रम्पका प्रतिनिधि स्टिभ विटकोफ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको वार्तालाई ट्रम्पले सकारात्मक भनी मूल्याङ्कन गरेका छन्।

राष्ट्रपति पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले दुबै पक्षले वार्ता अन्तर्गत सकारात्मक सन्देश आदानप्रदान गरेको जानकारी दिएका थिए। साथै, दुबै मुलुकबीच रणनीतिक सहकार्यको सम्भावनाबारे छलफल भएको भए पनि उनले विस्तृत जानकारी दिन अस्वीकार गरे — विटकोफले राष्ट्रपति ट्रम्पलाई जानकारी गराएपछि मात्र विस्तृत विवरण दिने बताएका छन्।

यो भेटवार्ता ट्रम्पले युक्रेनमा युद्धविरामको समयसीमा तोकेको केही दिनअघि भएको हो। ट्रम्पले उक्त वार्तापछि केही युरोपेली साझेदारहरूसँग पनि छलफल गरिसकेको बताएका छन्।

“सबै पक्ष सहमत छन् कि यो युद्ध अब अन्त्य हुनुपर्छ, र हामी त्यसतर्फ आउने दिनहरूमा काम गर्नेछौं,” ट्रम्पले भने।

मस्को र कीएभबीचको वार्ता प्रगतिहीन भइरहेकोमा ट्रम्प चिढिएका देखिए तापनि पुटिन र विटकोफबीचको छलफल सौहार्दपूर्ण रहेको बताइएको छ।

बागमतीका निलम्बित मेयर भरत थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । थापालाई एक वर्ष कैद र ३ करोड ४५ लाख जरिवाना सजाए तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको छ।

उनीविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई एक वर्ष कैद तीन करोड ४५ लाख २२ लाख ३ सय ८७ रुपैयाँ जरिवाना र सो बराबरको सम्पत्ति जफतको फैसला भएको छ।

अदालतले निलम्बित मेयर थापासहित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई भ्रष्टाचारी ठहर गरेको छ भने, शिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन् ।

ट्रम्पको नयाँ कर नीतिप्रति भारतको कडा आपत्ति

रूससँगको तेल व्यापारलाई लिएर अमेरिकाले भारतमाथि लगाएको नयाँ शुल्कप्रति भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले उक्त कदमलाई “अत्यन्त दुर्भाग्यपूर्ण” भन्दै राष्ट्रको हित र ऊर्जा सुरक्षालाई जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ।

ह्वाइट हाउसले बुधबार भारतबाट आयात हुने केही वस्तुहरूमा थप २५% कर लगाउने घोषणा गरेको छ। यससँगै हालै लगाइएको कर दोब्बर भएर कुल ५०% पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको आदेश अनुसार यो नयाँ शुल्क २१ दिनपछि, अर्थात् अगस्ट अन्त्यतिर लागू हुनेछ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने, “रूसबाट भारतले गर्ने तेल आयात बजारका आधारमा गरिएको हो, जसको उद्देश्य १.४ अर्ब जनसंख्याको ऊर्जा सुरक्षा सुनिश्चित गर्नु हो।”

भारतले यस कदमलाई “अन्यायपूर्ण र अनुचित” भन्दै निन्दा गरेको छ। साथै, अन्य धेरै राष्ट्रहरूले पनि आफ्ना राष्ट्रिय हितअनुसार रूससँग व्यापार गरिरहेको भारतले स्मरण गराएको छ।

यसअघि भारतले पश्चिमी मुलुकहरूको दोहोरो मापदण्डको आलोचना गर्दै एक कडा वक्तव्य दिएको थियो। भारतले भनेको थियो, “अमेरिका र युरोपेली संघले भारतको रक्षा र ऊर्जा सम्बन्धमाथि प्रश्न उठाउँछन् तर आफैं उच्च स्तरमा रूससँग व्यापार गरिरहेका छन्।”

हालसालै अमेरिकाले भारतप्रति आफ्नो आलोचनात्मक धारणा कडा बनाएको छ। उसले भारतले ठूलो मात्रामा रूसी कच्चा तेल खरिद गरेर यूक्रेन युद्धमा अप्रत्यक्ष रुपमा रूसलाई सहयोग गरिरहेको आरोप लगाएको छ। तर भारतले उक्त आरोप अस्वीकार गर्दै आफ्नो ऊर्जा नीति आर्थिक आवश्यकता र जनताको हितमा आधारित रहेको स्पष्ट पारेको छ।

यूक्रेन युद्ध २०२२ मा चर्किएपछि, रूस भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता बनेको छ भने भारतले रूसबाट ल्याएको कच्चा तेल प्रशोधन गरेर युरोपमा निर्यात गर्दै आएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यदि रूसले यूक्रेनसँग शान्ति सम्झौता नगरेमा, उसँग व्यापार गर्ने देशहरूलाई १००% सम्म शुल्क लगाउने चेतावनी दिएका छन्। यस्तो धम्कीको जवाफमा रूसले भनेको छ, “स्वतन्त्र राष्ट्रहरूले आफ्ना व्यापार साझेदार रोज्न र राष्ट्रिय प्राथमिकता अनुसार सहकार्य गर्न पाउने अधिकार राख्छन्।”

बागमतीको ८ सदस्यीय मन्त्रिपरिषद्‌मा को-को छन्?

हेटौडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका इन्द्रबहादुर बानियाँले मंगलबार नै एमालेका तर्फबाट ६ र कांग्रेसबाट २ गरी ८ मन्त्री नियुक्ति गरेका छन् ।

प्रदेश सरकारमा एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र बिन्दु श्रेष्ठ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री नियुक्त भएका छन्।

त्यसैगरी, काँग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

कांग्रेसको भागमा ७ मन्त्रालय रहेकामा ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् ।

अनलाइन मिडियाको दर्ता तथा नवीकरण अब सीडीओ कार्यालयबाट

काठमाडौँ- सूचना तथा प्रसारण विभागले अनलाइन मिडियाको दर्ता र नवीकरण बन्द गरेको छ।

अबदेखि जिल्ला प्रशासन कार्यालयबाट दर्ता नवीकरण हुने सूचना विभागले जनाएको छ।

मंगलबार सूचना प्रकाशित गरी विभागले नेपाल राजपत्रको खण्ड ७५ अतिरिक्ताङ्ग २१ भाग २ मिति २०८२/०४/१४ मा प्रकाशित सूचना उदृत गर्दै यस्तो जानकारी दिएको हो।

‘अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चार माध्यम दर्ता गर्नका लागि तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ’ सूचनामा भनिएको छ।

यस्तै, ‘स्थानीय अधिकारीले आवश्यक जाचँबुझ गरी दर्ता गर्न उपयुक्त देखिएको अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्ने’ उल्लेख गरिएको छ।

विभागले ‘राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदैआएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएको’ जनाएको छ।

suchana bibhag

बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त

हेटौंडा – बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् ।

९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए । गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो ।

बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो । जसअनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गरि आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्चमा जाने

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारले सर्वोच्च अदालतमा जाने तयारी गरेको छ।

महान्यायाधिवक्ता कार्यालयले च्च सरकारी वकिलको कार्यालय, पाटनलाई आदेशको अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार, दुर्गा प्रसाईंसम्बन्धी दुई फरक मुद्दामा जारी गरिएको धरौटीमा रिहा गर्ने आदेशहरू न्यायको मान्यता र वर्तमान कानुनी व्यवस्थासँग मेल नखाने निष्कर्ष निकालिएको छ।

“दुवै आदेशले कानूनी सिद्धान्तको उल्लंघन गरेका छन्, जसले विधिको शासनमा प्रतिकूल असर पुर्‍याउँछ,” प्रवक्ता पुडासैनीले भने, “त्यसैले हामी आदेश बदरको मागसहित सर्वोच्च अदालतमा निवेदन दिन लागिरहेका छौं।”

यसै सन्दर्भमा आवश्यक फाइल र आदेशको गहिरो अध्ययन गरी राय तयार गर्न उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको जनाइएको छ।

उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जसविरुद्ध अब सरकार न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने भएको हो।

अब वैदेशिक रोजगारीका सूचना अनलाइन अनिवार्य: श्रम संसार पोर्टलमा अपलोड नगरे कारबाही

काठमाडौँ — अब वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि सूचना वा विज्ञापन अनलाइनमा प्रकाशन नगरी मान्य नहुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो अनिवार्य व्यवस्था लागू गरेको हो।

नयाँ नियमअनुसार वैदेशिक रोजगारका लागि प्रकाशन हुने सबै सूचना अब ‘श्रम संसार’ पोर्टल (www.shramsansar.gov.np) र ‘श्रम संसार एप’ मा अपलोड गर्नैपर्नेछ। विभागले मंगलबार सूचना जारी गर्दै सो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो।

यद्यपि, वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र सोही ऐनअन्तर्गत नियमावलीको नियम ७ बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन छाप्नुपर्ने व्यवस्था यथावत् रहनेछ। तर अब त्यो विज्ञापन डिजिटल प्लेटफर्ममा पनि राख्नुपर्ने बाध्यता हुनेछ।

श्रम संसार पोर्टललाई नागरिक एपसँग जोडेर सञ्चालनमा ल्याइएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले मोबाइलमार्फत सजिलै रोजगार सूचना हेर्न सक्नेछन्। पहिलेजस्तो केवल छापामा मात्र सूचना आएमा डिजिटल माध्यमबाट त्यसको प्रमाणीकरण गर्न समस्या हुने भएकाले अनलाइन प्रकाशनलाई अब अनिवार्य बनाइएको विभागले स्पष्ट पारेको छ।

विभागले वैदेशिक रोजगारमा संलग्न सबै व्यवसायीहरूलाई यो व्यवस्था कडाइका साथ पालना गर्न भनेको छ। सूचना अपलोड नगरे अपूर्ण ठहर्नेछ र यस्तो अवस्थामा नियमअनुसार आवश्यक कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।

२०२५ को ईपीएस भाषा परीक्षा अगस्ट ११ देखि

काठमाडौँ- दक्षिण कोरियाको रोजगारी अनुमति प्रणाली ईपीएस अन्तर्गत २०२५ का लागि कोरियन भाषा परीक्षाको आवेदन प्रक्रिया नेपाली कामदारका लागि आगामी अगस्ट ११ देखि सुरु हुने भएको छ। आवेदन दिने म्याद अगस्ट १६ सम्म तोकिएको छ।

नेपालको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंमा सञ्चालन हुने पहिलो चरणको भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। यो चरण सफल हुने उम्मेदवारहरूले दक्षिण कोरियाको उद्योग र पशुपालन क्षेत्रमा रोजगारी पाउनेछन्।

यस चरणमा ५,३०० नेपाली कामदार भर्ना गर्ने लक्ष्य लिइएको छ। जसमा ३,५०० जना उद्योग क्षेत्रमा र १,८०० जना पशुपालन क्षेत्रमा छनोट गरिनेछन्।

सूचनामा भनिएको छ कि मागको आधारमा यो संख्या घटबढ हुन सक्नेछ। १८ वर्षदेखि ३९ वर्ष उमेर समूहका नेपाली नागरिकहरू मात्र भाषा परीक्षामा सहभागी हुन योग्य हुनेछन्। एक जनाले एकै क्षेत्रको लागि मात्र आवेदन दिन सक्नेछ।

आर्थिक वर्ष २०८१/८२ मा मात्रै १४,२२४ नेपालीले कोरियाका लागि श्रम स्वीकृति लिएका छन्। हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया गइसकेका छन् भने ५० हजार जति हाल कोरियामै कार्यरत छन्।

दक्षिण कोरियाले सन् २००७ मा नेपाल सरकारसँग ईपीएस प्रणालीमार्फत श्रमिक पठाउने सम्बन्धमा सम्झौता गरेको थियो र सन् २००८ देखि नियमित रूपमा प्रक्रिया सञ्चालन हुँदै आएको छ।

‘कुलिङ अफ पिरियड’ प्रकरणमा खतिवडा जिम्मेवार: संसदीय छानबिन समिति

काठमाडौं — संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिप्रति नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक रूपमा जिम्मेवार रहेको निष्कर्ष संसदीय छानबिन विशेष समितिले निकालेको छ। समितिले तयार पारेको छानबिन प्रतिवेदनमा खतिवडासहित केही कर्मचारीहरूको भूमिका पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।

छानबिन समितिका अनुसार उच्च पदस्थ कर्मचारीहरूले पनि आफ्नो पदको अनुकूल आचरण गर्न नसकेको देखिएको छ। यदि उनीहरूले पदीय जिम्मेवारी बुझेको भए विधेयकको प्रतिवेदन लेखनमा यति ठूलो त्रुटि नहुने ठहर समितिले गरेको छ।

प्रतिनिधिसभामा पेश भएको प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर रहेको हुँदा उनीहरूको नाम प्रतिवेदनमा किटान गरिएको हो। समितिका एक सदस्यका अनुसार, “राजनीतिक पदाधिकारीहरू राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुने भएकाले खतिवडा र दुरा दुवैको नाम प्रतिवेदनमा उल्लेख गरिएको हो।”

यस्तै, मुख्यसचिव र अन्य कर्मचारीहरू पदीय तथा कानुनी रूपमा जिम्मेवार ठहरिने उल्लेख भए पनि मुख्यसचिवको नाम भने प्रतिवेदनमा उल्लेख गरिएको छैन।

बागमतीको मुख्यमन्त्रीमा बानियाँ: ४ बजे सपथ ग्रहण कार्यक्रम

हेटौंडा – बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।

दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश 

उच्च अदालत, पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको घटनामा थुनामा रहेका प्रसाईलाई उच्च अदालतले तीन लाख धरौटीमा छाड्न भनेको हो। न्यायाधीश टंक गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेश उल्टाएको हो। 

जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा छन्।सोही मुद्दामा थुनामा रहेका सुशील बराल, डण्डपानी न्यौपाने र सरोज गौतमलाई पनि धरौटीमा थुनामुक्त गर्ने आदेश भएको छ । 

त्यस्तै, उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा पनि २५ लाख धरौटीधरौटी माग भएको छ । बैंकको कर्जा अपचलनको आरोपमा उनीविरुद्ध १८ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । उच्चका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले सो बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको हो। 

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने, ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ ।

अध्यागमन विभागका महानिर्देशकद्वारा भिजिट भिसाको मापदण्ड खारेज गर्ने प्रस्ताव

काठमाडौं — अध्यागमन विभागका नयाँ महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरूका लागि अघि जारी गरिएको ६ बुँदे मापदण्ड खारेज गर्न प्रस्ताव गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै तिवारीले भने, पुराना निर्देशनहरूले समस्या समाधान गर्नेभन्दा प्रक्रिया जटिल बनाएको बताए। उनले भिजिट भिसा प्रक्रियालाई सजिलो बनाउनुपर्ने र प्रतिबन्ध लगाउनु उपयुक्त नरहेको जोड दिए।

तिवारीले भने, सबै प्रक्रिया पूरा गरेर जाने नागरिकलाई रोक्ने अधिकार अध्यागमन कार्यालयले नपाउनु पर्ने हो। कागजात फर्जी वा शंकास्पद देखिएमा ती व्यक्तिलाई अफलोड गरेर फर्काउने होइन, प्रहरीलाई अनुसन्धानका लागि जिम्मा दिनुपर्ने उनको प्रस्ताव छ। यसरी घर फर्काउने प्रणाली विगतमा असरकारक नभएको उनले बताए।

साथै उनले श्रम स्वीकृति र राहदानी प्रणालीमा व्यापक सुधार, एआई आधारित बायोमेट्रिक प्रमाणीकरण, र नेपालमा बसोबास गर्ने विदेशी नागरिकहरूको वास्तविक-समय ट्र्याकिङ व्यवस्था आवश्यक रहेको बताए। यी सुधारहरूले सम्पूर्ण देशभरका अध्यागमन कार्यालयमा पारदर्शिता, जवाफदेहिता र डिजिटल राजस्व प्रणालीलाई समेत मजबुत बनाउने लक्ष्य राखिएको छ।

उनले भिसिट भिसाको धेरै जटिल प्रक्रियाले भ्रष्टाचार बढेको, नागरिकप्रति अविश्वास फैलिएको, भिजिट भिसाको दुरुपयोग र मानव तस्करीबीच भेदभाव नगरेको, रोजगार सिर्जना र वैदेशिक रोजगारी नियन्त्रणमा कमजोरी देखिएको बताए। यी सबै कारणहरूले पनि सुधार प्रयासहरू सफल हुन नसकेको उनको भनाइ थियो।

अन्त्यमा तिवारीले नेपालको आप्रवासन व्यवस्थापनमा अब प्रतिबन्धभन्दा जिम्मेवार सहजीकरणतर्फ जानुपर्ने, बलियो प्रणाली र स्मार्ट कार्यान्वयनमार्फत यात्रुहरूको अधिकार र मर्यादा संरक्षण गर्नुपर्ने जोड दिए।

लामाको राजीनामापछि बागमतीको मुख्यमन्त्री बन्ने तयारीमा बानियाँ

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन्।

उनको निर्णय नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रह र पार्टी भित्रको छलफलबाट प्रभावित भएको लामाले बताए।

लामाले भने, आफूले सहकर्मीहरूबाट अपेक्षित समर्थन पाउन नसकेको र वरिष्ठ सरकारी कर्मचारीहरूको अनियमित सरुवा जस्ता समस्याले काम गर्न कठिन भएको अनुभव गरे। उनले अन्य प्रदेशमा गठबन्धन सरकारहरू स्थिर रहँदा बागमतीमा अनावश्यक रुपमा सरकार परिवर्तन भइरहेकाले असन्तुष्टि व्यक्त गरे।

उनले राजनीतिक अस्थिरताले लोकतान्त्रिक मूल्यहरूमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिए।

लामा साउन ८, २०८१ मा मुख्यमन्त्री नियुक्त भएका थिए। केही समयअघि उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि संसदीय दलको नेता पदबाट हटाइएका थिए।

अब, इन्द्रबहादुर बानियाँ नयाँ पार्टी नेता निर्वाचित भएका छन् र आगामी मुख्यमन्त्री बन्ने सम्भावना व्यक्त गरिएको छ। बानियाँले यसअघि लामासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए तर पराजित भएका थिए। यस पटक उनी ३७ सांसदमध्ये २२ जनाको समर्थन पाएर बागमती प्रदेश संसदीय दलको नेताको रुपमा नेतृत्व गर्ने अवसर पाएका छन्।

“कुलिङ अफ पिरियड” मा नियोजित चलखेल गरियो

काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ (अवकाशपछि दुई वर्षसम्म सरकारी पद नपाउने) को प्रावधानलाई कमजोर बनाउन नियोजित रूपमा चलखेल गरिएको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफा ८२(४) मा उक्त प्रावधान राखे पनि त्यसको असर निष्क्रिय पार्ने अर्को उपदफा ८२(५क) भने हटाइएन। यो विषयमा संसदीय छानबिन समिति गठन गरिएको थियो, जसमा जीवन परियारको संयोजकत्वमा सात जना सांसद छन्।

समितिका अनुसार यो त्रुटि मानवीय नभएर नियोजित हो, जसमा मुख्यसचिव, संसद्का महासचिव, र अन्य सचिवहरू संलग्न थिए। उनीहरूले प्रतिवेदन लेख्ने क्रममा प्रधानमन्त्री र प्रमुख नेताहरूलाई भेट्दै दबाब सिर्जना गरेका थिए। प्रतिवेदन लेखनमा संलग्न सचिवलाई समेत खुलेआम दबाब दिइएको देखिएको छ।

समितिले आगामी साउन १९ गते प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिवेदनमा दोषीहरूमाथि कारबाहीको सिफारिस र भविष्यमा यस्ता चलखेल दोहोरिन नदिन सुझाव पनि समेटिनेछ।

यस्तो छ प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको पारिश्रमिक र सुविधा

काठमाडौँ- अबदेखि सरकारले कार्य सञ्चालन निर्देशिकाबाट होइन, मन्त्रिपरिषद्‌कै निर्णयमार्फत प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको पारिश्रमिक र सुविधा निर्धारण गर्ने व्यवस्था गरेको छ। संशोधित कानुनअनुसार, मन्त्रिपरिषद्को निर्णयबाट राजपत्रमा सूचना प्रकाशित गरी प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नै तलब र सेवा–सुविधा तोक्न सक्नेछन्।

२०७७ सालमा स्वीकृत कार्य सञ्चालन निर्देशिकाअनुसार हाल प्रधानमन्त्रीको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ, जसमा पारिश्रमिक, महँगी भत्ता, सञ्चार सुविधा र मसलन्दसहितका सुविधा छन्।

साथै, प्रधानमन्त्रीले मासिक ३०६ लिटर पेट्रोल, वार्षिक ४० लिटर मोबिल र ३४ जना कर्मचारीको सुविधा पाउँछन्। काठमाडौं बाहिरको भ्रमणमा दैनिक भत्ता ३ हजार रुपैयाँ पाउने व्यवस्था छ।

उपप्रधानमन्त्रीको मासिक कुल तलब ८४ हजार ६ सय ४० रुपैयाँ रहेको छ। उनीहरूले पनि ३०६ लिटर पेट्रोल र ८ जना कर्मचारीको सुविधा पाउँछन्।

मन्त्रीहरूले मासिक ७९ हजार २ सय ३०, राज्यमन्त्रीहरूले ७५ हजार ३० रुपैयाँ पारिश्रमिक पाउँछन्। उनीहरूलाई क्रमशः २०७ लिटर र २०० लिटर पेट्रोल र ७ जना कर्मचारी उपलब्ध गराइन्छ।

बुटवल-नारायणगढ सडक विस्तारको म्याद थप

नवलपरासी – बुटवल-नारायणगढ सडक विस्तारको म्याद चौथो पटक थप गरिएको छ । पूर्वी खण्डको म्याद २०८३ श्रावण ७ सम्म र पश्चिम खण्डको म्याद २०८३ श्रावण ५ सम्म थपिएको हो।

नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रलाई पूर्वी खण्ड र दाउन्नेदेखि पश्चिम बुटवलसम्मको क्षेत्रलाई पश्चिम खण्डका रुपमा विभाजन गरेर निर्माण कार्य गरिँदै आएको छ।

२०७५ चैत्रबाट काम सुरु गरेको चिनियाँ ठेकेदार कम्पनीले तोकिएको समयभित्र काम पूरा नगरेकाले म्याद थपिएको हो। चिनियाँ ठेकेदारले पहिलो तीन वर्षभित्र राजमार्ग विस्तारको काम सम्पन्न गर्न नसकेपछि चौथो पटक म्याद थपिएको हो।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले दुवै खण्डको ११४ किलोमिटर राजमार्ग विस्तार गर्ने ठेक्का १७ अर्ब रुपैयाँमा पाएको थियो। सडक विस्तार परियोजनाका निर्देशक चुडराज ढकालका अनुसार चौथो पटक म्याद थपिए पनि सडक निर्माणको लागत बढ्ने छैन । चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताले माघ २०८३ सम्मको समय मागेका थिए। परियोजना कार्यालयले २०८३ साउनसम्ममा काम सम्पन्न गर्ने शर्तमा एक वर्ष म्याद थप गरेको ढकालले बताए। एसियाली विकास बैंकको ऋण सहयोगमा बुटवल-नारायणगढ सडक विस्तार भइरहेको छ।

गैंडाकोटदेखि दाउन्नेसम्मको लागत ९,१३,१८,९५,००० रुपैयाँ छ। दाउन्नेदेखि पश्चिम बुटवलसम्मको लागत ७,८६,३४,००,००० रुपैयाँ छ। ११४ किलोमिटर सडकमध्ये २९ किलोमिटरमा चार लेनको सडक निर्माण गरिनेछ। बुटवल-नारायणगढ क्षेत्रमा पर्ने ७० किलोमिटर सडक बजार क्षेत्रमा ६ लेनको निर्माण गरिनेछ। दाउन्नेको लगभग १४ किलोमिटरमा तीन लेन बनाउने गरी सडक स्तरोन्नतिको काम भइरहेको छ। दाउन्ने सडक १३ मिटर चौडा हुनेछ।

सडक विभागले २०७५ चैत्रमा सुरु भएको राजमार्ग विस्तारको काम गत असारसम्म ७० प्रतिशत मात्र सम्पन्न भएको जनाएको छ।

रुसमा क्यान्सर खोपको परीक्षण सुरु हुने तयारी

रुसले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर विकास गरिएको व्यक्तिगत क्यान्सर खोपको परीक्षण केही महिनाभित्र सुरु गर्ने तयारी गरेको छ। गामालेया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्ट्सबर्गका अनुसार यो mRNA-आधारित खोप बिरामीको अनुवांशिक डाटाका आधारमा विशेष रूपमा तयार गरिन्छ।

यो खोप सुरुवातमा मेलानोमा (छाला क्यान्सर) का बिरामीहरूमा परीक्षण गरिनेछ। गामालेया केन्द्रले खोप उत्पादन गर्नेछ भने परीक्षण कार्य मस्कोस्थित हर्टसेन अनुसन्धान केन्द्र र ब्लोखिन क्यान्सर सेन्टरले गर्नेछन्।

खोप बिरामीको शरीरमा ट्युमरसम्बन्धी प्रोटिन चिन्न सिकाएर क्यान्सर सेलहरू नष्ट गर्न प्रतिरक्षा प्रणालीलाई तालिम दिनेगरी बनाइएको हो।

अनुकूलित प्रकृतिका कारण यो खोपलाई रुस सरकारले हालै लागू गरेको नयाँ नियमअन्तर्गत परीक्षण गरिनेछ। प्रारम्भिक जनावर परीक्षण र केही मानव परीक्षणमा उत्साहजनक परिणाम देखिएको जनाइएको छ।

यदि प्रभावकारी सावित भयो भने यो खोपले रुसको सार्वजनिक स्वास्थ्य रणनीतिमा ठूलो फड्को मार्न सक्छ। यसप्रति विदेशी चिकित्सा संस्थाहरूले पनि चासो देखाएका छन्।

देशभरको यो साताको मौसम कस्तो रहनेछ ?

काठमाडौँ- जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आगामी साताको मौसम यस्तो रहनेछ।

यो साताभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ । यो साता मनसुनको न्यूनचापिय रेखा सरदर स्थानको उत्तरतिर रहने सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी बर्षा र हिमपातको सम्भावना रहेको छ ।साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागः साताको मध्यमा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक-दुई स्थानमा भारी बर्षाको तथा कोशी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ । साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा मध्यमा धेरै स्थानहरू र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तराई भू-भागः बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा तथा कोशी प्रदेश र मधेश प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरुमा तथा कोशी प्रदेश र मधेश प्रदेशमा मध्यमा धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यो साताको शुरु र अन्त्यमा देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नभएतापनि साताको मध्यमा अधिकतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ ।
औसतसँग तुलना गर्दाः यो साता पूर्वी क्षेत्रमा औसत भन्दा थोरै बढी बर्षा र बाँकी स्थानहरूमा औसत बर्षा हुने सम्भावना रहेको छ । सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना रहेको छ ।

प्रधानमन्त्री र मन्त्रीले अब आफ्नो तलब आफैं तोक्न सक्ने

काठमाडौँ — अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं मन्त्रिपरिषद्‌मार्फत निर्धारण गर्न सक्नेछन्। संघीय संसद्ले पारित गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेपछि यो व्यवस्था लागू भएको हो।

यससँगै प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी ऐन, २०४९ मा संशोधन भई तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिइएको छ।

पहिला तलब दर सरकारले ऐन अनुसार तोक्थ्यो। तर अब नेपाल सरकारले मन्त्रिपरिषदको निर्णय राष्ट्रपतिबाट पारित गराएपछि राजपत्रमा सूचना प्रकाशित गरी नयाँ तलब निर्धारण गर्न सक्नेछ।

यसअघि सरकार कार्य सञ्चालन निर्देशिका मार्फत तलब समायोजन गर्दै आएको थियो। अब भने विधेयक संशोधन भइसकेकाले मन्त्रिपरिषद्ले जुनसुकै बेला नयाँ निर्णय लिन सक्ने कानुनी बाटो खुलेको छ।

को बन्ला बागमती प्रदेशको मुख्यमन्त्री ?

काठमाडौँ – बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल अब अन्तिम चरणमा पुगेको देखिन्छ। नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तोष र शक्ति संघर्षबीच मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिने तयारी गरेको बुझिएको छ।

पार्टीभित्र लामो समयदेखि चल्दै आएको असन्तुष्टि अन्ततः सार्वजनिक रुपमा विस्फोट भयो, जब कांग्रेस संसदीय दलका २१ सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे। त्यसपछि संसदीय दल नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी भएसँगै उनको मुख्यमन्त्रीको पदमा संकट सुरु हुन पुग्यो।

संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजिनामा नदिने अडान राख्दै आएका लामाले,बिहीबार साँझ सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको छलफलपछि भने अन्ततः पदत्याग गर्ने सहमति जनाएका हुन्।

बानियाँले सार्वजनिक रूपमा लामालाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएपनि , देउवाको हस्तक्षेप पछि भने घटनाक्रम अझ निर्णायक बनेको हो। बहुमत गुमाएको अवस्थामा राजीनामा नगरेर बसिरहनु अनुचित ठहरिँदै लामाले अन्ततः पदत्याग गर्ने सहमति जनाएका हुन्।

लामाले ढिलो-चाँडो औपचारिक रुपमा राजीनामा घोषणा गर्लान तर अब सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित छ— को बन्ला बागमती प्रदेशको नयाँ मुख्यमन्त्री? संसदीय दलको नेता भएकाले इन्द्रबहादुर बानियाँको नाम प्रबल देखिए पनि, अन्तिम निर्णय राजनीतिक सहमतिमा निर्भर हुनेछ।

पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य वृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

श्रीमतीलाई हटाएर बाबुलाई पार्टी अध्यक्ष: नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ- काठमाडौंमा सम्पन्न नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई पार्त्की अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ।

नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको हो।

अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुन्। यसअघी, रेशम चौधरीले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए।

अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि मानव अधिकार आयोगको आग्रह

काठमाडौं – काठमाडौंमा अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै अनशन बसेका मेयर भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।अनशनरत मेयर भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि साउन १४ गते राती वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो।

आयोगले अनशनस्थल र वीर अस्पताल पुगेर अनुगमन पनि गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनशनरत मेयर डा. भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग उनको स्वास्थ्यबारे जानकारी समेत लिएको छ ।

निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोगले आग्रह गरेको छ।

क्यानडाले संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बर २०२५ मा हुने ८० औं संयुक्त राष्ट्रसंघ महासभामा क्यानडाले प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका छन्।

प्यालेस्टिनी राज्यलाई मान्यता दिन बेलायत र फ्रान्सले हालै गरेका घोषणाहरूसँगसंगै क्यानडाको यो कदमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
उनले प्यालेस्टिनी शासनमा हमासको भविष्यको कुनै पनि भूमिकालाई अस्वीकार गर्दै सो घोषणा गरेका हुन् ।

यद्यपि, अमेरिकाले यस्तो मान्यताको विरोध गरेको छ, यसले हमासलाई पुरस्कृत गर्ने र शान्ति प्रयासलाई कमजोर बनाउने दाबी गरेको छ।

वैदेशिक रोजगारीमा गत एक वर्षमा १५१७ नेपालीले ज्यान गुमाए

१,४०१ जना नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १,४०१ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ।

मृतकहरूमा सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेर समूहका २३३ जना थिए। त्यसपछि २१–२५ वर्ष उमेर समूहका १७२ जना, ३१–३५ वर्षका २२६ जना, ३६–४० वर्षका २२५ जना, ४१–४५ वर्षका २१५ जना, ४६–५० वर्षका ११७ जना र ५१–५५ वर्षका ७१ जना रहेका छन्।

२० वर्ष मुनिका २९ जना, ५६–६० वर्षका २४ जना, ६१–६५ र ६६–७० वर्ष उमेर समूहमा समान १२ जना र ७० वर्षभन्दा माथिका ६ जना नेपालीको पनि मृत्यु भएको उल्लेख गरिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार १,४०१ शवमध्ये ४८१ जनाको शव विभागमार्फत प्रत्यक्ष रूपमा र १,०८६ जनाको अन्य माध्यमबाट नेपाल ल्याइएका हुन्।

त्यसैगरी विभागले मृत्यु भएका १,५१७ मृतक नेपाली आप्रवासी कामदारका परिवारलाई आर्थिक सहायता स्वरूप कुल १ अर्ब २ करोड रुपैयाँ प्रदान गरेको छ। सरकारले हाल प्रत्येक मृतक नेपाली आप्रवासी कामदारको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।

युक्रेनी राष्ट्रपति जेलेंस्की हटाउन अमेरिका र बेलायत गोप्य छलफलमा:एसभीआर

अमेरिकी र बेलायती अधिकारीहरूले युक्रेनका शीर्ष शक्ति–केन्द्रहरूसँग गुप्त बैठक गरी राष्ट्रपति भ्लादिमिर जलेन्स्कीलाई हटाएर पूर्व सेनाप्रमुख भ्यालेरी जालुजनीलाई राष्ट्रपतिको रुपमा ल्याउने योजना बनाएको रूसको विदेश गुप्तचर सेवा “एसभीआर” ले दाबी गरेको छ।

एसभीआरका अनुसार उक्त गोप्य बैठक एउटा अज्ञात अल्पाइन रिसोर्टमा भएको थियो। बैठकमा जलेन्स्कीका प्रमुख सहयोगी आन्द्रेई यर्माक, सैनिक गुप्तचर प्रमुख किरिल बुदानोभ र हाल बेलायतमा युक्रेनका राजदूत रहेका जालुजनी सहभागी थिए।

एसभीआरको भनाइमा, पश्चिमी अधिकारीहरूले अब जलेन्स्कीलाई प्रतिस्थापन गर्ने समय भएको र यसलाई युक्रेनसँगको सम्बन्ध पुनःस्थापना गर्न तथा पश्चिमी सैन्य सहायता निरन्तरता दिन “मुख्य शर्त” मानेका थिए। यर्माक र बुदानोभले यो योजना समर्थन गरेका र जालुजनी राष्ट्रपति बनेमा आफ्नो पद जोगिने आश्वासन पाएको दाबी गरिएको छ।

सन् २०२१ देखि २०२४ सम्म युक्रेनका सेनाप्रमुख रहेका जालुजनी लोकप्रिय छन् र सम्भावित चुनावमा जलेन्स्कीलाई हराउने सम्भावना रहेको बताइन्छ।

एसभीआरले यो घटनालाई जलेन्स्कीले हालै भ्रष्टाचार विरोधी निकायहरूको स्वतन्त्रता हटाउने विधेयकलाई समर्थन गर्नु सँग पनि जोडेकाे छ। एसभीआरको दाबी अनुसार यर्माकले जलेन्स्कीलाई विवादास्पद कानुन अघि बढाउन प्रेरित गरेका थिए, जसले उनको छवि बिगार्ने र पश्चिमी साझेदारलाई उनलाई हटाउन कारण दिने काम ग¥यो।

युक्रेनी जनतालाई सम्बोधन गर्दै एसभीआरले भन्यो, “तपाईंहरूको देशको नयाँ राष्ट्रपति अल्पाइन रिसोर्टमा छनोट गरियो। के यही हो तपाईंहरूले कल्पना गरेको युक्रेनी लोकतन्त्र र स्वतन्त्रता?”

जलेन्स्कीको कार्यकाल गत मे महिनामा सकिएको थियो तर मार्शल कानूनका कारण उनले नयाँ निर्वाचन गर्न अस्वीकार गरेका छन्। रूसले अब उनलाई “अवैध” घोषणा गर्दै वास्तविक शक्ति युक्रेनी संसदमा रहेको बताएको छ।

नागरिक उन्मुक्ति पार्टीद्वारा अध्यक्ष रञ्जितालाई कारबाही:अध्यक्षबाट बर्खास्त

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ अन्तत: पदमुक्त भएकी छन् । पार्टी संरक्षक समेत रहेका आफ्ना श्रीमान् रेमश चौधरीलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै अदालतमा जवाफ पेस गरेकी श्रेष्ठलाई रेशम पक्षीय बहुमत केन्द्रीय सदस्यहरूले हटाउनेगरी प्रस्ताव पारित गरेका छन् ।नागरिक उन्मुक्ति पार्टीको मंगलबार बसेको नुशासन समितिले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई कारबाही गर्ने निर्णय गरेको छ।

आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने निर्णय गरिएको हो । स्पष्टीकरण सोध्नुअघि पनि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी अध्यक्ष चौधरीलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले ९ गते शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए।

अध्यक्ष चौधरी पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा मुछिएकी छन्। उनले शनिबार शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि पार्टीको आन्तरिक विवाद झनै चुलिएको थियो।

रेशम श्रेष्ठले आफु जेलमा रहँदा जेलभित्रैबाट पार्टी गठन गरी १९ पुस २०७८ मा निर्वाचन आयोगमा दल दर्ता गर्दा रञ्जितालाई पार्टी अध्यक्ष बनाएका थिए । नातामा श्रीमान श्रीमती रहेका रंजिता र रेशम चौधरीबीच पछिल्लो समय विवाद बढ्दै गएको थियो।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश

काठमाडौं – मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो ।

४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए ।

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ विजयी

बागमती- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

बुधबार प्रदेश सभा सचिवालयपरिसरमा भएको मतदानमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आठ मतले पराजित गरेका हुन्।

बानियाँले कुल ३७ सदस्यीय संसदीय दलमा २२ मत प्राप्त गर्दा लामाले १४ मत प्राप्त गरे । एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसअघि मंगलबार लामाविरुद्ध परेको अविश्वास प्रस्तावमा २२ मत पक्षमा र १५ मत विपक्षमा परेको थियो। अविश्वासको प्रस्ताव पारित भएसँगै लामाले दलको नेताको हैसियत गुमाएका थिए।

बानियाँ र लामाबिच दोस्रोपटक दलको नेतृत्वका लागि प्रतिस्पर्धा भएको हो। यसअघि पहिलोपटक १३ पुस ०७९ मा भएको निर्वाचनमा बानियाँ पाँच मतले पराजित भएका थिए। लामाले त्यतिवेला २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए।

९ साउनमा बानियाँको नेतृत्वमा २१ सांसदले दर्ता गराएको अविश्वास प्रस्तावपछि लामा नेतृत्वको सरकारमा रहेका पाँचजना मन्त्रीले राजीनामा दिँदै बानियाँको पक्षमा उभिएका थिए। संसदीय दलको नेतामा पराजित भएका लामाले पदबाट राजीनामा नदिने दोहोर्‍याएका छन्।

भारतबाट आयात गरिएका सामानहरूमा अमेरिकाले २५% कर लगाउने

अमेरिकाले भारतबाट आयात गरिएका सामानहरूमा २५% कर लगाउनेछ “र रूसी ऊर्जा र हतियार खरिद गरेमा थप जरिवाना” लगाउने राष्ट्रपति ट्रम्पले बताएका छन्।

उनले भारतले रुसी सैन्य उपकरण र ऊर्जा खरिद गरेको पनि आलोचना गर्दै, रुस भारतबीचको व्यापारका कारण भारतलाई थप जरिवाना स्वरुप अन्य व्यापारिक कर लगाउने पनि बताएका छन्।

भारतबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन , यधपी भारतले महिनौंदेखि अमेरिकासँग व्यापार सम्झौताको लागि वार्ता गरिरहेको छ। गत वर्ष, अमेरिकाको भारतसँग $४५.८ बिलियन (£२६.१ बिलियन) को व्यापार घाटा रहेको समेत अमेरिकाले बताएको छ ।

आन्तरिक विवादकाबीच बागमतीमा ३ मन्त्री नियुक्त: आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

बागमती प्रदेशका ५ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि आफुलाई मुख्यमन्त्री पदबाट हटाउन उनले आफु विरुद्द षडयन्त्र भएको बताएका छन्। संसदीय दलको नेताको हैसियत गुमाएका लामाले आफुले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएको हो भन्दै मुख्यमन्त्री पदबाट राजिनामा नदिने अडान राखेका छन्।

विवादकाबीच लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने,माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिएको छैन।

यसैबीच, आज नेपाली कांग्रेसले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ ।मुख्यमन्त्री लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएको हो ।

अमेरिकाले उत्तर कोरियालाई आणविक शक्ति रूपमा स्वीकार गर्नुपर्छ:किम यो-जोंग

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनकी बहिनी तथा कोरियन वर्कर्स पार्टीकी उच्च पदस्थ नेतृ किम यो-जोंगले अमेरिका अब उत्तर कोरियालाई स्थायी रूपमै आणविक हतियार सम्पन्न राष्ट्रको रूपमा स्वीकार गर्नुपर्ने बताएकी छन्।

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सीले मंगलबार प्रकाशित गरेको वक्तव्यमा पार्टी केन्द्रीय समितिको उप-महानिर्देशकको रूपमा कार्यरत किमले भनिन्, “अब कुनै पनि सम्भावित वार्ता उत्तर कोरियालाई अपरिवर्तनीय रूपमा आणविक राष्ट्रको रूपमा मान्यता दिइएको आधारमा मात्र हुन सक्छ।”

उनले यो पनि स्पष्ट पारेकी छन् कि किम जोङ-उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको व्यक्तिगत सम्बन्धलाई उत्तर कोरियालाई निशस्त्रीकरण गर्न दबाब दिनका लागि प्रयोग गर्नु अनुचित हुनेछ।

उनले भनिन्, “ट्रम्पको पहिलो कार्यकालको तुलनामा अहिले उत्तर कोरियाको क्षमता र भू-राजनीतिक परिवेश पूर्ण रूपमा परिवर्तन भइसकेको छ, त्यसैले त्यो पुरानो परिवेशमा भएको कूटनीतिक प्रयास अहिले सान्दर्भिक छैन।”

“यदि कोही यो यथार्थलाई अस्वीकार गर्ने प्रयास गर्छ भने त्यो पूर्ण रूपमा अस्वीकार गरिनेछ,” किमले चेतावनी दिँदै थपिन्, “उत्तर कोरिया अहिलेको राष्ट्रिय स्थितिको रक्षा गर्नका लागि कुनै पनि विकल्प अपनाउन खुला छ।”

उनले यसबाहेक यो पनि बताइन कि दुई आणविक राष्ट्रबीच द्वन्द्वको बाटो लिइनु दुबै पक्षका लागि लाभदायक हुने छैन।

किमले भनिन्, “हाम्रो राष्ट्रप्रमुख र वर्तमान अमेरिकी राष्ट्रपतिबीचको व्यक्तिगत सम्बन्ध खराब छैन। तर, यदि यी सम्बन्धहरूलाई निशस्त्रीकरणका लागि प्रयोग गरिन्छ भने, त्यसलाई हामीप्रति गरिएको व्यङ्ग्यका रूपमा मात्र बुझिनेछ।”

वक्तव्यको अन्त्यमा उनले भनिन्, “यदि अमेरिका अहिलेको परिवर्तनलाई स्वीकार गर्न असफल रहन्छ र विगतका असफल रणनीतिमा नै अडिन्छ भने, उत्तर कोरिया र अमेरिकाबीचको वार्ता बैठक केवल अमेरिकाको एकपक्षीय आशामा सीमित हुनेछ।”

डोनाल्ड ट्रम्पले सन् २०१८ देखि २०१९ सम्म उत्तर कोरियाली नेता किम जोङ-उनसँग तीनपटक भेट गरेका थिए, जहाँ उत्तर कोरियाको निशस्त्रीकरणको सट्टामा सुरक्षा ग्यारेन्टी र आर्थिक सहायताको प्रस्ताव गरिएको थियो। तर, ती कूटनीतिक प्रयासहरू ऐतिहासिक भए पनि दीर्घकालीन सहमति कायम हुन सकेन, र वार्ता अवरुद्ध भयो।

उत्तर कोरियासँग हाल अनुमानित ५० वटा आणविक हतियार छन्, र उसले ती हतियारहरूलाई अमेरिका र दक्षिण कोरियाबाट सम्भावित आक्रमणको प्रतिरोधका लागि अत्यावश्यक ‘निवारक शक्ति’ मान्दै आएको छ। यी दुई राष्ट्रले नियमित रूपमा उत्तर कोरियाको सीमावर्ती क्षेत्रमा सैन्य अभ्यास गर्दै आइरहेका छन्।

इजरायली आक्रमणमा हालसम्म ६० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु: गाजामा भोकमरीको भीषण संकट

सन् २०२३ को अक्टोबरदेखि गाजामा सुरु भएको युद्धपछि अहिलेसम्म इजरायली सेनाद्वारा कम्तीमा ६०,०३४ प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो भयावह तथ्यांक मंगलबार सार्वजनिक गरिएको हो। मंगलबार मात्रै बिहानैदेखि कम्तीमा ६२ जना प्यालेस्टिनी मारिएका छन्।

यसैबीच, भोकमरीको “सबैभन्दा खराब अवस्था” गाजामा देखा परिरहेको अन्तर्राष्ट्रिय भोकमरी अनुगमन प्रणाली आइपिसीको पछिल्लो प्रतिवेदनले जनाएको छ।

“गाजा क्षेत्रको अधिकांश भागमा खाद्य उपभोगका लागि भोकमरीको स्तरमा पुगिसकेको छ, र गाजा सहरमा गम्भीर कुपोषणको अवस्था कायम भइसकेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ।

“निरन्तर द्वन्द्व, व्यापक विस्थापन, मानवीय सहायता प्रवेशमा अत्यधिक प्रतिबन्ध, र स्वास्थ्य सेवाजस्ता अत्यावश्यक सेवाकोप्रतिबन्धकाबिच संकट अब गम्भीर र प्राणघातक मोडमा पुगेको छ,” रिपोर्टले चेतावनी दिएको छ।

खाद्य उपभोगमा तीव्र गिरावट आएको छ, जसमा प्रत्येक तीनमध्ये एक व्यक्तिले दिनौंसम्म खाना नपाएको अवस्था देखिएको छ।

जुलाई महिनाको पहिलो भागमा कुपोषण तीव्र गतिमा बढेको र अप्रिलदेखि मध्य जुलाईसम्म २०,००० भन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको उपचारका लागि अस्पतालमा भर्ना गरिएको उल्लेख गरिएको छ। तीमध्ये ३,००० भन्दा बढी बालबालिका गम्भीर रूपमा कुपोषित छन्।

यो भोकमरी संकट गाजाको सबै वर्गमा गहिरिएर फैलिएको छ। युएन वोमेनकी कार्यकारी निर्देशक सिमा बहोसका अनुसार गाजाका १० लाख महिला र किशोरीहरूले “भोकै मर्ने वा खाना खोज्दा ज्यानको जोखिम उठाउने” असम्भव विकल्पको सामना गरिरहेका छन्।

“यो भयावहता अब अन्त्य हुनुपर्छ,” बहोसले सामाजिक सञ्जालमा लेख्दै भनिन्। उनले गाजामा अवरुद्ध मानवीय सहायता सहजरूपमा प्रवेश गराउन, बन्धकको रिहाइ गर्न र स्थायी युद्धविराम गर्न आह्वान गरेकी छन्।

गिरीबन्धु टी इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वत: सरकारको हुन्छ : भूमिमन्त्री

काठमाडौैं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा अन्य प्रयोजनमा प्रयोग भएको पाइए त्यो स्वत: सरकारको हुने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले जग्गा धनीले हदबन्दीभित्रको जग्गाको स्वामित्व लिन पाएपनि बाँकी सरकारको नाममा आउने बताए ।भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले प्रयोजनबाहेकको काममा गिरीबन्धु टी इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने बताएका हुन् ।

मन्त्री अधिकारीले तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था रहेको बताए ।उनले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यसअनुसार नै जग्गा वितरण हुने बताए ।भूमिहीन दलित तथा सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ बास्तविक जनताको समस्या समाधान हुने गरी विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

संसदीय दलको नेताबाट हटेको हो, मुख्यमन्त्रीबाट राजीनामा दिन्न : मुख्यमन्त्री लामा

काठमाडौँ- — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा आफू विरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ,”कांग्रेसको संसदीय दलको नेतामा विश्वासको मत गुमाएको हो,मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन” ।

यसअघि, बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर समेत बुझाएका थिए । लामालाई दवाब दिनकै लागि बागमती प्रदेशका पांच जना मन्त्रीहरुले राजिनामा समेत दिएका थिए । उनीविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा २२ जना सांसद रहे भने लामाको पक्षमा १५ जना सांसद देखिए।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।

भूमि विधेयकमा कांग्रेसको पाँचबुँदे संशोधन प्रस्ताव

काठमाडौं- भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेसले पाँचबुँदे संशोधन प्रस्ताव राखेको छ ।

विधेयकमाथिको दफावार छलफलका क्रममा कांग्रेसले विधेयकमा सुधारका लागि भन्दै संशोधन प्रस्ताव राखेको हो । जसमा संवैधानिक व्यवस्था, सर्वोच्च अदालतका व्याख्या/फैसलालाई हेर्नुपर्ने र सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई एकै ठाउँमा राख्न नहुने विषय समावेश छ ।

पहिलो : हदबन्दी छुट जुन प्रयोजनको लागि लिइएको हो त्यो भन्दा फरक प्रयोजनमा प्रयोग गर्न पाउने गरी कानुनी बाटो खोल्नु हुँदैन ।

दोस्रो : भूमि र वनको विषय प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारसँग समेत सम्बन्धित छ । यसकारण समन्वय आवश्यक छ ।

तेस्रो : सुकुमवासी, भूमिहीन र अव्यवस्थितलाई एकै ठाउँमा रोखेर हेर्नुहुँदैन ।

चौथो : भूमि विधेयक ऐनमा रुपान्तरित भए जंगल फडानी हुन्छ भन्नेहरूको आशंका चिर्नुपर्छ ।

पाँचौं : निर्देशिका वा कार्यविधि बनाउने अधिरकार सरकारलाई नदिऔं ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकले तीन वटा ऐन संशोधन गर्न खोजेको छ । जसमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ रहेका छन् ।

पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउनु हुन्न

विद्या भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन ।

काठमाडौँ- नेकपा एमालेले भदौ २०–२२ मा ललितपुरको गोदावरीमा आयोजना हुने दोस्रो विधान महाधिवेशनको तयारी गर्दै भाद्र १० गतेसम्म विधान संशोधनमाथि सुझाव पठाउन निर्देशन दिँदै अन्तरपार्टी निर्देशन जारी गरेको छ।

एमालेले जारी गरेको उक्त अन्तरपार्टी निर्देशनमा,सम्माननीय पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भमा “उनको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनु हुँदैन” भन्ने कुरा उल्लेख गरेको छ। उक्त सन्दर्भमा अन्तरपार्टी निर्देशनमा लेखिएको छ :

“लोकतान्त्रिक गणतन्त्र एउटा राजनीतिक प्रणाली मात्र होइन, यो आफैमा संस्कृति, मूल्य र आचरण पनि हो । हामीले अवलम्बन गर्ने अभ्यास, अनुकरण गर्न े शैली र स्थापित गर्ने मान्यताहरूले यसलाई समग्र पद्धतिको रूपमा विकास गर्दै लैजान्छन् । डेढ दशक अगाडि मात्रै स्थापना गरिएको लोकतान्त्रिक गणतन्त्रलाई समग्र प्रणाली र राष्ट्रको जीवनका रूपमा स्थापित गर्न हामीले तदनुरूप सचेतना र संयमका साथ काम गर्दै जानुपर्छ । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक, पालनकर्ता र नेपाली सेनाको परमाधिपतिजस्ता गुरुत्तर दायित्व सुम्पिएको छ । यो भूमिका आफैमा अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्वको छ । राष्ट्रपति संस्थाको यही गरिमामय ओहदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्य संस्थागत आबद्धताबाट पूर्ण रूपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रूपमा राष्ट्रपति
रहने मुलुकको प्रबन्धभन्दा भिन्न रहेको स्पष्ट छ ।

यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन् । भविष्यको
कुनै आश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सात दशकभन्दा बढी समय बलिदानी सङ्घर्षको अग्रमोर्चामा रहेको र नेपालको संविधान निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका खेलेको नेकपा (एमाले) यस प्रणालीलाई रक्षा, विकास र सुदृढ गर्न दृढ सङ्कल्पित छ । सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढङ्गले ती ओहदाहरूलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ । नेपालमा लैङ्गिक समानता र समावेशिताको ‘आइकन‘का रूपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गतः वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’का रूपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ । पार्टी नेताका रूपमा रहँदा होस् या मुलुकको राष्ट्राध्यक्ष रहँदा र त्यसबाट
अवकाश प्राप्त गर्दा, उहाँ हाम्रा निम्ति सधै सम्मानित रहँदै आउनुभएको छ ।
यिनै पृष्ठभूमि, सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर केन्द्रीय कमिटी संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक
मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयम्को सम्मानित व्यक्तित्वलाई विवादित बनाउने काम गर्नुहुँदैन भन्ने मान्यतामा उभिनुपर्ने हुन्छ ।

पार्टीको नवौ केन्द्रीय कमिटीको बैठकले उपरोक्त मान्यताका आधारमा सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सम्वन्धमा निम्नानुसारको निर्णय गरेको छः

“सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनु हुँदैन ।अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।“

भाद्र १० गतेसम्म विधान संशोधनबारे सुझाव पठाउन एमालेको निर्देशन

काठमाडौं – नेकपा एमालेले भाद्र १० गतेसम्मको समय तोक्दै केन्द्रीय कमिटीबाट प्रस्ताव गरिएको विधान संशोधनमाथि सुझाव पठाउन निर्देशन दिएको छ।

विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रुपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनु पर्नेछ र यसरी प्राप्त सुझावहरू उपर विधान महाधिवेशन पूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्क निर्णय लिइनेछ ।

पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन समेत दिएको छ ।

अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ,“सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय
राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।”

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।

राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेश राख्ने सुविधा दिन माग गर्दै निवेदन दिएका थिए, तर तीन वर्षभन्दा बढी कैद हुनसक्ने अभियोग लागेको भन्दै विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको हो । विशेष अदालतले गत महिना पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटीमा छुटे पनि उनी मुद्दाको तारेखका दिन विशेष अदालतमा उपस्थित भएर हाजिर हुनुपर्छ ।तर राजनीतिक गतिविधिका लागि देशका विभिन्न भागमा जानुपर्ने भन्दै नेपालले वारेश राख्ने सुविधा मागेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ८९ मा भएको व्यवस्था हेर्ने हो भने भ्रष्टाचार मुद्दा लागेका आरोपितलाई वारेस राख्ने सुविधा हुँदैन ।

तर त्यही ऐनको दफा ९५ मा ‘काबु बाहिरको परिस्थितिले तोकिएको तारिखमा उपस्थित हुन नसक्ने अवस्था सिर्जना भएमा’ वारेसको सुविधा माग्न सक्ने व्यवस्था छ ।

विशेष अदालतले आदेशमा भनेको छ,‘यी प्रतिवादी (माधवकुमार नेपाल)लाई तीन वर्षभन्दा बढी कैद सजाय हुनसक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन । कानुनबमोजिम गर्नू ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठ, २०८२ मा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलिको जग्गा सट्टापट्टाको अनुमतिसम्बन्धी निर्णय गर्दा भ्रष्टाचार गरेको आरोप लगाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

१८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबीसहित दायर मुद्दामा विशेष अदालतले उनीमाथि ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने कानुनी दफा प्रयोग गरेको थियो ।

आज नाग पञ्चमी

काठमाडौं — देशभरका नेपालीहरुले आज नागथान र नागहरूको पूजा गरेर नाग पञ्चमी मनाउँछन्।

श्रावण महिनाको शुक्ल पक्षको पाँचौं दिन मनाइने यो पर्व घर, मन्दिर र पवित्र पोखरीहरूमा सर्प देवताहरूको अनुष्ठान, भेटी र प्रतीकात्मक पूजाद्वारा चिन्हित गरिन्छ। आज मानिसहरूले पाटनमा नाग बहल र कीर्तिपुरमा नाग दह जस्ता नाग देवताहरूलाई समर्पित नाग पोखरीहरू र तीर्थस्थलहरूमा दूध, चामलको हलवा, दुबो घाँस र फूलहरू चढाएर पुजा गर्दछन।

आज गोबर र माटो प्रयोग गरेर आफ्नो घरको मूल ढोकामाथि नागहरूको चित्र टाँस्ने गरिन्छ। यसरि घरको मूल ढोकामा नागको तस्वीर राख्नाले सर्पले दुख नदिने र दुर्भागबाट बचाउँछ भन्ने विश्वास रहिआएको छ । चित्रहरूमा प्रायः अनन्त, वासुकी, तक्षक, कार्कोटक, पद्म, महापद्म, शंख र कुलिक सहित आठ प्रमुख सर्प देवताहरू चित्रण गरिएका हुन्छन्।

नाग पंचमी केवल धार्मिक अभ्यास मात्र नभएर प्रकृतिलाई सम्मान गर्ने र मानिस र अन्य प्राणीहरू बीचको सद्भाव र प्राकृतिक सन्तुलनको महत्त्वको रुपमा पनि रहिआएको छ।

धेरै समुदायहरूमा, विशेष गरी मधेस र पहाडी क्षेत्रहरूमा, इनार, नदी र ढुङ्गाको धाराहरूमा विशेष पूजा गरिन्छ, जहाँ सर्पहरू बस्ने विश्वास गरिन्छ।नाग पंचमीमा नाग्देवाताको पुजा गर्नाले र नागहरूलाई शान्त पार्नाले कालसर्प दोषलाई रोक्न सकिन्छ भन्ने विश्वास रहिआएको छ।

नाग पञ्चमी नेपालको आध्यात्मिकता, प्रकृति पूजा र लोक परम्पराको अद्वितीय मिश्रणको जीवन्त प्रमाण हो। आधुनिकीकरणको प्रभावको बावजुद, यो पर्वले राष्ट्रको सांस्कृतिक चेतनामा विशेष स्थान राख्दै आएको छ ।

१० औं राष्ट्रिय खेलकुदको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्नेगरी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाइ निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा, परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा जोड दिंदै प्रतियोगिताको मिति र स्थानबारे राम्रोसंग अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि निर्देशन दिएका छन्।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङलगायत सहभागी थिए।

सर्पदंश र रेबिज विरुद्धको खोप आपूर्ति

काठमाडौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको जानकारी दिए ।

विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० डोज खोप प्रदेशमा पठाइएको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार खोप आपूर्ति भएको छ ।

यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम खोप सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।

मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।

इजरायलसँग सहकार्य गर्ने कुनै पनि जहाजमा आक्रमण गर्ने हुथी विद्रोही समुहको चेतावनी

यमनको अन्सार अल्लाह आन्दोलनका हुथी विद्रोहीहरूले इजरायली बन्दरगाहहरूसँग काम गर्ने सबै कम्पनीहरूसँग सम्बन्धित जहाजहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।

हुथी विद्रोही समुहका प्रवक्ता याह्या सारीले आफ्नो हतियारको पहुँचमा आउने त्यस्ता सम्पूर्ण जहाजहरुमा आक्रमण गर्ने चेतावनी दिएको हो।

“यमनको सशस्त्र सेनाले प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो सैन्य अपरेशन सक्रिय गर्ने र शत्रुको जहाज नाकाबन्दीको चौथो चरण लागू गर्न सुरु गर्ने निर्णय गरेको छ।

अमेरिका आयात हुने सबै युरोपेली सामानमा १५% कर सहितको व्यापार सम्झौता

संयुक्त राज्य अमेरिका र युरोपेली संघ एक व्यापार सम्झौतामा पुगेका छन् जसमा अमेरिकामा आयात हुने सबै युरोपेली सामानहरूमा १५% को पूर्ण कर लाग्नेछ। ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनबीच स्कटल्याण्डमा भएको उक्त सम्झौतालाई लेयनले “विशाल सम्झौता” भनेकी छिन्।यदि १५% करको उक्त सम्झौता नभएको अगस्टको पहिलो दिन युरोपेली मुलुकले निर्यातमा ३०% करको मार बेहोर्नुपर्ने पनि उनले बताइन।

यसैबीच, राष्ट्रपति ट्रम्प भन्छन् कि युरोपेली संघले सयौं अर्ब डलरको लगानी र ऊर्जा खरिदको वाचा गरेको समेत बताएका छन्।

सोहि कुरामा सहमति जनाउदै, युरोपेली संघले अमेरिकी ऊर्जा उत्पादनहरू खरिद गरेर संयुक्त राज्य अमेरिकासँग सहयोग बढाउने लेयनले बताएकी छन्।

“हामी रूसी ग्यास र तेललाई अमेरिकी उर्जा , तेल र आणविक इन्धनको महत्त्वपूर्ण खरिदले प्रतिस्थापन गर्नेछौं,” उनले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ “आजको सम्झौताले अनिश्चित समयमा निश्चितता सिर्जना गर्दछ। यसले एट्लान्टिकका दुवै छेउका नागरिकहरू र व्यवसायहरूका लागि स्थिरता प्रदान गर्दछ।” यो विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको सम्झौता हो।”

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं – तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै सिन्धुली कमलामाईका युवराज पौडेलले अख्तियारमै उजुरी दर्ता गराएका छन् ।

पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् ।

गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित कामकारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनी न्यायिक टिप्पणी गरेको थियो ।

उनले नेपाल आयल निगमको जग्गा खरिदको निर्णय गर्दा पनि आपूर्ति मन्त्रालयको सचिवको रुपमा राई नै नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष भएको र जग्गा खरिद प्रकरणमा आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको भन्दै तामेलीमा राखिएको फाइलमाथि फेरि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका केही आरोपितहरुले आफूहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा नगद राखिदिएको भनी बयान दिएको तर प्रहरीले अख्तियार प्रमुख राईमाथि कुनै अनुसन्धान नगरेको भन्दै अख्तियार प्रमुख राईमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक

काठमाडौँ — सरकारले मिडिया काउन्सिललाई आफ्नो नियन्त्रणमा राख्ने गरी ल्याएको विधेयकले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारलाई संकुचित बनाउने देखिएको छ । काउन्सिलका अध्यक्षसहितका पदाधिकारीको नियुक्ति र बर्खास्तगीमा सरकार हाबी रहने गरी विधेयक बनाइएको छ ।

उक्त प्रावधानले काउन्सिलको स्वायत्तता कायम नरहने देखिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार हकको संरक्षण, संवर्द्धन र प्रवर्द्धनसहित पत्रकार आचारसंहिता जारी गरी त्यसको कार्यान्वयन गर्ने मुख्य भूमिका काउन्सिलको हो । तर काउन्सिलका पदाधिकारी आफूलाई नियुक्ति गर्ने सरकारप्रति जवाफदेही हुने भएकाले सरकारको चाहनाभन्दा फरक तथा स्वतन्त्र ढंगले काम गर्न सक्ने स्थिति नरहने देखिएको छ ।

सञ्चारमाध्यमको नियमन गर्ने स्वतन्त्र निकाय मिडिया काउन्सिल आफूमातहत रहने गरी सरकारले विधेयक अघि बढाएको छ । काउन्सिल अध्यक्षको नियुक्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको सिफारिसमा सरकारले गर्ने प्रावधान विधेयकमा समेटिएको छ । जबकि काउन्सिल अध्यक्षको योग्यता सर्वोच्च अदालतका न्यायाधीशसरहको हुने भनिएको छ । सञ्चार मन्त्रालयले राखेको सोही प्रावधान राष्ट्रिय सभाबाट पारित भएको छ ।

विधेयक अहिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । समितिका सभापति अम्मरबहादुर थापाले काउन्सिल अध्यक्षको नियुक्ति मन्त्रालयका सचिवले गरेको सिफारिसका आधारमा हुने गरी राष्ट्रिय सभाबाट पास भएको विधेयक समितिमा आएको बताए । ‘काउन्सिलका अध्यक्षको नियुक्ति गर्न सञ्चार सचिवको संयोजकत्वमा सिफारिस समिति बन्ने, सोही समितिले गरेको सिफारिसका आधारमा सरकारले नियुक्त गर्ने खालको विधेयक राष्ट्रिय सभाबाट पास भएको रहेछ । विधेयक समितिमा आइपुगेको छ,’ उनले भने ।

सञ्चार मन्त्रालयले गत १२ वैशाखमा ‘मिडिया काउन्सिल विधेयक, ०८०’ राष्ट्रिय सभामा दर्ता गरेको थियो । विधेयकमा काउन्सिलको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने भनिएको छ । नियुक्ति हुनुअघि मन्त्रालयको सचिवको नेतृत्वमा सिफारिस समिति गठन हुने र सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने विधेयकको दफा ६ को उपदफा २ मा उल्लेख छ । ‘उपदफा (१) बमोजिम काउन्सिलको अध्यक्ष र खण्ड (घ) र (ङ) बमोजिमका सदस्य नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा नेपाल सरकारले तोकेको विज्ञ सदस्य एकजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहनेछ,’ दफामा भनिएको छ ।

अध्यक्षका लागि आवश्यक योग्यता भने सर्वोच्च अदालतको न्यायाधीश वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको व्यक्ति भनिएको छ । विधेयकको दफा ७ को घ मा भनिएको छ, ‘अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको वा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको र पत्रकारिताको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभवसहित सो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको हुनुपर्नेछ ।’

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा छलफलका लागि दर्ता भएको सोही विधेयक हो । समिति सभापति थापाले काउन्सिल अध्यक्ष प्रतिनिधिसभाका सभामुख वा लोकसेवा आयोगका प्रमुख आयुक्तको सिफारिसमा सरकारले नियुक्त गर्ने गरी सुझाव आएको बताए । ‘विधेयकमा दफाबार छलफल हुँदै छ । भोलि पनि यही विषयमा छलफल राखिएको छ । काउन्सिलको अध्यक्ष सभामुखको सिफारिसमा सरकारले नियुक्त गर्ने खालका सुझाव आएका छन्,’ उनले भने ।

मिडिया काउन्सिल विधेयक तयार गर्नुअघि मन्त्रालयले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिले काउन्सिल संसद्मातहत रहने सुझाव थिएको थियो । त्यसो हुँदा काउन्सिल अध्यक्षको नियुक्ति राष्ट्रिय सभाका अध्यक्षले गर्ने मस्यौदामा प्रस्ताव गरिएको थियो । तर, सञ्चार मन्त्रालयले त्यसलाई हटाएर मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले काउन्सिल अध्यक्ष नियुक्त गर्ने प्रावधानमा विधेयकमा राखेको थियो ।

‘मिडिया काउन्सिल मुलुकभरका सबै सञ्चारमाध्यमलाई नियमन गर्ने निकाय हो । यो स्वतन्त्र रहनुपर्छ । सोही सिद्धान्तमा टेकेर हामीले काउन्सिल संसद्मातहत रहनुपर्ने सुझाव दिएका थियौँ । र, काउन्सिल अध्यक्षको नियुक्ति राष्ट्रिय सभाका अध्यक्षले गर्ने भनिएको थियो । तर, त्यो प्रावधान मन्त्रालयले हटायो । अहिले मन्त्रालयका सचिवको सिफारिसमा सरकारले काउन्सिल अध्यक्ष नियुक्त गर्ने प्रावधान राखिएको छ । यो बिल्कुल गलत छ,’ सूचना आयोगका प्रमुख आयुक्त आचार्यले भने । उनले काउन्सिल अध्यक्षको योग्यता सर्वोच्चको न्यायाधीशसरहको हुने भएकाले उसको नियुक्ति मन्त्रालयका सचिवको सिफारिसमा हुने प्रावधान युक्तिसंगत नहुने बताए ।

नेपाल पत्रकार महासंघले पनि काउन्सिल संसद्मातहत नै रहनुपर्ने सुझाव दिएको थियो । तर, मन्त्रालयले काउन्सिललाई सरकारको सचिवमातहत राख्ने गरी विधेयक अघि बढाएपछि महासंघले पटक–पटक ध्यानाकर्षण गराएको थियो । ‘मिडिया काउन्सिल स्वतन्त्र रहनुपर्छ । त्यसो हुँदा यो सरकार नभई संसद्मातहत रहने गरी हामीले सुझाव दिएका थियौँ । तर, सरकारले त्यसलाई मानेन । हामीले आन्दोलन गर्‍यौँ । अहिले काउन्सिललाई सरकारकै मातहत राख्ने राख्ने गरी विधेयक अघि बढेको छ । यसमा महासंघको आपत्ति छ,’ महासंघका महासचिव रामप्रसाद दाहालले भने ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुखले माइतीघरमा सुरु गरे सत्याग्रह

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सातबुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटक/पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेको भन्दै उनले सत्याग्रह सुरु गरेका हुन् । उनले माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन्। केश मुन्डन गरी सेतो वस्त्र धारण गरी उनी आजबाट सत्याग्रहमा बसेका छन् ।

उनले सत्याग्रह स्थलमा ‘आफ्नो होइन प्राणी जगतको चिन्ता गरौँ’, ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ’, ‘प्रकृतिको विनाश होइन संरक्षण गरौँ’ भन्ने प्लेकार्डको प्रदर्शन गरेका छन् । गुन्द्रीमाथि कम्मलमा बसेर उनले सत्याग्रह सुरु गरेका छन् । उनले आफ्नोनजिकै बाँस र बाँसबाट बनेका सामग्री पनि राखेका छन् ।

विद्या भण्डारीले पत्रकार सम्मेलनमा के-के भनिन् ?

काठमाडौँ- एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि र पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन नै आयोजना गरेर आफ्ना कुराहरु सार्वजनिक गरेकी छन्।

पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्न चाहेको विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।

भण्डारीले आफूले राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३४ वर्ष भइसकेको उल्लेख गर्दै अहिले ४५ वर्ष पुगेको र आफूलाई नेकपा (एमाले) को पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको भन्दै आफुले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेको समेत स्पष्ट पारेकी छन्। आफुले पार्टीको सदस्यता लिँदा मदनभण्डारी कोसी-सगरमाथा इन्चार्ज भएको कुरा स्मरण गर्दै पार्टीको सदस्यता लिएको ४५ वर्ष पुगिसकेको र आज आएर कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न नसक्ने र नमिल्ने उनले बताएकी छन।

“पार्टी हजारौँ सदस्यको रगत-पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन। जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,’ उनले भनिन्, ‘निर्धक्क ढुक्क भएर रहन आग्रह गर्छु । जननेता मदन भण्डारीले उठाएका कुरा र जबजले नै एमाले मुलुकको स्थायी शक्ति बन्न सक्छ।’

उनले पार्टीलाई थप सशक्त बनाउनु अबको दायित्व भएको पनि बताइन्।

bidhya bhandari 1
bidhya bhandari 2

बागमतीका मुख्यमन्त्री लामामाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै

हेटौडा – बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामामाथि अविश्वाशाको प्रस्ताव दर्ता गर्ने तयारि हुँदैछ।

९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ लिंदा काँग्रेसकै अर्का नेता इन्द्रबहादुर बानियाँलाई वर्ष दिनपछि पद छोड्नुपर्ने गरि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा लिखित सहमति भएको र हाल वर्ष दिन पुगेपछि सहमतिअनुसार मुख्यमन्त्री लामाले राजीनामा नदिएपछि सांसदहरू र मन्त्री आफैँले दबाब दिनुपरेको काँग्रेस निकट श्रोतले बताएको छ ।

लामालाई दवाब दिनकै लागि बागमती प्रदेशका चार मन्त्रीहरुले राजिनामा समेत दिएका छन्। राजिनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर समेत बुझाएका छन्।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

हेटौंडा – बागमती प्रदेशका ४ जना मन्त्रीहरुले एकैसाथ राजीनामा दिएका छन्।

राजीनामा दिनेहरुमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

बागमती प्रदेशमामा नेपाली कांग्रेसको संसदीय दलको नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्रीले एकैसाथ राजीनामा दिएको बुझिएको छ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।

इजरायलले प्यालेस्टिनी राज्य निर्माण गर्न दिने छैन -इजरायली रक्षामन्त्री

इजरायलले प्यालेस्टिनी राज्यलाई आफ्नो सुरक्षाको लागि खतराको रूपमा हेर्छ र प्यालेस्टिनी राज्य सिर्जना हुन दिने छैन, इजरायली रक्षामन्त्री इजरायल काट्जले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइनको सार्वभौमिकतालाई मान्यता दिने निर्णयमा टिप्पणी गर्दै भने।

“हामी हाम्रो सुरक्षालाई हानि पुर्‍याउने, हाम्रो अस्तित्व र जोखिममा पार्ने र इजरायलको भूमिमा हाम्रो ऐतिहासिक अधिकारको उल्लङ्घन गर्ने प्यालेस्टिनी अस्तित्वको सिर्जना गर्न दिने छैनौं। यो गम्भीर खतरालाई रोक्न हामी सबै एकजुट छौं,” उनले X सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति म्याक्रोनको प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयको कडा निन्दा गर्दै यसलाई “आतंकलाई पुरस्कृत गर्ने कदम” र “अर्को इरानी प्रतिनिधि सिर्जना गर्ने जोखिम” भएको बताए।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले जुलाई २४ मा संयुक्त राष्ट्र संघको महासभाको सेप्टेम्बर सत्रमा प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने बताएका थिए। उनको विचारमा, “आजको सबैभन्दा महत्त्वपूर्ण कुरा गाजामा युद्ध अन्त्य गर्नु र नागरिकहरूलाई राहत प्रदान गर्नु हो।” फ्रान्सेली नेताले “प्यालेस्टिनी आन्दोलन हमासको निशस्त्रीकरण सुनिश्चित गर्ने, साथै गाजाको सुरक्षा र पुनर्स्थापना सुनिश्चित गर्ने” आवश्यकतालाई जोड दिए।

मध्य पूर्वमा बढ्दो तनावको बीचमा आयरल्याण्ड, स्पेन र नर्वेले २०२४ मा प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेका थिए । सोभियत संघ, जसको रूस कानुनी उत्तराधिकारी हो, ले १९८८ मा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको थियो ।

फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ – म्याक्रोन

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले घोषणा गरेका छन् कि उनको देशले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिनेछ जुन उनले यस क्षेत्रमा “न्यायपूर्ण र दिगो शान्तिको लागि ऐतिहासिक प्रतिबद्धता” भनेका छन्।

बिहीबार X मा लेख्दै उनले भने , “सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा यस सम्बन्धमा औपचारिक घोषणा गर्नेछु ।आजको तत्काल आवश्यकता गाजामा युद्ध अन्त्य गर्नु र नागरिक जनसंख्यालाई उद्धार गर्नु हो,” ।

विश्वभरका धेरैजसो देशहरूले प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिए पनि, संयुक्त राज्य अमेरिका र यसका धेरै नजिकका सहयोगीहरूले त्यसो गरेका छैनन् । राष्ट्रपति म्याक्रोनको निर्णयसँगै, फ्रान्स G7 मा पहिलो प्रमुख देश हुनेछ जसले आधिकारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछन्।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ मा सुरु भएको द्वन्द्वमा ५९,००० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

११३ अर्ब रुपैयाँ ऋण लिने तयारीमा सरकार

काठमाडौं – सरकारले चालू आर्थिक वर्ष ८१/८२ को पहिलो त्रैमासिकको आन्तरिक ऋण योजनाको एक भागको रूपमा अक्टोबरको मध्यसम्ममा ११३ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय द्वारा जारी तालिका अनुसार, सरकारले तीन देखि एघार वर्षसम्म परिपक्व हुने गरी १० अर्ब रुपैयाँ बराबरको कुल ११ विकास ऋणपत्र जारी गर्नेछ। यसका साथै, पाँच वर्षको परिपक्वता अवधि भएका नागरिक बचतपत्रहरू मार्फत २.५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रहरू मार्फत ५० करोड रुपैयाँ उठाउने योजना छ।

घट्दो राजस्व र बढ्दो आवर्ती खर्चका कारण बढ्दो वित्तीय दबाबको बीचमा ऋण उठाउने सरकारको योजना आएको हो। दोस्रो त्रैमासिकमा (अक्टोबरको मध्यदेखि जनवरीको मध्यसम्म), सरकारले थप ८५ अर्ब रुपैयाँ आन्तरिक रूपमा ऋण लिने लक्ष्य राखेको छ – विकास ऋणपत्रहरू मार्फत ६० अर्ब रुपैयाँ र ट्रेजरी बिलहरू मार्फत २५ अर्ब रुपैयाँ। योजनामा २८ दिनदेखि एक वर्षसम्मको परिपक्वता भएका ५ अर्ब रुपैयाँ बराबरका पाँचवटा ट्रेजरी बिलहरू र तीनदेखि दश वर्षमा परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरका छवटा विकास बन्डहरू जारी गर्ने योजना समावेश छ।

जनवरीको मध्यदेखि २०२६ अप्रिलको मध्यसम्म सरकारले १०९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यसमा विकास बन्डहरू मार्फत ५६ अर्ब रुपैयाँ, ट्रेजरी बिलहरू मार्फत ५० अर्ब रुपैयाँ, नागरिक बचत बन्डहरू मार्फत २.५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचत बन्डहरू मार्फत ५० करोड रुपैयाँ समावेश छन्। आर्थिक वर्षको अन्तिम त्रैमासिकको लागि सरकारले थप ५५ अर्ब रुपैयाँ ऋण लिने योजना बनाएको छ।

आर्थिक वर्ष २०२५/२६ को लागि १.९६४ ट्रिलियन रुपैयाँको कुल खर्चमध्ये सरकारले १.३१५ ट्रिलियन रुपैयाँ राजस्व सङ्कलन मार्फत वित्तपोषण गर्ने योजना बनाएको छ। बाँकी रकम ३६२ अर्ब रुपैयाँ आन्तरिक ऋण, २३३ अर्ब रुपैयाँ विदेशी ऋण र ५३ अर्ब रुपैयाँ विदेशी अनुदान मार्फत पूरा गरिनेछ। सरकारले सार्वजनिक ऋणको ब्याज भुक्तानी र साँवा चुक्ताका लागि ३७५.२४ अर्ब रुपैयाँ छुट्याएको छ।

आर्थिक वर्ष २०२४/२५ को अन्त्यसम्ममा नेपालको कुल सार्वजनिक ऋण २.६६ ट्रिलियन रुपैयाँ पुगेको थियो, जुन केवल एक वर्षमा २३१ अर्ब रुपैयाँले बढेको छ। आवर्ती खर्च धान्न सीमित क्षमताका साथ, सरकारले विकास र सञ्चालन आवश्यकताहरूको लागि स्वदेशी र विदेशी ऋणमा बढ्दो रूपमा निर्भर रहेको छ।

थाई-कम्बोडियाली सीमा झडपमा पन्ध्र जनाको मृत्यु र दर्जनौं घाइते

कम्बोडियासँगको सीमामा भएको सशस्त्र झडपमा थाईल्याण्डमा एक सैनिक सहित कम्तिमा १५ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एजेन्सीका अनुसार, सुरिन प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने सिसाकेट प्रान्तमा एक सैनिक सहित नौ जनाको मृत्यु भएको छ। उबोन रत्चाथानी प्रान्तमा पनि एक जना नागरिकको मृत्यु भएको खबर छ।

कम्बोडियाको ओड्डार मिन्चे प्रान्तको विवादित सीमा क्षेत्र नजिकै जुलाई २४ को बिहान झडप भएको थियो।

गाजामा भोकमरीको संकट गहिरिँदै

इजरायली आक्रमणले गिजोलेको गाजा पट्टीमा भोकमरीको लहर चलिरहेको संयुक्त राष्ट्र संघिय स्वास्थ्य अधिकारीहरूले बताएका छन्। भोकमरीको लहरसँगै थप १० जना प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायलले युद्ध सुरु गरेदेखि भोकमरीले मृत्यु हुनेको संख्या १११ पुगेको छ, जसमध्ये धेरैजसो हालैका हप्ताहरूमा भएका छन्।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणमा कम्तिमा १३४ जना प्यालेस्टिनीहरू मारिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा यस वर्ष अहिलेसम्म भोकमारीबाट मृत्यु हुनेहरूमा पाँच वर्ष मुनिका २१ बालबालिका रहेको बताएको छ।

मर्सी कोर्प्स, नर्वेजियन शरणार्थी परिषद् र शरणार्थी इन्टरनेशनल लगायत १११ संस्थाहरूले एक विज्ञप्तिमा भनेका छन् कि गाजा बाहिर सिमानामा टनका- टन खाना र सफा पानी छन् तर ति सबैको आपूर्ति अवरुद्ध हुँदा “सामूहिक भोकमरी” फैलिरहेको छ। सहायता गर्न पुगेका समूहहरूलाई इजरायली सेनाले सहायता वितरणमा रोक लगाएको छ।

संयुक्त राष्ट्र संघ र गाजामा खाना पुर्‍याउन खोजिरहेका सहायता समूहहरूका अनुसार सहायता वितरण केन्द्रहरु नजिकै इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई गोली हानी मारेको छ।

युद्दको सुरुवातदेखि हालसम्म इजरायली आक्रमणमा परि साठी हजार भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने, दश लाख भन्दा बढीले आफ्नो घरबार छाडेर भागेका छन्।

रुस-युक्रेन शान्ति वार्ताको तेस्रो चरण सम्पन्न

इस्तानबुलमा रुस-युक्रेन शान्ति वार्ताको तेस्रो चरण समाप्त भएको छ।

यस वर्षको सुरुमा इस्तानबुलमा भएका दुई चरणका प्रत्यक्ष वार्ताहरू पछि भएको तेस्रो चरणको वार्ता मुख्यतया विभिन्न मानवीय मुद्दाहरूमा केन्द्रित रहे , जसमा मारिएका सैनिकहरूको पार्थिव शरीरको आदानप्रदान र कैदीहरूको आदानप्रदान समावेश रहेको छ। दुवै पक्षले शान्ति सम्झौताको आफ्नो दृष्टिकोणलाई रूपरेखा दिने मस्यौदा ज्ञापनपत्रहरू पनि आदानप्रदान गरेका छन्।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गरे , जसले युक्रेनसँग अघिल्लो वार्ताको नेतृत्व गरेका थिए। किभले पनि पहिले जस्तै टोली खटाएको थियो , जसको नेतृत्व अहिलेका पूर्व रक्षामन्त्री रुस्तेम उमरोभले गरे , जसलाई गत हप्ता ठूलो सरकारी फेरबदलको क्रममा देशको सुरक्षा परिषद्को प्रमुख नियुक्त गरिएको थियो।

नयाँ चरणको वार्ता “मुख्यतया दोस्रो चरणको समयमा आदानप्रदान गरिएका ती मस्यौदा ज्ञापनपत्रहरूसँग सम्बन्धित मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको भएपनि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्यौदा प्रस्तावहरू पूर्ण रूपमा विरोधाभासपूर्ण रहेकोले यसबारे कुनै पनि भविष्यवाणी गर्न नसक्ने बताएका छन्।

भण्डारीको राजनीतिक पुनरागमनको तयारी र एमालेभित्रको उथलपुथल

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको तयारीले एमालेभित्र तीव्र राजनीतिक तरंग पैदा गरेको छ। पार्टीको केन्द्रीय समितिले हालै गरेको निर्णयअनुसार भण्डारीलाई पुनः दलमा सक्रिय हुन रोक लगाइएको छ। पार्टी नेतृत्वको तर्क छ, राष्ट्रपतिको पद धारण गरिसकेकी व्यक्ति पुनः दलको सक्रिय राजनीतिमा फर्किनु संविधानको भावना र पदको मर्यादासँग मेल खान्न। यो निर्णयमा अध्यक्ष केपी शर्मा ओलीको बलियो भूमिका रहेको बताइन्छ।

तर एमालेभित्र यस निर्णयले गम्भीर विवाद निम्त्याएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य युवराज ज्ञवाली र कर्ण थापा जस्ता नेताहरूले यो निर्णयलाई असंवैधानिक र व्यक्तिगत अधिकारमाथिको हस्तक्षेप भनेका छन्। उनीहरूको भनाइमा, संविधानले कुनै पनि नागरिकलाई राजनीतिक अधिकारबाट वञ्चित गर्ने छुट दिँदैन र राष्ट्रपतिबाट अवकाश लिएपछि सक्रिय राजनीतिमा फर्कन नपाउने प्रावधान संविधानमा छैन।

भण्डारी स्वयंले पनि यो निर्णयलाई सहज रूपमा स्वीकार नगर्ने संकेत दिएकी छन्। उनका निकट नेताहरूले यसलाई राजनीतिक मात्र नभई कानुनी रूपमा पनि चुनौती दिने तयारी भइरहेको बताएका छन्। उनीहरूले अदालतमा र संसदमा यो विषय उठाइने र पार्टीले लिएको निर्णय लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारको उल्लङ्घन भएको प्रमाणित गरिने दाबी गरेका छन्।

भण्डारीको पुनरागमनको चर्चा सुरु भएसँगै पार्टीभित्र स्पष्ट ध्रुवीकरण देखा परेको छ। केही नेताहरू भण्डारीलाई आगामी महाधिवेशनमा नेतृत्वको वैकल्पिक केन्द्रको रूपमा हेर्छन् भने अध्यक्ष ओली निकट समूह यसलाई आफ्नो नेतृत्वको चुनौतीका रूपमा लिएको छ। यसबीच भण्डारीले हालैको केही राजनीतिक भेटघाट र अन्तर्राष्ट्रिय गतिविधिहरूले पनि आफूलाई प्रभावशाली रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छन्।

राजनीतिक विश्लेषकहरूको भनाइमा, यो विवादले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनलाई प्रभावित पार्दैछ। भण्डारीले कानुनी लडाइँ जिते वा पार्टीभित्र सहमति कायम गरिन् भने उनको राजनीतिक पुनरागमन सहज हुनेछ। तर एमाले नेतृत्वले आफ्नो निर्णयमा अडान जारी राखेमा यो विवाद अझ चर्किने र आगामी महाधिवेशनसम्म पुग्दा पार्टीभित्र ठूलो विभाजन निम्त्याउने अनुमान गरिएको छ।

नेपालको राजनीतिक वृत्तमा अहिले भण्डारीको राजनीतिक भविष्य र एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन मुख्य बहसको विषय बनेको छ। यो बहसको निष्कर्षले एमाले मात्र होइन, देशको समग्र राजनीतिक दिशा र नेतृत्व संरचनामा समेत गहिरो प्रभाव पार्ने निश्चित छ।

प्रतिनिधि सभा र संसदीय समितिहरूको बैठक : महत्वपूर्ण विधेयक र एजेन्डामा छलफल

काठमाडौँ- आज प्रतिनिधि सभा र तीन संसदीय समितिहरूको बैठक बस्दैछ , जहाँ महत्वपूर्ण विधेयक र राष्ट्रिय चासोका विषयमा छलफल हुनेछ ।

प्रतिनिधि सभाको चालु बैठकमा दुई महत्वपूर्ण विधेयक पेश गर्ने तयारी गरिएको छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यता, तीन संसदीय समितिहरूले पनि आ–आफ्ना एजेन्डामा बैठक बस्दैछन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ ।अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

विद्या भण्डारीको सदस्यता स्वत: निष्क्रिय भैसक्यो : शंखर पोख्रेल

काठमाडौं – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ ।

नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै , विधान अनुसार केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएका छन् ।

यधपी, यस अघि पार्टी केन्द्रिय कार्यालय च्यासलमा ओली र भण्डारीबीच भएको भेटघाट र छलफलपछि भने भण्डारीले पत्रकारहरुसंग कुरा गर्दै आफ्नो सदस्यता नवीकरण भैसकेको बताएकी थिइन्।

संसदमा रास्वपा र राप्रपाको अवरोध: दुवै पार्टीद्वारा संसद बहिष्कार

काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सांसदहरूले संसद अवरोध सुरु गरेका छन्।आफ्ना कुरा राखेर रास्वपा र राप्रपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसद विन्दवासिनी कंसाकारलाई बोल्न दिएको समयमा सांसद कंसाकारले स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको र उक्त विषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख गरिन्।

त्यसैगरी, राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले ठुला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। उनले कांग्रेस र एमाले दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताए।

सांसद लिङ्देनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको र भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने भन्दै जनीतिक तहमा नै छानबिन हुनुपर्ने माग गरेका छन ।

रास्वपा र राप्रपा सांसदहरूले सदन अवरोध गर्न थालेको ५८ दिन भयो ।

यस्ता छन् सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौँ- श्रावन ४ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त निर्णयहरू सार्वजनिक गरेको हो ।

mantri aprsihad nirnaya

अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।

परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

नर्सिङ, स्वास्थ्य सहायक (एचए), र फार्मेसी बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो । कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी सहभागी हुन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थालेको भन्दै नयाँ नीति अपनाइएको हो ।

परिषद्ले जीपीए प्रणालीलाई प्रयोगमा ल्याउँदै अब विद्यार्थीले जीपीएका आधारमा अनलाइन आवेदन दिई भर्ना प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाएको हो ।न्यूनतम जीपीए २.० वा पुरानो एसएलसी प्रणाली अनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

साथै, सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिने विशेष व्यवस्था मिलाइएको छ ।सरकारी विद्यालयमा पढेकाहरूको जीपीएमा १ अंक, निजी बोर्डिङ विद्यालयबाट आएका विद्यार्थीको जीपीएमा ०.८५ अंक मात्र थपिने व्यवस्था गरिएको छ । यसरी, सरकारी विद्यालयका विद्यार्थीलाई ०.१५ अंकको स्पष्ट अग्रता दिइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकबाट आठबुँदे प्रस्ताव पारित

काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेसनलगायत समसामयिक विषयमा आठबुँदे प्रस्ताव पारित गरको छ ।

केन्द्रीय कमिटीका सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधनसम्बन्धी प्रस्ताव पार्टीको प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने निर्णय भएको छ ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक कामका बारेमा जानकारी गराएका थिए ।

यसैगरी, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ । बैठकमा २६४ जना सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए।

काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति कोटाको पहिलो चरणमा ३ हजार ३६१ विद्यार्थी छनोट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत पहिलो चरणमा ३ हजार ३६१ विद्यार्थी छनोट भएका महानगरपालिकाले जनाएको छ।

छनोट भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने महानगरको शिक्षा विभागले जनाएको छ।

पहिलो चरणमा छनोट हुन नसकेका उत्तीर्ण विद्यार्थीलाई २०८२/०४/०९ पछि रिक्त सिटहरूमा योग्यताक्रमका आधारमा दोस्रो चरणको छनोटका लागि २०८२/०४/१० पश्चात् सूचना प्रकाशन गरिने शिक्षा विभागले जनाएकाे छ।

शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०% (४० अङ्क) प्राप्त गरी उत्तीर्ण भएका थिए।

देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए।

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग

काठमाडौँ — एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेकी छन्।

ओली कमरेडले दुई कार्यकाल अध्यक्ष चलाइसक्नु भयो, अब निसर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको समय हो भन्दै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाउनुपर्ने समेत तिम्सेनाले बताएकी छन्।

‘सधैँ पार्टी घेराबन्दीमा पर्‍यो-पर्‍यो भनिन्छ, पार्टी सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी कसरी हुन्छ ? यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको हो ?,’ उनको प्रश्न थियो,

‘हामी मिसन ८४ भनिरहेका छौँ, यो हलमा भएका कम्तीमा एक तिहाइले राज्यसत्ताको अभ्यास गरिरहेका छौँ अनि जनतालाई ८४ देखाएर हुन्छ ? आज हामी के गर्दैछौँ ? भन्ने कुरा मुख्य होइन र ?’

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री: बिपी कोइरालाको जीवनयात्रा

नेपाली राजनीति, साहित्य र समाज सुधारका लागि अविस्मरणीय योगदान दिएका विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको नाम नेपालको इतिहासमा उच्च स्थानमा रहेको छ। बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भारतको बनारसमा भएको थियो। उनका पिता कृष्णप्रसाद कोइराला नेपाली राजनीतिक आन्दोलनका एक महत्त्वपूर्ण व्यक्तित्व थिए।

बिपी कोइरालाले प्रारम्भिक शिक्षा भारतमै प्राप्त गरे। उनले विज्ञान विषय अध्ययन गरे पनि पछि कानुनको अध्ययन पूरा गरी वकालत गर्न थाले। तर, नेपालमा लोकतान्त्रिक आन्दोलन उत्कर्षमा पुगेपछि उनी राजनीतिक यात्रामा सक्रिय बने।

राणा शासनविरुद्ध संघर्षरत रहँदा बिपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि नेपाली कांग्रेसका रूपमा स्थापित भयो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे। राजा त्रिभुवनको नेतृत्वमा राणा शासन अन्त्य भएपछि बिपी कोइराला नेपाल सरकारका गृहमन्त्री बने। २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा ठूलो जीत हात पार्दै उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने।

प्रधानमन्त्रीको रूपमा रहँदा बिपी कोइरालाले कृषि सुधार, शिक्षा सुधार, औद्योगिक विकास र सामाजिक न्याय प्रवर्द्धन गर्ने महत्त्वपूर्ण नीति अघि सारे। उनले नेपाली जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ औद्योगीकरण र कृषिमा आधुनिकीकरणलाई विशेष प्राथमिकता दिए। तर, २०१७ सालमा राजा महेन्द्रले सैनिक कू गर्दै उनलाई सत्ताच्युत गरे। त्यसपछि उनले लामो समय जेल जीवन बिताए र पछि निर्वासनमा बस्न बाध्य भए।

भारत निर्वासनका क्रममा उनले नेपाली जनताबीच मेलमिलापको नीति अघि सारे। २०२८ सालमा उनी पक्राउ परेर भारतको जेलमा परे। तर, अन्तर्राष्ट्रिय दबाबका कारण उनलाई रिहा गरिएको थियो।

नेपाल फर्किएपछि उनले २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति अघि सारे। नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको लागि उनले निरन्तर संघर्ष गरे। २०३४ सालमा उनलाई फेरि गिरफ्तार गरिएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि भारत लगियो। त्यहाँबाट उनलाई अमेरिकाको मेसाचुसेट्स जनरल हस्पिटलमा लगियो, जहाँ उनले क्यान्सरको उपचार गराए।

उनको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उनी नेपाल फर्किए। २०३९ सालमा क्यान्सर रोगका कारण उनको निधन भयो।

बिपी कोइराला बहुआयामी व्यक्तित्वका धनी थिए। राजनीतिज्ञ मात्र नभएर उनी साहित्यकार पनि थिए। उनका सुप्रसिद्ध कृतिहरूमा ‘सुम्निमा’, ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’ लगायतका रचनाहरू पर्दछन्। उनको साहित्यिक कृतिहरूले नेपाली समाजलाई नयाँ दृष्टिकोण दिएका छन्।

बिपी कोइरालाको वैवाहिक जीवन पनि विशेष रूपमा उल्लेखनीय छ। उनले सुशीला कोइरालासँग विवाह गरेका थिए। सुशीलाले बिपी कोइरालाको राजनीतिक यात्रामा निरन्तर साथ दिएकी थिइन्। जेल जीवनदेखि निर्वासनसम्म उनले बिपी कोइरालाको हौसला बढाइन्। उनी परिवारिक रूपमा पनि जिम्मेवार व्यक्ति थिए। राजनीतिक संघर्षका बाबजुद उनले आफ्नो परिवारलाई सधैं माया र सम्मान प्रदान गरे।

बीपी कोइरालाको जीवनका केही रोचक घटनाहरू:

१. कारागारको अध्ययन
बीपी कोइरालाले आफ्नो जीवनको लामो समय जेलमा बिताए। उनले जेलमै बसेर अध्ययन गरे र विभिन्न साहित्यिक कृतिहरू लेखे । भारतको हजारीबाग जेलमा रहँदा उहाँले “जेल जर्नल” लेख्नुभयो, जसमा उहाँको राजनीतिक विचार, सपना र संघर्षको वर्णन छ। जेलमै रहँदा उहाँले रुसी साहित्य र समाजवादी सिद्धान्तको अध्ययन पनि गर्नुभएको थियो।

२. राजासँगको ऐतिहासिक भेटघाट
पञ्चायती शासनकालमा राजासँग वार्ता गर्न बीपी कोइराला स्वदेश फर्कनुभयो। उहाँले राजा वीरेन्द्रसँग भेटेर प्रजातन्त्र पुनःस्थापनाको माग गर्नुभयो। धेरैले उहाँलाई राजासँग सम्झौता गर्न गएकाे आरोप लगाए तर उहाँले स्पष्ट भन्नुभयो, “म प्रजातन्त्रको सौदाबाजी गर्न आएको होइन, जनताको अधिकारको वकालत गर्न आएको हुँ।”

३. शिक्षक बनेका बीपी
राजनीतिमा सक्रिय हुनुअघि बीपी कोइरालाले शिक्षकको रूपमा पनि काम गर्नुभएको थियो। भारतमा पढ्दादेखि नै उहाँले विद्यार्थीहरूलाई पढाउनुहुन्थ्यो। राजनीतिक सक्रियतासँगै साहित्य र शिक्षालाई पनि उत्तिकै महत्त्व दिने बीपी कोइराला आफ्नो भाषणहरूमा साहित्यिक सन्दर्भहरू जोड्न खुबै मन पराउनुहुन्थ्यो।

४. भारतबाट गुप्त रूपमा नेपाल प्रवेश
राणा शासनको विरोध गर्दै भारतमा निर्वासनको जीवन बिताइरहेका बीपी कोइराला नेपाल प्रवेश गर्न चाहन्थे। सन् १९५० मा उहाँ भारतीय नेता र नेपालका क्रान्तिकारीहरूसँग मिलेर योजनाबद्ध रूपमा गुप्त रूपमा नेपाल भित्रिनुभयो। उहाँकै नेतृत्वमा राणा शासनविरुद्धको क्रान्ति सफल भयो र नेपालमा प्रजातन्त्रको स्थापना भयो।

५. नाटकीय बचाउ र जेल यात्रा
सन् १९६० मा राजा महेन्द्रले बीपी कोइरालालाई गिरप्तार गरी सुन्दरीजल जेलमा राखे। जेलमा रहँदा उहाँलाई मानसिक र शारीरिक यातना दिइयो, तर उहाँ दृढ रहनुभयो। जेल जीवनको समयमा उहाँलाई क्यान्सर भएको थाहा भयो। त्यसपछि सरकारले उहाँलाई उपचारका लागि भारत पठायो, जुन घटनालाई धेरैले राजनीतिक रूपमा हेरेका थिए।

बिपी कोइरालाको योगदान नेपाली राजनीतिमा मात्र सीमित छैन। उनले नेपालमा समाजवाद, प्रजातन्त्र र मानव अधिकारको जग बसाले। उनको योगदानको सम्मानस्वरूप आज पनि नेपालमा उनको नाम उच्च सम्मानका साथ लिइन्छ। बीपी कोइरालाको जीवन संघर्ष, प्रेम, दर्शन र राजनीति सबैको अद्भुत मिश्रण थियो। उहाँले नेपाली राजनीतिमा मात्र नभई साहित्यमा पनि गहिरो प्रभाव छोड्नुभयो। नेपाली प्रजातान्त्रिक आन्दोलनका नायकका रूपमा उहाँको भूमिका कहिल्यै मेटिन सक्दैन।

मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता ल्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ गर्न लागेको हो ।

मुख्य सचिवको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । साथै सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरुलाई भनिएको छ ।

‘मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारी साधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने,’ सचिव बैठकको निर्णयमा भनिएको छ, ‘यदि कुनै पदाधिकारी/कर्मचारीहरूले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने ।’

मन्त्रालयमा रहेका सम्पूर्ण सवारी साधनको विवरण पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (पी.ए.एम.एस.) प्रणालीमा अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

आज बस्ने राष्ट्रिय सभा बैठकको कार्यसूची

काठमाडौं – राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे बस्दैछ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक पनि आजै बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ ।

महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । सो समितिमा लगातार यही विधेयकमाथि छलफल भइरहेको छ ।

आज ४३औं बीपी स्मृति दिवस

काठमाडौं – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरणमा आज ४३औं बीपी स्मृति दिवस मनाइँदैछ ।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएको थियो।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरू चीनले पुनर्निर्माण गरिदिने

काठमाडौं – रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरू चीनले पुनर्निर्माण गरिदिने भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ताका क्रममा चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन सियाओदोङले रसुवामा बाढीले पुर्‍याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने बताएका हुन्।

भेटवार्तामा अध्यक्ष सियाओदोङले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए।

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा पक्राउ

काठमाडौँ -मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा(अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका छन्। आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइएको छ।
अदालतले पाँच दिनमा थुनामा राख्न म्याद दिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले बताएका छन् ।

एक किशोरीलाई विभिन्न आश्वासनमा उनले यौन शोषण गरेको भन्दै चार महिनाअघि नै उजुरी परेको थियो। उजुरी परेपछि उनी फरार भएका थिए।

७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ: ओली

७० वर्षे उमेर हद मान्नुछ भने मानेर बिदा लिए हुन्छ

काठमाडौँ- नेकपा एमालेको दुई दिनको पोलिटब्युरो बैठकमा ३ वटा कुराहरु मुख्य चर्चाको विषयको रुपमा रहे।

पहिलो विषय थियो ७० वर्षे उमेर हद दोश्रो एउटै पदमा २ कार्यकाल रहने सक्ने व्यवस्था र तेश्रो पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय।

तेश्रो विषय, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय ओली र भण्डारीबीच भएको भेटवार्ता लगतै भण्डारीले मेरो सदस्यता नवीकरण भैसकेको छ भन्ने अभिव्यक्ति सञ्चार माध्यममा दिएसंगै त्यो विषय केहि मत्थर बनेको छ। यधपी आगामी विधान महाधिवेशनले त्यस विषयमा के कस्ता निर्णय गर्छ भन्ने कुरा भने अझै चासोको विषय बनेको छ।

दोश्रो एउटै पदमा २ कार्यकाल रहने व्यवस्थामा पनि सायद विधान महाधिवेशनले टुंगो लगाउने नै छ। यधपी के कसरि सो विषको टुङ्गो लाग्नेछ त्यो भने अझै तुरुन्तै निर्क्यौल गर्न सकिने अवस्था छैन। त्यसो त ओलीले एउटै पदमा २ कार्यकाल रहने व्यवस्थामा पनि आफ्नो अडान कायमै राखेका छन्।

त्यसैगरी, ७० वर्षे उमेर हदको विषयमा भने, अध्यक्ष ओलीले आफु कामको हिसाबले अझै ५० वर्ष जस्तो खटिरहेको छु भन्दै सो उमेर हद नमान्ने अडान लिएका छन्।

७० वर्षे उमेर हद मान्नु पर्छ भन्ने विषय बैठकमा चलिरहदा उनले, ” को-कसलाई ७० वर्षे उमेर हद मान्नुछ माने हुन्छ र विदा लिए हुन्छ,” भनेर जवाफ दिएका थिए ।

१४ वर्ष जेल बस्दा काम गर्न नपाएको भन्दै, ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । पार्टीमा अझै पनि आफ्नो भूमिका अपरिहार्य देखेकोले ७० वर्षे उमेर हद हटाउने प्रावधान आफैले अगाडी बढाएको समेत उनले बताएका थिए।

ओली र भण्डारीबीच भएको भेटवार्तामा के के भयो ?

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओली र पुर्व राष्ट्रपति बिध्या देवी भण्डारीबीच पार्टी कार्यालय च्यासलमा भएको करिब डेढ घण्टा लामो वान टु वान भेटवार्ता सकिएको छ।

भण्डारीले पछिल्लो समय राजनीतिमा देखाउनुभएको सक्रियता र उनको पार्टी सदस्यता नवीकरणको विषयमा बढ्दै गरेको विवादले पार्टीभित्रै सुरु भएको ध्रुवीकरणकाबीच यो भेटलाई निकै चासोका साथ् हेरिएको छ।

भण्डारी र ओलीबीच भएको भेटमा के–के विषयमा छलफल भए भन्ने विषयमा अन्य कुनै पनि कुराहरु सार्वजनिक नगरीए पनि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।साथै भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताएकी छन्।

ओलीले बालुवाटारमै भेट्न बोलाए पनि अन्तिम समयमा पार्टी कार्यालय च्यासलमै पार्टीका अन्य वरिष्ठ पदाधिकारीबीच भएको यो भेटघाट र छलफलले कस्तो परिणाम ल्याउला त्यो भने हेर्न बाँकी नै छ।

रुपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

आयोगको स्वीकृत कार्यक्रम अनुसार असोज २१ गते बिहान १० देखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने, सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने छ।

त्यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ३ देखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने र असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

आयोगका अनुसार असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने, सोही दिन दिउँसो १ देखि ५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

आयोगका अनुसार निर्वाचन कार्यक्रम कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको छ।

रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

महानगर शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४ हजार १ सय ७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

जसमध्ये १० हजार ८ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुन न्यूनतम ४० अंक आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए ।

परीक्षाको उत्तरपुस्तिका ‘अप्टिकल मार्क रिकग्निसन’ ९ओमएआर० प्रणाली मार्फत जाँच गरिएको महानगरले जनाएको छ ।

यो प्रणालीमा मेसिनले उत्तरपुस्तिका स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जनाए ।

नतिजा महानगरको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ । विद्यार्थीहरूले आफ्नो एसईईको सिम्बोल नम्बर, जन्म मिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।

काठमाडौं महानगर अन्तर्गतका १ सय ६० संस्थागत विद्यालयमा करिब ४ हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जाने तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भदौ ३१ (सेप्टेम्बर १६) गते प्रधानमन्त्री ओली नयाँ दिल्ली जान लागेका हुन्।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन्। यद्यपि मिति तलमाथि हुन सक्ने परराष्ट्र स्रोतको भनाई छ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेको जनाएको छ।

त्यस अगाडि सचिवस्तरीय बैठक पनि हुने बताइएको छ। झण्डै ९ वर्षपश्चात नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो। आगामी ६ र ७ साउन(जुलाई २२ र २३)मा भारतको राजधानी नयाँदिल्लीमा बैठक बस्न लागेको हो। गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छ।

कांग्रेस नेता डा.शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक

काठमाडौं – पूर्व राष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर भेटेका कांग्रेस नेता डा.शेखर कोइरालाले आफूनिकटका सांसदहरुलाई छलफलका लागि डाकेका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका र हाल छलफल जारी रहेको उनि नेकिटका एक नेताले बताएका छन्।

पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग छलफलको क्रम तीव्र पारेपछि काँग्रेस केन्द्रिय कमिटीमा यसलाई निकै गम्भीरताका साथ हेरिएको छ। मूल नेतृत्व र गठबन्धन सरकारसंगको असन्तुष्टिले गर्दा यति बेला काँग्रेस पार्टीभित्रै ध्रुवीकरण बढ्दै गएको देखिन्छ।

नेपालको विधुत उत्पादन क्षमता ३,८७८ मेगावाट

काठमाडौँ- नेपालको विधुत उत्पादन क्षमता ३,८७८ मेगावाट पुगेको छ, जुन देशको ऊर्जा क्षेत्रमा एक प्रमुख कोशेढुङ्गा हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हालै पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन्।

आफ्नो कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले गत वर्ष मात्र राष्ट्रिय ग्रिडमा ६३१ मेगावाट नयाँ विधुत उत्पादन थपिएको बताएका छन्।

मन्त्री खड्काले बढेको क्षमताले नेपाललाई अतिरिक्त विधुत निर्यात गर्न सक्षम बनाएकोमा जोड दिए, जसमध्ये दैनिक ८०० मेगावाटभन्दा बढीविधुत भारत र बंगलादेशलाई बिक्री भइरहेको छ। नेपालले द्विपक्षीय सम्झौता अन्तर्गत ९४१ मेगावाट भारतमा निर्यात गर्ने र १,००० मेगावाट आयात गर्ने स्वीकृति प्राप्त गरेको पनि उनले बताएका छन् । यसका साथै, बंगलादेशमा डलरमा आधारित बिजुली निर्यात सुरु गरिसकेको र जसमध्ये ४० मेगावाट पहिले नै आपूर्ति भइसकेको र पाँच महिना भित्र अनुमानित १.२५ अर्ब रुपैयाँ राजस्व उत्पन्न हुने उनले बताए।

ऊर्जा मन्त्रालयले ऊर्जा विकास रोडम्याप २०८१ प्रस्तुत गरेको थियो, जसले २०३५ सम्ममा २८,५०० मेगावाट बिजुली उत्पादनको महत्वाकांक्षी लक्ष्य राखेको छ, जसको लागि ४६.५ अर्ब डलरको वित्तीय योजना आवश्यक छ। यस रोडम्याप अन्तर्गत, नेपालले भारत र बंगलादेशमा १५,००० मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ भने १३,५०० मेगावाट घरेलु खपतको लागि राखेको छ।

मन्त्रीले ३९७ किलोवाट साना जलविद्युत परियोजनाहरू, ६०३ किलोवाट सौर्य ऊर्जा प्रणाली, ३,५८४ बायोग्यास प्लान्टहरू, र ४,१४२ घरेलु सौर्य प्रणालीहरूको स्थापना सहित नीति र पूर्वाधारमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

एमालेमा भण्डारीको सदस्यता विवाद ‘पेन्डिङ’: पोलिटब्युरोमा दुई ध्रुव स्पष्ट

काठमाण्डौ – नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे उत्पन्न विवादलाई ‘पेन्डिङ’मा राख्दै तत्काल कुनै निर्णय नगर्ने निर्णय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली निकट र भण्डारी पक्षधर नेताहरूबीच कडा बहस भएको थियो।ओली पक्षले भण्डारीको सदस्यता नवीकरण विधानविपरीत भएको दाबी गर्दै आएको छन् भने भण्डारी पक्षले विधानको व्याख्या गर्दै सदस्यता स्वतः नवीकरण हुने व्यवस्था रहेको तर्क गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिँदै सदस्यता विवाद पार्टी विधानको धारा ८ र ९ मा आधारित रहेकाले तत्कालीन रुपमा कुनै निष्कर्षमा पुग्न नसकिएको र यसलाई ‘पेन्डिङ’मा राखिएको बताए। उनका अनुसार विधानको धारा ८ (३) ले पार्टी सदस्यता त्यागेर संवैधानिक पद सम्हालेको व्यक्तिले नयाँ प्रक्रियाबाट मात्रै पुनः सदस्यता लिनुपर्ने प्रावधान गरेको छ, जसका आधारमा ओली पक्षले भण्डारीको सदस्यता नवीकरण विधान सम्मत नरहेको बताउंदै आएको छ। भण्डारीले राष्ट्रपति पद सम्हाल्नुअघि पार्टी सदस्यता त्याग गरेकी थिइन् र त्यसकारण नयाँ प्रक्रियाबाट मात्रै उनले पुनः सदस्यता लिन पाउने व्यवस्था रहेको छ। यसैकारण २०८१ वैशाखमा उनले गरेको नवीकरण प्रक्रियागत रूपमा अपूर्ण छ र त्यसैले विवादित बनेको दाबी उनीहरूको छ।

तर, भण्डारी पक्षले भने यसलाई पूर्णतः भिन्न कोणबाट प्रस्तुत गरेको छ। उनीहरूका अनुसार विधानको धारा ९ (३) ले कुनै सदस्यलाई पार्टीले विशेष जिम्मेवारी दिएको अवस्थामा—पार्टी समिति वा संगठनको कुनै निकायमा नरहेतापनि—सदस्यता स्वतः कायम रहने व्यवस्था गरेको छ। भण्डारी पक्षधर नेताहरूको भनाइमा, राष्ट्रपति हुँदा समेत भण्डारी पार्टीको विशेष जिम्मेवारीमा रहेकी थिइन् र त्यसैले उनको सदस्यता कायम रहन्छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीले २०८१ वैशाखमा निर्धारित शुल्क तिरेर सदस्यता नवीकरण गराएकी र यो अन्य सबै सदस्यसरह वैधानिक प्रक्रिया अनुसार भएको बताएका छन्। भण्डारी स्वयंले पनि आफ्नो सदस्यता नवीकरण भएको र सक्रिय राजनीतिमा फर्किन कुनै अवरोध नरहेको स्पष्ट पारेकी छिन्।

पोलिटब्युरो बैठकमा सदस्यता विवादमात्र होइन, विधान संशोधनसम्बन्धी महत्वपूर्ण निर्णय पनि भएका छन्। बैठकले ७० वर्षे उमेर सीमा हटाउने र एउटै पदमा एउटै व्यक्तिलाई दुई कार्यकालसम्म रहने व्यवस्था कायम राख्ने प्रस्ताव गरेको छ। यस निर्णयले अध्यक्ष ओलीलाई आगामी महाधिवेशनमा पुनः अध्यक्ष बन्ने बाटो खुलेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। ओलीको नेतृत्वमा विधान संशोधन गरिएको यो निर्णयलाई ओली पक्षले आफ्नो दीर्घकालीन नेतृत्व सुरक्षित गर्ने रणनीतिको रूपमा व्याख्या गरेको छ भने भण्डारी पक्षका नेताहरू यसलाई ओलीको सत्तामा एकछत्र वर्चस्व कायम गर्ने प्रयासको निरन्तरता मानिरहेका छन्।

भण्डारी पक्षधर नेताहरूले सदस्यता विवादलाई ओली पक्षको नियोजित चालका रूपमा चित्रित गर्दै यसलाई भण्डारीको सक्रिय राजनीतिक भूमिकामा अवरोध पुर्याउने उद्देश्यले उठाइएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, भण्डारी एमालेमा फर्किएपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिन सक्ने र ओलीको दीर्घकालीन नेतृत्वलाई चुनौती आउन सक्ने भएकाले यसरी विवाद उठाइएको हो। यस विषयमा भण्डारी पक्षका नेताहरूले ओली पक्षलाई भण्डारीलाई पाखा लगाउने योजनामा लागेको आरोप लगाएका छन्।

यसबीच, पार्टीभित्र गुटबन्दी खुलेरै देखिन थालेको छ। पोलिटब्युरो बैठकमा पनि दुबै पक्षका नेताहरूबीच आरोप–प्रत्यारोप चलेको र लामो समयसम्म बहस भएको स्रोतहरूले बताएका छन्। बैठकमा केही तटस्थ नेताहरूले विधानको प्रावधान स्पष्ट व्याख्या गरी विवाद समाधान गर्ने पक्षमा सुझाव दिएका थिए। तर दुबै गुटको कडा अडानका कारण तत्काल कुनै ठोस निष्कर्ष निकाल्न नसकिएको र त्यसैले सदस्यता विवादलाई ‘पेन्डिङ’मा राखिएको बुझिएको छ।

एमालेको यस विधान संशोधन र सदस्यता विवादले पार्टीको आगामी महाधिवेशनलाई अझ रोचक बनाएको छ। महाधिवेशनमा ओलीको नेतृत्व पुनः कायम हुने वा नयाँ शक्ति उदाउने भन्ने प्रश्नमा अहिले नै बहस सुरु भएको छ। भण्डारीको सक्रिय राजनीतिमा प्रवेशले पार्टीभित्रको गुटबन्दी थप तीव्र हुने र यसले एमालेको शक्ति सन्तुलनलाई नयाँ दिशामा लैजाने अनुमान गरिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, ओलीले विधान संशोधनमार्फत आफ्नो नेतृत्व सुरक्षित गरे पनि भण्डारीको सक्रियताले उनको वर्चस्वमा चुनौती आउने निश्चित छ। भण्डारी पूर्वराष्ट्रपति मात्र नभई पार्टीभित्र पुरानो र प्रभावशाली नेतृ भएकाले उनी फर्किएपछि एमालेको राजनीतिमा नयाँ समीकरण बन्न सक्ने सम्भावना बलियो देखिएको छ। यसैबीच, केही नेताहरूले ओली र भण्डारीबीचको द्वन्द्व दीर्घकालीन रूपमा पार्टीको एकता र भविष्यका लागि घातक हुने चेतावनी समेत दिएका छन्।
वर्तमान अवस्थामा एमालेभित्रको यो विवादले पार्टीभित्र ध्रुवीकरण बढाएको र नेतृत्व परिवर्तनको सम्भावनामा नयाँ तरंग ल्याएको प्रष्ट देखिन्छ।

बाढीको खतरा बढेपछि सतर्कताको अप्नाउन आग्रह :मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावाना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावाना देखिएको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ । त्यसैले सावधानी अपनाउन महाशाखाले अनुुरोध गरेको छ ।

कुनै स्थानमा अति भारी वर्षा भएको छ । वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टायता कास्कीको लुम्ले, धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार अनि इलामको माईपोखरीमा भारी वर्षा मापन भएको छ ।

वर्षाका कारण आज बिहान साढे ५ बजे इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

गत २४ घण्टामा इलामको माईपोखरी केन्द्रमा १८२.२ मिलिमिटर वर्षामापन भएको छ । इलामका इलाम चियाबगान, कन्याम चियाबगान, जितपुर, हिमाली गाउँमा पनि भारी वर्षा भएको छ ।

यसैगरी धनकुटाका त्रिवेणीमा १९५.६ र मझुवाघाटमा १७३ मिलिमिटर वर्षा भएको छ । धनकुटा बजार, पाख्रीबास, मुलघाट, सुनसरीको धरान बजार, तरहरामा पनि भारी वर्षा भएको छ ।

मधेश प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ । खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै एसएमएस पठाएको छ ।

लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि राम्रै खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।

यसैगरी तनहुँको भार्षे र रुकुमपूर्वको शेरागाउँमा पनि राम्रै खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजको संसदीय समिति बैठकको कार्यसूची

काठमाडौँ — आज सङ्घीय संसदको विभिन्न पाँच समितिको बैठक बस्दै छ ।

आज सङ्घीय संसदको निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन (आव २०८०/८१) माथि’ छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिमिा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची छ ।

एमालेसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। शुक्रबार एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता कार्यक्रममा बोल्दै उनले एमालेसँग एकताको कुनै सम्भावना नरहेको प्रष्ट पारेका हुन्।

अध्यक्ष नेपालले भने,‘त्यहाँभित्रको अवस्था हामीले देखेका छौँ। कसैको लसपस छ भने आसाअपेक्षा छ भने मेरो भन्नु केही छैन। तर यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नु हुन्छ भने उसका नेताको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ कि यो पार्टीलाई कसरी सिद्ध्याउने, यो पार्टीलाई कसरी समाप्त पार्ने। त्यसका लागि कुन–कुन तरिका अपनाउने, कहाँ प्रहार गर्ने यी सबै कुरा उनीहरूले भनिरहेको गरिरहेकोबाट हामीले बुझिसकेको छौँ।’

अध्यक्ष नेपालले कुनै पनि हिसाबले एमालेसँग पार्टी एकताको भ्रममा नपर्न आग्रह गरेका छन्। उनले एकता राष्ट्रिय अभियानसँगको एकताले पार्टीलाई बलियो बनाउन कसैले राेक्न नसक्ने बताए।

नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता अभियानका संयोजक वामदेव गौतमलगायत नेताहरूबिच भएको छलफलबाट पार्टी एकता गरिएको हो।

गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताका साथै वरिष्ठ नेताको पद पनि दिइने भएको छ । अब पार्टीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेताका रुपमा वामदेव गौतम हुनेछन् ।

पार्टी एकता कार्यक्रम राष्ट्रिय सभागृहमा भएको थियो । दुवै पक्षका नेताहरुले पार्टी एकतालाई वामपन्थी एकताका लागि महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीत र कार्यदिशामा एकरूपता रहेकाले नेपालको कम्युनिस्ट आन्दाेलनकाे एकता अपरिहार्य रहेको दुवै पार्टीको नेताहरुले बताएका छन्।

आलम विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर

काठमाडौँ — इँटा भट्टामा जिउँदै मान्छे जलाएको र बम विस्फोटको घटनालाई सामसुम पार्न खोजेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरुद्ध आइतबार पुनरावेदन दर्ता हुनेछ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो ।

आलमले हत्या गरेको ठहर गर्दै जिल्ला अदालत रौतहटले उनीसहित चार जनालाई जन्मकैद सजाय सुनाएको थियो ।

घुस प्रकरणको अडियो विवाद चरित्र हत्याको प्रयास भएको मन्त्री अधिकारीको दाबी

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालै बाहिर आएको घुस प्रकरणको अडियो विवादमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै उक्त घटना आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्र मात्र भएको बताएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले दोषी प्रमाणित भएमा आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले यो चरित्र हत्याको स्पष्ट प्रयास भएको दाबी गरेका छन् । “आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न असफल हुनेहरूले यस्ता रणनीति अपनाएका हुन् ,” उनले भने। उनले केही व्यक्तिहरूले सरकारी अधिकारीको सरुवाको सम्बन्धमा उनलाई दबाब दिन खोजेको दाबी गरे र उनले सो कुरा अस्वीकार गरेपछि अडियो सार्वजनिक गरिएको बताएका छन् । उनले भने, ‘लिक भएको अडियो क्लिपमा मेरो कुनै संलग्नता छैन र यसमा मेरो आवाज पनि छैन ।’

यधपी सोहि प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भने अडियो क्लिप सार्वजनिक भए लगतै राजिनामा दिइसकेका छन्।

नेपालभर ३ महिनामा विपद सम्बन्धी घटनाहरूमा ९३ जनाको मृत्यु २२ जना बेपत्ता

काठमाडौँ- राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत तीन महिनामा नेपालभर विपद सम्बन्धी घटनाहरूमा कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।

अप्रिलको मध्यदेखि जुलाईको मध्यसम्म, प्राधिकरणले बाढी, पहिरो, चट्याङ, आगलागी र जनावरको आक्रमण सहित २,०६५ विपद् घटनाहरू रेकर्ड गरेको छ। यस अवधिमा कुल ४४५ जना घाइते भएका छन् र ४,१३६ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

बाढीले मात्र १३७ घटनाहरू गरेको छ, जसमा १३ जनाको मृत्यु भएको छ र २२ जना बेपत्ता भएका छन्। पहिरो दोस्रो सबैभन्दा बारम्बार हुने जोखिम थियो, जसमा १७५ घटनाहरू र छ जनाको मृत्यु भएको थियो।

मृत्युका अन्य कारणहरूमा चट्याङ लागेर सबैभन्दा बढी २६ जनाको मृत्यु भएको छ, त्यसपछि आगलागीसँग सम्बन्धित १४, जनावरको आक्रमण १२ र उच्च पर्वतीय रोग (अल्चिच्युड सिक्नेस) का कारण ११ जनाको मृत्यु भएको छ।

बाढीले १,२४६ परिवारलाई असर गरेको छ भने १,०४८ घरपरिवार आगलागीबाट प्रभावित भएका छन्। प्राकृतिक र मौसमजन्य घटनाहरूको संयोजनका कारण सयौं विस्थापित भएका छन्।

तथ्याङ्कले नेपाली वर्ष २०८२ को पहिलो त्रैमासिकलाई समेट्छ, र अधिकारीहरूले मनसुन ऋतु अगाडि बढ्दै जाँदा थप चरम मौसम र प्रकोपका घटनाहरू हुने सम्भावना रहेको बताएका छन्।

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।जसपा नेपालको प्रतिनिधिसभामा ५ र राष्ट्रिय सभामा ३ सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपा १ र मनोनीत १ सांसद मात्र छन् । बहुमतका लागि ३० सांसद आवश्यक पर्ने राष्ट्रिय सभामा यसअघि जसपा नेपालले समर्थन गर्दा सरकारको पक्षमा ३१ सांसद थिए ।

अब राष्ट्रिय सभाको विपक्षमा बहुमत देखिएको छ । माओवादीका १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, मनोनीत १ र जनमोर्चाका १ गरी ३० सांसद विपक्षमा हुने भएका छन् । राष्ट्रिय सभामा अल्पमतमा परेसँगै सरकारलाई विधेयक पारित गर्न सकस हुनेछ ।

बीपी राजमार्गमा रातिमा गाडी चलाउन रोक

काठमाडौं – बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि एक महिनासम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन चलाउन रोक लगाइएको हो ।

असार ३१ गते बसेको सुरक्षा समिति बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिनासम्म रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताए ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

युएईले १२० नेपालीलाई दियो आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) ले १२० नेपालीलाई आममाफी दिएको छ। मुस्लिमहरूको महान पर्व इद अल-अधाको अवसरमा युएईका जेलमा रहेका १२० नेपाली नागरिकलाई आममाफी दिइएको छ।

युएईस्थित नेपाली दूतावासले उनीहरूको बाँकी सजाय मिनाहा गरेर आममाफी दिइएको जानकारी दिएको छ। दूतावासले युएई सरकारलाई धन्यवाद दिँदै एक विज्ञप्ति जारी गरेको छ।

वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरू विभिन्न अपराधमा जेल परेका छन्।

चिकित्सा शिक्षा आयोगद्वारा पीसीएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो। हालः उक्त आङ्गिक, गैरनाफामूलक र निजी गरी दुई सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई पनि पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिक सत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ। कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्राडा. अञ्जनीकुमार झालाई हस्तान्तरण गरे।

बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिए। उनले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने बताए।

विधान महाधिवेशनको एजेण्डामा एमालेको औपचारिक छलफल आजदेखि

काठमाडौं – नेकपा एमालेले विधान महाधिवेशनको एजेण्डामै आज देखि औपचारिक छलफल सुरू गर्दैछ ।

आज दिउँसो १ बजे केन्द्रीय मूख्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा विधान महाधिवेशनमा लगिने विधानको खाका प्रस्तुत हुनेछ । विधानको खाका ल्याउने जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दिइएको छ ।

गत ११ असारको सचिवालय बैठकबाट भएको निर्णय बमोजिम अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष पौडेलले विधान प्रतिवेदन तयार पार्नेछन् ।

जसअनुसार संगठनात्मक प्रतिवेदन तयार पार्न महासचिव पोखरेलले सातै प्रदेशका पदाधिकारी, ७७ जिल्ला नेतृत्व, जनसंगठनका पदाधिकारी, विभाग र निकायका नेतृत्वसँग बैठक एवं परामर्श गरिसकेका छन् । आजको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले तयार पार्ने विधान संशोधनको खाकामाथि छलफल गर्ने तयारी छ ।

आगामी २०–२२ भदौमा ललितपुरको गोदावरीमा तोकिएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने एजेण्डामाथि एमाले पंक्तिले अनौपचारिक छलफल भने यसअघि नै थालिसकेका छन् । अनौपचारिक छलफललाई आधार मान्दा यो विधान महाविधेशनमा ७० वर्षे उमेर हद र एउटै पदमा (पालिका भन्दा माथिको पदाधिकारीमा) लगातार दुईपटक बढी उम्मेदवार बन्न नपाउने एजेण्डा प्रमुख बन्ने देखिन्छ ।

स्रोतका अनुसार, पार्टी विधानको धारा ६४ अन्तर्गतको यो दुवै व्यवस्था हटाउने प्रस्ताव सचिवालय बैठकमा ल्याउने तयारी छ ।यता ,पार्टी नेतृत्व लिनेगरी एमालेको सक्रिय राजनीतिमा आएकी विद्या भण्डारी र उनी पक्षीय नेताहरुले भने दुई कार्यालय बढी एउटै पदमा उम्मेदवार हुन नपाउने र ७० वर्षे उमेर हदको एजेण्डा नछोड्ने तयारी गरिरहेका छन् ।

१५–१७ असोज २०७८ मा सम्पन्न गोदावरी विधान महाधिवेशनबाट संशोधित पार्टी विधानको धारा ६४ (१) मा दुई कार्यालय बढी एउटै पदमा उम्मेदवार हुन नपाउने र धारा ६४ (२) मा ७० वर्षे उमेर हद रहने व्यवस्था थियो । तर दुई महिना नबित्दै चितवनमा (१०–१४ मंसिर २०७८ मा) सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीबाट धारा ६४ (१) को व्यवस्था हटाइएको थियो ।

११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आउने नेताको निर्धारण पनि यही एजेण्डाबाट हुने भएकाले एमालेपंक्ति महत्त्वपूर्ण छलफलमा प्रवेश गर्न लागेको छ । किनकि उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे हुने निर्णयले तेस्रोपटक ओली अध्यक्ष हुने वा नहुने निर्क्यौल हुनेछ ।

‘हाम्रो हात ट्रिगरमा छ’ – वरिष्ठ इरानी अधिकारी

तेहरानका एक वरिष्ठ सुरक्षा अधिकारीले इजरायललाई सजाय नदिएसम्म र अमेरिकाले इस्लामिक गणतन्त्रको आणविक क्षेत्रहरूमा गरेको आक्रमणको क्षतिपूर्ति नदिएसम्म इरान कारबाही गर्न तयार रहेको बताएको छ।

इजरायली सेनाले गत महिना इरानी सैन्य र आणविक साइटहरूमा गरेको आक्रमणमा इरानका वरिष्ठ कमाण्डरहरू र आणविक वैज्ञानिकहरू मारिएका थिए । १२ दिनको सो युद्ध जुन २४ मा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामसँगै समाप्त भएको थियो ।

आणविक वार्ता पुनः सुरु गर्ने वाशिंगटनको अनुरोधलाई सम्बोधन गर्दै, अधिकारीले भने कि तेहरानले स्थायी युद्धविराममा सहमति जनाएको छैन। इरानी सेनाहरू कुनै पनि थप आक्रमणको जवाफ दिन पूर्ण रूपमा तयार रहेको भन्दै,”हाम्रो हात ट्रिगरमा छ, र बाल-हत्या गर्ने इजरायली शासनको विरुद्धमा यस पटक हामी शत्रुले पहिलो गोली चलाउला र प्रतिकार गरौला भनेर कुर्नेछैनौ, हामि कुनै पनि बेला आक्रमण गर्न तयार छौं। “

वासिङ्टनले लामो समयदेखि तेहरानलाई सबै युरेनियम संवर्धन रोक्न माग गर्दै आएको छ – जुन शर्त इरानले अस्वीकार गर्दै आएको छ । पछिल्लोले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण, कानुनी र आइएइए को पर्यवेक्षणमा रहेको बताएको छ । तेहरानले हाल ६०% शुद्धतामा युरेनियम संवर्धन गर्छ, जुन अहिले निष्क्रिय २०१५ को आणविक सम्झौता अन्तर्गत निर्धारित ३.६७% सीमाभन्दा धेरै माथि छ।

यस वर्षको सुरुमा ट्रम्पद्वारा सुरु गरिएको वार्ता इरानमाथिको आक्रमणपछि समाप्त बहेको थियो। तेहरानले त्यसबेलादेखि वाशिंगटनलाई कूटनीति त्यागेर बल प्रयोग गरेको आरोप लगाएको छ।

सिरियाको दमास्कसमा इजरायलद्वारा आक्रमण

सरकारी सेना र ड्रुज सशस्त्र समूहहरू बीचको युद्धविराम भङ्ग भएपछि दक्षिणपश्चिमी शहर सुवैदामा झडप जारी रहँदा इजरायलले सिरियाली राजधानी दमास्कसमा हवाई आक्रमण गरेको छ।

शहरको बाहिरी भागमा रहेको राष्ट्रपति भवन नजिकै अर्को आक्रमण भएको थियो र आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु भएको छ र अन्य ३४ जना घाइते भएका छन्।

सुवैदा शहरमा बढ्दै गएको निरन्तर अशान्तिको बीच सिरियाको राजधानीमा आक्रमण भएको छ, जहाँ स्थानीय सुन्नी बेदुइन जनजातिहरू सिरियाको ड्रुज अल्पसंख्यकका लडाकुहरूसँग भयंकर झडपमा उत्रिएका थिए।

स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीद्वारा समिति गठन

काठमाडौं – स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार, स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यसबेला गएका सबै व्यक्तिहरु फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरुलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकारीले भने ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिता गराउने भन्दै उनीहरुको नाम वेवसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।त्यसबेला गएका सबै व्यक्तिहरु फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरुलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकारीले भने ।

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं – घुस ‘डिल’ प्रकरणमा मुछिएका एमाले सांसद राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

केही दिनअघि मन्त्री गुप्ताले घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध समेत भएको थियो ।

आरोप र आलोचना खेप्न नसकेर आज पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय पुगेर राजीनामा बुझाएको गुप्ताले बताएका छन्।

२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडिओ केही दिनअघि मात्र सार्वजनिक भएको थियो।

कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो।

गुप्ताले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ।

विपक्षी दलहरुले उनको राजीनामा माग गर्नुका साथै कारबाही गर्न समेत माग गरेका थिए ।

अमेरिकासँगको व्यापार समाप्त हुन सक्ने युरोपियन युनियनको चेतावनी

यदि ट्रम्पले ३०% कर लगाउने आफ्नो धम्कीलाई पालना गरेमा अमेरिकासँगको यसको व्यापार समाप्त हुने युरोपियन युनियनले बताएको छ।

यदि वाशिंगटनले ब्लकबाट आयात गरिएका सामानहरूमा ३०% कर लगाउने आफ्नो धम्कीलाई पूरा गर्छ भने युरोपेली संघले संयुक्त राज्य अमेरिकासँगको यसको व्यापार प्रभावकारी रूपमा समाप्त गर्न सक्ने बताएको छ।

“३०%, वा ३०% भन्दा माथिको कुनै पनि… को करले कम वा कम उस्तै प्रभाव पार्छ। त्यसैले, व्यावहारिक रूपमा यसले व्यापारलाई निषेध गर्दछ,” युरोपियन युनियनका व्यापार आयुक्त मारोस सेफकोभिकले सोमबार ब्रसेल्समा युरोपियन युनियनको मन्त्रीस्तरीय बैठकमा सो कुरा बताएका हुन्।

युरोपियन युनियनले अमेरिकासँग प्रारम्भिक सम्झौता खोजिरहेको बताइएको छ,जसले यसलाई अगस्ट १ को समयसीमाभन्दा अगाडिनै १०% कर दरमा लक गर्न सक्ने अनुमान गरिएको छ ।

सेफकोभिकले भने, कि यदि त्यो नयाँ कर दर अगस्ट १ मा लागू गरियो भने युरोपियन ब्लकको लागि अमेरिकासँगको व्यापारको हालको स्तर जारी राख्न “लगभग असम्भव” हुनेछ।

“यदि ट्यारिफ ३० (प्रतिशत) भन्दा बढी रह्यो भने, हामीलाई थाहा भए अनुसार व्यापार जारी रहने छैन, एट्लान्टिकका दुवै छेउमा ठूलो नकारात्मक प्रभाव पर्नेछ,” उनले थपे। “म यो अति-नकारात्मक परिदृश्यलाई रोक्नको लागि सक्दो गर्नेछु।”

ट्रम्पद्वारा रुसलाई ५० दिनको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिन भित्र युक्रेन द्वन्द्व अन्त्य गर्न सम्झौता नभएसम्म रुसका व्यापारिक साझेदारहरूमाथि १००% सम्मको “गम्भीर” कर लगाउने धम्की दिएका छन्।

ट्रम्पले सोमबार ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँगको भेटमा सो चेतावनी दिएका हुन्।

“हामी धेरै, धेरै दुखी छौं – म – [रूस] सँग, र यदि हामीसँग लगभग ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा कर लगाउनेछौं,” उनले भने।अमेरिकी राष्ट्रपतिले रुसमाथि कडा प्रतिबन्ध लगाउने कंग्रेसनल विधेयकको पनि स्वीकृति आवश्यक नपर्ने बताएका छन्। ट्रम्पले यो पनि घोषणा गरे कि अमेरिकाले नेटो मार्फत युक्रेनमा हतियार पठाउनेछ, जसले भुक्तानी र वितरण दुवैलाई सम्हाल्नेछ।

जिल्लाभरिका सबै छाउगोठ भत्काउन निर्देशन

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार गर्दै जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबार जिल्लाभरिका ९ वटै स्थानीय तहहरूलाई सम्बोधन गर्दै छाउगोठ भत्काउने अभियानमा लाग्न पत्राचार गरेका हुन्। शनिबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेर मृत्यु भएको थियो।

छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि स्थानीय तहहरूलाई अनुरोध गरेका छौं। त्यसमा हाम्रो प्रहरी पनि सहभागी हुन्छ। यो कुप्रथा उन्मूलन गर्न अभियान नै सञ्चालन गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने।

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ — संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

यसैगरी आजै राष्ट्रियसभाको बैठक १:१५ मिनेटमा बस्दैछ । राष्ट्रियसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौं – सरकारले विगतमा भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभए संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी महासंघले दिएको छ ।

‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’

महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको थियो । तर समयसीमाभित्र ऐन जारी नभएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।

सुनसरीमा गोली प्रहार गरी एक किशोरीको हत्या

विराटनगर – सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरीले बताएको छ।

आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अमेरिकाले युक्रेनमा प्याट्रियट मिसाइल पठाउने : ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्याट्रियट वायु रक्षा प्रणाली पठाउने बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न वार्ता गर्न अस्वीकार गरेको संकेत गर्दै सो कुरा बताएका हुन्।

“हामी उनीहरूलाई प्याट्रियटहरू पठाउनेछौं, जुन उनीहरूलाई अत्यन्त आवश्यक छ,” ट्रम्पले आइतबार मेरील्याण्डको जोइन्ट बेस एन्ड्रयूजमा पत्रकारहरूसंगको कुराकानीमा भने।

ट्रम्पले यस हप्ता नेटो महासचिव मार्क रुटलाई भेट्ने तयारी गरेका छन् जसले कीभलाई हतियार आपूर्ति गर्ने उनको योजनामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

देशभरको आजको मौसम

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार, ३० असार) पनि देशका सबै प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण गरेको छ।

महाशाखाका अनुसार आज दिनमा: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

आज रातमा: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

साफ महिला यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल पराजित

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–२ ले पराजित भएको छ।

बंगलादेशको बसुन्धरा किङ्स मैदानमा नेपालले दुई गोलले पछि पर्दा पनि बराबरी गर्दै अंक खोस्ने तयारी गरेको थियो । तर, अन्तिम सेकेन्ड सम्हालिन नसक्दा नेपाल गोल बेहोर्न पुगेको हो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा बंगलादेशले तेस्रो गोल गर्दै जित निकालेको हो। दुई खेलबाट ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ।

बंगलादेशको जितमा सिन्हा शिखा, सागोरिका र श्रीमोती तृश्ना रानीले समान एक गोल गरेका हुन्। नेपालको लागि डिफेन्डर अनिशा राई र मीना देउवाले समान एक/एक गोल फर्काए।
खेलको ५७औँ मिनेटमा दुवै टोली दश खेलाडीमा सीमित भएका थिए। नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिकालाई सिधै रातो कार्ड देखाइएको थियो। दुवैले एकअर्कालाई हात हालाहाल गरेपछि भुटानी रेफ्री छिरिङ याङखेले सिधै रातो कार्ड देखाएकी हुन्।

युरोपेली संघ र मेक्सिकोद्वारा ट्रम्पको प्रस्तावित ३०% करको आलोचना

युरोपेली संघ र मेक्सिकोले अगस्ट १ देखि आफ्नो आयातमा ३०% कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीप्रति निराशा व्यक्त गरेका छन्।

मेक्सिकोले ट्रम्पको “अनुचित सम्झौता” भनेको कुराको आलोचना गर्दै जवाफी कर लगाउन सक्ने कुरामा जोड दिएको छ। त्यसैगरी युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले आवश्यक परेमा युरोपले पनि जवाफी कर लगाउन सक्ने बताएकी छन्। यधपी, दुवैले अमेरिकासँग वार्ता जारी राख्न चाहेको पनि बताएका छन् ।

यदि अमेरिकी व्यापारिक साझेदारहरू मध्ये कुनैले बदला लिने नियतले जवाफी कर लगाउने निर्णय गरेमा ट्रम्पले अझ बढी आयात कर लगाउने चेतावनी दिएका छन्।

यस हप्ता ट्रम्पले अर्को महिनादेखि जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलका सामानहरूमा नयाँ कर लगाउने घोषणा पनि गरेका छन् ।

निजामती कर्मचारीको सरुवामा भएको घुसखोरी काण्डमा मुछिए मन्त्री गुप्ता

काठमाडौँ- भूमि व्यवस्थापन मन्त्रालय अन्तर्गतका एक भूमि राजस्व अधिकारीको सरुवासँग सम्बन्धित अडियो रेकर्डिङ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुसखोरीको मुद्दामा मुछिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यो मुद्दाको रिपोर्ट गरिएको थियो, जसले पहिले नै अनुसन्धान सुरु गरिसकेको छ। उजुरीमा कास्कीको तत्कालीन भूमि राजस्व कार्यालयका प्रमुखको सरुवा रोक्न मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाइएको छ। उजुरीसँगै घुस लिएको भनिएको दुई झोलाको तस्बिर, मुद्रा नोटको सिरियल नम्बर र बन्डल गरिएको नगदको तस्बिर पनि पेश गरिएको थियो।

उजुरी परेको केही समयपछि अडियो रेकर्डिङ बाहिर आएको थियो, जहाँ गुप्ताले भूमि व्यवस्थापन मन्त्री बलराम अधिकारीको नाम लिएको सुनिन्छ।

लगभग १० मिनेट लामो अडियो क्लिपमा मन्त्री गुप्ताले भूमि आयोगको जिल्ला अध्यक्षको नियुक्ति सम्बन्धी एक बिचौलिया र एक महिलासँग आर्थिक लेनदेनको बारेमा छलफल गरिरहेको सुनिन्छ। रेकर्डिङमा तत्कालीन कास्की भूमि राजस्व कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको घुसको बदलामा सरुवा रोक्ने कुरा पनि उल्लेख गरिएको छ।

अडियोमा चलिरहेको आर्थिक लेनदेनको बारेमा थप सन्दर्भहरू छन्: एउटा अडियोमा गण्डकी प्रदेश सभाका नेकपा-एमाले सदस्य खेम बहादुर पुनलाई भूमि आयोगको कास्की अध्यक्षको रूपमा नियुक्तिको बदलामा मन्त्री बलराम अधिकारीलाई २० लाख रुपैयाँ बुझाएको उल्लेख छ। घूस दुई किस्तामा विभाजित गरिएको बताइएको छ – कुराकानीको दिन १५ लाख रुपैयाँ र अर्को दिन १० लाख रुपैयाँ।

आज भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती

काठमाडौं : नेपाली साहित्यका प्रथम कवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आफ्नो प्रसिद्ध ‘रामायण’ मा अयोध्याका राजा रामको जीवनीलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर नेपाली घरघरमा सुमधुर लयमा सुनाइएका भानुभक्तलाई आज पनि निकै श्रद्दाभावका साथ् सम्झिने गरिन्छ । पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपालललाई भाषा, साहित्य र संस्कृतिका माध्यमबाट भानुभक्तले एकीकरण गरेका हुन् भनेर भन्ने गरिन्छ ।

१८७१ असार २९ गते तनहुँको चुंदि रम्घा गाउँमा जन्मेका भानुभक्तले एक जना घांसि बाट प्रेरित भएर नेपालीमा रामायण उल्था गरेका थिए । रामायण’ बाहेक उनका अन्य प्रसिद्ध कृतिहरूमा ‘बधुशिक्षा ‘, ‘प्रश्नोत्तर’, ‘भक्तमाला ‘, ‘राम गीता’ लगायत अन्य विभिन्न कृतिहरु रहेका छन्।

माधव नेपाल र वामदेव गौतम एकै ठाउँमा : श्रावण २ गते एकताको घोषणा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता अभियानका संयोजक वामदेव गौतमलगायत नेताहरूबिच भएको छलफलबाट पार्टी एकता गर्ने सहमति भएको हो ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीत र कार्यदिशामा एकरूपता रहेकाले नेपालको कम्युनिस्ट आन्दाेलनकाे एकता अपरिहार्य रहेको दुई पार्टीको बुझाइ छ । साउन २ गते राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भएको जनाइएको छ ।

सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६/७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा मिलेमतो गरी १५ करोड ८८ लाख रूपैयाँ भ्रष्टाचार गरेको उनीमाथि अभियोग छ।

पौडेलले गुरुयोजना नै तयार नगरी मिलेमतोमा स्पेसिफिकेसन तयार गरेको र ३० करोड ९९ लाख ९९ हजार भ्याटसहित लागत अनुमान गरी बोलपत्र आह्‍वान गरेको अनुसन्धानबाट फेला परेको छ।

उनले कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपालको भ्याटसहित ३० करोड ६५ लाख ५५ हजार को बोलपत्र स्वीकृत गरी २०७६ माघ १५ गते खरिद सम्झौता गरेका थिए।

अख्तियारका अनुसार, यस प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलका साथै निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठको मिलोमतो देखिएको छ।

निर्धारित सर्त तथा मापदण्डविपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरेको उनीहरूमाथि मुख्य अभियोग छ। यस क्रममा उनीहरूले झुटा कागजातहरू पनि पेस गरेको र अस्वाभाविक मूल्य कायम गरेको भेटिएको छ।

सुनील पछिल्लोपल्ट दूरसञ्चार प्राधिकरणमा प्रबन्ध निर्देशक थिए। भ्रष्टाचार मुद्दाका कारण उनी निलम्बनमा परेका हुन्।उनीविरुद्ध दायर भएको यो पाँचौँ भ्रष्टाटार मुद्दा हो।उनले विदेशका विभिन्न बैंकहरूमा ठेकेदारहरूबाट घुस खाने गरेको पाइएको छ।

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार पाँच सयसम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ ।

यसैगरी, बंगलादेश र श्रीलंकालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएका मुलुकहरूका मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दरलाई आवश्यकताअनुसार पुनरावलोकन गरिने र परिवर्त्य विदेशी मुद्रामा हुने अन्तरबैंक कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुने गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गर्ने नीति अवलम्बन गरिएको छ । भन्सार स्वघोषणा गर्नुपर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गर्ने र नेपाली नागरिक वा संस्थाका नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नुपर्ने व्यवस्थामा सहजीकरण गरिने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ ।

सुन आयात तथा बिक्री–वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

नयाँ स्टकको लाइसेन्स रोक्न धितोपत्र बोर्डलाई अर्थ समितिको निर्देशन

काठमाडौँ – सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना नगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अगाडि नबढाउन संसदीय समितिले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बोलाएर बिहीबार छलफल गरेको अर्थसमितिले उक्त निर्देशन दिएको हो।

समितिको बैठकले सुरुमा नेप्से निजीकरण अर्थात् पुनर्संरचनालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको नेपाली कांग्रेसका सांसद तथा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए।

सभापति चालिसेका अनुसार तत्काललाई नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको छ।‘पहिला नेप्सेको सेयरलाई पुनर्संरचना गरेर निजीकरण गर्ने, नेप्सेको पुनर्संरचना नगरी हाललाई नयाँ स्टक एक्सचेन्ज चाहिँदैन भन्ने धारणासहित लाइसेन्स नदिन निर्देशन दिएको उनले बताएका छन्।

नयाँ स्टक एक्सचेन्जको प्रतिस्पर्धामा हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज छन्।

सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति:आन्दोलन स्थगित

काठमाडौं – सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन ।

विहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने र विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ ।

कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने बेलासम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याट लागु नहुने सहमति समेत भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । तर सहमतिका बुँदामा भने त्यो कुरा उल्लेख छैन ।

यस्तै सुनचाँदीको बिक्रीवितरणमा देखिन आएको तहका सन्दर्भमा स्पष्ट व्यवस्था मिलाउने, स्थानीय सुनचाँदी तथा रत्न आभूषणको सहज पहुँज हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने, वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्नेलगायतका विषयमा सहमति भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार व्यवसायीका समस्या समाधान एवं कर र भ्याटका विषयमा अध्ययन गर्ने कार्यदलको सचिवालय अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखामा रहने सहमति समेत भएको छ ।

सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार लगायतले हस्ताक्षर गरेका छन् ।

ट्रम्पले युक्रेनलाई ३०० मिलियन डलर बराबरको हतियार पठाउने – रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक पेन्टागनको भण्डारबाट निकालिएका हतियारहरू सिधै युक्रेनमा पठाउन आफ्नो अधिकार प्रयोग गर्ने रोयटर्सले बिहीबार रिपोर्ट गरेको छ।

ट्रम्प प्रशासनले अहिलेसम्म आफ्ना पूर्ववर्ती पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वमा स्वीकृत हतियारहरू मात्र डेलिभर गरेको छ, राष्ट्रपति ड्रडाउन प्राधिकरणले ट्रम्पलाई आपतकालीन अवस्थामा युक्रेनलाई हतियार आपूर्ति गर्न अनुमति दिन्छ।

नयाँ ढुवानी लगभग $३०० मिलियनको हुन सक्छ र यसमा प्याट्रियट एन्टी-एयर मिसाइल र आक्रामक मध्यम-दूरीका रकेटहरू समावेश हुन सक्छन्।

यो कदमले घरेलु भण्डारहरू घट्ने चिन्तामा केही डेलिभरीहरू रोक्ने पेन्टागनको हालैको निर्णयलाई उल्टाउने संकेत गर्नेछ।

कांग्रेस अनुशासन समितिको कारबाही अवैधानिक

काठमाडौं- आफू निकटका नेताहरु कारबाहीमा परेपछि शेखर कोइराला प्यानलका सदस्यहरुबीच विशालनगरमा भएको आन्तरिक छलफलमा पार्टीले गरेको कारबाही अवैधानिक रहेको भन्दै सो निर्णयको प्रतिवाद गर्ने बताएको छ।

विशालनगरमा बसेको उक्त समूहको बैठकमा अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको निष्कर्ष निकालेको छ। बैठकपछि कोइराला समूहले पार्टीको अनुशासन समितिको कारबाही किन अवैधानिक छ भनेर समेत उल्लेख गरेको छ।

१. केन्द्रीय समितिको बैठकपश्चात् पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय पाँच जना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने भन्ने सहमतिविपरीत त्यो निर्णय आएको छ।

२. नेपाली कांग्रेसको विधानको भावना र नियमावलीको २८(१) मा गरिएको व्यवस्था अन्तर्गत कुनै पनि पार्टीको सदस्यउपर उजुरी परेको अथवा पार्टीको नियमावली जारी भएको छ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्छ। उजुरी परेको लगभग-लगभग अढाइ वर्षपछि यो कारबाहीको निर्णय बाहिर आएको छ। एक प्रकारले यो कारबाही नै अवैधानिक छ। अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावलीविपरीत छ। अवैधानिक छ।

३. यो पक्षपातपूर्ण छ। यो गुट प्रेरित छ र यो पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने, पाखा लगाउने उद्देश्यमा आधारित छ।

४. यो निर्णय बहुमत-अल्पमतका आधारमा गरिएको छ। अनुशासन समितिका पाँच जना सदस्यहरूमध्ये दुई जना सदस्यले यसमा नोट अफ डिसेन्ट लेख्नुभएको छ। त्यहाँ भएको सहमति, विधानको व्यवस्था, नियमावलीको व्यवस्था, त्यहाँ गरिएको पक्षपात, त्यहाँ प्रारम्भमा भएको समझदारीको विपरीत छ।

यो एक प्रकारले कारबाही चाहिँ राजनीतिक रूपबाट पनि अभिप्रेरित छ। वैधानिक रूपबाट यो विधानको मर्म र भावनाअनुकूल छैन। समग्रमा यही हो।

आफू निकटका नेताहरु कारबाहीमा परेपछि शेखर कोइराला आन्तरिक छलफलमा

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरुको बैठक बसिरहेको छ । पार्टीको अनुशासन आयोगले आफू निकटका नेताहरुलाई कारबाही गरेपछि कोइरालाले बैठक बोलाएका हुन् ।

काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा जारी बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए ।

नेपाली कांग्रेसले अन्तरघात गरेको प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जनालाई कारबाही गरेको छ ।

गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।

कांग्रेसले एक वर्ष, छ महिना र तीन महिनाको समय अवधि छुट्याएर नेता–कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।

गत निर्वाचनमा कांग्रेस र आफ्नो दलले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरी उपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ प्राप्त नभएको कारण देखाउँदै पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

आज गुरु पुर्णिमा:व्यास जयन्ती

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”

अर्थात्
“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”

गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । त्यसैले आजको दिन शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरुपूर्णिमा मनाइन्छ।

यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

व्यास जयन्ती
आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, गुरु ब्यासको पनि जन्म दिन पर्दछ । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए । गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन्, महाभारतका भीष्म र ब्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले सत्यवतीलाई विवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार बाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।

गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन्, यिनका पिता पराशर हुन् । पराशर र सत्यवतीको आध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तिनापुर दरबार सम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन् । सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात् यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुटाएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।

इजरायलको आलोचनाको कारण संयुक्त राष्ट्रसंघका विज्ञ फ्रान्सेस्का अल्बानीजमाथी अमेरिकी प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजामा भएको युद्धको क्रममा प्यालेस्टिनीहरू विरुद्ध इजरायलले गरेको दुर्व्यवहारको दस्तावेजीकरण गरेकोमा संयुक्त राष्ट्रसंघका विज्ञ फ्रान्सेस्का अल्बानीजमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार दण्डको घोषणा गर्दै अल्बानीजलाई “संयुक्त राज्य अमेरिका र इजरायल विरुद्ध राजनीतिक र आर्थिक युद्धको अभियान” चलाएको आरोप लगाएका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी भूभागमा संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकको रूपमा काम गर्ने अल्बानीज इजरायलको मानवअधिकार उल्लङ्घन अन्त्य गर्न कारबाहीको लागि आह्वान गर्ने एक अग्रणी विश्वव्यापी आवाज हुन्।

इजरायल र यसका समर्थकहरूले वर्षौंदेखि अल्बानीजलाई संयुक्त राष्ट्रसंघको पदबाट हटाउन आह्वान गरिरहेका छन्।

रुबियोले आईसीसीमा इजरायली अधिकारीहरूलाई मुद्दा चलाउन अल्बानीजको दबाबलाई प्रतिबन्धको कानुनी आधारको रूपमा उद्धृत गरेका छन् ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओल पक्राउ

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई गत वर्षको असफल मार्शल ल प्रयासको आरोपमा फेरि पक्राउ गरिएको छ.

डिसेम्बरमा छ घण्टाको लागि सैन्य शासन लागू गरिएको आदेशको कारण अप्रिलमा युन सुक येओललाई महाभियोग लगाइएको थियो।

उनले प्रमाण नष्ट गर्न सक्ने डरलाई उद्धृत गर्दै सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार युनको लागि पक्राउ वारेन्ट जारी गरेका हुन् ।

पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति युनले मार्शल ल लागू गर्ने प्रयासमा विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दाको सामना गरिरहेका छन्।

लामो समयदेखिको अवरोधपछि उनलाई पहिलो पटक जनवरीमा पक्राउ गरिएको थियो, अनुसन्धानकर्ताहरूले मध्य सियोलस्थित उनको निवासबाट हिरासतमा लिन ब्यारिकेडहरू चढेर काँडेतार काटेका थिए।

युनलाई दुई महिनापछि अदालतले प्राविधिक आधारमा उनको गिरफ्तारी उल्टाएपछि रिहा गरिएको थियो, तर उनले अझै पनि मुद्दाको सामना गर्नुपर्नेछ।

दोषी ठहरिएमा, उनले आजीवन कारावास वा मृत्युदण्डको सजाय भोग्नुपर्ने हुन सक्छ।

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

काठमाडौँ — उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्न पर्ने आदेशका कारण आन्दोलित चिकित्सकसँग सरकारले सहमति गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ताले आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघसंस्था एवम् सरोकारवालाहरुका मागहरुको सम्बोधन गर्न कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेस गर्ने गरेर ३ सदस्यीय कार्यदल गठन भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख संयोजक रहने गरेर गठित कार्यदलको सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट १ / १ जना सहसचिवस्तरका प्रतिनिधि रहने छन् ।

कार्यदलबाट प्राप्त प्रतिवेदनसम्बन्धी तीन मन्त्रालयका मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेस गरी सोहीअनुसार कार्यान्वयन गर्ने उपभोक्ता संरक्षण ऐन २०७५ लगायतका विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिन भित्रमा मन्त्रिपरिषद‍्बाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्टट्रयाकबाट कानुन संशोधनको लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने सहमति छ । यस सहमतिअनुसार चिकित्सक संघ लगायतका सरोकारवाला संघसंस्थाहरुले सबै किसिमका आन्दोलनहरु स्थगन गरी नियमित सेवा सञ्चालन गर्ने समेत सहमति भएको छ ।

उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरक–फरक मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएसँगै नेपाल चिकित्सक संघको आहृवानमा चिकित्सकहरुले एक हप्तादेखि चरणबद्ध रुपमा आन्दोलन गरिरहेका थिए । जसकारण सोमबार र मंगलबार देशभर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको थियो । आन्दोलित चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघरमा समेत प्रदर्शन गरेका थिए ।

पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्यले इजरायललाई खतरामा पार्नेछ – नेतान्याहू

पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्यले इजरायललाई खतरामा पार्नेछ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा भने।

“मलाई लाग्छ प्यालेस्टिनीहरूसँग आफूलाई शासन गर्ने सबै शक्ति हुनुपर्छ, तर हामीलाई धम्की दिने कुनै पनि शक्ति हुँदैन। यसको अर्थ समग्र सुरक्षा जस्तै सार्वभौम शक्ति सधैं हाम्रो हातमा रहनेछ,” नेतान्याहूले भने।

उनले पछि तर्क गरे कि हमासले अक्टोबर ७, २०२३ मा इजरायलमाथि आक्रमण गर्न गाजाको नियन्त्रण प्रयोग गर्‍यो। “त्यसैले मानिसहरूले ‘हामी उनीहरूलाई अर्को राज्य दिऔं’ भन्ने सम्भावना छैन। यो इजरायललाई नष्ट गर्ने प्लेटफर्म हुनेछ,” नेतान्याहूले भने।

“हामी हाम्रा प्यालेस्टिनी छिमेकीहरूसँग शान्ति स्थापना गर्नेछौं, जो हामीलाई नष्ट गर्न चाहँदैनन्, र हामी यस्तो शान्ति स्थापना गर्नेछौं जहाँ हाम्रो सुरक्षा, सुरक्षाको सार्वभौम शक्ति सधैं हाम्रो हातमा रहनेछ,” प्रधानमन्त्रीले थपे।

संयुक्त राष्ट्र संघ र अमेरिकाले दशकौंदेखि दुई-राज्य को रुपमा समर्थन गर्दै आएपनि गत महिना अमेरिकी विदेश विभागले प्यालेस्टिनी राज्यलाई मान्यता नदिन अन्य देशहरूलाई चेतावनी दिएको थियो। यद्यपि, नोभेम्बर २०२४ सम्ममा संयुक्त राष्ट्र संघका लगभग ७५ प्रतिशत सदस्यहरूको प्रतिनिधित्व गर्ने १४० भन्दा बढी देशहरूले यसलाई सार्वभौम राष्ट्रको रूपमा मान्यता दिएका छन्।

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् ।

नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कुलिङ पिरियड विवाद अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौं : संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समिति गठन भएको छ ।

सभामुख देवराज घिमिरेले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ,एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेको छ भने समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ।

निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

समितिको प्रतिवेदनमा छेडखानी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानुन बमोजिम कारवाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको उनले बताए। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको थियो ।

तर,प्रतिनिधिसभा बैठकबाट विधेयक पारित हुँदा कुलिङ पिरियडमाथि छेडखानी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौँ — संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनमोदन गरेको छ ।

समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उनीहरूको नाम अनुमोदन गरेको हो ।

यसअघि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी तुल्याउने विषयमा ध्यान दिन सुझाव दिएको थियो । त्यस अवसरमा मन्त्री चौरसियाले न्यायालय र संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी बनाउन संसद्ले लिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटनको भीडमा थिचिएको देशको विकास

प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको चुवाखोला कर्णाली नदीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिएको छ। यो खबरले निश्चित रूपमा हुम्लाका बासिन्दामा केही आशा जगाएको छ, किनकि २६ वर्षको लामो पर्खाइपछि उनीहरूको सडक सपनाले केही आकार लिएको छ। तर के एउटा पुलले मात्र देश  विकासको कथा पुरा गर्छ?

देशको अर्को सुदूर जिल्लाको अवस्था हेरौँ — दार्चुलाका नागरिक अझै पनि आफ्नै जिल्ला सदरमुकाम पुग्न भारतको बाटो प्रयोग गर्न बाध्य छन्। आफ्नै देशको जमिन भएर पनि सडक नपुगेपछि विदेशी भूमि टेक्नुपर्ने बाध्यता के देशको असफलताको सबुत होइन? यो विडम्बना मात्र होइन, राज्यको असफलताको ठोस प्रमाण हो। हुम्लामा पुल खुले पनि दार्चुला, डोल्पा, मुगु, बाजुरा लगायत थुप्रै जिल्लामा आधारभूत पूर्वाधारको चरम अभाव अझै पनि उस्तै छ। 

यस्तै बीच, देशको आर्थिक अवस्था दिनदिनै गम्भीर बन्दै गएको छ। विकासका ठूला घोषणा भइरहे पनि देश भित्र रोजगारी सिर्जना हुन सकेको छैन।देशको श्रम बजारको कुरा गर्दा, प्लस २ पास गरेपछि अधिकांश युवाले रोजगारीको विकल्प देशभित्र नभेटेर विदेशिन खोज्ने अवस्था छ। नेपाल सरकारले व्यावसायिक शिक्षातर्फ पर्याप्त ध्यान नदिँदा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन। युवाहरू कम तलबमा खाडी मुलुकतिर जान बाध्य छन्। देशको सबैभन्दा ठूलो ‘निर्यात’ अहिले विदेशी भूमिमा पसिना बगाउने कामदार बनेको छ। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चलेको देखिन्छ, जुन अस्थिर जग हो।उत्पादन, उद्यम, सिर्जना, नवप्रवर्तन केही पनि देशमै हुन नसक्दा विदेशी रोजगार नै मुख्य ‘उद्योग’ बनेको छ। खाडी मुलुकमा अलपत्र परेका श्रमिकका पीडा, न्यून तलबमा घण्टौं खट्नु, मृत्यु हुँदा पनि परिवारले न्याय र क्षतिपूर्ति पाउन कठिनाइ हुनु सामान्यजस्तै भएको छ। देशभित्र औद्योगिक विकास ठप्पजस्तै छ, ठूलो लगानी भित्र्याउन राजनीतिक अस्थिरताले वातावरण नबनाएको सबैलाई थाहा छ।गाउँघरमा उत्पादन, उद्योग, रोजगारी शून्यप्रायः छ। आर्थिक संकट गहिरिँदै जाँदा राष्ट्र ऋणको भार बढ्दै गएको छ, जसले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा पनि कमजोर देखाइरहेको छ। यस्तो अवस्थामा उद्घाटनको भीडभन्दा दीर्घकालीन नीति, पारदर्शिता र राजनीतिक स्थायित्व जरुरी देखिन्छ।

देशको सामाजिक पाटोमा हेर्दा, शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा निकै असमानता छ। ग्रामीण भेगका सरकारी विद्यालयहरूमा शिक्षकको अभाव र कमजोर पठनपाठनले बालबालिकाको पढाइमै रुचि घट्दै जाँदा शिक्षा क्षेत्रमा गुणस्तरको संकट छ। सरकारी अस्पतालहरूको दयनीय अवस्था, आधारभूत सेवा नपाएर उपचारकै क्रममा सर्वसाधारणको मृत्यु हुनुजस्ता घटनाले राज्यप्रतिको विश्वासलाई थप कमजोर बनाइरहेको छ।

राजनीतिक स्थायित्व विगत दुई दशकदेखि सबैभन्दा ठूलो चुनौती बनेको छ। निर्वाचनपछि बन्ने सरकारहरू पूर्ण कार्यकाल नपुगी फेरिने क्रमले दीर्घकालीन विकास योजनाहरू अधुरै छाड्ने परिपाटी बनेको छ। राजनीतिक दलहरू आफैभित्रको गुट उपगुटले जर्जर छन्। विचारभन्दा पद र शक्तिको लडाइँ प्राथमिक बनेको छ।

राजनीतिक अस्थिरताले कुनै दीगो योजना अघि बढ्न सकेको छैन। सरकारहरू स्थायीत्वविहीन हुँदा दीर्घकालीन योजना र नीति टिक्दैनन्। वर्षैपिच्छे सरकार फेरिने क्रमले विकासको काम आधा बाटोमै रोकिएको छ। हरेक नयाँ सरकारले अघिल्लो योजनालाई निरन्तरता दिनुको सट्टा नयाँ घोषणा गरेर विकासलाई विखण्डित बनाइरहेको छ। भ्रष्टाचार नीतिगत तहदेखि स्थानीय प्रशासनसम्म गहिरो गरी मौलाएको छ। आर्थिक सूचकांक कमजोर हुँदै गएको छ, अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान धमिलिँदै गएको छ। भ्रष्टाचार, अनियमितता, र आयोगहरूले प्रमाणित गरेका ठूला घोटालाका घटना आम नागरिकको छातिमा ढुंगा बनेर बसेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय लेखा परीक्षण कार्यालयसम्मका निकायहरूले वर्षेनी अर्बौं रुपैयाँ हिनामिना र दुरुपयोगको तथ्य सार्वजनिक गर्छन्। तर ठूला माछा जोगिने चलनले ‘साना भ्रस्टलाई जेल, ठूला भ्रस्टलाई सेल’ भन्ने अवस्था कायमै छ। अर्कोतर्फ, देशको कानुनी शासनप्रतिको आस्था कमजोर हुँदै गएको छ। अपराधका घटनामा राजनीतिक पहुँचको खेल र दोषीहरूलाई उन्मुक्ति दिने चलनले न्याय व्यवस्थामा अविश्वास बढाएको छ। सामाजिक संरचनामा जात, क्षेत्र, वर्ग र लिङ्गका आधारमा विभेद कायमै छ। आर्थिक अवसर, शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा समान पहुँच स्थापित गर्ने चुनौती झनै विकराल बन्दै गएको छ।

यता ,प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, जिम्मेवार पदाधिकारीहरू विकासको नाममा पुल र सडकको उद्घाटनमै व्यस्त देखिन्छन्। झन् हास्यास्पद त के छ भने विकासको कुरामा विदेशी उदाहरण दिन हाम्रा नेताहरू सधैँ अग्रसर हुन्छन्। विदेश र विदेशीको नाम जप्दै भाषण गर्ने यिनै नेताहरूले कैयौँ मुलुक घुमिसकेका छन्, तर उनीहरूले कहिले पनि यो कुरा सिक्दैनन् कि विदेशमा उद्घाटनलाई विकासको प्रमाणपत्र बनाएर प्रचार गरिँदैन। बरु त्यहाँ दीर्घकालीन योजना र पारदर्शितालाई प्राथमिकता दिइन्छ।  हाम्रा नेताहरू भने उद्घाटनलाई विकासको प्रमाणपत्र बनाएर प्रचार गर्छन् र त्यसकै आधारमा आफ्ना असफलताहरू छोप्ने प्रयास गर्छन्।

हाम्रो देशमा चाहिँ एउटा पुलको उद्घाटनका लागि दशकौँ लाग्ने टुक्रे योजनाहरू बनाइन्छन्, र अन्ततः त्यसैलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रचार गरिन्छ। तर के यस्ता उद्घाटन विदेशमा पनि यति नै धूमधामका साथ गरिन्छ? विकसित मुलुकहरूमा पुल वा सडक निर्माण समयमै पुरा हुने सामान्य प्रक्रिया हो, उद्घाटन भने अत्यन्त औपचारिक र सामान्य रूपमा गरिन्छ। नेताहरूले उद्घाटनलाई राजनीतिक अवसर बनाउने संस्कृति प्रायः हुँदैन। विकासमा नेतृत्वको भूमिका दीर्घकालीन नीति निर्माण र योजनाको स्थायित्वमा केन्द्रित हुन्छ, उद्घाटनको तामझाममा होइन। हाम्रो देशमा भने उद्घाटन समारोहहरूलाई विकासको प्रमाणपत्रझैँ प्रचार गरिन्छ। २६ वर्षमा एउटा पुल बनेर उद्घाटन गर्नु गौरवको कुरा मान्नुपर्ने अवस्था विकासको गति कति सुस्त छ भन्ने कुराको ज्वलन्त प्रमाण हो। उद्घाटन नगर्नु भन्ने होइन, तर त्यसलाई उपलब्धिको चुरो सम्झेर आत्मसन्तुष्टि लिनु घातक हो। यो मानसिकताले नेताहरूलाई वास्तविक विकासभन्दा उद्घाटनको फोटो सुटसम्म सीमित गरिदिन्छ।

यसका अतिरिक्त, भौतिक पूर्वाधारमाथि मात्रै विकासको मापन गर्नु हानिकारक छ। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग, ऊर्जा, सूचना प्रविधि—यी सबै क्षेत्रमा समग्र प्रगति र उत्पादनमूलक अवसर सिर्जना नगरी देश विकासोन्मुखबाट विकासशील हुने छैन। सडक र पुल बनाउने कामलाई नकार्न खोजिएको होइन, तर समग्र नीति र योजनासँग जोडेर मात्र यस्ता पूर्वाधार दीगो र सार्थक हुन्छन्।

पुल र सडकको निर्माणले विकासका आधार तयार पार्छ । एक पुलले सडक सञ्जाल बलियो बनाउँछ, तर एक पुलले मात्र देशको भविष्य उज्यालो बनाउन सक्दैन। सिमकोटको पुलले विकासको एउटा पाटो पुरा गरे पनि त्यसलाई समग्र विकासको उपलब्धि भन्न मिल्दैन। जबसम्म देशका नागरिकले आफ्नै जिल्लामा सहज रूपमा आवतजावत गर्न पाउँदैनन्, जबसम्म भ्रष्टाचार निर्मूल गरिँदैन, जबसम्म देशमै रोजगार सिर्जना गरिँदैन, तबसम्म कुनै एउटा पुल, सडक, वा आयोजनाले देशको विकासको मुहार परिवर्तन गर्ने आशा गर्नु भ्रममात्र हुनेछ। प्रधानमन्त्री र मन्त्रीहरूले उद्घाटनको भीडभन्दा दीर्घकालीन योजनामा ध्यान केन्द्रित गर्नुपर्छ। रोजगार सिर्जना, राजनीतिक स्थायित्व, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, उत्पादनमूलक अर्थतन्त्रको विकास पहिलो प्राथमिकता राखिनु आवश्यक छ। जबसम्म नेतृत्वले विदेशी उदाहरण देखाएर भाषण मात्र गर्ने होइन, सिक्ने र लागू गर्ने संस्कार विकास गर्दैन, तबसम्म उद्घाटनको तामझाममा रमाउँदै गर्दा देशका वास्तविक समस्या अझै गहिरिँदै जानेछ र विकासको सपना अर्को दशकसम्म पनि प्रतीक्षामा नै रहनेछ।देशलाई पुल, सडक मात्र होइन, स्थायित्व, जवाफदेहिता, पारदर्शिता र दूरदर्शी नेतृत्व चाहिएको छ। अब नेतृत्वले भाषण र उद्घाटनभन्दा माथि उठेर  विकासको नयाँ बाटो पहिल्याउन जरुरी छ।अन्यथा हामी एक पुलको उद्घाटनमा खुशी मानिरहँदा बाँकी देश थिचिँदै, थलिँदै जानेछ। हामी उद्घाटनकै भिडमा रमाउँदै गर्दा देशको मुल समस्या अझै गहिरिँदै जानेछ, र अर्को २६ वर्षपछिसम्म पनि एउटा पुलको प्रतीक्षामा विकासको सपना देखिरहनुपर्ने छ।

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।

तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगिताको उपाधि हाँसिल गरेको हो।

११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै जित हानिस्ल गरेको हो । खेलमा नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाएका छन् भने, शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोड्न सफल भएका छन्।

त्यसैगरी,अभय यादव र शुशिलबहादुर रावलले ३/३ विकेट लिएका छन् भने शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिएका हुन् ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।

गर्मीमा शरीरको हेरचाह कसरी गर्ने?

गर्मीको मौसम नेपाली समाजका लागि केवल मौसम परिवर्तन मात्र होइन, स्वास्थ्य जोखिम र जीवनशैली परिवर्तनको सन्देश पनि हो । तापक्रमको अत्यधिक वृद्धि, चर्को घाम, अत्यधिक पसिना र पानीको कमीले गर्दा शरीरमा विभिन्न प्रकारका समस्याहरू देखिन सक्छन् । यस्तो अवस्थामा सावधानीपूर्वक शरीरको हेरचाह गर्न सकेमा गर्मी सहज र स्वस्थ तरिकाले पार गर्न सकिन्छ ।

गर्मीमा शरीरमा सबैभन्दा ठूलो समस्या डिहाइड्रेसन अर्थात् पानीको कमी हो । पसिनाबाट शरीरको तरल पदार्थ निस्किएपछि यदि समयमै पूर्ति भएन भने चक्कर आउने, थकान, मुटुको गति असामान्य हुने, र छालाको चमक हराउनेजस्ता लक्षण देखा पर्न सक्छन् । तसर्थ, दिनभरि नियमित रूपमा पानी पिउनु अनिवार्य हुन्छ । तर पानी मात्र पर्याप्त हुँदैन, शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन पनि जरुरी हुन्छ । त्यसका लागि कागती पानी, नरिवल पानी, जौको झोल, लस्सी वा घरमै बनाएको अङ्गुर वा आँपको रस उत्तम विकल्प हुन् ।

खानपानको सन्दर्भमा गर्मीमा ‘लाइट डाइट’ नीति सबैभन्दा उपयुक्त मानिन्छ । यस मौसममा शरीरले गह्रौँ खाना पचाउन गाह्रो मान्दछ । तसर्थ, झोलयुक्त, सुपाच्य र पौष्टिक परिकारहरू खाने बानी बनाउनु अत्यन्त उपयोगी हुन्छ । मौसमी तरकारीजस्तै लौका, करेला, पालुंगो, भिन्डी, टमाटर र काक्रो सेवन गर्नु चिसो प्रभाव दिने भएकाले फाइदाजनक हुन्छ । मौसमी फलहरू जस्तै तरबुजा, खरबुजा, सुन्तला, आँप, किवी, अनार आदिले पानीको मात्रा पनि पूर्ति गर्छन् र शरीरलाई ऊर्जा पनि दिन्छन् ।

यस मौसममा फास्टफूड, अत्यधिक मसलेदार खाना, तेलमा डुबाएर तारेका परिकार वा बासी खाना सेवनले पाचन प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्छ । गर्मीमा खाना छिटो बिग्रने भएकाले ताजा खाना खाने बानी बसाल्नु नै राम्रो हुन्छ ।

व्यायाम पनि गर्मीमा अलग तरिकाले गर्नुपर्छ । शरीरलाई सक्रिय राख्न बिहानको छिटो समय वा साँझको समयमा हल्का व्यायाम वा योग गर्न सकिन्छ । अत्यधिक तातोमा दौडनु, जिमको कडा सेसन गर्नु वा पसीना पसिनाले शरीरलाई थकित बनाउनु उपयुक्त होइन । योग, ध्यान, प्राणायामजस्ता अभ्यासहरूले शरीरलाई सन्तुलित मात्र होइन, मानसिक रूपमा पनि शान्त राख्न मद्दत पुर्‍याउँछन् ।

कपडाको छनोट पनि गर्मीमा महत्त्वपूर्ण भूमिका खेल्दछ । कटन, लिनेनजस्ता सास फेर्न सक्ने, पसिना सोस्ने कपडा उपयुक्त हुन्छन् । शरीर ढाक्ने हल्का र फुस्रो रंगका कपडाले घामको असर कम गर्छन् । सँगै टोपी, सनग्लास र छाता प्रयोग गर्ने बानीले छालालाई घामबाट जोगाउँछ ।

छालाको हेरचाह गर्मीमा अझै संवेदनशील विषय हो । पसिनाले छालामा एलर्जी, फोका, घमौरी, वा फंगल संक्रमणको सम्भावना बढाउँछ । त्यसैले छालालाई सफा राख्ने, चिसो पानीले अनुहार धुने, अत्यधिक घाममा ननिस्कने, सनस्क्रिन प्रयोग गर्ने र नियमित रूपमा नुहाउने बानी आवश्यक हुन्छ । एलोभेरा जेल, गुलाबजल वा घरेलु फेसप्याकहरू पनि छालालाई ताजा राख्न उपयोगी हुन सक्छन् ।

मनोस्वास्थ्यको कुरा गर्दा गर्मीले मानिसमा चिडचिडापन, थकान, अल्छीपन र निन्द्रामा असर पुर्‍याउने देखिएको छ । यस्तो बेलामा पर्याप्त निद्रा, तरल पदार्थको सेवन, ध्यान वा शान्त संगीत सुन्ने अभ्यासले मनलाई शान्त राख्न सक्छ । शरीर जति स्वस्थ रहन्छ, मन पनि त्यति नै सन्तुलित रहन्छ ।

अन्ततः, गर्मीमा शरीरको हेरचाह गर्नु भनेको केवल बाह्य सावधानी होइन, सम्पूर्ण जीवनशैलीलाई सन्तुलित बनाउने कुरा हो । दैनिक जीवनमा सन्तुलन, अनुशासन र सजगता अपनाउन सकेमा गर्मी कुनै डर वा असहजता होइन, एउटा प्राकृतिक चक्र मात्र बन्न पुग्छ । हरेक मौसमसँग मित्रता गर्न सक्नु नै साँचो जीवनकलाको अभ्यास हो ।

राष्ट्रिय सभाबाट राष्ट्रिय ऋण संकलन विधेयक पारित

काठमाडौं- राष्ट्रिय सभाको शुक्रबारको बैठकले राष्ट्रिय ऋण संकलन विधेयक, २०८२ पारित गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय ऋण संकलन विधेयक, २०८२ लाई सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय सभाको बैठकमा बहुमतले उक्त प्रस्ताव पारित भएको छ ।

राष्ट्रिय ऋण संकलन विधेयकलाई राष्ट्रिय सभाले संशोधन बिना नै यसको मूल रूपमा पारित गरेको हो।

आगामी आर्थिक वर्षदेखि कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो ।

योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

अहिले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनानामा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन् । जसअनुसार २०७५ सालदेखि योगदानमा आधारित समाजिक सुरक्षा प्रणाली लागू गरिएको थियो ।

इजरायलको ‘नरसंहारको अर्थतन्त्र’ सँग व्यापार अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

कब्जा गरिएको प्यालेस्टिनी भूभागका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधी फ्रान्सेस्का अल्बानीजले इजरायलसँगको सबै व्यापारिक र वित्तीय सम्बन्ध “नरसंहारको अर्थतन्त्र” भएको भन्दै,विश्वका सबै देशहरूलाई इजरायलसँगको सबै व्यापारिक र वित्तीय सम्बन्ध तोड्न र इजरायललाई गरिरहेको हतियार सहयोग पूर्ण रुपमा प्रतिबन्ध गर्दै अन्तर्राष्ट्रिय समर्थन फिर्ता लिन आह्वान गरेकी छिन्।

अल्बानीजले बिहीबार जेनेभामा मानव अधिकार परिषद्मा आफ्नो पछिल्लो प्रतिवेदन प्रस्तुत गर्दै यी टिप्पणीहरू गरेकी थिइन्, जसमा उनले प्यालेस्टिनीहरूमाथि इजरायली दमन र हिंसालाई समर्थन गर्ने दर्जनौं कम्पनीहरूको नाम उल्लेख गरेकी थिइन्।

“कब्जा गरिएको प्यालेस्टिनी भूभागको अवस्था सर्वनाशकारी छ,” उनले भनिन्। “आधुनिक इतिहासको सबैभन्दा क्रूर नरसंहारको लागि इजरायल जिम्मेवार छ।”

कब्जाको अर्थतन्त्रबाट नरसंहारको अर्थतन्त्रसम्म शीर्षकको प्रतिवेदनले “कब्जा गरिएको भूभागमा प्यालेस्टिनीहरूको विस्थापन र प्रतिस्थापन इजरायलको बसोबास-औपनिवेशिक परियोजनालाई कायम राख्ने कर्पोरेट मेसिनरी” भनेर वर्णन गरेको छ।

प्रतिवेदनले हतियार निर्माता, प्राविधिक दिग्गज, भारी मेसिनरी कम्पनीहरू र वित्तीय संस्थाहरू लगायतका कम्पनीहरूलाई इजरायलले प्यालेस्टिनीहरूको दमनमा “सहयोग” गरेकोमा, कब्जा गरिएको भूमिमा इजरायली विस्तारलाई निरन्तरता दिनेदेखि प्यालेस्टिनीहरूको निगरानी र हत्यालाई सक्षम पार्नेसम्मको लागि जिम्मेवार मानेको छ।

प्रतिवेदनमा भनिएको छ कि राजनीतिक नेताहरूले गाजामा इजरायलको रक्तपात रोक्न दबाब दिने आफ्नो जिम्मेवारीबाट पन्छिरहेका छन्, “धेरै कर्पोरेट संस्थाहरूले इजरायलको अवैध कब्जा, रंगभेद र अहिले नरसंहारको अर्थतन्त्रबाट नाफा कमाएका छन्”।

राष्ट्र संघका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इजरायलद्वारा लगभग ५७,००० प्यालेस्टिनीहरू मारिएका छन्, लाखौं विस्थापित भएका छन्, शहरहरू ध्वस्त पारिएका छन्, अस्पतालहरू र विद्यालयहरूलाई लक्षित गरिएको छ, र घेराबन्दी गरिएको र बमबारी गरिएको एन्क्लेभको ८५ प्रतिशत अब इजरायली सैन्य नियन्त्रणमा छ संयुक्त ।

ट्रम्पको ‘ वान बिग बिउटिफुल बील ’ अमेरिकी प्रतिनिधि सभाबाट पारित

लगभग २९ घण्टाको बहस पछि, संयुक्त राज्य अमेरिकाको प्रतिनिधि सभाले ‘ वान बिग बिउटिफुल बील ’ पारित गरेको छ, जुन राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेन्डाको एक स्तम्भ प्रतिनिधित्व गर्ने एक विशाल कर कटौती र खर्च प्याकेज हो।

अमेरिकी कांग्रेसको तल्लो सदनले बिहीबार विधेयकको पक्षमा २१८ देखि २१४ को अन्तरले मतदान गर्‍यो।

सदनका सबै २१२ डेमोक्र्याटिक सदस्यहरूले विधेयकको विरोध गरे। उनीहरूसँग केन्टकीका प्रतिनिधि थोमस मासी र पेन्सिलभेनियाका ब्रायन फिट्जप्याट्रिक पनि सामेल भए, जो रिपब्लिकन बहुमतबाट अलग भए।

विधेयक अब ट्रम्पले यसलाई हस्ताक्षर गर्न ह्वाइट हाउस जाँदैछ। रिपब्लिकन राष्ट्रपतिले आफ्ना सहकर्मी पार्टी सदस्यहरूलाई जुलाई ४, देशको स्वतन्त्रता दिवस अघि कानून पारित गर्न आह्वान गरेका थिए।

नयाँ कानूनको परिणामस्वरूप, अमेरिकाले आफ्नो ऋण सीमा – संघीय सरकारले ऋण लिन अनुमति दिएको रकम – $५ ट्रिलियनले बढाउनेछ।

विधेयकले ट्रम्पको शीर्ष प्राथमिकताहरू मध्ये एक, आप्रवासन प्रवर्तनमा दशौं अर्ब डलर पनि खन्याउँछ, र यसले ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा गरेको २०१७ को कर कटौतीलाई पनि बलियो बनाउनेछ।

ती खर्चहरूको लागि भुक्तानी गर्न, विधेयकले मेडिकेड – कम आय भएका घरपरिवारहरूको लागि सरकारी स्वास्थ्य बीमा – र पूरक पोषण सहायता कार्यक्रम , अन्यथा खाद्य टिकटहरू भनेर चिनिने जस्ता सामाजिक पहलहरूलाई पछाडि पार्छ।

यसले देशको घाटा – अमेरिकाले तिर्नुपर्ने रकम – सोही अवधिमा लगभग $३.३ ट्रिलियनले बढ्ने अनुमान पनि गरेको छ।

डेमोक्र्याटिक सांसदहरूले उक्त विधेयकले मुख्यतया सबैभन्दा धनीहरूलाई फाइदा पुर्‍याउनेछ भनेर उल्लेख गर्दै,गरिबबाट धनीहरूलाई सम्पत्तिको ठूलो पुनर्वितरणको रूपमा आलोचना गरेका छन्।

ट्रम्प जस्ता रिपब्लिकन समर्थकहरूले यो विधेयकले वृद्धिलाई बढावा दिने र मेडिकेड जस्ता कार्यक्रमहरूमा हुने धोखाधडीलाई कम गर्ने प्रतिवाद गरेका छन्।

ट्रम्पका पूर्व सहयोगी, अर्बपति एलोन मस्कले पनि “पोर्क” भनेर वर्णन गरिएका प्रावधानहरूको बारेमा सार्वजनिक रूपमा विधेयकको विरोध गरेका छन्।

पूर्व बंगलादेशी प्रधानमन्त्रीलाई ६ महिनाको जेल सजाय

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार, पूर्व बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ।

तीन सदस्यीय न्यायाधिकरणका अनुसार, हसिनाले कथित रूपमा २२७ जनालाई मार्ने इजाजतपत्र आफूसँग भएको बताएको टेलिफोन वार्तामा बंगलादेशी अभियोजकहरूले न्यायाधिकरणलाई अनुरोध गरेका थिए, किनकि उनी विरुद्ध २२७ मुद्दा दायर गरिएको थियो।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण एक बंगलादेशी घरेलु युद्ध अपराध न्यायाधिकरण हो जुन २००९ मा १९७१ मा देशको स्वतन्त्रता युद्धको क्रममा देशका पाकिस्तानी शासकहरूले गरेको नरसंहारमा संलग्न सहयोगीहरूको अनुसन्धान र अभियोजन गर्न स्थापना गरिएको थियो। २०२४ को विद्रोहमा उनको सरकार अपदस्थ भएपछि बंगलादेश छोडेर छिमेकी भारत गएकी हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनको अनुपस्थितिमा मुद्दा चलाएको थियो र दोषी ठहर गरेको थियो। यस वर्षको सुरुमा, ढाकाले नयाँ दिल्लीलाई मुद्दाको सामना गर्न फिर्ता आउन अनुरोध गर्दै कूटनीतिक नोट पठाएको थियो, जसको भारतीय सरकारले अहिलेसम्म औपचारिक रूपमा जवाफ दिएको छैन।

बंगलादेश छोडेपछि हसिनाको यो पहिलो जेल सजाय हो। जुनमा, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गत वर्ष भएको जनविरोध प्रदर्शनमाथि भएको दमन र उनको पार्टी, अवामी लिगद्वारा सञ्चालित सरकारलाई हटाउन नेतृत्व गरेको सम्बन्धमा हसिनालाई मानवता विरुद्धको अपराधको औपचारिक रूपमा आरोप लगाएको छ।

आईसीटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई प्रदर्शनकारीहरूमाथि “व्यवस्थित आक्रमण” को योजना बनाएको आरोप लगाएका छन्। मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको फेब्रुअरीको रिपोर्टमा भनिएको छ, “१५ जुलाई र ५ अगस्ट (२०२४) बीच १,४०० जनाको मृत्यु भएको हुन सक्छ, र हजारौं घाइते भएका छन्, जसमध्ये धेरैजसोलाई बंगलादेशको सुरक्षा बलले गोली हानेको थियो।”

अगस्ट ५, २०२४ मा राजीनामा दिएकी हसिनाले आफ्नो निर्दोषता कायम राखेकी छिन्। उनका बचाउ वकिल, अमिर हुसेनका अनुसार, उनले यी आरोपहरूबाट आफूलाई मुक्त गर्न तर्क प्रस्तुत गर्ने योजना बनाएकी छिन्। मे महिनामा, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको हितमा रहेको भन्दै अवामी लिगलाई अर्को आम चुनावमा भाग लिनबाट रोक लगाएको छ ।

पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटाको कार दुर्घटनामा मृत्यु

इंग्लिश क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डिएगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ। स्पेनको जामोरा प्रान्तमा भएको दुर्घटनामा जोटाको मृत्यु भएको हो।

२८ वर्षीय जोटा पोर्चुगिज राष्ट्रिय खेलाडी पनि हुन् र उनी इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेलिरहेका थिए। दुर्घटनाको विवरण अझै सार्वजनिक नभए पनि प्रारम्भिक जानकारी अनुसार कार नियन्त्रण बाहिर गई दुर्घटनाग्रस्त भएको थियो।

उनी आफ्नो भाइसँग कारमा थिए। दुवैको मृत्यु भएको छ। रिपोर्टका अनुसार दुर्घटनापछि कारमा आगो लागेको थियो। जोटाको केही दिन अघि मात्र विवाह भएको थियो।

मलेसियालाई पराजित गर्दै नेपाल फाइलनमा

घरेलु टोली मलेसिया विरुद्धको आजको खेलमा नेपाली युवा क्रिकेट टोली विजयी भएको छ।

एसीसी पुरुष यू–१६ इष्ट जोन कप अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा अहिले हङकङ र सिगांपुर भिडिरहेका छन्।

हङकङले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुरले जवाफी ब्याटिङ गरिरहेको छ।

सम्पूर्ण संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

काठमाडौँ — सर्वोच्च अदालतले लामो समयदेखि विचाराधीन ५२ संवैधानिक पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेशका आधारमा १० असार २०७८ मा भएको २० पदाधिकारी नियुक्ति सर्वसम्मतबाट सदर भएको छ भने त्यसअघि २१ माघ २०७७ मा भएको ३२ पदाधिकारीको नियुक्तिलाई भने बहुमतबाट सदर गरिएको छ ।

साढे चार वर्षअघि भएको ३२ पदाधिकारीको नियुक्ति सदर हुने भन्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र मनोज शर्माले आदेश गरेका हुन् । साढे चार वर्षदेखि विचाराधीन मुद्दामा लगातार ११ पटक सुनुवाइ गरेपछि इजलासले निर्णय सुनाउनका लागि ४८ दिनको समय लिएको थियो ।

न्यायाधीशद्वय चुडाल र शर्माले नियुक्ति सदर गर्नुपर्नाको कारणमा कार्यकारिणीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश ल्याउन सक्ने र त्यसरी ल्याएको अध्यादेश प्रमाणीकरण भएपछि कार्यान्वयन भएको मानिने उल्लेख गरेका छन् । उनीहरूले ‘संवैधानिक परिषद्को बैठकमा संविधानले व्यवस्था गरेको सदस्यहरूलाई बैठकबाट वञ्चित नगरेको, संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन विपक्षी दलका नेताको कुनै विरोध उजुरबाजुर नभएको’ कारण पनि पेस गरेका छन् ।
थप कारणमा भनिएको छ, ‘संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन सभामुखलाई ३० मंसिर २०७७ को बिहान ९ बजे बैठकको जानकारी भएको निजकै रिट निवेदनबाट देखिएको, ३० मंसिर २०७७ को बेलुका ५ बजे भएको बैठक सोही बिहानको बैठकको निरन्तरता भएको देखिएको र यस्तो अभ्यास पनि रहे भएको अवस्थामा संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन सभामुख रिट निवेदक भए पनि संवैधानिक परिषद्को बैठकमा सहभागी गरिपाउँ भन्ने निवेदन मागदाबी नभई ‘अब आइन्दा त्यस्तो नगर्नू’ भन्नेसम्मको परमादेशको आदेश माग गरेको, निज हाल संवैधानिक परिषद्को सदस्य रहेको नभई परिस्थितिमा परिवर्तन भएको समेतका आधार कारणबाट प्रस्तुत रिट निवेदनमा निवेदकको मागबमोजिम रिट जारी गर्नुपर्ने अवस्था नदेखिएकाले रिट निवेदन खारेज हुने ठहर्छ ।’

अध्यादेशबमोजिम नियुक्त भए पनि उनीहरूको संसदीय सुनुवाइ भने नभएकाले अबको ४५ दिनभित्र सुनुवाइ गरी नियुक्ति दिलाउनु भन्ने परमादेश न्यायाधीश मल्लले सरकारका नाममा जारी गरेकी छन् । तर उनको यो राय अल्पमतमा परेकाले ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति पूर्ववत् नै निरन्तर रहनेछ । प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले भने संवैधानिक परिषद्ले ३० मंसिर २०७७ मा भएको सिफारिस संविधानसम्मत नभएको भन्दै त्यसविरुद्ध परेको रिट जारी गर्ने निर्णय सुनाएको छ ।

परिषद्को बैठक बस्नु ४८ घण्टाअघि नै यसबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने कानुनी व्यवस्था पालना नभएको भन्दै राउत र सुवेदीको इजलासले नियुक्ति बदर हुने निर्णय लिएको हो । अल्पमतमा परेको न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘३० मंसिर २०७७ को सिफारिस र सोका आधारमा गरिएको नियुक्तिसमेत नेपालको संविधान तथा उल्लिखित कानुनी व्यवस्थाको विपरीत भएकाले उक्त सिफारिस र नियुक्तिको निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।’

संवैधानिक परिषद्ले ३० मंसिर २०७७ मा गरेको सिफारिसबमोजिम २१ माघ २०७७ मा ११ संवैधानिक आयोगमा ३२ पदाधिकारी नियुक्ति गरिएको थियो । पदाधिकारी सिफारिसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेको थियो ।

सोभियत संघको पतन र आधुनिक रसियाको उदय

१९९१ डिसेम्बर २६ मा सोभियत संघ आधिकारिक रूपमा समाप्त भयो, जसले २०औं शताब्दीको सबैभन्दा नाटकीय भू-राजनीतिक घटनाहरूमध्ये एकलाई संकेत गर्दछ । क्रेमलिनमा फहराइएको रातो झण्डा अन्तिम पटक झर्‍यो, र एक यस्तो राष्ट्र जुन क्रान्ति, युद्ध, र विचारधाराद्वारा निर्मित थियो, एकाएक समाप्त भयो। यसको सट्टा १५ नयाँ राष्ट्रहरू उदाए—प्रत्येकले स्वतन्त्रता, पहिचान र राजनीतिक भविष्यका लागि संघर्ष गरिरहेका थिए—जबकि रसिया, सोभियत संघको सबैभन्दा ठूलो उत्तराधिकारी, महत्त्वाकांक्षी र विश्वव्यापी प्रतिस्पर्धाको नयाँ अध्यायमा प्रवेश गर्‍यो।

सोभियत संघको पतन न त अचानक थियो, न पूर्ण रूपमा अप्रत्याशित। यसको जरा दशकौंको आर्थिक सुस्तता, अत्यधिक केन्द्रीकरण, र पश्चिमसँगको लामो हतियार होडमा गाडिएको थियो। १९८० को दशकको सुरुवाततिर , सोभियत अर्थतन्त्रले आधारभूत आवश्यकताहरू समेत पुरा गर्न सकिरहेको थिएन। जब मिखाइल गोर्भाचोभ सन् १९८५ मा सत्तामा आए, उनले सुधारको आशा बोकेका थिए। पेरोस्त्रोइका (आर्थिक पुनर्संरचना) र ग्लास्नोस्त (राजनीतिक पारदर्शिता) जस्ता नीतिहरूमार्फत उनले सोभियत प्रणालीलाई आधुनिकीकरण गर्ने प्रयास गरे। उनले व्यक्तिगत स्वतन्त्रता बढाए र बजार-आधारित सुधारहरू सुरु गरे—जसले अन्ततः त्यही प्रणालीलाई कमजोर बनायो जसलाई उनी बचाउन चाहन्थे।

अन्तर्राष्ट्रिय रूपमा, गोर्भाचोभले “नयाँ राजनीतिक सोच”को नीति अवलम्बन गरे, जसले कूटनीति, सहकार्य, र आणविक तनाव न्यूनीकरणमा बल दिन्थ्यो। यसले १९८७ को आइएनएफ सन्धि र १९९१ को स्टार्ट आइ सन्धिको रुपमा ऐतिहासिक परमाणु हतियार नियन्त्रण सम्झौता जन्मायो। उनले ब्रेजनेभ सिद्धान्त परित्याग गरे, जसले पूर्वी युरोपका देशहरूलाई आ-आफ्नो राजनीतिक बाटो रोज्न स्वतन्त्र बनायो। यस निर्णयको परिणामस्वरूप, १९८९–१९९० को बिचमा पूर्वी युरोपका साम्यवादी सरकारहरू एकपछि अर्को गरेर ढले। सबैभन्दा प्रतीकात्मक क्षण नोभेम्बर १९८९ मा बर्लिन पर्खालको पतन थियो।

पश्चिमा नेताहरू र गोर्भाचोभबीचको वार्ताबाट जर्मनीको एकीकरण सम्भव भयो। जर्मनीको एकीकरण पश्चात् जर्मनीलाई नेटो भित्र रहने अनुमति दिइयो। त्यसबेला अमेरिकी विदेशमन्त्री जेम्स बेकर लगायत केही पश्चिमी नेताहरूले “नेटो एक इञ्च पनि पूर्वतिर नफैलिने” मौखिक आश्वासन दिएका थिए। यद्यपि ती आश्वासन कुनै लिखित सन्धिमा परिणत भएनन्, जुन सोभियत नेताहरूले त्यसलाई विश्वासपूर्वक ग्रहण गरेका थिए। पछि ती अभिव्यक्तिहरू विवादास्पद भए, विशेषगरी जब नेटोले आफ्नो विस्तार गर्न सुरु गर्‍यो।

गोर्भाचोभले नयाँ सङ्घीय सन्धिका माध्यमबाट सोभियत संघलाई एक महासंघमा रूपान्तरण गर्ने प्रयास गरे, तर अगस्त १९९१ मा कट्टरपन्थीहरुले उनलाई हटाउने प्रयास गरे। त्यो कू असफल भयो, तर यसले गोर्भाचोभको सत्ता र साखलाई गम्भीर रूपमा क्षति पुर्‍यायो। यसबीचमा, युक्रेनले ९०% भन्दा धेरै मतले स्वतन्त्रता घोषणाको पक्षमा मतदान गर्‍यो। डिसेम्बर ८ मा, रसिया (बोरिस येल्त्सिन), युक्रेन (लियोनिद क्राभचुक), र बेलारुस (स्टानिस्लाभ शुश्केविच) का नेताहरूले बेलोभेजा सम्झौता गरे र सोभियत संघको समाप्ति घोषणा गर्दै कमनवेल्थ इण्डिपेण्डेण्ट स्टेटको स्थापना गरे। गोर्भाचोभले डिसेम्बर २५ मा राजीनामा दिए र त्यस दिन क्रेमलिनबाट सोभियत संघको झण्डा झिकियो ।

सोभियत संघको विघटनपछि १५ स्वतन्त्र देशहरू बने: अर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, काजाखस्तान, किर्गिस्तान, लाट्भिया, लिथुआनिया, मोल्दोवा, रसिया, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन, र उज्बेकिस्तान। यी देशहरूको निर्माण सार्वजनिक जनमत, उच्चस्तरीय राजनीतिक छलफल र अन्तर्राष्ट्रिय मान्यताद्वारा सम्भव भयो। गोर्भाचोभले सुधारको बाटो देखाए भने येल्त्सिन, क्राभचुक, नासरबायेभजस्ता नेताहरूले त्यसलाई व्यावहारिक स्वतन्त्रतामा परिणत गरे।

उता सोभियत संघको पतन भयो भने यता पश्चिमी राष्ट्रहरूले शान्तिपूर्ण तरिकाले शीतयुद्धको अन्त्यलाई स्वागत गरे र नेटोको भूमिकालाई पुनः परिभाषित गर्न थाले। १९९४ को “पार्टनरसिप फर पिस ” कार्यक्रमबाट सुरुवात गर्दै, नेटोले सन् १९९९ मा पोल्याण्ड, हंगेरी र चेक गणराज्यलाई सदस्य बनायो, जसपश्चात् बाल्टिक राष्ट्रहरू, बुल्गेरिया, रोमानिया, स्लोभाकिया, लगायतलाई समेट्दै नेटोको विस्तार गर्‍यो। यी सबै राष्ट्रहरूले सुरक्षा र संप्रभुताको ग्यारेन्टीका रूपमा नेटोमा सामेल भए। तर रसियाले यसलाई पूर्वी युरोपतर्फ पश्चिमी घेराबन्दीको रूपमा हे¥यो, जुन उनीहरूका अनुसार १९९० को सहमतिहरूको उल्लङ्घन थियो।तरपनि आफ्नो कम्जोर आर्थिक अवस्था र सैन्य क्षमाताको कारण रुसले नेटोको विस्तारविरुद्ध कुनै प्रतिकार गर्न सकेन।

१९९० को दशकमा येल्त्सिन नेतृत्वको रसियाले पश्चिमसँग सहकार्यको बाटो रोज्यो। तर ती प्रयासहरू प्रायः असफल रहे। पश्चिमी सल्लाहकारहरूको सिफारिसमा गरिएको “शक थेरेपी” अर्थनीतिले महँगो, बेरोजगारी र भ्रष्टाचार निम्त्यायो। रसियाका सर्वसाधारणहरूबीच लोकतन्त्र र बजार सुधारप्रति निराशा र घृणा फैलियो। १९९९ मा कोसोभो संकटमा बिना सुरक्षा परिषद् अनुमोदन पश्चिमी हस्तक्षेप हुँदा, रसियाको मनोबल झन् गिर्‍यो।

सन् २००० मा राष्ट्रपति बनेका भ्लादिमिर पुटिनले सशक्त राज्य निर्माण, आन्तरिक स्थायित्व, र विदेशी प्रभावको विरोधलाई आफ्नो नीतिको केन्द्र बनाइदिए। उनले रूसलाई फेरि प्रभावशाली राष्ट्रको रूपमा पुनर्स्थापित गर्ने प्रयास गरे। जब नेटोले जर्जिया र युक्रेनलाई सदस्यता दिन थालेको संकेत गर्‍यो, रसियाले २००८ मा जर्जियामाथि आक्रमण गर्‍यो। २०१४ मा, युक्रेनको “युरोमैदान” आन्दोलनपछि, रसियाले क्रिमिया अधिग्रहण गर्‍यो र पूर्व युक्रेनमा विद्रोहीहरूलाई समर्थन दिन थाल्यो। यिनी घटनाहरू पश्चिमी दृष्टिकोणले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भए पनि, रसियाले यसलाई आफ्ना रणनीतिक सुरक्षाको आवश्यकता ठान्यो।

आज, रसिया र पश्चिमबीचको तनाव अझै तीव्र छ। नेटोले आफ्ना पूर्वी सदस्यहरूलाई सुरक्षा दिन सक्रियता बढाएको छ भने रसियाले यसलाई आक्रमणको संकेत मानेको छ। दुवै पक्षले विगतका सम्झौताहरू, मौखिक वाचा, र सामरिक व्याख्याहरूलाई आ-आफ्नो तर्कअनुसार व्याख्या गर्छन्।

सोभियत संघको विघटन र आधुनिक रसियाको उदय न त एउटा नायक-खलनायकको कथा हो, न पूर्ण विजय वा पराजयको। यो एउटा यथार्थतामा आधारित संघर्षको कथा हो—सुधार र विघटनबीचको द्वन्द्व, राष्ट्रिय आकांक्षा र अन्तर्राष्ट्रिय रणनीतिहरूको टकराव। आजको भू-राजनीतिक अस्थिरता—नेटोको भूमिका, युक्रेन युद्ध, र रसियाको भू-रणनीतिक मनोविज्ञान—त्यसै विगतका घटनाहरूको प्रतिध्वनि हुन्, जसले आजको विश्वलाई अझै आकार दिइरहेका छन्।

आफ्नो निधनपछि उत्तराधिकारी छनोट गरिने दलाई लामाको पुष्टि

दलाई लामाले बुधबार आफ्नो ९० औं जन्मदिन मनाउन जारी गरिएको समारोहमा जारी गरिएको एक विज्ञप्तिमा तिब्बती बौद्धहरूको आध्यात्मिक नेतृत्वको भूमिका निर्वाह गर्न आफ्नो उत्तराधिकारी हुने पुष्टि गरे।

उनले भने कि तिब्बतको आध्यात्मिक परम्पराका नेताहरू, तिब्बती संसदका सदस्यहरू र निर्वासनमा रहेका सरकार, दुवै भारतीय धर्मशालामा रहेका छन्, र मुख्य भूमि चीन र तिब्बत सहित विश्वभरका बौद्धहरूले उनलाई संस्था जारी राख्न अनुरोध गर्दै पत्र लेखेका थिए।

“यी सबै अनुरोधहरू अनुसार, म पुष्टि गर्दैछु कि दलाई लामाको संस्था जारी रहनेछ,” उनले भने।

उनको बयान, यस्तो समयमा जारी गरिएको छ,जब विश्वभरका बौद्ध विद्वानहरू र भिक्षुहरू ९० औं जन्मदिन समारोहमा भाग लिन दलाई लामा बस्ने धर्मशालामा भेला भएका छन्। “सानो ल्हासा” भनेर पनि चिनिने उक्त स्थानमा तीन दिने धार्मिक सम्मेलन पनि हुनेछ जसको अध्यक्षता दलाई लामाले गर्नेछन्।

तर यो अवसर केवल धार्मिक मात्र नभएर दलाई लामाको उत्तराधिकारी कसरी छानिन्छ, र कसले गहिरो भूराजनीतिक महत्त्व राख्छ भन्ने विषयमा पनि केन्द्रित रहेको छ ।

१९५९ मा तिब्बतबाट भारत भागेका नोबेल शान्ति पुरस्कार विजेता दलाई लामालाई बेइजिङले पृथकतावादीको रूपमा हेर्छ। ६६ वर्षदेखि आयोजकको रूपमा रहेको भारतले दलाई लामाको संस्थाको भविष्यमा गहिरो स्वार्थ राखेको छ भने, संयुक्त राज्य अमेरिका, जसले लामो समयदेखि निर्वासनमा रहेको तिब्बती आन्दोलनलाई चीनको मानवअधिकार अतिक्रमणको प्रमाणको रूपमा उद्धृत गर्दै आएको छ, यो सबैलाई बाँध्ने टाँसो – दलाई लामाको संस्था – जारी रहने कुरा सुनिश्चित गर्न चाहन्छ।

एमालेद्वारा रामहरि खतिवडाको राजीनामा माग

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेद्वारा राज्य व्यवस्था तथा सुशासन समितिका अध्यक्षको राजीनामा माग गरिएको छ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामती सेवा विधेयकमा गरिएको बेथितिको जिम्मेवारी लिँदै समितिका अध्यक्ष रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।

समितिको बैठकमा हाल निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अवधि’ प्रावधानको हेरफेरको बारेमा छलफल भइरहेको छ। छलफलमा भाग लिँदै पूर्व कानूनमन्त्री गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले अध्यक्षले जिम्मेवारी लिनुपर्ने र राजीनामा दिनुपर्ने बताए। उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि माग गरे।

‘समितिले महिनौं छलफलपछि २ वर्षसम्म कुलिङ अवधि पारित गर्‍यो। तर, अध्यक्ष र सचिवले हस्ताक्षर गरेको प्रतिवेदन फरक तरिकाले प्रस्तुत गरिएको थियो। यो नेपालको इतिहासमा लज्जास्पद र घृणित अवस्था हो।’ जनप्रतिनिधिहरूले यति हदसम्म काम गर्न सक्छन् भन्ने कुरा अकल्पनीय छ। त्यसैले अध्यक्ष र सचिवले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ।’

उनले नैतिकताको आधारमा बाटो बनाउन सुझाव दिँदै अब सचिव यो पदमा निरन्तर बस्न सक्दैनन्,’ उनले भने।

एसीसी यू-१६ इस्ट जोन कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउँदै नेपाल विजयी

काठमाडौं – एसीसी यू-१६ इस्ट जोन कप अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनल खेल्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो।

नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदै अलआउट भयो। भुटानका लागि छिरिङ दावाले सर्वाधिक १४ रन बनाए। उनले ३२ बलमा २ चौका प्रहार गरे। ओपनर उग्यान चोपेलले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। किन्ले छिरिङ ६ रनमा अविजित रहे।

नेपालका लागि बलिङतर्फ कप्तान विपिन प्रसाद शर्माले ४ विकेट लिए। सुयोग भट्टराई र सचिन भट्टले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक १६८ रनको पारी खेले। उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे। रौनक अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए।

जोए थापा र रौनक श्रीवास्तवले १७० रनको शतकीय साझेदारी गर्दै नेपालको स्कोर ३०० माथि पुर्‍याउन मद्दत गरेका थिए। जोए थापा ६१ रनमा अविजित रहे। उनले ६८ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा अविजित रहे।

नेपालका ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसी दोहोरो अंकको रन बनाउन नसक्दै पेभेलियन फर्किँदा तेस्रो क्रमका ब्याटर श्रीवान्स बजगाईंले ५४ रनको अर्धशतकीय पारी खेल्दै रनआउट भए। सुगम बुढाथोकीले ३५ रन बनाउँदै क्याचआउट भए।

भुटानका लागि बलिङतर्फ सांगे दोर्जीले सर्वाधिक ३ विकेट लिए तेन्जिङ जम्सोले १ विकेट लिए। नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो।

मलेसिया भने समूह बी को उपविजेता हो। मलेसिया हङकङसँग मात्र पराजित भएको थियो। हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ। सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो। प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा हुनेछ।

कुलिङ पिरियडको विषयमा छानविन हुनुपर्छ : रामहरी खतिवडा

काठमाडौं- संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामति विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ मा बदमासी गर्नेमाथि कारवाही हुने बताएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सभापति खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन्। उनले कुलिङ पिरियडमा देखिएको बदमासी संसदमाथिको ठूलो प्रहार भएको समेत बताए।

‘ विधेयकको दफा ८२ को (४) को व्यवस्थालाई पछिबाट (५) को (क) खण्डित गर्ने दफा थपिएर सदनमा गएको फेला पारेका छौं। यो कसको गल्तीबाट भयो त्यसलाई कानुनको दायरामा ल्याउँछौं,’उनले भने,’आज सबै सेक्टरबाट हामी जनप्रतिनिधिको बदनाम हुने काम भएको छ। मेरो कमजोरी देखिए म कारवाही भोग्न तयार छु। जसले कमजोरी गर्छ यसले कारवाही भोग्नु पनि पर्छ। जु्नसुकै व्यक्ति होस् छानबिनको दायरामा ल्याउनुपर्छ।’

उनले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा परिवर्तन भएको विषयमा छानबिन गर्न सभामुख घिमिरेसमक्ष आग्रह गरिएको जानकारी दिए।

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो। सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई हेरफेर गरी अर्को दफासमेत समावेश भएर आएपछि सांसदहरूले गम्भीर षडयन्त्र भएको भएको र वक्ता विषयमा छानविन हुनुपर्ने भन्दै विरोध जनाएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।
यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

पत्रकार पाठकविरुद्ध काठमाडौं अदालतमा मुद्दा दायर

काठमाडौँ — साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साइबर ब्युरोमा परेको उजुरीका आधारमा सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले दायर गरेको अभियोग दाबीमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ । सरकारी वकिलको कार्यलयले पाठकलाई फरार सूचीमा समेत राखेको छ ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंह देउवाको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले यसअघि पनि साइबर ब्युरोमा उजुरी दिएका थिए । तर उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न आदेश दिएको थियो । जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन् ।

यता, दिलभूषण पाठक विरुद्दको यो कदमलाई लिएर,” पत्रकारको धर्म भनेको सत्य तथ्य बाहिर ल्याउनु भएको तर कुनै अमुक राजनीतिक घरानिया व्यक्तिको बारेमा बोल्दा जेल नेल भोग्नुपर्ने नेपालको वर्तमान अवस्थाले प्रेस स्वतन्त्रतालाई कम्जोर बनाएको” भन्दै विभिन्न नागरिक समाज , पत्रकार र प्रेस तथा सञ्चार माध्यमहरुले सो कुराको विरोध गरेका छन्।

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ — टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई आइतबार २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

भ्रष्टाचार मुद्दामा निलम्बित कांग्रेस सांसद बस्नेत आजै बयानका लागि अदालतमा उपस्थित भएका थिए । उनको बयान र थुनछेकपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा उनमाथि भ्रष्टाचार मुद्दा लागेको छ ।

प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा बस्नेत र पूर्व कानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

के हो केरा गणतन्त्र (बनाना रिपब्लिक)?

“केरा गणतन्त्र” हाल नेपालमा प्रचलित एक व्यंगात्मक शब्द बनेको छ। नेपालमा पछिल्लो समय कम्जोर राजनीतिक अवस्थाका बीच बढ्दै गएको कुशाशन ,भ्रष्टाचार,दण्डहीनता र कम्जोर आर्थिक अवस्थाकाबीच अधिकांश युवा पुस्ताले आक्रोश पोख्न प्रयोग भएको एउटा व्यंगात्मक भाष्य बनेको छ केरा गणतन्त्र। पछिल्लो समय नेपालमा केरा गणतन्त्र लेखिएको टिशर्ट छ्याप्छ्याप्ती बढ्न थालेपछि सरकारले यसको बिक्रीवितरण र प्रयोगमा समेत रोक लगाएको छ। यसैबीच आज के हो त केरा गणतन्त्र, यसको अर्थ र यसको उत्पतिबारे समीक्षा गरौँ।

“बनाना रिपब्लिक” शब्दले आज कमजोर शासन, भ्रष्टाचार, र विदेशी व्यापारिक हितद्वारा शासित देशलाई जनाउने गरेको छ। तर यसको उत्पत्ति एउटा विशिष्ट ऐतिहासिक क्षणमा भएको थियो, जब अमेरिकी फलफूल कम्पनीहरूले मध्य अमेरिकाका साना देशहरूलाई आफ्ना निजी व्यापारिक उपनिवेश जस्तै बनाएका थिए।

“बनाना रिपब्लिक” शब्द पहिलोपटक अमेरिकी लेखक ओ. हेनरी (विलियम सिड्नी पोर्टर) ले सन् १९०४ मा आफ्नो पुस्तक क्याबेजेस एन्ड किंग्स मा प्रयोग गरेका थिए। ओ. हेनरीले होन्डुरासमा बस्दा प्रत्यक्ष रूपमा देखे कि कसरी मध्य अमेरिकाका साना देशहरू विदेशी व्यापारिक हितद्वारा परिवर्तन भैरहेका थिए। उक्त पुस्तकमा उनले “एन्चुरिया” नामको काल्पनिक देश सिर्जना गरे, जुन वास्तवमा होन्डुरासको वास्तविक परिस्थितिमा आधारित थियो, जहाँ अर्थतन्त्र र राजनीति बनाना निर्यात र अमेरिकी कम्पनीहरूको नियन्त्रणमा थियो। त्यसपछि यो शब्द लोकप्रिय हुँदै संसारभर फैलियो, जुन यस्तो देश जनाउन थाल्यो जसको सरकार र अर्थतन्त्र शक्तिशाली विदेशी कम्पनीहरूको हातमा निहित हुन्छ।

बनाना रिपब्लिकको इतिहासमा सबैभन्दा कुख्यात कम्पनी थियो युनाइटेड फ्रुट कम्पनी (यूएफसीओ), जुन सन् १८९९ मा स्थापना भएको र पछि चक्विटा (Chiquita) नामले चिनिन थाल्यो। युनाइटेड फ्रुटले मध्य अमेरिकाभर विशाल उर्वर भूमिहरू अत्यन्तै सस्तो मूल्यमा किनेर आफ्नो कब्जामा लियो। ती बगैंचाहरूले अमेरिका र युरोपमा निर्यात गरिने केरा उत्पादन गर्थे, जसबाट कम्पनीले अपार मुनाफा कमायो। उत्पादन ढुवानी सजिलो बनाउन कम्पनीहरूले रेल र बन्दरगाहहरू बनाए, तर ती पूर्वाधारले स्थानीय विकासलाई भन्दा आफ्नै व्यापारिक हितलाई प्राथमिकता दिए।

पूर्वाधार र अर्थतन्त्रमाथि नियन्त्रणले कम्पनीहरूलाई स्थानीय राजनीतिमा पनि गहिरो प्रभावशाली बनायो। युनाइटेड फ्रुटजस्ता कम्पनीहरूले नेताहरूलाई रिझाउन वा धम्क्याउन घूस र अन्य सुविधाहरू प्रयोग गरे। जब कुनै सरकार कर बढाउने वा मजदुरका पक्षमा सुधार ल्याउने प्रयास गर्थ्यो, कम्पनीहरूले अमेरिकी सरकारलाई दबाब दिन्थे। त्यसको परिणामस्वरूप धेरै पटक अमेरिकी सैन्य हस्तक्षेप भयो, जसलाई प्रायः अमेरिकी नागरिकको हित रक्षा गर्ने बहानामा गरिन्थ्यो। यसको सबैभन्दा प्रसिद्ध उदाहरण सन् १९५४ मा ग्वाटेमालामा भएको सिआइए-प्रेरित कू थियो, जसले राष्ट्रपति जाकाबो आर्बेन्सलाई हटायो किनकि उनले युनाइटेड फ्रुटको अव्यवहार्य जमिनलाई राष्ट्रियकरण गर्ने प्रयास गरेका थिए, जुन कम्पनीको मुनाफाका लागि ठुलो खतरा बन्यो।

इतिहासमा बनाना रिपब्लिक भनिएका देशहरूमा होन्डुरास, ग्वाटेमाला, कोस्टा रिका, निकारागुवा र पनामा जस्ता राष्ट्र पर्छन्। ती देशहरूमा अर्थतन्त्र एउटा मुख्य बस्तु—केरा—निर्यातमा निर्भर हुँदा विश्व बजारमा मूल्य घटबढले सिधै राष्ट्रलाई प्रभावित पार्ने अवस्था सिर्जना भएको थियो। यस एकल निर्भरता कारण विदेशी कम्पनीहरूले अपार शक्ति हासिल गर्थे, र यदि सरकारले कम्पनीलाई असहज बनायो भने तिनीहरूले लगानी फिर्ता गर्ने धम्की दिन्थे वा आफ्नो देशको सरकारमार्फत सैनिक र कूटनीतिक हस्तक्षेप गराउने कोशिश गर्थे।

समयसँगै “बनाना रिपब्लिक” शब्दको प्रयोग विस्तार भयो। अहिले यो शब्द यस्तो कुनै पनि देशलाई जनाउन प्रयोग हुन्छ, जहाँ कमजोर राजनीतिक व्यवस्था, भ्रष्ट शासकहरू, र सीमित आर्थिक स्रोतमा केही परिवार वा कम्पनीहरूको प्रभुत्व हुन्छ। कहिलेकाहीँ पत्रकार र टिप्पणीकारहरूले “बनाना रिपब्लिक” शब्द विकासशील देशहरू मात्र होइन, अन्य राष्ट्रहरूमा पनि प्रयोग गर्छन्, जस्तै कुनै देशमा राजनीतिक अस्थिरता, चुनावी धाँधली, वा थोरै धनी वर्गको नियन्त्रण देखिएमा। यद्यपि यस्तो तुलना गर्दा कहिलेकाहीँ जटिल परिस्थितिलाई अत्यन्तै सरलीकृत र अन्यायपूर्ण रूपमा चित्रण गर्ने खतरा हुन्छ।

महत्वपूर्ण कुरा के हो भने बनाना रिपब्लिकको अवस्था केवल स्थानीय नेताको कमजोरीले होइन, शक्तिशाली विदेशी कम्पनीहरूको भूमिकाले पनि सिर्जना भएको थियो, जसले आफ्ना आर्थिक फाइदाका लागि ती देशका राजनीतिमा हस्तक्षेप गरे र कमजोर संस्था भएका समाजमा राजनीतिक उथलपुथल निम्त्याए। आज पनि यो शब्दले स्मरण गराउँछ कि कसरी विदेशी आर्थिक हस्तक्षेपले कुनै राष्ट्रको सार्वभौमिकता र प्रजातन्त्रलाई कमजोर बनाउन सक्छ।

तर यो शब्दप्रति आलोचना पनि भएको छ। धेरै विद्वान र सामाजिक अभियन्ताहरू भन्छन् कि यसले पश्चिमी दृष्टिकोण मात्र झल्काउँछ र अमेरिका तथा युरोपेली शक्तिहरूको हस्तक्षेपले बनाएको अवस्थालाई नजरअन्दाज गर्छ। साथै, “बनाना रिपब्लिक” भन्ने शब्दले कुनै पनि देशको जटिल सामाजिक र ऐतिहासिक परिस्थितिलाई हेला गर्ने शैलीमा चित्रित गर्छ, जसले गलत धारणालाई बल पुग्छ। यसले ती देशका नागरिकहरूले गरेका सुधार प्रयास र सङ्घर्षलाई ओझेलमा पार्ने खतरा पनि हुन्छ।

अन्तमा भन्नुपर्दा, बनाना रिपब्लिक केवल रमाइलो अभिव्यक्ति वा लुगा बेच्ने ब्रान्ड मात्र होइन, यो एउटा यस्तो अवधारणा हो जसले शोषणको वास्तविक इतिहासलाई जनाउँछ, जहाँ शक्तिशाली कम्पनी र विदेशी सरकारहरूले मिलेर देशलाई निर्भर र भ्रष्ट प्रणालीमा फसाए। यस शब्दको वास्तविक इतिहास बुझ्दा मात्रै हामी धेरै राष्ट्रले आज पनि सामना गरिरहेका समस्याहरू बुझ्न सक्छौं र न्यायसंगत, दिगो र सार्वभौम समाज निर्माणको महत्वलाई आत्मसात गर्न सक्छौं।

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं -प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ ।

शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ ।

प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।

भारी वर्षाको सम्भावनामा २९ जिल्लामा ‘एल्लो अलर्ट’:सतर्क रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न जिल्ला आज र भोलि भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भन्दै विशेष बुलेटिन जारी गरेको छ। २९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ र पहेँलो लगाइएका जिल्लाका लागि ५ क्षेत्र तोक्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी,डडेल्धुरा,डोटी,अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।

असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग,सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तदीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बेलग्रेडमा सरकार विरोधी प्रदर्शनकारी र सर्बियाली प्रहरीबीच झडप

राजधानी बेलग्रेडमा राष्ट्रपति अलेक्जेन्डर भुचिकको १२ वर्षे शासनको अन्त्यको माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूको ठूलो भीडसँग सर्बियाली प्रहरीको झडप भएको छ।

विद्यार्थी नेतृत्वको प्रदर्शनले लोकप्रिय सरकारमाथि दबाब बढाउँदै गर्दा शहरमा लगभग १४०,००० प्रदर्शनकारीहरूको समूह भेला भएको थियो, जुन हालैका महिनाहरूमा सबैभन्दा ठूलो सहभागिता हो।

राष्ट्रपति भुचिकले चुनावको लागि आह्वान गर्ने प्रदर्शनकारीहरूलाई उनको देश कब्जा गर्ने विदेशी षड्यन्त्रको हिस्सा भएको आरोप लगाए। “तिनीहरू सर्बियालाई ढाल्न चाहन्थे, र तिनीहरू असफल भएका छन्,” उनले आफ्नो इन्स्टाग्राम पृष्ठमा लेखेका छन् ।

बेलग्रेडस्थित सर्बियाको उच्च अदालतको एक विज्ञप्ति अनुसार शुक्रबार पाँच जनालाई सरकारलाई उल्टाउने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो।

भुचिकका विपक्षीहरूले उनी र उनका सहयोगीहरूलाई संगठित अपराध, भ्रष्टाचार, प्रतिद्वन्द्वीहरू विरुद्ध हिंसा र मिडिया स्वतन्त्रतामा अंकुश लगाउने आरोप लगाउँछन्, जुन उनीहरूले अस्वीकार गरेका छन् ।

रूससँग घनिष्ठ सम्बन्ध कायम राखेका भुचिकले युक्रेनमा आक्रमण गरेकोमा मस्कोमाथि लगाइएको पश्चिमी प्रतिबन्धमा समेत सामेल भएका छैनन्।

लुम्बिनी प्रदेशको बजेट संशोधन गर्न कांग्रेसको माग

बुटवल – लुम्बिनी प्रदेश सरकारले ल्याएको वजेटमा देखिएको असन्तुष्टि र विवादकाबिच सत्ता साझेदार नेपाली कांग्रेस प्रदेश कार्यसमिति बैठकले बजेट संशोधन गर्नर्पुर्ने लिखित निर्णय पारित गरेको छ ।

कांग्रेस बैठकले सत्ता सञ्चालनका लागि एमालेसँग मिलेर बनाइएको केन्द्रदेखि स्थानीय तहसम्मको दुई दलीय संयन्त्रको औचित्य समाप्त भएको ठहर गर्दै जुन उद्देश्यले दुई दलीय संयन्त्र निर्माण गरिएको हो, त्यसको भावना र मर्म अनुरुप बजेट नआएको, बैठकहरु सञ्चालन नभएको र प्रभावकारी भूमिका निर्वाह नभएको जनाएको छ।

बैठकले बजेट निर्माणपूर्व सुझाव संकलनका लागि बोलाइएको बैठकमा पार्टी नेता र सांसदहरुले दिएका सुझाव र भावना विपरीत बजेट आएको ठहर गर्दै संशोधन गर्नुपर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री नेपाली कांग्रेसकै धनेन्द्र कार्की छन् । उनले गत असार १ गते ३८ अर्ब १९ करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री नेपाली कांग्रेसकै धनेन्द्र कार्की
तर एमालेबाट मुख्यमन्त्री रहेका चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेताहरु र विपक्षी दलसमेतको असन्तुष्टिका कारण बजेट माथिको छलफल सुरु हुन सकेको छैन ।

बजेटमाथि छलफल सुरु गर्नका लागि असार ७ गते बोलाइएको प्रदेश सभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । लुम्बिनी प्रदेशको बजेटमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, शहरी विकास मन्त्री सरोज थापा (रोज राणा) र भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल हावी भएको आरोप छ ।

त्यसैले नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले आ.व.२०८२/०८३ को बजेट व्यक्तिमा मात्र केन्द्रित भएको ठहर गर्दै संशोधन सहित पारित गर्न पहल गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

आर्थिक विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्ताव गरिएको आर्थिक विधेयक २०८२ बहुमतले पारित भएको छ।

आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरूबारे छलफल भएको थियो। संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नगरिएको बताएका छन्।

करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने लगायतका विषयहरू आर्थिक ऐनको प्राथमिकतामा रहेको उनको भनाइ थियो।

हरेक वर्ष राजस्वका दरहरू हेरफेर गर्दा लगानीकर्तालाई त्यसले समस्या पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नीतिगत स्थिरतामा जोड दिइएको अर्थमन्त्री पौडेलले बताए।

आर्थिक विधेयकमार्फत अग्रिम आयकरको व्यवस्था हटाइएको पनि उनले बताए ।

आर्थिक विधेयक, २०८२ माथि परेका सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भए।

आइएइएलाई इरानको आणविक स्थलहरूको निरिक्षण गर्न रोक

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए ) लाई आफ्नो आणविक केन्द्रहरूको निरिक्षण गर्नबाट रोक लगाएको छ। तेहरानले हालैको प्रतिवेदनमा उक्त एजेन्सीले तथ्यहरूलाई तोडमोड गरेको आरोप लगाउंदै इस्लामिक गणतन्त्र विरुद्ध हालै इजरायली र अमेरिकी आक्रमणहरूको उदेश्य र आइएइएको औचित्यमा प्रश्न गरेको छ।

स्थानीय मिडिया आउटलेट मेहरले उद्धृत गरेअनुसार इरानी संसदका उपाध्यक्ष हमिद रेजा हाजी बाबेईले शनिबार घोषणा गरे कि तेहरानले अब प्रमुख राफेल ग्रोसी लगायत आइएइएका कर्मचारीहरूलाई व्यक्तिगत रूपमा आफ्नो आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति दिने छैन।

यस हप्ताको सुरुमा, इरानको संवैधानिक निगरानी निकाय, गार्जियन काउन्सिलले इरानलाई आफ्नो आणविक केन्द्रहरूको सुरक्षा ग्यारेन्टी नदिएसम्मआइएइएसँगको सहयोग निलम्बन गर्ने कानूनलाई अनुमोदन गरेको छ।

वर्षौंदेखि तेहरानले गोप्य रूपमा आणविक हतियार कार्यक्रम विकास गरिरहेको दाबी गर्दै आएको इजरायलले जुन १३ मा इरान विरुद्ध उसको धेरै आणविक केन्द्रहरू र आणविक कार्यक्रममा संलग्न रहेको विश्वास गरिएका धेरै वरिष्ठ सैन्य कमाण्डरहरू र वैज्ञानिकहरूलाई लक्षित गर्दै ठूलो हवाई आक्रमण सुरु गरेको थियो ।

इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण प्रकृतिको भएको दाबी गरेको छ।

देशभर आगामी २४ घण्टाको मौसम पूर्वानुमान

जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आगामी २४ घण्टाको मौसम यस्तो रहनेछ।

आज दिउँसो
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती
देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

प्रतिनिधिसभाको आज बस्ने बैठकबाट विनियोजन विधेयक पारित गरिने

काठमाडौँ — प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गर्ने कार्यक्रम छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि बैठकले श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

बैठकमा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

इजरायल र इरान युद्धविराममा सहमत भएका छन्: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान ” पूर्ण युद्धविराम” मा सहमत भएको बताएका छन् छन्।

ट्रम्पले युद्धविराम आगामी केही घण्टामा लागू हुने बताएका छन् भने ,इरान र इजरायलले युद्धविराम भएको पुष्टि गर्न बाँकी छ। यसअघि, इरानले शनिबार आफ्नो आणविक स्थलहरूमा भएको आक्रमणको प्रतिक्रियामा कतार र इराकको अमेरिकी हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो।

उक्त प्रहारमा, ट्रम्पले कुनै पनि अमेरिकी वा कतारी हताहत नभएको भन्दै इरानी प्रतिक्रियालाई “धेरै कमजोर” भएको र उक्त प्रहारको “प्रारम्भिक सूचना” दिएकोमा इरानलाई धन्यवाद दिएका छन् ।

कतारले अमेरिकाद्वारा सञ्चालित अल उदेइद बेसलाई लक्षित सबै क्षेप्यास्त्रहरू रोकिएको बताएको छ। इरानको प्रतिक्रिया अमेरिकाले इरान भित्रका तीन आणविक केन्द्रहरू विरुद्ध ठूलो आक्रमण गरेको दुई दिनपछि आएको हो।

इरानद्वारा कतारमा रहेको अमेरिकी हवाई अड्डामा आक्रमण

इरानले कतारको अल उदेदस्थित अमेरिकी सेनाको हवाई अड्डामा आक्रमण गरेको छ। इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको बदलामा इरानले उक्त आक्रमण गरेको जानेको छ।

सोमबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इरानी जनतालाई सम्बोधन गरेको एक विज्ञप्तिमा आक्रमणको पुष्टि गरेको छ।इरानको आक्रमणपछि कतारको राजधानी दोहा र देशका अन्य भागहरूमा लगातार ज्वालामुखी विस्फोटहरू देखिएका थिए।

इरानले आफ्नो विज्ञप्तिमा भनेको छ “निर्णायक कारबाही” ले ह्वाइट हाउस र यसका सहयोगीहरूलाई सन्देश पठाएको छ कि इरानले “कुनै पनि परिस्थितिमा आफ्नो क्षेत्रीय अखण्डता, सार्वभौमिकता वा राष्ट्रिय सुरक्षा विरुद्धको कुनै पनि आक्रमणलाई अनुत्तरित छोड्ने छैन”।

कतारको अल उदेइद हवाई अड्डा “अमेरिकी वायुसेनाको कमाण्ड सेन्टरको रूपमा काम गर्दछ र पश्चिम एसियामा अमेरिकी आतंकवादी सेनाको सबैभन्दा ठूलो रणनीतिक सम्पत्ति भएको इरानले दाबि गरेको छ।

तेहरानले यो पनि उल्लेख गरेको छ कि मिसाइल हमला कतारको आवासीय क्षेत्रहरूबाट टाढा गरिएको थियो।

“यो कार्यले मित्रवत र भ्रातृ राष्ट्र कतार र यसका महान जनतालाई कुनै खतरा छैन, र इस्लामिक गणतन्त्र इरान कतारसँग न्यानो र ऐतिहासिक सम्बन्ध कायम राख्न र निरन्तरता दिन प्रतिबद्ध छ,” इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले उक्त विज्ञप्तिमा उल्लेख गरेको छ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको एक मन्त्रीले जानकारी दिए ।

समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेका छन् ।
समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसदमा विरोध गर्दै आएका छन् । सरकारले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको सहमतिअनुुसार समिति गठन गरिएको हो ।

इरानी आणविक केन्द्रहरूमा अमेरिकी आक्रमण

अमेरिकी सेना इरानी आणविक र सैन्य केन्द्रहरू विरुद्धको आक्रमण अभियानमा इजरायली सेनासँग सामेल भएको छ।

“इरानी आणविक केन्द्र फोर्डोमा बमबारी गरिको छ ,” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन् , अन्य लक्ष्यहरूमा नातान्ज र एस्फहान पनि समावेश रहेको उनले बताएका छन्।

सोही सन्देशमा, अमेरिकी नेताले तेहरानलाई सो बमबारीको विरुद्ध अमेरिकासंग बदला नलिन र वार्तामा संलग्न हुन आग्रह गर्दै अब “शान्तिको समय” आएको उल्लेख गरेका छन्।

तेहरानले यसअघि वाशिंगटन र अन्य तेस्रो पक्षहरूलाई द्वन्द्वमा सामेल नहुन चेतावनी दिएको थियो। यमनका हुथीहरूका प्रवक्ताले पनि इसरायल इरान युद्धमा अमेरिका संलग्न भएमा लाल सागरमा आफ्ना युद्धपोतहरूलाई लक्षित गर्ने चेतावनी दिएको थियो।

रास्वपाको महामन्त्री मुकुल ढकाल नै हुन्:निर्वाचन आयोग

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री मुकुल ढकाल नै भएको जनाएको छ। रास्वापालाई पत्र पठाउँदै आयोगले महामन्त्री ढकाल नै भएको जनाएको हो।

आयोगले रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिना अघि भएको र त्यसपछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको उल्लेख गरेको छ। रास्वपाले गत वर्ष ढकाल महामन्त्री तथा प्रवक्ताबाट हटाएको थियो।

रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोबारे सूचना माग गरेका थिए। त्यसको जवाफमा आयोगले भनेको छ,‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’

आयोगको पत्र अनुसार ढकाल रास्वपाको महामन्त्रीमा कायमै रहेको देखिन्छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने, ०८१ असार २५ गते पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा निवेदन पेश भएको भन्दै पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेकोमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।

इरान विरुद्धको इजरायली आक्रमणमा अमेरिका सामेल भएमा ‘अपूरणीय क्षति’ हुने इरानको चेतावनी

इरानका सर्वोच्च नेता अली खामेनीले टेलिभिजनमा प्रसारित एक वक्तव्यमा डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै ,”अमेरिकी सेनाले इजरायलसँग तेहरानको द्वन्द्वमा हस्तक्षेप गर्‍यो भने “अपूरणीय क्षति” हुने बताएका छन्। “

मंगलबार, ट्रम्पले “इरानमाथिको आकाशमा आफ्नो पूर्ण नियन्त्रण” भएको दाबी गर्दै, खामेनी लुकेको स्थानबारे समेत आफुहरुलाई जानकारी भएको र उनि एक सहज निसाना भएको भन्ने चेतावनीपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि, खामेनीले ट्रम्पलाई चेतावनी दिंदै, “इरान विरुद्द युद्धमा प्रवेश गर्नु “१००% आफ्नै हानि” हो भन्ने अभिव्यक्ति दिएका हुन् ।

साथै,उनले भनेका छन् ,” इरानलाई आत्मसमर्पण गर्न भन्नु “बुद्धिमान” होइन, र इरान कसैको आक्रमणको धम्कीमा कहिल्यै आत्मसमर्पण गर्नेछैन ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

काठमाडौँ — उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार निलम्बनको निर्णय कार्यान्वयन नगर्न र सोही पदमा काम गर्न दिन आदेश दिएको हो।

मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेसँग ७ बुँदे स्पष्टीकरण सोधिएको थियो । पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए । त्यसलगत्तै जेठ २० मा उनीमाथि छानबिन गर्न भन्दै ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको थियो ।

निलम्बनविरुद्ध पाण्डेले मंगलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

भिजिट भिसा प्रकरणमा रास्वपाद्वारा उच्चस्तरीय छानबिन माग

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराधमा संलग्नहरूको छानबिनका लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारले ल्याउन लागेका विधेयकहरूको महत्त्व आफूहरूले बुझेको र विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको तर सरकारले पनि आफूहरूको मागहरु सुन्नुपर्ने उनले बताएका छन् । उनले भिजिट भिसा प्रकरणमा जोडिएकाहरूको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नामसमेत जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसद अवरोध गर्दै आएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आहवान

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आहवान गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४ गते बुधबार आकस्मिक बैठक बोलाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ । यसअघि कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,”उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त।”

आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको उनले बताएका छन्।

अख्तियार कसैको दबाब र प्रभावमा चुक्न र झुक्न हुँदैन : राष्ट्रपति

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कसुर र कसुरदार ठुलो वा सानो नभनी काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुक्न र झुक्न नहुने बताएका छन्।

भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्ने र भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या तथा गुनासो आइरहेकोले सो विषयमा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण हुनुपर्ने पनि बताएका छन्।

उनले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मुल मन्त्र बनाएर काम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको समेत बताएका छन्।

पोखरा भ्रमण वर्ष-२०२५

पोखरा- चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ ।

पोखरा भ्रमण वर्षको लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ ।

महानगरले भ्रमण वर्षअवधिभर पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

भ्रमण वर्ष अवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकका लागि विभिन्न प्याकेजका कार्यक्रम उपलब्ध गराउन पर्यटन व्यवसायीलाई महानगरले आग्रह समेत गरेको छ । प्याकेजहरु माघ २८ गतेसम्म महानगरमा उपलब्ध गराउन महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्षभरि नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने र विदेशमा समेत पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।

काँग्रेस-एमालेको अधिनायकवादी सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिएको छ: झलनाथ खनाल

विराटनगर – नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस एमालेको अधिनायकवादले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताएका छन् ।

हाल देश राजनीतिक रुपमा संकटग्रस्त बनिरहेको र समग्र अवस्थामा देश कम्जोर बन्दै गइरहेको भन्दै दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ नभई अधोगतितर्फ धकेलिरहेको बताएका छन्।

सरकारको रवैयाले लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने स्थिति देखा परेको र काँग्रेस एमालेको गठबन्धन सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको भन्दै संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा संविधान संसोधनको कुनै औचित्य नरहेको पनि उनले बताएका छन्।

प्रतिनिधिसभा बैठकको आजको कार्यसूची

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैबिच दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गरी पारित गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ।  

बन्दुकको बलमा राज्य आतंक सिर्जना गरेर गरिने बिकास, बिकास होइन: रेणु चन्द

काठमाडौँ- राष्ट्रिय सभा सदस्य रेणु चन्दले पाथिभरा केबलकार निर्माण विवाद र त्यसमा भइरहेको सरकारको कामको निन्दा गर्दै,धार्मिक स्थलमा सुरक्षाको नाममा भइरहेको शैनिकीकरण र राज्य आतंक तुरुन्त बन्द गर्नु पर्ने बताएकी छन् ।बन्दुकको बलमा राज्य आतंक सिर्जना गरेर गरिने बिकास, बिकास नहुने भन्दै, धार्मिक इतिहास बोकेको भूगोलमा व्यापारिक दृष्टिकोण राख्नु मुन्धुम र हिन्दु धर्म दुवैको आस्थाको अपमान भएको पनि उनले बताएकी छन्।

मुकुम्लुंग पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्ने कुरा एकातिर आध्यात्मिक, आर्थिक र पर्यावरणको दृष्टिले गलत छ भने अर्कोतिर सवैधानिक, कानुनि र प्रक्रियागत रुपमा पनि उक्त प्रक्रिया गलत रहेको र सरकारले संविधानको धारा ३२ को उपधारा ३ लगायत व्यवस्थाको उल्लङ्घन गरेको उनले बताएकी छन्।

कन्चनजंघा संरक्षण क्षेत्र अन्तरगत रहेको मुकुम्लुंग क्षेत्रलाई तत्कालिन ओली सरकारले २०७५ सालमा संरक्षित क्षेत्र बाट हटाएको र जसको उदेश्य आफु नजिकको व्यापारीलाई केवलकार निर्माण गर्न दिन मात्र भएको हालको घटनाले पुष्टि भएको र एउटा व्यापारीलाई थप धनि बनाएर समाजवाद आउँदैन भन्दै,’यसरी सुखी नेपाली सम्वृद्ध नेपाल होइन, दुखि नेपाली सम्वृद्ध दलाल बन्छ’, भन्ने अभिव्यक्ति दिएकि छन्।

२०७५ साल पुष १६ को मन्त्रिपरिषदले वन ऐन २०४९ को दफा ६८अनुसार पाथिभरा केबलकार दर्शन प्रा लि लाई ४.९७ हेक्टर वन क्षेत्र जग्गा प्रयोग गर्न दिने स्वीकृति दिएको तर सोहि ऐनको दफा ३८ को उपदफा २ अनुसार समुदायको हानि नोक्सानी हुने भए राज्यले उपयुक्त व्यवस्था गर्नु भन्ने कुराको को उल्लङ्घन भएको बताएकी छन्। गठबन्धन सरकारले व्यापारी र विचौलियाको स्वार्थलाई महत्व दिएर बिकासको नाममा समुदायलाई विभाजन गर्ने विज छरेको भन्दै,विचौलियाले निर्धारण गर्ने बिकासको प्राथमिकताले विनाश मात्र निम्त्याउने र यसको बदला राज्यले ठुलो मूल्य चुकाउनुपर्ने उनले बताएकी छन्।

केवलकार कम्पनि संघको सम्झौताको बुँदा नम्बर ३ अनुसार अनुसार सट्टा भर्ना स्वरुप जग्गा उपलब्ध गराउने व्यवस्था को कार्यान्वयन भयो कि भएन भनेर उनले सरकारलाई प्रश्न समेत गरेकी छन्।

त्यसैगरी सम्झौताको बुँदा नम्बर १४ अनुसार सम्झौता भएको २ वर्ष भित्रमा निर्माण सुरु नभए जग्गा प्रयोग अनुमति स्वतः समाप्त हुन्छ भनिएको र वन क्षेत्र प्रयोग सम्बन्धि कार्याविधि २०७४ को दफा १३ को उपदफा २ अनुसार नभएको भन्दै , शर्त उल्लङ्घन हुँदा पनि सम्झौता खारेज नगरी निर्माण प्रक्रिया अगाडी बढाइनु को कारण के हो सरकारले जवाफ दिनुपर्ने भन्दै, मिन दरबार र ढकाल कार बनाउनु भन्दा जनताको जीवनस्तर उकास्नेगरि सरकारले काम गर्नुपर्ने उनले बताएकी छन्।

आदिवासी जनजातिहरुको अधिकारसम्बन्धि संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार पनि ति समुदायलाई असर गर्ने कुनै पनि परियोजना निर्माण अघी उनीहरुको सहमति अनिवार्य रहेको तर, केवल कार निर्माण अगाडी पाथिभरा बिकास समिति लगायत अन्य निकाय संग हुनुपर्ने सहमति पनि नभएको भन्दै बिकास जनताको पहुँचमा हुनुपर्यो बिचौलियाको खल्तीमा होइन भन्ने अभिव्यक्ति दिएकि छन्।

नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- पदको दुरुपयोग गरी करिब आठ करोड ७० लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको दाबी अनुसार, कुल २८ करोड ६५ लाख रुपैंयाको सम्पत्ति जोडेका बस्नेतले १९ करोड ९५ लाख रुपैयाँ मात्रै कानुनी रुपमा कमाएका थिए । अरु बाँकी रकम भ्रष्टाचारबाट आर्जन भएको अख्तियारको दाबी छ ।

यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद बिक्री गर्दा कमिसन बापत रकम दिएको, छोराहरुको विवाहको भोजमा गैरकानुन रुपमा खर्च गरेको अख्तियारको दाबी छ ।

उनी नागार्जुन नगरपालिकाको मेयर भएपछि अस्वभाविक रुपमा आर्जन हुने क्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ ।

नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

सरकारद्वारा १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको छ ।

मन्त्रालयले आइतबार विद्यार्थीलाई दिइएको छात्रवृत्तिको विवरण सार्वजनिक गरेको हो । जसअन्तर्गत आवासीय छात्रवृत्ति १२ हजार ६५ विद्यार्थीलाई ६० करोड ३२ लाख दिइएको छ ।

अपाङ्गता भएका, मुक्त कमलरी, सिमान्तकृत समुदाय, सडक बालबालिका, एचआइभी प्रभावित, वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजारको दरले दिइएको हो ।

गैरआवासीय छात्रवृत्ति १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख दिइएको मन्त्रालयले जनाएको छ । कर्णाली प्याकेज अन्तर्गत कक्षा १–५ मा अध्ययनरत बालिकालाई वार्षिक एक हजार रुपैयाँ दिइएको हो ।

दलित छात्रवृत्तिमा कक्षा १–५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड दिइएको छ । विपन्न लक्षित छात्रवृत्ति ६० करोड दिइएको मन्त्रालयले जनाएको छ । कक्षा ११–१२ विज्ञान विषयमा वार्षिक २४ हजार र अन्य विषयमा वार्षिक १८ हजार र कक्षा ६–१० का लागि वार्षिक ६ हजार दिइएको छ ।

प्राविधिक शिक्षा छात्रवृत्ति दलित, मुस्लिम, सिमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख दिइएको छ । यसमा मासिक निर्वाह भत्ता तीन हजार पाँच सय, यातायात खर्च वार्षिक एक हजार पाँच सय, पोसाक भत्ता वार्षिक दुई हजार पाँचसय रहेको छ ।

उच्च शिक्षा छात्रवृत्तिमा स्नातक/स्नातकोत्तर तहका शहीद, द्वन्द्वपीडित, मुक्त कमलरी, मुस्लिम महिला र अपाङ्गता भएका विद्यार्थीलाई वार्षिक २४ हजार छात्रवृत्ति दिइएको छ ।

आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार दिइएको छ । चिकित्सा शिक्षा छात्रवृत्ति १० हजार ५९४ विद्यार्थीका लागि पाँच अर्ब ११ करोड दिइएको मन्त्रालयले जनाएको छ ।

‘नो केबलकार’ समूह र सरकारी टाेलीबिचको वार्ता निष्कर्षविहीन

ताप्लेजुङ — ‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले सरकारसंग बसेको वार्ता बिनानिष्कर्ष टुंगिएको बताएका छन् । यधपी सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद महराईले विज्ञप्ति जारी गरेर थप जानकारी उपलब्ध गराउने बताएको छ।

आफूहरूको माग केबलकार खारेजी मात्रै रहेको अवस्थामा सरकारी टोलीले वार्तामा पोल कता राख्ने तथा केबलकारको संरचना कसरी बनाउने भन्ने विषय उठाएपछि वार्ता निष्कर्षमा नपुगेको नो केबलकार समूहले बताएको छ।

आन्दोलनरत समूहले मन्त्रीस्तरीय वार्ता समिति बनाउन प्रस्ताव गर्दै वार्ता सफल नभए आन्दोलनरत समूहले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।

निजी मेडिकल कलेजद्वारा आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन अस्वीकार

काठामाडौं – निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ ले अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता नदिने निर्णय गरेको छ।

यसअघी, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसैगरी, १४ माघमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षा मन्त्री विद्या भट्टराईले तीनबुँदे निर्णय गर्दै निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने पहिलो बुँदाको निर्णय थियो ।दोस्रो बुँदामा शैक्षिक सत्र २०८१र ०८२ देखि स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिकाअनुसार निर्वाह भत्ता प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकले अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियत गरी सेवा गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको थियो ।

सरकारको उक्त निर्णयमा असहमती जनाउँदै निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्ने स्रोत सुनिश्चित नभई आठौं तह बराबरको निर्वाह भत्ता सहित स्नातकोत्तर अध्यापन गराउन नसकिने जनाएको छ।

स्नातकोत्तर तहमा अध्ययन गर्ने (पिजी) आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय र मेडिकल काउन्सिल एवं प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सुविधा उपलब्ध गराउने निर्णय गरिएको थियो र उक्त निर्णयपछि आवासीय चिकित्सकले असन्तुष्टि जनाउँदै आन्दोलन सशक्त बनाएपछि सरकारले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता दिने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरूको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन्।

यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ। यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।

वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे । ‘यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’

दोलखामा सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

दोलखा — नेपाली सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ । लामो समयदेखि स्थानीयले मेलुङ गाउँपालिका–६ टुडिखेल वरपर अतिक्रमण गरेर बनाएका ३९ वटा घरटहरा हटाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

नेपाली सेनाको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा नेपाली सेनाको गरुड दल, जनपद र सशस्त्र प्रहरीसहितको टोलीले हटाएको हो । सेनाको जग्गामा बनेका घरटहरामा डोजर लगाएर भत्काइएको उनले बताए ।

‘सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन सूचना जारी गरेर अतिक्रमण हटाउने अभियान अर्न्तगत काम थालेका छौं,’ उनले भने, ‘जिल्लाभर सार्वजनिक जग्गा अतिक्रमण भएका क्षेत्रबाट स्थायी र अस्थायी संरचना हटाउन र नबनाउन भनेका छौं ।’

२००७ सालमा दोलखा र रामेछापको सदरमुकाम रहेको मेलुङमा तत्कालीन समयमा सेनाको टुकडी रहेको थियो । २०१८ सालमा दुई जिल्लाको प्रशासनिक ईकाई रहेको मेलुङ सोही वर्ष भएको राजनीतिक विभाजनपछि सदरमुकाम हटेको हो ।

नेपाली सेनाको गरुडदल गणले तालिम सञ्चालन गर्नका लागि आफ्नो जग्गामा भएको अतिक्रमण हटाइदिन प्रशासनलाई आग्रह गरेको थियो । मेलुङमा नेपाली सेनाको नाममा ६९ रोपनी जग्गा हेको छ । अतिक्रमण हटेपछि गरुडदल गणले तालिम सञ्चालन गर्ने जनाएको छ ।

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेस-एमाले गठबन्धन सरकारलाई सञ्चालनमा सुझाव दिन गत कार्त्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्तारुढ हलरूको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।

जनता समाजवादी पार्टी नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय नगर्दा दुवै सदनमा अध्यादेश निणयार्थ पेश हुन सकेको छैन्। अध्यादेश पारित गराउन प्रतिनिधिसभामा सत्तारुढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रियसभामा बहुमत पुर्‍याउन जसपा नेपालको साथ आवश्यक छ।

यसअघि माघ २४ गते संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू निर्णयार्थ पेश गर्ने कार्यसूची रहे पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो। राष्ट्रियसभामा सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि अध्यादेश पेश गर्ने कार्यसूचीबाट नै हटाइएको थियो।

देश लुट्न र बिचौलियालाई फाइदा पुर्याउन अध्यादेश ल्याइयो : माधव नेपाल

पोखरा- पोखरामा आयोजीत एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेश अधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले देश लुट्न, बिचौलियालाई फाइदा पुर्याउन र भ्रष्टचारीलाई प्रोत्साहान गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

जनताको लागि अध्यादेश ल्याएको भए संसद अधिवेशन बोलाएर ल्याउनु पर्नेमा किन रातारात ल्यायो र के आवश्यकताले ल्यायो भन्ने प्रश्न गर्दै संसद छलेर ल्याएको ६ अध्यादेशमार्फत ३० वटा कानुन संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको उनले आरोप लगाएका छन् ।

उनले उपस्थित नेता कार्यकत्तालाई निराश नभई चुनौतिको सामना गरेर अघि बढ्न आग्रह गर्दै बजारमा चलेको हल्ला जस्तो एमाले वा माओवादी पार्टीसँग एकता नहुने प्रष्ट पारे । तर विचार मिल्ने पार्टीसँग सहकार्य भने हुनसक्ने उनले बताए ।

अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट चार सय प्रतिनिधि र आयोजक गरेर ५५० जनाको सहभागिता रहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । अधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र तीन सहसचिवसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । समितिको कार्यकाल चार वर्षको रहने बरालले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्ने

काठमाडौँ- लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बाेधन गर्ने भएका छन्। फागुन ५ गते उनले विशेष सम्बोधन गर्ने प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए। उनका अनुसार फागुन ५ गते दिउँसो १ बजे प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

प्रदेश सभा बैठकमा विशेष सम्बाेधनका लागि प्रधानमन्त्री ओलीलाई सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रदेश सभाको तर्फबाट निमन्त्रणापत्र पठाएका छन्। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेश सभाको बैठकलाई विशेष सम्बाेधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बाेधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि

काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुँदैछ।

माघ २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र महाधिवेशनमा देशभरबाट करीब एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने
महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले बताएकी छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने र साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने भन्दै नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ।

संयोजक यमीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने बताएकी छन्।

अध्यादेशमा माओवादीको साथ खोज्दै एमाले

गुल्मी- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले संसदमा अध्यादेश पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको साथ् खोजेको छ।एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेशमा सहयोग माग्न आग्रह गरेका छन्।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले महासचिव शंकर पोखरेलले अध्यादेशमा सहयोग माग्न फोन गरेको बताएका छन् । माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पोखरेलले फोन गरेको पुनले बताए तर कुराकानीका क्रममा उनले अध्यादेशमा सरकारलाई सहयोग गर्न नसक्ने स्पष्ट पारे। उपमहासचिव पुनले अध्यादेश खारेज हुनेमा एमाले चिन्तित रहेको टिप्पणी गर्दै अध्यादेश मार्फत शासन गर्न अहंकारी भएर आफूलाई बाइपास गरेको एमाले समस्यामा परेपछि सहयोग माग्न थालेको पुनले बताएका छन् । देशको समस्या समाधान गर्ने असल नियत भए अध्यादेश फिर्ता लिनुपर्ने र विधेयक प्रक्रियागत रूपमा ल्याउनुपर्ने उनले आग्रह गरे।

अध्यादेशहरू बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा निर्णयार्थ पेश गर्नुपर्ने थियो। तर, प्रतिनिधि सभामा बहुमत भए पनि, राष्ट्रिय सभामा अल्पमतमा परेकाले सरकारले अन्तिम समयमा सभामुखलाई कार्यसूचीबाट हटाउन अनुरोध गरेको थियो।

जनकपुरका अधिकांश निजी अस्पताल गैरकानुनी रुपमा सञ्चालन

जनकपुर- जनकपुरका अधिकांश निजी अस्पताल गैरकानुनी रूपमा सञ्चालन भइरहेको पाइएको छ । जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका अधिकांश निजी अस्पताल गैरकानुनी सञ्चालन भएको पाइएको हो ।

उपचारमा गम्भीर लापरबाही बढेको गुनासो लगातार आएपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार एकैदिन जनकपुरधामका २० वटा अस्पतालको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा अधिकांश अस्पताल दर्ता बिना नै सञ्चालन भएको तथा दर्ता भएकाहरू पनि मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीले शनिबार जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको अनुगमन गरेका थिए ।

यस्तै, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालि, नयना अस्पताल एन्ड प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालिमा पनि मुख्यमन्त्रीले छड्के गरेका थिए ।

अनुगमनकै क्रममा मुख्यमन्त्री सिंह सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालि पनि पुगेका थिए ।

कानुन अनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिई सञ्चालन भइरहेको अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिंदै, जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएको पाइएपछि मुख्यमन्त्रीले आइतबारसम्ममा आफैंले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अनाधिकृत तवरले खेलिएका तथा स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पूरा गरेको अवस्थामा नदेखिएका अस्पतालका सञ्चालकहरूलाई सबै कागजपत्र लिएर आइतबार सरकारको सम्पर्कमा आउन निर्देशन दिएका छन् ।उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने विधेयक पास हुँदैन- गगन थापा

काठमाडौँ — सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने गरी ल्याएको सामाजिक सञ्जाल विधेयकबारे बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा कांग्रेसको नेतृत्व रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कुनै पनि कानुन पारित नहुने बताएका छन् ।

काठमाडौंमा भएको अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले कांग्रेस रहँदासम्म नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षाका विषयमा धेरै चिन्ता लिन नपर्ने पनि बताएका हुन् ।

‘अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी अहिलेको संसदबाट कुनै पनि कानून पारित हुन सक्दैन । कांग्रेस अहिले मुलुकको सबैभन्दा ठूलो दल हो । हामी प्रेस स्वतन्त्रताको कुरामा, लोकतन्त्रको कुरामा, अभिव्यक्ति स्वतन्त्रताको कुरामा, विधिको शासनको पक्षमा स्पष्ट हौँ । यी कुराहरू नेपाली कांग्रेसका आधारभूत मूल्यमान्यताका विषय हुन् । यी विषयबाट कांग्रेस पछि हट्न सक्दैन,’ उनले भने। कांग्रेस रहँदासम्म चाहे त्यो सत्तामा हुँदा होस् वा विपक्षमा हुँदा होस् कुनैपनि अवस्थामा यी विषयहरूको बर्खिलाप हुने गरी कानून बन्न सक्दैन र बन्दैन भन्दै उक्र कुरामा सबैलाई ढुक्क हुन आग्रह गरेका छन्।

मानव मुटुको हेरचाह कसरी गर्ने ?

मुटु शरीरको एक महत्त्वपूर्ण अंग हो जसले निरन्तर रक्त संचार गरेर शरीरभरि अक्सिजन र पोषण पदार्थ पुर्‍याउँछ। तर,पछिल्लो समय विश्वभरि मुटु रोग मृत्युको एक प्रमुख कारण बन्न पुगेको छ। मुटुको हेरचाह कसरी गर्ने, मुटु रोगका कारणहरू के हुन् र तिनीहरूको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी हुनु आवश्यक छ।

मुटु रोग विभिन्न कारणहरूका कारण विकसित हुन्छन्। अस्वस्थकर भोजन, बढी मात्रामा बोसो, कोलेस्ट्रोल र ट्रान्स फ्याटयुक्त खाना सेवनले मुटुको धमनी बन्द हुन सक्छ। शारीरिक व्यायाम नहुँदा मोटोपन, उच्च रक्तचाप र मधुमेहको जोखिम बढ्न जान्छ धूम्रपान र अत्यधिक मदिरा सेवनले रक्त नलीहरूलाई क्षति पुर्‍याउँछ। उच्च रक्तचापले हृदयमा थप दबाब पुर्‍याउँछ भने मधुमेहले रक्तनली र हृदय नियन्त्रण गर्ने स्नायु प्रणालीलाई असर पार्छ। मोटोपनले हृदयलाई बढी परिश्रम गर्न बाध्य पार्छ। मानसिक तनाव उच्च रक्तचाप निम्त्याउन सक्छ। साथै, परिवारमा मुटु रोगको इतिहास भएमा यसको सम्भावना अझ बढी हुन्छ ।

सामान्य रूपमा पाइने मुटु रोगहरूमा कोरोनरी आर्टरी डिजिज, हृदयाघात, अनियमित हृदयगति (एरिद्मिया), उच्च रक्तचाप, जन्मजात हृदय रोग र कार्डियोमायोपेथी मुख्य छन्। कोरोनरी आर्टरी डिजिज धमनीहरूमा चिप्लो पदार्थ जमेर रक्त प्रवाह अवरुद्ध हुँदा हुन्छ। हृदयाघात रक्त प्रवाह अवरुद्ध हुँदा हृदयमा अक्सिजन नपुगेर हुने अवस्था हो। हार्ट फेलुअर भनेको मुटुले पर्याप्त रक्त पम्प गर्न नसक्ने अवस्था हो। उच्च रक्तचाप दीर्घकालीन रूपमा मुटु र रक्तनलीहरूलाई क्षति पुर्‍याउने समस्या हो।

मुटु रोगको रोकथाम गर्न स्वस्थ आहार आवश्यक छ। फलफूल, सागसब्जी, साबुत अन्न, प्रोटिनयुक्त खाना र स्वस्थ बोसोयुक्त पदार्थ खानुपर्छ। नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ। धूम्रपान छोड्नुपर्छ। मदिरा कम मात्रामा मात्र सेवन गर्नुपर्छ। मानसिक तनाव कम गर्न ध्यान, योग, गहिरो सास फेर्ने जस्ता अभ्यास गर्नुपर्छ। स्वस्थ शारीरिक तौल राख्नुपर्छ। रक्तचाप र कोलेस्ट्रोल नियमित रूपमा जाँच गर्नुपर्छ। नियमित स्वास्थ्य परीक्षणले मुटु रोगको सम्भावना कम गर्न सहयोग गर्छ। पर्याप्त पानी पिउनु र दैनिक ७-९ घण्टा निद्रा पुर्याउनु पनि आवश्यक छ।

अत्यधिक चिल्लो र नुनिलो खानेकुरा कम खानु पर्छ। प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा जस्तै ओट्स, सिमी, हरियो तरकारीहरू उपयुक्त हुन्छन्। प्रशस्त मात्रामा नुन खानाले उच्च रक्तचाप बढाउने सम्भावना रहन्छ, जसले गर्दा मुटुमा नकारात्मक असर पुर्‍याउँछ। अत्यधिक तनाव तथा अवसादले पनि मुटु रोगको खतरा बढाउने भएकाले मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

मुटुको हेरचाह गर्नु लामो र स्वस्थ जीवन जिउनका लागि आवश्यक छ। स्वस्थ जीवनशैली अपनाएर, हानिकारक पदार्थहरूबाट बचेर, तनाव कम गरेर र नियमित स्वास्थ्य जाँच गरेर मुटु रोगको जोखिम घटाउन सकिन्छ। आजैबाट मुटुको हेरचाह गर्न सुरु गर्दा भोलि स्वस्थ रहन सकिन्छ।

अदालतद्वारा ‘युएसएआईडी’का कर्मचारीहरूलाई बिदामा राख्ने ट्रम्पको योजना खारेज

अन्तिम समयमा आएको अदालती आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएआईडी २,२०० कामदारहरूलाई तलबी बिदामा राख्नबाट अस्थायी रूपमा रोक लगाएका।

न्यायाधीश कार्ल निकोल्सले एजेन्सीलाई बचाउन खोज्ने दुई युनियनहरूले दायर गरेको अन्तिम मिनेटको मुद्दाको जवाफमा अन्तरिम आदेश जारी गर्दै ट्रम्पको योजना खारेज गरिदिएका छन्। उक्त अन्तरिम आदेश एक हप्ताको लागि, फेब्रुअरी १४ मध्यरातसम्म लागू रहनेछ।

ट्रम्पले विदेशी सहायता एजेन्सी, युएसएआईडी ६११ कामदारहरू बाहेक एजेन्सीका लगभग सबै १०,००० कर्मचारीहरूलाई बिदामा राख्ने योजना बनाएका थिए । लगभग ५०० कर्मचारीहरूलाई पहिले नै प्रशासनिक बिदामा राखिएको थियो र अन्य २,२०० लाइ भने शुक्रबारदेखि बिदामा राख्ने तयारि गरिएको थियो।

तर शुक्रबार अन्तिम समयमा भएको मुद्दामा सरकारले अमेरिकी संविधानको उल्लङ्घन गरिरहेको र कामदारहरूलाई हानि भइरहेको तर्क गर्दै ट्रम्पको योजना खारेज गरिएदिएको हो। बुधबार हुने अर्को सुनुवाइमा न्यायाधीशले उक्त अन्तरिम आदेशलाई दीर्घकालका लागि बढाएर ट्रम्पको योजना खारेज गर्न सक्ने अनुमान गरिएको छ।
अदालतको आदेशबाट बाँकी कर्मचारीहरूको जागिर के हुनेछ भन्ने कुरा स्पष्ट छैन। फैसला आउँदा, अमेरिकी अधिकारीहरूले वाशिंगटन डीसीमा रहेको उक्त संस्थाको मुख्यालयमा रहेको युएसएआईडी का चिन्हहरू हटाउँदै र छोप्दै आएका थिए।

हराएको अमेरिकी विमान अलास्कामा दुर्घटनाग्रस्त भेटियो: विमानमा रहेका सबै १० जनाको मृत्यु

नालाक्लीटबाट नोम जाँदै गरेको बेरिङ एयरको विमान अलास्कामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ।

नोमबाट ३४ माइल (५५ किलोमिटर) दक्षिणपूर्वमा विमानको भग्नावशेष फेला परेको छ भने दुर्घटनाको कारण के हो भन्ने अझै खुल्न सकेको छैन।

दुई हप्ताभन्दा कम समयमा अमेरिकामा भएको यो तेस्रो गम्भीर विमान दुर्घटना हो। जनवरी ३१ मा, पेन्सिलभेनियाको फिलाडेल्फियामा लिअरजेट ५५ मेडिकल उडान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तिमा ७ जनाको मृत्यु भभएको थियो भने १९ जना घाइते भएका थिए।

त्यसैगरी ,जनवरी २९ मा, वाशिंगटन, डीसीको रोनाल्ड रेगन विमानस्थल नजिकै अमेरिकन एयरलाइन्सको जेटलाइनर र आर्मी ब्ल्याक हक हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौं – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो । बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगो लागेको र आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीका अनुसार आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । ‘बिहान ८:४६ मा भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो भने खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ र अन्य क्षतिको विवरण भने यकिन हुन सकेको छैन।

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि प्रहरीले जनाएको छ।

मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर- उपचारमा लापरबाही गरेको र दर्ता भन्दै मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको मुस्कान अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

पित्तथैलीको शल्यक्रियामा लापरवाही भएको र शल्यक्रियाको २० दिनसम्म पनि बिरामीको होस् नआएको भन्ने समाचार प्रकाशित भएपछी अस्त्पतालाको अनुगमनमा पुगेका मुख्यमन्त्री सिंहले अस्पताल दर्ता समेत नगरी अवैध रुपमा संचालन गरिरहेको भन्ने बुझेपछि उनले अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।

दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन निर्देशन दिंदै बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिए।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादवको अहिलेसम्म होस् आएको छैन ।

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अध्यागमन विभागको जिम्मा लगाएको छ ।

सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्‍यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड पक्राउ परेका हुन् । त्यस्तै भारतको पश्चिम बंगाल राज्यका नागरिक वसन्त लामा पनि पक्राउ परेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर अनुसन्धानका लागि उनीहरूको राहदानी अध्यागमन विभागमा पठाइएको छ । प्रहरीका अनुसार गत माघ २२ मा भवन निर्माणका लागि धरान पुगेको थाहा पाएपछि उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । एक अधिकारीले भने, ‘निजहरूको राहदानी चेक गर्दा पर्यटक भिसामा नेपाल आएको तर भिसाको अवज्ञा गरी चर्चको भवन बनाउन श्रमदान गरेको पाइएकाले निजहरूका नाममा जारी भएको राहदानी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका अमेरिकी नागरिक १५ दिने भिसा लिएर मात्र नेपाल प्रवेश गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताए । अध्यागमन स्रोतका अनुसार उनीहरूलाई कसुरको मात्रा हेरी के कारबाही गर्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अध्यागमन ऐन-२०४९ मा उनीहरूलाई निश्चित अवधिका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था छ ।

अमेरिकी प्रतिबन्धको निन्दा गर्दै न्याय प्रदान गर्ने काम जारी राख्ने आईसीसीको वाचा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कर्मचारीहरूमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी सरकारको उक्त कदमको निन्दा गर्दै आफ्नो न्यायिक कार्य जारी राख्ने वाचा गरेको छ।

आईसीसीले आफु आफ्ना कर्मचारीहरूको पक्षमा दृढ रूपमा उभिने र आफ्नो र स्वतन्त्र र निष्पक्ष कामलाई अमेरिकी प्रतिवन्धले कुनै प्रभाव नपर्ने बताएको छ।

आईसीसीले गाजामा कथित युद्ध अपराधको आरोपमा इसरायाली नेता नेतान्याहूको विरुद्ध पक्राउ पुर्जी जारी गरेको विषयलाई ट्रम्पले अदालतको उक्त आदेशलाई अवैध र आधारहीन भएको बताएका छन्।

आईसीसी एक अन्तराष्ट्रिय अदालत भएपनि अमेरिका र इजरायल सो को सदस्य छैनन्, जससँग नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधको लागि अभियोजन ल्याउने शक्ति छ।

आईसीसी यसअघी युक्रेनमा कथित युद्ध अपराधको आरोपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, “अफगानी केटीहरू र महिलाहरूलाई सताएको” लागि तालिबान नेताहरू र रोहिंग्या मुस्लिमहरू विरुद्धको अपराधको लागि म्यानमारको सैन्य नेतालाई पनि पक्राउ पुर्जी जारि गरेको थियो।

ट्रम्पले आईसीसी विरुद्द लगाएको प्रतिबन्धले अमेरिकी नागरिक वा उसको सहयोगी राष्ट्रहरु विरुद्ध आईसीसी अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरू र उनीहरूका परिवारहरूमाथि आर्थिक प्रतिबन्ध लगाएको छ,जसअनुसार सम्पत्ति जफत गर्ने, साथै आईसीसी अधिकारीहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरूको संयुक्त राज्य अमेरिकामा प्रवेश निलम्बन गर्ने सम्भावना समेत रहन्छ।

यसअघी,सन् २०२० को आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले युद्ध अपराध गरेको छ कि छैन भनेर अनुसन्धान गरिरहेका आईसीसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका थिए । यसमा पूर्व प्रमुख अभियोजक फतोउ बेन्सौदालाई संयुक्त राज्य अमेरिका प्रवेशमा निलम्बन गर्दै उनको सम्पत्ति रोक्का समेत गरेको थियो । ती प्रतिबन्धहरू पछि राष्ट्रपति जो बाइडेनको प्रशासनले हटाएको थियो।

राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा गर्न सरकारलाई निर्देशन

काठमाडौं – सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति अम्मर बहादुर थापाले समिति बैठकले कर्णाली प्रदेशमा आगामी चैत्र २३ गतेदेखि हुने राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् ।

फाल्गुनमा नै राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनिएपनि विविध कारण चैत्रमा सार्नुपरेको भन्दै बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको समस्याका कारण समयमा नै पूर्वाधार लगायतको तयारी गर्न नसकेको र मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच समन्वयन हुन नसकेको बताएका छन् ।

बैठकमा समिति सदस्यहरूले खेलकुद निकायबीच समन्वयन गरेर समयमा नै प्रतियोगीता सम्पन्न गर्न सरकारलाई सुझाव दिएका थिए । आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा समितिले युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरेको हो ।

आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबर सेवा सुविधा दिने निर्णय

काठमाडौं- निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता पाउने भएका छन् ।

शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा मासिक ४८ हजार सात सय कायम गर्नुपर्ने निर्णय गरेको हो ।हाल निजी मेडिकल कलेजले मासिक २० हजार निर्वाह भत्ता दिँदै आएका छन् ।

अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने सचिवालयले बताएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक २३ लाख शुल्क लिने विषयमा पनि छलफल गरेको छ ।

बैठकमा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष प्रा डा ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गरेका थिए ।तर प्रधानमन्त्री ओली, सहअध्यक्षहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गरेको सचिवालयले बताएको छ ।

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन

काठमाडौं – सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ गरिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजिनामा र उनको कारबाहीको माग गर्दै दलित अधिकारकर्मीहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् ।

दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले गृहमन्त्रीको राजनीनामा र उनलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका नेताद्वारा सांघातिक आक्रमण

काठमाडौं – ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको टोलीले गए राति सांघातिक आक्रमण गरेका छन् ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि गए राति १२ बजे आक्रमण गरिएको र उनीहरूलाई एमालेनिकट अनेरास्ववियुका नेताहरूले आक्रमण गरेको दरबारमार्ग प्रहरी स्रोतले जनाएको छ ।

विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको छ । ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्नहरु हालसम्म फरार रहेको र उनीहरूको विरुद्ध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

बेलायती सेनामा नयाँ भर्ती भएकाहरूलाई राजकुमार एडवर्डले पद तथा गोपनीयताको शपथ गराए

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवर्डले बेलायती सेनामा नयाँ भर्ती भएका २७४ नेपालीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

हिन्दू धर्मशास्त्र अनुसार स्वस्तिशन्ति मन्त्रको पाठ गरेपछि, एडिनबर्गका ड्यूक र डचेसले पोखराको ब्रिटिश क्याम्पमा आयोजित एक समारोहमा नेपाली सैनिकहरूलाई शपथ गराएका छन् । उनीहरूले लामो समयदेखि सेवा गरिरहेका ब्रिटिश पूर्व सैनिकहरूलाई पदक तथा सम्मान समेत प्रदान गरेका छन् ।

राजकुमार एडवर्ड र उनकी श्रीमती निजी भ्रमणमा गत मंगलबार काठमाडौं आइपुगेका थिए। उनीहरू माघ २७ मा स्वदेश फर्कनेछन्।

अध्यादेशको धमिलो पानीमा माछा मार्ने दाउ छोप्दै उपेन्द्र यादव

काठमाडौं – सरकारले २४ गतेको प्रतिनिधि सभा बैठकमा निर्णयार्थ पेश गर्ने तयारी गरिरहेको अध्यादेश अन्तिम समयमा आएर संसद् बैठकको कार्यसूचीबाट हटाइयो।उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अध्यादेशमा सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा ठोस निर्णय दिन नसक्दा संसदमा अध्यादेश निर्णयार्थ पेश हुन नसकेको बताइएको छ।

सरकारले ल्याएका अध्यादेश र अन्य विधेयकहरु प्रतिनिधि सभाबाट बहुमतका साथ पारित गर्न सक्ने अवस्था रहेपनि अङ्कगणितिय हिसाबले सांसद संख्यामा भने सरकार राष्ट्रिय सभामा अल्पमतमा नै देखिन्छ । त्यसैले वर्तमान अवस्थामा सरकारले ल्याएका विधेयक र अध्यादेशहरुलाई पारित गराउन सरकारले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ् खोजिरहेको छ।राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालसँग तीन सांसद छन् । राष्ट्रिय सभामा सत्तापक्षसँग कांग्रेसका १६, एमालेका १० र लोसपाको एक सांसद छन् । ५९ सदस्यीय राष्ट्रियसभामा सत्तापक्षलाई बहुमत पुर्याउन तीन सांसद आवश्यक पर्छ । राष्ट्रिय सभामा विपक्षीको तर्फबाट माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ सांसद रहेका छन् ।

यसअघी, जसपा नेपालले अध्यादेश अध्ययन कार्यदल नै गठन गरेर अध्यादेश सहि छ या गलत छ भनेर अध्ययन गर्ने भन्दै एउटा समिति नै बनायो। तर उक्त समितिले आफ्नो कार्यदलले तयार पारेको प्रतिवेदन आज भन्दै – भोलि भन्दै सार्वजनिक गर्न आलटाल गरिरह्यो। सरकारलाई अध्यादेश पारित गराउन आफ्नो साथ चाहिने बुझेका यादवले सरकारलाई अध्यादेशमा समर्थन जनाउन सत्ताको बार्गेनिङ्ग गरिरहेको चर्चा चलिरहेको छ। जसपा नेपालले आफ्नो अध्ययन कार्यदलले संसद बैठक सुरु हुने ३-४ अगाडी देखि नै अध्यादेश अध्ययन कार्यदल र सो कार्यदलले तयार पारेको प्रतिवेदनको ‘ट्रंम्प कार्ड ‘ प्रयोग गर्दै सत्तारुढ दलका शिर्ष नेता शेर बहादुर देउवा र प्रधानमन्त्रीसंग पटक-पटक भेटघाट र छलफल समेत गरिसकेका छन्।

जसपा नेपालले सरकारले ल्याएको अध्यादेशलाई समर्थ गर्छ या गर्दैन भनेर सामान्य रुपमा आफ्नो धारणा व्यक्त गर्नसक्ने अवस्था रहंदा-रहँदै पनि यादवले कहिले पार्टीभित्रको छलफल त कहिले अध्यादेश अध्ययन कार्यदलको प्रतिवेदनको नाममा आफ्नो निर्णायक शक्तिको फाइदा उठाउँदै सत्ताको बार्गेनिङ्ग गरिरहेको चर्चा चलिरहेको छ।

काँग्रेसका एक नेताको अनुसार उपेन्द्र यादवले काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसंग भएको छलफलमा सरकारलाई अध्यादेशमा समर्थन गरेबापत सरकारमा आफ्नो सम्मानजनक सहभागीता वा मधेश सरकारको मुख्यमन्त्री पाउनुपर्ने शर्त अगाडी सारेका छन् र त्यहि शर्तमा सत्तारुढ दलले टुङ्गो लगाउन नसक्दा उपेन्द्र यादवसंग कुरा मिल्न गाह्रो भैरहेको बुझिएको छ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि अध्यादेशमा सघाउनको लागि जसपा नेपालले केही शर्त राखेको संकेत गर्दै भने,”कुरा मिलिसकेको छ । हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । उहाँहरुबाट सहयोग हुन्छ । उहाँहरु सकारात्मक हुनुहुन्छ । शर्त अहिले छाडिदिनुस् । भोलिका दिनमा थाहा पाउनुहुन्छ ।”

यसैबीच, जसपा नेपालले अध्यादेशबारे आज निर्णय गर्ने, भोलि निर्णय गर्ने भन्दै र पार्टीको अर्को बैठकबाट ठोस निर्णय लिने भन्दै म्याद सारिरहेको अवस्थामा जसपा नेपालले आफुलाई सत्तामा उभ्याउन सरकारसंग आफ्ना शर्तहरु राखेर बार्गेनिङ्ग गरिरहेको घाम जत्तिकै छर्लंग छ भनेर राजनीतिक वृतमा चलिरहेको हल्ला के कति सत्य छ त्यो भने भोलिको दिनमा पक्कै पनि खुल्दै जानेछ। अध्यादेशमा जसपा नेपालले जनाउने सहमति र विमतिको निष्कर्ष र त्यसपछि सत्ता र राष्ट्रिय राजनीतिमा देखिने उसको सहभागिताले पक्कै पनि त्यो कुरालाई पुष्टि गर्नेछ।

सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन्।

चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दासमेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक नरहेको र अर्कोतर्फ तारन्तार हुने प्रदेशस सचिव परिवर्तन, आवश्यक कानुनको अभाव लगायतका कारणले पनि प्रदेश सरकारले गरेका काम प्रभावकारी नदेखिएकोले, विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

करिब एक घण्टा मुख्यमन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली दिउँसो २ बजे संगरमाथा संवादको तयारी बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

अर्धवार्षिक समीक्षामार्फत १ खर्ब ६७ अर्ब रुपैयाँले घट्यो बजेट

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाएको जानकारी गराएका छन्। सरकारले चालू आव ०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान १ खर्ब ६७ अर्ब रुपैयाँले घटाएको छ।

चालू आवमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ। यो रकम शुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो।

चालूतर्फ १० खर्ब २९ अर्ब ३० करोड रुपैयाँ अर्थात् विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख रुपैयाँ अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख रुपैयाँ अर्थात् विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान छ।

चालू वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख रुपैयाँ, वैदेशिक अनुदानतर्फ ३६ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ।

अर्थमन्त्री पौडेलका अनुसार अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई ३४ अर्ब ८९ करोड २२ लाख रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ५० अर्ब २६ करोड ८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ।

चालू आवमा विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा प्रदेशतर्फ ३६ दशमलव १७ प्रतिशत र स्थानीय तहमा ४८ दशमलव १० प्रतिशत हस्तान्तरण भएको छ। समीक्षा अवधिमा प्रदेश र स्थानीय तहमा गरी कूल अनुदानको ४५ दशमलव २८ प्रतिशत हस्तान्तरण भएको छ।

अर्थ मन्त्रालयकाअनुसार यो अवधिमा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट सङ्कलन हुने अन्तःशुल्क रकममध्ये प्रदेश र स्थानीय तहलाई सूत्रअनुसार ( १५ प्रतिशतले हुने) ३२ अर्ब २७ करोड ९० लाख रुपैयाँका दरले जम्मा ६४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ बाँडफाँट गरि पठाइएको छ। जुन गत वर्षको तुलनामा १४ दशमलव १७ प्रतिशतले बढी हो।

अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा गर्नुपर्ने सुधार पनि सरकारले औँल्याएको छ। जसअन्तर्गत सबै सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना नगर्ने, खर्चको मापदण्ड बनाई चालू खर्चमा मितव्ययिता कायम गर्नेलगायत विषय रहेका छन्।

स्रोतमा परेको चापलाई दृष्टिगत गरी अनिवार्य दायित्वबाहेक चालू खर्चतर्फ विनियोजित सरकारको स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ।

जग्गा प्राप्ति र मुआब्जा वितरण, वन क्षेत्र उपयोगको स्वीकृतिलगायतका तयारी पूरा गरेर मात्र पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयनका लागि खरिद प्रक्रियामा लैजाने, राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाउनेलगायत विषय रहेका छन्।

आईसीसी विरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

“म, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले रोम विधानद्वारा स्थापित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिका र हाम्रो नजिकको सहयोगी इजरायललाई लक्षित गरी अवैध र आधारहीन कार्यहरूमा संलग्न भएको पाएको छु । आईसीसीले वैध आधार बिना नै संयुक्त राज्य अमेरिका र इजरायल सहित यसका केही सहयोगीहरूका कर्मचारीहरूमाथि प्रारम्भिक अनुसन्धान सुरु गरेको , र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ ग्यालेन्टलाई लक्षित गरी आधारहीन गिरफ्तारी वारेन्ट जारी गरेर आफ्नो शक्तिको थप दुरुपयोग गरेको छ,” दस्तावेजमा भनिएको छ।

“संयुक्त राज्य अमेरिकाले आईसीसीको कुनै पनि क्षेत्राधिकारमा सहमति जनाएको छैन र आफ्ना सहयोगीहरूले संयुक्त राज्य अमेरिका, इजरायल, वा संयुक्त राज्य अमेरिकाको कुनै पनि अन्य सहयोगी विरुद्धको आईसीसीको कुनै पनि कार्यहरूको विरोध गर्न आग्रह गर्दछु। संयुक्त राज्य अमेरिका जवाफदेहिता र अन्तर्राष्ट्रिय व्यवस्थाको शान्तिपूर्ण खेतीप्रति प्रतिबद्ध छ, तर आईसीसी र रोम विधानका पक्षहरूले संयुक्त राज्य अमेरिका र अन्य देशहरूको निर्णयहरूको सम्मान गर्नुपर्छ जसले आफ्ना कर्मचारीहरूलाई तिनीहरूको सम्बन्धित सार्वभौम विशेषाधिकार अनुरूप आईसीसी को क्षेत्राधिकारमा अधीनमा नराख्ने, ,” कार्यकारी आदेशमा भनिएको छ।

“संयुक्त राज्य अमेरिकाले आईसीसीको उल्लंघनका लागि जिम्मेवार व्यक्तिहरूमाथि मूर्त र महत्त्वपूर्ण परिणामहरू लागू गर्नेछ, जसमध्ये सम्पत्तिहरूरोक्का गर्ने, साथै आईसीसीको अधिकारीहरू, कर्मचारीहरू, र एजेन्टहरू, साथै तिनीहरूका नजिकका परिवारका सदस्यहरूको संयुक्त राज्य अमेरिकामा प्रवेश निलम्बन समावेश हुन सक्छ, किनकि हाम्रो राष्ट्रमा उनीहरूको प्रवेश संयुक्त राज्य अमेरिकाको हितको लागि हानिकारक हुनेछ,” दस्तावेजमा भनिएको छ।

“त्यसैले म यो निर्धारण गर्छु कि संरक्षित व्यक्तिहरूको अनुसन्धान, गिरफ्तारी, हिरासत वा मुद्दा चलाउने आईसीसीको कुनै पनि प्रयासले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिको लागि असामान्य र असाधारण खतरा हो, र म यसद्वारा त्यो खतरालाई सम्बोधन गर्न राष्ट्रिय आपतकाल घोषणा गर्दछु,” ट्रम्पले आफ्नो कार्यकारी आदेशमा भने।

नोभेम्बर २१ मा, आईसीसी प्रि-ट्रायल चेम्बरले कम्तिमा अक्टोबर ८, २०२३ र मे २०, २०२४ बीचमा गाजा पट्टी लगायत प्यालेस्टिनी क्षेत्रहरूमा गरिएको कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व इजरायली रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ वारेन्ट जारी गरेको थियो ।

जुन २०२० मा, ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा यस्तै कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका थिए, जसले आईसीसी सदस्यहरूमा प्रतिबन्धहरू लागू गर्न पनि अनुमति दिएको थियो। त्यसपछि जो बाइडेनको नेतृत्वमा रहेको अर्को अमेरिकी प्रशासनले २०१७-२०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले लगाएको आईसीसी विरुद्धको प्रतिबन्ध हटाइदिएको थियो ।

आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १४ पैसा र बिक्रीदर चार रूपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५३ पैसा र बिक्री दर ३१ रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७४ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

संसदमा प्रचण्डको आक्रोश राजनीतिक कुण्ठा कि यथार्थ ?

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै शालीन देखिएका थिए। यधपी, संसदमा उनले बोलेका शब्दहरु र उनले दिएका अभिव्यक्ति निकै आक्रोशपुर्ण थियो। उनले सरकार र सरकारको कदमको आलोचना मात्रै गरेनन् , उनले सरकार र प्रधानमन्त्री लक्षित गम्भीर आरोप समेत लगाए।

सरकार संसदलाई अपमान गर्ने र छल्ने बाटोमा देखिएको र आफुहरुले पटक -पटक संसद अधिवेशन बोलाउन आग्रह गर्दा समेत संसद छलेर रातारात अध्यादेश ल्याएको र पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भन्दै अध्यादेश ल्याएर सार्वभौम संसदको उपेक्षा गरिएकोप्रति आपत्ति जनाए।”संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो ? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ?”, भनेर उनले सरकारलाई प्रश्न समेत गरे।पहिलो र दोस्रो दलको सरकार प्रतिगमन र निरंकुशतातिर अग्रसर भएको प्रमाणित भएको उनले बताएका छन्।

“राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग गरेर अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराएर कडा कडा मुद्दा लगाउने सरकारलाई सत्ताको घमन्ड हो कि जनतासँग डर हो ? टिसर्टमा कसैको फोटो देखियो भनेर नागरिकलाई नियन्त्रणमा लिने,सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई थुनेर मुद्दा चलाउने र सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमैं नियन्त्रण गर्न खोजेको,नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएकोप्रति आपत्ती जनाउँदै, नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?”, भनेर प्रश्न गरेका छन्।नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्ने गरी विधेयक दर्ता गरेर प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न भन्ने कुरालाई पुष्टि गरेको र उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ । यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । तर, के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ? भनेर काँग्रेसलाई लक्षित गर्दै उनले प्रश्न गरे।

आफै आफ्नो पीठ थप्थप्याएर आफैले आफूलाई प्रमाणपत्र दिएर आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको र नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं भन्दै, ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? भन्ने प्रशं गर्दै सरकारको तथ्याङ्क मिथ्याङ्क मात्र भएको भन्दै धेर-थोर सरकारको कामकाज र देशको वर्तमान आर्थिक स्थितिको समिक्षा समेत सुनाए। यधपी, संसदमा बोल्ने क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उनले सुनाएको आर्थिक विवरण गलत भएको बताएका थिए।

सरकारले जारि गरेको भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको अध्यादेशले गिरीबन्धु टि–स्टेट सहित देशभरका हदबन्दी भन्दा धेरैका जग्गाहरूको किनबेच स्वामित्व हस्तान्तरणलाई कानुनी रूप प्रदान गर्न दुरुपयोग गर्न सकिने आधारहरू प्रदान गर्ने,भूमाफियाहरूको चाहनाअनुरूप किसानको जमिनको भूउपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पुर्याउने वातावरण तयार गर्न खोजिएको उनले आरोप लगाए।

सरकारले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलाई २०७३ सालको घटनामा जोडेर झुठा मुद्दा लगाउन खोजेको र पार्टी परिवर्तन गरेर आफूसँग आए मुद्दा नचलाउने भनेर धम्क्याउने र लोभ्याउने गरिएको समेत उनले आरोप लगाए।

अदालती विवाहको प्रमाण हुँदा समेत अन्तर्जातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरेर प्रताडित गर्ने काम भएको,कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ मा संशोधन गरी व्यापारीहरुले बस्तुको व्यापार गर्दा सयकडा २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यबस्थालाई खारेज गरेर मुनाफाखोरहरुलाई खुला छुट दिएको भन्दै अध्यादेशहरुमा जनता होइन, स्वार्थ समूहहरुको हित हेरिएको उनले बताए।

आफ्नो सरकार ढलेसंगै अब अब त्रिभुवन विश्वविद्यालयको जग्गा खोजिने छैन,ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया रोकिनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान अवरुद्ध हुनेछ, अतिक्रमण गरिएका सरकारी जमिन अब खोजिनेछैनन् भन्दै उनले केहीबेर संसदमा आँफै सवाल-जवाफ गरे र भने, “सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं ऋण दुरुपयोगको छानविन के भयो ? सामसुम पारियो । मिलाइयो, चोख्याइयो, जोगाइयो ।” ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दैछ भन्दै सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट र अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको आरोप समेत लगाए।

सरकारले उधोगी-व्यापरिसंग विधुत महशुल उठाउने कुरामा व्यापारीकै पक्ष लिएर कुलमान घिसिङलाई बर्खास्त गर्न पटक-पटक दुख दिने नियतले स्पष्टिकरण सोधेको , सरकारी स्वामित्वका विधुत उत्पादन कम्पनीहरु कौडीका भाउमा बेचेर कमिसन खानखोजेको, ४ सय ५४ मेगावाटको अर्धजलाशययुक्त किमाथाङ्का अरुण र १९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविधुत आयोजनाहरु सार्वजनिक–निजी साझेदारी नाममा सिधै सुम्पिन खोजेको, जगदुल्ला हाइड्रोपावरमा पनि १६ अर्बको ठेक्कामा ऊर्जामन्त्री जोडिएको भन्दै मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन् ? भन्ने अभिव्यक्ति समेत दिए।

यो सरकारले सरकार र गठबन्धनका लागि कानुनका फरकफरक मापदण्ड तयार गरेको छ ,त्यसैले त सत्ताका मान्छे घरमै बसेर फरार हुन पाउँछन् । अन्तिम दिन अदालतमा हाजिर हुन पाउँछन् । त्यही दिन पेशी पाउँछन्, वयान दिन पाउँछन् । सरकारी वकिलले त्यही दिन टुंग्याउँछन् अनि त्यही दिन फैसला आएर आरोपी घर जान्छ भन्ने अभिव्यक्ति दिंदै, “राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अर्ब नै जरिवाना तिराएको अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमिपूजन गर्छन । कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को अर्ब खर्चेर त्यो कार्यालय बनाइदिने, नैतिक छ ? कानुनी छ ?”, भनेर समेत उनले संसदमा उभिएर सरकारलाई प्रश्न गरे।

अहिलेको सरकारले नेपालको हित अनुरूप कुटनीतिक क्षेत्रमा भूमिका खेल्न नसकेको र राष्ट्रिय स्वार्थका आधारमा विश्वमञ्चमा नेपालको दरिलो उपस्थिति बनाउनुको साटो सरकार आफ्नो स्वार्थमा परराष्ट्र सम्बन्ध ध्वस्त बनाउन लागेको आरोप समेत लगाए।

प्रचण्डले सरकार र प्रधानमन्त्री लक्षित गरेर लगाएका गम्भीर आरोप उनको आक्रोश र राजनीतिक कुण्ठा मात्र हो?, त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन।उनले लगाएका आरोप केवल मित्थ्या आरोप मात्र हुन् या यथार्थ हो त्यो आगामी बैठकमा पक्कै पनि प्रधानमन्त्रीले स्पष्ट पार्नेछन् र पार्नु पनि पर्नेछ। अन्यथा यो आरोपलाई आम जनताले सरकारले मौन रुपमा स्वीकार गरेको सत्यताको रुपमा बुझ्नेछन।

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्।

सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले आरोप पुष्टि पनि गर्नसक्नुपर्छ र यदि होइन भने यहि रोष्टममा उभिएर प्रधानमन्त्रीलाई लगाएका आरोपप्रति नेपाली जनतासंग माफी माग्नुपर्ने उनले बताएका छन्।

अध्यादेश कानुन र संविधानलाई टेकेर आएकोले अध्यादेशको विषयलाई लिएर कुण्ठाको अभिव्यक्ति नदिन पनि उनले आग्रह गरेका छन्। प्रचण्डको आक्रोश र अभिव्यक्तिको सार भन्दै , प्रचण्ड जनता तिर नभएर सत्तातर्फ नै फर्किएको तर उनले सत्ता प्राप्त गर्ने सम्भावना नरहेको बताएका छन्। प्रचण्डबाट सत्ता कोसौँ-कोस टाढा पुगेको छ र आजको राजनीतिको निर्मम सत्य यहि हो भन्ने अभिव्यक्ति समेत उनले दिएका छन्।

प्रचण्डले आफ्नो सरकारमा देशमा आर्थिक उन्नति भएको भन्ने कुरा र वर्तमान सरकारले आर्थिक उन्नतीलाई ऋणात्मक तर्फ लागेको भनेर तथ्यलाई तोडमोड गरेको र त्यस प्रकारको तथ्य तोडमोड गरेर जनतामा भ्रम छर्नु उचित नहुने पनि उनले बताएका छन्।समग्रमा प्रचण्डले रेमिट्यान्स, मूल्य वृद्धि,पुँजीगत खर्च र सार्वजनिक ऋणका सन्दर्भमा गलत तथ्य संसदमा प्रस्तुत गरेको बताएका छन्।

धितोपत्र बोर्डका सन्दर्भमा पनि वर्तमान सरकारलाई आरोप लगाएको भन्दै, पौडेलले प्रचण्ड सरकारले सुरु गरेको प्रक्रियालाई नै वर्तमान सरकारले अगाडी बढाएको र त्यो यदि गलत हो भने हिजो कसको प्रभावमा अगाडी बढाएको र फेरी किन प्रक्रिया रोकेको भनेर प्रश्न समेत गरेका छन्।अगिल्लो सरकारले ७००० योजनामा विना कुनै योजना र अध्ययन ११००० योजना थपेको र १० देखि ७५ हजारको योजना केन्द्र सरकारबाट पारित गरेर बजेटको नाममा तमासा देखाएको भन्दै अरुलाई दोष थुपार्नु भन्दा आफ्नो सरकारको कार्यकालको समिक्षा गर्नपनि आग्रह गरेका छन्।

३ करोड घुस लिएको आरोपमा सुनील पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- ठेकेदार कम्पनीसँगको मिलेमतोमा सामान आपूर्ति गरी घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७४/७५ मा आह्वान ‍गरिएको बोलपत्र सप्लाइ, डेलिभरी, इन्स्टलेसन अफ सेक्युरिटी अप्लाइएन्सेस एन्ड नेटवर्क इक्विपमेन्टको खरिदमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले मिलेमतोमा बोलपत्र तयार गरी प्रस्तावसमेत स्वीकार गरेको पाइएको र १२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद गर्दा उनले तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएकोअख्तियारको अभियोगपत्रमा उल्लेख छ।घुस दिने आपूर्तिकर्ता कम्पनी एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दीपक आनन्दलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

घुस रकम अमेरिका, सिंगापुर र भारतको बैंक खातामा लिएको अभियोगपत्रमा उल्लेख छ। पौडेलसँग बरामद भएको मोबाइल तथा ल्यापटपमा गरिएको प्राविधिक परीक्षणमा यसरी उनीहरूले सुरुदेखि घरको सेटिङ र घुसको लेनदेनसम्बन्धी कुराकानीको विश्लेषण गरेर त्यसलाई प्रमाणित गरी आयोगले मुद्दा दायर गरेको हो। ह्वाट्सएप तथा इमेलमा उनीहरूबिच यसबारे श्रृंखलाबद्ध कुराकानी भएको थियो। त्यसलाई समेत आयोगले प्रमाण मानेर मुद्दा दायर गरेको हो।

हाल डिल्लीबजार कारागारमा रहेका पौडेलविरुद्ध यसअघि पनि भ्रष्टाचारका मुद्दा दायर भएका थिए। केही मुद्दामा उनी दोषीसमेत ठहर भइसकेका छन्।

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

चितवन- चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

एलपी ग्यास उद्योग संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ- नेपाल एलपी ग्यास उद्योग संघले लगानीको संरक्षण गर्नुको सट्टा एकतर्फी ढंगबाट निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने भन्दै विभिन्न १९ बुँदे माग राखेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।

सरकारले ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने , एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न, र सुरक्षासम्बन्धी नियम पालना गराउन कानूनी व्यवस्था लागू गरिनुपर्ने ,विगत ६ वर्ष देखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग गर्दै संघले आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको छ।

संघका अध्यक्ष शिव घिमिरेले नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको र नेपाली ढुवानी साधन नहुँदा बार्षिक खर्बौं रुपैयाँ विदेशीएको समेत बताएका छन्।

संघले माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने ,फाल्गुण १ गते बिहिबार देखि २०८१ फाल्गुण ५ गते सोमवारसम्म सबै ग्याँस उद्योगहरूले बिरोधका कार्यक्रमहरूबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरूमार्फत र केन्द्रमा नेपाल एलपी ग्यास उद्योग संघले प्रचारप्रसार गर्ने ,फाल्गुण ६ गते मंगलवारदेखि भारतको इण्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने ,फाल्गुण १२ गते सोमवारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनैपनि भन्सार नाकाबाट नछुटाउने ,फागुन १८ गते आइतवारदेखि सबै नेपालका ५९ उद्योगहरू अनिश्चितकालिन बन्द गर्ने र फाल्गुण २२ गते शनिवारदेखि देश भरका ग्यास विक्रेता डिपोहरूले सम्पूर्ण बन्द गर्न अनुरोध गर्ने बताएको छ।

संसद बैठकमा प्रचण्डको आक्रोश:यस्तो छ उनले संसदमा गरेको सम्बोधन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदलाई सम्बोधन गर्दै सरकारसंगको आक्रोश व्यक्त गरेका छन्।

यस्तो छ उनले संसदमा गरेको सम्बोधन:

सम्माननीय सभामुख महोदय, 
सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु । 

संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति सुस्त भयो, विधेयकहरु अपेक्षित गतिमा अघि बढेनन् भन्ने गुनासो अब नसुनिने गरी हामी अघि बढौं, मेरो शुभकामना छ । प्रमुख प्रतिपक्षीका रुपमा हामी सम्मानित संसदलाई थप क्रियाशील र परिणामुखी बनाउन प्रतिबद्ध छौं । तर, सरकार नै संसदलाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो, तर बोलाइएन । सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्यायो । सार्वभौम संसदको यो तहको उपेक्षाप्रति हाम्रो आपत्ति छ ।  

माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक । पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईहरु पनि अब विकासको हाजी हुनुभएको हो ? 

रातारात अध्यादेशको चोरबाटोले भन्छ, तपाईहरुको नियत सही छैन । अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो । 

यी अध्यादेशहरु विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो ? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? सरकार र संसदले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिन्छ जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रकृया पार गर्नुपर्छ । देश र जनताका लागि सोचेको भए तपाईहरु संसदसँग डराउनुहुने थिएन । स्वार्थसमूहहरुलाई पोस्नुपर्ने भएकैले तपाईहरुले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?

सभामुख महोदय,
अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ । अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ? 

पाथिभरा केवलकारको विवादमा तपाईहरुले सिधै जनतालाई गोली चलाउनुभयो । पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ? टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरुले नागरिकलाई नियन्त्रणमा लिनुभयो । सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई पनि थुन्नुभयो, मुद्दा चलाउनुभयो । अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमैं नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ । यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ । सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्दैन, प्रेसको स्वतन्त्रता पनि नियन्त्रण गर्छ । यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको छ । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ? 

सभामुख महोदय,
प्रधानमन्त्रीका रुपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ । अस्ति हामीले यो संसदमा सुन्यौं, पछिल्ला नौ वर्षमा बुटवल–पाल्पा सडकखण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्रीजीको आङ सिरिङ भयो । उहाँ भावुक हुनुभयो, अनि उहाँले संकल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो । २०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुती कति कमजोर छ ? 

नारायणघाट सडक खण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै छ । प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफै आफ्नो पीठ थप्थप्याएर आफैले आफूलाई प्रमाणपत्र दिएर आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैनन् । नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं । बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौं, हामी सहभागी हुन्छौं । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।  

प्रधानमन्त्रीजी, म सुनाउँछु तपाईलाई तथ्याङ्क । त्यो पनि तपाई मातहतकै निकायहरुबाट प्राप्त । सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पुरा गर्न सक्ने छैन । यो विपक्षले लगाएको आरोप होइन, तपाईकै अर्थमन्त्रालयको समीक्षापूर्ण निष्कर्ष हो । छ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ । छ महिनाअघि २२.२ प्रतिशतले वृद्धि भएको थियो रेमिट्यान्स । अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेर ४.१ प्रतिशत पुगेको छ । यसले देखाउँछ, सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ । 

मैले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको छ । खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको छ, जबकि मैले छोड्दा यो दर ४.०४ प्रतिशत मात्र थियो। श्रमिक तथा कामदारले आफ्नो ज्यालामा २.८५ प्रतिशत मात्र वृद्धि पाएका छन्, तर महँगीको दर झण्डै ३० प्रतिशत पुगेको छ । छ महिनाअघि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २.६ प्रतिशतले वृद्धि भइरहेको थियो, अहिले घटेर १.२ प्रतिशतमा सीमित भएको छ । मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय ३९ अर्बले मात्र बढेको छ । प्रधानमन्त्रीजीलाई मेरो प्रश्न छ– यो तथ्यांकले वित्तीय प्रणालीप्रति आम नागरिकको विश्वास घटेको देखाउँछ कि बढेको देखाउँछ ? 
अहिलेसम्म समग्र पूँजीगत खर्च जम्मा १६ प्रतिशत छ । यो पनि विपक्षको आरोप वा अनुमान होइन, अर्थमन्त्रालयकै प्रतिवेदन हो । मन्त्रालयहरुले न पुरानो ठेक्काको भुक्तानी दिन सकेका छन् न नयाँ आयोजनाको ठेक्का लगाउन सकेका छन् । भौतिक, शहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयहरुको प्रगति २० प्रतिशत पनि पुग्न सकेको छैन । सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपेको छ। तर, प्रधानमन्त्री यसरी संसदमा पेश हुनुहुन्छ कि छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो । 
 
सभामुख महोदय,
प्रधानमन्त्रीका रुपमा मैले अभिव्यक्ति स्वतन्त्रतालाई फौजदारीकरण हुन दिइनँ । मेरो नेतृत्वको सरकारले सामाजिक सञ्जालका प्रयोगकर्तालाई स्वनियम र सञ्चालक कम्पनीलाई जवाफदेहि बनाउनमात्र सैद्धान्तिक स्वीकृति दिएको थियो । अहिले त नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्ने गरी विधेयक दर्ता भएको छ । खासमा यो विधेयकमा सरकारको नियत प्रकट भएको छ । प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ । त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ । यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ?

मैले वैचारिकीको प्रश्न किन उठाएको भने नेपाली कांग्रेस पछिल्ला दिनमा अलि धेरै नै ‘गतिशील’ देखिन थालेको छ । माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरु पनि थिए कांग्रेसमा । कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरुले धेरै ताली खाए । पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए । देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईहरुले नयाँ सत्तागठबन्धन गर्नुभयो । तर, गत स्थानीय निकायको उपचुनावमा के भयो ? दुई ठूला दलबीच नै गठबन्धन भयो । गठबन्धनमात्र होइन, तपाईहरुले एकअर्कालाई आफ्ना चुनावचिन्ह भाडामा पनि दिनुभयो ।  एउटा पार्टीको नेता अर्को पार्टीको चिन्हमा पनि चुनाव लड्नुभयो । कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै सुनिएन । पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो । तपाईहरुलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो । 
अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । शहीदका सपना र संकल्पतिर फर्किसक्यौं । तपाईहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं । अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ….। तपाईहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? सुन्नोस्, हामी टिप्न हिँडदैनौं यो सरकार तर यो कुहिएर झर्नेवाला छ । हामीले भनेको त्यो हो ।
 
त्यसैले, अब हाम्रा डरले तपाईहरुले एकअर्काका कुर्सी मिलाउन पर्दैन । स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस्  । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ । हामी सरकार बनाउनेछौं तर आफ्नै सामथ्र्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।  

सभामुख महोदय, 
यसबीचमा जारी भएका अध्यादेशहरुका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ । भूमि तथा  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो ?  संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन् कठिन, जटिल र महंगो हुन्छ ? मध्यवर्ती क्षेत्रको जग्गालाई जग्गा उपलब्ध गराउन नसकिने नकरात्मक सूचीमा राखेर लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको भूमि अधिकार कुण्ठित गर्न खोजिएको छ । भूमि ऐनमै मध्यवर्ती क्षेत्र नकारात्मक सूचीमा राखिसकेपछि निकुञ्ज ऐन संशोधनको के औचित्य छ ? अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा भूमिको वर्गीकरण र मूल्यांङ्नमा रहेको अवैज्ञानिक प्रणाली सच्चाउने, गरिबहरू, ग्रामीण क्षेत्र र कृषिको प्रयोजनमा भएको जग्गाको थोरै शुल्क तिरे हुने र धनी, सहरी क्षेत्रका र आवासको प्रयोजनका लागि दिने जग्गालाई धैरै शुल्क असुल गर्ने व्यवस्था गर्नुपर्ने हो । तर सरकारले संशोधनमार्फत् ठिक उल्टो गर्न खोजिरहेको छ । बरू यस अध्यादेशका केही व्यवस्थाहरूले गिरीबन्धु टि–स्टेट सहित देशभरका हदबन्दी भन्दा धेरैका जग्गाहरूको किनबेच स्वामित्व हस्तान्तरणलाई कानुनी रूप प्रदान गर्न दुरुपयोग गर्न सकिने आधारहरू प्रदान गर्दछ । 

भूमाफियाहरूको चाहनाअनुरूप किसानको जमिनको भूउपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र त्यसको परिवर्तन गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धाउनुपर्ने व्यवस्था लागु गर्न खोजिएको छ । किसानहरूको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पु¥याउने वातावरण तयार गर्न खोजिएको छ । एकातिर भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन वन ऐन २०७६ को संशोधन गरिएको भनिँदै आएको छ भने अर्कोतिर प्रधानमन्त्रीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक राखेर सर्लाही जिल्लाको बागमती नगरपालिकाका हजारौँ सुकुम्बासीले तिसौँ वर्षदेखि जोतभोग र आवाद कमोत गरेको जग्गा खाली गराउने निर्णय गरिएको छ भने नगर प्रमुख, उपप्रमुखसहित ५ जनालाई वन मुद्दामा फसाउन खोजिएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलाई २०७३ सालको घटनामा जोडेर झुठा मुद्दा लगाउन खोजिँदैछ । पार्टी परिवर्तन गरेर आफूसँग आए मुद्दा नचलाउने भनेर धम्क्याउने र लोभ्याउने गरिएको छ । यो हदसम्मको अराजनीतिक षडयन्त्र र जालझेल मान्य हुन्छ ?

विगतमा शिक्षक लगायत विभिन्न आन्दोलनरत पक्षसँग गरिएको सहमति कार्यान्वयन नगर्दा उनीहरु आन्दोलमा उत्रिएका छन् । आवासीय चिकित्सकहरु पीडामा छन्, सरकारले उनीहरुको आन्दोलनलाई गम्भीरतापूर्वक लिएको छैन । मोही किसानको मागलाई सम्बोधन गर्न नयाँ एकीकृत गुठी कानुन तर्जुमा नहुँदा उनीहरुले आन्दोलन सुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान गर्ने दावी गरेर अध्यादेश ल्याउने सरकारले स्वर्गद्वारी गुठीलगायतका विषय सम्बोधन गर्न सकेन । संविधानको धारा ४० मा प्रत्याभूत गरिएको दलितको हक कार्यान्वयनमा सरकारको चासो छैन, उल्टै अदालती विवाहको प्रमाण हुँदा समेत अन्तर्जातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरेर प्रताडित गर्ने काम भएको छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ मा संशोधन गरी व्यापारीहरुले बस्तुको व्यापार गर्दा सयकडा २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यबस्थालाई खारेज गर्नुभएको छ । यसबाट सुशासन कायम हुन्छ कि मुनाफाखोरहरुलाई खुला छुट पाइन्छ ? सहकारी ऐन–२०७४ लाई अध्यादेशमार्फत संशोधनको नाममा सहकारी अपचलनको समस्यालाई सम्बोधन गर्नुभएको छ कि अन्तरराष्ट्रिय सहकारी एलायन्स को ७ बुँदे सैद्वान्तिक मान्यता र नेपालको  क्षेत्राधिकार विभाजनको संबैधानिक व्यबस्था भन्दा विपरित ढंगले ल्याउनुभएको छ ? स्वास्थ्य विमा ऐन–२०७४ को संशोधन विमा ऐनको स्वायत्तता विपरित हुने गरी अघि बढाउनुभएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय ऐन–२०७९ मा विश्वविद्यालयकै ऐतिहासिक मान्यताभन्दा प्रतिकूल ढंगले संशोधन भएको छ । अध्यादेशहरुमा जनता होइन, स्वार्थ समूहहरुको हित हेरिएको छ । 

सभामुख महोदय,
अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो । मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्ट थियो, अब खोजिने छैन, त्रिभुवन विश्वविद्यालयको जग्गा । अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो । 

आज सरकार सामाजिक सञ्जालसँग डराएको छ । ऊ आफ्ना श्रृंखलावद्ध अपराधसँग डराएको भए आज यो अवस्था आउने थिएन । पछिल्ला सात महिनामा सरकारले जनताको केही सुनेन, त्यसैले आज जनता सरकारलाई नसुन्ने ठाउँमा पुग्यो । सरकारले पछिल्ला सात महिनामा जनताको मनमा बस्ने एउटै काम गरेन तर जनताको मन बिझाउने सयौं काम गर्यो । अहिले त्यता विस्तृतमा जाने समय छैन । मेरो नेतृत्वको सरकारले भिआइपी कल्चर भत्काउँदै सुशासन र लोकतन्त्रको सर्भिसिङ सुरु गरेको थियो । त्यसले जनतामा लोकतन्त्रप्रति भरोसा जगाएको थियो । जनतामा भरोसा जगाउने त्यही सर्भिसिङ नै कांग्रेस एमालेका लागि सबैभन्दा ठूलो आतंक भयो र तपाइहरु रातारात एक ठाउँमा उभिनुभयो ।  

आज म सरकारलाई सोध्छु, सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं क्रृणको दुरुपयोगको छानविन के भयो ? सामसुम पारियो ।  मिलाइयो, चोख्याइयो, जोगाइयो । 

सत्तापक्षका माननीयहरु, दुःख नमान्नुहोला, तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ । 
म तपाईहरुलाई यही रोष्टमबाट भन्छु, दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ । दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पिर्धाबाट, अझ रकम बढाबढबाट दिनुपर्छ नयाँ लाइसेन्सको अनुमति । त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ । 

सभामुख महोदय,
यसबीचमा विद्युत् प्राधिकरणमा सरकारले जे गर्यो, त्यो हाम्रो राजनीतिक इतिहासमै सरकारमा माफियाहरुको नियन्त्रणको सबैभन्दा नांगो टेस्ट केस् हो । डेडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगबाट प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्रीकै तहबाट भएको लज्जास्पद अवरोधबाट के प्रमाणित भयो? माफियाहरुको शक्ति र सरकारको निरीहता स्थापित भयो । विचौलियासँग मिलेर प्रधानमन्त्रीसहितले महसुल असुली रोक्न त्यो सबै गर्नुभयो । जे गर्न सक्नुहन्थ्यो र जे गर्न हुँदैनथ्यो । यसबीचमा के भएन ? प्रधानमन्त्रीले रोस्टमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ? महसुल उठ्ने सुनिश्चितता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यहरुलाई बर्खास्त गरिएन कि ? विद्युत् नियमन आयोगको दुरुपयोग गरिएन कि ? विद्युत प्राधिकरणभित्रै मन्त्रीको कार्यकक्ष बनाइएन कि ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन पटकपटक स्पष्टीकरणसहित दुव्र्यवहार गरिएन कि ? पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता जाँच गर्न अवैध समिति बनाइएन कि ? त्यो अवैध समितिको खर्च व्यहोर्न प्राधिकरणलाई अनावश्यक दवाव दिइएन कि ? 

ऊर्जा मन्त्रालयमा अरु पनि यस्ता साहसपूर्ण पौरख भए । मन्त्रिपरिषद्बाट पारित नै नभएको ऊर्जा विकास मार्गचित्रलाई देखाएर सरकारी स्वामित्वका  विद्युत उत्पादन कम्पनीहरु कौडीका भाउमा बेचेर कमिसन खान खोजियो । ४ सय ५४ मेगावाटको अर्धजलाशययुक्त किमाथाङ्का अरुण र १९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाहरु सार्वजनिक–निजी साझेदारी नाममा सिधै सुम्पिन खोजियो । जगदुल्ला हाइड्रोपावरमा पनि १६ अर्बको ठेक्कामा ऊर्जामन्त्री यसैगरी जोडिनुभयो । अरु मन्त्रालयमा पनि यस्ता विकृति छँदैछन् । तर यसमा म मन्त्रीको मात्रै पनि दोष देख्दिनँ । माननीयहरु, मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन् ? 
अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुसी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि सुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिक नेतृत्वको गठजोड ।

सभामुख महोदय,
मेरो नेतृत्वको सरकारले जगाएका सबै आशा यो सरकारले समाप्त पार्यो । विश्वविद्यालयहरूमा निकै पछि निकै ठूलो दुःखले लागू गरिएको मेरिटोक्रेसी प्रधानमन्त्री आफैंले अत्यन्त भद्दा तरिकाले भत्काउनुभयो । नेपालमा आर्थिक विकासको नयाँ चरण सुरू भएको घोषणासहित पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रमसहितको बजेट करिबकरिब दिशाहीन बनाइयो ।  राष्ट्रिय अर्थतन्त्रको सम्भाव्यता विश्लेषणका आधारमा आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्र पहिचान गरी उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने बजेटको प्रतिवद्धता,  एकीकृत आर्थिक करिडोर विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको निर्माणको प्रतिवद्धताबाट पनि सरकार विचलित भयो ।  
दुई वर्षअघि म प्रधानमन्त्री हुँदै गर्दा अनियमितता, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा कमजोर भन्दै देश फाइनान्सियल एक्सन टास्कफोर्सको नकारात्मक सूचिमा पर्दै थियो । मेरो नेतृत्वको सरकारले तत्काल कानूनी र संरचनात्मक व्यवस्था मात्र गरेन, त्यसको कडाईका साथ पालना गरायो ।  विना भेदभाव भ्रष्टाचारका फाइल खोल्न थालियो, वित्तीय अपराधीलाई कानूनी दायरामा ल्याउन थालियो । सम्पत्ति शुद्धीकरणका क्रियाकलापलाई नियन्त्रण गर्न थालेपछि देश तत्काल नकारात्मक सूचिबाट जोगियो । तर सरकार ढलेपछि फेरि अनियमितता र संस्थागत भ्रष्टाचारले संरक्षण पाउन थाले । त्यो पनि सरकारको शीरबाटै ।  अवैध आर्थिक गतिविधिहरु बढे । बिगतमा गरिएका सुधारका कदमबाट टेक्निकल कम्प्लायन्स पूरा भए पनि  वर्तमान सरकारले त्यसको कार्यान्वयन पक्षमा वेवास्ता गर्यो । परिणामस्वरुप आज देश एफ्एटीएफ्को ग्रे लिष्टमा पर्ने खतरा छ । देशको अर्थतन्त्रलाई अझ संकटतिर धकल्ने सरकारको यो कृयाकलापलाई सदनले रोक्नुपर्छ । 

स्रोतसाधनको अधिकतम लाभका पूर्वाधार होइन, भ्यूटावरहरु रोजाइ भए, ऋण थपियो तर त्यसको प्रतिफल आएन । विगतका हस्तक्षेपहरुबाट शोधनान्तर बचत, उच्च विदेशी मुद्राको सञ्चिति, बैंकिङ क्षेत्रमा तरलताको प्रचूरता, ब्याजदरमा कमी, नियन्त्रणभित्रै रहेको मूल्यवृद्धी जस्ता सकारात्मक नतिजा आएका थिए । तर, पछिल्ला छ महिनाको अवधिमा सरकारको सुस्त गति र अकर्मण्यताको कारण पूंजिगत खर्च दयनीय अवस्थामा पुग्यो । अवाञ्छित गतिविधिले प्रश्रय पाउँदा पुँजी पलायन बढ्न थाल्यो । 

सभामुख महोदय, 
मैले मेरो कार्यकालमा अत्यन्तै मेहनतका साथ छिमेकीहरूसँगको सम्बन्ध ऐतिहासिकरूपमै अघि बढाएको थिएँ । भारतसँग नेपालको रणनीतिक विकासका क्षेत्रमा कैयन महत्वपूर्ण समझदारि भएका थिए । चीन भ्रमणका क्रममा बिआरआइ लगायत द्विपक्षीय हितमा महत्वपूर्ण सहमति भएको थियो । अल्पविकसित राष्ट्रहरूको नेतृत्व गर्दै जलवायु परिवर्तन लगायतका एजेण्डामा नेपालले संयुक्त राष्ट्रसंघ र अन्य मञ्चहरूमा नेपालको नेतृत्वदायी भूमिका स्थापित भएको थियो । तर अहिलेको सरकारले नेपालको हित अनुरूप कुटनीतिक क्षेत्रमा भूमिका खेल्न सकेन । राष्ट्रिय स्वार्थका आधारमा विश्वमञ्चमा नेपालको दरिलो उपस्थिति बनाउनुको साटो सरकार आफ्नो स्वार्थमा परराष्ट्र सम्बन्ध ध्वस्त बनाउन पुग्यो । विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीकै तहबाट पहल हुनुपथ्र्यो, त्यो भएन । बदलिएको विश्व परिस्थितिमा मध्यपूर्वलगायतका देशमा नेपालीहरूमाथि आइपर्ने समस्या र उनीहरुको संरक्षण गर्ने तत्परता सरकारले देखाउन सकेन । सामन्ती शोषणको अवशेषका रूपमा रहेको मिटरब्याजलाई कानूूनतः अपराध घोषणा गरिएको थियो । जिल्लास्तरमा नै संयन्त्रमार्फत सयौं पीडितका समस्या हल हुँदै थिए । अहिले अचानक रोकियो । लघुवित्त क्षेत्रका समस्या फेरि बल्झाइदै छ । सहकारी पीडितहरुको माग र पीडा सम्बोधन गर्नुको साटो सरकारले सहकारी ्ठगहरुलाई नै उन्मुक्ति दिने गरी सहकारी अध्यादेश ल्याइएको छ । 

मैले नेतृत्व गरेको सरकारले यो आर्थिक वर्षमा पाँच लाख भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनको पूर्ण तयारीसहित बजेटको व्यवस्था गरेको थियो । अहिले तिनको व्यवस्थापनको वहाना बनाएर भूमाफियाका स्वार्थ पूरा गर्न अध्यादेश नै ल्याइएको छ । म सोध्न चाहन्छु, बैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान सीप र पुँजीमार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने रिटर्नी उद्यमशीलता कार्यक्रम के भयो ? राष्ट्रिय रोजगार बैंकका लागि सुनिश्चित गरिएको बजेट के भयो ? कम्तीमा एक लाख स्वउद्यमलाई समर्थन गर्ने तयारी के भयो ? युगौंदेखि जातीय विभेद सहेर आत्मसम्मानको सङ्घर्ष गर्दै आएका दलित समुदायको समग्र आर्थिक रूपान्तरण र संविधानप्रदत्त अधिकार अनुभूतिजन्य तहमा कार्यान्वयनमा ल्याउन विशेष प्रकृतिको दलित विकास प्राधिकरण स्थापनाको निर्णय भएको थियो । त्यो किन स्थापना भएन ? दलित समुदायको सिप र पेशा आधुनिकीकरण गरी रोजगारी सुनिश्चित गर्न सिल्पी उद्यमशीलता कार्यक्रम बजेटमार्फत सुनिश्चित गरिएको थियो । त्यो किन कार्यान्वयन भएन ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको काम किन रोकियो ? के भूमिहीन, दलित, महिला, श्रमिक, घाइते र अपांगका  कार्यक्रम च्यातेर तपाईहरुले प्रचण्डसँग लिइरहनुभएको हो प्रतिशोध? 

हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं ।  म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालिन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ । त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ । तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन ।  यो  कागजको खोस्टो सरह भयो भनेर उहाँहरुले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ। संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरासुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरित छैन र ? यसले  एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेश्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई जोडदार आग्रह पनि गर्छु र खबरदारी पनि गर्दछु । अहिले संविधान कार्यान्वयनको गति प्रभावित भएको छ किनकि संघलाई प्रदेशका अधिकारको कुनै मतलव छैन । सङ्घीयताको सबलीकरण त सरकारको प्राथमिकतामै छैन । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना केवल भाषणमा सीमित छ । भ्रष्टाचार नियन्त्रण त प्रधानमन्त्रीले भन्न पनि नछाड्ने र जनता हाँस्न पनि नछाड्ने विषय भएको छ । सायद प्रधानमन्त्रीलाई यो हेक्का छैन होला ।

प्रधानमन्त्रीजी बेलाबेला संसदको दुईतिहाइ सम्झाउनुहुन्छ र बलियो सरकारको घमण्ड गर्नुुहुन्छ । व्यवहारमा कति बलियो छ त यो सरकार ? बाढीपहिरोमा देखिन्न, बलियो सरकार । प्राकृतिक विपत्तिमा देखिन्न, भूकम्पमा देखिन्न । नागरिक सेवा र सुशासनमा देखिन्न । शिक्षा, स्वास्थ्य र रोजगारीमा देखिन्नँ । गएको वर्षामा टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौंको मुटुमा चार घण्टासम्म उद्धार पाएन । हेलिकोप्टरको भिजिबिलिटी पुगेन भनेर टक्टकिने कोशिस भयो । भिजिबिलिटी त हेलिकोप्टरको होइन, सरकारको नपुगेको हो । उद्धार कार्यमा मात्रै होइन, अहिले पुननिर्माणमा पनि सरकारको काम पुगेको छैन । विपी लोकमार्गमा जनताले अहिले निकै पीडा भोगिरहेका छैनन् । यो लोकमार्ग आगामी वर्षातभित्रै पुनर्निर्माण गरिसक्नुपर्ने छ । 

सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ । हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाइछाड्ने षड्यन्त्रमा छन् । त्यसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ । म सम्माननीय सभामुखलाई पनि निवेदन गर्दछु, अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ ? यसको समीक्षा गरियोस् । राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ ? 

सहकारी ठगीमा सरकारको मापदन्ड अन्यायपूर्ण मात्र छैन, पूरै गलत छ । सत्ताका मान्छे घरमै बसेर फरार हुन पाउँछन् । अन्तिम दिन अदालतमा हाजिर हुन पाउँछन् । त्यही दिन पेशी पाउँछन्, वयान दिन पाउँछन् । सरकारी वकिलले त्यही दिन टुंग्याउँछन् अनि त्यही दिन फैसला आएर आरोपी घर जान्छ । उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएको मन्त्रीलाई मुद्दा नचलाएर उन्मुक्ति दिइन्छ । अहिले त तपाईहरु बलियो भएकाले बहादुरी गर्यौं पनि भन्नुहोला तर यसलाई जनताले गहिरो गरी नियालिरहेको छ । एकातिर प्रतिपक्षी पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालयमार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानविन गरिन्छ । अर्कोतर्फ त्यहिदिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारुढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गर्छ । सत्ताको यो तहको दुरुपयोग र मत्स्यन्यायले हामीलाई कहाँ पुर्याउँला ?

सरकार र गठबन्धनका लागि कानुनका फरकफरक मापदण्ड छन्, फरकफरक व्याख्या छन् । राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अर्ब नै जरिवाना तिराएको अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमिपूजन गर्छन । कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को अर्ब खर्चेर त्यो कार्यालय बनाइदिने, नैतिक छ ? कानुनी छ ? 
उता, सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्को एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ, उसलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलाइन्छ । यदि दोस्रो नेतालाई संगठित अपराधी मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ ? कर छली र ललिता निवास प्रकरणबाट आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन ? यो सदनले गम्भीर रुपले विचार गर्नुपर्ने विषय ठान्छु म । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन ? 

अहिले यो बीचमा प्रधानमन्त्रीजीमा थुप्रै प्रश्न उठेका छन् । तपाईहरुलाई थाहै छ, यसवीचमा म सुदूर पूर्व झापादेखि सुदूर पश्चिम कन्चनपुरसम्म पुगेँ । सातै प्रदेशका कार्यकर्ता र जनतासँग अन्तक्र्रिया गरेँ । सत्ता पक्षका नेता कार्यकर्ताहरुले पनि मसित धेरै नै संवाद गर्नुभएको छ र अपेक्षा राख्नुभएको छ । यसबीचमा बन्द कोठामा होइन, ठूल्ठूला सभाहरुमा ठूलाठूला अन्तरसंवाद भए । म आज दावीका साथ भन्न सक्छु, जनताको मनोविज्ञान मैले अरु नेताका तुलनामा बढी बुझेको छु भन्ने मेरो दाबी छ । सातै प्रदेशको निष्कर्ष के छ त ? तपाईहरुले जसरी शासन चलाउँदै हुनुहुन्छ, त्यसले जनतामा एकदमै वितृष्णा थपेको छ । स्वार्थसमूहहरुप्रति तपाईहरुको वफादारी देखेर जनता उकुसमुकुस भएको छ । विचौलियासँगको सरकारको सम्बन्ध देखेर जनता विचलित भएको छ । मलाई डर छ, तपाईंहरुप्रतिको आक्रोश कतै व्यवस्थाप्रतिको आक्रोशमा नबदलियोस् । दोष तपाइको हो, व्यवस्थाको होइन । 

सभामुख महोदय,
अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई । शेरा दरबारमा संलग्नता देखिन्छ भने मबाटै छानविन गर्नुहोस् । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौं । म आज सम्मानित रोष्टममा भन्न चाहन्छु, शेरा दरबारमा कतै मेरो संलग्नता छ भने छानविन गरियोस् । अहिले प्रधानमन्त्रीजीप्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने ? उहाँ यसमा तयार हुनुहुन्छ ? तपाई ढुक्क नहुनुहोला, जनताले निकायलिरहेको छ ।

म अलिकति संविधान संशोधनबारे पनि बोल्न चाहन्छु । यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो । के के संशोधन हुन्छ, कसरी संशोधन हुन्छ, कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो । अहिले लोडसेडिग भयो कि के भयो, त्यो फिल्म धेरै चलेको देख्दिनँ । प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहर्याइदोहोर्याइ संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ । आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोष्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ ।  
कांग्रेस र एमालेका केही नेताले यसबीचमा अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो । म ती नेताहरुलाई सोध्छु, आज देश बहुदलीय भएको तपाईहरुको दया मायाले हो ? तपाईको करुणाले बनेको हो नेकपा (माओवादी केन्द्र) ? तपाईले दयाले खोलिदिएको हो कुनै बेलाको मधेशी जनअधिकार फोरम ? तपाईहरुले बक्सिस् दिएर आएको हो, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट ? तपाईले चाहेर बनेको हो, सिके राउतजीले नेतृत्व गरेको जनमत पार्टी ? तपाईहरु चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति ? हामीहरु देशका मालिक हौं भन्ने ग्रन्थीबाट निस्कनोस् साथीहरु । छब्बीस महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस् । यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अलग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईहरुलाई नै धेरै हुँदैछ, अरुको चिन्ता नगर्नोस् । आफ्नै पार्टीबाट कार्यकर्ता पलायनका पछिल्ला बहिखाता हेर्नोस् र घमन्डबाट ब्युँझनोस् । कुनै बेला सोह्र वर्षमा पन्ध्र सरकार बनाएर कीर्तिमान कायम गरेका तपाईहरुले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशीतालाई संशोधन गर्न त परेको कुरा, छुन पनि सक्नुहुन्न । यो मेरो खुला चुनौती भयो ।
सभामुख महोदय,
मैले यो चुनौती राष्ट्रिय सभामा माओवादीको पोजिसनका कारणले दिएको होइन । दलित, महिला, मधेशी, आदिवासी, जनजाति, थारुलगायत उपेक्षित, उत्पीडित वर्गले पाएको अहिलेको अधिकार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना पार्टीहरुका स्थापना दिवसमा उपहार दिएका होइनन् । अहिलेको सम्मानपूर्ण समानुपातिक प्रतिनिधित्व र समावेशिता उत्पीडित वर्गले आफ्नै रगत बगाएर ल्याएको हो। सीमान्त वर्गको आत्मसम्मान र प्रतिनिधित्व खोस्न अब सम्भव छैन । भोलि माओवादीको एकै सिट मात्र बाँकी नरहे पनि तपाईहरु अब पुरानो ठाउँमा फर्किन सक्नुहुनेछैन । हिजो माओवादीले जगायो होला तर अब उत्पीडित वर्ग र वर्ण आफ्नो लडाइ आफै लड्न सक्ने भइसकेको छ । तपाईहरु पहिला आ–आफ्नै पार्टीभित्रका सरोकारवाला सम्हालेर देखाउनोस् अनि हामीसँग कुरा गर्नुहोला । दलहरुबीच आजसम्मका ऐतिहासिक र युगान्तकारी सहमतिहरु मिचेर संविधान संशोधनका नाममा राष्ट्रलाई नचाहिने द्वन्द्वतिर लैजाने चेष्टा नगर्नोस् । 
संघीय लोकतान्त्रिक गणतन्त्र तपाईहरुका लागि राजनीतिक सम्झौता होला, माओवादीका लागि त आफ्नै रगतले जन्माएको सन्तान हो । समानुपातिक समावेशिता तपाईहरुले शान्तिका लागि स्वीकार गर्नुभएको होला, माओवादीका लागि त्यो आफ्नै रगतले लेखेको संकल्प हो । एउटा अभिभावकका रुपमा आफ्नो सन्तानको रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ । त्यसैले संविधान संशोधन नै गर्ने हो भने महिलालाई ५० प्रतिशत, जनसंख्या र विशेषधिकारका आधारमा दलितलगायतको प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं । प्रत्य क्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं । यसमा छलफल गर्न तपाईहरु तयार हुनुहुन्छ ?

सभामुख महोदय,
हुन त सरकारमाथिका हाम्रा रचनात्मक आलोचनालाई एक थरी साथीहरु सत्ताबाट बाहिरिनुको छटपटी भनेर सामान्यीकरण गर्न खोज्नुहुन्छ । जनताको आवाजलाई पनि सोसल मिडियाको विकृति भनेर पन्छिन सजिलो होला तर सत्तारुढ पार्टीहरुकै बैठकमा व्यक्त हुन थालेका असन्तोषलाई के भन्नुहुन्छ तपाईहरु ? सरकारको प्रतिरक्षा गर्न दिनदिनै औपचारिक आदेश दिँदा पनि किन छैन माननीयहरुसँग मनोवल ? किनकि, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर गइरहेको छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगमा रमाइरहेको छ । अलिकति पनि लज्जाबोध नगरी स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा लागिरहेको छ । यसले जनतामा सरकारमात्र होइन, समग्र प्रणालीमाथि नै असन्तोष जगाइरहेको छ । 

पछिल्ला सात महिनामा जनताको आक्रोश ज्यामितीय रुपमा बढेको छ । सरकारको यो तहको कमजोरी प्रतिपक्षी नेताका रुपमा मेरो सन्तोषको विषय हुनुपर्ने हो, तर म चिन्तित छु । म सरकारलाई यही रोष्टमबाट भन्न चाहन्छु, जनताका बीचमा अब सरकारको कुनै क्रेडिबिलिटी बाँकी छैन, कुनै विश्वास बाँकी छैन । जनताप्रति सरकारको हदैसम्म गैरजिम्मेवारी तर विचौलिया र स्वार्थसमूहको खुला तरफदारीले देश आक्रोशित छ । सत्तापक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित छ। उद्योगीबाट विजुलीको अर्वौं बक्यौता उठाउनै नखाजेको तर भुँइमान्छेका घरको लाइन काटेको देखेर देश रन्थनिएको छ । त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ, भोलि त्यो सडकमा पोखिन सक्छ । यही सत्य स्वीकार गरेर सरकार सुध्रियो हो भने हामी सहयोग गर्न तयार छौं । यो राजनीतिक आलोचना मात्र होइन, समस्या समाधानका लागि दिएको औषधिको रुपमा लिइयोस् । मेरो शुभेच्छा छ। धन्यवाद !

सामाजिक सञ्जाल विधेयकले नागरिकको अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्यो : प्रचण्ड

काठमाडौं – संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले लिएर आएको सामाजिक सञ्जाल विधेयकले नागरिकको अभिव्यक्तिलाई अपराधको श्रेणीमा राखेको भन्दै बोलेको भरमा नागरिकलाई हत्कडी लगाएर सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई हस्तक्षप गर्न खोजेको बताएका छन्।

रचनात्मक आलोचना समेत सहन नसक्ने प्रधानमन्त्रीले सामजिक संजाल नियमनको नाममा नागरिक र प्रेस स्वतन्त्रता हस्तक्षप गर्न खोजेको उनले बताएका छन्।

बोलेको भरमा नागरिकलाई हत्कडी लगाएर जिल्ला जिल्ला घुमाएर नागरिकको अभिव्यक्ति स्वतन्त्रतासंग डराएको सरकारले,आफुले आफैलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउन तिर लागेको समेत बताएका छन्।

नागरिकको अभिव्यक्ति स्वतन्त्रा खोस्नु र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनु प्रधानमन्त्री ओलीको लागि नौलो कुरा नभएको र यसअघिको सरकारमा पनि उनले त्यो प्रयास गरेको, तर हिजो प्रतिपक्षमा छँदा सामाजिक सञ्जाल विधेयकको विरोध गरेको नेपाली काँग्रेस किन र के कारणले ओलिपथमा लागेको भनेर प्रश्न समेत गरेका छन्। “के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ?”,उनले प्रश्न गरेका छन्।

सरकारले रातारात चोर बाटोबाट अध्यादेश लिएर आएको प्रचण्डको आरोप

काठमाडौं – संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदलाई अवमुल्यन र अपमान गर्दै संसद छल्न खोजेको आरोप लगाएका छन्।

आफुहरुले संसद सूचारु गर्न आग्रह गर्दा पनि सरकार जिम्मेवार नदेखिएको तर एकपक्षीय रुपमा बैठक बसेर संसद छल्दै अध्यादेश लिएर आएकोप्रति आपती जनाएका छन्।

रातारात चोर बाटोबाट अध्यादेश लिएर आएको र अध्यादेशबाट सरकार चलाउन खोज्नु संसदको अवमुल्यन भएको उनले बताएका छन।

अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं – संघीय संसदको बैठक यतिबेला चलिरहेको छ। यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको भएपनि अन्तिम समयमा आएर सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् ।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको बताइएको छ ।

“नो केबलकार” अभियानका १७ प्रदर्शनकारी रिहा

काठमाडौँ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका “नो केबलकार” अभियानका १७ जना प्रदर्शनकारी रिहा भएका छन् ।

माघ १२ गते प्रदर्शनको क्रममा प्रहरीले ताप्लेजुङबाट ३ जना , झापा दमकबाट ८ जना र धरानबाट ६ जना पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रदीप मादेनलाई १० हजार र सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बुलाई जनही ५ हजार धरौटीमा छाडिएको छ बहने झापाको दमकबाट पक्राउ परेका ८ जनालाई साधारण तारेखमा छोडिएको प्रहरीले जनाएको छ।

यसअघी, सरकार र आन्दोलनरत पक्षबीच ६ बुंदे सहमति भएपछी हालको लागि केबलकार निर्माण प्रक्रिया समेत स्थगित गरिएको छ।

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट:१४ जना घाइते

काठमाडौँ- काठमाडौंको कमलपोखरी स्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

आज बिहान पौने ९ बजे भएको उक्त विष्फोटमा परि १४ जना घाइते भएका छन् । घाइते मध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

घाइतेमध्ये एक जना उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

सार्वजनिक खर्चमा कडाइ :सरकारले अबदेखि बैठक भत्ता नदिने

काठमाडौँ- सरकारले अबदेखि बैठक भत्ता नदिने भएको छ। सार्वजनिक खर्च मितव्ययितासम्बन्धी मापदण्डले नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेको हो।मन्त्रिपरिषद्को बैठकले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, पारित गर्दै यस्ता सुविधामा कटौतीको व्यवस्था गरेको हो। 

कानुनबमोजिम बाहेक कुनै पनि प्रकारको प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेबापतको भत्ता, जोखिम भत्ता, विशेष भत्तालगायतका भत्ता प्रदान नगर्ने उल्लेख छ। तर, अर्थ मन्त्रालयले स्रोत उपलब्धताको आधारमा जोखिम भत्ता वितरण गर्न पाउनेछ।कानुनबमोजिम गठन भएको समिति वा कार्यदलको लागि कार्यालय समयअघि वा पछि काम गरेको अवस्थामा बैठक भत्ता भुक्तानी गर्न नपाइने व्यवस्था छ।कुनै निश्चित कामको लागि गठन भएको छानबिन वा अनुसन्धान समिति, कार्यदल वा आयोगका पदाधिकारीले पूर्वनिर्धारित कामका लागि बैठक भत्ता पाउने छैन।नियमित प्रकृतिको कामलाई कार्यक्रम खर्चमा राखी सञ्चालन गर्न पाइने छैन। कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ताजस्ता शीर्षकमा खर्च लेख्न पाइने छैन।

विदेशी अतिथि तथा पाहुनाको लागि गरिने अतिथि सत्कारका लागिबाहेक अन्य अवस्थामा सरकारी खर्चमा भोजभतेर गर्न नपाइने व्यवस्था छ।

त्यसैगरी, सरकारी आवास प्रयोग गर्नेले आवास सुविधा रकम नपाउने,आर्थिक सहायता तथा अनुदान अर्थको सहमतिमा मात्रै दिने ,विधुतिय उपकरण कम्तीमा ५ वर्ष प्रयोग गर्नुपर्ने ,सरकारी काममा बाह्य परामर्श सेवा लिन नपाइने,सवारी सुविधा लिने कर्मचारीलाई थप इन्धन नदिइने,सरकारी स्रोत र वैदेशिक ऋणबाट आवासीय गोष्ठी गर्न नपाइने र स्वदेशी वस्तु उपयोग गर्नुपर्ने, औषधिको खरिद वेवसाइटमा राख्नुपर्ने लगायतका प्रावधानहरु समेटेर सरकारी खर्च कटौती गर्ने व्यवस्था गरिएको छ।

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।यसअघिको बैठकमा पनि पार्टी केन्द्रिय कमिटीले सांसदहरुलाई अध्यादेशको विषयमा एक भएर बोल्न आग्रह गरेको थियो। यधपी, अध्यादेशको विषयमा भने सांसदहरु विभाजित देखिएका छन्।

सरकारले ल्याएको अध्यादेश र अन्य विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, ८४ को निर्वाचन अगाडी पार्टीको महाधिवेशन गर्ने विषयमा पार्टीका सांसदहरुबीच अन्यौलता बढिरहेका बेला त्यस विषयमा पनि छलफल हुने बताइएको छ।

आज प्रतिनिधि सभा बैठक बस्दै: यस्तो छ आजको बैठकको कार्यसूची

काठमाडौँ: हिउँदे अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दैछ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ।

आजको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि आजको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिपक्षी दलका सांसदहरुले अध्यादेश अस्वीकृत गर्न भन्दै प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा प्रस्ताव दर्ता गरेका छन्।

प्रितिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुने देखिएको छ। यधपी,राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूको बहुमत पुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालको साथ खोजेका छन्। त्यसका लागि सत्तारुढ दलका शिर्ष नेताहरु उपेन्द्र यादवलाई अध्यादेशको पक्षमा ल्याउन सक्दो कोशिस गरिरहेका छन्।

pratinidhi sabha karyasuchi
karyasuchi

यस्तो रहनेछ आगामी तीन दिनको देशभरको मौसम

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

२०८१ माघ २४ गते (बिहिबार)

दिउँसोː कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २५ गते (शुक्रबार)

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहनेछ।

रातीː कोशी प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २६ गते (शनिबार)

दिउँसोː कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर जंगली हात्तीको मृत्यु

चितवन- निकुञ्जका सुरक्षाकर्मीकै गोली लागेर मकुना नामक जंगली हात्तीको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

मकुनाले चितवनको सौराहा आसपासका बस्तीमा छिरेर त्रास फैलाइरहेकोले हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जले बताएको छ।

निकुञ्जले विज्ञप्तिमार्फत स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको तर हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको र घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न आएपछी अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले बताएको छ।

‘हवाई फायर गर्दा पनि नभागेपछि हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको र पछि खोज्दै जाने क्रममा करिब १ किमी टाढा ढलेको अवस्थामा साढे १ बजे फेला परेको विज्ञप्तिमा भनिएको छ।

पोस्टमार्टमका क्रममा हात्तीको दाहिनेपट्टी घाँटीमा एउटा गोली लागेको कारण मृत्यु भएको पुष्टि निकुञ्जले गरेको छ।

makuna hatti

रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने चितवन अदालतको आदेश

चितवन : साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको छ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय पठाइएको हो।

थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।

सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाले बहस गर्नेछन्। यता मुद्दाका प्रतिवादी लामिछानेको तर्फबाट १० जना कानुन व्यवसायीहरूले बहस गर्ने जनाइएको छ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशील कुमार पन्त र धर्मराज आचार्य र अधिवक्ताहरू डा. नारायण दत्त कडेल,चुडामणी सापकोटा,रामचन्द्र देवकोटा,सुवर्ण सापकोटा, सञ्जय गोले,गोपीलाल देवकोटा,केदारराज पन्त र दिपकराज तिमल्सेनाले वकालतनामा भरेको जनाइएको छ।

यसैगरी सहकारी पीडितको तर्फबाट बहस पैरवी गर्न वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन्। लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जना, रामबहादुर खनाल ,रबिना रिमाल , बिशाल तामाङ ,नविन अछामी ,कबिता तामाङ , दिपक लामा ,असरफअलि सिद्दिकी ,भगवति बम्जन,लक्ष्मीप्रसाद पौडेल , विज्ञान राई ,नेत्रपाणी बास्तोला ,शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

यसअघि असोज ८ गते बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले सहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । अदालतमा पेस गरिएको १ सय ९ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशीलगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।

अहिलेको १५ जना गरी ३२ जनाबाट ३८ करोड ९ लाख ८९ हजार १७७ रुपैयाँ बिगो दाबी गरिएको छ । कम्पनी तर्फ ६ वटा कम्पनी बाट ४४३ करोड ९४ लाख माग दाबी गरिएको छ । थप अनुसन्धानका क्रममा जोडिएका १५ जना विरुद्ध पुरक मुद्दा दर्ता गरिएको हो।

मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए। लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनीरसञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन्।

उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् । सहकारीको रकम अपचलन मुद्दामा लामिछाने कास्की ,रुपन्देही र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। कास्कीमा ६५ लाख ,काठमाडौंबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी बुझाएर उनी रिहा भएका हुन्।

अध्यादेशबारे छलफल गर्न सभामुख र प्रमुख सचेतकको बैठक

काठमाडौं – अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध चलिरहेका बेला बिहीबार हिउँदे अधिवेशनको दोस्रो संसद बैठक बस्दैछ। त्यसैले विवादित विषयहरुमा छलफल गर्नका लागि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको हो ।

बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

पाथीभरा केबलकार निर्माण स्थगित

काठमाडौं : ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण कार्य स्थगित गर्ने भएको छ। केबलकार निर्माणको विषयमा केही समयदेखि भइरहेको विवादको विषयमा सहमति भएपछि निर्माण कार्य रोक्ने भएको हो।

मंगलबार राति गृह मन्त्रालयको वार्ता टोली र केबलकार निर्माणको विरोध गरिरहेका टोलीको प्रतिनिधिहरुबीच वार्ता भएको थियो। उक्त वार्तामा ६ बुँदे सहमति भएको हो ।

सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।

सहमतिमा सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने विषय समावेश छन्।

पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजेको समय तोकिएको छ।

बाँसबारी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं – महान्यायाधीवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको घटनामा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै महान्यायाधिवक्ता रमेश बडालले अनुमोदन गरेका हुन् ।

सीआईबीले पेश गरेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने भनी राय तयार गरेको थियो । त्यो फाइल उच्च सरकारी वकिलको कार्यालयबाट अनुमोदन हुँदै महान्यायाधिवक्ता कार्यालयमा पुगेको हो ।

२८ पुसमा महान्यायाधिवक्ता कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधीवक्ता रमेश बडालले राज्यको सम्पत्ति फिर्ता आइसकेको अवस्थामा मुद्दा चलाउनुको कुनै अर्थ नहुने भन्दै उनले त्यस्तो अवस्थामा मुद्दा नचलाई अनुसन्धान टुंग्याउनु उचित हुने बताएका थिए ।

‘राज्य नै पीडित भएका घटनामा सम्पत्ति फिर्ता भएपछि बिगो शुन्य भएका कैयौं उदाहरण छन् । बिगो शून्य भएमा अदालतले नै सफाई दिने गरेको बताएका थिए।

मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ-सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु:

१. नेपाल–भारतीसीमादेखि भारतको मुजफ्फुरपुरसम्म प्रसारण लाइन निर्माणका लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको नेपाल विद्युत् प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ हजार एक सय ६३ कित्ता संस्थापक सेयर खरिद गर्न विद्युत् प्राधिकरणलाई स्वीकृति दिने

२. काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने

३. राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने

४. २०८१ फागुन ६ देखि ८ गतेसम्म मोरक्कोमा हुने ‘फोर्थ ग्लोबल मिनिस्टिल कन्फरेन्स अन रोड सेफ्टी’ विषयक कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति दिने

५. बाल सुधारगृह भक्तपुर, मोरङ, कास्की बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला, बालबालिकाा तथा जेष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाको लागि शैक्षिक कार्यक्रमबिच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मको लागि थप गर्ने

६. सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने

७. २०८२ जेठ २, ३ र ४ गते ‘क्लाइमेट चेन्ज, माउन्टेन्स् एन्ड फ्युचर अफ ह्युमानिटी’ विषयमा काठमाडौंमा ‘सगरमाथा संवाद’ आयोजना गर्ने

८. भेरी पम्पिङ उपआयोजना निर्माणका लागि सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८, ११ र १२ तथा लेखबेँसी नगरपालिका वडा नम्बर १० मा रहेको राष्ट्रिय वनको ३.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने

९. २०८१ माघ २९ देखि फागुन १ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने दी वल्ड गर्भमेन्ट समिट २०२५ मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई स्वीकृति प्रदान गर्ने

१०. वीरगन्जको पोखरिया, कपिलवस्तुको बोडगाउँ र जुम्लाको नराकोटा सिँजामा नयाँ मालपोत तथा नापी कार्यालय स्थापना गर्न संगठन संरचना दरबन्दी तेरिज स्वीकृति दिने

११. सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि आर्थिक वर्ष ०८१-८२ का लागि अधिकृतस्तरका थप १० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने

१२. विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि-नियमावली २०८१ स्वीकृत गर्ने

१३. आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८१ स्वीकृत गर्ने

१४. सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०८१ स्वीकृत गर्ने

१५. नेपाल सरकार कार्यसम्पादन आठौँ संशोधन नियमावली २०८१ स्वीकृत गर्ने

१६. सुशासन, व्यवस्थापन तथा सञ्चालन तेस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने

१७. विशेष आर्थिक क्षेत्र दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने

१८. बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा समूह तथा उपसमूह राजपत्रांकित द्वितीय श्रेणीका सातजना अधिकृतहरूलाई सम्बन्धि सेवा, समूह तथा उपसमूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने ।

उपत्यकाभित्रका मुद्दा हेर्न उपभोक्ता अदालत गठन

काठमाडौँ- सरकारले उपत्यकाका तीन जिल्लाभित्रका सम्बन्धित मुद्दाहरू हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयबारे जानकारी गराउंदै र उक्त उपभोक्ता अदालतको मुकाम काठमाडौंमा रहने बताएका छन् ।

एआई नीतिको मस्यौदा तयार : ७ दिनभित्र सुझाव दिन आग्रह

काठमाडौं- सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ मस्यौदा तयार पारेकाे छ । मस्याैदामा एआई नियमन परिषद्, एआई केन्द्र, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने उल्लेख छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्नो वेबसाइटमार्फत ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको छ ।

मस्यौदामा सरकारले एआईको विकास र प्रयोगका लागि नीतिगत दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग अनुकूल हुने गरी कार्य गर्न सरकारले ‘एआई नियमन परिषद्’ गठनको प्रस्ताव अघि सारेको उल्लेख छ । जसमा एआईसम्बन्धी मुख्य निकायका रूपमा ‘राष्ट्रिय एआई केन्द्र’ स्थापना गर्ने, प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य निमाण गर्ने तथा एआईको अध्ययन, अनुसन्धान र विकासका लागि ‘एआई एक्सिलेन्स सेन्टर’ स्थापना गर्ने उल्लेख छ ।

मस्यौदाको रणनीति ८.२ र ८.३ मा मा एआईको अनुसन्धान, विकास, प्रयोग, नियमन र प्रवर्द्धन गर्न परिषद्, केन्द्र र सेन्टरजस्ता संस्थागत संरचना निर्माण गर्ने तथा एआईको विकास र प्रयोगका लागि आवश्‍यक डिजिटल पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ ।

झापामा गोली चल्दा एक जना घाइते

झापा : झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन्।

झापाको कन्काई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।

कनकाईमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए।

त्यस क्रममा उनीहरू भागेपछि लखेटेर पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो। प्रहरीले लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। एक जनाको भने खुट्टामा दुई गोली लागेको छ। दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन्। एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ।

पासपोर्ट छपाइको म्याद थप गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले पासपोर्ट छपाइको म्याद थप गर्न राहदानी विभागलाई निर्देशन दिएको छ।

धेरै प्रतिस्पर्धीहरु सहभागी हुनसक्ने आकलनसहित कार्यालयले आइतबार राहदानी विभागलाई पत्र पठाएको हो। बोलपत्र कगजपत्रमा संशोधन भएपछि म्याद थप गर्नुपर्नेमा विभागले नगर्दा कार्यालयमा उजुरी परेको थियो।

‘बोलपत्र दाखिला गर्ने अन्तिम मिति म्याद थप गर्दा धेरै प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने देखिएमा गुनासो सम्बोधन गर्नुहुन निर्देशानुसार अनुरोध छ’, खरिद अनुगमन कार्यालयले विभागलाई काटेको पत्रमा उल्लेख छ।

संशोधनअघि १ कम्पनीले मात्रै सहभागी हुन पाउनेमा अहिले ३ वटा कम्पनी संयुक्त उपक्रममा भाग लिन सक्नेछन्। संशोधनबाट व्यवस्थाहरु फेरिएकाले टेन्डरको म्याद थप गर्नुपर्ने उजुरीमा उल्लेख छ।

‘राहदानी विभागले टेन्डर डकुमेन्ट संशोधन गरेपछि तयारीको लागि २१ दिन मात्रै बाँकी छ’, उजुरीमा भनिएको छ, ‘संयुक्त उपक्रममा ठेक्का हाल्न पाउने व्यवस्थापछि कम्पनीहरुबीच प्राविधिक र वित्तीय जानकारीको लागि समय लाग्ने भएकाले म्याद थप गर्नको लागि आग्रह गर्दछौँ।’

उजुरीमा थप ४५ दिन माग गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरुले बोलपत्रमा आवेदन दिने योग्यतामै परिवर्तन भएकाले १ महिनासम्मको म्याद थप गर्दा उपयुक्त हुने बताएका छन्।

राहदानी विभागले अधिकांश गुनासोको विषय सम्बोधन भएकाले म्याद थपको विषय छलफलमै रहेको बताएको छ।

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवन – पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।

चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । सरकारी वकिल कार्यालयले जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ ला र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् । चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको छ ।

डुक र डचेस अफ एडिन्बर् नेपालमा

काठमाडौँ — बेलायती शाही परिवारका राजकुमार एडवर्ड र उनकी श्रीमती सोफी नेपाल आइपुगेका छन्।

महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा सन्तान राजकुमार एडवर्ड नेपाल भ्रमणका लागि आफ्नो श्रीमती सहित नेपाल आएका हुन्। डचेस सोफी भने एडवार्ड अगाडी नै आज बिहान नेपाल आइपुगेकी हुन्।

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी थिइन् ।

पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।

६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।

निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका समेत रहेको गृह स्रोतले जानकारी दिएको छ ।

नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् ।

‘यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनेछ, र युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, र संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्नेछ’, नेपाललगायत भ्रमणबारे बेलायती राजसंस्था ‘बकिङ्घम प्यालेस’को भनाइ उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।

प्रधानमन्त्रीद्वारा एचपीभी खोप अभियानको शुभारम्भ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि देशैभर सुरू हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन्।

विश्व क्यान्सर दिवसको अवसर पारेर मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकृत हुन सरकारको आग्रह

काठमाडौँ — सरकारले सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकृत हुन आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीलाई आफ्ना प्लाटफर्म नेपालमा सूचीकृत गर्न सरकारले सूचना जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ ।

मन्त्रालयले एक वर्षदेखि ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानहरूअनुरूप सूचीकृत हुन प्लाटफर्म सञ्चालकहरूलाई पटक–पटक अनुरोध गर्दै आएकोमा हालसम्म नेपालमा टिकटक, भाइबर र विटकसहित तीनवटा मात्रै सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत भएको मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । सोही निर्देशिकाको दफा ६ ले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

नेपालमा सूचीकृत नभई र अनुमतिपत्र नलिई सामाजिक सञ्जाल एप सञ्चालन गरे सरकारले प्लाटफर्म नै बन्द गरिदिने प्रावधान प्रस्ताव गर्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लाइसेन्स लिएर मात्रै प्लाटफर्म चलाउन पाउने सर्त प्रस्ताव गरिएको छ । लाइसेन्स लिनुअघि प्लाटफर्महरू मन्त्रालयमा अनिवार्य सूचीकृत भएको हुनुपर्छ ।

डचेस अफ एडिनबर् काठमाडौँमा

काठमाडौँ- बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेका छिन । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।

राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् ।

त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।

६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।

निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका समेत रहेको गृह स्रोतले जानकारी दिएको छ ।

नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् ।

‘यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनेछ, र युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, र संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्नेछ’, नेपाललगायत भ्रमणबारे बेलायती राजसंस्था ‘बकिङ्घम प्यालेस’को भनाइ उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।

६ महिनामा २६ प्रतिशतले बढ्यो सेयर कर्जा

काठमाडौं – बैंक तथा वित्तीय संस्थामार्फत ६ महिनामै सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) २६.३ प्रतिशत बढेको छ ।

अन्य क्षेत्रमा कर्जा प्रवाह न्यून रहेका बेला सेयर धितो कर्जा भने उल्लेख्य देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।

पुस महिनामा मात्रै ५ अर्ब ८३ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह भएको छ । सेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक देखिएका छन् ।

पुस मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ७५ अर्ब ४४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ३४.९ प्रतिशत बढेको हो । असार मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ५५ अर्ब ९३ करोड प्रवाह भएको थियो । कुल मार्जिन कर्जामा १ करोडमाथिको कर्जा हिस्सा ६६ प्रतिशत हो ।

त्यस्तै ६ महिनाको अवधिमा ५० लाखदेखि १ करोडसम्मको मार्जिन कर्जा १४.९ प्रतिशत बढेको छ । पुस मसान्तसम्म यो सीमाको कर्जा १४ अर्ब २८ करोड रुपैयाँ गएको छ ।

२५ देखि ५० लाखसम्मको कर्जा पुस मसान्तसम्म १६ अर्ब १४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ११.९ प्रतिशत बढेको हो । २५ लाखमुनिको मार्जिन कर्जा पुस मसान्तसम्म ७ अर्ब ९० करोड प्रवाह भएको छ । सानो सीमाको यो कर्जा ६ महिनामा जम्मा ८.१ प्रतिशत बढेको छ ।

हाल ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिएको छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । उच्च जोखिमभारका वावजुत पनि ठूलो सेयर धितो कर्जा प्रवाह वृद्धिदर उच्च देखिन्छ ।

अहिले वाणिज्य बैंकहरुको कर्जामा ब्याजदर ७/८ प्रतिशतमा झरेको छ । जसले गर्दा कर्जा बढाएर सेयरमा लगानी बढाएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था छ । एक संस्थाले कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै यस्तो कर्जा दिन सक्ने व्यवस्था छ ।

मार्जिन प्रकृतिको यस्तो कर्जाको अवधि एक वर्षभन्दा बढी हुँदैन । सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता (ब्याज) भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा मात्रै अवधि सकिएको १ वर्षपछि कर्जा नवीकरण गर्न सकिने व्यवस्था छ ।

कर्जा रकम दिँदा सेयरको मूल्यांकन र पाउने रकममा सीमा तोकिएको छ । धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत मात्रै बैंकहरुले सेयर धितोमा कर्जा दिने हुन् ।

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकी – गण्डकी प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो।

२०७४ साल माघ २२ गते गण्डकीको पहिलो प्रदेशसभा बैठक बसेको थियो। गण्डकीका संस्थापक मुख्यमन्त्रीको रुपमा पृथ्वीसुब्बा गुरुङले चाहिँ फागुन ४ गते सपथ लिएका थिए।

यसअघि माघ २२ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ४ लाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आए पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले फागुन ४ को सार्वजनिक बिदा कटौति गर्दै माघ २२ गते नै प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको थियो।

प्रदेश स्थापना दिवसको औपचारिक कार्यक्रमको लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।

समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी रहेका छन्। आज औपचारिक कार्यक्रम आयोजना गरिँदै छ।

असफल संघियता र बोझ बनेको प्रदेश सरकार

२०७२ को संविधान कार्यान्वयनसँगै सिङ्गो नेपाल संघीय संरचना अन्तर्गत सात प्रदेशमा विभाजन हुन पुग्यो । देश प्रदेशमा विभाजन भयो अनि नेपालीपन जात र समुदायमा। त्यति मात्र होइन, दिनानुदिन भारतले सिमा मिचेर सिमानाका जंगे पिल्लरहरु सारेर देशको आयतन खुम्चिंदै गर्दा पनि जिल्लाहरु बढेर ७५ बाट ७७ भए।

प्रादेशीक प्रणालीले शक्ति विकेन्द्रित गर्ने, क्षेत्रीय विकास सुनिश्चित गर्ने, र समावेशीकरणलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको थियो। तर, संघियता कार्यान्वयनको झण्डै एक दशक पछि, प्रादेशिक प्रणाली र तिनका सरकारले जनतालाई देखाएको सपना र वाचा भने पुरा गर्न सकेनन् , जसले गर्दा आज देशमा संघियता र प्रदेश खारेजीको माग सडक हुँदै सदनसम्म गुञ्जिन थालेको छ।

गाउँ- गाउँमा सिंहदरबारको नारा दिएर जन्मिएको प्रादेशीक सरकारले धेरैलाई जमिनबाट उठाएर सिंहदरबार जत्रो महलमा बस्न सक्ने बनायो तर जनतालाई भने रैती बाहेक केहि बनाउन सकेन। सायद यहि होला गाउँ- गाउँमा सिंहदरबार भनेको।
हिजो राजाले यति सम्पति थुपारेका छन् र भाग लगायो भने पनि एक जना नेपालीको भागमा यति रुपैया पर्छ भनेर झुट्टा सपना देखाएकाहरुले सिंहदरबारको सपना देखाएर धेरै छोटे राजाहरुको दर्शन मात्र गराए। हिजो लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाएछ। स्थापनाको ८ वर्षमा लुम्बिनी प्रदेशले ६ वटा सरकार, ४ जना प्रदेश प्रमुख र ७२ जना मन्त्रि जन्माएछ।

यो खाले संघियता र प्रदेश सरकारले राष्ट्रिय बजेटमा ठूलो वित्तीय भार थपेको छ। प्रादेशिक सभाहरू सञ्चालन, मन्त्रीहरू र कर्मचारीहरूको तलब, र पूर्वाधार निर्माणमा लाग्ने खर्चले स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकास जस्ता आवश्यक क्षेत्रमा लगानी घटाएको छ। निर्णय प्रक्रियालाई सरल बनाउनको सट्टा, यसले संघीय, प्रादेशिक, र स्थानीय निकायहरूबीच जिम्मेवारी दोहोरोपन र अन्योलता ल्याएको छ।संघीय र प्रादेशिक सरकारहरूबीच अधिकारको स्पष्ट परिभाषा नहुँदा एकातिर संघीय र प्रादेशिक सरकारहरूबीच शक्ती संघर्ष बढ्दै गएको छ भने अर्कोतिर देशमा राजनीतिक अस्थिरता बढेको छ जसले गर्दा सरकारले आफैले बनाएका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। नौकरशाहीको तह थपिनु र विभिन्न सरकारी तहहरूबीच समन्वयको अभावका कारण सार्वजनिक सेवाहरूको पहुँच सुधार्ने सट्टा झन् जटिल बन्न पुगेको छ। संघीय प्रणालीले राजनीतिक विखण्डनलाई बढावा दिएको छ, क्षेत्रीय दलहरूको प्रभाव बढेर बारम्बार सरकार परिवर्तन र नीतिगत असंगतिहरू पैदा भएका छन्। यसले दीर्घकालीन योजना र दिगो विकासमा अवरोध पुर्याएको छ। अनि कुन सरकार कति बेला फेरिन्छ थाहा हुँदैन। स्वास्थ्य मन्त्रीको हैसियतमा विदेशको कुनै कार्यक्रममा गएकाहरु फर्किंदा कानुन मन्त्रि भएर एयरपोर्टमा ओर्लिन्छन्।

करिब ३० लाख जनसंख्या र १,४७,५१६ वर्ग किलोमिटर क्षेत्रफल भएको नेपाल तुलनात्मक रूपमा सानो मुलुक हो। प्रादेशिक प्रणाली जस्ता जटिलताहरू ठूला, विविधतापूर्ण देशहरूका लागि उपयुक्त हुन्छ , जहाँ क्षेत्रीय असमानता उच्च हुन्छ। तर नेपालको प्रादेशीक प्रणालीले देशलाई सम्बोधन गर्ने र जोड्ने भन्दा पनि विभाजन गर्नेतिर अग्रसर गराएको देखिन्छ।

नेपालको भौगोलिकता, जनसंख्या र क्षेत्रफललाई आधार मान्ने हो भनेपनि स्थानीय सरकारहरूलाई सशक्त बनाएर नेपालको सघन भूगोल र जनसंख्या प्रभावकारी रूपमा केन्द्रित प्रणालीमार्फत व्यवस्थापन गर्न सकिने ठाउँमा प्रदेश सरकारको आवश्यकता देखिदैन, जसले केवल राज्यको सम्पतिको दोहन मात्र गरेको छ। आयातित अर्थतन्त्र रहेको नेपाल जस्तो देश जसले ऋण र अनुदान लिएर कर्मचारीको तलब र भरण पोषण गर्नुपरेको छ त्यो देशमा आखिर यो प्रदेश, पार्टीका नेता ठेगान लगाउने र कार्यकर्ता भर्ति गराउने थलो भन्दा माथि उठ्न नसक्ने हो भने यसले देशलाई आर्थिक र सामाजिक रुपमा निको गहिरो दलदलमा लैजाने देखिन्छ।

नेपालमा प्रादेशिक प्रणाली एक अप्रभावकारी र खर्चिलो प्रयोग सावित भएको छ। देशको आकार र प्रशासनिक आवश्यकताहरूलाई हेर्दा, बलियो स्थानीय सरकार र प्रभावकारी केन्द्र प्रशासनमा आधारित सरल शासन मोडेलले दिगो विकास र राजनीतिक स्थिरताका लागि उत्तम बाटो प्रदान गर्न सक्छ। यी सुधारहरू अपनाउँदा नेपालले राजनीतिक स्थिरता कायम गर्न, विकासलाई प्रोत्साहन दिन, र नागरिकहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्नेछ।

जसपा नेपालको संसदीय दलको बैठक बस्दै:अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दैछ। आजको संसदीय दलको बैठकमा जसपा नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने बताइएको छ।

सरकारले ल्याएको अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर अध्ययन गर्नका लागि जनता समाजवादी पार्टी, नेपालले सांसद राजकिशोर यादवको संयोजकत्वमा गठन गरेको अध्यादेश अध्ययन कार्यदलले आजको बैठकमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर आफ्नो रायसहितको प्रतिवेदन पेश गर्ने बताइएको छ।

जसपा, नेपालले समर्थन गर्दा मात्रै राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुनसक्ने सम्भावना रहेपछी उपेन्द्र यादवलाई प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले लगातार फोन गरेर अध्यादेशमा समर्थन जनाउन आग्रह गरेको समेत बुझिएको छ।

रुससँग पराजित भएमा युक्रेन विश्व मानचित्रबाट हराउनेछ: जोस म्यानुअल अल्बारेस

स्पेनी विदेशमन्त्री जोस म्यानुअल अल्बारेसले रुससँगको द्वन्द्वमा पराजित भएमा युक्रेन विश्वमानचित्रबाट हराउने बताएका छन्।

युरोपा प्रेस एजेन्सीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “युक्रेन बिना युक्रेनको बारेमा केहि पनि निर्णय गर्न सकिँदैन र युरोपेलीहरू बिना युरोपेली सुरक्षाको बारेमा केहि पनि निर्णय गर्न सकिँदैन”। “त्यसैले यो युद्दमा पराजित भएमा युक्रेन हराउनेछ,” उनले भने।

“यदि रुसले यो युद्ध हारेमा, त्यो रुसको हार हुनेछ , तर यदि युक्रेनले यो युद्ध हारेमा, युक्रेन हराउनेछ,” उनले भने।

मेक्सिको विरुद्दको अमेरिकी कर नितीमा एक महिना लामो विराम

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम र उनका समकक्षी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्तामा मेक्सिकोले पनि अमेरिकालाई प्रतिकारको रुपमा निर्यातमा कर लगाउने बताएपछि अमेरिकी सरकारले उद्घोष गरेको करहरूमा एक महिना लामो विरामको घोषणा गरिएको छ ।

दुवै नेताहरूले सोमबार सामाजिक सञ्जाल (X) मार्फत स्टाटस राखेर वार्ता भएको पुष्टि गरेका छन् भने एक अर्का विरुद्द निर्यातमा लगाउने भनिएको कर एक अम्हिनाको लागि स्थगित गरिएको बताएका छन्।

राष्ट्रपति क्लाउडिया शेनबाउमले आफ्नो स्टाटसमा लेखेकी छन् “हामीले हाम्रो सम्बन्ध र सार्वभौमिकताको लागि ठूलो सम्मानका साथ राष्ट्रपति ट्रम्पसँग कुराकानी गर्यौं र छलफलको परिणामस्वरूप, मेक्सिकोले “मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लागूपदार्थको तस्करी रोक्न” आफ्नो उत्तरी सिमानामा १०,००० राष्ट्रिय गार्ड सेना पठाउनेछ र अमेरिकाले बदलामा, मेक्सिकोमा उच्च-शक्तियुक्त हतियारहरूको तस्करी रोक्न काम गरिरहेको छ र गर्नेछ ” ।

ट्रम्पले पनि शेनबाउमसँगको कुराकानीलाई “धेरै मैत्रीपूर्ण” भनेर वर्णन गर्दै मेक्सिकोको राष्ट्रिय गार्डको तैनाथीको प्रशंसा गरेका छन् ।

युरोप-अमेरिका व्यापार युद्धले चीनलाई फाइदा पुर्‍याउनेछ – काजा कालास

ब्रसेल्स- युरोपेली विदेश नीति प्रमुख काजा कालासले युरोपेली संघ र अमेरिकाबीच सम्भावित व्यापार युद्धले चीनलाई फाइदा पुग्ने बताएकी छन्।

समुदायको अनौपचारिक शिखर सम्मेलनमा ब्रसेल्स पुगेकी कालासले पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताएकी हुन्। पत्रकारहरुसंग कुरा गर्दै उनले भनिन्,”यदी युरोप र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध सुरु गरे भने त्यसको फाइदा चीनले लिनेछ ” ।

अमेरिकाले युरोपेली सामानहरूमा कर लगाउनाले दुवै पक्षले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने र अन्य धेरै नकारात्मक परिणामहरू निम्त्याउनेछ र यस्तो निर्णयले रोजगारीमा समेत नकारात्मक असर पार्ने उनले बताएकी छन्।

फेब्रुअरी २ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली राष्ट्रहरुलाई थप भन्सार शुल्क लगाउन सक्ने बताएका थिए।

अध्यादेशका कार्यसम्पादन नियमावली मन्त्रिपरिषदबाट पारित

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले, अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।

१८ गते बसेको हिउँदे अधिवेशनको पहिलो दिन सरकारले कानुनमा संसोधन गर्ने गरि विभिन्न विधेयक र अध्यादेश संसदमा पेश गरेको थियो। सोहि कानुन र अध्यादेशलाई कार्यान्वयनका लागि सरकारले तयार गरेको कार्यसम्पादन नियमावली मन्त्रिपरिषद बैठकले पारित गरेको छ।

‘नो केबलकार समूह’ ले बनायो वार्ता समिति

ताप्लेजुङ — गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँगवार्ता गर्नका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ ।

अमर तुम्याहाङको संयोजकत्वमा नो केबलकार समूहले बनाएको वार्ता समितिमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक गरि चार जना सदस्य रहेका छन् ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले यो समितिबाट वार्ताका लागि समन्वयको वातावरण बन्ने तर सरकारले बनाएको सहसचिवको तहबाट निर्णय भएर कार्यान्वय हुन नसक्ने पनि उनीहरुले बताएका छन् ।

समूहले वार्तामा बस्नुअघि निर्माण कार्य स्थगित हुनुपर्ने, पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनालाई रिहा गर्नुपर्ने, निर्माणाधीन क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने अडान लिएका छन् ।

ड्यूक र डचेस अफ एडिनबर् नेपाल आउँदै

काठमाडौं- बेलायती शाही परिवारका राजकुमार एडवर्ड र उनकी श्रीमती सोफी भोलि नेपाल आइपुग्दैछन्।

महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा सन्तान राजकुमार एडवर्ड पाँच दिनको नेपाल भ्रमणका लागि आफ्नो श्रीमती सहित भोलि दिउँसो नेपाल आइपुग्ने तय भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार, उनीहरू मंगलबार दिउँसो आइपुग्नेछन् र शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टोलीको भ्रमणको लागि सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी मुख्यालयले उनीहरूको सुरक्षाका लागि पीएसओहरू तैनाथ गर्ने तयारी समेत गरेको छ।

स्रोतका अनुसार, ड्यूक र डचेस अफ एडिनबर्ग फेब्रुअरी ७ मा पोखराको ब्रिटिश गोर्खा क्याम्पमा नयाँ गोर्खा भर्तीहरूको प्रमाणीकरण परेडमा भाग लिनेछन्।
राजकुमार र उनको टोलीले भक्तपुरको माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल र एसओएस बाल ग्रामको भ्रमण गर्ने कार्यक्रम छ। पाँच दिने भ्रमणको क्रममा राजपरिवारका सदस्यहरूले उच्चस्तरीय सरकारी अधिकारीहरू र गोर्खा सैनिकहरूका परिवारहरूलाई भेट्ने कार्यक्रम रहेको छ भने उनीहरूले नेपालमा बेलायतद्वारा आर्थिक सहायता प्रदान गरिएको विकास परियोजनाहरूको पनि निरीक्षण गर्नेछन्। स्रोतका अनुसार, एडवर्ड र सोफीलाई सगरमाथा क्षेत्रमा पर्वतीय उडानका लागि लैजाने तयारी समेत भइरहेको छ।

गोर्खाली सेनाहरुले २०० वर्षभन्दा बढी समयदेखि ब्रिटिश सेनामा सेवा गर्दै आएका छन् र उनीहरु आफ्नो बहादुरी र साहसका लागि प्रख्यात छन्।

यसअघि, राजकुमार ह्यारीले मार्च २०१६ मा ११ दिनको लागि नेपालको भ्रमण गरेका थिए र काठमाडौं, बर्दिया र पोखराको यात्रा गरेका थिए। राजकुमार फिलिपले पनि सन् २००० मा नेपालको भ्रमण गरेका थिए।

गृहमन्त्रीको राजीनामा माग्दै ‘नो केबलकार समूह’ माइतीघर मण्डलामा

काठमाडौँ- पाथिभारा केबलकार निर्माण कार्य बन्द गर्नु्पर्ने मागसहित आन्दोलन गरिरहेको ‘नो केबलकार समूह’ ले आज गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

माघ १२ गते ‘नो केबलकार समूह’को प्रदर्शनमा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेपछि मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्ष समितिले देशका विभिन्न स्थानमा आन्दोलन चर्काउँदै आएको छ।

जल,जमिन,जंगल हाम्रो प्राण,मुन्धुमी मुक्कुमसुङबाट सशस्त्र प्रहरी फिर्ता गर,राज्य आतंक बन्द गरलगायतका नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेर आज उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

ट्रम्पको ट्यारिफ नीति र यसको विश्वव्यापी प्रभाव

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक ट्यारिफ नीतिले छिमेकी देशहरूमा त प्रभाव पारेको छ नै, तर यसले अन्तर्राष्ट्रिय व्यापार र प्रमुख विश्व अर्थतन्त्रहरूमा झनै ठुलो र गहिरो प्रभाव पार्ने देखिन्छ । उनको प्रशासन अन्तर्गत, क्यानडा, मेक्सिको र चीनजस्ता देशहरूबाट आयात गरिने सामानहरूमाथि ट्यारिफ लगाइनुले अमेरिका र विश्व अर्थतन्त्रका अन्य शक्तिशाली मुलुकहरुबीच अन्तराष्ट्रिय व्यापार युद्धको अवस्थालाई बढावा दिएको देखिन्छ।

सन् २०१८ मा, ट्रम्पले राष्ट्रिय सुरक्षा कारण देखाउँदै स्टील र एलुमिनियम आयातमा ट्यारिफ लगाएका थिए । क्यानडा र मेक्सिको, अमेरिकाका नजिकका व्यापारिक साझेदारहरू, यसबाट गम्भीर रूपमा प्रभावित भए। स्टीलमा २५% र एलुमिनियममा १०% ट्यारिफ लगाइएपछि कूटनीतिक सम्बन्धहरू तनावपूर्ण बने र एक किसिमको आर्थिक अनिश्चितता उत्पन्न भयो।

ट्रम्पको ट्यारिफ नीतिले उत्तर अमेरिकी व्यापारको आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गरे भने , अमेरिकी उत्पादकहरूको उत्पादन लागत बढ्न गयो र उपभोक्ताहरूले मूल्य वृद्धिको सामना गर्नुपर्यो । क्यानडामा स्टील र एलुमिनियम निर्यातमा निर्भर उद्योगहरू समस्यामा परे, जबकि मेक्सिकोमा सीमा पार हुने व्यापारमा गिरावट आयो। उक्त नीतिले अमेरिकी अर्थतन्त्रमा मिश्रित प्रभाव पार्दै कतिपय घरेलु उद्योगहरू विदेशी प्रतिस्पर्धाबाट जोगिएर लाभान्वित भए भने अटोमोबाइल र निर्माण क्षेत्रजस्ता उद्योगहरूले लागत वृद्धिको सामना गर्नुपर्‍यो।

चीन, क्यानडा र मेक्सिकोले ट्रम्पको ट्यारिफ नीतिको जवाफमा अमेरिकी नीति विरुद्द प्रतिशोधात्मक ट्यारिफहरू लागू गरे। जस अन्तर्गत क्यानडाले १२.६ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि ट्यारिफ लगायो, जसमा ह्विस्की, सुन्तलाको जुस र डेरी उत्पादनहरू समावेश थिए, जसले राजनीतिक रूपमा महत्त्वपूर्ण अमेरिकी राज्यहरूलाई थोरै भएपनि असर गर्न पुग्यो।

त्यसैगरी,मेक्सिकोले पोर्क, चिज र स्याउजस्ता अमेरिकी कृषि उत्पादनहरूमाथि ट्यारिफ लगायो भने चीनले पनि ११० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानहरूमाथि व्यापक ट्यारिफ लगायो, जसले सोयाबिन, अटोमोबाइल र रसायन उद्योगहरूलाई ठूलो असर पुर्‍यायो।

सन् २०२४ मा पुनः निर्वाचित भई अमेरिकाको ४७ औं राष्ट्रपति बनेपछि, ट्रम्पले आफ्ना अघिल्ला ट्यारिफ नीतिहरू पुनः लागू गरेका छन् । उनले २०२५ को सुरुवातमा नै , चीन, क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात गरिने थप सामानहरूमाथि नयाँ ट्यारिफहरू लगाएका छन् । चिनियाँ प्रविधि र इलेक्ट्रोनिक्समा ट्यारिफ ३५% सम्म बढाइएको छ भने क्यानडा र मेक्सिकोका कृषि उत्पादनहरूमाथि २०% सम्म ट्यारिफ शुल्क थपिदिएका छन् । प्रतिरोधमा क्यानाडा र मेक्सिकोले पनि पुन: अमेरिकी ट्यारिफ नीति विरुद्द थापा नयाँ ट्यारिफहरु घोषणा गरेका छन्।

त्यसैगरी,ब्रिक्स राष्ट्रहरू—ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका—ले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने प्रयास (डिडलराइजेशन) अघि बढाएपछि, ट्रम्पले यी देशहरूलाई पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन् । डिडलराइजेशन पहलले अमेरिकी डलरलाई विश्वको प्रमुख रिजर्भ मुद्राको रूपमा नरहन सक्नेगरी चुनौती दिएपछि ट्रम्प प्रशासनले कडा प्रतिक्रिया जनाएको थियो। यस्ता प्रतिबन्धहरूले अमेरिकी र उदाउँदो अर्थतन्त्रहरूबीचको तनाव बढाउन सक्छ र विश्वव्यापी वित्तीय बजारहरूअस्थिर बनाउन सक्ने आंकलन गरिएको छ ।

संगसंगै ट्रम्पले अटोमोबाइल र कृषि क्षेत्रमा अनुचित व्यापार अभ्यासहरू भैरहेको आरोप लगाउँदै युरोपेली संघ अन्तर्गतका विभिन्न राष्ट्रहरुलाई पनि ट्यारिफ लगाउने संकेत दिएका छन् , । युरोपेली कार र विलासी वस्तुमाथि प्रस्तावित ट्यारिफहरूले ईयू नेताहरूमा चिन्ता बढाएको छ भनेअर्कोतर्फ उनीहरुले पनि प्रतिशोधात्मक कदमहरूको चेतावनी दिएका छन् । ट्रम्पको यो नीतिले विश्व अर्थतन्त्रमा व्यापार युद्ध निम्त्याउन सक्छ भन्ने चिन्ता एकातिर छ भने अर्कोतर्फ यी र यस्ता नीतिहरूले व्यवसायहरूको लागत बढाएको छ र विश्वव्यापी आर्थिक अनिश्चितता उत्पन्न गरेको छ।

ट्रम्पको ट्यारिफ नीति र प्रतिबन्धहरूको धम्कीले दुईपक्षीय व्यापार सम्बन्ध मात्र होइन, विश्वव्यापी व्यापारको समग्र गतिशीलतामा गहिरो प्रभाव पारेको छ। क्यानडा, मेक्सिको, चीन र अब युरोपेली संघका प्रतिशोधात्मक कदमहरूले विश्वव्यापी अर्थतन्त्रको आपसी निर्भरता र संरक्षणवादी नीतिहरूको जोखिमलाई उजागर गरेको छ। ब्रिक्स राष्ट्रहरूले डिडलराइजेशन प्रयास जारी राख्दा र युरोपेली संघ व्यापार विवादमा संलग्न रहँदा, यी व्यापार द्वन्द्वहरूको दीर्घकालीन प्रभाव अमेरिकी अर्थतन्त्र र यसको विश्वव्यापी प्रभावमा कस्तो पर्छ भन्ने कुरा नीतिनिर्माताहरू र अर्थशास्त्रीहरूका लागि महत्वपूर्ण मुद्दा बनेको छ।

ब्रिक्स: विश्व अर्थतन्त्रमा उदाउँदो शक्ति

२००६ मा स्थापना गरिएको ब्रिक्स पाँच ठूला उदाउँदो अर्थतन्त्रहरूको प्रभावशाली समूह हो: ब्राजिल, रुस, भारत, चीन, र दक्षिण अफ्रिका। प्रारम्भमा “ब्रिक” नामले चिनिएको यस समूहमा ब्राजिल, रुस, भारत, र चीन थिए, तर २०१० मा दक्षिण अफ्रिका सामेल भएपछि यसको नाम ब्रिक्स राखियो। यो गठबन्धनको उद्देश्य आर्थिक वृद्धि, राजनीतिक सहकार्य, र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा सुधारको पक्षमा वकालत गर्नु हो।

ब्रिक्सको गठनले विश्वव्यापी आर्थिक गतिशीलतामा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। यी राष्ट्रहरू, प्रत्येक आफ्नै आर्थिक शक्तिहरूसहित, विश्वको ४०% भन्दा बढी जनसंख्या र करिब २५% वैश्विक जीडीपी प्रतिनिधित्व गर्छन्। ब्राजिल, यसको प्रचुर प्राकृतिक स्रोतहरू र कृषिजन्य निर्यातका लागि परिचित छ, रुससँग मिलेर उर्जा क्षेत्रमा प्रमुख शक्ति बनाउँछ, जहाँ प्रशस्त तेल र प्राकृतिक ग्यास पाइन्छ। भारत छिटो बढ्दै गएको अर्थतन्त्र र प्राविधिक क्षेत्रसँगै उदाउँदै छ, भने चीन, विश्वको दोस्रो ठूलो अर्थतन्त्र, निर्माण र निर्यातमा अग्रणी छ। दक्षिण अफ्रिका, महाद्वीपको सबैभन्दा विकसित अर्थतन्त्र, खनिज सम्पदामा धनी र अफ्रिकामा प्रवेशद्वारको रूपमा कार्य गर्दछ।

ब्रिक्सका उद्देश्यहरू महत्वाकांक्षी र बहुपक्षीय छन्। समूहले सदस्य राष्ट्रहरूमा शान्ति, सुरक्षा, र विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ, साथै IMF र World Bank जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा उदाउँदो अर्थतन्त्रहरूको अधिक प्रतिनिधित्व सुनिश्चित गर्न वकालत गर्दै आएको छ। सदस्य राष्ट्रहरूबीच व्यापार र लगानी वृद्धि, विज्ञान, प्रविधि, शिक्षा, र स्वास्थ्य क्षेत्रमा सहकार्य प्रवर्द्धन, र बहुध्रुवीय विश्व व्यवस्था स्थापना गर्ने लक्ष्य ब्रिक्सको मुख्य मिशन हो।

विगतका वर्षहरूमा, ब्रिक्सले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। २०१४ मा स्थापित नयाँ विकास बैंक (NDB) प्रमुख उपलब्धिको रूपमा देखिन्छ। यस संस्थाले ब्रिक्स राष्ट्रहरू र अन्य उदाउँदो अर्थतन्त्रहरूमा पूर्वाधार र दिगो विकास परियोजनाहरूलाई वित्तीय सहायता प्रदान गर्दछ, पश्चिमी-प्रभावित वित्तीय निकायहरूको विकल्पको रूपमा कार्य गर्दै। साथै, सदस्य राष्ट्रहरूले भुक्तानी सन्तुलन संकट सामना गर्दा सहयोग गर्न सशर्त रिजर्भ व्यवस्था (CRA) को स्थापना गरिएको छ। वार्षिक सम्मेलनहरू नियमित रूपमा आयोजना गरिन्छ, जसमा अध्यक्षता सदस्य राष्ट्रहरूले पालैपालो ग्रहण गर्छन्, यसले सबै राष्ट्रहरूलाई समान प्रतिनिधित्व र प्रभाव सुनिश्चित गर्दछ।

व्यापारको सन्दर्भमा, ब्रिक्स राष्ट्रहरूले आन्तरिक व्यापार बढाउने र पश्चिमी मुद्रामा निर्भरता घटाउने पहल गरेका छन्। डलर निर्भरता घटाउने यो प्रयास समूहको व्यापक रणनीतिको हिस्सा हो, जसले विश्वव्यापी आर्थिक शक्ति विविधीकरण गर्न र अमेरिकी डलरको निर्भरता कम गर्न खोज्छ।

ब्रिक्सको उदयले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्दैछ। परम्परागत पश्चिमी अर्थतन्त्रहरूबाट आर्थिक शक्ति विविधीकरण गर्दै, समूहले विश्वव्यापी वित्तीय संरचनाहरूलाई पुनः आकार दिइरहेको छ। NDB र CRA जस्ता वैकल्पिक संस्थाहरूको निर्माणले IMF र World Bank जस्ता संस्थाहरूको प्रभुत्वलाई चुनौती दिइरहेको छ। साथै, व्यापारमा स्थानीय मुद्राको प्रयोगलाई प्रवर्द्धन गर्ने ब्रिक्सको प्रयासले अमेरिकी डलरको वैश्विक माग घटाउन सक्छ, जसले डलरलाई विश्वको प्रमुख रिजर्भ मुद्रा रूपमा कमजोर बनाउन सक्छ।

अमेरिकी अर्थतन्त्रका लागि, यसको प्रभाव गम्भीर हुन सक्छ। ब्रिक्सका डलर निर्भरता घटाउने प्रयासहरूले डलरको विश्वव्यापी प्रभुत्व कम गर्न सक्छ, जसले यसको मूल्य र प्रभावमा असर पार्न सक्छ। ब्रिक्स राष्ट्रहरूबाट आउने आर्थिक प्रतिस्पर्धाले अमेरिकी बजार, स्रोतहरू, र भू-राजनीतिक स्थितिमा चुनौती पुर्याउन सक्छ। साथै, अन्तर्राष्ट्रिय संस्थाहरूमा सुधारको लागि ब्रिक्सको वकालतले विश्वव्यापी निर्णय गर्ने निकायहरूमा अमेरिकाको भूमिका कम गर्न सक्छ।

अन्त्यमा, ब्रिक्स केवल उदाउँदो अर्थतन्त्रहरूको गठबन्धन होइन; यो बहुध्रुवीय विश्व व्यवस्था तर्फको परिवर्तनलाई अघि बढाउने शक्तिशाली बल हो। आर्थिक सहकार्य प्रवर्द्धन गर्न र वैश्विक शासनमा सुधार ल्याउन यसको प्रयासले परम्परागत पश्चिमी शक्तिहरूको प्रभुत्वलाई चुनौती दिइरहेको छ। यसको प्रभावले विश्व अर्थतन्त्र र अमेरिकामा कति ठूलो परिवर्तन ल्याउने हो, त्यो समयले देखाउनेछ, तर ब्रिक्सले अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक नीतिहरूको भविष्य निर्माणमा निर्णायक भूमिका खेल्नेछ।

विदेशी मुद्रा सञ्चितिमा वृद्धि : वैदेशिक लगानीमा सुधार

काठमाडौं : राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको तथ्यांकअनुसार मुलुकको विदेशी विनिमय सञ्चितिको आकार बढेर २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यसबाट मुलुकले १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्थिति बनेको छ।

चालु आर्थिक वर्षको पुससम्ममा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.१४ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको थियो।

त्यसैगरी,मुलुकसँग कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यो चालु आवको पुससम्मको तथ्यांक हो। अमेरिकी डलरमा यस्तो सञ्चिति असारको तुलनामा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको हो। जसमा नेपाल राष्ट्र बैंकमा २० खर्ब ७२ अर्ब ३४ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति कायम छ। यस्तो सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ।

समग्रमा आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले बताएको छ।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा अधिक हुँदा ६ महिनामा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ। गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा छ। यससँगै, मुलुकको चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा छ।

गत वर्षको सोही अवधिमा १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो। अमेरिकी डलरमा १ अर्ब ८ करोडले बचतमा छ। यस्तै खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ छ।

कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं – नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

हितेन्द्रमान शाक्यले आफूलाई जिम्मेवारीबाट हटाई कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

साढे तीन वर्षअघि दायर सो रिट निवेदनमा एकपटक प्रारम्भिक सुनुवाइ भएपछि मुद्दाको पालो नै नआएर रोकिएको र पटकपटक पेसी तोकिएको मुद्दा स्थगित भएपछी सर्वोच्च अदालतले त्यो मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश जारी गरेको थियो। ।

आफू नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदमा बहाल रहेको अवस्थामा मन्त्रालयमा तानेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको विरोधमा हितेन्द्रले मुद्दा दायर गरेका थिए ।उनले घिसिङलाई पदमुक्त गरी आफूलाई त्यही पदमा बहाल गर्नुपर्ने आदेशको माग गरेका छन् ।

आजदेखि काठमाडौं र ललितपुरका केही स्थानमा बिजुली अवरुद्ध हुने

काठमाडौं – नेपाल विधुत प्राधिकरणले विधुत वितरण तार भूमिगत गर्ने कार्यका लागि काठमाँडौं उपत्यकाका केही स्थानमा आजदेखि विधुत सेवा अवरुद्ध हुने जनाएको छ ।

विधुत प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म उल्लेखित स्थानहरुमा विधुत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विधुतीय तार भूमिगत गर्न लागेकोले उल्लेखित क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म
विधुत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विधुत सेवा अवरुद्ध हुनेछ ।

यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ ।

bidhut pradhikaran

ओपीडी सेवा बहिष्कार गर्दै आवासीय चिकित्सक

काठमाडौं – सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।

आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए ।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले सरकारी सरह सेवासुविधा पाउनुपर्ने लगायतका चार बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । विरामीलाई धेरै मर्का नपरोस् भनेर तत्काललाई तीन घण्टामात्र ओपीडी सेवा बहिस्कार गरेको भन्दै उनले आफूहरुको मागलाई बेवास्ता गरे आकस्मिक बाहेकका सबै सेवा पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिए ।

देवी सरस्वतीको पूजा गरेर आज श्रीपञ्चमी मनाइँदै

काठमाडौँ-विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ

वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वतीका मन्दिरहरुमा पूजा गर्ने गरिन्छ ।सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन रहेको छ ।सरस्वतीको पूजा गर्नाले ज्ञान प्राप्त हुन्छ भन्ने पनि विश्वास रही आएको छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

आजै हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि रहेको छ।

राष्ट्रिय र अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने सरकारको तयारी

काठमाडौं – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ।

अब विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापन नेपाल हवाई सेवा प्राधिकरण मार्फत हुने भएको छ भने यो निकायले विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

यो विधेयक अनुसार प्राधिकरणले आफू अन्तर्गतका विमानस्थल नेपाल सरकारको स्वीकृतिमा कुनै सरकारी वा गैरसरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई समेत सञ्चालन व्यवस्थापन गर्ने जिम्मा दिन सक्ने गरी बाटो खुला भएको छ ।

प्राधिकरणले यात्रु सेवा, सुरक्षा र सुविधा तथा विमानस्थल सुरक्षा ध्यानमा राख्दै विमानस्थलमा कार्यरत सबै सरकारी वा गैरसरकारी संस्था, व्यक्ति वा सरोकारवालालाई आवश्यक निर्देशन दिन सक्ने भएको छ ।

वुमन्स टी२० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा पराजित नेपाल आजको दोस्रो खेलमा पनि पराजित भएको छ।

१४१ रनको लक्ष्य दिएको नेदरल्यान्ड्स विरुद्द खेलेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र जोड्न सफल भएको छ।

नेपालसँगै थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलामा नेपालले आजको खेलसँगै लगातार तिन वटा खेलमा पराजित हुन पुगेको छ।

हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौं – संसदमा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ ।

संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ दर्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि उक्त विधेयक ल्याइएको हो।

माइतीघरमा गुठी पीडित मोही किसानको धर्ना

काठमाडौँ — दाङको स्वर्गद्वारी गुठीका मोही किसानहरूले न्याय पाउनुपर्ने भन्दै काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर निश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङको संयोजनमा काठमाडौँ आएका गुठीपीडित किसानहरूले गुठीपीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने भन्दै हलो, कुटो कुदालोसहित कृषि कर्ममा प्रयोग गरिने औजार लिएर माइतीघरको सडकमा प्रदर्शन गरिरहेका छन् ।

स्वर्गद्वारी आश्रमका मोही किासनको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरूले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएको तर रकारले सुनुवाई नगरेपछि काठमाडौँ केन्द्रित धर्नामा उत्रिएको उनीहरुले बताएका छन् ।

स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौका (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनस‌ङ्ख्याको बसोबास छ भने कुल १ हजार ५०बिघा जमिन गुठीअन्तर्गत रहेको छ । किसानले खेतीपाती गर्दै बसोवाससमेत गर्दै आएको पुस्तौं बितेको उक्त जग्गा आफ्नै बाजे, जिजुबाजेले खेतीयोग्य बनाएको र आफुसंग मोहीयानी पुर्जा समेत रहेको तर स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन आफुहरुले प्रदर्शन गर्नुपरेको उनीहरुले बताएका छन् ।

सहकारी ठगीका आरोपमा म्याग्दीका जिसस प्रमुख राजकुमार थापा पक्राउ

काठमाडौँ- म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना भएको र थापा सहितको टोलीले उक्त रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उल्लेख गरिएको छ ।

०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गर्दै आएको भएपनि थापालाई अहिलेसम्म पक्राउ गरिएको थिएन। उनि एमालेबाट जिसस प्रमुख निर्वाचित भएका थिए।

४० अर्ब बराबर तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं – बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत नेपाल राष्ट्र बैंकले ४० अर्ब बराबर तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै नेपाल राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ ।आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ११ फागुनमा भुक्तानी हुनेछ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ ।

उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता

जनकपुर – रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

उनले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेको विषयमा अदालतको अपमान गरेको भन्दै बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले मुद्दा दर्ता गराएका हुन् ।

साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ । यसअघी बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो र सो विषयमा आदालतको आदेश आउनुअघि साहले आफूलाई आदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले बताएका छन्। उक्त मुद्दामा भने आज सुनुवाइ हुँदैछ ।

आहा रारा गोल्डकपको उद्घाटन खेल सहारा र पुलिस क्लबबीच

पोखरा- सहारा क्लबले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी मंगलबारदेखि पोखरामा सुरु हुने २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको बताएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी र जर्सी अनावरण गर्दै मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच हुने पनि आयोजकले बताएको छ ।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्स, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब र नेपाल पुलिस क्लब ,आयोजक सहारा, एपीएफ, ब्रिगेड ब्वाइज युके र थन्डरबोल्ट नर्थ युनाइटेड अफ सिक्किमले प्रतिष्पर्धा गर्नेछन।

मनाङ ७ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले यस पटक भने प्रतियोगितामा भाग लिएको छैन।

प्रतियोगिताको विजेताले रु. १,२०१,००० र उपविजेताले रु. ६,०१,००० प्राप्त गर्नेछ। प्रतियोगितामा प्रि-क्वार्टरफाइनल खेलहरूको टिकट मूल्य सामान्यको लागि रु. १०० र विशिष्टको लागि रु. २०० रहेको छ। सेमिफाइनलको टिकटको मूल्य सामान्यको लागि रु. २०० र विशिष्टको लागि रु. ४०० हुनेछ।

प्रतियोगिताबाट आएको पैसा क्लबद्वारा सञ्चालित सूर्य बहादुर केसी एकेडेमीमा अनाथ बालबालिकाहरूको लागि खर्च गरिने आयोजकले बताएका छन्। प्रतियोगिता माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुनेछ।

केबलकार निर्माणको विरोध गर्दै पूर्वी नेपालका जिल्लाहरुमा बन्दको आह्वान

विराटनगर – मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले पाथिभरा केबलकार निर्माणको विरोधमा आज र भोलि अरुणपूर्वका झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर लगायतका जिल्लामा बन्दको आह्वान गरेको पहिलो दिन बन्दको सामान्य प्रभाव परेको देखिन्छ ।

बन्द आहवान गरिएको क्षेत्रमा आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् भने बन्दकर्ताहरु चोक र सडकमा निस्किएका देखिन्छन। बन्दले सबैभन्दा बढी प्रभाव पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा पारेको देखिन्छ। पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा सवारी आगमन ठप्प जस्तै छ।

केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, नो केबलकार आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै पहिचान पक्षधारहरुले बन्दको आह्वान गरेका हुन्।

जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु

जनकपुर- महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु भएको छ । कारागारमा रहेका धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।

पहिलेदेखि नै औषधि सेवन गरिरहेका महराको अचानक बेस्सरी पेटदुखेपछि मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको र उपचारको क्रममा शनिबार राति २:३० बजे मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिएका छन् ।

२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।

नेपाल र साउदीबीच श्रम सम्झौता गर्ने सहमति

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजी रियादमा भएको बैठकमा नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ ।

अन्तिम मस्यौदालाई दुवै पक्षले कानुनी प्रक्रिया पूरा भएपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुंगो लगाइनेछ । साउदीले नेपालसमक्ष साधारण श्रमिक, घरेलु श्रमिक र सीप प्रमाणीकरण कार्यक्रमसँग सम्बद्ध सम्झौता गर्ने प्रस्ताव गरेको छ । यी तीनमध्ये साधारण श्रमिकको भर्नासँग सम्बद्ध श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको बताइएको छ।

साउदीमा हाल घरेलु श्रमिक बाहेक करिब चार लाख नेपाली श्रमिक कार्यरत छन् ।

टी-२० श्रृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं : त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आफ्नो तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल आज दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालले यसअघि लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।

श्रृङ्खलामा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्स छन्।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १५१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८२ पैसा तथा सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९४ पैसा र बिक्रीदर आठ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा तथा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र बिक्रीदर १२ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा तथा कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४० पैसा तथा ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ १७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७३ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । रासस

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।हाल कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

२०८१ माघ २० गते (आईतबार)

दिउँसोː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २१ गते (सोमबार)

दिउँसोː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८१ माघ २२ गते (मंगलबार)

दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहनेछ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  लुम्बिनी प्रदेश र  गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत  गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहनेछ।    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत   गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको दुई वर्षको सम्झौता सकिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले उनको बिदाइ गरेको छ।क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले गरेको प्रदर्शनको प्रशंसा गर्दै उनको विदाई गरेको छ।

क्यानले प्रशिक्षक देशाईको दुई वर्षे कार्यकाल समाप्त भएको र उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको समेत बताएको छ ।उनीसँग सन् २०२३‌ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा दुई वर्षको लागि सम्झौता गरिएको थियो।

सहकारी अध्यादेशका केही प्रावधान संशोधन गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएको छ।

एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी मल्लले प्रधानमन्त्री निवास पुगेर प्रधानमन्त्रीलाई बेग्लाबेग्लै सुझावपत्र बुझाएका छन्।

उक्त सुझावमा कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताएको बताएका छन्।

तत्कालिन राजा श्री ५ ज्ञानेन्द्रको त्यो “शाही सम्बोधन” !

काठमाडौँ – ठिक आजकै दिन, अर्थात माघ १९ गते २०६१ सालमा तत्कालिन राजा श्री ५ ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषित गरि आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल विस्तार गरेका थिए । सो घटनाको जगमा परिवर्तन भएको नेपाली राजनीतिमा अन्तत्व्गत्व २०६२–०६३ को जनआन्दोलनपछि देशबाट राजतन्त्रको अन्त्य भयो र देशमा गणतन्त्रको स्थापना भयो। तत्कालीन समयमा राजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएर देशवासीको नाममा गरेको सम्बोधन यस्तो थियो।

पार्टीको १५ औं महाधिवेशन २०८४ को चुनावअघि नै हुन्छ: गगन थापा

काठमाडौं – संस्थापन पक्षकै केही नेताहरुले महाधिवेशन आगामी निर्वाचनपछि मात्र गर्ने बताउँदै आएका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने २०८४ को चुनावअघि नै पार्टीको १५औं महाधिवेशन हुने बताएका छन्।

कांग्रेसको काठमाडौं महानगरपालिका– ७ को वडा भेलालाई सम्बोधन गर्दै केही नेताहरूले महाधिवेशन ८४ को चुनाव पछि मात्र हुन्छ कि भनेर बोल्दै हिंड्नु भएको छ, तर संविधानले पनि त्यसो गर्न मिल्दैन र सबैलाई यी यावत कुराहरुमा कन्फ्युज नहुन आग्रह गर्दै ८४ को चुनाव अगाडी नै पार्टीको महाधिवेशन हुने उनले बताएका छन्।

एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन भन्दै निर्धारित मितिअनुसार कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने र त्यसको कुनै विकल्प नभएको उनले बताएका छन्।

पाथीभरा केबलकार निर्माण विवाद समाधानको लागि गृहले पठायो पत्र

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा देखिएको केबलकार निर्माण विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

केबलकार नियमनको विषय संघीय मामिलाअन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन गृहमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको हो।

स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहलकदमी अगाडि बढाइदिनु हुन भनि पत्रको व्यहोरामा उल्लेख गरिएको छ।

यसअघि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा माघ १२ गते प्रहरीको गोली लागेर आन्दोलनकारी समूहका दुईसहित पाँच जना र प्रहरीतर्फ २१ जना घाइते भएका थिए भने उक्त घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

अछाममा मृत भेटिएका दुई किशोरीको हत्या भएको पुष्टि

अछाम —अछाममा मृत भेटिएका दुई किशोरी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले पत्रकार सम्मेलन मार्फत घटनाको विवरण सार्वजनिक गरेको छ।

प्रहरीले हत्याको अभियोगमा ढकारीकै गुरुकुल माविमा कक्षा १० र ८ मा पढ्ने १७ र १५ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार इशरा र सरस्वतीको ती किशोरहरूसँग फोन र सामाजिक सञ्जालमा कुराकानी भैरहेको र दुई दिनअगाडिबाट जङ्गलमा भेट्ने योजना रहेको र भेटमा एक युवकले सरस्वतीसँग प्रेम सम्बन्धका साथै यौन सम्बन्धका लागि प्रस्ताव गर्दा युवतीले अस्वीकार गरेपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको खुल्न आएको छ।

ढुंगा लागेर सरस्वतीको मृत्यु भएपछि हत्या लुकाउनको लागि इशराको पनि हत्या गरिको खुल्न आएको छ।

प्रहरीले घटनामा दुई किशोरले हत्या गरेको स्विकारेको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै पोस्टमार्टमको अन्तिम रिपोर्ट र प्राविधिक रिपोर्टहरू आउन बाँकी रहेकाले अनुसन्धान चलिरहने बताएको छ। प्रहरीको नियन्त्रणमा रहेका किशोरहरूलाई जिल्ला अदालत अछामबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

१९५० को नेपाल भारत सन्धि खारेज हुनुपर्छ

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले १९५० को नेपाल भारत सन्धि खारेज गर्नुपर्ने बताएका छन्।

उनले संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै, सामन्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र विपरित भएको र संसदलाइ औचित्यहिन बनाउनु हो भन्ने अभिव्यक्ति दिएका छन्। मुर्खहरुले मुर्खहरु भेलागरि जनतामाथि शासन गर्नु प्रजातन्त्र र राजनीति नहुने पनि उनले बताएका छन्। सरकारले संधै देशमा विकास भएको दावी गर्दै गर्दा देशलाई २५ खर्ब भन्दा बढी रकमको ऋण भार बोकाएको कुरा किन नगरेको भनेर प्रश्न समेत गरेका छन्।

अमेरिकी सरकारले नेपालको मित्रराष्ट्र क्युबालाई राज्यप्रायोजित आतंकबादी आरोप लगाई अमानविय नाकाबन्दी गरेको, विश्व स्वास्थ्य संगठन र जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोमा नेपाल सरकारले विरोध गर्दै , कुनै पनि स्वतन्त्र र सार्वभौम राष्ट्रविरुद्द नाकाबन्दि, धम्कि, सेना तैनाथ र आक्रमण नगर्न नेपाल सरकारले अमेरिकालाई कुटनीतिक नोट पठाउनुपर्ने र क्यानाडा, पानामा र ग्रीनल्याण्ड कब्जा गर्ने अमेरिकी नेतृत्वको भनाइलाई खण्डन गर्ने सहास नेपाल सरकारले गर्नु जरुरी रहेको पनि उनले बताएका छन्।

त्यसैगरी,इजरायललाई प्यालेस्टिन भुमि कब्जा नगर्न र नगराउन नेपाल सरकारले आवाज उठाउनुपर्ने भन्दै , नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १८१६ को गोर्खा भर्ती सम्झौता र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल भारत सन्धि खारेज गर्नुपर्ने बताएका छन्।

उनले विधुत निर्यात नभई आन्तरिक खपतमा ध्यान दिनुपर्ने भन्दै, सर्वोच्च अदालतको आदेश विपरित माथिल्लो कर्णाली भारतको जिएमआरको सिफारिसमा इरेजा र सतलजलाई दिएको नेपाल सरकारको राष्ट्रघाती काम भएको र सरकारले भारत लगायत विदेशीलाई दिएको जविधुत परियोजनाहरु नेपालीकै लगानीमा निर्माण गर्नुपर्ने पनि बताएका छन्।

उनले पूर्वाधार नभएको विश्वविधालय बिधेयक अघि बढाएको तर पूर्वाधार भएको विश्वविधालयलाई कानुनमा छैन भनि स्वीकृत नदिने सरकारको कदमको आलोचना गर्दै ,२० प्रतिशत बढी मुनाफा राख्न नपाउने कानुनि व्यवस्था अध्यादेश मार्फत खारेज गर्दै ल्याएको विधेयकले कालो बजारीलाई मात्र फाइदा भएको र यसले उपभोग्य सामानको मूल्य बढाएको बताएका छन्।

भाई छोरा विदेशमा बेचेर आएको रकमलाई सरकारको उपलब्धी भन्न मिल्दैन:राजेन्द्र लिङ्ग्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले संघिय संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै भाई छोरा विदेशमा बेचेर देशमा बढेको विदेशी मुद्रा संचितिलाई सरकारको उपलब्धी मान्न नमिल्ने बताएका छन्।

सुरुङ्ग मार्गको ब्रेक थ्रु र सडक अनि बाटोघाटो निर्माण जस्ता विषयलाई आफ्नो उपलब्धि भन्दै खुशी हुने अवस्था नरहेकोले नियमित रुपमा भएगरेका र हुने विकासलाई सरकारले आफ्नो उपलब्धि भन्न नमिल्ने उनले बताएक छन्।

उनले सरकार भ्रष्टाचार गर्न र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै प्रधानमन्त्री कार्यालय अन्तर्गतको केहि निकायले अझै पनि प्रधानमन्त्रीको आडमा व्यापारीलाई तर्साएर पैसा उठाइरहेको आरोप लगाउँदै तपाइले भ्रष्टाचार गर्नुहुन्छ या गर्नुहुन् त्यो मलाई थाहा छैन तर तपाइको वरपरका मानिसहरुले भ्रष्टाचार गरिरहेका छन् भन्दै सरकारले निर्माण व्यावसायीलाई दिने भुक्तानीमा समेत पैसा उठाइरहेको बताएका छन्। सरकारले एन कानुन नै बनाएर भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण गरिरहेको बताएका छन्। २० प्रतिशत मात्र मुनाफा लिन पाउने नियम खारेज गर्दै सरकारले महंगाई बढाएर व्यापारी पोस्ने काम गरेको समेत उनले बताएका छन्।

रवि लामिछाने गृहमन्त्री हुँदा राज्यव्यवस्था समितिमा आएर उनीमाथि सहकारी ठगीको कुनै मुद्दा,आरोप र प्रमाण छैन भन्ने अनि अहिले ८४ दिनसम्म के आधारमा हिरासतमा राखेको भन्ने प्रश्न गर्दै सत्ताको कुन प्रकारले दुरुपयोग हुन्छ भन्ने कुराको नमुना अहिलेका प्रहरी प्रमुखले देखाएको कारण उनि माथि पनि छानविन हुनुपर्ने उनले बताएका छन्।

अब यो प्रणालीले काम गर्दैन र नगरेको भन्दै अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने,अभिभावकीय संस्थाको रुपमा राजालाई राख्नुपर्ने , पूर्ण समानुपत्तिक संसद बनाउनुपर्ने ,प्रदेशको खारेज गर्नुपर्ने र स्थानिय तहलाई दलविहिन बनाउनुपर्ने उनले बताएका छन्।

राष्ट्रिय परिचयपत्र नहुँदा सेवा प्रवाहमा हुने कठिनाई अन्त्य गर्नु : सर्वोच्च

काठमाडौँ- चरणबद्ध रूपमा राष्ट्रिय परिचयपत्र अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गर्दै सर्वोच्चले सरकारका नाममा ३ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।

सरकारले २०८१ जेठ २४ गते पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने निर्णय गरेको थियो। दोस्रो चरणमा माघ १ गतेबाट ३८ जिल्लामा र बाँकी सबै जिल्लामा २०८२ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यस निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट परेका थिए। सर्वोच्चले सबै रिटलाई एकैठाउँमा राखेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले उक्त आदेश दिएको हो।

यस्तो छ तीन बुँदे निर्देशनात्मक आदेश:
१. राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाह गर्ने कार्यमा थप प्रभावकारिता ल्याउने कार्य गर्न, नागरिकका वासस्थान नजिकको बिन्दुमा पुगी नेपाली नागरिकतासमेतका आधारमा नागरिकका व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरणको कार्य यथाशीघ्र सम्पन्न गरी राष्ट्रिय परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा व्यहोर्नु परेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्नू।

२. सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा एकाइ खडा गरी कार्य गर्नू।

३. राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिका सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने तथा व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि जो गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकाससमेत गर्नू गराउनू।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजेदेखि बस्दैछ ।

आइतबारसम्म चल्ने उक्त बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा छलफल गर्ने बताएको छ।

उक्त बैठकमा पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी र कार्यक्षेत्र अन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित पेश गर्न र अनिवार्य उपस्थित हुन जसपा नेपालले निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६६ र अरु क्षेत्रमा १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५९ रुपैयाँ र अरु क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा पर्नेछ ।

ट्रम्पले पुटिनसँग वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग वार्ता गर्ने योजना दोहोर्‍याएका छन्, रोयटर्सले रिपोर्ट गरेको छ।

रिपोर्ट अनुसार, ट्रम्पले शुक्रबार भने कि उनी पुटिनसँग कुरा गर्नेछन् र उनीहरूले सम्भवतः उनले उल्लेख गरेको महत्त्वपूर्ण कुरा गर्नेछन्। यद्यपि, अमेरिकी राष्ट्रपतिले विस्तृत रूपमा भन्ने बारेमा भने उल्लेख गरेनन्।

ट्रम्पले वाशिंगटनले मस्कोसँग गम्भीर छलफल गरिरहेको पनि बताएका छन्।

रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि मस्को दुई देशका राष्ट्रपतिहरूको स्तरमा अमेरिकासँग वार्ता गर्न तयार रहेको तर वाशिंगटनबाट यस विषयमा कुनै खबर प्राप्त नभएको बताएका थिए।

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्न सुहाउँदैन

काठमाडौँ – संघिय संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन्।

२०७८ सालमा अध्यादेश ल्याएर नेकपा एमाले पार्टी फुटाउनेहरु र त्यहि अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन्। आफु सरकारमा छंदा अध्यादेशको बाढी ल्याएको सम्झन आग्रह गर्दै अध्यादेश प्रक्रियामा होइन यसको विषयमा चित्त बुझेन भने प्रतिस्थापन प्रस्ताव लिएर आउन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन्।

संसद नभएको बेला नागरिकको काम नारोकियोस भनेर र संसदलाई प्रक्रियाको बन्दि बनाएर दैनिक कार्यमा हुने गरेको अवरोध हटाउन अध्यादेश लिएर आएकोले अध्यादेशको होइन यसको कन्टेन्टमा छलफल गरौँ भन्दै उनले भने,”यदि कसैलाई अध्यादेशको विरोध गर्ने अधिकार छ भने त्यो केवल माननीय प्रेम सुवाल र योगेन्द्र मण्डललाई छ। तर अरु सबैले कुनै न कुनै बेला अध्यादेशको समर्थन गर्दै अध्यादेशमा हस्ताक्षर समेत गरेकोले अरु कसैले अध्यादेशको विरोध गर्न नमिल्ने र नसुहाउने समेत बताएका छन्।

प्रतिनिधिसभा बैठक सुरु:रास्वपाको अवरोध

काठमाडौँ — प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु भएलगत्तै प्रतिपक्षी दल रास्वपाले विरोध सुरु गरेको छ ।

सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाउन लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । रास्वपाको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।

अवरोधकाबीच सभामुखले बैठक अगाडी बढाएपछि रास्वपा सांसदहरुले बैठक बहिष्कार गरेर निस्किएका छन्।

रास्वपाका सभापति रवि लामिछानेले आजै सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गर्न आग्रह समेत गरेका छन् ।

आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ ।

पाथीभारा केबुलकार निर्माण विवाद समाधान गर्न गृहमन्त्री लेखकलाई काँग्रेस सांसदहरूको आग्रह

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको आजको बैठकमा काँग्रेस सांसदहरुले आफ्नो जिल्लामा चलिरहेको केबुलकार निर्माण विवाद समाधान गर्न गृहमन्त्री लेखकलाई आग्रह गरेका छन्।

सांसदहरुको मागप्रति जवाफ दिंदै गृहमन्त्री लेखकले वार्ता समिति बनाएर उक्त समस्या समाधान गर्न आफुले निर्देशन दिइसकेको र चांडै नै समस्याको समाधान हुने बताएका छन्।

काँग्रेस केन्द्रिय समितिको आजको बैठकमा नेताहरुले आजबाट सुरुहुने हिउँदे अधिवेशन र अध्यादेशको विषयमा छलफल गरेका छन्।

निलम्बन फुकुवाको माग गर्दै रवि लामिछाने संसद सचिवालयमा

काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने आफ्नो सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालय पुगेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्ने बताइएको छ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि संसद सचिवालयले पुस ८ गते लामिछानेको सांसद पद निलम्बन गरेको थियो।

राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।

नेपाल कबड्डी लिगको फाइनलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल अन्तर्गत एनकेएलको पहिलो च्याम्पियन बन्ने दौडमा आज जनकपुर नाइट्स र काठमाडौं म्याभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले पहिलो पटक फ़्र्नचाइज अवधारणामा नेपालमा सुरुवात गरेको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये जनकपुर नाइट्स र काठमाडौं म्याभरिक्स फाइनलमा पुग्न सफल भएका हुन्।

जनकपुर नाइट्स प्रतियोगिताकै एक मात्र अपराजित टिम हो भने लिग चरणमा जनकपुरले ४ खेल जित्दा १ खेल काठमाडौं म्याभरिक्ससँग बराबरीमा टुंग्याएको थियो । लिग चरणमा शीर्षस्थानमा रहेको जनकपुरले क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो। काठमाडौं म्याभरिक्सले लिगमा तीन जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो ।

सत्तारुढ दल नेपाली काँग्रेसकै सांसदहरु अध्यादेशको विपक्षमा

काठमाडौं – संसदको हिउँदे अधिवेशन आज दिउँसो १ बजेको लागि तय भएको छ। सरकारले संसदमा प्रस्तुत गर्ने विधेयक र अध्यादेशलाई लिएर प्रतिपक्ष दलहरुले आज संसदमा विरोध गर्ने बताइरहेका बेला सत्तारुढ दल नेपाली काँग्रेसकै सांसदहरु अध्यादेशको विपक्षमा देखिएका छन्।

आफ्नै सांसदहरु विपक्षमा देखिएपछि यतिबेला नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठकमा आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल हुने र सांसदहरुलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न र संसदमा एकमतका साथ् अगाडी बढ्नुपर्ने भन्दै बैठक डाकिएको हुन सक्ने काँग्रेस नेताहरुले बताएका छन्। तीनजनाबाहेक कांग्रेसका सबै सांसद सरकारले ल्याएको अध्यादेशको विपक्षमा रहेको बुझिएको छ।

त्यसो त नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै सञ्चार माध्यमहरुमा सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै त्यसलाई सच्याउनु पर्ने बताइसकेका छन् भने अन्य सांसदहरुले पनि सरकारले संसदीय समितिमा छलफल नै नगरी आफुलाई अनुकुल हुने गरि विधेयक ल्याएको र अध्यादेश मार्फत सरकार सँचालन गर्नु गलत अभ्यास भएको भन्दै सरकारको कदमको आलोचना गरेका छन्।

नेपाल बारको चुनाव चैत २३ गते

काठमाडौँ- नेपाल बारको कार्यसमिति बैठकले देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ भने आगामी निर्वाचनबाट नेपाल बारले २७ ‍औँ कार्यसमिति चयन गर्नेछ।

नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार रहँदै आएकोमा वर्तमान सरकार काँग्रेस र एमालेको संयुक्त सरकार भएकोले बारको आगामी निर्वाचन गठबन्धनको समीकरण अनुसार अगाडी बढ्न सक्ने अनुमान गरिको छ।

हालै सर्वोच्च अदालत बार एसोसिएनमा कांग्रेस र एमालेनिकट संगठनबीच भएको चुनावी प्रतिष्पर्धामा कांग्रेस निकट संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका उम्मेदवार मेघराज पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि २०७८ चैतमा भएको बारको चुनावमा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानल विजयी भएको थियो।

नेपाल बारमा प्रत्येक ३ वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुने गर्दछ ।

स्वास्थ्य बिमा सुधार कार्ययोजना: सरकारी कर्मचारीले अनिवार्य बिमा गर्नुपर्ने

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्।

स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा तयार पारिएको बिमा सुधार कार्ययोजना अब मन्त्रिपरिषद्‌बाट निर्णय हुने र संघीय संसद्को हिउँदे अधिवेशनमार्फत स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीलाई बुझाइएको बिमा सुधारका लागि गर्नुपर्ने ८ वटा विषय मुख्यगरी समेटिएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

उक्त कार्ययोजनामा यसअघी डा. शम्भु आचार्य कार्यदलले दिएको पहिलाको सबै सुझाव कसरी लागू गर्न सकिन्छ भन्ने विषय उल्लेख गरिएको छ भने आगामी ६ वर्षभित्र सबै बिमितले पाँच लाख बराबरको उपचार सेवा पाउने गरी व्यवस्था गर्ने तर अहिले सुरुमा बिमितमध्ये मिर्गौलाका विरामीले मात्र पाँच लाख बराबरको सेवा पाउनेबाट सुरु गर्ने विषय समेटिएको छ।

त्यसैगरी सरकारी सेवामा आबद्ध सबै कर्मचारी अनिवार्य रूपमा स्वास्थ्य बिमामा समेटिनुपर्ने,बढी कर तिर्ने नागरिकले बढी प्रिमियम तिर्नुपर्ने, सुर्तीजन्य, मिठाई र मिठाईजन्य करबाट आउन्र पैसा सिधै बीमामा छुट्याउनुपर्ने, प्रयोगशाला परीक्षणभन्दा उपचार र औषधिमा बढी सेवा पाउने जस्ता विषय स्वास्थ्य बिमा सुधार कार्ययोजनामा समेटिएको छ।

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासंघको माघ १६ र १७ गते बसेको तेस्रो पूर्ण राष्ट्रिय बैठकले आन्दोलनको घोषणा गरेको छ ।

महासंघले आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस लेख्ने, माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने,माघ २५ गते नै स्थानीय स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने ,माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिबिच अन्तरक्रिया कार्यक्रम गर्ने र शिक्षक–कर्मचारीका माग मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गराउने र माघ ३० गते बुधबार स्थानिय पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा सहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस प्रदर्शन गर्ने बताएको छ।

त्यस्तै जिल्ला स्तरका कार्यक्रम अन्तर्गत माघ २६ गते हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गर्ने र फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबिच भएका विगतका सबै सहमती समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ।

त्यस्तै प्रदेश तह अन्तर्गत फागुन ७ गते प्रदेश स्तरको आन्दोलन परिचालन समिति गठन गर्ने र फागुन ९ गते देशका ७ वटै प्रदेशका मुख्यमन्त्री/सामाजिक विकासमन्त्रीसमक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र राष्ट्रिय तहको कार्यक्रम अन्तर्गत माघ १८ गतेदेखि फागुन १० गतेसम्म विभिन्न सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम महासंघले जनाएको छ।

महासंघले सबै राजनीतिक पार्टीका संसदीय दलका प्रमुख सचेतक, राजनीतिक दलका प्रमुख, सभामुख,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, शिक्षामन्त्रीलाई भेटेर आन्दोलन र त्यसको उद्देश्यबारे लिखित जानकारी गराउने र प्रधानमन्त्रीलाई ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने पनि जनाएको छ।

महासंघले आफ्ना मागहरु सम्बोधन नभए फाल्गुण १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने र दोस्रो चरणको आन्दोलनको कार्यक्रममा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम हुने बताएको छ।

आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग

काठमाडौं – पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले सामाजिक अभियन्ता आशिका तामाङलाई तत्काल रिहा गर्नु पर्ने माग राखेकी छिन्।

श्रेष्ठले बिहिबार भक्तपुरको जगाती प्रहरी चौकीमा पुगेर तामाङलाई भेट समेत गरिकी छन्।

उनको व्यवहार अराजक हुन सक्छ, उनको शैली गलत हुनसक्छ त्यो मा मान्छु तर उनले जे गरिन त्यसले आम जनताको आक्रोशलाई प्रतिबिम्बित गर्दछ भन्ने अभिव्यक्ति दिंदै श्रेष्ठले सरकारको तानाशाही रवैया र क्षमतामाथि प्रशं गरेकी छन्। आशिकाको तरिकाप्रति बौद्धिक वर्ग असहमत होला तर गल्ती अनुसारको दण्ड हुनु पर्ने हो नि, के यसरी यातना दिनु उचित छ ? भन्दै उनले प्रश्न समेत गरेकी छन् ।

एक पटक धरौटीमा छुटिसकेको मान्छेलाई विभिन्न जिल्लाहरूमा यी उजुरीहरू कसले दर्ता गरिरहेको छ र के अन्य घटनाहरूमा पनि त्यति नै छिटो कारबाही गरिदै आएको छ भन्दै गृहमन्त्रीले तामाङको पीडालाई मौन रूपमा समर्थन गरेको आरोप समेत लगाएकी छन्।

अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङ हाल जगाती प्रहरी चौकीमा छिन्।

यस्तो छ श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा लेखेको स्टाटस्-

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं- संघीय संसदको हिउँदे अधिवेशन आज दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने भएको छ।

यो अधिवेशनलाई “विधेयक सत्र” पनि मानिन्छ। संघीय संसद सचिवालयले दुवै सदनको लागि प्रारम्भिक कार्यसूची जारी गरेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त विभिन्न पत्रहरू पढ्ने, जसमा अधिवेशन सुरु हुने सम्बन्धमा एक पत्र पनि समावेश छ। साथै, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० अनुसार, सभामुखले बैठकको अध्यक्षता गर्न एक सदस्यलाई मनोनयन गर्नेछन्। सांसदहरूले स्थापित अभ्यास पालना गर्दै आ-आफ्नो दलको तर्फबाट पनि वक्तव्य दिनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र सार्वजनिक सेवा प्रवाह प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१ प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय प्रक्रिया तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), २०८१, निजीकरण (पहिलो संशोधन), २०८१, र आर्थिक तथा व्यावसायिक वातावरण तथा लगानी प्रवर्द्धन सुधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१ प्रस्तुत गर्नुहुनेछ।

यसैबीच, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि व्यवस्थापन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१ प्रस्तुत गर्ने कार्यक्रम छ। सभामुखले विभिन्न शोक प्रस्तावहरू पनि प्रस्तुत गर्नुहुनेछ। यसका साथै, राष्ट्रिय सभाको कार्यसूचीमा मिडिया काउन्सिल विधेयकको प्रस्तुति र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन समावेश छ।

राजनीतिक अस्थिरताले अर्थतन्त्रमा असर : प्रधानमन्त्री ओली

काठमाडौँ — काठमाडौँमा आयोजीत नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको बताएका छन्।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा परेको प्रतिकूल असरबाट देशलाई सहि दिशा र लयमा फर्काउन,देशको व्यापार व्यावसायलाई गतिशील बनाउन र सन् २०२६ बाटै नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

नेपालले तीव्रताका साथ विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको समेत उनले बताएका छन् । तर पूर्वाधार नभई देशको विकास हुन नसक्ने भन्दै त्यसका लागि पनि सबैको पहल र साथ सहयोगको आवश्यकता रहेको इनले बताएका छन्।

महिला टी-२०आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा घरेलु टोली नेपाल २० रनले पराजित भएको छ ।

२० ओभरमा चार विकेट गुमाउँदै १५८ रनको लक्ष्य दिएको नेदरल्यान्ड्स विरुद्द मैदानमा उत्रिएको नेपाली टिमले २० ओभरमा सात विकेट गुमाउँदा मात्र १३७ रन बनाउन सफल भएको हो।

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा तीन चौकासहित सर्वाधिक २८ रन बनाइन् भने कविता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रनको योगदान गरिकी हुन्।त्यसतै पूजा महताेले २४ रन जोड्न सफल भईन भने पूजाले १४ बलमा समान दुई चौका र छक्का प्रहार गरेकी थिइन् ।ओपनर सम्झना खड्काले ११ बलमा एक चौकासहित ९ रन ,कप्तान इन्दु बर्माले १० बलमा सात रन ,कविता कुँवरले ८ र पूर्वकप्तान रुविना क्षेत्रीले जम्मा ११ रन बनाइन् ।

अध्यादेशको विपक्षमा प्रतिपक्ष: सडक संघर्षको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने र सडक संघर्ष गर्ने चेतावनी दिएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गलत विधि र प्रक्रियामार्फत सरकारले अध्यादेश ल्याएको भन्दै त्यो स्वीकार्य नहुने र सरकारले जबर्जस्ती अध्यादेश मार्फत विधेयकहरु पास गराउन खोजे सडक संघर्ष गर्ने बताएका छन्।

संसदको समितिमा छलफलमै रहेका विधेयकहरुलाई संसदीय समितिबाटै छलफल गरेर पारित गर्नुपर्नेमा सरकारले अध्यादेश ल्याएर विधेयक पारित गर्न खोज्नु कानुनी मुल्यमान्यताको धज्जी उडाउनु हो भन्दै शुक्रबारबाट सञ्चालन हुने संसद अधिवेशनमा अध्यादेशसहित जनसरोकारका विषयहरु एकमत भएर उठाउने उनले बताएका छन् ।

नेदरल्यान्ड्सविरुद्ध १५८ रनको लक्ष्य पक्षाउँदै नेपाली टिम मैदानमा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा जारी थाइल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सम्मिलित महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध १५८ रनको लक्ष्य पक्षाउँदै नेपाली टिम मैदानमा उत्रिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन जोड्न सफल भएको छ। नेदरल्यान्ड्सको लागि रोबिन रिज्कीले ४८ बलमा ८ चौकासहित ५९ रन , स्टिरी क्यालिसले ३५ बलमा चार चौकासहित २९ रन , आइरिस ज्विलिङले ३१ र हिथर सिजर्सले २३ रन बनाएका छन्। खेलमा नेपालका लागि कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले समान १-१ विकेट लिएका हुन्।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

खेलमा फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक प्राप्त गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

सामाजिक सञ्जाल विधेयक सच्याउनुपर्छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री एवं संघिय संसदका सदस्य गगन थापाले सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउनु पर्ने बताएका छन्।

लोकतन्त्रको मूल मर्म नै अभिव्यक्ति स्वतन्त्रता भएकोले कुनै पनि व्यक्तिले भयरहित अवस्थामा आफ्ना विचार राख्न पाउने अवस्था नहुने हो भने लोकतन्त्रको अर्थ रहँदैन तर अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दैगर्दा अरूलाई हानि पुर्‍याउनु हुँदैन भन्दै सरकारले ल्याएको विधेयकले स्वतन्त्रताको दुरुपयोग गर्नेलाई नियमन गर्न खोज्दा संविधानप्रदत्त स्वतन्त्रताको अधिकार कुनै हालतमा सङ्कुचित बनाइनु नहुने बताएका छन्।

विधेयकमा धेरै सकारात्मक र आवश्यक कुराहरूपनि रहेको तर जुन विषयलाई फौजदारी अपराधको रूपमा राखिएको छ, तीमध्ये अधिकांशको परिभाषा अस्पष्ट र दोहोरो अर्थ राख्ने खालको भएकोले भोलि सरकारले आफु अनुकुल व्याख्या गरेर स्वेच्छाचारी ढङ्गले प्रस्तुत हुनसक्ने र सरकारले जुनसुकै बेला त्यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्ने हुनाले नागरिक सरकारसँग भयभित हुनुपर्ने अवस्था देखिएकोले ति प्रावधानहरु सच्च्याएर अगाडी बढ्नुपर्ने उनले बताएका छन्।

उक्त विधेयक बनाउनमा आफ्नो कुनै भूमिका नरहे पनि त्यसलाई सच्याएर ठीक बनाउनेमा लाग्न सरकारसँग अब मैले आफूले सक्ने सबै कोसिस गर्नेछु भन्दै सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा व्यापक परिमार्जन गर्नुपर्ने देखिएको र सो विधेयकलाई संविधानको मर्म अनुकूल बनाएर मात्र कानुनको रूपमा अघि बढ्न दिने उनले बताएका छन्।

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति

काठमाडौं – तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने र सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

‘सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु,’राष्ट्रपति पौडेलले भनेका छन्।

सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा,प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

राणा शासन र पंचायतकालीन निरंकुशताको झल्को दिने “सामाजिक सञ्जाल विधेयक”

सरकारले ‘सामाजिक सञ्जाल विधेयक २०८१’ लाई संसदको हिउँदे अधिवेशन मार्फत पारित गर्ने गरि संसोधन प्रस्ताव दर्ता गराएको छ। सरकारले हिउँदे अधिवेशनका लागि ल्याएका विधेयकहरुलाई अध्यादेशबाटै भएपनि पारित गराउने तयारी समेत गरेको देखिन्छ।

हिजो राणा शासन र पंचायतको निरंकुशता विरुद्द लडेर देशमा प्रजातन्त्र ल्याएको र जनताले बोल्न पाउने गरि नागरिक स्वतन्त्रताको हकको सुरक्षा गरेको भनेर भाषण गर्ने गणतान्त्रिक सरकारले आज आएर प्रजातन्त्रको घाँटी निमोठ्दै राणा शासन र पंचायतकालीन निरंकुशताको झल्को मेटिने गरि ‘सामाजिक सञ्जाल विधेयक २०८१’ ल्याएको छ।

लोकतन्त्रको न्युनतम मूल्यमान्यता समेत ख्याल नगरी सामाजिक सञ्जाल नियमन गर्ने बहानामा नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्ने र सूचना र सञ्चारको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ सरकार अग्रसर देखिन्छ। हो सामाजिक सञ्जालमा पछिल्लो समय केहि विकृती फैलिएको छ, त्यो पाटोलाई पनि नकार्न सकिंदैन। तर राज्यले एउटा नियमनकारी निकाय खडा गरेर त्यसको नियमन गर्नु र त्यस्ता सामाग्री र सामग्री सम्प्रेषण गर्नेहरुलाई एउटा सामान्य सजाय दिएर हुने ठाउमा फौजदारी कानुन आकर्षित हुने गरि विधेयक ल्याइनुले सरकारले नागरिकको बोल्न र लेख्न पाउने अधिकार नै खोस्न खोजेको देखिन्छ ।

सामाजिक सञ्जालमा उठाइने सानोतिनो आलोचनालाई लिएर नागरिकलाई आपराधि करार गर्न अग्रसर हुनुले सरकार आलोचना देखि डराएर भाग्न खोजेजस्तो देखिन्छ। सरकार आलोचना पनि प्रजातन्त्रको एउटा सकारात्मक पाटो र अभिन्न अभ्यास हो। यसले गल्ति र कमि-कम्जोरिहरुको आत्मासमिक्षा गर्दै सुध्रिने र सुधारिने अवसर प्रदान गर्छ। देशलाई सिंगापुर र स्विजरल्याण्ड बनाउछु भनेर भाषण र आश्वाशन मात्रै पाएका जनताले सामजिक सञ्जालमा कहिलेकाहीं आक्रोश पोख्दा, जनतालाई गरेको बाचा पुरा गर्न सकिएनछ भनेर आत्मसमीक्षा गर्ने कि सरकारको विरोध गरिस भनेर हत्कडी लगाउने ? त्यसो हो भने सरकारमा बसेर पदिय मर्यादा र गरिमा बिर्सेर जथाभावी बोल्नेहरुलाई जनताले के गर्ने ? सरकारले संधै आफ्नो तारिफ र भक्तिगान मात्रै सुन्न चाहेको हो भने सरकारले त्यो खाले सोचलाई त्यागेकै राम्रो । किनकि मान्छेबाट गल्ति हुन्छ, अनि त्यो गल्ति र कमीकमजोरी कहिलेकाहीं सरकार र सरकार चलाउनेहरुबाट पनि हुनसक्छ र गल्ति भएपछी नागरिकले बिरोध गर्छन र सामाजिक संजालमा आक्रोश पोख्छन। अनि कतिजनालाई हत्कडी लगाउने सरकार ? कहिलेसम्म नागरिकलाई नजरबन्दमा राख्ने ? सरकार ! देश चलाउनेहरुमा आलोचनात्मक चेत हुनु पनि जरुरि हुन्छ। कसैको आलोचना गरेकै भरमा जेल र जरिवानाको त्रास देखाएर आफ्नो अकर्मण्यतालाई लुकाउन खोज्नु र नागरिकको स्वतन्त्रता र मौलिक हक खोस्नतर्फ लाग्नुभन्दा सरकार र सरकारमा रहेकाहरुले आफुमा थोरै भएपनि आलोचनात्मक चेतको विकास गर्नुपर्ने देखिन्छ।

राजाको प्रत्यक्ष शासनकालमा पनि “आर्यघाटले के भन्छ ज्ञानेन्द्रलाई ले भन्छ, ज्ञाने चोर देश छोड” भनेर नारायणहिटी दरबार अगाडी उभिएर नारा लगाउन पाइन्थ्यो। राजाको शासनकालमा बोल्न समेत पाइदैनथ्यो भनेर भाषण गर्ने नेताहरुले यो नबिर्सिउन कि राजाको प्रत्यक्ष शासनकालमा पनि नारायणहिटी दरबार अगाडी उभिएर राजा विरोधी नारा लगाउने धेरै नेताहरु आज संसदमा छन्।

त्यसैले, सरकार एकपटक सिंहदरबारबाट बाहिर पनि नजर लगाइबक्स्योस,राजाको प्रत्यक्ष शासनकालमा नारायणहिटी दरबार अगाडी उभिएर राजा विरोधी नारा लगाउने त्यो नागरिकको भिड अझै पनि यो देशमा जीविन निर्वाहका लागि सिंहदरबार बाहिरको सडकमा कुदिरहेको देख्नुहुनेछ। त्यो भिड अझै पनि जीवित छ। भिडले देशको कानुन र व्यवस्था निर्धारण गर्दैन र गर्नु पनि हुँदैन। तर त्यहि भिडले राजा फालेर राजतन्त्र अन्त्य गरेको देश हो यो।चेतना भया !

सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको गम्भीर आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा गम्भीर असहमति र आपत्ति जनाएको छ।

सरकारले संसदामा दर्ता गरेको विधेयकमाथि प्रारम्भिक दृष्टिमा नै गम्भीर प्रश्नहरू उठेको भन्दै सरकारमाथि नागरिकहरूले खबरदारी गरेका छन् र विधेयकमा आधारभूत परिवर्तन नगर्ने हो भने यसले सामाजिक सञ्जाल नियमन गर्ने नभई नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्ने बुझाइ सचेत नागरिकहरूको रहेको छ भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

हासंघ लगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने महासंघको भनाइ छ ।

patrakaar mahaaangh

प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य: निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा प्रत्यक्षमा अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव गरेको छ।

निर्वाचन आयोगले गरेको यो प्रस्ताव अनुसार विधेयक पारित भएमा अब दलहरूले प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि प्रत्यक्षमै ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउनु पर्नेछ। हाल संसदमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था भए पनि प्रत्यक्षमै ३३ प्रतिशत उम्मेदवार उठाउनु पर्ने बाध्यकारी व्यवस्था छैन। जसका कारण संसदमा आउने अधिकांश महिला समानुपातिक निर्वाचन प्रणालीबाट आउने गरेका छन्।

पालिका र वडामा पनि महिलाको सहभागिता सुनिश्चित गर्न विधेयकमा थप केही व्यवस्था गर्न प्रस्तावित विधेयकको परिच्छेद ३ (उम्मेदवार तथा मनोनयनपत्र) को दफा ७४ उपदफा १ का अनुसार कुनै राजनीतिक दलले देहायको पदमा उम्मेदवारी दिँदा देहाय बमोजिमको संख्यामा महिला उम्मेदवार दिनु पर्नेछ भनि उल्लेख गरेको छ।
प्रस्तावित विधेयक:
(क) प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदा त्यस्तो दलले जति निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो, त्यसको कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार।

(ख) स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख मध्ये कम्तीमा एकजना महिला उम्मेदवार, तर एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार दिनुपर्नेछ।

स्थानीय तहमा अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था यसअघि नै भए पनि गठबन्धन गर्दा दुवैजना पुरूष उठाउन मिल्ने ‘कानुनी छिद्र’का कारण गएको स्थानीय चुनावमा १६३ पालिकामा प्रमुख र उपप्रमुख दुवै पुरूष निर्वाचित भएको र गठबन्धनका नाममा महिला सहभागिता खुम्चिएको भन्दै आयोगले एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने व्यवस्था गर्न लागेको हो।

आयोगले वडामा पनि कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने भनेको छ। उपदफा १ (ग) मा भनिएको छ, वडा अध्यक्षको पदमा उम्मेदवारी दिँदा त्यस्तो दलले सम्बन्धित स्थानीय तहमा उम्मेदवार दिने सम्पूर्ण वडा अध्यक्षमध्ये कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार दिनुपर्ने छ।

उपदफा १ को खण्ड (क), (ख) वा (ग) विपरीत उम्मेदवारी दिने राजनीतिक दलको सम्बन्धित खण्ड बमोजिमको सबै उम्मेदवारी रद्द हुने व्यवस्था पनि कानुनमा गरिएको छ।

संविधानले प्रतिनिधि सभा र प्रदेश सभामा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने, प्रत्यक्षबाट आएका महिला ३३ प्रतिशत नपुगेमा त्यस्तो राजनीतिक दलले समानुपातिकबाट सो प्रतिशत पुर्‍याउनु पर्ने भनेको छ। तर, राजनीतिक दलहरूले प्रत्यक्षमा महिलालाई टिकट नदिई ३३ प्रतिशत महिला सहभागिता समानुपातिकबाट मात्रै पुर्‍याउने गरेपछि निर्वाचन आयोगले यो बाध्यकारी व्यवस्था गर्न लागेको हो।

पासपोर्ट छपाइको टेण्डर संशोधन: पुरानै कम्पनीलाई फाइदा पुग्नेगरी कार्यविधि तयार पारेको आरोप

काठमाडौँ- राहदानी विभागले पासपोर्ट छपाइका लागि आह्वान गरेको ग्लोबल टेन्डरविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मिलेमतोमा टेन्डर आह्वान गरिएको भन्दै उजुरी परेपछि राहदानी विभागले पासपोर्ट छपाइको टेण्डर संशोधन गरेको छ।

कुनै निश्चित कम्पनीलाई टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको र हाल ई–पासपोर्ट छपाइ गरिरहेको कम्पनीको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको उजुरीकर्ताको आरोप छ। यसअघी राहदानी विभागले हाल पासपोर्ट छापिरहेको आईडेमियालाई नै ठेक्का दिने गरी बोलपत्र मागेको भन्दै सबै निकायमा उजुरी पुगेपछि ठेक्का संशोधन गरिएको हो।राहदानी विभागले जनवरी १२ सम्म आवेदन दिने गरी बोलपत्र आह्वान भएकोमा विवादमा परेपछि फेब्रुअरी ११ सम्म म्याद थप गरेको हो ।राहदानी विभाग विरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा मात्रै ६ वटा कम्पनीको उजुरी परेको थियो । खरिद अनुगमन कार्यालयले राहदानी विभागलाई उजुरीको सम्बोधन गर्न पत्र समेत पठाएको थियो ।

उजुरीपछि मात्र जनवरी २० मा विभागले बिड डकुमेन्ट संशोधन गरेको थियो। हाल संयुक्त उपक्रममा सहभागी हुने कम्पनीलाई प्रतिस्पर्धामा सहभागी नगराउने व्यवस्थामा संशोधन गर्दै ३ कम्पनीले संयुक्त रूपमा आवेदन दिन सक्ने भनिएको छ।
विभागले प्याकेज १ र प्याकेज २ मा एउटै कम्पनीले आवेदन दिँदा प्राथमिकता दिने व्यवस्थालाई समेत संशोधन गरेको छ।संशोधित व्यवस्थाअनुसार, प्याकेज १ मा सहभागी हुने कम्पनीको पछिल्ला ३ वर्षमा वार्षिक कारोबार १ करोड २० लाख अमेरिकी डलर, प्याकेज २ को लागि ४ करोड र दुवै प्याकेजमा सहभागी हुने कम्पनीले वार्षिक ५ करोड २० लाख डलर हुनुपर्नेछ।बोलपत्र मूल्यांकन गर्दा प्राविधिक अनुभव ५ वर्षको र ३ ठाउँमा काम गरेको हुनुपर्नेछ भन्ने कुरालाई संशोधन गर्दै उत्पादन र सञ्चालन गरेको ३ वर्षको अनुभव हुनुपर्ने बनाइएको छ।

राहदानी विभागले टेन्डर डकुमेन्ट संशोधन गरे पनि आईडेमियालाई नै फाइदा पुग्ने कतिपय व्यवस्था कायमै रहेको र डकुमेन्ट संशोधनपछि पनि आईडेमियाले नै टेन्डर पाउन सक्ने आधार धेरै राखिएको आरोप छ। राहदानी विभागले केही विषय संशोधन गरे पनि अहिले छपाइ गरेको कम्पनीको मात्रै योग्यता पुग्ने उजुरीकर्ताको भनाइ छ।पासपोर्ट छपाइ गर्ने अन्तर्राष्ट्रिय कम्पनी सीमित रहेको अवस्थामा विभागले सीमित कम्पनीबीच प्रतिस्पर्धा बढाउनेभन्दा एउटै कम्पनीलाई फाइदा पुग्ने गरी डकुमेन्ट बनाएको आरोप छ।

राहदानी विभागले भने ३१ जनवरीमा टेन्डरमा सहभागी हुन इच्छुक कम्पनीलाई बैठकमा बोलाएको छ। जनवरी २० मा भएका संशोधनको विषयमा शुक्रबार टेन्डरमा सहभागी हुन इच्छुक कम्पनीसँग अनलाइन वा भौतिक रुपमा छलफल गर्ने विभागले जानकारी दिएको छ।

आईडेमियाले राज्यको अर्बौं रकम र नागरिकको तथ्यांकमा आफूखुसी गरेको भन्दै राज्य व्यवस्था समितिमा समेत उजुरी परेको छ तर समितिमा उजुरी दर्ता भए पनि अहिलेसम्म छानबिन अघि बढेको छैन।

राहदानी विभागले सन् २०१० मा २० करोडको लागतमा ओबर्थर टेक्नोलिजो नाम गरेको फ्रान्सेली कम्पनीलाई सर्वप्रथम एमआरपी पासपोर्टको ठेक्का सुम्पिएको थियो। २० करोडको ठेक्कालाई आधार मानेर पछि राहदानी विभागले ओबर्थर कम्पनीलाई विना प्रतिस्पर्धा सोझै अर्बौँ रकम भेरिएसनमार्फत प्रदान गरेको थियो। ओबर्थर कम्पनीलाई पछि अर्को फ्रान्सेली कम्पनी आईडेमियाले खरिद गरेको थियो। सन् २०२० मा फेरि राहदानी विभागले आईडेमियालाई करिब २ अर्ब ५० करोडको ठेक्का सुम्पियो। उक्त ठेक्कामा आईडेमियाले राहदानी विभागलाई ईपासपोर्ट छाप्ने विधुतिय उपकरण, प्रणाली र २० लाख थान ईपासपोर्ट बुकलेट छपाइ समावेश थियो।

विश्व बैंकले प्रतिबन्ध लगाएको आइडेमिया

आइडेमियालाई ८ वर्षअघि विश्व बैंकले साढे २ वर्षसम्म प्रतिबन्ध लगाएको थियो। आईडेमिया बन्नुअघि यो फ्रान्सको डिजिटल सेक्युरिटी कम्पनी अबर्थर टेक्नोलोजिज थियो। यसलाई बंगलादेशको राष्ट्रिय परिचयपत्र प्रणालीसम्बन्धी परियोजनासँग जोडेर भ्रष्टाचारजन्य गतिविधि र अभ्यासमा संलग्न भन्दै विश्व बैंकले प्रतिबन्ध लगाएको थियो।

त्यतिबेला पनि कम्पनीले टेन्डर स्पेसिफिकेसन आफूअनुकूल पार्न सबकन्ट्राक्टरलाई अवैध भुक्तानी दिएको विश्व बैंकले २०१७ नोभेम्बर ३० मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। योसँगै कम्पनीलाई विश्व बैंकको लगानी रहेका सम्झौताबाट अलग गरिएको थियो।

संवैधानिक राष्ट्रप्रमुख पार्टीगत राजनीतिमा फर्किनु उचित नहुने : प्रदिप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सङ्केत गर्दै संवैधानिक राष्ट्रप्रमुख भइसकेको व्यक्ति पार्टीगत राजनीतिमा फर्कने कुरा उचित नहुने बताएका छन्।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्कने चर्चा चलिरहेको छ नि भन्ने प्रश्नमा जवाफ दिंदै सो कुरा बताएका हुन्। त्यसो त केहि दिन अघि विराटनगरमा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा जवाफ दिंदै भण्डारी आफैले नै देश र जनताले आवश्यकता महसुस गरेको खण्डमा देशको लागि आफु दलगत राजनीतिमा फर्किन सक्ने र त्यसो भएमा आफु एमाले पार्तिमानै फर्कने बताएकी थिइन।

पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रुपान्तरण र सुशासन कायम गर्ने गरि सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने भन्दै, देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताएका छन्।

समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिको दशौं बैठकले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

बैठकले चैत पहिलो हप्ता मधेशमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि बताएको छ । समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको गरेको जनाएको छ भने बैठकले वर्तमान सरकार गणतन्त्र विरोधी देखिएकोसमेत निष्कर्ष निकालेको छ ।

बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेश प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय गरेको छ ।

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णयसमेत गरेको छ ।

आज सोनाम ल्होसार !

काठमाडौँ- तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।

ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।अनेक तामझाम र उल्लासका साथ मनाइने यो पर्व प्रत्येक वर्ष नेपालमा तिब्बती नयाँ वर्षको सुरुवातको रूपमा मनाइन्छ।

तामाङ समुदायको पृष्ठभूमि

तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यस अर्थमा साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् । तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । ल्होसार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गोरु, बाघ, खरायो, चील, सर्प, घोडा, बाख्रा/भेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । वर्ष २०२५ चाँही खरायोको वर्ष भनिएको छ । बाह्र वर्गका वर्षहरूलाई बाह्र राशिका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होसार मनाउने प्रचलन
नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलावा ल्होसार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

३ प्रकारका ल्होसारहरू

गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होसार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ ।

विश्वव्यापी मनाइने सोनाम ल्होसार

सोनाम ल्होसार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ । आजको दिन यी देशहरूका अधिकांश वौद्धविहारहरु रङ्गिन र उल्लासमय हुन्छन्, रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वार लगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असीम आनन्दको अनुभूति हुन्छ ।

सोनाम ल्होसारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ, सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका व्यक्तिहरू लगायत अन्य सबै समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

नकारात्मक तत्त्वहरूलाई हटाउनका लागि, आशा जगाउने सकारात्मक तत्त्वहरू अनि शक्तिहरूलाई डाँक्नका लागि आज विभिन्न तान्त्रिक विधि अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।

लामाहरूसँग आशिष् लिएर आजको दिन वर्षभरिकालागि शुभ साइतको अपेक्षा राखिन्छ। यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।

यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामुदायिक रूपमा पनि समुदायका सबै जना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रूपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय समुदाय हो ।
लेख:सुयोग ढकाल

दक्षिण सुडानमा विमान दुर्घटना:२० जनाको मृत्यु

दक्षिण सुडानको उत्तरमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको छ।

बुधबार राजधानी जुबाका लागि उडान भरेको केही समयपछि नै विमान युनिटी राज्यको तेल भण्डारण क्षेत्र नजिकै खसेको थियो।

विमानस्थलबाट ५०० मिटर टाढा विमान दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार २१ जनामध्ये एक जना मात्र जीवित रहेको बताइएको छ ।

विमानमा सवार सबै यात्रुहरू, १६ दक्षिण सुडानी, दुई चिनियाँ नागरिक र १ भारतीय नागरिक ग्रेटर पायोनियर अपरेटिङ कम्पनीका कर्मचारी रहेको बताइएको छ ।

स्लोभाकियाका प्रधानमन्त्री फिको विरुद्धको अविश्वास प्रस्ताव लगातार दोस्रो दिन पनि असफल

स्लोभाकियाको पश्चिम समर्थक विपक्षी दलले प्रधानमन्त्री रोबर्ट फिकोको मन्त्रिपरिषद खारेज गर्न माग गर्दै सदनमा दर्ता गरेको अविश्वास प्रस्तावमा लगातार दोस्रो दिनपनि असफल भएको छ।

अविश्वास प्रस्तावको पहिलो आह्वानमा केवल ५८ विपक्षी सांसदहरू उपस्थित भएका थिए। जबकि अविश्वास प्रस्तावमा मतदान हुन १५० सिट भएको व्यवस्थापिका संसदमा कम्तिमा ७६ सांसद सदस्यहरूको आवश्यकता पर्दछ ।पहिलो पटकको अविश्वास प्रस्तावमा सांसद सदस्य संख्या जुटाउन नसकेपछि विपक्षी दलले मतदान गर्ने दोस्रो प्रयास गर्दा झनै कम संख्यामा सांसदहरू उपस्थित भए। दोस्रो पटक दर्ता गरिएको अविश्वास प्रस्तावमा सदनमा जम्मा ५६ जना सांसद सदस्यहरु उपस्थित भएका थिए।

दोस्रो पटकको असफल प्रयासपछि पश्चिम समर्थक विपक्षी राजनीतिक दलहरूले फेब्रुअरी ४ मा फिको विरुद्धमा पुन:मतदान गर्ने बताएका छन्।

यसअघि, प्रधानमन्त्रीले प्रोग्रेसिभ स्लोभाकियाको विपक्षी दलले युक्रेनमा भएको जस्तै देशमा पनि विद्रोहको षड्यन्त्र रचेको आरोप लगाएका थिए। प्रधानमन्त्री फिकोले विपक्षी दलहरुले राष्ट्रिय हितभन्दा किभको हितलाई प्राथमिकता दिएको आरोप समेत लगाएका थिए। जनवरी १७ मा भ्लादिमिर जेलेन्स्कीसँगको भेटमा, उनीहरूले विजयी भएमा, पार्टीले नेटोमा युक्रेनको सदस्यतालाई समर्थन गर्ने र स्लोभाक सेनालाई युक्रेनको युद्ध क्षेत्रमा पठाउने वाचा गरेको समेत बताएका थिए।

देशमा केही भएन भनेर निराशा व्यक्त नगरौं : राष्ट्रपति पौडेल

दमौली – तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशमा केही भएन भनेर निराशा व्यक्त गर्ने समय नभएको र सबै मिलेर नेपाल बनाउने बेला आएको बताएका छन्।

उनले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको भन्दै नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहनाका साथ राज्यले काम गरिरहेको समेत बताएका छन्।

राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने आश्वाशन पनि दिएका छन्।

सरकारसँगको वार्ताका लागि ‘नो केबलकार समूह’का तीन सर्त !

कोशी — ‘नो केबलकार समूह’को दोस्रो दिनको आन्दोलन चलिरहँदा उक्त समुहले सरकारसँगको वार्ताका लागि तीन प्रस्ताव अघि सारेका छन् ।आन्दोलनको दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर क्षेत्रको बन्द कायमै छ।

कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले औपचारिक वार्ताको लागि आव्हान गरेपछि नो केबलकार समुहका कार्यकर्ताले सरकारसंग वार्ता गर्नका लागि केबलकार निर्माणको काम रोकिनु पर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनु पर्ने र पक्राउ परेका आफ्ना तीन कार्यकर्ता बिना सर्त रिहा हुनुपर्ने माग राखेका छन्।

यता, किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले केबलकार निर्माण प्रक्रिया संघीय सरकारले गरेको निर्णय भएकोले प्रदेश सरकारसँग वार्ता गर्नुको खासै औचित्य नहुने पनि बताएका छन् ।

गृहमन्त्री रमेश लेखकले पनि मंगलबार ताप्लेजुङ, इलाम र सङ्खुवासभाका सांसदसँग उक्त विषयमा छलफल गरेका थिए । छलफलमा सहभागी प्रतिनिधिसभाका सांसद योगेश भट्टराईका अनुसार आवश्यक परे संघले पनि वार्ता गर्ने मनस्थिति बनाएको तर केबलकार निर्माणले ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने भन्दै बाहिर प्रचार गरिए जस्तो नकारात्मक हल्लामा कुनै सत्यता नभएको पनि उनले बताएका छन्।

प्रदेशको वार्ता समितिमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई सदस्य, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी सदस्य र निमित्त प्रदेश सचिव कमल बहादुर थापा सदस्य सचिव रहेका छन् ।

गत माघ १२ गते पाथीभरा क्षेत्रको काफ्लेपाटीमा नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोलि लागेर तिन जना घाइते भएका थिए भने, काठमाडौँ ल्याएर उपचार गराइरहेका तिन जनाको उपचार खर्च पनि सरकारले बेहोर्ने जनाएको छ। उक्त झडपमा २१ प्रहरी र पाँच जना नागरिक घाइते भएको समेत बताइएको छ।

अतिरिक्त हवाई रुटको मार्ग प्रशस्त गर्न भारत सरकारसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भएको शिष्टाचार भेटमा राणाले भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानको मार्ग प्रयोग गर्नका लागि अतिरिक्त हवाई रुटको विषयलाई विशेष प्राथमिकतामा राखिदिन महावर मार्फत् भारत सरकारलाई आग्रह गरेकी छन् ।

शिष्टाचार भेटको क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे समेत कुराकानी गरेको मन्त्री राणाको सचिवालयले बताएको छ।

सो भेटका क्रममा दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्वपूर्ण संयन्त्र रहेको विषयमा रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही बर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो।

नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक बिकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरुको ओसारपसारका लागि नेपालले औपचारिक रुपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री राणाले आग्रह गरेकी छन् ।

कांग्रेस सांसद उपस्थित नभएपछि पूर्वाधार विकास समितिको बैठक स्थगित

काठमाडौँ- ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुको कोरम संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।

२५ सदस्यीय समितिमा १० जना मात्रै सांसद बैठकमा उपस्थिति भएका थिए भने समितिमा रहेका कांग्रेसका ८ जना सांसद सदस्यमध्ये राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित थिए । कांग्रेसका अन्य सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी र सीता गुरुङ भने अनुपस्थित रहेको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिएका छन् ।

मुगु कर्णाली र किमाथांका जलविधुत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल बोलाइएको बैठक सदस्य संख्याको कोरम नपुगेपछि स्थगित भएको हो।

प्रधानमन्त्रीद्वारा शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शहीद दिवसका अवसरमा लैनचौरस्थित शहिद स्मारक र शहिद गेट पुगी उनले प्रजातन्त्र प्रातिका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको शालिकमा पुष्पहार अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख लगायतले पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन बलिदान दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी देशभरि शहीद दिवस मनाइँदै छ ।

२००७ सालपछि हरेक वर्ष १६ माघमा विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाउने गरिएको छ ।

जेलेन्स्कीसँग कुनै पनि सम्झौतामा हस्ताक्षर गर्ने वैधता छैन – पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका भ्लादिमिर जेलेन्स्कीले चाहेमा मस्कोसँग सम्भावित वार्तामा भाग लिन सक्ने तर कुनै पनि प्रकारको शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वैधताको नभएको बताएका छन् ।

यदि जेलेन्स्कीले मस्कोसँग कुरा गर्ने इच्छा व्यक्त गरेमा मस्कोले उनीसंग वार्ता गर्छ कि गर्दैन भन्ने प्रश्नमा, पुटिनले वास्तवमा जेलेंस्किसंग कुनै पनि प्रकारको सम्झौता वा सन्धि गर्ने अधिकार नभएको र उनीसंग वार्ता गर्नुको कुनै कानुनी अर्थ नहुने बताएका छन् ।

राष्ट्रपतिको कार्यकाल आधिकारिक रूपमा मे २०२४ मा समाप्त भएको जेलेन्सकीले यसअघि रूससँग वार्ता गर्न निषेध गर्ने आदेश जारी गरेको स्मरण गराउंदै पुटिनले भने, “यद्यपि, युक्रेनी नेतृत्वले यस परिस्थितिबाट बाहिर निस्कने एउटा मुलधारको बाटो खोज्न सक्छ र युक्रेनको संसदले मात्र अब सम्झौता र वार्तालाई अगाडी बढाउन सक्छ। किनकि युक्रेनको संविधान अनुसार, युक्रेनका राष्ट्रपतिले, मार्शल ल अन्तर्गत पनि आफ्नो कार्यकाल बढाउन सक्दैनन् र जेलेन्स्किको पाँच वर्षे राष्ट्रपतिको कार्यकाल समाप्त भैसकेको छ।”

“यधपी जेलेन्सकीले वार्ता गर्न चाहेमा मा आफ्ना प्रतिनिधिहरुलाई त्यसको लागि तयार गराउन सक्छु तर कार्यकारी अधिकार वा कुनै पनि सम्झौतामा उनले हस्ताक्षर गर्न सक्दैनन् किनकि त्यो अवैधानिक हुन्छ र अब हुने कुनै पनि सम्झौता बैध हुनुपर्छ भन्ने मेरो भनाइ हो र सो सम्झौताले युक्रेन र रूस दुवैको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ”, उनले भने।

कुनै पनि सम्भावित शान्ति सम्झौता कानुनी दृष्टिकोणबाट मान्य र वैधानिक हुनुपर्छ र किभको वार्ता टोलीको अधिकार र वैधताको गहन छानबिन गरिनेछ र कानुनी विज्ञहरूको सम्पूर्ण टोलीद्वारा मूल्याङ्कन गरिनेछ।

अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको सूचीमा १,३६५ जना नेपाली

काठमाडौं – डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै आफ्नो “मेक अमेरिका ग्रेट अगेन” को चुनावी नारा अन्तर्गत रहेको अवैध आप्रवासीलाई घर फर्काउने नीतिमा अमेरिकी सरकारले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीहरुको संख्या सार्वजनिक गरेको छ ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीहरुको सूचीमा १ हजार ३६५ जना नेपाली पनि रहेका छन्।

अमेरिकी सरकारले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेपछि यसअघि अमेरिकाले कोलम्बिया, मेक्सिको र ग्वाटेमाला जस्ता देशबाट अमेरिका आएर बसेका अवैध नागरिकहरुलाई उनीहरुको देश फर्काउने अभियान सुरु गरिसकेको छ । अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

निष्काशन हुनेमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।त्यसैगरी,चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासन गरिने सूचीमा रहेका छन्।

शहिदहरुको सम्झनामा !

देशमा प्रजातन्त्र स्थापनाको लागि आफ्नो जीवन बलिदान गर्ने महान शहिदहरुको सम्झनामा आज नेपालमा शहिद दिवस मनाइदैछ। नेपालका शहिदहरूले स्वतन्त्रता, न्याय र प्रजातान्त्रिक शासनको लागि निरंकुश राणा शासन विरुद्ध लडेका संघर्ष र बलिदानको गम्भीर सम्झनाको रूपमा हरेक वर्ष नेपालमा शहिद दिवस मनाउने गरिन्छ। आफ्नो जीवन बलिदान गर्ने धेरै मध्ये, चार प्रमुख व्यक्तित्वहरू – शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई नेपालको प्रजातान्त्रिक आन्दोलनप्रतिको अटल प्रतिबद्धताको लागि विशेष रूपमा आजको दिन सम्झिने गरिन्छ।

देशका लागि जीवन बलिदानी दिएका यी चार शहिदहरुको सम्झना गर्दै गर्दा हामीले लखन थापा, भक्ति थापा , बलभद्र कुँवर र अमरसिंह थापा लगायतका अन्य धेरै शहिदहरुलाई पनि बिर्सनु भने हुँदैन जसले इतिहासको कुनै कालखण्डमा यो देशको स्वाभिमान र सार्वभौमसत्ताको लागि आफ्नो जीवनको आहुति दिएका थिए।

शुक्रराज शास्त्री (१८९४ – जनवरी २३, १९४१)

शुक्रराज शास्त्री एक विद्वान, दार्शनिक र समाज सुधारक थिए जसले नेपाली नागरिकहरूमा राजनीतिक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेले। उनी दमनकारी राणा शासनको विरोध गर्ने र प्रजातान्त्रिक सिद्धान्तहरूको वकालत गर्ने अग्रगामीहरू मध्ये एक थिए। जनतालाई प्रजातन्त्र र शासनको बारेमा शिक्षित गर्ने उनको प्रयासले उनलाई निरंकुश शासकहरूको निशाना बनायो।

जनवरी २३, १९४१ (माघ १०, १९९७ साल), तत्कालीन राणा सरकारको आदेशमा उनलाई सार्वजनिक रूपमा काठमाडौँको पचलीमा फाँसी दिइएको थियो। उनको मृत्युदण्डले नेपालको प्रजातान्त्रिक संघर्षमा एक मोड लियो, जसले धेरैलाई स्वतन्त्रताको लडाईं जारी राख्न प्रेरित गर्‍यो।

धर्मभक्त माथेमा (१९०९ – जनवरी २५, १९४१)

धर्मभक्त माथेमा एक राष्ट्रिय नायक र एक प्रसिद्ध खेलाडी थिए जसले राणा शासकहरू विरुद्ध राष्ट्रवादी भावनाहरूलाई प्रोत्साहित गर्न आफ्नो प्रभाव प्रयोग गरे। उनले जनतालाई परिचालन गर्न र नेपालमा राजनीतिक परिवर्तनको आवश्यकताको बारेमा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेले।

उनको सम्भावित खतरालाई पहिचान गर्दै, राणा शासनले उनलाई पक्राउ गर्‍यो र मृत्युदण्डको सजाय सुनायो। उनलाई जनवरी २५, १९४१ (माघ १२, १९९७ साल) मा काठमाडौँको सिफलमा फाँसी दिइएको थियो। उनको बलिदान प्रजातान्त्रिक मूल्यमान्यता र स्वतन्त्रताको कदर गर्ने नेपालीहरूका पुस्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

दशरथ चन्द (१९१६ – जनवरी २८, १९४१)

दशरथ चन्द एक निडर पत्रकार र राजनीतिक कार्यकर्ता थिए जसले राणा सरकारको अन्यायलाई उजागर गर्न अथक प्रयास गरे। आफ्ना नजिकका सहयोगीहरूसँग मिलेर उनले सक्रिय राजनीतिक संलग्नता र प्रतिरोध मार्फत नेपालमा प्रजातन्त्र स्थापना गर्न खोजे।

उनका क्रान्तिकारी गतिविधिहरूका कारण, उनलाई राणा शासकहरूले गिरफ्तार गरी मृत्युदण्डको सजाय सुनाए। जनवरी २८, १९४१ (माघ १४, १९९७ साल) मा उनलाई काठमाडौंको शोभा भगवतीमा गोली हानी मारिएको थियो। उनको शहादतले प्रजातन्त्र र न्याय प्राप्त गर्न उनले गरेका बलिदानिहारुलाई अझै जिवन्त राखेको छ।

गङ्गालाल श्रेष्ठ (१९१९ – जनवरी २८, १९४१)

गङ्गालाल श्रेष्ठ एक युवा र जोशिलो क्रान्तिकारी थिए जसले आफ्नो जीवन प्रजातान्त्रिक आन्दोलनमा समर्पित गरे। सानै उमेरदेखि, उनले राणाहरूको अधिनायकवादी शासनको सक्रिय रूपमा विरोध गरे र नेपालमा स्वतन्त्रता र समानताको प्रवर्द्धन गर्न अन्य व्यक्तिहरूसँग नजिकबाट काम गरे।

उनलाई दशरथ चन्दसँगै पक्राउ गरिएको थियो र राणा विरोधी गतिविधिमा संलग्न भएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो। जनवरी २८, १९४१ मा काठमाडौंको शोभा भगवतीमा उनलाई गोली हानी हत्या गरिएको थियो। उनको साहस र दृढ संकल्पले नेपालको इतिहासमा अमिट छाप छोडेको छ ।

नेपालभरि शहीद दिवस ठूलो सम्मान र श्रद्धाका साथ मनाइन्छ। सरकार, राजनीतिक नेताहरू, नागरिक समाज र आम जनताले यी महान शहीदहरूलाई उनीहरूको प्रतिमा र स्मारकहरूमा र्‍याली, कार्यक्रम र पुष्पांजलि अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्छन्। सम्झनाको प्राथमिक स्थल काठमाडौँको शहीद गेट हो, जहाँ यी चार शहीदहरूको प्रतिमा उनीहरूको बलिदानको प्रतीकको रूपमा उभिएका छन्।

उनीहरूको बलिदानले अन्ततः नेपाललाई निरंकुशताबाट प्रजातान्त्रिक राष्ट्रमा बदल्न मार्ग प्रशस्त गर्यो। शहीद दिवस समारोहले स्वतन्त्रताको मूल्य र प्रजातान्त्रिक मूल्यहरूलाई कायम राख्ने प्रत्येक नागरिकको जिम्मेवारीको निरन्तर सम्झना गराउँछ।युवा पुस्तालाई नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासको बारेमा शिक्षित गर्न स्कूल, कलेज र सरकारी संस्थाहरूले प्रायः विशेष कार्यक्रम, छलफल र सेमिनारहरू आयोजना गर्छन्।

balbhadra kunwar
amarsingh thapa

शहीद दिवस मनाउनु भनेको केवल श्रद्धाञ्जली अर्पण गर्नु मात्र होइन; यो देशभक्ति, न्याय र समानताको भावनालाई अगाडि बढाउनु पनि हो। प्रजातान्त्रिक प्रणालीतर्फ नेपालको प्रगति कठिनाइहरूले भरिएको छ, तर यी शहीदहरूले बसालेको जगले नेपाली नागरिकहरूलाई अझ न्यायपूर्ण र समतामूलक समाजको लागि प्रयास गर्न प्रेरित गरिरहेको छ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको बलिदान सबै नेपालीहरूको लागि प्रेरणाको स्रोत बनेको छ। न्याय र प्रजातन्त्रप्रतिको उनीहरूको अटल समर्पणले नेपाली इतिहासको दिशा परिवर्तन गर्‍यो। हामी शहीद दिवस मनाउँदै गर्दा, उनीहरूले प्राप्त गर्न धेरै संघर्ष गरेका प्रजातान्त्रिक अधिकार र स्वतन्त्रताको रक्षा गरेर उनीहरूको विरासतलाई सम्मान गर्नु आजको हाम्रो धर्म हो । यी महान शहिदहरुको साँचो श्रद्धाञ्जली उनीहरूको मूल्यमान्यतालाई कायम राख्नु र उत्पीडन र अन्यायबाट मुक्त प्रजातान्त्रिक राष्ट्रको रूपमा नेपालले निरन्तर प्रगति गरिरहेको सुनिश्चित गर्नु हो ।

lakhan thapa
bhakti thapa

नेपालको राजनीतिक परिदृश्य यी शहीदहरूको बलिदानबाट आकारमा आएको छ। उनीहरूको विरासतले आधुनिक समयका राजनीतिक आन्दोलनहरू र प्रजातान्त्रिक अभ्यासहरूलाई प्रभाव पारिरहेको छ। नेपालले शासनमा सामना गर्ने चुनौतीहरूको बावजुद, यी शहीदहरूले लडेका सिद्धान्तहरू आज पनि सान्दर्भिक छन्।शहिदहरुले देखाएको स्वाभिमान र सार्वभौमसत्ता नेपालको बाटोमा स्वतन्त्र भएर बाच्न पाउने अधिकारको लागि हरेक नागरिकले आ-आफ्नो क्षेत्रबाट देशका लागि केहि गर्नुपर्छ भन्ने भावनाका साथ् जागरुक भएर देश निर्माणको बाटोमा अगाडी बढ्नु आम नेपाली नागरिकको धर्म हो।

प्रहरी विधेयकमा हेरफेर: १६ वर्षमा पेन्सन, आइजिपीको उमेरहद ६० वर्ष

काठमाडौँ- गृह मन्त्रालयले संसदमा दर्ता गरेको प्रहरी विधेयकमा व्यापक हेरफेर गरेको छ।३० वर्षे सेवाहद हटाउँदै तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक संसदमा दर्ता भएको छ। त्यसैगरी, विधेयकमा बढुवा समितिले दिने अंक घटाएर कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताबापतको नम्बर बढाइएको छ।

प्रहरीका तल्लो तहका कर्मचारीको मागअनुसार असइ, सइ र वरिष्ठ सइले १८ वर्ष तथा वरिष्ठ हवल्दार र त्योभन्दा तल्लो तहका प्रहरीले १६ वर्ष सेवा अवधि पुगेपछि मासिक निवत्तिभरण आजीवन पाउने उल्लेख छ। तर, सेवामा नियुक्ति भएको मितिले २० वर्ष सेवा अवधि पुगेपछि मात्र निवृत्तिभरण दिइने विधेयकको दफा ५७ मा उल्लेख छ।

त्यसैगरी,विधेयकमा अवकाशको उमेरहद बढाउंदै प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष ,प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकको ५९ वर्ष ,प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको ५८ वर्ष,प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको ५७ वर्ष,प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकको ५४ वर्ष,प्रहरी वरिष्ठ हवल्दा, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानको ५१ वर्ष र प्रहरी परिचरको ५५ वर्ष प्रस्ताव गरिएको छ।

त्यस्तै, पदावधिको प्रावधान अन्तर्गत आइजिपी र एआाइजीको तीन, डिआइजीको पाँच, एसएसपीको ८ र एसपीको १० वर्ष राखिएको छ भने अन्य पदमा पदावधिको हद तोकिएको छैन।

त्यसैगरी,विधेयकमा बढुवा समितिले दिने अंक घटाएर कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताबापतको नम्बर बढाइएको छ।

यसअघि बढुवामा सय पूर्णांकमध्ये बढुवा समितिले अधिकतम ७.५ अंक दिन सक्ने प्रावधान थियो । त्यसलाई घटाएर ३ अंक राखिएको छ । बढुवा समितिको स्वविवेकी अधिकार धेरै हुँदा बढुवामा चलखेल भएको भन्दै प्रहरीकै प्रस्तावमा सो अंक घटाइएको हो । त्यस्तै, कार्यसम्पादन मूल्यांकन सयमध्ये ५० नम्बर राखिएको छ । यसअघि कार्यसम्पादनको बढीमा ४० सम्म दिन सकिने उल्लेख थियो। ज्येष्ठताबापत २२ अंक रहेकोमा त्यसलाई बढाएर २७ राखिएको छ । शैक्षिक योग्यताबापतको नम्बर घटाइएको छ। यसअघि १० अंक रहेकोमा अब राजपत्र अनंकितलाई ५ र राजपत्रांकित कर्मचारीको हकमा ७ अंक राखिएको छ । तालिमबापतको अंक पनि हेरफेर गर्दै यसअघि ७.५ रहेकोमा राजपत्र अनंकितलाई १० र राजपत्रांकितलाई ५ अंक दिइएको छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापतको ८ नम्बर हटाइएको छ भने चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापतको ५ नम्बर कायमै राखिएको छ।

बलात्कार आरोपमा एमाले नेता लामा कारागार चलान

काठमाडौं – नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । काठमाडौंको शंखरापुर नगरपालिका–१ का लामालाई नाबालिका बलात्कार आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

उनी पक्राउ परेपछि पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवं असामाजिक क्रियाकलापमा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन समेत गरेको थियो ।

कर्णाली प्रदेशसभा बैठक माघ २५ गतेसम्म स्थगित

कर्णाली- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्णाली समृद्ध कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक माघ २५ गतेसम्मका लागि स्थगित भएको छ।

कर्णाली प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक माघ २५ गते सम्मका लागि स्थगित भएको जानकारी गराएको हो।

आइतबार कर्णाली प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो भने मंगलबार सरकार र माओवादी केन्द्रबीच कुनै सहमति हुननसकेपछि बैठक स्थगित भएको थियो। लगत्तै कर्णाली प्रदेशसभा सचिवालयले माघ २५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरेर स्थगन

तर, आजको प्रदेशसभा बैठक पनि माओवादी केन्द्रका कारण बस्न नसकेपछि माघ २५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरेर प्रदेशसभाको बैठक स्थगन गरेको हो।

लोक सेवाको लापरवाही: परीक्षामा नदिएको व्यक्तिको सहसचिवमा नाम निस्कियो

काठमाडौँ- लोक सेवा आयोगको परीक्षामा गम्भीर लापरवाही भएको पाइएको छ। आयोगले हालै सञ्चालन गरेको सहसचिवको परीक्षामा सहभागी नै नभएका व्यक्तिको नाम निस्किएको छ।

न्याय सेवाअन्तर्गत मंसिर २८, २९ र पुस १ गते सञ्चालन भएको आन्तरिक प्रतियोगितात्मक परीक्षा अन्तर्गत लिखितमा सहभागी नै नभएका दुईजनाको नाम सहसचिवमा उत्तीर्ण भएको सूचना आयोगले प्रकाशित गरेपछि आयोगले आन्तरिक छानबिन गरी परीक्षाफलसम्बन्धी सूचना संशोधन गर्नुपरेको छ।

नेपाल न्याय सेवाअन्तर्गत तीनवटा समूह छन्, न्याय, कानुन र सरकारी वकिल। कानुन मन्त्रालयका उपसचिव मानबहादुर बस्नेतले सहसचिवका लागि भएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा भाग लिएर कानुन समूहका लागि मात्र परीक्षा दिएका थिए। तर, माघ १ गते नतिजा आउँदा परिक्षा नै नदिएको सरकारी वकिल र न्याय समूहमा पनि उनको नाम निस्कियो र उनलाई आयोगले सरकारी वकिल र न्याय समूहको सहसचिव पदका लागि पनि मौखिक परीक्षा एवं प्रस्तुतीकरणमा बोलायो।

त्यस्तै अर्का परीक्षार्थी सपना अधिकारी गौतमले दुईवटा समूहका लागि परीक्षा दिएकोमा नाम भने तीनवटै समूहमा निस्कियो। न्याय र कानुन समूहमा मात्र जाँच दिएकी उनको नाम सरकारी वकिलको सहसचिवमा पनि निस्कियो।

आयोगले छानबिनबाट गल्ती भएको पत्ता लागेपछि सूचना संशोधन गरेर प्रकाशित गरिसकेको र हाजिरी उठाउँदा नै गल्ती भएको भन्दै दोषीमाथि कारबाही गरिने बताएको छ।

४ लाख घुससहित पक्राउ परेका चन्द्रागिरीका वडा अध्यक्षलाई ६ महिना कैद

काठमाडौं- चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का अध्यक्षसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

उर्मिला पाण्डे र उनका साझेदारविरुद्ध वडा अध्यक्ष तामाङले व्यवसाय स्थानान्तरण सिफारिस गर्न ४ लाख घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर उपमहानगरपालिका वडा नम्बर २२ बाट चन्द्रागिरीमा उद्योग सार्न घुस लिएको आरोपमा उनीहरूविरुद्ध दर्ता गरेको मुद्दामा विशेष अदालतले घूसको व्यवस्था मिलाउने वडा अध्यक्ष भाइकृष्ण तामाङ र ध्रुवबहादुर कडायतलाई सजाय सुनाएको छ।

सेवाग्राहीबाट नगद २ लाख रुपैयाँ लिएको र बाँकी २ लाख रुपैयाँको चेक आफ्नै नाममा निकालेपछि कडायतलाई पक्राउ गरिएको थियो। अनुसन्धानको क्रममा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष तामाङले रकम माग गरेको पुष्टि समेत गरेको थियो।

तामाङलाई छ महिना कैद र रु. ४,००,००० जरिवानाको सजाय सुनाइएको छ। विशेष प्रतिवेदनमा घुसको व्यवस्था गर्ने व्यक्तिलाई पनि सोही रकम कैद र जरिवानाको सजाय सुनाइएको उल्लेख छ।

नागरिकता ऐन संशोधन विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता दिने प्रस्ताव

काठमाडौं – सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने व्यवस्था गरिएको छ ।

‘ नेपाली नागरिकताको प्रमाणपत्रमा कुनै व्यक्तिले बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्ने प्रस्तावित विधेयकको दफा ४ मा उल्लेख गरिएको छ ।

प्रचलित ऐन अनुसार बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र सहित नागरिकताका लागि निवेदन दिनुपर्ने हुन्छ ।

यसका अलावा नागरिकता प्राप्तिका लागि निवेदन दिँदा जन्मस्थान र नाता खुल्ने गरी गाउँपालिका वा नगरपालिकाले गरिदिएको सिफारिस पेस गर्नुपर्छ ।

फास्टट्रयाकबाट अध्यादेश पारित गर्ने तयारीमा सरकार

काठमाडौँ- मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले ल्याएका अध्योदशहरु फास्टट्रयाकबाट पारित गर्ने तयारी गरेको बताएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता गरिसकेको र उ ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने निर्णय गरेको बताएका छन्।

गुरुङले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको भन्दै अध्यादेश कार्यान्वयन गर्नका लागि नियमावलीहरू तदारुकताका साथ बनाउने निर्णय गरेको पनि बताएका छन्।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको तालिका सार्वजनिक

काठमाडौँ- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको तालिका सार्वजनिक गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संसद सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेर सहित हिउँदे अधिवेशनको तालिका सार्वजनिक गरेको हो। माघ १८ गते संसदको पहिलो बैठकमा शीर्ष नेताहरु सम्बोधन गर्ने र अध्यादेश प्रस्तुत हुने तथा माघ २४ गतेको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुने उनको भनाइ छ। उहाले संसदको आगामी अधिवशेनमा बढि भन्दा बढि विधेयकहरुलाई प्रस्तुत गर्ने र सदनमा कोरम पुराउने कुरामा सत्तापक्ष गम्भीर रहेको बताए।

त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनलाई सहज रुपमा अघि बढाउनका लागि कार्यतालिका बनाइएको जानकारी दिए। उहाले बैठकमा आफुहरुले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयककै अध्यादेश ल्याएको बिषयमा कुरा उठाएको बताए।

उनले कांग्रेसले अव देश अध्यादेशबाटै चलाउने भनाइ बैठकमा राखेपछि आफूहरुले प्रतिवाद गरेको जानकारी दिए।

त्यस्तै कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले देश अध्यादेशबाटै चलाउने कुरा आफुहरुले नराखेको बरु समयमा नै कानून बन्न नसके अध्यादेश नै बिकल्प हुने बताएको स्पष्ट पारे।

कानून बनाउन भएको ढिलाईले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको बिषयलाई माओवादी सचेतकले अतिरञ्जीत गर्ने काम गरेको उनको भनाइ छ।

उनले कानून बनाउने क्रममा कार्यतालिका बनाएर अघि बढ्नुपर्ने कांग्रेसको धारणा रहेको बताए।

अहिले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रकृतिको नरहेको देशको आवश्यकताका आधारमा अर्थतन्त्र र सुशासनका लागि अध्यादेश ल्याएको उनले बताए। घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे।

अत्यावश्‍यक बाहेकका सेवा बहिष्कार गर्ने चिकित्सकहरुको चेतावनी

काठमाडौं – स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न माग गरेका छन्।

आवासीय चिकित्सकहरूले आफ्नो माग पुरा नभए अत्यावश्‍यकबाहेकका सम्पूर्ण सेवाहरू बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् ।

‘ स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीद्वारा संयुक्त रुपमा गरिएको भनिएको सारा नेपाली डाक्टरहरुको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्याइ सम्पूर्ण इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न र सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णतया शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि त्यसो नगरेको खण्डमा २४ घण्टापछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बहिष्कार गर्ने चेतावनी दिन्छौं।’

समितिका संयोजक डा. शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयक दर्ता

काठमाडौँ – सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक दर्ता गरेको छ। मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभा विधेयक शाखामा विधेयक दर्ता गरेको संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले जानकारी दिए।

सामाजिक सञ्जाल ‘प्लाटफर्म’ र त्यसका प्रयोगकर्तालाई कस्ने गरी ल्याइएको विधेयकमा एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्ने कडा व्यवस्था राखिएको छ ।

प्रयोगकर्ताले आफ्नो आइडीमार्फत कसैको मान–प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली–बेइज्जती वा हेट स्पिच मानिने कार्य प्रसारण गर्न पाउनेछैनन् । सञ्जाल प्रयोगकर्ताले गलत मनसायले सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गर्न पाउनेछैनन् । यदि गरिए उनीहरूविरुद्ध सरकारमातहतको सूचना तथा प्रसारण विभागले पाँच लाख रुपैयाँसम्मको जरिवाना गर्न सक्नेछ । विधेयकको दफा १६ को उपदफा २ र ३ मा भनिएको छ, ‘कानुनविपरीतको कार्यलाई गलत मनसायले सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गर्न हुँदैन । उपदफा (२) विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गरे पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । विधेयकको दफा २७ को उपदफा १, २, ३ र ४ मा छ, ‘बेनामी वा छद्मवेशी पहिचान बनाउन वा प्रयोग गर्न पाइनेछैन । कसुर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । छद्मवेशी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्न हुँदैन । कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम सजाय हुनेमा सोहीबमोजिम र प्रचलित कानुनमा सजाय उल्लेख भएको रहेनछ भने पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

त्यसैगरी,विधेयकअनुसार नेपालभित्र सञ्चालन हुने जुनसुकै सामाजिक सञ्जाल ‘प्लाटफर्म’ दर्ता हुनुपर्नेछ । विनादर्ता कुनै पनि सामाजिक सञ्जाल सञ्चालन गर्न नपाइने भनिएको छ । दर्ता भएका सामाजिक सञ्जाल ‘प्लाटफर्म’मार्फत मुलुकको शान्तिसुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमानमा खलल पुग्ने विषयवस्तु प्रसार गरे वा गराएमा अनुमतिपत्र खारेज हुन सक्ने व्यवस्था मात्रै छैन, त्यस्ता ‘प्लाटफर्म’विरुद्ध २५ लाखदेखि एक करोड रुपैयाँसम्मको जरिवानासमेत हुने उल्लेख छ ।

ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद

काठमाडौं – ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको प्रक्रिया रोक्न स्थानीयले माग गर्दै आएको र सो क्रममा स्थानीयले अवरोध गर्दा भएको झडपमा प्रहरीले गोलि प्रहार गर्दा ३ जना घाइते भएको घटनालाई लिएर छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् ।

‘नो केबलकार अभियान’को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाउँदा तिन जना स्थानिय घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।

प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्दको आह्वान समेत गरेका छन्।

चिनियाँ एआई फर्म डीपसिकको आगमनसँगै अमेरिकी सेयर मार्केटमा उच्च गिरावट

एनभिडियाको शेयर सोमबार १७% ले घट्यो, जसले यसको बजार पूँजीकरणबाट लगभग $५८९ बिलियन कम गराएको छ र यो अमेरिकी कर्पोरेट इतिहासमा एकै दिनमा भएको सबैभन्दा ठूलो घाटा हो। चिनियाँ कृत्रिम बुद्धिमत्ता फर्म डीपसिकबाट बढ्दो प्रतिस्पर्धाको चिन्ता पछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको हो ।

सोमबार एनभिडियाको शेयर $११८.५८ मा बन्द भयो, जुन कोभिड-१९ महामारीको प्रारम्भिक दिनहरूमा मार्च २०२० पछिको सबैभन्दा ठुलो गिरावट हो। सोमबारको गिरावटले एनभिडियालाई विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रूपमा कारोबार हुने कम्पनीको रूपमा पनि हटाएको छ, जसले यसलाई एप्पल र माइक्रोसफ्ट पछि तेस्रो स्थानमा धकेलिदिएको छ ।

डिपसिकले ओपन-सोर्स आर१ मोडेलको सुरुवात गरेपछि यो गिरावट आएको हो। आर्टिफ़िसियल इन्टेलिजेन्सको यो विकासले उच्च एआई-सम्बन्धित खर्चको दिगोपनको बारेमा प्रश्न उठाएको छ।

एनभिडिया आफैंले डीपसिकको नवप्रवर्तनलाई “एक उत्कृष्ट एआई प्रगति” को रूपमा वर्णन गर्दै डिपसिकको तारिफ गरेको छ। यधपी उसले आफ्नो चिपको बजार नघट्ने पनि बताएको छ।

डिपसिकको आगमंसंगे ब्रोडकमको स्टक १७% ले कम भएको छ , जसले बजार मूल्यमा $२०० बिलियन गुमाएको छ । ओरेकल, डेल र सुपर माइक्रो कम्प्युटर जस्ता एनभिडियाका चिपहरूमा धेरै निर्भर डाटा सेन्टर कम्पनीहरूले पनि कम्तिमा ८.७% को तीव्र गिरावट भोग्नु परेको छ ।

फोर्ब्सका अनुसार, ओरेकलका अध्यक्ष ल्यारी एलिसनको कुल सम्पत्ति २७.६ अर्ब डलरले घटेको छ, जुन प्रभावित अर्बपतिहरूमध्ये सबैभन्दा बढी हो। एनभिडियाका सीईओ जेन्सेन हुआङको व्यक्तिगत सम्पत्ति २१ अर्ब डलरले घटेको छ, जुन दोस्रो सबैभन्दा ठूलो व्यक्तिगत घाटा हो।

विगत दुई वर्षको एआई-इन्धनयुक्त स्टक वृद्धिले एनभिडिया जस्ता कम्पनीहरूलाई बजार विश्वासको केन्द्र बनाएको छ। अल्फाबेट, मेटा र अमेजन जस्ता टेक दिग्गजहरूको मागले गर्दा एनभिडियाको शेयर २०२३ मा मात्र २३९% ले बढेको थियो ।

अमेरिका र चीन बीचको एआई प्रतिष्पर्धाको बढ्दो तनावको बीच डिपसिकको जन्म भएको हो । चिप्समा अमेरिकी निर्यात प्रतिबन्धहरूको बावजुद, डीपसिकले ओपनएआईको ओ१ को तुलनामा उत्कृष्ट क्षमताको प्रदर्शन गरेको छ।

डिपसिकको सुरुवात भएसंगै राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा ह्वाइट हाउसको एआई र क्रिप्टो सल्लाहकारको रूपमा नियुक्त डेभिड स्याक्सले चीनको प्रगतिको प्रतिरोध गर्न नवप्रवर्तनमा नयाँ ध्यान केन्द्रित गर्न आह्वान समेत गरेका छन् ।

काठमाडौँका यी क्षेत्रमा आजदेखि ४ दिनसम्म दैनिक ५ घण्टा विधुत अवरुद्ध हुने

काठमाडौँ- काठमाडौँका केही स्थानमा आज (मंगलबार) देखि चार दिनसम्म दैनिक पाँच घण्टा विधुत सेवा अवरुद्ध हुने भएको छ। विधुत वितरण लाइन भूमिगत गर्ने कार्यको लागि विधुत आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ।

नेपाल विधुत प्राधिकरणका अनुसार गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो। गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विधुत अवरुद्ध हुनेछ।

त्यसैगरि बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ।

शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विधुत अवरुद्ध हुने प्राधिकरणले सूचना प्रकाशित गरेर जानकारी दिएको छ।

तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भए निर्धारित समयअघि नै विधुत आपूर्ती सुचारु हुने पनि प्राधिकरणले जनाउको छ।

कांग्रेस बैठकमा मन्त्रीका कार्यक्षमतामाथि प्रश्न :अध्यादेशको औचित्य प्रस्ट पार्न माग

काठमाडौं – कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।

दुई ठूला दल मिलेर बनेको सरकारले पनि जनतालाई ‘डेलिभरी’ दिन नसकेको र जनतामा निराशा बढ्दै गएको भनेर सांसदहरूले प्रश्न गरेका छन्। अधिकांश मन्त्रीहरू मन्त्रालयको जिम्मेवारीमा भन्दा उद्घाटन र समापनका कार्यक्रममा व्यस्त हुने गरेको भन्दै उनीहरुको कार्यको आलोचना समेत भएको छ।

बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेशका विषयमा पूर्वजानकारी र पर्याप्त छलफल हुन नपाएको र अध्यादेश ल्याउनुअघि आफ्नै पार्टीका मन्त्रीहरूले पनि सांसद्हरूसँग किन छलफल नगरेको भन्दै यसबारे मन्त्रीहरूले जवाफ दिनुपर्ने भन्दै अध्यादेशको औचित्य प्रस्ट पार्न माग समेत गरेका छन्।

राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा फर्किन सक्छु : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर : विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउन सक्ने तर अहिले दलीय नभएर आफूले राष्ट्रिय राजनीति गरिरहेको बताएकी छन्।

पत्रकारहरुसंग कुरा गर्दै उनले अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको समेत बताएकी छन्।

‘राष्ट्रपति पद, गैरराजनीतिक पद होइन। राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु। राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु। शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यतालगायतका समस्या समाधानका लागि छलफल चलाइरहेको छु। म सबै राष्ट्रिय दललाई सहयोग गर्छु। खास एजेन्डामा रहेका दललाई सहयोग गर्छु। ती एजेन्डा पूरा गर्न कुनै दलमा आबद्ध हुनुपर्‍यो भने त्यतिबेला निर्णय गर्ने छु,’ भण्डारीले भनिन ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना

काठमाडौं : बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरेको छ।

ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिलेको आवश्यकता र मागका आधारमा प्राधिकरणले आफ्नो काम गर्नुपर्ने भन्दै प्राधिकरण गठन भएसँगै सहकारीको नियमन हुने र अनियमितता गर्नेमाथि छानबिन हुने बताएका छन्।

प्राधिकरण स्वायत्त र अधिकारसम्पन्न भएकाले कहीकतैबाट हस्तक्षेप नहुने र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि प्राधिकरणको कार्यालय स्थापना गरिएको उनले बताएका छन्।

प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्नेछ। नियम पालना नगर्ने सहकारीलाई कारवाही गर्नेसम्मको अधिकार प्राधिकरणलाई दिइएको छ।

मोर्चा बनाउन मधेशकेन्द्रित आठ दल छलफलमा

काठमाडौं – संविधान संसोधनको विषय चलिरहेको र माग १८ गतेबाट संसदको हिउँदे अधिवेशन सुरु हुनै लाग्दा संविधान संसोधनको विषयमा एक हुनेगरी मोर्चा बनाउन सक्रिय विभिन्न आठ वटा मधेशी राजनीतिक दलहरू छलफलमा जुटेका हुन् ।

अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतीशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का नेताहरूबीच छलफल चलिरहेको हो ।

संसद्‌मा मधेशी दलहरूको उपस्थिति कस्तो बनाउने र मोर्चाका क्रियाकलाप कसरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको उनीहरुले बताएका छन् ।

प्रतिपक्षीले अध्यादेशमा उठाएका विषय सदनमा नै छलफल हुने

काठमाडौं – संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनको विषयलाई लिएर विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ। माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेबल गर्ने र प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् । त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गरेको समेत उनले बताए। घिमिरेले प्रतिपक्षीले अध्यादेशका विषयमा उठाएका विषयहरूलाई सदनमा नै छलफल गर्ने तयारी भएको पनि उनले बताएका छन् ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले १८ गते सुरु भइ २२, २३ र २४ गते संसद बैठक बस्ने जानकारी दिए। १८ गते बस्ने बैठकमा अध्यादेश पेश हुने र २२ गते निर्णयार्थ प्रस्तुत हुने उनको भनाई छ। उनले माघ २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्ने र २८, २९ र ३० गते गते संसद बैठक बस्ने जानकारी दिए।

संसदको सुरुका दिन शीर्ष नेताहरूले सम्बोधन गर्दा विश्वासको वातावरण निर्माण हुने बर्तौलाले विश्वास व्यक्त गरे। माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न माघ १५ गते मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

दुईजना नेपालीभाषीलाई भारतको पद्मश्री पुरस्कार

काठमाडौँ- भारत सरकारले आसामकी साहित्यकार गीता उपाध्याय र सिक्किमका लोक कलाकार तथा सांस्कृतिक प्रतिभा नरेन गुरुङलाई पद्मश्री पुरस्कार दिने निर्णय गरेको छ । उनीहरूलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पुरस्कार दिने कार्यक्रम रहेको छ ।

हरेक वर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वलाई पद्मश्री पुरस्कार प्रदान गर्ने गरेको छ । सिक्किमेली नेपाली लोकसंगीत र नृत्य परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा गुरुङलाई कला (गायन–लोक नेपाली) क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरेको हो  भने साहित्य र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आसामकी वरिष्ठ नेपाली साहित्यकार एवं प्रोफेसर गीता उपाध्यायलाई यो सम्मानले सम्मानित गर्न लागिएको हो  ।

यसअघि सन् २०२० मा सोही सम्मानले आसामका वरिष्ठ आख्यानकार लीलबहार क्षेत्री सम्मानित भएका थिए । ‘उत्तर–पूर्वाञ्चलबाट पद्मश्रीजस्तो सर्वोच्च सम्मानले सम्मानित हुने पहिलो गोर्खा सन्तान लीलबहादुर क्षेत्री हुन् भने गीता उपाध्याय भारतभरिकै पहिलो गोर्खा नारी हुन्

संसद्का एजेण्डाहरुमा एकसाथ प्रस्तुत हुने सत्तारुढदलको निर्णय

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने र संसदमा एक भएर प्रस्तुत हुने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे ब्रिफिङ गर्दै संसदमा सत्तारुढ दलका सबै मिलेर जानुपर्ने बताएका छन्। बैठकले यही माघ १८ गते सुरू हुने संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एउटै आवाज उठाउने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

सरकार र सत्तारुढबीच समस्या नरहेको निष्कर्षपछि संसद् बैठकमा पनि एउटै मत बनाएर जाने निर्णय गरिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

महाभारत क्षेत्रमा लागेको आगो एक सातापछि नियन्त्रणमा

काभ्रे – गत मंगलबारबाट खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा लागेको भीषण आगलागी एक सातापछि नियन्त्रणमा आएको छ ।

वनमा लागेको डढेलो एक सातापछि आफै पूर्ण रुपमा नियन्त्रणमा आएको छ । डढेलो फैलिनसक्ने क्षेत्रमा पूर्णरुपमा नियन्त्रण भइसकेको भएपनि खोँचहरु तथा अझै केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी रहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताएका छन्।

यस्तै जिल्ला वन कार्यालय काभ्रेका अनुसार खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाका ५ वटा सामुदायिक वनको झण्डै १ सय हेक्टर वन आगलागीले नष्ट भएको छ ।

त्यस्तै भुम्लु-४ चौवासमा रहेको धारापानी र चापानीगढी सामुदायिक वनमा लागेको आगो समेत पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला वन कार्यालय काभ्रेले जनाएको छ।

काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न तयार छु: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको भन्दै आफुले पनि काँग्रेस नेतृत्वको सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ र सफल बनाउँछौं”।

अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ भन्दै प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने बताएका छन्।

आफुहरुले ७ सय ५३ वटा पालिकामा विकास गरेर देखाउने र कसैले पनि यो विकासको गतिलाई रोक्न चाहेर पनि नसक्ने उनले बताएका छन्।

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ- सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने तायारी गरेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० वर्षे विकास ऋणपत्र २०९१ बिक्री तथा निष्काशन गरी १० अर्ब रुपैयाँ उठाउन लागेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारि गरेको सूचना अनुसार ऋणपत्र यही माघ १५ गते बोलकबोलमार्फत बिक्री गरी १८ गते निष्काशन हुनेछ।

ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्ने कार्यालयले जनाएको छ।

कास्की अदालतले तोकेको ६५ लाख धरौटीविरुद्ध रवि लामिछाने उच्च अदालतमा

पोखरा – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएकोमा कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको निर्णय विरुद्द उच्च अदालत पोखरा पुगेका छन् ।

एकातिर धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गरिसकेको छ भने अर्कोतिर लामिछानेले जिल्ला अदालत कास्कीको आदेशमा चित्त नबुझेको भन्दै उच्च अदालत पुगेका हुन् ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।

प्रतिनिधि सभा नियमावली संशोधनको तयारी

काठमाडौं – प्रतिनिधि सभा नियमावली संशोधनकोलागि प्रतिनिधि सभा नियमावली संशोधन मस्यौदा समिति बनाउने तयारीका साथ संसद सचिवालयले राजनीतिक दलहरूसँग छलफल अगाडी बढाएको छ।

संसदमा दर्ता भएका विधेयकहरू लामो समयसम्म होल्ड हुने प्रवृत्ति रहेकाले त्यसलाई अन्त्य गर्ने गरी नियमावली संशोधन गर्न लागिएको बताइएको छ । कानुन निर्माण र संसदभित्रको प्रक्रियालाई समयसीमाभित्र बाँध्ने प्रयासका लागि नियमावली संशोधन गर्न लागिएको हो ।

सभामुख देवराज घिमिरेले सोमबार प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकहरूसँग आयोजना गरेको छलफलमा नियमावली संशोधन मस्यौदा समिति बनाउने विषयमा समेत छलफल गरेको र राजनीतिक सहमतिमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरेर प्रतिनिधि सभाबाट नियमावली मस्यौदा समिति घोषणा गर्ने तयारी रहेको बुझिएको छ।

संसद अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । अधिवेशन सुरु भए लगत्तै नियमावली संशोधन मस्यौदा समिति गठन गर्ने दलहरूको तयारी छ ।

कांग्रेस र एमालेले संसदभित्र ऐन निर्माणका लागि तीन महिनाको समयसीमा राख्ने गरी नियमावली संशोधन गर्नुपर्ने निष्कर्ष नै निकालेका छन् भने नयाँ विधेयक प्रतिनिधिसभाको समितिमा आइपुगेको अवस्थामा सम्बन्धित विषयगत समितिले बढीमा ९० दिनभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव अगाडि बढाइँदैछ । कुनै ऐन संशोधन गर्न बनेको विधेयक भए ६० दिनभित्र समितिले टुंगो लगाउनुपर्ने अन्यथा प्रतिनिधि सभाले स्वतः अगाडि बढाउन बाधा नपर्नेगरी समयसीमा तोक्न कांग्रेस र एमाले सहमत छन् ।

चित्तबुझ्दो कारणसहित सम्बन्धित विषयगत समितिले थप समय माग्न सक्ने र त्यस्तो समय मागेको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले नै स्वीकृति दिनुपर्ने गरी नियमावलीमा समयसीमा राख्न खोजिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदमा विधेयकहरु लामो समय अड्किएर बस्दा काम गर्न असहज भएको बताएका थिए।

लुकाशेन्को सातौं कार्यकालका लागि पुन: निर्वाचित

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष इगोर कार्पेन्कोले पत्रकार सम्मेलनगर्दै वर्तमान बेलारूसी नेता अलेक्ज्याण्डर लुकाशेन्कोले ८६.८२% मतका साथ राष्ट्रपति चुनाव जितेको बताएका छन्।

२०२० को राष्ट्रपति चुनावमा लुकाशेन्कोले ८०.१०% मत प्राप्त गरेका लुकाशेन्कोले यसपटक ८६.८२% मतका साथ राष्ट्रपति चुनाव जितेका हुन्।

उनका प्रतिस्पर्धी लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ओलेग गायदुकेभिचले २.०२% मत प्राप्त गरे भने अन्ना कानोपट्स्कायाले १.८६% , बेलारूसी कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव सर्गेई सिरान्कोभलाई ३.२१% मत प्राप्त गरे भने रिपब्लिकन पार्टी अफ लेबर एण्ड जस्टिसका अध्यक्ष अलेक्ज्याण्डर खिजन्याकले १.७४% मत प्राप्त गरेका छन् ।

अमेरिकी प्रतिबन्धको धम्कीपछि पछाडी हट्यो कोलम्बिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोगोटालाई निर्वासित आप्रवासी बोकेका अमेरिकी सैन्य विमानहरू फिर्ता पठाएकोमा कर र भिसा प्रतिबन्धको धम्की दिएको केही घण्टापछि कोलम्बिया संयुक्त राज्य अमेरिकासँगको आसन्न व्यापार युद्धबाट पछि हटेको छ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी आयातमा प्रतिशोधात्मक कर घोषणा गरेपछि र आप्रवासीहरूलाई स्वीकार नगर्ने बताएपछि अमेरिकाले कोलम्बिया माथि विभिन्न प्रतिबन्धको घोषणा गरेको थियो।

कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले अमेरिकाबाट निर्वासित नागरिकहरूलाई स्वीकार गर्ने बताएका हुन्।

ह्वाइट हाउसको एक विज्ञप्तिमा भनिएको छ कि कोलम्बियाले ट्रम्पका सबै सर्तहरूमा सहमति जनाएको छ, जसमा “संयुक्त राज्य अमेरिकाबाट फर्केका कोलम्बियाबाट सबै अवैध आप्रवासीहरूलाई स्वीकार गर्दै अमेरकि सैन्य जहाजलाई अवतरण गर्न दिनेछ ” ।

बोगोटाले प्रतिबन्ध बिना निर्वासित आप्रवासीहरूलाई स्वीकार गर्न सहमति जनाएपछि अमेरिकाले यस अघि लगाएको सबै प्रतिबन्ध फुकुवा गर्ने पनि जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौँ- कांग्रेस संसदीय दलको बैठक चलिरहेको बेला कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताले जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको बर्खास्ती माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।

सर्वोच्च अदालतको फैसलाले वन मुद्दामा सिंहलाई भ्रष्टाचारी ठहर गरेको विषयमा ध्यानाकर्षण गराउँदै उनीहरूले बर्खास्त गर्नुपर्ने मागसहित आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । पूर्वजिल्ला सभापति लक्ष्मण रायले सर्वोच्च अदालतबाट वन मुद्दामा भ्रष्टाचार ठहर भएका सिंहलाई सभापतिबाट यथाशीघ्र बर्खास्त गर्नुपर्ने माग गरेका थिए । उनीहरूले गत ९ पुसमै केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत ज्ञापनपत्र बुझाएर सिंहलाई सभापति पदबाट बर्खास्त गर्न माग गरेका थिए ।

तर, सभापति शेरबहादुर देउवानिकट सिंह वन मासेर भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्चबाट सजाय पाएपछि पनि जिल्ला सभापतिकै हैसियतमा सक्रिय छन् । सर्लाहीकै तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समिति अध्यक्ष रहँदा सिंहले वन मासेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले उनीविरुद्ध कैद र जरिवाना सुनाएको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन गएकोमा गत वर्ष १५ फागुनमा विशेषकै फैसला आंशिक सदर गर्दै दोषी ठहर गरेको थियो ।

भुटानी शरणार्थी काण्डमा थप २ जना पक्राउ

काठमाडौं – आफूलाई परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त, गौशालाले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेको खुलेको छ यधपी उनीहरुलाई पहिले नै पक्राउ गरेर अनुसन्धान गरिरहेको बुझिएको छ ।

प्रहरीमा परेको जाहेरी अनुसार, शिवाकोटी दम्पत्तीले ११ वैशाख २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर ७ लाख रुपैयाँ नगद बुझेका थिए । त्यसको केही समयपछि ५ लाख बुझाएपछि एक हप्ताभित्र काम हुने भनेको जाहेरीमा उल्लेख छ ।

पछि शिवाकोटीको इसेवा र उनकी श्रीमतीको खातामा थप नगद समेत पठाएको उल्लेख छ । सबै गरेर जम्मा १५ लाख ७६ हजार रुपैयाँ पठाएपछि शिवाकोटीले अमेरिका जान ४५ लाख रुपैयाँ खर्च हुन्छ भनेको जाहेरीमा उल्लेख छ ।

‘त्यसबेला उहाँले मलाई हाल नगद १५ लाख ७६ हजार रुपैयाँ दिनु भन्नुभएको थियो, त्यसपछि बाँकी नगद २९ लाख २४ हजार रुपैयाँ ठिक्क पारेर राख्नुस्, मैले फोन गरेपश्चात लिएर आउनुस् भन्नुभएको थियो’, जाहेरीमा भनिएको छ, ‘मैले उक्त बाँकी रहेको रकम सापटी लिएर जम्मा गरेपछि उहाँलाई सम्पर्क गर्दा अहिले शरणार्थी प्रकरणको मुद्दा चर्किएको भन्दै चुप लागेर बस्न भन्नुभएको थियो ।’

जाहेरीमा उल्लेख भएअनुसार, शिवाकोटीले आलटाल गर्न थालेपछि ठगिएको महसुस भएर रकम फिर्ता माग्दा विभिन्न किसिमका धम्की समेत दिइएको थियो । प्रहरीले यो मामलामा अनुसन्धान गरेर १५ लाख ७६ हजार रुपेयाँ बराबरको क्षतिपूर्ति समेत दिलाउन मागदाबी गर्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०८० मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए ।

उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण, उनका गृहसचिव टेकनारायण पाण्डे, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

अछाममा २ किशोरी मृत फेला परेको घटनामा २ जना पक्राउ

धनगढी – अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा मृतकसंगै गोठालो गएका दुई जनालाईअनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।

शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।

टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।

सामुहीक रुपमा राष्ट्रिय दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक सचेतकहरूसँग छलफल गर्दै छन् ।यसअघि आइतबार सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

सभामुखको सचिवालयका अनुसार बिहान ११ बजेका लागि छलफल तय गरिएको छ । छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकलाई बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

आज सामूहिक छलफल गरेपछि भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्थाको बैठकले हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गर्ने छ ।

संसदको हिउँदे अधिवेशनको तयारी अन्तर्गत सभामुख घिमिरेले छलफल राखेका हुन् । हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ ।

अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा

काठमाडौं – भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउन सक्ने बताएका छन् ।

अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउन सक्ने भन्दै,”म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु”, थापाले भने।

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको र ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ भन्दै यो दशक अब फेरि खेल फाल्नु हुँदैन भन्ने थापले बताएका छन्।

बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो ।उनलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् ।

कस्तो हुन्छ नयाँ स्टक एक्स्चेन्ज ?

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जका लागि प्रक्रिया अगाडी बढाउने भएको छ। नयाँ स्टक एक्स्चेन्जका लागि प्रक्रिया अगाडी बढाउन पौष ५ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय धितोत्रप बोर्डमा पुगेपछि बोर्डले लाइसेन्सको प्रक्रिया अगाडि बढाउने भएको छ। यधपी बोर्डले कुनै पनि नयाँ आवेदन नखुलाउने तर यसअघि आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने तयारी गरेको छ ।

नयाँ स्टक एक्स्चेन्जको चुक्ता पूँजी कम्तीमा ३ अर्ब बराबर हुनेछ । धितोपत्र बजार सञ्चालन नियमावलीमै स्टक एक्स्चेन्ज सञ्चालनका व्यवस्था समेटिएका छन् ।

नयाँ स्टक एक्स्चेन्जको चुक्ता पूँजी ३ अर्ब भए पनि हालको नेपाल स्टक एक्स्चेन्जलाई तत्कालका लागि यो बराबर पूँजी अनिवार्य गरिएको छैन ।

नयाँ स्टक एक्स्चेन्जको ३ अर्ब चुक्ता पूँजीमध्ये कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने छ । त्यस्तै कारोबार सञ्चालन भएको दुई वर्षभित्र सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने छ ।

कुनै कम्पनी वा संगठित संस्थाको सञ्चालक वा सेयरधनी र नजिकको नातेदार रहेका कम्पनीले नयाँ स्टकको कुल सेयर पूँजीमा १५ प्रतिशतभन्दा बढी सेयर लिन नपाउने व्यवस्था नियमावलीमा गरिएको छ ।

नयाँ स्टक एक्स्चेन्जले ल्याउने कारोबार प्रणाली र सम्बन्धित प्रविधि खरिद वा जडान गर्दा नेपाल बाहेक अन्य देशमा न्यूनतम १० वर्षदेखि सञ्चालनमा रहेको, कम्तीमा तीन स्टक मार्केटले प्रयोग गरेको प्रणाली र प्रविधि हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ स्टकले अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त स्टकसँग कारोबार प्रणाली तथा सूचना प्रविधिका सम्बन्धमा आवश्यक सहकार्य गर्न र प्राविधिक सहयोग लिन सक्छ । तर, सरकारको सहमतिविना कारोबार प्रणालीको सर्भर, डाटा होस्टिङ विदेशमा राख्न नपाइने व्यवस्था गरिएको छ ।

स्टक एक्स्चेन्जको नयाँ आवेदन नखुल्ने : पुराना तीनमध्ये एकलाई लाइसेन्स दिने

काठमाडौं – नयाँ स्टक एक्स्चेन्जका लागि नेपाल धितोपत्र बोर्डले नयाँ आवेदन नखुलाउने तर यसअघि आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने तयारी गरेको छ ।

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को ५ पुसको निर्णय धितोत्रप बोर्ड पुगेपछि बोर्डले लाइसेन्सको प्रक्रिया अगाडि बढाएको हो।

यसअघि बोर्डमा नयाँ स्टक एक्स्चेन्जका लागि हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएकोमा लाइसेन्सका लागि ‘चलखेल’ भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसपछी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले २६ वैशाख २०८० मा तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएपछि नयाँ स्टक एक्सचेन्जक प्रक्रिया रोकिएको थियो ।

आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा उद्योगी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, उद्योगी पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सतिशलाल मोर, विवेक दुगड, सौरभ ज्योति लगायतको लगानी छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

त्यस्तै नेसनल स्टक एक्स्चेन्जमा गैरआवासीय नेपाली उपेन्द्र महतो, जिवा लामिछाने, कुल आचार्य, बद्री केसी तथा उद्योगी मनोज केडिया लगायतको लगानी छ ।

त्यसैगरी अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेतीलाई सञ्चालकका रूपमा प्रस्ताव गरिएको छ ।

एन्फा कार्यसमिति बैठक बोलाउन सदस्यहरूको माग

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउनका लागि एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्‌का तथा दुई उपाध्यक्ष दिर्घ बहादुर केसी र विराटजंग शाहीसहित चार सदस्यहरूले माग गरेका छन् ।

एन्फा विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा ४ पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान हुँदाहुदै लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका क्रियाकलाप भइरहेको भन्दै उनीहरूले बैठक बोलाउनुपर्ने मागसहित पत्र बुझाएका छन् ।

उनीहरूले पत्रमा आफ्नो वैधानिक अधिकार प्रयोग गरेर विभिन्न आठ बुँदामा छलफल र निर्णय गर्नका लागि बैठक बोलाइदिन अनुरोध गरेका छन् ।

सरकार असफल भएको राप्रपाको निष्कर्ष

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीन दिनसम्म चलेको केन्द्रीय कार्य समिति बैठकले एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।

मुलुकभित्र पर्याप्त रोजगारी सिर्जन गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तीव्रता दिने जस्ता काममा सरकार पूर्णतः असफल भएको र भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक भएको राप्रपाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको प्रायस र संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको भएको पनि विज्ञप्तिमा उलेख गरिएको छ।

एमाले–कांग्रेसको गठबन्धन सरकार, सरकार निर्माणको आफ्नो उद्देश्यबाट च्युत भएको पनि राप्रपाले बताएको छ।

संसदीय समितिमा विधेयक होल्ड हुँदा असहज भयो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँगको भेटमा संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहज भएको बताएका छन् ।

एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार बिहान मुख्य सचेतक बर्तौला प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा छलफल भएको बर्तौलाले जानकारी दिए ।

सरकारले संसदमा विधेयक पठाउँदा छिट्टै ऐनमा रुपान्तरित हुन्छ भन्ने मनसाय राख्ने गरेको तर व्यवहारमा त्यस्तो हुन नसकिरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ रहेको बर्तौलाले बताए। आगामी दिनमा विधेयकलाई संसदमा होल्ड हुन नदिनेगरी भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीको निर्देशन दिएको बर्तौलाले बताएका छन्।

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । अब बस्ने अधिवेशन सौहार्द होस् भन्ने पनि प्रधानमन्त्री ओलीको चाहना रहेको उनले बताएका छन्।

कांग्रेस संसदीय दलको बैठकमा हिन्दुराष्ट्रको माग

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको संसदीय दलको बैठकमा हिन्दुराष्ट्रको माग उठाएका छन् ।

अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका नरहेको भएपनि, सांसद भण्डारीले आफूले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए ।

संविधान संसोधनको विषय चलिरहेको वर्तमान अवस्थामा हिन्दुराष्ट्रको मुद्दालाई संविधान संशोधनका बेला बेवास्ता गरियो भने पार्टी ठिक ठाउँमा नरहने उनको धारणा रहेको छ।

अध्यादेशप्रति सभामुख घिमिरेलाई विपक्षी दलको ध्यानाकर्षण

काठमाडौं : सभामुख देवराज घिमिरेले माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनको बैठक सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग क्रमश: छलफल गरेका छन्।

हिउँदे अधिवेशनमा कसरी बढीभन्दा बढी विजनेस ल्याउन सकिने र कार्यव्यवस्था तथा परामर्श समितिमा के कस्तो एजेन्डा राख्न सकिने भन्ने विषयमा आइतबार उनले सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सचेतकहरुसंग छलफल गरेका हुन्।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षभन्दा सत्तापक्षकै सांसद, मन्त्रीहरू बढी अनुपस्थित हुने गरेको र बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षको भूमिकालाई बढी ध्यान दिनुपर्ने सुझाव दिएको उनले बताए।

प्रमुख सचेतक पाण्डेले संसदको समितिमा रहेको विधेयक फिर्ता नलिई अध्यादेश ल्याउनु गलत रहेको र संसद छलेर अध्यादेश ल्याएकोप्रति सभामुखको ध्यानाकर्षण गराएको समेत बताएका छन् ।

अध्यादेशको विषयमा संसद सचिवालयले पनि सरकारलाई सचेत गराउनुपर्थ्यो भन्दै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक करोड रुपैंया धरौटी माग्ने आदेशमा सम्पत्ति रोक्का गर्नू भन्ने आदेश समेत रहेको छ ।

आदेशमा भनिएको छ, ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू ।’

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए ।

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ मा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछानेको बयान, बिहीबार, शुक्रबार र आइतबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेरवालाका वकिल र प्रतिवादी वकिलको बयान सकिएपछि १ करोड धरौटीमा छोड्ने आदेश आएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए ।

वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो

पर्सा — वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए। ‘गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने,‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’

गत आर्थिक वर्षको छ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा निर्यात गरेवापत भने १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् ।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको छ महिनामा दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आर्थिक वर्षको छ महिनाकै अवधिमा भने दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ ।रासस

केबलकार निर्माणको विरोध गर्दै चलेको ‘नो केबलकार’ आन्दोलनमा गोली चल्दा ४ जना घाइते

विराटनगर – ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा चार जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको डिएसपी रावलले बताए । मंगल लावतीको अवस्था भने सामान्य रहेको छ ।

डिएसपी रावलका अनुसार नेपाल प्रहरी तर्फ १२ जना घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनरत पक्षले बलुडाडाबाट गुलेली र ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।

शनिबार दिउँसो पनि प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो । झडपमा प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यो झडपमा पनि केही घाइते भएका थिए ।

ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।

उनीहरूले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए । शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । प्रहरीले आन्दोलनकारीमाथि ज्याजति गरेको भन्दै नागरिक समाज र राजनीतिक दलका नेताले विरोध गरेका छन् ।

कर्मचारीका लागि सरकारले जारी गर्‍यो साइबर सुरक्षा एड्भाइजरी

काठमाडौं – सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ ।

पछिलो समय सरकारी निकायका आधिकारीक वेभपेज र अन्य सिस्टमहरुमा साइबर आक्रमणको खतरा बढ्दै गएपछि सरकारले कर्मचारीहरुलाई साइबर सुरक्षा सम्बन्धी एड्भाइजरी जारि गरेको हो।

सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा तीन तीन महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने व्यवस्था गर्न र
सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग नगर्न निर्देशन दिएको छ।

साथै आफ्नो निकायमा प्रयोग भइरहेका साइबर सुरक्षाका उपकरणहरू उचित कन्फीग्रेसन र सेक्युरिटी हार्डन गरी मात्रै प्रयोग गर्न र प्रणालीहरूको कम्तीमा पनि वर्षको एक पटक अनिवार्य रूपमा सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउने र त्यसको अडिट लग रहने व्यवस्था मिलाउन पनि निर्देशन जारि गरेको छ।

साइबर सुरक्षा एड्भाइजरीको पूर्णपाठ:

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं – नेपाल सूचना-प्रविधि समाजको अगुवाइमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

नेपालीहरुको भविष्य समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए ।

उनीहरुले सबै नेपाली एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको भन्दै उनीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबर स्पेस सार्वभौमसत्ता कायम गर, प्रतिक्रियावादी व्यवस्था मुर्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीमाथि रास्वपाका कार्यकर्ताद्वारा दुर्व्यवहार

कैलाली – सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

शनिवार कञ्चनपुरको महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा दैजी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले शनिवार सरकारी सवारी दुरुपयोग गरेको भन्दै रावल चढेको गाडी रोकेर रावलमाथि दुर्व्यवहार गरेका थिए ।

पास हुँदा हुँदै नियोजित ढंगले पास छैन भन्दै गाडी रोकेर दुर्व्यवहार गरिएको र जाइलाग्ने गरी गाडी रोकिएको उनले बताएका छन्।

रावलका स्वकीय सचिव राजबहादुर चन्दले विज्ञप्ति निकालेर रास्वपा कार्यकर्ताले गाडी रोकेर चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेको बताएका छन् । यस्तै उनले उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।बिदाको दिन प्रदेश सभा सचिवालयबाट अनुमति लिएर हिँडिरहेको अवस्थामा यस्तो दुर्व्यवहार भएको भन्दै चन्दले घटनाको छानबिन गर्न माग गरेका छन् ।

सरकारमा पार्टीको उपस्थिति अझै बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसको सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा पार्टीको उपस्थिति सशक्त रुपमा बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रवक्ता प्रकाशशरण महतले मन्त्रीज्यूहरु काम गर्न आफ्नो क्षमताअनुसार लागिराख्नु नै भएको छ र त्यसमा पदाधिकारीहरुले सल्लाह सुझाव दिनुभएको छ । प्रधानमन्त्रीलाई पनि कतिपय सुझावहरु आइरहेका छन् । पार्टीको सरकारमा सशक्त उपस्थिति हुनुपर्‍यो र सरकारी संयन्त्रहरुमा पनि पार्टीगत विषयलाई बढी सहभागी गराउनुपर्‍यो भन्ने धारणा बैठकमा आएको उनले बताएका छन्।

प्रवक्ता महतले सरकारको गति बढाउन प्रधानमन्त्रीले पनि लिड लिनुपर्ने कुरा बैठकमा उठेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने तालिका रहेको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ भने बैठकमा सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल हुने घिमिरेले बताएका छन् ।

हमासद्वारा गाजामा बन्दी बनाइएका चार महिला इजरायली सैनिकहरू रिहा

हमासले युद्धविराम सम्झौताको एक भागको रूपमा गाजामा बन्दी बनाइएका चार महिला इजरायली सैनिकहरूलाई रिहा गरेको छ र उनीहरूलाई गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेको छ।

शनिबार बन्दीहरूको दोस्रो रिहाइको बदलामा, इजरायलले इजरायली जेलमा रहेका २०० प्यालेस्टिनीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ।

रिहाइ हुनुभन्दा अगाडि, नकाबधारी हमास र इस्लामिक जिहादका दर्जनौं लडाकुहरू स्क्वायरमा भेला भए जहाँ प्यालेस्टिनीहरूको ठूलो भीड पनि जम्मा भएको थियो। सयौं हमास सदस्यहरूका साथै प्यालेस्टिनी इस्लामिक जिहाद सहित अन्य प्यालेस्टिनी गुटहरू पनि उक्त स्थानमा उपस्थित थिए ।

रिहाइ हुनुभन्दा अगाडि रेडक्रसका प्रतिनिधिहरू र एक हमास लडाकुले कागजातहरूमा हस्ताक्षर गर्दै बन्दीहरुलाई रिहा गरेका हुन् ।

हमासले रिहा गरेको चार महिला इजरायली सैनिकहरूमा करिना रिभ, डेनिला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।

सम्झौताको एक भागको रूपमा, इजरायली सेनाहरू नेत्जारिम करिडोरबाट पनि पछि हट्ने अपेक्षा गरिएको छ, जसले गर्दा लाखौं विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा आफ्नो घर फर्कन सक्नेछन्।

इजरायलले थप मानवीय सहायता र अन्य व्यावसायिक आपूर्तिहरू प्रवेश गर्न दक्षिणमा रहेको रफाह सीमा पार गर्न दिने अपेक्षा समेत गरिएको छ।

देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने: माओवादीले अब एक्लै चुनाव लड्छ: प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी अब एक्लै चुनाव लड्ने र कसैको बैसाखी नटेक्ने बताएका छन् ।

दाङमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको र त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताएका छन् ।सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भएको भन्दै अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नै नरहेको समेत उनले बताएका छन् ।

देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने र माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको भन्दै उनले अब माओवादीलाई बहुमत दिनुपर्ने पनि उनले बताएका छन्।

दलगत ट्रेड युनियनको विपक्षमा लोक सेवा: कर्मचारी राजनीतिमा लागे जागीर जाने व्यवस्था

काठमाडौं – संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा लिखित सुझाव दिँदै लोक सेवा आयोगले संघीय निजामती सेवामा एउटा मात्र राष्ट्रिय स्तरको ट्रेड युनियन रहने व्यवस्था हुनुपर्ने र संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारी राजनीतिमा लाग्न नपाउने कानुनी व्यवस्था रहेको बताएको छ।

राज्य व्यवस्था समितिले विधेयकमा संशोधन राख्ने सांसदहरूको प्रस्तावहरूमा समेत लोक सेवा आयोगको सुझाव मागेको थियो । प्रत्येक सांसदको प्रस्तावमा लोक सेवा आयोगले ती प्रत्येक संशोधन प्रस्तावउपर आफ्नो एक/एक गरी राय दिएको हो ।

राष्ट्रियस्तरका ट्रेड युनियनहरू राजनीतिक दल निकटका हुन् । राजनीतिक दल निकटका दलीय ट्रेड युनियन आवश्यक छ वा छैन भनेर राज्य व्यवस्था समितिमै छलफल चलिरहेका बेला लोक सेवा आयोगले एक मात्र राष्ट्रिय स्तरको आधिकारीक ट्रेड युनियन राख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो ।

२०६४ सालमा निजामती ऐनको दोस्रो संधोधनपछि ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको थियो । ऐनको दोस्रो संशोधनलगत्तै विभिन्न आठ वटा राष्ट्रियस्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए ।

लोक सेवा आयोगले निजामतीमा दलीय ट्रेड युनियन हटाउने सुझावका साथसाथै कर्मचारी राजनीतिमा लाग्न नपाउने व्यवस्था रहेको समेत स्मरण गराएको छ।

प्रस्तावित विधेयकको दफा ७६ र दफा ७७ मा निजामती कर्मचारी राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने सम्बन्धमा थप व्यवस्था गरिएको छ ।
दफा ७६ मा राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने सम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘कुनै निजामती कर्मचारीले आफ्नो सेवा सम्बन्धी कुनै कुरामा आफ्नो वा अन्य कसैको स्वार्थ पूरा गर्ने मनसायले अन्य कर्मचारी वा पदाधिकारीमाथि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्ने प्रयत्न गर्नु हुँदैन ।’

दफा ७७ मा ‘निजामती कर्मचारीले राजनीतिक दल, राजनीतिक दलको भातृ संगठन, राजनीतिक दलको जनवर्गीय संघसंगठन वा राजनीतिक दलसँग आबद्ध पेसागत संघसंगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिनु हुँदैन ’ भनेर उल्लेख गरेको छ।

प्रस्तावित विधेयकले निजामती कर्मचारीलाई राजनीतिक पदका लागि हुने निर्वाचनमा संलग्न हुनबाट समेत रोकेको छ । यससम्बन्धी व्यवस्था विधेयकको दफा ८३ मा छ ।जहाँ भनिएको छ, ‘निजामती कर्मचारीले कुनै पनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन, प्रचार प्रसार गर्न, जुलुसमा भाग लिन, चन्दा दिन वा कसैका लागि मत माग्न वा निर्वाचनमा कुनै प्रकारको प्रभाव पार्नु हुँदैन ।’

यी प्रस्तावित व्यवस्थाहरूको उल्लंघन गर्ने कर्मचारीको जागीर जाने सम्मको प्रावधान छ । कर्मचारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्नेसम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १०० मा छ ।

अतिक्रमित जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह

माघ १२ , काठमाडौं – बुद्धनगर टोल सुधार समितिले शनिबनर आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् ।

सरकारले नीति बनाएको छ । कानून पनि छ । सार्वजनिक जग्गा त सार्वजनिक नै रहनुपर्‍यो नि !´ उपप्रधानमन्त्री सिंहले भने,सार्वजनिक जग्गा कसैले अतिक्रमण गरेर राख्यो भने त्यसरि हडपेको जग्गा सरकारले फिर्ता ल्याउँछ र कतीपय ठाउँको जग्गा फिर्ता पनि भइसकेको उनले बताएका छन्।

सर्वोच्च अदालतको फैसलापछि बागमतिसहित उपत्यकाका नदि किनारमा २० मिटरको मापदण्डका कारण १५/१६ लाख नागरिक समस्यामा पर्ने देखिएपछि शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको समितिको प्रतिवेदनका आधारमा सरकार पुनरावलोकनको माग गर्दै अदालत गएको र सोही कारण अहिले तत्कालका लागि समस्या टरेको भन्दै माघ १८ बाट सुरू हुने हिउँदे अधिवेशनमा विधेयकहरूलाई पारित गरी आवश्यक नयाँ कानून बनाउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

अवैध आप्रवासी बोकेको अमेरिकी उडान मेक्सिकोद्वारा अस्वीकार

मेक्सिकोले निर्वासन गरिएका अवैध आप्रवासीहरूलाई बोकेको अमेरिकी सैन्य विमानलाई आफ्नो भूभागमा अवतरण गर्न अनुमति दिन अस्वीकार गरेको छ।

सोमबार पदभार ग्रहण गरेपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमामा आपतकाल घोषणा गर्दै अवैध आप्रवासीहरूको निर्वासनलाई तीव्र पार्ने वाचा गरेका थिए ।

अज्ञात संख्यामा आप्रवासीहरू बोकेको सी-१७ सैन्य विमान मेक्सिकोमा अवतरण गर्ने तालिका रहेपनि मेक्सिकोले उक्त जाहाजलाई आफ्नो भूमिमा अवतरण अनुमति नदिएपछि अवैध आप्रवासी बोकेको उक्त जाहाजले उडान नै नभरेको बताइएको छ।

लगभग ८० आप्रवासीहरू बोकेको ग्वाटेमालाका लागि दुई समान विमानहरुले भने शुक्रबार योजना अनुसारनै उडान भरेको बताइएको छ ।

मेक्सिकन अधिकारीका अनुसार अमेरिकी विमानलाई देशमा अवतरण गर्न अनुमति दिइएको थिएन तर किन दिइएन भन्ने विषयमा भने उनले कुनै कारण उल्लेख नगरेको बताइएको छ।

मेक्सिकन विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमा विमानलाई देशमा अवतरण गर्न किन रोक लगाइएको थियो भनेर उल्लेख नगरेपनि “मेक्सिकोको अमेरिकी सरकारसँग धेरै राम्रो सम्बन्ध रहेको र आफुहरु आप्रवासन सहित विस्तृत मुद्दाहरूमा आफ्नो सार्वभौमिकताको सम्मान गर्दै सहयोग गर्ने बताएको छ ।”

“जब स्वदेश फिर्तीको कुरा आउँछ, हामी सधैं खुला हातले हाम्रो क्षेत्रमा मेक्सिकनहरूको आगमनलाई स्वागत गर्नेछौं,” मन्त्रालयले भन्यो।

ट्रम्पको आदेश अन्तर्गत, पेन्टागनले पहिले दक्षिणी सीमा एजेन्टहरूलाई आप्रवासीहरूको निगरानी गर्न मद्दत गर्न १,५०० थप सैनिकहरू पठाएको थियो।

नयाँ अमेरिकी राष्ट्रपतिले मेक्सिकन लागूपदार्थ कार्टेलहरूलाई पनि आतंकवादी संगठन घोषणा गरेका छन्, मेक्सिकोको खाडीलाई अमेरिकाको खाडी नामकरण गरेका छन्, र अर्को महिनादेखि मेक्सिकन सामानहरूमा २५% कर लगाउने चेतावनी समेत दिएका छन्।

सातौंपटक महिला राष्ट्रिय क्रिकेट च्याम्पियन बन्यो एपीएफ

माघ १२, काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै विभागीय टोली एपीएफले उपाधि जितेको छ । यो सहित एपीएफले महिला पीएम कप सातौंपटक जित्न सफल भएको छ ।

एपीएफले सुदूरपश्चिमलाई फाइनलमा ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्न सफल भएको छ ।

एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाउन सफल भए भने कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् । ।

यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३/२४ मा उपाधि जितेको थियो ।

१८ एसएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको जनाएको छ।

कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन् । परिसरमा विश्व अधिकारी आएका छन् भने अपराध अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेतलाई ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे आएका छन् ।

सरुवा भएका अन्यको विवरण यसप्रकार छ :

ssp transfer
ssp transfer 1
ssp transfer 2

१० देखि १४ वर्षका १७ लाख बालिकालाई विद्यालयमै पुगेर क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ- सरकारले २२ माघदेखि ६ फागुनसम्म देशव्यापी रूपमा विद्यालय तथा स्थानीय स्तरमै पुगेर १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ७० करोड पाँच लाख मूल्यको १७ लाख ७० हजार २० डोज खोप ल्याएको हो । १२ करोड हाराहारी बजेट नेपाल सरकारले खर्च गरेको छ भने अन्य गाभीले व्यहोरेको छ ।

हाल यो खोप विश्वका १४४ मुलुकमा नियमित प्रयोग भइरहेको छ, विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त यो खोप सन् २००६ देखि प्रयोगमा ल्याइएको थियो।
भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्न सक्ने भन्दै त्यसको रोकथामका लागि अहिले एउटा उमेर तह तोकेर खोप कार्यक्रम गर्न लागेको बताइएको छ।

खोप कार्यक्रमका लागि केन्द्रबाट स्वास्थ्य सेवा विभागले समन्वय गरेको छ भने हरेक जिल्लाको पालिका हुँदै विद्यालयबाट खोप वितरण गरिँदै छ । लक्षित समूहलाई सो खोपको पहुँचमा ल्याउन देशैभरका निजी र सरकारी विद्यालयलाई शिक्षा मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले परिपत्र गरिसकेको छ । विभागका अनुसार देशभरका निजी र सरकारी गरी १८ हजार नौ सय विद्यालयबाट सो खोप लगाइँदै छ । खोप अभियानका लागि सरकारले ५४ हजार १६० स्वमंसेवक परिचालन गर्दै छ भने १५ हजार ६७५ सुपरिवेक्षक खटिनेछन् । यो अभियानको व्यवस्थापनमा मात्रै तीन करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

१० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भनिए पनि तीमध्ये केही विद्यालयबाहिर रहेको आकलन सरकारको छ । विद्यालय नभएका वा कम भएका वडामा आवश्यकताअनुसार खोप केन्द्र हुनेछन् । अभियानको अन्तिम दिन ६ फागुनमा स्वास्थ्य संस्थामा समेत खोप सेवा सञ्चालन हुनेछ । विद्यालयबाहिरका बालिकाले पायक पर्ने खोप केन्द्र तोकिएको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन् ।

यो खोपले पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिका भाइरसलाई रोकथाम गर्छ भन्ने उत्पादक कम्पनीको दाबी छ ।

देश भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा:राजेन्द्र लिङ्देन

काठमाडौं – शुक्रबारबाट काठमाडौंको धुम्बाराहीमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पेश गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा भएको उल्लेख गरेका छन् ।

वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खतरा रहेको भन्दै संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने परिकल्पना संसदीय व्यवस्थामा नहुने तर नेपालमा अनौठो अध्यास भइरहेको बताएका छन्।

प्रतिवेदनमा कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न र दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको कटाक्ष गरेका छन् ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस

हेटौंडा- प्रदेशसभा ठप्प भएको ४ महिनापछि शुक्रबार बसेको बागमती प्रदेशसभाको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आगामी शुक्रबार माघ १८ गते ११ बजे प्रदेश सभाको १५औं अधिवेशन बोलाउन प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।
गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो भने सो अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो ।

लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

चौतर्फी विरोधपछि मधेश सरकारको भाषासम्बन्धी विधेयक फिर्ता

जनकपुर- चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ ।

शुक्रबार प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रतस्ताव गरेकी हुन् ।

मन्त्री तिवारीले विधेयकमा त्रुटि भएको र आफुले थारू भाषा पनि समेट्नु पर्थ्यो भन्‍ने महसुस गरेको बताएकी छन् ।

यसअघि बुधबार सदनमा मन्त्री तिवारीले भाषासम्बन्धी विधेयक प्रस्ताव प्रस्तुत गर्दा सरकारी कामकाजको भाषामा थारु भाषालाई पाखा लगाएर हिन्दी र अङ्ग्रेजीलाई सरकारी कामकाजी भाषा बनाउने कुरा उल्लेख गरेकी थिइन ।

दुईवटा आयोग र समिति बनाएपनि मिटरब्याजपीडितको समस्या ज्युँका त्युँ

काठमाडौँ – देशभरका विभिन्न जिल्लाका हजारौँ मिटरब्याजपीडितहरु यतिबेला न्यायको पर्खाइमा छन् । मिटरब्याजपीडितको समस्या समाधान गर्न संघीय सरकारले दुईवटा आयोग र एउटा समिति बनाएपनि मिटरब्याजपीडितको समस्या ज्युँका त्युँ छ ।

हालसम्म सप्तरीमा मिटरब्याजपीडितका दुई हजार ७१६ निवेदन परेकामा दुई हजार २४४ अलपत्र छन् । ४४८ निवेदनमा मिलापत्र भएको छ भने २४ मुद्दा मात्रै दर्ता भएका छन् ।

मिटरब्याजपीडितहरुले काठमाडौंकेन्द्रित रहेर दुई पटक आन्दोलन गरे। दुईपटक नै सरकारसंग सहमति पनि भयो तर सरकारले ति सहमति भने अहिलेसम्म कार्यान्वयन गरेको छैन। न्यायको लागि भन्दै मिटरब्याजपीडितहरुले
२ चैत ०७९ मा महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर १२औँ दिन काठमाडौं पुगेर आन्दोलन गरेपछि सरकार र मिटरब्याजपीडितबिच पाँचबुँदे सहमति पनि भयो । सरकारले मिटरब्याजपीडितका समस्या बुझ्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग समेत गठन गरेको थियो । ०७९ मा कार्की नेतृत्वको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले ६ महिनासम्म काम गर्‍यो । आयोगमा ६७ जिल्लाबाट २८ हजार उजुरी परेकोमा पाँच हजार १८८ उजुरीमा मिलापत्र भए । २१८ बिघा १० कट्ठा जग्गा साहुकारबाट पीडितलाई फिर्ता भएको थियो ।

तर, कार्की नेतृत्वको जाँचबुझ आयोगबाट पुर्णरुपमा समस्या समाधान नभएपछि पीडितहरूले पुनः पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट २३ दिन हिँडेर काठमाडौं पुगे  र लगातार १९ दिनसम्म आन्दोलन गरे । आन्दोलनपछि सरकार र पीडितबिच फेरि चारबुँदे सहमति भयो । मिटरब्याजपीडितसँगको सहमतिपछि दोस्रो आयोगका रूपमा ०८० चैतमा सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । गत १५ असोजसम्म म्याद रहे

मधेश प्रदेशमा मात्रै मिटरब्याजपिडितहरुको २४ हजारभन्दा बढी जाहेरी परेकोमा , ६ हजार सात सयमा मात्र मिलापत्र भएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म यससम्बन्धी २४ हजार २३५ जाहेरी परेको छ । जसमध्ये ६ हजार ७०७ मा मिलापत्र भएको र १७ हजार ३३९ को सुनुवाइ हुन बाँकी रहेको मधेश प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जानकारी दिए । बोहराका अनुसार २४८ बिघा ६१ कट्ठा ४९ धुर जग्गा प्रहरीले मिलापत्र गराएर फिर्ता गराएको छ । एक अर्ब ६५ करोड ६९ लाख ८८ हजार ८६३ रुपैयाँबराबर रकमको मेलमिलाप भएको उनले बताए । सुनुवाइ हुन बाँकी रहेकामध्ये १८९ मुद्दा दर्ता भएको पनि बताए ।

तर मिटरब्याज समस्या समाधानका लागि पटक–पटक समिति र आयोग बन्दै आए पनि समस्या समाधान हुन सकेको छैन ।

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री अस्वस्थ: राजधानी बाहिरका सबै उद्घाटन कार्यक्रम भर्चुअल माध्यमबाटै गरिने

काठमाडौं – दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।

बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् ।

त्यस्तै दिउँसो सवा १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम तय भएको छ । सो शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाटै शिलान्यास गरिने भएको छ ।

विकास र समृद्धिमा चीनसँग हातेमालो गर्न चाहन्छौं : सभामुख घिमिरे

काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव उद्घाटन र चिनियाँ नयाँ वर्ष समारोहको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन्।

चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका लागि पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको सन्दर्भमा ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आई पर्यटन प्रवद्र्धनमा महत्वपू्र्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र चीनबीच रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका अपार अवसरहरूलाई सदुपयोग गर्न एवं समृद्ध र सुनौलो भविष्यको लागि हातेमालो गर्दै अगाडि बढ्न आह्वान पनि गरे ।

राजस्व क्षमता र पूर्वाधारका आधारमा समपूरक तथा विशेष अनुदान

काठमाडौँ — समानता र वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन समपूरक र विशेष अनुदान सम्बन्धमा नयाँ व्यवस्था गर्दै अबदेखि संघीय सरकारले राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारका आधारमा प्रदेश र स्थानीय तहलाई समपूरक र विशेष अनुदान प्रदान गर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगले योजना गरेको पत्रकार सम्मेलनमा ‘समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१’ मा रहेको नयाँ व्यवस्थाबारे जानकारी गराइएको थियो  ।पुरानो कार्यविधि खारेज गरी ल्याइएको नयाँ कार्यविधिमा सरकारले समपूरक अनुदानको अधिकतम सीमा घटाएको छ भने यसअघिको राजस्व क्षमताका आधारमा प्रदेश र स्थानीय तहले संघबाट अनुदान पाउने व्यवस्था गरेको छ । यसअनुसार यसअघि समपूरक अनुदानका लागि गाउँपालिका र नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना/कार्यक्रमको कुल लागत १ करोडदेखि १० करोड रुपैयाँसम्म थियो । अब यो सीमा १ करोडदेखि ७ करोड कायम गरिएको छ ।

‘उपमहागरपालिका र महानगरबाट कार्यान्वयन गरिने आयोजना कार्यक्रमको कुल लागत ५ करोडदेखि २५ करोडसम्म रहेकामा घटाएर ३ करोडदेखि १५ करोडसम्मका आयोजना प्रस्ताव गर्न सकिने गरी कायम गरिएको छ,’ कार्यविधिमा भनिएको छ, ‘प्रदेश सरकारका हकमा यसअघि २० करोडदेखि १ अर्ब रुपैयाँसम्म लागतका आयोजना प्रस्ताव गर्न सकिने रहेकामा अब १० करोडदेखि ३० करोड रुपैयाँसम्मका आयोजनामा मात्र समपूरक अनुदान प्रस्ताव गर्न सकिनेछ ।’

आयोजना वा कार्यक्रमको कुल लागत प्रस्ताव गर्दा त्यस्तो आयोजना वा कार्यक्रम बढीमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ । योजना आयोगले प्रत्येक वर्ष मंसिर मसान्तभित्र सूचना प्रकाशन गरी प्रदेश वा स्थानीय तहबाट आगामी आर्थिक वर्षमा समपूरक अनुदानमा सञ्चालन गर्ने आयोजना वा कार्यक्रमको प्रस्ताव माग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

समपूरक अनुदानसम्बन्धी विगतको व्यवस्था विभेदकारी रहेकाले अहिले परिवर्तन गरेर कमजोर स्थानीय तहले बढी र सबलले कम पाउने व्यवस्था गरिएको बताइएको छ । समानता र वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन समपूरक अनुदान र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानता प्रणाली लागू गरिएको राष्ट्रिय योजना आयोगले बताएको छ।

‘नयाँ व्यवस्थाअनुसार पालिकाहरू र प्रदेशहरूलाई उनीहरूको राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारका आधारमा श्रेणीकरण गरिएको छ । स्रोत वितरण गर्दा यो श्रेणीकरणलाई आधार मानिन्छ जसले गर्दा तुलनात्मक रूपमा स्रोतमा गरिब पालिकाहरूले केन्द्र सरकारबाट बढी समपूरक अनुदान पाउँछन् । वित्तीय संघीयताको दृष्टिले, स्रोत परिचालनका आधारमा स्थानीय सरकारहरूको स्वतन्त्रताको स्तरलाई उक्त सूचकांकमार्फत प्रस्तुत गरिएको छ ।’

प्रदेशको हकमा बढीमा १० वटासम्म, पालिकाको हकमा बढीमा तीन वटासम्म आयोजना वा कार्यक्रम मात्र प्रस्ताव गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।
७ सय ५३ पालिकाको सूचकांक निर्माण गर्दा शून्यको नजिकदेखि २९ सम्म रहेको देखिन्छ । यसरी क्रमबद्धपछि तथ्यांकीय विधिबाट सात वटा परिवर्तित बिन्दु पत्ता लगाइएको आयोगले जनाएको छ । तिनै परिवर्तित बिन्दुहरूका आधारमा स्थानीय तहहरूलाई ‘क देखि छ’ सम्म सात भागमा विभाजन गरिएको छ ।

यसअनुसार ‘क’ वर्गमा परेका स्थानीय तहलाई संघीय सरकारले अधिकतम ८०, ‘ख’ वर्गकालाई ७०, ‘ग’ वर्गकालाई ६०, ‘घ’ वर्गकालाई ५०, ‘ङ’ वर्गकालाई ४०, ‘च’ वर्गकालाई ३० र ‘छ’ वर्गका स्थानीय तहलाई २० प्रतिशत गरी लागत साझेदारीको व्यवस्था छ । विभाजनमा ‘क’ वर्गमा १५५, ‘ख’ मा १५०, ‘ग’ मा १२५, ‘घ’ मा १४७, ‘ङ’ मा ११८, ‘च’ मा ३९ र ‘छ’ वर्गमा परेको स्थानीय तहको संख्या १९ छ ।

केनेडी हत्याकाण्ड सम्बन्धी गोप्य फाइलहरू सार्वजनिक गर्न कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाका ३५ औं राष्ट्रपति जोन केनेडीको हत्या सम्बन्धी गोप्य फाइलहरू प्रकाशित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

दस्तावेजले हत्या गरिएका राष्ट्रपति रोबर्ट केनेडीका भाइ र नोबेल शान्ति पुरस्कार विजेता मार्टिन लुथर किङको हत्या सम्बन्धी पहिले पहुँचयोग्य कागजातहरूको प्रकाशनको व्यवस्था पनि गरेको छ।

“यो ठूलो कुरा हो, हैन? धेरै मानिसहरू लामो समयदेखि – वर्षौंदेखि, दशकौंदेखि यसको लागि पर्खिरहेका छन्,” दस्तावेजमा हस्ताक्षर गर्दा उनले भने।

केसीए यू–१४ क्रिकेट आजदेखि

काठमाडौं – काठमाडौं क्रिकेट एकेडेमीको आयोजनामा हुने केसीए यू–१४ क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ ।

२२ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसीएको मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले ५० हजार पाउनेछ भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन्।

प्रतियाेगितामा सहभागि टिमहरूमा हिमालयन क्रिकेट एकेडेमी ए, नेक्सस क्रिकेट एकेडेमी ए, ओएसिस क्रिकेट एकेडेमी, भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन, हिमालयन क्रिकेट एकेडेमी बी, नेक्सस क्रिकेट एकेडेमी बी, बल पार्क क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, हिमालयन क्रिकेट एकेडेमी सी, सीईसी भक्तपुर, किंग्स क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट एकेडेमी छन् ।

महाराष्ट्र रेल दुर्घटनामा ७ नेपालीको मृत्यु

अछाम — भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन् । तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुईको ठेगाना बिहीबार साँझसम्म खुलिसकेको छैन ।

मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन् । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए । रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए । त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले घटनालगत्तै भारतीय अधिकारीसँग दूतावास सम्पर्कमा रहेको बताए । घटनामा ज्यान गुमाएका व्यक्तिको शवलाई उनको परिवारसम्म पुर्‍याउने कामका लागि समन्वय भइरहेको जानकारी उनले दिए । भारतीय अधिकारीले शवलाई परिवारसम्म पुर्‍याउने आफ्नो जिम्मेवारी रहेको बताएको दूतावासमा कन्सुलर रहेका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले बताए ।

‘घटना हुँदा सुरुमा ४ नेपालीको मृत्यु भएको सूचना आएको थियो, पछि त्यो संख्या ७ पुगेको जानकारी आएको छ,’ कन्सुलर शर्माले भने ‘भारत सरकारले घोषणा गरेको मृतकका परिवारलाई दिने भनिएको क्षतिपूर्ति नेपाली पीडित परिवारले पनि पाउनुपर्ने विषयमा दूतावासले पहल गरिरहेको छ ।’

सगरमाथा आरोहणको शुल्क बढ्ने

काठमाडौँ- नेपालले अनुमति शुल्कमा वृद्धिको घोषणा गरेसँगै सगरमाथा आरोहणको मूल्य लगभग एक दशकमा पहिलो पटक बढ्ने भएको छ।

सेप्टेम्बरदेखि, पिक सिजनमा विश्वको सबैभन्दा अग्लो हिमाल आरोहण गर्न चाहनेहरूले $१५,००० (£१२,१८०) तिर्नुपर्नेछ, जुन लामो समयदेखि चलिरहेको $११,००० शुल्कमा ३६% ले वृद्धि हो।

पिक सिजन बाहेक अन्य समय अर्थात अप्रिलदेखि मे अवधिमा शिखर बाहिर आरोहण गर्न चाहनेहरूको शुल्क पनि उतिनै प्रतिशतले बढ्नेछ। जसको अर्थ सेप्टेम्बरदेखि नोभेम्बरसम्म आरोहन गर्न चाहनेहरुको लागि $७,५०० र डिसेम्बरदेखि फेब्रुअरीमा आरोहन गर्न चाहनेहरुको लागि $३,७५० ले वृद्धि हुनेछ हुनेछ।

हिमाल आरोहण अनुमति शुल्क, पर्वतारोहण र पदयात्राले देशको कुल अर्थतन्त्रमा ४% भन्दा बढी योगदान पुर्‍याउँदै आएको छ ।

तर पर्वतारोहण विज्ञहरूले प्रायः नेपाल सरकारले सगरमाथामा धेरै पर्वतारोहीहरूलाई आरोहण अनुमति दिएकोमा आलोचना गर्दै आएका छन। यद्यपि, पछिल्लो समय प्रति वर्ष लगभग ३०० पर्वतारोहण अनुमतिपत्र जारी गरिएको छ।

सगरमाथा आरोहण गर्नेको संख्या बढ्दै गएको र मनलाग्दी रुपमा नौमती दिएको कारण सगरमाथा वरपरको वातावरण प्रदुषित बन्दै गएको भन्ने आवाज बढ्न थालेपछि अप्रिल २०२४ मा, सर्वोच्च अदालतले सरकारलाई सगरमाथा र अन्य चुचुराहरूको लागि जारी गरिएको पर्वतारोहण अनुमतिपत्रहरूको संख्या सीमित गर्न आदेश समेत दिएको थियो। यद्यपि, प्रारम्भिक आदेशले अधिकतम संख्या तोकेको थिएन।

नेपाली सेनाले २०१९ देखि हिमालको वार्षिक सर-सफाई अभियान समेत सुरु गरेको छ। सेनाका अनुसार त्यस समयमा कम्तिमा पाँच सफाईकर्मीहरूले ११९ टन फोहोर, १४ मानव लाश र केही कंकालहरू सङ्कलन गरेका थिए। सेनाको अनुसार त्यहाँ अझै करीब २०० शवहरू पुरिएको हुनसक्ने अनुमान गरिएको छ।

सगरमाथा सहित विश्वका १४ अग्ला हिमालहरूमध्ये आठ नेपालमा पर्दछ ।

राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

रुपन्देही – रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन्।

कांग्रेस-एमालेले संशोधनका लागि एजेण्डा तयार गर्ने र त्यसलाई राष्ट्रिय छलफलमा लैजाने समेत उनले बताएका छन्। यता सरकारले मुलुक र नागरिकको लागि सुशासन कायम गर्न पुराना कानुनलाई अध्यादेशमार्फत संशोधन गर्न खोजेको तर संविधान संशोधनका विषयमा प्रतिपक्षले अनावश्यक प्रचार गरेको भन्दै अध्यादेशको विरोध गर्नुभन्दा यसको विषयवस्तुमा ध्यान दिनुपर्ने बताएका छन्।

सरकारले ल्याएको अध्यादेशको विभिन्न प्रतिपक्षी दलले विरोध गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ।

यू-१९ विश्‍वकप छनोटको तयारीका लागि क्यान युथ कप हुने

काठमाडौं – आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले युथ कपको आयोजना गर्ने भएको छ ।

आगामी माघ १५ देखि २२ सम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा युथ कप हुनेछ । यसका लागि प्रारम्भिक रूपमा क्लोज क्याम्पमा समावेश भएका यू-१९ का ३६ खेलाडीहरूलाई तीन टोलीमा समावेश गरिनेछ ।

तीन टोलीहरूलाई नेपाल यू-१९ रातो, नेपाल यू-१९ हरियो र नेपाल यू-१९ निलो नाम दिइएको छ । यिनै टोलीहरूको बीचमा डबल राउण्ड रोबिन लिग खेलाइनेछ ।

यु-१९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ । नेपाल सहित अफगानिस्तान, ओमान, यूएई र हङकङको सहभागिता रहने छनोटको शीर्ष स्थानमा रहने टोली २०२६ मा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

प्रथम चरणमा छनोट गरिएका यु-१९ पुरुष खेलाडीहरूमा अभिषेक तिवारी, दिलसाद अलि, सोहेल कुँवर, नरेन भट्ट, सुर्यान्सु कोइराला, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरज कुमार यादव, अफ्रुदीन रेन, सौजन प्रसाद घिमिरे, दीपक सेरला, युवराज खत्री, आशिस लुहार, सचिन भट्ट, रुहुल हक, चन्दन राम, कृतिक कामत, विपिन प्रसाद शर्मा, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, रोहित चन्द, सुदिप अर्याल, दर्श सोनार, क्षितिज थापा मगर, अमर मिश्र, भोपाल दंगाल, अशोक धामी, नितिस पटेल, आसिक राना मगर र नितेश कुमार छन् ।

मधेश प्रदेशमा हिन्दी र अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा राख्न प्रस्ताव

काठमाडौं- मधेश प्रदेश सरकारले प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ मा हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषाको रुपमा राख्न प्रस्ताव गरेको छ।

बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले पेश गरेको विधेयकमा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव गरिएको छ । तर भाषा आयोगले सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको मातृ भाषा थारूलाई भने विधेयकमा समावेश गरिएको छैन।

भाषा आयोगले मधेश प्रदेशमा सिफारिस गरेका सरकारी कामकाजको सूचीमा सबैभन्दा माथि मैथिली भाषा बोल्ने ४१.७३ प्रतिशत रहेको उल्लेख छ । त्यसपछि क्रमशः भोजपुरी १८.८१ प्रतिशत, बज्जिका १८.४४ प्रतिशत, नेपाली ५.७६ प्रतिशत, थारू ४.१७ प्रतिशत, उर्दू ४.८ प्रतिशत, मगही ३.५२ प्रतिशत, तामाङ १.६५ प्रतिशत, मगर ढुट ०.७३ प्रतिशत र हिन्दी ०.२३ प्रतिशतले बोल्ने गरेको उल्लेख छ । तर, पाँचौं क्रममा रहेको थारुलाई विधेयकमा समावेश नगरी पुछारमा रहेको हिन्दी र सिफारिसमै नपरेको अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा राख्न प्रस्ताव गरेपछि केही सांसदहरुले विरोध समेत गरेका छन्।

प्रदेश सरकारलाई सरकारी कामकाजको भाषा सिफारिस गर्दा २ वटा भाषिक प्राथमिकताका आधारमा र ३ वटा भाषा ६ प्रतिशत भन्दा बढी वा बाहुल्यताका आधारमा सिफारिस गर्ने निर्णय गरिएकोमा राजनीतिक दलका सांसदहरूले आफूखुसी निर्णय गर्ने गरेको भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले बताएका छन्।

मधेश प्रदेशका सत्ता साझेदार मन्त्री र सांसदहरूले पनि सरकारले ल्याएको उक्त विधेयकप्रति आपत्ती जनाउँदै उक्त विधेयकमा थारु भाषा नसमेटिए सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।

इजरायली सेनाले पूर्ण रुपमा लेबनान छाड्नुपर्ने हिज्बुल्लाहको माग

इजरायली सरकारले हिज्बुल्लाह समुहलाई शान्ति सम्झौता छिटो कार्यान्वयन नभएको बताइरहँदा लेबनानी समूह हिज्बुल्लाहले भने इजरायली सेनालाई दुई पक्षले सहमति गरेको युद्धविराम सम्झौताको सर्तहरू अनुरूप देशको दक्षिण क्षेत्रबाट पूर्णरुपमा फिर्ता जान माग गरेको छ।

इजरायल र इरान-सम्बद्ध समूहले नोभेम्बरमा फ्रान्स र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराममा सहमति जनाएका थिए , जसले एक वर्षभन्दा बढी समयदेखि चलिरहेको लडाईंको अन्त्य गर्‍यो।

सम्झौता अन्तर्गत, इजरायली सेना लेबनानबाट फिर्ता हुने र हिज्बुल्लाह सेनाले सोमबार समाप्त हुने ६० दिनको अवधिमा दक्षिणी लेबनानबाट फिर्ता हुने भनिएको थियो।

तर हाल आएर इजरायलले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग अमेरिकालाई कम्तिमा अर्को महिनाको लागि समयसीमा बढाउनको लागि छलफल गरिरहेको चर्चा चलिरहेको छ।

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरु जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका डा इराज इलाहीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

त्यसअवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।रासस

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकन हुने

काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकन हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदनमा आदेश जारी गर्दै सर्वोच्च अदालतले गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकनको लागि अनुमति दिएको हो।

यसअघि सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन त्रुटिपूर्ण रहेको भन्दै निलम्बनको निर्णय बदर गरिदिएको थियो। उक्त फैसला सर्वोच्चबाट प्रतिपादित कानुनी सिद्धान्तसँगसमेत प्रतिकूल देखिएको भन्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको हो।

गुरुङ ०७९ सालको आमनिर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा गुरुङलाई विशेष अदालतले कसुरदार ठहर गरेकोमा पुनरावेदनपछि सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवाको आदेश गरेको थियो।

नेकपा एसका स्थायी कमिटी सदस्य शर्माको निधन

बागलुङ — नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष रामजीप्रसाद शर्माको निधन भएको छ ।

भारतमा मिर्गौला प्रत्यारोपण गर्ने क्रममा उनलाई हृदयघात भएका कारण उनको निधन भएको हो । शर्माको बागलुङ नगरपालिका-१ स्थित निरयघाटमा बिहीबार दाहसंस्कार गरिएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले शर्माको निधनमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जलीसभामा नेकपा एसका केन्द्रीय सचिव श्रीनाथ बराल, केन्द्रीय सदस्यहरु, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक र सदस्यहरुसमेत उपस्थित थिए ।

बागलुङको साविक मालिका गाविस र हाल बागलुङ नगरपालिका-५ घर भएका शर्मा २०५४ र पहिलो संविधानसभामा बागलुङ-१ बाट विजयी एमालेका नेताका रुपमा राज्यमन्त्रीसमेत भएका थिए ।

ठगी मुद्दाका प्रतिवादी अनिल पोखरेल ५ लाख धरौटीमा छुटे

विराटनगर – संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव, ठगी मुद्दाका प्रतिवादी ४३ वर्षीय अनिलकुमार पोखरेल जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन्।

अदालतको आदेशलगत्तै उनी धरौटीबापतको रकम बुझाएर छुटेको जिल्ला अदालत मोरङले बताएको छ। अदालतले अनिलसँग बिहीबार नै बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो। बहस सकिएपछि अदालतले उनलाई धरौटी लिएर छाड्न आदेश दिएको हो।

अनिलविरुद्ध ३८ लाख ८० हजार रूपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो। उनी गत पुस २५ गते पक्राउ परेका थिए। प्रहरीले अनुसन्धान टुंग्याएर मंगलबार मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको थियो। मिसिलका आधारमा अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले अनिललाई प्रतिवादी बनाएर बुधबार ठगी मुद्दा दर्ता गरेको हो।

उनले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ। अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन्। पार्टीको कोटाबाट छोरीलाई एमबीबीएस भर्ना गरिदिने भन्दै आफूसँग २०७१ देखि २०७३ सालसम्म रकम लिएको बयान बौआलालले दिएका छन्। एबीबीबीएसमा छोरीको नाम ननिस्किएपछि बौआलालले पैसा फिर्ता मागेका थिए।

पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ। बौआलालले २ वर्षअघि आफू ठगीमा परेको भन्दै अनिलविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको थुनछेक बहस हेर्दाहेर्दैमा

भैरहवा – रास्वपा सभापति लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

बिहीबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीले बताएको छ।

थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल, जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै इजलासमा प्रतिवाद समेत गरेका थिए।

बहसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए।

त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। शुक्रबार जाहेरावाला र प्रतिवादीको तर्फबाट बहस हुने बताइएको छ।

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ ।

सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको रकमबाट कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेकी पत्नी निकिता पौडेलको नाममा समेत भुक्तानी गरिएको पाइएको छ । रूपन्देही जिल्ला अदालतमा आइतबार दायर पूरक अभियोजनमा सहकारीबाट लगिएको रकमबाट निकितालाई ३५ लाख चेकबाट र ९ लाख ९९ हजार नगद दिएको उल्लेख छ ।

लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियाको नाममा सिद्धार्थ बैंकमा खोलिएको खातामा सुप्रिम सहकारीबाट २ करोड २० लाख रकम जम्मा गरिएको थियो । उक्त खाताबाट निकितालाई रकम दिएको देखिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रअनुसार निकिताले सन् २०२० सेप्टेम्बर २७ मा खाता नं. ०२४१५२०७२३१ बाट ३५ लाख र लगत्तै सेप्टेम्बर २९ मा गोर्खा मिडियाका पूर्वप्रबन्धक लक्ष्मीप्रसाद पौडेलबाट ९ लाख ९९ हजार नगद लिएकी थिइन् ।

‘गोर्खा मिडिया नेटवर्कको नाममा सिद्धार्थ बैंक लिमिटेडमा खोलिएको खाता नं. ००११५९७८०९७ मा लक्ष्मीप्रसाद पौडेल, छविलाल जोशी र गितेन्द्रबाबु राईसमेत सञ्चालक रहेको र उक्त खातामा २ करोड २० लाख सहकारीको बचत रकम अपचलन गरेर जम्मा गरी/गराई गोर्खा मिडिया नेटवर्कमा प्रारम्भिक रूपमा लगानी गरेको देखिन्छ,’ र सोही रकमबाट यी प्रतिवादी (रवि लामिछाने) को श्रीमतीलाई भुक्तानी दिन लगाई लिई खाएको देखिन आएबाट सहकारीको बचत अपचलन गर्ने कार्यमा संलग्नता पुष्टि हुन्छ ’,अभियोगपत्रमा उल्लेख छ।

युद्धविराम सम्झौताको पहिलो दिनमै गाजाको पश्चिम किनारका गाउँहरूमा पुन: इजरायली आक्रमण

गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा इजरायलले ९० प्यालेस्टिनीहरूलाई रिहा गरेको केही घण्टापछि, इजरायली आवास क्षेत्रका मानिसहरुले जेरुसेलमको उत्तरमा कब्जा गरिएका दुई पश्चिम किनारका गाउँहरूमा आक्रमण गरेका छन्। आक्रमणमा प्यालेस्टिनी घर, पसल र अन्य भौतिक संरचना जलेर नष्ट भएका छन्।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाको अनुसार इजरायली सेनाले रातभरको हिंसाको क्रममा इजरायली आवास क्षेत्रका मानिसहरुलाई समर्थन गरेको थियो र पश्चिम किनारमा गरिएको सैन्य छापामा दर्जनौं प्यालेस्टिनीहरूलाई पक्राउ समेत गरिएको छ।

आइतबार युद्धविराम लागू भएदेखि दक्षिणी गाजाको रफाहमा इजरायली सेनाले गोली हानी मारेका कम्तीमा तीन प्यालेस्टिनीहरूमध्ये एक सानो बच्चा पनि समावेश छ।

अक्टोबर ७, २०२३ देखि इजरायलले गाजामा गरेको युद्धमा कम्तिमा ४७,०३५ प्यालेस्टिनीको मृत्यु भएको छ र १११,०९१ जना घाइते भएका छन्। त्यस दिन हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा कम्तिमा १,१३९ जना मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।

रूसद्वारा ट्रम्पलाई बधाई – पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार देशको राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै रूसले अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिंदै दुई देशहरू बीचको सम्पर्क पुनः सुरु गर्ने घोषणा गरेका छन्।

“हामी नवनिर्वाचित अमेरिकी राष्ट्रपति र उनको टोलीका सदस्यहरूको रूससँग प्रत्यक्ष सम्पर्क पुनर्स्थापित गर्ने इच्छाको बारेमा सुनिरहेका छौं, जुन निवर्तमान अमेरिकी प्रशासनले रोकेको थियो। हामी तेस्रो विश्वयुद्ध रोक्नको लागि सबै कुरा गर्ने आवश्यकताको बारेमा उनको धारणा बुझ्नेछौँ ,” पुटिनले भने।

“अवश्य पनि, हामी यस्तो मनोवृत्तिलाई स्वागत गर्दछौं र निर्वाचित अमेरिकी राष्ट्रपतिलाई पदभार ग्रहण गरेकोमा बधाई दिन्छौं,” उनले थपे।

मस्कोले वाशिंगटनसँग कहिल्यै “वार्तालाई अस्वीकार” गरेको छैन र कुनै पनि अमेरिकी प्रशासनसँग वार्ता गर्न सधैं तत्परता व्यक्त गरेको छ, राष्ट्रपतिले उल्लेख गरे। रूस आफ्नो सिद्धान्तहरूप्रति प्रतिबद्ध छ र विश्वास गर्दछ कि संवाद “समान र पारस्परिक सम्मानजनक आधारमा” निर्माण हुनुपर्छ, पुटिनले भने ।

ट्रम्पले बारम्बार पुटिनसँग वार्तामा संलग्न हुने आफ्नो मनसाय संकेत गरेका छन्, विशेष गरी रूस र युक्रेन बीचको द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले। गत हप्ता, नवनिर्वाचित अमेरिकी राष्ट्रपतिले शपथ लिएपछि “धेरै चाँडो” पुटिनसँग भेट्ने योजना बनाएको घोषणा समेत गरेका थिए ।

यसअघि राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो सपथग्रहण समारोहको एक दिन अगाडी पुटिनसंग भेट्न र वार्ता गर्न इच्छुक रहेको बताउंदै आफ्ना सल्लाहाकारहरुलाई भेटको प्रबन्ध मिलाउन समेत निर्देशन दिएका थिए।

दुई नेताहरू बीचको कुनै पनि सम्भावित प्रत्यक्ष भेटघाट फोन वार्ताद्वारा हुने अपेक्षा गरिएको छ। मस्कोले बारम्बार आगामी प्रशासनसँग कुराकानी गर्न आफ्नो तयारीको संकेत दिएको छ। यद्यपि, क्रेमलिनका अनुसार, सम्भावित भेटघाट कहिले र कहाँ हुनेछ भन्ने बारे कुनै ठ्याक्कै विवरण तयार पारिएको छैन।

४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्प

डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन्।उद्घाटन समारोह विगत ४० वर्षमा पहिलो पटक क्यापिटल रोटुन्डा भित्र आयोजित गरिएको थियो।

ट्रम्प चार वर्षको अन्तरालमा पदभार ग्रहण गर्ने ग्रोभर क्लीभल्याण्ड (१८८५-१८८९ र १८९३-१८९७ मा २२ औं र २४ औं अमेरिकी राष्ट्रपति) पछि दोस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।

ट्रम्पको शपथ ग्रहण हुनुभन्दा केही मिनेट अघि, ४० वर्षीय जेम्स डेभिड भान्सले उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए।

जनवरी ६ मा दंगा गर्नेहरूलाई माफी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सत्तारोहणको पहिलो कार्यकारी आदेशको रुपमा २०२१ मा क्यापिटल भवनमा भएको दंगामा संलग्न लगभग १,५०० जनालाई माफी दिएका छन्।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको लागि शपथ लिएको केही घण्टापछि सोमबार ओभल अफिसमा माफी दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपतिले “जनवरी ६, २०२१ मा संयुक्त राज्य अमेरिकाको क्यापिटलमा वा नजिकै भएका घटनाहरूसँग सम्बन्धित अपराधमा दोषी ठहरिएका अन्य सबै व्यक्तिहरूलाई पूर्ण, पूर्ण र बिना शर्त माफी” प्रदान गरे, आदेशमा भनिएको छ। थप रूपमा, १४ जनाको सजाय घटाइएको छ। “हामी आशा गर्छौं कि तिनीहरू आज राती बाहिर आउनेछन्, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने।

ट्रम्पले महान्यायाधिवक्तालाई दंगासँग सम्बन्धित “सबै विचाराधीन अभियोगहरू” खारेज गर्न निर्देशन दिंदै उनले माफीलाई “गम्भीर राष्ट्रिय अन्याय” लाई सच्याउने उपाय र “राष्ट्रिय मेलमिलाप” तर्फको कदमको रूपमा वर्णन गरेका छन् ।

माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । 

नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

सोमबार नै संसद् अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच समेत छलफल भएको थियो । हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका थिए ।

नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित

काठमाडौँ — मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ ।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्दै जित हाँसिल गरेको हो।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

एमसीसी प्रोजेक्टलाई जग्गा उपलब्ध गराउन पाल्पामा ४ हजार ४ सय ५५ रुख काटिने

काठमाडौँ- एमसीसी प्रोजेक्ट अन्तर्गत रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपाललाई जग्गा उपलब्ध गराउन पाल्पामा ४ हजार ४ सय ५५ रुख काटिने भएको छ ।

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा कार्यान्वयन गर्ने एमसीए नेपाललाई विधुत प्रसारण आयोजना बनाउँदा आवश्यक पर्ने यी रुख काट्न र जग्गाको भोगाधिकार उपलब्ध गराउन विवरण तयार गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार नै जग्गा भोगाधिकार उपलब्ध गराइनेछ । तर एमसीए नेपालको वातावरणीय प्रभाव मूल्यांकनमा भने पाल्पाका वनबाट १२ हजार ५ सय ४८ रुख काट्नुपर्ने देखिएको थियो । वन तथा भूजैविक वातवारणमा पर्ने प्रभाव तथा न्यूनीकरण सुनिश्चित गरी वन क्षेत्रको जग्गा प्रयोग गर्न सब-डिभिजन कार्यालय रामपुर र निस्दीले स्थलगत अध्ययन गरेको हो । काट्नुपर्ने क्षेत्रमा रामपुर र निस्दीमा सामुदायिक वन, कबुलियती वन र विभिन्न टुक्रामा सरकारद्वारा व्यवस्थित वन रहेका छन् ।

सब-डिभिजनको रायसहितको प्रतिवेदनसमेतबाट ७४ वटा विधुत टावर जडान गर्न र विधुत प्रसारण लाइनका लागि विकल्प नदेखिएकोले ८४.३३ हेक्टर वन क्षेत्रको जग्गाको भोगाधिकार मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिलाई उपलब्ध गराउन लागेको वन डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिवेदनअनुसार वन नियमावली २०७९ को नियम ८९ को उपनियम (२) बमोजिम निर्णय भएको छ । जसमा विकास आयोजनालाई प्रयोग गर्न दिनुपर्ने राष्टिय वन क्षेत्रको स्थलगत विवरण, क्षेत्रफल, चारकिल्ला र जीपीएस कोअर्डिनेट, नापीको प्रमाणित नक्सा र सिट नम्बर, भौगोलिक क्षेत्र, विद्यमान वन व्यवस्थापन पद्दति, वनको किसिमअनुसारको क्षेत्रफललगायतका आधिकारिक विवरण उपलब्ध गराउनुपर्ने हुन्छ ।

वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ को अधीनमा रही वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । प्रतिवेदन स्वीकृत भएपछि एमसीए नेपालले राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न र त्यसक्षेत्रबाट रुखबिरुवा हटाउन स्वीकृति लिने प्रक्रिया अगाडि बढाएको थियो ।

सार्वजनिक सम्पति निजि क्षेत्रलाई भाडामा दिने तयारीमा सरकार

काठमाडौँ — सरकारले सरकारी ढुकुटी र दाताको अनुदानबाट बनाइएका सार्वजनिक सम्पती निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको छ  । सरकारले पहिलो चरणमा धरहरा, बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरीस्थित सनराइज सभाहल, बुटवलस्थित अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र र झापाको ‘दमक भ्यु टावर’ भाडामा लगाउन लागेको हो ।

मन्त्रिपरिषद् बैठकले गत कात्तिक १३ मा ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश)’ पारित गरेको थियो, जुन मंसिर ३ मा ‘नेपाल राजपत्र’ मा प्रकाशित भइसकेको छ । गठन आदेशमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले ‘विशिष्ट संरचनाको प्रचलित कानुनबमोजिम करार, भाडा वा अन्य उपयुक्त विधिबाट सञ्चालन गर्ने, गराउने’ उल्लेख छ । गठन आदेशको अनुसूचीमा विशिष्ट संरचना भनेर ६ वटाको नामै तोकिएको छ ।

राज्यको ढुकुटीबाट अर्बौं खर्च गरेर बनाइएका भौतिक संरचना आफैं सञ्चालन नगरेर व्यवसायीलाई लिजमा जिम्मा दिने प्रक्रिया अघि बढाउनुको पछाडि ‘स्वार्थ समूह’ कै योजना रहेको जानाकारहरु बताउँछन् । ‘विगतमा पनि भाडा र सामाजिक प्रतिष्ठान सञ्चालनको आवरणमा सरकारी/सार्वजनिक जग्गा तथा संरचना दोहन गरिएको र अहिले ती जग्गा र संरचना चाहेर पनि सरकारले नियन्त्रणमा ल्याउन नसक्ने विडम्बनापूर्ण अवस्था हुँदाहुँदै सरकारी खर्चमा बनेका संरचना निजि क्षेत्रलाई भाडामा दिँदा राज्यलाई यसले दीर्घकालीन हित नहुने जानकारहरुको राय रहेको छ।

यसअघि बालमन्दिर, नेपाल ट्रस्ट, नेपाल चिया विकास निगमको जग्गा व्यापारीलाई भाडा दिँदा राज्यलाई लाभ नभएको भन्दै पूर्वसचिव गोपीनाथ मैनालीले सरकारले ल्याएको अवधारणाले राज्यलाई फाइदा नपुग्ने तर सिमित निजि व्यक्तिको स्वार्थ मात्र पुरा हुने बताएका छन्।पछिल्लो प्रावधान महत्त्वपूर्ण संरचना सधैंका लागि व्यापारीलाई भाडा वा लिजको आवरणमा सुम्पिने योजनाकै लागि ल्याइएको एक सरकारी अधिकारी बताउँछन् ।

विगतमा पनि सरकारीजभौतिक संरचना व्यापारीको पोल्टामा छन् । स्वार्थकेन्द्रित समूहको दबाब–प्रभावमा सरकारले नै नक्सालस्थित बालमन्दिरको जग्गा बृहस्पति विद्यासदनलाई ८९ वर्षका लागि भाडामा दिएको प्रकरण अहिले पनि अनुसन्धानका क्रममा छ । त्यसमा राज्यलाई नोक्सान भएको भन्दै फिर्ताको प्रयास गर्दा उल्टै सरकारी संयन्त्रलाई नै प्रतिवादी बनाएर लिजमा लिने पक्ष मुद्दामा गएको छ ।

सरकारकै स्वार्थमा दिवंगत राजा वीरेन्द्र र उनको परिवारका नामबाट नेपाल ट्रस्टमा ल्याइएको जग्गा लिजकै आवरणमा यती होल्डिङ्सलगायतका निजी क्षेत्रलाई पोसिएको विषय सार्वजनिक भइसकेको छ । ट्रस्टको सम्पत्ति शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिने भनी नेपाल ट्रस्ट नियमावली, २०६५ को नियम ३ मा उल्लेख रहेकामा २०७६ असोजमा मन्त्रिपरिषद्ले संशोधन गरी ‘शैक्षिक, प्राज्ञिकबाहेक पर्यटकीय तथा व्यावसायिक तथा स्वास्थ्य’ भनी विस्तार गरेको थियो ।

इजरायल-प्यालेस्टाइन द्वन्द्व: तथ्य र विश्लेषण

इजरायल-प्यालेस्टाइन द्वन्द्व आधुनिक इतिहासको सबैभन्दा स्थायी र विवादास्पद विवादहरू मध्ये एक हो। धार्मिक, राजनीतिक र ऐतिहासिक जटिलताहरूमा जरा गाडेको यो द्वन्द्व एक शताब्दीभन्दा बढी समयदेखि मध्य पूर्वमा व्यापक क्षेत्रीय र अन्तर्राष्ट्रिय तनावको लागि एक फ्ल्यासपोइन्ट बनेको छ। समयसँगै व्यापक मध्य पूर्वी द्वन्द्वहरू विकसित र परिवर्तन भए पनि, इजरायल-प्यालेस्टाइन विवाद एक केन्द्रीय मुद्दा बनेको छ।

अक्टोबर ७, २०२३ देखि हालै इजरायलको गाजामा भएको युद्धमा कम्तिमा ४६००० प्यालेस्टिनीहरू मारिएका छन् र १०९,०६४ घाइते भएका छन्। त्यस दिन हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा कम्तिमा १,१३९ जना मारिएका थिए र २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो। युद्धविरामको मिति १९ जनवरी २०२५ तय भएलगत्तै दुवै पक्षले युद्धबिरामको पहिलो सम्झौता बमोजिम कैदीबन्दी रिहा समेत गरिसकेका छन् यधपी गाजामा युद्ध पूर्ण रूपमा समाप्त हुनेछ वा हुनेछैन भन्ने विषयमा भने अझै पनि शंका र प्रश्न उठाइएका छन्।
इजरायल-प्यालेस्टाइन द्वन्द्वको हालको चरणमा सबैभन्दा महत्त्वपूर्ण घटनाहरू मध्ये एक अन्तर्राष्ट्रिय फौजदारी अदालतको संलग्नता हो। अदालतले चलिरहेको द्वन्द्वको क्रममा इजरायल र हमास दुवैले गरेको कथित युद्ध अपराधहरूको अनुसन्धान गरिरहेको छ। विशेष गरी आम नागरिक हत्याको आरोपको सम्बन्धमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, साथै अन्य वरिष्ठ इजरायली सैन्य र राजनीतिक व्यक्तित्वहरूलाई पक्राउ वारेन्ट समेत जारि गरेको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानमा गाजामा इजरायलको हवाई आक्रमण र जमिन कारबाहीले ठूलो संख्यामा नागरिक हताहत भएको रिपोर्ट गरिएको छ। इजरायली सेनाको अनुसार उसको आक्रमण केवल हमास लडाकुहरू र पूर्वाधारलाई बेअसर गर्ने उद्देश्यले गरिएको र नागरिक क्षतिलाई कम गर्न कडा नियमहरू अप्नाइएको बताएपनि गाजामा भएको विनाशको मामिलामा अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूबाट इजरायलले गरेको आक्रमणको व्यापक आलोचना भएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले हमास विरुद्ध पनि नागरिक क्षेत्रहरूलाई अपरेशनको लागि आधारको रूपमा प्रयोग गरेकोमा निन्दा समेत गरेको छ।

इजरायलले अन्तर्राष्ट्रिय फौजदारी अदालतको क्षेत्राधिकारलाई राजनीतिक रूपमा प्रेरित र यसको विरुद्ध पक्षपाती रहेको समेत बताउंदै आएको छ । इजरायली सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानमा सहयोग नगर्ने र यसलाई “यहूदी राज्य विरुद्धको युद्ध” समेत भनेको छ।

द्वन्द्वको ऐतिहासिक सन्दर्भ

इजरायल-प्यालेस्टाइन द्वन्द्वको उत्पत्ति १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको सुरुवातमा भएको थियो, जब मध्य पूर्वमा यहूदी र अरब राष्ट्रवादी आन्दोलनहरू देखा पर्न थाले। प्रथम विश्वयुद्ध पछि ओटोमन साम्राज्यको पतन पछि, बेलायतले राष्ट्र संघको जनादेश अन्तर्गत प्यालेस्टाइनको नियन्त्रण लिएको थियो, जुन क्षेत्र पहिले नै अरब र यहूदी दुवैको घर थियो।

प्यालेस्टाइनमा यहूदी आप्रवासन बढ्दै जाँदा परिस्थिति झन् जटिल हुँदै गयो, जुन मुख्यतया जियोनिस्ट आन्दोलनद्वारा संचालित थियो, जसले आफ्नो ऐतिहासिक उत्पत्तिको भूमिमा यहूदीहरूको लागि राष्ट्रिय मातृभूमि स्थापना गर्न खोजेको थियो। यद्यपि, यो अरब जनसंख्याको आकांक्षासँग टकराव भयो, जसले एउटै भूमिमा स्वतन्त्रता र आत्मनिर्णय खोजेका थिए।

१९४७ मा, संयुक्त राष्ट्र संघले प्यालेस्टाइनलाई छुट्टाछुट्टै यहूदी र अरब राज्यहरूमा विभाजन गर्न विभाजन योजना प्रस्ताव गर्‍यो। यहूदी समुदायले योजना स्वीकार गरे पनि, अरब राज्यहरू र प्यालेस्टिनी नेताहरूले यसलाई अस्वीकार गरे, जसले गर्दा १९४८ को अरब-इजरायली युद्ध भयो। युद्ध पछि, इजरायलले आफ्नो स्वतन्त्रता घोषणा गर्‍यो, तर परिणामस्वरूप क्षेत्रीय परिवर्तनहरूले लाखौं प्यालेस्टिनीहरूलाई विस्थापित गर्‍यो, जसले गर्दा ठूलो शरणार्थी संकट सिर्जना भयो।

प्रमुख घटनाहरू

प्यालेस्टाइन र इजरायलबीच भएको युद्धको दशकौंको अवधिमा, हिंसा र शान्ति प्रयासहरूको धेरैप्रयास र विद्रोहहरू भएका छन्। जसमध्य केही प्रमुख घटनाहरू यहाँ समावेश छन्:

१९६७ को छ-दिने युद्ध: इजरायलले वेस्ट बैंक, गाजा पट्टी र पूर्वी जेरुसेलम कब्जा गर्‍यो, जुन क्षेत्रहरू प्यालेस्टिनीहरूले आफ्नो भविष्यको राज्यको लागि दाबी गर्छन्। यो घटनाले द्वन्द्वलाई धेरै तीव्र बनायो र यी क्षेत्रहरूको स्थितिमा जारी विवादहरू निम्त्यायो।

ओस्लो सम्झौता (१९९३-१९९५): इजरायल र प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) बीचको ऐतिहासिक सम्झौता जसको उद्देश्य दुई-राज्य निहित समाधान प्राप्त गर्नु थियो। यसले युद्धविरामको आशालाई रोक्दै हिंसा भड्काएको थियो ।

दोस्रो इन्तिफाडा (२०००-२००५): इजरायली कब्जा विरुद्ध प्यालेस्टिनीहरूले गरेको थप हिंसात्मक विद्रोह। द्वन्द्वको परिणामस्वरूप दुवै पक्षमा उल्लेखनीय हताहत भयो र युद्ध अडानहरू झनै कडा भए।

हालको युद्ध(२०२३ अक्टोबर ७ ): हमासले इजरायली भूमिमा आक्रमण गरेपछि यो युद्धको सुरुवात भएको हो यधपी यसअघि नै इजरायल र प्यालेस्टिनबीच स-साना युद्धहरु भइनै रहेको थियो। हालै इजरायलको गाजामा भएको युद्धमा कम्तिमा ४६००० प्यालेस्टिनीहरू मारिएका छन् र १०९,०६४ घाइते भएका छन्। त्यस दिन हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा कम्तिमा १,१३९ जना मारिएका थिए र २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो।

द्वन्द्वका प्रमुख खेलाडीहरू

इजरायल: १९४८ मा यहूदी राज्यको रूपमा स्थापित, इजरायलको प्राथमिक चिन्ता यहूदी मातृभूमिको रूपमा आफ्नो पहिचान कायम राख्दै यसको सुरक्षा सुनिश्चित गर्नु हो। इजरायली सरकार क्षेत्रीय रियायतहरूको वकालत गर्नेहरू र सबै भूमि सुरक्षित गर्नेहरूमा विश्वास गर्नेहरू बीच विभाजित छ।

प्यालेस्टिनीहरू: पश्चिम किनार, गाजा पट्टी र व्यापक डायस्पोरामा बस्नेहरू बीच विभाजित प्यालेस्टिनी जनसंख्याले आत्मनिर्णय र प्यालेस्टिनी राज्यको स्थापना खोज्छ। यद्यपि, नेतृत्व पश्चिम किनारमा शासन गर्ने पार्टी फताह र गाजालाई नियन्त्रण गर्ने र इजरायल र अरूहरूद्वारा आतंकवादी संगठन मानिने हमास बीच विभाजित छ।

अन्तर्राष्ट्रिय प्रभाव: संयुक्त राज्य अमेरिका परम्परागत रूपमा इजरायलको सबैभन्दा नजिकको सहयोगीहरू मध्ये एक रहेको छ, जबकि प्यालेस्टिनी र हमास लगायत धेरै अरब राष्ट्रहरू र संगठनहरूले प्यालेस्टिनी उद्देश्यलाई समर्थन गरेका छन्। समयसँगै, विश्वव्यापी शक्ति गतिशीलता र क्षेत्रीय गठबन्धनहरूमा परिवर्तनहरू (जस्तै, २०२० मा इजरायल र धेरै अरब राष्ट्रहरू बीचको अब्राहम सम्झौता) ले जटिलताका तहहरू थपेको छ।

अन्तर्निहित मुद्दाहरू

इजरायल-प्यालेस्टाइन द्वन्द्वको भित्रि तटमा धेरै मुख्य मुद्दाहरू छन्:

सीमा र क्षेत्र: प्राथमिक असहमति इजरायलको सिमाना र सम्भावित प्यालेस्टिनी राज्यमा केन्द्रित छ। पश्चिम किनार र गाजालाई समेट्ने १९६७ को सिमानालाई प्रायः वार्ताको आधारको रूपमा उल्लेख गरिन्छ, तर यी क्षेत्रहरूमा इजरायली बसोबास गतिविधिले परिस्थितिलाई जटिल बनाएको छ।

जेरुसेलम: इजरायल र प्यालेस्टाइन दुवैले जेरुसेलमलाई आफ्नो राजधानीको रूपमा दाबी गर्छन्। शहरको स्थिति सबैभन्दा संवेदनशील मुद्दाहरू मध्ये एक हो, किनकि यसले यहूदी, मुस्लिम र ईसाईहरूका लागि गहिरो धार्मिक महत्त्व राख्छ।

शरणार्थीहरू: १९४८ र त्यसपछिका द्वन्द्वहरूमा विस्थापित भएका लाखौं प्यालेस्टिनी शरणार्थीहरू मध्य पूर्वका शिविरहरूमा बस्छन्, जसमा जोर्डन, लेबनान र सिरियामा उल्लेखनीय संख्यामा छन्। तिनीहरूले आफ्नो घर फर्कने अधिकारको माग गर्छन्, जुन इजरायलले अस्वीकार गर्छ किनकि यसले राज्यको यहूदी चरित्रलाई कमजोर पार्नेछ भन्ने इजरायलको धारणा रहेको छ ।

सुरक्षा: विशेष गरी हमास र हिजबुल्लाह जस्ता लडाकू समूहहरूबाट भएको हिंसाको इतिहासलाई ध्यानमा राख्दै इजरायल मुख्यतया आफ्नो सुरक्षासँग चिन्तित छ । अर्कोतर्फ, प्यालेस्टिनीहरूले व्यापक विस्थापन, सैन्य कब्जा र आवागमनमा प्रतिबन्धहरूको सामना गरिरहेका छन्, जसलाई उनीहरूले दमनको निरन्तर रूपको रूपमा हेर्छन्।

हालसम्मको मानवीय प्रभाव

इजरायल पालेस्टिन द्वन्द्वले सो क्षेत्रमा गहिरो मानवीय पीडा निम्त्याएको छ। गाजामा, जहाँ हमासले शासन गर्छ, र पश्चिम किनारमा, प्यालेस्टिनीहरू कठिन परिस्थितिमा बाँचिरहेका छन्, त्यहाँ आधारभूत सेवाहरूमा सीमित पहुँच हुनु , उच्च बेरोजगारी दर, र स्वतन्त्र रूपमा हिँड्न असमर्थ हुनु एउटा गम्भीर समस्या बनेको छ । युद्धको दौरान धेरै नागरिकहरूले ज्यान गुमाएका छन् र यसले नागरिकहरुमा गहिरो प्रभाव पारेको छ । गाजामा इजरायलद्वारा गरिएको नाकाबन्दी, इजरायली बस्तीहरूको विस्तार, र आवधिक सैन्य अपरेशनहरूले मानवीय संकटलाई बढावा समेत दिएको छ ।

इजरायलले गाजाबाट रकेट आक्रमण जस्ता सुरक्षा चुनौतीहरूको सामना गरिरहेको बेला, आफ्नो सैन्य कार्यहरू र बस्ती नीतिहरूको बारेमा अन्तर्राष्ट्रिय आलोचनाको सामना पनि खेपिरहेको छ । गाजामा हवाई हमला र स्थल अपरेशनहरू सहित इजरायलको सैन्य आक्रमणले धेरै नागरिकहरुको हत्या भएको छ।

अन्तर्राष्ट्रिय दृष्टिकोण र शान्ति प्रयासहरू

इजरायल-प्यालेस्टिनी द्वन्द्व समाधान गर्ने प्रयासहरू दशकौंदेखि जारी छन्, धेरै शान्ति पहलहरूले दुई-राज्य समाधान खोज्ने प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्र संघका धेरै प्रस्तावहरू, अन्तर्राष्ट्रिय संस्थाहरूको हस्तक्षेप र प्रसिद्ध क्याम्प डेभिड सम्झौता (१९७८) र ओस्लो सम्झौताहरू सहित शान्ति वार्ताहरूको बावजुद, अन्तिम समाधानमा पुग्न सकेको छैन।

यी दुई देशबीचको युद्धलाई लिएर अन्तर्राष्ट्रिय समुदाय समेत विभाजित बनेको छ। धेरै पश्चिमी देशहरू, विशेष गरी संयुक्त राज्य अमेरिकाले शान्तिको वकालत गर्दै इजरायलको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गरेका छन्।अर्कोतर्फ, धेरैजसो अरब देश र धेरै मुस्लिम बहुल देशहरूले प्यालेस्टिनीहरूलाई समर्थन गर्दै आएका छन्। मध्य पूर्व पनि द्वन्द्वबाट प्रभावित छ, इरान जस्ता देशहरूले हमास र हिजबुल्लाह जस्ता समूहहरूलाई समर्थन प्रदान गर्दै आएका छन् , जबकि अन्य अरब राष्ट्रहरू इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने दिशामा बढ्दो रूपमा अघि बढेका छन्, जसको उदारण अब्राहम सम्झौताहरूमा देखिएको छ।

हालैका अवस्था र भविष्य

हालैका अवस्थाले क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न परिवर्तनको संकेत गरेको देखिन्छ ।मानवीय संकटलाई सम्बोधन गर्न र शान्ति प्रक्रियातर्फ अघि बढ्न दुवै देशलाई अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ। इजरायल र धेरै अरब राष्ट्रहरू बीचको सम्बन्धको सामान्यीकरणले कूटनीतिक परिदृश्यलाई परिवर्तन गरेको छ। यद्यपि, इजरायल र प्यालेस्टिनीहरू बीचको द्वन्द्व अझै पनि ठोस रुपमा समाधान हुन सकेको छैन।

हालको पहिलो चरणको शान्ति सम्झौताको मुख्य चुनौती भनेको इजरायलको सुरक्षा चिन्ता र प्यालेस्टिनी जनताको राजनीतिक आकांक्षा बीचको खाडललाई कम गर्नु हो, जबकि क्षेत्रीय भूराजनीतिलाई सुक्ष्म रुपमा विश्लेषण गर्ने हो भने यो अवस्था भोलिको दिनमा अझै गम्भीर रुपमा अगाडी बढ्ने देखिन्छ।

निष्कर्ष

इजरायल-प्यालेस्टाइन द्वन्द्व एक बहुआयामिक र गहिरो रूपमा जरा गाडेको विवाद हो जसको कुनै सरल समाधान छैन। दुई देशले गरिरहेको आ-आफ्नो भूमिको दावी, गहिरो जरा गाडेको राष्ट्रिय पहिचान, र धार्मिक र ऐतिहासिक विश्वाशहरूले वर्तमान शान्ति सम्झौतामा पनि महत्त्वपूर्ण अवरोधहरू सिर्जना गर्ने देखिन्छ । यद्यपि, अन्तर्राष्ट्रिय संलग्नता र कूटनीतितर्फको प्रयासहरूले दुई देशको भविष्यलाई आकार दिने प्रयास भने गरिनैरहेको देखिन्छ । स्थायी शान्ति आवश्यक र अकल्पनीय देखिन्छ तर , मध्य पूर्व र विश्वव्यापी स्थिरताको लागि पनि इजरायल र प्यालेस्टाइनबिचको सदिऔं लामो यो द्वन्दको अन्त्य हुनु जरुरि छ।

गाजामा बन्दी बनाइएकाहरूलाई रिहा गरेपछि ९० प्यालेस्टिनी कैदीहरू मुक्त

तटीय प्यालेस्टिनी एन्क्लेभको धेरैजसो भाग भग्नावशेषमा परिणत भएको १५ महिनाको युद्धपछि बहुप्रतिक्षित युद्धविराम लागू भएको छ र अहिले गाजा पट्टीभर खुशी मनाइएको छ।

आइतबार स्थानीय समय अनुसार बिहान ११:१५ बजे हमासले मध्यस्थकर्ताहरू मार्फत सम्झौताको एक भागको रूपमा रिहा गरिने तीन महिला बन्दीहरूको सूची इजरायललाई हस्तान्तरण गरेपछि युद्धविराम लागू भएको हो।

इजरायल र हमास बीचको लामो समयदेखि प्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरणको एक भागको रूपमा नब्बे प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ।

यसअघि, आइतबार, युद्धविराम सुरु भएको केही घण्टापछि हमासले गाजा शहरमा रेडक्रसको समन्वयमा तीन इजरायली बन्धकहरूलाई रिहा गरेको थियो।

इजरायली सेनाले घेराबन्दीमा परेको एन्क्लेभमा १५ महिना लामो बमबारी अन्त्य गरेपछि गाजा पट्टीमा प्यालेस्टिनीहरू आफ्नो घर फर्किरहेका छन्।

युद्धविरामको पहिलो चरणको रूपमा, गाजामा हरेक दिन प्रवेश गर्ने प्रतिज्ञा गरिएको ६०० सहायता ट्रकहरू मध्ये पहिलो सहायता पनि पुर्याइएको छ।
अक्टोबर ७, २०२३ देखि गाजा इजरायलको युद्धमा कम्तिमा ४६,९१३ प्यालेस्टिनीहरू मारिएका छन् र ११०,७५० घाइते भएका छन्। त्यस दिन हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा कम्तिमा १,१३९ जना मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।

ट्रम्पको प्रतिबद्धतापछि अमेरिकामा टिकटक पुन: सुरु

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गर्दा टिकटक एपलाई सुचारु गर्न कार्यकारी आदेश जारी गर्ने बताएपछि टिकटकले अमेरिकामा आफ्नो प्लेटफर्म पुनः सुरु गरेको छ।

राष्ट्रिय सुरक्षाको आधारमा प्रतिबन्ध लगाउने कानून लागू भएपछि शनिबार साँझ चिनियाँ स्वामित्वमा रहेको एपले अमेरिकी प्रयोगकर्ताहरूको लागि काम गर्न बन्द गर्यो।

पहिले प्लेटफर्मको प्रतिबन्धलाई समर्थन गरेका ट्रम्पले आइतबार कानूनको कार्यान्वयनमा ढिलाइ गर्ने र सम्झौताको लागि थप समय दिने वाचा गर्दै टिकटकले “सेवा पुनर्स्थापित गर्ने” प्रक्रियामा रहेको बताएका छन् ।

त्यसको लगत्तै, एपले फेरि काम गर्न थाल्यो र यसका लाखौं प्रयोगकर्ताहरूलाई पपअप सन्देश पठाएर ट्रम्पको नाम लिएर धन्यवाद दियो। एक विज्ञप्तिमा, कम्पनीले आगामी राष्ट्रपतिलाई “आवश्यक स्पष्टता र आश्वासन प्रदान गरेकोमा” धन्यवाद दिंदै र “संयुक्त राज्य अमेरिकामा टिकटकलाई कायम राख्ने दीर्घकालीन समाधानमा” ट्रम्पसँग काम गर्ने बताएको छ।

टिकटकका सीईओ शाउ च्यु सोमबार ट्रम्पको पदभार ग्रहण समारोहमा समेत उपस्थित हुने अपेक्षा गरिएको छ।

सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब पुग्यो

काठमाडौँ- सार्वजनिक ऋणको आकार बढ्दै जाँदा ऋण सेवामा हुने खर्चसमेत बढ्दै गएको छ । तर, ऋण र ऋण सेवामा भएको खर्च वृद्धिको तुलनामा पुँजीगत खर्चको अवस्था भने कमजोर देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामा सरकारको ऋण सेवा खर्च पुँजीगत खर्चको तुलनामा तीन गुणा बढी भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको पुस मसान्तसम्ममा सरकारले ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । जबकि, सोही अवधिमा ऋण सेवामा भने एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ ।

सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत खर्चभन्दा ऋण सेवाका लागि ५० अर्ब ५० करोड रुपैयाँले बढी बजेट विनियोजन गरेको छ । सरकारले चालू आवमा तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । जबकि, ऋण सेवाका लागि चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो ।

पुस मसान्तसम्म सरकारले लक्ष्यको ४५.२८ प्रतिशत अर्थात् एक खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ ऋण सेवामा खर्च गरिसकेको छ । अब ऋण सेवाअन्तर्गत दुई खर्ब २० अर्ब ४५ करोड खर्च हुन बाँकी छ । यस अवधिमा सरकारले साँवा फिर्तातर्फ एक खर्ब ४९ अर्ब ६७ करोड र ब्याज भुक्तानीतर्फ ३२ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ ।

सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब २७ अर्ब २४ करोड रुपैयाँ साँवा फिर्ता र २७ अर्ब ९५ करोड ब्याज भुक्तानी गरेको छ । त्यस्तै, बाह्य ऋणतर्फ २२ अर्ब ४२ करोड साँवा फिर्ता र चार अर्ब ७७ करोड ब्याज भुक्तानी गरेको हो । ऋण सेवामा खर्च भएको रकम कुल गार्हस्थ्य उत्पादनको तुलनामा ३.२० प्रतिशतबराबर हो ।

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण सवा २५ खर्ब रुपैयाँबराबर पुगेको छ । चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँबराबर रहेको थियो । पुस मसान्तसम्ममा एक खर्ब दुई अर्ब तीन करोड वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको कार्यालयको तथ्यांक छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४४.४६ प्रतिशतबराबर हो । यस आर्थिक वर्षको पुस मसान्तसम्मा विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दात्यिव वृद्धिमा प्रभाव परेको छ ।

चालू आर्थिक वर्षमा कुल पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको थियो । पुस मसान्तसम्म दुई खर्ब ४० अर्ब आठ करोड प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा ४३.८९ प्रतिशत रहेको छ । यस वर्ष तीन खर्ब ३० अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य लिइएकोमा पुस मसान्तसम्ममा ५४.८६ प्रतिशत अर्थात् एक खर्ब ८१ अर्ब पाँच करोड उठाइएको छ ।

त्यस्तै, दुई खर्ब १७ अर्ब बाह्य ऋण परिचालनको लक्ष्य लिइएकोमा २७.२० प्रतिशत अर्थात् ५९ अर्ब तीन करोड उठाएको छ । वार्षिक लक्ष्यअनुसार सरकारले बाँकी ६ महिनामा एक खर्ब ४८ अर्ब ९४ करोड आन्तरिक र एक खर्ब ५७ अर्ब ९६ करोड बाह्य गरी कुल तीन खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्न सक्नेछ  ।

माघ १८ मा संसद अधिवेशन बोलाउने तयारी

काठमाडौं – संघीय संसदको अधिवेशन यही माघ १८ गतेबाट बोलाउनेबारे छलफल थालिएको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।

‘अब बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ वा यसअघिको मन्त्रिपरिषदमा भएको छलफलका आधारमा समेत निर्णय भएर राष्ट्रपतिकहाँ सिफारिस जान सक्छ’ सत्तारुढ दलका एक नेताले भने ।

संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गरिरहेका छन् ।

एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ । संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय परिचयपत्रको डेटा सुरक्षामा प्रश्न

काठमाडौँ — विभिन्न सेवाका लागि अनिवार्य गर्दै लगिएको राष्ट्रिय परिचयपत्रका विवरणको सुरक्षालाई लिएर सांसदहरूले आशंका प्रकट गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र प्रणालीको ढिलासुस्ती, सुरक्षाका चुनौती र व्यवस्थापनका कमजोरीप्रति गम्भीर चासो व्यक्त गरे ।

परिचयपत्रका लागि सरकारले संकलन गर्दै आएको करोडौं नागरिकका बायोमेट्रिक र अन्य विवरणमा क–कसको पहुँच छ, ह्याकिङ भए के गर्ने, सुरक्षा प्रबन्ध कस्तो छ भन्नेमा सांसदले सरकारलाई प्रश्न सोधेका थिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले विभागमा सूचना प्रविधि क्षेत्रका इन्जिनियरजस्ता दक्ष जनशक्ति टिकाउन मुस्किल भइरहेको बताएपछि डेटा सुरक्षालाई लिएर सांसदहरू अझै सशंकित बनेका थिए ।

नागरिकका सारा विवरण जम्मा गर्ने विभागमै दक्ष जनशक्ति र स्रोतसाधनको अभाव हुनु राम्रो नभएको र १५ दरबन्दीमध्ये १० जना इन्जिनियरले जागिर छोड्ने, ५ जनाले मात्रै काम गर्ने अवस्था हो भने हामीले कसरी ढुक्क भएर विवरण दिने, ‘हाम्रा सारा विवरण लगेर परिचयपत्रमा राख्ने गरिएको छ, यसमै स्रोतसाधन पर्याप्त छैन भन्ने सुनियो । यस्तो संवेदनशील र उच्च प्राथमिकताको प्रविधिमा राज्यको ध्यान जानुपर्छ भंडिया सांसदहरुले आफ्नो राय राखेका छन्।

सरकारले सन् २०१७ मा फ्रान्सको कम्पनीमार्फत राष्ट्रिय परिचयपत्रको प्रणाली निर्माण गरेको र यसमा हालसम्म ७ अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख गर्दै नागरिकको व्यक्तिगत डेटा सुरक्षाको जिम्मा कसले लिइरहेको छ भन्ने प्रश्न समेत उठेको छ । ‘देशको डेटा देशबाहिर जानु भएन, सबै विवरण एक ठाउँमा राख्दा यदि ह्याक भयो भने देशको अवस्था के होला ?’ नयाँ टेन्डर प्रक्रियामा जाँदा डेटा सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध हुनुपर्छ भन्ने सांसदहरुको भनाइ रहेको छ।

यस्ता संवेदनशील प्रणाली स्थापना र सञ्चालनका लागि विदेशी कम्पनीलाई ठेक्का दिँदा डेटा सुरक्षित हुनेमा आशंका व्यक्त गर्दै विदेशी कम्पनीलाई ठेक्का दिएको भए डेटा सुरक्षित छ भन्ने मान्न नसकिने उनीहरुले बताएका छन्।

परिचयपत्रका लागि फारम भर्ने प्रक्रियादेखि असक्त र अपांगता भएका व्यक्तिहरूले भोग्ने असुविधाजस्ता व्यावहारिक पक्षमा समेत सरकारको ध्यान जानुपर्ने र परिचयपत्रका लागि फारम भरेको दुई वर्ष भइसक्दा कार्ड पाउन मुश्किल भएको भन्दै दुर्गम क्षेत्रका नागरिकले कार्डका कारण कठिनाइ भोग्नुपरेको समेत उनीहरुले बताएका छन्।

यता गृहमन्त्री रमेश लेखकले भने जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र राष्ट्रिय परिचयपत्रका लागि संकलित महत्त्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित रहेको र दुरुपयोग नहुनेमा ढुक्क हुनआग्रह गरेका छन्।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको र हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको र ५५ लाख वटा कार्ड विभिन्न जिल्लामा पठाइएको विभागले जनाएको छ।

पूर्वमन्त्री सुवेदीसहित एमालेका दुई नेतालाई कारबाही सिफारिस

धनगढी – नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।

भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको बताए ।

एमाले कैलालीले पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बाबुछोरा हुन् । उनीहरु एमालेमा भीम रावल निकट मानिंदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध शुक्रबार धनगढी विमानस्थलमा भीम रावल समर्थकले नाराबाजी समेत गरेका थिए ।

हमासले बन्दीहरूको सूची नदिएसम्म गाजा युद्धविराम सुरु हुँदैन:नेतान्याहू

इजरायली प्रधानमन्त्री नेतान्याहूले इजरायली सेनालाई गाजामा युद्धविराम सुरु नगर्न आदेश दिएका छन्। हमासले रिहा गरिने बन्दीहरूको नाम जारी नगरेसम्म युद्धविराम सुरु नहुने उनले बताएका छन्।

आफ्ना सेनालाई निर्देशन दिंदै युद्धविराम लागू हुने समयसम्म हमासले प्रतिबद्धता गरेको रिहा गरिएका अपहरणकारीहरूको सूची नपाएसम्म युद्धविराम नगर्न प्रधानमन्त्री कार्यालयले आदेश जारि गरेको हो।

त्यसको केही समय पछि एक विज्ञप्तिमा, हमासले “प्राविधिक कारणहरू” देखाएर उक्त नाम हस्तान्तरण गर्न ढिलाइ भएको बताएको छ। साथै आफुहरु गत हप्ता घोषणा गरिएको युद्धविराम सम्झौता प्रति प्रतिबद्ध रहेको समेत बताएको छ।

अमेरिकामा टिकटक एपमा प्रतिबन्ध

अमेरिकामा टिकटक एपमा प्रतिबन्ध लगाउँदै अमेरिकी सरकारले टिकटक सञ्चालनमा रोक लगाएको छ।

“अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ। दुर्भाग्यवश, यसको अर्थ तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न,” सूचनामा उल्लेख छ। एप स्टोरमा खोज परिणामहरूमा पनि यो सेवा प्रदर्शित गरिएको छैन।

टिकटक छोटो भिडियो सिर्जना र हेर्ने सेवाले आफ्ना अमेरिकी प्रयोगकर्ताहरूलाई सूचना पठाएको छ कि अमेरिकी अधिकारीहरूको प्रतिबन्धका कारण प्लेटफर्मले त्यो देशमा आफ्नो सञ्चालन निलम्बन गरेको छ।

अमेरिकामा उक्त एप डाउनलोड गर्न खोज्दा चेतावनी मेसेज समेत देखा पर्दछ। टिकटकले आफ्ना प्रयोगकर्ताहरुलाई पठाएको अन्तिम मेसेजमा लेखिएको छ, “हामीलाई खेद छ कि टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानून जनवरी १९ मा लागू हुनेछ र हामीलाई हाम्रा सेवाहरू अस्थायी रूपमा बन्द गराउन बाध्य पार्नेछ” । “हामी अमेरिकामा हाम्रा सेवाहरू सकेसम्म चाँडो पुनर्स्थापित गर्न काम गरिरहेका छौं र हामी तपाईंको समर्थनको कदर गर्छौं” ।

राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चबाट बदर

काठमाडौँ- सर्वोच्च अदालतले लगानी सहजीकरणका नाममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा गरिएको संशोधन बदर गरिदिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले यो निर्णय गरेको हो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले पहिलो सुनुवाइमै गत साउन ३० गते उक्त संशोधित कानुन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो।

संघीय संसद्का दुवै सदनबाट पारित भएपछि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असार २४ गते प्रमाणीकरण गरेका थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ संशोधन गरेर जैविक विविधता र संरक्षणविरोधी प्रावधान राखिएको भन्दै उक्त प्रावधान बदर तथा अमान्य घोषणा गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको थियो।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ताहरू दिलराज खनाल र पदमबहादुर श्रेष्ठ लगायतले दायर गरेको रिटमा राष्ट्रिय निकुञ्ज ऐनको दफा ५ ‘क’ मा थपिएको ‘नेपाल सरकारले आवश्यक ठानेमा राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्रको कुनै क्षेत्रलाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अति संवेदनशील क्षेत्र भनी तोक्न सक्नेछ’ भन्ने प्रावधान खारेज हुनुपर्ने माग गरिएको थियो।

यस्तो व्यवस्थाले नेपालको संविधान, संयुक्त राष्ट्र संघीय जैविक विविधता महासन्धि, १९९२, विश्व सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण महासन्धि, १९७२ र पन्छी एवम् जलचर वासस्थानका लागि अन्तर्राष्ट्रिय महत्त्वका सिमसार क्षेत्रसम्बन्धी महासन्धि, १९७१ को उल्लंघन भएको रिटमा उल्लेख थियो।

यसले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रलाई खण्डित गर्ने गरी कानुन ल्याउँदा जीवजन्तुको वासस्थान टुक्रिने र जैविक विधितामा ह्रास आउने रिट निवेदकहरूको तर्क थियो।

प्रत्यक्ष सरोकारवाला निकाय वन तथा वातावरण मन्त्रालयबाट नल्याई सरोकारै नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट यो विषय अघि बढाइएका कारण पनि संशोधित प्रावधान कायम राख्न नमिल्ने जिकिर रिटमा गरिएको थियो।

गत जेठ २८ मा प्रतिनिधि सभामा दर्ता भएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ दुवै सदनबाट पारित भएर असार २४ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यतिखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए।

पछिल्ला दशकमा केही नेपाल ऐन संशोधन विधेयकका नाममा सरोकारवाला निकायलाई उपेक्षा गरी एकमुष्ट कानुन संशोधन गर्ने प्रवृत्ति बढेको छ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ- सरकारले सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै लैजाने निर्णय गरेको छ। गत आइतबार राष्ट्रपतिद्वारा जारी अध्यादेशमा यो विषय पनि समावेश छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सार्वजनिक गरेको अध्यादेशका मुख्य विषयमा सामाजिक सुरक्षा भत्तामा भएको रकमको दुरुपयोग रोक्न राष्ट्रिय परिचयपत्र क्रमशः अनिवार्य गर्दै जाने व्यवस्था गरिएको’ उल्लेख छ। यद्यपि, अध्यादेशको पूर्णपाठ भने अझै सार्वजनिक गरिएको छैन।

यसअघि केही जिल्लामा गत साउनदेखि नै सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र अनिवार्य गरिएकोमा अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको थियो। त्यसविरुद्ध सरकारले भ्याकेट दर्ता गरेकोमा त्यसमा सुनुवाइ हुन सकेको छैन।

परिचयपत्र अनिवार्य गर्न थालेपछि सामाजिक सुरक्षा भत्ताको चार अर्बभन्दा धेरै बचत भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। सोही कारण यसलाई अनिवार्य गर्दै लैजाने सरकारको तयारी छ। तर, यसले वृद्धवृद्धालाई दुःख हुने भन्दै आलोचना हुँदै आएका छ।

वृद्धवृद्धाको हकमा लाइन बस्न नपर्ने गरी केही मिनेटमै बायोमेट्रिक विवरण लिएर परिचयपत्र नम्बर दिने गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले बताए। उनका अनुसार हालसम्म एक करोड ६९ लाख नागरिकले परिचयपत्र नम्बर लिइसकेका छन्। अन्य सार्वजनिक सेवामा परिचयपत्र अनिवार्य गर्दै लैजाने सरकारको तयारी छ। राष्ट्रिय परिचयपत्र प्रणालीमा हालसम्म करिब सात अर्ब खर्च भइसकेको छ।

तीन करोडसम्मको राजस्व चुहावट कसुरमा मुद्दा नचलाइने

काठमाडौँ — अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो र त्यसअनुसारको जरिवाना तिर्न राजी भए मुद्दा खेप्नु नपर्ने भएको छ । विद्यमान ऐनमा ५० लाखसम्म बिगो तथा जरिवाना असुल्नुपर्ने कसुरमा मात्र मुद्दा नचल्ने व्यवस्था थियो ।

राजस्व चुहावट नियन्त्रण तथा रोकथामसम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरेर ल्याइएको नयाँ व्यवस्थाले बिगो तथा जरिवानाको रकम तत्कालै सरकारी कोषमा दाखिला हुने भएको छ । अब व्यवसायीले पनि तीन करोडसम्मको बिगो र जरिवानाको कसुरमा मुद्दा खेप्न नपर्ने भएको हो ।

व्यापारिक फर्म वा व्यक्तिले कसुरअनुसारको राजस्व बुझाए मुद्दाको सामना गर्नु नपर्ने भएको राजस्व विभागका अधिकारी बताउँछन् । तर बदनियतपूर्वक राजस्व छली नै गरेको अवस्थामा भने जतिसुकै कम रकम भए पनि राजस्व छलीमा मुद्दा नै दर्ता गरिनेछ ।

नियत नराखी भएको राजस्व छलीको घटनामा अब राजस्व अनुसन्धान विभागले तीन करोडभन्दा बढी असुल्नुपर्ने मुद्दा मात्र उच्च अदालतमा लैजानेछ । विभागले अदालतमा दर्ता गरेका राजस्व चुहावटसम्बन्धी अधिकांश मुद्दामा सरकार असफल हुने र राजस्व प्राप्त गर्न अनेक झन्झट बेहोर्दै वर्षौं कुर्नुपर्ने विगतको अनुभवका आधारमा ऐनमा संशोधन जरुरी भएको सरकारी उच्च अधिकारीहरूले बताए ।

मुद्दा दर्ताका लागि दायरा बढाउन अर्थका अधिकारी र व्यवसायीले पटक–पटक अनुरोध गर्दै आएका थिए । यसअघि पनि दायर बढाएर ५ करोड पुर्‍याउनुपर्ने प्रस्ताव तयार गरेर ‘पेन्डिङ’ मा रहेको उक्त प्रावधान अहिले अध्यादेशमार्फत ३ करोडमा राखेर ऐनका रूपमा आएको हो ।

राजस्व चुहावट नियन्त्रण तथा रोकथाम ऐन, २०५२ लाई परिमार्जन गरेर यसअघि राजस्व अनुसन्धान विभागलाई ५० लाखसम्मको राजस्व चुहावटको कसुरमा मात्र मुद्दा नचलाउने अधिकार दिइएको थियो । मन्त्रिपरिषद्को २०७४ फागुन ११ को बैठकले सरकारको कार्यविभाजन नियमावली परिमार्जन गरेर राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत लगिएको थियो । यसअघि विभाग अर्थ मन्त्रालयअन्तर्गत थियो ।

विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर ५० लाखभन्दा बढी बिगो तथा जरिवानामा राजस्व चुहावटको मुद्दा चलाउने अधिकार दिइएको थियो । तर यसरी चलाइएका मुद्दा धेरैजसो असफल भएपछि राजस्व संकलनमा झन् नकारात्मक प्रभाव परेको अनुभवका आधारमा अध्यादेशमार्फत ५० लाखको सीमा बढाएर तीन करोड पुर्‍याइएको अर्थका अधिकारी बताउँछन् । संशोधित ऐनअनुसार राजस्व विभागले हाल अनुसन्धान गरिरहेको राजस्व छलीका घटना पनि तीन करोडसम्मको भएमा मुद्दा दर्ता हुने छैन ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार न्यून रकममै पनि व्यवसायविरुद्ध मुद्दा चलाएर हीनताबोध गराएको भन्दै राजस्व प्रशासनकै कर्मचारीले परिवर्तनको माग गर्दै आएका थिए । ‘फाइनान्सियल क्राइम’ को बदला मुद्दा र जरिवानाभन्दा पनि पैसा नै तिराउनु उचित हुने सुझाव लामो समयदेखि सरकारलाई दिँदै आएको अनुसन्धान विभागका एक पूर्वमहानिर्देशकले बताए । ‘व्यवसायीको माग पनि यही थियो,’ उनले भने ।

अध्यादेशमा गरिएको संशोधनअनुसार डेढ करोड बिगो र त्यसअनुसार हुन आउने शतप्रतिशत जरिवानासमेत तीन करोडसम्मको राजस्व चुहावट यकिन भए मुद्दा चल्न नसक्ने प्रावधान राखिएको छ । ऐनअनुसार उक्त रकम चुहावट गर्ने निकाय वा व्यक्तिबाट नगद नै असुल्न सक्ने अधिकार दिइएको छ । संशोधित ऐनमा भनिएको छ, ‘जानाजान वा बदनियतपूर्वक राजस्व छल्ने नियतले कुनै कार्य गरेमा बाहेक अन्य तीन करोडभन्दा कम मूल्यको बिगोमा अन्य कर विभागलाई कर असुली गर्न लेखी पठाउने ।’

ऐनमा सम्बन्धित व्यक्तिले बिगो वा जरिवाना रकम भुक्तानी गरे विभागले मुद्दा नचल्ने निर्णय गर्न सक्ने प्रावधान राखिएको छ । उक्त ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले तत्कालै लागू हुनेछ । विद्यमान ऐनमा कुनै पनि मालवस्तु जाँच वा राजस्व छलीका घटनाको अनुसन्धानका आधारमा तिर्नुपर्ने रकम नतिरेको देखिएको अवस्थामा हुन आउने रकम र शतप्रतिशत जरिवाना जोडेर बिगो तथा बिगोअनुसारको जरिवाना यकिन गरिँदै आएको छ ।

ऐनमा नियत राखेर राजस्व छली नै गरेको अवस्थामा भने जतिसुकै कम रकम भए पनि राजस्व छलीमा मुद्दा नै दर्ता गरिनेछ । बिगो र बिगोअनुसारको जरिवाना तिर्न अस्वीकार गरे राजस्व छलीको आरोप लागेका त्यस्ता व्यक्ति, व्यापारिक वा कुनै पनि निकाय विभागको निर्णयविरुद्ध आफैं मुद्दामा जान सक्नेछन् ।

के छ भूमिसम्बन्धी अध्यादेशमा ?

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

अध्यादेशमा के छ?

सरकारले भूमिसम्बन्धी अध्यादेशमा हालको घरजग्गा व्यवसाय गर्न हदबन्दीमा छुट दिइएको तर हदबन्दी बढीको जग्गा बिक्री गर्न रोक लगाउने कानुनमा परिवर्तन गरी घरजग्गा व्यवसायीले हदबन्दीभन्दा बढीको जग्गा सम्बन्धित निकायबाट स्वीकृति लिई तोकिएको अवधिभित्र विकसित घरघडेरी बिक्री गर्न पाउने र सार्वजनिक प्रयोजनको लागि छुट्याइएको जग्गालाई धितो बन्धक राख, बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ।

त्यस्तै सुरु नापी हुँदाका बखत गौचर, हाट, घाट, बजार वा वन क्षेत्र या बुट्यानले ढाकिएको भनिएको तर त्यस्तो जग्गामा घर टहरा बनाई लामो समयदेखि बसोबास गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई तोकिएको दस्तुर लिई जग्गाको स्वामित्व उपलब्ध गराउने व्यवस्था गरिएको छ।

पेट्रोल, डिजेल र मटीतेलको मूल्य वृद्धि

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ ।

यसैगरी प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अनुसार १५२ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ र तेस्रो वर्ग अनुसार १५३ रुपैयाँ पर्ने डिजेल र मट्टीतेलको मूल्य १५६ रुपैयाँ पर्नेछ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने दोस् वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई राखेको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।

ओलीको आलोचना गर्नेमाथी कारवाहीको लर्को

काठमाडौँ- नेकपा एमाले नेता ओली र पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा कोसी प्रदेश सभाका पूर्वसांसद एवं एमाले नेता विमल कार्कीलाई पनि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।

पुस २७ र २८ मा विराटनगरमा बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि पार्टीका जिम्मेवारीबाट मुक्त गरेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।कार्कीसहित अरू दुई जनालाई अभिव्यक्तिकै विषयलाई लिएर स्पष्टीकरण सोधिएको समेत खतिवडाले बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जाल फेसबुकमा टीकाटिप्पणी गरेकै भरमा पार्टीले उनलाई स्पष्टीकरण सोधेको र कारवाही गरेको बताइएको छ।

‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्तिहरू आइरहेको छ। त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने,’ अध्यक्ष खतिवडाले कार्कीलाई सोधेका थिए।

कार्की वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका एमालेका सक्रिय नेता हुन्।
उनी २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए।

यसअघि एमाले केन्द्रिय कमिटीले भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई स्पष्टीकरण सोधेर कारवाही गरेको थियो।

सोहि विषयमा बोल्दै नेता भीम रावलले कोसी प्रदेशका पूर्वसांसद विमल कार्कीलाई पार्टीले गरेको कारबाही प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गुटको तानाशाही चरित्रको अर्को परिणाम भएको टिप्पणी गरेका छन्।

कम्युनिष्ट पार्टीका नेताले नै कम्युनिष्ट सिध्याइदिए: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन्।

मंगलवार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा नेता नेपालले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरू आएको बताए।

उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाएपनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको उल्लेख गरे। नेपालले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए।

नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरेपनि राम्रो काम गर्न नसकेको उनको आरोप थियो। उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युनिष्ट पार्टीलाई सिध्याएको इतिहास रहेको बताए।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरु पनि छन्। निमुखाको आवाज बोक्ने पनि छन्। अहिलेको राजनीतिमा धेरै विकृति विसंगतिहरु आएका छन्। मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे छन्। तर जनता सन्तुष्ट हुन सकेका छैनन्। कम्युनिष्ट भएर मात्रै पनि हुँदैन। कम्युनिष्ट पार्टीका नेताहरूले नै कम्युनिष्ट पार्टीलाई सिध्याइदिएका छन्।’

अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे। उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे।

उनले कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताए। उनले कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउन आवश्यक रहेको बताए।

उनले भने,‘ ‘कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्नु हुँदैन। कम्युनिष्टको नाम र मर्यादा राख्नुपर्छ। त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नुपर्छ। एक पटक कीर्तिमान कायम गरेर हुँदैन। विगतमा खेलेका भूमिकाको प्रशंसा गर्नुपर्छ।’

उनले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनको लागि काम गर्ने भावना सम्प्रेषण गरी युवाहरूलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदहरूको सपना पूरा हुने उल्लेख गरे। रासस

नेपाल–भारत ऊर्जा बैठकमा क्रसबोर्डर प्रसारण लाइन निर्माण ‘मोडालिटी’ टुंग्याइने

काठमाडौं । एक वर्षदेखि बस्न नसकेको ऊर्जासम्बन्धी नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेटीटी) र संयुक्त कार्यदल (जेडब्लूजी) बैठक आगामी २१ र २२ जनवरी (८ र ९ माघ) मा भारत नयाँदिल्लीमा बस्ने भएको छ ।

यसअघि गत वर्ष २ जनवरीमा जेडब्लूजी बैठक भएको थियो भने सचिवको नेतृत्वमा हुने संयुक्त निर्देशक समिति (जेएससी) बैठक ३ जनवरी २०२४ मा भएको थियो ।

नेपाल भारतबीच यी संयन्त्रको बैठक हरेक ६ महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि मात्रै बस्न लागेको हो ।

अहिले बस्ने बैठकमा मूलतः नेपाल र भारतबीच निर्माण हुन लागेका दुई हाइभोल्टेज प्रसारण लाइन निर्माण तथा लगानी प्रारूप टुंगो लगाउने विषयमा छलफल हुने ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

गत वर्ष २१ पुसमा चितवनमा बसेको नेपाल र भारतका ऊर्जा सचिव स्तरीय निर्देशक समितिमा दुई देशबीचको तेस्रो ठूलो इनरुवा–पूर्णिया ४०० किलोभोल्ट अन्तरदेशीय प्रसारण लाइन सन् २०२७/२८ मा सम्पन्न गर्ने सहमति भएको थियो ।

त्यस्तै सोही क्षमताको अर्को अन्तरदेशीय प्रसारण लाइन लम्की (दोदोधरा)–बरेली प्रसारण लाइन २०२८/२९ मा सम्पन्न गर्ने सहमति पनि भएको थियो । तर, त्यस बैठकमा यी दुई प्रसारण लाइन निर्माण प्रारूप र लगानी प्रारूपका विषयमा भने सहमति हुन सकेको थिएन ।

बैठकमा नेपालले यी दुई प्रसारण लाइन पनि बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनकै मोडालिटीमा निर्माण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रसारण लाइनको नेपालतर्फको भाग नेपाल आफैंले निर्माण गरिरहेको छ भने भारततर्फको भाग नेपाल विद्युत् प्राधिकरण र भारतको प्रसारण ग्रिड कम्पनीको आधा–आधा सेयर स्वामित्व भएको कम्पनीले निर्माण गरिरहेको छ ।

यो प्रसारणलाइन प्रयोग र भाडा (ह्विलिङ चार्ज) भने सम्पूर्ण रूपमा विद्युत् प्राधिकरणले नै तिर्ने गरी २५ वर्षको कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता (आईटीएसए) भएको छ ।

नेपालले यस्तो प्रस्ताव गरे पनि त्यसमा भारत सहमत भएको थिएन । भारतले भने भारतपट्टिको खण्ड भारतले नै बनाउने र नेपालपट्टिको भाग नेपालले बनाउने मोडालिटी प्रस्ताव गरेको थियो ।

नेपालले प्रस्ताव गरेको मोडेलमा प्रसारण लाइन नबनाउने हो भने प्रसारण लाइनमा जति विद्युत् प्रवाह हुन्छ, त्यही मात्रामा मात्रै ह्विलिङ चार्ज प्राधिकरणले तिर्ने, २५ वर्षका लागि सम्पूर्ण खर्च बेहोर्ने गरी बुक गर्न नसक्ने जानकारी गराएको थियो ।

नयाँदिल्लीमा २२ तारिखमा हुने यो समिति बैठकमा यो मोडालिटी टुंग्याउने विषयमा केन्द्रित हुनेछ ।

त्यसअघि २१ तारिखमा भारतमै हुने संयुक्त प्राविधिक समिति बैठकमा भने नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत विद्युत् आयात निर्यात परिमाण बढाउने विषय, भारतीय कम्पनी एसजेभीएनले निर्माण गरिरहेको ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइन मार्फत आदान प्रदान गर्न सकिने विद्युत् विषय, टनकपुर–महेन्द्रनगर १३२ केभी लाइनबाट विद्युत् आयात निर्यात विषय लगायतमा छलफल हुनेछ ।

भारतको प्रस्तावलाई नेपालले नमान्ने भएपछि नेपालद्वारा प्रस्तावित मोडालिटीमा केही संशोधन सहित जान सकिने भारतीय पक्षले बताएको छ ।

भारतले पछिल्लो समय गरेको प्रस्ताव अनुसार क्रसबोर्डर प्रसारण लाइन निर्माणका लागि दुवै देशमा कम्पनी स्थापना हुनेछन् । भारतमा स्थापित कम्पनीमा भारतीय पावर ग्रिड कर्पोरेसनको ५१ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत सेयर हुनेछ, जसले भारतीय खण्डको लाइन निर्माण गर्ने छ ।

त्यस्तै नेपालमा स्थापित कम्पनीले नेपालतर्फको भाग प्रसारण लाइन निर्माण गर्ने छ, जसमा ५१ प्रतिशत सेयर स्वामित्व विद्युत् प्राधिकरणको हुनेछ भने ४९ प्रतिशत हिस्सा भारतीय कर्पोरेसनको हुनेछ ।

‘बराबरी सेयर हिस्सा भएको कम्पनीमा कहिलेकाहीँ निर्णय गर्न गाह्रो हुने भएकाले भारतीयले गरेको ५१–४९ को प्रस्तावलाई नेपालले पनि सकारात्मक रूपमा लिएको छ,’ ऊर्जा स्रोतले भन्यो, ‘त्यसो हुँदा यसको मोडालिटी टुंगिने सम्भावना छ ।’

दुवैतर्फ स्थापना हुने कम्पनीमा २० प्रतिशत इक्विटी रहने तथा ८० प्रतिशत ऋण दिने गरी समझदारी बन्ने सम्भावना रहेको पनि स्रोतले बतायो ।

‘ऋण लिँदा पनि सहुलियतपूर्ण ऋणलाई प्राथमिकता दिने र त्यो प्राप्त नभए मात्रै व्यावसायिक ऋणतर्फ जाने एक समझदारी छ,’ उनले भने ।

हाल नेपाल र भारतबीच ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन मात्रै सञ्चालनमा छ, जसमार्फत नेपालले ६ सय मेगावाट आयात गरिरहेको छ ।

सोही क्षमताको बुटवल–गोरखपुर निर्माणाधीन छ । यो प्रसारण लाइन निर्माण २०२५ भित्र सक्ने लक्ष्य छ । त्यसमध्ये नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन एमसीसीको अनुदानमा निर्माण हुँदैछ भने भारततर्फ दुई देशको संयुक्त लगानीको कम्पनीले निर्माण गर्दैछ ।

सन् २०२८ र २९ मा सम्पन्न गर्ने गरी योजना बनाइएका यी दुई प्रसारण लाइनबाहेक लखनऊ–लमही, किसानगञ्ज/पुर्निया–अनारमनी, निजगढ–मोतीहारी लगायत प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने एजेन्डा पनि यो बैठकमा छ ।

त्यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणमा भइरहेको कामको प्रगतिबारे पनि बैठकमा छलफल हुनेछ ।

साथै, अरुण तेस्रो परियोजनाले निर्माण गरिरहेको ४०० केभी क्षमताकै ढल्केबर–सीतामढी ट्रान्समिसन लाइन प्रयोग नेपाल भारत विद्युत् आयात निर्यातमा कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

भारतीयद्वारा अपहरीत चिनियाँ नागरिकको उद्दार

काठमाडौं – काठमाडौंको ठमेलबाट अपहरित एकजना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।

मंगलबार ठमेलबाट एकजना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको र उनलाई गाडीमा हालेर लाँदै गरेको अवस्थामा चारजना भारतीय नागरिकलाई मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बताएको छ।

‘इन्डियन नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जान सक्ने सम्भावित स्थानहरूमा चेक पोइन्ट राखेका थियौं,’ कार्यालयका एसएसपी सानुराम भट्टराईले भने, ‘त्यसक्रममा भीमफेदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका थियौं ।’

भट्टराईका अनुसार, प्रहरीले चालक र एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिए पनि सुरुमा अन्य व्यक्तिहरू भागेका थिए । पछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरसमेतको समन्वयमा चारजना भारतीय नागरिकलाई पक्राउ गरिएको भट्टराईले जानकारी दिए ।

प्रहरीले हालसम्म पक्राउ परेका र उद्दार गरिएकाका व्यक्तिको नाम खुलाएको छैन ।

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं : हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छन्।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी हुन्।

फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गरेकी थिइन्।

त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा राणालाई गराएका थिए। साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका मन्त्रीसँग कुराकानी गरेकोमा खुसी पनि व्यक्त गरेकी थिइन्।

कतारका मन्त्री हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उहाँको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो। आज बिहान नै मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन्।

हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छन्। गत हप्तामात्र उनले इजिप्ट सरकारसँग पनि सो आग्रह गरेकी थिइन्।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ। मन्त्री डा राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरुमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छन्।

संविधान संशोधनको एजेण्डामा छलफल गर्दै दलहरु

काठमाडौं – काँग्रेस एमाले गठबन्धन सरकारले संविधान संसोधनको मुद्दालाई अगाडी बढाएदेखी प्रतिपक्षी दलहरूले पनि संविधान संशोधनको एजेण्डामा छलफल सुरु गर्न थालेका छन्।

संविधान संसोधनको मुद्दालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बिहीबार मात्रै सिंहदरबारमा संवाद भएको छ ।

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनका लागि तीनवटा एजेन्डा अगाडि बढाएको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद् सदस्य बाहिरबाट समेत मन्त्री बन्न पाउने व्यवस्था संविधानमा राख्ने भनिएको छ ।

यसअघि नै काँग्रेस र एमालेबीच भएको ७ बुंदे सहमतिले,”सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भनेर आफ्नो सरकार बनाउँदाको सहमतिमा नै संविधान संसोधनको विषय उठान गरिसकेको छ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ, सरकारले आफ्नो तयारी अगाडि बढाएसँगै विपक्षी दलहरूले पनि आन्तरिक छलफल हुनु स्वभाविक रहेको बताउँछन् ।पार्टीका तर्फबाट कमिटी बनाएर संविधान संशोधनबारे छलफल गरिरहेको पनि उनले बताएका छन्। एकीकृत समाजवादीले यही २ पुसमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएर काम गरिरहेको छ । यही २१ पुसमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले आइतबार प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।

हलिउड हिल्स वेस्टको मानव वस्ती खाली गर्ने (इभ्याकुएसन) आदेश हटाइयो

डढेलो नियन्त्रणमा आएको बताएपछि लस एन्जलसको हलिउड हिल्स वेस्टको मानव वस्ती खाली गर्ने आदेश हटाइएको छ।

यधपी, एलए फायर डिपार्टमेन्टले विज्ञप्तिमा मानिसहरूलाई “आफ्नो घर फर्कँदा सावधान रहन” आग्रह गरेको छ।

सनसेट फायरका कारण लगभग १५,००० स्थानीय बासिन्दाहरूलाई पहिले नै वस्ती खाली गर्न निर्देश दिइएको थियो। हालसम्म आगलागीमा परि मृत्यु हुनेको संख्या ५ जना पुगेको पुष्टि भएको छ।

मंगलबार मालिबु नजिकै शहरको प्यासिफिक प्यालिसेड्स सुरु भएको आगो पछि उत्तरी छिमेकमा फैलिएको थियो।

अदालतमा आफैं उपस्थित हुने शर्तमा रवि लामिछानेलाई रिहाइ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । धरौटी बुझाएपछि पनि उनलाई रिहा नगरी उनिविरुद्द परेका अन्य मुद्दाका आधारमा काठमाडौँ लगिने तयारी भइरहेको चर्चा चलिरहेकै बेला, काठमाडौँ अदालतमा आँफै उपस्थित हुने शर्तमा प्रहरीले लामिछानेलाई थुनामुक्त गरेको हो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

सुनको कमण्डलु बोकेर भिख नमागौं : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा १२ मिनेट लामो भिडियो सन्देश दिनुभएको छ।

बिहीबार साँझ जारी भिडियो सन्देशमा उहाँले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिनुभएको हो।

नेपाल राष्ट्र निर्माणको पृष्ठभूमि चर्चा गर्दै भिडियो सन्देशमा उहाँले भन्नुभएको छ , ‘विश्व साम्राज्य कसैको अधिनमा थियो । संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए । थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन ।’

पृथ्वीनारायण शाहले तितरबितर भएर छरिएको र स-सानो भुखण्डमा विभक्त भएको नेपाललाई ठूलो प्रयासबाट एक सिंगो र सबल राष्ट्र दिएको उहाँको वक्तव्यमा उल्लेख गरिएको छ । उहाँले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उक्त एकतालाई भूगोलमात्रै नभई विविधता र सामाजिक समन्वयको कडी पनि भन्नुभएको छ।

देशको आन्तरिक एकता र अविच्छिन्न राष्ट्रिय अस्मिता रक्षाका सूत्र दिव्योपदेशबाट प्राप्त भएको, चार वर्ण छत्तिस जातको फूलबारी नेपाल भएको चर्चा गर्दै, नेपाल मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति भएको देश भएको र यसका लागि बाहिरी मुलुकबाट आएको वैचारिक विवाद आवश्यक नरहेको पनि उहाँले बताउनु भएको छ।

‘हामीसँग मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, न्याय, कूटनीति हुँदाहुँदै परायाबाट सिर्जित वाद र विवादको चक्रव्युहमा किन फस्यौं भनी आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ र राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडामहाराजधिराजको विचार थियो । सबै संस्कृतिहरूको सम्मान गर्दै उनीहरूको संरक्षण गर्ने, प्रकृतिको सुन्दर भण्डारलाई सबै मिलाएर समुन्नत बनाउनु पर्ने उहाँले बताउनुभएको छ।

देशमा पराधीनता र परनिर्भरताले आत्मग्लानी सिर्जना गरेको गुनासो गर्दै, स्रोत साधान, श्रम सिप देशको विकासमा पूर्ण उपयोग नभएकामा दुःख व्यक्त समेत व्यक्त गर्नुभएको छ।

नेपालमा यति बेला सुनको कमणडलु थापेर अरूसँग भिख माग्दै सिपको दुरुपयोग गर्ने काम भइरहेको उल्लेख गर्दै, राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्ने र नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हून्छ भन्ने हाम्रो धारणा हो ’, उहाँले भन्नु भएको छ।

सूर्यदर्शन सहकारी प्रकरणका ३ आरोपी धरौटी बुझाएर छुटे

काठमाडौँ- सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् ।

आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् ।

धरौटी बुझाए पनि रवि र छवि तत्काल नछुट्ने

काठमाडौँ- सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न काकी जिल्ला अदालतले आदेश दिएको छ।

अदालतको आदेश संगै ठगी प्रकरणका सात आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् ।आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ र पूर्व डीआईजी छविलाल जोशीसंग ८८ लाख धरौटी माग गरेको छ। यधपी, अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी भने तत्कालका लागि रिहा नहुनसक्ने बताइएको छ । उनीहरुलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले उनीहरुले धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताएका छन्।

पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ — सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई न्यायाधीश नीतिज राईको इजलासले ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जोशी पनि नेटवर्कका सञ्चालकको रुपमा पक्राउ परेका थिए।

सूर्यदर्शन ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अदालतले लीला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, मीना गुरुङ र आरती गुरुङसँग ५/५ लाख र कृष्ण गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

पोखरा — पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध गएको ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

कास्की प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । लामिछानेसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो मागसहित अभियोगपत्र दर्ता भएको छ ।

प्रहरीले सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

पाँच महिनामा साढे पाँच हजारभन्दा धेरै फरार प्रतिवादी पक्राउ

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा साढे पाँच हजार भन्दा धेरै फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो अवधिमा देशभरबाट ५ हजार ८ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

विभिन्न कसुरमा अदालतबाट फैसला भई सजाय तोकिएपनि फरार रहेका ५ हजार ८ सय ४६ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार ती प्रतिवादीहरूका लागि अदालतले कुल एक हजार नौ सय ६८ वर्ष ९ महिना ८ दिन कैद सजाय तोकेको थियो । त्यस्तै, उनीहरूबाट कुल ४३ करोड ५ लाख ४२ हजार ५४ रुपैयाँ जरिवाना असुल उपर गर्न अदालतको आदेश थियो।

प्रवक्ता अधिकारीका अनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा एक हजार ५९४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । कोशीमा ७३५ जना, बागमतीमा २६५ जना, गण्डकीमा ५०६ जना, लुम्बिनीमा एक हजार ३५ जना, कर्णाली प्रदेशमा १६९ जना र सुदुरपश्चिम प्रदेशमा २३५ जना पक्राउ परेका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यकामा १ हजार २५३ जना र केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

निर्वाचन कानुन संशोधनको तयारी : संघमा ५ र प्रदेशमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ प्रस्ताव

काठमाडौँ — सरकारले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा वा प्रदेशसभामा प्रतिनिधित्वका लागि चाहिने न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) को सीमा बढाउने तयारी गरेको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा कम्तीमा तीन र प्रदेशसभामा १.५ प्रतिशत मत ल्याउने राजनीतिक दलले सिट पाउने अहिलेको कानुनी प्रावधानलाई सरकारले संशोधन गर्दै,समानुपातिक सिट प्राप्तिका लागि राजनीतिक दलले प्रतिनिधिसभामा सदर मतको कम्तीमा पाँच प्रतिशत र प्रदेशसभामा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान राखेर सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ ।

विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । निर्वाचन आयोगले २०८० असार १८ मा गृह मन्त्रालय पठाएको विधेयकको मस्यौदामा समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ लाई यथावत् राखिएको थियो । तर गृहले मस्यौदा हेरफेर गर्ने क्रममा ‘थ्रेसहोल्ड’को प्रतिशत बढाएको हो ।

कांग्रेस र एमालेले सत्ता साझेदारीका लागि गत असार १७ मा गरेको सातबुँदे सहमतिमा ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्ने सहमतिअनुरूप समानुपातिक निर्वाचन प्रणालीको ‘थ्रेसहोल्ड’ बढाइएको गृहका एक अधिकारीले बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ‘थ्रेसहोल्ड’सम्बन्धी व्यवस्था हेरफेरका विषयमा आयोगसँग परामर्श नभएको बताए । ‘आयोगले थ्रेसहोल्डको व्यवस्था यथावत् राखेर मस्यौदा गृहमा पठाएको थियो,’ उनले भने । आयोगले निर्वाचनसम्बन्धी छरिएर रहेका ७ कानुनलाई एकीकृत गरी ‘निर्वाचन व्यवस्थापन विधेयक’ को मस्यौदा तयार पारेर गृह पठाएको थियो ।

एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

‘जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको संक्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ । तथापि मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ ।

एचएमपीभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

यस्तै, बिरामीको नजिक/सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ । रासस

शान्तिप्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रुपमा प्रयोग गरियो : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम सबैको सहमतिमै पूरा गर्नुपर्ने भएपनि यसलाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रुपमा प्रयोग गरिएको बताएका छन्।

राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको ‘शान्तिप्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्।

केही राजनीतिक शक्तिहरूले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रूपमा लिएका कारण पनि शान्तिप्रक्रियाका बाँकी काम टुंगिन समस्या आएको प्रचण्डको भनाइ थियो । शान्तिप्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रुपमा लिएकाले नै यो नटुंगिएको हो । अब विस्तारै दबाब बढाउन यो विषय सडक र सदनमा लैजानुपर्छ भन्ने लागेको छ । हाम्रो पार्टी पीडितहरुको पक्षबाट नेतृत्व गर्न तयार छ ।’

विगतमा आफूलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको भए पनि सधैँ त्यसलाई इन्कार गरेको उनको भनाइ छ ।

दोधारा चाँदनी सुक्खा बन्दरगाहलाई जग्गा प्रयोग गर्नेबारे समिति र विभागबीच सम्झौता

दोधारा चाँदनी सुक्खा बन्दरगाहलाई जग्गा प्रयोग गर्नेबारे समिति र विभागबीच सम्झौता काठमाडौं – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच दोधारा चाँददी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानका रुखबिरुवा हटाउने सम्बन्धमा सम्झौता भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रको ४२.३६ हेक्टर जग्गा उक्त संरचनामा प्रयोग हुँदैछ । यसका लागि नेपाल सरकारले मन्त्रिपरिषद् बैठकले २ असोज २०८१ मा स्वीकृति दिएको थियो । उक्त निर्णय कार्यान्वयन गर्नेबारे विभाग र समितिबीच सम्झौता भएको समितिले जनाएको छ ।

यो सम्झौतासँगै अब राष्ट्रिय निकुञ्ज कार्यालयले संरचना निर्माण स्थलमा भएको रुखको मूल्यांकन गरी विभागमा पठाउने छ । विभागबाट प्रमाणित भएपछि निकुञ्ज कार्यालयले रुख कटान आदेश उपलब्ध गराउने छ । आदेश पाएसँगै समितिले आफ्नै खर्चमा रुख कटान तथा मुछानको काम गर्ने समेत समितिले जनाएको छ ।

आयोजनाले काट्ने रुखका लागि उक्त क्षेत्र बराबरको जमिन उपलब्ध गराउन नसकेका कारण सट्टा भर्नाबापत विभागलाई १४ करोड ८२ लाख रुपैयाँ दिएको हो ।

योसँगै अब रुख कटान आदेश कुरिरहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार आदेश आएसँगै रुख कटान प्रक्रिया सुरु हुन्छ ।

यो बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ । आयोजनाको कुल लागत ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । यस संरचनाको निर्माणका लागि भारतीय पक्षबाट कम्पनी छनोट गर्न टेन्डर तयारी गरिसकेको समितिले जनाएको छ ।

रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित हुने जानकारी भारतीय पक्षले गराएको समेत समितिले जनाएको छ ।

यहाँ अत्याधुनिक सुविधासम्पन्न व्यापार पूर्वाधार सहित बन्दरगाह निर्माण हुँदैछ । आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी खाद्य प्रयोगशाखा (क्वारेन्टिन), प्रशासनिक भवन लगायत संरचना बन्ने भएका छन् ।

सरकारले पछिल्लो समय भारत र चीनसँग जोडिएका सीमा नाकामा सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माणलाई गति दिएको छ ।

साफ च्याम्पियनसिप जुलाईमा हुने

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको बुधबार काठमाडौंमा बसेको बैठकले साफ च्याम्पियनसिप २०२५ जुलाई १५ देखि २५ सम्म गर्ने निर्णय गरेको छ ।

साफ कार्यसमिति बैठकले साफ प्रतियोगिताहरुको मार्केटिङ राइट्स कमर्सयल पार्टनर स्पोर्टफाइभलाई दिने स्वीकृत गर्दै उक्त सहकार्य २०२९ सम्म दिने सम्भावना रहेको पनि जनाएको छ ।

बैठकले साफ च्याम्पियनसिप अब होम वा अवे फर्म्याटमा गर्ने विषयमा पनि निर्णय गरेको छ ।यसैगरी बैठकले सन् २०२६ मा पहिलो साफ क्लब प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । जसमा दक्षिण एसियाका ८ क्लब समावेश हुनेछन् । आठ टोलीमध्ये एएफसी क्लब वरियतामा शीर्ष स्थानमा रहेको देशले दुईवटा स्थान पाउनेछन् ।

त्यस्तै सन् २०२५ मा महिला प्रतियोगिता पनि गर्ने तयारी छ । सन् २०२६ मा साफ यू-२३ च्याम्पियनसिप गर्ने निर्णय पनि स्वीकृत भएको छ ।

बैठकले स्वीकृत गरेको साफ युवा प्रतियोगिताहरु:

साफ यू-१९ च्याम्पियनसिप, : ८-१८ मे २०२५

साफ यू-२० वुमन्स च्याम्पियनसिप, : ११-२१ जुलाई २०२५

साफ यू-१७ वुमन्स च्याम्पियनसिप, : १४-२४ सेप्टेम्बर २०२५

साफ यू-१७ च्याम्पियनसिप, : १७-२७ अक्टोबर २०२५

१०औं राष्ट्रिय खेलकुद तयारीका लागि सचिवालय स्थापना

काठमाडौं : कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंको राखेप भवन त्रिपुरेश्वरमा खेलकुदमन्त्री तेजुलाल चौधरीले सचिवालयको उद्घाटन गरेका छन्।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १०औं राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदैछ।

राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। सचिवालयको उद्‍घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १०औं राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने जानकारी दिए।

उनले राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्यरूपमा सम्पन्न गर्ने बताएका छन्।

त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुर्‍याएको र प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी दिए।

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले विपिनको अवस्था बारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन् ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजार बढी व्यक्तिको हत्या गरेको थियो । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरेकोमा विपिन जोशी पनि छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ ।

अञ्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न आदेश

विराटनगर – सहकारी ठगीका आरोपी अञ्जला कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

कोइराला प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन्। सहकारी ठगी प्रकरणमा फरार रहेकी कोइराला आज बिहान मोरङ जिल्ला अदालतमा उपस्थित भएकी थिइन्।

मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम मुछिएकी कोइराला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्। कोइरालासहित सहकारीका अध्यक्ष शम्भु रौनियार, रंगली २ का वडाअध्यक्ष सन्तलाल खवास गरी २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

इलाका प्रहरी कार्यालय रंगेलीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते अञ्जला र सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दर्ता गरेको थियो।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति काँग्रेस महामन्त्री शर्माको आपत्ती

काठमाडौँ — झापामा बुधबार आयोजित कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश cले संविधान संशोधन २०८७ सालमा मात्रै गर्ने भनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेस र एमालेको वर्तमान सत्ता गठबन्धन रहेको बेला नै संविधान संशोधन गरेर जान्छौं भनेर सात बुँदे सहमति गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति प्रति उनले आपत्ति जनाएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिमा आपत्ति जनाएका शर्माले भने, ‘संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सात बुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो त, नागरिकको अपेक्षा ? के हो त पार्टीका साथीहरूको अपेक्षा ? गाउँगाउँको अपेक्षा के हो ? भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ । चर्चामा रहेको जस्तो १६५ को संख्यालाई सय, सवा सयमा सिमित गरौँला त्यो ठूलो कुरा होइन तर हामीले संविधान संशोधन गर्दैगर्दा यी विषयहरूको संशोधन गर्नु नै छ,’ शर्माले भने, ‘समानुपातिकलाई व्यवस्थापन गर्नेकुरा त गर्नु नै छ । तर सबैभन्दा गहन रुपमा छलफल गर्नुपर्ने विषय अबको संविधान संशोधनपछाडि यो देशले ७० वर्षमा एक पटक लगातार पाँच वर्ष एउटै प्रधानमन्त्रीले शासन नगरेको देशमा पाँच वर्ष निरन्तर टिक्ने प्रधानमन्त्री बनाउने भन्ने पद्धतिको खोजी गर्नुपर्ने कर्तव्य छ ।’

प्रचण्डलाई जनार्दनको प्रश्न : निर्वाचनबाट चुनिएर अध्यक्ष बन्न किन आँट नगरेको ?

काठमाडौं – काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्माले निर्वाचन प्रक्रियाबाटनै पार्टी अध्यक्ष चुनिएर आउनुपर्ने अभिव्यक्ति दिएका छन्।

शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका छन् ।‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि स्थापित गरिसकेको अवस्थामा अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’ निर्वाचनबाट चुनिएर आउन किन डराउनुपर्यो ’, उनले भने।

पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा व्यक्त गरेका छन्।

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक : प्रदीप ज्ञवाली

काठमाडौं : काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनमा पात्र, संस्था र प्रवृत्तिहरूका कारणले पनि समस्या आएको हुनसक्ने भन्दै मुलुकमा देखिएका सबै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताएका छन्।

उनले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको पहिचान गरेर मात्रै अघि बढ्न उचित हुने उल्लेख गरेका छन् । ज्ञवालीले संविधान संशोधनमार्फत सबै समस्याको हल गर्ने र हल हुन नसके संविधान नै बदल्ने सोचलाई त्याग्नुपर्ने भन्दै राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउ: प्रेम सुवाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई संसदीय समितिमा बोलाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले माग गरेका छन् ।

उनले विदेश भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् ।मंगलबार बसेको समितिको बैठकमा सांसद सुवालले भने, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाऔं र विदेश भ्रमणबारे छलफल गरौं ।

विदेश भ्रमणका क्रममा भएका सहमति र पहलबारे समितिलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो । ‘विदेश भ्रमणका क्रममा के कस्ता सहमति भए, के कस्ता पहल भए यो समितिलाई जानकारी गराउनुपर्‍यो ।’

ऐन-नियम विपरित नयाँ स्टक एक्स्चेन्ज खोल्ने अनुमति दिएको भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ- नयाँ स्टक एक्स्चेन्ज खोल्न प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मंगलबार कृष्णबहादुर थापाले ऐन-नियममा व्यवस्था नभई निर्देशिकामा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा रहेर नेपाल धितोपत्र बोर्डले २०७९ असोज २ गते सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्जका लागि आवेदन मागेको थियो। रिटमा उक्त सूचनाबमोजिम भएगरेका सम्पूर्ण कामकारबाहीहरू रद्द गरी निर्देशिका पनि खारेज गर्न माग गरिएको छ।

मन्त्रिपरिषद् बैठकले पुस ५ गते नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निणर्य गरेपछि नयाँ लाइसेन्स वितरणको काम अगाडि बढेको थियो।

निवेदक थापाले कार्यविधिमा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागिएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। सर्वोच्च प्रशासनका अनुसार उक्त रिटउपर संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

ललितपुरको कल सेन्टरमा सिआइबीको छापा: अनलाइन जुवा खेलाएको अभियोगमा दुई भारतीयसहित ५३ जना पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले बताए । अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।

वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले वाइडबडी जहाजमा भएको भनिएको अनियमितता बारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्’ उनले भने, ‘यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको भन्दै सांसद खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रूपमा हेर्नुपर्ने माग गरे ।

‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो’ उनले भने, ‘त्यसैले एउटा छानबिन समिति बनाऔं ।

नेताहरूका अनुसार यस्तो माग गर्ने विषयमा रास्वपाभित्र समेत छलफल भएको थियो ।

चीनको सिजाङमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५३ पुग्यो ६२ जना घाइते

काठमाडौँ- चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य ६२ जना घाइते भएका छन् ।

केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा निगरानी गरिएको थियो। १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिजाङ मिलिटरी कमाण्डको सिगाजे मिलिटरी सब-कमाण्डलाई भूकम्पको केन्द्रतर्फ परिचालन गरिएको छ।सब-कमान्डले उद्धार कार्यमा भाग लिनका लागि प्रभावित क्षेत्रमा कर्मचारी तैनाथ गरिरहेको छ।

मङ्गलबार बिहान ११ः२५ बजेसम्म उपकमाण्डबाट १६० जनाको एउटा रेजिमेन्ट डिङ्ग्ये काउन्टीको जिजियाओ ब्रिजमा पुगेको छ भने ४० जनाको टोली डिङ्ग्री विमानस्थल नजिकका क्षेत्रमा पठाइएको छ ।

पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण मागेको छ। मन्त्रालयले सोमबार घिसिङलाई पदीय मर्यादाविपरीत कार्य गरेको र असहयोगी भूमिका खेलेको भन्दै सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न पत्राचार गरेको हो।

यस्ता छन् घिसिङमाथि लगाएका आरोप
– प्राधिकरणका सञ्चालक समितिका बैठकहरूमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक-पटक असहयोगी भूमिका खेल्ने गरेको
– सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको
– पदीय मर्यादाविपरीत कार्य गरेको
– कार्यसम्पादन सम्झौताअनुरूपको कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण पेस नगरेको
– मन्त्रालयले माग गरेको ट्रान्सफर्मर खरिद अनियमितता सम्बन्धमा १५ बुँदे विवरण समयमा उपलब्ध नगराएको, ढिला उपलब्ध गराए पनि अपुरो र मागभन्दा बाहिर गई गोलमटोल जवाफ दिएको
– मन्त्रालयले १३ कात्तिकमा ६ बुँदे विवरण माग गरेकोमा वस्तुनिष्ठ र यथार्थपरक जवाफ नपठाएको
– डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशनबमोजिम गठन भएको प्राविधिक जाँच समितिलाई सहयोग उपलब्ध गराउने एजेन्डामा नोट अफ डिसेन्ट लेखेको ।

सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३.३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ। त्यस्तै मालबाहक सवारीसाधनको पनि भाडा वृद्धि गरिएको छ। पहाडी बाटोमा सञ्चालन हुने सवारीमा ०.८१ प्रतिशत र तराईमा चल्ने सवारीमा ०.०५ प्रतिशत भाडा वृद्धि गरिएको हो।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिँदै आएको छ। सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यातायात विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरूसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायतमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जानकारी दिएको छ।

‘नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नं २० र अनुसूची ९ को बुँदा नं १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१।०९।२२ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी देहाय अनुसार भाडादर समायोजन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार आरोपमा थुनामा

विराटनगर — बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले नेता ध्रुव कुमार शिवाकोटीलाई नाबालिका करणी आरोपमा झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

१६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटीलाई मंसिर २४ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई बीएन्डसी अस्पतालमा राखिएको थियो। शिवाकोटीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेको छ । घरमा काम गर्ने बालिकामाथि बलात्कार आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा गत आइतबार जाहेरी दिएको थियो ।

आयोगमा दर्ता भएको उजुरी अनुसार पीडित १६ वर्षीया किशोरीलाई शिवाकोटीले विगत तीन वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको उल्लेख छ । कमजोर आर्थिक अवस्था भएकी बालिकालाई शिवाकोटीले ८ वर्ष अघि स्कुल पढाइदिने र घरमा काम पनि सघाउने सर्तमा घरेलु कामदारको रुपमा राखेका थिए ।११ कक्षामा पढ्दै गरेकी उनी मंसिर २४ गते बिहानै स्कुल पोसाकमै भारततिर जाँदै थिइन् । त्यही क्रममा चेलीबेटी बेचबिखन नियन्त्रणका लागि सीमामा तैनाथ आफन्त नेपालका कर्मचारीले उनलाई नाकामा रोकेर सोधपुछ गर्दा शिवाकोटीको कर्तुत बाहिर आएको थियो ।

त्रिभुवन विमानस्थलमा सन् २०२४ मा अहिलेसम्मकै सबैभन्दा धेरै यात्रुको आवागमन

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुईतर्फी ९४ लाख २३ हजार ७ सय २५ यात्रुको आवागमन भएको छ जुन हालसम्मकै सबैभन्दा धेरै हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं विमानस्थलको वार्षिक क्षमता ८० लाख यात्रुलाई सेवा दिने हो तर,२०२४ मा आन्तरिक र अन्तर्राष्टिय उडानमा ९४ लाख २३ हजार ७ सय २५ जना यात्रुले सेवा लिए ।

सन् २०२३ मा काठमाडौं विमानस्थलबाट ८६ लाख ५४ हजार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरेका थिए । सन् ०२४ मा वृद्धि भएको यात्रु आवागमन झन्डै ९ प्रतिशतले बढी हो । सन् २०२४ मा आन्तरिकतर्फ ४४ लाख ६० हजार ३ सय ६१ जना यात्रुले ओहोरदोहोर गरेका थिए भने अन्तर्राष्ट्रियतर्फ ४९ लाख ६३ हजार ३ सय ६४ जना यात्रुले ओहोरदोहोर गरेका थिए ।

काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको प्रतिघण्टा यात्रु सेवा गर्ने क्षमता ७ सय हाराहारी रहेको छ भने अन्तर्राष्ट्रिय टर्मिनलको प्रतिघण्टा १५ सय यात्रु सेवा दिन सक्ने क्षमता छ । उडानतर्फ काठमाडौं विमानस्थलले प्रतिघण्टा सफा मौसममा ३३ वटा उडान गराउन सक्छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए प्रधानमन्त्री पदबाट राजीनामा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रधानमन्त्री र पार्टीको नेताबाट राजीनामा दिएका छन्।

ट्रुडोलाई आफ्नो पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबमा परेपछि उनले क्यानडाको गभर्निंग पार्टीको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन्। ओटावामा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले नयाँ लिबरल पार्टीको नेता चयन नभएसम्म आफू प्रधानमन्त्री पदमा रहने बताएका छन्।

डिसेम्बरमा आफ्नो निकटतम क्याबिनेट सहयोगी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजीनामा दिएपछि ट्रुडोलाई राजिनामा गर्न बढ्दो दबाबको सामना गर्नु परेको थियो । २०१३ देखि लिबरल पार्टीको प्रमुख रहेका उनि २०१५ देखि प्रधानमन्त्रीको रुपमा रहिआएका छन्।

इजरायलसँगको सम्झौताको पहिलो चरणमा हमासले ३४ बन्धकहरूलाई मुक्त गर्ने

गाजामा रहेको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले इजरायलसँगको सम्झौताको पहिलो चरणमा ३४ बन्धकहरूलाई मुक्त गर्न सहमत भएको छ।

हमासले गाजामा युद्धविराम सम्झौताको पहिलो चरणको ढाँचा अन्तर्गत इजरायली पक्षले प्रदान गरेको सूचीबाट ३४ जना बन्धकहरूलाई मुक्त गर्न सहमत भएको हो।

मुक्त हुनेहरुमा गाजा पट्टीमा बन्धक बनाइएका महिला, बालबालिका र कमजोर स्वास्थ्य भएका व्यक्तिहरू समावेश छन्।हमासले बन्धकहरूलाई रिहा गर्न सहमत भएपनि इजरायलले बन्धकबाट मुक्त गर्न दिएको व्यक्तिहरुको सूची अन्तर्गत ति व्यक्तिहरु जीवित छन् वा छैनन् भनेर निर्धारण गर्न एक हप्ता लाग्ने बताइएको छ।

नोभेम्बर २०२३ को अन्त्यमा, हमासले इजरायलसँग कतार र इजिप्टको मध्यस्थतामा एक हप्तासम्म गरेको युद्धविराममा सम्झौता अनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले तयार पारेको रिहा गरिने व्यक्तिहरुको सूचीलाई हमासले यसअघि नै अनुमोदन गरिसकेको बताइएको छ।

हालसम्म इजरायलले ११० जना बन्धकहरूलाई मुक्त गर्न सफल भएको छ।

मधेश केन्द्रित दलहरुसँग मोर्चाबन्दी गर्न कार्यदल

काठमाडौं – जनमत पार्टीले मधेश केन्द्रित दलहरुवीच मोर्चाबन्दीका लागि कार्यदल बनाएको छ ।

जनमत पार्टीको सचिवालय बैठकले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादवलाई मधेश केन्द्रित दलसँग संवाद गर्न जिम्मेवारी तोकेको छ । संवाद र सहकार्यको पहल गर्न कार्यदल बनाइएको प्रवक्ता यादवले जानकारी गराए ।

संविधान संशोधन, कार्यगत एकता, पार्टी एकीकरण लगायतमा कार्यदलले संवाद गर्ने प्रवक्ता यादवले बताए ।

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ — नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए ।

ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए।

त्यसैगरी स्रोत नखुलेको दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट एक करोड ८३ लाख अवैध काठ बरामदबाट एक करोड २० लाख राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट एक करोड १६ लाख र अवैध नदीजन्य उत्खनन्‌बाट ९२ लाख बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिए।रासस

कांग्रेस-एमालेसँग मिल्नु गल्ती भयो, ८४ मा एक्लै लड्छौँ : प्रचण्ड

विचार मिल्ने पार्टी र समूहहरूसँग एकता गर्न उच्च स्तरीय एकता संवाद समिति बनाउने

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेसँग मिल्नु गल्ति भएको बताउँदै ८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन्।

संसदवादी शक्तिबाट लोकतन्त्रमा सुधार गर्न नसकिने उल्लेख गर्दै स्कुलिङ र विचार मिल्ने पार्टी र समूहहरूसँग एकता गर्न उच्च स्तरीय एकता संवाद समिति बनाउने पनि उनले बताएका छन्। ‘अब कांग्रेस–एमालेसँग आगामी चुनावमा कुनै हालतमा मिल्नुहुँदैन। आफ्नै चुनाव चिह्न र आफ्नै शक्तिको बलमा अगाडि बढ्नुपर्छ’, उनले भने।

उनले पुराना दलहरूसँगको सहकार्य जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान लेखन र यसका कार्यान्वयनका लागि स्वाभाविक र अनिवार्य रहेको भएपनि ती दलसँग मिलेर चुनाव लड्नु गल्ती भएको उनले बताएका छन्।

‘युद्ध र संविधान कार्यान्वयनसम्म आइपुग्दा सहकार्य अनिवार्य थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, कुनै न कुनै रूपमा विगतमा कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती थियो भन्ने कुरा हामीले आत्मसमीक्षा गर्नुपर्छ।’

के हो बीआरआई ?

‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) चीन सरकारले प्रस्तुत गरेको अत्यन्त महत्वाकांक्षी विकास रणनीति हो। सन् २०१३ को सेप्टेम्बरमा कजाकस्तानस्थित नाजार्बाएव विश्वविद्यालयमा सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ निर्माण गर्ने प्रस्ताव गरेका थिए।

त्यसको एक महिनापछि इन्डोनेसिया भ्रमणमा राष्ट्रपति सीले ‘ट्वेन्टी फस्र्ट सेन्चुरी म्यारिटाइमी सिल्क रोड’ निर्माणको प्रस्ताव गरे। पछि यी दुवैलाई मिसाएर चिनियाँ राज्य परिषद्को योजनामा ‘वान बेल्ट वान रोड’ का रूपमा प्रस्तुत गरियो। अहिले यसलाई ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ भन्न थालिएको छ।

बीआरआईमा उल्लिखित ‘रोड’ ले समुद्री मार्गलाई जनाउँछ भने ‘बेल्ट’ ले स्थलमार्गलाई जनाउँछ। बेल्टले चीनको पश्चिमी भागलाई मध्य एसिया, रूस, युरोप, भूमध्य सागर, अरब सागर, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया र हिन्द महासागरसँग जोड्छ। त्यसैगरी ‘रोड’ ले समुद्री मार्गद्वारा चीनलाई युरोप र अफ्रिकासँग जोड्छ। बीआरआई परियोजनाले ६५ देश, ४.४ अर्ब जनसंख्या र संसारको कुल गार्हस्थ्य उत्पादनको एकतिहाइ हिस्सा ओगट्छ।

दोस्रो विश्वयुद्धपछि युरोप पुनर्निर्माण गर्न अमेरिकाले बनाएको मार्सल योजनाभन्दा यो कैयौं गुणा ठूलो परियोजना हो। यसमा हालसम्म सयौं योजनामा करिब एक ट्रिलियन डलर लगानी निश्चित भइसकेको छ।

यस्ता छन् नेपाल-चीनबीच सम्झौता भएर बीआरआई फ्रेमवर्कभित्र परेका परियोजनाहरू
१.टोखा–छहरे सुरुङमार्ग

बीआरआई फ्रेमवर्कमा परेको यो सुरुङ मार्गले काठमाडौं रसुवा दुरीलाई कम गर्न मद्दत गर्ने छ। ०७६ सालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको बेला टोखा–छहरे सुरुङमार्ग अनुदानमा बनाइदिने सहमति भएको थियो। उक्त भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुबेंसीसम्म सुरुङसहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो। उक्त भ्रमणको क्रममा चीनसँग भएका २० समझदारी मध्ये यो सुरुङमार्ग निर्माण पनि एक थियो। सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता पनि भएको थियो।

उक्त समझदारीअनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग अनुदानमा निर्माण गरी दिने भनिएको थियो। टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्ने भनिएको थियो। काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुने, जसमा काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुबेंसीमा सडक सुरुङमार्ग निर्माण गरिने भनिएको थियो।

हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुबेंसी हुँदै रसुवागढी पुग्न १२८ किलोमिटर दूरी पार गर्नुपर्छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुबेंसी हुँदै रसुवागडीको दूरी १५२ किमि छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमी घट्छ। गँगटे–बेत्रावती १७ किमी, बेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुबेंसी १९ किमी, स्याफ्रबेंसी–रसुवागढी १६ किमी छ। ०७१ सालमा गरिएको अध्ययनअनुसार लगानी बोर्डले सुरुङमार्ग निर्माण गर्न २६ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो। पछि चीन सरकारको सहयोगमा भएको प्रारम्भिक अध्ययनमा यो आयोजना अघि बढाउन उपयुक्त हुने भनिएको थियो। अध्ययनले सुरुङ मार्गको तीनवटा लम्बाइ प्रस्तुत गरेको छ, ३.३, ३.६ र ४.२ किलोमिटर। बोर्डले गरेको अध्ययनले पनि सुरुङमार्गको लम्बाइ ४.१७५ हुने अनुमान गरेको थियो। त्यसपछि भने आयोजना काम अघि बढ्ेन।

२.हिल्सा–सिमिकोट सडक योजना

उत्तर दक्षिण कर्णाली कोरिडरअन्तर्गत हिल्सा–सिमिकोट सडक योजना बीआरआई फ्रेमवर्कमा परेको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरेको यो खण्ड चीनको नाका हिल्सादेखि सिमिकोटसम्म २ लेन सडक स्तरोन्नति गर्ने उल्लेख छ। यसको सम्भाव्यता अध्ययनका लागि गत भदौमा चीनसँग सम्झौता भइसकेको छ। ०६९÷०७० बाट आयोजना निर्माणको काम सुरु गरिएको थियो। यो खण्डको सुरु लागत ४ अर्ब १० करोड ५० लाख ३० हजार थियो। पछि संशोधित लागत १५ अर्ब (कालोपत्रे स्तरोन्नतिसमेत) भएको छ। १४६ किमी सडक निर्माण÷स्तरोन्नति गर्ने र १० वटा पुल निर्माण गरिने यो आयोजनाको अहिलेसम्म १४५.२ किमी, ट्रयाक खोल्ने काम भइसकेको छ। यस्तै, १५.५ किमी ग्राभेल र २ वटा पुल निर्माण भएका छन्।

३.किमाथांका–खाँदबारी सडक र पुल

राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण (कोसी) सडक योजनाअन्तर्गत खाँदबारी–किमाथांका सडकको लम्बाइ १६२ किमी छ। दक्षिणको नाका मोरङको रानी हुँदै विराटनगर– हिले–लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने यो राजमार्गको कुल लम्वाई ३४५ किमी छ। रानीदेखि खाँदबारीसम्मको सडक खण्ड कालोपत्रे भैसकेको छ भने हाल खाँदबारी देखि च्याम्ताङ १३४ किमी सडक खण्ड स्तरोन्नतिको कार्य भइरहेको छ।

४.जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग

०७२ सालमा भारतले नेपालमा अघोषित नाकाबन्दी गर्नुअघिसम्म जिलोङ–केरुङ–काठमाडौं रेलमार्गको चर्चा थिएन। भारतले गरेको नाकाबन्दीका कारण समस्या परिरहेको बेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गरे। भ्रमणको अवसरमा ०७२ चैत ८ मा यातायात तथा पारवहन सन्धि भयो। सोही सन्धिका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषयले पनि स्थान पायो।

०७५ मंसिरमा नेपाल भ्रमणमा आएको चीनको नेसनल रेलवे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटिभको नेतृत्वको टोलीले काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको थियो। रसुवागढी सिमा नाकादेखि काठमाडौंसम्मको दूरी ७२.२५ किलोमिटर छ। निर्माण गर्न करिब ३ अर्ब रुपैयाँ लाग्ने, रेलमार्गको ९८.५ प्रतिशत खण्ड पुल

तथा सुरुङमा रहने, चारवटा स्टेसन रहने र सातवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने भनिएको छ। अहिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन भइरहेको छ। चिनियाँ टोलीलाई सन् २०२६ भित्र डीपीआर बनाइसक्ने सीमा तोकिएको छ।

५.अमरगढी सिटी हल प्रोजेक्ट

बीआरआई फ्रेमवर्कमा परेको यो नयाँ आयोजना हो। सरकारको १० स्मार्ट सिटीभित्र परेको अमरगढी स्मार्टसिटिसँगै यस क्षेत्रमा सिटी हल प्रोजेक्ट अघि बढाउन लागिएको हो। चीन सरकारको ऋण वा अनुदानमध्ये कुन सहायता अन्तर्गत यो आयोजना अघि बढाउने भन्ने खुलाइएको छैन।

६.जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन

छिमेकी मुलुक चीनसँग विद्युत् आदानप्रदान गर्ने उद्देश्यले रातमाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणका लागि छनोट गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बेल्ट रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत प्रस्ताव गरी उक्त सम्झौता भएको थियो।

रातमाटे–रसुवा–केरुङ प्रसारण लाइन सुरुमा ४ सय (किलोभोल्ट–केभी) को बनाउने भन्ने थियो। तर, अहिले नेपाल र चीनबीच चिलिमे–केरुङ सिंगल सर्किटअन्तर्गत २२० केभी प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ। यो अन्तरदेशीय प्रसारणलाइन हो। ०८० सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा यो प्रसारणलाइन अघि बढाउने समझदारीसँगै सम्भाव्यता अध्ययनका लागि पनि सहमति भएको थियो।

७.मदन भण्डारी प्राविधिक विश्वविद्यालय

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नेपाल सरकारद्वारा प्रस्तावित नयाँ विश्वविद्यालय हो। विश्वविद्यालय मकवानपुर जिल्लाको चित्लाङमा रहनेछ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, ०७९ (अगस्ट ३, २०२२) मा जारी गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना भएको हो। विश्व–स्तरीय अनुसन्धान–उन्मुख विश्वविद्यालयले देशको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने, नयाँ ज्ञान र प्रविधिको सृजना गरी देशको आर्थिक विकासमा प्रत्यक्ष योगदान पु¥याउने सरकारको भनाइ छ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा यो विश्वविद्यालयलाई अघि बढाउने सहमति भएकाले नेपाल–चीन रणनीतिक आधार महत्व बोकेको छ।

८.काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम बीआरआई फ्रेमवर्कमा परेको यो नयाँ आयोजना हो। तर, यसको विस्तृत विवरण खुलाइएको छैन।

९.चीन–नेपाल औद्योगिक पार्क दमक

झापाको दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका–५ का केही भूभाग समेटेर रतुवा र मावा नदीको बीच भागमा अर्बौं लगानीमा चीन–नेपाल औद्योगिक पार्क बन्न लागेको हो। सो पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्सट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न सरकारले स्वीकृति दिएको छ। यसका लागि दुवै देशबीच सम्झौता पनि भइसकेको छ। यो पार्क १० वर्षमा निर्माण हुनेछ। ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ ।

एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुनेछ। सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने सरकारको भनाई छ। यो परियोजना २२ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको छ। सन् २०१७ मा चीनबाट आएका टोलीले उक्त जग्गा अवलोकन गरेका थिए।

१०. झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स

बीआरआई फ्रेमवर्कमा परेको यो नयाँ परियोजना हो। खेलकुद क्षेत्रको विकास र विस्तारका लागि यो आयोजना अघि बढाउन लागिएको सरकारले जनाएको छ। यद्यपि, यसको विस्तृत विवरण सार्वजनिक भएको छैन।

भारतले चाहे पनि कांग्रेस-एमाले सरकार ढल्दैन: मुख्यमन्त्री पाण्डे

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा आइतबार आयोजित गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, तहगत सम्बन्ध तथा आयोजना बैंकसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको आवश्यकता अनुसार वर्तमान सरकार बनेको र त्यसैले पनि कांग्रेस-एमालेको वर्तमान सरकार कुनै हालतमा नढल्ने दाबी गरेका छन् ।

उनले भने,”कांग्रेस-एमाले सरकार कुनै हालतमा ढल्दैन, भारतले चाहे पनि ढल्दैन। कतिपयले भन्छन्, इन्डियाले चाह्यो भने ढल्छ रे । सबै कुरा इन्डियाले चाहँदैमा कहाँ हुन्छ र ?” यद्यपि यसअघि भारतले चाहेर कहिले सरकार ढलेको थियो भन्ने बारेमा भने उनले केहि बोलेनन्।

मुख्यमन्त्री पाण्डेले संघीय सरकारले पठाउने ५–७ लाखको योजना प्रदेश सरकारले लागू नगर्ने पनि बताएका छन् ।केन्द्रीय सरकारले बजेट कम दिँदा प्रदेश सरकार र स्थानीय सरकारलाई काम गर्न अप्ठ्यारो परेको भन्दै ३० वर्षअघि गर्नुपर्ने काम अहिले गरिरहेको समेत उनले बताएका छन्।

सहकारी ठगी र संगठित अपराधमा रविसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दायर

काठमाडौँ- कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी र संगठित अपराधको मुद्दा दायर गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। पाँचजनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन।

दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिएका छन् । पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्व समेत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको छ भने,सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।

संविधान संशोधनको क्रममा संघीयता र गणतन्त्र यथावत रहन्छ, यसमा कुनै सम्झौता गर्दैनौ: रास्वपा

काठमाडौँ- संविधान संशोधनबारे सुझाव दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पार्टी केन्द्रीय समितिको बैठकले पार्टीका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गर्दै , रास्वपाले संविधान संशोधनको क्रममा संघीयता, गणतन्त्र र वर्तमान व्यवस्था यथावत रहने र त्यसमा रास्वपाले कुनै पनि किसिमको सम्झौता नगर्ने बताएको छ।

प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनका क्रममा संघीयता, गणतन्त्र र वर्तमान व्यवस्थामाथि पार्टीले कुनै सम्झौता नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाएका छन् । रास्वपा संविधानलाई अझै समृद्ध र मजबुत बनाउने कुरामा अडिग रहेको र संविधानमा व्यवस्था भएको संघीयता गणतन्त्र र वर्तमान व्यवस्थामा कुनै सम्झौता नहुने उनले बताएका छन्। “समावेशीतामा काम गर्ने संयन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि यो प्रत्युपादक होला कि भन्ने कुरामा त्यसमा चिन्ता गर्नुपर्दैन। हामी अगाडि जाने हो पछाडि सर्ने होइन। समावेशीतालाई अझ मजबुत बनाउने हो भन्ने कुरामा हामी स्पष्ट छौं। तर कतिपय कुराहरु बाझिएका छन्। कतिपय कुराहरु संवैधानिक व्यवस्थाकै कारण हुन दिएन। यसका लागि हामीले अनुसूचिमै काम गर्नुपर्ने हुन्छ। संघ प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँडको कुरा पनि मिलेको छैन। समाजलाई अघि लग्ने हो, व्यवस्थालाई बलियो बनाउने हो। संविधानमा भएका कुराहरुलाई अझ प्रगतिशीलतिर लाने हो। यसमा प्रत्युपादक हुन्छ भन्न गुञ्जायमान जायज हुँदैन “, उनले भने।

उनले संविधान संशोधनको लागि संघीय संसदमा बहुमत हुनुपर्ने व्यवस्थाका कारण कांग्रेस र एमालेले चाहेर मात्र संशोधन गर्न नसकिने दाबी समेत गरेका छन् ।

नेपालको विकास र समृद्धिकालागि बीआरआई महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं : नेकपा (एमाले) ले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न बीआरआई महत्वपूर्ण रहेको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच भएको बीआरआई सम्झौताको विशेष महत्व रहेको उल्लेख गरिएको छ ।

नेकपा (एमाले) कुनै पनि सहयोग आयोजनाका विषयलाई आफ्नो विशिष्ट राजनीतिक माग वा भूराजनीतिक स्वार्थका आधारमा अनावश्यक रूपमा राजनीतिकरण र विवादित बनाउनु राष्ट्रिय हितमा नहुने बताएको छ।

हस्ताक्षरित बीआरआई सम्झौताले कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पु¥याएर नेपालको भूपरिवेष्ठितताले सिर्जना गरेका कठिनाइहरू हटाउन मद्दत गर्नुका साथै नेपालको पारवहन सुविधालाई विविधीकरण गर्न, व्यापार सहजीकरण गर्न र लगानी बढाउन मद्दत पुग्ने प्रधानमन्त्रीले बताउनुभएको छ । विकास र समृद्धिको जनताको चाहना पूरा गर्न, द्रुत आर्थिक विकासमार्फत विकासशील मुलुकलाई स्तरोन्नति गर्ने, दिगो विकासका लक्ष्यहरू हासिल गर्न र नेपाललाई जतिसक्दो चाँडो मध्यम आय भएको मुलुकमा उचाल्न हामीसँग स्रोतसाधनको अभाव छ र यसलाई छिचोल्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि उनले बताएका छन् ।

एमाले र कांग्रेसले बीआरआईमा साझा अडानमा पुगेर हस्ताक्षर गरेको प्रतिवेदनमार्फत जानकारी दिइएको छ । संवेदनशील विषयमा सत्ता साझेदारीमा विभाजन गरेर फेरि अस्थिरता खेती गर्न खोज्नेहरुको योजना असफल भएको भन्दै बिआरआइ सम्झौता आफैमा महत्वपूर्ण रहेको तर सबै भ्रम र असुविधालाई तोडेर यस विषयमा देशका दुई प्रमुख दलबीच साझा धारणा बनेको एमालेले जनाएको छ । यसले वैदेशिक सम्बन्ध र वैदेशिक सहायता परिचालनमा सिंगो राष्ट्रको एउटै आवाज उठाउन र वार्ताको टेबुलमा राष्ट्रिय अडानलाई बलियो बनाउन सहयोग गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकीलगायत सबै मित्रराष्ट्रसँग भरपर्दो सम्बन्ध र आर्थिक साझेदारी विकास गर्न चाहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘नेकपा (एमाले) देशको वैदेशिक सम्बन्ध सन्तुलित, भरपर्दो, दिगो र पारस्परिक विश्वास र लाभमा आधारित परराष्ट्र नीतिका आधारमा परिचालन गर्न चाहन्छ । कुनै पनि स्वतन्त्र राष्ट्रलाई अरूको आदेश, निर्देशन वा हितका लागि काम गर्न बाध्य पार्नु हुँदैन। हामी स्वतन्त्रताको वास्तविक अभ्यासलाई जोड दिन चाहन्छौं भन्दै, राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकीलगायत सबै मित्रराष्ट्रसँग विश्वासयोग्य सम्बन्ध र आर्थिक साझेदारी विकास गर्न चाहने ओलीले बताएका छन्। नेपाल आफ्ना मित्रहरूलगायत छिमेकीहरूको जायज हित र चासोप्रति संवेदनशील छ। त्यसैगरी नेपालले आफ्ना छिमेकी र सबै मित्र राष्ट्रहरू नेपालको राष्ट्रिय हित, आफ्नो स्वतन्त्र परराष्ट्र नीति, बाह्य सम्बन्धको आचरण र संवेदनशीलताप्रति संवेदनशील, सहयोगी र सकारात्मक हुन चाहेको पनि उनले बताएका छन्।

रुसी विदेश मन्त्रालयद्वारा रुसी पत्रकारको हत्याको उचित प्रतिक्रिया दिन माग

मस्को- मस्कोले युक्रेनी सशस्त्र सेनाद्वारा रूसी पत्रकारको हत्याको युनेस्को प्रमुख अड्रे अजौलेबाट उचित प्रतिक्रियाको माग गरेको छ ।

मानव अधिकारको वकालत गर्ने अन्तर्राष्ट्रिय अधिकारीहरूले यी हत्याका दोषीहरूलाई कारवाही गर्नुपर्ने भन्दै,रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले डोनेट्स्कमा मारिएका रूसी युद्ध संवाददाता अलेक्ज्याण्डर मार्टेम्यानोभको मृत्युबारे अजौलेको प्रतिक्रिया माग गरेकी छन्।

गत जनवरी ४ मा युक्रेनी सेनाले लक्षित गरेको ड्रोन आक्रमणमा परि इज्भेस्टिया स्वतन्त्र संवाददाता अलेक्ज्याण्डर मार्टेम्यानोभको मृत्यु भएको थियो भने रूसी मिडिया आउटलेटका अन्य चार कर्मचारीहरू गम्भीर घाइते भएका थिए।
आक्रमणमा बाँचेकाहरूको बयान अनुसार युक्रेनी सेनाले सञ्चारकर्मीहरुलाई लक्षित गरेर ड्रोन हमला गरेको थियो।

पत्रकारहरुको हत्या भएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले पनि जेलेन्स्की शासनको अत्याचारलाई जानाजानी बेवास्ता गरेको उनले बताएकी छन।

आफ्ना वैचारिक विरोधीहरूलाई निर्मूल पार्न आतंकवादी तरिकाहरू खुला रूपमा प्रयोग गरि रुसी पत्रकारहरूको जानाजानी हत्या गर्नु जेलेन्स्की शासनद्वारा गरिएको रक्तपातपूर्ण अत्याचारहरूको श्रृंखला र अर्को क्रूर अपराध भएको पनि उनले बताएकि छन्।

अहिलेसम्म युनेस्कोको नेतृत्व र यसका प्रमुखले व्यक्तिगत रूपमा यो गहिरो त्रुटिपूर्ण र दुष्ट अभ्यासको कट्टरपन्थी संशोधनलाई संकेत गर्ने कुनै पनि कदम नचालेको भन्दै, रुसी पत्रकारहरू विरुद्धको अपराधका सबै दोषीहरूलाई पहिचान गरिने र उनीहरूलाई दण्डनीय सजाय दिइने उनले बताएकी छन्।

नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी विद्रोहीबीच एकता घोषणा गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त एकता घोषणा गर्दै
उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्र वर्ग, शक्ति र समुदायलाई एकताबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशका तीन ठूला दलले नेपालको नेतृत्व गर्दा देश र जनतालाई के दियो भनेर हेर्ने हो भने प्रश्नबाहेक केही नदेखिएको भन्दै, कांग्रेस, एमाले र माओवादी पटक पटक सरकारमा रहँदा पनि देशको लागि केहि गर्न नसकेको बताएका छन्।

“हामी स्पष्ट छौं र लड्न पनि तयार छौं, तर जनताको परिवर्तन हुनुपर्छ, परिवर्तनको लडाइँ लड्नुपर्छ र यसमा हामी दृढ छौं भन्दै”,क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही संयोजक जितेन्द्र सीले जनताको अवस्था परिवर्तनको लागि देशभर नै अभियान सञ्चालन गर्ने र एक महिनाभित्र देशभर यो अभियानलाई अगाडी बढाउने बताएका छन्।

सुस्मिता हत्या प्रकरणमा फरार रहेका युवक मृत फेला

काठमाडौं : काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्का हत्या प्रकरणका अभियुक्त देवबहादुर थापा मृत भेटिएका छन् ।

हत्यापछि फरार भनिएका थापा गृह जिल्ला ओखलढुंगामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। थापा सुनकोशीको सिस्नेरीस्थित जंगलमा झुन्डिएको अवस्थामा भेटिएका छन्।

पुस १७ गते बुधबार सुस्मिता खड्का काठमाडौंको गौशालास्थित बागमती होटलको ३०८ नम्बरको कोठामा मृत भेटिएकी थिइन्। होटलमा खड्कासँगै थापा पनि बस्न गएको अनुसन्धानबाट खुलेको थियो । हत्या गरेर थापाले कोठामा बाहिरबाट ताल्चा लगाएर फरार भएको प्रारम्भिक अुनसन्धानमा देखिएको प्रहरीले बताएको थियो।

विचार मिल्ने दलसँग एकता गर्ने राप्रपा नेपालको निर्णय

काठमाडौं – राप्रपा नेपालले विचार मिल्ने दलसँग एकता गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म बसेको पार्टी केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमडौंमा महाधिवशेन गर्ने निर्णय गर्दै, पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान अभियान सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पनि परिमार्जनसहित पारित गरेको छ ।

पार्टीले आगामी विसं २०८१ चैतदेखि जनसंघर्ष सुरु गर्ने र समान विचारधारा भएका दल तथा समूहसँग एकता गर्ने र एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ ।

विश्वविद्यालयभित्र दलीय प्रभावलाई अन्त्य गर्न जरूरी छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं – शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को छलफलमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।

अब विश्वविद्यालय कस्तो हुने ? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने र विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने उनले बताइन् ।

यसअघी विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो ? भन्नेकुराको परिभाषा गर्‍यौँ र अहिले हामीलाई शिक्षाविद् खोज्नुपर्‍यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्नसक्छौँ भन्ने कुरालाई उदाहरणको रुपमा प्रस्तुत गर्दै,विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने उनले बताएकी छन्।

चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने कांग्रेसको निर्णय

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय गरेको छ ।

समिति सदस्य प्रकाश स्नेही रसाइलीले क्रियाशील सदस्यता नवीकरणको कार्य सक्नका लागि कार्ययोजना बनाएर चैत मसान्तसम्म टुंगाउने निर्णय गरिएको बताएका छन्।

क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय गरिएको पनि उनले बताएका छन्।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।

लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव निष्काशित

काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्।

सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्।

सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग गर्न स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेको बताएका छन्। एमबीबीएसमा नाम निकालिदिने भन्दै लाखौं रकम लिएको आरोप उनीमाथि छ।

स्वकीय सचिव अनिलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। उनलाई उच्च अदालत मोरङले पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

महुली लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड भएको छ ।

बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो ।जसमा ४७ हजार ५५४ जनाले सेयर पाएका छन् । तीमध्ये ९ जनाले ११ कित्ताका दरले पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९. ६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गरिएको कम्पनीले जनाएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले एफपीओ जारी गरेको हो । हाल यस कम्पनीको मूल्य प्रतिकित्ता १४८५ रुपैयाँ छ ।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको निवास काठमाडौंको बुढानीलकण्ठमा भेट गरेका छन् ।

करिब दुई घण्टासम्म चलेको भेटमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

स्वर्णलक्ष्मी बचत अपचलन प्रकरणमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं : कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरी प्रहरीले उनीहरूविरुद्ध सहकारी ठगी,सङ्गठित अपराधको कसूरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको रायसहितको प्रतिवेदनमा उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरिएको छ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ४४जनालाई ‍प्रतिवादी कायम गरेको प्रहरीले जनाएको छ।

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यस्तै विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरलाई उक्त मुद्दामा प्रतिवादी कायम गरिएको छ। उक्त सहकारीबाट ऋण लिएका अन्य एक दर्जन संघसंस्थालाई पनि प्रहरीले प्रतिवादी बनाएको छ । रकम अपचलन भएको सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धान खुलेको छ।

यसैगरी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित गोरखा मिडियाकै पूर्वउपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशीलगायत सातजनाको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। उनीहरूमाथि सहकारी ठगी,सांगठिक अपराध र सम्पत्ति शुद्धिकरणको कसूरमा मुद्दा चलाउनुपर्ने कास्की प्रहरीको राय छ।

राइड सेयरिङ नियमनका लागि कानुन बनाउन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले राइड सेयरिङ एप नियमनका लागि आवश्यक कानुन तर्जुमा गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

राइड सेयरिङ एप पठाओको दर्ता खारेजीको माग गर्दै ६ वर्षअघि सर्वोच्च पुगेका अधिवक्ता श्यामकुमार श्रेष्ठको रिटको सुनुवाइपछि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाले दिएको आदेशको पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेको छ ।

आदेशमा पठाओ नेपाल प्रालि कानुनअनुसार कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभागमा दर्ता भएको, यसको कानुनी व्यक्ति देखिएको र कानुनी व्यक्तिको दर्ता खारेज गर्ने वैकल्पिक उपचारको मार्गप्रशस्त हुँदाहुँदै रिट अधिकार क्षेत्रबाट दर्ता खारेज गर्न नमिल्ने सर्वोच्चले खुलाएको छ।

रिटले मागेबमोजिम आदेश जारी गर्न नमिल्ने सर्वोच्चको ठहर छ। सोसँगै उक्त रिट सर्वोच्चले खारेज गरी सरकारलाई राइड सेयरिङजस्ता यातायातसम्बन्धी व्यवसायको सम्बोधनका लागि यथाशक्य चाँडो पर्याप्त कानुनी प्रबन्ध गर्न आदेश दिएको छ।

निर्देशनात्मक आदेशमा भनिएको छ, ‘विपक्षी पठाओ नेपाल प्रालिजस्ता मोबाइल एपबाट सञ्चालन भएका राइड सेयरिङको सम्बन्धमा कम्प्युटरसम्बन्धी सेवा प्रदान गर्ने कानुनी व्यक्तिले तोकिएअनुसार शर्त माने नमानेकोबारे निरन्तर अनुगमन गर्नू गराउनू भनी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग र यातायात व्यवस्था विभागको नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ।’

सर्वोच्चले राइड सेयरिङ सेवालाई रोजगारीको हक, उपभोक्ताको हक तथा उद्यमशीलता र आर्थिक समृद्धिसँग आबद्ध गरेर हेरिनुपर्ने जनाएको छ। वर्तमान समयमा यस सेवासंग ठूलो मात्रामा चालकको रुपमा रोजगारी र सेवाग्राहीको रुपमा यात्रीको सिधा सम्बन्ध कायम भएको देखिएको पनि सर्वोच्चले आदेशमा भनेको छ।

संवैधानिक परिषदका ५२ असंवैधानिक नियुक्ति

काठमाडौं – अध्यादेशमार्फत संवैधानिक नियुक्ति पाएका संवैधानिक ५२ जना पदाधिकारीविरुद्धको रिट पुन: एक पटक हेर्न नभ्याइनेमा परेको छ ।

५२ जना पदाधिकारीहरुको नियुक्ति असंवैधानिक भएको भन्दै प्रश्न उठेको पदाधिकारीको कार्यकाल संवैधानिक भूमिकामा चार वर्ष पुगेको छ, यधपी सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको उक्त रिटमा चार वर्षदेखि फैसला हुन सकेको छैन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको उक्त रिट ११ पटकसम्म हेर्न नभ्याइनेमा परिसकेको छ । सर्वोच्चले उक्त रिटको सुनुवाईका लागि माघ २ को पेसी तोकेको छ ।

प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म

काठमाडौँ- प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनमा फागुनमा गर्ने निर्णय गरेको छ।

प्रेस चौतारी नेपालको आज बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए।

उनले श्रमजीवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ पनि केन्द्रित हुने बताए।

महाधिवेशन अगाडि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ।उनका अनुसार जिल्ला अधिवेशन माघ २५ गते र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ। रासस

डीआईजी कडायत र केसी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं – प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायत र रवीन्द्र केसीलाई नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा समितिको बैठकले कडायत र केसीको नाम सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सिफारिस गरिएको बताइएको छ ।

बढुवाका लागि सिफारिस भएका कडायत प्रहरी महानिरीक्षक नक्सालको सचिवालयमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित अनुसन्धान, योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।

इसरायल प्यालेस्टाइन युद्धमा मारिए २१७ बढी पत्रकार र सञ्चारकर्मी

गाजामा द्वन्द्व १५ औं महिनामा प्रवेश गर्दा, अक्टोबर ७, २०२३ देखि डिसेम्बर २५, २०२४ सम्म कम्तिमा २१७ पत्रकार र सञ्चारकर्मीहरू मारिएका छन् ।

पत्रकारहरूको हालैका यी हत्याहरूले गाजामा सञ्चारकर्मीहरुले काम गरिरहेको खतरनाक वातावरणलाई रेखांकित गर्दछ। सरल शब्दमा भन्नुपर्दा, यो पत्रकारहरूको लागि सबैभन्दा खराब द्वन्द्व साबित भएको छ। विशेष गरी गाजा बाहिरका पत्रकारहरूलाई युद्धक्षेत्रबाट रिपोर्ट गर्न बन्द गरिएको इसरायल प्यालेस्टाइन युद्धमा रिपोर्टिङ कहिलेकाहीं असम्भव र धेरै पटक, घातकजस्तै साबित भएको छ ।

यी चुनौतिहरूको बावजुद, प्यालेस्टिनी पत्रकारहरूले २१ औं शताब्दीको सबैभन्दा घातक द्वन्द्वको समयमा संसारले हेर्ने आँखा र सबिले सुन्ने कानको रूपमा सेवा गर्दै युद्धको भयावहताहरू रिपोर्ट गर्न जारी राखेका छन्।

उक्त समयमा ४५,४०० भन्दा बढी मानिसहरू मारिएका छन् भने १०८,००० भन्दा बढी घाइते भएका छन्।

निम्न सूची गाजामा मारिएका पत्रकार र मिडियाकर्मीहरूको हो।

journalists killed in gaza
journalists killed in gaza 1
journalists killed in gaza 2
journalists killed in gaza 3

कुलमान घिसिङले बुझाए नोट अफ डिसेन्ट

काठमाडौं– नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण बोर्डले मन्त्रालय गठित समितिलाई स्रोत र तथ्याङ्क उपलब्ध गराउन गरेको पछिल्लो निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ दायर गरेका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बिलिङ विवाद अध्ययन गर्न ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । प्राधिकरणले त्यस्ता समितिहरू विधुत नियमन आयोगबाटै स्थापना हुनुपर्ने बताउँदै आएको छ ।उक्त कदमको विरोधका गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार बसेको बैठकमा नोट अफ डिसेन्ट बुझाएका हुन् । बोर्ड सदस्य रतन ऐयर र भरत आचार्यको समर्थनमा घिसिङले समितिको वैधानिकताप्रति चिन्ता र चासो व्यक्त गरेका छन् ।

प्राधिकरण र औद्योगिक व्यावसायीबीच लामो समयदेखिको भुक्तानीलाई लिएर चलिरहेको विवादका कारण यो विवाद उत्पन्न भएको हो । प्राधिकरणले प्रक्रियागत अनियमितता भएको भन्दै मन्त्रालयले गठित समितिलाई तथ्याङ्क र सुविधा दिन विरोध गरेको छ ।

एक चीन नीति अन्तर्गत ताइवानसँग एकीकरण अपरिहार्य :सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको सम्बन्धमा एक चीन नीतिको महत्त्वमा जोड दिँदै टापुसँगको एकीकरण रोक्न नसकिने प्रक्रिया भएको बताएका छन्।

सन् १९४९ मा चिनियाँ गृहयुद्धमा पराजित भएपछि ताइवानमा राष्ट्रवादी शक्तिहरूले स्वशासन स्थापना गरेका थिए। हाल केही मुट्ठीभर राष्ट्रहरूले यसलाई स्वतन्त्र भनी मान्यता दिएका छन् तर रुसलगायत अधिकांशले उक्त क्षेत्र चीनको हिस्सा भएको र सो कुरामा बेइजिङको अडान यथावत रहेको उनले बताएका छन् ।

“ताइवान स्ट्रेटका दुबै छेउका देशबासीहरू एउटै परिवार हुन्। हाम्रो पारिवारिक बन्धनलाई कसैले तोड्न सक्दैन र मातृभूमिको राष्ट्रिय एकीकरणको ऐतिहासिक प्रवृत्तिलाई कसैले रोक्न सक्दैन,” सीले भने।

“राज्य प्रमुखले यो प्रक्रिया अपरिहार्य छ र दुबै पक्षका मानिसहरू “उद्देश्यको साझा भावनाले बाँधिएको हुनुपर्छ र चिनियाँ राष्ट्रको कायाकल्पको महिमामा सहभागी हुनुपर्दछ” उनले भने ।

अमेरिकाले आधिकारिक रूपमा एक चीन नीतिको पालना गर्दै, ताइवानलाई चीनको हिस्साको रूपमा मान्यता दिएपनि चीनको आक्रोशलाई उत्प्रेरित गर्दै ताइपेमा सरकारसँग सैन्य सहयोगमा संलग्न रहेको र चीन सरकारले ताइपेईलाई अमेरिकी हतियार बिक्रीको बारम्बार निन्दा गर्दै आएपनि वाशिंगटनले यस क्षेत्रमा तनाव बढाएको आरोप समेत उनले लगाएका छन् ।

सन् २०२५ मा चुनौतीहरूभन्दा माथि उठ्ने छौँ :चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार विश्वको दोस्रो ठूलो अर्थतन्त्रले कडा परिश्रमका माध्यमबाट चुनौती र दबाबलाई पार गर्न सक्ने भन्दै आगामी वर्षमा विश्वस्त रहन राष्ट्रलाई आह्वान गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले चाइना मिडिया ग्रुप र इन्टरनेट मार्फत सन् २०२५ को नयाँ वर्षको सन्देशमा उक्त टिप्पणी गरेका हुन्।

२०२५ मा आफ्नो १४ औं पञ्चवर्षीय योजना पूर्ण रूपमा पूरा गर्न सेट गरिएको छ, चीनले थप सक्रिय र प्रभावकारी नीतिहरू लागू गर्नेछ, उच्च गुणस्तरको विकासलाई प्राथमिकता दिनेछ, विज्ञान र प्रविधिमा आत्मनिर्भरता र बललाई बढावा दिनेछ, र आर्थिक र सामाजिक विकासमा ठोस गति कायम गर्नेछ, सीले भने ।

उनले भने कि चिनियाँ अर्थतन्त्रले “अहिले केही नयाँ परिस्थितिहरूको सामना गरिरहेको छ, जसमा बाह्य वातावरणमा अनिश्चितताका चुनौतीहरू र नयाँमा रूपान्तरणको दबाब समावेश छ।””तर हामी हाम्रो कडा परिश्रमले जित्न सक्छौं। सधैं जस्तै, हामी हाम्रो कठिन समयमा बलियो हुन्छौं। हामी विश्वस्त हुनुपर्छ,” सीले भने।

२०२४ मा चीनको मार्गचित्रको समीक्षा गर्दै, सीले अर्थतन्त्र पुनरुत्थान भएको र राष्ट्रिय जीडीपीले १३० ट्रिलियन युआन र देशको अन्न उत्पादन ७०० मिलियन भन्दा बढी हुने अपेक्षा गरेको बताएका छन् ।

उनले चीनले नयाँ गुणस्तरीय उत्पादक शक्तिको विकास गरेको र नयाँ व्यापारिक क्षेत्र, रूप र मोडलहरू उदाउँदै गएको पनि बताए। पहिलो पटक, चीनले एक वर्षमा १० मिलियन भन्दा बढी नयाँ ऊर्जा वाहनहरू उत्पादन गरेको छ, र एकीकृत सर्किट, कृत्रिम बुद्धिमत्ता र क्वान्टम कम्युनिकेसन लगायतका क्षेत्रहरूमा सफलता हासिल गरेको समेत बताएका छन् ।

पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य परिमार्जन गर्दै पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरेको छ । यो समायोजनसँगै अहिले काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेलको मूल्य १५३ रुपैयाँ रहेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १२६ रुपैयाँ तोकेको जानकारी दिएका छन् । साथै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य (काठमाडौंका लागि) प्रति किलोलिटर १५ अमेरिकी डलरले घटाइएको छ ।

निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । तर, तरल पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य भने यथावत रहेको छ ।

नेपाललाई इन्धन आपूर्ति गर्ने इन्डियन आयल कर्पोरेसनको पछिल्लो मूल्यसूचीअनुसार सो मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।

विश्वभर प्रजातन्त्र र मानवअधिकारको वकालत गर्ने कार्टर सेन्टरले आइतबार दिउँसो उनको जर्जियाको प्लेन्सस्थित घरमा निधन भएको जनाएको छ ।

सन् १९७७ देखि १९८१ सम्म उनि अमेरिकाको राष्ट्रपतिको रूपमा रहे।
कम अनुमोदन मूल्याङ्कनका साथ व्हाइट हाउस छोडेपछि, उनको प्रतिष्ठा मानवीय कार्यको माध्यमबाट पुनर्स्थापित भयो जसले उनलाई नोबेल शान्ति पुरस्कार प्राप्त गर्यो।

कार्टर राष्ट्रपति हुनु अघि जर्जियाका गभर्नर , अमेरिकी नौसेनामा एक लेफ्टिनेन्ट र एक किसान थिए। उनका चार छोराछोरी, ११ नातिनातिना र १४ पनाति-पनातिनाहरू छन्।

७७ वर्ष लामो वैवाहिक जीवन संगै बिताएकी उनकी श्रीमती रोजालिनको भने नोभेम्बर २०२३ मा निधन भएको थियो।

यस्तो छ राष्ट्र बैंकले आजको लागि निर्धारण गरेको बिदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ ।

निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

नागार्जुनका मेयर बस्नेतमाथि ९ करोड रुपैयाँ घुस खाएको आरोप

काठमाडौं । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।

अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

त्यसरी हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । अख्तियारले मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।

त्यस्तै, शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको रकम समेत राजु कँडेलले तिरिदिएका अख्तियारको आरोपत्रमा उल्लेख छ । पार्टी गरेबापत करिब २५ लाख रुपैयाँ भुक्तानी भएको थियो ।

अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।

अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।

अख्तियारले मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ ।

अख्तियारको आरोप पत्रमा मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठानले मन्दिर बनाउने भनी जग्गा बिक्री गर्नका लागि स्थानीहरुलाई सहमत गराएको उल्लेख छ ।

पछि त्यो जग्गामा पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलले प्लटिङ गराइ हाउजिङहरु बेचेका थिए ।

मेयर बस्नेतले पदको दुरुपयोग गरी स्थानीयहरुलाई सस्तोमा जग्गा बिक्री गर्न लगाएका थिए। पछि राजु कँडेलले प्लटिङ गरेर महंगोमा जग्गा बिक्री गरेको र त्यसबापत बस्नेतले लाभ पाएको अख्तियारको आरोप छ ।

राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना तहाचलका शाखा अधिकृतलाई पक्राउ गरेको छ। आयोगको टोलीले ४५ वर्षीय अधिकृत धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

आइतबार प्रसाईको कार्यकक्षमै पुगेर आयोगको टोलीले सेवाग्राहीबाट लिइसकेको रकमसहित उनलाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रवक्ता घिमिरेले उनीविरुद्ध थप अनुसन्धान भइरहेको जानकारी दिए। घिमिरेका अनुसार पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचना तथा निवेदनका आधारमा टोली प्रसाईको कार्यकक्षमा पुगेको थियो।

एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था छ : घनश्याम भुसाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै,
एमालेभित्र अहिले धेरै उकुसमुकुस रहेकोले अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको र अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने उनले बताएका छन्।

एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको सुनाए ।

भिम रावललाई पार्टीबाट निष्काशन गरिएको सन्दर्भमा सञ्चारकर्मीहरूसंग कुरागर्दै उनले भने, ‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’

कांग्रेसले वर्तमान सरकारको विकल्प खोजिरहेको माओवादी नेता पुनको दाबी

रुकुम – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग वाक्क भएर नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प खोजिरहेको बताएका छन्।

श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको र देशमा अहिले पनि सरकारका कारण कुनै पनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको समेत उनले बताएका छन्।

रुकुम पूर्वको भूमेमा माओवादीको अधिवेशनको उद्‍घाटन गर्दै कांग्रेस नेताहरूले वर्तमान सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताएका छन् । तर कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन आफुहरु तयार नरहेको र २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताएका छन्।

मन्त्रिपरिषदको निर्णय अख्तियारको क्षेत्राधिकारमा रहने विषयलाई लिएर कांग्रेसभित्र विवाद

काठमाडौं – नीतिगत निर्णयका नाममा जस्ता विषय पनि मन्त्रिपरिषद्बबाट पारित गर्ने गरेकोले त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न मन्त्रिपरिषदको नीतिगत निर्णय बाहेकका निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा पर्ने गरी संसदीय उपसमितिले जुटाएको सहमतिलाई लिएर नेपाली कांग्रेसभित्र विवाद सुरु भएको छ ।

यसअघी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत नहुने व्याख्या गर्दै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ पारित गरेको थियो। विधेयकमा प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सर्वसाधारणलाई समान रूपमा लागू नहुने र सार्वजनिक रूपमा घोषणा भएको नीतिको प्रतिकूल हुने गरी कुनै खास व्यक्ति वा निजी संस्थालाई मात्र लाभ हुने गरी गरिएको निर्णय, सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सार्वजनिक खरिद सम्बन्धमा गरिएको निर्णय र प्रचलित कानुनबमोजिम अन्य निकाय वा अधिकारीले निर्णय गर्नुपर्ने विषयमा अधिकारक्षेत्र नाघी गरिएको निर्णय नीतिगत नहुने उल्लेख छ ।

यसअघि मन्त्रिपरिषद्को कुनै पनि निर्णयमा अख्तियारले अनुसन्धान गर्न नपाउने हुँदा मन्त्रालयका सहसचिव, सचिव वा अन्य सरकारी अधिकारीले कानुनी कारबाहीबाट बच्न मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रवृत्तिले मुलुकको सुशासनमा प्रश्न उठ्दै आएको भन्दै मन्त्रिपरिषदको निर्णय अख्तियारको क्षेत्राधिकारमा रहने गरि विधेयक ल्याएको थियो।

तर, राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले गृहमन्त्री लेखक समेतको राय अनुसार अख्तियारले नीतिगत बाहेक अरू प्रकृतिका मन्त्रिपरिषद्का निर्णयमाथि अनुसन्धान गर्न पाउने गरी सहमति जुटाएपछि भने कांग्रेसभित्र विवाद सुरु भएको हो ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे मन्त्रिपरिषद्‍को निर्णयमा अंकुश लगाउने गरी कानुन बनाउन नहुने र मन्त्रिपरिषद्‍को निर्णय अख्तियारको क्षेत्राधिकारमा पर्न नहुने बताउँदै आएका छन्।

जबकी कांग्रेसकै सांसद हृदयराम थानी नेतृत्वको संसदीय उपसमितिले नीतिगत बाहेकका निर्णयमा भ्रष्टाचार देखेमा अख्तियारले मुद्दा दायर गर्न सक्ने गरी अख्तियार ऐन परिमार्जन गर्ने विषयमा सहमति जुटाएको हो । त्यसैगरी गृहमन्त्री लेखक पनि मन्त्रिपरिषदको नीतिगत निर्णय बाहेकका निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा पर्ने गरी संसदीय उपसमितिले जुटाएको सहमतिलाई लिएर सकारात्मक देखिएका छन्।

एसईई परीक्षाको आवेदन फारम खुल्ला

काठमाडौं – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ ।

पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्नुपर्ने कार्यालले बताएको छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्नेछ ।

फारम भर्नको लागि रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो चाहिने कार्यालयले जनाएको छ ।

अनुशासनहिन काम गरेपछि रावललाई पार्टीबाट निष्काशन गरिएको हो : शंकर पोखरेल

काठमाडौं – प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले, पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई पार्टीबाट निष्कासित गर्नुपरेको र पार्टीले स्पष्टीकरण सोध्दा समेत उनले त्यसलाई बेवास्ता गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थीरताको बीउ रोपेको आरोप समेत उनले लगाएका छन्। अस्थीरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको समेत उनले बताए।

३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनको भनाइ छ । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायीत्व र विकासका लागि भएको भन्दै ,अहिले ठूला दल मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् ।

कानुन निर्माणमा तीन महिने समयसीमा प्रस्ताव

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले कानुन निर्माणमा संसदीय समितिका लागि तीन महिने समयसीमा लगाउने प्रस्ताव गरेका छन् ।

संसदीय समितिमा विधेयक लामो समयदेखि अड्किने प्रवृति रहेकाले त्यसलाई तोड्न र कानुन निर्माणलाई गति दिनका लागि कांग्रेस र एमालेले बनाएको कार्यदलले नयाँ विधेयक प्रतिनिधिसभाको समितिमा आइपुगेको अवस्थामा सम्बन्धित विषयगत समितिले बढीमा ९० दिनभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको हो ।

कानुन निर्माणमा समयसीमा राख्नका लागि प्रतिनिधिसभा नियमावली, राष्ट्रिय सभा नियमावली र संघीय संसदको संयुक्त कार्य सञ्चालन नियमावली संशोधन गर्नुपर्ने हुन्छ । नियमावली संशोधनको गृहकार्य अगाडि बढाउन विपक्षी दलहरूसँग समेत छलफल गर्ने तय गरिएको छ ।

कुनै ऐन संशोधन गर्न बनेको विधेयक भए ६० दिनभित्र समितिले टुंगो लगाउनुपर्ने अन्यथा प्रतिनिधि सभाले स्वतः अगाडि बढाउन बाधा नपर्नेगरी समय सीमा तोक्न कांग्रेस र एमाले सहमत भएका हुन् । चित्त बुझ्दो कारणसहित सम्बन्धित विषयगत समितिले थप समय माग्न सक्ने र त्यस्तो समय मागको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले नै स्वीकृति दिनुपर्ने गरी नियमावलीमा समयसीमा राख्न खोजिएको हो ।

नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २९औं विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,”हामीले ग्लोबल वार्मिङका लागि कुनै त्यस्तो योगदान गरेका छैनौं, तर त्यसको मार खेप्न बाध्य भएका छौं र नबिराएको काममा सजाय भोग्नुपरेको छ “।नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा पनि राखेको उनले बताएका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने उनले बताएका छन् । ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको जानकारी गराए। कोप २९ को समीक्षासहित अहिलेदेखि नै कोप ३० को तयारी थाल्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धीका पक्ष राष्ट्रहरूको २९औं सम्मेलन गत कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो। सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको थियो ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुक्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जंगलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए।

पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन कानून बनाउँदै सरकार

काठमाडौँ- सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई सुविधा दिन कानून बनाउने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वविशिष्ट पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेपछि गृह मन्त्रालयले कानुनको मस्यौदा बनाउन थालेको छ ।

सर्वाेच्च अदालतले कानून बनाएर मात्र पूर्वविशिष्ट पदाधिकारीहरुको सेवा सुबिधा निर्क्यौल गर्न परमादेश दिएपनि हाल पूर्वबिशिष्ट पदाधिकारीहरुलाई कानूनबिना नै गाडी, इन्धन लगायतका सुविधा सरकारले दिदै आएको छ ।

यसअघि पनि सरकारले यससम्बन्धि बिधेयक संसदमा लगेको भएपनि त्यो पारित भने हुन सकेन। हाल आएर सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई सुविधा दिन फेरि नयाँ कानुन बनाउने प्रक्रिया अघि बढाएको हो ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षका लागि सुविधा तय गर्न कानून बनाउन लागिएको हो।

पार्टीगत ट्रेड युनियन खारेज गर्न माग

काठमाडौं : राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विभिन्न दलका नेताहरुले निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन राख्न उचित नहुने सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलका क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने सुझाव दिएका छन् ।

उनले नेपालको कानुनले सरकारी कर्मचारीले कुनै पनि पार्टीको संस्थागत सदस्य लिन नहुने उल्लेख गरेकोमा ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने पार्टीको धारणा रहेको बताएका छन् । एउटामात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने र अधिकृत तहभन्दा माथिका कर्मचारीलाई संलग्न गराउन नहुने पनि उनले बताए। उनले संवैधानिक आयोग पूर्व कर्मचारीको क्लबजस्तो देखिएकाले आयोगमा ५० प्रतिशतभन्दा बढी पूर्व कर्मचारी हुन नहुने प्रावधान राख्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले निजामती क्षेत्रमा विभिन्न दलका फरक-फरक ट्रेड युनियन भन्दा पनि एउटै ट्रेड युनियन राख्नुपर्ने बताए। एउटै ट्रेड युनियनमा पनि अधिकृतभन्दा माथिका कर्मचारीलाई राख्न नहुने विषयमा छलफल चलाउनुपर्ने उनले बताए।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बिना लामाले कर्मचारीतन्त्रलाई काम गर्न दिनका लागि पनि कर्मचारीतन्त्रमा ट्रेड युनियन खारेज गर्नुपर्ने बताइन् । ट्रेड युनियनका नाममा कर्मचारीतन्त्रमा पार्टीगत भर्तिकेन्द्र भएको भन्दै निजामती कर्मचारीलाई राजनीतिक दलमा लाग्न रोक लगाउने र राजनीति नगर्ने कानुन बनाउनुपर्ने उनले बताइन।

बैठकमा प्रमुख दलका मुख्य सचेतकहरूले विधेयकहरूलाई समयमा नै अघि बढाउन पार्टीगत रूपमा नै प्रतिवद्ध रहेको धारणा राखेका थिए। उनीहरूले विधेयक धेरै समय समितिमा रहँदा समयमा नै कानुन नबन्ने समस्या रहेकाले सबै गम्भीर हुनुपर्ने सुझाव दिएका थिए।

बयानाका लागि रवि लामिछानेसहित ६ जना कास्की अदालतमा

कास्की -राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा हाजिर गरिएको छ ।

लामिछाने, गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पचैन, पूर्व सञ्चालक समितिका सदस्य कृष्ण गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, पूर्व सांसद मीना गुरुङलगायतलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।

जोशी र पचाईको बयान लिइसकेको भएपनि लामिछानेले भने बयान दिएका छैनन् । पूर्व कोषाध्यक्ष आरती र पूर्व सांसद मीनालाई मंगलबार पक्राउ गरिएको हो ।

आइतबार लामिछानेमाथि थप मुद्दा दायर गरेपछि सोमबार बयान लिने प्रक्रिया सुरु भएको हो । न्यायाधीश नितीज राईको इजलासमा मुद्दा चलिरहेको छ ।

सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि

काठमाडौँ – बिहीबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर अहिले सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने बुधबारदेखि तोलाको १ हजार ८ सय रुपैयाँमा स्थिर रहेको छ ।

भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।

‘पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव ज्ञवालीले भने।

यता, नेता रावलले आफूमाथिको कारवाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताएका छन्।

त्यसैगरी, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारी बाट अलग गरेको छ।

सहकारी प्राधिकरण गठन गर्न अध्यादेश: ५ लाखसम्मको बचत फिर्तालाई प्राथमिकता

काठमाडौँ — सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ ।

अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्तिलगायतको जायजेथा, दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्ने व्यवस्था अध्यादेशमा छ ।

अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ । अदालतमा विचाराधीन अन्य फौजदारी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधबाहेकका मुद्दामा मिलापत्र, सहकारीको दर्ता र वर्गीकरण, व्यक्तिगत बचत तथा ऋणको सीमा, कर्जा सूचना केन्द्रमा आबद्धता, सहकारी कर्जा तथा सुरक्षण कोष स्थापनालगायत व्यवस्था पनि अध्यादेशमा छ ।

अध्यादेशमा बचत फिर्ताका लागि विशेष व्यवस्था गरिएको छ । ‘प्रचलित कानुनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि सहकारी संस्था वा दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्नेछ,’ अध्यादेशमा भनिएको छ, ‘सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभए मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’

बचत फिर्ता गर्ने प्रयोजनका लागि सहकारी संस्था वा सहकारी ऐनको दफा १०५ बमोजिमको व्यवस्थापन समितिले त्यस्तो संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्न सक्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ ।

‘सहकारीले ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्नुअघि सम्बन्धित ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिई सो अवधिभित्र ऋण चुक्ता नगरे त्यस्तो धितो सुरक्षण लिलाम बढाबढ गरी बिक्री गर्नुपर्नेछ,’ अध्यादेशमा भनिएको छ, ‘त्यस्तो धितो सुरक्षण बिक्री गर्दा ऋणीले तिर्नुपर्ने रकमभन्दा बढी रकम प्राप्त हुन आए ऋणीको रकम चुक्ता भई बाँकी रहेको रकम त्यस्तो ऋणीलाई फिर्ता दिनुपर्नेछ ।’

सहकारी संस्थाले घर, जग्गा वा अन्य मेसिनरी औजार वा उपकरण लिज वा भाडामा उपलब्ध गराएबापत प्राप्त हुने रकम असुल गरी त्यस्तो रकम बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि प्रयोग गर्ने स्पष्ट व्यवस्था अध्यादेशमा छ । ‘जोखिममा रहेका बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि प्राधिकरणले मापदण्ड र समयबद्ध फिर्ता कार्ययोजना बनाई बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्नुपर्नेछ,’ अध्यादेशमा उल्लेख छ ।

बचत रकम फिर्ताका लागि सूचना प्रकाशन भएपछि समस्याग्रस्त सहकारी संस्थाका सदस्य, बचतकर्ता, साहु तथा लगानीकर्ता बैंक तथा वित्तीय संस्थाले आफ्नो रकम दाबी पेस गर्नुपर्नेछ ।

अध्यादेशमा बचत रकम फिर्ता गर्न समिति गठन गर्न सकिने प्रावधान पनि छ, जसअनुसार कुनै सहकारी संस्थाले आफ्ना सदस्यलाई बचत रकम फिर्ता दिन नसकेको, सञ्चालक समितिले सदस्यको हितविपरीतको काम गरेको वा सञ्चालक समितिका अधिकांश सञ्चालक संस्थामा उपस्थित नभएको अवस्थामा साधारणसभा नबसेको कारण सदस्यको बचत रकम फिर्ता हुन नसकेको भनी संस्थाका कम्तीमा १५ प्रतिशत सदस्यले संस्थाको सम्पत्ति जिम्मा लिई सदस्यको बचत फिर्ता गर्ने प्रयोजनका लागि बचत फिर्ता समिति गठन गर्ने व्यवस्था अध्यादेशमा छ । संस्था सञ्चालन गर्न सम्बन्धित सहकारी हेर्ने निकायमा अनुमतिका लागि निवेदन दिनुपर्ने पनि अध्यादेशमा भनिएको छ ।

संविधान संशोधनको गृहकार्यमा सत्तारुढ दल

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको पाँच महिनापछि गठबन्धनका साझेदार नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधनका क्षेत्र पहिचान गर्ने संयन्त्र निर्माणको अन्तिम चरणमा छन् ।

असार मसान्तमा सरकार गठन गर्दा कांग्रेस र एमालेबीच भएको प्रमुख सहमति संविधान संशोधन र कार्यान्वयनमा कठिनाइ भएका प्रावधानहरूको पुनरावलोकन गर्ने थियो ।कांग्रेस र एमालेबीच मंगलबार संविधान संशोधनको द्विपक्षीय वार्ता भएको छ । दुई दलबीचको गठित आठ सदस्यीय कार्यदलको बैठकले संशोधन प्रक्रिया अघि बढाउने विषयमा छलफल गरेको थियो ।

बैठकका अनुसार संविधान संशोधनको विषय पहिचान गर्न क्रसपार्टी टास्क फोर्सको नेतृत्व वरिष्ठ राजनीतिज्ञले गर्नेछन् र त्यसमा विभिन्न राजनीतिक दलका सदस्यहरू सम्मिलित हुनेछन्। यदी सो को लागि ,गैरराजनीतिक कार्यदल गठन भएमा त्यसको नेतृत्व सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश वा सबै सरोकारवालालाई मान्य हुने अन्य सम्मानित कानुनी व्यक्तित्वले गर्नेछन् ।

राजनीतिक संयन्त्र बनाउदा अप्ठेरो हुन सक्ने भन्दै,काङ्ग्रेस र एमालेका केही नेताहरूले कानुनविद्, संवैधानिक विज्ञ, मानवअधिकारकर्मी लगायतलाई समेटेर अगाडि बढ्न सक्ने गरी गैरराजनीतिक संयन्त्र वा कार्यदल गठन गर्न सुझाव दिएको कार्यदलका सदस्यले बताएका छन् ।

संविधान संशोधनका लागि दुई ठूला दलबीच भएको सहमतिले राजनीतिक वृत्तभित्र र बाहिर बहस चर्काएको छ । संविधान संशोधन गर्ने यो उपयुक्त समय हो कि होइन भन्ने विषयमा दलहरु विभाजित छन् ।

तर गृहमन्त्री लेखकले सत्तारुढ र प्रतिपक्षी दलले पहिलो संविधानको १० वर्षे यात्राको समीक्षा गरी यसको सबल र कमजोरी पहिचान गर्ने बताए । दोस्रो, सत्तारुढ दलले परिमार्जन गर्नुपर्ने विषय पहिचान गर्नेछन् र त्यसका लागि सत्तारुढ र प्रतिपक्ष एकै ठाउँमा बस्नेछन् । अन्त्यमा कांग्रेस र एमालेबीच संशोधनको विषयवस्तुमा सहमति भई सदनमा टेबुल गर्ने बताउँदै ,संविधान संशोधनले समावेशीतालाई कमजोर नभई बलियो बनाउने स्पष्ट पारे ।

राष्ट्रपतिसमक्ष पाँच राजदूतले लिए शपथ

काठमाडौं – नवनियुक्त पाँच देशका राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेसमपक्ष नवनियुक्त राजदूत रुसी महासंघका लागि जंगबहादुर चौहान, बेलायतको लागि चन्द्रकान्त घिमिरे, स्पेनकालागि शनिल नेपाल, गणतन्त्र कोरियाकालागि डा.शिवमाया तुम्बाहाङफे र गणतन्त्र भारतकालागि डा.शंकर प्रसाद शर्माले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ।

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत: निलम्बन हुने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने बताएकी हुन् ।

‘सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा-२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ,’ काफ्लेले भनिन् । अदालतमा अभियोगपत्र दर्ता गरिएकोबारे संसद् सचिवालयलाई जानकारीसहितको पत्र पठाउने तयारी भइरहेको पनि उनले बताइन् ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २७ मा स्वत: निलम्बन हुने प्रबन्ध रहेको छ । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ उक्त दफामा उल्लेख गरिएको छ ।

त्यस्तै सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम ५६ मा निलम्बनको जानकारी दिनुपर्ने कानुनी प्रबन्ध छ । ‘ऐनको दफा २२ बमोजिम दायर भएको मुद्दामा प्रतिवादी भएको व्यक्ति, कर्मचारी वा पदाधिकारी ऐनको दफा २७ बमोजिम स्वत: निलम्बन भएको जानकारीङ्को सूचना अनुसन्धान गर्ने कार्यालयले आफ्नो वेबसाइटमा राखी त्यसको जानकारी सम्बन्धित निकाय वा संगठित संस्था र नियमनकारी निकायलाई समेत दिनु पर्नेछ । ‘

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ ।

लामिछानेसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो मागसहित अभियोगपत्र दर्ता भएको हो ।

प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरूद्ध कसूर र बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ । सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।

गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा लामिछानेको संलग्नता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा उनको संलग्नता रहेको देखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया ग्रुप छोडेपछि पनि विभिन्न व्यक्ति र सहकारीहरूलाई चेकमार्फत भुक्तानी दिएको उल्लेख गरिएको छ। अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको खाताबाट चे‍कमार्फत विभिन्न व्यक्ति र कम्पनी तथा सहकारीहरूलाई कम्पनीमा रहँदा र आफूले उक्त कम्पनीको सेयर बिक्री गरी अलग भएपश्चात् पनि चेक मार्फत भुक्तानी दिएको,’ उल्लेख गरिएको छ।

लामिछानेले त्यसरी सहकारी बचतकर्ताहरूलाई हानि-नोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुने गरी सहकारीको बचतकर्ताको रकम उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई समेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीत रकम अपचलन गर्नका लागि कृत्रिम कारोबार, कृत्रिम व्यक्ति, काल्पनिक ठेगाना उल्लेख गरी अपराधबाट बच्न उम्कन पूर्वयोजना अनुसार झुठ्ठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको पनि अभियोग पत्रमा उल्लेख छ ।

लामिछानेलाई आज मुद्दा दर्ताका लागि अदालत लगिने

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ताका लागि लगिने भएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएबमोजिम जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गर्ने तयारी गरेको छ । प्रहरीले लामिछानेसहित ५१ जनासँग डेढ अर्ब रुपैयाँ बरामद गर्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सुझाव दिएको थियो ।

प्रहरी अनुसन्धान प्रतिवेदनमा लामिछानेको मुद्दामा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र २ वर्षदेखि १५ वर्षसम्म कैद र रकमको दोब्बर जरिवाना हुने उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी मुद्दामा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध मुद्दा दायर गर्दै शुक्रबार अदालतमा पूरक अभियोगपत्र दायर गरेको छ । सहकारी ठगीका मुख्य योजनाकार जिबी राईविरुद्ध संगठित अपराध, सम्पत्ति शुद्धिकरण र नेपाल राष्ट्र बैंक ऐन विरुद्धको अपराधमा मुद्दा चलाइएको छ ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पचाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ ।

टीआरसी मा बिलम्बन नगर्न प्रधानमन्त्रीलाई तीन अन्तर्राष्ट्रिय संस्थाको पत्र

काठमाडौं – मानवअधिकारवादी तीन वटा अन्तर्राष्ट्रिय संस्थाले संक्रमणकालीन न्याय (टीआरसी) मा बिलम्बन नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

एसिया प्यासिफिक, एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स् वाच इन्टरनेसनल कमिसन अफ जुरिस्टसले लेखेका उक्त पत्रमा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोटलाई अगाडि बढाउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रको बोधार्थ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोधार्थ दिइएको छ ।

‘आयोगहरूमा सक्षम, निष्पक्ष, स्वतन्त्र र व्यापक रूपमा विश्वास प्राप्त गरेका व्यक्तिहरूलाई नियुक्त गर्दा प्रक्रियाको सफलताको सुनिश्चितताका लागि सहज हुनेछ,’ पत्रमा उल्लेख छ ।

उन्नाइस वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनमा राजनीतिक दलहरूका बीच भएको सहमतिले सचेतात्मक आशा जगाएको उल्लेख गर्दै दलीय सहमतिलाई सार्वजनिक रूपमा प्रशंसा गरेका पनि स्मरण गरिएको छ ।

फेरि पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सदस्यहरू नियुक्त गर्ने प्रकृया चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ ।

यही १ पुसमा आयोगहरूका लागि उम्मेदवारहरू सिफारिस गर्नका लागि सिफारिस समितिलाई दिइएको दुई महिनाको समय गुजारेर सिफारिस समिति नै विघटन भएको छ । अब सरकारले पदाधिकारी सिफारिसका लागि फेरि अर्को सिफारिस समिति बनाउनुपर्ने हुन्छ ।

मानवअधिकारवादी संस्थाले सङ्क्रमणकालीन न्यायका लागि अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन र अन्तर्राष्ट्रिय फौजदारी कानुनको पालना आवश्यक भएको भन्दै प्रधानमन्त्री र सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

पत्रमा भनिएको छ, ‘नेपालमा सत्य, न्याय र परिपूरणलाई अगाडि बढाउन सङ्क्रमणकालीन न्याय आयोगहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूको नियुक्तिका लागि सरोकारवालाहरूसँग व्यापक परामर्श सहित पारदर्शी प्रक्रिया सुनिश्चित गर्नका लागि हामी सम्माननीय प्रधानमन्त्री र सबै सरोकारवालाहरूलाई नयाँ सिफारिस समिति गठन गर्न र उक्त समितिलाई सशक्त बनाउन जोडदार आग्रह गर्दछौं ।’

मकाउका नयाँ प्रमुख कार्यकारीद्वारा सपथ ग्रहण

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बिहान मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का नवनियुक्त प्रमुख कार्यकारी साम हाउ फाईलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

मकाउ पूर्वी एसियाली खेलकुद डोममा आयोजित एक समारोहमा मकाउ एसएआर को छैटौं कार्यकालको प्रशासनमा सेवा गरिरहेका अन्य प्रमुख अधिकारीहरूले पनि सपथ ग्रहण गरेका थिए।

पदभार ग्रहण गरेपछि, साम हौ फाईले मकाउको “आर्थिक असन्तुलन” लाई सम्बोधन गर्न र त्यहाँका बासिन्दाहरूलाई असर गर्ने मुख्य मुद्दाहरू, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, वृद्ध हेरचाह र शहरी पुनर्विकास लगायतका समस्याहरूलाई सम्बोधन गर्ने आवश्यकतामा जोड दिए।

सपथ ग्रहणपछि सी चिनफिङले सम्बोधन गर्दै सन् १९९९ मा चिनियाँ प्रशासनमा फर्किएपछि मकाउमा भएको ठूलो परिवर्तनको प्रशंसा गर्नुभयो।उहाँले मकाउले विकासको नयाँ क्षितिज खोल्ने र नयाँ गौरवको सिर्जना गरिरहने बताए। “एक देश, दुई प्रणाली” को नीति व्यापक, सही र अटल रूपमा लागू गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले मकाउको मातृभूमि फिर्ता भएको २५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित भेलामा उक्त टिप्पणी गरेका छन् ।

नौबिसे-मुग्लिन सडक खण्ड बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड ७ पुसदेखि १३ पुससम्म आंशिक रुपमा बन्द हुने भएको छ ।

नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन ।

३ पुसमा बसेको जिल्ला सुरक्षा समिति धादिङको निर्णय अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

यसैगरी मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिनेछ ।

तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुनेछ ।

आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ -नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।

त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याउछौं : प्रधानमन्त्री

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले सिफारिस भएका तथ्यहरूमाथि थप अनुसन्धान गरेर कानुनी प्रकृया अगाडी बढाउने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न गत जेठ १७ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित पाँच सदस्यीय आयोगले प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन बुझाएको छ।

बुधबार सामाजिक सञ्जालमै लेख्दै प्रधानमन्त्री ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अनुसन्धान गरी खोजिने बताएका छन्।

२०१३ सालदेखिका त्रिविको कीर्तिपुर,नैकाप, ढुंगेअड्डा,पाटनलगायत काठमाडौं उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ। आयोगले यसअघि मंसिर १४ गते शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा २०१३ साल नैकाप,ढुंगे अड्डाको १२५ रोपनी अतिक्रमणमा परेको छ। यो जग्गा किनबेच पनि भइसकेको छ। सर्वोच्च अदालतले यो जग्गा त्रिविकै भएको फैसला पनि गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर-बल्खु क्षेत्रको १००० रोपनी जग्गा संकु्चनमा रहेको प्रतिवेदनमा उल्लेख छ। समितिले ललितपुरको लुभुमा रहेको ३७५ रोपनी खोजविन पहिचान गरेको छ। लेब्रोटोरी स्कुलले १०९ रोपनी ,बागवानी केन्द्रको २८१ पनि त्रिविको जग्गा भएको प्रतिवेदनले देखाएको छ।

रूसी क्यान्सर खोप नि: शुल्क वितरण गरिने

रसियाले क्यान्सर विरुद्धको आफ्नै एम आर एन ए खोप विकास गरेको छ। “उक्त खोप बिरामीहरूलाई नि:शुल्क वितरण गरिनेछ”, रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनले बताएका छन्।

धेरै अनुसन्धान केन्द्रहरूसँगको सहकार्यमा खोप विकास गरिएको हो। यसलाई २०२५ को प्रारम्भमा सामान्य सर्कुलेशनमा लन्च गर्ने योजना रहेको बताइएको छ। ।

इपिडिमियोलोजी र माइक्रोबायोलोजीका लागि गमालेया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले, खोपको पूर्व-क्लिनिकल परीक्षणहरूले ट्यूमरको विकास र सम्भावित मेटास्टेसेसलाई कम गर्ने बताएका छन् ।

आज योमरी पुन्हि पर्व पनि मनाइँदै

काठमाडौँ- नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा

आजै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसअघि नवान्नप्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ ।

दक्षिण कोरियाली राष्ट्रपतिविरुद्धको महाभियोग संसदबाट पारित

दक्षिण कोरियाका सांसदहरूले राष्ट्रपति युन सुक योललाई मार्शल ल लागू गर्ने असफल प्रयासमा महाभियोगको पक्षमा मतदान गरेका छन्।

युनको आफ्नै पीपुल पावर पार्टी (पीपीपी) का केही सदस्यहरूले विपक्षमा मतदान गरेपछि उनलाई निलम्बन गरिएको थियो – यद्यपि यो निर्णयलाई संवैधानिक अदालतले अनुमोदन गर्न आवश्यक छ।

महाभियोग प्रस्ताव पारित भएपछि शनिबार साँझ नेशनल एसेम्बली बाहिर हजारौं युन विरोधी प्रदर्शनकारीहरूले उत्सव मनाएका छन् ।

यधपी युनले महाभियोग पारित भएपनि आफुले कहिल्यै हार नमान्ने र महाभियोग आफ्नो राष्ट्रपति पदको लागि अस्थायी विरामको रूपमा वर्णन गरेका छन् ।

आफ्नो सरकारलाई कमजोर पार्ने उत्तर कोरियाली प्रयासहरूलाई रोक्न आवश्यक भएको र महिनौंको राजनीतिक गतिरोध पछि सैन्य शासन लागू गर्नुपरेको उनले बताएका छन्।

यूनको महाभियोगको लागि कडा सार्वजनिक समर्थन रहेको छ। हालैका सर्वेक्षणहरूले तीन चौथाई दक्षिण कोरियालीहरूले उनलाई पदच्युत भएको हेर्न चाहन्थे भन्ने तथ्याङ्क समेत सार्वजनिक गरेको छ ।

गत हप्ता युनलाई महाभियोग लगाउने प्रयास असफल भएपनि सार्वजनिक दबाब पछि पीपीपीले आफ्ना सांसदहरूलाई महाभियोगको पक्षमा मतदान गर्न दिने निर्णय गरेको थियो।

शनिबार, युनको पार्टीका १२ सदस्यहरूले महाभियोगको पक्षमा मतदान गरेपछि महाभियोग प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ थ्रेसहोल्ड पुगेको हो ।

महाभियोग प्रस्ताव पारित भएपछी राष्ट्रिय सभाका सभामुख वू वोन-सिकले नतिजा घोषणा गर्दै वर्षको अन्त्य अब अलिकति खुशी हुने बताएका छन्। त्यसैगरी मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सदस्य वूले,कोरिया गणतन्त्रको भविष्य र हाम्रो आशा जनताको हातमा रहेको बताएका छन्।

संवैधानिक अदालतले युनको महाभियोगलाई कायम राख्नुपर्छ वा उनी पदमा फर्कन सक्छन् कि भनेर निर्णय गर्न अब १८० दिनको समय छ। यदि अदालतले महाभियोगको पक्षमा फैसला गरेमा अर्को राष्ट्रपतिको लागि ६० दिन भित्र निर्वाचन आह्वान गर्नुपर्छ।

महाभियोग पछि युनलाई निलम्बन गरिएको छ भने प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्।

ट्रम्पले जन्मसिद्ध नागरिकताको नियम खारेज गर्ने : आप्रवासी चिन्तित

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफुले पद सम्हालेकै दिन जन्मसिद्ध नागरिकताको नियम खारेज गर्ने बताएका छन् ।

अमेरिकी भूमिमा जन्मका आधारमा अमेरिकी नागरिकता दिने नियम अब रहने छैन। ट्रम्पको यो निर्णयसँगै अमेरिकामा रहेका आप्रवासीहरुमा चिन्ता बढेको छ ।

ट्रम्पले जनवरी २०, २०२५ मा राष्ट्रपति पदको सपथ लिनेछन्। अमेरिकामा कानुनी र अवैध आप्रवासीको संख्या लामो समयदेखि बहसको विषय बनेको छ। ट्रम्पले आफ्नो चुनावी अभियानमा यो मुद्दा उठाएका थिए ।

विश्वमा नागरिकता पाउनका लागि विभिन्न नियमहरु छन् । अमेरिकी भूमिमा जन्मेका व्यक्तिलाई स्वत: अमेरिकी नागरिक मान्ने कानुन छ। गृहयुद्ध पछि, यूएस कांग्रेसले सन् १८६८ मा यो नियम लागू गरेको थियो । त्यो समयमा यो नियम अमेरिकामा आएका अश्वेतहरू लगायत सबैलाई नागरिकता प्रदान गर्न ल्याइएको थियो ।

त्यसबेला अमेरिकामा जन्मिएका बालबालिकालाई स्वतः नागरिकता दिने प्रावधान लागू भएको थियो । नियमले त्यस्ता बालबालिकाका अभिभावकहरू अमेरिकामा कानुनी वा गैरकानूनी छन् कि छैनन् भन्ने फरक पर्दैनथियो ।

यो नियम मूलतः संयुक्त राज्य अमेरिकामा दासको रूपमा ल्याइएका मानिसहरूलाई सजिलो बनाउनको लागि पेश गरिएको थियो।

डोनाल्ड ट्रम्प र उनका समर्थकहरूले उक्त कानुनको दुरुपयोग भइरहेको भन्दै अमेरिकी नागरिक बन्नका लागि नयाँ र कडा कानुनको माग गर्दै आएका छन् ।

“टीआरसी” मा दलहरुबीच सहमति

काठमाडौँ- सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा टुङ्गो लगाउन बाँकी सबै विषयहरूमा सहमति जुटेको नेकपा माओवादी केन्द्रका उउपमहासचिव जनार्दन शर्माले जानकारी दिएका छन् ।

गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र उपमहासचिव शर्मा सदस्य रहेको संयन्त्रले भोलि बेलुकीसम्म सहमति भएको विषय पार्टीका तीन शीर्ष नेताहरूलाई बुझाउने र आवश्यक प्रक्रिया पुर्‍याएर कानुन पारित गर्ने बताइएको छ।

पीडितलाई सम्बोधन होस् भन्ने आधारमा माग अनुसार नै सहमति टुंग्याइएको उनले बताएका छन् ।द्वन्द्वकालमा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषयमा मनसायपूर्वक अथवा स्वेच्छाकारी ढंगले गरिएको हत्या भनेर त्यसलाई टुंग्याएइएको र पीडित सहमत नभएको खण्डमा मावन अधिकारको गम्भीर उल्लंघनमा मुद्दा चल्नेगरी सहमति भएको गृहमन्त्री लेखकले बताएका छन्। यसअघि भएको सहमतिमा अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धि कानुनलाई मिचेर ७५ प्रतिशत सजाय कम गर्न सक्ने गरी दलहरुबीच भएको सहमतिमा भने संसद मै विरोध समेत गरिएको छ , यधपी दलहरुले सो विषयमा भने सहमती जनाएका छन्।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ — सामाजिक सुरक्षा भत्ता लिन सरकारले माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

सामाजिक सुरक्षा भत्ता लिन यसअघि श्रावण १ बाटै परिचयपत्र अनिवार्य चाहिने निर्णयलाई संशोधन गर्दै त्यसलाई बढाएर माघ १ देखि लागू गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ  ।

विभागले निर्णय कार्यान्वयनका लागि ६६ जिल्लाको सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेर सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्ने र परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक रुजु गर्नुपर्नेछ ।

विभागका अनुसार आगामी पुसअघि सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्ने वा नयाँ दर्ता गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नलिएको वा त्यसको नम्बर नपाएको स्वघोषणा सम्बन्धित व्यक्ति आफैंले गर्नुपर्नेछ । विभागले परिचयपत्र प्राप्त गरिसकेकाको हकमा भने बायोमेट्रिक रुजु गर्ने क्रममा कुनै समस्या भएका पुस मसान्तभित्र उपलब्ध गराउने गरी भत्ता कार्ड नवीकरण गर्न सकिने जनाएको छ । सामाजिक सुरक्षा भत्ता लिन सम्बन्धित स्थानीय तहमा भदौ मसान्तभित्र कार्ड नवीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

गत जेठ २४ गते मन्त्रिपरिषद्ले स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दर्ता तथा नवीकरणका लागि श्रावण १ देखि परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यधपी सरकारको चर्को आलोचना भएपछी सरकारले गत जेठ २७ मा परिचयपत्र तत्काल अनिवार्य नगर्ने निर्णय गरेको थियो ।तत्काल रोकिए पनि अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था भएकाले पुस मसान्तसम्मको म्याद दिएर पत्राचार गरिएको विभागका महानिर्देशक कटेलले बताए का छन् ।

विभागका अनुसार १ करोड ५१ लाख ७९ हजार ५ सय १५ जनाको परिचयपत्र विवरण संकलन भइसकेको छ । ७७ जिल्लाको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र केही स्थानीय तहबाट नियमित विवरण संकलन भइरहेको छ भने हालसम्म ४७ लाखभन्दा बढी परिचयपत्र वितरण गरिसकेको छ ।

हमास नेताको हत्याको बदलामा इरानले कठोर कदम चाल्ने सङ्केत

हमास नेता इस्माइल हनियाहको हत्याको बदलामा इरानले कठोर कदम चाल्ने सङ्केत देखिएको छ।

इजरायलले बुधबार बिहान तेहरानमा इस्माइल हनियाहको हत्या गर्ने हमलामा प्रत्यक्ष रूपमा कुनै पनि प्रकारको टिप्पणी गरेको छैन, यधपी हमास नेता इस्माइल हनियाहको हत्या र तेहेरान हमलाको केहि समय अगाडी लेबनानमा मारिएका एक वरिष्ठ हेजबुल्लाह कमाण्डरको हत्याप्रती इंगित गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले, हालैका दिनहरूमा आफ्ना शत्रुहरूलाई कडा प्रहार गर्न सफल भएको बताएका छन्। हानिएह हत्याको केही घण्टाअघि इजरायलले बेरुतमा वरिष्ठ हेजबुल्लाह फुआद शुक्रको समेत हत्या गरिएको थियो।

यता, हमासको सशस्त्र शाखाले हमास समूहको समग्र नेताको रूपमा हेरिने हानिएहको मृत्युले “लडाईलाई नयाँ आयाममा लैजाने” र ठूलो असर पर्ने बताएको छ। यधपी इरानले उक्त हत्याको बदलामा कसरि प्रतिकार गर्छ भन्ने कुराको कुनै टुङ्गो नभएको र यसले मध्यपूर्वी मुलुकहरुमा युद्धलाई अझै बढावा दिन सक्ने संकेत गरिएको छ। गाजामा युद्धविरामका लागि वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका हनियाहको इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको सपथ समारोहमा भाग लिएको केही घण्टापछि मारिएका हुन्।

यसरि बढ्दै गएको द्वन्दको बीच अमेरिकाले आफ्ना नागरिकलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ भने बेलायतका विदेश सचिवले नागरिकहरूलाई देश छोड्न आग्रह गरेका छन्। साथै धेरै अन्तराष्ट्रीय विमान कम्पनीहरुले सो क्षेत्रमा आफ्नो उडान रद्द समेत गरेका छन्।

७ अक्टोबरमा इजरायलमा आक्रमण गरी करिब १२०० व्यक्तिको ज्यान लिएको घटनासंगै बढेको द्वन्दमा इजरायलले हमासलाई नष्ट गर्ने भन्दै युद्द सुरु गरेको थियो।

सामूहिक राजीनामाको आह्वान गर्दै गजुरेलले त्यागे माओवादीको उपमहासचिव पद

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी नेतृत्वबाट भएका ६ वटा गल्ती भएको र पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गर्दै पदबाट राजीनामा दिएका छन्।

गजुरेलले दिएको राजीनामापत्रमा उनले अन्य पदाधिकारीहरु सबैलाई पनि सामूहिक राजीनामा दिन आह्वान गर्दै, पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी समेत दिएका छन्।

राजिनामा पत्रमा उनले अन्य पदाधिकारीहरुलाई सम्बोधन गर्दै लेखेका छन् “पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु। “

राष्ट्रिय सभा निर्वाचनमा अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाउंदै, राष्ट्रिय सभा अध्यक्ष चयन प्रक्रियामा अपनाइएको तरिकाले पदाधिकारीहरूको नैतिक धरातल धुजाधुजा भएको र मार्क्सवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको पनि उनले बताएका छन्।

आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा जम्मा १५ जना मात्र पदाधिकारी हुनुपर्नेमा २१ जना बनाएर विधि र पद्धति मात्र नभई विधानकै उल्लंघन भएको आरोप लगाएका गजुरेलले यसअघि प्रचण्ड प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको सल्लाहकार पदबाट पनि राजीनामा दिएका थिए।

यता, माओवादी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने गजुरेलले राजीनामा दिएको नभई आफ्ना सुझावहरू लिखित रूपमा राखेको दाबी गरेका छन् ।

आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं – जनतासित सम्बन्धको कडी टुटेकोले, जनताको सुखदुख बुझ्न र उनीहरुको कुरा सन्नुका लागि एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने बताएका छन्।

केन्द्रीय मूख्यालय पेरिसडाडाँमा शुक्रबारदेखि बसेको पदाधिकारी बैठकमा, “सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर मिलेको भन्दै २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रचण्डले बताएका छन्।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको भन्दै, आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्ने र त्यसैरी एक्लै चुनाव लड्दा मात्रै आफ्नो विचारहरु, राजनीतिक कार्यदिशाहरु र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सक्ने उनले बताएका छन्।

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने निर्णय गरेको र देशभक्त र अग्रगामीहरुको संयुक्त मोर्चा बनाएर कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर अगाडी बढ्ने निर्णय गरेको बताइएको छ।

यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ’ भन्दै सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको भन्दै सरकारको विषयमा चिन्ता नगरी काम गर्न आग्रह गरेका छन्।

‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न’, भन्दै त्यसपछिको सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने बताएका छन्।

वामपन्थी एकताको प्रहसन अब नदोहोरिने : महासचिव पोखरेल

दांग: नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकताको प्रहसन अब नदोहोरिने बताएका छन्।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वामपन्थी एकताको प्रहसन अब नदोहोरिने र वामपन्थीहरूको बीचको एकता अब एकादेशको कथा भइसकेको बताएका छन्।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको समेत उनले बताएका छन्

दुई प्रमुख दल मिलेर अगाडि बढ्दा मानिसहरूमा प्रश्न उब्जिए पनि स्थायित्व र विकासका लागि बलियो राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको उनले बताएका छन् ।

प्रध्यापकहरूले लगाइदिए सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा ताला

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा प्रध्यापकहरूले ताला लगाइदिएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले कार्यरत शिक्षण सहायक पदका शिक्षकलाई विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नका लागि विज्ञापन आह्वान गरेको तर आन्तरिक प्रतियोगितामा केन्द्रीय क्याम्पसलाई छुटाएको भन्दै विश्वविद्यालयका छवटा प्राध्यापक संघहरूले सेवा आयोगमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

केन्द्रीय क्याम्पसमा विश्वविद्यालयमा स्थापनाकालदेखिनै कार्यरत शिक्षकलाई सेवा आयोगले छुटाएको र विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा पनि एकै प्रकृतिका निर्णयमा समेत विभेद गरिएको भन्दै ताला लगाएको सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पसका सभापति किशोर बोहराले बताएका छन्।

यसअघि पनि विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै ताला लगाइएको थियो ।
अदालतसम्म पुगेको उक्त समायोजनको मुद्दामा अदालतको फैसलाले विज्ञापन खोल्ने बाटो खुलेपछि सेवा आयोगले आन्तरिक विज्ञापन खोले पनि केन्द्रीय क्याम्पस छुटाएको भन्दै प्राध्यापक संघहरूले विरोध जनाएका हुन् ।तस्विर: अन्नपूर्ण

एकैपटक २१ सचिवको सरुवा : १८ देशको लागि राजदूत सिफारिस

काठमाडौँ — राजनीतिक समीकरणमा आएको परिवर्तन सँगै दलहरुले आफ्नो अनुकुल संवैधानिक निकायहरुमा आफ्ना मान्छे नियुक्ति गर्ने परिपाटी नेपाली राजनीतिमा पुन: दोहोरिएको छ। कांग्रेस–एमालेको गठबन्धनमा सरकार परिवर्तन भएसँगै एकैपटक २१ जना सचिवको सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले सरुवा गरेको सचिवहरुको नामावली यसप्रकार रहेको छ।

sachib
raajdoot 1

त्यसैगरी, सरकारले नयाँ सत्ता समीकरण अनुसार १८ देशको लागि राजदूत समेत सिफारिस गरेको छ। यधपी,औपचारिक रूपमा राजदूत नियुक्तिका लागि गरेको सिफारिस सार्वजनिक गरिएको छैन। काँग्रेस एमाले गठबन्धनको नयाँ सत्ता समीकरणबाट बनेको नयाँ सरकारले माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।

नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग

काठमाडौं : हवाई सुरक्षामा गम्भीर कमजोर गरेको भन्दै नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरिएको छ।

उनको कार्यकालमा पटक – पटक हवाई दुर्घटना भएको भन्दै यसअघी पनि उनले राजिनामा दिनुपर्ने भन्दै संसदीय समितिमा आवाज उठेको थियो। सोही, विषयमा पुन: प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले प्राधिकरणका महानिर्देशक अधिकारीको राजीनामा माग गरेका हुन्।

अधिकारी प्राधिकरणको महानिर्देशक बनेपछि ७ वटा हवाई दुर्घटना भएको र त्यसमा ११८ बढी मानिसले ज्यान गुमाएको भन्दै नैतिक प्रश्न उठिसकेकाले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए महानिर्देशक अधिकारीलाई सरकारले अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग समेत उनले गरेका छन्। समिति बैठकमा अधिकांश सांसदहरूले समेत क्यान नेतृत्वको क्षमता र कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

दुर्घटनापछि बनेका आयोगका रिपोर्टहरूले पनि पाइलट,हवाई जहाज र मर्मतका नाममा दोषी देखाउने तर , प्राधिकरणलाई सँधै चोख्याउने गरेको भन्दै, हवाई दुर्घटनामा प्राधिकरणको जिम्मेवारी हुन्छ कि हुँदैन ? , हवाई दुर्घटनामा प्राधिकरणको कहिले दोष हुँदैन ? प्राधिकरणले कहिले जिम्मेवारी लिनुपर्देन? भनेर प्रश्न समेत गरेका छन्।

सन् १९६२ देखि हालसम्म नेपालमा ७२ वटा हवाई दुर्घटना भएको र त्यसमा ९३५ जनाले ज्यान गुमाएको उनको भनाइ छ। गत बुधबार मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन्।

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता गर्न दिए निवेदन

काठमाडौँ – नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता गर्न निवेदन दिएका छन्।

आज पनि बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित भएपछी बैठक साँझ ५ बजे बोलाइएको छ । ५ बजेसम्म कृष्णमानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय गरिसकेको र आफ्नो नाम संसदीय समितिबाट अस्वीकृत भएपछि उनको चरित्रमाथि उठेको प्रश्न वैधानिक हुने भएकाले प्रधानले आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बुझिएको छ।

यसअघी , प्रधानविरुद्ध संसदीय समितिमा एक महिलाले उजुरी दिएकी थिइन्।प्रधान विरुद्ध उजुरी दिने उजुरीकर्ताले प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको बताएपछी समितिले अनुमोदनको मिति अनिश्चित कालका लागि स्थगित गरेको थियो ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्ताव गरेको कृष्णमान प्रधानविरुद्ध उजुरी परेपछि संसदीय सुनुवाई समितिमा उनको नियुक्तिलाई लिएर दलहरु पटक- पटक आन्तरिक छलफलमा जुटेका थिए।

गत असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रावधान अनुसार ,असार ४ गतेबाट ४५ दिनभित्र संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गरिसक्नुपर्ने व्यवस्था रहेको छ। अन्यथा, स्वतः नियुक्त हुने कानुनी व्यवस्था रहेको छ ।यस अनुसार १७ गतेसम्म प्रधानको अनुमोदन हुने वा नहुने संसदीय सुनुवाई समितिले निर्णय गरिसक्नुपर्छ ।

जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको सभापतित्व राप्रपाका सांसद पशुपति शमशेर जबराले गर्दै आएका छन् । सुनुवाइ समितमा कांग्रेसबाट श्यामकुमार घिमिरे, आनन्दप्रसाद ढुँगाना, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

एमालेबाट महेश कुमार बर्तौला, सुनिता बराल, ईश्वरी घर्ती र लिलानाथ श्रेष्ठ छन् । माओवादी केन्द्रबाट जगप्रसाद शर्मा र जनार्दन शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल छन् । जनता समाजवादी पार्टी, नेपालबाट प्रकाश अधिकारी रहेका छन् ।

सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – सहकारी संस्थाहरुको बचत रकम दुरुपयोगको अनुसन्धान गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँगको छलफलमा ,समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

समितिले देशबाहिर रहेकाको नाम समेत गृहमन्त्रीलाई उपलब्ध गराइसकेको बताइएको छ ।समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिंदै, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी, सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

टीआरसी विधेयकमा जुटेन सहमति : बिहीबार अर्को बैठक बस्ने

काठमाडौं – संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ।

गृहमन्त्री लेखकको कार्यकक्षमा भएको उक्त बैठकमा नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला,माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा , कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल लगायतको सहभागिता रहेको थियो।

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर कार्यदलको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।‘मूल ऐन,विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको र त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको बर्तौलाले बताएका छन्।

दलहरुका बीचमा नमिलेका चारवटा विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको कार्यदलका सदस्यहरू हाल आएर एउटा मात्रै विषयमा अड्किएका छन् र त्यो हो, “मानवअधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?” भन्ने विषय।

नेकपा एमाले, पीडितको स्वतन्त्र सहमति नभए अदालत जान पाउने गरी कानुनमै प्रष्ट लेखेर जानुपर्ने पक्षमा रहेको छ भने,अदालतले नै यसमा विवेक पुर्‍याउने तर्क माओवादी केन्द्रको छ । पीडितको स्वतन्त्र सहमति नभए अदालत जान स्वतः पाउने भएकाले पनि कानुनमा लेखिरहन नपर्ने उसको तर्क छ ।

कानुनमा नलेखिए जान नपाइने हो कि भन्ने सन्देश प्रवाह गर्ने र भविष्यमा जान नपाइने भनेर व्याख्या हुन सक्ने भएकाले स्पष्ट उल्लेख गर्नुपर्ने अडान एमालेले राख्दै आएको छ ।

यी दुवै तर्कलाई सम्बोधन गर्ने भाषा प्रयोग गरेर जाने विषयमा भने सैद्धान्तिक सहमति भएको कार्यदल सदस्यहरु बताउँछन् । तर, के भाषा लेख्ने भनेर कुनै प्रस्ताव प्रस्तुत भएको छैन ।

बाँकी तीनवटा विषय:


“मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषामा आर्बीट्ररी हत्या लेख्ने”

“सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्न सक्ने कानुनी व्यवस्था निर्माण गर्ने”

“अयोग्य लडाकु र परिपूरणमा असन्तुष्ट तत्कालीन शाही सेनाका परिवारसमेत सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई सम्बोधन गर्ने गरी आर्थिक साहायता प्रदान गर्ने ” विषयमा भने कार्यदल सदस्यहरुका बीचमा करिब सहमति जुटेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ ।

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।

नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्।

केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन हुने, प्रदेशमा पनि उही प्रकारको अस्थिरता देखिने र केन्द्रले नै डिक्टेट गर्ने प्रदेश संरचनाको कुनै औचित्य नभएको भन्दै प्रदेश खारेजीलाई संविधान संसोधनको प्रमुख मुद्दा बनाउनुपर्ने बताएका छन्। साथै, सरकारको अस्थिर र स्वार्थि राजनीतिक खेलमा जनमोर्चा सामेल नहुने भन्दै आफ्नो पार्टीले सरकारलाई विश्वाशको मत नदिने समेत बताएका छन्।

बागमती प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

केन्द्रिय समीकरण परिवर्तन पश्चात अल्पमतमा परेका लुम्बिनी प्रदेश र बागमती प्रदेशका मुख्यमन्त्रीले आज पदबाट राजिनामा दिएका छन्।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेश जोखबहादुर महराले आज पदबाट राजीनामा दिएका हुन् ।

एमालेले समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची रहेपनि विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिएका छन्।

त्यसैगरी, बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए , तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले सरकार बनाउन काँग्रेस र एमाले दुई दलकाे स्पष्ट बहुमत रहेकाले उनलाई राजीनामा दिन सुझाव दिएपछि उनले पनि राजिनामा बुझाएका हुन्। बागमती प्रदेशमा कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदकाे हस्ताक्षर संकलन गरिएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा गरेका संवोधनको पूर्णपाठ

काठमाडौं – प्रधानमन्त्री ओलीलेले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताएका हुन् ।

संविधान संशोधन गर्दा दलहरूबीच संवाद र सहमति गर्ने कुरामा आफूहरू स्पष्ट रहेको,संविधान संशोधन गर्दा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने र संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा काँग्रेस स्पष्ट रहेको पनि उंले बताएका छन्।

देउवाले मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको र राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने भन्दै, १७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै एमाले पनि दृढ रहने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा गरेका संवोधनको पूर्णपाठ:

सम्माननीय सभामुख महोदय,

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ । आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ ।

वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।

वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ ।

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ ।

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु ।

सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु । तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।

धन्यवाद !
जय नेपाल !

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै के- के भने ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने क्रममा संसदलाइ सम्बोधन गर्दै राष्ट्रिय संविधान असंशोधनीय विषय नभएको र सहमति जुटाएरै संविधान संशोधन गर्ने बताएका छन् ।

संविधान देश र जनताको हितका लागि साधन हो, साध्य होइन र आवश्यकताले संविधान, कानुनमा संशोधन र परिमार्जन हुन्छ, तर संविधान संसोधनको विषयलाई लिएर आफूले भने अनुसार नहुनासाथ पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको समेत बताएका छन्।

ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको भन्दै निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा अगाडी लैजान अहिलेको सरकार बनेको बताएका छन्।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले , हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार भएको र अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने बताएका छन्। साथै, सरकारले वैदेशिक रोजगारीका कारण अर्थतन्त्रको अवयवहरुमा ल्याएको परिवर्तनबारे अध्ययन गर्ने समेत बताएका छन्।

त्यसैगरी उनले सहकारी पीडित जोसुकै भए पनि कारबाही हुने पनि बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीले सरकारको ५ बुंदे प्राथमिकता र काँग्रेस एमालेबीच भएको ७ बुंदे सहमति समेत संसदमा सारजनिक गरेका छन्।

सरकारको ५ बुँदे प्राथमिकतामा रहेका कामहरु

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले संसदलाई सम्बोधन गर्ने क्रममा सरकारका ५ बुँदे प्राथमिकता र काँग्रेस एमालेबीच भएको ७ बुंदे सहमति सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकतामा वर्षौंदेखि अलपत्र रहेको अथवा पूरा हुन नसकिरहेका परियोजना सम्पन्न गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै ति परियोजना सम्पन्न गर्न क्षमता अभिवृद्धि, मूल्यांकन, नीतिगत सुधार र रोकिएको भुक्तानी रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले हाल मुलुकले व्यापार घाटा बेहोर्ने नभएर आयात मात्र गर्ने अवस्था रहेकोले अब उत्पादनमा जोड दिने र उत्पादनका विभिन्न क्षेत्रको पहिचान, लगानीको व्यवस्था लगायत कामलाई प्राथमिकता दिन ६ वटा मन्त्रालयबीच समन्वय हुने बताएका छन् ।

देशमा अहिले पनि ६० लाख मानिस गरिबीको रेखामुनि रहेकाले सरकारको अर्को प्राथमिकतामा गरिबी, अभाव र भोकमरीको अन्त्य गरिने र सडकमा रहेका बालबालिकालाई आश्रय दिने अभियान अगाडी बढाउने प्रधानमन्त्रीले बताएका छन् ।

सरकार अभिछिन्न उत्तराधिकारीवाला संस्था भए पनि आवश्यक कार्यक्रम, नीति र बजेटलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षको बजेटमा आवश्यक संशोधन गरिने र भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न भ्रष्टाचार गर्नेहरु एकदिन कानुनको कठघरामा आउँछ भन्ने सन्देश जानेगरी काम गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे काँग्रेस एमालेबिचको ७ बुँदे सहमति

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् ।

यस्तो छ काँग्रेस एमालेबीच भएको ७ बुँदे सहमति।

१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।

५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।

प्यालेस्टाइन समर्थक अडानका कारण एडिडासले बेला हदीदलाई विज्ञापनबाट हटायो

इजरायल सरकारले बेला हदीदलाई उनको प्यालेस्टाइन समर्थक अडानका लागि “सेमेटिज्म” को आरोप लगाएपछि जर्मन स्पोर्ट्सवेयर एडिडासले हदिदलाई एडिडासको विज्ञापनबाट हटाएको छ ।

भर्खरै, जर्मन स्पोर्ट्सवेयर एडिडासले रेट्रो-प्रेरित क्लासिक्स लुक्समा एस-एल ७२ पुन: लन्च गरेको छ जसलाई पहिलो पटक १९७२ म्युनिख ओलम्पिकको समयमा प्रदर्शन गरिएको थियो, जहाँ प्यालेस्टिनी ब्ल्याक सेप्टेम्बर समूहले एघार इजरायली खेलाडीहरू र एक जर्मन पुलिस अधिकारीको हत्या गरेको थियो।

हालै पुन: लन्च गरिएको उक्त जुत्ताको विज्ञापनको विषयमा इजरायली विदेश मन्त्रालयले बिहीबार X (पहिले ट्विटर) मा “”अंदाज गर्नुहोस् तिनीहरूको अभियानको अनुहार को हो? बेला हदीद, एक आधा प्यालेस्टिनी मोडेल जसले सेमेटिकवाद फैलाउने र इजरायली र यहूदीहरू विरुद्ध हिंसाको लागि आह्वान गरेको इतिहास छ,”
भनेर लेखेपछि एडिडासले बेलाले गरेको उक्त विज्ञापन परिवर्तन गर्ने जाएको छ।

हदीदका बुबा प्यालेस्टिनी हुन् र उनि नाजारेथमा जन्मेको थिइन् ।गाजामा भैरहेको रक्तपातको अन्त्यको लागि आह्वान गर्दै प्यालेस्टिनी अधिकारका लागि उनले आवाज उठाउँदै आएकी थिइन्। प्यालेस्टिनमा चलिरहेको द्वन्द्वमा ३८००० भन्दा बढी नागरिकको ज्यान गएपछि उनले इजरायली सरकारको चर्को आलोचना समेत गरेकी छन्। सार्वजनिक रूपमा इजरायललाई “नरसंहार” गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल मार्फत पनि प्यालेस्टाइन समर्थित आवाज उठाउँदै आएकी बेलाले प्यालेस्टिनी द्वन्दमा रहेकाहरुको राहतको लागि १ मिलियन डलर सहयोग समेत गरेकी छन्।

बेला हदिदलाई विज्ञापनबाट हटाउने कदमले सोशल मिडियामा धेरैले एडिडासको यो कदम विरुद्द आक्रोश पोखेका छन्।

एडिडासले यसअघि सन् २०२२ मा पनि यहूदीहरूप्रती गरेको टिप्पणीलाई लिएर अमेरिकी र्‍यापर कान्ये वेस्टलाई पनि आफ्नो विज्ञापनबाट हटाएको थियो।

गाजा र यमनमा भएको इजरायली आक्रमणमा दर्जनौं मारिए

गाजा पट्टीमा इजरायलको बमबारी जारी रहँदा दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन्, जसमा नुसेइराट शरणार्थी शिविरमा तीनवटा छुट्टाछुट्टै आक्रमणहरूमा १२ जना व्यक्तिहरू मारिएका नागरिक सुरक्षा टोलीले बताएको छ।

यमनमा, बन्दरगाह सहर होडेडाहमा रहेको तेल भण्डारण सुविधा र पावर प्लान्टलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा तीन व्यक्तिको मृत्यु हुनुका साथै ८७ जना घाइते भएका छन् भने,इजरायली आक्रमणले दक्षिणी लेबनानमा पनि धेरै मानिसहरुलाई घाइते बनाएको छ।

गाजामा इजरायलको युद्धमा कम्तिमा ३८,९१९ जनाको मृत्यु भएको छ भने ८९,६२२ जना घाइते भएका छन् ।

आज गुरु पुर्णिमा:व्यास जयन्ती

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”

अर्थात्
“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”

गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । त्यसैले आजको दिन शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरुपूर्णिमा मनाइन्छ।

यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

व्यास जयन्ती
आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, गुरु ब्यासको पनि जन्म दिन पर्दछ । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए । गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन्, महाभारतका भीष्म र ब्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले सत्यवतीलाई विवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार बाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।

गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन्, यिनका पिता पराशर हुन् । पराशर र सत्यवतीको आध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तिनापुर दरबार सम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन् । सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात् यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुटाएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।

ओलीमाथि विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने : महामन्त्री शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिने, तर उनका विगतमा उठेका मुद्दाका विषयमा भने कांग्रेस मौन नबस्ने बताएका हुन् ।

महामन्त्री शर्माले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए ।नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । तर कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि काँग्रेसले साथ दिंदै गर्दा, ओलीमाथि विगतमा उठाएका मुद्दामा उत्तिकै खरो भुमिकाका साथ उभिने उनले बताएका छन्।

२४ खर्ब ३३ अर्ब पुग्यो सार्वजनिक ऋण:एक वर्षमा थपियो एक खर्ब ३३ अर्ब

काठमाडौँ- देशको आम्दानीले खर्च धान्न नसक्ने अवस्थामा ऋण लिनु स्वाभाविक भए पनि ऋणको उपयोगिता र त्यसको सदुपयोग वा दुरुपयोग के कसरि भैरहेको छ भनेर गम्भीर रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता नेपालको विकासको गति र बढ्दै गएको ऋणको अन्तरले  प्रष्ट देखाउँछ । अति विकसित राष्ट्र मानिएको अमेरिकाको पनि २०२४ सम्म आइपुग्दा करिब ३३ ट्रिलियन अमेरिकी डलर बराबरको सार्वजनिक ऋण रहेको छ। यधपी त्यहाँको विकास ऋणको अनुपात भन्दा धेरै तीव्र गतिमा अगाडी रहेको देखिन्छ। तर नेपालमा भने विभिन्न देश र अन्तराष्ट्रिय सँस्थाहरुबाट लिएको ऋणको उचित सदुपयोग र हिसाब किताब नहुँदा ऋणको तुलनामा विकास निकै न्यून देखिन्छ जसले राज्यलाई अनावश्यक ऋणको भार मात्रै थप्दै लगेको देखिन्छ।

अर्थ मन्त्रालयमातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव ०८०/८१ को अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्ममा नेपाल सरकारको कुल ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेकोमा गत आव ०८०/८१ मा आन्तरिकतर्फ ५१ अर्ब ८० करोड र ८२ अर्ब नौ करोड विदेशी ऋण गरी कुल एक खर्ब ३३ अर्ब ८८ करोड थपिएर सार्वजनिक ऋणको आकार २४ खर्ब नाघेको छ ।

कुल ऋणमध्ये ५१.४७ प्रतिशत विदेशी ऋणको हिस्सा छ भने आन्तरिक ऋणको हिस्सा ४८.५३ प्रतिशत छ । कार्यालयका अनुसार १२ खर्ब ५२ अर्ब ३३ करोड विदेशी ऋण पुगेको छ,  जसमा एसियाली विकास बैंकको ४ खर्ब ७ अर्ब ४३ करोड ३६ लाख , अन्तराष्ट्रिय विकास संघ (आइडिए ) को ६ खर्ब १२ अर्ब ८० करोड ६७ लाख,अन्तराष्ट्रिय मुद्रा कोषको ६३ अर्ब २७ करोड ८० लाख, युरोपियन लगानी बैंकको १० अर्ब ६३ करोड २० लाख, कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको १० अर्ब ५९ करोड ९५ लाख, अन्तराष्ट्रिय सहयोगको लागि ओपेक कोषको ७ अर्ब १३ करोड ९८ लाख, नर्डिक विकास कोषको १ अर्ब ७७ करोड ५ लाख, एसियाली पूर्वाधार लगानी बैंकको १ अर्ब ६३ करोड ८२ लाख र युरोपियन आर्थिक परिषदको १५ करोड ९६ लाख रुपैयाँ ऋण लिइएको छ ।

त्यसैगरी, वैदेशिक ऋण तर्फ नै जापानको ५० अर्ब ८८ करोड ९५ लाख , भारतको ४० अर्ब ५२ करोड ६१ लाख, चीनको ३३ अर्ब ९६ करोड ५० लाख, कतारको ५ अर्ब १ करोड ३८ लाख, साउदीको ३ अर्ब ७ करोड ५८ लाख, कुवेतको १ अर्ब ८५ करोड २३ लाख , फ्रान्सको १ अर्ब २ करोड ४६ लाख र बेल्जियमको ४९ करोड २६ लाख रुपैयाँ ऋण लिइएको छ ।

आन्तरिक ऋणतर्फ सरकारले ११ खर्ब ८० अर्ब ९० करोड ऋण लिएकोमा चार खर्ब तीन अर्ब ६९ करोड ट्रेजरी बिल्समार्फत ,विकास ऋणपत्रमार्फत सात खर्ब ६१ अर्ब ९४ करोड, नागरिक बचतपत्रमार्फत ११ अर्ब १२ करोड, वैदेशिक रोजगार बचतपत्रमार्फत २२ करोड र आइएमएफ बन्डमार्फत तीन अर्ब ९१ करोड ऋण सरकारले लिएको देखिन्छ  ।

गत आर्थिक वर्षमा मात्रै सरकारले चार अर्ब ७३ करोड रुपैयाँ विदेशी र २१ अर्ब आन्तरिक ऋणको साँवा–ब्याजबापत भुक्तानी गरेको छ  ।

प्रधानमन्त्रीको मौखिक निर्देशनको भरमा बक्यौता नतिर्ने उद्योगको विधुत लाइन जोडिँदैन

काठमाडौँ – नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिको बैठकले प्रधानमन्त्रीको मौखिक निर्देशनका भरमा बक्यौता नतिर्ने उद्योगहरुको विधुत लाइन जोड्न नमिल्ने निष्कर्ष निकालेको छ।

विधुत प्राधिकरणले करीब ८ अर्ब २६ करोड  बक्यौता नतिर्ने ६१ उद्योगको लाइन कटौती गर्ने बताउँदै आएपनि, बक्यौता तिर्न आनाकानी गरेपछि प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।प्राधिकरणका अनुसार जगदम्बा स्टिलको एक अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, घोराही सिमेन्टको ५१ करोड, अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख, जगदम्बा सिन्थेटिकको २० करोड र हुलासको १४ करोड रुपैयाँ बक्यौता छ ।

विधुत प्राधिकरणले ति उद्योगको विधुत लाइन काटेपछि, प्रधानमन्त्री केपी शर्मा ओलीले ति उद्योगीलाई सँगै राखेर शुक्रबार ऊर्जामन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बालुवाटारमा बोलाएर ६ वटा उद्योगको लाइन तत्काल जडान गर्न निर्देशन दिएका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्रीसंगको छलफलका क्रममा आइतबार सञ्चालक समितिको बैठक बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने बताएका थिए। तर जवाफमा प्रधानमन्त्रीले तत्कालै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्न निर्देशन दिए।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा ऊर्जा मन्त्रालयमा प्रधिकरण सञ्चालक समितिको बैठक बसेको थियो। बैठकमा ऊर्जामन्त्री खड्काले ‘लिखित प्रक्रिया पछि मिलाउने गरी प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल लाइन जोडिहालौँ’ भनेर प्रस्ताव राखेका थिए। तर संचालक समितिका अन्य सदस्यहरुले मन्त्रीको प्रस्तावप्रति असहमति जनाउँदै ,बक्यौता नतिर्ने उद्योगको लाइन जोडनको लागि कहीँ न कहीँबाट लिखित निर्देशन आउनुपर्ने रायसहित प्रधानमन्त्रीको मौखिक निर्देशनका भरमा बिजुली जडान गर्न नसकिने निष्कर्ष निकालेको हो।

कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने : कांग्रेस महामन्त्री

काठमाडौँ- संसदमा विश्वाशको मत लिन लागेका प्रधानमन्त्रीले संसदमा नयाँ सरकार निर्माण लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

४२ औं विपी स्मृति दिवसका सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भने ,”हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा सहमति गरिएको भनिएको ७ बुँदा के-के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु र कम्तिमा हामीले गरेको सहमतिको मर्यादा राखौं भन्ने मेरो अभिप्राय हो। “

प्रधानमन्त्रीले सहमतिको बुंदाहरु पढेर सुनाउने कुरामाअ आफु विश्वस्त रहेको कुरा पनि थापाले बताएका छन्। ‘ प्रधानमन्त्री स्वयं आफैँ उक्त सहमतिको एउटा हस्ताक्षरकर्ता भएकाले गर्दा उहाँको त्यो जिम्मेवारी पनि हो,’ उनले भने।

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा नयाँ गठबन्धन बनेको खुलासा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको बताएका छन्।

कतारको दोहामा आयोजित प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको भन्दै नयाँ गठबन्धनको सहमितिबारे खुलासा गरेका हुन् ।

सम्बोधनकै क्रममा उनले प्रचण्डको चुलबुले बानि र उनको बेइमानिकै कारण सरकार ढलेको समेत बताएका छन्।

उपसभामुख विरुद्ध संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी

काठमाडौँ — उपसभामुख इन्दिरा रानामगरले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले संसदाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा छलफल गर्नुपर्ने आवश्यक रहेको सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताएका छन् ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् ।

बन्द रहेका चिनी मिलहरू संचालन गर्न सरकारलाई निर्देशन

काठमाडौं – संसदीय समितिले बन्द रहेका चिनी उद्योग तत्काल सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको उपसमितिले यस्तो निर्देशन दिएको हो । समितिको बैठकले उखु किसानका समस्या अध्ययन गरी समाधानका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

गत वर्ष उद्योग समितिको उपसमितिले कैलाली, कञ्चनपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका चिनी मिलको अध्ययन मंसिर र फागुन मसान्तमा गरेको थियो । अध्ययनका क्रममा उपसमितिले स्थलगत अनुगमन गरी किसान, चिनी उद्योग व्यवसायी, चिनी मिलका कर्मचारी, सम्बन्धित सरकारी निकाय र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छलफल गरी प्रतिवेदन तयार गरेको थियो ।

उपसमितिले सरकारलाई ‘उखु किसानका लागि अनुदान परिचालन कार्यविधि, २०७५’ संशोधन गर्न सिफारिस गरेको छ । यसका लागि सम्बन्धित सबै पक्षसँग छलफल र परामर्श गर्न पनि उनले निर्देशन दिएका छन् ।

उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उखु उत्पादनको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई पर्ने लागतका आधारमा चिनीको आधार मूल्य निर्धारण गर्न निर्देशन दिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद र राष्ट्रिय उखु अनुसन्धान कार्यक्रमको संस्थागत क्षमता अभिवृद्धि गर्न सरकारले विशेषगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । साथै उखु किसानलाई मल, विषादी र बीउ समयमै उपलब्ध गराउन संघीय इकाइहरूबीच समन्वय गर्न निर्देशन दिइएको छ ।

पुरानै पार्टीको फेर समात्दै अघि बढेको रास्वपा

काठमाडौँ — स्थानिय निर्वाचनमा बालेन,हर्क र हमालहरुको उदय पश्चात “नो नट अगेन” भन्ने नारा दिएर देउवा, ओली बा र नानीका बा – को विरोध गर्दै जनतामा एक खाले आशा जगाएर राजनीतिमा फड्को मार्दै आफुलाई स्थापित गराउन सफल रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका नेताहरु अन्त्यमा आएर हिजो “नो नट अगेन भनेर” जसको बिरोध गरेर राजनीतिमा उदाए आज तिनैको फेरो समातेर अगाडी बढेको देखिन्छ।

प्रतिपक्षमा छँदा होस् या सरकारमा रहँदा ,भुटानी शरणार्थी प्रकरणमा संसदमा चर्को स्वरले राजनीतिक मानव तस्करीको विरोध गर्दै आइरहेको रास्वपाले भुटानी शरणार्थी काण्डकै झल्को दिलाउने गरी , रास्वपा बाट उपसभामुख बनेकी इन्दिरा रानाको अमेरिकी दूतावासलाई लेखेको पत्र विवाद यतिबेला सतहमा देखिएको छ।

परराष्ट्र मन्त्रालयले सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत गर्नुपर्नेमा अनधिकृत व्यक्तिहरूको नाम राखेर भिसा प्रक्रियाको लागि रास्वपा बाट उपसभामुख बनेकी इन्दिरा रानाले पदको दुरुपयोग गर्दै अमेरिकी दुतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्रको विवाद यतिबेला सतहमा देखिएको छ।

घटना सतहमा आएपछि रास्वपाका नेताहरूले उक्त विषयलाई गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको र उक्त कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै सम्बन्ध नभएका चार पुरुष र एक महिलालाई डेलिगेट्स बनाएर अमेरिका लैजान खोजेको र सो को लागि ति ५ जना बाट रकम लिएको समेत चर्चा चलेको छ। अमेरिका लैजाने भनेर को संग के कतिपैसा लिएको भन्ने नखुले पनि अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पछि भने ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले उक्त घटना गुपचुप राखेको आरोप लागेको छ।

उपसभामुख इन्दिरा रानाले आफूसँगै पाँच जना (उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ ) सो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन प्रक्रिया मिचेर अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् ।

पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै सम्बन्धित व्यक्तिहरूले गत वैशाखमा रास्वपाको सम्बंदित निकायमा गुनासो गरेपछि,पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, तत्कालीन महामन्त्री मुकुल ढकाल र संगठन विभागका सचिव शंकर श्रेष्ठबीच विभिन्न चरणमा सो विषय बारे छलफल भएको बुझिएको छ ।अमेरिका जान नपाएको र पैसा पनि डुबेको भन्दै पार्टीमा गुनासो आएको तर पछि कुरा मिल्यो र पैसा फिर्ता भयो होला भन्ने सोचेर सो विषयमा चासो नराखेको कुरा रास्वपाका संगठन सचिव शंकर श्रेष्ठले विभिन्न सञ्चार माध्यमसंग गरेको कुराकानीमा बताएका छन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि एउटै कार्यक्रममा सहभागी हुन चिनेका मान्छे आएपछि उपसभामुखले अन्तर्वार्ताको समयका लागि पहल गरिदिएको बताएका छन्  । यधपी यस्तो कुरालाई पनि ठूलो राजनीतिक इस्यु बनाएर राजनीतिक स्वार्थ साध्ने काम गरिन्छ भने रास्वपालाई स्वीकार्य नहुने उनले सञ्चार माध्यमसंगको कुराकानीमा बताएका छन्। रास्वपा कार्यालको आन्तरिक छलफलमा उपसभामुख रानाले उक्त हस्ताक्षर आफ्नो नभएको र आफूले कसैलाई सिफारिस नगरेको प्रस्टीकरण दिएपनि उक्त विवाद सतहमा आएपछि विभिन्न सञ्चार माध्यमसंग गरेको कुराकानीमा भने उनले उक्त पत्र लेखेको स्वीकार गरेकी छिन्।

चीन- वासिङ्टन हतियार नियन्त्रण वार्ता स्थगित

वाशिङटनले ताइवानलाई निरन्तर हतियार बिक्री गरेको प्रतिक्रियास्वरूप चीनले अमेरिकासँगको हतियार नियन्त्रण वार्ता रोकेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

अमेरिका र चीनले नोभेम्बरमा लामो समयदेखि प्रतिक्षित आणविक अप्रसार वार्ताको आयोजना गरे, जुन २०१८ यताको पहिलो बैठक हो। वार्ताले कुनै ठोस नतिजा नदिए पनि यसलाई दुई महाशक्तिबीचको तनाव कम गर्नको लागि महत्वपूर्ण कदमको रूपमा हेरिएको थियो। बेइजिङले एक वर्षअघि तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर वाशिङटनसँगको लगभग सबै सैन्य सञ्चार विच्छेद गरेको थियो।

बुधबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले अमेरिकासँगको नयाँ चरणको परामर्शबारे छलफल नगर्ने बताए।

“जिम्मेवारी पूर्णतया अमेरिकामा छ,” लिनले भने। “विगतका हप्ताहरू र महिनाहरूमा, चीनको कडा विरोध र बारम्बार विरोधको बाबजुद पनि, अमेरिकाले ताइवानलाई हतियार बेच्न जारी राखेको छ र चीनको मुख्य हित र चीन र अमेरिका बीचको आपसी विश्वासलाई गम्भीर रूपमा कमजोर पार्ने कामहरू गरेको छ।”

यसले हतियार नियन्त्रण परामर्श जारी राख्नको लागि राजनीतिक वातावरणलाई गम्भीर रूपमा सम्झौता गरेको छ, ”उनले भने।

चीनले ताइवानलाई आफ्नो सार्वभौम क्षेत्रको हिस्सा मान्छ, जसलाई ‘एक चीन’ नीति भनिन्छ। अमेरिकाले यो नीतिलाई मान्यता दिन्छ तर समर्थन गर्दैन। बेइजिङले ताइपेईलाई अमेरिकी हतियार बिक्री, ताइवानको स्वतन्त्रताको लागि समर्थनको अभिव्यक्ति र ताइवानलाई सैन्य सहयोगको वाचालाई ‘एक चीन’ नीतिको उल्लङ्घनको रूपमा हेर्छ।

चीनले शान्तिपूर्ण रूपमा ताइवानलाई चिनियाँ मुख्य भूमिसँग पुन: एकीकरण गर्ने र आवश्यक परेमा सैन्य बल प्रयोग गर्ने अधिकार सुरक्षित गर्ने बताएको छ।

लिनले भविष्यमा आणविक वार्तामा फर्किने कुरालाई अस्वीकार गरेनन्। “चीन अन्तर्राष्ट्रिय हतियार नियन्त्रणमा अमेरिकासँग सञ्चार कायम राख्न तयार छ, तर अमेरिकाले चीनको मूल हितलाई सम्मान गर्नुपर्छ र वार्ता र आदानप्रदानका लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुपर्छ,” उनले बुधबारको ब्रीफिंगमा भने।

मध्यपूर्व र युक्रेन द्वन्द्वमा अमेरिका प्रत्यक्ष संलग्न छ – लाभरोभ

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का अध्यक्ष रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्यालेस्टाइन मुद्दालगायत मध्यपूर्वमा भएको बैठकमा, इजरायलले पालेस्टाइनमा गरेको आक्रमणलाई अमेरिकी कूटनीतिक ढाकछोपले वाशिङटनलाई मध्यपूर्वको साथै युक्रेन द्वन्द्वमा प्रत्यक्ष संलग्न बनाएको बताएका छन्।

“इजरायलका कार्यहरूका लागि कूटनीतिक ढाकछोप प्रस्ताव गरेर र हतियार र गोलाबारीहरू पठाएर, वाशिंगटन – युक्रेनको अवस्थाको सन्दर्भमा जस्तै यो द्वन्द्वमा पनि प्रत्यक्ष रूपमा संलग्न भएको छ,” उनले भने । साथै अमेरिकाले इसरायललाइ गरेको यो समर्थन समाप्त भएपछि मध्यपूर्वमा भएको रक्तपात बन्द हुने पनि उनले बताएका छन् ।

अमेरिकाले भिटो अधिकारको सहारा लिएर , संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदको दिगो र व्यापक युद्धविरामको आह्वानलाई अवरुद्ध गर्दै आएको पनि उनले बताएका छन्।

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको नयाँ महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुक्ति गर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा समेत बडाल करिब चार महिना महान्यायाधिवक्ता रहेका थिए ।

विधुत आपूर्ति बन्द हुँदा डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार पुन: सञ्चालनमा

काठमाडौं – विधुत आपूर्ति बन्द हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।

बुधबार दिउँसो साढे १ बजे विधुत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।

बुधबार दिउँसो करिब १ः३० बजे बिजुली काटिएर केबलकार बन्द भएपछि चन्द्रागिरि केबलकारमा फसेका यात्रुलाई प्रहरीले भर्याङ्ग र डोरीको सहायताले उद्दार गरेको थियो।

५४ अंकले बढ्यो नेप्से : १२ अर्बमाथिको कारोबार

काठमाडौं – साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ५४.०४ अंकले बढेको छ। केही दिन यता निरन्तर उकालो लागेको नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो। मंगलबार ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, भने बुधबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ।
यसक्रममा आज ३२ लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ भने, कारोबारमा आएका २०४ स्टकको मूल्य बढ्दा ३२ वटाको घटेको छ र ६ वटाको मूल्य भने स्थिर रहन पुगेको छ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं – प्रधानमन्त्री ओलीले आइतबार संसदमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ, तर प्रधानमन्त्रीलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर आइतबार नै विश्वाशको मत लिने तयारीमा लागेको सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले बताएका छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई संसद कै सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको साथ रहेको छ । अघिल्लो पटक सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री गुमाएका ओली, यसपटक पनि प्रधानमन्त्री नियुक्त हुनु अगावै उनको नियुक्तिको खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको छ।

अदालतले ७६.३ अन्तर्गत सबैभन्दा ठुलो दलको सरकार गठन गर्न मार्ग प्रशस्त गर्न सक्ने चर्चाका बीच ,ओलीले यी सब कुरालाई किनारा लगाउंदै आइतबार विश्वाशको मत लिन लागेका हुन्।

चितवनमा रेलमार्गको सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी

चितवन – प्रस्तावित रेलमार्गको सर्भे गर्न चितवन आएको टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्।

प्रस्तावित रेलमार्गको अध्ययन गर्न भरतपुर महानगरपालिका – ७ को नगर प्लटिङमा आएको टोलीमाथि स्थानीयले आक्रमण गरी उनीहरू चढेको बागमती प्रदेश ०१-०३०-च ७१९० नम्बरको गाडीमा समेत आगो लगाइदिएका छन्।

बाक्लो बस्तीमा रेगमार्ग बनाउन थालेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरूले विगत लामोसमयदेखि रेलमार्ग सार्नुपर्ने माग राख्दै आएका थिए।

न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु

काठमाडौं -उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको काममा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले सुरु गरेको फुटपाथ विस्तारको काम रोकिएको थियो।

सडक डिभिजन कार्यालयको हस्तक्षेप लगत्तै काठमाडौँ महानगरपालिकाले उच्च अदालत पाटनमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार रोक्ने गरी सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएपछि महानगरपालिकाले पुन: फुटपाथ विस्तारको कामलाई अगाडी बढाएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मन्त्री चयन गर्ने मापदण्ड देखाउने दाँत मात्रै

पुरानै शैलीमा आफु निकटका व्यक्तिहरुलाई खल्तीबाट झिकेर मन्त्रि बनाइयो

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको असार २९ गतेको बैठकले योगदान र योग्यताको मुख्य आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिई मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो । तर कार्यसम्पादन समितिले बनाएको मापदण्ड नै बिर्सिएर सरकारमा मन्त्री पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै काँग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

कांग्रेस पार्टी भित्रैका नेताहरुले पुरानै शैलीमा आफु निकटका बफादार र अनुकूल व्यक्तिहरुलाई खल्तीबाट झिकेर मन्त्रि बनाएको समेत आरोप लगाएका छन्।

कांग्रेसले पठाएका दस मन्त्रीमा दलितको प्रतिनिधित्व शून्य रहेको र गण्डकी प्रदेशबाट एक जना पनि नपरेपछि, मन्त्री चयन गर्ने मापदण्डलाई ध्यान नदिई समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको बताइएको छ।

कांग्रेस सांसद राजेन्द्र बजगाईंले कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य शंकर भण्डारी, कमला पन्त, राजु थापा लगायत सांसदहरूको उपस्थिति रहेको भेलामा,प्रदेश र समावेशितालाई कांग्रेस नेतृत्वले उपेक्षा गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।

त्यसैगरी स्काउटको जग्गा हडपेर करोडौं भाडा नदिएको आरोपसमेत लाग्दै आएको र जलबिधुत क्षेत्रमा समेत लगानी गरेका दीपक खड्कालाई स्वार्थ बाझिने गरी मन्त्री बनाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको देखिन्छ  ।

आज हरिशयनी एकादशी, तुलसी सार्ने दिन

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा‍. डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ ।

विष्णु मन्दिरमा घुइँचो

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिंडोलगायत फलाहार गर्ने गरिन्छ ।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन समेत गरिन्छ ।

श्रावण महिनाको मासिक राशिफल

Mesh rashi

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिनामा मिश्रित फल मिल्नेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । १७ गतेबाट लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

brish rashi

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

साउन महिनामा सूर्यको गोचरले भाग्य वृद्धि र शक्तिशाली बनाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । २२ गतेबाट सामाजिक र राजनैतिक कार्यमा बाधा आउनसक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

mithun

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

karkat

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

साउन महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

images 1

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो महिनामा नाक तथा घाँटीमा समस्या आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनाबाट प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व शंकर भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

kanya

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शेयर बजारबाट नोक्सानी पनि हुनसक्छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खरानी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

tula

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो महिनामा सजिलै अरुको विश्वास जित्न सकिने र लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । अधुरा या नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो कूल देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

brischik

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

साउन महिनामा कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । सम्मान समेत पाइनेछ । नयाँ वस्त्र, उपहार र अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

dhanu

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

साउन महिनामा धनु राशिलाई त्यति राम्रो फल मिल्नेछैन । सरकारी निकायको भय रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

makar

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशिलाई यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,३ र शुभ रङ्गे कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

kumbha

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो महिनामा विद्यार्थीहरूको सफलताको राम्रो सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मी नारायणको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

min

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

साउन महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । लामो यात्रा सुखद् र सफल हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

नदीकिनारका बस्ती हटाउन सर्वोच्चको आदेश

काठमाडौँ- लामो समय देखि विवादित बनेको काठमाडौँ उपत्यकाको नदी किनारका सुकुम्बासी बस्तीको विषयलाई लिएर सर्वोच्च अदालतले फैसला गर्दै, नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउन आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउने फैसला दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यसचिव, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलगायतलाई विपक्षी बनाई जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायणप्रसाद बेल्बासे, रमा पन्त खरेल, कविता पाँडे, शर्मिला श्रेष्ठ र आलोक पोखरेलले ०६८ वैशाख ९ गते दायर गरेको रिटमाथि गत पुस ३ गते सर्वाेच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ

फैसलामा, वास्तविक सुकुमवासीहरूको पहिचान गरी चरणबद्ध रूपमा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन निर्देशन दिइएको छ । बाध्यतामा परी विकल्प नभई बसेका वास्तविक सुकुमवासीहरूको पहिचान गरी स्थानान्तरणको लागि हाल इचंगुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्ने,त्यसमा व्यवस्थापन गर्न नसकिने भए अन्यत्र व्यवस्था गर्ने र तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुमवासी परिवारको हकमा नेपालको संविधानको धारा ३७(१)ले प्रत्याभूत गरेको बसोबासको हकलाई समेत मध्यनजर गरी स्थानान्तरणको सहजीकरणको लागि तत्काल राहतस्वरूप नगद प्रदान गरी अतिक्रमण हटाउन सर्वोच्चले आदेश जारी गरेको छ ।

त्यस्तै नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायतका उपत्यकाका ठूला नदी तथा खोलाहरुका हकमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको छ । यसअघि २०६५ सालमा मन्त्रिपरिषदले ठूला नदीहरुमा मात्र २० मिटर क्षेत्र छाड्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएका खोलामा थप २० मिटर छाड्न भनिएको छ ।

यसअघि सीमा नतोकिएको नदी तथा खोलामा २० मिटर छाड्ने पनि सर्वोच्चको आदेश छ । नदी सीमाभित्र पर्ने जग्गामा कुनै पनि संरचना निर्माणको अनुमति नदिन पनि आदेश दिएको छ ।

प्रचण्ड सरकारको बहिरगमन पछि समाजवादी मोर्चाको बैठक

काठमाडौँ- समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने मुख्य एजेण्डा सहित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक चलिरहेको छ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विपल्व) सहभागी छन्।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी गरी चार दल रहेको समाजवादी मोर्चाले प्रचण्ड सरकारको बहिरगमन पछि पहिलो पटक बैठक बसेको हो।

जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जसपा नेपालले भने यसअघि नै मोर्चा छाडेको छ ।

राष्ट्रपतिबाट अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् । योसँगै यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन् ।

यसअघि यी विधेयक संसद्को दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो ।

विवादका बीच श्रम मन्त्रालय छाडेका शरतसिंह भण्डारीको पुनः श्रम मन्त्रालयमा कम्ब्याक

काठमाडौं – अघिल्लो सरकारमा रहँदा विवादै विवादको कारण करिब ११ महिने कार्यकाल पछि श्रम मन्त्रालय छाडेका लोसपाका नेता शरतसिंह भण्डारीको पुनः श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन्।

सपथ ग्रहण गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । यधपी उनको विगतको क्रियाकलापले गर्दा उनको प्रतिबद्धतामा प्रश्न उठाउने र शंका गर्ने प्रशस्त आधारहरु देखिन्छ। पछिल्लो ११ महिने कार्यकालमा उनले श्रम मन्त्रि छँदा गरेका कतिपय निर्णयहरु त त्यसपछि बनेका मन्त्रिले खारेज नै गरिदिए।

यसअघी, उनले खाडी जाने श्रमिकले अनिवार्य अंग्रेजी भाषा परीक्षा दिनुपर्ने र न्युनतम् ५० अंक ल्याउनुपर्नेदेखि पूर्वाप्रस्थान अभिमुखिकरण तालिम शुल्कलाई ७०० बाट २८०० पुर्‍याउने निर्णय गरेका थिए ।

विदेशिने युवासँग भाषा परीक्षा लिने नाममा आफू निकटको एक विचौलिया समूहलाई प्रतिव्यक्ति ७०० रुपैयाँ शुल्क उठाउन दिने र फेल हुनेहरुसँग अपारदर्शी लेनदेन गर्दै पास गराउनेसम्मका योजनामा यस्तो निर्णय भएको निष्कर्ष यसअघिका श्रममन्त्री डोलप्रसाद आर्यालको टिमले निकालेको थियो ।

त्यसैगरी , वैदेशिक रोजगारी सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृतसम्बन्धी कार्यविधि २०८०’ जारी गर्दै १५ दिनभित्र सम्बन्धित दूतावास र नियोगले प्रमाणीकरण नगरेमा मन्त्रालयको एक समितिले उक्त माग पत्र प्रमाणीकरण गर्ने विवादास्पद व्यवस्था समेत गरेका थिए ।उक्त कार्यविधि ल्याएसँगै अवैध किसिमका भिसाहरु मन्त्रालयबाटै प्रमाणीकरण गराएर श्रमिक पठाउन चलखेल सुरु भएको थियो ।

श्रमिकलाई भार पार्ने र म्यानपावर व्यवसायीको पक्षमा एकपछि अर्काे विवादास्पद निर्णय गर्न थालेपछि तत्कालीन प्रधानमन्त्रीले प्रचण्डले उनको कार्यशैली र निर्णयमाथि प्रश्न गर्दै श्रम मन्त्रालयलाई १७ बुँदे निर्देशन सम्म दिएका थिए।

कोरियामा ई-७ भिसा (दक्ष श्रमिक भिसा) मा जाने श्रमिकलाई म्यानपावर कम्पनीबाट पठाउने गरी कार्यविधि जारी गरेको, जापानमा सरकारी तवरबाट श्रमिक पठाउने गरी भएको सहकार्यको समझदारी विपरीत अर्को कार्यविधि जारि गरेर श्रमिक भर्ना र आपूर्ति पनि म्यानपावरमार्फत नै गर्ने निर्णय गरेको, रुस र युक्रेनमा जान अपरादर्शी ढंगले श्रम स्वीकृति समेत खुला गरेको, फ्रि भिसा र टिकट’को नीति उल्ट्याउने प्रयास गरेको, वैदेशिक रोजगार कल्याणकारी कोषको रकमको दुरुपयोग गरेको लगायत थुप्रै विवादास्पद निर्णय रा कामहरु गरेको उनीमाथि आरोप लागेको छ। उनले गरेका धेरै निर्णयहरु बदर समेत अरिएको थियो।

नेपाली राजनीतिमा अवसरवादी मनत्रीका रुपमा चिनिएका र पटक-पटक पार्टी बदल्दै १७ पटकमन्त्री बन्दासमेत उनले प्रभावकारी काम गरेको रेकर्ड भने छैन । उनले यसपटक श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रतिबद्धता दोहोर्‍याएका त छन् , यधपी उनको कार्यशैली प्रति प्रश्न गर्ने र शंका गर्ने ठाउँ भने प्रशस्त रहेको छ।

ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकको निर्णयहरू

काठमाडौं : सपथ ग्रहणकै दिन २२ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेको ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकले सरकार र राज्य संचालनका लागि विभिन्न निर्णयहरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रिपरिषद बैठकका निर्णयहरू अब २४ घन्टा गोप्य राखिने निर्णय गरिएको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार कतिपय निर्णय सच्याउनुपर्ने अवस्था आउनसक्ने भएकाले २४ घन्टासम्म निर्णय गोप्य राख्न निर्णय गरिएको हो।

सरकारले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले मन्त्रीपरिषद तथा मन्त्रिपरिषदका विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरू, सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, २०८२ असार मसान्त सम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने बैठकले निर्णय गरेको छ।

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै जाजरकोट भूकम्प प्रभावितहरूलाई दोस्रो र तेस्रो किस्ता उपलब्ध गराउने निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिँदै एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन पनि मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले बताएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछी गरिएको मूल्य समायोजन अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमले बताएको छ।

मूल्य समायोजन अनुसार अब पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ ।

निगमका अनुसार मूल्य वृद्धि भएपछि काठमाडौंमा अब पेट्रोलको मूल्य प्रति लिटर १७१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ ।

petrol price

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले प्रधानमन्त्रीको सपथ लगत्तै पद तथा गोपनियताको शपथ लिएका छन् ।

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषदमा मन्त्रीहरुको कार्यविभाजन यसप्रकार रहेको छ-

१‍. केपी शर्मा ओली, प्रधानमन्त्री

२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

५. रमेश लेखक, गृह

६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

७. आरजु राणा देउवा, परराष्ट्र

८. नवलकिशोर साह सुडी, महिला बालबालिका

९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

१३. प्रदीप यादव, खानेपानी

१४. प्रदीप पौडेल, स्वास्थ्य

१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

१६. बद्री प्रसाद पाण्डे, पर्यटन

१७. रामनाथ अधिकारी, कृषि

१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

१९. मानवीर राई, रक्षा

२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा

२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघी राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

यता, केहि कानुन व्यावसायीहरुले भने ओलीको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च पुगेका छन्।

प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछी अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै रिट दायर गर्न सर्वोच्च पुगेका छन्।

यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन् ।

रिटमा भनिएको छ, ‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो, संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नु पर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन ।’

दुई पार्टी मिल्दैमा संविधानविपरीत जान नमिल्ने र संविधानतः राष्ट्रपतिले ७६ (३) बमोजिम संसदको ठूलो दलबाट सरकार गठन प्रक्रियामा जानुपर्ने रिटमा उल्लेख गरिएको छ।

गाजा नरसंहार: शरणार्थी शिविरमा भएको मिसाइल आक्रमणमा १७ जनाको मृत्यु

गाजाका अधिकारीहरूका अनुसार प्यालेस्टिन लक्षित इजरायली मिसाइलहरूले नुसेरात शरणार्थी शिविरमा विस्थापित मानिसहरूका लागि एउटा विद्यालयमा आश्रय लिइरहेका १७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।

यसअघि पनि इजरायलले अल-मावासी शिविरमा आश्रय लिइरहेका ९० जनाको ज्यान जानेगरि आक्रमण गरेको थियो।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले गाजामा “अन्तहीन नरसंहार” को निन्दा गर्दै तथाकथित “सुरक्षित क्षेत्रहरू” मा इजरायलको “लगातार आक्रमण” को निन्दा गरेका छन्।

इजरायली पक्षले युद्धविरामको लागी हमासले वार्ता अस्विकार गरेको आरोप लगाइरहेको बेला, हमासको राजनीतिक कार्यालयका सदस्य इज्जत अल-रिशेकले भने युद्धविराम वार्ता अस्विकार गरेको कुरा इजरायलको गलत प्रचार भएको बताएको छ।

अक्टोबर ७ देखि गाजामा इजरायलको युद्धमा कम्तिमा ३८,४४३ व्यक्तिको मृत्यु भएको छ भने ८८,४८१ घाइते भएका छन्। अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा मर्नेको संख्या १,१३९ रहेको अनुमान गरिएको छ, र दर्जनौं व्यक्ति अझै पनि गाजामा बन्दी छन्।

युरो कप २०२४ को उपाधि स्पेनलाई

स्पेनको राष्ट्रिय फुटबल टोलीले बर्लिनमा भएको प्रतिष्ठित युरोपेली फुटबल प्रतियोगिताको फाइनल खेलमा टिम इङ्ल्यान्डलाई २-१ गोल ​​अन्तरले पराजित गर्दै २०२४ को युइएफए युरो कपको उपाधि जितेको छ ।

स्पेनका लागि निको विलियम्स (४७औं मिनेट) र मिकेल ओयार्जबालले ८६औं मिनेटमा गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा इंग्ल्याण्डका लागि कोल पाल्मरले गोल गरेका थिए ।

स्पेन अहिले युइएफए यूरो कपको सबैभन्दा धेरै उपाधि जित्ने राष्ट्रिय टोली बन्न पुगेको छ जसले सन् १९६४, २००८, २०१२ र २०२४ मा उपाधि जित्न सफल भएको हो । त्यसपछि जर्मनीले १९७२, १९८० र १९९६ मा युरो कप जितेको थियो। ।

युरो कपको फाइनलमा इंग्ल्याण्डको यो लगातार दोस्रो हार हो । अघिल्लो युरो कप २०२० मा इंग्ल्याण्ड पनि फाइनलमा पुगेको थियो, जहाँ इटालीसँग पेनाल्टी सुटआउटमा (१-१; २-३) पराजित भएको थियो। इंग्ल्यान्डको टोलीले अहिलेसम्म युइएफए युरो कप जित्न सकेको छैन ।

समूह बी मा रहेको स्पेनले क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० ले हराउँदै तीनवटै खेल जितेको थियो । प्लेअफ खेलमा टोलीले जर्जिया (४-१), जर्मनी (अतिरिक्त समयमा २-१) र फ्रान्सलाई (२-१) ले पराजित गर्दै विजयी यात्रा जारी राख्यो।

२०२४ को यूरो कप जुन १४ र जुलाई १४ को बीचमा जर्मनीमा खेलिएको थियो। खेलहरू जर्मन शहरहरू बर्लिन, डर्टमन्ड, म्युनिख, कोलोन, स्टटगार्ट, ह्याम्बर्ग, लाइपजिग, फ्रान्कफर्ट, गेल्सेनकिर्चेन र डसेलडोर्फमा आयोजित गरियो।

मधेसको बजेट छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

जनकपुर – मधेस प्रदेश सरकारको बजेटमा भएको त्रुटि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।

आइतबार बसेको मधेस प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई उच्चस्तरीय छानबिन समिति गठन गरी जिम्मेवारी तोक्ने जिम्मा दिइएको बताइएको छ।

यसअघी,जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनका साथै बजेट परिमार्जन र सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजनको माग गर्दै आएको थियो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्याको प्रयास

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोलि प्रहार भएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिल्भेनियामा आफ्ना समर्थकहरूसमक्ष सार्वजनिक सम्बोधन गर्ने क्रममा उनीमाथी गोली चलाइएको थियो।

आफ्नो ट्रुथ सोशल नेटवर्कमा गरेको पोस्टमा ट्रम्पले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताउँदै सेक्रेट सर्भिसलाई धन्यवाद दिएका छन् । उनी उपचारपछि केही समयमै अस्पतालबाट निस्किएका थिए ।

बन्दुकधारीलाई सेक्रेट सर्भिस एजेन्टहरूले गोली हानेर मारेका छन्। पत्रकार सम्मेलनमा बोल्दै एफबीआईले बन्दुकधारीको डिएनए परिक्षण पछि मात्र उनको पहिचान सार्वजनिक गर्ने बताएको छ ।
गोली प्रहारबाट एक जना ट्रंप समर्थकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको कडा निन्दा गर्दै “अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नभएको बताएका छन् । उनले ट्रम्पसँग पनि कुराकानी गरेका छन्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको राजिनामा माग: सरकारलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम — केन्द्रमा सत्तासमीकरण परिवर्तन भएसँगै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताले संयुक्त रुपमा आग्रह गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले, अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित नहुने र तत्काल राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्ने र बजेट ल्याउन सहज हुने बताएका छन् ।

नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको समेत कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताए । त्रिपन्न सदस्यीय सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक रहेकोमा, कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

काठमाडौं – नेपाली कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेसंगै नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बाट मन्त्री छनौटको मापदण्ड तय गरेको हो।

कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ। उक्त सरकारमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड बनाउन शनिबार कांग्रेसको बैठक बसेको हो ।

पुरातात्विक सम्पदा बनाउन संघीय सरकारको बजेट लिदैनौँ : चिरीबाबु महर्जन

ललितपुर — ललितपुर महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।

सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव)को सङ्कल्पसभाको उद्घाटन गर्दै मेयर महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने बताएका छन् ।

सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उनले बताएका छन्।

महायज्ञका कथा वाचक प्रविण पण्डित दीनबन्दु पोखरेलले आध्यात्मिक साधन गर्न नेपाल सर्वाेच्चस्थल हो भन्दै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिको सन्देश दिन यहाँका धार्मिक, ऐतिहासिक स्थलको विश्वमा प्रचारप्रसार गर्नुपर्ने बताएका छन्।

त्यसैगरी,ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझै बढी प्रचारप्रसार हुने भन्दै, यसका लागि सबैले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताएका छन् ।

प्राचीनकालमा निर्मित भृङ्गारेश्वर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा निर्माण भएको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रक्रिया अघि बढेको छ ।

इजरायली युद्ध अपराधमा अमेरिका संलग्न – नाटो सदस्य

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासन गाजामा इजरायली युद्ध अपराधमा संलग्न रहेको बताउँदै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले पश्चिम जेरुसेलम विरुद्ध प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।

वाशिंगटनमा वार्षिक नाटो शिखर सम्मेलनको क्रममा बिहीबार न्यूजवीकसँगको अन्तर्वार्तामा, एर्डोगानले भने, गाजामा नागरिक पूर्वाधारमा इजरायलको “जानीजानी” आक्रमणहरू युद्ध अपराध हो, जसलाई इजरायलले कडा रूपमा अस्वीकार गरेको छ।

“अस्पतालहरूमा जहाँ उनीहरू उपचारका लागि जान्छन्, एम्बुलेन्सहरूमा, बजारहरूमा, मानवीय सहायता वितरण गर्ने केन्द्रहरूमा र सुरक्षित रूपमा परिभाषित क्षेत्रहरूमा निर्दोष मानिसहरूको निर्मम हत्या मानवअधिकारको गम्भीर उल्लङ्घन हो,” एर्डोगानले भने।

यद्यपि टर्कीका राष्ट्रपतिका अनुसार बाइडेन प्रशासनले “यी उल्लङ्घनहरूलाई बेवास्ता गर्छ र इजरायललाई सबैभन्दा बढी समर्थन प्रदान गर्दछ।”

नाटो सदस्य टर्किएले गाजामा इजरायलको आक्रमणको बारम्बार निन्दा गर्दै इजरायललाई निरन्तर समर्थन गरेकोमा पश्चिमी सरकारहरूको आलोचना गरेका छन्। गत अक्टोबरमा द्वन्द्व सुरु भएलगत्तै अंकाराले पश्चिम जेरुसेलमसँगको व्यापार रोकेको थियो। न्यूजवीकसँग कुरा गर्दै एर्डोगानले इजरायललाई प्रतिबन्ध लगाउने आफ्नो आह्वान पनि दोहोर्याएका छन् ।

“यस अवस्थामा, कसले इजरायल विरुद्ध अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेकोमा कस्तो प्रकारको प्रतिबन्ध लगाउनेछ? यो वास्तविक प्रश्न हो र यसको जवाफ कसैले दिँदैन,’ उनले भने।

गाजामा इजरायलले गरेको आठ महिनाको आक्रमणबाट मृत्यु हुनेको संख्या ३८,००० नाघेको छ, एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एर्दोगानले रूस-युक्रेन द्वन्द्वमा आफ्नो अडानलाई पुन: पुष्टि गर्दै भने कि पश्चिमी नेताहरूले दुवै द्वन्द्वहरूमा सम्भावित खतरनाक दृष्टिकोण अपनाइरहेका छन् जुन ठूलो टकरावमा बढ्न सक्छ।

रूसप्रति हाम्रा केही पश्चिमी सहयोगीहरूको मनोवृत्तिले मात्र आगो बालेको र यसले युक्रेनको लागि राम्रो भन्दा बढी हानि गरेको उनले बताएका छन्।

आज भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती

काठमाडौं : नेपाली साहित्यका प्रथम कवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आफ्नो प्रसिद्ध ‘रामायण’ मा अयोध्याका राजा रामको जीवनीलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर नेपाली घरघरमा सुमधुर लयमा सुनाइएका भानुभक्तलाई आज पनि निकै श्रद्दाभावका साथ् सम्झिने गरिन्छ । पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपालललाई भाषा, साहित्य र संस्कृतिका माध्यमबाट भानुभक्तले एकीकरण गरेका हुन् भनेर भन्ने गरिन्छ ।

१८७१ असार २१ गते तनहुँको चुंदि रम्घा गाउँमा जन्मेका भानुभक्तले एक जना घांसि बाट प्रेरित भएर नेपालीमा रामायण उल्था गरेका थिए । रामायण’ बाहेक उनका अन्य प्रसिद्ध कृतिहरूमा ‘बधुशिक्षा ‘, ‘प्रश्नोत्तर’, ‘भक्तमाला ‘, ‘राम गीता’ लगायत अन्य विभिन्न कृतिहरु रहेका छन्।

दाहालले विश्वासको मत पाएनन् : प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं – प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । आफूले नेतृत्व गरेको १८ महिनाको सरकारको अवधिमा दाहालले शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिएका हुन् ।

१८ महिनामा दुई पटक एमाले र तीन पटक कांग्रेससँग गठबन्धन परिवर्तन गरेका प्रधानमन्त्री दाहाल शुक्रबार विश्वासको मत लिन प्रतिनिधिसभामा उपस्थित भएका थिए । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा जम्मा ६३ मत परेको थियो । प्रधानमन्त्री बन्न आवश्यक १३८ मत नपाएपछि उनी बर्खास्त भएका हुन् । उनको विपक्षमा १९४ मत परेको थियो । मतदान नगर्नेमा १ मत परेको थियो ।

असार १७ गते संसदमा दुई ठूला दलबीच संविधान संशोधनसहित पालैपालो सरकारको नेतृत्व गर्न सातबुँदे सहमति भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएको थियो । । त्यसपछि अल्पमतमा रहेका दाहालले राजीनामा नदिई संवैधानिक सुविधा बमोजिम विश्वासको मत लिएका थिए ।यसअघि कांग्रेस र एमालेको समर्थनमा दाहाल चार पटक विश्वासको मत प्राप्त गर्न सफल भए पनि यसपटक असफल भएका थिए ।

संविधानको धारा १०० (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल फुटेमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि ३० दिन भित्र प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उनी पदमुक्त भएका हुन् ।

संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं : प्रधानमन्त्री

काठमाडौँ — प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रस्ताव गरेका छन् ।

संविधानका उपलब्धीहरू उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै, स्थिरताका नाममा समावेशी र समानुपातिक अस्तित्व समाप्त पार्न खोजेको र साना दलको अस्तित्व समाप्त गर्ने बाटोमा अघि बढेकाे र आफुले त्यसको प्रतिकार गर्ने बताएका छन्।

“तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला । के अब त्यतै फर्किने हो ?” भन्दै उनले संविधान संशोधनजस्तो जटिल र संवेदनशील कुरामा खेलाँची नगर्न आग्रहसमेत गरे ।

सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ

काठमाडौं : सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको भाउ तोलामा १७ रुपैयाँले केही बढेर बिहीबार तोलाको एक हजार ८ सय ८५ रुपैयाँको तुलनामा शुक्रबार प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा स्थानीय स्तरमा पनि त्यसको असर परेको छ । सुनको भाउ बिहीबार २ हजार ३ सय ८१ दशमलव ४४ डलर प्रति औंस रहेकोमा शुक्रबार २ हजार ४०९.७६ डलर प्रति औंस पुगेको छ ।

शुक्रबार चाँदीको मूल्य प्रति औंस ३१ दशमलव २१ डलरमा कारोबार भएसँगै अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

एफ १६ लडाकु विमान युक्रेनमा तैनाथ गरिने – व्हाइट हाउस

वासिङ्टन- एफ-१६ लडाकू विमानहरू पश्चिमले कीभमा हस्तान्तरण गर्ने र युक्रेनभित्रै रहने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

युक्रेनको स्वामित्वमा रहेको एफ १६ जहाजहरू रुसी सेनाहरू विरुद्ध सञ्चालन गर्दा नाटो अड्डाहरूबाट उड्ने हो या युक्रेनबाटै भन्ने पत्रकारहरुको प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिएनन्।

सुलिभानले कुल कतिवटा लडाकु विमानहरू कीभमा हस्तान्तरण गरिनेछ, र तिनीहरूले लडाई अभियानहरू कहिले सुरु गर्न सक्छन् भनेर भन्नसमेत अस्वीकार गरेका छन् ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई एफ–१६ लगायतका नयाँ हतियारको वितरणले युद्धभूमिको अवस्थालाई परिवर्तन नगर्ने , तर यसले स्थितिलाई लम्ब्याउने बताएका छन् । यसअघि पनि उनले जुन देशको भूभागबाट ति जहाजहरु रुस विरुद्ध प्रयोग गरिनेछन ति देशहरु विरुद्ध पनि रुसले समानान्तर प्रतिक्रिया जनाउने चेतावनी दिएको छ।

कास्कीमा पहिरोमा परी एकै घरका ७ जनासहित ११ जनाको मृत्यु

पोखरा – बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीमा एकै घरका ७सहित ११ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१९ तल्लाकोटमा पहिरोले घरभित्रै पुरिएर एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने पोखरा–३२ चैनपुरमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

पोखरा–१९ पुरुनचौर तल्लाकोटमा घर माथिबाट आएको पहिरोले बिहीबार राति साढे १० बजेतिर माटो र टिनको छानासहितको एकतले घर भत्काएको छ । ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मानकुमारी, ८५ वर्षीया आमा लक्ष्मी, १५ वर्षीया छोरी प्रसन्ना, २० वर्षीया छोरी प्रभा, र ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त राधिका परियारको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा छिमेकी राधिका परियारको मृत्यु भएको थियो ।

पोखरा–३२ चैनपुरस्थित आरती ओझाको घर पहिरोले बगाउँदा १८ वर्षीया छोरी अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै माडी गाउँपालिका वडा नम्बर ११ तल्लो सापलेमा पहिरोले पुरिएर ८० वर्षीया मैतीकुमारी गुरुङको मृत्यु भएको छ । ५५ वर्षीय छोरा ओमबहादुर गुरुङको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोले बगायो दुई यात्रुबहाक बस

चितवन — नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने सिमलतालमा शुक्रबार बिहान करिब साढे तीन बजे तिर आएको पहिरोले दुईवटा यात्रुवाहक बस बगाएको छ।

सिमलतालमा पहिरोले दुईवटा बस बगाएको बसबाट हाम फालेका ३ यात्रुले बताएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका थिए । पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको लाग्दा बसका चालकको निधन भएको छ ।

पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अबरुद्ध छ। घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

जेलेन्स्कीको प्रतिस्थापन खोज्दै पश्चिमा राष्ट्र – रूसी इंटेल

युक्रेनका पश्चिमी समर्थकहरूले भ्लादिमिर जेलेन्स्कीको प्रतिस्थापन खोज्ने प्रयासहरू तीव्र पारेको रुसको विदेशी खुफिया एजेन्सी एसभीआरले दावी गरेको छ।

‘स्टोन’ उपनाम प्रयोग गर्ने एक एसभीआर अपरेटिभका अनुसार, संयुक्त राज्य अमेरिका र ईयू “अत्यधिक चिन्तित” रहेको र युक्रेनमा लामो समयदेखि जारी द्वन्द्व र यसलाई अन्त्य गर्न वर्तमान नेतृत्वको असक्षमता, विशेष गरी जेलेन्स्कीको राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि “बढ्दो असन्तुष्टि” देखिएको हो।

उनीहरूले उपयुक्त प्रतिस्थापन खोज्ने प्रयासहरू बढाए पनि पश्चिमी हतियार निर्माता कम्पनीहरुलाई युक्रेन युद्दले ठुलो आम्दानि दिइरहेको कारण पश्चिमी शक्तिहरूले जेलेन्स्कीलाई हालसम्म समर्थन गरिरहेको बताइएको छ।

स्टोनका अनुसार, पश्चिमले पहिले नै युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को र कीभ मेयर भिटाली क्लिट्स्को, साथै जेलेन्स्कीका चीफ अफ स्टाफ एन्ड्री यर्माकलाई सम्पर्क गरिसकेको छ, जसलाई टाइम्सले युक्रेनको वास्तविक शासकको रूपमा वर्णन गरेको थियो। देशका पूर्व शीर्ष सैन्य कमाण्डर जनरल भ्यालेरी जालुज्नी र युक्रेनी संसदका पूर्व अध्यक्ष दिमित्री रजुम्कोभ पनि सम्भावित जेलेन्स्की प्रतिस्थापनको सूचीमा रहेको स्टोनले बताएका छन् ।

“अग्रपंक्तिमा स्थिति तीव्र रूपमा बिग्रँदै गएको र तत्काल नेतृत्व परिवर्तनको आवश्यकता पर्दा यी व्यक्तिहरूको माग हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि सबै असफलताहरू जेलेन्स्कीलाई दोष दिँदै तिनीहरूमध्ये एउटा छान्न सम्भव हुनेछ, “उनले भने।

जेलेन्स्कीको कार्यालयमा कानुनी दाबी मेको अन्त्यदेखि विवादमा रहेको छ, उनले मार्शल कानूनको हवाला दिँदै राष्ट्रपति चुनाव गराउन अस्वीकार गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना भविष्यवाणी गरेका थिए कि युक्रेनका पश्चिमी समर्थकहरूले जेलेन्स्कीलाई सबै आवश्यक “अलोकप्रिय निर्णयहरू” मार्फत धक्का दिएपछि सत्ताबाट हटाउनेछन्, जुन अर्को वर्षको सुरुमै हुन सक्छ।

११ महिनामा २५० अर्बभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त :३ सय ८३ उद्योग दर्ता

काठमाडौं – उद्योग विभागले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब ५० अर्बभन्दा बढी लगानी गर्ने प्रतिबद्धता पुष्टि गरेको छ ।

यस अवधिमा ३ सय ८३ उद्योग दर्ता भएका छन् । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ दर्ता भएका उद्योगमध्ये ४९ ठूला उद्योग, ५० मध्यम उद्योग र २८४ साना उद्योग रहेका छन् ।

११ महिनाको अवधिमा दर्ता भएका उद्योगहरूले दुई खर्ब १७ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त गरेका छन् ।

डिओआईका अनुसार जेठ मसान्तदेखि मध्य असार सम्ममा मात्रै ३२ अर्ब २० करोडको लगानी प्रतिबद्धतासहित ५९ उद्योग दर्ता भएका छन् ।

स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले सरकारले गरेको लगानी सम्मेलनपछि वैशाखदेखि असार मसान्तसम्ममा नौ ठूला उद्योग दर्ता भएको विभागले जनाएको छ ।

त्यसैगरी यस वर्ष कुल ३ सय ५५ कम्पनीलाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरिएको छ । ।

विभागका अनुसार नयाँ दर्ता भएका उद्योग र सरकारले स्वीकृत गरेको स्वदेशी लगानीले २६ हजार २७ जनालाई रोजगारी दिनेछ । त्यसैगरी विदेशी लगानीमा दर्ता भएका उद्योगले १७ हजार ६ सय ४२ जनालाई रोजगारी दिने अपेक्षा गरिएको छ ।

यस अवधिमा दुई वटा प्याटेन्ट दर्ता, ५ हजार ४९४ ट्रेडमार्क दर्ता, ४५ वटा प्रारम्भिक वातावरणीय मूल्याङ्कन र ८९ वटा ट्रेडमार्क सम्बन्धी मुद्दा दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ ।

आगामी ३ दिनको मौसमी विवरण: मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल देशभरको मौसम साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०८१ असार २७ गते (बिहीबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २८ गते (शुक्रबार)

दिउँसोːदेशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २९ गते (शनिबार)

दिउँसोːदेशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

मापदण्ड नपुगेका २५० म्यानपावर नवीकरण गर्दै रास्वपाका श्रममन्त्री डोलप्रसाद अर्याल

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्यालले तोकिएको मापदण्ड पूरा नगर्ने दुई सय पचास म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका छन् ।

तोकिएको मापदण्ड पूरा नगरेका कारण कम्तीमा दुई सय ५० वटा म्यानपावर कम्पनीको इजाजतपत्र रद्द हुने भएपछि कामचलाउ सरकारका श्रममन्त्री अर्यालले वैदेशिक रोजगार ऐन र नियमावलीमा रहेको कानुनी छिद्र ‘बाधा अड्काउ फुकाउने’ व्यवस्थालाई टेक्दै नीतिगत निर्णयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका हुन् ।

वैदेशिक रोजगार ऐनको दफा १३ को घ (२) मा ‘लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि श्रमिक पठाउन नसकेमा’ इजाजतपत्र रद्द गरिने व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावलीको दफा ८ मा भने ‘पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा सय जना श्रमिक वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात’ पेस भएमा मात्रै वैदेशिक रोजगार विभागले इजाजतपत्र नवीकरण गर्न पाइनेछ ।

व्यवस्थापिका संसद्ले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भन्दै २०७५ चैत १९ मा केही नेपाल ऐन संशोधन गर्नेक्रममा म्यानपावर कम्पनीलाई श्रमिक पठाउनुपर्ने कोटा तोकेको थियो । तर, उक्त ऐन कार्यान्वयनमा आएदेखि नै सयभन्दा कम श्रमिक पठाउने म्यानपावर कम्पनीलाई बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्दै सरकारले हरेक वर्ष त्यस्ता म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्दै आएको छ । सोहि विषयलाई लिएर नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले दीर्घकालीन असर गर्ने विषय अल्पमतमा परेको सरकारले निर्णय गर्ने/नगर्ने भन्ने विषय नैतिकतामा भर पर्ने र चार वर्षदेखि एउटै विषयमा पटकपटक बाधा अड्काउ फुकाउने अधिकार प्रयोग उचित नहुने बताएका छन्।

त्यसैगरी , आप्रवासन मामिलाका कानुन विज्ञ सोम लुइँटेल, सरकारले हरेक वर्ष बाधा अड्काउ फुकाउने निर्णय गर्नु गलत भएको बताउँछन् । कानुनमा त्रुटी भए सच्याइनुपर्ने, तर यसरी पटक–पटक कार्यकारी अधिकार प्रयोग गर्न नमिल्ने उनले बताएका छन्।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले पहिलो पटक २०७५ म्यानपावरलाई प्रभावकारी अनुगमन र नियमन गर्न संख्या घटाउनका लागि धरौटीमा वृद्धि गरी वार्षिक सय जना पठाउनैपर्ने प्रावधान ल्याएका थिए । त्यस्तै म्यानपावरलाई मर्ज गर्ने सुविधा दिई धरौटी बढाएपछि १५ सय वटा म्यानपावरबाट झारेर ८ सय ५५ मा ल्याइएको थियो । हाल म्यानपावरको संख्या १६ सय नाघिसकेको छ ।

चालु आर्थिक वर्षको असारको तेस्रो सातासम्म ९ सय २२ वटा म्यानपावरले तीन लाख ३५ हजार जना श्रमिक पठाएका छन् । जसमा ३६ हजार महिला श्रमिक छन् ।

यता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने म्यानपावर व्यवसायीलाई निश्चित श्रमिक पठाउनुपर्ने प्रावधानको खारेज हुनुपर्ने अडान राख्दै आएको छ । संघका अनुसार सरकारको कडा कानुनकै कारण आफ्नो इजाजतपत्र जोगाउनका लागि पनि व्यवसायीहरूले जथाभावी कम्पनीमा श्रमिक पठाउन बाध्य हुनुपरेको बताएको छ  ।

कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा

उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफको ३९ मिनेटमा लेर्माले गरेको गोलनै खेलको निर्णायक गोल बनेको हो।

बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिले फाइनलमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलमा पराजित क्यानडा र उरुग्वेले तेस्रो स्थानका लागि आइतबार बिहान प्रतिष्पर्धा गर्नेछन भने फाइनल खेल सोमबार बिहान हुनेछ।

मिटरब्याज पीडितहरुको उजुरी संकलनको म्याद १० दिन थप

काठमाडौँ – मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले एक सुचना सूचना जारी गर्दै मिटरब्याज पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिनको लागि थप गरिएको जनाएको छ । आयोगले जारी गरेको सूचनामा पीडितहरुलाई १० दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न भनेको छ ।

सूचनामा लेखिएका अनुसार पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेभसाइटमा राखिएको छ । त्यसलाई प्रिन्ट गरेर उक्त फारममा उल्लेख भएका विवरणहरु भरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने छ । आयोगले ‘आफूसँग रहे भएसम्मका त्यस्तो ऋण/कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायत लिखतहरुको प्रतिलिपी वा फोटोकपीसमेत राखी निवेदन माग गरेको छ ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानको पहल स्वरुप २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भइसकेपछि प्राप्त उजुरी र आयोग गठन हुनुभन्दा अगाडि उजुरी निवेदनहरु उपर गृह मन्त्रालयको स्वीकृत कार्यविधि र वर्तमान कानुनी व्यवस्था अनुसार कारबाही सुरु गर्ने आयोगले जनाएको छ ।

meter byajpidit

१ वर्षको अवधिमा १५ सय २० जना विरुद्ध भ्रष्टाचार मुद्दा : साढे ८ अर्ब बिगो दाबी

काठमाडौँ — सार्वजनिक पदको दुरुपयोग गरी सरकारी सम्पत्ति हानि नोक्सानी देखि गैरकानुनी सम्पत्ति आर्जन गरी अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ वर्षको अवधिमा १ हजार ५ सय २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रदेश सरकारका मन्त्री/सांसद, नेपाल सरकारका मुख्यसचिव, सचिव, स्थानीय तहका प्रमुख/उपप्रमुख, व्यापारी/बिचौलियासहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा दायर गरिएका प्रतिवादीहरूविरुद्ध करिब साढे ८ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो कायम गरिएको छ । यो अवधिमा अख्तियारले विशेष अदालतमा २ सय १ वटा अभियोगपत्र दायर गरेको प्रवक्ता घिमिरेले बताए ।

२०८० साउनदेखि २०८१ असार २५ सम्म अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार प्रतिवादीमध्ये प्रदेश सरकारका मन्त्री/सांसद, नगरपालिकाका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १ सय जना जनप्रतिनिधि छन् । त्यस्तै मनोनीत पदाधिकारी १ सय ८१ जना छन् ।

भ्रष्टाचार मुद्दा दायर भएकामा नगरपालिकाका मेयर १६ जना, उपमेयर ११ जना, गाउँपालिकाका अध्यक्ष ७ जना, उपाध्यक्ष ८ जना, वडाध्यक्ष ४२, कार्यपालिका सदस्य र वडा सदस्य ७/७ जना गरी कुल १ सय १ जना छन् ।

त्यस्तै नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल र सचिव मधु मरासिनीसहितका उच्च पदस्थ कर्मचारीदेखि खरिदार तहसम्मका कर्मचारी पनि भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका छन् । भ्रष्टाचार मुद्दा दायर भएका मध्ये घूससहित पक्राउ पर्नेमा ४० जना छन् , जसमध्ये २९ जना कर्मचारी रहेका छन् ।

अख्तियारको अभिलेखअनुसार यो अवधिमा मुख्यसचिवसहित विशिष्ट श्रेणीका १२ जना, सहसचिव तहका २५ जना, उपसचिव तहका ७२ जना, शाखा अधिकृत तहका १६७ जना, लेखापाल ५४ जना, नासु तहका १४४ जना, खरिदार तहका ३१ र कार्यालय सहयोगी २ गरी राष्ट्रसेवक कर्मचारीतर्फ ५ सय २० जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारका अनुसार रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीतादेवीविरुद्ध गैरकानुनी हानिनोक्सानीको मुद्दा परेपछि दुवै जना निलम्बनमा छन् । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तान, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, सिरहाको नवराजपुर गाउँपालिका, सिरहाका अध्यक्ष विश्वमोहनप्रसाद र उपाध्यक्ष शोभाकुमारी यादव, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी, महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार र उपमेयर रौशन खातुन, हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंलगायत भ्रष्टाचार मुद्दापछि हाल निलम्बनमा छन् ।

भ्रष्टाचार मुद्दा दायर भएकामा अधिकांशले सार्वजनिक पदको दुरुपयोग गरी खरिदमा अनियमितता गरेको, पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको लगायत अभियोग लगाइएको छ । खासगरी स्थानीय तहको भ्रष्टाचारमा नदीजन्य पदार्थको दोहन र कम मूल्यमा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेका, सडक तथा अन्य पूर्वाधार निर्माणमा अनियमितताजस्ता कसुरमा जनप्रतिनिधिहरू प्रतिवादी बनेका छन् । केही साताअघि मात्रै मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध मदिराको स्टिकर खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायरसँगै अर्याल निलम्बनमा छन् ।

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

कोपा अमेरिका अन्तर्गत बुधबार भएको खेलमा क्यानडाविरुद्ध २-० को सहज जित हासिल गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफको २३ औं मिनेटमा जुनियर अल्भारेजको गोलसंगै सुरुवाती अग्रता बनाएको अर्जेन्टिनाको लागी कप्तान मेसीले खेलको ५१ औं मिनेटमा दोस्रो गोल गरेका थिए।

अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलोम्बियाबिचको विजेतासगँ खेल्नेछ भने दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ।

यससँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । उनको यो अर्जेन्टिनाका लागि १ सय ९ औं गोल हो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् ।

नौबिसे–मलेखु सडक खण्ड रातको समय १५ दिनसम्म बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नौबिसे–मलेखु सडक खण्ड रातको समयमा १५ दिनसम्म बन्द हुने भएको छ।

नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले नौबिसे–मलेखु सडक खण्ड असार २६ गते बाट राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ ।
उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्नको लागी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) का सवारी साधन भने चल्न सक्नेछन् ।

आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन अनुरोध गर्दै उक्त सडकको विकल्पको रुपमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने समेत आग्रह गरेको छ।

naubise malekhu

डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो ।

महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी अन्य जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

ढकालको समीक्षा यात्रा प्रतिवेदनलाई लिएर पार्टीभित्र सुरु भएको विवादले ढकाललाई पार्टीले कारवाही गरेको भएपनि उनको प्रतिवेदनको स्वामित्व भने पार्टीले नलिने भएको छ । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनुपहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने रास्वपाका एक पदाधिकारीले बताएका छन् ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले भने आफु पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताएका छन्।

निरन्तर वर्षाको कारण उत्पन्न प्रकोपबाट ७७ जनाको मृत्यु, ८८ घाइते

काठमाडौं, असार : यस वर्षको मनसुन शुरु भएदेखि हालसम्म देशका विभिन्न स्थानमा मनसुनबाट उत्पन्न हुने बाढी, पहिरो, डुबान जस्ता प्रकोपका कारण ७७ जनाको ज्यान गएको छ भने ८८ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, वाग्मती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चार–चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा काठमाडौं उपत्यकाका तीन, कोशी प्रदेशका २१, मधेश प्रदेशका पाँच, वाग्मती प्रदेशका चार, गण्डकी प्रदेशका २६, लुम्बिनी प्रदेशका चार, कर्णाली प्रदेशका १५ र सुदूरपश्चिम प्रदेशका १० जना रहेका छन् ।

कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी कुल ५३ जनाको उद्धार गरिएको छ ।साथै विपदका कारण कोशी प्रदेशमा दुई, वाग्मती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीले कुल १६१ घर डुबानमा परेका छन् भने ९४ घर, ५३ झुपडी , ४१ पुल, दुई सरकारी कार्यालय र एक विद्यालयमा क्षति पुगेको छ । साथै यस अवधिमा ३ सय ३५ गाईवस्तु मरेका छन् भने २९६ परिवार विस्थापित भएका छन् ।

बाढी र पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ । प्रहरीले पहिरो पन्छाएर आवश्यक मर्मत सम्भार गरी सवारी आवागमन सुचारु गर्ने काम पनि गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विराटनगरमा एक जना युवकको हत्या : दुई घाइते

असार २५ , विराटनगर – विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ भने दुई जना घाइते भएका छन्। मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक गम्भीर अवस्थामा भेटिएका घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ भने, कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।

मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ भने घाइतेको शरीरमा पनि धारिलो हतियार प्रहार गरिएको बुझिएको छ। उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान गरिरहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने, ‘आफैंआफैं झगडा गरेको पनि हुनसक्छ, आज दिनभरीमा सबै पत्ता लग्छ ।’

प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेपनि घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ।

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण विधेयक स्वीकृत

काठमाडौं, असार २५ : राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ स्वीकृत गर्नुभएको छ ।

संविधानको धारा ११३ (२) बमोजिम संघीय संसदका दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले सोमबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

rashtrapati karyalaya

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

२०८१ असार २५ गते (मंगलबार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।। कोशी,मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २६ गते (बुधबार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,बाग्मति,लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २७ गते (बिहिबार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै र कर्णाली प्रदेशको एक-दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,बाग्मति र गण्डकी एक-दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श: देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र कोशी, मधेश, बागमती, गण्डकी,लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

युक्रेन संकटको विषयलाई लिएर सी र ओर्बानबीच भेटवार्ता

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले चिनियाँ राष्ट्रपति सी जीनपिंगसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन्। सो भेटमा दुवै नेताले युक्रेन संकटबारे छलफल गरेका छन्।

ओर्बानको मस्को र किभ यात्रा पछिको बेइजिङको यात्रालाई “अचानक” र “आश्चर्यजनक” यात्रा, भनेर विभिन्न राजनीतिक विज्ञहरुले व्याख्या गरिरहेको बेला उनले भने यी यात्राहरूलाई “शान्ति अभियान” को रूपमा वर्णन गरेका छन् ।

केही चिनियाँ विज्ञहरूले भने ओर्बानको कूटनीतिले युरोपेली युनियन भित्र केही व्यावहारिक आवाजहरू विस्तार गर्न मद्दत गर्नसक्ने बताएका छन्।

हंगेरीले ईयूको ध्यक्षता ग्रहण गरेपछि ओर्बनको चीन भ्रमण भएको हो। विधुतिय सवारीसाधन जस्ता क्षेत्रमा चीन र ईयूबीच विद्यमान भिन्नताका बीचमा यो भ्रमणले युरोपमा तर्कसंगत र व्यावहारिक आवाज झल्काउँछ, विज्ञहरूले उल्लेख गरे।

ओर्बानले सीलाई हालै युक्रेन र रुसको भ्रमणको बारेमा जानकारी गराए। राष्ट्राध्यक्ष सीले युक्रेन संकटको राजनीतिक समाधानलाई प्रवर्द्धन गर्न ओर्बानको प्रयासको प्रशंसा गर्नुका साथै चीनको सान्दर्भिक विचार र प्रस्तावहरू विस्तारमा व्यक्त गरेका थिए ।

सिले युद्धविराम र राजनीतिक समाधान सबै पक्षको हितमा रहेको कुरामा जोड दिँदै युद्धक्षेत्र विस्तार नगर्ने, लडाइँ नबढाउने सिद्धान्तलाई ध्यानमा राखेर परिस्थितिलाई शान्त पार्ने प्राथमिकता रहेको बताएका छन्

सीले अन्तर्राष्ट्रिय समुदायलाई सहज परिस्थिति सिर्जना गर्न र दुई पक्षबीच प्रत्यक्ष वार्ता र वार्ताको पुन: थालनीका लागि सहयोग गर्न आह्वान गर्दै सबै प्रमुख देशहरूले नकारात्मक ऊर्जाको सट्टा सकारात्मक ऊर्जा ल्याएमा मात्र यो द्वन्द्वमा यथाशीघ्र युद्धविराम हुनसक्ने बताए।

“चीनले सक्रिय रूपमा शान्ति वार्तालाई आफ्नै तरिकाले बढावा दिइरहेको छ र संकटको शान्तिपूर्ण समाधानका लागि सबै प्रयासहरूलाई प्रोत्साहन र समर्थन गरिरहेको छ,” सीले भने, चीन र हंगेरीका आधारभूत प्रस्तावहरू र उनीहरूको प्रयासको दिशा एउटै छ र चीन हंगेरी सबै सम्बन्धित पक्षहरूसँग सम्पर्कमा रहन इच्छुक छ।

हंगेरीको ईयु र नेटो दुबैको दोहोरो सदस्यताको बावजुद, ओर्बानले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने र युक्रेनलाई नाटो र ईयूमा समावेश गर्ने प्रस्तावको बिरूद्धमा आफुलाई उभ्याएको छ।

कांग्रेसको महासमिति बैठक ६ वटा भातृ संगठद्वारा बहिस्कार

ललितपुर – नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन भएकै दिन काँग्रेसको ६ वटा भातृ संगठनले महासमिति बैठक बहिस्कार गरेका छन्।

नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, नेपाल प्रेस युनियन र प्रजातन्त्रवादी संगठनले संयुक्त रुपमा सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएर महासमिति बैठक बहिष्कारको घोषणा गरेका हुन्।

विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षहरूलाई आमन्त्रित महासमिति सदस्य कायम गरेको कुरामा आपत्ति जनाउंदै, महासमितिका लागि शुभेच्छुक संस्था सबैबाट तीन-तीन जनाको नाम पठाएकोमा ती नामहरु काटेको भन्दै उनीहरुले विरोध गरेका छन्।

६ वटै संगठनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को व्यवस्था र निर्वाचन समितिको निर्णय एवम् केन्द्रीय कार्यसमितिको निर्णय पनि विधानविपरीत भएको बताएका छन्।

nepali congress mahasamiti baithak bahiskar

सन् २०२३ मा मानवअधिकार उल्लङ्घनका नौ हजार पीडित

काठमाडौं – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२३ मा ९ हजारभन्दा बढी मानवअधिकार उल्लङ्घन तथा दुर्व्यबहारको सिकार भएको जनाएको छ । इन्सेकले सोमबार प्रकाशित गरेको मानवअधिकार वर्ष पुस्तक–२०२४ मा सन् २०२३ मा ९ हजार ३८८ जना मानवअधिकार उल्लङ्घनमा परेको र दुर्व्यबहारको सिकार भएकोउल्लेख छ ।

डिसेम्बर २०२२ देखि २०२३ डिसेम्बरसम्मको एक वर्षको अवधिमा १४६ महिला र ८४२ पुरुष गरी कुल ९८८ मानवअधिकार उल्लङ्घनका पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रतिवेदनमा ७ हजार ७१६ महिला, २ एलजीबीटीक्यू र ६८२ पुरुष दुर्व्यवहारको सिकार भएको उल्लेख छ । इन्सेकले २०२२ मा ७ हजार ३७६ व्यक्ति मानवअधिकार उल्लङ्घन र ज्यादतीको सिकार भएको उल्लेख गर्दै सन् २०२२ को तुलनामा २०२३ मा यो संख्या २ हजार १२ ले बढी रहेको बताएको छ ।

२०२३ मा राज्य पक्षबाट ६ जनाको मृत्यु भएको थियो । त्यसैगरी २ जना यातनाको सिकार भएका, २ सय ४० जना पक्राउ, ६२ जना जातीय विभेदका, ४१४ जनालाई कुटपिट, ३१ जनालाई अमानवीय व्यवहार र ५५५ जना भेला तथा संगठित हुने अधिकारको शिकार भएको इन्सेकले जनाएको छ । ।

इन्सेकको अभिलेख अनुसार २ जनाको प्रहरी हिरासतमा र ५१ जनाको जेलमा मृत्यु भएको थियो । संखुवासभा कारागारमा प्रहरी यातना र कुटपिटबाट २ कैदीको मृत्यु भएको पनि उल्लेख छ । त्यसैगरी इन्सेकको प्रतिवेदनमा प्रदेशबाट १ जना र अज्ञात समूहबाट २ जना बेपत्ता भएको उल्लेख छ ।

कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन महासमिति बैठक : देउवा

ललितपुर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकले पार्टीलाई मजबुत र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमबार ललितपुरको गोदावरीमा सुरु भएको पार्टीको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसलाई थप मजबुत र एकताबद्ध बनाउने अपेक्षाका साथ यो कार्यक्रमलाई उत्सुकतापूर्वक हेरिएको बताए ।

महासमितिको बैठकमा पार्टीका नीतिगत विषयमा छलफल हुने र बैठकमा आएका सुझावलाई समेटेर दस्तावेज तयार गर्ने देउवाले बताए । ‘देशमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र संरक्षणका लागि नेपाली काँग्रेसको लामो सङ्घर्षको इतिहास छ, देशमा जहिले पनि संकट आइपर्‍यो, कांग्रेसले नेतृत्व र समाधानको बाटो देखाएको हो । लोकतान्त्रिक मूल्यमान्यताको आधारमा यो पार्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम राख्न सफल भएको छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले अहिलेको मुख्य आवश्यकता संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयन भएको बताए ।

उनले गठबन्धन सरकार, सरकार गठनका लागि मात्र नभई, अघिल्लो सरकारले गरेको प्रतिनिधिसभा विघटन र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने प्रयासलाई निष्प्रभावी बनाउन र संविधानलाई जोगाइराख्न गठन भएको स्पष्ट पारे । राजनीतिक दलबीच प्रतिस्पर्धा हुनु स्वभाविक भएको तर काँग्रेस सधैँ वार्ता, समझदारी र सहकार्यको पक्षमा रहेको समेत उनले बताएका छन् ।

देशलाई हिंसामा धकेल्नेहरु नै सत्तामा छन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई हिंसामा धकेल्नेहरुले नै सत्ताको नेतृत्व गरिरहेले सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय पाउनेमा आशंका व्यक्त गर्नुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ विमोचन समारोहमा बोल्दै भण्डारीले भन्नुभयो,‘पीडितलाई केन्द्रविन्दुमा राखेर शान्ति प्रकृयाका बाँकी कामहरूलाई यथाशीघ्र सम्पन्न गर्नेतर्फ सरकारसहित सरोकारवालाहरूको ध्यान जान जरुरी छ। तर, विडम्बनाको कुरा के छ भने हिजो देशलाई हिंसाको दुश्चक्रमा होम्ने सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नेतृत्व गरिरहेको अवस्थामा यो देशले र निर्दोष पीडितहरूले कसरी न्याय पाउन सक्छन् भन्ने गम्भीर प्रश्न तेर्सिएको छ ।’

बृहत् शान्ति सम्झौता भएको १८ वर्ष बित्दासमेत पीडितहरूले न्याय पाउन नसकेको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायका संवेदनशील विषयलाई कसैले पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाउन नहुने प्रस्ट पारिन्।

विरगंजमा अनिश्चितकालीन कर्फ्यु

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ ५ बजेदेखि वीरगन्ज महानगरपालिकाका केही स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।प्रशासनले बाराको पूर्वमा नागवाचोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारको सीमावर्ती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच पाँच दिनदेखि जारी विवादलाई लिएर वीरगन्जमा पनि सोमबार दुई फरक समुदायबीच ठाउँ ठाउँमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिएका छन् ।

curfew birgunj

रामग्राम क्षेत्रको जग्गा निजी कम्पनीलाई सुम्पिने सबै प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौँ — गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न १२० बिघा जग्गा बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिनेगरी भएका सम्पूर्ण प्रक्रिया रद्द गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो ।

समितिको बैठकले उक्त सबै प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिनुका साथै निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न आदेश दिएको छ । समितिले यो प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ ।

समितिले निजी कम्पनीलाई रामग्राम क्षेत्र सुम्पिने काम गैरकानूनी रुपमा र जनआस्था माथीको प्रहार भएको उल्लेख गरेको छ । कोषका उपाध्यक्ष ल्हारक्याल लामाले
पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच उक्त लिजमा दिने प्रक्रिया अघि बढाएका थिए ।

नेपालका १५६ खानी कम्पनीलाई खनिज उत्खननको अनुमति

काठमाडौं – खानी तथा भूगर्भ विभागले नेपालका १५६ खानी कम्पनीलाई खनिज उत्खननको अनुमति दिएको छ ।

खानी तथा भूगर्भ विभागले दिएको जानकारी अनुसार यी उत्खनन कम्पनीलाई देशभर खनिजको अनुसन्धान र अन्वेषणपछि उत्खननका लागि स्वीकृति दिइएको हो ।

खानी तथा खनिज ऐन २०४२ र खानी तथा खनिज नियम २०५६ बमोजिम विभागले १७ विभिन्न किसिमका १५६ खानी कम्पनीलाई खनिज उत्खननका लागि अनुमति दिएको खनिज श्रोत महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार विभागले तीन कम्पनीलाई टर्मलाइन, १३ कम्पनीलाई टाल्क, दुई कम्पनीलाई क्वार्ट्ज, पाँच कम्पनीलाई क्यानाइट, एक कम्पनीलाई मार्बल, दुई कम्पनीलाई रेड अक्साइड र एक कम्पनीलाई फलाम, जिंक निकाल्न एक कम्पनी, क्वार्टजाइट निकाल्न १३ कम्पनी, म्याग्नेसाइट निकाल्न दुई कम्पनी, डोलोमाइट निकाल्न तीन कम्पनी र तामा निकाल्न दुई कम्पनीलाई स्वीकृति दिएको हो।

घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै निवेदन आएको र सोही अनुसार ९६ खानी कम्पनीलाई चुनढुङ्गा उत्खनन अनुमति दिइएको बताएका छन् ।

विभागले तत्काल खानी सञ्चालन गर्न नसकेका र मापदण्ड नपुगेका कतिपय कम्पनीको अनुमति पनि खारेज गर्दै आएको छ ।

राजस्व संकलनको लक्ष्य पूरा गर्नमा ध्यान दिन अर्थमन्त्री महतको आग्रह

झापा- अर्थमन्त्री डा प्रकाशशरण महतले झापाको भद्रपुरस्थित मेची भन्सार कार्यालय काकडभिटा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्नमा ध्यान दिन आग्रह गरेका छन्।

दमक उद्योग वाणिज्य संघले आयोजना गरेको १५ दिने पाँचौं दमक महोत्सवको उद्घाटन सत्रमा सहभागी हुन आएका मन्त्री महतले कार्यालयको निरीक्षण गर्नुका साथै स्थानीय व्यापारीसँग छलफल गरेका थिए । निरीक्षणपछि उनले भन्सार कार्यालयलाई आफ्नो मासिक राजस्व लक्ष्य पूरा गर्न प्राथमिकता दिन निर्देशन दिनुका साथै सीमापार मालसामानको तस्करी नियन्त्रण गर्न भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राजस्व कार्यालयबीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।

राजस्व सङ्कलनमा कमी आउनुले राष्ट्रको आम्दानीमा कमी आउने, शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवा क्षेत्रमा सरकारी लगानीमा बाधा पुग्ने” भन्दै राजस्व चुहावट रोक्न सबैलाई योगदान पु¥याउन आग्रह समेत गरे ।मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले एसियाली राजमार्गको विस्तारसँगै कार्यालयको महत्व अझै बढ्ने बताएका छन् ।

क्रस बोर्डर विधुत ग्रिड निर्माण गर्ने नेपालको प्रस्ताव भारतद्वारा अस्विकार

भारतले दुई नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणमा नेपाललाई सामेल गर्न नचाहेको विधुत प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

नेपालले ४०० केभी इनरुवा (दुहबी–पूर्णिया, बिहार) र ४०० केभी न्यू लम्की (दोधारा–बरेली, उत्तर प्रदेश) क्रसबोर्डर लाइन दुई देशको संयुक्त लगानी मार्फत निर्माण गर्ने प्रस्ताव गरेकोमा, भारतीय पक्षले नेपालतर्फ नेपाल आफैंले र भारतीय खण्ड भारत आफैले बनाउने प्रस्ताव गरेको नेपाल विधुत प्राधिकरणका प्रशारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताएका छन् ।

सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लुजी) र सचिवस्तरीय संयुक्त संचालन समिति (जेएससी)को ११औँ बैठकमा दुवै पक्षले गरेको छलफल कुनै ठोस निष्कर्षविहीन टुंगिएको थियो। दुई देशबीच सन् २०२७–२०२८ सम्ममा दुहवी–पूर्णिया र २०२८–२०२९ सम्म दोधारा–बरेली विधुत लाइन निर्माण सम्पन्न गर्ने सहमति भइसकेको छ ।

भारतीय पक्षले संयुक्त रुपमा आयोजना निर्माण गर्न किन नचाहेको भन्ने तत्काल प्रष्ट नभएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको भारतीय खण्ड निर्माण गर्न प्राधिकरण र भारतीय पावर ग्रिड कर्पोरेशन अफ इन्डियाको सहकार्यमा स्थापना भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्ली भ्रमणका क्रममा ४०० केभी अन्तरदेशीय विधुत लाइनको शिलान्यास गरेका थिए ।

दुई देशले सन् २०२५ को मार्चसम्ममा १२० किलोमिटर विधुत लाइन निर्माण गर्ने सहमति गरेका छन् तर प्राधिकरणका अधिकारीहरूले समयसीमामा उक्त कार्य पूरा गर्न चुनौतीपूर्ण हुने बताएका छन्। करिब २० किलोमिटर लामो यो लाइनको नेपाल खण्ड मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टले लगानी गर्नेछ ।

नेपालले अन्य दुई प्रसारण लाइन निर्माणका लागि पनि सोही मोडालिटी प्रस्ताव गरेको थियो ।

भारतीय पक्षले प्रस्ताव अस्वीकार गरेपछि नेपालले २५ वर्षसम्म बुटवल–गोरखपुर प्रसारण लाइनको हकमा जस्तै एकतर्फी रूपमा यी प्रसारण लाइनको क्षमता बुकिङ नगर्ने भारतीय पक्षलाई जानकारी गराएको थियो ।

क्षमता बुकिङले नेपाललाई प्रसारण लाइनमा विधुत प्रवाह भए पनि न्युनतम शुल्क तिर्न बाध्य पार्छ।‘बुटवल–गोरखपुर विधुत लाइनको मोडालिटी अवलम्बन नगरे ऊर्जा प्रवाहका आधारमा मात्र ह्वीलिङ चार्ज तिर्ने भारतीय पक्षलाई प्रस्ताव गरेका थियौँ’, श्रेष्ठले भने ।

नेपालले आफ्नो दक्षिणी छिमेकीलाई बढी बिजुली बेच्न यो क्रसबोर्डर लाइन आवश्यक भएकाले बुटवल–गोरखपुर प्रसारण लाइनको क्षमता बुक गर्न सहमत भएको थियो।

‘क्षमता बुकिङका कारण निश्चित आर्थिक भार बेहोर्दा पनि बुटवल–गोरखपुर प्रसारण लाइनको हकमा संयुक्त उद्यमको मुनाफा पनि प्राधिकरणसँग साझेदारको रुपमा बाँडफाँड गरिने छ’, श्रेष्ठले भने ।

कांग्रेस नेता आलमको मुद्दामा साक्षी झिकाउन अदालतको आदेश

रौतहट — जिल्ला अदालत रौतटले रौतहटको राजपुर गाउँमा भएको बम बिस्फोटको घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दाका साक्षी झिकाउने आदेश गरेको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइमा अझै बकपत्रका लागि साक्षीहरु उपस्थिति नभएकाले फरेन्सिक जाँच प्रतिवेदन सहित साक्षी झिकाउन आदेश भएको हो । ‘धेरै प्रहरी नै बकपत्रका लागि आएका छैनन्।

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दामा अदालतले आलम लगायतका ११ जनाविरुद्ध अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक समाधान खोज्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक समाधान खोज्न आह्वान गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार र भ्रष्ट मनोवृत्ति राष्ट्रको विकास र प्रगतिको बाधक भएको बताए । भ्रष्टाचार र भ्रष्ट मानसिकताले नैतिक मूल्यमान्यता खस्किएको, राष्ट्रको जगलाई कमजोर बनाएको उनले बताए ।

“भ्रष्टाचार रोकथाममा सरकारको पारदर्शिता र जवाफदेहिताको स्तरको भूमिका रहनेछ। शासनमा जति पारदर्शिता र जवाफदेहिताको भावना हुन्छ, त्यति नै भ्रष्टाचार नियन्त्रणको सम्भावना बढी हुन्छ,” पौडेलले भने ।उनले आफ्ना प्रत्येक कार्य र निर्णयमा पारदर्शिता कायम गर्न सबै सार्वजनिक निकायको ध्यानाकर्षण गराए ।त्यसैगरी उनले अख्तियारको अनुसन्धान र त्यसपछिको अभियोगमा निष्पक्षताको सुनिश्चितता गर्न अख्तियारलाई आग्रह गरे ।

सुशासनलाई लोकतन्त्रको जीवन रेखा मान्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आर्थिक समृद्धि र सामाजिक न्याय प्राप्त गर्न आवश्यक रहेको विश्वास व्यक्त गर्नुभयो । उनले अख्तियार दुरुपयोग र भ्रष्टाचारमा उच्च पदस्थ व्यक्तिहरूलाई जवाफदेहिताबाट मुक्त नहुने सुनिश्चित गर्दै जनताको हितलाई सम्बोधन गर्न अख्तियारलाई आग्रह गरे।

गिरीबन्धु टी इस्टेटको ३४४ बिघा जग्गा प्लटिङ गरेर बेच्ने प्रयास सर्वाेच्चद्वारा रोक

झापास्थित गिरीबन्धु टी इस्टेटको अर्बौं मूल्यबराबरको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गर्ने प्रयासमा सर्वाेच्च अदालतले रोक लगाएको छ  ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले भूमिसुधार ऐन नै संशोधन गरी टी इस्टेटको जग्गा सट्टापट्टा गर्न दिएको स्वीकृति कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व रहेको भन्दै सर्वोच्चले सट्टापट्टाको प्रक्रियामा रोक लगाएको छ।

नीतिगत भ्रष्टाचार मानिएको यो मुद्दामा सर्वाेच्चको संवैधानिक इजलासले हदबन्दीभन्दा बढी जग्गा जफत गर्नुपर्ने आदेश दिएको छ । अधिवक्ता ओमप्रकाश अर्याल, भक्तराज भारतीसमेत र ओमप्रकाश मिश्रले विभिन्न मितिमा दायर गरेको रिटलाई संवैधानिक इजलासले एकसाथ सुनुवाइ गरी फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको इजलासले सट्टापट्टा गर्ने सरकारको निर्णय र त्यसअनुसार भएका सबै कामकारबाही बदर गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले जारी गरेको संक्षिप्त आदेशमा, ‘मिति २०७८/१/१३ को अनुसार गिरीबन्धु टी इस्टेट प्रालिलाई ३४३–१९–१२ बिघा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानुनी प्रावधानअनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सोबमोजिम भए–गरिएका कामकारबाहीसमेत बदर हुने’ उल्लेख गरिएको छ।

चौधरीसहित ३ जनालाई हाजिर जमानीमा रिहा

काठमाडौ जिल्ला अदालतको आदेशअनुसार व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ।

सीआईबीले काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम तीनै जनालाई हाजिरी जमानीमा छाडिएको तर उनीहरूविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै रहने बताएको छ।

अदालतले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो ।तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

एमबीबीएस उत्तीर्ण गरेका ५६ प्रतिशत मात्र एनएमसी लाइसेन्स परीक्षामा पास

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सञ्चालन गरेको लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण गरेका ५६ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

एनएमसीले सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत मेडिकलमा ५५.९६ प्रतिशत र डेन्टलमा ६१.०५ प्रतिशत सहित कुल ५६ दशमलव ६८ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएको जनाएको छ।

परीक्षामा मेडिकलतर्फ कुल १ हजार ७३७ र डेन्टलतर्फ २ हजार २ सय ८५ परीक्षार्थी सहभागी रहेका थिए । गत वर्ष भएको ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजाबाट सन्तुष्ट नहुने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो नाम र रोल नम्बर स्पष्ट रूपमा उल्लेख गरी एनएमसीको इमेलमा पुन: दर्ताका लागि आवेदन दिन सकिने र त्यस्ता उम्मेदवारहरूले १,५०० रुपैयाँ शुल्क तिर्नुपर्ने एनएमसीले जनाएको छ ।

परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्र प्राप्त गर्न अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिएको मितिले १५ दिनपछि प्रमाणपत्र तयार गर्ने एनएमसीले जनाएको छ ।

परीक्षामा सामेल हुँदा बायोमेट्रिक हाजिरी, फोटो जाँच, हस्ताक्षर परीक्षण र सङ्कलन प्रमाणपत्र पेश गर्नुपर्ने भएकाले प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपस्थित हुनुपर्ने एनएमसीले जनाएको छ ।

उपनिर्वाचन अगावै मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ – निर्वाचन आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

आयोगले, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका योग्य नागरिकले उपनिर्वाचनको मिति घोषणा हुनुअघि सम्बन्धित स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ।

निर्वाचन आयोगले हाल प्रतिनिधिसभामा एक, सुदूरपश्चिम प्रदेशसभामा एक, जिल्ला समन्वय समितिका दुई प्रमुख, एक नगरपालिकाका उपमेयर, एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाका उपाध्यक्ष र विभिन्न स्थानीय तहका १७ वडाध्यक्ष गरी २५ पद रिक्त रहेको उल्लेख गर्दै,यही वैशाख मसान्तभित्र उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ।

रवि लामिछाने र दिपेश पुनविरुद्ध सहकारी पीडितले दिए उजुरी

कास्की – सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन र विभिन्न १५ कम्पनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा विवरण पेश गर्दै उजुरी दर्ता गराएका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोही विषयमा पहिला पनि उजुरी दर्ता भइसकेकोले उक्त उजुरीलाई पूरक निवेदनको रुपमा व्याख्या गर्दै निवेदनमा उल्लेख भएकामाथि अनुसन्धान भइरहेको बताएको छ।

यसअघी, अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले सहकारी ठगी आरोपमा तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्व अध्यक्ष भूपेन्द्र राईविरुद्ध नोटिस जारी गरेको थियो ।

राईसहित १९ जनाले सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको थियो भने मुद्दा अनुसन्धानको क्रममा रहेको छ।

कोशी प्रदेशको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं- कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई विभिन्न सुविधा उपलब्ध गराउन जारी गरिएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दङ्गालले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरुले संविधान विरोधी अध्यादेश खारेज गर्न माग गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारीलाई सवारी साधनलगायत सुविधा दिन माघ १० गते अध्यादेश जारी गरेका थिए ।

संसदमा देखिएका कठिनाइ हटाउन अध्यादेश पेश

काठमाडौं – सरकारले प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश र कठिनाइ हटाउन आदेश पेश गरेको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘वित्तीय कार्यविधि तथा वित्तीय जवाफदेहिता (पहिलो संशोधन) अध्यादेश, २०८०’ प्रस्तुत गरेका थिए । अध्यादेशमा सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व छलफलका लागि समयावधि अगाडि बढाउने जस्ता प्रावधान समावेश गरिएको छ ।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको दफा ४२, सत्य निरुपण तथा मेलमिलाप ऐन बमोजिम सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको म्याद थप गर्नमा परेको असहजता हटाउन आदेश प्रस्तुत गरेका छन्।

चौधरीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ – बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा घोटाला प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीन जनालाई काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद थप गरेको छ ।यसअघि उनीहरुलाई अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

थपिएको अवधिभित्र अनुसन्धान पूरा नभए व्यक्तिगत जमानतमा रिहा गर्न समेत अदालतले आदेश दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जग्गा घोटालामा संलग्न सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीसहित दुई जनालाई बिहीबार पक्राउ गरेको थियो ।

अरुण कुमार चौधरीमाथी सरकारी स्वामित्वमा रहेको जुत्ता कारखानाको १० रोपनी सार्वजनिक जग्गा गैरकानुनी रूपमा निजी सम्पत्तिमा परिणत गरेको आरोप छ ।

अरुण चौधरीसँगै सीआईबीले छाला तथा जुत्ता कारखानाका पूर्व कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चौधरी परिवारले उक्त १० रोपनी जग्गामा स्थापना गरेको सीजी चन्दबाग रेसिडेन्सी एण्ड च्याम्पियन फुटवेयर कम्पनीका निर्देशक सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

arun chaudhary 1
arun chaudhary 2

अमेरिकाले मध्यपूर्वमा द्वन्द्व फैलायो – रुस

वासिङ्टनले इराक, सिरिया र यमनमा गैरकानूनी हमला गरेर मध्यपूर्वमा द्वन्द्वको आगो फैलाएको र शान्ती प्रक्रिया बिथोल्न खोजेको संयुक्त राष्ट्रसंघका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् ।

जोर्डनमा अमेरिकी सैन्य चौकीमा ड्रोन आक्रमणको जवाफमा अमेरिकाले सिरिया र इराकमा हवाई हमला गरेपछि रुसले संयुक्त राष्ट्र सुरक्षा परिषदको तत्काल बैठक बोलाउन अनुरोध गरेको छ।

नेबेन्जियाले सोमबार न्यूयोर्कमा भएको (युएनएससी) बैठकमा हाल अमेरिकाले गरेको बम विस्फोटले मध्य पूर्वमा अमेरिकी नीतिको आक्रामक प्रकृति र वाशिंगटनले अन्तर्राष्ट्रिय कानूनी मापदण्डको पूर्ण उपेक्षा गरेको कुरा प्रष्ट भएको बताएका छन्।

अमेरिका अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि प्रत्यक्ष खतरा साबित भएको र संयुक्त राष्ट्रको केन्द्रीय भूमिकालाई कमजोर पार्ने हमलाहरू सञ्चालन गरेर आगोमा पेट्रोल खन्याइरहेको समेत भासिली नेबेन्जियाले बताएका छन् । दमास्कसले आफ्नो सिमानामा अमेरिकी सैन्य उपस्थितिलाई अधिकार नदिएको उल्लेख गर्दै , सिरियामा रहेका अमेरिकी आधारहरू “अवैध” भएको समेत बताएका छन्।

बेलायती राजा चार्ल्सलाई क्यान्सर

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको छ, बकिङ्घम प्यालेसले एक विज्ञप्तिमा जनाएको छ । क्यान्सरको प्रकार अझै खुल्न सकेको छैन तर उनको भर्खरको प्रोस्टेटको उपचारको क्रममा क्यान्सर पत्ता लागेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस अवधिभरि, उनले राज्यको कामकाज र आधिकारिक कागजीकार्यहरू सामान्य रूपमा जारी राख्नुहुनेछ।”

सबै चिकित्सा मुद्दाहरूलाई निजी मामिलाको रूपमा मान्ने शाही परिवारले सामान्यतया रोगहरूको बारेमा विवरण साझा गर्दैन। तर चार्ल्सले ‘ विश्वभरि क्यान्सरबाट प्रभावित सबैलाई क्यान्सरबारेको सार्वजनिक बुझाइमा सहयोग गर्न’ आफ्नो विवरणहरू सार्वजनिक गर्न चाहेको बताइएको छ।

बकिङ्घम प्यालेसबाट यो घोषणा विश्व क्यान्सर दिवसको एक दिन पछि आएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसद्वारा नेपाल रेडक्रसको मान्यता रद्द

काठमाडौं : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिजहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को नेपालस्थित कार्यालयले नेपाल रेडक्रसको कार्यसमिति विवादमा देखिएका कानुनी अस्पष्टता नटुंगिएसम्म आईएफआरसीले मानवीय सहायतासम्बन्धी परियोजना आफैं सञ्चालन गर्ने उल्लेख गर्दै नेपाल रेडक्रसका दुवै कार्यसमितिलाई मान्यता दिन अस्वीकार गरेको छ।

हाल नेपाल रेडक्रसमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल र डा. नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा अलग–अलग कार्यसमिति छन्। दुवैले आफू आधिकारिक भएको दाबी गरिरहँदा आधिकारिकतासम्बन्धी मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन छ।

आईएफआरसीको नेपालस्थित कार्यालयले नेपाल रेडक्रसको कार्यसमितिले आधिकारिकता नपाउंदा सम्मका लागी कुनै पनि समूहसँग परियोजना सम्झौतामा हस्ताक्षर गर्न रोक्ने र नेपाल रेडक्रसको कार्यालयमा आवश्यक मानव संसाधन, अनुगमन र उपयोगका साथै सहमति भएका राष्ट्रियस्तरका गतिविधिको लागत मात्रै आफूले व्यहोर्ने स्पष्ट गरेको छ।

आईएफआरसी र सदस्यहरूले समय–सीमा तोकेर निश्चित रकममात्रै अनुमोदन एवम् स्थानान्तरण गर्ने र रेडक्रसका शाखामा रकम स्थानान्तरण गर्दा केन्द्रीय कार्यालयका प्राविधिकसँग पूर्ण समन्वय सुनिश्चित गरिने समेत बताएको छ।

आईएफआरसी र सदस्यका जिल्ला शाखाहरूले सञ्चालन गर्न नसकेका ठूला खरिद र परामर्शका फाइलको सञ्चालन जारी राख्दै वित्तीय अनुगमन प्रणालीलाई कडाइका साथ लागु गर्ने बताएको छ।

आजदेखि हिउँदे अधिवेशन सुरु

काठमाडौँ- आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ। अपराह्न ४ बजेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठकका लागि सम्भावित सात कार्यसूची तय भएको छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय भएको छ। यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भएर सन्देशसहित प्राप्त विधुतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ टेबुल हुनेछ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० एवं कानुनमन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने कार्यसूची रहेको छ।

karyasuchi

इच्छाराज दम्पतीलाई कैद सजाय: ३ अर्ब जरिवानाको फैसला

काठमाडौं – विशेष अदालतले संविधानसभाका पूर्व सदस्य तथा नागरिक बचत तथा ऋण सहकारी लिमिटेडका संस्थापक इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७३ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

अदालतले तामाङकी श्रीमतीलाई एक वर्ष ६ महिना जेल सजाय र १ अर्ब ३६ करोड जरिवाना समेत गरेको छ । अदालतले २५ करोड ६५ लाख जरिवानाका साथै नागरिक बचत तथा ऋण सहकारी लिमिटेडका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको पूर्ण इजलासले उनीहरुलाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।मुद्दामा तामाङ र उनकी श्रीमतीसहित तीन जना दोषी ठहर भएका छन् ।

अदालतले उनीहरुको सम्पत्ति जफत गर्ने निर्णय गर्दै उक्त सम्पत्ति सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने बताएको छ ।सिभिल सहकारीका बचतकर्ताको अर्बौं रुपैैंया घोटालाको अभियोगमा उनीहरु विरुद्ध ठगी मुद्दा चलाइएको थियो ।

वैशाख मसान्तभित्र रिक्त २५ पदका लागि उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं – रिक्त रहेका विभिन्न २५ पदका लागि उपनिर्वाचन हुने विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छलफल गरेका छन् ।सिंहदरबारमा रक्षा मन्त्रालयमा भएको भेटमा थपलिया र खड्काबीच हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी उपनिर्वाचनका विषयमा छलफल भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन र स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि सरकारसँग परामर्श गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।आयोगले यही वैशाख मसान्तभित्र उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ ।इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ क्षेत्र नं १ मा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्बर २ को सिट रिक्त भएको थियो । यसैबीच, बझाङ क्षेत्र नं १ को सुदूरपश्चिम प्रदेशसभा सदस्य नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्र पनि खाली भएको छ ।

निर्वाचन आयोगले हाल प्रतिनिधिसभामा एक, सुदूरपश्चिम प्रदेशसभामा एक, जिल्ला समन्वय समितिका दुई प्रमुख, एक नगरपालिकाका उपमेयर, एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाका उपाध्यक्ष र विभिन्न स्थानीय तहका १७ वडाध्यक्ष गरी २५ पद रिक्त रहेको जनाएको छ ।

बाँसबारी जग्गा प्रकरणमा कानुन उल्लंघन भएकोभए जग्गा फिर्ता गर्ने चौधरीको प्रतिबद्धता

काठमाडौं – बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले जग्गा अधिग्रहण अवैध पाइएमा जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।

पक्राउ परेका व्यापारी चौधरीको बयान लिने क्रममा संलग्न अनुसन्धान अधिकृतले यस्तो खुलासा गरेका हुन् ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठको उपस्थितिमा बयान लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

जग्गा हिनामिना प्रकरणमा प्रहरीले चौधरी सहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा, च्याम्पियन फुटवेयर प्रालि र सीजी चन्दबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

स्वार्थ केन्द्रित शासन प्रणालीले देशको विकास हुँदैन : भीम रावल

धनगढी। नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थमा केन्द्रित भए देशमा विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन समारोहमा उनले प्रधानमन्त्री र मन्त्री बन्न र सरकार परिवर्तनमा मात्रै नेताको ध्यान केन्द्रित हुन नहुने बताएका छन्।

छिमेकी भारत र चीनको विकास तीव्र गतिमा भइरहेका बेला नेपाल आफ्नै भूराजनीतिक कारणले पछाडि परेको उनले बताएका छन्। दुई देशबीचको अत्यन्तै संवेदनशील भूराजनीति भएको नेपाल कमजोर हुँदा शासन प्रणाली व्यक्तिगत स्वार्थमा केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य र अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ? रावलले भने, ‘सरकार कहिले बदल्ने, को मन्त्री र प्रधानमन्त्री को बन्ने भन्ने निर्णय मात्रै गरे भने देशको विकास हुन सक्दैन ।

रावलले मुलुकको अर्थतन्त्र सुधार, अतिक्रमित सिमाना फिर्ता, कृषि क्षेत्रको विकास र रोजगारी वर्तमान समयको मुख्य आवश्यकता रहेको समेत बताएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सबैको सहमति हुनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सबैको सहमतिमा पारित हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त अभिव्यक्ती दिएका हुन्। उनले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको र बाँकी शान्ति प्रक्रियालाई टुंगो लगाउने जानकारी समेत दिएका छन् । ओलीले विधेयकलाई छिटो टुङ्ग्याउन प्रधानमन्त्रीसँग कुरा गरेको बताएका छन् ।

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने विषयमा अहिले समितिमा विधेयकमाथि छलफल भइरहेको छ । त्यसलाई राम्ररी मिलाएर छिट्टै टुङ्गो लगाउने विषयमा छलफल भएको थियो । यधपी टिआरसीसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्ने एमालेको अडान पनि यथावत रहेको ओलीले बताए ।

पेट्रोल पम्प संचालकले आफ्ना ग्राहकका लागि निःशुल्क शौचालय उपलब्ध गराउनुपर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।

सरोकारवालासँगको बैठकपछि कामपाले पेट्रोल पम्पलाई पहेँलो रंग लगाउने निर्णय गरेको हो । साथै, इन्धन रिफिलिङ सेन्टरले आ–आफ्नो परिसरमा शौचालय निर्माण गरी ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराउनु पर्ने समेत बताएको छ ।

इन्धन भर्ने कर्मचारीले खैरो रङको व्यक्तिगत सुरक्षात्मक उपकरण लगाउनु पर्नेछ भने इन्धन स्टेशन क्षेत्रको हरियाली कायम राख्नुपर्नेछ। कामपाले पेट्रोल पम्पका कर्मचारीलाई आगो नियन्त्रणसम्बन्धी आधारभूत तालिम दिने घोषणा समेत गरेको छ ।

मानव तस्करी आरोपमा ९ अध्यागमन अधिकारीसहित २२ जना पक्राउ

काठमाडौं : भिजिट भिसाको नाममा मानव बेचबिखनमा संलग्न व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराध सम्बन्धी कसुरमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अध्यागमन अधिकृत ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो लिम्बु र नरवीर खड्कासहित २२ जना विरुद्ध भिजिट भिसामा अवैध मानव तस्करी गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

त्यस्तै गीता शाह, सरोजकुमार यादव, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, कौशिला मगर, लक्ष्मी राई र रीता दमाईविरुद्ध समेत मुद्दा दर्ता भएको छ ।

प्रहरी अनुसन्धानले अध्यागमनका कर्मचारीले ट्राभल एजेन्सीमार्फत पैसा लिने र नक्कली कागजात बनाएर विमानस्थलबाट बाहिर पठाउने प्रक्रियामा अध्यागमन कर्मचारीको संलग्नता रहेको खुलेको छ । यसअघि सोही मुद्दामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पनि सिआइबीले पक्राउ गरेको थियो ।

सरकारी जग्गा हिनामीना अभियोगमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

काठमाडौँ – सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले बिहीबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनी नेपालको एकमात्र अर्बपति विनोद चौधरीका भाइ हुन्, जो संघीय संसदका सदस्य पनि हुन्। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सार्वजनिक जग्गा गैरकानुनी रुपमा निजी सम्पत्तिमा परिणत गरेको अरुण चौधरीमाथि आरोप छ ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।चौधरीलाई नेपाल प्रहरीको सिआइबीको टोलीले लाजिम्पाटस्थित निवासबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई चार दिनको म्याद थप गर्दै हिरासतमा राख्ने अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् ।

सिआइबीले बाँसबारीस्थित कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पनि पक्राउ गरेको छ । उनलाई बत्तीसपुतलीस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

बाँसबारी छाला र जुत्ता कारखाना सन् १९६० को दशकमा चिनियाँ सरकारको सहयोगमा राज्यको स्वामित्वमा रहेको संस्थाको रूपमा स्थापना भएको थियो। तर, पछि सार्वजनिक संस्थानले नियमित घाटा व्यहोरेको भन्दै कारखाना निजी कम्पनीलाई बेचेको थियो ।

भारतसँगको विधुत व्यापार सम्झौतामा सर्वोच्चको प्रश्न

काठमाडौँ – सर्वोच्च अदालतले भारतसँग दीर्घकालीन विधुत व्यापार सम्झौता गर्नुको कारण माग गरेको छ।

नेपाल सरकारका पूर्वसचिव एवं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य समेत रहेका रिट निवेदक सूर्यनाथ  उपाध्यायले भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनमा रोक लगाउनुपर्ने र भारतसँग भएको सम्झौता संसदमा लैजानुपर्ने र संसदको अनुमतिपछि मात्र कार्यान्वयन गर्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए। उपाध्यायको रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले यो सम्झौता नेपालको संविधानको धारा २७९ उपधारा २ अनुसार प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटको विषय हो कि होइन, संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने हो कि होइन भनेर प्रश्न गर्दै स्पष्ट पार्नसमेत सरकारलाई भनेको छ। संविधानको धारा २७९ को उपधारा ९२० मा उपधारा शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटसम्बन्धी सन्धि वा सम्झौता भएमा संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने सर्त राखिएको छ।

विधुत व्यापार सम्झौतामा उत्पादित बिजुली बिक्रीको विषय मात्र हुनुपर्नेमा संरचना निर्माणदेखि उत्पादन र पानीमा समेत भारतको अधिकार रहने प्रकृतिको सम्झौता भएको रिट निवेदनको दाबी रहेकाले यो विषय संसदको छलफलमा लैजानुपर्ने हुन सक्ने सर्वोच्चले जनाएको छ।

रुसको सिमातर्फ नाटोको विस्तारको मस्कोले समानान्तर प्रतिक्रिया दिने

रुसको सिमानातर्फ नाटोले आफ्नो सैन्य पूर्वाधार विस्तार गर्दै लगेमा रुसले त्यसको समानान्तर प्रतिक्रिया दिने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्। गत हप्ता युरोपमा सुरु भएको नाटोको स्ट्याडफास्ट डिफेन्डर सैन्य अभ्यास २०२४ लाई लक्षित गर्दै पेस्कोभले उक्त अभ्यास रुसको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको समेत बताएका छन्।

नाटोको उक्त सैन्य अभ्यास दशक यताकै सबैभन्दा ठूलो सैन्य अभ्यास भएको बताइएको छ। उक्त अभ्यासमा सबै ३१ सदस्य राष्ट्रहरूका ९०००० सेनाहरू समावेश छन् र उक्त अभ्यासमा स्वीडेन पनि सहभागी रहेको छ। उक्त अभ्यास मे महिनासम्म चल्ने बताइएको छ। अभ्यासमा १ सय ३३ ट्याङ्क र ५३३ पैदल सेनाका लडाकु सवारी साधनका साथै ५० भन्दा बढी नौसैनिक जहाज र ८० वटा हेलिकप्टर, ड्रोन र लडाकु विमानहरू सहभागी रहेको बताइएको छ ।

पेस्कोभले नाटो सधैं वाशिंगटन द्वारा नियन्त्रित “टकराव को साधन” को रूप मा अभिप्रेत रहेको र अमेरिकाले उक्त साधनलाई आफ्नो स्वार्थ पुरा गर्न हरसम्भव तरिकाले प्रयोग गर्न सक्ने समेत बताएका छन्।

आगामी केही दशकहरूमा युरोपमा आक्रमण गर्ने रुसको योजना रहेको भन्दै, बेलायत, जर्मनी र इस्टोनिया लगायतका सदस्य राष्ट्रहरूका अधिकारीहरूले निकट भविष्यमा रुससँग पूर्ण मात्रामा सैन्य भिडन्तको लागि तयार हुन ब्लकलाई आग्रह गरिरहेका छन्।

यधपी, रुसले ति सबै तर्कहरुलाई कडाइका साथ अस्वीकार गर्दै नाटोले फैलाएको हल्ला मात्र भएको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको “भूराजनीतिक, आर्थिक वा सैन्य रूपमा … नाटो विरुद्ध युद्ध लड्न कुनै चासो छैन” र यसको सट्टा अमेरिकाको नेतृत्वमा रहेको ब्लकसँग सम्बन्ध विकास गर्न रुचाउने कुरामा जोड दिएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

निगमको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

petrol

पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई दुई दिनमा दोस्रो सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ र यो उनलाई दुई दिनको अन्तरालमा सुनाइएको दोस्रो सजाय हो।

२०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीबाट अपदस्थ गरेका खान, यसअघी नै भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका छन् । उनले यी सबै मुद्धाहरु आफु विरुद्ध राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्।

बुधवारको अदालतको मुद्दा उनी र उनकी श्रीमतीले कार्यालयमा रहँदा प्राप्त गरेको उपहारको बारेमा थियो भने मंगलबारको मुद्दामा राज्यको गोप्य सुचना चुहावट गरेको आरोपमा उनलाई १० वर्षको सजाय सुनाइएको थियो। अदालतले दम्पतीलाई करिब १.५ बिलियन पाकिस्तानी रुपैयाँ (£४.२ मिलियन; $५.३ मिलियन) जरिवाना तिर्न पनि आदेश दिएको छ।

खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले पनि यो सजायले खानलाई सार्वजनिक पदमा रहनबाट 10 वर्षको लागि बन्देज लगाएको बताएका छन् ।

खानका वकिलहरूले दुवै मुद्दामा पाकिस्तानको उच्च अदालतमा अपील गर्ने बताएका छन्। रिमाण्डमा बाहिर रहेकी उनकी पत्नी बुशरा बीबीले बुधबार जेलमा आत्मसमर्पण गरेकी छन्। खान प्रधानमन्त्री हुँदा गुमनाम जस्तै रहेकी बुशाराले खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा अघि २०१८ मा खानसंग विवाह गरेकी थिइन।

रुस र युक्रेनबीच हालसम्मकै सबैभन्दा ठूलो संख्यामा कैदीबन्दी साटफेर

रुस र युक्रेनले युद्ध सुरुभएयता हालसम्मकै सबैभन्दा ठुलो संख्यामा कैदीबन्दी साटफेर गरेका छन्।

कैदी साटफेर अन्तर्गत १९५ रुसी सैनिक युक्रेनी नियन्त्रित क्षेत्रबाट घर फर्किएका छन् भने १९५ युक्रेनी सैनिक किभलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।रिहा गरिएका रुसी सेनाहरूलाई उपचार र पुनर्स्थापनाको लागि मस्को लगिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि कैदीबन्दी साटफेरको पुष्टि गर्दै २०७ सैनिक घर फर्किएको बताएका छन्। यधपी रुसी रक्षा मन्त्रालयले भने १९५ युक्रेनी सैनिक मात्र फिर्ता गरेको बताएकोमा अन्य १२ कैदीबन्दी कसरी थपिए भन्ने विषयमा कुनै पुष्टि हुन सकेको छैन ।

गत साता हुने भनिएको कैदीबन्दी साटफेर प्रक्रिया यसअघी ६५ युक्रेनी कैदीबन्दी बोकेको रूसी Il-76 विमान आक्रमणमा परेपछि स्थगन हुन पुगेको थियो। रुसले उक्त विमान आक्रमण किभले गराएको भन्दै अनुसन्धानको माग गर्दै आएको छ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

काठमाडौँ — सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको उच्चस्तरीय छलफलबीच प्रधानमन्त्री दाहालले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनबारे छलफल अगाडी बढाएका हुन्।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।

वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो। सरकारले विषय नीति तथा कार्यक्रममा समावेश गरेपश्चात नेपाली सेनाले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन अनुसार उद्योग पुनः सञ्चालनको लागि रू. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च रू. ७८ करोड लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ। उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने कार्यदलको निष्कर्ष छ।

अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमि हुनु आदि कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ।

अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको उल्लेख छ।

प्रतिवेदनले उद्योग पुनः सञ्चालनको आवश्यकता र औचित्यसमेत निर्क्यौल गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालन गर्दा विगतको औद्योगिक शाख कायम हुने, मुलुकको औद्योगिक क्षेत्रको विकास र कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने, विश्वबजारमा औद्योगिक सन्देश जाने, आयत प्रतिस्थापन र आत्मर्निभरतामा अभिवृद्धि हुने, रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान हुने भएकाले युवा पलायन रोक्न सकिने निष्कर्ष छ।

अध्ययन कार्यदलको प्रस्तावित तीन वर्षे कार्यतालिकासहितको मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०/०८१ मा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डिपिआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ।

त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरू गर्ने प्रस्तावित मोडालिटीमा उल्लेख छ। त्यस्तै आ.व. २०८२/०८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता बिस्तार गर्ने, बुटवल धागो उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको व्यवस्था र नियमित उत्पादन सुरू गर्ने प्रस्ताव गरिएको छ।

भ्याट छली मुद्दामा भाटभटेनीले एक अर्ब ५३ करोड २५ लाख रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ- सर्वोच्च अदालतको फैसला अनुसार भ्याट छली मुद्दामा भाटभटेनीले एक अर्ब ५३ करोड २५ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि आफैँले गरेको फैसला मंगलबार सदर गर्दै भाटभटेनीले नक्कली भ्याटबिल बनाएर कर छलेको ठहर गर्दै,भाटभटेनीले कर, जरिवाना, थप दस्तुर तथा ब्याजसमेत गरी एक अर्ब ५३ करोड २५ लाख रुपैयाँ राज्यलाई बुझाउनुपर्ने भएको छ ।

न्यायाधीशहरू डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले, भाटभटेनीले भ्याटको नक्कली बिल जारी गरी कर छलेको विषयमा अन्तिम फैसला जारी गरेको हो  ।सर्वोच्चले यस अघि २८ पुस २०७६मा गरेको फैसलालाई मंगलवारको पूर्ण इजलासले सदर गरेको छ ।

भाटभटेनीले साउन ०६४ देखि ०६७ माघसम्ममा कर भ्याटको नक्कली बिल जारी गरी भ्याट र आयकर छलेको भन्दै कर कार्यालयले भाटभटेनीलाई कर तथा जरिवाना निर्धारण गरेको थियो । जसलाई आन्तरिक राजस्व विभागको प्रशासकीय पुनरावलोकन र राजस्व न्यायाधिकरण कार्यालयले समेत सदर गरेका थिए ।

विभाग र राजस्व न्यायाधिकरण कार्यालयको फैसलाअनुसार एक अर्ब ५३ करोड २५ लाख ३२ हजार रुपैयाँ कर तथा जरिवाना तिर्नुपर्ने भएपछि भाटभटेनीले त्यसका विरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो । पटक–पटकको पेसी र लामो बहसपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले २८ पुस २०७६ मा भाटभटेनीको जिकिर नपुग्ने भन्दै विभाग र न्यायाधिकरण कार्यालयकै फैसललाई सदर गरिदिएको थियो  ।

एनसेल सेयर खरिद बिक्री अस्वभाविक भएको छानबिन समितिको निष्कर्ष

काठमाडौँ — एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले सेयर बिक्री गर्दा स्वभाविकभन्दा बढी शर्तहरू राखेको निष्कर्ष निकाल्दै एनसेलको खरिद बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने राय प्रस्तुत गरेको छ।

पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन बुझ्दै,’प्रतिवेदनले सरकारलाई सही निर्णय गर्न मद्दत पुग्ने प्रधानमन्त्रीले बताएका छन् ।

एनसेलले नेपालमा व्यवसाय सुरू गरेदेखि हालसम्म ८ करोड विदेशी लगानी र २ करोड स्वदेशी लगानी गरेकोमा उसले वार्षिक एक खर्बभन्दा बढी नाफा कमाई विभिन्‍न शीर्षकमा ६८ अर्ब भन्दा बढी रकम विदेश लगेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी, एनसेलले नेपाल सरकारलाई कर र गैरकर गरी तिर्नुपर्ने ८५ अर्ब रुपैंयाभन्दा बढी रकमको विषय विभिन्‍न तहका अड्डा, अदालतहरूमा मुद्दाकारूपमा विचाराधीन रहेको देखिएको छ ।

आजियाटा ग्रुप र स्पेक्ट्रालाइट यूकेबीच १ डिसेम्बर २०२३ मा भएको एनसेल आजियाटाको सेयर खरिद बिक्री सम्झौतामा उल्लिखित कारोबार समान व्यावसायिक व्यवहारको सिद्धान्तमा आधारित नदेखिएको, बिक्रीकर्ता पक्ष हाबी भई खरिदकर्ता पक्षमा स्वभाविकभन्दा बढी शर्तहरू राखेको, सेयर बिक्रीपश्‍चात वर्षौसम्म पनि विक्रेताले आफूले बिक्री गरेको कम्पनीको लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने, कम्पनीको ऋण तथा दायित्वसमेत बिक्रीकर्तामा नहुनेजस्ता शर्तहरू उल्लेख भएको देखिएकाले उक्त सम्झौता स्वतन्त्र ढङ्‍गले भएको स्वभाविक सम्झौता मान्‍न नसकिने छानबिन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मंसिर तेस्रो साता गठित समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदेस कुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका थिए ।

मिटर ब्याज पीडितको मेची–महाकाली ‘न्याय मार्च’ यात्रा

झापा – मिटरब्याज पीडितहरुको संघर्ष समितिले सरकारलाई दबाब दिन आजदेखि “मिटर ब्याज विरुद्ध मेची महाकाली न्याय मार्च” सुरु गर्न लागेको छन् ।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले पूर्वी झापाको काँकडभिट्टास्थित मेची पुल र पश्चिममा महाकालीबाट एक साथ शान्तिपूर्ण पैदल यात्रा “न्याय मार्च” सुरु गर्न लागेका हुन्। सरकारले बनाएको मिटर ब्याज सम्बन्धी कानुन पीडित पक्षका लागि नभएर साहु महाजनको पक्षमा भएको भन्दै उक्त न्याय मार्च राज्य सत्ता र साहु महाजन विरुद्धको लडाइँ भएको संघर्ष समितिले बताएको छ। मंगलबार बिहान ७ बजे मेची र पश्चिममा महाकालीबाट एक साथ शुरु हुने न्याय मार्च चितवनको नारायणगढ पुगेर एक हुने र त्यसपछि राजधानी काठमाडौं प्रस्थान गर्ने बताइएको छ।

संघर्ष समितिले, मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू (तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेक) अवैध घोषणा गर्नुपर्ने र जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, विभिन्न तहका अदालतमा मिटर ब्याजी साहुले पीडितमाथि हालेका मुद्दाको दर्ता र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्ने तथा फैसला भइसकेका मुद्दाहरू आयोगमा खिचाई पुनरावलोकन गरी फर्जी लिखत (चेक बाउन्स) समेतका आधारमा सजाय कटाइरहेका पीडितको रिहाइ गर्नुपर्ने , जरिवाना मिनाहा र बिगो खारेज गर्नुपर्ने, मिटर ब्याजसँग सम्बन्धित निवेदनको सरकारी तथ्यांक अपूर्ण भएकोले तत्काल नयाँ निवेदन दर्ता खुला गरी पीडितहरूको अभिलेखीकरण गर्दै सोका आधारमा साहु महाजनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका ६ बुंदे माग राख्दै उक्त न्याय मार्च सुरु गरेको संघर्ष समितिले बताएको छ।

यस्तो छ ६ बुँदे माग:

meter byaj pidit

अमेरिकी पीआर विवादपछी समाजकल्याण परिषदकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारीको राजिनामा

काठमाडौं – पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीकी बुहारी तथा समाज कल्याण परिषदकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले अमेरिकी पीआर विवाद चर्कदै गएपछि पदबाट राजीनामा दिएकी छन् ।

सासू उमा रेग्मी मन्त्री हुँदा सत्ता र शक्तिको दुरुपयोग गरेर समाजकल्याण परिषदको उपाध्यक्षमा नियुक्ति पाएकी बुहारी मोनिका भट्टराई अधिकारीले पदमा रहँदै अमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पिआर) लिएको खुलेको छ ।

नेपालको विद्यमान संविधान, कानुन, मापदण्ड र अभ्यासले विदेशी पिआर लिएका व्यक्तिले नेपालको सार्वजनिक पदमा नियुक्ति नपाउने व्यवस्था भएको भएपनि उनकी सासु पूर्वमन्त्री उमा रेग्मी मन्त्री हुँदा रेग्मीले नै उनलाई गैर कानुनी रुपमा समाज कल्याण परिषदको उपाध्यक्षमा नियुक्त गरेकी थिइन्।

उपाध्यक्ष मोनिका भट्टराई अधिकारीलेअमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पिआर) लिएको विषयलाई लिएर अख्तियार र राष्ट्रिय सतर्कता केन्द्र लगायत मन्त्रालयमा समेत उजुरी परेपछि उनले राजिनामा दिएको बुझिएको छ। उनले राजिनामा दिएको भनिएपनि समाज कल्याण परिषदको वेबपेजमा उनको नाम र पद सम्बन्धि विवरण हट़ाइएको छैन।

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।सिमरामा आयोजित एक कार्यक्रमकाबीच पत्रकारहरुसंग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

पूर्वराजाले बोल्नै नहुने कुरा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा दरबार हत्याकाण्डबारे फेरि एकपल्ट छानबिनतिर सरकार अघि बढ्ने बताएका हुन्।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको समेत बताएका छन् ।

मिटरब्याज प्रकरणमा सिरहाका सीडीओ र एसपी फिर्ता: मिटरब्याज विवाद अब प्रहरीले हेर्ने

काठमाडौँ – गृह मन्त्रालयले मिटरब्याज प्रकरणमा सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृहमन्त्रालयमा र एसपी टेकुनन्द इवा लिम्बूलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको हो। मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रभावकारी भूमिका निर्वाह नगरेको र आर्थिक लेनदेनमा पनि फेयर नभएको र पीडितलाई न्याय दिनुको सट्टा साहुको पक्षपोषण गरेको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको गृह मन्त्रालयले जनाएको छ।

मिटरब्याज विवाद अब प्रहरीले हेर्ने

मिटरब्याज सम्बन्धी विवाद अब जिल्ला प्रहरी कार्यालयले हेर्ने भएको छ ।‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरुपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो ।

मन्त्रालयले ‘मिटरब्याज सम्बन्धी उजुरी संकलन तथा फर्स्योटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गर्दै , उजुरी दिन छुटेको मिटरब्याज पीडितहरुले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ बमोजिम जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने, विचाराधीन र नयाँ दर्ता हुने मिटरब्याजका उजुरीहरुमा प्रहरीले मेलमिलापको प्रयास गर्ने र निश्चित समयमा मेलमिलाप हुन नसकेमा आवश्यक प्रमाण संकलन गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिने उल्लेख गरेको छ।

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं – आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ४ बजेसम्म र माघ १६ देखि कात्तिक १५ गतेसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने जनाएको छ।

शुक्रबार भने बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।

हिमालय एयरलाइन्सले पायो ग्राउन्ड ह्यान्डलिङको अनुमति

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्नो विमानको भूमिस्थ सेवा आफैँ (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्ने अनुमति दिने भएको छ।

सर्वोच्च अदालतले परमादेश दिएसँगै हिमालयले माग गरेको ग्राउन्ड ह्यान्डलिङ पाउने भएको हो। न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न दिन परमादेश जारी गरेको हो।

प्राधिकरणले २०७७ असोजमा हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने निर्णय गरेको र ग्राउन्ड ह्यान्डलिङ तथा भूमिस्थ सेवा सञ्चालन निर्देशिकामा समेत हप्तामा ३५ नियमित उडान गर्ने कम्पनी आफैँले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था रहंदा पनि प्राधिकरणले ठाउँ अपुग रहेको भन्दै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न नदिएपछि हिमालय एयरलाइन्स प्रा.लि र कम्पनीका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थल कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए।

त्रिभुवन विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले समग्र विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ। एयर इन्डियाको भने सेल्फ ग्राउन्ड ह्यान्डलिङ रहेको त्रिभुवन विमानस्थलले जनाएको छ।

ग्राउन्ड ह्यान्डलिङमा जहाजमा यात्रु चढाउन तथा ओराल्न भर्‍याङ राख्ने, यात्रुलाई टर्मिनलबाट जहाजसम्म लैजाने र ल्याउने, यात्रुका ब्यागेजको व्यवस्थापनलगायतका काम आफैँ गर्न पाइन्छ।

भारतसँगको सीमा विवाद समाधान गर्न राजनीतिक सहमति आवश्यक : परराष्ट्रमन्त्री साउद

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारत सीमा विवाद राजनीतिक सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।

भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा समस्या समाधानका लागि बनेको प्रशासनिक संयन्त्रले प्राविधिक काम सकेपछि राजनीतिक समाधान खोज्नुपर्ने बताए ।

‘सीमा समस्या समाधान गर्दा राजनीतिक रूपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रूपमा पनि संयन्त्र छ, त्यो संयन्त्र सक्रिय हुनुपर्छ, सक्रिय भएपछि दुवै छिमेकीले तथ्यका आधारमा कूटनीतिक तवरले यो समस्या समाधान गर्नुपर्छ, उनले भने।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिले वार्ता र छलफलबाट सीमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

कोशीमा अध्यादेश फिर्ता लिन एमालेको चेतावनी

बिराटनगर – कोशी प्रदेश सरकारले गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता लिन नेकपा एमालेले आग्रह गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै अध्यादेश फिर्ता लिए संसदबाटै फेल गर्ने चेतावनी दिएको छ ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशमा एक जना मात्रै सांसद भएको पार्टीलाई पनि गाडी सुविधा दिनसक्ने गरी ऐन संशोधन गर्नु आपत्तिजनक रहेको बताएका छन्।

मुख्यमन्त्री केदार कार्कीले सत्तापक्षीय दलका नेताहरुलाई गाडी सुविधा दिनका लागि अध्यादेश मार्फत प्रदेशसभाका पदाधिकारीको संख्या थप गरेको र थप भएका पदाधिकारीलाई प्रदेश सरकारले सवारी र अन्य सुविधा उपलब्ध गराउने बाटो खुलेको भन्दै एमालेले आपत्ति जनाएको छ।

अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा आफ्नो संग्लाग्नता नरहेको इरानको भनाई

इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा आफ्नु कुनै संलग्नता नभएको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले जोर्डनमा रहेको अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नभएको स्पष्ट पारेका छन्।

जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

इस्लामवादी शिया मिलिशियाहरूको छाता समूह इस्लामिक कट्टरपन्थी सशस्त्र समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।उक्त समुहले आक्रमणको लागी इरानको आदेश नलिने भन्दै, उक्त आक्रमणमा इरानी विदेश मन्त्रालयले आक्रमणसंग इरानको कुनै सम्बन्ध र सरोकार नभएको उल्लेख गरेको छ।

मध्यपूर्वमा रहेको अमेरिकी आधार शिविरमा भएको हमलामा ३ अमेरिकी सेनाको मृत्यु ३४ घाइते

मध्यपूर्वमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको आक्रमणमा ३ अमेरिकी सेनाको मृत्यु भएको छ भने आक्रमणमा परि घाइते हुनेको संख्या ३४ पुगेको छ ।

जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको आक्रमणमा ३ जनाको मृत्यु भएको र घाइते हुनेको संख्या ३४ पुगेको अलजजिराले जनाएको छ । स्रोतका अनुसार वाशिंगटनले आक्रमण गर्ने सशस्त्र समूहको पहिचान गर्न काम गरिरहेको छ।

यसअघि, ह्वाइट हाउस प्रेसले सार्वजनिक गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनको एक विज्ञप्तिमा , उत्तरपूर्वी जोर्डनको सिमा नजिकै तैनाथ अमेरिकी सेनाहरूमा ड्रोन आक्रमण भएको उल्लेख गरिएको थियो। अमेरिकाले, सिरिया र इराकमा सक्रिय इरान समर्थित कट्टरपन्थी सशस्त्र समूहले आक्रमण गरेको बताएको छ ।

यता, इरानले भने जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयले आक्रमणसंग इरानको कुनै सम्बन्ध र सरोकार नभएको उल्लेख गरेको छ।

अदालतको अवहेलना मुद्दामा प्रचण्डलाई सफाइ

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ दिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदनमा सर्वोच्चले सफाइ दिएको हो । उक्त मुद्दाको फैसलाको पूर्णपाठमा न्यायालयले कुनै पूर्वाग्रह वा प्रतिशोध राखेर काम नगर्ने उल्लेख गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गत पुस २० गते अवहेलना मुद्दामा दाहाललाई सफाइ दिएको थियो।

दाहालले २०७३ वैशाख ३१ गते एक कार्यक्रममा ‘अदालतले द्वन्द्वकालीन मुद्दाहरू फैसला गरेर, न्यायालयले शान्ति सम्झौताविरुद्ध भयानक षड्यन्त्र गरेको र दिउँसै रात पार्ने काम गरेको’ अभिव्यक्ति दिएका थिए। दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै सर्वोच्चको पूर्णपाठमा , ‘न्यायालय स्वभावले नै प्रतिक्रियात्मक बन्दैन, कुनै पूर्वाग्रह वा प्रतिशोध राखेर न्यायालयले काम गर्दैन। अदालतले दिउँसै रात पार्दैन। समाजमा विद्यमान अँध्यारोलाई न्यायको ज्योति देखाएर उज्यालोतर्फ डोर्या‍उने काम गर्छ’, भनेर उल्लेख गरिएको छ। अदालतको जात छुट्ट्याउने, अदालतले षडयन्त्र गर्यो‍, संवैधानिक प्रक्रिया भाँड्न खोज्यो भन्ने जस्ता कुराहरू कल्पनातित भएको पूर्णपाठमा उल्लेख गरिएको छ।

कसैको कुनै अभिव्यक्ति अशोभनीय वा उत्तेजनापूर्ण छ भन्ने आधारमा नै स्वतः त्यसलाई अदालतको अवहेलनाजन्य विषय ठान्नु मनासिव नहुने र त्यस्ता कुराहरुमा विषय र सन्दर्भ हेरिनु आवश्यक भएको बताइएको छ। साथै, कुनै अमुक समाचारपत्रमा प्रकाशित समाचारको कुरालाई नै निर्णयको विस्श्वसनीय आधार मानेर न्यायिक धारणा निर्माण गर्नु मनासिव नहुने पनि पूर्णपाठमा उल्लेख गरिएको छ।

दाहालको अभिव्यक्तिका सम्बन्धमा विश्वसनीय, तथ्यगत आधार वा प्रमाण पेश हुन नआएकाले अदालतको अवहेलना गरेको भनि ठहर गर्न मिल्ने सम्मको अवस्था नदेखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ।

मिस्त्री खोला जलविधुत आयोजनाको भौतिक काम रोक्न सर्वोच्चको परमादेश

काठमाडौं – सर्वोच्च अदालतले म्याग्दी जिल्लामा निर्माणाधीन मिस्त्री खोला–२ जलविधुत आयोजनाको भौतिक पूर्वाधार निर्माण तत्काल रोक्न परमादेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले जलविधुत आयोजनाको निर्माण कार्यले तातोपानी कुण्ड (तातो पानीको मुहान) लाई अपूरणीय क्षति पु¥याउने भन्दै उक्त आदेश दिएको हो ।

यसअघि आयोजनाले तातो पानीको मुहानको मुहानमा प्रत्यक्ष असर पर्ने भन्दै अदालतले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन खारेज गरेको थियो ।

उक्त आयोजनाको विकासले तातो पानीको मुहान सुकाएर त्यहाँको वातावरणमा गम्भीर असर पर्ने भन्दै रुमलाल पुन, खिम्माया तिलिजालगायत १८ स्थानीयले सर्वोच्चमा निवेदन दिएका थिए ।

निलगिरी २ जलविधुत आयोजना सम्पन्न

काठमाडौं – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारचाङमा ७१ मेगावाट क्षमताको निलगिरी खोला २ क्यास्केड जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

म्याग्दीमा हालसम्म निर्माण भएको यो सबैभन्दा ठूलो जलविधुतआयोजना हो । आजदेखि सुरुङमा पानी खन्याएर विधुत उत्पादनको परीक्षण गरिने आयोजनाको प्रवद्र्धक कम्पनी निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले जानकारी दिए । डोभिल्नाको चोटेपादेखि विधुत गृहसम्म ४ हजार २ सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।

यसैबीच निलगिरी १ को हुमखोला बाँध र चोटेपा पावर हाउसको निर्माण अन्तिम चरणमा पुगेको छ । विधुत गृहको भवन निर्माणपछि उपकरण जडानको काम सुरु भएको छ । निलिगिरि प्रथमको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

१३ अर्ब रुपैयाँ लाग्ने अनुमानित दुवै आयोजना रन अफ रिभर आयोजना हुन् । निलिगिरि आयोजनाबाट उत्पादित विधुत २२० केभी दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिएको छ । चोटेपा–डोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

नेतालाई सुविधा दिन अध्यादेशबाट कानुन संशोधन

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारी थप हुने गरी अध्यादेश जारी गरेका छन् ।

सत्तारुढ दलका नेताहरुलाई गाडी सुविधा थप गर्न प्रदेशसभाको अधिवेशन अन्त्य गरेको १० दिनपछि मुख्यमन्त्री कार्कीले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।

नयाँ अध्यादेशले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ को दफा २ को ‘ख’ संशोधन गरी प्रदेश सभाका पदाधिकारीको संख्या थप गरेको छ । थप गरिएका पदाधिकारीलाई सरकारले प्रदेशसभा सचिवालयमार्फत गाडी, ड्राइभर र इन्धनलगायत अन्य सुविधा दिनेछ ।

ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई मात्र प्रदेशसभाको पदाधिकारीमा राखिएको थियो । अध्यादेश ल्याएर प्रदेशसभा सदस्य रहेका पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी रहेका दलका संसदीय दलका नेता र प्रतिपक्षी दलका संसदीय दलका नेतालाई पनि पदाधिकारीमा राखिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत जिल्ला समन्वय समितिका प्रमुखहरुको अधिकार पनि खोसेका छन् । कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७ लाई अध्यादेश मार्फत संशोधन गर्दै मुख्यमन्त्री कार्कीले जिसस प्रमुखको अधिकार खोसेका हुन् ।

यसअघि ऐनमा प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख हुने प्रावधान थियो । तर मुख्यमन्त्री कार्कीले सरकारी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्ने गरी अध्यादेश जारी गरेका छन् ।

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइराला निलम्बित

काठमाडौं- मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला एक हप्ताका लागि निलम्बनमा परेका छन्।

महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैंले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए। शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्दछ। तर, रत्नराज्य माविको विषय कोइरालाले समितिको बैठकमा नलगी आफैंले निर्णय गरेका बताइएको छ।

विद्यालयले यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गरिसकेको छ। हाल यस संकायतर्फ कक्षा ११ मा ३० विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले बताए।

एमाले अध्यक्ष ओली चलचित्रमा अभिनय गर्दै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्।

‘नमेटिने घाउ’ को आज भएको शुभमुहूर्तमा सो जानकारी दिइएको हो।ओलीलाई फिल्म नमेटिने घाउमा प्रधानमन्त्रीको भूमिकामा देख्न सकिनेछ।

रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने उक्त फिल्म एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुने बताइएको छ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्।

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका सात जना कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारि गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएपछी अन्य कर्मचारीको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्काले आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन् ।भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।भिजिट भिसाको सेटिङमा ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्काे मुद्दा दायर भइसकेको छ ।

अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेको छ ।प्रहरी अनुसन्धानले सेटिङ बाहिर आएपछि गृह मन्त्रालयले हालै भिजिट भिसासम्बन्धी दुई वर्षदेखि लागू हुँदै आएको १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान

काठमाडौं – सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।

अध्यक्षको भूमिकाको लागि योग्य हुन, उम्मेदवारहरू कम्तिमा ३० वर्षको हुनुपर्ने र आवेदनको अन्तिम मितिमा ६५ वर्ष भन्दा बढी हुनु नहुने उल्लेख गरिएको छ । सूचनाले निर्दिष्ट गरेको छ कि आवेदकहरूले न्यूनतम १० वर्षको प्रासंगिक अनुभवको साथ मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक डिग्री हासिल गरेको हुनुपर्छ।

सरकारी सेवाका कर्मचारीहरू, वा सार्वजनिक संस्थाहरू, प्राधिकरणहरू, बोर्डहरू, समितिहरू, आयोगहरू, प्रतिष्ठानहरू, वा सार्वजनिक कम्पनीहरूबाट पनि आवेदन दिन योग्य रहने र यी उम्मेद्वारहरूले सम्बन्धित क्षेत्रमा स्नातक डिग्री हासिल गरेको हुनुपर्ने र राष्ट्रिय राजपत्रित प्रथम श्रेणी, दशौं-स्तर स्थिति वा उच्चमा सेवा गरेको हुनुपर्ने उल्लेख गरिको छ ।

निवेदकलाई प्रचलित कानुन बमोजिम नियुक्तिका लागि अयोग्य ठहरिन नहुने भनिएको छ ।योग्यता पुगेका व्यक्तिले नागरिकताको प्रतिलिपि, बायोडाटा, शैक्षिक प्रमाणपत्र, अनुभव प्रकटीकरण प्रमाणपत्र, व्यावसायिक कार्य योजना र फोटोका दुई प्रतिसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो कार्यकाल सकिन सात महिना बाँकी रहँदै राजिनामा दिएपछि मन्त्रिपरिषद्ले सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा नयाँ अध्यक्ष सिफारिस गर्न समिति गठन गरेको छ । प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोर्ड सदस्य समेत रहेका नवराज अधिकारीलाई दिएको छ ।

उत्तर कोरियाद्वारा नयाँ क्रुज मिसाइल प्रक्षेपण

उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा धेरै क्रुज मिसाइल प्रहार गरेको छ । प्रक्षेपण सिन्पो बन्दरगाह नजिक भएको थियो। क्षेप्यास्त्रको संख्या र प्रकारबारे कुनै जानकारी नभएको दक्षिण कोरियाको सेनाले बताएको छ।

उत्तर कोरियाको यो नयाँ प्रक्षेपणको रिपोर्ट गर्दै, दक्षिण कोरियाको संयुक्त चीफ अफ स्टाफ ले भनेको छ, “हाम्रो सेनाले उत्तर कोरियाको उक्साहटका थप संकेतहरूको निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकबाट समन्वय गरिरहेको छ”। ।

उत्तर कोरियाली नेता किम जोङ उन हालका महिनाहरूमा आफ्नो नीति निर्देशन र बयानबाजीमा बढ्दो आक्रामक हुँदै आएका र शान्ति कायम राख्ने र सैन्य कारबाहीलाई बढावा दिने उद्देश्यका धेरै सम्झौताहरू अन्त्य गर्दै आएको उत्तर कोरियाले बताएको छ।

प्योङयाङले नयाँ ठोस ईन्धनयुक्त क्षेप्यास्त्र र यसको पानीमुनि आक्रमण गर्ने ड्रोनको परीक्षण गरेको दाबी गरेको छ, जसले परमाणु हतियार बोक्न सक्छ।

यस महिनाको सुरुमा, किम जोङ उनले दक्षिण कोरियालाई “मुख्य शत्रु” को रूपमा नामकरण गर्दै, दक्षिण कोरियासँग पुन: एकीकरणको पूर्व आधारभूत लक्ष्य समाप्त भएको घोषणा गरेका छन् ।यसले उत्तर कोरियाले युद्धको तयारी गरिरहेको भन्दै चिन्ता बढाएको दक्षिण कोरियाले बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ,यदि उत्तरले उक्साहट बढाउँदै लगेमा त्यसको कडा जवाफ दिने बताएका छन्।

युक्रेन द्वन्दमा कूटनीतिक समाधानको प्रस्तावहरु को लागी रुस खुला छ – रूसी विदेश मन्त्रालय

युक्रेन द्वन्दमा कूटनीतिक समाधानका प्रस्तावहरूको लागि रुस खुला रहेको रूसी विदेश मन्त्रालय अन्तर्गत सीआईएस देशहरूको दोस्रो विभागका प्रमुख एलेक्सी पोलिश्चुकले भने।

यधपी,उनले युक्रेनी समझौतामा पश्चिमले आफ्नो दृष्टिकोण परिवर्तन गर्ने अब कुनै आशा नभएको समेत बताएका छन्।

उनले,”वर्तमान कीभ नेतृत्व सबैभन्दा पहिले वाशिंगटन, लन्डन र ब्रसेल्सका कठपुतली भएको र उनीहरूले युक्रेनी संकटलाई बढाएर फाइदा लिएको बताएका छन्। उनका अनुसार पश्चिमाहरुले रुसलाई रणनीतिक पराजय दिने लक्ष्य हासिल गर्न मात्र युक्रेनको प्रयोग गरेको नभई युरोपीयन महाद्वीपीका आफ्ना प्रतिस्पर्धीहरूको अर्थतन्त्रलाई कमजोर बनाउने उपायहरू कार्यान्वयन गर्न समेत रुसलाई अराजक रुपमा प्रस्तुत गरेको बताएका छन्।

यधपी, रसिया सधैं राजनीतिक र कूटनीतिक विधिहरू मार्फत वर्तमान संकटलाई कसरी पार गर्ने भन्ने विषयमा साँच्चिकै ठोस प्रस्तावहरूको लागि खुला रहेको उनले बताएका छन् ।

बीआरआई कार्यान्वयन योजना छिट्टै हस्ताक्षर हुने : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को कार्यान्वयन योजनामा ‘छिट्टै’ हस्ताक्षर गर्ने बताएका छन् । यधपी उनले यो कहिले र कसरि गर्ने भन्ने विषयमा भने केहि बताएका छैनन्।

नेपाल र चीनले २०१७ मा बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको भएपनि लगभग सात वर्षदेखि सो अन्तर्गतको कुनै पनि परियोजना कार्यान्वयन भएको छैन।

सिल्क रोड युथ फोरम र दक्षिण एसियाली सहयोग सम्मेलनको एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कार्यान्वयन योजनामा हस्ताक्षर गरेपछि मात्रै कार्यान्वयनको चरणमा जाने बताएका छन्।

कनेक्टिभिटी अभिवृद्धि र आर्थिक सहयोगलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बेल्ट एन्ड रोड इनिसिएटिभले दुई देशबीच सहकार्यका नयाँ बाटो खोलेको बताउँदै नेपाल–चीन सहकार्यको आधारशिला पूर्वाधार विकास भएको बताए ।

‘सडक, पुल, ऊर्जा आयोजनाजस्ता महत्वपूर्ण पूर्वाधार निर्माणमा चीनको सहयोगले नेपाललाई आर्थिक वृद्धि र स्थायित्वतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको र यी परियोजनाहरू मार्फत बढाइएको कनेक्टिभिटीले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउँदैन तर क्षेत्रीय सहयोग र एकीकरणको फराकिलो दृष्टिकोणमा पनि योगदान पुर्‍याउँछ, उनले भने।

नेपाल र चीनबीचको बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर सन् २०२० को शुरुदेखि नै प्रमुख एजेन्डा मध्येको एक हो तर लगानीको मोडालिटीमा दुई पक्षबीचको मतभेदका कारण सम्झौता हुन सकेको छैन ।

‘दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिन चीनको बीआरआई परिवर्तनकारी शक्तिका रूपमा उभिएको छ,’ श्रेष्ठले भने । “कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोगमा जोड दिने बिआराआइ यस क्षेत्रका राष्ट्रहरूको विकास आकांक्षासँग निर्बाध रूपमा पङ्क्तिबद्ध छ।”

श्रेष्ठले भने, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ भनेको सडक र पुल निर्माण मात्रै होइन । यो साझा समृद्धिको लागि मार्गहरू सिर्जना गर्ने बारे पनि हो। बीआरआईले परिकल्पना गरेको आर्थिक करिडोरमा नयाँ बजारहरू खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने क्षमता छ। हिमालयको मुटुमा बसोबास गर्ने नेपाल जस्ता राष्ट्रहरूका लागि यी पहलहरूले आर्थिक परिदृश्यलाई रूपान्तरण गर्न सक्ने विस्तारित कनेक्टिभिटीका लागि सम्भावनाहरू खोल्छन्।

कार्यक्रममा सिल्क रोड युथ फोरमका उपाध्यक्ष तथा महासचिव यान दोङपिङ, मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठ, चिनियाँ दूतावासका कमर्शियल काउन्सिलर सि यु, मातृका पौड्याल, परराष्ट्र संस्थानका प्रवक्ता त्सेतान नामग्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जवाहरलाल नेहरु विश्वविद्यालयको सेन्टर फर इनर एशियन स्टडीजका सहायक प्राध्यापक अनिका रेबेका राजभण्डारी र रौनब सिंह खत्री र हौ सिक्सिनलगायतले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा प्रकाश पारेका थिए ।

सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन

धनगढी- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता परिवर्तनको निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

प्रदेश सभापति हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा बसेको औपचारिक बैठकले निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई नेतामा नियुक्त गर्ने निर्णय गरेको हो ।

संसदीय दलका नेता खगराज भट्टलाई जानकारी नदिई उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले पार्टीको नेता परिवर्तन र सरकार परिवर्तनको विषयमा ध्यानाकर्षण गराएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्न पहल गर्न पनि आग्रह गरिएको छ ।संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै उनीहरुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यसैबीच, बहुमतका सांसदको भावनाअनुसार अघि बढ्न नसके संसदीय व्यवस्थाअनुसार निर्णय गर्ने चेतावनी दिएपछि माओवादी सुदूरपश्चिममा विवाद उत्पन्न भएको छ ।

धरहरामा आजदेखि नि:शुल्क पार्किङको व्यवस्था

काठमाडौं – काठमाडौंको धरहरामा रहेको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि नि:शुल्क पार्किङ सेवा सुरु भएको छ ।

यसअघि महानगरपालिकाले काठमाडौं भ्यू टावर (पहिले पुरानो बसपार्क) मा नि:शुल्क पार्किङको व्यवस्था गर्दै आएकोमा आजदेखि धरहराको पार्किङ भवनको पहिलो तल्लामा नि:शुल्क पार्किङ सेवा प्रदान गरिएको जनाएको छ।

न्यूरोड क्षेत्रका कालो पक्की सडकमा सवारीसाधन पार्किङमा निषेध गरेपछि सवारीसाधनलाई सहज पार्किङको व्यवस्था मिलाउन महानगरले धरहरा क्षेत्रको पार्किङमा सरोकारवालासँगको समन्वयगरी निःशुल्क पार्किङको व्यवस्था गरेको महानगरपालिकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार धरहरा क्षेत्रमा आजदेखि ५० हजार स्क्वायर फिट क्षेत्रमा नि:शुल्क पार्किङ गर्न सकिनेछ । शहीद गेटबाट न्युरोड तर्फ लाग्दा बायाँतर्फ काठमाडौं मलबाट खिचापोखरी जाने सडकबाट पार्किङ स्थलमा पुग्नसकिनेछ .

नाजीवाद उन्मूलन गर्ने पुटिनको वाचा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजीवादलाई बढावा दिने आधुनिक शक्तिहरूलाई उन्मुलन गर्ने वाचा गरेका छन्।

लेनिनग्राद क्षेत्रमा नाजी जर्मन सेनाद्वारा मारिएका सोभियत नागरिकहरूको स्मारकको उद्घाटनमा पुटिनले, केही देशहरूले इतिहासलाई पुनर्लेखन गर्न हिटलरवादी विचारधारा र विधिहरूद्वारा आफूलाई स्थापित गर्न खोजेको बताएका छन्।

कीभको शासनले हिटलरका सहयोगीहरूको प्रतिरोध गर्नेहरू विरुद्ध आतंक प्रयोग गर्दै वृद्ध, महिला र बालबालिकाहरूलाई बन्दुक र बारुदको त्रासमा राखेको र रुसी भाषी अल्पसंख्यकहरूप्रतिको व्यवहार विभेदपूर्ण भएको उनले बताएका छन्।

जनवरी २७ मा सोभियत सेनाले लेनिनग्रादको नाजी घेराबन्दी तोडेको स्मरण गर्दै जर्मनीले गरेको सोभियत जनसंख्याको नरसंहारको दाग अझै पनि सम्झनामा रहेको बताएका छन्।

रुसी तेल उत्पादन बोकेको बेलायती ट्याङ्करमा हुथी विद्रोहीको आक्रमण

ट्राफिगुरा (युकेमा दर्ता भएको बहुराष्ट्रिय व्यापारिक कम्पनी) को तर्फबाट सञ्चालित पेट्रोलियम-उत्पादन ट्यांकरलाई लाल सागर पार गरिसकेपछि एडेनको खाडीमा हुथी मिसाइलले प्रहार गरेको छ। उक्त जहाजले प्लास्टिक र पेट्रोकेमिकल बनाउन प्रयोग गरिने रूसी तेलको कच्चा पदार्थ बोकेको थियो।

यमनमा रहेको इरान समर्थित आन्दोलनले “अमेरिकी-ब्रिटिश आक्रामकता” को जवाफमा मारलिन लुआन्डालाई लक्षित गरेको बताएको छ। अमेरिका र बेलायतले लाल सागर क्षेत्रमा जहाजहरूमा भएको आक्रमणको जवाफमा हुथी बिद्रोहिमाथी हवाई हमला सुरु गरेका छन्।

ताजा जानकारी अनुसार ट्राफिगुराले सबै चालकदल सकुशल रहेको र कार्गो ट्याङ्कीमा लागेको आगो निभाइएको बताएको छ ।

यमनको ठूलो भागलाई नियन्त्रण गर्ने इस्लामवादी समूह हुथी बिद्रोहीहरुले इजरायल-प्यालेस्टाइन द्वन्द्व बढेदेखि नै लाल सागर र स्वेज नहर बीचको महत्त्वपूर्ण जलमार्ग पार गर्ने जहाजहरूमा आक्रमण गर्दै आएको छ, जसमा यसले प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाएको दाबी गरेको छ। । आक्रमणको बीचमा, धेरै शिपिंग कम्पनीहरूले यस क्षेत्रमा यात्रा निलम्बित गरेका छन्।

गत महिना, एक अमेरिकी नेतृत्वको गठबन्धनले जहाजको सुरक्षाको लागि यस क्षेत्रमा नौसैनिक कार्यदल तैनाथ गर्दै यमनमा भएका हुथी बिद्रोहिमाथी कारवाही सुरु गरेको थियो । यसबाहेक, अमेरिका र बेलायतले उक्त समूहमाथी प्रतिबन्ध समेत लगाएका छन् । हुथीहरूले त्यसैको बदलामा यी देशहरूसँग जोडिएका जहाजहरूमा आक्रमण गर्न थालेका हुन् ।

हुथी प्रवक्ता मोहम्मद अल-बुखातीले आफुहरुले रुससँग जोडिएका जहाजहरूमा आक्रमण नगर्ने वाचा गरेको भएपनि हालसालै जारी एक विज्ञप्तिमा हुथी प्रवक्ताले, मार्लिन लुआन्डा बेलायती जहाज भएकोले यसलाई आक्रमण गरिएको बताएका छन् । उनीहरुले यो आक्रमण आफ्नो देश विरुद्ध अमेरिकी-ब्रिटिश बर्बरताको प्रतिक्रिया भएको समेत बताएका छन् ।

बेलायत सरकारले व्यावसायिक ढुवानीमा भएका आक्रमणहरू “पूर्ण रूपमा अस्वीकार्य” भएको र बेलायत र यसका सहयोगीहरूले उक्त घटनाको “उचित प्रतिक्रिया दिने अधिकार सुरक्षित” गरेको बताएको छ।

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हाइयानबीच शिष्टाचार भेट

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हाइयानले शिष्टाचार भेट गरेका छन् ।

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हाइयानबीच शनिबार एमाले पार्टी कार्यालय ललितपुरको चैसालमा भेटवार्ता भएको थियो । दुई नेताबीच भएको भेटवार्तामा नेपाल–चीन सम्बन्ध र एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार भेटमा अध्यक्ष ओलीले विगतमा एमाले सरकार हुँदा चिनियाँ कम्युनिष्ट पार्टीसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका थिए । उपमन्त्री सुन हेयानले पनि दुई देशबीचको उच्च राजनीतिक तहमा भएका सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेससँगको गठबन्धनबारे पुनरावलोकन गर्नुपर्ने : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनलाई गम्भीरतापूर्वक पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

गृहजिल्ला रोल्पामा माओवादी प्रतिनिधि र जिल्ला स्तरका नेताहरुलाई तालिम दिंदै पुनले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरेका छन् ।उनले हरेक चुनावमा इमान्दारिताका साथ कांग्रेसलाई भोट दिने तर कांग्रेसले घात गरिरहेको बताएका छन्।

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनको नतिजासँगै राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको र कांग्रेससँगको गठबन्धनलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं,’ पुनले भने। ‘काँग्रेससँगको गठबन्धनबाट हामीलाई राजनीतिक रूपमा घाटा वा नाफा के छ ? हरेक चुनावमा कांग्रेसलाई इमान्दारीपूर्वक भोट दियौं र कांग्रेसले धोका दियो भने यो कहिलेसम्म टिक्छ भनेर पुनले प्रश्न गरेका छन्।

यसअघि विभिन्न घटनामा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र सत्ता संघर्षलाई कारणका रूपमा औंल्याउँदै आएको थियो । दुई वर्षअघि कांग्रेसले कोशीबाट राष्ट्रियसभाका उम्मेदवारलाई भोट नदिएर बेइमानी गरेको स्मरण गराउंदै ,शीर्ष नेतृत्व तहमा भएको सहमति विपरीत एमालेसँगको गठबन्धनमा केदार कार्कीलाई कांग्रेसले कोशीको मुख्यमन्त्री बनाएर धोका दिएको बताए ।

उपमहासचिव पुनले आफूभित्र रहेको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न पनि कांग्रेस नेतृत्वसँग माग गरेका छन् । सत्ता गठबन्धन बैठकमा कोशीमा कांग्रेसले गरेको धोकाबारे छलफल हुने उनले बताए ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीले चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएकोमा सिटौला विजयी भए पनि कार्की एमालेकी रुक्मिणी कोइरालासँग हारेकी थिइन ।

थप तीन हजारलाई शहीद घोषणा गरिने : प्रधानमन्त्री दाहाल

काठमाडौँ — शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका थप करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका छन् । त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ उनले भने, ‘म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन । यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ । र, शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा सम्मानित गरेको छ । र, हामी बाँचेकाहरुको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ ।’

प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको उनको भनाइ थियो ।

अमेरिकाले बेलायतमा आणविक हतियार तैनाथ गर्ने

अमेरिकाले १५ वर्षमा पहिलो पटक बेलायतमा आणविक हतियार तैनाथ गर्ने योजना बनाएको छ, पेन्टागनका कागजातहरू उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ। यद्यपि अमेरिकी रक्षा अधिकारीले उक्त रिपोर्टको पुष्टि वा खण्डन भने गरेका छैनन्।

युक्रेन द्वन्द्वलाई लिएर नाटो र रसियाबीच बढेको तनाव र मस्कोसँग सम्भावित सशस्त्र द्वन्द्वको तयारी गर्न केही पश्चिमी राजनीतिज्ञहरूले आह्वान गरेको बेला यो रिपोर्ट आएको हो।

बेलायती अखबारले सफोकको लेकेनहेथस्थित रोयल एयर फोर्स स्टेशनमा नयाँ सुविधाको लागि खरिद सम्झौताहरू भएको उद्धृत गर्दै आणविक हतियारहरू ल्याउने तयारी भएको बताएको छ । लेकन्हीथमा राखिने भनिएको बि६१-१२ आणविक बम १९४५ मा हिरोशिमामा खसालेको भन्दा तीन गुणा बढी शक्तिशाली रहेको टेलिग्राफले बताएको छ । अमेरिकाले गत वर्ष मात्र एफ-३५ नामक आणविक क्षमता भएका लडाकु विमानहरू उक्त बेसमा पठाएको थियो।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले गत वर्ष अमेरिकी आणविक हतियार बेलायतमा राखेमा मस्कोले आफ्नो सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै प्रतिकार्य गर्न बाध्य हुने बताएकी थिइन्। रुसले पश्चिममाथि युरोपमा तनाव निम्त्याएको आरोप लगाएको छ र नाटोको पूर्वतर्फ विस्तार युक्रेन द्वन्द्वको मूल कारण भएको समेत बताएको छ।

यता,जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस लगायतका उच्च पदस्थ युरोपेली अधिकारीहरूले रुससँग सम्भावित युद्धका लागि तयारी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। गत हप्ता नाटो सैन्य समितिका अध्यक्ष, एडमिरल रोब बाउरले ब्लकलाई प्रत्यक्ष टकरावको लागि “पूरै स्पेक्ट्रममा तयार” हुन आग्रह समेत गरेका छन् ।

आधा दर्जन बैंक तथा वित्तीय संस्था कारबाहीमा

नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको नियम उल्लंघन गर्ने आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा केन्द्रीय बैंकको नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक , मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो।

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजत प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १५/०७९ को बुँदा नं. ३(८) को व्यवस्थाविपरीत प्रिमियम दर बढाएर ग्राहकबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपयले फिर्ता नगरेको र आव २०७९/८० मा पुन: निर्देशनविपरीत प्रिमियम दर बढाइएको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय सञ्चालनमा नरहेको, लिलामी प्रक्रियामा रहेको, डी/ई रेसियो नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ को बुँदा नं. ८ (५) को व्यवस्थाविपरीत पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा निष्क्रिय कर्जाहरुको समेत पुनरतालिकीकरण/पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गीकरण गरेको पाइएकाले ग्लोबल आईएमई र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसिहत दिइएको छ।

साथै उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमनन गरी राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६र०७९ को बुँदा नं. २ को सञ्चालकरसञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी यस बैंकबाट जारी निर्देशन उल्लंघन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

प्रधानमन्त्री दाहालसँग चिनियाँ उपमन्त्रीद्वारा शिष्टाचार भेट

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका उपमन्त्री सुन हाइयानले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि उपमन्त्री हाइयान शुक्रबार काठमाडौं आइपुगेकी हुन् ।माल्दिभ्स र बंगलादेश हुँदै नेपाल आइपुगेकी हाइयानले नेपालमा रहँदा विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

जासुसी गरेको आरोपमा जेल सजाय पाएको बेलायती नागरिकबारे चीनको खुलासा

एक बेलायती नागरिकलाई सन् २०२२ मा जासुसी गरेको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको चीनको विदेश मन्त्रालय (मोफा) ले खुलासा गरेको छ ।

प्रतिवादी – जसलाई इयान जे स्टोन्स भनिन्छ – “विदेशी कलाकारहरूको लागि अवैध रूपमा गुप्तचर प्राप्त गर्ने अपराध” गरेको मोफाका प्रवक्ताले भने।प्रवक्ताले थपे कि उनले सजायको बिरूद्ध अपील गरेका थिए तर गत सेप्टेम्बरमा मुद्दालाई कायम राखिएको थियो।शुक्रबारको मोफा ब्रिफिङमा मात्रै यो खुलासा भएको हो ।

वाल स्ट्रिट जर्नलको एक लेख अनुसार, स्टोन्सले जनरल मोटर्स र फाइजर जस्ता ठूला अमेरिकी कम्पनीहरूसँग चार दशकसम्म चीनमा काम गरेको बताइएको छ।

उनले करिब १५ वर्षअघि बेइजिङस्थित लगानी व्यवस्थापन परामर्श फर्म स्थापना गरेका थिए, कर्पोरेट रेकर्ड, अनलाइन प्रोफाइल र आफूलाई चिनेका मानिसहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले भन्यो।

मोफाका प्रवक्ता वाङ वेनबिनले भने कि अदालतले “कानून अनुसार कडाईका साथ मुद्दा चलाएको छ”, बेइजिङले “विभिन्न वैध अधिकारहरूको पूर्ण ग्यारेन्टी” गरेको छ र बेलायती अधिकारीहरूलाई उहाँलाई भेट्न र उनको मुद्दामा उपस्थित हुने व्यवस्था गरेको छ।

स्टोन्सकी छोरीले वाल स्ट्रिट जर्नललाई ,दूतावासका अधिकारीहरू र परिवारका एक सदस्यलाई एउटा सुनुवाइको साक्षी दिन अनुमति दिइएको तर उनीहरूमध्ये कसैलाई पनि मुद्दासँग सम्बन्धित कानुनी कागजातहरू हेर्न अनुमति नदिएको बताएकी छन् ।

एक विज्ञप्तिमा, श्री वाङले थपे कि स्टोन्सलाई “बाह्य शक्तिहरूद्वारा गुप्तचर उपलब्ध गराउन घूस दिएको” आरोप लगाइएको थियो।”न्यायिक अंगहरूले चिनियाँ नागरिक र विदेशी दुवैको हक र वैधानिक हितको रक्षा गर्दै, कानून बमोजिम मुद्दाहरू सम्बोधन गर्न कडाईका साथ प्रवर्द्धन गर्दछ,” उनले भने।चीनले पश्चिमी देशहरूद्वारा कथित जासुसीका घटनाहरू बढ्दो रूपमा सार्वजनिक गर्दै आएको छ।

बेइजिङले विदेशी जासुसीको बारेमा सचेतना जगाउन सार्वजनिक अभियानहरू पनि सुरु गरेको छ र मानिसहरूलाई कुनै पनि संदिग्ध गतिविधि रिपोर्ट गर्न आह्वान गरिरहेको छ।यस महिनाको सुरुमा, चिनियाँ अधिकारीहरूले बेलायतको विदेशी गुप्तचर सेवा, MI6 को लागि जासुसी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको समेत बताएका छन्।

विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच वार्ता हुनुपर्ने प्रधानमन्त्री दाहालको जोड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व शान्ति कायम गर्न द्वन्द्वरत पक्षबीच वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

इजुमी नाकामित्सुको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले नेपाल सधैं विश्व शान्तिको पक्षमा रहेको बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वका अन्य मुलुकका लागि उदाहरण बनेको बताए ।

विश्व शान्तिका लागि वार्ता नै एक मात्र विकल्प भएकोमा जोड दिँदै उनले भने, ‘विश्वका धेरै क्षेत्र अझै पनि संवेदनशील अवस्थामा छन् । रुस–युक्रेन युद्ध र इजरायल र हमास युद्धलगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेको छ । वार्ताको माध्यमबाट द्वन्द्वको समाधान खोज्नुपर्छ ।”

प्रधानमन्त्रीले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खेलेको उल्लेखनीय भूमिकाको स्मरण गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको महासभामा अतिकम विकसित मुलुकको नेताको हैसियतमा नेपालले खेलेको भूमिकाबारे चर्चा गर्दै प्रधानमन्त्री दाहालले शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको प्रयासमा नेपालले सदैव सहयोग गर्ने र विश्व शान्तिमा अग्रणी भूमिका खेल्ने बताए ।

“विश्व शान्ति र निशस्त्रीकरणका लागि संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ। हामी संयुक्त राष्ट्र संघको हरेक पाइलामा साथमा छौं र भविष्यमा पनि यस्तै रहने प्रतिबद्धता व्यक्त गर्दछौं,” उनले भने।

उपमहासचिव तथा निशस्त्रीकरण मामिलाका उच्च प्रतिनिधि नाकामित्सुले निशस्त्रीकरण मामिलासम्बन्धी दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना भएको र नेपाल दक्षिण एसिया क्षेत्रमा शान्तिको केन्द्र बन्ने अपेक्षा गरिएको बताए ।

“नेपाल आफ्ना आणविक हतियारधारी छिमेकीहरूका बीचमा शान्ति केन्द्र बनोस् भन्ने अपेक्षाका साथ केन्द्रको स्थापना भएको हो। विगतमा जस्तै नेपालले प्रभावकारी रूपमा क्षेत्रीय र विश्व शान्तिका लागि भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।”

सो अवसरमा इजुमीले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालले सेना पठाउने दोस्रो ठूलो राष्ट्रका रूपमा खेल्दै आएको भूमिकाको पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्ना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

अध्यागमनका कर्मचारी कुटिएको विषयमा गृहले बनायो तीन सदस्यीय छानबिन समिति

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीलेनै अध्यागमनका अधिकारीहरूलाई कुटपिट गरेको विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन्। समितिलाई ३ दिनभित्र सत्य-तथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताइएको छ।

साथै, कुटपिटमा संलग्न रहेका प्रहरीलाई कामबाट अलग राख्ने निर्णय गरेको पनि बताइएको छ। कुटपिटको घटनालगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअबि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल लगायतका अधिकारीहरुबीच छलफल भएको थियो।

विमानस्थल सुरक्षामा खटिएका प्रहरीद्वारा अध्यागमनका कर्मचारीमाथी हातपात

सुरक्षाको विषयलाई लिएर विवाद उत्पन्न हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीले विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित अध्यागमन अधिकृतमाथि हातपात गरेको छ ।

शुक्रबार अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई चेकजाँच गर्ने क्रममा उनले अध्यागमनका कर्मचारीको चेकजाँच गर्ने तर प्रहरीको नगर्ने भन्ने विषयालाई लिएर चर्किएको विवादमा प्रहरीले उनीमाथि हातपात गरेको बताइएको छ।

मोक्तानले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको विषय अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई बताएका र हमालले घटनाको वास्तविकता बुझ्न सीसी क्यामेरा हेर्दा सीसी क्यामेरामा स्पष्टरूपमा प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई मुक्का प्रहार गरेको देखेपछि ‘यो त प्रहरीले अति गर्‍यो?’ भनेर प्रतिक्रिया दिनासाथ त्यहाँ खटिएका प्रहरीले हमालमाथि नै आक्रमण गरेको बताइएको छ ।

घटनापछि अध्यागमनका अधिकारीहरुले प्रहरीको डीएसपी र अध्यागमनका उपसचिव सँगै प्रवेश गर्‍यो भने प्रहरीले अध्यागमनका उपसचिवको जीउ खानतलासी गर्छ,तर डीएसपीलाई गर्दैन,त्यसै छोडिदिन्छ भन्ने गुनासो समेत गरेका छन्।

उक्त घटनापछि, विमानस्थलबाट हुने अधिकांश तस्करीमा प्रहरीको मिलेमतो देखिँदै आएको र उनीहरूलाई नै सुरक्षामा छुट दिन नहुने अध्यागमनका अधिकारीले बताएका छन् ।

चिनियाँ उपमन्त्री सुन हेयान काठमाडौंमा

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान काठमाडौं आइपुगेकि छन् ।

हैयानाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल चार दिने नेपाल भ्रमणका लागि छिमेकी मुलुक बंगलादेश हुँदै नेपाल आइपुगेको हो ।माल्दिभ्सको भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको उनको टोलिले बंगलादेश भ्रमणका क्रममा प्रधानमन्त्री शेख हसिनासँग भेट गरेको थियो। बंगलादेशमा नयाँ सरकार बनेपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

यसअघि उनले गत सोमबार माल्दिभ्सका राष्ट्रपति मोहम्मद माइजुसँग भेट गरेका थिए । यस सम्बन्धमा केही द्विपक्षीय सम्झौता पनि भएका छन् ।ढाकाको भ्रमण सकेर उपमन्त्री हैयानको नेतृत्वमा टोली शुक्रबार दिउँसो नेपाल आइपुगेको हो ।

नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उपमन्त्री हैयानले आइतबार होटल सोल्टीमा विभिन्न दलका नेताहरूसँग सामूहिक छलफल पनि गर्ने कार्यक्रम रहेको छ ।

ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी

बागलुङ — बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयर समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ ।

सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत् ‘रेड कर्नर नोटिस’ जारी गरेको हो ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,’ डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’

उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।

मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत प्रहरीले बिहीबार ललितपुरबाट पक्राउ गरेको छ ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम सो सहकारीमा डुबेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग ऐनलाई परिमार्जन गर्ने विषयमा सर्वोच्चले सरकारलाई निर्देशन दिएको पूर्ण पाठ सार्वजनिक

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोग ऐनलाई परिमार्जन गर्न सरकारलाई दिएको निर्देशनको पूर्ण पाठ हालै सार्वजनिक गरेको छ ।

न्यायाधीश सुष्मा लता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले यस्तो आदेश दिएको हो । आदेशसँगै राष्ट्रिय मानवअधिकार आयोगका गतिविधिलाई प्रभावकारी बनाउन सरकारलाई राष्ट्रिय मानव अधिकार आयोग ऐनमा संशोधन गर्न भनिएको छ ।

आदेशमा सार्वजनिक मानवअधिकार उल्लङ्घन गर्ने व्यक्तिलाई संवैधानिक निकायमा सिफारिस र नियुक्तिमा रोक लगाउन सरकारसँग माग गरिएको छ । यसले मानवअधिकार उल्लङ्घन गर्नेहरूलाई एनएचआरसीको सिफारिसअनुसार सीधै महान्यायाधिवक्ताबाट कारबाही गर्न निर्देशन दिएको छ।

राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसहरूको प्रभावकारी कार्यान्वयन नभएको सम्बन्धमा पाँच वर्षअघि दायर गरिएको रिट निवेदनको जवाफमा सेप्टेम्बरमा निर्देशन आदेश जारी गरिएको थियो। निवेदकले जबरजस्ती बेपत्ता पारिएका व्यक्तिको अनुसन्धान, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०१४ को दफा १३ (३) नेपालको संविधानको धारा २४९ मा एनएचसीको काम र अधिकार प्रदान गर्ने संवैधानिक प्रावधानसँग बाझिएको दाबी गरेको थियो ।

निवेदक अधिवक्ता वीरेन्द्र थपलियाले सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्राधिकार माग गरेका थिए ।

फागुन १३ गतेदेखि दादुरा-रुबेला विरुद्धको खोप अभियान देशभर सञ्चालन गरिने

काठमाडौं : सरकारले दादुरा–रुबेला विरुद्धको खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म देशभर सञ्चालन गर्ने भएको छ । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई दादुरा–रुबेला खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सबै र भारतसँग सीमा जोडिएका दादुराबाट अत्यधिक सङ्क्रमित २१ जिल्लाका सबै बालबालिकालाई खोप दिइनेछ ।

‘बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइनेछ’, प्रमुख डा गौतमले भने । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला उन्मूलन गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । दादुरा–रुबेला सबैभन्दा बढी फैलने सरुवा रोग हो । एक जनाले १८ जनामा यो रोग फैलाउन सक्छ। ‘दादुरा–रुबेला बढी संक्रामक छ’, खोप शाखाका प्रमुख डा गौतमले भने, ‘त्यसैले गर्दा यो वर्ष देशभर खोप अभियान सुरु गरेका छौँ ।

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (टियू) र युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना युईएसटिसी ) बीच पांच वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा त्रिविका कार्यवाहक उपकुलपति डा शिवालाल भुसाल र युइएफएका उपकुलपति जेङ योङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र युइएफएका प्राध्यापक हाङहोङले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्रिविका कार्यवाहक उपकुलपति भुसालले आगामी दिनमा दुई विश्वविद्यालयबीच घनिष्ट सहकार्य हुने विश्वास व्यक्त गरे ।यूईएसटीसीका प्रतिनिधि प्रा ह्याङ होङले अध्ययन र अनुसन्धानको क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सम्झौताको पहल गरेका प्रा खनालले दुई विश्वविद्यालयबीच दीर्घकालीन सहयोगका लागि समझदारी भएको र आपसी समानताका सिद्धान्तमा आधारित पारस्परिक हित र शैक्षिक सहयोगलाई सक्षम बनाउन यो सम्झौता उपयोगी हुने बताए ।सम्झौता अनुसार विद्वान, अनुसन्धानकर्ता र शिक्षक कर्मचारी र विद्यार्थी आदानप्रदान हुनेछन् भने
कार्यशाला र सेमिनार संयुक्त रूपमा आयोजना गरिनेछ।

शब्दकोशबाट “ऊँ” शब्द हटाउने निर्णयविरुद्धको निवेदनमा एमिकस क्युरीले आफ्नो राय दिने

काठमाडौं : नेपाली शब्दकोशबाट “ऊँ” शब्द हटाउने निर्णयसम्बन्धी मुद्दामा अदालतका एमिकस क्युरीले आफ्नो धारणा राख्ने भएका छन् । निवेदक र सरकारी पक्षका अधिवक्ताको बहस सकिएसँगै आजबाट एमिकस क्युरीको बहस सुरु हुँदैछ ।

रिट निवेदक तथा अधिवक्ता स्वागत नेपालले “ऊँ” शब्द हटाउने विरुद्धको रिटमा निवेदक, साक्षी र सरकारी वकिलको बहस सकिएपछि आजदेखि एमिकस क्युरीमा बहस हुने जानकारी दिएका छन् । यो मुद्दामा न्यायाधीश सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासमा बहस भएको हो ।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते मन्त्रिपरिषद् बैठकबाट “ऊँ” शब्द हटाएर कार्यान्वयन गराएका थिए । सरकारको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल, तपेन्द्रबहादुर कार्की लगायतले सो विरुद्ध २०७३ भदौ २४ गते गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विदेशी प्रभावमा नेपाली, भाषा, संस्कृति र परम्परालाई अन्त्य गर्ने उद्देश्यले शब्दकोशबाट “ऊँ” शब्द हटाइएको भन्दै उनीहरुले रिट दायर गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले ‘एमिकस क्युरी’लाई रिट सुनुवाइका लागि बोलाउन आदेश दिएको थियो । नेपाल बारको नाममा भाषा र कानुनी दक्षता भएका व्यक्तिसहित एमिकस क्युरी पठाउन आदेश दिइएको थियो । निवेदकले पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले स्वीकृत गरेको संशोधन खारेज गर्न माग गरेको छ । २०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको छ ।

राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

काठमाडौं, माघ १० – उच्च अदालत पाटनले राहुल महरालाई अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ ।

न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरेको हो । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी)का नेता कृष्णप्रसाद महराका छोरा राहुल महरा हिरासतमा छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुललाई घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले राहुललाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध राहुल उच्च अदालत पुगेका थिए ।

नेपाली राजनीतिमा सिटौलाको कम्ब्याक

नेपाली काँग्रेसको तेस्रो खम्बा मानिएका नेता कृष्णप्रसाद सिटौला करिब १ दशक यता सत्ता र शक्तिविहीन जस्तै रहन पुगे। कुनै समय पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिएका सिटौला कोइरालाको निधनपछि, संस्थापन र संस्थापन इतर पछिको नेपाली काँग्रेसको तेस्रो खम्बाका रुपमा समेत देखापरे । तर काँग्रेस सभापती शुशिल कोइरालाको निधन र पार्टीमा शेर बहादुर देउवाको उदयसंगै पार्टीभित्रै उनको वर्चस्व घट्दै गयो। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखि देशमा गणतन्त्र स्थापना गर्ने काममा समेत महत्वपुर्ण भूमिका निर्वाह गरेका सिटौला अन्तत:प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटकको हारपछी भने नेपाली राजनीतिमा गुमनाम जस्तै रहे। तर लामो समय राजनीतिक सत्ता र शक्तिको स्वाद चाखिसकेका सिटौला सत्ता र शक्तिबाट लामो समय टाढा रहन नसक्ने महसुस गरेर होला सायद, राष्ट्रिय सभाको बाटो हुँदै उनि पुन: सत्ता र शक्तिको बाटोमा देखापरेका छन्।

सत्ता गठबन्धनका साझा उम्मेद्वारको रुपमा राष्ट्रिय सभाको निर्वाचनमा उभिएका उनलाई यो पटक भने कसैले हराउन सकेन। सिटौला ५ हजार दुई सय ९२ मतभारसहित निर्वाचित हुँदा, एमालेको समर्थनमा उनको प्रतिद्वन्दीका रुपमा चुनावी मैदानमा उत्रिएका राप्रपाका उम्मेदवार उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार मात्र प्राप्त गरे ।

राष्ट्रिय सभा सदस्यमा विजयी भएर नेपाली राजनीतिमा पुनरागमन गरेका सिटौलाको यात्रा सम्भवत: यो जित भन्दा अझै अगाडी जाने देखिन्छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यहि फागुन २० गते सकिँदैछ । त्यस लगत्तै रिक्त पदका लागि निर्वाचन हुनेछ । सरकारको मुख्य साझेदार काँग्रेस र दोस्रो ठुलो दल माओवादीको साझा सहमतिमा नै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरि राष्ट्रिय सभामा ल्याइएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सिटौलाको पक्षमा सकारात्मक देखिएको र गठबन्धनभित्र पनि अध्यक्षमा सिटौलाको नाम टुङ्गो लागिसकेको नेताहरुको बुझाइ रहेको छ।

राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो पार्टी

काठमाडौँ – राष्ट्रिय सभाको आजको निर्वाचनको मत परिणामसंगै नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । आजको मत परिणाम अनुसार राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्न पुगेको छ भने १६ सिट सहित काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

१९ सिटका लागि भएको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट १० जना ,माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना निर्वाचित भएका छन् । आजको मत परिणामसंगै राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको छ ।

को कसले जिते राष्ट्रियसभा सदस्य निर्वाचन ?

राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएका छन् भने मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएका छन् ।

बागमतीमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका छन् भने ,गण्डकीमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी,लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् भने, कर्णालीमा सत्ता गठबन्धन अन्तर्गत एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम र जनकपुरमा मतगणना सुरु

सुदूरपश्चिम र जनकपुरमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । सात प्रदेशका १४ वटै मतदान केन्द्रमा बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

जनकपुरमा ९९.३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान शान्तिपूर्ण भएको र साँझ ८ बजेसम्म सबै नतिजा आउने जानकारी दिए ।

त्यसैगरी,सुदूरपश्चिम प्रदेशको निर्वाचनमा स्थानीय तहका दुई प्रतिनिधि, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र कैलालीको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा मतदानमा सहभागी नभएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।सुदूरपश्चिम प्रदेश सभाका ५२ जना सदस्यले मतदान गरेका छन्। त्यस्तै, एक सय ७३ जना स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गरेका प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले जानकारी दिए।

अन्य प्रदेशमा पनि सर्वदलीय बैठक सुरु भएको र अबको केहि घण्टामा सबै प्रदेशमा मतगणना सुरु हुने निर्वाचन आयोगले बताएको छ ।

राष्ट्रियसभाका १९ सिटका लागि आज भएको निर्वाचनको मतगणना हुँदैछ र एक जनालाई राष्ट्रपतिले मनोनयन गर्नेछन् । १९ सिटका लागि आठ टोलीबाट ५१ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

मुगु- मुगुको सोरु गाउँपालिका–६ पुरुमुरुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।

भाइरल ज्वरोका कारण, ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति चट्याल र पुरुमुरुकी २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको स्थानीयले बताए ।

जिल्लाका पुरुमुरु, जिमा, भीए, नाथरपु, ख्वाल्चालगायतका गाउँका सर्वसाधारण भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला अस्पताल यस्ता बिरामीले भरिभराउ छ ।

पूरै गाउँ बिरामी भए पनि स्थानीय सरकारबाट कुनै सहयोग नभएको उनीहरुले बताएका छन् । उपचार नहुँदा गरिबहरु मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा प्यारासिटामोल समेत नपाएको स्थानीयको गुनासो छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार चिकित्सकको टोलीसँग सोरु गाउँपालिका, पुरुमुरु र जिमा गाउँका १५० भन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।सोका कारण बिरामीको संख्या बढेकोले भाइरल ज्वरो नियन्त्रण गर्न केही समय लाग्ने जिल्ला अस्पतालका चिकित्सक कमल ढुंगानाले बताए । बारम्बार पसिना आउनु, टाउको दुख्नु, मांसपेशी दुख्नु, भोक नलाग्ने, कमजोर महसुस हुनु भाइरल ज्वरोका लक्षण हुन् ।

सेनेटरी प्याडमा भ्रष्टाचार : ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्रीलक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक ललिताकुमारी शाहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क वितरण गर्न रु १७,८५,९२८/-को सेनेटरी प्याड खरिद गरेको थियो । प्राधिकरणका अनुसार सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रचलित मूल्यका आधारमा लागत अनुमान तयार गर्नुपर्ने थियो । तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र अन्यले श्रीलक्ष्मी ट्रेडर्सकी ललिता कुमारीसँग मिलेर ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने सेनेटरी प्याड १७ लाख ८५ हजार ९२८ रुपैयाँमा किनेका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चारजना कर्मचारीलाई कैद र रु ८,७४,००३ जरिवानाको आदेश दिइएको छ ।

काठमाडौंको विशेष अदालतमा दायर गरेको आरोपपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिता कुमारीलाई पनि मुख्य दोषीलाई जस्तै कारबाही गर्न भनिएको प्राधिकरणका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कोभिड–१९ खोपको ४० लाख डोज डिस्पोज गर्न स्वास्थ्य मन्त्रालयद्वारा विज्ञको सुझाव माग

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्ष डिसेम्बरमा म्याद सकिएको सिनोभ्याक–कोरोनाभ्याक कोभिड–१९ भ्याक्सिनको ४० लाख डोज डिस्पोज गर्न भ्याक्सिन विज्ञहरूसँग परामर्श सुरु गरेको अधिकारीहरूले बताएका छन् ।

उक्त भ्याक्सिन दुई वर्षअघि चीनले सहयोग स्वरुप प्रदान गरेको थियो। चीनले उक्त भ्याक्सिन सहयोगको रुपमा पठाउँदा नेपालमा अन्य भ्याक्सिनहरु पनि उपलब्ध भैसकेको साथै खोपको पहिलो मात्रा र बुष्टर डोज लगाउने नेपालीको संख्या पनि कम भैसकेकोले उक्त भ्याक्सिन प्रयोगमा नआउँदा भ्याक्सिनको म्याद सकिएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोनाविरुद्धको खोपको ४० लाख डोज डिस्पोजका लागि विज्ञको सल्लाह लिन थालेको बताएका छन् । “हामीले विश्व स्वास्थ्य संगठनका विज्ञहरू, देश भित्रका खोप विशेषज्ञहरू र राष्ट्रिय खोप सल्लाहकार समितिसँग भ्याक्सिनको डोज डिस्पोज गर्ने लागत-प्रभावी र सजिलो तरिकाहरू बारे परामर्श गरिसकेका छौं।”अधिकारीहरूले खोपको डोजको डिस्पोजलका लागि चीनका भ्याक्सिन उत्पादन गर्ने कम्पनीहरूका विज्ञहरूसँग पनि सल्लाह लिएको बताएका छन्।

नेपालले एस्ट्राजेनेका, भेरो सेल, फाइजर-बायोटेक, र मोडर्ना जस्ता ब्रान्डहरू सहित चीन, भारत, जापान, युरोप र संयुक्त राज्य अमेरिकाका धेरै देशहरूमा निर्मित कोरोनाभाइरस खोपहरू प्रयोग गरेको थियो।

स्वस्थानी व्रत सुरू : शालीनदीमा स्‍नान गर्नेको घुइँचो

आजदेखि स्वस्थानी व्रत कथा सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीले हरेक दिन घरघरमा श्री स्वस्थानी व्रतकथा भन्ने र सुन्ने गर्दछन ।

यसै अवसरमा काठमाडौंको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको भीड लागेको छ। माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ।

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान,स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर देवीदेवताको पूजा आराधना गरी व्रत सुरू गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।

आज राष्ट्रिय सभा निर्वाचन

काठमाडौं – राष्ट्रिय सभाको निर्वाचन आज सातै प्रदेशमा हुँदै छ ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् भने यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।

हुथी विद्रोहीहरूद्वारा अडेनको खाडीमा अमेरिकी सेनाविरुद्ध कारबाही गर्ने घोषणा

यमनको अन्सार अल्लाह आन्दोलनका हुथी विद्रोहीहरूले अडेनको खाडी र बाब अल-मन्डेब स्ट्रेटमा अमेरिकी युद्धपोतहरू विरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेको आन्दोलनका सैन्य प्रवक्ता याह्या सारियाले टेलिग्राम मार्फत घोषणा गरेका छन्।

एडेनको खाडी र बाब अल-मन्डेब स्ट्रेटमा दुई अमेरिकी व्यावसायिक जहाजहरूलाई बचाउन खोज्ने धेरै विनाशकहरू र अमेरिकी युद्धपोतहरूसँगको झडप भयो। नतिजा अमेरिकी युद्धपोतको प्रत्यक्ष प्रहार थियो। दुई अमेरिकी वाणिज्य जहाजहरू पछि हट्न र फर्कन बाध्य भए, “उनले भने।

बयानका अनुसार झडप “दुई घण्टा भन्दा बढी चल्यो।” हुथीहरूले “धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू” प्रयोग गरे र ती मध्ये केहीले अमेरिकी प्रयासहरूको बावजुद “आफ्नो लक्ष्यमा पुगे”।

बेलायतले घानाका लुटिएका ‘मुकुट रत्न’ फिर्ता गर्ने

असान्ते राजाको दरबारबाट लुटेको १५० वर्षपछि बेलायतले घानाका केही “मुकुट रत्नहरू” घर फिर्ता पठाउने भएको छ ।

बीबीसीको अनुसार दीर्घकालीन ऋण सम्झौताहरू अन्तर्गत फिर्ता हुने ३२ वस्तुहरूमध्ये सुनको शान्ति पाइप हो।भिक्टोरिया र अल्बर्ट संग्रहालयले १७ र ब्रिटिश संग्रहालयले १५ वस्तुहरु घाना फिर्ता पठाउने भएका छन्।

सो वस्तुहरु पुन: घाना पठाउने विषमा घानाका मुख्य वार्ताकारले घानाको एउटा पुस्ताको क्रोध पछि “सांस्कृतिक सहयोगको नयाँ भावना” को आशा पलाएको बताएका छन् ।

ब्रिटिश म्यूजियम लगायत बेलायतका केही राष्ट्रिय सङ्ग्रहालयहरू- तिनीहरूको सङ्कलनमा विवादित वस्तुहरू स्थायी रूपमा फिर्ता दिन कानुनद्वारा प्रतिबन्धित छन्, र यस्ता वस्तुहरूलाई तिनीहरूको मूल देशहरूमा फिर्ता गर्न अनुमति दिंदा ऋण सम्झौताको रुपमा फिर्ता गर्न सकिने उल्लेख गरिएको छ। तर विवादित कलाकृतिहरूको दाबी गर्ने केही देशहरूले बेलायतको स्वामित्व स्वीकार गरेको संकेत गर्न ऋण सम्झौताको प्रयोग गरेको भन्दै त्यसको आलोचना गरेका छन् ।

ऋणको रुपमा फिर्ता दिइने वस्तुहरूमा धेरै जसो १९ औं शताब्दीमा बेलायती र असान्ते बीचको युद्धमा लिइएको राज्यको तरवार र सो बखतका अधिकारीहरूले लगाएको सुनको ब्याजहरू समावेश रहेका छन्।

यस्तो छ उच्च शिक्षा विधेयकको मस्यौदा

काठमाडौं – सरकारले उच्च शिक्षा विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र देश–विदेशबाट सुझाव पठाउन आह्वान गरेको हो ।

सरकारले सार्वजनिक गरेको मस्यौदामा नेपालमा केन्द्रीय, प्रदेश र मानित गरी तीन प्रकारका विश्वविद्यालय रहने कल्पना गरिएको छ ।

हाल सञ्चालनमा रहेका मध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, लुम्बिनी वौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयमा राखिएको छ । त्रिभुवन विश्वविद्यालयलाई भने ऐतिहासिक पृष्ठभूमि, नेपालको उच्च शिक्षा क्षेत्रमा भएको योगदान, संस्थागत क्षमता र प्राज्ञिक उन्नयनको आधारमा त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रुपमा प्रस्ताव गरेको छ ।

हाल सञ्चालनमा रहेका अन्य विश्वविद्यालयलाई भने पाँच वर्षभित्र केन्द्रीय विश्वविद्यालयको रुपमा स्तरोन्नति हुन नसके प्रदेश विश्वविद्यालयमा घटुवा हुने प्रावधान प्रस्ताव गरिएको छ । विधेयकको मस्यौदामा प्राज्ञिक उत्कृष्टताको केन्द्रका रुपमा वर्गीकृत विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय विश्वविद्यालयको कुलपति वा सभापति शिक्षा मन्त्री र प्रदेश विश्वविद्यालयको कुलपति मुख्यमन्त्री रहने व्यवस्था छ । गैरनाफामूलक विश्वविद्यालयमा भने बोर्ड अफ ट्रष्टिजको प्रमुख सभापति वा चेयरमेन हुनेछ ।

मस्यौदाले शिक्षामन्त्रीको अध्यक्षतामा उच्च शिक्षा आयोगको परिकल्पना गरेको छ । मुलुकको उच्च शिक्षा व्यवस्थापन गरी उच्चस्तरीय मानव संशाधनको आवश्यकता परिपूर्तिका लागि उच्च शिक्षाको नियामक निकायका रुपमा एक उच्च शिक्षा आयोग रहने उल्लेख गरिएको छ ।

सात सदस्यीय सदस्य सहितको आयोगमा दुई जना महिला अनिवार्य रहने व्यवस्था गरेको छ । मस्यौदामा केन्द्रीय विश्वविद्यालयको शिक्षक तथा कर्मचारीको नियुक्ति र बढुवा गर्न एक विश्वविद्यालय सेवा आयोग रहने परिकल्पना गरिएको छ ।

बेलगोरोड विमान आक्रमणको जवाफमा रुसद्वारा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठकको माग

युक्रेनी युद्धबन्दीहरू बोकेको सैन्य विमानलाई गोली हानेर खसालेको विषयमा छलफल गर्न रसियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन अनुरोध गरेको, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

आइ -एल-७६ कार्गो विमान बुधबार बिहान बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा ६५ जना युक्रेनी युद्धबन्दीका साथै छ चालक दलका सदस्यहरू र तीन रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले बताएको छ । बन्दीहरूलाई युक्रेनी सीमा नजिकैको सहर बेलगोरोडमा लगिएको थियो, जहाँ कब्जा गरिएका रुसी सेनालाई रिहा गराउन युक्रेनी युद्धबन्दीलाई फिर्ता गरिने तय भएको थियो।

मन्त्रालयले युक्रेनी सेनाले हवाई सुरक्षा मिसाइलले विमान खसालेको आरोप लगाएको छ । “यो आतंकवादी कार्य गरेर, युक्रेनी नेतृत्वले आफ्ना नागरिकहरूको जीवनलाई बेवास्ता गर्दै आफ्नो वास्तविक अनुहार देखाएको रुसी रक्षा मन्त्रालयले बताएको छ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले सुरक्षा परिषद्को फ्रान्सेली अध्यक्षलाई ढिलाइ नगरी बैठक अनुमति दिन आग्रह गरेको बताएका छन् ।

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का‌ दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषदको सिफारिस राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

संविधानको धारा ९३ को उपधारा (१) मा मन्त्रिपरिषद्को‌ सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

sansad adhibesan

नयाँ विमान खरिदका लागि १ खर्ब ३५ अर्ब सहुलियतपूर्ण ऋण लिंदै नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ न्यून ब्याजमा ऋण लिने भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी जहाज खरिद गर्न ऋण लिइनेछ ।

निगम सञ्चालक समितिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सहुलियत ऋण लिनको लागि सैद्धान्तिक सहमतिको लागि उक्त निर्णय सरकारलाई बुझाउने निर्णय गरेको निगम सञ्चालकले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयमा प्राप्त निर्देशन र निगमको सञ्चालक समितिको निर्णय अनुसार मंगलबारअन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको थियो ।

प्राप्त ऋणमध्ये नेपाल सरकार र सम्बन्धित निकायको स्वीकृतिमा विद्यमान ऋण चुक्ता गर्ने, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्ने र अन्तर्राष्ट्रिय जहाज मर्मतसम्भारका लागि ह्याङ्गर निर्माणमा लगानी गर्ने निगमको योजना रहेको छ ।

निगमको व्यावसायिक लगानीको आवश्यकताअनुसार एकपटक होइन पटकपटक ऋण लिने र ऋण पाएपछि वार्षिक करिब साढे तीन अर्ब रुपैयाँको ब्याज खर्चमा उल्लेख्य कमी आउने निगमको विश्वास छ ।निगमको नाफा बढ्ने अपेक्षा राखेर आशयपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

नयाँ स्टक एक्सचेन्ज अध्ययन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं – सरकारले नयाँ स्टक एक्सचेन्ज अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवाकोटीको अध्यक्षतामा तीन सदस्यीय अध्ययन समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

समितिले ४५ दिनभित्र सरकारलाई सिफारिस बुझाउनुपर्नेछ ।नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि सरकारले अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन स्वीकार गरिसकेको छ ।

नयाँ स्टक एक्सचेन्जका लागि तीनवटा निवेदन परेका छन् । हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण एक्सचेन्जले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस र पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ

काठमाडौं – सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका तत्काली प्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।

राष्ट्रिय पेमेन्ट गेटवे प्रकरणमा अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ। अख्तियारले सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

त्यस्तै सेक्युरिटी प्रेसका लागि आवश्यक विधुतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार भएको भन्दै अख्तियारको टोलीले विकल पौडेललाई पक्राउ गरेको हो। अख्तियारले पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।

निगमलाई व्यवस्थापन सम्झौता अन्तर्गत सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई व्यवस्थापन सम्झौतामा सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको पुनर्संरचनाका लागि व्यवस्थापन सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री किरातीले भने, ‘निगमको पुनर्संरचनाको व्यवस्थापन ठेक्का अंगाल्नु पर्ने भएकाले यो प्रणालीमा जाने तयारीमा छौं । मन्त्रालयले व्यवस्थापन सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । ‘यस विषयमा छिट्टै निर्णय हुन्छ,’ उनले भने ।

मन्त्री किरातीले सरोकारवालाको अध्ययन र सुझावका आधारमा व्यवस्थापन सम्झौताबाट निगममा सुधार अपरिहार्य भएको तर्क गरे । व्यवस्थापन ठेक्का मोडालिटीले विभिन्न देशमा राम्रो नतिजा दिएकोले नेपालमा पनि यो मोडल उपयुक्त हुने उनको भनाइ छ ।

सो अवसरमा मन्त्री किरातीले विद्यमान अवस्थामा निगम चलाउन नसकिने निष्कर्ष मन्त्रालयले निकालेको र संरचनागत सुधार गरी संस्थालाई सञ्चालन गर्ने योजना बनाइएको बताए । सो अवसरमा सांसद उदय शमेश राणाले थप विमान थपेर पनि अन्तर्राष्ट्रिय बजारमा निगमको उपस्थिति बलियो बनाउनुपर्ने बताए ।

त्यसैगरी सांसद डा धवल शमराज राणाले निगमको व्यवस्थापन सम्झौता उपयुक्त भए पनि सान्दर्भिकताका आधारमा मात्र अघि बढ्नुपर्ने बताए । तर, सांसद प्रेम सुवालले निगमलाई व्यवस्थापन सम्झौताबाट सञ्चालन गर्ने विचारको विरोध गर्दै निगम सुधारका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

महानगरविरुद्ध न्युरोडका व्यापारी आन्दोलनमा

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको विरोधमा न्युरोड क्षेत्रका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेपछि सो क्षेत्रका व्यवसायीहरू आज दोस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन्।

व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा महानगरले पार्किङ्ग हटाउने निर्णय गरेको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन माग गर्दै व्यावसायीहरु सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन्।

व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन्। व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन सुरु गरेका छन्।

महानगरको पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताएका छन्। उनले, विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउनु भएको आरोप समेत लगाएका छन् ।

व्यवसायीहरुले सडक आन्दोेलनमा वैकल्पिक पार्किङको व्यवस्था गर्, महानगरको एकोहोरो निर्णय खारेज गर्, बालेन तेरो पाराले–दुःख पाए साराले, व्यापारीलाई गरिखान दे, एकल निर्णय खारेज गर, स्टन्टबाजी बन्द गर्, व्यवसायीहरु एक हौं लगायतका नारा लगाएर महानगरपालिकाको विरोध गरेका छन्।

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर बनाउन प्रेस काउन्सिलको सुझाव

काठमाडौँ — प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी विज्ञप्तिमा, छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको र लोककल्याणकारी विज्ञापन बापतको रकम लामो समयसम्म वृद्धि नभएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन/सूचना तत् तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।बैठकले स्थानीय र प्रदेश स्तरका सरकारी विज्ञापन/सूचना प्रकाशनका लागि स्थानीय र प्रदेश स्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय समेत गरेको छ।

खरिदसम्बन्धी सूचना विधुतीय खरिदसहित प्रेस काउन्सिल नेपालबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ छ । साथै,सरकारी कार्यालय रहेको स्थानका सञ्चार माध्यममा समेत सूचना प्रकाशन गर्न मिल्ने गरी सार्वजनिक खरिदसम्बन्धी कानुन संसोधन गर्न नेपाल सरकारलाई आवश्यक सुझाव लेखी पठाउने निर्णय समेत भएको बैठकले जनाएको छ ।

संसदको बजेट बढाउन माग गर्दै संघीय संसदका पदाधिकारीहरु

काठमाडौं – संघीय संसदका पदाधिकारीहरुले संसदको बजेट अपर्याप्त रहेको निष्कर्षसहित सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले संसदको बजेट बढाउन माग गर्ने भएका छन्।

संसदको बजेट बढाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई भेट्ने तयारी भैरहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन्।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ८२ करोड बजेट माग गरेकोमा सरकारले एक अर्ब २२ करोड मात्र दिएको र आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोड बजेट आवश्यक पर्ने संसद सचिवालयले आंकलन गरेको छ ।

मंगलबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकले संसदको बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा भेटेर आग्रह गर्ने सहमति भएको थियो ।

आइसिसी यु–१९ विश्वकप अन्तर्गत नेपाल र पाकिस्तान खेल्दै

काठमाडौं – आइसिसी यु–१९ विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोली आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा हुन लागेको उक्त खेल नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे पाकिस्तानसँग सुरु हुनेछ।

यस अघिको पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने आजको दोश्रो खेल पाकिस्तानसंग हुनेछ । आजको खेलमा नेपाली खेलाडीहरुको टोलीमा देव खनाल (कप्तान), आकाश चन्द, अर्जुन कुमाल, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, दीपक बोहोरा, दीपक बोहोरा, सुवास भण्डारी, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश त्रिपाठी रहेका छन् ।

बेलायतको करीब ५०००० व्यवसायहरू बन्द हुने अवस्थामा

ब्याजदर वृद्धिको श्रृंखलाबाट सुरु भएको नकारात्मक आर्थिक अवस्थाको कारण कारण बेलायतका व्यवसायहरू वित्तीय संकटमा परेका छन्। बेग्बिस ग्रुपद्वारा जारी गरिएको पछिल्लो ‘रेड फ्ल्याग अलर्ट’ ले बेलायतका ४७,४७७ फर्महरू गत वर्षको अन्तिम त्रैमासिकमा निकै ठुलो वित्तीय संकटमा रहेको र ति कम्पनीहरूले मुद्रास्फीति र उधारो लागतसँग संघर्ष गरिरहेको उल्लेख गरिएको छ ।

यो बृद्धिले लगातार दोस्रो त्रैमासिक अवधिको अवधिलाई चिह्नित गर्यो जसमा महत्वपूर्ण वित्तीय संकट २५% ले बढेको छ, प्रतिवेदनले उल्लेख गरेको छ। यी अवस्थाहरूको सामना गरिरहेका व्यवसायहरूको एक महत्त्वपूर्ण प्रतिशतले अर्को वर्षको अवधिमा अझै धेरै व्यवसायहरु आर्थिक सङ्कट र ब्यांक्रप्शीमा प्रवेश गर्ने आँकलन गरिएको छ।

बेग्बिज ट्रेनरका साझेदार जुली पाल्मरका अनुसार बढ्दो ब्याजदर, बढ्दै गएको मुद्रास्फीति र बढ्दो र “अप्रत्याशित” इनपुट लागतहरूको बीचमा कमजोर उपभोक्ता विश्वासले ब्रिटिश व्यवसायहरूको लागि आर्थिक आँधी सिर्जना गरेको छ।

बैंक अफ इङ्गल्याण्डले मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा २०२१ को अन्त्यमा 0.१% बाट हालको 5.२५ % मा ब्याज दर निरन्तर बढाएको छ।

पाल्मराले सबैभन्दा गम्भीर चिन्ता निर्माण र घर जग्गा क्षेत्रहरूमा रहेको उल्लेख गर्दै बृहत् आर्थिक उथलपुथलले बेलायतको अर्थतन्त्रको “हरेक कुना” लाई असर गरिरहेको बताएका छन् । प्रतिवेदनका अनुसार लगभग ५४०,००० ब्रिटिश कम्पनीहरू गत वर्षको अन्तिम त्रैमासिकमा “महत्वपूर्ण” संकटमा रहेका थिए, जुन तेस्रो त्रैमासिकको तुलनामा १२. ९ % बढी हो।

स्वीडेनको नेटो सदस्यतालाई टर्कीको समर्थन

टर्कीको ग्रान्ड नेशनल एसेम्बली (संसद) ले स्वीडेनको नेटोमा प्रवेशको अनुमोदन गर्ने विधेयक पारित गरेको छ।

टर्कीको समर्थनसंगै हंगेरी एक मात्र नेटो देश बनेको छ, जसले स्वीडेनको सदस्यतालाई अझै अनुमोदन गरेको छैन।

मतदानमा करिब ३ सय ४६ सांसदले भाग लिएका थिए जसमध्ये २८७ जनाले विधेयकको पक्षमा र ५५ जनाले विपक्षमा मत दिएका थिए भने अन्य चार जनाले मतदान बहिष्कार गरेका थिए ।

फिनल्याण्ड र स्वीडेनले मे १८ २०२२ मा नेटो गठबन्धनमा सामेल हुनका लागि आफ्नो आवेदन पेश गरेका थिए भने फिनल्याण्ड आधिकारिक रूपमा अप्रिल ४ २०२३ मा नेटो गठबन्धनमा सामेल भएको थियो।

रुस दक्षिणपूर्वी एसियाली देशहरूसँग घनिष्ट सहयोग चाहन्छ:दिमित्री मेदभेदेवले

रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा सत्तारुढ युनाइटेड रुस पार्टीका नेता दिमित्री मेदभेदेवले रुसले अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ संरचना निर्माणका लागि अत्यावश्यक रहेको दक्षिणपूर्वी एसियाका देशहरूसँग सहकार्यको विकासमा विशेष ध्यान दिएको बताएका छन्

“वास्तवमा, रुसले दक्षिणपूर्वी एसियाली देशहरूसँगको सहयोगलाई सुदृढ गर्नमा ठूलो ध्यान दिइरहेको छ। यस क्षेत्रले अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ संरचना निर्माणमा थप सक्रिय भूमिका खेलिरहेको छ,” उनले विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरूसँगको गोलमेज बैठकमा भने। उनले रसिया ३० वर्षभन्दा बढी समयदेखि “संघको भरपर्दो र अनुमानित साझेदार” रहेको समेत बताएका छन् ।

उनले उल्लेख गरे कि बढ्दो विश्वव्यापी अशान्तिको बावजुद, रसिया र ASEAN बीचको सहयोग राम्रो हुँदै गइरहेको छ किनभने यो “वैश्विक र क्षेत्रीय समस्याहरूमा उनीहरूको नजिकको स्थिति” मा आधारित छ। “यो महत्त्वपूर्ण छ कि रूस र ASEAN दुवै यी सम्बन्धहरूलाई सुदृढ गर्न जारी राख्न कटिबद्ध छन्। हामी ASEAN संघहरू भित्र गैर-राजनीतिक समान सहयोग विस्तार गर्न कटिबद्ध छौं,” मेदवेदेवले भने।

उनले जोड दिए कि रसिया “सहमति र समानता” को सिद्धान्तहरूमा प्रतिबद्ध छ र पूर्वी एसिया शिखर सम्मेलन, आसियान क्षेत्रीय फोरम र आसियान रक्षा मन्त्रीहरूको बैठक प्लस भित्र “लागू सहयोग” को विकास गर्नेछ।

भिजिट भिसामा विदेश जानका लागि नयाँ व्यवस्था

काठमाडौँ- सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ व्यवस्था गरेको छ ।

बुधबारदेखि नेपाली यात्रुका लागि नयाँ व्यवस्था लागू हुने अध्यागमन विभागले ट्राभल एडभाइजरीमा जनाएको छ ।यसअघि भिजिट भिसामा विदेश जानका लागि अङ्ग्रेजी भाषा जान्ने, कक्षा १२ पास गरेको लगायत १७ मापदण्ड तोकिएको थियो ।

बुधबारदेखि भिजिट भिसामा विदेश जाने यात्रुले अन अराइभल भिसा बाहेक अन्य देशको वैध भिसासहित ६ महिनाको वैधता भएको राहदानी, दुईतर्फी हवाई टिकट र होटल बुकिङ र अमेरिकी डलर ५०० साटेको प्रमाण बोक्नुपर्नेछ ।

यदि यात्री आफ्नो आफन्तको आवासमा बस्दै हुनुहुन्छ भने होटल बुकिङ आवश्यक पर्दैन। त्यस्ता यात्रुहरूले आफन्तसँगको सम्बन्ध प्रकट गर्ने कागजात पेश गर्नुपर्छ।

त्यस्तै, सरकारी वा गैरसरकारी संस्थाहरूले कसैलाई आमन्त्रित गरेमा अमेरिकी डलर सटही आवश्यक पर्दैन र त्यस्ता संस्थाहरूले यात्रा खर्च व्यहोर्नेछन्। प्रावधान अनुसार यात्रुले निमन्त्रणा पत्र भने पेश गर्नुपर्नेछ।

त्यसैगरी युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबिया भ्रमण भिसामा जाने यात्रुहरूले आफूले यात्रा बाहेक अन्य काममा संलग्न नहुने उल्लेख गरेको स्वघोषणा फारम भर्नुपर्नेछ।सरकारले भिसाको उद्देश्य बाहेकका काममा संलग्न नहुन र भिसा अवधिभित्र स्वदेश फर्किन अनुरोध गरेको छ ।सरकारले भिजिट भिसामा जानका लागि थप शुल्क नलाग्ने बताउँदै बिचौलियाको झुटो आश्वासनमा नपर्न सबैलाई अनुरोध गरेको छ ।

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी: सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुर — मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएको छ। जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई समेत सरकारबाट फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश प्रदेश सरकारबाट बाहिरिएको पत्र बुझाएको बताएका छन् । जनमत पार्टीले शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहलाई समेत सरकारबाट फिर्ता बोलाएको छ। । जसपा संगको आन्तरिक मतभेदका कारण जनमत पार्टी सरकारबाट बाहिरिएको बुझिएको छ।

janamat party samarthan firta

श्रम मन्त्रालयद्वारा व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हक कार्यान्वयन गरी मर्यादित श्रम प्रवर्द्धन गर्न व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले व्यवसाय तथा मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गदर्शक सिद्धान्त कार्यान्वयनका लागि कार्ययोजना तयार भइसकेको र मार्गदर्शक सिद्धान्तका विषयलाई मुख्यगरी कार्ययोजनामा समावेश गरिएको बताउनुभयो ।

विद्यमान संवैधानिक तथा कानुनी प्रणालीमा समेटिएका विषय, दीर्घकालीन तथा आवधिक योजना, नेपालबाट स्वीकृत मानवअधिकार महासन्धि, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि, नेपाल सरकारका राष्ट्रिय तथा क्षेत्रीय नीति, मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाका विषयहरू , दिगो विकास लक्ष्यहरू र विकासशील देशहरूमा स्तरोन्नति। कार्ययोजनामा सम्बन्धित गतिविधि समेटिएको छ,’ उनले भने ।

कार्ययोजनाले मानवअधिकारको पालना, मानवअधिकारमा पर्ने व्यापारिक गतिविधिको प्रभावको रोकथाम सम्बन्धी गतिविधिहरू समावेश गर्दछ। पर्याप्त जीवनस्तरको अधिकार, स्वच्छ र अनुकूल कामको अवस्था, खानेपानी तथा सरसफाइको अधिकार, शिक्षाको अधिकार, सूचनामा पहुँचको अधिकार, विकासको अधिकार, श्रमिकको अधिकार, उपभोक्ताको अधिकार, महिला तथा बालबालिकाको अधिकार, वैदेशिक श्रमिकको अधिकार, वातावरणीय तथा आदिवासी जनजातिको अधिकार, लैङ्गिक समानता र जातीय विभेदविरुद्धको अधिकार र अल्पसंख्यक समुदायका अधिकारलाई समेत कार्ययोजनामा समेटिएको उनले बताए ।

विश्वका पाँच दर्जनभन्दा बढी देशहरूले जिम्मेवार र जवाफदेही व्यवसायको अवधारणालाई अपनाएका छन् र संयुक्त राष्ट्रसंघको व्यवसाय तथा मानव अधिकारसम्बन्धी मार्गदर्शक सिद्धान्तहरूको कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा र कार्यान्वयन गरेका छन्।

कार्ययोजना कार्यान्वयन गर्न तीनै तहमा अनुगमन समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

माघ २२ गते दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं : सरकारले माघ २२ गते संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस पठाउने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते ४ बजे दुवै सदनको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन्।

यसअघि गत कात्तिक १६ गते संघीय संसदको अधिवेशन अन्त्य भएको थियो।

चीनको युनानमा गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु दर्जनौं बेपत्ता

चीनको युनान प्रान्तमा पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ भने २४ जना बेपत्ता भएका छन् ।

पहिरो सोमबार स्थानीय समय ०५:५१ मा गएको थियो। उद्धारकर्ताहरू अझै पनि बेपत्ता भएकाहरूलाई खोज्न शून्य तापक्रममा काम गरिरहेका समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।सिन्ह्वाको अनुसार ५०० भन्दा बढी मानिसहरूलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ र लगभग १००० उद्धारकर्मीहरू घटनास्थलमा पठाइएको छ। सोमबार बिहान धेरै मानिस सुतिरहेका बेला पहिरो गएको स्थानीय समाचार संस्थाले जनाएको छ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियो क्लिपहरूले उद्धारकर्ताहरू हिउँले ढाकिएको पहाडहरूको पृष्ठभूमिमा भग्नावशेषको थुप्रोमा हिंडिरहेको देखाइएको छ।
दक्षिणपश्चिम चीनको दुर्गम, पहाडी क्षेत्र पहिरोको जोखिममा छ। जनवरी २०१३ मा सोही काउन्टीमा पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

यसका अलावा चीनको सिनजियाङ प्रान्तको उशी काउन्टीमा स्थानीय समय अनुसार मंगलबार दिउँसो करिब २ बजे ७.० म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिका र बेलायतद्वारा यमनमा हुथी विद्रोहीविरुद्ध नयाँ आक्रमण सुरु

संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा हुथी लडाकुहरु विरुद्ध संयुक्त हवाई आक्रमणको नयाँ श्रृंखला सञ्चालन गरेका छन्।

पेन्टागनले सोमबारको आक्रमणले भूमिगत भण्डारण स्थल र हुथी मिसाइल र निगरानी क्षमता सहित आठवटा क्षेत्रमा आक्रमण गरेको जनाएको छ।इरान समर्थित हुथीहरूले महत्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाइरहेका बेला संयुक्त राज्य अमेरिका र बेलायतले भने “वाणिज्यको स्वतन्त्र प्रवाह” को रक्षा गर्न कोशिस गर्दै यस्तो कदम चाल्नुपरेको बताएको छ ।

पेन्टागनले जारी गरेको संयुक्त विज्ञप्तिले हुथीहरू विरुद्ध “आनुपातिक र आवश्यक स्ट्राइकहरूको थप चरण” पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ: “हाम्रो उद्देश्य तनाव कम गर्न र लाल सागरमा स्थिरता पुनर्स्थापना गर्नु रहेको छ र हाम्रो जीवनको रक्षा गर्न र वाणिज्यको स्वतन्त्र प्रवाहलाई अगाडी बढाउन निरन्तर खतराहरूको सामना गर्न तयार छौं भन्दै हठी नेतृत्वलाई चेतावनी दीइएको छ ।”

यमनमा हुथी बिरुद्ध अमेरिकाले गरेको यो आठौं हमला हो। ११ जनवरीमा संयुक्त हमला गरेपछि बेलायतसँगको यो दोस्रो संयुक्त अभियान हो।संयुक्त विज्ञप्तिमा अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डको सहयोगमा युद्ध गरिएको बताइएको छ।

सोमबारको आक्रमणमा वाहक युएसएस आइसेनहोवरका अमेरिकी लडाकु विमानहरू संलग्न थिए।चार आरएएफ टाइफुन, भ्वाएजर ट्याङ्करहरू र अमेरिकी सेना सामेल भएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ ।

युकेका रक्षा सचिव ग्रान्ट शप्प्सले व्यापारिक ढुवानीमा हुथीहरूको “असहनीय हमलाहरू” विरुद्ध “आत्मरक्षा” को रूपमा स्ट्राइकहरू गरिएको बताएका छन्।
यधपी,यो बुझिएको छ कि युके कमन्सका अध्यक्ष सर लिन्डसे होइल र विपक्षी नेता सर केयर स्टाररलाई नयाँ स्ट्राइकहरूको बारेमा अग्रिम जानकारी दिइएको थिएन।

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताएका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने बताएको पनि उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।

स्थानीय तहलाई आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउन मन्त्रालयको आग्रह

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै गत आर्थिक वर्षमा कार्यान्वयनमा आएका रोजगारी सिर्जना सम्बन्धी आयोजना तथा कार्यक्रमको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरेको छ । सुचना अनुसार सात दिनभित्र विवरण बुझाउनुपर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ देखि ‘घरेलु रोजगार प्रवद्र्धन दशक’ अभियान सञ्चालन गर्न कानुनी र नीतिगत संरचना निर्माण गर्न, घरेलु रोजगार प्रवद्र्धन गर्ने निकायलाई पूर्ण जवाफदेही बनाउन,स्थानीय तह अन्तर्गतका रोजगार सेवा केन्द्रहरूबाट एकीकृत श्रम तथा रोजगारी सेवा प्रवाह गर्ने र एकीकृत रूपमा रोजगारीसम्बन्धी गतिविधि विस्तार गर्न मन्त्रालयले स्थानीय तहसँग विवरण माग गरेको हो ।

सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमतिपत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि पालो पर्खिरहेका सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमतिपत्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ड्राइभिङ लाइसेन्स , राष्ट्रिय परिचयपत्र र राहदानी वितरणसम्बन्धी काम गर्ने अधिकारीसँगको संयुक्त बैठकमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने १४ लाख आवेदकलाई तत्कालै सवारी चालक अनुमतिपत्र वितरण गर्न निर्देशन दिएका हुन् ।

ड्राइभिङ लाइसेन्सको परीक्षा उत्तीर्ण गरेर पनि सवारी चालक अनुमतिपत्र पाउन नसक्नु गम्भीर विषय भएको बताउँदै प्रधानमन्त्री दाहालले सवारी चालक अनुमतिपत्र वितरणमा ढुक्क हुन यातायात व्यवस्था विभागलाई सचेत गराए । ‘अहिलेको समयमा सूचना प्रविधि महत्वपूर्ण छ, एकीकृत प्रविधिमा आधारित नतिजा दिनुपर्छ, त्यसका लागि राज्यका संयन्त्रबीच समन्वय आवश्यक छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

सो अवसरमा प्रधानमन्त्रीले सरकारी कार्यालयमा लामो लाइनको अन्त्य गर्ने आफ्नो प्रतिबद्धताको स्मरण गराउदै, कार्यालयको दक्षता अभिवृद्धि गर्दै गुणस्तरीय सेवा प्रवाहमा गम्भीर ध्यान दिन पनि पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध: काठमाडौं भ्यु टावरमा निशुल्क पार्किङ व्यवस्था

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्र वरपरको सडकमा गरिँदै आएको सवारी पार्किङमा रोक लगाउने भएको छ।

महानगरले मंगलबारदेखि लागु हुनेगरि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभएको छ।

पाण्डेका अनुसार महानगरले काठमाडौं भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था गरेको र सो स्थानमा ३०० वटा चारपाङ्ग्रे र ७०० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिनेछ।

सवारी आवागमन सहज बनाउन मंगलबारदेखि पार्किङ निषेध गरिएका निउरोड क्षेत्रका सडक वरपर महानगरले विशेष सरसफाइ गर्ने पनि बताएको छ।

यसअघि महानगरले दरबारमार्ग ,झोँछे लगायत विभिन्न क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा हिन्दू मन्दिर राम मन्दिरको उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा हिन्दु देवता रामको भव्य मन्दिरको उद्घाटन गरेका छन् ।

हाल उद्घाटन गरिएको राम मन्दिरले १९९२ मा हिन्दू अनुयायीहरूले भत्काएको १६ औं शताब्दीको मस्जिदलाई प्रतिस्थापन गरेको छ र सो समयमा मस्जिद भत्काउने क्रममा दंगा फैलदा लगभग २००० मानिसहरूको मृत्यु भएको थियो।

यता, केही हिन्दू धर्मावलम्बीहरू र धेरैजसो विपक्षीहरूले भने मोदीले राम मन्दिरलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको भन्दै उद्घाटन समारोह बहिष्कार समेत गरेका छन् । भारतमा आगामी केही महिनामा आम निर्वाचन हुन लागेको छ र मोदीका राजनीतिक प्रतिद्वन्द्वीहरूले सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले ८०% जनसंख्या हिन्दु भएको देशमा मन्दिरको नाममा भोट मागेको समेत आरोप लगाएका छन् ।

आलोचकहरूले पनि सरकारले धर्मनिरपेक्ष भएको देशमा धार्मिक उत्सवको शोषण गरेको आरोप लगाएका छन्। भारतको सबैभन्दा ठूलो अल्पसंख्यक मुस्लिमहरूका लागि बाबरी मस्जिद भएको स्थानमा राम मन्दिर निर्माणको घटनाले डर थप्दै पीडादायी पुराना सम्झनाहरूको याद जगाएको अयोध्या क्षेत्रमा बसोबास गर्ने मुस्लिम
समुदायका सदस्यहरूले बताएका छन्।

मन्दिर निजी चन्दाबाट प्राप्त भएको २१७ मिलियन अमेरिकी डलरको लागतमा निर्माण गरिएको हो। हाल मन्दिरको भुइँ तल्ला मात्र खोलिएको छ भने बाँकी पुरै मन्दिर वर्षको अन्त्यमा पूरा हुने अपेक्षा गरिएको छ।राम मन्दिरको निर्माण कार्य सहरको परिमार्जनको एक हिस्सा रहेको र यसको अनुमानित लागत ३ बिलियन अमेरिकी डलर रहेको बताइएको छ।

अयोध्यामा राम मन्दिरको निर्माणले दशकौं लामो हिन्दू राष्ट्रवादी वाचा पूरा गरेको छ । धेरै हिन्दूहरू विश्वास गर्छन् कि बाबरी मस्जिद मुस्लिम आक्रमणकारीहरूले हिन्दू देवताको जन्म भएको मन्दिरको भग्नावशेषमा बनाएको थियो। मन्दिर निर्माणको आन्दोलनले १९९० को दशकमा बीजेपीलाई राजनैतिक महत्त्वमा पुर्‍याउन मद्दत गरेको थियो ।२०१९ मा, सर्वोच्च अदालतले मस्जिद भत्काएपछि र लामो कानुनी लडाइँ पछि विवादित भूमि हिन्दूहरूलाई दियो। मुस्लिमहरूलाई मस्जिदका लागि सहरबाहिर जग्गा दिइएको थियो तर अझै पनि मस्जिद निर्माण गर्न भने सकेको छैन।

बन्धकहरूलाई रिहा गर्न गाजामा २ महिनाको लागि युद्ध रोक्न इजरायलको प्रस्ताव

इजरायलले हमासलाई गाजा पट्टीमा सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने सर्तमा दुई महिनाको लागि युद्ध रोक्न प्रस्ताव गरेको छ। यो प्रस्ताव कतारी र इजिप्टका मध्यस्थहरू मार्फत गरिएको हो ।

अज्ञात इजरायली अधिकारीहरूका अनुसार, प्रस्तावमा “बहु-चरण सम्झौता, जसमा गाजामा राखिएका सबै बन्धकहरूको रिहाई समावेश छ।” प्रतिवेदनले यो प्रस्तावले युद्धको अन्त्यलाई संकेत गर्दैन भनेर जोड दिएको छ। इजरायली पक्षका अनुसार हमासले हाल १३० भन्दा बढी बन्धकहरू राखेको छ।

रिपोर्टमा भनिएको छ कि इजरायली अधिकारीहरूले हमासबाट जवाफको अपेक्षा गरेका छन्, तर आगामी दिनहरूमा प्रगति हासिल गर्न आशावादी छन्। सम्झौताको पहिलो चरणले महिला, ६० वर्षभन्दा माथिका पुरुष र गम्भीर अवस्थामा बन्धकहरूलाई रिहा गर्ने कुरा उल्लेख गरेको छ । विभिन्न चरणहरूमा सैनिकहरूको रिहाई, ६० वर्ष मुनिका पुरुषहरू र मृतक बन्धकहरूको शव हस्तान्तरण समावेश हुनेछ। बदलामा इजरायलले बन्दी बनाएका प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ।

यहूदी राज्यले गाजा पट्टीका मुख्य बस्तीहरूबाट फिर्ता लिएर केही सेनाहरू स्थानान्तरण गर्नेछ र प्यालेस्टिनी नागरिकहरूलाई क्रमशः केही क्षेत्रमा फिर्ता गर्न अनुमति दिनेछ।

कतार र इजिप्टका प्रतिनिधिहरूले सम्झौताको लागि हप्तौंदेखि लडाइँ पक्षधरहरू बीचको असहमतिलाई हटाउन प्रयास गरिरहेको बताएको छ । अमेरिकी अधिकारीहरूले भने यस्तो सम्झौताको उपलब्धि शायद गाजामा युद्धविरामको लागि नेतृत्व गर्ने एक मात्र तरिका समेत रहेको बताएका छन् ।

एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ।

एक्जियटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक विवेक सुदले एक्जियटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

एनसेलमा ८० प्रतिशत सेयर रहेको एक्जियटाले आफ्नो सेयर बिक्रीका लागि राखेको र उक्त सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ ।

नेपालमा पहिलो पटक २००४ मा ‘मेरो मोबाइल’ को रूपमा स्थापित भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई चार वर्षपछि टेलिया कम्पनी (पहिले स्विडेनको टेलियासोनेरा समूह भनेर चिनिन्थ्यो) द्वारा अधिग्रहण गरेर २०१० मा ‘एनसेल’ को रूपमा पुन: ब्रान्ड गरिएको थियो । १२ अप्रिल २०१६ मा आजियाटाको हिस्सा बन्न पुगेको एनसेल पछि गएर पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो र ३ अगस्ट २०२० मा यसको नाम ‘एनसेल आजियाटा लिमिटेड’ राखियो।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते

काठमाडौँ — रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि सरकारले आगामी माघ ११ गते निर्वाचन गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसदको कार्यकाल सकिँदै छ ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ भने, नेपाल इञ्जिनीयरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने र सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।

टिकटक बन्द नगर्ने सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने प्राधिकरणको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे–नगरेकाे विषयमा २४ घन्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिँदै, यस अवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घन्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उपनिर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले बताएका छन् ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड आज दुबई जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप २८) मा भाग लिन आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन्। प्रधानमन्त्री आज राति ९:३० बजे नेपाल एयरलाइन्सको विमानबाट प्रस्थान गर्नेछन्।

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन्।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२ औँ सङ्घीय दिवस समारोह र‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ ?’शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ।

प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तालिका रहेको मन्त्रालयले जनाएको छ। उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा विरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनेछन्। – रासस

नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण सेयर कारोबार नै बन्द

काठमाडौँ – नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार नेप्सेको सेयर कारोबार नै बन्द हुन पुगेको छ। विधुत आपूर्तिमा आएको अवरोधको कारण सिस्टम डाउन हुँदा सेयर कारोबार केहि समयको लागि बन्द हुन पुगेको नेप्सेले जनाएको छ।

साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा बुधबार प्रिओपनिङ कारोबार र ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेन। निर्माण कार्य चलिरहेको र काम गर्ने क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टम डाउन हुन गई कारोबार हुन नसकेको नेप्सेले जनाए पनि ब्याकअप सिस्टम समेत नहुनुले नेप्सेको लापरबाहीलाई प्रष्ट पारेको छ।

एमसीसी आयोजना तोकिएकै समयमा पूरा हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाली आयोजना समयमै सम्पन्न हुने बताएका छन्।

बिहीबार अमेरिकाको वासिङ्टन डिसीमा मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसँगको भेटमा मन्त्री साउदले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।भेटमा एमसीसीका आयोजना समयमै कार्यान्वयन गर्ने विषयमा एमसीसीका पदाधिकारीहरूसँग छलफल भएको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले जनाएको छ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, एमसीसीका युरोप एसिया प्यासिफिक र ल्याटिन अमेरिकाका सह उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन र दूतावासका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल–भारत सीमा छुट्याउने साढे ८ हजार सीमा स्तम्भमध्ये २ हजार ७ सय १६ स्तम्भ गायब

काठमाडौँ — नापी विभागको अभिलेखअनुसार नेपाल–भारत सीमा छुट्याउने करिब साढे ८ हजार स्तम्भमध्ये २ हजार ७ सय १६ वटा गायब छन् । दुई देशबीच ठूला (जंगे) स्तम्भको संख्या ९ सय १६, मझौला २ हजार ४ सय ८१ र साना स्तम्भ ५ हजार १ सय ५६ छन् । भएका सिमा स्तम्भहरुमा पनि १ हजार ५ सय ५६ जीर्ण र २ हजार ८ सय ९१ स्तम्भ सामान्य मर्मत गरी दुरुस्त राख्न सकिने अवस्थामा रहेका छन् ।सीमा स्तम्भ दुरुस्त अवस्थामा नहुँदा,भारतीय पक्षबाट सीमा अतिक्रमणका घटना पटक पटक दोहोरिने गरेका छन् ।तराई क्षेत्रमा भारतीय पक्षबाट बनेका अनधिकृत भौतिक संरचनाका कारण निम्तिने बाढी, डुबान र कटानले पनि सीमा स्तम्भ बगाउने, गायब हुने र हराउने गरेका छन् ।

३ वर्षअघि समझदारी भए पनि कार्यविधि निर्माण र समन्वय अभावमा रोकिएको सिमा स्तम्भ निर्माणको काम, दुई देशबीच भएका समझदारीअनुसार सरकारले सशस्त्र प्रहरीलाई साधन स्रोत उपलब्ध गराउने र सोहि अनुरुप कार्यविधि तय गरिदिएसँगै नेपाल र भारतबीच जीर्ण सीमा स्तम्भ मर्मतको कार्य सशस्त्र प्रहरी बल (एपीएफ) ले अगाडी बढाउने भएको छ। त्यसमध्ये पनि नवलपरासी र दार्चुलाको सीमा विषय टुंगोमा पुग्न नसकेकोले त्यसबाहेकमा मात्रै स्तम्भ मर्मतको काम हुनेछ ।

सीमा अनुगमन, नियमन र व्यवस्थापनका लागि नेपाल र भारतका गृह, परराष्ट्र, नापी, स्थानीय प्रशासन तथा सीमा सुरक्षा गर्ने निकायका अधिकारी सम्मिलित संयुक्त संयन्त्र ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लूजी) क्रियाशील रहेको छ ।

त्यही संयन्त्रको बैठकले जोर स्तम्भ भारत र बिजोर स्तम्भ नेपालले मर्मतसम्भार र रंगरोगन गरी दुरुस्त अवस्थामा राख्ने निर्णय गरेको थियो । त्यसकै आधारमा बिजोर स्तम्भ मर्मतको काम नेपालले सशस्त्र प्रहरीमार्फत सुरु गरेको हो ।

सिंहदरबारभित्र र आसपासका क्षेत्रमा शनिबार चार घण्टा विधुत आपूर्ति बन्द हुने

काठमाडौं – सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विधुत आपूर्ति बन्द हुने नेपाल विधुत प्राध्करणले जनाएको छ।

प्राधिकरणले जारि गरेको सूचनामा ,स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विधुत आपूर्ति बन्द हुने उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ।

bidhut pradhikaran

संसद अधिवेशन अन्त्य : ६ महिनामा एउटा विधेयक पारित

काठमाडौँ — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन अन्त्य भएको छ ।

२०८० वैशाख २४ बाट सुरु भएको ६ महिने लामो लामो अधिवेशनमा प्रतिनिधिसभा ६१ दिन र राष्ट्रिय सभा ३९ दिनमात्रै चलेका थिए भने उक्त अवधिमा प्रतिनिधिसभाका ६५ बैठक र राष्ट्रिय सभाका ४८ बैठक बसे । उक्त अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको ६ वटा संयुक्त बैठक बसेका थिए । संसद्को चालु अधिवेशनबाट पारित भएका तीन विधेयकमा आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० रहेका छन् । यसका अलावा चौतर्फी दबाब र सरकारको चर्को आलोचना भएपछि, मिटरब्याजीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिनका लागि ल्याइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गर्नेबाहेक अन्य काम हुन सकेन ।

यो अधिवेशनमा पशुपतिनाथको जलहरी प्रकरण, प्रधानमन्त्री दाहालले प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति,सुन तस्करी प्रकरण,भुटानी शरणार्थी र ललिता निवासको जग्गा हिनामिना प्रकरण लगायतका घटनाहरुले पटक- पटक संसद अवरुद्द हुँदा संसद्को चालु अधिवेशनले विचाराधीन रहेका कुनै पनि विधेयकलाई प्रकृयागत रुपमा अगाडी बढाउन सकेन।

प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पारित भइआएका ७ विधेयकसमेत अल्झाएर राखेको छ । संसदमा विचाराधीन रहेका विधेयकहरुमा ,भन्सार विधेयक,बैंकिङ कसुर तथा सजाय विधेयक,औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक,
विधुत विधेयक,विद्यालय शिक्षा विधेयक,केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक,संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक,सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,विधायनसम्बन्धी विधेयक,विद्युतीय व्यापार विधेयक
नेपाल विश्वविद्यालय विधेयक,राष्ट्रिय मर्यादासम्बन्धी विधेयक (गैरसरकारी विधेयक)
खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,सुरक्षण मुद्रणसम्बन्धी विधेयक,सार्वजनिक सेवा प्रसारण विधेयक,अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,अनुगमन तथा मूल्यांकन विधेयक,अध्यागमन विधेयक,भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक रहेका छन्।

केन्द्रदेखि प्रदेशसम्मको गठबन्धन भत्काउने एमाले रणनीति

कोशीमा सत्तारूढ गठबन्धन विरुद्ध काँग्रेसका कोइराला पक्ष र एमालेको सहकार्यमा नयाँ सरकार गठन भएपछी प्रमुख विपक्षी दल एमालेले केन्द्र र अन्य प्रदेशमा पनि वर्तमान गठबन्धनको सरकार भत्काउने रणनीतिमा अघि बढेको देखिन्छ।

एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जना सांसदहरुको समर्थनमा कोइराला पक्षका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त भएपछी केन्द्रदेखि अन्य प्रदेशमा सत्ता–सहकार्यका विभिन्न विकल्पमा संवाद गर्ने एमालेले प्रस्ताव गरेको कोइराला पक्षका एक नेताले बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शेखर कोइरालाको रोहबरमा भएको सहमतिमा प्रदेशदेखि राष्ट्रिय सरकार निर्माणमा समेत मिलेर अघि बढ्ने प्रतिबद्धता जनाइएको सांसद सञ्जय गौतमले जानकारी दिएका छन् । कोशीमा संस्थापन पक्षले हाम्रो धारणा नबुझेको तर एमालेले आफुहरुलाई साथ दिएको कारण एमालेलाई धोका दिन नसक्ने समेत बताएका छन्।

यो सरकारले देशको बिकाश नहुने भन्दै एमालेलाई साथमा लिएर सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने पनि उनले बताएका छन्।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए सपथ: एमाले पनि सरकारमा सहभागी

विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरुको समर्थनमा कोशीको मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाले समर्थन जनाएका थिए।

मुख्यमन्त्रीको सपथ लिए लगत्तै आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन्, यधपी उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

केन्द्रीय गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको भएपनी कांग्रेसको संस्थापनइतर पक्षधर कार्कीले विद्रोह गरेर आफू पक्षकासहित एमालेका सांसदको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।

दशैँ अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ समय ११ देखि ३ बजेसम्म

काठमाडौँ — सर्वोच्च अदातलले दशैंको समयमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइको लागि प्रत्येक दिन बिहान ११ देखि ३ बज‍ेसम्मको समय तोकेको छ ।

दशैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने भएपनि अदालतले तोकिएको समय अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुने अदालतले जनाएको छ। सर्वोच्च अदातलले आइतबार एक सूचना प्रकाशित गर्दै बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची सार्वजनिक गरेको हो।

sarwochcha adalat

आर्थिक संकट तत्काल समाधान हुँदैन : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा प्रकाशरण महतले अर्थतन्त्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान हुन अझै केही समय लाग्ने बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मोरक्कोमा भएको संयुक्त वार्षिक बैठकमा सहभागी भई आइतबार स्वदेश फर्किएका महतले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको तर अर्थतन्त्रमा केही दीर्घकालीन समस्याहरू रहेकाले र सो समाधान हुन केही समय लाग्ने बताएका छन्।

अर्थमन्त्री महतले मोरक्कोको वार्षिक बैठकका क्रममा सहभागीहरुले सामूहिक र द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायसँग पनि सञ्जाल बनाउने अवसर पाएको बताएका छन् ।उनले आर्थिक सुशासन, पारदर्शिता र नेपाली परिवेश र परिवेशअनुसार सुधार गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए ।

१९ बुँदे सहमतिपछि स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता

काठमाडौं- आन्दोलनरत स्थानीय तहका कर्मचारीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । सरकार र संघीय निजामती सेवा ऐनको विरोध गर्दै आएका स्थानीय तहका कर्मचारीका प्रतिनिधि र सरकारबीच १९ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।

२० बुँदे मागसहित आन्दोलनमा उत्रिएका कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको हो।

सहमतिमा सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन बनाउनुपर्ने , प्रदेश र स्थानीय सेवामा कार्यरत कर्मचारीको सेवा र अवस्थाको न्यूनतम मापदण्ड समावेश गर्ने उल्लेख गरिएको छ ।

कर्मचारीको स्तरवृद्धि र बढुवा सम्बन्धमा प्रत्येक पाँच वर्षमा स्तरवृद्धि गर्ने र एउटै पदमा सेवा अवधि १२ वर्ष पुगेमा बढुवा गर्न पहल गर्ने पनि सम्झौतामा उल्लेख छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्था अनुसार समायोजन भएका कर्मचारीले संघीय निजामती सेवाको पदमा बढुवाको अवसर पाउने सम्झौताले सुनिश्चित गरेको छ । साथै, लोकसेवा आयोगको २०७६ सालको विज्ञापनको सिफारिसका आधारमा स्थानीय तहमा कार्यरत छैठौं श्रेणीका कर्मचारीले सबै प्रदेशमा कानून बमोजिम सातौं कक्षामा समान बढुवा पाउने सम्झौतामा उल्लेख छ । सम्झौताको अंशको रूपमा स्तर मिलान र समायोजनका लागि प्रयासहरू पनि प्रारम्भ गरिनेछ।

सरकारसंग भएको १९ बुँदे सहमतीको पूर्णपाठ :

वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढ्दै

काठमाडौँ – वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार अध्ययनको लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या दिनानुदिन बढ्दै गैरहेको देखिन्छ।

वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्क अनुसार विदेश अध्ययन गर्न जानको लागि ०७९/८० मा मात्र ७० देशका लागि विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएको देखिन्छ। जसमध्ये सबैभन्दा धेरै ३३ हजार नौ सय ९१ ले अस्ट्रेलिया, २१ हजार पाँच सय ७४ ले क्यानडा, १० हजार पाँच सय २७ ले बेलायत र तीन हजार नौ सय ७० विद्यार्थीले अमेरिका जान एनओसी लिएका छन् । यस आर्थिक वर्षमा मात्र एक लाख १० हजार दुई सय १७ विद्यार्थीले एनओसी लिएका छन्  भने, आर्थिक वर्ष ०८०/८१ को अढाई महिनामै २७ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढ्दै जाँदा ०७९/८० मा मात्रै एक खर्ब ४२ करोड रुपैयाँ बिदेसिएको राष्ट्र बैंकले जनाएको छ  । त्यसअघि ०७८/०७९ मा ६७ अर्ब ७० करोड रकम विदेश पढ्न जानेहरूबाट बाहिरिएको थियो  भने,चालू आर्थिक वर्षको साउनमा मात्रै १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।

यू-१९ एसीसी प्रिमियर कप अन्तर्गत इरान विरुद्ध नेपालको फराकिलो जित

काठमाडौं- यू-१९ एसीसी प्रिमियर कप अन्तर्गत इरानसँग भएको खेलमा नेपाल विजयी भएको छ।

यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा २७४ रनको फराकिलो जित निकाल्दै नेपालले इरानलाई पराजित गरेको हो। उक्त खेलमा नेपालले इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो ।

टस हारेर ब्याटिङ पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।

इजरायलबाट नेपाली नागरिकको उद्धार गरिँदै

युद्धग्रस्त क्षेत्र इजरायलबाट नेपालले आफ्ना नागरिक फिर्ता ल्याउने अभियान थालेको छ । नागरिक फिर्ता ल्याउने अभियान अन्तर्गत पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश ल्याइने बताइएको छ।

स्वदेश फर्किने चाहना राख्दै आफ्नो विवरण टिपाएका नेपाली नागरिकहरुमध्ये पहिलो चरणमा दुई सय ५४ विद्यार्थी नेपाल ल्याउन लागिएको हो । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति दुबईबाट इजरायलका लागि प्रस्थान गरेको छ । वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार हुन लागेको उक्त कार्यमा परराष्ट्रमन्त्री एनपी साउदसमेत सहभागी रहेका छन् ।नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९:१० बजे जहाज तेलअभिभ पुग्नेछ । त्यहाँबाट ११:१० बजे उडेर दुबई हुँदै साँझ ८:२० बजे काठमाडौंमा जहाज अवतरण गर्ने तालिका रहेको छ ।

बाँकी रहेका नेपाली नागरिकलाई भेन छिट्टै व्यापारिक उडानबाट सुरक्षित रूपमा स्वदेश फर्काउने तयारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । इजरायलबाट आफूखुसी स्वदेश फर्किन चाहनेका लागि पनि नेपाल सरकारले खर्च व्यहोर्ने मन्त्रिपरिषद् बैठकको निर्णय गरेको छ।

युद्धको चपेटामा ज्यान गुमाएका नेपाली नागरिकको शव भने तत्काल नल्याउने भएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव पनि छिट्टै ल्याउने सरकारले जनाएको छ।

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौँ — डेंगी संक्रमणको कारण उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

उपचारकालागि उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

यादवको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। स्वास्थ्य जाँचका क्रममा उनलाई निगरानीका लागि अस्पताल भर्ना गर्नुपरेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्।

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमा मोदी

दार्चुला — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । उनी हेलिकप्टरबाट बिहान करीब साढे ८ बजे भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ क्षेत्रमा उत्रिएका हुन् ।

मोदीले जोलिङ्काङमा पूजापाठ गर्ने र कैलाश पर्वतको दर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग छलफल गर्ने बुझिएको छ ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले अतिक्रमित सीमा क्षेत्रमा मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको बताएका छन् भने, मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ ।

मापदण्डविपरीत विशिष्ट व्यक्तिहरूलाई दिएको सुविधा फिर्ता गर्न निर्देशन

काठमाडौँ- विशिष्ट व्यक्तिहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिइएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बैठकले सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू र सुरक्षाकर्मी प्रयोग गरेको फिर्ता गर्न निर्देशन दिएको हो ।

समितिको सभापति रामहरि खतिवडाले नियमअनुसार भीभीआईपी र भीआईपीहरूलाई प्राप्त हुने सुविधाबाहेकका अन्यलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताएका छन्।

समितिले नेपाल सरकार तथा प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्नका लागि सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सेवाका कार्यालयहरू खोल्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

शिक्षा विधेयकविरुद्ध शिक्षकहरू आन्दोलनमा

काठमाडौँ- सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शनमा उत्रिएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु माइतिघरमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिने लगायत विषयप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर लगायतका नारा लेखिएका प्लेकार्ड सहित नाराबाजी गरिरहेका छन् ।

टीकापुर घटनाका सबै बन्दी रिहा

धनगढी- संविधान दिवसका दिन सरकारले टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दीलाई रिहा गरेको छ ।

टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी र श्रवण चौरी रिहा भएका छन्।

घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरीलाई भने यसअघि नै सरकारले आम माफी दिएको थियो। थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।

यद्यपी रेशमलाल चौधरीको रिहाइका बारेमा सर्वोच्च अदालतले सार्जजनिक गरेको पूर्ण पाठमा भने उनलाई छोडनु उचित नभएको ठहर गरिएको छ । रेशम चौधरीको रिहाइका विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दिँदै रेशमलाई पुनः पक्राउ गर्न माग गरेकी छिन् । सर्वोच्चमा परेको उक्त रिट उपर सुनवाइ अझै भएको छैन ।तस्बिर : शिवराज भट्ट

काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालन गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकामा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको को उद्घाटन गरेका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार द्रुत बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिनेछ भने द्रुत बस सञ्चालनका लागि ‘लेन मार्किङ’ लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ ।सो सडक खण्डमा बिहीबारदेखि दैनिक २५ वटा द्रुत बस सञ्चालन गरिनेछ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टप कायम गरिएको छ र यो बस अन्य सार्वजनिक सवारी रोकिने स्थानमा भने रोकिनेछैनन । द्रुत बस बस सेवा सञ्चालन भएपछि ढिलोमा पनि ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्न सकिने बताइएको छ।सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू बनाइएको छ र द्रुत बस स्टपहरूमा रातो रङले मार्किङ गरिएको छ।

द्रुत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिनेछैनन् । रातो बत्ती बलेका वेला पनि ट्राफिक प्रहरीले ती बसलाई रोक्नेछैनन् । त्यस्तै, ट्राफिक जाम भएका वेला एम्बुलेन्सजसरी दायाँ–बायाँ मोडेर पनि यो बस सञ्चालन गर्न सकिनेछ । यात्रुलाई छिटो गन्तव्यमा पुर्याउने यस बस सेवाको लक्ष्य भएकाले ट्राफिक प्रहरीले पनि अवरोध गर्नेछैनन् ।द्रुत बसको भाडा भने अन्य सार्वजनिक बससरह नै रहनेछ।

नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा बन्द हुने

धादिङ- पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि असोज २० गते सम्मको लागि रातिको समयमा बन्द हुने भएको छ ।

नौबिसे–मलेखु सडकखण्ड विस्तारको लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकले नौबिसे–मलेखु सडकखण्डको खयरघारी र पोखरे खोला अन्तर्गत सडक चौडा गर्न रातिको ११ बजेदेखि बिहान ३ बजेसम्म उक्त सडक खण्ड बन्द रहने जनाएको छ।

सोमबार बसेको सरोकारवालाको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सार्वजनिक र निजी सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार काठमाडौँबाट जाने सवारीसाधन थाक्रे गाउँपालिका १ एक्लेफांटमा रोकिनेछ भने मुग्लिनतर्फबाट आउने सवारीसाधन गजुरी गाउँपालिका ५ घाटबेसी पुलमा रोकिनेछ।

dhading road close

सिख नेता निज्जरको मृत्युको पछाडि भारत : जस्टिन ट्रुडो

सोमबार संसदमा बोल्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रख्यात सिख-क्यानाडाली अभियन्ता हरदीप सिंह निज्जरको मृत्युमा भारतीय सरकारी एजेन्टको हात रहेको स्पष्ट पारेका छन्।

सोमबार दिउँसो संसदमा बोल्दै, जस्टिन ट्रुडोले यस महिनाको सुरुमा नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा पनि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई व्यक्तिगत रूपमा सो घटनाको विषयलाई लिएर गहिरो चासो व्यक्त गरेको बताएका छन् ।

संसदलाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन् “क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य र उल्लङ्घन हो ” .यसैबीच, क्यानडाले निज्जरको हत्यालाई लिएर बढेको विवादमा एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

१८ जुनमा ब्रिटिस कोलम्बियाको गुरु नानक सिख मन्दिरको परिसरमा हरदीप सिंह निज्जरको हत्या भएको थियो ।उनलाई गुरुनानक सिख गुरुद्वाराको व्यस्त कार पार्कमा दुई मुखौटाधारी बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।

ब्रिटिश कोलम्बियाको पश्चिमी प्रान्तका प्रमुख सिख नेता ४५ वर्षीय निज्जरले सार्वजनिक रूपमा खालिस्तानको लागि अभियान चलाएका थिए । भारतको पञ्जाब क्षेत्रमा स्वतन्त्र सिख मातृभूमिको निर्माणका लागि उनको सक्रियताका कारण विगतमा पनि उनलाई धम्की आउने गरेको नका समर्थकहरुले बताएका छन् ।

भारतले उनलाई आतंकवादी पृथकतावादी समूहको नेतृत्व गर्ने आतंकवादीको रूपमा चित्रण गर्दै आइरहेको थियो।

देशभर विश्वकर्मा पूजा मनाइंदै

आज विश्वकर्मा पूजा । वैदिक सनातन हिन्दू धर्मावलम्विहरूआज भगवान विश्वकर्माको पूजा गरि मनाउँदछन् ।

भगवान विश्वकर्मालाई हस्तकला, शिल्पकार र प्रविधिको रचयिताको रुपमा पुज्ने गरिन्छ। देवताहरुको युगमा पनि विश्वकर्माले हजारौं प्रविधि र यान-यन्त्रहरुको सिर्जना गर्नुभएको भन्ने धार्मिक आस्था अनुसार नै आजको दिन नेपालीहरुले आफ्नो उधोग, कलकारखानामा रहेका मेसिनरी समान, यन्त्र,हतियार र आफ्ना यान्त्रिक सवारी साधनहरुको पूजा गर्ने गर्दछन।

भगवान विश्वकर्मालाई प्राचिन वास्तुविधाको(वास्तुशास्त्र) रचयिता पनि मानिन्छ। वास्तुशास्त्रलाई प्राचिन विज्ञानको रुपमा व्याख्या गर्ने गरिन्छ । दिशा,नक्षत्र र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तु विज्ञान वेदबाट प्राप्त भएको मानिन्छ। वास्तुशास्त्र अनुसार निर्माण गरिएको घरमा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहने विश्वाश गरिन्छ।

आजको दिन भगवान विश्वकर्माको मुर्ति थपना गरेर पूजा गरिन्छ भने भोलि सोहि मुर्तिलाई रितपूर्वक नजिकैको कुनै खोला या तलाउमा लगेर विसर्जन गरिन्छ।

शास्त्रहरुका अनुसार विश्वकर्मालाई सृष्टिकर्ता ब्रह्माका पुत्र मानिन्छ।

पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार किल्ला तोकेर सो स्थानहरुमा मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला कायम गर्दै सो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको बताएको छ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं, भदौ १ : नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । हेटौंडाको सन्चो अस्पतालका चिकित्सकमाथि भएको शारीरिक दुव्र्यवहारमा संलग्न दोषीलाई कानुनी कारबाही नभएको भन्दै संघले आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै आज देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा पूर्णरुपमा बन्द रहने जनाएको छ ।

सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भएको आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न संघले सरकारलाई ७२ घण्टाको अल्टिमेटम समेत दिएको छ ।

घटनामा संलग्न सबै दोषीलाई तत्काल छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश (पहिलो संशोधन) २०७९ बमोजिम फौजदारी अभियोग लगाउन र कानुनी कारबाही गर्नुपर्नेमा संघले माग गरेको छ।

हेटौँडा अस्पताल घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले घटनालाई दबाउन खोजेको आरोप लगाउंदै संघले घटनाको छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

पूर्व फ्रान्सेली उपनिवेशहरू द्वारा नयाँ सैन्य गठबन्धनको सुरुवात

पूर्व फ्रान्सेली उपनिवेश राज्यहरु माली,बुर्किनाफासो र नाइजरले नयाँ सैन्य गठबन्धनको सुरुवात गरेका छन्।

तीन अफ्रिकी राज्यहरूका सैन्य सरकारहरू, जसले हालैका वर्षहरूमा आफ्ना पश्चिमी-समर्थित नेताहरूलाई पदच्युत गरे, तिनीहरूको सार्वभौमसत्तामा कुनै बाह्य आक्रमण वा आन्तरिक खतराको अवस्थामा व्यक्तिगत वा सामूहिक रूपमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन्।

मालीका अन्तरिम राष्ट्रपति, असिमी गोइटाले बुर्किना फासो र नाइजरका नेताहरूसँग सामूहिक रक्षा र पारस्परिक सहायताको ढाँचा स्थापना गर्ने उद्देश्यका साथ ति अफ्रिकी राष्ट्रहरु र तिनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै पनि आक्रमणलाई अन्य अफ्रिकी राष्ट्रहरु विरुद्धको आक्रमण मानिने र संयुक्त रुपमा त्यसको कडा प्रतिकार गर्नेगरि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

मालीका रक्षामन्त्री अब्दुलाये डिओपले पनि यो नयाँ गठबन्धन तीन देशबीचको सैन्य र आर्थिक प्रयासको संयोजन हुने बताएका छन्।

अफ्रिकी आर्थिक समुदाय ईकोवासले नाइजरका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्स्थापित गर्न नाइजरमा सैन्य कारवाही गर्ने धम्की दिएपछि माली र बुर्किना फासोले यसअघि पनि नाइजरमा हुने कुनै पनि आक्रमण उनीहरूको विरुद्ध “युद्धको घोषणा” हुनेछ भनेर चेतावनी समेत दिएको थियो।

क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा

काठमाडौं -नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन आगामी असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुनेछ । अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ भने, अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।

केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ ।क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र वर्तमान कोषाध्यक्ष रोशनकुमार सिंहले प्रतिस्पर्धा गर्ने चर्चा रहेको छ।

काठमाडौं र ललितपुरका केही स्थानमा ३ दिन विधुत अवरुद्ध हुने

काठमाडौं र ललितपुरका केही स्थानमा शुक्रबारदेखि लगातार तीन दिन विधुत सेवा अवरुद्ध हुने नेपाल विधुत प्राधिकरणले जनाएको छ।

टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेकोले टेकु सबस्टेसन तीन दिन सट डाउन गर्न लागेको प्राधिकरणले जनाएको छ। ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म ‘सटडाउन’ गरिनेछ भने, ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिनेछ।

प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ रोड मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ के.भी.पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू थापाथली, सुन्धारा र के २० बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विधुत कटौती हुन सक्नेछ।

त्यस्तै ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विधुत कटौती हुन सक्नेछ।

एसियाडमा सहभागी टोलीलाई प्रधानमन्त्रीको बिदाइ

काठमाडौँ- यही असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली खेलाडी टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको भन्दै यसअघि घोषणा गरिएको खेलाडीको पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भएपनि घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन्। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको पनि उपस्थिति रहेको थियो।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा १ सय २७ महिला र १ सय २६ पुरुष खेलाडी सहभागी छन्।

प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ अधिवेशनमा भाग लिन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्क जाँदैछन्।

प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा सहभागी हुने र अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

जाइका नेपालका प्रमुख सवार गाडीमा आक्रमण

नेपालस्थित जापानी दूतावासले बुधबार जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबोलाई ढुङ्गाले हानेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

दूतावासले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अकिमित्सु ओकुबो घाइते भएको र उनको गाडीमा प्रदर्शनकारीहरूको समूहले ढुंगा प्रहार गर्दा क्षति पुगेको जनाएको छ। गत साता नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनाको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीहरुको समूहले गरेको प्रदर्शनको क्रममा उक्त घटना भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको पुष्टि गर्दै त्रिचन्द्र क्याम्पसको परिसरभित्रबाट ढुंगा प्रहार भएको थाहा हुन आएको र घटनाको अनुसन्धान हुने बताएको छ।

दूतावासले जारि गरेको विज्ञप्तिमा , “शान्तिपूर्ण प्रदर्शनमा संलग्न हुन पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो, लोकतन्त्रको मौलिक सिद्धान्त हो। तर, त्यस्ता प्रदर्शनहरू हिंसात्मक बन्दै गएमा त्यो फौजदारी अपराधबाहेक अरू केही नहुने बताएको छ।

दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई सतर्क रहन र यस्ता घटनाबाट बच्न सचेत गराउंदै, नेपाल विदेशीका लागि शान्त र आकर्षक गन्तव्य बन्ने आशा पनि व्यक्त गरेको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- हेटौँडा उपमहानगरपालिका– १ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त ज्ञापनपत्र बुझ्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ।

उक्त घटनाको विषयलाई लिएर, संघले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्नेजस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

डेंगु संक्रमण भएपछि थप उपचारका लागि सन्चो अस्पतालबाट चिकित्सकहरूले बिरामीलाई चितवन ‘रिफर’ गरेको र उपचारका क्रममा बिरामीको निधन भएपछि हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण भएको थियो।

चिकित्सक कुटपिट घटनामा संलग्नभएको आरोपमा प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ।

इन्फ्लुएन्जाका बिरामीको संख्या बढ्दै

काठमाडौँ- मौसम परिवर्तनको समयमा देखिने मौसमी रुघाखोकी ‘फ्लु’ इन्फ्लुएन्जाका बिरामीको संख्या पछिल्लो एक साता यता तिब्र रुपमा बढ्दै गएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक रुघाखोकी लागेर उपचार गराउन आउने बिरामीको संख्या बढ्दै गएको र परीक्षण गरेकामध्ये ७ प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार देशभरबाट संकलन भएका १४० वटा नमुना परीक्षण गर्दा ३५ जनामा इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको छ ।

इन्फ्लुएन्जा लागेका मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिने र मौसम परिवर्तनको यो समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुने हुँदा सतर्क रहनुपर्ने चिकित्सकहरु बताउँछन्।

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।

श्रद्धाञ्जली अर्पणका लागि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थीव शरीर श्रद्धाञ्जली पछि बालुवाटारस्थित निजी निवासमा राखिएको छ ।

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न बिहीबार ३ बजेलाई अर्काे बैठक तोकिएको छ  भने यसअघि मन्त्रिपरिषद बैठकले हृदयघातबाट स्वर्गीय भएका नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

रुसी रास्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ-उनबिच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई रुसको अमुर क्षेत्रको भोस्टोचनी कस्मोड्रोममा स्वागत गरेका छन् । क्रेमलिनले साझा गरेको भिडियोमा दुई नेताहरूले बुधबार एक अर्कालाई अभिवादन गर्दा हात मिलाउँदै गरेको देखाइएको छ।

भ्लादिभोस्तोकमा रहेको पूर्वी आर्थिक मञ्चको दुई दिने भ्रमणपछि पुटिन भोस्टोचनी पुगेका हुन् । उत्तर कोरियाली नेताले मंगलबार बिहान रुसी भूभागमा प्रवेश गरेपछि आफ्नो सशस्त्र रेलमा यात्रा अगाडी बढाएका थिए ।

यो वर्ष उत्तर कोरियाको ७५ औं स्थापना दिवस र कोरियाली युद्ध युद्धविरामको ७० वर्ष, साथै रुससँग कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको उल्लेख गर्दै, पुटिनले किम जोङ्ग उनलाई भेट्न पाउँदा धेरै खुसी भएको बताएका छन्।किमले पनि पुटिनलाई निमन्त्रणा र आफ्नो स्वागतको लागि धन्यवाद दिएका छन्।

रुसी-उत्तर कोरिया शिखर सम्मेलनको एजेन्डामा टिप्पणी गर्दै, क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले आगामी वार्ताहरू धेरै “संवेदनशील मुद्दाहरू” र साथै द्विपक्षीय आर्थिक र सांस्कृतिक सहयोग र क्षेत्रको समग्र स्थितिमा केन्द्रित हुने बताएका छन् ।

रुस युक्रेन युद्द र कोरियाली प्रायद्वीपमा बढेको तनावको बीचमा किमको रुस भ्रमणलाई पश्चिमाहरुले निकै चासो दिएका छन्।

सुन तस्करी प्रकरणमा ५० जना प्रतिवादी :३०२ किलो सुन तस्करी गरेको निष्कर्ष

काठमाडौँ- सीआईबीले सुन तस्करीबारे अनुसन्धान गरेको प्रतिवेदन आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउँदैछ ।सुन तस्करी अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनु अघि आयोजित पत्रकार सम्मेलनमा सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको र ब्रेक शुमा लुकाएर ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।ब्रेक शुको तौल यकिन गरेर ३०२.६२ किलो थप सुन तस्करी गरि ल्याएको सीआईबीको निष्कर्ष रहेको छ।

सुन प्रकरणका ५० जना प्रतिवादीमध्ये हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्। सुन प्रकरणमा सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरी अनुसन्धानको प्रतिवेदन तयार गरेको छ।

सीआईबीले आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गतलगायत कसुरमा मुद्दा चलाउन राय दिएको छ।यसअघि ब्रेक शुसहितको एक सय ५५ किलो भनिएको सुन गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेको थियो।

शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

काठमाडौँ — संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। विधेयकमा विद्यालय तह स्थापना, सञ्चालन र तह थपको अनुमति दिने अधिकार स्थानीय तहलाई दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईद्वारा दर्ता गरिएको विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ र उक्त विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार गरीएको भएपनि निजी स्कुल संचालकहरुको विरोधपछि सरकारले दबाबमा आएर निजी विद्यालय गुठीमा जानुपर्ने प्रावधान पुन: संशोधन गरी ऐच्छिक बनाएर विधेयक दर्ता गरेको छ।
दर्ता गरिएको विधेयकमा हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकले आन्तरिक परीक्षा दिन पाउने र फेल भए सरकारले निश्चित रकम दिएर बिदाइ गर्ने विषयलाई पनि समेटेको छ । विधेयकले शिक्षकमा विशिष्ट श्रेणी राख्ने प्रस्ताव समेत गरिएको छ ।

यसअघि जनप्रतिनिधिको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट गर्ने प्रक्रियालाई हटाएर अभिभावकहरुबाट मात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट गर्न पाउने प्रावधान राखिएका छ।

संसदमा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयक:

वीरगन्जको बाल सुधार गृहमा झडप हुँदा ११ जना बालक र ३ प्रहरी घाइते

पर्सा- वीरगन्जको बाल सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक र तीन जना प्रहरी घाइते भएका छन्।

भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातभर तनावग्रस्त बनेको थियो। बालकहरुको झडपका क्रममा भक्तपुरबाट ल्याइएका मध्ये १० र वीर्तास्थित बाल सुधार गृहका १ जना गरी ११ जना बालक घाइते भएका छन् भने उनीहरुले प्रहार गरेको ढुंगा लागेर तिन जना प्रहरी समेत घाइते भएका छन्।

घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले वीर्तास्थित सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि झडप सुरु भएको बताइएको छ । झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको र केही राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ।

सुधार गृहमा प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको , शौचालय पनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप समेत लगाएका छन्।वीर्तास्थित बाल सुधार गृहमा पहिलेदेखि नै १३१ जना बालक बस्दै आएका छन्।

गाडी सुविधा लिन ऐन नै संशोधन गर्ने तयारीमा प्रदेश सरकार

धनगढी – सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेश सरकारले गाडी सुविधा लिन प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन नै संशोधन गर्ने तयारी गरेको छ।

लेखा समितिले ऐन विपरीत सत्तारूढ दलका नेताहरूले प्रयोग गरिरहेका तीन वटा गाडी प्रदेशसभा सचिवालयलाई तीन दिन भित्र फिर्ता गर्न दिएको समयसीमा सकिनै लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले गाडी सुविधा लिनको लागि ऐन नै संसोधन गर्न गृहकार्य अगाडी बढाएको छ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ को दफा ६ उपदफा १ को व्यवस्थाअनुसार सत्ता पक्षका संसदीय दलका नेताहरुले गाडी, इन्धन र चालकको सुविधा लिएका छन् । तर सोही ऐनको अनुसूची १ मा उक्त व्यवस्था नहुँदा गैरकानुनी सुविधा लिएको ठहर गर्दै लेखा समितिले फिर्ता गर्न निर्देशन दिएको थियो ।

तर मुख्यमन्त्री कमलबहादुर शाहले गाडी सुविधा फिर्ता गर्न नपर्ने गरी ऐन संशोधनका लागि छलफल अघि बढाएका र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संशोधनको मस्यौदा गरेर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारि गरिरहेको बताइएको छ।

कानुन विपरित गाडी सुविधा लिनेहरुमा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी रहेका छन्।

सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गराउनु

काठमाडौँ — सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले, सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी सो सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गराउनुपर्ने सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको छ ।

कार्यदलले,संस्थाको स्थिर सम्पत्ति,सञ्चालकको सम्पत्ति र अन्यन्त्र भएका लगानी समेत बेचेर भएपनि बचतकर्ताहरुको रकम चैतभित्र फिर्ता गर्नुपर्ने सुझाव दिएको छ ।सहकारी क्षेत्रका सम्बद्ध निकाय तथा व्यक्तिसँगको छलफलपछि प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।

योजना आयोगको सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठीत कार्यदलले, सहकारी संस्थाहरूले प्रत्यक्ष रूपमा आफैंले लगानी गरेका कम्पनी, मार्ट, अपार्टमेन्टलाई एक वर्षभित्र तरल सम्पत्तिमा रूपान्तरण गरिसक्नुपर्ने सुझाव समेत दिएको छ ।

त्यसैगरी, समानान्तर संस्थाहरूबीच एकापसमा आर्थिक कारोबार, लेनदेन, बचत जम्मा, ऋण प्रवाहजस्ता कार्य भइरहेको भए आगामी एक वर्षभित्र राफसाफ गर्नुपर्ने र एकै व्यक्ति र परिवारभित्र कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा केन्द्रीकृत भएको भए ६ महिनाभित्र व्यवस्थापन गरिसक्न निर्देशन गरी सोको निगरानी गर्न सबै तहका नियमनकारी निकाय (संघ, प्रदेश र स्थानीय तह) लाई सुझाएको छ ।

सरकारी कार्यदलले सदस्यको बचत रकम अपचलन गरेको देखिएका सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापनमा आबद्ध जोसुकैको राहदानी रोक्का गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई सुझाव दिएको छ । यसका साथै एका घरपरिवार र नजिकका नातेदारसमेत सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापनभित्र स्वार्थ बाझिने गरी रहेको भए तीन महिनाभित्र पदबाट हट्नुपर्ने सुझाव दिएको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं – पुर्व सभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि मन्त्रिपरिषदको आकस्मिक बैठक आहवान गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको हो । बैठकले स्वर्गीय सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिनेबारे निर्णय गर्ने तयारी गरेको बताइएको छ ।

नेम्वाङको हृदयघातबाट आज बिहान निधन भएको थियो। उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । त्यहाँबाट उनको शवलाई श्रद्धाञ्जलिको लागि एमाले पार्टी कार्यालयमा लगिनेछ।

अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन-सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खसेको हो।

पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ। सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्।

पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। रासस

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।

आफ्नै निवासमा रहेका नेम्बाङलाई राती करिब १ बजे हृदयघात भएपछि परिवारका सदस्यहरुले उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएका थिए । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भैसकेको बताएका थिए।

उनको निधन भएको खबर पश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका थिए । अहिले अस्पताल परिसरमा नेताहरुको बाक्लो उपस्थिति रहेको छ।

नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ ।

नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

जेलेन्स्कीले भ्रष्टाचारलाई बढावा दिएको युक्रेनी जनताको आरोप

युक्रेनीहरूको ठूलो बहुमतले देशको सरकार र सेनामा व्यापक भ्रष्टाचारको लागि राष्ट्रपति भ्लादिमिर जेलेन्स्की दोषी रहेको बताएका छन्।

सोमबार जारी गरिएको सर्वेक्षणमा ७८% युक्रेनीहरूले जेलेन्स्कीलाई किभको भ्रष्टाचार समस्याका लागि प्रत्यक्ष रूपमा जिम्मेवार ठान्छन्। इल्को कुचेरिभ डेमोक्रेटिक इनिसिएटिभ्स च्यारिटेबल फाउन्डेसन र कीभ इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियोलोजीले जारि गरेको सर्वेक्षणको तथ्याङ्क अनुसार सो तथ्य सार्वजनिक गरिएको हो।

फेब्रुअरी २०२२ मा रूसको सैन्य आक्रमण सुरु हुनु अघि, युक्रेन लगातार विश्वको सबैभन्दा भ्रष्ट राष्ट्रहरू मध्येको स्थानमा थियो, तर यो स्वतन्त्रता र लोकतन्त्रको गढको रूपमा चिनिएको थियो किनभने अमेरिका र यसको नाटो सहयोगीहरूले कीभलाई ठूलो सहायताको लागि सार्वजनिक समर्थन जुटाएको थियो । यद्यपि, युक्रेनी भ्रष्टाचार चिन्ताको विषय बनेको छ र युरोपेली संघमा सामेल हुने देशको बोलीमा बाधा पुग्न सक्छ, एक पश्चिमी कूटनीतिज्ञले बताए।

युक्रेन एक “धेरै भ्रष्ट देश” हो, कूटनीतिज्ञले भने, “युक्रेनको सुरक्षा सेवालाई भ्रष्टाचारका मुद्दाहरू चलाउन प्रयोग गर्ने जेलेन्स्कीको योजनाले “गलत सन्देश पठाउन सक्छ।” सोमबार आकस्मिक भ्रमणको लागि किभमा अवतरण गरेपछि, जर्मन विदेश मन्त्री अन्नलेना बेरबकले कथित रूपमा युक्रेनले भ्रष्टाचार विरुद्ध लड्नका लागि आफ्नो प्रयासलाई तिब्र बनाउन आवश्यक रहेको बताइन्।

इन्टरनेशनल एसोसिएसन अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सले २०२१ मा प्राप्त गरेको कागजातले जेलेन्स्की र उनका व्यापार साझेदारहरूले मध्य लन्डनमा भव्य सम्पत्तिहरू खरिद गर्न विभिन्न अफसोर कम्पनीहरू स्थापना गरेको देखाएको छ। पूर्व युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोका समर्थकहरूले जेलेन्स्की र उनका सहयोगीहरूले कर छली गर्न आफ्नो अफसोर खाताहरू प्रयोग गरेको आरोप लगाएका छन् ।

आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची

काठमाडौँ- झण्डै एक महिना अघिदेखि नियमित रुपमा सुचारु हुन नसकी अवरुद्ध बनेको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित अवरुद्ध गर्दै आएको संसद बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी बन्द हुँदै आएको छ। संसदको नियमित तालीका बमोजिम आज दिउँसो १ बजे पुन:संसद बैठक आहवान गरिएको छ। प्रधानमन्त्री दाहालले आजबाट नियमित रुपमा संसद सुचारु हुने बताएका छन्। यधपी, आज पनि संसद सुचारु गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भूमिका प्रमुख रहने देखिन्छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद अवरुद्ध गर्दै आएको एमालेले सदनमा आफुलाई कुन रुपमा प्रस्तुतु गर्छ भन्ने कुराले आजको संसद बैठकको नियमिततालाई निर्धारण गर्दछ। आजको बैठकका लागि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेसहित विभिन्न ८ वटा सम्भावित कार्यसूची तयार गरिएको छ।

karyasuchi

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकको अनुसन्धान गर्ने क्रममा उनिहरुसंग नेपाली नागरिकता भएको फेला परेको छ।चिनियाँ पासपोर्ट बोकेका चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको देखिएको छ।

६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ७ जना चिनियाँ, भारतीय र नेपाली गरी २३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।अनुसन्धानको क्रममा पक्राउ परेका केही चिनियाँ नागरिकसँग नेपाली नागरिकतासँगै केही नेपाली सरकारी कागजात पनि फेला परेको छ र उनीहरुले लिएको नेपाली नागरिकता काभ्रे जिल्लाबाट जारी भएको पाइएको छ।

यता, काभ्रे जिल्ला प्रशासनले भने विगतमा राजनीतिक संरक्षणमा झुटा विवरण पेस गरी नागरिकता लिएको हुनसक्ने आशंका व्यक्त गर्दै श्रावण महिनामा मात्रै झुटा विवरण पेस गरी नागरिकता बनाएका १६ जनाको नागरिकता रद्द गर्नका लागि प्रहरी कार्यालयमा निवेदन दिएको र शंकास्पद विवरण भएका नागरिकता फेला पर्न थालेपछि नयाँ नागरिकता र प्रतिलिपिमा कडाइ गरेको जनाएको छ।

काभ्रेका प्रजिअ पुण्यविक्रम पौडेलका अनुसार यही साउन महिनामा मात्रै झुटा विवरण पेस गरी नागरिकता बनाएका १६ जनाको नागरिकता रद्द गर्नका लागि प्रहरी कार्यालयमा निवेदन पठाइएको छ। पौडेल भन्छन्, ‘एकपछि अर्काे शंकास्पद विवरण भएका नागरिकता फेला पर्न थालेपछि नयाँ र प्रतिलिपिमा कडाइ गरेका छौं’। ’

पक्राउ परेका चिनियाँ नागरिक निमा भनिने दावा छिरिङले २०७४ पुस २० गते नमोबुद्ध ११ को स्थायी ठेगाना राखेर नेपाली नागरिकता लिएको देखिएको छ। उनीसँगै सोही ठेगाना र बुवाआमाको नाम पनि उस्तै राखेर अर्का चिनियाँ नागरिकले पासाङ लामाको नाममा नागरिकता लिएको देखिन्छ।

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सातजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले उनीहरुलाई पक्राउ गएिको सीआईबीले जनाएको छ।

पक्राउ परेका सातजनालाई सीआईबीले शुक्रबार राति सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौँका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन्।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शैक्षिक योग्यतामा अंक वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाहरुलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको हो।

पक्राउ परेका सातैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए। रासस

डेंगीबाट १० जनाको मृत्यु: संक्रमितको संख्या १४ हजार माथी

काठमाडौँ- देशभर डेंगी संक्रमितको संख्या बढ्दै गएको बेला डेंगी लागेर मृत्यु हुनेको संख्या भने १० पुगेको छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार मुगु र हुम्ला बाहेक डेंगीको प्रभाव ७५ जिल्लामा देखिएको छ भने संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ ।

डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ, जहाँ संक्रमितको संख्या ७ हजार ४९५ रहेको छ ।प्रादेशिक तथ्यांक अनुसार संक्रमितको संख्या सबैभन्दा धेरै कोशी प्रदेशमा, १० हजार ८१३रहेको छ भने वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना रहेका छन्।

प्रहरीको यातनाबाट संखुवासभा कारागारमा कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष

विराटनगर – संखुवासभा जिल्ला कारागार खाँदबारीमा यातना दिएर दुई कैदीको मृत्यु भएको अनुगमन तथा छानबिन टोलीले निष्कर्ष निकालेको छ।

संखुवासभा जिल्ला कारागारमा कैद जीवन भुक्तान गरिरहेका नुवाकोट ककनी गाउँपालिका– ७ का आकाश बलामी र संखुवासभा मादी नगरपालिका– ५ का विनोद तोलांगी दुवैको कारागार भित्रै मृत्यु भएपछी घटनाको अनुसन्धानको लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो  भने घटनामा प्रहरीनै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई पक्राउ समेत गरिएको थियो।पक्राउ पूर्जी जारी भएपछि निमित्त जेलर राजेन्द्र घिमिरे भने फरार रहेका छन् ।

स्थलगत अनुगमन तथा छानबिनका लागि पुगेका अधिकारकर्मीहरुले कैदीलाई कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै अस्पताल लगिएको निष्कर्ष निकालेको छ।

मृतकमाथि रड र लाठी प्रहार गरिएको शवमा देखिएको डाम र चोटले पुष्टि हुने अनुगमन टोलीले बताएको छ भने,सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको र आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।

राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको निष्कर्ष सहित, राज्यले राखेको अवस्थामा जसरी मारिए पनि त्यहाँ राज्यको कमजोरी हुने राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले बताएका छन्।

एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको बैठक बहिस्कार गरेको छ । समितिको सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको हो ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बैठक बहिष्कार गर्ने घोषणा गरेका थिए ।ज्येष्ठ सदस्यको आधारमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले अध्यक्षता गरिरहेको समितिको सभापति चयन नभएसम्म बैठकमा नआउने एमालेले यसअघि नै जानकारी गराएको थियो ।

एमाले नेता गोकुल बाँस्कोटाले, सत्तारूढ गठबन्धनभित्र संसदीय समिति सभापतिको भागबन्डा नमिलेकाले सभापति चयनमा समस्या भएको र गठबन्धन सरकारले संसदीय समितिहरूलाई पंगु बनाएको बताएका छन्।

संसदीय समिति गठन भए पनि सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिलेको कारण सभापती चयन भने हुन सकेको छैन। समितिको बैठक सुरु हुनका लागि पनि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ र एमालेको उपस्थिति बिना समिति बैठक बस्ने सम्भावना न्यून छ ।

रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर

चौधरीलाई माफी दिने निर्णयमा सर्वोच्चको प्रश्न

काठमाडौं – सर्वोच्च अदालतले टीकापुर घटना नागरिक उन्मुक्ति पार्टीका पूर्वसांसद रेशम चौधरीको नेतृत्वमै भएको ठहर गर्दै उनको जन्मकैद फैसलालाई राष्ट्रपतिले मिनाहा दिनु कानुन र न्यायको सिद्धान्त विपरीत भएको औंल्याउँदै सरकारको नियतमाथी गम्भीर प्रश्न उठाएको छ ।

सर्वोच्चको फैसलाको पूर्णपाठमा,फौजदारी कानुनको उल्लंघनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा फौजदारी कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरी मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाएका मुद्दाहरूलाई राजनीतिक सौदाबाजीको रणनीतिअन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य–मान्यता र कानुनी व्यवस्थासमेतको उल्लंघन र उपहास हुने गरी माफी–मिनाहा दिनेसमेतका कार्य गर्नु मुलुकको संविधान, कानुन र न्यायका मान्य सिद्धान्तसमेतको हाकाहाकी विपरीत हुने उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले , ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आएको व्याख्या गरेको छ।

नेपालको संविधानको धारा २७६ मा माफी मिनाहाको व्यवस्था अन्तर्गत , ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भनि व्याख्या गरिएको भएपनि क्रुरतापूर्वक र अमानविय रुपमा ज्यान मारेको घटनामा माफीमिनाहाको परिकल्पना कानूनमा नरहेको र फैसलाको पूर्णपाठ नआउदै सरकारले माफीमिनाहा गरेकोले रेशम चौधरीमाथिको माफीमिनाहा बदर हुने अवस्था आउनसक्ने कानुनवीदहरुले बताएका छन्।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

काठमाडौँ- नाबालिकलाई बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा लामिछानेको मुद्दाको पेशी तोकिएको छ। विश्वकप छनोटका लागि जिम्बाबे गएपछि पछिल्लो पटक उनको मुद्दामा सुनुवाइ हुन सकेको थिएन।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। तर बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाएको भन्दै लामिछाने सर्वोच्च अदालत पुगेका थिए र सर्वोच्चले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो।

बयानका क्रममा सन्दीपले अदालतमा पेश गरेको कागजात शंकास्पद

यता, जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा सन्दीपले अदालतमा पेश गरेको पीडित किशोरीको जन्मदर्ता रहेको वडाको अभिलेख, बसाइसराइ कागजात, कक्षा ८ को भर्ना किताब र अस्पतालको दर्ता किताबको फोटोकपी शंकास्पद देखिएको छ। सन्दीपले किशोरीको उमेर १८ वर्ष पुगिसकेको दाबी गर्दै अदालतमा पेश गरेको जन्म सम्बन्धी कागजात अदालतको दर्ता पुस्तकसंग मेल नखाएको अदालत स्रोतले बताएको छ। दर्ता किताबको विवरण भिडाउदा पीडितको आमाको नाम मात्र मिलेको तर थर लगायत अन्य कुनै पनि विवरण मेल नखाएको बताइएको छ।

तस्करबाट बरामद १ क्विन्टल सुन ६१ केजीमा कसरी झर्‍यो ?

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले तस्करबाट बरामद भएको १ क्विन्टल सुन ६१ केजीमा कसरी झर्‍यो भनेर प्रश्न गर्दै, सुन गायब पार्न खोजेको आशंका व्यक्त गरेका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान’ विषयक भेलालाई सम्बोधन गर्दै, सरकारले छानबिन आयोग नबनाउँदा एक सय केजी सुन ६१ केजीमा झरेको र सोहि मक्सदका साथ सरकारले उच्चस्तरीय छानबिन आयोग गठन नगरेको उनले बताएका छन्।

‘प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म सुन कति केजीमा झर्ने हो ?,’ ओलीले भने ।

अध्यक्ष ओलीले अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गर्दै सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्ने कुराको खोजी गर्नुपर्ने पनि बताएका छन् । सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन आयोग गठन नगरेकै कारण एमालेले संघीय संसदको दुवै सदन अवरोध गर्दै आएको छ।

ललिता निवास प्रकरणका २ आरोपी रिहा

काठमाडौँ-ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका दुई जना आरोपी रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशले मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई रिहा गरिएको हो।

उमेर र स्वास्थ्यको कारण देखाएर जिल्ला अदालत काठमाडौंले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो। सीआईबीको हिरासतमा रहेका अन्य आरोपिलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं – धनुषाकी आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित करिब दुई महिनादेखि माइतीघरमा अनशनमा बसेका साहका आफन्तहरुको माग सम्बोधन गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै उनीहरुको माग सम्बोधन गरेर अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।

आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको र माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे पनि आयोगले जनाएको छ।

सुन तस्करीमा संलग्न भएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

काठमाडौँ -सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चिनियाँ नागरिकहरु ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा रहेको बताइएको छ ।पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप समेत गरिएको छ ।

श्रावण २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेक सूमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सुधार गर्न कार्यदल बनाइने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन सुधार र सुरक्षा अवस्थाबारे अध्ययन गर्न सरकारले कार्यदल बनाउने भएको छ ।

विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कार्यदल बनाउने जानकारी दिएका हुन् । सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने पनि उनले बताएका छन्।

विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइने र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्ने उनले बताएका छन्।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको भन्दै नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बैठकमा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो।

रूस र बेलारुस भविष्यमा नेटोसँग प्रत्यक्ष द्वन्द्वमा जान सक्ने

रूस र बेलारुस भविष्यमा नेटोसँग प्रत्यक्ष द्वन्द्वमा जान सक्ने बेलारूसी रक्षा मन्त्री भिक्टर ख्रेनिनले बताएका छन्।

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा उनले,युक्रेनको द्वन्द्व पश्चिम र पूर्व बीचको विश्वव्यापी टकरावमा परिणत भएको चेतावनी दिंदै भविष्यमा नेतोसंग प्रत्यक्ष युद्दमा जान सक्ने सम्भावना बढ्दै गएको बताएका छन्

मस्कोले बेलारुसमा तैनाथ गरेको हतियारलाई लिएर प्रश्न र शंकाहरु उत्पन्न भैरहेको बेला,अमेरिकाले युरोपबाट आफ्नै आणविक क्षेप्यास्त्रहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारहरू हटाएमा मात्र रुसले बेलारुसमा तैनाथ आफ्नो हतियार हटाउने जनाएको छ।

यता,युक्रेनका पश्चिमी समर्थकहरूले भने युक्रेनको द्वन्द्वमा प्रत्यक्ष रूपमा सहभागी नभएको दाबी गरेका छन्, यधपी, युरोप र अमेरिकाले उपलब्ध गराएका लडाकु विमानहरू र लामो दुरीका क्षेप्यास्त्रहरूले नै युक्रेनलाई रूससँगको प्रत्यक्ष झडपलाई उक्साउन मदत गर्दै आएको छ । मस्कोको बारम्बार चेतावनीलाई बेवास्ता गर्दै युक्रेनलाई उपलब्ध गराएको हतियार प्याकेजले अमेरिका र नाटोलाई द्वन्द्वमा सक्रिय सहभागिताको नजिक ल्याएको मस्कोले बताएको छ ।

रुस र युक्रेनको लडाई युक्रेनको भूभागमा पश्चिम र पूर्वबीचको विश्वव्यापी टकरावमा परिणत भएको र युक्रेन प्रोक्सी युद्धले वास्तवमा सिङ्गो ग्रहलाई नै तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको ख्रेनिनले बताएका छन्।

संसदको गतिरोध अन्त्य गर्न गठबन्धनका शिर्ष नेता छलफलमा

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शिर्ष नेताबीच भएको छलफलले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग संवाद गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको सहभागीता रहेको थियो।

सुन तस्करी प्रकरणमा सरकारले तस्करहरुको संरक्षण गरेको र अपराधीलाई उन्मुक्ति दिन अनुसन्धानको लागि उच्चस्तरिय छानबिन समिति बनाउन नखोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको अवरोधको कारण संघीय संसदको दुवै सदनको बैठक स्थगित गरिको छ।

चिनियाँ सैनिक टोली काठमाडौंमा

काठमाडौँ- चिनियाँ उच्च सैनिक टोली काठमाडौं आइपुगेको छ।

एयर चाइनाको ४३७ उडान नम्बरको विमानमा चिनियाँ जनमुक्ति सेनाका तिब्बत मिलिट्री कमान्डर मेजर जनरल युइ एन दे नेतृत्वको टोली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

उक्त टोलीलाई उपरथी सागरबहादुर थापा र सहायक रथी सुनिल श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपाली सेनाका सूचना अधिकारी एवम् सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार औपचारिक भ्रमणमा आएको चिनियाँ सैनिक टोलीले प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्ने कार्यतालिका छ। भेटमा सीमा सुरक्षा, दुई देश बीचको सैन्य सम्बन्धलगायतका विषयमा छलफल हुनेछ। मेजर युको नेतृत्वमा आएको ८ सदस्यीय सैनिक टोली भाद्र ३ गते स्वदेश फर्कनेछ ।

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते

काठमाडौँ- कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) असोज ६ र ७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारि गर्दै भदौ ३१ गतेसम्म पूरक परीक्षाका लागि आवेदन फाराम भरिसक्न विद्यार्थीलाई आग्रह गरेको छ।

बोर्डले जारी गरेको सूचनाअनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र जुनसुकै एउटा विषयको परीक्षा दिने सबै परीक्षार्थीले परीक्षा दिन पाउनेछन् भने, दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले बाँकी विषयको परीक्षा दिन पाउनेछन्।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रुपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ र सो अवधिभित्र रकम बुझाउन छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रुपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्नेछ।

बोर्डका अनुसार परीक्षा केन्द्र पछि तोकिनेछ भने परीक्षा तोकिएको मितिमा आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा रोकिने छैन।

पेट्रोल,डिजेल र मट्टीतेलमा मूल्यवृद्धि

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ ।

मूल्य समायोजन अनुसार नेपाल आयल निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएको हो ।अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

petrol price increased

फास्ट ट्र्याकको डीपीआर संशोधन

काठमाडौँ- मन्त्रिपरिषदको बैठकले काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले द्रुत मार्गको डीपीआर परिवर्तन भएसँगै करिब २ अर्ब लागत घट्ने र एकदेखि डेढ किलोमिटर लम्बाइ समेत कम हुने बताएको छ। यधपी, संशोधित डीपीआर अनुसार सुरुङको संख्या भने बढ्ने भएको छ ।

७२‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.५ किलोमिटर लम्बाई रहेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ६ वर्ष पूरा भैसक्दा समेत भौतिक प्रगति भने २५.५४ प्रतिशत मात्रै भएको छ ।

फास्ट ट्रयाक निर्माणको ६ वर्षमा ५२ अर्ब ८९ करोड रुपैयाँ खर्च भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ३ अर्ब ६७ करोड र सेनाले निर्माण जिम्मा लिएपछि ४९ अर्ब २२ करोड रुपैयाँ खर्च भएको हो ।

२०८१ मंसिरसम्म काम सक्ने भनिएपनि उक्त समयभित्र काम नसकिने देखिएपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर २०८३ चैतसम्म आयोजनाको म्याद थप गरिएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक:३ प्रतिशतले नतिजामा सुधार

काठमाडौँ -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षा अन्तर्गत नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् भने ४९.०९ प्रतिशत (१ लाख ८२ हजार) परीक्षार्थी भने ननग्रेडेड भएको बोर्डले जनाएको छ।

यधपी,बोर्डले प्रकाशित गरेको परीक्षाफल अनुसार गत वर्षको तुलनामा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।

गौर हत्याकाण्डमा छानबिन आवश्यक नरहेको सत्तारुढ दलको निष्कर्ष

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिको बेवास्ता

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले गौर हत्याकाण्डमा थप छानबिन आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको बैठकले गौर हत्याकाण्डमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरू सहिद घोषणा भइसकेकाले सो मुद्दामा थप केही बाँकी नरहेको निष्कर्ष निकालेको हो।

यता, केहि दिन अघिमात्र गौर हत्याकाण्डको विषयमा, ‘तत् समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने’ भनि गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएको थियो। तर सत्तारुढ दलको बैठकले सो घटनामा थप केहि आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबिच भएको सम्झौता पछि शसंकित बनेको जसपाले सो विषयमा अनुसन्धानको प्रक्रिया अगाडी बढेमा सरकार छाड्ने चेतावनी समेत देखिएको थियो। यिनै घटनाक्रमहरुकोबीच बालुवाटारमा बसेको सतारुढ दलको बैठकले घटनास्थलमा नै नरहेका उपेन्द्र यादवलाई अनुसन्धानको दायरामा तानुको औचित्यन भएको बैठकले निर्णय गरेको छ।

आवासीय र व्यावसायिक जग्गाको मागदण्ड परिवर्तन हुँदै:वर्गीकरण नभएका जग्गाको पनि कित्ताकाट खुल्ने

काठमाडौँ- जग्गाको कित्ताकाट खुकुलो बनाउने गरी सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गरेको छ ।

कित्ताकाट खुकुलो बनाउन सहरी विकास मन्त्रालयको सुझाव सहित संशोधन प्रस्ताव गरेको र त्यसमा कानुन मन्त्रालयको पनि स्वीकृति लिइसकिएको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता प्रकाश जोशीले बताए ।

जमिनको खण्डीकरण रोक्ने र कृषियोग्य जमिन बचाउने उद्देश्यका साथ २०६९ सालमा ल्याइएको राष्ट्रिय भू-उपयोग नीति र संसदले २०७६ मा ल्याएको नयाँ भू-उपयोग ऐन तीन वर्षपछि २०७९ मा आएर भूउपयोग नियमावली बनेको थियो ।

नियमावली संशोधनमार्फत सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खोल्न तयारी गरेको छ । नयाँ संसोधन अनुसार कुनै जग्गा व्यावसायिक वर्गीकरणमा परेकेा छ भने पनि कित्ताकाटको लागि समस्या नहुने र अंशबण्डा गर्दा न्यूनतम् यति जग्गा हुनै पर्छ भन्ने पनि समस्या नहुने भएको छ।

वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषिको लागि एउटा, आवास र व्यावसायिकमा अर्को मापदण्डको व्यवस्था हुनेछ । व्यावसायिक र आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरुको मागदण्ड पनि कायम गर्नेगरी नियमावली संशोधनको तयारी भएको छ ।

यसअघि,भू-उपयोग नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेको अन्य क्षेत्र भनेर वर्गीकरण गर्न सक्ने व्यवस्था रहेको थियो भने,सोही नियमावलीमा सरकारले कृषि र गैरकृषि जमिन नछुट्याई निश्चित वर्गीकरण नभएका जग्गाको कित्ताकाट नहुने व्यवस्था गरेको थियो ।

स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दासम्म कित्ताकाट नहुने र वर्गीकरण गरेको जग्गामा पनि नियमावलीको मापदण्ड पालना गर्नुपर्ने भएपछि जग्गामा लगानी गरेको व्यवसायीको लगानी फसेको थियो भने सर्वसाधारणलाई पनि जग्गा किनबेचमा समस्या रहँदै आएको थियो ।

हाल आएर संशोधित नियमावली कार्यान्वयन गर्ने क्रममा भएको अस्पष्टताको कारण कार्यान्वयनको पाटोमा असहजता देखिएपछि मन्त्रिपरिषद कार्यालयले पुनः नियमावली संशोधन पेश गर्न निर्देशन दिएको थियो।

ललिता निवास जग्गा प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँगको बयान लिइएको छ।

पौडेल पदमा रहँदा ललिता निवास जग्गासँग सम्बन्धित निर्णयहरू भएको भन्दै सिआईबीले बयान लिएको हो।

प्रहरी स्रोतका अनुसार आइतबार पौडेल बयान दिनका लागि सीआईबीको कार्यालय महाराजगन्ज पुगेका र दिनभरी सोधपुछ गरेपछि बेलुका फर्किएका हुन्।

पूर्व राजदूतसमेत रहेका पौडेल २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्यसचिव रहेका थिए।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनाउने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

गठबन्धनको बैठकले, नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु मात्र रहेको निष्कर्ष निकालेको, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन् ।

बैठकले, सिआईबीले छानविन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानविन समिति बनाउनु भनेको अहिलेको छानविनलाई समेत प्रभावित पार्नु हो भन्ने राय सहितको निष्कर्ष दिएको छ ।९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको विषय भने छानविनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी दिएका छन् ।

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन समितिको विषयमा काँग्रेसभित्रै दुई धार

काठमाडौँ- तीन दिनसम्म चलेको सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको विषयलाई लिएर काँग्रेसभित्रै दुई धार देखिएको छ।

बैठकले सुन तस्करी गम्भीर चिन्ताको विषय भएको बताएको छ, तर उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको विषयलाई लिएर संसदनै अवरूद्ध बनेको अवस्थामा पनि ,छानबिन समिति गठन गर्ने विषयमा भने काँग्रेस संसदीय दलको बैठकले कुनै चासो देखाएन।

बैठकमा नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, प्रदीप पौडेल लगायतले उच्चस्तरीय छानबिन समितिको माग गरेपनि बैठकले ति केन्द्रिय सदस्यहरुको मागलाई वेवास्ता गरेको छ । बैठकमा नेता कोइरालाले नेपाललाई तस्करको अखडा बन्नबाट जोगाउन उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने धारणा राखेका थिए भने, नेता अर्जुननरसिंह केसीले, सीआईबीको कार्यमा असर नपर्ने गरि पूर्व प्रधानन्यायाधीश वा बहालवाला न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउन सकिने राय दिएका थिए।

त्यसैगरी, प्रदीप पौडेलले विगतका सबै भ्रष्टचारका मुद्धाको छानबिन गर्न सकिने गरी उच्चस्तरीय समितिको गठन गर्नुपर्ने र उच्चस्तरीय छानबिन समिति बन्न सक्दैन भने कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।पार्टीको प्रमुख सचेतक रमेश लेखकले पनि राज्य व्यवस्था समितिबाट सुन प्रकरणको छानबिन गर्न सकिने विकल्प अघि सारेका थिए भने, सांसदद्वय दिलेन्द्र प्रसाद बडु र श्याम घिमिरे लगायतले संसदीय समिति मार्फत यस प्रकरणको छानबिन गर्नुपर्ने राय दिएका थिए।
यधपी, महामन्त्री विश्वप्रकाश शर्माले भएन राज्यका अंगले गरेका अनुसन्धानलाई प्रभावित पार्न नहुने र सरकारी संयन्त्रले गरेको अनुसन्धानलाई अविश्वास गर्न हुँदैन भन्ने तर्क राखेका थिए। अर्का महामन्त्री गगन थापाले पनि राज्यका निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिनुपर्ने मत राखेका थिए । सांसद सुनिल शर्माले भने छानविन समिति बनाउनुपर्ने र नैतिकताको आधारमा गृहमन्त्रि र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने आफ्नो अडान कायम रहेको बताएका छन्।

यसरी , संसदीय दलको बैठकमा आफ्नै सांसदहरुले छानबिन समिति बनाउनुपर्ने र बानाउन आवश्यक नभएको भनेर दुवैथरी धारणा र राय राख्दै गर्दा काँग्रेस सभापति देउवा आँफै भने छानबिन समितिको विपक्षमा देखिएका छन्। उनले, सुन तस्करी नियन्त्रणका लागि कर तिरेर जतिपनि सुन ल्याउन पाउनुपर्ने राय दिएका थिए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यो प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भन्दै उच्चस्तरीय समिति गठनको माग गरिरहेको छ ।

सर्वोच्चको आदेशले अत्तालिएको सत्ता गठबन्धनको बालुवाटारमा आकस्मिक बैठक

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न दिएको आदेश र गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले सरकारमा सामेल नेताहरुनै अनुसन्धानको दायरामा तानिने भएपछी सत्तारुढ दलहरुको आकस्मिक बैठक यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेश अनुसार पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपाल समेत अनुसन्धानको दाएरामा तानिने भएका छन् भने, गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमति अनुसार जसपा नेता उपेन्द्र यादव समेत अनुसन्धानको दायरामा तानिने भएका छन्।

यसअघि, यादवले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसंग गरिएको सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढाइए सरकारबाट समेत अलग हुनुपर्ने अवस्था आउन सक्ने बताएका थिए।

बालुवाटारमा जारी गठबन्धनको बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि राखिएको छ भने बैठकले संसदको अवरोध अन्त्य गर्ने विषयमा पनि छलफल गर्ने बताइएको छ।

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

छनौट गरिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

एसिया कपमा नेपाल सहित भारत र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने र तयारीका लागी स्थानीय पाकिस्तानी टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जानकारी दिएको छ।

एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन् । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ गते हुनेछ ।

अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

श्रावण २८,काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् ।

जनमत पार्टीपार्टीकी नेतृ अनिता देवीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री दिएर जनमत पार्टीलाई सरकारमा ल्याउनका लागि प्रचण्डले मोदीलाई फिर्ता बोलाएका हुन्।

सुन तस्करीमा मेरो संलग्नता प्रमाणित भए पदमा बस्दिन: अर्थमन्त्री

श्रावण २८,काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाणित गरे पदमा नबस्ने बताएका।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै ,अर्थमन्त्री डा. महतले सुनिल शर्मा प्रति लक्षित गर्दै, पार्टीकै सांसदले आफूमाथि आरोप लगाएको र संसद र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर बदनाम गर्न खोजेको बताएका छन्। यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने तर आफु एउटा संस्कारमा हुर्किएको कारण आफूले त्यसो नगरेको बताएका छन्।

डा. सुनिल शर्माले श्रावण १० गतेको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।डा. महतले सांसद सुनिल शर्मा पक्राउको विषयमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।

३ वर्षसम्म स्रोत जुटाउन नसक्ने जलविधुत आयोजनाको पीपीए खारेज गर्न सिफारिस

श्रावण २८,काठमाडौँ- पीपीए सम्पन्न भएको तीन वर्षसम्म वित्तीय व्यवस्थापन गर्न नसक्ने १०० मेगावाट भन्दा माथिका सबै जलविधुत आयोजनाको पीपीए खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ ।

जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठन गरेको समितिले १०० मेगावाट भन्दा कम क्षमताका सबै आयोजनाको हकमा भने २ वर्षसम्म वित्तीय व्यवस्थापन गर्न नसके पीपीए खारेज गर्न सिफारिस गरेको छ । पीपीए खारेजसँगै आयोजनाको लागि राखिएको बैंक जमानत समेत जफत गर्न,आयोजनाको सर्वेक्षण/उत्पादन अनुमति पत्र समेत खारेज गर्न सिफारिस गर्दै, नेपाल सरकार, नेपाल विधुत प्राधिकरणका सहायक कम्पनी र नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीद्वारा प्रवर्द्धित जलविधुत आयोजनाको पीपीएलाई प्राथमिकता दिन, विधुत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस गरेको हो ।

प्राधिकरणले अहिलेसम्म ७ हजार ७७५ मेगावाट विधुत आयोजनाका लागि खरिद बिक्री सम्झौता गरेको छ । जसमध्ये २ हजार २३ मेगावाट क्षमताका आयोजनाले व्यापारिक उत्पादन थालेका छन् । ३ हजार १०२ मेगावाट क्षमताका आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ भने २ हजार ६३२ मेगावाट क्षमताका आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छैन ।

सुन तस्करसँग महराको कनेक्सन:प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी प्रश्न

श्रावण २८,काठमाडौँ- माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको सुन तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत सत्ता र शक्तिको आडमा छानबिन नगरेको भन्दै एकातिर सरकारको चर्को आलोचना भैरहेको छ भने अर्कोतिर सरकारमा भएका शीर्ष नेता जोडिएको विषयमा अनुसन्धान र सोधपुछसम्म नहुनुले प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी नै प्रश्न उठेको छ ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको सीआईबीले प्रतिवेदन दिँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले अनुसन्धान अगाडी नबढाएको भनि सरकारको आलोचना भएको छ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टा, ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । सीआईबीले किटान गरेर,कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको र महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको भनी प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन अनुसार राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ भने, हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका र राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ ।त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई समेत टेलिफोन सम्पर्क गरेको देखिन्छ।

सीआईबीले दिएको प्रतिवेदन र सुन तस्करीमा संलग्नताको प्रमाण उपलब्ध गराउँदा समेत सरकारले निष्पक्ष रुपमा अनुसन्धान रा छानविन अगाडी बढाएको छैन। प्रहरीले कल डिटेल रेकर्डसहित अन्य आरोपितमाथि गत असार २७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले महराको बाबु छोरालाई सामान्य सोधपुछसमेत गरेका छैनन् । सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित गिरोहका सदस्यहरू दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगले, निर्मलकुमार विक, दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापाविरुद्ध मात्रै संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

यता,प्रधानमन्त्री तथा गृहमन्त्रीले भ्रष्टाचारका सबै फाइल खोतल्ने र दोषी देखिए कसैलाई पनि नछाड्ने भनेर सार्वजनिक रुपमा बोल्दै गर्दा सरकारमा संलग्न आफ्नै पार्टीका शिर्ष नेतालाई सुन तस्करी प्रकरणमा सामान्य सोधपुछ तथा अनुसन्धान प्रक्रिया समेत अगाडी नबढाउंदा सरकार,प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी नै प्रश्न उठेको छ ।

अविरल वर्षाको कारण हवाई उडान प्रभावित

श्रावण २८,काठमाडौँ- अविरल वर्षाका कारण देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु प्रभावित हुन पुगेको छ।

अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फुबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फुमै फर्किएका छन्। साथै अन्य अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको उनले जानकारी दिएका छन् ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ।बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीनवटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन्।

भाद्र १ देखि नियमित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं : बजारलाई थप व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिकालेआगामी भाद्र १ गतेदेखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले हाल अनुगमनका लागि सूचक तयार पार्ने, अनुगमनका लागि सूचना र विवरण संकलन गर्ने , कामको खाका तयार पार्नेजस्ता कामको तयारी गरिरहेको र भाद्र १ देखि नियमित अनुगमन गर्ने तयारीमा लागेको जनाएको छ ।हाल आकस्मिक रूपमा भैरहेको अनुगमनलाई थप व्यवस्थित र नियमित गर्न महानगरले तयारी गरिरहेको अनुगमन समितिको संयोजनसमेत रहेकी उपप्रमुख सुनिता डङ्गोलले बताउनुभएको छ।

हाल ‘अनुगमन कार्यविधि’ तर्जुमाका लागि कार्यदल गठन भइ कार्यप्रारम्भ भइसकेको र ‘अनुगमन टोली परिचालन कार्यविधि’ तर्जुमा पनि थालिएको महानगरले जनाएको छ। यसअघि चाडवाडको समयमा मात्र गरिँदै आएको अनुगमन प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै महानगरले नियमित अनुगमनको कार्यलाई अगाडी बढाउने तयारि गरेको महानगरले जनाएको छ।

चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि तीन करोड ५० लाख विनियोजन गरेको छ। कामपाको समग्र स्वास्थ्य कार्यक्रमतर्फ भने कुल ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ।

यो सरकार धेरै दिन टिक्न सक्दैन : शेखर कोइराला

श्रावण २८,काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन्।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘सुशासन आजैदेखि यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ’।

नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि राजनीतिक अस्थिरता र भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको कोइरालाले बताएका छन् । अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने उनले बताएका छन्।

वैदेशिक लगानीका लागि राजनीतिक अस्थिरता , भ्रष्टाचार र इन्कन्फिडेन्ट ब्युरोक्रेसी र कानुनी लचकता समस्या रहेको भन्दै ति कुराहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने उनले बताएका छन्। साथै, उनले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको समेत बताएका छन्।

मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाइयो: पोखराका मेयरको पुत्ला दहन

२८श्रावण , पोखरा । मेयर धनराज आचार्यको निर्देशनमा पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला समितिले उक्त कार्यको विरोधमा मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ ।

महानगरले आदिवासी जनजाति दिवसको दिन पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना समेत बसेका थिए। तर राप्रपाका नेता कार्यकर्ता धर्नाबाट फ़र्किएपछि मध्यरातमा महानगरले पृथ्वीनारायण शाहको प्रतिमा हटाएको हो।

चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको भन्दै,राप्रपाले मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाएर उनको पुत्ला जलाएको थियो। राप्रपा कास्कीले, पृथ्वीनारायण शाहको प्रतिमा पुनस्थापना नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ।

यता,मेयर आचार्यले भने सर्वदलीय बैठकको निर्णयअनुसार पृथ्वीनारायण शाहको प्रतिमा हटाएको बताएका छन् ।पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विषयलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मेयर आचार्यको कदमको निन्दा गर्दै, हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

संखुवासभा कारागार कैदी मृत्यु प्रकरणमा असईसहित १० प्रहरी पक्राउ

श्रावण २६,संखुवासभा- संखुवासभा कारागारमा भएको २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्।

संखुवासभास्थित कारागारमा कैद जीवन भुक्तान गरिरहेका नुवाकोट ककनी गाउँपालिका– ७ का आकाश बलामी र संखुवासभा मादी नगरपालिका– ५ का विनोद तोलांगी दुवै कारागार भित्रै मृत अवस्थामा फेला परेको घटनालाई लिएर गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

सो घटनामा प्रहरीनै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जनजाति समुदायमाथि भएको प्रहरीको दमनबारे छानबिन समिति गठन

श्रावण २५,काठमाडौँ- जनजाति समुदायको आन्दोलनमा टेकु प्रहरीले गरेको दमन र हिरासतमा कुटपिट गरेको घटनालाई लिएर सरकारले छानबिन समिति गठन गरेको छ ।

अधिवक्ता भगवती पाण्डेले तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारबारे दिएको विवादास्पद अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएका तामाङ र मगर समुदायका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भन्दै प्रहरीको कडा आलोचना भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न सरकारले गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्दै सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको म्याद दिएको छ।

आन्दोलनको क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर हिरासतमै चरम यातना दिएको भन्दै प्रहरी विरुद्द छानबिन समिति गठन गरिएको हो।

गौर घटनामा सरकारसँगै सशंकित बनेको जसपा

श्रावण २५,काठमाडौँ- गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले सत्ता साझेदार जसपा सरकारसँग सशंकित भएको छ ।

गृह मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र संघर्ष समितिका तर्फबाट अध्यक्ष रूपसागरदेवी उपाध्यायले हस्ताक्षर गरेको सहमतिमा ‘तत् समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने’ उल्लेख गरिएको छ।

उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै आफ्नो असन्तुष्टि जनाएका छन्। करिब १७ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको घटनामा जसपा (तत्कालीन मधेशी जनअधिकार फोरम) का अध्यक्ष यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ । गौर घटनामा मानवअधिकार आयोगले तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी दुवै पक्षलाई दोषी देखाएको जसपा अध्यक्ष यादवको भनाइ छ । यादवले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसंग गरिएको सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढाइए सरकारबाट समेत अलग हुनुपर्ने अवस्था आउन सक्ने संकेत गरेको बताइएको छ। यधपी,जसपा सरकारबाट बाहिरिँदैमा सरकारको बहुमत भने कायम नै रहन्छ ।

यता,जसपा प्रवक्ता मनीष सुमनले भने गौर हत्याकाण्डमा माओवादी दोषी रहेको विभिन्न अध्ययनले देखाएको दाबी गर्दै,घटनाको अनुसन्धान तथा छानबिन गर्न बनेका विभिन्न आयोग र निकायले गरेका अध्ययन प्रतिवेदनलाई बेवास्ता गर्दै नयाँ सहमति गरिनु उदेकलाग्दो भएको बताएका छन्। जसपा नेताहरुले, नेता यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बेलाबेलामा हुने गरेको भेटवार्ताले पनि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा सशंकित भएकाले सरकारमा सहभागी भएकै बेला अप्ठेरोमा पार्ने गरेर अनुसन्धान अघि बढाउन खोज्नु नियोजित षड्यन्त्र भएको समेत बताएका छन्।

रौतहटको गौरस्थित राइस मिलमा २०६३ चैत ७ गते एकै दिन पारेर मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले कार्यक्रम राखेका थिए । कार्यक्रम सुरु नहुँदै मञ्च तोडफोड र हिंसात्मक घटना भएको थियो, जसका कारण २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । घटनापछि स्थलगत अध्ययनमा गएको राष्ट्रिय मानवअधिकार आयोगले तयारीका साथ आएका फोरम कार्यकर्ताले व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अमानवीय र क्रूर तरिकाले हत्या गरेको प्रतिवेदन तयार गरेको थियो । तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद शर्माको नेतृत्वमा बनेको आयोगले घटनालाई नियोजित भन्दै ६४ जनालाई दोषी देखाएको थियो । तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवको निर्देशनमा हत्या गरिएको दाबी माओवादीले गरेको थियो । मृतकका परिवारले यादवविरुद्ध किटानी जाहेरी नै दिएका छन् ।

उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले नै राजीनामा दिने अवस्था आउँछ

श्रावण २४, काठमाडौं – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्रीले नै राजीनामा गर्ने स्थिति आउन सक्ने राष्ट्रियसभा सदस्य बामदेव गौतमले बताएका छन्।

एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन हुन सक्ने र त्यसका लागि उनीहरुले राजीनामा गर्ने अवस्था आउन सक्ने गौतमले बताएका छन्।

राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले भने,‘उच्चस्तरीय छानबिन समितिको निर्माण गर्नेबित्तिकै कार्यादेश हुन्छ, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने भन्ने हुन्छ । त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीसम्म पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने त्यसले अधिकार माग्दछ। हाम्रोमा निलम्बन गर्ने व्यवस्था त छैन । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ, राजीनामा गरेपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुन्छ, जसले यो छानबिन ओझेलमा पारिदिन्छ’।

एमालेले गृहमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि नै आशंका रहेको भन्दै नेपाल प्रहरीको सीआईबीले मात्र अनुसन्धान गर्न नसक्ने दाबी गर्दै आएकोमा,एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने अहिले भइरहेको छानबिन पनि प्रभावित हुने नेता गौतमले बताएका छन् ।

सरकार संसदलाई द्वन्द्वतर्फ लैजाने तयारीमा छ : एमाले

श्रावण २४,काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले, सत्ता पक्षले संसदमा दादागिरी देखाएको र संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिएको र प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको घटनाप्रति आपत्ति जनाउंदै, सत्ता पक्षको यस्तो हर्कतले संसदलाई द्वन्दतर्फ लैजान खोजेको उनले बताएका छन्।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सांसद सूर्यबहादर थापाले पनि ,सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहेको कुरा स्पष्ट भएको बताएका छन्। एमाले सांसदहरुले, सरकारले सदन चलाउन नचाहेको र संसदमा द्वन्द्व सिर्जना गर्न खोजेको अभिव्यक्ति दिएका छन्।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले भने,‘सरकार यसमा जिम्मेवार बन्न सकेन। सम्माननीय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा माननीय सूर्यबहादुर थापालाई समय दिएर आफ्ना भनाइ राख्न दिँदा समेत सत्ता पक्षका साथीहरुले उठेर अवरोध गर्नुभयो। सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ। सरकार सदन चलाउन चाहँदैन। सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ।’

प्रतिनिधिसभा शुक्रबारसम्म स्थगित:राष्ट्रिय सभामा पनि एमालेको अवरोध

श्रावण २४,काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा नाराबाजी गरेको छ। बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मको लागि स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएकाले र उच्चस्तरीय छानविन समिति गठन गर्नेतर्फ सत्ता पक्षले कुनै चासो नदिएकाले संसदमा विरोध गर्नुपरेको एमाले सांसदहरुले बताएका छन्। “तस्करीलाई संरक्षण गर्ने हिसाबले गृहमन्त्रीबाट जवाफ आएकाले हाम्रो विरोध जारी छ” उनीहरुले बताए।

एमाले सांसदहरुले, सुन तस्करी प्रकरणमा छानबिन समिति गठन गर,तस्करलाई कारवाही गर भन्दै नाराबाजी समेत गरेका थिए । एमाले सांसदहरूले अवरोध जारी राखेपछि २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

यता राष्ट्रिय सभामा पनि एमालेको अवरोधका कारण बुधबारका लागि तय गरिएको कुनै पनि कार्यसूची अगाडि बढ्न सकेन ।एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताएका छन्।

एमालेको अवारोधपछि राष्ट्रिय सभाको बैठक पनि श्रावण २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

साइबर सुरक्षा नीति अन्तर्गत राष्ट्रिय सुरक्षा केन्द्र स्थापना हुने

श्रावण २४, काठमाडौँ- मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ स्वीकृत गरेको छ । देशमा पहिलोपटक साइबर सुरक्षासम्बन्धी नीति बनेसंगै साइबर सुरक्षा नीति अन्तर्गत राष्ट्रिय सुरक्षा केन्द्र स्थापना हुने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले साइबर स्पेस र डिजिटल डाटालाई सुरक्षित बनाउने उद्देश्यले सरोकारवालासँग विस्तृत छलफल गरी राष्ट्रिय साइबर सुरक्षा नीति बनाएको र यस नीतिले थप ऐन–कानुन बनाउन सहज भएको बताउँदै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पनि परिकल्पना गरिएको जानकारी दिएका छन्। सरकारले २४सै घण्टा सञ्चालन गर्ने गरी साइबर सुरक्षा केन्द्र स्थापना गर्न लागेको हो।

साइबर सुरक्षा नीतिमा साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवद्र्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, रोकथाम, पहिचान, प्रतिक्रिया तथा पुनर्लाभ गर्न सातै दिन २४सै घण्टा सम्पर्क निकायको रूपमा कार्य गर्न, डिजिटल फरेन्सिकको अनुसन्धान गर्न तथा साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायका रूपमा समेत कार्य गर्ने गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिनेछ ।’ नीति बनेपछि इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियू)को ढाँचाअनुसार काम गरिने सञ्चार मन्त्रालयका प्रवक्ता सुवेदीले बताएका छन्।

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

२४ श्रावण , काठमाडौं- मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।

मदन पुरस्कार गुठीले ३१३ पुस्तक मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको हो ।छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार प्रदान गरिनेछ ।

अविरल वर्षाका कारण देशभरका जनजीवन प्रभावित

श्रावण २४, काठमाडौँ- केहिदिन यता लगातार परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ। अविरल वर्षाको कारण देशको राजधानी काठमाडौँ लगायत अन्य जिल्लाहरुमा बाढी र पहिरोको जोखिम बढ्दै गएको छ भने, पहिरोको कारण देशका विभिन्न भागमा मुख्य सडकखण्डहरु अवरुद्द हुन पुगेको छ। मौसम सफा नहुँदा देशका धेरैजसो गन्तब्यमा नियमित रुमा हवाई सेवाहरु पनि सुचारु हुन सकेको छैन।

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि मृत्यु हुने र बेपत्ता हुनेहरुको संख्या पनि बढ्दै गएको छ भने लाखौँ बराबरको धनजनमा क्षती पुगेको छ। सहरीकरण धान्ने ढल निकास र आकाशे पानी सोस्ने पर्याप्त खुला जमिन नहुँदा एक घण्टामा ३० मिलिमिटर वर्षा हुँदा नै काठमाडौं जलमग्न हुने गर्दछ। काठमाडौं उपत्यका भएर बग्ने नदीमा जल सतहले खतराको तह नाघ्दा तटीय क्षेत्रहरू डुबानमा परेका छन् । मंगलबार वाग्मती, मनोहरा, धोबीखोला, विष्णुमतीलगायत नदीले खतराको तह पार गर्दा उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। काठमाडौँको टुकुचा खोला, धोबीखोला करिडोर , कपन, सामाखुसी , टेकु, बल्खुलगायत क्षेत्रका नदीखोला किनार, आसपासका बस्तीहरु डुबानमा परेका छन्।भक्तपुर आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल डुबानमा परेका छन्।

त्यसैगरी ,भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सर्लाही, धनुषा र मकवानपुरमा गरी ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । तराईमा बाढी र पहाडमा पहिरोको जोखिम बढेको छ । कैलालीमा मात्रै ५ सय घरपरिवार डुबानमा परेका छन् ।वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन्।भीमदत्त राजमार्गको दुई सय मिटर सडक भासिँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट तराईसँगको यातायात ठप्प भएको छ ।

यस वर्ष बाढी तथा पहिरोबाट वाग्मती प्रदेशभरका करिब २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो तीन वर्षमा मात्रै बाढीका कारण ३९ जनाको डुबेर र बगेर मृत्यु भएको छ ।

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि एमालेद्वारा फेरि संसद अवरुद्ध

श्रावण २३, काठमाडौँ- सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ चित्त नबुझेको र सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक पुन:अवरुद्ध गरेको छ।

नेकपा एमालेको अवारोधका कारण १३ दिनपछि मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिँदा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो।बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन सहमति गठन नभएसम्म विरोध जारी रहने बताएका छन्।

यता, गृहमन्त्री श्रेष्ठले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुसन्धानका लागि ३५ दिनको समय रहेको र त्यस क्रममा टुंगो नलागे वा कसैलाई जोगाउन खोजेमा नयाँ शिराबाट बहस गर्न सकिने र नयाँ छानबिन समिति गठन गर्न सरकार तयार रहेको बताएका छन्।

राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारी निर्णय झिकाउन सर्वोच्चको आदेश

२३ श्रावण , काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका विषयमा सचिवालयले जारी गरेको विज्ञप्ति र उपचार खर्च दिने सरकारको निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

गत श्रावण १४ गते न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उपचार खर्च सम्बन्धमा राष्टपतिको स्वकीय सचिवालयबाट जारी प्रेस नोट, अर्थ मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले लेखेको पत्र र अर्थ मन्त्रालयले स्वास्थ्य उपचार लागतको खर्चका लागि दिएको सहमति झिकाउन आदेश दिएको हो।

छातीमा समस्या देखिएपछि वैशाख ६ गते भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारको लागी गएका राष्ट्रपति पौडेल स्वदेश फर्किएपछि उनका प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गरी उपचार खर्च राष्ट्रपति पौडेल आफैंले तिर्ने बताएका थिए। यधपी,असार १२ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो र सोहि निर्णयको आधारमा परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम माग गरेपछि अर्थ मन्त्रालयले रकम निकासा गरेको थियो ।

कानुन अनुसार नेपाल सरकारले विशिष्ट व्यक्तिहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भन्ने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्नेमा राष्ट्रपति पौडेलले उपचारका लागि दिल्ली जानुअघि सिफारिस नलिएको भन्दै अधिवक्ता विष्णुकुमार गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने तर जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नव्यहोर्ने व्यवस्था गरिएको छ ।

विभूषण लिलामीमा राखेपछी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारको पत्र

श्रावण २३, काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारबाट दिइएको विभूषण लिलामीमा राखेको खबर सामाजिक सञ्जालमा सम्प्रेषण भएपछी सरकारले विभूषण लिलामीमा नराख्न सूचित गर्दै पुनको नाममा पत्र काटेको छ ।

पुनले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका हुन् ।सरकारले सो खबर सामाजिक सञ्जाल मार्फत थाहा हुन आएको भन्दै, विभूषण लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र पुनलाई पठाएको हो ।

सरकारले पुनलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा गरिएको पोष्टको आधिकारिता समेत प्रष्ट पार्न आग्रह गरेको छ ।

विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्ने कानुनी प्रावधान रहेको छ।

mahabir pun

शिक्षा विधेयकप्रति असन्तुष्ट निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा

श्रावण २३,काठमाडौँ- प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् ।

निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरी विधेयकप्रति असहमति राख्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । निजी विद्यालय सञ्चालकहरुले निजी लगानीको शिक्षा क्षेत्रलाई सरकारले मास्ने प्रयास गरेको बताएका छन्।

संचालकहरुले निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामुलक निजी वा सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालन गर्ने विधेयकको व्यवस्था संशोधन हुनुपर्ने वा विधेयक नै फिर्ता लिनुपर्ने माग गरेका छन् । प्याब्सनका अध्यक्ष डिके ढुंगाना, एनप्याब्सन अध्यक्ष पाण्डव हमाल र हिसान अध्यक्ष रमेश सिलवालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा, सरकारले आफ्ना मागहरुको सुनुवाई नगरे निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

विज्ञप्तिमा निजि विद्यालयका संचालकहरुले शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री, बनाउँदै आएका र निजी विद्यालयहरुको मर्म र योगदानको प्रतिकूल असर पर्ने यस्ता विधेयकहरु संशोधन गरी निजी लगानीको संरक्षण र सम्वर्द्धनको सुनिश्चितता हुने लिखित प्रतिबद्धता समेत माग गरेका छन्।

उनीहरुले निजी विद्यालयको शुल्क र शिक्षकको तलब स्थानीय तहले तोके बमोजिम हुने विधेयकको व्यवस्थाप्रति पनि असहमति जनाउंदै राष्ट्रिय मापदण्ड बनाएर शुल्क र शिक्षक तलब निर्धारण हुनुपर्ने माग गरेका छन्।

नेपाली युवाहरुले बनाएको ‘सवारी’ राइड सेयरिङ एपको सुरुवात

श्रावण २3 , काठमाडौँ- नेपालमा अहिले एक दर्जनभन्दा धेरै राइड सेयरिङ प्लेटफर्महरुबिच तिब्र प्रतिस्पर्धा चलिरहेको बेला नेपाली युवाहरुले बनाएको नयाँ राइड सेयरिङ सुविधा सहित “सवारी” ले सोमबारबाट आफ्नो सेवा सुरु गरेको छ ।

विदेशी होइन, स्वदेशी एप प्रयोग गरौं, नेपालको अर्थतन्त्र विदेशमा नपठाऔँ’ भन्ने नारा लिएर सुरुवात भएको सवारी राइड सेयरिङ एप उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिर चितवन, बुटवल, भैरहवा, नेपालगन्ज र धनगढी बाट एकैसाथ संचालनमा आएको छ। सवारी एप अन्तर्गत तराईका जिल्लाहरुमा मोटरबाइक र ट्याक्सी बाहेक टेम्पो र ३ पाङ्ग्रे अटोको पनि सुबिधा थप गरिएको छ।

सवारीमा हरेक राइड लिँदा ग्राहकले भुक्तानी गर्ने पैसामा ३ प्रतिशत क्यासब्याकको पनि सुविधा रहेको छ भने,उक्त क्यासब्याकलाई भविष्यमा प्रयोग गर्न सकिने गरी एपको विकास गरिएको छ । सवारीले राइडरमार्फत बाइकसँग १० प्रतिशत र अटाे तथा गाडीसँग ८ प्रतिशत कमिसन लिनेछ, जसअन्तर्गत एप निर्माता कम्पनि सवारी आँफैले बिमाको शुल्क तिर्नेछ।

सवारीका संस्थापक प्रसिद्ध नेपाल र सहसंस्थापक खगेन्द्र नेपालले सवारी एपमा राइड सेयरिंग बाहेक ड्राइभिङ ट्रेनिङ सेन्टर पनि बुक गर्न सकिने लगायतका अन्य सुविधा पनि लिन सकिने जनाएका छन्। कसैलाई ड्राइभिङ सिक्न मन लागेमा एपबाट नै आफू भएको क्षेत्रको पाँच किलोमिटर क्षेत्रभित्रका ड्राइभिङ सेन्टरमा बुक गर्न सकिने र सवारी एप मार्फत रजिस्टर भएका सेवाग्राहीले थप छुट र अन्य सहुलियतको सुविधा समेत प्राप्त गर्न सक्नेछन। ड्राइभिङ सेन्टरको सुविधा लिने ग्राहकबाट सवारीले कुनै शुल्क भने लिनेछैन। यधपी सवारी मार्फत ड्राइभिङ सिक्न चाहनेहरुको लागि थप सहुलियतमा प्याकेजहरु उपलब्ध गराउनेछ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई अनुसन्धानको दायरामा

श्रावण २१, काठमाडौँ- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशससँगै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध छानविन गर्ने बाटो खुलेको छ।

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपाल लगायत निर्णयमा संलग्न मन्त्रिपरिषदका अन्य पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन बाटो खुलेको हो। सर्वोच्च अदालतको आदेशसँगै नेपाल र भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत संगठित अपराध र कीर्ते दफा अन्तर्गत अनुसन्धान हुने भएको छ ।

यसअघि अख्तियारले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।

अहिलेसम्म अनुसन्धान तल्लो तहमा मात्रै सीमिति भएकोमा सर्वोच्चले असन्तुष्टि व्यक्त गर्दै,अनुसन्धानका क्रममा निर्णयकर्तालाई छोड्ने र कार्यान्वयन गर्ने तथा अह्राएको मान्नुपर्ने पदमा रहेकालाई मात्रै तान्दा न्याय र राज्यप्रणालीबाट जनताको भरोसा टुट्ने अदालतको आदेश छ । सर्वोच्च्चको आदेशमा भनिएको छ,’ललिता निवासको जग्गा व्यक्ति विशेषका नाममा नामसारी दाखिल खारेज दर्ता वा मोही कायम हुने गरी मिति २०६६/१२/२९ र मिति २०६७/१/३१, मिति २०६७/४/२८ तथा मिति २०६९/६/१८ को नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको “पिरामिड” को माथिल्लो तह) बाटसमेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अबिलम्ब सम्पन्न गर्नू/गराउनू ।’

ललिता निवास प्रकरणमा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट १४३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट )प्रमाणीकरण अब अनलाइनबाटै गर्न सकिने

श्रावण २१, काठमाडौँ – प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट )प्रमाणीकरण गर्न अब कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले त्रिपुरेश्वरस्थीत कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गर्दै, पुलिस रिपोर्ट प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग जानुपर्ने यसअघिको झन्झटिलो व्यवस्था हटेको बताएका छन् ।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग धाउनुपर्ने बाध्यता रहेको भएपनि, अनलाइन सेवा प्रणालिको सुरुवातसंगै अब सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जानकारी दिएको छ ।

विभागले आर्थिक वर्ष २०७९/८० मा मात्र तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको बताएको छ ।

भारतीय नागरिकले धमाधम नेपाली नागरिकता लिन थाले : झलनाथ खनाल

श्रावण २१,काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नागरिकता सम्बन्धि नयाँ कानुन जारी भएपछि भारतीय नागरिकले धमाधम नेपाली नागरिकता लिन थालेको बताएका छन्।अहिले आएको नागरिकता सम्बन्धि कानुनले झन् धेरै भारतीयले नागरिकता लिने बाटो खुलेको उनले बताएका छन् ।

पार्टीको स्थायी समिति बैठकमा १६ पृष्ठको लिखित दस्तावेजमा प्रस्तुत गर्दै खनालले,वास्तविक तराई मुलका नेपाली प्रत्येकले नागरिकता पाउनुपर्ने भएपनि तराई मुलका नाउँमा भारतीय नागरिकहरुले नेपाली नागरिकता लिने प्रकृया जारी रहेको र त्यसले नेपालको राष्ट्रियतामाथि गम्भिर खतरा भएको बताएका छन् ।

भारतबाट विभिन्न कालखण्डमा नेपालमा आएर बसेका भारतीयहरुलाई एक पछि अर्को पटक कटअफ वर्ष बनाउँदै नागरिकता दिने काम सरकारले गर्दै आएको र विरोधका बाबजुद ०४६ चैत मसान्तपछि पनि पटक-पटक गर्दै कटअफ बर्ष बनाएर २०६३ मंसीर र २०७२ असोज ३ गतेसम्म नेपालमा जन्मिएकालाई नागरिकता दिने राष्ट्रिय हित विपरितका कदमहरु सरकारले गरेको उनले बताएका छन् ।

राजनीतिक स्वार्थ र गुट स्वार्थबाट प्रेरित भएर बनाइएका सबै नागरिकतासम्बन्धी ऐनहरु खारेज गर्नुपर्ने पनि उनले बताएका छन्। विगतमा नागरिकता वितरणमा भएका अनियमितताको छानवीन गर्न र गैर नागरिकको नागरिकता रद्द गर्न एउटा उच्चस्तरको शक्तिशाली छानवीन समिति बनाउनुपर्ने उनले बताएका छन् ।

भीभीआइपी र भीआइपी स्वास्थ्य उपचार समिति गठन

श्रावण २१, काठमाडौँ- राज्यले अति अति विशिष्ठ व्यक्तिको दर्जामा राखेको भीभीआइपी र भीआइपी व्यक्तिहरुको स्वास्थ्य उपचार अब नेपालमै गर्नुपर्ने भन्दै सरकारले भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।समितिमा प्रा. डा. भगवान कोइराला, डा .सन्दुक रुइत, डा. भोला रिजाल, प्रा. डा. शैली प्रधान, प्रा. डा. रविमान श्रेष्ठ, प्रा. डा. किरणप्रसाद श्रेष्ठ, प्रा. डा .रत्नमणि गजुरेल, प्रा. डा. सुवास आचार्य, प्रा. डा. शशि शर्मा, प्रा. डा. रमेश चाखनी, सह. प्रा. डा. ध्रुव गैरे, डा .पुकारचन्द्र श्रेष्ठ, डा .महेश अधिकारी र डा. अनन्त अधिकार सदस्य रहेका छन्।

नेपालको स्वास्थ्य संस्थाहरूको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले सो समिति गठन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

समितिले वीर अस्पतालबाट भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ ।

समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।

अनुमति नलिई रङ परिवर्तन गरेर गैर कानुनी रुपमा रास्वपाको “ब्लु बस” सञ्चालन

श्रावण २१ , चितवन -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले सञ्चालन गरेको ब्लु बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।

सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ (४) को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ । तर रास्वपाले महिलाको लागि निशुल्क भनेर चितवनमा सञ्चालन गरेको ब्लु बस,रंग परिवर्तनका लागि अनुमति नलिएको कारण नियमानुसार जरिवाना तिरेर अनुमति लिनुपर्ने र जाँचपास गराउनुपर्ने यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ।

मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी भाडामा लिइएको ‘ब्लु बस’ भिमबहादुर तामाङको नाममा छ । ३२ सिटे बस दिनहुँ शक्तिखोरदेखि भरतपुरका विभिन्न ठाउँमा घुम्ने र महिलाहरूलाई निःशुल्क सेवा दिने गरेको छ । बसमा यात्रुले रास्वपा सभापति रवि लामिछानेको फोटोसहितको कार्ड लिएपछि मात्रै यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

मोबाइल क्लिनिकको नाममा चलाएको एम्बुलेन्स फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई फिर्ता गरेको छ ।

blu bas mobile clinic

रास्वपा सभापति रवि लामिछानेले पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र एम्बुलेन्स’ लेखेको मेटाएर मापदण्ड विपरित मोबाइल क्लिनिक चलाएको भन्दै विवादमा परेपछि उक्त सवारी साधन मेडिकल कलेजलाई फिर्ता गरेको हो।

भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको उक्त एम्बुलेन्सको पनि रंग परिवर्तनको लागि अनुमति नलिइ रंग परिवर्तन गरिएको र एम्बुलेन्सको रुपमा पालना गर्नुपर्ने न्युनतम मापदण्ड पनि पालना नगरेको बुझिएको छ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग

श्रावण २१,काठमाडौँ- संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने निर्णय गरेको छ। परिषदको निर्णयसँगै विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि विवरण माग गरिएको छ।

आइतबार एक सूचना प्रकाशित गर्दै संवैधानिक परिषद्को सचिवालयले महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो ।

संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। एकभन्दा बढी पदका लागि आवेदन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम भर्नुपर्ने सचिवालयको सूचनामा उल्लेख गरिएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ। कैद सजायसंगै उनलाई पाँच वर्षसम्म राजनीतिमा भाग लिन रोक लगाइएको छ।

खानलाई कार्यालयमा प्राप्त उपहारहरू बेचेर कमाएको पैसा घोषणा नगरेकोमा दोषी ठहर गर्दै ३ वर्षको कैद सजाए सुनाइएको हो । उपहारहरू $ ६३५,000 भन्दा बढी मूल्यको रिपोर्ट गरिएको छ जसमा रोलेक्स घडीहरू, एक औंठी र कफ लिङ्कहरूको एक जोडी समावेश भएको जनाइएको छ । यधपी, खानले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन् ।

अदालतको फैसलापछि खानलाई लाहोरस्थित उनको घरबाट हिरासतमा लिइएको थियो ।खानद्वारा पूर्व रेकर्ड गरिएको बयान जसलाई अदालतको फैसलापछि पोस्ट गरिएको थियो, त्यसमा उनले आफ्ना समर्थकहरुलाई सत्तारूढ दलको विरोधमा देशव्यापी विरोध प्रदर्शनको लागि आह्वान गरेका छन्।

पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७० वर्षीय खान २०१८ मा निर्वाचित भएका थिए, तर गत वर्ष पाकिस्तानको शक्तिशाली सेनासँग बाहिरिएपछि अविश्वासको मतमा उनि सरकारबाट बाहिरिएका थिए ।

खानले पदबाट हटेदेखी १०० भन्दा बढी मुद्दाहरूको सामना गरिरहेका छन् र ति सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको उनको भनाइ छ।

झापा कारागारमा कैदीबन्दीको आन्दोलन

श्रावण २०,झापा- कर्तव्य ज्यान मुद्दामा झापा कारागार भद्रपुरमा कैद भुक्तान गरिरहेका कैदी मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्न खोज्दा शुक्रबार करीब ३ घण्टा झापा कारागारको स्थिति तनावपूर्ण बनेको थियो ।

कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्न कारागार प्रशासनले बाहिर निकालेर हत्कडी लगाएपछि लावती चिच्याएका र त्यसपछि कारागारभित्रका कैदीबन्दीले आगजनी र ढुंगामुढा गरेका बताइएको छ ।

कैदीबन्दीले ढुंगा प्रहार गर्दा प्रशासनको भवनमा क्षति पुगेको छ । भवनका सबै झ्यालका सिसा फुटेका छन् भने कैदी बोक्ने गाडीमा पनि क्षति पुगेको छ । कार्यालय अगाडि पार्किङ गरेर राखिएका दुईटा मोटरसाइकलमा समेत क्षतिपुगेको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

झापा कारागारका चौकीदार लय शिवाकोटीको चलखेलका कारण लावतीलाई झुम्का कारागार सरुवा गर्न खोजिएको कैदीबन्दीहरुको आरोप छ । शिवाकोटीसमेत कर्तव्य ज्यान मुद्दामा करिब ७ वर्षदेखि कैद भुक्तान गरिरहेका कैदी हुन् । उनी आर्थिक वर्ष २०७९/८० का चौकीदार हुन् ।आर्थिक वर्ष २०८०/८१ को लागि लावतीको नाम सिफारिस गरिएको तर शिवाकोटीको चलखेलमा कारागार व्यवस्थापन विभागको सरुवा गर्ने निर्णयले उनी चौकीदार हुन पाएनन् । लावतीको पक्षमा कैदीबन्दीले आन्दोलन गरेपछि लावतीको सरुवा रोकिएको छ र कारागार प्रशासन र कैदीबन्दीहरुको सल्लाहबमोजिम आगामी चौकीदारका लागि कैदीबन्दी भरत सार्कीको नाम सिफारिस गर्ने सहमति जुटेको छ ।

लावती पक्षका कैदीबन्दीहरुले कारागारका चौकीदार शिवाकोटीलाई कोठाभित्र थुनेर कारबाही गरेका छन् । कारबाहीमा परेका चौकीदार शिवाकोटीले सुरक्षा खतरा बढेको भन्दैकारागार प्रशासन समक्ष आफ्नो सरुवाको माग राखेका छन् ।

७ सय कैदीबन्दी क्षमताको झापा कारागारमा अहिले ८४ महिलासहित १ हजार ५ सय ४८ कैदीबन्दी रहेका छन् ।

पार्टीकै नेताहरुको सम्पत्ति छानबिन गर्न माओवादी नेताहरुको माग

श्रावण १९, काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टीकै नेताहरुको सम्पत्ति छानबिन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन्।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रिय सदस्यहरुले देशका भ्रष्टाचारीको फाइल खोलेर कारबाही गर्न र पार्टीभित्रकै नेताहरुको सम्पति छानविन गर्न माग गरेका हुन् । पहिला,हाम्रा नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्छ,अनि मात्र देशका भ्रष्टविरुद्ध लड्न सजिलो हुन्छ र जनताले पनि साथ् दिन्छन भन्दै पार्टीबाट लाभको पद लिएका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने उनीहरुले बताएका छन्।

माओवादी नेता नरेन्द्र न्यौपानेले, ‘कुनै उद्योगधन्दा बिना , कुनै काम नै नगरी हाम्रा नेताहरुको जीवनशैली कसरी अचम्म लाग्दो भयो?’ भनेर प्रश्न गर्दै,पार्टी बनाउन र जनविश्वास जित्न पार्टीभित्रैका नेताको गतिविधि नियाल्नुपर्ने बताएका छन्।

जनताका लागि ल्याउने भनेको समाजवाद तपाईं पटकपटक मन्त्री भएका नेताहरूलाई आइसक्यो,अब किन र कसले ल्याउने समाजवाद? भन्दै,राष्ट्रिय सभा सदस्य समेत रहेका नरबहादुर विष्टले २०६५ देखि ८० सम्म मन्त्री बनेका नेताहरूको समीक्षा गर्नुपर्ने कुरामा अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए।

बैठकमा माओवादी नेताहरुले अधिकारसम्पन्न छानबिन समिति बनाएर ०४६ सालछाडिका सबै सुविधामा रहेका उच्च पदस्थ राजनीतिक नेताहरु र प्रशासकहरुको सम्पत्ति समेत छानबिन गर्नुपर्ने माग गरेका थिए। नेताहरूको बदलिँदो जीवनशैलीले आम कार्यकर्ता निराश बनेको र भताभुङ्ग अवस्थामा पार्टी दिनप्रतिदिन ओरालो लाग्दै गएको बेला पार्टी पुनर्गठनले मात्र नपुग्ने भन्दै नयाँ कार्यक्रम र विचार लिएर जनतामाझ जानुपर्ने उनीहरुले बताएका छन्।
का छन्।

सुन तस्करी घटनामा सीआईबीलाई अनुसन्धान गर्न नदिने प्रधानमन्त्रीको जवाफपछि बैठक छाडेर हिँडे गृहमन्त्री

यतिबेला नेपालको राजनीतिमा सुन तस्करी प्रकरणले राम्रै खैलाबैला मच्चाएको छ। सुन तस्करीमा सरकार पक्षकै संलग्नता छ भनेर प्रतिपक्षले सरकारको चर्को आलोचना गरिरहेको बेला अन्य सरोकालवालाहरुले भने घटनामा संलग्न उच्च घरानाका व्यापारी र उच्च ओहोदाका सरकारी पदाधिकारीलाई जोगाउने प्रपंचामा सरकार लागेको बताउँदै आएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सिआईबी प्रमुख किरण बज्राचार्यबीच बिहीबार छलफल भएको बताइएको छ ।

सुन तस्करी प्रकरणमा छलफलका लागि गृहमन्त्री श्रेष्ठले आईजीपी वसन्त कुँवर र सिआईबी प्रमुख किरण बज्राचार्यलाई समेत प्रधानमन्त्री कार्यालय डाकेर अनुसन्धानको जिम्मा सिआईबीलाई दिनुपर्ने बताएका थिए। तर गृहमन्त्री श्रेष्ठको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गर्दै सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको र त्यसैलाई निरन्तरता दिने बरु आवश्यक परेमा प्रहरीको सहयोग लिन सक्ने भनि जवाफ दिएपछि गृहमन्त्री नारायणकाजि श्रेष्ठ र प्रधानमन्त्री दाहाल बीच केहीबेर भनाभन समेत भएको बताइएको छ। केहीबेरको भनाभनपछि प्रधानमन्त्रिको निर्णयप्रति सन्तुष्टि जनाउँदै गृहमन्त्री श्रेष्ठ बैठकबाट बाहिरिएको श्रोतले जनाएको छ।

१३३ देशसँग नेपालको ब्यापार घाटामा

घरेलु उत्पादन बढाउने र ब्यापार घाटा घटाउने सरकारको प्रयासका बाबजुद नेपालले १३३ भन्दा बढी देशसँग व्यापार घाटा बेहोरेको छ । गत आर्थिक वर्षमा नेपालले १७१ भन्दा बढी देशसँग व्यापार गरे पनि ३८ देशसँग मात्रै व्यापार सुध्रिढ रहेको छ भने अन्य देशसँगको व्यापार भने घाटामा रेहको छ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसंग रहेको छ। भारतसंग मात्र नेपालको ब्यापार घाटा ९२१.१६ अर्ब रुपैयाँ रहेको छ । भारतबाट आयात १.०३ खर्ब रुपैयाँ थियो भने भारततर्फको निर्यात १६६.८ अर्ब रुपैयाँ मात्रै थियो । त्यसैगरी,दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ, जसको रकम २२० अर्ब ९५ करोड रहेको छ । नेपालले चीनबाट २२२ अर्ब ७१ करोड रुपैयाँको सामान आयात गरेको छ भने १ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ ।

भारत र चीनबाहेक नेपालले अन्य देशसँग पनि व्यापार घाटा बेहोरेको छ । नेपालको इन्डोनेसियासँग ४१ अर्ब ५१ करोड, मलेसियासँग २२ अर्ब ९ करोड, कतारसँग १३ अर्ब १९ करोड, थाइल्याण्डसँग ११ अर्ब २१ करोड र ओमानसँग १० अर्ब ७ करोड रुपैयाँ व्यापार घाटा रहेको छ ।

त्यसैगरी साउदी अरबसँग १० अर्ब ३ करोड, भियतनामसँग ७ अर्ब २६ करोड, सिंगापुरसँग ६ अर्ब ५३ करोड, जोर्डनसँग ६ अर्ब ४६ करोड, फ्रान्ससँग ६ अर्ब २९ करोड, कोरियासँग ६ अर्ब ७४ करोड, जापानसँग ४ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ । , ताइवानसँग ३ अर्ब ३७ करोड, जर्मनीसँग २ अर्ब ४० करोड, हङकङसँग २ अर्ब ५१ करोड र क्यानडासँग २ अर्ब २८ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षमा आयात १ खर्ब ६१ अर्ब रुपैयाँ रहेकोमा निकासी १ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै भएको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको अंश ८.८८ प्रतिशत रहेको छ भने आयात ९१.१२ प्रतिशत रहेको छ ।

आफु दोषी नभएको ट्रम्पको बयान

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार २०२० को चुनावी नतिजामा आफ्नो लडाइँसँग सम्बन्धित चारवटा जघन्य आरोपमा दोषी नभएको बताएका छन्।

वाशिंगटन डीसीको एक अदालतमा आफ्ना वकिलहरूसँग सामेल भएका पूर्व राष्ट्रपतिले अमेरिकी मजिस्ट्रेट न्यायाधीश मोक्सिला उपाध्याय समक्ष सबै आरोपहरूमा दोषी नभएको बताएका छन्।

ट्रम्पलाई मंगलबार संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र, आधिकारिक कार्यवाहीमा बाधा पुर्‍याउने र अवरोध गर्ने प्रयास र अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोपमा अभियोग लगाइएको थियो।

मानक अदालतको प्रक्रियालाई ध्यानमा राख्दै उनलाई यसअघि संक्षिप्त रूपमा कस्टडिमा राखिएको भएपनि, एक वकिल बाहेक मुद्दामा साक्षी हुने कसैसँग कुराकानी नगर्ने सर्तहरू उनलाई अर्को सुनुवाई अगाडी हिरासतमा राखिनेछैन। न्यायाधीशले मुद्दाको अर्को सुनुवाई अगस्ट २८ मा तोकेका छन् ।

२०२० को राष्ट्रपतीय चुनाव र विशेष गरी जनवरी ६को कैपिटल दंगा पछि ट्रम्पको कार्यमा केन्द्रित रहेको यो मुद्दा जिल्ला न्यायाधीश तान्या चुटकनलाई तोकिएको छ, जसले जनवरी ६ प्रतिवादीहरू विरुद्ध दर्जनौं मुद्दाहरूको अध्यक्षता गरेका छन् र तीमध्ये धेरैलाई कडा कारबाही गरेका छन्।

क्यापिटलमा भएको हिंसामा उनको कथित संलग्नताको रूपमा चुटकनको स्पष्ट जिद्दीलाई ध्यानमा राख्दै पूर्व राष्ट्रपतिका समर्थकहरूले उनले निष्पक्ष सुनवाई नपाउने चिन्ता व्यक्त गरेका छन्।

ट्रम्प यस वर्षको सुरुमा संघीय रूपमा अभियोग लगाइएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बने जब उनलाई फ्लोरिडाको मार-ए-लागो एस्टेटमा भण्डारण गरिएका गोप्य सरकारी कागजातहरूको कथित गलत ह्यान्डलिङसँग सम्बन्धित ३७ वटा जघन्य अपराधहरूको आरोप लगाइयो। उनलाई यसघि पोर्न स्टार स्टोर्मी डेनियललाई कथित रूपमा पैसा तिरेको सम्बन्धमा र झूटा व्यापार रेकर्ड प्रस्तुत गरेको अभियोगमा म्यानहट्टन जिल्ला अदालतमा अभियोग लगाइएको थियो। ट्रम्पले सबै आरोपमा दोषी नभएको स्वीकार गरेका छन्।

ट्रम्पले आफ्ना प्रजातान्त्रिक विपक्षीहरूले उनलाई जीवन भरको लागी बन्दि बनाउन र आफ्नो राजनीति अन्त्य गर्न खोजेको आरोप लगाएका थिए। उनी विरुद्धका सबै आरोपहरूमा यदि उनले सजाय पाए भने उनको संयुक्त जेल सजाय ५६१ वर्षको हुनेछ।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

श्रावण १९, काठमाडौँ- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की शुक्रबारबाट अवकासमा जाने भएकाले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको संवैधानिक परिषद्का सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।

संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि राजनीतिक दलका शीर्ष नेताहरूबीच कुरा नमिल्दा यसअघि संवैधानिक परिषद्को बैठक बस्न नसकेकोले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा ढिलो हुन गएको हो ।

परिषदद्वारा सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

प्रधानमन्त्री निवास अगाडि डोजर तेर्स्याएर निर्माण व्यवसायीको विरोध प्रदर्शन

श्रावण १६,काठमाडौँ- सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेका निर्माण व्यवसायीहरूले प्रधानमन्त्री कार्यालय अगाडि डोजर लगायतका निर्माण यन्त्रहरू तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनले सरकारले स्रोत नभएका योजनाहरूको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने बताएका छन्।

सरकारले बनाएका योजनाहरू ४ खर्बभन्दा बढी योजनाको सुनिश्चितता गरेको तर स्रोत नभएको त्यस्तो योजनाका लागि सरकारले एक वर्ष म्याद थप गर्दै छ, त्यसको भुक्तानीको व्यवस्थापन कसरी गर्छ भन्दै ,भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने उनीहरुले बताएका छन्।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुस्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यावहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर भन्ने लगायतका प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।

सरकार बिहिन कोशी प्रदेशमा राजनीतिक दाउपेच

सभामुखको समर्थनले बनेको कोशी प्रदेशको सरकारलाई सर्वोच्च अदालतले गैरसंवैधानिक भनेर खारेज गरिदिएपछि यतिबेला कोशी प्रदेश सरकार बिहिन बनेको छ।

९३ सदस्यीय कोशी प्रदेशमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र सभामुखको समर्थनमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेपछी कोशी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको थियो। एमालेले संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा दिएको निवेदन अनुसार सर्वोच्चले कोशी सरकारको खारेज गरेको हो ।

कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको समर्थन आवश्यक रहनेमा एमाले र राप्रपा गठबन्धनको ४६ सिट र गठबन्धनको पनि ४६ सिट रहेको छ। तर यसअघि गठबन्धनले सभामुखलाई समेत सरकार गठन प्रक्रियामा सामेल गराएर बहुमत कायम गरेको थियो । १ सीटले कोशी सरकारबाट एमाले नेता हिक्मत कार्की बाहिरिंदै गर्दा त्यहि १ सिटको समर्थनका लागि गठबन्धन दलले भने अप्राकृतिक रुपमा सभामुखलाई प्रयोग गरेको थियो ।

दलिय स्वार्थबाट तटस्थ रही संसदको कार्यसञ्चालन र अध्यक्षता गर्नुपर्ने जिम्मेवारी बोकेका सभामुखले कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत भएको भन्दै उनको आलोचना समेत भएको अवस्थामा, अहिले आएर भने सत्ता पक्षले सभामुखको राजिनामा गराएर बहुमत पुराउने रणनिति तर्फ लागेको देखिन्छ। सत्ता पक्षले राप्रपालाई मनाउन हर सम्भव प्रयास गरेपनि राप्रपाले समर्थन नगर्ने देखिएपछि सत्ता गठबन्धन अहिले सभामुखलाई नै राजिनामा गर्न लगाएर बहुमत पुराउने खेलामा जुटेको छ ।

यधपी सभामुखको राजिनामा र नयाँ बन्ने सरकराको नेतृत्वको विषयलाई लिएर भने सत्ता पक्षबीच नै असमझदारी बढ्दै गएको छ।गौतमलाई सभामुखबाट राजीनामा गराउने हो भने सरकारको नेतृत्व माओवादीलाई दिनुपर्ने माओवादी नेताहरुले बताउंदै आएका छन्। माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर नेपाली काँग्रेसलाई मुख्यमन्त्री दिँदा प्रदेशमा आफ्नो पार्टीको उपस्थिति कमजोर हुने माओवादी नेताहरुको आंकलन रहेको छ। तसर्थ माओवादी सभामुख गौतमले राजिनामा दिएपनि उनैलाई मुख्यमन्त्रीको रुपमा अगाडी सार्न चाहन्छ।

यता काँग्रेसको पनि मुख्यमन्त्री आफ्नो पार्टीबाट हुनुपर्ने अडान यथावत नै रहेको छ। अदालतको आदेशसंगै मुख्यमन्त्रीबाट बाहिरिएका थापा र उनि निकट काँग्रेस नेताहरु भने थापालाई नै मुख्यमन्त्रीमा दोहोर्याउने अडानमा रहेका छन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयावधि सकिने लाग्दा कुनै पनि पक्षले बहुमत सुनिश्चित गर्न नसके यता नेकपा एमालेकै नेतृत्वमा अल्पमतको सरकार बन्ने देखिन्छ। त्यसैले सत्ता पक्षबीच यतिबेला मुख्यमन्त्री कुन पार्टीको हुने भन्ने विषयले अन्यौलता सिर्जना गरेको देखिन्छ।

प्रधानन्यायाधीशसहित रिक्त न्यायाधीशहरू नियुक्त गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ- प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्न सक्ने प्रावधान रहँदै गर्दा पनि सरकार र संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्ने सम्बन्धमा कुनै पनि गृहकार्य नगरेको र न्यायालयहरूमा लामो समयदेखि दरबन्दीबमोजिम न्यायाधीशहरूको नियुक्ति नहुँदा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारमा पर्न गएको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिक्त पदहरु पूर्ति गरि न्यायपालिकालाई सक्षम रुपमा अगाडी बढाउन सरकारलाई आग्रह गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले, दरबन्दी बमोजिम समयमै न्यायाधीश नियुक्ति हुन नसक्दा सबै सर्वसाधारण नागरिकको विशेष गरी न्यायिक अधिकारको उपभोगमा अवरोध सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

हाल उच्च अदालतमा ५३ र जिल्ला अदालतमा ३८ जना न्यायाधीश पद रिक्त रहेको न्याय परिषदले जनाएको छ। पद रिक्त हुँदा सर्वोच्च, उच्च र जिल्ला अदालतमा विचाराधीन मुद्दाको संख्या बढ्दै गएको छ। न्यायाधीशको अभावमा मुद्दाको सुनुवाइसमेत समयमा हुन सकेको छैन। सर्वोच्च अदालतमा हाल ३० हजार १ सय ४ थान मुद्दा विचाराधीन छन्। उच्च अदालतमा २६ हजारभन्दा बढी मुद्दाको सुनुवाइ हुन बाँकी छ। त्यस्तैगरी जिल्ला अदालतमा १ लाख २ हजार ५ सय ४२ थान मुद्दा छिन्न बाँकी छ।

संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि हालसम्म प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर संवैधानिक परिषदको बैठक समेत बस्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको संवैधानिक परिषदमा प्रधानन्यायाधीश कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेना, विपक्षी दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना सदस्य रहेका छन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले श्रावण २० गतेअनिवार्य अवकाश पाउँदैछन्। संविधानको धारा २८४ (३)अनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्न सक्ने प्रावधान रहेको छ भने प्रधानन्यायाधीशको रोलक्रममा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अगाडी रहेको छ।

पाकिस्तान आत्मघाती बम हमलाको जिम्मेवारी इस्लामिक स्टेट-खोरासान समुहले लिएको छ

इस्लामिक स्टेट-खोरासान आतंककारी समुहले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आइतवार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी लिएका छन्। उक्त समुहले सो विष्फोट जमियत उलेमा-ए-इस्लाम (जेयुआइ ) पार्टीको चुनावी र्‍यालीलाई लक्षित गरेको बताएको छ ।

इस्लामिक स्टेट-खोरासान भनेर चिनिने समूहले सोमबार विष्फोटको जिम्मेवारी लिएको एक विज्ञप्ति जारी गरेको छ।जेयुआइ नेता फजल-उर-रहमानले भाषण गर्ने कार्यक्रमको मञ्च नजिकै करिब १००० जनाको भिडमाझ उक्त समुहले आत्मघाती बम विष्फोट गराएको थियो।

विष्फोटमा परि सोमबार साँझसम्म, मृत्यु हुनेको संख्या ५४ पुगेको छ , जसमध्ये २३ जना १८ वर्ष मुनिका थिए।

अगस्ट २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको क्रममा १३ अमेरिकी सैनिक र दर्जनौं अफगान नागरिकको ज्यान लिने गरि काबुल एयरपोर्टमा भएको आत्मघाती बम विष्फोटको पछाडि पनि इस्लामिक स्टेट-खोरासान समुहको हात रहेको थियो।

सुन तस्करीमा सरकारकै प्रत्यक्ष संलग्नता छ

नेकपा एमालेका सचेतक महेश बर्तौलाले चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याउने र अन्यत्र निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको आरोप लगाएका छन्।

सोमबार संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारमै रहेका उच्च व्यक्तित्वहरू पर्ने डरले सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको समेत बताएका छन् ।

समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा सरकार नै अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको भन्दै बर्तौलाले नेपाललाई सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनाउने गतिविधिमा सरकार पक्षको र सरकार निर्माण गर्ने मूर्धन्य नेताहरूको प्रत्यक्ष संलग्नता रहेको बताएका हुन्।

संसद घेराउ गर्न गएका मिटरब्याज पीडितहरू पक्राउ

श्रवण ४, काठमाडौँ- निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका मिटरव्याजी पीडितहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरूले केहीदिन यता काठमाडौँ केन्द्रित आन्दोलन र प्रदर्शन जारी राखेका छन्। सोहि क्रममा प्रहरीले आज १० जनाभन्दा बढी प्रदर्शनकारीहरुलाई लाई नियन्त्रणमा लिएको हो।

पिडितहरुले हालको विधेयक राजनीतिक दलहरुको सेटिंगमा साहु महाजनलाई नै सजिलो हुनेगरी तयार पारिएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

तस्बिर : अभिषेक महर्जन

नेपाली सेनाको होइन सांसदको संख्या घटाउ

यो संसद रहँदासम्म देशको विकास हुँदैन

श्रावण ४, काठमाडौँ- राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको होइन सांसदको संख्या घटाउनुपर्ने बताएका छन्। सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउँदै उनले, “यो संसद रहँदासम्म देशको विकास हुँदैन, सेनाको संख्या घटाउँदा श्राप लाग्छ” भन्ने अभिव्यक्ति दिएका छन्।

सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै उनले प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेश सभा हटाउन उपयुक्त हुने बताएका छन् ।सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुन नसक्ने बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले, राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने भन्दै थप २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरेका छन् ।

सुन प्रकरणमा मुछिएका व्यवसायी मल्होत्राको स्पष्टीकरण:दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार छु

श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले स्पष्टीकरण दिँदै विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको बताएका छन्।

पत्रकार सम्मेलन गर्दै उनले सुन आयातमा आफ्नो र आफ्नो परिवार आफु साझेदार कम्पनी पनि संलग्न नरहेको बताएका छन्।

उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको हुनसक्ने समेत बताएका छन्। उनले सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान समेत नरहेको दावी गरेका छन्।

मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन्। त्रिभुवन विमानस्थलबाट विमानस्थलमा पक्राउ परेको सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनको दावी छ।

सुन तस्करी प्रकरणमा छानबिन समिति गठन :जाँचपासमा संलग्न भन्सार अधिकृत निलम्बन

श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करीब १०० केजी सुन अवैध रूपमा भित्रिएको घटनालाई लिएर ,जाँचपासमा संलग्न कर्मचारी,जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको छ । सुनको भन्सार पासमा संलग्न देखिएकाले उनीहरुलाई निलम्बन गरिएको विभागले जनाएको छ।

भन्सार विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानविन समिति समेत गठन गरेको छ। समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।विभागले जाँचपासमा संलग्नबाहेक आवश्यकता अनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने बताएका छन्। ठूलो परिमाणको सुन भन्सारबाट छुट्नुपछाडि भन्सार अधिकृत र प्रहरीको पनि तस्करसँग मिलेमतो भएको खुलेको छ।

मंगलबार विमानस्थल भन्सार कार्यालय अगाडिबाट बा.२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुराकीका आधारमा विभागले चलाएको गोप्य अप्रेशनमा क्याथे प्यासिफिकको विमानबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको करिब एक अर्बभन्दा बढीको सुन विभागले बरामद गरेको थियो।

सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । मंगलबार बरामद गरिएको सुन ‘रेडी ट्रेडर्स प्रालि’ नामको नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका हुन् । पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

श्रावन ४, काठमाडौँ- सुनको मूल्यले अहिलेसम्मको रेकर्ड तोडेर सबैभन्दा उच्च मूल्य कायम भएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढेको भएपनि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ ।

बुधबार प्रतितोला १४९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने बिहीबार १४९५ कायम भएकाे महासंघले जनाएको छ ।

रेडक्रसभित्रको राजनीति र भ्रष्टाचार

मानवता, निष्पक्षता र तटस्थताको आधारभूत सिद्धान्त बोकेर परोपकारी सामाजिक संस्थाको परिचय बनाएको नेपाल रेडक्रस अहिले बेथिति, राजनीति र भ्रष्टाचारको पर्यावाची बनेको छ । तटस्थ र स्वायत्त रहनुपर्ने रेडक्रस केही वर्ष यता बदनाम बन्दै गएको देखिन्छ। रेडक्रसभित्रको चरम राजनीति र भ्रष्टाचारका किस्साहरु जोडतोडका साथ बाहिरन थालेको छ।  यधपी सम्बन्धित निकाय र सरोकारवाला पक्षहरुबाट रेडक्रसभित्रको बेथितिलाई सुधार्ने कुनै पनि किसिमको पहल भएको देखिदैन। 

सामाजिक क्षेत्रमा एउटा विशिष्ट पहिचान बनाएको नेपाल रेडक्रस आजको मितिमा एउटा अवैधानिक सँस्था बनेको छ। किनकि विगत ५ वर्ष देखि यो सँस्था नवीकरण भएको छैन। एकातीर संस्था दर्ता नहुँदा रेडक्रस विघटनको संघारमा पुगेको छ भने अर्कोतिर राजनीतिक हस्तक्षेप र भ्रष्टाचारका ठुल्ठूला काण्डका कारण संस्थाकै अस्तित्वमाथि प्रश्न उठ्न थालेको छ।     

नवीकरण नभएकै कारण २०७७ आश्विनमा जिल्ला प्रशाशन कार्यालय काठमाडौँले अर्को आदेश नभएसम्म महाधिवेशन नगर्न निर्देशन समेत जारी गरेको थियो।  यधपी जिप्रका काठमाडौँले २०७७ को आफ्नै निर्देशन लत्याएर रेडक्रसको विधान, परिपत्र एवं प्रचलित कानुनको परिपालन गरी केन्द्रीय कार्यसमितिको निर्वाचन प्रस्तावित समयमा गर्न/गराउन भनि अर्को निर्देशन जारी गर्यो। दलीय सहमतिबाट नेतृत्व चयन गर्न  सहयोग पुग्ने गरी जिल्ला प्रशासन कार्यालयले असार १० मा रेडक्रस केन्द्रीय कार्यालयलाई पत्र पठाएको थियो। जबकि रेडक्रसको विधान २०२० (सत्रौं संशोधन, २०७५ सहित) र रेडक्रसको निर्वाचन नियमावली २०४९ मा व्यवस्था गरिएबमोजिम केन्द्रीय, प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा ‘निर्वाचन अधिकारी’ तोक्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ । सरोकारवाला पक्षहरुले भने जिल्ला प्रशासन कार्यालयले रेडक्रस दर्ता गर्ने क्रममा आफैंले स्वीकार गरेको रेडक्रसको विधान विपरीत  संस्थाको महाधिवेशन गर्न दिएको निर्देशन राजनीतिक दवावमा भएको बताउँदै आएका छन्। 

रेडक्रसभित्रको राजनीति

एकातीर भ्रष्टाचारले थिलथिलो बनेको रेडक्रस अर्कोतिर राजनीतिक भागवण्डाले क्षतविक्षत् बन्न पुगेको छ। तत्कालीन अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमिति भंग भएपछि अधिवेशन हुन नसकेको रेडक्रसमा अहिले एकैपटक २ वटा समानान्तर कार्यसमिति खडा भएको छ। 

 राजनीतिक दवावमा दलीय सहमतिबाट नेतृत्व चयन गर्न  सहयोग पुग्ने गरी रेडक्रसको विधान विपरीत तदर्थ समितिलाई जानकारी नगराई जिल्ला प्रशासन कार्यालयले असार १० मा रेडक्रस केन्द्रीय कार्यालयलाई पत्र पठाएर अधिवेशन गर्न निर्देशन दिएपछि हाल नेपाल रेडक्रस सोसाइटीमा दुईवटा समानान्तर कार्यसमिति गठन भएको छ । मंगलबार मात्रै सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति गठन भएको छ भने, यसअघि असार २५ मा नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति बनिसकेको छ ।

चुनाव हुनुअघि नै सुदर्शनप्रसाद नेपाल पक्षले राजनीतिक भागबन्डाका आधारमा कार्यसमिति गठन गर्ने सहमति गरेको थियो । तटस्थ संस्था भनिंदै आएको रेडक्रसमा माओवादी र एकीकृत समाजवादीका नाममा पद छुट्याएर माइन्युट नै गरिएको थियो । कार्यसमितिमा कांग्रेसले अध्यक्ष, उपाध्यक्ष (खुला), उपमहामन्त्रीसहित १५, माओवादीले उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८, एकीकृत समाजवादीले महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना पाउने लिखित सहमति भएको थियो ।

redcross one

जिल्ला प्रशासनको निर्देशनपछि सत्तारूढ दलको प्रतिनिधित्व गर्दै चुनावी तयारीमा लागेको कांग्रेसका सुदर्शनप्रसाद नेपाल, मनोजकुमार थापा र विनोदकुमार बस्नेत, माओवादीका नारायण तिमल्सिना तथा एकीकृत समाजवादीका भूपतिलाल श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मंगलबार भएको निर्वाचनबाट दलीय भागबन्डाको सहमतिपत्रमा हस्ताक्षर गर्नेहरूमध्ये कांग्रेसका सुदर्शनप्रसाद नेपाल अध्यक्ष, एकीकृत समाजवादीका भूपतिलाल श्रेष्ठ महामन्त्री, कांग्रेसका मनोजकुमार थापा उपमहामन्त्री र कांग्रेसकै विनोदकुमार बस्नेत (कोशी प्रदेशको कांग्रेस सहमहामन्त्री) र माओवादीका नारायण तिमल्सिना सदस्य चुनिएका छन् ।

यता,काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने रेडक्रस केन्द्रीय कार्यालयबाटै अधिवेशन गर्न माग भई आएको पत्रअनुरूप पत्राचार गरिएको बताएका छन्  । हामीले माग भइआएको पत्रको आधारमा संस्था दर्ता ऐन, रेडक्रसको विधान, अदालतका फैसलाअनुसार नियमसंगत अधिवेशन गर्न निर्देशन दिएको तर  विधान पालना भयो भएन, राजनीतिक भागबन्डामा के स्वार्थ छ ?, त्यो हेर्ने काम आफ्नो नभएको प्रमुख जिल्ला अधिकारि उपाध्यायले बताएका छन्। 

रेडक्रसभित्रको भ्रष्टाचार

रेडक्रसभित्रका अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न हालसम्म १९ वटा अध्ययन समिति बनिसकेका छन् भने सो सम्बन्धमा  १६ वटा प्रतिवेदन तयार छन्। अध्ययन समितिले तयार पारेको प्रतिवेदनले रेडक्रसमा भ्रष्टाचार र अनियमितता भएको देखाएको छ भने  जेनेभास्थित रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले पनि नेपाल रेडक्रसमा भ्रष्टाचार भएको उल्लेख गरेको छ।

आर्थिक वर्ष २०६५/०६६ देखि २०७५/०७६ सम्म १५ अर्ब ९५ करोड ६ लाख २६ हजार ४ सय २६ रुपैयाँ र पैसा ७८ वैदेशिक सहयोग लिएको थियो। सोही अवधिमा १५ अर्ब ६१ करोड १८ लाख रुपैयाँ ७ हजार ३७४ र ५३ पैसा खर्च गरेको रेडक्रसकै लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य मीनबहादुर शाही संयोजक रहने गरि २०७५ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषद्मार्फत रेडक्रसका गतिविधि छानबिन गर्न गठन गरेको कार्यदलले १० वर्षमा रेडक्रसले सरकारसँग स्वीकृति नलिई गरेको खर्चमा १६ अर्बको अनियमितता भएको ठहर गरेको थियो।

समाज कल्याण परिषदले २०७५ सालमै लक्ष्मी कोइरालाको संयोजकत्वमा गठन गरेको छानबिन समितिले पनि रेडक्रसमा अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै रेडक्रसका पदाधिकारी, सदस्यलाई निश्चित अवधिसम्म अयोग्य ठहर गरी कार्यसमिति विघटन गर्नुपर्ने  सिफारिस गरेको थियो भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको ब्लड बैंकको सामग्री खरिदको उजुरीउपर छानबिन गरी पदाधिकारीलाई करिब २० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने निर्णय समेत गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छानबिनले समेत भक्तपुरमा केन्द्रीय गोदाम घरका लागि किनिएको ६ करोड ३० लाखको जग्गामा १ करोड ९३ लाखको हिसावकिताब नभेटिएको देखाएको छ। किनिएको ८५ आनामा करिब ४ आना कम रहेको छानबिनमा भेटिएको थियो। 

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा रेडक्रसका मुद्दा चलिरहेका छन्। यसरी विभिन्न समयमा गठन गरिएको छानविन समितिले रेडक्रसमा अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै प्रतिवेदन बुझाए पनि त्यस सम्बन्धमा सरोकारवाला कुनै पनि निकायले ध्यान नदिएको देखिन्छ। 

गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरु सडकमा

श्रावण २ , काठमाडौं – सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाउँदै मिटरब्याज पीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकले मिटरब्याज पीडितको समस्या समाधान नहुने र विधेयक पीडितको पक्षमा नभएको भन्दै पिडितहरुले प्रदर्शन गरेका हुन् ।काठमाडौंको शान्तिवाटिकादेखि सुरु भएको प्रदर्शन संसद भवन अगाडी पुगेर टुङ्गिएको थियो।

पिडितहरुले पहिलेको अध्यादेशमा धेरै कुरा ठीक रहेको, तर राजनीतिक दलहरुको सेटिङमा अध्यादेश निष्क्रिय पारेर परिमार्जन सहित आइतबार प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी नयाँ विधेयक साहु महाजनको पक्षमा गएको बताएका छन्। शब्दमा हेरफेर गरेर आएको हालको विधेयक राजनीतिक दलहरुको सेटिंगमा साहु महाजनलाई नै सजिलो हुनेगरी तयार पारिएको उनीहरुले बताएका छन्।

बन्चरेडाँडा र सिसडोलमा फोहोर फाल्न फेरी अवरोध: बुधबारदेखि काठमाडौँको फोहोर नउठ्ने

श्रावण २, काठमाडौँ- विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बन्चरेडाँडा र सिसडोलका स्थानीयले ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न अवरोध गरेका छन्। स्थानीयले फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका छन्।

फोहोर विसर्जन गर्न अवरोध भएपछि फोहोर मैला व्यवस्थापन संघले सर्वोच्च अदालतमा दर्ता गरेको रिट उपर सुनुवाई गर्दै, सर्वोच्च अदालतले ल्यान्डफिलसाइट बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरलाई रोक्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भएपनि सर्वोच्चको आदेशको अवज्ञा गर्दै स्थानीयहरुले फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका छन्।

मंगलबार उपत्यकाको फोहोर बोकेको कुनै पनि गाडी बन्चरेडाँडा र सिसडोल गएका छैनन् भने यता,अवरोध कारण देखाउंदै फोहोरमैला व्यवस्थापन संघले बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने जनाएको छ।काठमाडौं उपत्यकाबाट दैनिक ३८० वटा फोहोर बोकेको ट्रक बन्चरेडाँडा जाने महानगरले जनाएको छ।

कांग्रेस रुपान्तरण अभियानले तयार पारेको प्रतिवेदनको पूर्णपाठ

श्रावण २ , काठमाडौं – नेपाली कांग्रेस रुपान्तरण अभियानले केन्द्रीय समितिलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ।

जेठ ११ गतेदेखि ३१ गतेसम्म नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य,युवा नेता गुरू घिमिरे,रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीलगायतका नेताहरूले सातै प्रदेशमा कांग्रेस रुपान्तरण अभियान सञ्चालन गरेका थिए।

अभियानकर्ताहरुले काँग्रेस रुपान्तरणको प्रतिवेदन ‘मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाएका छन्। पार्टी रुपान्तरणका लागि बुझाइएको सुझावसहितको २१ बुँदे प्रतिवेदन आजको केन्द्रीय समितिको बैठकमा समेत प्रस्तुत गरिने बताइएको छ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ।

काठमाडौं महानगरमा व्यवसायिक भवनले पार्किङ्ग शुल्क लिन नपाउने

काठमाडौं महानगरपालिकाले व्यवसायिक भवन ((निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताल)लगायत स्वास्थ्य सेवा प्रदायक भवनहरुमा सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने नियम जारी गर्दै सवारी साधन पार्किङ्ग बापतको शुल्क संकलन गर्न निषेध गरिएको जानकारी दिएको छ ।

महानगरकाअनुसार व्यावसायिक रुपमा सवारी साधन पार्किङ्ग प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ्ग प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था समेत गरिएको छ।

पार्किङ्ग प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ्ग क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारवाही गर्नेछ। यस्ता स्थानबाट सम्पति करसहित सम्बन्धित अन्य कर असुल गरिनेछ।

सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइने छैन। काठमाडौं महानगरपालिका आफैँले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ्ग सुविधा उपलब्ध गराएबापत निश्चित सवारी साधन पार्किङ्ग शुल्क लगाइ असुल गरिनेछ।

निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनु पर्छ। महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ। यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ।

पार्किङ्ग गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ। क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ्ग सञ्चालन व्यवस्थापन हुनेछ।

यसअघि महानगरपालिकाले काठमाडौँका विभिन्न स्थानमा गरिने पार्किङ्गको शुल्क समेत निर्धारण गरेको छ। जसअनुसार,

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) मा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ। यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, अन्य क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ।

निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ। यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ।

पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू : इन्धनको मूल्य घट्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ।

निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्ने र सोहि अनुसार इन्धनको मूल्य पनि घट्ने जनाएको छ।

यो निर्णयसंगै,आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँले मूल्य घट्ने निगमले जनाएको छ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको र एलपी ग्यासमा भने परल मूल्य नै कायम रहने जनाएको छ।

नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३.२७ रुपैयाँ, डिजेलमा ९.९४ रुपैयाँ, हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपी ग्यासमा १३६.६० पैसा सस्तो हुने निगमले जनाएको छ।

व्यवस्थापकीय लापर्वाहीका कारण नेपाल वायुसेवा निगमको दुईवटा न्यारोबडी विमान एकैसाथ ग्राउन्डेड

व्यवस्थापकीय लापर्वाहीका कारण नेपाल वायुसेवा निगमको दुईवटा न्यारोबडी विमान एकैसाथ ग्राउन्डेड भएका छन् ।समयमै मर्मतसम्भार नगर्दा निगमको 9N-AKH सगरमाथा र 9N-AKX लुम्बिनी कल साइन भएको दुईवटै न्यारोबडी विमान एकैसाथ ग्राउन्डेड भएका हुन्।

आइतबार बिहान दुबईबाट काठमाडौं फर्केपछि प्राविधिक कारण देखाउंदै निगमको इन्जिनियरीङ विभागले उक्त जहाज उडाउन नमिल्ने बताएको छ भने, अर्को विमान सगरमाथा मंगलबार बैंग्लोरबाट फर्केपछि इन्जिनभित्र समस्या देखिएका कारण उडाउन नमिल्ने बताइएको हो ।

निगमको दुवै विमान ग्राउन्डेड भएपछि दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुबई, साउदी अरब , बैंकक, हङकङ र मलेसियाको उडान प्रभावित भएका छन्। निगमले उक्त देशहरुमा निगमको विमानको टिकट लिएका यात्रुहरुलाई टिकट सार्न अनुरोध गरेको र अत्यावश्यक यात्रुहरुको खण्डमा भने निगमकै वाइडबडी र अन्य वायुसेवाको विमान मार्फत उडान भराउने तयारी गरेको बताएको छ।

निगमले ६ दिनदेखि ग्राउन्डेड गरिएको न्यारोबडी (सगरमाथा) मा दैनिक ६ लाख रुपैयाँ हाराहारी रकम तिरेर भाडाको इन्जिन हालेर जहाज उडाउँदै आएको थियो । विमानको इन्जिन भाडामा मात्रै निगमले हालसम्म कम्तीमा २५ करोड रुपैयाँ अतिरिक्त आर्थिक भार बेहोरिसकेको छ ।

निगमले हाल काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा एक देखि सातवटासम्म उडान भर्ने गरेको छ ।अन्तर्राष्ट्रिय उडानमा दुईवटा एयरबसका ए–३२० (न्यारोबडी र दुईटा ए–३३० (वाइडबडी) विमान रहेका छन् ।निगमले ५ घन्टा हाराहारी दूरी भएका रुटमा न्यरोबडी विमान उडाउँछ । यस्तै ५ घन्टाभन्दा बढी समय लाग्ने जापानको नारितामा वाइडबडी विमान पठाउने गरेका छ ।

ललिता निवास प्रकरणका आरोपिलाई थप ५ दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपिहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका क्रममा थुनामा राख्न अनुमति दिएको हो ।

यता,आफूहरुलाई गैरकानूनी थुनमा राखिएको दावी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ ।

श्रम स्वीकृति लिएका श्रमिकलाई विदेश जान रोक लगाएपछि म्यानपावर व्यावसायी आन्दोलनमा

कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलको अध्यागमन कार्यालयले फर्काइदिएपछि वैदेशिक रोजगार /म्यानपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।

विमानस्थलको अध्यागमन विभागले बुधबार र बिहिबार कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्काइदिएको थियो।

आन्दोलित म्यानपावर व्यवसायीहरुले श्रमिकलाई फर्काउने काम बन्द गर, अध्यागमन विभागका महानिर्देशक राजीनामा देऊ, अध्यागमनको ज्यादती बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएर कालिकास्थानस्थित अध्यागमन विभाग घेरेका छन्।उनीहरुले फ़र्काइएका श्रमिकलाई क्षतिपुर्ति दिनुपर्ने माग समेत गरेका छन्।

यता,अध्यागमन विभागले भने श्रमिकहरुले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको र उनीहरुलाई घरेलु श्रमिकका रुपमा लैजान लागेको कारण फिर्ता पठाइएको जनाएको छ।

विभागले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइसकेका श्रमिकहरुलाई फिर्ता पठाएको हो।

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलबाट ३ वटा आर्थिक विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रवक्ता शैलजा रेग्मी भट्टराइले जारि गरेको विज्ञप्तिमा,संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका तीनवटा विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको उल्लेख गरिएको छ।

प्रमाणीकरण गरिएको तिन वटा विधेयकमा,विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० रहेका छन्।विधेयक प्रमाणीकरण गरेसँगै आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा गएको छ।

rashtrapati president

१८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले परिपक्व अवधि सकिएका १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।

१० अर्ब रुपैयाँको २८ दिने र ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलका लागि सोमबार (साउन १ गते) दिउँसो ३ बजेसम्मको समय तोकेर राष्ट्र बैंकले बोलकबोल गर्न आग्रह गरेको छ ।

चालु आर्थिक वर्षमा नयाँभन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनः बिक्री गरिरहेको सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकामा गत शुक्रबारसम्म २ खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ उठाइसकेको छ । जसअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ र चौथो त्रैमासमा १ खर्ब ५६ अर्ब रुपैयाँ उठाएको हो ।

भदौ २८ गतेसम्म सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने

संघीय संसद सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गरी सांसदहरूलाई भदौं २८ गतेसम्म आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१)बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

असार २९, काठमाडौँ- दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्।अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा जान लागेको पूर्वसन्ध्यामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका हुन्।।

विमान बंगलादेशको उडान नम्बर ३७१ को विमानबाट काठमाडौं आएका आएका लूलाई नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

विमानस्थलबाट सिधै एमसीसी कार्यालय बालुवाटारतर्फ प्रस्थान गरेका लूले नेपाल नेपाल सरकारका अधिकारी तथा मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब नेपाली रुपैयाँ अनुदान रकमको एमसीसी परियोजना अनुमोदनको करिब १८ महिनापछि भदौबाट सुरुवात हुने जनाइएको छ। सो परियोजनामा नेपालले पनि १३ करोड डलर अर्थात् करिब १७ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ। करिब १७ अर्व आफ्नो तर्फबाट खर्च गर्नुपर्नेमा नेपालले हालसम्म सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), उपकरण खरिद,सवारीसाधन खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा करिब २ अर्व रकम खर्च गरिसकेको छ।

भ्रमणका क्रममा डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।लू यसअघि दुई पटक नेपाल आइसकेका छन्। २०७९ असारमा नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पाटर्नरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लू नेपाल आएका थिए भेन, सन् २०७९ साउन १२ गते पनि तीन दिनका लागि उनि नेपाल आएका थिए।

२०७८को जनगणनामा त्रुटि : बढ्यो नेपालको जनसंख्या

२७ असार, काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को जनगणनामा त्रुटी भएको पुष्टि भएको छ।

राष्ट्रिय जनगणना २०७८ को जनगणना गर्दा ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले यसअघि सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको थियो । त्रुटी सच्च्याइएपछि थपिएका ७ लाख ७१ हजार ९९८ जना व्यक्तिसहित हाल नेपालको कुल जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको प्रभावकारिता जाँच गर्न गणना जाँच सर्वेक्षण गर्ने गरेको र सो सर्वेक्षणमा २०७८ को जनगणनाको प्रारम्भिक तथ्याङ्कमा त्रुटी भएको पुष्टि भएको तथ्यांक कार्यालयका निर्देशक लामिछानेले बताएका छन्। यधपी,पालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुनेपनि उनले बताएका छन्।

सर्वेक्षणको नतिजा अनुसार जनगणनामा छुट्नेहरुमा बढी शहरी क्षेत्रको मानिसहरु रहेको पाइएको छ। सर्वेक्षण अनुसार छुटेका ७ लाख ७१ हजार ९९८ जनामध्ये ५ लाख ८५ हजार ७८२ शहरी क्षेत्रका मानिसहरु रहेका छन् भने ग्रामिण क्षेत्रका १ लाख ८६ हजार २१६ जना व्यक्ति जनगणनामा छुटेका थिए । क्षेत्रगत हिसाबको वर्गीकरण अनुसार जनगणनामा छुट्नेहरुमा सबैभन्दा धेरै काठमाडौंमा ४.४२ प्रतिशत र लुम्बिनी प्रदेशमा २.९९ प्रतिशत व्यक्ति जनगणनामा छुटेका थिए।

यसअघि तथ्याङ्क कार्यालय आँफैले गर्दै आएको जाँच सर्वेक्षण, यो पटक सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार त्रिभुवन विश्वविद्यालयले गरेको थियो।

राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि

असार २७,काठमाडौँ- सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्व. सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शोक वक्तव्य जारी गर्दै स्व. सीता दाहालको अन्त्येष्टिमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरको जानकारी दिएकी छन्।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ ।

दाहालकी धर्मपत्नी सीता दाहालको बुधबार बिहान ८:३३ बजे निधन भएको हो ।

rajkiya samman sita dahal

जातीय हिंसाविरुद्ध काठमाडौँमा प्रदर्शन

जातीय विभेदका हिंसाजन्य घटना बढ्दै गएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले,जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको,दाङमा डेराबाट निकालिएको लगायतका श्रृंखलाबद्ध घटना जात व्यवस्थाका कारण घटेको भन्दै सो विरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले, अपराधीलाई कारवाही गर,मलाई विभेद स्वीकार्य छैन,षड्यन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावाद लगायतका प्लेकार्ड प्रदर्शन गर्दै जातीय विभेदका कारण भएका हिंसाजन्य घटनाका पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

सुदुरपश्चिम:जहाँ पुल तर्दा नागरिकले पैसा तिर्नुपर्छ !

सुदुरपश्चिम भन्ने बित्तिकै नामैले पनि टाढा पुर्याएको आभाष दिलाउँछ। यति टाढा कि त्यहाँ पुग्न सायद महिनौँ लाग्छ जस्तो। पहाडको कुनै ठाउँ , सुन्दर, शान्त अनि हरियालीले भरिपूर्ण प्रकृतिको कुनै सुन्दर सिर्जना सायद । सायद यस्तै- यस्तै। प्रकृतिको अनुपम सिर्जना सुदुरपश्चिम, दुरीले टाढा नभएपनि सुदुरपश्चिमका केहि ठाउँहरु भौतिक पूर्वाधार र विकासका दृष्टिले राजधानी र देशकै कुनै विकशित भनिएको सहर भन्दा धेरै टाढा छ। यति टाढाकि त्यहाँका नागरिकले खोला तर्न जोखिम मोलेर काठको पुलबाट दिनहुँ यात्रा गर्छन्, त्यो पनि शुल्क तिरेर।

नेताहरु सरकारी ढुकुटी रित्तो पारेर सामान्य उपचारको लागि जहाज चढेर विदेशमा उपचार गर्न जाँदै गर्दा, देखतभुलीका स्थानिय बासिन्दाहरु भने अझै पनि खोला तर्न ज्यान जोखिममा राखेर, त्यो पनि पैसा तिरेर काठे पुलबाट दिनहुँ आवतजावत गर्छन्।

देखतभुली–पर्सिया जोड्ने कञ्चनपुरको दोदा नदीमा निर्माण हुने भनिएको मोटरेबल पुलको निर्माण काम आठ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। नदीको बिचमा ठुला-ठुला पिल्लरहरु ठडिएको झन्डै आठ वर्ष भैसक्यो तर पुल बन्न सकेन।

पुल निर्माण नहुँदा स्थानिय बासीहरु ज्यान जोखिममा राखेर स्थानीय समितिले निर्माण गरेको काठको पुल प्रयोग गरेर आवतजावत गर्छन्। तर पुल तर्दा उनीहरुले शुल्क तिर्नुपर्छ। एकपटकका लागि साइकल तारेको १० र मोटरसाइकल तारेको ३० रुपैयाँ तिर्छन् देखतभुलीका बासिन्दाहरु।

पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीले २०७२ पुस २६ मा सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग २४ करोड ४२ लाख ६१ हजारमा २६ पुस २०७५ मा सम्पन्न गर्नुपर्ने सम्झौता गरेको भएपनि अहिलेसम्म पुल निर्माणको प्रगति शून्य छ।

निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र परेको पुल निर्माणको सम्झौताको म्याद दोस्रोपटक थप गर्दा पनि निर्माण कार्य भने सुचारु हुन सकेको छैन ।सम्झौता अवधि सकिएर पहिलोपटक २५ माघ ०७७ सम्म म्याद थप भए पनि निर्माण सम्बन्धी कुनै काम सुरु नै नभएपछि २६ माघ ०७७ मा दोस्रोपटक ३० असार ०८० सम्म सक्ने गरी म्याद थप भएको थियो। तर, म्याद अवधि सकिन केहि दिन मात्र बाँकी रहंदा समेत निर्माण कार्यको प्रगति एक प्रतिशत पनि नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

सुरुवाती चरणमा पुल निर्माणमा प्राविधिक त्रुटि देखिएपछि डिजाइन परिवर्तन गरिएको तर २०७७ पुसमा नयाँ डिजाइन स्वीकृत भएपछि पनि निर्माण कम्पनी सम्पर्कमा नआएको कारण समयमै निर्माण कार्य सुरु हुन नसकेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले जानकारी दिएका छन्।
यधपी, निर्माण कम्पनीले चालू आर्थिक वर्ष ०७९–०८० सम्म १२ करोड ३३ लाख २६ हजार भुक्तानी लिईसकेको छ।

एकातिर निर्माण कम्पनी र सम्बन्धित निकायको लापरवाहीले भुक्तानी लिएर पनि समयमा पुल निर्माण हुन सकेको छैन भने अर्कोतिर सर्वसाधारण नागरीक शुल्क तिरेर पनि काठे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। “नेताहरु चुनावमा भोट माग्न मात्र गाउँमा आउने, तर चुनाव जितेर गएपछि फर्किएर नआउने र भोट दिएर जिताएर पठाएकाहरुलाई बिर्सने रहेछन्” ,भन्दै स्थानीयबासीहरु गुनासो गर्छन्। तर गुनासो सुनिदिने कोहि नभएपछि, पक्कि पुलको सपना थाती राखेर शुल्क तिरेरै भएपनि जोखीम मोल्दै काठे पुलबाट खोला तर्न बाध्य छन् देखतभुलीका स्थानिय बासीहरु।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा कसले के-के भने ?

असार २५,काठमाडौँ- प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिलाई लिएर केहि दिन यता निरन्तर अवरुद्द संसद बैठक आज सुचारु भएको छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने सहमतिपछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो।

आज सुचारु भएको संसद बैठकमा विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले, प्रधानमन्त्रीको हैसियतभन्दा पनि छोरी(ज्ञानु)को बुबाको रुपमा भावनात्मक भएर बोल्न पुगेको बताएका छन्। यो बहसले भविष्यमा सतर्क हुन उत्प्रेरित गरेको समेत उनले बताएका छन्।

आफ्नो विवादास्पद अभिव्यक्तिपछि संसदमा उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको समेत उनले बताएका छन् । प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद चल्न नदिने अडान लिएको कुराप्रति आपत्ति जनाउँदै, के यही यो संसदीय अभ्यास ? एकचोटि मैले यो सदनसमक्ष भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ?, के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ?, यही हो हामीले मान्दै आएको लोकतान्त्रिक पद्धति ? भन्दै संसदमा उनले आफ्नो प्रश्नहरु समेत राखेका छन् ।

साथै, उनले आफू पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको र तेस्रो पटक परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताउँदै, आफु लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको समेत बताएका छन् ।

यता, राजेन्द्र लिङ्देनले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। राजीनामा दिने नदिने हाम्रो दवावको विषय होइन भन्दै,तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङको राजीनामाको घटनालाई स्मरण गराउंदै, प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले बताएका छन्।

त्यसैगरी, नेकपा एमाले सांसद गोकुल बास्कोटले भने, ‘प्रधानमन्त्रीज्यु, तपाईँले तिरंगा झन्डा उचाल्ने हो कि चन्द्र सूर्य उचाल्ने हो? भनेर प्रश्न गरेका छन् ?
बास्कोटाले एमाले कांग्रेस रहे पनि नरहे पनि यो देश र यो देशको सार्वभौमसत्ता रहनुपर्ने भन्दै द्वन्दकालमा विभिन्न ४० बुँदे माग राखेर आन्दोलन गरे पनि अहिले त्यही ट्रक चढेको र भारतलाई कठपुतली भनेर आरोप लगाए पनि अहिले कम्फर्टेवल भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीलाई एमालेको प्रश्न: तपाईँले तिरंगा झन्डा उचाल्ने हो कि चन्द्र सूर्य उचाल्ने हो?

असार २५,काठमाडौँ- प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने सहमतिपछि संसदको अवरोध खुलाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुल बास्कोटले प्रधानमन्त्रीको स्पष्टिकरण सम्बोधनमा प्रधानमन्त्रीज्यु, तपाईँले तिरंगा झन्डा उचाल्ने हो कि चन्द्र सूर्य उचाल्ने हो? भनेर प्रश्न गरेका छन्।

आज सुचारु भएको संसद बैठकमा विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै गर्दा बास्कोटले,एमाले कांग्रेस रहे पनि नरहे पनि यो देश र यो देशको सार्वभौमसत्ता रहनुपर्ने भन्दै द्वन्दकालमा विभिन्न ४० बुँदे माग राखेर आन्दोलन गरे पनि अहिले त्यही ट्रक चढेको र भारतलाई कठपुतली भनेर आरोप लगाए पनि अहिले कम्फर्टेवल भएको बताएका छन् ।

एमाले सांसद गोकुल बास्कोटले संसदमा बैठकमा बोल्दै , सत्तास्वार्थका निम्ति देशको सार्वभौमसत्ता साट्न नसकिने समेत बताएका छन्। आफूमाथि गम्भीर प्रश्न उठेपछि सदनलाई विश्वास लिनुपर्नेमा प्रधानमन्त्रीले कोसी प्रदेश सरकारमा राजनीतिक ‘कु’ गरेकाे समेत उनले बताएका छन्।

‘एक माघले जाडो जाँदैन, राजनीतिमा एकले अर्कालाई वाच गरिरहेको हुन्छ भन्ने कुरा स्मरण गराउंदै, सक्नुहुन्छ भने देशका लागि उभिने आँट गर्नुस् नभए पद छोडिदिनुस्। सत्तास्वार्थको निम्ति देशको सार्वभौमसत्ता साटिँदैन भनेर उनले प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए राजिनामा दिनुपर्ने समेत बताएका छन्।

नक्सा पास बिनाको काठमाडौँ जिल्ला अदालत भवनको पार्किङ स्थलमा क्यान्टिन

असार २५ , काठमाडौं – बबरमहलस्थित काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आक्रोशीत भएका छन् ।

कानून व्यवसायीहरुले अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न दिनुपर्ने मागसहित ज्ञापनपत्र समेत बुझाएका छन् ।

अधिवक्ता यज्ञमणि न्यौपानेले, अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेको र पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताएका छन्। उनले, नक्सा पास बिनाको भवन बनाएर गैर कानूनी काम गरेको पनि उल्लेख गरेका छन् ।

अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको र पार्किङस्थललाई क्यान्टीनका लागि भाडा लगाएर असुली गरिरहेको कानुन व्यवसायीहरुले बताएका छन् ।

आक्रोशीत कानून व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकार विरुद्ध मुद्दा दर्ता

असार २५ , काठमाडौं – वान एक्स बेट नामकोसट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ(बल्छी धुर्बे), राजु पौडेलसहितका कलाकारहरु विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोहि अभियोगमा सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरे विरुद्ध पनि मुद्दा दर्ता गरेको छ भने सो मुद्दामा एक जना फरार रहेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग सहित ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने सहमतिपछि संसदको अवरोध हटाउन एमाले तयार

असार २५ ,काठमाडौँ- संसद सुचारु गर्न समझदारी गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले थप सर्तहरु अघि सारेपछि अनिश्चित बनेको संसद बैठक सुचारु गर्न नेकपा एमालेतयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमालेले संसदको अवरोध खुलाउन तयार भएको हो ।

शिर्ष नेताको छलफलपछि ओलीले तीन नेताबीच भएको छलफलबारे संसदीय दलको बैठकमा जानकारी गराएका र एमाले संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको बताइएको छ।

संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने सहमतिपछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो।

ललितानिवास प्रकरणमा समर्जङ कम्पनीका प्रमुख पक्राउ

असार २४,काठमाडौँ- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। घिमिरेसहित नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पनि पक्राउ गरिएको छ।

घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले उंलाई पक्राउ गरेको हो भने,अर्याल नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको छ।

यो प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ । ललिता निवास प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरुको संलग्नता रहेको पाइएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b2%e0%a4%b2%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b8-%e0%a4%9c%e0%a4%97%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%ae/

‘मर्निङ वाक’ मा हिँड्ने महिलाको सिक्री लुट्ने गिरोह पक्राउ

काठमाडौँ — मर्निङ वाकमा निस्किने महिलाहरूलाई पछ्याएर उनीहरुको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहका पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सिक्री लुट्ने गिरोहका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने रवीन दमाई, मोटर साइकल चलाउने सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चावहिल बस्ने रवि विक, चोरीको सुन बिक्री गर्न सहयोग गर्ने धनकुटा घर भई हाल राममन्दिर बस्ने राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बंगाल घर भई हाल न्युरोड बस्ने श्रीकान्त मैतीलाई पक्राउ गरेको हो ।

उनीहरूले चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङ वाकमा निस्किने महिलालाई पछ्याउने र लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।उनीहरूले बीस दिनको अवधिमा शृंखलाबद्ध रुपमा ८ पटक सिक्री लुटेको पाइएको छ। उनीहरूले चोरी गरेका गहना तत्कालै गाल्ने र बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का १ थान (११.२ ग्राम), सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल दुईवटा, मोबाइल फोन ६ थान र सुनको नेकलेस एक थान बरामद गरेको छ ।

संसद सुचारु गर्न एमालेको सर्त

असार २४,काठमाडौँ- संसद सचिवालयले सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको जानकारी गराएको छ। संसद सुचारु गर्न समझदारी गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले थप सर्तहरु अघि सारेपछि संसद बैठक अनिश्चित बनेको छ।

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएपछी, प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको नेकपा एमाले प्रधानमन्त्रीको राजिनामाबाट पछि हटेर संसदको अवरोध हटाउन तयार भएको जनाएको थियो।

तर, छलफल सकिएको केहि समयपछि एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ सर्त अघि सारेपछि संसद सुचारु गर्ने सहमतिमा सारिएको १ बजेको बैठक भोलिसम्मको लागि सरेको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%a7-%e0%a4%b9%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be/

मिटरब्याज पीडितहरू फेरि आन्दोलनमा

असार २४,काठमाडौँ — मिटरब्याज सम्बन्धी मौजुदा कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडितहरू फेरि आन्दोलनमा उत्रिएका छन् ।

पीडितहरूले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याउन माग गर्दै माइतीघरबाट सुरु भएको प्रदर्शन संसद भवन बानेश्वर पुगेको छ। पीडितहरूले सरकारले जााचबुझ र अनुसन्धानका नाममा जिल्लामा बनाएको सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको समन्वय समितिले पीडितहरूलाई दबाबमा राखेर जबर्जस्ती सहमति पत्रमा हस्ताक्षर गर्न लगाएको गुनासो समेत गरेका छन्।

उनीहरुले ‘अवैधानिक ऋणको पासो थापेर समाजवाद उन्मुख राज्य बन्दैन, संविधानमा उल्लेख समाजवाद उन्मुख अर्थव्यवस्था लागू गर, मिटर ब्याजसम्बन्धी कानून तत्काल पारित गर’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

यसअघि, सरकारले मौजुदा कानुनमा संशोधन गर्दै मिटरब्याजीलाई अनुचित लेनदेनका रुपमा परिभाषित गरेर त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न जारि गरेको अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो र प्रतिनिधिसभाले बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो।

कानूनबमोजिम अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसदका दुवै सदनबाट पारित भइसक्नुपर्छ ।सोहि अनुरुप प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । तर प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका सांसदहरुले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको थियो ।

https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95/

संसदको अवरोध हटाउन प्रधानमन्त्री, देउवा र ओली छलफलमा

असार २४, काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसदको गतिरोध अन्त्य गर्ने विषयलाई लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको आइतबारको बैठक समेत अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले दुई वटा प्रतिनिधिसभाका बैठक र तीन वटा राष्ट्रिय सभाका बैठक अवरुद्ध गरिसकेको छ ।एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा जवाफ फेस गर्ने निर्णय गरेका छन्।एमालेले संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको आजको बैठक पनि अवरोध गर्ने तयारी गरेको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/

कोशी प्रदेश सरकार गठनको विरुद्द सर्वोच्च पुग्यो एमाले

असार २२,काठमाडौँ — कोशी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको छ ।

दलिय स्वार्थबाट तटस्थ रही संसदको कार्यसञ्चालन र अध्यक्षता गर्नुपर्ने जिम्मेवारी बोकेका सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा बहुमत पुर्याएको भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको हो।

कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशको सरकार गठनको विरुद्द रिट दर्ताका लागि काठमाडौं आइपुगेको र सर्वोच्च अदालतमा केहीबेरमा निवेदन दर्ता गर्ने बताएका छन् । एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%8f%e0%a4%b0/

भ्रष्टाचारमा राजनीतिक नेतृत्वकै संलग्नता:राजनीतिक नेतृत्वबाटै भ्रष्टाचारी संरक्षित: गृहमन्त्री

असार २२, काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्वबाटै भ्रष्टाचारी संरक्षित रहने गरेको र भ्रष्टाचारमा राजनीतिक नेतृत्वकै संलग्नता रहने गरेको बताएका छन्।

निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । गृहमन्त्री श्रेष्ठले सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधान गर्न आँट गरेको र सोहि अभियान अन्तर्गत गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको समेत बताएका छन्।

कसैले सही कामको लागि कुनै रकमको प्रयोग गरेपनि त्यो सही काममै प्रयोग हुन्छ भन्ने विश्वास गर्न नसकिने देशको राजनीतिक संस्कृति बनेको भन्दै, आन्तरिक सुशासनबिना समाजमा सुशासन स्थापित गर्छु भन्नु फगत कुरा मात्र रहेको बताउँदै उनले आन्तरिक सुशासनलाई पहिलो जोड दिनु पर्ने बताएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%a0%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5/

ललितानिवास प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

असार २२ , काठमाडौं – ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सो प्रकरणमा तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो सहितका अन्य व्यक्तिहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी गरिएका मध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार रहेका छन् । पक्राउ परेकाहरु विरुद्द अनुसन्धान अघि बढिसकेको र फरार रहेकाहरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जग्गासम्बन्धी मिसिल अख्तियारबाटै गायब

ललितानिवासको ११२ रोपनी ४ आना १ पैसा जग्गा व्यक्तिको नाममा सार्ने क्रममा, सरकारी जग्गा व्यक्तिको नाममा गराउने निर्णयसम्बन्धी मालपोत कार्यालय डिल्लीबजारको कार्यालयले २५ कात्तिक २०४९ मा तयार पारेको मिसिल नम्बर १०२४ र १०२५ कार्यालयबाट गायब बनाएको तथ्य सार्वजनिक भएको छ ।
सोहि अभियोगमा प्रहरीले मालपोत कार्यालयका खरिदार एवं तामेली फाँटका तत्कालीन प्रमुख गोपाल कार्कीलाई पक्राउ समेत गरेको छ ।

मिसिलमा के आधारमा सरकारी जग्गा व्यक्तिको नाममा गयो भन्ने विषयहरु रहेको र ति सम्पूर्ण निर्णयका आधारहरु तथ्यहीन भएकाले नियोजित रुपमै मिसिल गायब पारिएको हुनसक्ने सम्बन्धित अधिकृतहरुले बताएका छन्।

कार्कीले बयानका क्रममा फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन भूमि विशेषज्ञ हुपेन्द्रमणि केसीलाई दिएको र त्यसपछि फाइलका बारेमा आफुलाई जानकारी नभएको बताएका छन्।

केसी इने व्यक्ति हुन् जसले २०६२ सालमा मालपोत कार्यालय डिल्लीबजारमा अधिकृत रुपमा काम गरेर अवकाश पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करारमा भूमि विशेषज्ञको रुपमा काम गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको कार्यकालभरि ललितानिवास जग्गा अनियमितताको उजुरी अघि बढ्न नदिएका केसीले भूमि सुधार मन्त्रालयमा कार्यरत रहँदा पनि सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गिरोहलाई सहयोग गरेको देखिन्छ ।

सभामुखको गरिमा बिर्सिएर कोशी प्रदेशमा नयाँ सरकार

असार २२, विराटनगर – सभामुख पदको मर्यादालाई लत्याएर कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको छ।

९३ सदस्यीय कोशी प्रदेशमा थापालाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र सभामुखले समर्थन गरेका छन् ।गठबन्धनका तर्फबाट दाबी पेश गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको समर्थन आवश्यक रहनेमा एमाले र राप्रपा गठबन्धनको ४६ सिट र गठबन्धनको पनि ४६ सिट रहेको छ। तर गठबन्धनले सभामुखलाई समेत सरकार गठन प्रक्रियामा सामेल गराएर बहुमत कायम गरेको छ। १ सीटले कोशी सरकारबाट एमाले नेता हिक्मत कार्की बाहिरिंदै गर्दा त्यहि १ सिटको समर्थनका लागि गठबन्धन दलले भने अप्राकृतिक रुपमा सभामुखलाई प्रयोग गरेको हो।

दलिय स्वार्थबाट तटस्थ रही संसदको कार्यसञ्चालन र अध्यक्षता गर्नुपर्ने जिम्मेवारी बोकेका सभामुखले कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत भएको भन्दै उनको आलोचना समेत गरिएको छ। सभामुखको यो कदमले सभामुख तटस्थ, निष्पक्ष र दलभन्दा माथि भन्ने मान्यताको धज्जी उडाइएको भनि अहिले सभामुख बाबुराम गौतम आँफै विवादमा मुछिएका छन्

अब ३० दिनभित्र मुख्यमन्त्री थापाले संसदमा विश्वाशको मत लिनुपर्ने हुन्छ। गठबन्धन ३० दिनभित्र राप्रपालाई मनाउन सकिन्छ कि भन्ने दौडमा लागेको छ। तर यदि राजनीतिक समीकरण यहि अवस्थामा कायम रहयो भने गठबन्धनले सभामुखको राजिनामा गराएर गौतमलाई सांसदको हैसियतमा सरकारको समर्थनमा मत दिन लगाउने रणनीतिमा गठबन्धन सरकार रहेको बुझिएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95/
https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/

नेपाली राजनीतिमा उम्रिएको दिल्लीको बिऊ : माओवादी र प्रचण्ड

करीब १० वर्ष लामो शशस्त्र द्वन्दपछी तत्कालीन नेकपा माओवादीले नेपालको संसदीय व्यवस्थालाई आत्मसाथ गर्दै नेपाली राजनीतिको मुलधारमा आइपुग्यो। संसद भनेको खसीको टाउको देखाएर बोकाको मासु बेच्ने थलो हो भनेर नेपाली राजनीति र संसदीय अभ्यासको विरोध गर्दै शशस्त्र युद्ध लडेको माओवादीले अन्तत: त्यहि संसदीय राजनीतिलाई अंगाल्न पुग्यो जसलाई उनीहरुले बुलेटदेखि ब्यालेटसम्मको यात्रा भनेर परिभाषित गरे।

दश वर्षे शशस्त्र द्वन्दको अन्त्य, फरक राजनीतिक विचारधारा र स्थिर राजनीतिको सुरुवात लगायत विभिन्न दृष्टिकोणबाट २०६४ पछी नेपाली राजनीतिमा माओवादीको उदयलाई नेपाली राजनीति र सिङ्गो नेपालको ट्रान्जिसन फेजका रुपमा व्याख्या गरियो। दश वर्षे शशस्त्र द्वन्दले आजीत भएका र पुराना राजनीतिक दलबाट देशमा आमूल परिवर्तनको आशा गुमाउंदै गएका नेपाली जनताले, हिजो द्वान्दकालामा माओवादीले दिएको चोट र पिडा बिर्सिएर अन्तत: माओवादीको जितमा खुशी मनाए। माओवादी द्वन्दमा धेरैले आफ्ना परिवारका सदस्य र आफन्त गुमाएपनि देश र जनताले खोजेको परिवर्तन स्थापित हुने आशामा ति सबै चोट र पीडाहरु सहेरै बसे। तर जति-जति समय बित्दै गयो नेपाली जनताको माओवादी प्रतिको आशा निराशामा बदलिँदै गयो।

देश र जनतालाई परिवर्तनको आशा देखाएर नेपाली राजनीतिमा प्रचण्ड पथको खाका देखाउंदै जङ्गलबाट संसद भवन छिरेको तत्कालिन नेकपा माओवादी पार्टी कालान्तरमा तिनै पुरानै राजनीतिक दल र तिनै पुराना नेताले कोरेको पुरानै बाटोमा पुग्यो। जति-जति समय बित्दै गयो, राष्ट्रिय हित र स्वार्थ भुलेर पुरानै पार्टी सरह माओवादी पनि सत्ता स्वार्थ , नातावाद ,परिवारवाद र भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गयो। संसदीय राजनीतिमा कुनै बेला सबैभन्दा ठुलो पार्टी बनेको तत्कालिन नेकपा माओवादी अन्तत: सत्ता स्वार्थ र परिवारवादको चपेटामा टुक्रा-टुक्रा भएर फुट्यो। पार्टीभित्रका वैध, बाबुराम र बिप्लव लगायतका उच्च तहका नेताहरु पार्टीबाट अलग्गिए। अन्तत: २०७९ को निर्वाचनसम्म आइपुग्दा माओवादीलाई आफ्नो राजनीतिक अस्तित्व जोगाइराख्न पनि अन्य दलको वैशाखी टेकेर हिड्नुपर्यो।

सरकारसँग विभिन्न माग राखेर १० वर्षे शशत्र द्वन्दको सुरुवात गरेको तत्कालीन माओवादीले “भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद” को विरोध गर्दै भारत सँगको १९५० को असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने कुरालाई आफ्नो मूल एजेण्डाको रुपमा अघि सारेका थियो । तर जति-जति समय बित्दै गयो, संसदीय राजनीतिमा प्रवॆश गरेपछि माओवादीको असली रुप खुल्दै आयो। भारतीय विस्तारवाद को चर्को विरोध गरेर भारतसँगको असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने कुरालाई जोडतोडका साथ उठाएको तत्कालिन माओवादीले आखिर भारतमै सेल्टर लिएर नेपाल विरुद्द शशस्त्र द्वन्द गरेको तथ्यहरु विस्तारै बाहिर आउन थाल्यो। नेपालको माओवादी द्वन्दलाई भारतले आन्तरिक रुपमा समर्थन गरेका तथ्यहरु माओवादी नेताहरुबाटै बाहिर आउन थाल्यो।

माओवादी नेपालको संसदीय राजनीतिमा आइसकेपछि,भारतीय टेलिभिजन च्यानल आजतकमा प्रचण्डसंगको अन्तर्वार्ताका दौरान, “माओवादीले भारतसंगको असमान सन्धि सम्झौताको विषलाई लिएर भारतको विरोध किन गरेको” भनेर सोधिएको प्रश्नमा प्रचण्डले, आफुहरु द्वन्दको दौरान भारतकै विभिन्न स्थानमा रहेको र त्यस बखत भारतले आफुहरुलाई निकै सहयोग गरेको भन्ने प्रश्नकर्ताको तथ्य स्वीकार्दै आफुहरुले असमान सन्धी सम्झौताको विषयलाई लिएर भारतको कहिल्यै विरोध नगरेको समेत बताएका थिए।

तत्कालिन माओवादीका नेता र राजनीतिक विश्लेषक भरत दाहालले पनि एक अन्तर्वार्तामा,आफुले बाबुराम र प्रचण्ड लगायतका माओवादीका नेताहरुलाई भारतीय सरकारी गेष्ट हाउसमा पटक-पटक भेटेको र भारतीय विस्तारवादको नारा लगाएर नेपालमा सुरुवात गरिएको शशत्र द्वन्द भारतकै इशारामा भएको बुझेपछि आफुले माओवादी पार्टी त्यागेको बताएका थिए।

ओली-प्रचण्डको नेकपा सरकारले लिपुलेक,कालापानी र लीम्पियाधुरा समावेश नेपालको नयाँ नक्शा जारी गरेपछी भारतीय सेनाका जनरल बक्शिले पनि, आफुहरुले द्वन्दकालमा माओवादीलाई सहयोग र समर्थन गरेर गल्ति गरेको भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसो त नेपालि राजनीतिक वृतमा, नेपालको राजनीतिमा भारतले प्रत्यक्ष- अप्रतक्ष्य रुपमा हस्तक्ष्यप गर्दै आएको कुरालाई सबैले स्वीकार गर्दै आएका छन्। नेपालले नयाँ संविधान जारी गरेपछी भारतले गरेको अघोषित नाकाबन्दी नेपाली राजनीतिमा भारतीय हस्तक्ष्यपको पछिल्लो उदाहरण हो। दिल्लीलाई पावर सेन्टर मानिएको नेपाली राजनीतिमा, नेताहरु मन्त्रि बनाइदिन आग्रह गर्दै भारतीय दुतावास र दिल्ली धाउने गरेको चर्चा बेला-बेला नेपाली राजनीतिक वृतमा चल्ने गरेका छन्। तर केहिदिन अघि प्रधानमन्त्री दाहालले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली धाएको अभिव्यक्ति एकाएक विवादास्पद बन्नु कुनै नौलो कुरा होइन। किनकि माओवादी पार्टीको सुरुवात नै, नेपालको राजनीतिमा अस्थिरता कायम राख्न भारतले खडा गरेको थर्ड पोल हो। विगत देखिकै ईतिहास हेर्ने हो भने, नेपाली राजनीतिमा एउटाको त्रास देखाएर अर्को पार्टीलाई कावुमा राख्न भारतले हर सम्भव प्रयास गरेको देखिन्छ। कुनै बेला राजाको आडमा नेपालको राजनीतिक दललाई तर्साएर कावुमा राख्दै आएको भारतले अहिले एउटा दललाई अर्को दलको त्रास देखाएर आफ्नो स्वार्थमा खेलिरहेको आम मानिसले पनि बुझिसकेका छन्।

फरक यति हो कि, देशकै प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि आँच पुग्ने गरेर अभिव्यक्ती दिने छुट कसैलाई पनि छैन। चाहे त्यो देशको प्रधानमन्त्री होस या कुनै आम नागरिक।

बाग्मती किनारका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन निर्देशन

असार २०, काठमाडौँ- बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले बाग्मती किनारका सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरेर हटाउन सरकारलाई निर्देशन दिएको छ।

वाग्मती किनारमा रहेको अव्यवस्थित बसोबास एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिंदै, उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती किनारको स्थलगत अवलोकन गर्ने पनि समितिले बताएको छ ।

त्यस्तै समितिले काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाहरुबाट घर जग्गा पास गर्दा लिने थप ०.५ प्रतिशत शुल्क वाग्मती र सहायक तथा उपसहायक नदीहरुको पानी प्रशोधन, सौन्दर्यीकरण तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गरी वाग्मती सभ्यता बचाउन तथा काठमाडौंलाई बस्न लायक सहर बनाउन उपरोक्त शुल्क सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जम्मा गर्न पनि नेपाल सरकारलाई निर्देशन दिएको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95/

प्रधानमन्त्रीको अभिव्यक्तिले निष्क्रिय बन्यो मिटरब्याज सम्बन्धी अध्यादेश

असार २०, काठमाडौँ- प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका सांसदहरुले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ ।

यसअघि, सरकारले मौजुदा कानुनमा संशोधन गर्दै मिटरब्याजीलाई अनुचित लेनदेनका रुपमा परिभाषित गरेर त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न जारि गरेको अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो र प्रतिनिधिसभाले बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो।

कानूनबमोजिम अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसदका दुवै सदनबाट पारित भइसक्नुपर्छ ।सोहि अनुरुप प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । तर प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका सांसदहरुले बुधबारको बैठक अवरुद्ध पारेपछि अध्यादेश स्वत: निष्क्रिय भएको हो ।

प्रधानमन्त्री दाहालले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।

https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95/

स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो: लेण्डुप दोर्जेको नेपाली संस्करण चाहिँदैन

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

असार २०, काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै, प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग सहित प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको संसदहरूले संसद अवरुद्ध पारेका हुन्।

एमाले सांसदहरुले दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन र प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन भन्ने अभिव्यक्ती दिएका छन्। एमालेका सांसद रघुजी पन्तले , ‘हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो ,लेण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ‘ भन्दै संसद चल्न नदिने बताएका थिए।

दलहरूले बैठक अवरोध गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95/

गायक तथा अभिनेता रविन तामाङको निधन

असार १९, काठमाडौँ- गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका मेन भोकलिस्ट रविनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।

अहिले रविनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका रविनको दिदि भगवतीले प्रहरीलाई गायक तामांगको मृत्य भएको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको जानकारी प्राप्त भएको छ। यधपी, रविनको मृत्य के कति कारणले कसरि भयो भन्नेबारे भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।

सिंगापुरमा जन्मिएका रविनले नेपालमा “रविन एण्ड द न्यू रिभोलुसन” नामको सांगीतिक ब्याण्डको भोकलिस्टको रुपमा आफ्नो सांगीतिक यात्रा अघि बढाएका थिए। रविनले पछिलो समय नेपाली चलचित्र क्षेत्रमा अभिनय यात्रालाई पनि अगाडी बढाउंदै आएका थिए।

‘दम मारो दम’ र ‘केटाकेटी’ जस्ता उनले गाएका गित नेपाली युवापुस्ता माझ निकै लोकप्रिय बन्न पुगेको थियो भने उनले, मुखौटा, छड्के लगायत करिब एक दर्जन नेपाली चलचित्रमा अभिनय समेत गरेका छन्। नेपाली रक गायन क्षेत्रमा उनको विशेष योगदान रहिआएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा लेटर ग्रेडिङ प्रणालीमा प्रकाशन गर्ने

राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ प्रणाली अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो पाठ्यक्रमअनुसार अध्ययन गरेपछि लेटर ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको बताए ।

सरकारले सैद्धान्तिकमा ३५ र प्राक्टिकलमा ४० अंक ल्याउनेलाई मात्रै समावेश गर्न लेटर ग्रेडिङ गाइडलाइन, २०७८ परिमार्जन गरेको छ । निर्देशिका अनुसार कुनै पनि विषयमा ३५ भन्दा कम अंक ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ र कक्षा ११ मा जान नपाउने र एनजी लेखेर नतिजा आएका विद्यार्थीले ओरिजिनल प्रमाणपत्र पाउने छैनन् ।

तर, यस वर्षको एसइईको नतिजाको निर्देशिकामा यो व्यवस्था लागू नगरी बोर्डले वर्णमाला/अक्षर ग्रेडिङ प्रणाली लागू गर्ने भएको छ । यस प्रणालीमा ‘ई’ ग्रेड पनि निर्धारण गरी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।

बोर्डका अध्यक्ष शर्माले चालु शैक्षिक सत्रमा सबै कक्षालाई नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएकाले अबदेखि नयाँ ग्रेडिङ प्रणाली लागू गरिने बताएका छन् ।

७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रका करिब ५ लाख विद्यार्थीले भाग लिएको एसइई परीक्षाको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भएको छ ।

सर्वोच्चको फैसलाविरुद्ध सीआईबीको भ्याकेट निवेदन

असार १९, काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा मुछिएका १७ जना आरोपितलाई पक्राउ नगर्नू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सीआईबीले भ्याकेट निवेदन दिएको छ।

स्टे अर्डर खारेजको माग सहित ललिता निवास प्रकरणमा मुद्दा अघि बढाउन समस्या भएको भन्दै सर्वोच्चमा भ्याकेट दिएको सीआईबीले जनाएको छ।पक्राउ परेकाहरु अदालतको अन्तरिम आदेश देखाएर छुटेपछि प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सर्वोच्च अदालत पुगेको हो । दुवै निकायले अन्तरिम आदेश त्रुटीपूर्ण रहेको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।

यसअघि सर्वोच्च अदालतले यसै प्रकरणमा मुछिएका टीकाराम घिमिरेसहित १७ जनालाई पक्राउ नगर्न/थुनामा नराख्न अन्तरिम आदेश दिएको थियो। ललिता निवास प्रकरणमा जोडिएका टीकाराम घिमिरेसहित १७ जनाले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पक्राउ नगर्न २०७९ साउन १९ गते अन्तरिम आदेश दिएको थियो।

अन्तरिम आदेश पाउनेमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव तेजराज पाण्डे, मुख्य बिचौलिया रामप्रसाद सुवेदीका छोरा रूपेशकुमार सुवेदी, भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी शंकरप्रसाद सुवेदी, नापी कार्यालय काठमाडौंका तत्कालीन नापी अधिकृत मोहम्म सवीर हुसैन, गुठी संस्थानका तत्कालीन प्रशासक बलिरामप्रसाद तेली, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत दिनेशप्रसाद शर्मा, मालपोत डिल्लीबजारका उपसचिव लक्ष्मीनारायण उप्रेती छन्।

यस्तै,गुठी संस्थाका तत्कालीन उपप्रशासक जयप्रसाद रेग्मी, गुठी संस्थान केन्द्रीय कायाँलयका मुख्य अधिकृत हरिबोल आचार्य, मालपोत डिल्लीबजारका तत्कालीन नासु टीकाबहादुर बीसी, डिल्लीबजारका नासु श्रीहरि पुडासैनी,भूमिसुधार कार्यालय काठमाडौंका नासु अंगुरकुमार सिग्देल, मालपोत कार्यालय डिल्लीबजारका नासु टंकनाथ पौडेल र अर्का नासु केदारप्रसाद श्रेष्ठले पनि अन्तरिम आदेश पाएपछि न्यायिक हिरासतबाहिरै रहेका छन्।

सोही आदेशका आधारमा पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई यसअघि रिहा गरिएको थियो।

हनुमानढोका परिसरमा सवारी साधन प्रवेश निषेध

असार १९, काठमाडौँ- काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ । सम्पदाको मौलिकता जोगाउन महानगरले यस्तो निर्णय गरेको हो ।

कामपाका मेयर बलेन्द्र शाहले नगरको पुरानो सम्पदालाई जोगाउनु पर्नेमा जोड दिँदै,यी सम्पदा र तिनको पुरातन मौलिकतालाई गौरवका साथ संसारलाई देखाउन हामी गर्वका साथ अगाडि बढ्न सक्ने बताएका छन्।

वसन्तपुर क्षेत्रमा दैनिक हजारौं पर्यटक आउने गरेको उल्लेख गर्दै उनले भविष्यमा लाखौं पर्यटक आउने सम्भावना रहेको र परिसरको मौलिकता, सौन्दर्य र वातावरण शान्त, सफा र रमणीय हुन आवश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरमा सवारी साधन चलाउन निषेध गरिएको बताएका छन् ।

एसीसी यू-१६ क्रिकेटमा नेपाल विजयी

असार १९, काठमाडौँ- मलेसियामाथि शानदार जित हात पार्दै नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ।

फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले प्रतियोगिता जितेको हो ।२५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भएको हो।

क्रिकेट प्रतियोगितामा नेपाल, मलेसिया, सिंगापुर, हङकङ, माल्दिभ्स, इन्डोनेसिया र थाइल्याण्डको सहभागिता रहेको थियो ।प्रतियोगितामा नेपालले समूहचरणमा मलेसियासहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।

नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता समेत जितेको थियो ।

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख ४० हजार नेपाली विदेशीय

असार १९,काठमाडौं- चालु आर्थिक वर्षको यो अवधिसम्म वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ४० हजारभन्दा बढी पुगेको छ।

वैदेशिक रोजगार विभागको अनुसार वैदेशिक रोजगारीका लागि वेदेश जाने नेपालीको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । विभागका अनुसार गत आर्थिक वर्षमा ६ लाख ३० हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएको देखिन्छ ।

वैदेशिक रोजगार विभागको अनुसार रोजगारीका लागि दैनिक २ हजार ४४ नेपाली श्रम स्वीकृति लिए विदेश जाने गरेका छन् । विभागका अनुसार कोभिड–१९ को विश्वव्यापी लकडाउनका बीचमा मात्र ५० हजार नेपाली रोजगारीको खोजीमा विदेश पलायन भएको देखिन्छ ।

मुख्यतः देशमा माओवादी विद्रोहपछि बढेको वैदेशिक रोजगारीप्रतिको नेपालीको आकर्षणले १८ वर्षमा कुल २४ करोड ६५ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम सरकारी स्वीकृति लिएको देखिन्छ ।

विभागको तथ्याङ्क अनुसार नेपाली कामदारका लागि मलेसिया प्रमुख श्रम गन्तव्य मुलुक भएको देखिन्छ भने, रोमानिया, क्रोएसिया, साइप्रस, बेलायतलगायत युरोपेली देशहरूमा पनि आकर्षण बढ्दै गएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाएको छ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन् ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो।

काठमाडौंको पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ।

दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि प्रतिलिटर ६ रुपैयाँ र पहिलो वर्ग (चारआली, विराटनगर,वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) का लागि प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ।

एलपी ग्यासको मूल्य यथावत राखेको निगमले हवाइ इन्धनको भाउ आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ११५ अमेरिकी डलरले घटाएको छ।

अब मन नपरेका उम्मेद्द्वारलाई “नो भोट “

असार १८, काठमाडौँ- निर्वाचन आयोगको सोमबार बसेको बैठकले पहिलो पटक ‘नो भोट’ को प्रावधान समेटेर एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेको छ।

निर्वाचन आयोगले तयार पारेको मस्यौदाको दफा २०५ मा भनिएको छ, ‘कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई निजको समर्थन नरहेको भनी दफा ९५ को उपदफा (४) को खण्ड (घ) बमोजिम मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने गरी मतदातालाई तोकिएबमोजिम मतपत्रमा मतदानको व्यवस्था गर्न सक्नेछ।’

आयोगले साविकको निर्वाचन सम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमार्फत् संसदमा पेस गर्ने निर्णय गरेको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a5%8d/
https://nepalrastriyadainik.com/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a4%e0%a4%b9%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%81%e0%a4%a8%e0%a5%88-%e0%a4%8f%e0%a4%95-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%aa/

कांग्रेस नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

गठबन्धन बैठकले थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै बाँकी सिट संख्या पुराउने जिम्मा कांग्रेसलाई दिइएको जानकारी प्राप्त भएको छ । बैठकले बिभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरूको पनि टुंगो लागेको र जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको बताइएको छ।

अन्य पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध पार्टीबाट राजीनामा दिनुपर्ने

असार १८, काठमाडौँ- निर्वाचन आयोगले, अरु पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध रहेको पार्टीबाट राजीनामा दिनुपर्ने व्यवस्थाको प्रस्ताव गरेको छ।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने।’

आयोगको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठ पोषण समेतका आधारमा साविकको निर्वाचन सम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमार्फत् संसदमा पेस गर्ने निर्णय गरेको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a4%e0%a4%b9%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%81%e0%a4%a8%e0%a5%88-%e0%a4%8f%e0%a4%95-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%aa/

तीन तहको कुनै एक चुनावमा पराजित व्यक्ति पाँच वर्षसम्म उम्मेदवार हुन नपाउने

असार १८, काठमाडौँ -निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति पुन: समानुपातिक प्रणालीबाटै उम्मेदवार हुन नसक्ने र तीन तहका कुनै पनि निर्वाचनमा उम्मेदवार भई पराजित भएका व्यक्ति सम्बन्धित क्षेत्रकै उपनिर्वाचनबाहेक त्यही पाँच वर्षे कार्यकालमा अन्यत्र र अन्य कुनै तहको चुनावमा उम्मेदवार हुन नपाउने कानुनी प्रबन्धको प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगको बैठकले यी लगायतका अन्य व्यवस्थासहित साविकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई गृह मन्त्रालयमार्फत संसदमा पेस गर्ने निर्णय गरेको छ ।

हालसम्म समानुपातिक प्रणालीमा उम्मेदवार हुनका लागि कुनै सीमा नतोकिएको अवस्थामा जो जतिपटक पनि उम्मेदवार हुनसक्ने प्रावधान रहेकोले एउटै व्यक्तिले पटक-पटक अवसर पाउने अवस्थामा सुधारका लागि आयोगले समानुपातिक निर्वाचन प्रणालीमा यस्तो प्रस्ताव गरेको हो ।

त्यसैगरी,स्थानीय तहमा हारेको व्यक्ति प्रदेश र संघको चुनाव लड्ने र एक ठाँउमा पराजित व्यक्ति अर्को स्थानको उपनिर्वाचनमा चुनाव लड्न जाने प्रवृतिको अन्त्यको लागि आयोगले तीन तहका कुनै पनि निर्वाचनमा उम्मेदवार भई पराजित भएका व्यक्ति सम्बन्धित क्षेत्रकै उपनिर्वाचनबाहेक त्यही पाँच वर्षे कार्यकालमा अन्यत्र र अन्य कुनै तहको चुनावमा उम्मेदवार हुन नपाउने कानुनी प्रबन्धको प्रस्ताव गरेको हो।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a5%8d/

नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

असार १८ , काठमाडौं – मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट अन्तर्गतको खेलमा सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भएपछी ९७ रनको जितसंगै नेपाल फाइनलमा प्रवेश गरेको ।

नेपालले मंगलबार हुने फाइनल खेलमा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

अदालती कामकाज छोडेर कानुन व्यावसायी प्रदर्शनमा

असार १८ , काठमाडौं – देशभरका कानुन व्यवसायीहरु यतिबेला अदालती कामकाज छोडेर प्रदर्शनमा उत्रिएका छन्।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि भएको घटनालाई लिएर कानुनी व्यवसयाी आन्दोलनमा उत्रिएका हुन् ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरु विरोधमा उत्रिएका हुन्।

कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् । कानुन व्यवसायी माथि झुठ्ठा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।

विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई भने आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।

मिलेमतोमा चिनी आयातमा कर लगाइयो

प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मिलेमतोमा चिनी आयातमा कर लगाइएको बताउनुभएको छ।

विदेशबाट ल्याइने चिनीमा कर लाग्ने तर चामलमा नलाग्ने सरकारी नीतिले,चामल भनेर चिनी भित्रिइरहेको र अर्थमन्त्रीले सो बारेमा जानकार नभएको जस्तो गर्नु नै मिलेमतोमा आयातीत वस्तुमा कर निर्धारण भएको बताउनुभएको छ।

गरिबले चढ्ने सार्वजनिक यातायातमा पूर्वाधार विकास कर लगाइएको प्रति आपत्ति जनाउँदै, सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउन माग समेत गर्नुभएको हो।

बथाकमा बोल्दै, सुवालले निजी दूरसञ्चार प्रदायकलाई राज्यको स्वामित्वमा ल्याउनुपर्ने र रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

ललितानिवास क्षेत्रको सरकारी जग्गामा महानगरले काँडेतार लगाउने

काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेको करिब एक सय ४३ रोपनी जग्गामा तारबार लगाउने र ललिता निवासको जग्गामा निर्माण भएका अस्थायी वा अनधिकृत संरचना हटाउने भएको छ । 

सरकारी सम्पतीको संरक्षण गर्ने दायित्व महानगरको भएको भन्दै महानगरले ललितानिवास क्षेत्रमा रहेको सरकारी जग्गामा तारबार लगाउने तयारी गरेको हो ।

आइतबार महानगरपालिकाअन्तर्गतको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा त्यस क्षेत्रमा पुगेको महानगरको नगर प्रहरीले कतिपय ठाउँमा व्यक्तिले घरटहरा बनाएर बसेको पाइएकोले सरकारी जग्गामा बनेका पुराना अस्थायी संरचना हटाउन निर्देशन समेत दिएको छ । महानगरले सरकारी र व्यक्तिगत जग्गा यकिन गर्न नापी तथा मालपोत कार्यालयसँग नक्सा विवरण पनि माग गरिएको र सरकारी र व्यक्तिगत कति छन् भनेर छुट्याउँदै तारबार लगाएर सरकारी जग्गा संरक्षण गर्ने तथा सो जग्गामा भवन तथा कुनै पनि संरचाना निर्माणको अनुमति नदिने बताएको छ।

महानगरले २४ घन्टे मौखिक अल्टिमेटम दिएर सरकारी जग्गामा निर्माण गरिएका अस्थायी वा अनधिकृत संरचना हटाउन निर्देशन समेत दिएको छ।

ललितानिवास जग्गा प्रकरणमा २२ रोपनी जग्गा घुस बापत प्रयोग भएको पुष्टि

ललितानिवासको एक सय ४३ रोपनी जग्गा हिनामिना प्रकरणमा कर्मचारी र बिचौलियाले २२ रोपनी १० आना जग्गा घुस लिएको तथ्य बाहिर आएको छ । प्रहरीका अनुसार १० कर्मचारी र दुई बिचौलियाले सो जग्गा बकसका रूपमा घुस लिएको बुझिएको छ ।

देशमा पञ्चायती व्यवस्था लागू भएपछी कांग्रेस नेता सुवर्णशमशेर र छोरा कञ्चनशमशेरलाई राजकाज मुद्दा लगाएर ललिता निवास क्षेत्रमा रहेको १४ रोपनी ११ आना जग्गा जफत गरिएको थियो भने, विसं २०२१ मा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन सरकारले हदबन्दीभन्दा माथिको जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो ।तर नक्कली कागज खडा गरेर ०४९ सो जग्गा व्यक्तिका नाममा सारिएको थियो ।

२०४६ पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको सरकारले , पञ्यायतले जफत गरेका जग्गा काननुअनुसार फिर्ता गर्ने निर्णय गरेको थियो र सोही निर्णयअनुसार सुवर्णशमशेर परिवारको १४ रोपनी ११ आना जग्गा मात्र फिर्ता गर्नुपर्नेमा भूमाफियाहरूले नक्कली कागज बनाएर भूमिसुधार लागू हुँदा मुआब्जा दिएर सुवर्णशमशेर परिवारबाट अधिग्रहण गरिएको ११२ रोपनी ४ आना जग्गा समेत व्यक्तिका नाममा सारेका थिए । यसरि सरकारी जग्गा व्यक्तिका नाममा सार्ने यो योजनामा मिलेमतो गरेका भूमाफिया र कर्मचारीले घूसबापत मात्र २२ रोपनी जग्गा लिएको पुष्टि भएको छ ।

यसरि जग्गा नै घुस लिनेहरुमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि रहेका छन् जसले पाँच रोपनी दुई पैसा दुई दाम जग्गा श्रीमती उर्मिला शाहको नाममा लिएर बिक्री गरिसकेका छन् ।

त्यसैगरी, मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य, मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङ, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, डिल्लीबजार मालपोतका अधिकृत धर्मप्रसाद गौतम, नासु जगत पुडासैनी र डिल्लीबजार मालपोतका प्रमुख रहेका कलाधर देउजाले पनि घुस बापत जग्गा लिएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ  ।

त्यस्तै, डिल्लीबजार मालपोतका मालपोत अधिकृत सुरेन्द्रमान कपाली, तत्कालीन नासु युक्तप्रसाद श्रेष्ठ र समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेलले पनि जग्गा घुस लिएका हुन् । त्यसैगरी जग्गा घुस लिनेमा बिचौलियाद्वय रामकल्याण अधिकारी र रामकनाथ घिमिरे पनि रहेका छन्।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधान एवं गृह र भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, अख्तियार प्रमुख आयुक्तसमेत भइसकेका पूर्वसचिव दीपबहादुर बस्न्यात, पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारीलगायत १ सय १० जनाविरुद्ध ०७६ माघ २२ मा बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि भन्दै विशेष अदालतमा मुद्दा समेत दायर गरेको थियो ।

तर, जग्गा हिनामिनामा संलग्नलाई सरकारमा रहेकारुले नै जोगाएको आरोप लाग्दै आएको छ। हाल सर्वोच्च अदालतका न्यायाधीश रहेका तत्कालीन वरिष्ठ अधिवक्ता कुमार रेग्मी र एमाले नेता विष्णु पौडेलका छोरा नवीनका नाममा पनि बालुवाटारमा जग्गा भेटिएको थियो ।

ललितानिवास जग्गा हिनामिनामा घुसबापत जग्गा लिने कर्मचारी र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धानको दायरामा ल्याए पनि मुद्दा भने नचलाउने निर्णय गरेपछि अख्तियारको निष्पक्षतामाथि नै प्रश्न उठेको थियो ।यधपी,प्रहरीले सम्बन्धित कर्मचारी तथा आफन्तलाई समेत मुद्दा चलाउने तयारी साथ अनुसन्धान गरिरहेको बुझिएको छ भने,उच्च तहका नेता तथा कर्मचारी मुछिएको यो प्रकरणमा अनुसन्धान प्रभावित पार्न विभिन्न निकायबाट प्रहरीमाथि दबाब परिसकेको बताइएको छ ।

सो प्रकरणमा सिआइबीले व्यवसायी मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोतका कर्मचारीद्वय धर्मप्रसाद गौतम तथा गोपाल कार्कीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ भने सो प्रकरणमा आरोप लागेका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा लगाउनुपर्ने मागसहित सर्वोच्चमा परेको रिट विचाराधीन छ ।

https://nepalrastriyadainik.com/cbi-hit-list/
https://nepalrastriyadainik.com/lalita-niwas/

संघ र प्रदेशमा रहेका दोहोरो संरचना खारेज गरिने

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बनेको तीन वर्षपछि पहिलोपटक तीन तहका सरकारबीच औपचारिक संवाद भएको छ । पोखरामा भएको राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकमा तीन तहका सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परिषद्को कार्यविधि पारित गर्ने, संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐनसहितका ऐनका लागि विधेयक अगाडि बढाउने, विकास आयोजनामा दोहोरोपन हटाउने निर्णय लिएको छ । यसैगरी बैठकमा जनशक्ति व्यवस्थापन, संविधानको अनुसूची ९ मा रहेका तीन तहका साझा सूचीका अधिकार कार्यान्वयनका लागि कानुन बनाउने र जग्गा प्राप्तिलगायत विषयमा निर्णय भएको छ ।

परिषद्ले एउटै प्रकृतिको कामका लागि संघ र प्रदेशमा स्थापना भएका अलग–अलग संरचना खारेज गर्ने गरी कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदल गठन गरेर संघ र प्रदेशमा रहेका अनावश्यक संरचना खारेजीका लागि तीन महिनाभित्र सिफारिस गर्ने निर्णय गरिएको छ । त्यस्तै, कार्य विस्तृतीकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा स्पष्टता ल्याउने र त्यसका लागि ०७७ मा अन्तरप्रदेश समन्वय परिषद्ले अघि सारेको संघीयता कार्यान्वयनसम्बन्धी मार्गचित्र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकले तीनै तहबाट जाने अनुदानको शीर्षक, रकम र प्रकृति अध्ययन गरेर दोहोरो अनुदान बन्द गर्ने निर्णय गरेको छ । त्यसका लागि अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन हुनेछ । कार्यदलमा तीन तहकै सरकारका प्रतिनिधित्व रहनेछ ।

त्यसैगरी,संघ र प्रदेश सरकारले टुक्रे योजनामा लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्नेगरी अघि बढ्ने र तीन तहका सरकारबीचको टकराबका कारण विकास आयोजनामा दोहोरोपन भएको भन्दै त्यसको तादाम्यता कायम गर्ने र कुन स्तरका आयोजना, कुन तहका सरकारले अघि बढाउने भनेर मापदण्ड बनाइने निर्णय समेत गरेको छ ।

निषेधित क्षेत्र घोषणामा कानुनको दुरुपयोग भएको सर्वोच्चको व्याख्या

असार १६ , काठमाडौं – निषेधित क्षेत्र घोषणामा स्थानीय प्रशासनले प्रचलित कानुनको दुरुपयोग गर्ने गरेको ठहर गर्दै सर्वोच्च अदालतले,सुरक्षा संवेदनशीलताको कुनै विश्लेषण र विवेचना नगरी हचुवाको भरमा निषेधित क्षेत्र घोषणा गरेर नागरिकको हकअधिकार कुण्ठित नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

८ फागुन २०७४ सालमा तत्कालीन ओली सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले माइतीघरमण्डलमा विरोध प्रदर्शन गर्न नपाइने भनी निषेधाज्ञा जारी गर्दै खुलामञ्च, तीनकुने, कोटेश्वर, स्वयम्भू भगवान पाउ, पेप्सीकोला, सानो गौचरन, लैनचौर र सिफललाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

सो विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारको उक्त निर्णयलाई संविधान र कानुन विपरित ठहर गर्दै, विना आधार नागरिकका मौलिक हक संकुचित नगर्न सरकारका नाममा आदेश दिएको हो ।

अदालतले हारी गरेको आदेशको पूर्ण पाठमा ,स्थानीय प्रशासन ऐन अनुसार दुई महिनाभन्दा बढी निषेधित क्षेत्र घोषणा गर्न नपाइने व्यवस्था भएपनि प्रशासनले असीमित समयका लागि माइतीघरमण्डलमा विरोध प्रदर्शन गर्न निषेध गर्नु संविधान र कानूनको उल्लंघन भएको देखिंदा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ भनि उल्लेख गरिएको छ।

साथै,सर्वोच्च्चले हचुवाको भरमा निषेधाज्ञा लगाएको निष्कर्ष निकाल्दै ‘ स्थितिको पर्याप्त अध्ययन र विश्लेषण नै नगरी मौलिक हक उपर बन्देज लगाउनु संविधानसम्मत नहुने र विना हतियार भेला हुने, आफ्नो विचार राख्ने र विरोध गर्ने जस्ता क्रियाकलाप नागरिकको स्वतन्त्रताको हिस्सा भएको र लोकतन्त्रको अभिन्न अंग भएको बताएको छ ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको नयाँ बानेश्वर वृत्तले रौनियार विरुद्ध बाँकेमा दर्ता भएको ठगी मुद्दाको आधारमा काठमाडौंबाट उनलाई पक्राउ गरेको जनाएको छ। बाँके प्रहरीको समन्वयमा उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो भने थप अनुसन्धानका लागि उनलाई बाँके पठाइने प्रहरीले जनाएको छ।

रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा ०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित रौनियार पर्सा क्षेत्र नम्बर ३ का पूर्व सांसद समेत रहेका छन्।

आफ्ना नागरिकको बारेमा जानकारी उपलब्ध गराउन रुसी दूतावासको माग

रुसी दूतावासले बेलायती अधिकारीहरूलाई स्क्रिपल्सको बारेमा जानकारी उपलब्ध गराउन माग गरेको छ ।

बेलायती अधिकारीहरूले रुसी नागरिक सर्गेई र युलिया स्क्रिपलको बारेमा जानकारी लुकाउन जारी राखेका छन्, जसको भाग्य आजसम्म अज्ञात छ, लन्डनमा रहेको रूसी दूतावासले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“अझै पनि दुई रूसी नागरिकहरू – सर्गेई र युलिया स्क्रिपलको कुनै खबर छैन। युलियाको हालै सार्वजनिक रूपमा देखा परेको पाँच वर्षभन्दा बढी भइसक्यो। २०१८ मा उनको संक्षिप्त पूर्व रेकर्ड गरिएको सन्देश, स्पष्ट रूपमा अंग्रेजीबाट अनुवाद गरिएकोले , धेरै प्रश्नहरू खडा गर्दछ,” दूतावासले भन्यो।

“हाम्रा नागरिकहरूलाई बिर्सिएको छैनौं । पाँच वर्षपछि, हामी बेलायती अधिकारीहरूलाई उनीहरू सुरक्षित र स्वस्थ छन् भनी सुनिश्चित गर्न अनुमति दिनुपर्ने माग जारी राख्छौं। लन्डनले उनीहरूको भलाइको पूर्ण जिम्मेवारी लिनुपर्छ ,” विज्ञप्तिमा भनिएको छ।

यदि स्क्रिपालहरू संलग्न भएको घटनाको ब्रिटिश संस्करणलाई विश्वास गर्ने हो भने, मार्च ४ २०१८ मा, पूर्व जिआरयु कर्णेल सर्गेई स्क्रिपल, बेलायतको लागि जासुसीको आरोपमा रसियामा दोषी ठहरिएका थिए, र उनकी छोरी युलियालाई सेल्सबरीमा नोविचोक नर्भ एजेन्टको सम्पर्कमा आएको बताइएको थियो। पछि लन्डनले उक्त पदार्थ रुसमा विकसित भएको दाबी गर्दै घटनामा मस्को संलग्न रहेको आरोप लगाएको थियो । रसियाले यस सम्बन्धमा सबै अनुमानलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। पोर्टन डाउनमा रहेको बेलायती प्रयोगशालाका विज्ञहरूले स्क्रिपलहरूलाई कथित रूपमा विष दिइएको पदार्थको उत्पत्ति स्थापना गर्न सकेका छैनन्।

सेप्टेम्बर ५ २०१८ मा तत्कालीन बेलायती प्रधानमन्त्री थेरेसा मेले संसदलाई छानबिनको नतिजाबारे जानकारी गराइन्। उनले अलेक्ज्याण्डर पेट्रोभ र रुस्लान बोशिरोभको नाममा जारी गरिएको राहदानी भएका दुई रुसीहरू स्क्रिपल्सको जीवनमा आक्रमण गर्ने प्रयासमा शंकास्पद रहेको बताइन्। बेलायती गुप्तचर सेवाहरूले दुवैलाई “जीआरयू एजेन्ट” मान्छ। दुबै पुरुषहरू आर्टि टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिन सहमत भए, जसमा उनीहरूले यी आरोपहरू अस्वीकार गरे। पछि, स्कटल्याण्ड यार्डले अर्को व्यक्ति, डेनिस सर्गेयेभ, कथित रूपमा “जीआरयू एजेन्ट” लाई पनि स्क्रिपल मुद्दामा अभियोग लगाइएको बताएको थियो।

अमेरिकी सेना युक्रेनमा लड्ने छैन – वाशिंगटन

संयुक्त राज्य अमेरिका र ईयू दुबैले रुस विरुद्ध व्यक्तिगत नाटो सदस्यहरूको फौज तैनाथ गर्ने कुरालाई अस्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा अमेरिकी सेना पठाउने कुनै मनसाय नभएको विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बताएका छन् । यद्यपि, नाटो सेनाहरूले रुसीहरूसँग खुल्ला रूपमा लड्न नसक्ने भए तापनि अज्ञात सङ्ख्यामा अमेरिकी सेनाका कर्मचारीहरू युक्रेनको युद्दग्रस्त क्षेत्रमा सक्रिय रहेको बताइएको छ।

यसैबीच, ईयूले त्यस्तो कुनै पनि शैन्य मिसनको विचारलाई अस्वीकार गरेको छ। युरोपेली संघ सैन्य स्टाफका महानिर्देशक, भाइस एडमिरल हर्भ ब्लेजियनले ,युक्रेनमा सेना पठाउनु भनेको युद्धमा एक पक्ष हुनु हो, रसियासँग युद्धमा होमिनु हो भन्दै न त युरोप न नेटो, कसैले पनि आफ्नो सेना युक्रेनमा पठाउन नसक्ने बताएका छन्।

यधपी, पेन्टागनले नोभेम्बरमा “सानो संख्यामा” अमेरिकी सेनाले कीभमा अमेरिकी दूतावासको सुरक्षा गरिरहेको र निरीक्षण गरिरहेका स्वीकार गरेको थियो । अप्रिलमा, लीक पेन्टागन कागजातहरूका अनुसार पनि मार्चको मध्यसम्म युक्रेनमा १४ अमेरिकी विशेष बलका कर्मचारीहरू तैनाथ गरिएको र बेलायत बाट ५० सैनिक विशेष बल तैनाथ गरिएको खुल्न आएको थियो।

यता, रुसी रक्षा मन्त्रालयको अनुसार,डोनबास सहरमा रहेको युक्रेनी सशस्त्र बलको अस्थायी बेसमा गरिएको मिसाइल आक्रमणमा “२० विदेशी भाडाका सैनिक र सैन्य सल्लाहकारहरू” मारिएका र हमला पछि सामाजिक सञ्जालमा प्रसारित तस्बिरहरू र भिडियोहरूले कथित रूपमा अमेरिकी वर्दीमा अङ्ग्रेजी बोल्ने सैन्य कर्मचारीहरू बेसमा मृत र घाइतेरुपमा देखिएको थियो।

मस्कोले भने अमेरिका र नाटोलाई द्वन्द्वमा संलग्न भएको ठान्दछ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमले रूसको विरुद्ध “अन्तिम युक्रेनी जीवित रहंदा सम्म” युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका थिए ।

मतदान रोकेर सत्ता जोगाउने कसरतमा कोशी सरकार

असार १४ , विराटनगर – पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिन नसक्ने बताएपछि मतदान प्रकृया नै रोकेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रदेश सभा बैठक बाट बाहिरिएका छन्।

विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की अन्तत प्रदेश सभाको बैठकबाटै एकाएक गायब भए। कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव गरे । प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन दिन नसक्ने बताएपछि मुख्यमन्त्री कार्कीले जवाफ दिने र विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुपर्ने थियो । तर कार्यव्यवस्था परामर्श समितिकै बैठकमा मुख्यमन्त्री कार्कीले जवाफ तयार पार्न आफूलाई समय चाहिने बताएका कारण सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि बैठक स्थगित गरे । तर जवाफ तयार पार्न भन्दै प्रदेशसभाबाट निस्किएका मुख्यमन्त्री कार्की फर्किएनन् । त्यसको सत्ता उनले आफ्नो दल नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीमार्फत प्रदेशसभा बैठक भोलिसम्मका लागि सार्न सभामुखलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले सुरुमा आधा घण्टा‚ त्यसपछि १ घण्टा हुँदै शुक्रबार दिउँसोसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेको सभामुख गौतमले जानकारी दिए ।

यता कार्कीले प्रदेश सभा बैठक छाडेर हिँडेपछी एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर कोशीमा मिलेर जान सम्बाद अगाडी बढाएको काँग्रेस निकट नेताहरुले बताएका छन्। तर माओवादीलाई समर्थन फिर्ता लिन लगाएको कोशी प्रदेशमा काँग्रेसले समर्थन जनाउन नसक्ने र त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पनि सल्लाह गर्नुपर्ने काँग्रेस निकट स्रोतले बताएको छ।

कोशी सरकारको अङ्कगणित

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ, तर यो संख्या सत्तारुढ र विपक्षी दुबै गठबन्धनसँग छैन ।

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।

प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

दुई पूर्वमन्त्रीसहित ३९ जना सिआइबीको हिट लिस्टमा

असार १४, काठमाडौँ- ललितानिवास जग्गा हिनामिना प्रकरणका पक्राउ अभियुक्तविरुद्ध सात दिनको म्याद थप भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनामा संलग्न अन्य अभियुक्तलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा सरकारको कार्यकारी तहमा रहेकाहरूलाई सिआइबीले ‘हिट लिस्ट’मा राखेको छ र अधिकांशविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।सिआइबीले ललितानिवासको जग्गा हिनामिना गर्दा त्यतिवेला सम्बन्धित सरकारी निकायको कार्यकारी तहमा रहेकाहरूविरुद्ध अबको अनुसन्धान केन्द्रीत हुने बताएको छ।

सिआइबीको ‘हिट लिस्ट’मा तत्कालीन उपप्रधानमन्त्रीसमेत रहेका भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारी लगायतका ३९ जना रहेको स्रोतले बताएको छ।

यधपी, जग्गा किर्ते गरिँदा र निर्णय प्रक्रिया हुँदाको बखत तत्कालीन प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल सरकारको नेतृत्वमा रहेको भएपनि उनीहरूविरुद्ध किर्ते मुद्दा चल्ने सम्भावना भने न्यून रहेको देखिन्छ  ।

cib hit list

७४.९० प्रतिशतले घट्यो विदेशी लगानी

सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पहल गर्ने उद्घोष गरेपनि पछिल्लो समय नेपालमा वैदेशिक लगानीको मात्रा भने विगतका वर्षहरुको तुलनामा झन् घट्दै गएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७४.९० प्रतिशतले नेपाल भित्रिने लगानी संकुचन भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनासम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ भित्रिएको थियो। तर, आर्थिक वर्ष २०७९/८० को वैशाखसम्ममा ह्वात्तै घटेर ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको छ। यो करिब ७ वर्षयताकै सबैभन्दा कम हो। जबकी अघिल्लो वर्षको तुलनामा गत वर्ष भने ७.०९ प्रतिशतले बढेको थियो।

यद्यपि चालु आवको तुलनामा यसअघिका आवमा अधिक लगानी भित्रिएको छ। जसअनुसार आव २०७७/७८ मा १६ अर्ब २० करोड १३ लाख रुपैयाँ, आव २०७६/७७ मा १८ अर्ब ७१ करोड ७१ लाख, आव २०७५/७६ मा ११ अर्ब ८० करोड ४९ लाख, आव २०७४/७५ मा १५ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ र आव २०७३/७४ मा १२ अर्ब २७ करोड ५ लाख रुपैयाँ बराबरको खुद लगानी भित्रिएको थियो।

राष्ट्र बैंकको तथ्यांक अन्तिम स्वीकृति दिएर भित्रिएको रकम हो। यो विदेशी लगानीकर्ताले नाफा, लाभांशजस्ता लगानी फिर्ता लगेकोलाई कटाएर खुद भित्रिएको रकम हो। चालु आवको १० महिनामा १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोही अवधिसम्म ४४ करोड २० लाख रुपैयाँ लगानी फिर्ता लगिएको थियो। यसअनुसार नेपालमा लगानी गरेका लगानीकर्ताहरूले फिर्ता लगेको रकम पनि बढ्दो छ।

यता सरकारले आगामी आवको बजेटमार्फत विदेशी लगानी प्रोत्साहन गर्न सहज नीतिगत व्यवस्था गरेको दाबी छ। आव २०८०/८१ को बजेटअनुसार आन्तरिक तथा बाह्य लगानी प्रबद्र्धनका लागि नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाउने उल्लेख छ। यसमा भनिएको छ, ‘न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिनेछ ।

अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ। विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाइनेछ ।’ लगानीकर्ताका लागि आवश्यक सबै सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार गरिने छ। यस पोर्टलमा लगानीका क्षेत्रहरू, अवसर, कानुनी तथा नीतिगत व्यवस्था, प्रोत्साहनसम्बन्धी व्यवस्था, लगानी फिर्ताका प्रावधान र प्रक्रियालगायतका सम्पूर्ण सूचना समावेश गरिने भनिएको छ।

अझ आगामी आवमा नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले तेस्रोपटक लगानी सम्मेलन गर्ने घमेषणा गरेकोे छ। सम्मेलनको जिम्मा लिएको लगानी बोर्डले आव २०८०–८१ भित्र (२०८१ अगावै) लगानी सम्मेलन गर्ने तयारी अगाडि बढाएको बताएको छ। यसअघिका सम्मेलनलाई हेर्दा खर्बौंको प्रतिबद्धता आए पनि लगानी भने अर्बमा सीमित हुने गरेको देखिन्छ। सरकारले यसअघि २०७२ चैत १५ र १६ गते र २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन आयोजना गरेको थियो। जसमा पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो।

यसपछि दोस्रो लगानी पहिलोभन्दा अझै बृहत् हुँदा विभिन्न परियोजनामा कुल ३२ खर्ब रुपैयाँ बराबरका लगानीको प्रस्ताव आएको थियो। तर, हरेक आवमा खर्बका बजेट भित्रिन सकेका छैनन्। यसैले त्यो आवपछिका वर्षमा सबै प्रतिबद्धता नभई केही अंश मात्रै लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले स्पष्ट पार्छ। अब लगानी सम्मेलनबाट विदेशी आकर्षण हुन्छन वा हुँदैनन् भन्नेमा आशंका छ।

किनभने सरोकारवालाहरू सरकारको अस्थिर नीतिका कारण नेपालमा लगानीको वातावरण नभएको हुँदा प्रतिबद्धताको तुलनामा न्यून मात्रै भित्रिएको बताउंदै आएका छन्।

प्रधानमन्त्री, मन्त्रीहरूले बोलेका कुरा व्यवहारमा लागू नहुने भएकाले पनि लगानी भित्रिन समस्या भएको र निजी क्षेत्रहरूले कुनै बाहिरका लगानी आउन खोजे भने उनीहरुले सेयर खोज्ने गरेकोले पनि विदेशी लगानी आकर्षित हुन नसकेको अर्थविद्हरुले बताएका छन्। निजी क्षेत्रकै लगानीकर्ताहरू राजनीतिक दलका ठूला नेताहरूसँग सम्बन्ध राम्रो छ हामीसँग मिलेर काम गर्नुपर्छ, हामीसँग मिलेन भने काम गर्न अफ्ठेरो हुन्छ भनेर लगानीकर्तालाई तर्साउने गरेको पनि उनीहरुले बताएका छन्।

साउदी अरबको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्दा एक नेपालीको मृत्यु

साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको स्टेट न्यूज एजेन्सी एसपीएले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन ।

कारमा सवार एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास भवननजिकै रोकियो र हातमा बन्दुक बोकेर त्यहाँबाट निस्क्यो, सुरक्षा अधिकारीहरूले उसलाई आवश्यक अनुसार व्यवहार गर्न पहल गर्दा गोलीबारी भयो र उनको मृत्यु भयो,’मक्का क्षेत्र प्रहरीका प्रवक्ताले भने ।

गोली प्रहारबारे अनुसन्धान भइरहेको छ । ‘अमेरिकी दूतावास र वाणिज्य दूतावास साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ किनभने उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने। वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ।

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

असार १४ , काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।

तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद आज मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन्। जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।

‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ’, उनले भने।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । रासस

पशुपतिनाथ मन्दिरको जलहरीमा सुन बाहेक अन्य धातुको मिसावट बढी रहेको आशंका

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंग (गर्भगृह) मा राखिएको जलहरीको तौल परीक्षणको क्रममा मुचुल्कामा लेखिएको भन्दा फरक पाइएपछि जलहरी राख्ने क्रममा चलखेल भएको र जलहरिको तौल मात्र नभएर जलहरीमा अन्य धातुको मिसावट कति छ भन्ने विषय समेत स्पष्ट हुनुपर्ने कोषका पूर्वअधिकारीले बताएका छन् ।

२ वर्ष अघि मुचुल्कामा भन्दा कम परिमाणमा देखिएको जलहरि अहिले बढी देखिँदा त्यसमा सुन बाहेक अन्य धातु बढी मात्रामा मिसाइएको अनुमान गरिएको छ।

करिब साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो ।जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट र अंक घटबढ गरिएको देखिन्छ । जलहरी राख्दा उपस्थिति जनाइएका केही व्यक्तिको मुचुल्कामा हस्ताक्षर पनि छैन ।

नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो ।

महालेखा परीक्षकको कार्यालयले अनुसन्धान गरि तयार गरेको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ ।

जलहरीको तौल २०७७ फागुन ११ को मुचुल्कामा उल्लेख गरिएभन्दा फरक पाइएको हो । मुचुल्कामा रिङमा प्रयोग भएको सुनको परिमाण खुलाइएको छैन ।

यस प्रकरणमा मुछिएका कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग मुचुल्काको विवरण र अख्तियारले लिएको तौलमा किन फरक पर्‍यो भन्ने जिज्ञासा राख्दा ‘यस विषयमा अहिले नबोलौं’ भन्दै उनी पन्छिए ।

कोषका पूर्वअधिकारी भने ढिलो गरेर जलहरीको परीक्षण गरिएको र आरोपित बहालमै रहेको भन्दै आरोपिलाई चोख्याउन ‘चलखेल’ भइरहेको आशंका गरिरहेका छन्। कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनले जलहरिको तौल मात्र नभएर जलहरीमा अन्य धातुको मिसावट कति छ भन्ने विषय समेत स्पष्ट हुनुपर्ने बताएका छन्।

कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले जलहरी निर्माणका लागि कालिगडलाई गरिएको ज्याला भुक्तानी पनि शंकास्पद रहेको बताएका छन् ।

‘जलहरी राख्ने अनुमति पाएको कोषले गर्भगृहमा १० केजीभन्दा बढी सुनका रिङ राख्न कोबाट अनुमति लियो ?’ उनले भने, ‘जलहरी राख्ने क्रममा प्राचीन स्मारकसम्बन्धी कानुन पनि मिचिएको बताएका छन्।

सम्बन्धित समाचार:

ललितानिवास प्रकरणमा पक्राउ परेका ३ जना रिहा

असार-१२ , काठमाडौं – ललितानिवास प्रकरणमा सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये तीन जना थुनामुक्त भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

थुनामुक्त हुनेमा मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा सर्वोच्च अदालतबाट आदेश भएको थियो ।

सीआईबीले उक्त प्रकरणमा सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा १७५ जनाविरुद्ध भ्रष्टाचारको कसूरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लगत्तै गृह मन्त्रालयले ठगी र कीर्तेमा अनुसन्धान गर्न भन्दै सीआईबीमा पत्र पठाएको थियो ।

ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा व्यक्तिको नाममा गरि हिनामिना भएको थियो ।

मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश

असार-१२,काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफमा माग्न आदेश दिएको हो ।
अधिवक्ता वर्षाकुमारी झाले, शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमाथि न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।

उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।

आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि मेयर शाहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

असार १२ ,काठमाडौ -भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।

ललिता निवास प्रकरणमा, सरकारी जग्गा हिनामिना प्रकरणमा आरोपित रहेका गुरुङलाई उनको निवास नक्सालबाट नै प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको फरार सूचीमा रहेका गुरुङलाई शिव शिखर सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप पनि लागेको छ। गुरुङले सहकारीको ६ अर्ब हाराहारी रकम लिएर नतिरेपछि सहकारी नै डुबेको थियो।

भिजिट भिसामा विदेश जान खोज्ने ४५ जना विमानस्थलबाट फर्काइए

भिजिट भिसामा विदेश जान लागेका ४५ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । भिजिट भिसामा विदेश जान लागेका ३० जना महिला र १५ जना पुरुषलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलबाट फर्काएको हो ।

फर्काइएकाहरु धेरैजसो संयुक्त अरब इमिरेट्स, कुवेत र ओमान जान लागेका थिए । फर्काइएकाहरुलाई कुन ठाउँमा जाने, कहाँ बस्ने जस्ता सामान्य विषयमा पनि जानकारी नभएको र भिजिट भिसामा मानव तस्करी गर्ने समूहले त्यसरी खाडीमा पठाउन खोजेको आशंकामा प्रहरीले उनीहरुलाई फ़र्काएको हो ।

जेठ महिनामा मात्र ब्युरोले भिजिट भिसामा जान लागेका नौ सय ४० जनालाई विमानस्थलबाट फर्काइसकेको छ । जसमा पाँच सय ४८ जना महिला रहेका छन् ।

भिजिट भिसामा हुने मानव बेचबिखन रोक्नकै लागि शंकास्पदहरूलाई रोक्दै आएको ब्युरोले जनाएको छ ।

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य:अध्यादेशमार्फत बजेट ल्याउने तयारी

कोशी प्रदेशको चालु बजेट अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारले बुधबार गरेको सिफारिस अनुसार चालू बजेट अधिवेशन अन्त्य गरेका हुन्।

उनले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज राति १२ बजेपछि चालू अधिवेशनको अन्त्य हुने जानकारी दिएका छन्। ‘कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/२/३१ गतेको सिफारिसमा संवत् २०५० साल जेठ ३१ गते बुधबार रातको १२:०० बजेदेखि प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।

एमाले नेतृत्वको सरकारले आजमात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर नीति तथा कार्यक्रममाथि छलफल नै नगरी चालू अधिवेशनको अन्त्य भएको छ। यससँगै मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेका छन्।

उखु किसानका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ। 

समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनेगरी पाँच सदस्यीय उपसमिति गठन भएको हो। समितिको आजको बैठकले चिनी उद्योग तथा उखु किसानका समस्या तथा सुझाव अध्ययन उपसमिति गठन गरेको छ।

उपसमितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ। ज्येष्ठ सदस्यका रुपमा समिति बैठकको सभापतित्व गरेका रणेन्द्र बरालीले गरेका थिए। उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम तथा न्यूनतम सटमर्थन मूल्य नपाएको लगायतका विषयबारे यो उपसमितिले अध्ययन गरेर समितिमा सुझाव पेस गर्नेछ।

समितिको आजको बैठकमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान प्रभावकारी रुपमा कार्यान्वयन नभएको, आगामी आर्थिक वर्षको बजेटबाट सरकारले करका दरमा गरेको हेरफेरबाट परेको प्रभावलगायतका विषयमा छलफल भएको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा परेको उजुरीमाथि छलफल गर्ने आजको कार्यसूची थियो। मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले तयार पारेको ‘वैदेशिक रोजगार सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएका आदेशको कार्यान्वयनसम्बन्धी अवधारणापत्र’माथि आजको बैठकमा छलफल भएको छ। 

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच श्रम सम्झौता नवीकरण

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच श्रम सम्झौता नवीकरण भएको छ ।

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)का प्रतिनिधि बीच भएको बैठकले नैतिक भर्ना प्रक्रियालाई प्रोत्साहन गर्ने गरी श्रम सम्झौता नवीकरण गरेको हो। यूएईसँगको श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ । रोजगारदाताको कमी कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने व्यवस्था छ । बुधबारको बैठकमा यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागू गरिएको जानकारी दिइएको छ ।

श्रम सम्झौताले सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने, श्रमिक र रोजगारदाताबीच विवाद उत्पन्न भई अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानुनी उपचारको प्रत्याभूति मिलाइने लगायत विषयलाई सम्बोधन गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने यूएईको तर्फबाट भने समकक्षी अब्दुल्लह अली अलनुयमीले बैठकको प्रतिनिधित्व गरेका थिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध माओवादी जनयुद्धकालमा बालसैन्यका रुपमा भर्ती भएका लेलिन विष्टले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चले रिट निवेदनलाई अग्राधिकारसमेत दिएको छ ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विष्ट लगायत बालबालिकालाई अयोग्य लडाकु बनाउनुको कारण प्रचण्डलाई सोधेको हो।

माओवादी जनयुद्धकालमा २०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका लेनिन विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।

निवेदक विष्टले बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई राहत,परिपुरण,क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीका नाममा परमादेश माग गरेका थिए।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। सर्वोच्चको रजिस्ट्रारले जेठ १६ गते विष्टको निवेदन दरपीठ गरेका थिए। रिट निवेदन दरपीठ भएपछि विष्टले पुनः दर्ताको माग गर्दै जेठ १८ गते निवेदन दिएका थिए।

गत शुक्रबार निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सर्वोच्च अदालतका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै विष्टले दायर गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो।

सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने भन्दै रजिस्ट्रारले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता नगरी विष्टको निवेदन दरपीठ गरेका थिए।

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

माओवादी केन्द्रको प्रदेश पदाधिकारी बैठकले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले जानकारी दिएका छन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन्।

३० करोडको एमआरआई मेसिन अलपत्र

जेठ २१, पर्सा: ३० करोड रुपैयाँ पर्ने एमआरआई मेसिन बिरगंजको नारायणी अस्पताल परिसरको खुल्ला आकाशमुनि करीब साढे २ महिनादेखि अलपत्र रुपमा थन्किएको छ ।

अस्पतालमा प्रशासनको लापर्बाहीका कारण महँगो एमआरआई मेसिन अस्पताल परिसर बाहिर नै त्रिपालले छोपेर राखिएको छ ।

ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको भन्दै मेसिन अस्पताल परिसरमै अलपत्र रुपमा राखिएको छ।

अतिनै महँगो र संवेदनशील एम आरआइ मेसिन यसरि अलपत्र अवस्थामा रहँदा पनि अस्पताल प्रशासन भने विषयको गम्भीरता प्रति मौन देखिन्छ।

७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

विदेशीक रोजगारीको लागि सरकारले ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जर्मनी, रोमानिया, इराक लगायतका विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिएको छ।

श्रममन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न र श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउनमन्त्रालय कटिबद्ध रहेको पनि बताएका छन्।

मन्त्री भण्डारीले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने समेत बताएका छन्।

नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकमा वैदेशिक रोजगारका लागि श्रमिक पठाउने विषयमा अध्ययन र गृहकार्य गर्न सम्बन्धित देशमा रहेका दूतावास र निगमलाई पहल र प्रयत्न गर्न सुझाव दिइएको पनि उनले बताएका छन्।

समायोजन भएका कर्मचारीको खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने

जेठ २१ , काठमाडौं – अर्थ मन्त्रालयले प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेश सरकारले नै व्यहोर्नुपर्ने राय दिएको छ।

जेठ १२ गते अर्थ मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेशलले नै व्यहोर्नु पर्ने जनाएका हो।
अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा
समायोजन भएर जाने कर्मचारीको सुविधाको जिम्मा प्रदेश सरकारले नै व्यहोर्नुपर्ने राय दिएको छ।

artha mantraalaya

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले थप छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सरकारले नागरिकता ऐन राजपत्रमा प्रकाशित गरिसकेको छ।

गत बिहीबार वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए। राष्ट्रपति पौडेलले बुधबार ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो। रिटमा राष्ट्रपति पौडेल र शीतल निवासलाई विपक्षी बनाइएको छ।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्। तर त्यसपश्चात कुनै बुँदामा संशोधन नगरी तत्कालीन कांग्रेस-माओवादी गठबन्धनले संसदबाट पारित गर्ने निर्णय गरेर बहुमतले पारित भएपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।

अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्ष दललगायतले विरोध जनाएका छन्।

sarwochha 1
sarwochha 2

राष्ट्रिय सभा बैठक सोमबार एक बजेसम्मका लागि स्थगित

राष्ट्रिय सभाको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम भएको भन्दै आइतबार राष्ट्रिय सभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो ।

एमाले सांसदहरुको अवरोध नरोकिएपछि राष्ट्रिय सभाको आइतबारको बैठक २९ मिनेटका लागि रोकिएको थियो ।

बैठक सुरु हुने लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताएका थिए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । त्यसैले भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरेका थिए ।

यो विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए ।

के छ नागरिकता विधेयकमा नयाँ व्यवस्था ?

विवादीत नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा पारित भएको छ। पुर्व राष्ट्रपतिले फिर्ता गरेको विधेयक संसद छलेर पारित गरिएकोमा राजनीतिक दलहरुबीच विवाद बढेको छ। एमालेले पुरानै र त्रुटिपूर्ण कुराहरु समावेश गरेर प्रधानमन्त्रीको भारत भ्रमणको समयमा संसदीय मर्यादाको उल्लङ्घन गर्दै विधेयक पारित गरिनु स्वाभाविक नभएको बताएको छ।

राष्ट्रपति पौडेलद्वारा पारित भएको नागरिकता विधेयक अनुसार, जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ।

त्यसैगरी, स्वघोषणापछि आमाको नाममा नागरिकता पाउने र गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवस्थालाई पनि सो विधेयकले समावेश गरेको छ ।

यो विधेयक प्रमाणीकरणसँगै अब जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका छन्। अब नेपाली आमाबाट नेपालमा जन्म भएर यहीं बसोबास गरेका, तर बाबुको पहिचान नभएका व्यक्तिले स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन्।

विधेयकले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई अंगीकृत नागरिकता तत्काल पाउने व्यवस्था पनि गरेको छ।

त्यसैगरी,अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खोलेको छ।

प्र

नागरिकता विधेयकप्रति एमालेको असहमति

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा विधेयक प्रमाणित गर्नु स्वाभाविक होइन

नागरिकता विधेयक प्रमाणीकरणप्रति प्रमुख प्रतिपक्ष नेकपा एमालेले असहमति जनाएको छ।

एमालेले राखेको असहमतिविरुद्ध प्रतिवाद हुन थालेपछि र आफ्नो पार्टीले ल्याउन खोजेको अध्यादेश र यसमा के फरक छ भनी भ्रम सिर्जना गर्न खोजेको भन्दै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्टीकरण दिएका छन्।

स्पष्टीकरण दिने क्रममा उनले,वैवाहिक अंगीकृतका सन्दर्भमा भारत र नेपालको बीचमा कम्तीमा समान व्यवस्था राख्नुपर्दछ भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताएका छन्। अहिलेको प्रावधानले भारतमा विवाह भएको ७ वर्षमा नागरिकता ओपाउने र नेपालमा विवाह लगत्तै नागरिकता पाउने असमान व्यवस्था रहेको उनले बताएका छन्।

त्यसैगरी, संविधानले प्रादेशिक पहिचान खुल्नेगरी नागरिकताको व्यवस्था हुनुपर्ने व्यवस्था गरेको तर अहिलेको विधेयकमा त्यो समावेश नभएको पनि उनले बताएका छन्। त्यसैगरी अहिले विधेयक प्रमाणीकरण गर्ने सवालमा संसदीय प्रक्रियालाई समेत वेवास्ता गरेको कारण आफ्नो पार्टीको यसमा असहमति रहेको उनले बताएका छन्।

पूर्वराष्ट्रपतिले संवैधानिक रूपमा अघि सारेका गम्भीर प्रश्नहरूमा प्रवेश नगरीकनै त्रुटिपूर्ण र अपूर्ण रहेको विधेयकलाई संसदमा प्रवेश नै नगराई ६ महिनाभन्दा बढी समय गुजारेर पुरानै निष्क्रिय भएको विधेयकलाई ब्याकडोरबाट भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणित गर्नु के स्वाभाविक विषय नभएको पनि उनले बताएका छन्।

विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने

आर्थिक विधेयक २०८० मार्फत सरकारले विदेशमा पर्यटन भिसा अर्थात भ्रमणका लागि जाने नेपालीले ५ प्रतिशतका दरले सरकारलाई कर तिर्नुपर्ने नीति अघि सारेको छ।

आर्थिक विधेयक २०८० अनुसार विदेश घुम्न जाने नेपालीले कुल भुक्तान गर्ने रकममा ५ प्रतिशतका दरले कर लाग्ने भएको छ। उक्त कर बराबरको रकम वैदेशिक भ्रमणको प्याकेज विक्रेताले प्याकेज विक्रीको बखतमा लगाउने छ।

त्यस्तै कुनै पनि फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भम्रणमा लैजादा लाग्ने खर्च लेखाङ्कनका बखत सरकारले कर लिने भएको छ र उक्त रकम अर्को महिनाको २५ गतेभित्र राजश्व खानामा जम्मगरी राजश्व कार्यालयमा पठाउनु पर्छ।

आर्थिक विधेयक अनुसार वैदेशिक पर्यटन शुल्क वापतको रकम दाखिल नगरेमा पार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गर्ने छ।

त्यसैगरी विदेश जाने विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो वितरण दाखिला नभएको मितिसम्मको वार्षिक २.५ प्रतिशतका दरले हुने रकम शुल्क लाग्ने छ।

युवा संघले जलायो अखण्ड भारतको नक्सा

भारतीय संसदमा अखण्ड भारतको नक्सा राखेको विरोधमा नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले अखण्ड भारतको नक्सा जलाएको छ।

नक्सामा नेपाली भूभाग राखेको भन्दै एमालेको भातृ संगठन युवासंघले काठमाडौंको नयाँ बानेश्वरमा राँके जुलुससहित प्रदर्शन गरेर अखण्ड भारतको नक्सा जलाएको हो ।

yuwa sangha nepal protest 3

उनीहरुले ‘सरी मोदी ब्रो, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बीनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ र ‘सीमाना पारी पाहुनाको लस्कर, शितल निवासमा नागरिकता तस्कर’ लगायतका नारासहित अखण्ड भारतको नक्सा जलाएका हुन् ।

yuwa sangha nepal protest 2

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

जेठ १७, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभइ फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएपनि,जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुबै सदनबाट पास भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो ।

nagarikata bidheyak

प्रधानमन्त्री दाहाल भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विधुत व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि गृहकार्य गरिएको छ ।

नेपालमा उत्पादित विधुत बिक्रीको सुनिश्चितता नेपालको प्राथमिकता रहेको र सोहि अनुसार विधुत क्षेत्रमा लगानी अभिवृद्धि र बजार सुनिश्चितताका लागि भारतसँग दीर्घकालीन सम्झौताको प्रयास हुने साउदले बताएका छन्  ।

त्यसैगरी, प्रधानमन्त्रीको भारत भ्रमणमा, नेपालले हवाई कनेक्टिभिटीलाई पनि महत्त्व दिइएको र सिमराको रुट बाहेक पायक पर्ने अन्य महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र विराटनगर लगायतका रुटबारे छलफल गरिने बताएका छन्।

त्यसैगरी, प्रधानमन्त्री तहमा सीमा समस्याका सवालमा छलफल गरिने,लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री दाहाल बुधबार अपराह्न २ बजेर ५० मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन् । सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव टोलीमा सहभागी हुनेछन् ।

भ्रमणको चौथो दिन शनिबार प्रधानमन्त्री दाहाल अपराह्न ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

एर्दोगान राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मे १४ मा भएको पहिलो चरणको निर्वाचनमा प्रत्यक्ष विजयका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि भएको दोस्रो चरणको निर्वाचनबाट पुनः टर्कीको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

९७ प्रतिशत मत गणना गरिसक्दा एर्दोगान आफ्ना प्रतिद्वन्द्वी केमाल भन्दा निकै अगाडी रहेको बताइएको छ भने उनको जित सुनिश्चित रहेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। यधपी निर्वाचन आयोगले हालसम्म कुनै नतिजाको घोषणा भने गरको छैन।

यो जितसंगै उनले आफ्नो २० वर्षको शासनलाई थप पाँच वर्षको लागि लम्ब्याउन सफल भएका छन्। उनले गणतन्त्र टर्कीका संस्थापक मुस्तफा केमाल अतातुर्कको १५ वर्षको राष्ट्रपति पदलाई यसअघि नै पछाडी पारेका थिए।

एर्दोगानको जित सुनिश्चित भएको देखिन थालेपछि, अंकाराको राष्ट्रपति भवन अगाडी उनको सम्बोधन सुन्न मानिसहरुको भिड लागेको छ । यसघि उनले आफ्नो निवास अघि जम्मा भएका आफ्ना समर्थकहरुलाई धन्यबाद समेत दिएका थिए। जितको लागि धन्यबाद भन्दै उनले आफ्ना समर्थकहरुको लागि गित समेत गाएका थिए।

समर्थकहरुको भिडलाई सम्बोधन गर्दै उनले भने “हामीले हाम्रो जनताको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गरेका छौं,भगवान चाहानुहुन्छ हामी तपाईंको विश्वासको योग्य हुनेछौं जसरी हामी गत २१ वर्षदेखि छौं।”उनले मे १४ मा भएको पहिलो चरणको निर्वाचन र मे २८ मा भएको दोस्रो चरणको निर्वाचनमा देशका सबै नागरिक विजयी भएको बताएका छन् ।

लक्ष्यभन्दा २३ अर्ब बढी आन्तरिक ऋण उठाउँदै सरकार

जेठ १४, काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य निर्धारण गरेको भए पनि, असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रुपैयाँ उठाउने तयारी गरेको छ। यो रकम आर्थिक वर्षको लक्ष्यभन्दा २३ अर्ब रुपैयाँ बढी हुन आउँछ।

बैंकिंग प्रणालीमा तरलता कम र ब्याजदर उच्च भएका बेला सरकारको यो कदमले तरलता र ब्याजदरमा थप दबाब पुग्ने देखिन्छ ।

सरकारले हरेक वर्ष उठाउन पाउने आन्तरिक ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले सिफारिस गर्दछ र आयोगले यो वर्षको कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत नबढ्ने गरी आन्तरिक ऋण उठाउन सिफारिस गरेको छ । त्यस हिसाबले पनि सरकारले २ खर्ब ६९ अर्ब ऋण उठाउन पाउनेछ।

चालु आवको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले विस्तार गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ३.५ प्रतिशतमात्रै विस्तार भएको छ । यस्तै चैत मसान्तसम्म निक्षेप भने ३ खर्ब ५६ अर्बले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।यो तथ्याङ्क २०७९ असार मसान्तको भन्दा ७ प्रतिशतले बढी हो ।

सरकारले हालसम्म २ खर्ब ४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागको राष्ट्र ऋण परिचालन तालिकाअनुसार अझै ५९ अर्ब ३० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने विभिन्न औजारहरुको बोलकबोल हुनेछ ।

आईसीसी विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

जेठ १४, काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानले जिम्बावेमा हुने आइसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा आईसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले एसीसी प्रिमियर कपमा रहेका १४ सदस्यीय टोलीमा दुइ खेलाडी थप गर्दै विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ।

यसअघि घोषणा गरिएको २२ सदस्यीय टोलीबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन्।

विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकाका नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ। त्यसका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ।
जिम्बावेमा नेपालले जेठ ३० गते युएई र जेठ ३२ मा ओमानसँग अभ्यास खेल खेल्नेछ।

छनोटमा नेपाल वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स सहित समुह ए मा रहेको छ भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन्।

प्रतियोगिता असार ३ देखि २४ गतेसम्म हुनेछ भने,छनौट भएका नेपालि खेलाडीमा, रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद मिनाहा: ५०१ जनाले पाए आम माफी

जेठ १४ ,काठमाडौँ — गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले, जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी गरेका छन्।

टीकापुर घटनामा सर्वोच्चले दोषी ठहर गरेको पूर्वसांसद रेशम चौधरीसहित १९ जनाको कैद सजाय मिनाहा गर्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

नेपालको संविधानको धारा २७६ तथा फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम उनीहरुलाई माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यसैगरी,संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम अन्य ४८२ जनाको पनि बाँकी कैद सजाय मिनाह गरिएको छ।

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्द सर्वोच्चमा निवेदन

जेठ १४,काठमाडौं : जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै, सर्वोच्चले समेत जन्मकैदको फैसला तोकेको टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा आम माफी दिएको छ।

यसैबीच, टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले, रेशम चौधरीलाई आममाफी दिने सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी छन् ।

अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि शारदाले राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्।

वि.सं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो।

डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो

जेठ २ , काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँको दरले घटाएको छ ।

मङ्गलबार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि, निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको डिजेल र मट्टीतेल घटेको मूल्य अनुसार १५५ रूपैयाँ कायम भएको छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

सर्वोच्चद्वारा रेशम चौधरीको जन्मकैदको फैसला सदर

जेठ २, काठमाडौँ – जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सुनाएको जन्मकैदको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सदर गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो ।

सोही मुद्दामा जन्मकैदको सजाय पाएका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाई दिँदै उनीहरुलाई जेलमुक्त गर्न आदेश दिएको छ ।

जिल्ला अदालतको फैसलाबमोजिम तीन वर्ष कैद भुक्तान गरेका सोहि मुद्दाका अर्का आरोपी लक्ष्मण थारुलाई भने उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर सर्वोच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।

जेठ ५ गतेदेखि १५ गतेसम्म मेलम्चीको खानेपानी वितरण बन्द हुने

जेठ-१, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट वितरण हुँदै आएको पानि पानी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिनका लागि बन्द गर्ने भएको छ।

आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायतका संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न २०८० जेठ ५ देखि १५ गतेसम्म १० दिनका लागि आयोजनाको मेलम्ची सुरुङ बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन सो उपकरण जडान गर्न लागिएको र उक्त १० दिनको अवधीभर काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका हेरफेर हुने पनि बताइएको छ। खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको छ।

टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन्।

पक्राउ पूर्जी जारी भएपछी प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर फरार भएका थिए। एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको ११औँ दिन आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

रायमाझी अहिलेसम्म भारतमा लुकेका र भारतको नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ । रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली भारतमै आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र उनलाई पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।

रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेको भएपनि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनि फरार थिए । रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले २० वैशाखमा नै पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री खाँणलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

वैशाख ३१ , काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै खाँणसहित अन्य १२ जनालाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेकोमा,काठमाडौं जिल्ला अदालतले उनीहरुलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईसहितका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा राखेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा भने फरार रहेका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र साथमा २ वटा मोबाइल ल्याउन पाउने

वैशाख ३१, काठमाडौं – यसअघि मन्त्रिपरिषद बैठकले विदेशबाट फर्कने नेपालीले साथमा २ वटा मोबाइल ल्याउन पाउने भनि गरेको निर्णयलाई भन्सार विभागले थप व्याख्या गर्दै, श्रम स्वीकृति लिएर कम्तिमा ६ महिना वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र सो सुबिधा पाउने जनाएको छ ।

भन्सार विभागको यो निर्णयसँगै,अब श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै निशुल्क थप एउटा मोबाइल ल्याउन पाउनेछन् भने, विदेश अध्ययनमा गएका विध्यार्थी र पर्यटन भिषामा विदेश गएका नेपालीले भने आफुले बोकेको बाहेक थप अर्को मोबाइल ल्याउँदा भन्सार विभागले तोके बमोजिम कर तिर्नुपर्ने छ।

भन्सार विभागले, विदेशवाट फर्किने यात्रु जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने र आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने जनाएको छ भने, उक्त एक थान मोबाइल व्यक्ति आफैंले नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एडीएमएस)मा अनलाइन माध्यमबाट दर्ता गर्न सकिने बताएको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले निशुल्क ल्याउन पाउने थप १ थान मोबाइलको भने भन्सार प्रज्ञापनपत्र लिनुपर्ने र सोही प्रज्ञापनपत्रका आधारमा एमडीएमएसमा सो फोन दर्ता गर्न सकिने भन्सार विभागले जनाएको छ ।

तर, पर्यटन भिषामा विदेश गएर फर्किएका र वैदेशिक अध्ययनबाट फर्किएकाहरुले ल्याउने दोस्रो फोनमा भने भन्सार महसुल लाग्ने र दोस्रो फोनको भन्सार प्रक्रिया पुरा गर्दा तोकिएको महसुल तिरेपछि प्रज्ञापन पत्र पाइने र त्यही प्रज्ञापनपत्रका आधारभा एमडीएमएसमा दर्ता हुन सकिने व्यवस्था गरिएको भन्सार विभागले जनाएको छ।

विदेशबाट ल्यााएको मोबाइलमा नेपाली मोबइल सेवा प्रदायकको सिम प्रयोग गरेको १५ दिनभित्र एमडीएमएसमा दर्ता नभए उक्त मोबइल नेपालमा नचल्ने पनि भन्सार विभागले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%82%e0%a4%a6%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b5/

संक्रमणकालीन न्याय र संवैधानिक परिषद सम्बन्धी विधेयक अघि बढाउन सहमति

वैशाख ३१ , काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरुबीच भएको बैठकले संक्रमणकालीन न्याय र संवैधानिक परिषद सम्बन्धी विधेयकलाई अघि बढाउने गरी छलफल टुंग्याएको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले, दफावार छलफलका लागि कानुन न्याय तथा मानवअधिकार समितिमा पुगेको सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई अब प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेको छ ।

त्यसैगरी, प्रमुख तीन दलका शिर्ष नेताहरुले संवैधानिक परिषद सम्बन्धी विधेयकमा आफ्नो अडान छाडेपछि संवैधानिक परिषद सम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

संवैधानिक परिषदको विधेयक सम्बन्धमा, संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने गरी सरकारले ल्याएको विधेयक जस्ताको तस्तै पारित गर्ने अडानबाट सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पछाडि हटेपछि, संवैधानिक परिषदको अध्यक्षको सहमति बिना नै एजेण्डा तय गर्न, बैठक बोलाउन र बहुमतका आधारमा निर्णय हुन सक्ने व्यवस्था राख्नुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि पछाडि हटेको छ ।

प्रतिनिधिसभामा रहेका १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखा समितिसहित थप एक समितिको नेतृत्व पाउने र दुई वटा संयुक्त समितिमध्ये ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति पाउने गरि शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ।

माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्रका लागि आवेदन खुला

वैशाख ३१ , काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ ।

वैशाख २९ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोगले सुचना प्रकाशित गर्दै माध्यामिक तहको अध्यापन अनुमति पत्रको आवेदन खुला गरिएको जनाएको छ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन https://license.tsc.gov.np मार्फत दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि कुनै पनि विवरण परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

मा‌‌ओवादी लडाकु शिविरको घोटाला छानबिन गर्न एमालेको माग

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले मा‌‌ओवादी लडाकुहरूका नाममा भएको घोटाला लगायत अन्य भ्रष्टाचारका विषयमा छानबिन गर्न माग गरेको छ ।

नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको र यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएकोले, नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गर्दै ति सबै घटनाहरुको छानबिन गर्दा पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको भन्दै उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्षरूपमा छानबिन गरी दोषीमाथिकारवाही माग गरेको छ । घटना छानबिनको क्रममा हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको पनि नेकपा एमालेले बताएको छ।

व्यापारीका प्रतिनिधिहरूलाई अर्थ मन्त्रालयमा राखेर उनीहरूका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरूप यतिबेला मुलुक चरम आर्थिक संकटतर्फ धकेलिएको र भागबण्डा र मिलेमतोमा अर्थतन्त्र निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरूको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको एमालेले बताएको छ।

हिन्दु राज्य भन्दै नहिंड्नू :संघीयताबारे पुनर्विचार गर्न सकिन्न: केपी ओली

वैशाख-३०, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताका विषयमा पुनर्विचार नगर्ने र पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् ।

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले, पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने र पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएको, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा गोकुल बास्कोटा र महेश बस्नेत लगायतका नेताहरुले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेपछी अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गर्दै, एमाले संविधान निर्माता पार्टी भएको र संविधानको पिल्लरहरुलाई चलाउने काम एमालेबाट नहुने बताएका छन्।

दुई चार जनाले हिन्दु राज्य भनेको भरमा, नेकपा एमालेको चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो भनेर गलत हल्ला चलाइएको र मुलुक अब पछाडि फर्कंदैन भन्ने कुरा प्रष्ट राख्दै ओलीले उक्त खुराको खण्डन गरेको प्रचार विभाग उपप्रमुख रिजालले बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १५ तोला सुनसहित तिन जना पक्राउ

हिमालयन एयरलायन्सको विमानमा शनिबार दुबईबाट काठमाडौं आइपुगेका तीन जनालाई करिब १५ तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा खटिएको प्रहरीले मध्यपुर ठीमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझीलाई जाँचबुझको क्रममा सुनसहित पक्राउ गरेको हो।

सोधपुछको क्रममा उक्त सुन उनीहरुको नभएको र उनीहरुलाई भरियाको रुपमा मात्र प्रयोग गरिएको पत्ता लागेपछि प्रहरीले उनीहरूलाई नै प्रयोग गरेर सुन लिन आएका रामेछापका सुरेन श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह नेपालमा सक्रिय रहेको र त्यसतर्फ विशेष निगरानी बढाएको प्रहरीले बताएको छ।

अब विदेशबाट फर्कंदा दुईवटा मोबाइल ल्याउन पाइने

वैशाख २६, काठमाडौँ- वैदेशिक रोजगारीबाट फर्कंदा अब नेपाली नागरिकले आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् ।

यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले साथमा बोक्दै आएको एउटा बाहेक अन्य मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गर्दै आएको थियो। मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले, झिटीगुण्टा सम्बन्धी नियमावली संशोधन गर्दै, वैदेशिक रोजगारीबाट फर्कने नेपालीले अब आफ्नो साथमा बढीमा दुई वटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशीक रोगगारी बाट फर्कने नेपालीको मोबाइल जफत गरेको भन्दै उनीहरुले सरकारको विरोधमा ” रेमिट्यान्स चल्ने मोबाइल नचल्ने” भन्दै नो रेमिट्यान्स अभियान नै चलाएका थिए।

सञ्चार र श्रम मन्त्रालयले आवश्यक समन्वय र गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गर्ने सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ।

क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न चिनको आदेश

चीनले आफ्नो सांघाई वाणिज्य दूतावासमा कार्यरत क्यानडाकी कूटनीतिज्ञ जेनिफर लिन लालोन्डेलाई देश छाड्न आदेश दिएको छ।

क्यानडाले सोमबार चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई, क्यानाडाली सांसदलाई प्रलोभनमा पार्ने र धम्क्याउने प्रयास गरेको आरोपमा देश छोड्न आदेश दिएपछि चीनले बदलास्वरूप क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ।

क्यानाडाली कूटनीतिज्ञलाई हटाउने आदेश पछि चीनले एक विज्ञप्ति जारी गर्दै “चीनले प्रतिक्रिया स्वरुप थप प्रक्रियाको अधिकार सुरक्षित राख्दछ ” भन्ने अभिव्यक्ति दिएको छ।

दुवै कूटनीतिज्ञलाई देश छाड्न पाँच दिनको समय दिइएको छ।

क्यानाडाका सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लंघनको आरोप लगाएपछि क्यानडाले, चीनले आफ्ना विपक्षी सांसद माइकल चोङ र हङकङमा रहेका उनका आफन्तहरूलाई निशाना बनाएको आरोप लगाएको थियो।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ : पाकिस्तानमा विरोध प्रदर्शन

पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको आरोपमा राजधानी इस्लामावादको अदालतमा उपस्थित हुँदा पक्राउ परेपछि पाकिस्तानका सहरहरूमा विरोध प्रदर्शन सुरु भएको छ ।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले समर्थकहरूलाई सडकमा आउन आग्रह गरेको छ र खानका हजारौं समर्थकहरूले राजधानी इस्लामावाद, कराँची, लाहोर, पेशावर र अन्य सहरहरूमा उनको गिरफ्तारीको विरोधमा सडकमा उत्रिएका छन् । सरकारबाट बाहिरीएसंगै उनिमाथि दर्जनौं मुद्दाहरु लगाइएको छ र ति सबै आरोपहरु निराधार भएको र केवल राजनीतिक प्रतिशोधको लागि आफुमाथी प्रहार गरिएको उनले बताएका छन्।

यता,इस्लामाबाद पुलिसले भने इमरान खानलाई कादिर ट्रस्ट मुद्दामा गिरफ्तार गरिएको बताएको छ।

अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारको सम्पूर्ण अधिकार भारतलाई दिने सरकारी चलखेल

भारतीय दबाबमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा टुंगो लगाउने गरि तयारी सुरु

भारतीय दबाबमा नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाअन्तर्गतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) भित्र रहेर भारतीय कम्पनी गेटवे पेमेन्ट सर्भिस प्रा.लि. (जीपीएस) लाई जिम्मेवारी दिन सरकार तयार।

अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारको सम्पूर्ण अधिकार भारतलाई जिम्मा लगाउने गरि सरकारले तयारी थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा टुंगो लगाउने गरि भारतीय कम्पनीलाई जिम्मा दिने प्रक्रिया अगाडी बढाइएको छ।

नेपाल र भारतबीच डिजिटल वालेट तथा क्यूआर कोडमार्फत नेपालमा हुने कारोबार व्यवस्थापनको जिम्मा नेपालले नै गर्ने गरी, जीटूजी सम्झौता गर्न नेपाल राष्ट्र बैंकले राखेको लिखित प्रस्ताव विपरीत सरकारले डिजिटल वालेट तथा क्यूआर कोडमार्फत हुने सम्पूर्ण आर्थिक कारोबारको जिम्मा भारतीय कम्पनीलाई सुम्पिन लागेको हो।

यसरी नेपालतर्फको कारोबारको जिम्मा भारतीय कम्पनीले पाउँदा देशको वित्तीय विवरण सिधै भारतीय कम्पनीको पहुँचमा पुग्नेबारे राष्ट्र बैंकका अधिकारीहरूले ध्यानाकर्षण गराउँदा पनि सरकारले राष्ट्र बैंकको प्रस्तावको वेवास्ता गरि यस्तो तयारी अघि बढाएको बुझिएको छ।

नेपाल राष्ट्र बैंकले आफ्नो र बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापना भएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई उक्त कारोबारको जिम्मा दिन प्रस्ताव गरे पनि सरकारले भने सिधै भारतीय कम्पनीको एजेन्टका रूपमा गेटवे पेमेन्ट सर्भिस प्रा.लि. (जीपीएस) लाई सम्पूर्ण जिम्मा दिन तयारी गरेको छ। जीपीएसले भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) अन्तर्गतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली चलाउने सम्झौता गरेको छ ।

भारतीय दबाबमा सरकारले सो सम्बन्धि सम्पूर्ण जिम्मा भारतीय कम्पनीलाई सुम्पन लागेको बताइएको छ। यसका लागि नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले समेत दबाब दिएको र सोहि अनुसार सरकारले तयारी थालेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

रेशम चौधरी छुटाउन कानुन संशोधन प्रक्रिया अघि बढाउँदै सरकार

वैशाख २४- अदालतले दोषी करार गरी जेलमा रहेका टीकापुर हत्याकाण्डका आरोपी,नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउन सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाउने तयारी गरेको छ  ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिसकेको छ भने, आजको संसद अधिवेशनमा सो विधेयक प्रस्तुत हुँदैछ । केहि सांसदहरुले भने सरकारलाई समर्थन जनाउने शर्तमा,नागरिक उन्मुक्ति पार्टीकै दबाबमा सो विधेयक अघि बढेको पनि बताएका छन् ।

गत मंसिर २५ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले चौधरीलाई छुटाउन ल्याएको अध्यादेश विवादका कारण कार्यान्वयन हुन सकेको थिएन र अहिले सोही अध्यादेशका प्रावधानहरु राखेर विधेयक संशोधन गर्न लागिएको बताइएको छ।
फौजदारी कार्यविधि संहिताको दफा ११६ मा फिर्ता गर्न नमिल्ने मुद्दाको सूची छ । मुलुकी फौजदारी अपराध संहितामा नकारात्मक र सकारात्मक सूचीका मुद्दाहरू छुट्याइएर सकारात्मक सूचीमा रहेका मुद्दाहरू अहिले पनि अदालतको सहमतिमा फिर्ता लिन सकिने प्रावधान छ । नकारात्मक सूचीका मुद्दा फिर्ता लिन नमिल्नेमा ‘राजनीतिक प्रकृतिका मुद्दा भने फिर्ता गर्न सकिनेछ’ भन्ने प्रावधान थप गरि चौधरीको मुद्दा फिर्ता गर्न लागिएको हो ।

टीकापुर घटनाको मुद्दामा ,सात प्रहरी र एक बालकको हत्याको आरोपमा चौधरीलाई दुई तहको अदालतबाट दोषी करार गरिएको थियो । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ हालको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

बजेट अधिवेशन सुरु

वैशाख २४-काठमाडौँ — आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । आज अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ  ।

संवैधानिक प्रावधान अनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते भित्र पेस गरिसक्नुपर्नेछ  । त्यस अघि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ ।अधिवेशनको पहिलो दिन आज मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश पनि पेस हुने संसद सचिवालयले जनाएको छ  ।

एक सय १० दिन चलेको पहिलो अधिवेशनको ९२ घण्टा ३० मिनेटको बैठकमा प्रतिनिधिसभाको नियमावली पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पटक विश्वासको मत लिनेबाहेक न त कुनै उल्लेख्य काम हुन सक्यो न कुनै विधेयक पारित भयो  ।

अघिल्लो अधिवेशनमा सांसदले उठाएका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै,जनताका प्रतिनिधिले उठाएका प्रश्नको सम्बोधन सरकारले आउँदो अधिवेशनमा गर्नुपर्ने सांसदहरुले बताएका छन्  । सरकारले फिर्ता लिएको यस अगीको निजामती कर्मचारी विधेयक र राष्ट्रपतिले प्रमाणीकरण नगरेकै कारण कार्यान्वयन हुन नसकेको नागरिकता विधेयकलाई पनि यही अधिवेशनमा अघि बढाउनुपर्ने दबाब सरकारलाई रहेको छ ।

राज्याभिषेकको क्रममा राजतन्त्र विरोधी समूहको गिरफ्तारीलाई लिएर बेलायती प्रहरीको आलोचना

राज्याभिषेकको क्रममा राजतन्त्र विरोधी समूहको गिरफ्तारीलाई लिएर बेलायत प्रहरीको आलोचना भएको छ।

राज्याभिषेकको दिनमा राजतन्त्र विरोधी प्रदर्शनकारीहरूको गिरफ्तारीलाई मानवअधिकारवादी समूहहरूले “डरलाग्दो” भनेका छन्। लण्डनमा राज्याभिषेकको दिनमा राजतन्त्र विरोधी समूहलाई पक्राउ गरेकोमा मानवअधिकारवादी समूह र सांसदहरूले महानगरीय प्रहरीको आलोचना समेत गरेका छन् ।

यद्यपि, आलोचनाको जवाफ दिँदै, प्रहरीले भने “विरोध अपराधिक बन्न सक्ने र राज्याभिषेकको क्रममा गम्भीर अवरोध निम्त्याउन सक्ने भएको हुँदा हस्तक्षेप गर्नु परेको बताएको छ । स्कटल्याण्ड यार्डले पनि स्थितिलाई हेरेर “सोही ढंगले काम गरेको” भन्दै प्रतिक्रिया दिएको छ। राज्याभिषेकको समयमा सार्वजनिक उपद्रव फैलाउने, द्वन्द्व सिर्जना गर्ने , सार्वजनिक व्यवस्थाको उल्लङ्घन , शान्ति भंग र षड्यन्त्र लगायतका अपराधमा प्रहरीले ५२ जनालाई पक्राउ गरेको थियो।

प्रदर्शनकारीहरुले, उनीहरूको विरोध शान्तिपूर्ण भएको तर प्रहरीले भने हस्तक्षेप गरेको बताएका छन्।

लेबर सांसदहरूले प्रहरीको उक्त हस्तक्षेपको आलोचना गर्दै अभिव्यक्ति स्वतन्त्रता चाँदीको धागो हो जुन संसदीय संवैधानिक राजतन्त्र मार्फत चल्छ भन्ने प्रतिक्रिया दिएका छन् ।

coronation.charles 3

छायाँ मन्त्री जेस फिलिपले पनि सामाजिक सञ्जाल प्रयोग गरेर “हाम्रो राष्ट्र र हाम्रो राजा यति कमजोर छैन कि फरक दृष्टिकोणको हानिरहित विरोधको सामना गर्न सक्षम हुनुहुन्न” भन्ने अभिव्यक्ति दिएका छन् ।

लेबर सांसद रिचर्ड बर्गनले पनि शान्तिपूर्ण विरोध गर्ने अधिकार लोकतन्त्रको आधारभूत सिद्दान्त भएको बताएका छन्।

ह्युमन राइट्स वाचका बेलायती निर्देशक यास्मिन अहमदले भने, “पुलिसको कारबाहीले आफु लन्डनमा नभई मस्कोमा रहेको आभाष भएको ” बताएका छन् ।

राज्याभिषेकको क्रममा “नट माई किंग” टी-सर्ट लगाएका प्रदर्शनकारीहरूलाई हिरासतमा राखिएको थियो।

पोखरा र वीरगन्जमा नेपाल टेलिकमको फाइभजी ट्रायल सुरु

काठमाडौं, वैशाख २३ – नेपाल टेलिकमले काठमाडौंपछि पोखरा र वीरगन्जमा पनि फाइभजी परीक्षण सुरु गरेको छ । सरकारले सुरुमा काठमाडौं, पोखरा, वीरगन्ज र विराटनगर गरी चार सहरमा परीक्षण गर्ने योजना बनाएको थियो। तर, फाइभजीमा चिनियाँ प्रविधिको प्रयोगमा अमेरिकी दबाबका कारण नेपाल टेलिकमले परीक्षण प्रक्रियालाई तीव्रता दिन सकेको छैन ।

काठमाडौंको बबरमहल र सुन्धारा क्षेत्रमा फाइभजीको परीक्षण गरिरहेको नेपाल टेलिकमले अहिले पोखरा र वीरगन्जमा परीक्षण प्रक्रिया सुरु गरेको छ ।टेलिकमले काठमाडौं (वाग्मती), पोखरा (गण्डकी) र वीरगञ्ज (मधेश प्रदेश)पछि बाँकी चार प्रदेशमा फाइभजी परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ ।

हालको परीक्षण सफल भएपछि फाइभजीलाई व्यावसायिक रूपमा विस्तार गर्ने नेपाल टेलिकमले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ

भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा गृह मन्त्रालयको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको हो  ।

डा. राईविरुद्ध पीडितहरूले जाहेरी दिएपछी अनुसन्धानका क्रममा उनलाई प्रहरीले ललितपुरको सौखेलस्थित निवासबाटै पक्राउ गरी काठमाडौं परिसरको टेकुस्थित हिरासतमा राखिएको छ । डा. राईलाई संगठित अपराध र ठगीसम्बन्धी कसुरमा कारबाही अघि बढाइएकोे प्रहरीले जनाएको छ।

प्रहरीले राईसँग गृह मन्त्रालयका अन्य व्यक्तिहरूविरुद्ध पनि प्रमाण जुटेको र गृहका तत्कालीन अधिकारी तथा केही उच्चपदस्थ कर्मचारी उपर पनि छानबिन अघि बढेको जनाएको छ। घटनामा डा. राईका छोरा नीरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ भने पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाको पनि घटनामा संलग्ननाता रहेको बताइएको छ । प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा र टंक गुरुङलाई पनि पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक हुन् भने, शर्मा र भण्डारी पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका सहयोगी थिए ।

सरकार र महावीर पुनबीच वार्ता

१७ वैशाख, काठमाडौं -सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले वार्ता अगाडी बढाएको छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै महावीर पुन र सरकारबीच वार्ता सुरु भएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सुरु भएको वार्तामा दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ ।

आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको भन्दै, पुनले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर धर्ना धर्ना दिने घोषणा गरेका थिए ।

नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर सम्बन्धमा कार्यदल गठन

अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।

राष्ट्र बैंकले बैंकिङ्ग सुरक्षाका लागि निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी बढाउनुपर्ने र कम चुक्ता पुंजी भएका निजि बैंकहरुलाई पुंजी बढाउन वा मर्जरमा जान निर्देशन दिएपछि निजि बैंकहरु धमाधम मर्जरमा गइरहेका बेला, सरकारले दुई सरकारी बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच पनि मर्जरको प्रक्रिया अगाडी बढाएको हो।

मर्जर सम्बन्धि कार्यदलको संयोजकमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख भुपाल बराललाई तोकिएको छ।

हाल, नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ । नेपाल बैंकले आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा २२९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने १७३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ।

नेपाल बैंकले चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा गरेको गत वर्ष सोही अवधिमा भने बैंकले २ अर्ब १९ करोडको नाफा गरेको छ। बैंकको खराब कर्जा भने ४.१६ प्रतिशत रहेको छ । नाफा खुम्चिँदा बैंकको वितरणयोग्य नाफा समेत घटेको छ । चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १८ करोडमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७० करोड रुपैयाँ थियो।

यता,राष्ट्रिय वाणिज्य बैंकले भने चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा बैंक २ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्ममा बैंकले ३०२ अर्ब निक्षेप संकलन गरी २२५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकका खराब कर्जा ३.८८ प्रतिशत रहेको छ।

कर्मचारीलाई तलब भत्ता र पेन्सन खुवाउन नसक्ने अवस्थामा सरकार

कैदी बन्दीलाई रासन खर्च धान्न समेत धौ-धौ

सरकार अहिले कर्मचारीलाई नियमित तलब भत्ता र पेन्सन समेत खुवाउन नसक्ने अवस्थामा पुगेको छ।

चालु आर्थिक वर्षमा हजारौं कर्मचारीको तलब भत्ता र पेन्सन रोकिएको छ। बहालवाला कतिपय कर्मचारीले फाल्गुन देखिको तलब भत्ता र अवकाश प्राप्त कर्मचारीले पेन्सन बापतको रकम पाएका छैनन्। आर्थिक अभावका कारण राज्यले कैदी बन्दीलाई नियमित रासन खर्च बापतको रकम समेत उपलब्ध गराउन सकेको छैन।

हाल सरकारी तथ्याङ्क अनुसार पेन्सन प्राप्त गर्ने शिक्षकको संख्या मात्र ५१,३०८ जना रहेको छ। त्यसमध्ये ३० हजार भन्दा बढी शिक्षकले चैत्र महिनाको पेन्सन पाउन सकेका छैनन्। अर्थ मन्त्रालयले नै रकम निकासा नगरेको कारण शिक्षकको पेन्सन रोकिएको निवृतिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णु प्रसाद खरेलले जानकारी दिएका छन्।

त्यसैगरी नेपाल प्रहरीको कुल ४८६ युनिट मध्ये १३१ वटा युनिटलाई तलब खुवाउन रकम अपुग भएको नेपाल प्रहरीका प्रवक्ता दिपेन्द्र जिसीले जानकारी दिएका छन्।

त्यतिमात्र नभएर सरकारले देशभर रहेका झन्डै २७ हजार कैदी बन्दीलाई नियमित रासनको लागि समेत खर्च उपलब्ध गराउन सकेको छैन। कारागार व्यवस्थापन बिभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार देशमा रहेका कैदि बन्दीलाई रासन खर्चको अभाव भएपछी थप रकमको माग गरेपनि सो रकम सरकारले उपलब्ध गराउन नसकेको बताएका छन्।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता शम्भु प्रसाद मरासिनीका अनुसार बुधबार सम्ममा जम्मा ७ खर्ब २ अर्ब १२ करोड राजस्व संकलन भएको छ। जबकी यहि अवधिमा कर्मचारीको तलब भत्ता लगायत अन्य प्रशाशनिक खर्चमा मात्र ७ खर्ब २१ अर्ब २ करोड रुपैयाँ खर्च भैसकेको छ। यहि हिसाबले पनि राज्यको आम्दानि भन्दा झन्डै १९ अर्ब रुपैयाँ भन्दा बढी रकम कर्मचारीको तलब भत्ता र पेन्सनमा मात्र खर्च भएको छ।

चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि कुल अनुमानित रकमको करिब ५० प्रतिशत मात्र राजस्व संकलन गरेको देखिन्छ। सरकारले संकलन गरेको राजस्वले कर्मचारीको तलब भत्ता र प्रशाशनिक खर्च समेत धान्न नसक्ने अवस्थामा देश पुगेको छ।

माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयप्रति काँग्रेस नेताहरुको आपत्ति

सरकारले शान्ति प्रक्रियाको १८ वर्षपछि अयोग्य लडाकुलाई राहत वितरण गर्न लागेको भन्दै नेपाली काँग्रेसका नेताहरुले सरकारको कदमको विरोध गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेको अवस्थामा पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुंग्याउन केन्द्रित हुनुपर्ने समयमा र राज्यकोषमा आर्थिक दबाब भएको यस्तो समयमा ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएको उनीहरुले बताएका छन्।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले, विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं भन्दै उनले अयोग्य लडाकुहरुलाई राहतको सट्टा रोजगारीको प्रबन्ध गर्नु उपयुक्त हुने बताएका छन्।

त्यसैगरि काँग्रेस महामन्त्री गगन थापाले पनि सामाजिक सञ्जाल मार्फत, राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ र रोक्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेको अवस्थामा सरकार रकम मात्र बाँड्ने भन्दा पनि पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुंग्याउन केन्द्रित हुनुपर्ने उनले बताएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%8d%e0%a4%af-%e0%a4%b2%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%be/

अब नेपालमा बनेका सवारी दर्ता तथा नामसारी हुने

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरि नेपालमा नै बनेका तथा नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गरेको छ।
यातायात व्यवस्था विभागले एक सुचना जारि गर्दै कार्यविधि निर्देशिकामा संसोधन गरिएको र अब उपरान्त नेपालमा नै बनेका तथा नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो।

संसोधित यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा, नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारी लगायतका व्यवस्था समेटिएको छ ।

कार्यविधि निर्देशिकामा , ‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’ भनि उल्लेख गरिएको छ।

त्यसैगरी निर्देशिकाको दोस्रो बुँदामा, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीसाधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्क सम्बन्धी प्रावधान आकर्षिक हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारम समेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ, भनि उल्लेख गरिएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा गरेको यो संसोधन पश्चात भने,नेपालमा बनेका सवारीसाधन दर्ता, नामसारी, पुनः दर्ता, लिलामी दर्ता लगायत कार्यका लागि मार्ग सहज बनेको छ।

yatayat made in nepal
https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a4-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8/

माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय

सरकारले शान्ति प्रक्रियाको १८ वर्ष पछि माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ जारी गरेको हो ।

२०६३ कात्तिक २२ गते ७ दल र तत्कालीन माओवादीबीच भएको १२ बुँदे समझदारी र ८ बुँदे सहमति लगायत शान्ति प्रक्रियाको विभिन्न चरण हुँदै ०६३ मंसिर २० मा भएको ‘हतियार तथा सेना व्यवस्थापन अनुगमन’ सम्झौता बमोजिम माओवादी शिविरका ४ हजार ८ लडाकु अयोग्य ठहरिएका थिए । सरकारले हाल तयार गरेको कार्यविधि अनुसार प्रक्रिया पुगेका अयोग्य लडाकुहरूले प्रति लडाकु दुई लाख रुपैयाँ राहत रकम पाउने भएका छन् ।

मन्त्रालयले बनाएको कार्यविधिमा विस्तृत शान्ति सम्झौतापश्चात् युनाइटेड मिसन इन नेपाल (अनमिन)को प्रमाणीकरणमा अयोग्य भनी ठहरिएर प्रतिवेदनमा नाम र विवरण समावेश भएका अयोग्य लडाकुहरूको पहिचान गरी राहत वितरण गर्ने उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएका नाम र विवरणका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले अयोग्य लडाकुहरुको पहिचान गर्नेछन् । जिल्लामा प्रशासनमार्फत पहिचान भएका लडाकुहरूको विवरण मन्त्रालयले तयार गर्ने र उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत नै प्रतिलडाकू दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । गृह मन्त्रालयले अयोग्य लडाकुहरुको सूची तयार गरिसकेपछि त्यसको विवरण अर्थ मन्त्रालयमा पठाउने र अर्थले गृहका नाममा बजेट निकासा दिने तयारी गरेको छ ।

मन्त्रालयले अयोग्य लडाकुको मृत्यु भइसकेको भए कानुनबमोजिम निजको नजिकको हकदारलाई राहत उपलब्ध गराउने र हाल नेपालमा नरहेको भए नेपाल फर्किएर आएको बखत पाउने गरी कार्यविधिमा व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेटमै दुई लाखका दरले राहत दिने निर्णय गरेको थियो । तर, त्यसबाट सर्वोच्च अदालतमा रिट परेपछि रकम वितरण हुन सकेको थिएन ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामका लागि एक अर्ब ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

८ दलका ५३ सांसदहरूको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघी लुम्बिनी प्रदेशका मुख्यमन्त्री नेकपा एमालेका लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि,संविधानको धारा १६८ को उपधारा २ बमोजिम, प्रदेश प्रमुख अमिक शेरचनको आह्वानमा चौधरीले आफ्नो दाबी पेस गरेका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाको १ र नेकपा एकीकृत समाजवादीको १ सांसदको समर्थन रहेको छ।

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अल्पमतमा परेको खगराज अधिकारी नेतृत्वको सरकारले विश्वाशको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख गुरुङले १४ गते ४ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका थिए । सोहि बमोजिम ३५ सांसदहरुको समर्थनमा पाण्डेले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबि पेस गरेका थिए।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्न सक्ने व्यवस्था बमोजिम अधिकारी मुख्यमन्त्री भएका थिए ।

गण्डकी प्रदेशमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच फोन वार्ता

वैशाख १३ – मस्कोले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच फोनवार्ता भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई चीनले युक्रेनमा चाँडो युद्धविरामका लागि जोड दिने र शान्ति प्रक्रिया र युद्धविरामलाई जतिसक्दो चाँडो गर्न चीन कटिबद्ध रहेको बताइएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले भने, “चिनियाँ अधिकारीहरूले युक्रेनी सङ्कटको बृद्धिलाई चुपचाप अवलोकन गर्ने मनसाय राख्दैनन्, तर बलिरहेको आगोमा तेल थप्ने काम पनि गर्ने छैनन्। उनले वार्ता नै एकमात्र उत्तम र अन्तिम विकल्प भएको समेत बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीले पनि ट्विट गर्दै फोनवार्ता लामो र अर्थपूर्ण रहेको बताएका छन् । उनले चीनका लागि राजदूतको नियुक्तिसँगैको फोनवार्ताले चिन युक्रेनको द्विपक्षीय सम्बन्धको विकासलाई थप मजबुत बनाएको बताएका छन्।

एमाले नेता ओली सहभागी कार्यक्रममा ढुङ्गा प्रहार : कालो झण्डा देखाउंदै कार्यक्रम बिथोल्ने प्रयास

वैशाख १३ – एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो झण्डा देखाउंदै प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरेका छन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा, पहिचानवादीहरुले गृहजिल्ला झापामा नेता ओली सहभागी कार्यक्रममा अवरोध खडा गर्न कालो झण्डा देखाउनुको साथै ढुङ्गा प्रहार गरेका थिए । कार्यक्रममा ढुङ्गा प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमालेको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादीहरुले प्रदेशको नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।

विधुतीय सवारी साधन (इभी)मा कर नबढाउन सरकारलाई सर्वोच्चको आदेश

वैशाख १३,काठमाडौं : सर्वोच्च अदालतले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा विधुतीय सवारी साधन (इभी)मा कर नबढाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सुष्मा लता माथेमाको संयुक्त इजलासले सरकारको नाममा उक्त परमादेश जारी गर्दै, विधुतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न र यातायात क्षेत्रबाट हुने वायु प्रदुषण नियन्त्रण गर्न बनेका कानून र नीतिको उचित कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

परमादेशमा, पेट्रोल र डिजेल जस्ता जीवाश्म इन्धनमा परनिर्भरता क्रमशः घटाउँदै स्वच्छ नवीकरणीय र हरित ऊर्जाको उत्पादन र प्रयोगलाई प्रवर्द्धन गर्न माग गर्दै,स्वच्छ र प्रदूषणमुक्त वातावरणमा बाँच्न पाउने जनताको अधिकार भएको उल्लेख गरिएको छ। उक्त आदेशमा,आवश्यक सावधानी अपनाएर मात्र करको दर तोक्नुपर्ने पनि उल्लेख गरिएको छ।

४ महिनादेखि त्यत्तिकै थन्किए साझा यातायातका ३७ विधुतीय बस

वैशाख १३- काठमाडौँ- चार्जिङ स्टेसनको अभावमा साझा यातायातका ३७ विधुतीय बस ४ महिनादेखि त्यत्तिकै थन्किएका छन्।

साझा यातायातले आफ्नै प्राङ्गणमा चार्जर राखेर खरिद गरिएका ४० मध्ये ३ वटा बस सञ्चालन गरिरहे पनि ३७ वटा बस भने यतिकै थन्किएका छन्।

साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले सबै बस चलाउन चार्जिङ डिपो नै आवश्यक पर्ने र बस चार्जिङ डिपोका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बारम्बार जग्गा माग गरेपनि उपलब्ध नभएको बताएका छन्।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने, ‘त्यत्रो बस ल्याउँदा कसरी चलाउने भन्ने योजना किन नबनाएको? बस आइसकेपछि मात्र जग्गा भएन भनेर हुन्छ?’ भनेर साझालाई नै दोष दिँदै आएको छ।

पोलमा झुन्डाएर राखिएका तार व्यवस्थापन गर्न काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

वैशाख ११ , काठमाडौं – पोलमा झुन्डाएर राखिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिकाले सेवा प्रदायक संस्थाहरुलाई १५ दिनको म्याद दिएको छ ।

महानगरको नगर प्रमुखस्तरीय निर्णयले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विधुत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै अनावश्यक र प्रयोगविहीन तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकेको हो।

महानगरले सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु, दूरसञ्चार प्राधिकरण, सीसीटिभी क्यामेरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरेको छ ।

तोकिएको अवधिमा अवधिमा पनि तार हटाउने काम नभएमा महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने काम थाल्ने र यसबाट लाभग्राहीमा असुविधा भए त्यसको जिम्मेवार सेवाप्रदायकले नै लिनुपर्ने महानगरले जनाएको छ।

तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपालका प्रतिनिधि रहने गरी टोली गठन गर्ने र तार हटाउने कामको अनुगमन महानगरकी उपप्रमुखको संयोजकत्वमा सरोकारवाला कार्यालय तथा संस्थाका प्रतिनिधि रहने गरि गर्ने महानगरले बताएको छ

सर्वोच्‍चको आदेशपछि काठमाडौँ महानगरले उठायो सिंहदरबारको फोहोर

वैशाख ११-काठमाडौँ — सर्वोच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले सिंहदरबारमा थुप्रिएको फोहोर उठाउन थालेको छ ।।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले गत वैशाख ८ गते काठमाडौँ महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्न निर्देशन दिएको थियो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले, संघीय सरकारले विकास निर्माणको काममा सहयोग र समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि प्रधानमन्त्री निवास, राष्ट्रपति निवास र सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका थिए ।

नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्जका लागी चारवटा निवेदन प्राप्त

काठमाडौं, वैशाख ११ : नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज बजार सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्ज बजार खोल्नका लागि चारवटा निवेदन प्राप्त गरेको छ ।

सेबोनका अनुसार हिमालय स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले स्टक एक्सचेन्ज कारोबार सुरु गर्न नियामकको स्वीकृतिका लागि निवेदन दिएका छन् ।

त्यसैगरी, नेपाल मल्टि कमोडिटी एक्सचेन्ज, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टि एसेट्स डेरिभेटिभ एक्सचेन्ज र मल्टि डेरिभेटिभ एक्सचेन्जले कमोडिटी एक्सचेन्ज बजार सञ्चालन गर्न इच्छुक रहेका छन् ।

स्टक एक्सचेन्ज विद्यमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग समानान्तर संस्था हुने भए पनि कमोडिटी एक्सचेन्ज बजार देशभित्रै पहिलो र नयाँ संस्था हुनेछ ।

औधोगिक क्षेत्रको विधुत कटौती अल्पकालीन समस्या : प्राधिकरण

काठमाडौं, वैशाख ११ : उद्योगी व्यावसायीहरुले विगत केही सातादेखि दैनिक १२ घण्टासम्म विधुत कटौती हुने गरेको गुनासो गर्दै आएका बेला नेपाल विधुत प्राधिकरणले भने यो अल्पकालीन समस्या मात्र भएको जनाएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विधुत आपूर्तिमा आएको समस्याले पूर्वी नेपालका कैयौं औद्योगिक करिडोरका उत्पादकलाई नराम्रो असर पारेको बताए । उनका अनुसार सुक्खायाममा सीमापार प्रसारण लाइनको ढुवानी क्षमता कमजोर भएकाले पर्याप्त मात्रामा विधुत आयात गर्न समस्या भएको छ । “यसले उत्पादन इकाईहरूमा विधुत आपूर्तिमा कमी आएको छ,” घिसिङले भने ।

आन्तरिक उत्पादन घटेपछि प्राधिकरणले दैनिक औसत ५ सय मेगावाट विधुत भारतबाट आयात गर्दै आएको छ । घिसिङले ढलकेबर र टनकपुरको प्रसारण लाइनबाट करिब चार सय मेगावाट विधुत आयात भइरहेको र रक्सौल, रामनगर र कटैयास्थित पूर्वाधारबाट थप १०० मेगावाट विधुत आपूर्ति भइरहेको बताएका छन् ।

विधुत आपूर्तिमा भारी गिरावट आएपछि विराटनगरका उद्योगीले राज्यको स्वामित्वमा रहेको विधुत प्राधिकरणविरुद्ध आन्दोलन समेत गरेका छन् । निजी क्षेत्रको छाता सङ्गठन मोरङ व्यापारी संघले प्राधिकरणको गैरजिम्मेवार कदमले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको आरोप लगाएको छ ।

अर्कोतर्फ प्राधिकरणले आन्तरिक विधुत उत्पादनमा उल्लेख्य कमी आएका कारण विधुत आपूर्ति बन्द गर्नुपरेको जनाएको छ । घिसिङका अनुसार विधुत उत्पादन वास्तविक स्थापित क्षमताको ३०.३५ प्रतिशतमा मात्रै आएको छ । ‘स्थानीय विधुत गृहले ७ सय मेगावाट मात्रै विधुत आपूर्ति गर्दै आएका छन् भने भारतबाट करिब ५ सय मेगावाट आयात गरिरहेका छौं ।

प्राधिकरणको रेकर्डले हाल विधुतको अधिकतम माग १ हजार ७ सय मेगावाट रहेको देखाएको छ भने औसत माग १ हजार ३ सय मेगावाट रहेको छ । प्राधिकरणले यस वर्ष थप ८०० मेगावाट स्वीकृत गरेपछि यस वर्ष औद्योगिक एकाइको माग बढेको घिसिङले बताए ।

यसैबीच प्राधिकरणले आगामी वर्षातमा एक हजार मेगावाटसम्म विधुत भारत निर्यात गर्ने लक्ष्य राखेको छ । जेठको तेस्रो सातादेखि प्रि–मनसुन शुरु भएसँगै प्राधिकरणले थप विधुत उपलब्ध गराउने घिसिङले बताएका छन् ।

युद्दग्रस्त सुडानबाट कूटनीतिज्ञ र विदेशी नागरिकहरूलाई सुरक्षित निकालियो

सुडानको राजधानी खार्तुममा भिषण लडाई जारी रहँदा कैयौं देशले कूटनीतिज्ञ र आफ्ना नागरिकलाई बाहिर निकालेका छन्।

संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना कूटनीतिज्ञहरूलाई देशबाट बाहिर निकालेका छन्।फ्रान्स, जर्मनी, इटाली र स्पेनले पनि आइतवारदेखि आफ्ना नागरिक र कूटनीतिज्ञहरूलाई देशबाट बाहिर निकालेका छन्।

अमेरिकी अधिकारीहरूले आइतबार बिहान तीन चिनूक हेलिकप्टरबाट करिब १०० व्यक्तिहरूलाई एयरलिफ्ट गरेको र खार्तुममा रहेको अमेरिकी दूतावास बन्द रहेको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि आइतवार फ्रान्सेली नागरिक र अन्य केही डच नागरिकहरूलाई लिएर विमान उडेको बताएका छन्। त्यसैगरी क्यानडा,जर्मनी,इटाली र स्पेनले पनि आफ्ना नागरिकहरूलाई सुडानबाट निकालेका छन् ।

यसअघि नै साउदी अरेबिया इजिप्ट, पाकिस्तान र अन्य खाडी देशका नागरिकहरु भने समुद्री र हवाई मार्गबाट बाहिरिएका थिए।

सुडानमा नियमित सेना र शक्तिशाली अर्धसैनिक बल बीचको शक्ति संघर्षले अहिले देशभर हिंसा निम्त्याएको छ। सत्ता संघर्षको कारण राजधानी खार्तुममा भारी बमबारी भएको छ भने , सयौंको मृत्यु र हजारौं घाइते भएका छन्।

तनहुँमा मतगणना जारी: चितवन र बारामा मतगणनाको लागि सर्वदलिय बैठक बस्दै

वैशाख ११ – उप निर्वाचन सम्पन्न भएको चितवन २, बारा २ र तनहुँ १ गरि ३ वटा निर्वाचन क्षेत्र मध्ये तनहुँको मतगणना मध्यरात देखि नै जारी छ भने, बारा र चितवनको मतगणनाको विषय टुङ्ग्याउन सर्वदलिय बैठक बस्दैछ ।

रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानका कारण गए राति स्थगित भएको चितवन २ को सर्वदलिय बैठक आज बस्ने तय भएको छ।

त्यसैगरी बारा क्षेत्र नम्बर २ मा पनि आज सर्वदलीय बैठक बस्दैछ। हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए।

आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछाने विरुद्ध उजुरी

वैशाख १० , चितवन । चितवनमा जारी उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै चितवन क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले चितवन क्षेत्र नं. २ मा, मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि करिब २ घण्टा मतदान अवरुद्ध भएको थियो । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गर्दै चार बुँदे समझदारी गरेपछि मतदान सुरु भएको थियो ।

समझदारीमा भनिएको छ , ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’

त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षा कायम गर्ने निर्णय पनि भएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय पनि गरिएको छ ।

नयाँ किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण उल्लेख गरिएको छ।

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादन भएका सवारी साधनलाई दर्ता गर्ने व्यवस्था मिलाउन र दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

‘यात्री’ लगायतका नेपालमा बनेका सवारी साधन दर्ता नभएको विषय संसदमा उठेपछी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न प्रधानमत्री दाहालले मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको हो।

प्रधानमन्त्रीको निर्देशनपछी मुख्य सचिवले बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धन सम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएको पनि प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले बताएका छन् ।

पाल्पामा बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु १० घाइते

वैशाख १०- पाल्पा- पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने बसमा सवार अन्य १० यात्रु घाइते भएका छन् ।

बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै सडकबाट करीब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपनिर्वाचन : तीनवटै क्षेत्रमा मतदान जारी

उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा मतदान बिहानै देखि मतदान सुरु भएको छ ।

तीन निर्वाचन क्षेत्रमा गरि कुल ६५ उम्मेदवारहरु प्रतिस्पर्धा गर्दैछन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । निर्वाचन हुने तिनवटै क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्धारण गरेको समय तालिका अनुसार साँझ ५ बजेसम्म रहनेछ  ।

चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएको , तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछी यी तिनै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

गण्डकी सरकारमा एमालेको वर्चस्व समाप्त: भोलिसम्म नयाँ सरकार बन्ने

वैशाख ९- पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेश सरकारमा पनि एमालेको वर्चस्व समाप्त भएको छ। राष्ट्रपती निर्वाचनलाई लिएर सत्ता समीकरणमा आएको फेरबदलको प्रभाव प्रदेश सरकारमा स्पष्ट देखिएको छ।

माओवादी केन्द्रले चैत १० गते आफ्नो समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि एमाले नेताअधिकारी अल्पमतमा परेका थिए। संवैधानिक व्यवस्था अनुसार सत्ताधारी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्ने प्रावधान अनुरुप आज विश्वासको मत लिने क्रममा ६० सदस्यीय गण्डकी प्रदेश सभाका २४ सांसद (एमालेको २२ र राप्रपाको २ ) ले मात्र उनलाई समर्थन गरेका थिए। यसअघि उनलाई ३१ सांसदले विश्वाशको मत दिएका थिए।

भोलिसम्म नयाँ सरकार बन्ने

मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्त भएसंगै, नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलिसम्म नयाँ सरकार बन्ने बताएका छन् ।
यधपी, अब ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् वा संविधानको धारा १६८ (२) अनुसार सत्ता गठबन्धनको मिलिजुली सरकार बन्छ, त्यो भने हेर्न बाँकी छ।

G-7: अमेरिकी वर्चस्व कायम राख्ने एउटा औजार मात्र हो – उत्तर कोरिया

उत्तर कोरियाली विदेश मन्त्री चो सन-हुईले G-7 मुट्ठीभर अहंकारी देशहरूको बन्द समूह मात्र हो जसले अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्दैन तर अमेरिकी आधिपत्य सुनिश्चित गर्न राजनीतिक उपकरणको रूपमा काम गर्दछ भन्ने अभिव्यक्ति दिएकी छन्।

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणमा G-7 राष्ट्रहरुले गरेको निन्दाको जवाफ दिँदै, उनले भनिन् ,”अमेरिकी विश्व प्रभुत्वको राजनीतिक उपकरणको रूपमा G-7 राष्ट्रहरुले उत्तर कोरियाको सार्वभौमसत्ताको वैध अभ्यासलाई नराम्रो रूपमा निन्दा गरिरहे पनि प्योङयाङले आफ्नो आणविक हतियार कार्यक्रम छोड्ने छैन।”

G-7 राष्ट्रहरुले उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपणको निन्दा र यसको आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रहरूको “पूर्ण, प्रमाणित र अपरिवर्तनीय परित्याग” को लागि आह्वान गरेको एक विज्ञप्ति जारी गरेको तीन दिन पछि चोले उक्त अभिव्यक्ति दिएकि हुन्।

प्योङयाङले गत हप्ता आफ्नो नयाँ विकसित Hwasong-18 इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) को परीक्षण-प्रक्षेपण गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ-अनले नयाँ मिसाइलले देशको आणविक प्रतिरक्षा प्रणालीलाई ठूलो मात्रामा बढाउने दाबी समेत गरेका छन् ।

सन् २०२२ सम्म नेपालमा एडीबीको लगानी ४ खर्ब २० अर्ब

वैशाख ९- काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ सम्ममा नेपालको ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा करिब ४ खर्ब २० अर्ब (३.२ बिलियन अमेरिकी डलर) रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ ।

नेपालमा सञ्चालित परियोजनाका क्षेत्रमा एसियाली विकास बैंकले ठुलो परिमाणमा लगानी गर्दै आइरहेको तर एसियाली विकास बैंकको परियोजना कार्यान्वयन सुधार र समस्यालाई सक्रिय रूपमा सम्बोधन गर्नुपर्ने र त्यस विषयमा विशेष ध्यान दिनुपर्ने एडीबीका महानिर्देशक केनिची योकोयामाले बताएका छन्  ।

नेपालमा सञ्चालित परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी बैठक (कन्ट्री पोर्टफोलियो) बारे जानकारी दिन आयोजित दुईदिने छलफलमा, एसियाली विकास बैंकको परियोजना कार्यान्वयन र वितरणसम्बन्धी चुनौतीको निरुपण गर्न र विकासप्रति जनताको चाहनालाई सम्बोधन गर्न पुँजीगत खर्चमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन्  ।कार्यक्रममा एडीबीको सहयोगमा सञ्चालित सहरी खानेपानी तथा सरसफाइ आयोजना, वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतका आयोजनाहरुलाई पुरस्कृत समेत गरिएको थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

वैशाख ९- पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने सम्बन्धी विषयलाई कार्यसूचीमा राखिदिन पत्र पठाएको र सचिवालयले सोहि अनुसार तयारी गरेको प्रदेशसभा सचिवालय जनाएको छ।

माओवादी केन्द्रले चैत १० गते आफ्नो समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि एमाले नेताअधिकारी अल्पमतमा परेका हुन्।एमाले संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भइ पुस २९ मा विश्वासको मत समेत लिएका थिए ।त्यतिबेला उनलाई ३१ सांसदले विश्वाशको मत दिएका थिए।

संवैधानिक व्यवस्था अनुसार सत्ताधारी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्।

रुसमाथिको प्रतिबन्धका कारण युरोपको रगत बगिरहेको छ : हंगेरीयन प्रधानमन्त्री

युरोपेली संघले रुसमाथी लगाएको प्रतिबन्धहरूले रुसलाई कम्जोर पार्ने आशाहरू पूरा हुन नसकेको तर आर्थिक र सामाजीक लगायत विभिन्न क्षेत्रमा युरोपेली राष्ट्रहरुकै रगत बगिरहेको सँज्ञा दिँदै, हंगेरीका प्रधानमन्त्री विक्टर ओर्बनले बारम्बार “ब्रसेल्सको असफल नीति” परिवर्तन गर्न आह्वान गरेका छन्।

युक्रेन द्वन्द्वको जवाफमा दश चरणको प्रतिबन्धहरू घोषणा गरेको युरोपेली संघले पुन: मस्को विरुद्ध दण्डात्मक उपायहरूको एघारौं प्याकेजमा काम गरिरहँदा, रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने विकल्पहरू समाप्त भैसकेको उनले बताएका छन् ।ईयूका अधिकारीहरूले पनि रुसमाथी लगाइने थप प्रतिबन्धले ईयू राज्यहरू बाँच्न नसक्ने बताउँदै ति प्रतिबन्धहरुको समिक्षा गर्नुपर्ने बताएका छन्।

ईयू अधिकारीहरू मध्ये एकले भने कि “हामी सकिसकेका छौं, “यदि हामीले थप प्रतिबन्धहरू गर्छौं भने, यसका परिणामहरु भयानक हुनेछन्।” ईयू अधिकारीहरूले, प्रतिबन्धले मस्को भन्दा ईयू र पश्चिमलाई बढी नोक्सान पुर्‍याउने तथ्य पनि स्वीकार गरेका छन् ।

नयाँ नियोजित प्रतिबन्धहरूले कथित रूपमा रूसको आणविक ईन्धन र सेवाहरूको निर्यातलाई लक्षित गर्न सक्छ, तर फ्रान्स, हंगेरी र अन्य केही सदस्य-राष्ट्रहरूले यसको विरोध गर्ने सम्भावना रहेको पनि एक ईयू अधिकारीले बताएका छन् ।

भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु‚ ८ घाइते

वैशाख ७-सुर्खेत — जाजरकोट-डोल्पा सडक खण्ड अन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

उक्त बेलिब्रिज भाँचिएपछि सोही निर्माणाधीन बेलिब्रिजमा काम गर्ने मजदुर दुई जनाको मृत्यु भएको र पुलमा हिँडिरहेका तीन जना नदीमा खसेर बेपत्ता भएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पुल भाचिंदा घाइते भएका अन्य ८ जनाको उपचार चलिरहेको छ भने, बेपत्ता भएका तिन जनाको खोजि कार्य जारि रहेको पनि प्रहरीले जनाएको छ।

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

वैशाख ७- काठमाडौँ — आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ ।

‘विकास ऋणपत्र ०८४ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि चार वर्षको रहनेछ भने ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सूचनामा उल्लेख गरिए अनुसार ऋणपत्रका लागि वैशाख ७ गते दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने छ भने, शुक्रबार राष्ट्र बैंकले ऋणपत्र जारी गर्नेछ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्।

चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

उपनिर्वाचन : बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार बन्द

वैशाख ७-काठमाडौँ — यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको र होही अनुरुपको कार्य गर्न गराउन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

यही वैशाख १० गते आइतबार बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी चैत २४ देखि वैशाख १० गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।

भारतीय पर्वतारोही अनुराग मालुको ३ दिनपछि उद्धार

भारतीय पर्वतारोही अनुराग मालुलाई तीन दिनपछि जीवितै उद्धार गरिएको छ ।

अन्नपूर्ण हिमालमा सोमबार बेपत्ता भएका ३४ वर्षीय मालुको क्याम्प तेस्रो मुनिको गहिरो खाडलबाट उद्धार गरिएको छ । छाङ दावाको नेतृत्वमा ६ शेर्पा आरोहीको टोलीले आज बिहान करिब ३ सय मिटर गहिरो खाडलबाट उनलाई फेला पारेर उद्दार गरेको हो । अनुरागलाई हेलिकप्टरबाट पोखरा लगिएको र अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था अहिले निकै नाजुक रहेको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

अन्नपूर्ण हिमालको क्याम्प तेस्रोबाट ओर्लने क्रममा ५ हजार ८ सय मिटरको उचाइमा रहेको गहिरो खाडलमा खसेपछि उनी बेपत्ता भएका थिए ।

आज मातातीर्थ औंसी

आज आमाको मुख हेर्ने अर्थात मातातीर्थ औंसी। हरेक वर्षको वैशाख कृष्णपक्षका दिन मातातीर्थ औंसी मनाउने गरिन्छ।

छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउने गरेको पाइन्छ।आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् ।

आमा नहुनेहरू भने आजको दिन मातातीर्थमा रहेको कुण्डमा स्नान गरेर आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने गर्छन् ।

मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सो कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुख­सन्तोष पाउने जनविश्वास छ ।

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ — केहिदिन देखि अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचाराका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल लगिएको छ ।

छातीमा संक्रमण देखिएपछि गत साता तीन दिन अस्पताल बसेर फर्केका पौडेललाई मंगलबार पुन:असहज भएपछि परिवारको आग्रहमा थप उपचारका लागि भारत लगिएको हो। यधपी ,उपचारमा संलग्न चिकित्सकका अनुसार उनको छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको र प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको र एमआरआई र सीटी स्क्यान रिपोर्टमा पनि संक्रमणबाहेक अरु कुनै जटिलता नरहेको बताइएको छ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो ।पौडेलसँग उनका निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा बिहीबार ६ घण्टा बन्द रहने

वैशाख ६-काठमाडौँ – बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा ६ घण्टा बन्द रहने भएको छ।

यात्रुहरुको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ विधुत आपूर्ति प्रणाली सुदृढीकरणका लागि अनलाइन यूपीएस जडान गर्नुपर्ने भएकाले बिहिबार बिहान १:०० बजेदेखि बिहान ७:०० बजेसम्मको सम्पूर्ण हवाई सेवा अवरुद्ध हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभएको छ।

साथै,उक्त समयमा यात्रा गर्नुहुने यात्रुहरुले सम्बन्धित वायु सेवा कम्पनिसंग परामर्श गरि आवश्यकताअनुसारको व्यवस्था मिलाउन पनि महाप्रवन्धक तिवारीले बताउनुभएको छ।

tia tribhuvan international airport

अनिश्चितकालका लागि स्थगित राष्ट्रिय सभा बैठक

५ वैशाख, काठमाडौं – मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले,बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना प्रकाशित गरेका छन्।

यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको निर्देशनमा स्थगित गरिएको थियो ।

rastriya sabha

वैशाख १८ देखि तातोपानीबाट निर्यात खोल्ने सहमति

नेपाल र चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ ।

नेपाल र चीनका सरकारी अधिकारीबीच भएको छलफलमा वैशाख १८ गतेदेखि नाका खोल्ने गरि ६ बुँदे सहमति भएको बताइएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार,सीमा सुरक्षाबीच ‘क्रस बोर्डर क्राइम ’लाई लिएर पर्याप्त छलफलपछि वैशाख १८ गतेदेखि नाकाबाट निकासी खोल्ने र अन्य व्यवस्थापन र अपराधन नियन्त्रणबारे पनि छलफल र मौखिक सहमति गरिएको छ।

यता, तातोपानी नाकाबाट निर्यात खुल्ने सहमति भए पनि तातोपानीमा भौतिक पूर्वाधारको पूर्ण तयारी नभएको, सीमा जोड्ने कोदारी राजमार्गको २६ किलोमिटर सडकखण्ड अझै क्षतिग्रस्त रहेको र केरुङ नाका पूर्णरुपमा खुलिरहँदा तातोपानीबाट भने निर्यात मात्रै खुल्ने मौखिक सहमति गरिएको विषयमा भने स्थानीयहरुले निराशा व्यक्त गरेका छन्।

आन्तरिक उडानका लागि नेपाल वायुसेवा निगमले तीन वटा जहाज किन्दै

वैशाख ४ , काठमाडौं – नेपाल वायुसेवा निगमले आन्तरिक उडानको लागि तीन वटा जहाज किन्ने भएको छ ।

वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा जहाज खरीद गर्न गठित उपसमितिले जाहाज खरिदको विषयमा तयार पारेको प्रतिवेदन समेत निगमको सञ्चालक समितिमा पेश गरिसकेको बताइएको छ ।

निगमले आफ्नो आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत जनाएको छ। खरिद गरिएको जहाजले नेपालको दुर्गम भेगमा उडान भर्ने पनि बताइएको छ।

नेपाल वायुसेवा निगमसँग यसअघि भएका जहाज भने व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र बढ्दै गएको भनेर करिब तीन वर्षदेखि थन्काएर राखिएको छ ।

सिंहदरबारको फोहोर नउठाएको भन्दै मेयर बालेन साह विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

वैशाख ४, काठमाडौँ- सिंहदरबार र शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सर्वोच्चमा दायर गरिएको रिटमा , ‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४, वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको कुरा उल्लेख गरिएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्न पनि निवेदनमा माग गरिएको छ।

काठमाडौं महानगरको काममा संघिय सरकारले असहयोग गरेको भन्दै काठमाडौँ महानगरला मेयर साहले सिंहदरवार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्न आदेश दिएका थिए।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%95/

बक्यौता नतिरेपछि स्मार्ट टेलिकमको सम्पत्ति सरकारी स्वामित्वमा

वैशाख ४,काठमाडौँ – अनुमति र सेवा सञ्चालनको बक्यौता नबुझाएको भन्दै सरकारले स्मार्ट टेलिकमको सम्पति सरकारको मातहतमा ल्याएको छ।

स्मार्ट टेलिकमले बक्याैता नबुझाएको कारण लाइसेन्स रद्द भएपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले स्मार्ट टेलिकमको सम्पत्ति सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको हो। स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७५/७६ सम्म ४ अर्ब १९ करोड रुपैयाँ बक्यौता नबुझाएको र त्यसपपछिका ३ वर्षसम्म कुनै पनि हिसाब नदेखाएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यसअघि बक्यौता नबुझाएको भन्दै प्राधिकरणले २०७६ साउन १३ मा स्मार्ट टेलिकमको लाइसेन्स रद्द गर्ने निर्णय गरेको थियो ।

एक वर्षमा एक खर्ब १९ अर्ब बेरुजु

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा सरकारी निकायहरू (संघ, प्रदेश र स्थानीय तह) मा १ खर्ब १९ अर्ब रुपैयाँ बेरुजु देखिएको छ ।

सरकारी निकायका अधिकारीहरूले कानुनविपरीत खर्च गर्ने र नियमअनुसार उठाउनुपर्ने आम्दानीमा पनि चासो नदिने प्रवृत्तिका कारण बेरुजु बढ्दै गएकोले,
सरकारको वित्तीय प्रशासनको स्रोत व्यवस्थापन, बजेट तर्जुमा, कार्यान्वयन, लेखांकन र प्रतिवेदन प्रणालीमा सुधारको आवश्यकता रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्थ मन्त्रालयमा (३३ अर्ब ४६ करोड ८८ लाख), भौतिक पूर्वाधार मन्त्रालयमा(८ अर्ब ७९ करोड ७४ लाख), सञ्चार मन्त्रालयमा(२ अर्ब ७० करोड ५८ लाख), कृषि मन्त्रालयमा(२ अर्ब ५३ करोड ७१ लाख), गृह मन्त्रालयमा(१ अर्ब ५७ करोड ८ लाख), भूमि व्यवस्था मन्त्रालयमा(१ अर्ब ३४ करोड २४ लाख), ऊर्जा मन्त्रालयमा(१ अर्ब २९ करोड ७२ लाख), सहरी विकास मन्त्रालयमा(१ अर्ब ९ करोड ६४ लाख), खानेपानी मन्त्रालयमा(८७ करोड ८५ लाख) र स्वास्थ्य मन्त्रालयमा(८७ करोड ७४ लाख) बेरुजु देखिएको छ।

प्रतिवेदनअनुसार सरकारको हालसम्मको कुल बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड सात लाख पुगेको छ । यो गत वर्षको तुलनामा १५.७५ प्रतिशतले बढी हो ।

महालेखा परीक्षकको कार्यालयले संघ र प्रदेश तथा अन्तर्गतका निकाय, स्थानीय तह, विश्वविद्यालय, समिति, संस्था, प्रतिष्ठान र संगठित संस्थासहित ६ हजार पाँच सय ४६ निकायको कुल ७१ अर्ब ३८ अर्ब १७ करोडको लेखापरीक्षण हुँदा एक खर्ब १९ अर्ब ७७ करोड ७० लाख बेरुजु देखिएको छ । त्यसमा संघको ५६ अर्ब ३१ करोड नौ लाख, प्रदेशको सात अर्ब २० करोड ५० लाख, स्थानीय तहको ४२ अर्ब ८८ करोड नौ लाख र अन्य संस्था समितिको १३ अर्ब ३८ करोड दुई लाख छ ।

गत वर्षभन्दा २१.४५ प्रतिशत बढेर हालसम्मको अद्यावधिक गर्नुपर्ने बेरुजु पाँच खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख पुगेको छ । यसबाहेक संघीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थातर्फको बेरुजुका अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने बेरुजु तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख छ ।

आव ०७७/७८ मा चार खर्ब ८३ अर्ब ५९ करोड बेरुजु थियो । अघिल्लो आव ०७७/७८ मा चार खर्ब ८३ अर्ब ५९ करोड ६५ लाख थियो भने त्यसअघि आव ०७६/७७ मा चार खर्ब १८ अर्ब ८५ करोड थियो ।


प्रतिवेदनअनुसार संघीय कार्यालयहरूको अद्यावधिक बेरुजु दुई खर्ब ९६ अर्ब १३ करोड २९ लाख, प्रदेश कार्यालयहरूको २४ अर्ब ३७ करोड ८० लाख, स्थानीय तहको एक खर्ब ७२ अर्ब ६० करोड ५४ लाख र अन्य संस्था समितिको ९४ अर्ब २२ करोड ३१ लाख रहेको छ ।

अब पात्रो होइन देश फेरिनु पर्छ

आज बाट नयाँ वर्ष विक्रम संवत २०८० प्रारम्भ भएको छ। नेपालीहरुले आजको दिनलाई नव वर्ष प्रारम्भ भएको दिनको रुपमा हर्षका साथ मनाउने गर्दछन्। सुख र सम्वृद्धिको कामना सहित एक अर्कालाई शुभकामना आदान प्रदान गर्ने गर्दछन। 

आजको दिन एउटा नयाँ वर्ष र नयाँ दिनको मात्र सुरुवात नभएर सिङ्गो एउटा दशकको नविनतम सुरुवात हो।  आजको दिनले नेपाल र नेपालीकोलागि एउटा अर्को नयाँ युगको सुरुवात गरेको छ। तर हरेक नयाँ दिनको सुरुवात गर्दै गर्दा हामीले हाम्रो गर्बिलो इतिहासलाई भने भुल्नु हुंदैन। विगतदेखि आजको दिनसम्म आइपुग्दा हामीले गरेका हरेक राम्रा र नराम्रा क्रियाकलापहरुको समिक्षा गर्नु जरुरि देखिन्छ। 

भन्दा र सुन्दा आदर्शका खोक्रा कुराहरुजस्तो सुनिन सक्छ।  तर हामि आज यस्तो घडी, यस्तो मोडमा आएर उभिएका छौँ कि अब फेरी एकपटक  “देशले हामीलाई के दियो होइन, देशका लागि हामीले के दियौं र के गर्यौं ” भनेर आत्मसमीक्षा गर्ने बेला आएको छ। 

दुखका साथ भन्नुपर्छ, आज देशका अधिकांश युवा, प्लस टु पास गरेपछि पासपोर्ट बोकेर कन्सल्टेन्सी धाउनु देशको लागि दुर्भाग्य हो।  घर परिवार र देश छोडेर  विदेशिनु सिमित एउटा वर्गको लागि नितान्त रहर होला, तर अधिकांशको लागि भने त्यो बाध्यताले सिर्जना गरेको रहर हो भन्दा अन्यथा नहोला।  घर परिवारबाट टाढा बसेर सिङ्गो जवानी विदेशमा खर्च गर्दै गर्दा, एउटा युवाले आफ्नो देश प्रतिको जिम्मेवारी  पुरा गर्न सफल होला- नहोला तर नेपालमा आफ्नो श्रीमती,छोरा-छोरी र बाबु आमाको खर्च भने पक्कै पुरा गरेको छ। भ्रष्टाचार र त्यसमाथि ब्यापार घाटाले थिलो थिलो भएर कर्मचारीलाई तलबसम्म खुवाउन नसकेको देशलाई रेमिट्यान्सले थेगी रहेको छ। तर मिठो खाने र राम्रो लगाउने आशामा,आकाशमा उडेर गएका देशका ति होनाहार युवाहरु दिनदिनै बाकसमा फर्किनु देशको लागि दुर्भाग्य हो।

पछिल्लो केहि दशक यता देशमा धेरै तन्त्रहरु फेरिए। प्रजातन्त्र फेरिएर लोकतन्त्र बन्यो, राजतन्त्र फेरिएर देश गणतन्त्रमय भयो। एउटा राजा फालेर कैयन छोटे राजाहरुले जन्म लिए।  यतिसम्मकी यहाँ राजमार्गहरु फेरिएर लोकमार्ग भए, तर देश र जनताको अवस्था फ़ेरिएन।  शाशक फेरीए तर शाशन व्यवस्था फ़ेरिएन। देश र जनताकोलागि लडेका भन्नेहरुको जीवनस्तर बदलियो ।  एक सरो कमिज र प्याट-प्याट गर्ने चप्पल पड्काएर सिंहदरबार छिरेका स्यालहरु आज करोडौँको मालिक बने,तर आज शरीर पाल्नकै निम्ति शरीर बेच्नेहरूको जीवनस्तर सुधारिएन। राजाले जनातालाई रैती बनाएकोमा विरोध गर्नेहरुले आज तिनै जनतालाई दासी बनाएर राखेका छन्।

राजनीति सेवा केन्द्रित नभएर सत्ता र स्वार्थ केन्द्रित बनेको छ।  अनुदान र ऋण मागेर कर्मचारीको तलब भत्ता जोहो गर्नुपर्ने निकै दयनिय स्थितिमा देश चलिरहेको छ।  देशको संवैधानिक अंग पक्षघात भएर थलिएको छ। न्यायपालिका अन्याय र अत्याचारको सिरक ओडेर सुतेको छ। प्रशाशनिक निकायहरु पार्टीको कार्यकर्ता भर्ति गर्ने थलो बनेको छ। सिमानाका पिल्लरहरु दिनानुदिन हराउँदै गर्दा पनि सम्बन्धित निकाय कानमा तेल हालेर मस्तसंग सुतेको छ।  अपराधका घटनाहरु दिनप्रतिदिन बढिरहेको छ।

अझ डरलाग्दो कुरा त के छ भने, अहिले देशमा सच्चा जनता भेट्न मुस्किल छ, जति सजिलै यहाँ पार्टीका कार्यकर्ता भेटिन्छन्। यस्तो लाग्छ नेपालीहरु यो देशको नागरिक कम पार्टीका कार्यकर्ता हुन्। अझ बिडम्बनाको कुरा त के हो भने , “बा ” को विरोध गरेर राजनीतिमा उदाएका युवापुस्ता, जसले अब त केहि सकारात्मक परिवर्तन गर्छन कि भन्ने लाग्थ्यो, त्यो सिंगो युवा जोस पनि अहिले त “बा” को दौराको फेर समातेर उही पुरानै गितमा लय मिलाएर गुनगुनाउन थालेको छ।

समग्रमा २०४७ साल यता देशमा धेरै परिवर्तनहरु भए।  तर ति परिवर्तनहरुले न देशको अवस्थाको सम्बोधन गर्न सक्यो नता जनताको मर्मलाई बुझ्न सक्यो। यो बीचमा हामीले धेरै नयाँ पात्रोहरु बदल्यौं, पात्र बदल्यौं तर प्रवृति बदल्न सकेनौँ।  अब यो नयाँ वर्ष, यो नयाँ दशकले आम  नेपालीको प्रवृति पनि बदलियोस। राजनीति गर्नेहरुलाई सद्बुद्धि मिलोस । सहिलाई सहि र गलतलाई गलत भनेर, सत्यको समर्थन गर्दै, गलत प्रवृतिको विरोध गर्ने साहस आम नागरिकलाई मिलोस। भ्रष्टाचार र अपराधिक क्रियाकलापहरुको अन्त्य होस्।  देशमा सुशाशन कायम रहोस।  देश आर्थिक रुपमा सबल बन्दै जाओस।  शरीर  पाल्नकै निम्ति शरीर बेच्नुपर्ने दिनको  अन्त्य होस्।  घर- परिवार पाल्नकै निम्ति घर परिवार छोडेर बिदेशिनु पर्ने दिन नआओस।हाम्रो धर्म, हाम्रो कला र संस्कृतीको जगेर्ना गर्ने उत्साह सबै नेपालीमा बढोस। सिमानाका पिल्लरहरु नहराउन र देशले आफ्नो सिमाना भेटोस। हरेक नागरिकलाई देशप्रतिको आस्था बढेर जाओस। अबको यो नयाँ साल, यो नयाँ दशकमा पात्रो मात्र होइन यो देश पनि फेरियोस।  

नव वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना !
नेपाल राष्ट्रिय दैनिक
देश र जनताको लागि

   

सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्नु : मेयर बालेन साह

चैत्र ३०, काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, बालेनले संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दै, सिंहदरबार र राजधानी अर्कै पालिकामा लैजान आग्रह गर्नुभएको छ।

काठमाडौँ महानगरले अघि बढाएको विकास आयोजनाका कामहरुमा सरकारले सहयोग नगरेपछि आक्रोशित बनेका मेयर साहले यसअघि पनि सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेका थिए र सोहि निर्णय अनुसार अहिले काठमाडौँ महानगरपालिकाले संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर उठाउन बन्द गरेको छ।

यता, संघीय सरकारको मन्त्रिपरिषद बैठकले फोहोर उठाउन बन्द गर्ने बालेनको व्यवहार अराजक र उग्र भएको भनेर टिप्पणी गरिरहँदा मेयर साहले भने विभिन्न १४ वटा कारणहरु पेश गर्दै संघिय सरकारले गरेको असहयोगप्रति आक्रोश व्यक्त गरेका छन् ।
मेयर साहले फोहोर नउठाउने महानगरको निर्णयलाई स्पष्ट पार्न दिएका १४ कारणहरु:

balen shah

१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी- ३ मन्त्रीसँग पटकपटक पहल, सहमति भएर माइन्युटसमेत भइसकेको तर कार्यान्वयन नभएको।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार।

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टीभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा- दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको।

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरि सेवा दिनलाई बजेट व्यवस्थापन- दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।

५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल- दुई मन्त्रीलाई पटक पटक पहल गरिएको।

६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनुपर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम- २ मन्त्रीसँग पटकपटक पहल।

७. सहरी विकास : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा- ४ मन्त्रीसँग पटकपटक पहल।

८. भौतिक यातायात : रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटकपटक पहल।

९. सूचना तथा सञ्चार :आईएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस्- २ मन्त्रीसँग पहल।

१०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल।

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल।

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण- मन्त्रीसँग पटकपटक पहल।

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा- दुई मन्त्रीसँग पटकपटक पहल।

१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण- मन्त्रीसँग पटकपटक पहल।

यी सबका वावजुद पनि सरकारले महानगरप्रति सहयोग र सदासहायताको कुनै भाव नदेखाएपछि उनले आज सामाजिक सञ्जालमार्फत सिंहदरबार र राजधानी अर्कै सरकारले पालिकामा सार्नुपरने अभिव्यक्ति दिएका हुन्।

मेयर साहको अभिव्यक्ति :

कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%a8%e0%a4%89%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%a8/

२० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका मोफिजुल इस्लाम र देवसिस कुमार साहलाई विमानस्थल प्रहरीले सुरक्षा जाँचका क्रममा पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालमणि आचार्यले अमेरिकी डलरसहित बंगलादेशी नागरिक पक्राउ परेको र प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेकोले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको बताएका छन्।

नेपालको बैंकिङ क्षेत्र सुरक्षित छ: सानोतिनी धक्काले असर गर्दैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरुको अवस्था सुरक्षित रहेको र सानोतिनो धक्काले यसलाई असर नगर्ने बताउनुभएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वित्तीय तथ्यांक सार्वजनिक गर्दै गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको बताउनुभएको थियो।

हाल बैंकको ब्याजदर केही माथि भएको भए पनि फागुनदेखि बेस रेट घट्दो दरमा पुगेको अधिकारीले बताएका छन् । नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले हतास हुनुपर्ने अवस्था नरहेको भन्दै, उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको र निष्क्रिय कर्जा समेत २.६३ प्रतिशत रहेको बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी: बैशाख १ गते पुन: छलफल गर्ने

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा प्रमुख तिन दलका शिर्ष नेताहरुबीचको आजको छलफल टुंगिएको छ।

सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकले ले बैठक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी गरेको छ।
बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरु सहमत भएको उनले बताए ।

https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%a4%e0%a4%bf%e0%a4%a8-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%a8%e0%a5%87%e0%a4%a4/

प्रमुख तिन दलका शिर्ष नेताको बैठक:संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा छलफल

२८ चैत,काठमाडौं । सभामुखको निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बैठक आहवान गरेका हुन्।

सभामुख घिमिरेले प्रमुख तीन दलका नेतालाई संक्रमणकालीन न्याय, सदन सञ्जालन र समसमायिक विषयमा छलफल गर्न बैठक बोलाएको सभामुख सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेको पनि उपस्थिति रहेको छ।

महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको बैठकमा टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल भइरहेको छ । यसअघि भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने र मध्यमार्गी बाटो रोज्ने बताए पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भने विधेयक समितिमा पठाउनुपर्ने अडान लिएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%a8-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8/

रौतहटमाआगलागी:२१ भन्दा बढी घर जलेर नष्ट

२६ चैत, रौतहट। रौतहटको माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुरमा आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।

आइतबार दिउँसो करिब २ बजे मानपुरका स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका घरहरु जलेर नष्ट भएको हो । दिउँसो खाजा बनाउने क्रममा तीव्र हावाको बेगका कारण चुल्होको आगो फैलिएर सो आगलागी भएको बताइएको छ।

सिंहदरबारको फोहोर नउठाउन मेयर साहको निर्देशन

२६ चैत, काठमाडों । काठमाडौँका मेयर बालेन्द्र साह(बालेन)ले सामाजिक सञ्जाल मार्फत सिंहदरबारको फोहोर नउठाउने बताएका थिए। उनको सो घोषणा लगत्तै आइतबारबाट महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन बन्द गरेको छ ।

सिंहदरबारले महानगरपालिकाको काममा असहयोग गरेको भन्दै मेयर साहले सिंहदरबारको फोहोर नउठाउने बताएका थिए।

काठमाडौंका मेयर साहले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले बताएका छन् । ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजान गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानु भनेपछि हामीले रोकेका हौं’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले २ करोड घुस मागेको अडियो सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको छ।

घुस मागेको अडियो सार्वजनिक भएपछी श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने भएको छ। व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएको भन्दै श्रेष्ठलाई पार्टीबाट निस्कासन गर्ने तयारी भएको रास्वपाले जानकारी दिएको छ।

सांसद श्रेष्ठले आफु स्वास्थ्य मन्त्रि बन्न लागेको र स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनपर्ने भन्दै प्रसाईसँग घुस मागेको विषय बाहिर आएपछि रास्वपाले यस विषयमा अनुसधान थाल्ने बताएको छ।

माघ ३ गते मन्त्रिपरिषद विस्तार हुनुअघि भएको यो सम्वादमा, प्रचण्ड सरकारमा सहभागी रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालय आफ्नो भागमा परेको भन्दै घुस मागेको विषय सार्वजनिक भएको हो।

सार्वजनिक अडियोमा उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।

उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए । तत्कालिन समयमा प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।त्यो समय स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्कीको चर्चा चलिरहेको थियो । तर मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय एमालेको भागमा पर्यो र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थीइन।

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

६ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपतिको प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिएको थियो ।

राष्ट्रपतिले राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।

हेलि एभरेष्ट एयरको हेलिकोप्टर दुर्घटना

हेलि एभरेष्ट एयरको हेलिकोप्टर आइतबार बिहान धौलागिरी बेसक्याम्प नजिकै दुर्घटनामा परेको छ ।

इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा हेली एभरेष्ट एयरको नाइनएन एएनबी कल साइनको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ । उक्त हेलिकप्टर ढिस्कोमा ठोक्किएर पल्टिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

दुर्घटनामा पाइलट प्रिया अधिकारी सामान्य घाइते भएकी छन् भने उद्दार गर्नका लागि अर्को हेलिकोप्टर त्यसतर्फ गएको छ।

संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा फास्ट ट्रयाकमा :मध्यममार्गी बाटो अपनाइने

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गी बाटो अपनाइने बताउनुभएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो। बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको र चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याइने उहाँले बताउनुभएको छ।

सरकार पक्षधर राजनीतिक दलहरु भने संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याउने पक्षमा रहेको समेत उहाँले बताउनुभएको छ।

विश्व बैंकबाट १६ अर्ब अनुदान लिँदै नेपाल

काठमाडौं, चैत १२ : विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल सरकारको मुख्य विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । यो कार्यक्रम अघिल्लो विद्यालय क्षेत्र कार्यक्रम मा आधारित छ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले मानव पूँजीको विकासका लागि गुणस्तरीय शिक्षामा लगानी महत्वपूर्ण हुने बताए ।

यसले नयाँ सङ्घीय राज्यको महत्वाकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर अभिवृद्धि र समतामूलक पहुँचको नेपाल सरकारको दृष्टिकोणलाई पनि सघाउने उहाँले बताउनुभयो । विश्व बैंकका अनुसार यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयको क्षतिलाई सम्बोधन गर्न, उपयुक्त कक्षाकोठा निर्माण गर्न र डिजिटल शिक्षाको सुदृढीकरणमा खर्च गरिने छ । यो छात्रवृत्ति कार्यक्रममा पनि प्रयोग गरिनेछ।

अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपालमा

काठमाडौं, चैत १२ : अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपाल आएको छ । उच्च सैनिक स्रोतका अनुसार शनिबार राति सिंगापुर एयरलाइन्सबाट अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपाल आएको हो ।

एसिया प्यासिफिक कमाण्डका मेजर जनरल क्रिस्टोफर स्मिथको नेतृत्वको टोली शनिबार राति काठमाडौं आएको हो । एक वर्षमा दोश्रो पटक नेपाल आएको अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपाल किन आयो भन्नेबारे केही खुलाइएको छैन ।

स्मिथको नेतृत्वमा शनिबार नेपाल आएको अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली पाँच दिन नेपालमै रहने बताइएको छ । यसअघि ८ जुन २०२२ मा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका वरिष्ठ अधिकारी चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आएका थिए ।

अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली अमेरिकी सेनाको विशेष विमानमा दिल्लीबाट काठमाडौं आएको हो।

नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो ।

महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।

क्रिमियाको विषयलाई लिएर युक्रेनलाई आणविक चेतावनी

पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले क्रिमिया कब्जा गर्ने युक्रेनी प्रयासलाई मस्कोले आणविक प्रतिक्रियाको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। यद्यपि, उनले कीभले प्रायद्वीप कब्जा गर्न सक्ने दाबी खोक्रो धम्की बाहेक अरू केही नभएको बताएका छन् ।

हाल रुसको सुरक्षा परिषद्को उपप्रमुखको रूपमा सेवा गरिरहेका मेदभेदेवले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै , “यदि हामीले क्रिमियालाई पुनः कब्जा गर्ने प्रयाससँग सम्बन्धित कुनै प्रकारको गम्भीर आक्रमणको बारेमा कुरा गर्छौं भने, यो स्पष्ट छ कि यो सबैखाले अस्त्रको प्रयोगको आधार हो। रसियाको विरुद्धमा कुनै पनि प्रकारको हतियारको प्रयोगले राज्यको अस्तित्वलाई खतरामा पार्दा आणविक प्रतिरोधको सिद्धान्तका आधारभूत सिद्धान्तहरूद्वारा प्रदान गरिएका सुरक्षाका साधनहरू समावेश हुने उनले बताएका छन्।

सन् २०१४ मा भएको जनमतसंग्रहमा स्थानिय जनताले रुसको पक्षमा मतदान गरेपछि क्रिमिया रूसको हिस्सा बनेको थियो । युक्रेन र यसका पश्चिमी समर्थकहरूले यो कदमलाई मान्यता दिन अस्वीकार गरेका छन् र कीभले बारम्बार प्रायद्वीपलाई बल प्रयोग गरेर फिर्ता लिने वाचा गरेको छ।

मेदभेदेवले जोड दिए कि रूसको भाग तोड्ने कुनै पनि प्रयास राष्ट्रको अस्तित्वको लागि खतरा मानिनेछ। “त्यसैले, आफ्नो निष्कर्ष निकाल्नुहोस्। यहाँ कुनै पनि हतियार प्रयोगको लागि बिल्कुल आधारहरू छन्। बिल्कुल कुनै पनि प्रकारको र मलाई आशा छ कि सागर पारिका हाम्रा ‘साथीहरूले’ यो कुरा बुझ्नेछन्, “पूर्व राष्ट्रपतिले भने।

आणविक द्वन्द्वको सम्भावना कम नभएको बरु बढ्दै गएको पनि उनले जोड दिए। हरेक दिन पश्चिमी हतियारहरू युक्रेनमा डेलिभर गरिन्छ, संसार “आणविक सर्वनाश तर्फ बढ्दै गएको छ,” मेदवेदेवले चेतावनी दिए, “यसको मतलब यो हुनेछैन भन्ने होइन, तर सर्वनाशका घोडचढीहरू चलिरहन्छन्।”

पूर्व रूसी नेताले यो पनि दावी गरे कि सैन्य सहायता र नाटोबाट “प्रत्यक्ष नगद सहयोग ” बिना,रूसी सेनाहरू विरुद्ध “कीभ शासन एक हप्ता पनि टिक्ने थिएन” । हतियारको आपूर्ति जति बढ्यो, परिस्थिति त्यति नै कठिन हुँदै जान्छ, मेदभेदेवले थपे।

उनले भने कि यो “स्पष्ट” छ किभले केहि प्रकारको नयाँ आक्रमणको तयारी गरिरहेको छ, यद्यपि रूसको जनरल स्टाफले आफ्नै मूल्याङ्कन गर्दैछ र प्रतिक्रियाको योजना बनाइरहेको छ। मेदभेदेवले रूसले सबै समस्याहरू शान्तिपूर्ण रूपमा समाधान गर्न रुचाउने कुरामा जोड दिए, तर पश्चिमले यस्तो समाधानमा चासो नदेखाएको पनि बताएका छन् ।

नेपाल प्रहरीको नयाँ आईजीपी बसन्त बहादुर कुँवर

काठमाडौं, चैत १० : सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजी)मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वसन्त बहादुर कुँवरलाई (आईजी)मा नियुक्त गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले हालै डीआईजीबाट बढुवा भएका पाँच एआइजीमध्ये पहिलो नम्बरमा रहेका कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो ।

कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हालै डीआईजीबाट एआईजीमा बढुवा भएका उच्च प्रहरी अधिकृत हुन् । यी सबै नेपाल प्रहरीको महानिरीक्षक पदका दावेदार थिए ।

अमेरिकाद्वारा सिरियामा हवाई आक्रमण

अमेरिकी सेनाले सिरियाको उत्तरपूर्वी भागमा रहेको अमेरिकी नेतृत्वको गठबन्धन सेनाको बेसमा भएको घातक ड्रोन आक्रमणको जवाफमा जवाफी हमला गरेको पेन्टागनले जनाएको छ।

पेन्टागनका प्रमुख लोयड अस्टिनले,उनलाई राष्ट्रपति जो बाइडेनले “इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आइआर जिसी ) सँग सम्बद्ध समूहहरू बिरूद्ध पूर्वी सिरियामा हवाई हमला गर्न निर्देशन दिएको बताएका छन्।

यो आक्रमण, जवाफी आक्रमण रहेको र आईआरजीसीसँग सम्बद्ध समूहहरूद्वारा सिरियामा गठबन्धन सेनाहरू विरुद्ध गरिएका हालैका आक्रमणहरूको प्रतिक्रिया रहेको पनि उनले बताएका छन्।

अमेरिकी रक्षा सचिवले आक्रमणको स्थान खुलासा नगरेपनि सामाजिक सञ्जालमा देखिएको फुटेजले इराकसँग सीमा जोडिएको सिरियाको पूर्वी प्रान्त देइर एज-जोरमा विस्फोट भएको देखाएको छ। पेन्टागनले इरानसँग सम्बद्ध समूहहरूलाई लक्षित गरेको बताएको छ भने स्थानीय स्रोतहरूले नागरिक पूर्वाधारमा क्षति पुगेको दाबी गरेका छन्।स्थानीय स्रोतहरूले ग्रामीण विकास केन्द्र र अन्न सुविधा भण्डारमा प्रहार गरिएको दावी गरेका छन् ।

२०१० को मध्यमा इस्लामिक स्टेट (आईएस, पहिलेआइएस आइएस ) लडाकुहरू विरुद्ध लड्ने बहानामा त्यहाँ करिब ९०० अमेरिकी सेनाहरु तैनाथ गरिएका छन्। दमास्कसले उनीहरूको उपस्थितिलाई गैरकानुनी भन्दै बारम्बार संयुक्त राष्ट्रसंघमा गुनासो समेत गरेको छ। यधपी अमेरिकाले त्यहाँ सैन्य क्याम्प खडा गरेर बसेको छ।

भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज

नयाँ दिल्ली, चैत्र १० : भारतको संसदले शुक्रबार विपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामसँग जोडिएको मानहानि मुद्दामा अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएपछि संसदले उनको पद खारेज गरेको हो।

गान्धीले सन् २०१९ को आफ्नो एक भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जोडेर “किन सबै चोरको थर मोदी” हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए, भने सोहि विषयलाई लिएर उनि विरुद्ध मानहानिको मुद्दा दायर गरिएको थियो।

यता, कांग्रेसका नेताहरूले भने आफूहरू उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा रहेको र यो लडाइ कानुनी र राजनीतिक दुवै रूपमा लड्ने बताएका छन् ।कांग्रेस पार्टीका सदस्यहरूले गान्धीको सजायको बिरूद्ध देशका केही भागहरूमा विरोध प्रदर्शन समेत गरेका छन् ।

कांग्रेस पार्टीका पदाधिकारीहरूले यो फैसला राजनीतिक रूपमा प्रेरित रहेको भन्दै मोदी सरकार र उनको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई आरोप लगाएका छन्।

चालु आर्थिक वर्षको आठ महिनामा रु ५ अर्ब ५० करोड बराबरको विधुतीय सवारीसाधन आयात

काठमाडौं, चैत १० : चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा दुई हजार २ सय युनिट विधुतीय सवारीसाधन (इभी) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा दुई हजार १९८ चार पाङ्ग्रे विधुतीय सवारी साधन आयात भएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा पाँच अर्ब ५० करोड रुपैयाँका नौ मोडलका सवारीसाधन आयात भएका छन् । विभागका अनुसार ४ अर्ब ९२ करोड रुपैयाँका एक हजार ७४९ चारपाङ्ग्रे सवारीसाधन आयात भएका छन् । जनवरी र फेब्रुअरी महिनामा मात्रै ५६ करोड २७ लाख रुपैयाँ बराबरको ४४९ विधुतीय सवारी आयात भएको छ ।

विभिन्न देशबाट सय किलोवाट क्षमताका २ हजार १३९ विधुतीय सवारीसाधन आयात भएको विभागले जनाएको छ । चीनबाट १०० किलोवाट क्षमताका ३३३ चार पाङ्ग्रे विधुतीय सवारीसाधन आयात गर्न रु ७६ करोड २० लाख खर्च भएको छ । राज्यले भारतबाट १०० किलोवाट क्षमताका १५७१ चार पाङ्ग्रे विधुतीय सवारीसाधन आयात गर्दा ४ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका २३२ विधुतीय सवारी साधन र इन्डोनेसियाबाट ३ वटा विधुतीय सवारीसाधन ल्याइएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले ३०० किलोवाट क्षमताका विधुतीय सवारी साधनमा भन्सार महसुल ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको थियो । सरकारले आर्थिक ऐन मार्फत १०० किलोवाटदेखि २०० किलोवाट क्षमताका विधुतीय सवारी साधनमा १५ प्रतिशतदेखि ३० प्रतिशत भन्सार महसुल बढाएको थियो ।
त्यसैगरी ३ सय किलोवाट क्षमताका विधुतीय सवारी साधनमा अन्तःशुल्क ४५ बाट ६० प्रतिशतमा बढाइएको छ । जसका कारण चालु आर्थिक वर्षको आठ महिनामा यो क्षमताको विधुतीय सवारी न्यून मात्रामा आयात भएको छ ।

नेपालको साक्षरता दर ७६.३ प्रतिशत

काठमाडौं, चैत १० : राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको साक्षरता दर ६५.९ बाट बढेर ७६.३ प्रतिशत पुगेको छ ।

राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार पाँच वर्ष र सोभन्दा माथिका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

तीमध्ये पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ ।

विसं २०६८ को अघिल्लो जनगणनामा नेपालको साक्षरता दर ६५.९ प्रतिशत थियो ।

रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं, चैत १०: काठमाडौँ महानगरपालिकाले पुनर्निर्माणपछि पहिलो पटक रानीपोखरी सर्वसाधारणका लागि खुला गरेको छ।

पुनर्निर्माणपछि रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको र अब सर्वसाधारणले बिना टिकट रानीपोखरी अवलोकन गर्न पाउने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभएको छ।

२०७२ को भूकम्पमा क्षति पुगेपछि लामो समय बन्द रहेको र मर्मतसम्भार नहुँदा झारपातका कारण कुरुप बनेको रानीपोखरीको पुनर्निर्माण गरी मौलिक रूप दिइएको छ ।

नेपालमा जम्मा घरको संख्या ७५ लाख ५२ हजार ६६

काठमाडौँ — राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार नेपालमा जम्मा घरको संख्या ७५ लाख ५२ हजार ६६ रहेको छ।

तथ्याङ्क विभागले देशभरका सम्पूर्ण घरहरुको विवरण संकलन गरि प्रयोगका आधारमा घरलाई विभिन्न १२ प्रकारमा वर्गीकरण गरेको छ।

तथ्याङ्क अनुसार देशभर रहेको ७५,५२,०६६ वटा घर संरचना मध्ये मुख्य रूपमा आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरू मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् ।

त्यस्तै परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८

तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ।

तथ्यांक विभागले शुक्रबार आयोजना गरेको कार्यक्रम मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम नतिजा सार्वजनिक गर्नुभएको हो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंको रहेको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको पाइएको छ ।

विभागको नयाँ तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । सार्वजनिक तथ्यांक अनुसार पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

आजबाट रमजान सुरु

काठमाडौं, चैत १० : इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड रमजान आजदेखि सुरु भएको छ ।

रमजानको यो समयमा सूर्योदयदेखि सूर्यास्तसम्म खाना र पानी समेत नखाई मुस्लिमहरूले रोजा (उपवास) राख्ने गर्दछन्। रमजानमा बालबालिका र बिरामी बाहेक सबै मुस्लिमहरूले रोजा राख्ने गर्दछन्।

रमजानको पवित्र महिनालाई तीन भागमा विभाजन गरिएको छ, जसमा पहिलो दस दिन बरक्कत भनेर चिनिन्छ, त्यसपछि रहमत – दश दिन प्रेम र हेरचाह – र अन्तिम दस दिनलाई मगफिरात भनिन्छ।

रोजा पालन गर्नेहरूले आफ्नो शरीरलाई शुद्ध राख्छन् र दिनको पाँच पटक नियमित रूपमा पवित्र कुरानको पाठ गर्दछन् । यस पर्वले आत्म-अनुशासन, त्याग र समानुभूति प्रवर्द्धन गर्ने विश्वास गरिन्छ र उदारता र अनिवार्य परोपकारका कार्यहरूलाई प्रोत्साहित गर्दछ भन्ने विश्वाश रहिआएको छ ।

रमजानको अन्त्यमा ईद-उल-फित्र मनाइन्छ।

आगामी २ दिनको मौसमी विवरण: मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आगामी २ दिनको मौसमी विवरण।

२०७९ चैत ४ गते (शनिबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ५ गते (आईतबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/ हावाहुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन / चट्याङ्ग र हावाहुरी वाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनु हुन अनुरोध छ ।

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी, रहेको कुल मतभार ५२ हजार ६२८ मा यादवले संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार गरि ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको हो।

उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गर्नुभएको छ भने,जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गर्नुभएको राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित यादव जसपाका संसदीय दलका नेता र बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको रुस भ्रमण

चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमण जाने भएका छन्। चिनियाँ राष्ट्रपति आगामी सोमबार मस्को पुग्ने र तीन दिन बस्ने छन् ।

क्रेमलिन र चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सी जिनपिङले आगामी सोमबार रुसको राजकीय भ्रमण गर्ने छन् । भ्रमण बुधबारसम्म चल्नेछ । सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “व्यापक साझेदारीको थप विकासका पक्षहरू”बारे छलफल गर्ने क्रेमलिनको विज्ञप्तिमा उल्लेख गरिएको छ।पनि

क्रेमलिनका अनुसार अन्तर्राष्ट्रिय एजेन्डा र विश्व मामिलामा दुई राष्ट्रबीचको सहयोगको बारेमा पनि छलफल हुनेछ। रुसी र चिनियाँ अधिकारीहरूले धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने पनि अपेक्षा गरिएको छ।

पुटिनले डिसेम्बरको अन्तमा फोन कलको क्रममा सीलाई रूसमा निम्तो दिएका भएपनि यात्राको मिति घोषणा गरिएको थिएन। मस्कोले २०२२ को सुरुमा युक्रेनमा आफ्नो सैन्य अपरेशन सुरु गरेपछि पश्चिमा राष्ट्रहरुले नजिकबाट नियालिरहेको दुई मुलुकबिचको यो भ्रमण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने बताइएको छ।

बिहीबार संसद् सचिवालयमा पत्र पठाएर विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न निर्देशन दिइएको र कार्यसूचीको तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।

संविधानको धारा १००(२) मा ७६(२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत जित्नको १३८ मत प्राप्त गर्नुपर्नेछ।

पुस १० गते एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारबाट राप्रपा र एमालेले समर्थन फिर्ता लिएको थियो ।

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैंसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैंसाले घटेको हो ।

भारतबाट घटेर आएको नयाँ मूल्यसूची अनुसार अब निगमको सञ्चालक समितिको बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

नेप्से ५.३२ अंकले घट्दा १ अर्ब १४ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.३२ अंकले ओरालो लागेको छ। बुधबार १४.४४ अंकले घटेको नेप्से आज ५.३२ अंकले घट्दा कुल कारोबार रकम भने १,१४१,४५५,०६२.५० मा खुम्चिन पुगेको छ।

आजको अन्तिम कारोबारपछि नेप्से १९३३. ३१ विन्दुमा पुगेर रोकिएको छ। आज २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर कारोबार हुँदा युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ।

उपराष्ट्रपति चुनावअघि दलहरुको बैठकमा रोक

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै निर्वाचन आयोगले दलहरुलाई कुनै पनि प्रकारको बैठक, छलफल, अन्तर्क्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख गरेको छ ।

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले मौन अवधि लागू भएको र मतदान कार्य सम्पन्न नहुँदासम्म प्रचारप्रसारमा निषेध हुने जानकारी दिएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि,निर्वाचन आयोगले कायम गरेको कुल ५२ हजार ६२८ मतभारमा निर्वाचित हुन २६ हजार ३१५ मत कटाउनुपर्ने प्रावधान रहेको छ।

press bigyapti nirwachan aayog

रासायनिक मलमा अनुदान कटौति गर्ने सरकारको निर्णयविरूद्ध प्रदर्शन

किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान कटौति गर्ने सरकारको निर्णयको विरोध गर्दै आज विभिन्न किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले कटौती गर्ने सरकारको निर्णयको विरोधमा, आज अखिल नेपाल किसान महासंघ,नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रदर्शनमा उनीहरुले नेपाली किसानको बजार सुनिश्चित गर,किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन,मलको भयो हाहाकार,राजीनामा देउ सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेर सरकारको निर्णयको चर्को विरोध गरेका थिए । सरकारले किसान विरोधी निर्णय गरेको भन्दै, सरकारको उक्त निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरूले बताएका छन्।

दुईवर्षे श्रम स्वीकृतिको अन्त्य : दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिने

वैदेशिक रोजगारमा जाने नेपालीका लागि दुई वर्ष मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई सरकारले अन्त्य गरेको छ ।सरकारले विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थासमेत गरेको छ ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपालीको लागि यसअघि व्यवस्था गरेको दुईवर्षे करारपत्रको अन्त्य गर्दै, विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था समेत लागु गरेको छ।

श्रम स्वीकृतिको म्याद समाप्त हुँदा कल्याणकारी कोषबाट राहत पाउन कठिनाइ भएकाले रोजगारदाता र कामदारबीच हुने करारपत्रअनुसार नै श्रम स्वीकृति दिने नीति लिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको छ । अब कामदारले बिमा र कल्याणकारी कोषको रकम तिरेपछि दूतावासबाट नै पुनः श्रम स्वीकृति लिन पाउने बाटो खुलेको छ।

जबराको महाअभियोग निष्प्रभावी: सर्वोच्चमा रिट प्रदर्शनमा न्यायधीश

संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायधीश चोल्न्द्र शमशेर जबराको महाअभियोग निष्प्रभावी भएको पत्र जारी गरेसंगै यतिबेला देशको राजनीति पुन: एकपटक जबरा केन्द्रित हुनपुगेको छ।

choledra shamsher jabara

महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च फर्कन लागेका चोलेन्द्रशमशेर जबरालाई रोक्न एकातर्फ सर्वोच्चले सुरक्षा निकायहरुलाई निर्देश जारी गरेको छ भने अर्कोतर्फ बार एशोसिएशनका कर्मचारीहरु उनलाई रोक्न सर्वोच्चको गेटैमा धर्ना दिएर प्रदर्शनमा उत्रिएका छन्। सर्वोच्चले महासचिव गौतमलाई पत्रको विषयमा प्रश्न राख्दै स्पष्टीकरण समेत सोधेको छ।

letter 1 07122022112424 1000x0 1

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन समेत पेश गरेका छन्।

Nepal bar Association

महाअभियोगकै विषयलाई लिएर सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको र आगामी प्रतिनिधिसभामा सो विषयमा छलफल हुने बताएका छन्।

sarwochha rit1
sarwochha rit 2
sarwochcha rit 3

युक्रेनले अमेरिका र नाटोलाई प्रत्यक्ष रूपमा द्वन्द्वमा संलग्न गराउने उपायहरू खोजिरहेछ:पूर्व सीआईए अधिकारी

रुसको सीमाभित्र भएको ड्रोन आक्रमणको विषयलाई लिएर पूर्व सीआईए अधिकारी फिलिप गिराल्डीले, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिका र नेटोलाई द्वन्द्वमा प्रत्यक्ष संलग्न गराउने उपायहरू खोजिरहेका बताएका छन्।

यता,राज्य सचिव एन्टोनी ब्लिन्केनले रूसको सिमाभित्रका दुई हवाई अड्डाहरूमा युक्रेनी ड्रोन हमलासँग अमेरिकाको कुनै सम्बन्ध नभएको तर, किभलाई आवश्यक पर्ने सबै कुराको आपूर्ति जारी राख्ने बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै ब्लिन्केनले भने,”हामीले न त युक्रेनीहरूलाई रुस भित्र आक्रमण गर्न प्रोत्साहित गरेका छौं न सक्षम बनाएका छौं। “युक्रेनले चलिरहेको रुसी आक्रमण को सामना कसरी गरिरहेको छ भन्ने कुरा वास्तवमा महत्त्वपूर्ण छ”, उनले भने । अमेरिका युक्रेनीहरूलाई “आफ्नो रक्षा गर्न, आफ्नो क्षेत्रको रक्षा गर्न, आफ्नो स्वतन्त्रताको रक्षा गर्न आवश्यक पर्ने उपकरणहरू दिन कटिबद्ध छ, तर अमेरिकाले पहिलो पटक युक्रेनमा हिमार्स पठाउँदा,ति हतियार रूसी भूभाग विरुद्ध प्रयोग गरिने छैन भनि किभबाटआश्वासन पाएको बताएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार सोमबार बिहान रियाजान र साराटोभ क्षेत्रमा रहेका दुई रणनीतिक बमवर्षक शिविरमा ड्रोन आक्रमण भएको थियो । हवाई प्रतिरक्षाद्वारा खसालेको ड्रोनबाट तीन सैनिकको मृत्यु र दुई बमवर्षकहरूलाई सामान्य क्षति पुर्‍याएको मस्कोले बताएको छ।

यसैबीच,अमेरिकाले युक्रेनलाई भारी हतियार उपलब्ध गराउँदा रुसको “रातो रेखा” पार गरेको र अमेरिका र नाटोलाई प्रत्यक्ष रूपमा द्वन्द्वमा संलग्न गराउने खतरा रहेको मस्कोले चेतावनी दिएको छ।

प्रतिबन्धित वस्तुको आयात खुला

सरकारले यसअघि विलासिताका साधन अन्तर्गत वर्गीकरण गरेर प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकल लगायत का वस्तुको आयात खुला गरेको छ ।

विदेशी मुद्रा सञ्चितिमा नकारात्मक प्रभाव पारेको भन्दै लगाइएको प्रतिबन्धका कारण राजस्व संकलनमा नकारात्मक असर देखिएपछि सरकारले पुसदेखि ती वस्तुको आयात खुलाउने निर्णय गरेको हो ।

मुख्य सचिवको संयोजकत्वमा राष्ट्र बैंकका प्रतिनिधि, अर्थ सचिव, वाणिज्य सचिवसहितको बैठकले बन्देज खुलाउन गरेको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले आयात प्रतिबन्ध हटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयसम्म आयात बन्द गर्दा अर्थतन्त्रलाई नै असर पर्ने भएकाले खुला गर्ने निर्णय भएको बताए को हो ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ देखि आयात प्रतिबन्ध लगाएकोमा सरकारले बन्देजलाई निरन्तरता दिएपछि उद्योगी–व्यवसायीले विरोध गर्दै आएका थिए । सरकारी नीतिकै कारण ठूलो नोक्सानी बेहोर्नुपरेको भन्दै उनीहरूले आयात प्रतिबन्ध तत्काल फुकुवा नगरे दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका थिए ।

यसरी बन्नेछ नयाँ सरकार ?

निर्वाचनको अन्तिम परिणाम आइसकेपछी दलहरू सरकार निर्माणको गृहकार्यमा लागेका छन्। निर्वाचनमा कुनै पनि दलको बहुमत नआएपछि दलहरु आ–आफ्नो समीकरण बनाउन व्यस्त देखिन थालेका छन् । एकातिर गठबन्धन दल रहेको छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्ष मानिएको एमाले। निर्वाचनको नतिजापछि पुन बाम एकताको हल्ला चलिरहेको बेला सरकार गठनको प्रक्रियामा भागबण्डाको राजनीति हावी हुने पुरानै प्रवृति दोहोरिने सम्भावना बलियो बन्द गएको छ। कुनै पनि दलले बहुमत प्राप्त नगरेको परिप्रेक्षमा सत्ता र कुर्सीका लागि अहिलेको राजनीतिक समीकरण कुनै पनि बेला परिवर्तन हुन सक्ने देखिन्छ। यधपी सरकार गठनको औपचारिक प्रकृया सुरु हुन अझै केहि समय लाग्ने देखिन्छ।

सबैभन्दा पहिला निर्वाचनको अन्तिम परिणाम पछि आयोगले समानुपातिकको नतिजा अनुसार दलीय आधारमा सिट निर्धारण गर्नेछ। आयोगले सोहि अनुरुप समानुपातिक सिटमा मनोनीत गर्ने नाम बन्दसूचीबाट क्लस्टर मिलाएर पठाउन दलहरुलाई समय प्रदान गर्नेछ। त्यसपछि अन्तिम नामावली तयार गरेर विवरण सहित आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनेछ।

संविधानको धारा ९३ (१) अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । तर, कुन सरकारले सिफारिस गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । अघिल्लोपटक नयाँ सरकारले अधिवेशन आह्वान गरेको अभ्यास रहेको भएपनि संसद् सचिवालयका कर्मचारी जुनसुकै सरकारले सिफारिस गर्न सक्ने बताउँछन् ।

सरकार गठनसम्बन्धी व्यवस्था रहेको धारा ७६ अनुसार परिणाम सार्वजनिक भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्छ । अहिले कुनै दलको बहुमत नआएकाले धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बन्ने देखिन्छ । बहुमत पुगेको कुनै पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ । राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ ।

यधपी,अघिल्लोपटक निर्वाचनको परिणाम आउन ढिलाइ हुँदा माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा माघ ५ गते सरकार बनेकोमा ,२१ फागुनमा मात्रै संसद् अधिवेशन आह्वान भएको थियो ।

सांसदको शपथ ग्रहण

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सांसदहरुलाई शपथ गराउनुअघि सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिन्छन् । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँछन् । यसपटक प्रतिनिधिसभामा लोसपा अध्यक्ष महन्थ ठाकुर ज्येष्ठ सदस्य भएकाले उनले पहिला राष्ट्रपतिबाट शपथ लिएर अन्य सदस्यलाई शपथ गराउनेछन् । त्यसपछि संसदको पहिलो बैठक बस्नेछ।

सभामुख र उप-सभामुखको निर्वाचन

धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन/छनौट गर्ने व्यवस्था रहेको छ । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने र एक जना महिला हुनुपर्ने व्यवस्था रहेको छ  ।

विश्वकप क्वाटरफाइनलको खेल तालिका

२१ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल , दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना र उत्तर अफ्रिकाबाट मोरक्को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । क्वाटरफाइनल खेल नेपाली मिति अनुसार मंसिर २३ र २४ गते हुनेछ ।

क्वाटरफाइनल खेल तालिका

मंसिर २३ गते शुक्रबार
क्रोएसिया भर्सेस ब्राजिल (राति ८:४५ बजे)
नेदरल्याण्ड्स भर्सेस अर्जेन्टिना ( मध्य राति १२:४५ बजे)

मंसिर २४ गते शनिबार
मोरक्को भर्सेस पोर्चुगल (राति ८:४५ बजे)
इंग्ल्याण्ड भर्सेस फ्रान्स ( मध्यराति १२:४५ बजे)

सेमिफाइनल भने मंसिर २७ गते मंगलबार र २८ गते बुधबार मध्य राति १२:४५ बजे हुनेछ। तेस्रो स्थानको लागि पुस २ गते शनिबार, पहिलो सेमिफाइनल उपविजेता र दोस्रो सेमिफाइनल उपविजेताबीच (राति ८:४५ बजे) प्रतिस्पर्धा हुनेछ भने विश्वकप २०२२ को अन्तिम खेल अर्थात फाइनल खेल पुस ३ गते आइतबार राति ८:४५ बजे हुनेछ।

नगर प्रहरीमाथि आक्रमण गर्नेलाई नेपाल प्रहरीले कुनै कारबाही गरेन

काठमाडौं महानगरपालिकाले महानगरीय प्रहरीमाथि भएको घातक हमलामा आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गर्दै दिएको उजुरीलाई जिल्ला प्रहरी काठमाडौंले बेवास्ता गरेको महानगरपालिकाले जनाएको छ । आक्रमणकारीको विवरणसहित उजुरी दर्ता गरे पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

नगर प्रहरीमाथि आक्रमण गर्ने आठजनाको विवरण उजुरीमा खुलाइएको छ । तर, नेपाल प्रहरीले आक्रमणकारीलाई कारबाही नगरेको महानगरले आरोप लगाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरीय प्रहरीमाथि आक्रमण गर्नेलाई नेपाल प्रहरीले कारबाही नगरेको बताउनुभएको छ । ‘हामीले तत्काल कारबाही गर्न माग गरेका थियौं,तर उजुरीमा नेपाल प्रहरीले कुनै कारबाही नगरेको उहाँले बताउनुभयो ।

उनका अनुसार थापाथलीमा अवैधानिक तवरले बनाइएको सुकुम्बासी बस्ति भत्काउन महानगरपालिकाले महानगरीय प्रहरी परिचालन गरेको थियो । सोही क्रममा प्रदर्शनकारिहरुले महानगरीय प्रहरीमाथि कुटपिट गरेका थिए । यस क्रममा ३६ नगर प्रहरी घाइते भएका छन् भने केही गम्भीर घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले भने उजुरीका आधारमा काम भइरहेको जानकारी दिनुभएको छ। उनले भने, ‘उजुरी आएपछि अनुसन्धान गरिरहेका छौँ तर कोही पक्राउ परेका छैनन् ।

तर, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले भने, ‘हामीले कारबाही मागेको उजुरीमा नेपाल प्रहरीले ध्यान नदिएको बताउनुभएको छ।

विश्वकप २०२२ को नकआउट चरणमा १६ राष्ट्र:कुन टिम कोसँग खेल्दै ?

कतारमा जारी फिफा विश्वकप २०२२ मा १६ राष्ट्र नकआउट चरणमा पुग्न सफल भएका छन् ।

३२ राष्ट्र सहभागी विश्वकप २०२२ को समूह चरणको खेल यसपटक निकै अनपेक्षित रहयो। यसपटक पूर्व च्याम्पियन जर्मनीदेखि,उरुग्वे र बेल्जियम जस्ता दावेदार मानिएका राष्ट्रहरु समुह चरणबाटै बाहिरिएका छन् भने, जापान, मोरक्को र स्वीटजरल्याण्ड लगायतका राष्ट्रहरुले अप्रत्याशित रुपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्न सफल रहे।

विश्वकप २०२२ मा अब फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा १६ राष्ट्रको आठ वटा खेल हुनेछ। जसमा समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन्।

अन्तिम १६ का खेलहरुको तालिका :
मंसिर १७ गते शनिबार

(राति ८:४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिका
(राति १२:४५ बजे) अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया

मंसिर १८ गते आइतबार
(राति १२:४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल
(राति ८:४५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड

मंसिर १९ गते सोमबार

(राति ८:४५ बजे) जापान भर्सेस क्रोएसिया

(राति १२:४५ बजे) ब्राजिल भर्सेस दक्षिण कोरिया

मंसिर २० गते मंगलबार
(राति ८:४५ बजे) मोरक्को भर्सेस स्पेन

(राति १२:४५ बजे) पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड

काठमाडौंका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेटबारे भिम रावलको प्रश्न

नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेट बारेमा प्रश्न गर्नुभएको छ।

नेपालको परराष्ट्र सम्बन्ध, संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै नेता रावलले, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस् भनेर प्रश्न गर्नुभएको छ।

नेता रावलले, संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्नुपर्ने भन्दै, परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानुनी पद्धति मिचेर संवैधानिक निकायका प्रमुखले आफुलाई मनलागेको बेला जो कोहि विदेशीसँग भेटवार्ता गर्न नमिल्ने बताउनुभएको छ।

तस्विर:अमेरिकी दुतावासको ट्विटरबाट

सात राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता

काठमाडौँ — निर्वाचन आयोगले अहिलेसम्म गणना भएको मतको आधारमा सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले ३ प्रतिशत ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको जनाएको छ।

समानुपातिकतर्फ १ करोड ३ लाख ८२ हजार ८५ मत गणना हुँदा, एमालेले सबैभन्दा बढी २७ लाख ७३ हजार ९९९ मत पाएको छ भने कांग्रेसले २६ लाख ४४ हजार २४१, माओवादी ११ लाख ६१ हजार २५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ , राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत प्राप्त गरेको आयोगले जनाएको छ।

रवि लामिछानेको नागरिकताको विषयमा प्रहरी अनुसन्धान सुरु

१६ मंसिर, काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लामिछानेको नागरिकताको विषयमा छानबिन र कारबाहीको मागसहित उन्नी विरुद्द परेको उजुरीमा प्रहरीले अनुसन्धान सुरु गरेको हो । अमेरिकी नागरिकता त्याग गरेका लामिछानेले कानुनसम्मत नागरिकता पुर्नप्राप्तिको प्रक्रियामा जानुपर्नेमा पुरानै नागरिकता प्रयोग गरेर निर्वाचन आयोगमा दल दर्ता गरेको र उम्मेदवार हुँदा पुरानै नागरिकता पेश गरेको उजुरीमा उल्लेख गरिएको छ।

लामिछाने आफैले पनि, अमेरिकी नागरिकता त्याग गरेपछि नयाँ नागरिकता प्राप्ति नगरी पुरानै नागरिकताको प्रयोग गरेको स्वीकार गरेको पनि उजुरीमा उल्लेख गरिएको छ।

काठमाडौं प्रहरीले, लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनबाट पत्र प्राप्त भएको र पत्रका आधारमा छानबिन सुरु गरिएको जनाएको छ।

सुकुम्बासी समस्याको विषयमा भूमि आयोग र काठमाडौँ महानगरबीच टकराव

काठमाडौँको सुकुम्बासी समस्याको विषयलाई लिएर राष्ट्रिय भूमि आयोग र काठमाडौँ महानगरपालिकाबिचको टकराव सतहमा देखिन थालेको छ।

राष्ट्रिय भूमि आयोगले कुनै पनि स्थानका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीहरूलाई नहटाउन निर्देशन दिंदै शुक्रबार एक सूचना जारी गरे लगत्तै काठमाडौँ महानगरपालिकाले आयोगलाई काउन्टर दिँदै अर्को सूचना जारी गरेको छ।

काठमाडौं महानगरपालिकाले, आफ्नो क्षेत्रभित्र पर्ने कुनै पनि सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको हानि, नोक्सानी नगर्न निर्देशन दिँदै,स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आफ्नो भौगोलिक क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा

kathmandu mahanagar notice

सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार र संरक्षण गर्ने दायित्व स्थानीय तहलाई तोकेको र कानुनी व्यवस्थाहरूका आधारमा काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व यस कार्यालयको रहेकाले कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो–कसैले जुनसुकै तरिका वा प्रकियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको र सूचनाको उल्लङ्घन गरि कसैले सरकारी,सामुदायिक वा सार्वजनिक सम्पतिमा हानि नोक्सानी गरे कानुन बमोजिम कारवाही गरिने जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%a8%e0%a4%b9%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%ad/

जण्डिसको उपचारका लागि माओवादी नेता वर्षमान पुन चीन जाँदै

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाने भएका छन् ।

यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएर नेपाल फर्किएका पुन, फलोअपका लागि चिन जान लागेका हुन् । उनि जण्डिसको उपचारका लागि चिन जान लागेका हुन्।

नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीन जाँदैछन्। चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि उनि चीन जान लागेका बताइएको छ।

जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष बैंकक पुगेका भएपनि, बैंककमा उपचार सफल नभएपछि उनि चिन जान लागेका हुन्।

सुकुमबासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन

राष्ट्रिय भूमि आयोगले कुनै पनि स्थानका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीहरूलाई नहटाउन निर्देशन दिंदै शुक्रबार एक सूचना जारी गरेको छ।

आयोगले काठमाडौं महानगरसहित सबै स्थानीय तह एवं सरकारी तथा गैरसरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो।

आयोगले सुकुमवासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गरिने र उक्त अवधिसम्म भूमिहीन, सुकुमबासी र अव्यवस्थित बस्ती हटाउने र असुरक्षित हुने कुनै कार्य नगर्न–नगराउन निर्देशन दिएको छ।

bhumi aayog sukumbashi

निषेधाज्ञा तोड्दै धनगढीमा प्रदर्शन

१६ मंसिर, धनगढी – १५ वर्षीया बालिका चेतना साउदको मृत्युपछि तनावपूर्ण बनेको धनगढीको स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो। यधपी, न्यायको माग गर्दै स्थानियहरुले निषेधाज्ञा तोडेर प्रदर्शन जारि राखेका छन्।

ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदलाई न्याय दिनुपर्ने, दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानियहरुले प्रदर्शन जारि राखेका छन् ।

कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो । प्रदर्शनमा उत्रिएका स्थानियहरुले न्यायको माग गर्दै शव उठाउन नदिएपछि स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गर्दै शव उठाएको थियो।

जिल्ला प्रशासन कार्यालयले स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत रहने बताएको छ।

सरकारमा सामेल हुन जनमत पार्टीको तिन शर्त

गठबन्धन गरेर चुनावमा होमिएको सत्ता गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अहिले गठबन्धन दलका शिर्ष नेताहरु सरकार निर्माणका लागि बहुमत जुटाउने गृहकार्यमा लागेका छन्।

यसैबीच जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र प्रधानमन्त्री देउवाबीच भएको भेटलाई लिएर जनमत पार्टीले सरकारमा जानेबारे सहमति गरेको चर्चा बढेको छ।

तर, जनमत पार्टीले भने सरकारमा जानेबारेमा कांग्रेससँग कुनै खालको सहमति नभएको बताएको छ। यधपी प्रधानमन्त्री देउवा र रावतको भेटवार्तामा संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल भएको र जनमत पार्टीका अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना लगायतका तिन विषयमा सहमति भएमा आफुहरु सरकारमा जान सक्ने बताएका छन्।

खसेकोभन्दा बढी मत फेला परेपछि बाजुरामा मतगणना स्थगित

मुचुल्कामा उल्लेख गरिएकोभन्दा बढी मत फेला परेपछि बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ।

प्रतिनिधिसभातर्फको मत गणनाका क्रममा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतले बताउनुभएको छ ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको बढी मत फेला परेको हो। एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर थापाले पत्रकार सम्मेलन गरी यस केन्द्रमा पुन: मतदान गर्नुपर्ने माग गरेका छन् ।सोहि विषयलाई लिएर अहिले राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल जारी छ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन् भने सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा पनि सिंहले आफ्ना निकटतम प्रतिस्पर्धी मिश्रलाई ८१८ मतले पराजित गरेका थिए । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए भने यसपटक उनि राप्रपाको उमेद्वारको रुपमा प्रतिस्पर्धामा थिए ।

८ दिनभित्रमा मतगणना सम्पन्‍न गरिने :निर्वाचन आयोग

निर्वाचन आयोगले आज भएको निर्वाचनको मतगणना ८ दिनभित्रमा सम्पन्न गरिसक्ने जनाएको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन मार्फत ८ दिनभित्रमा निर्वाचनको नतिजा सार्वजिन गरिसक्ने बताउनुभएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले चार प्रकारको मतपत्रको गणना पनि एकैपटक हुने बताउनुभएको छ।

१५ स्थानमा मतदान स्थगित:दुई दिनभित्रै पुनः मतदान हुने

देशभर १५ स्थानमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न विवादका कारण सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित गर्नुपरेको निर्वाचन आयोगले जनाएको छ। स्थगन तथा रद्व भएका ठाउँमा दुई दिनभित्र मतदान गराउन मतदान अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।

६१ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक प्रक्षेपण

निर्वाचन आयोगले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ। आयोगको प्रारम्भिक रिपोर्टअनुसार देशभर करिब ६१ प्रतिशत मत खसेको बताइएको छ। यद्यपि मतदानको पूर्ण तथ्यांक आइनसकेकोले यसमा केहि थपघट हुनसक्ने आयोगले जनाएको छ। साथै आयोगले, मतदानको प्रतिशत अपेक्षा गरेभन्दा निकै कम भएको बताएको छ।

निर्वाचनमा उत्साहजनक सहभागिता नहुनुमा प्रमुख राजनीतिक दलहरू नै मुख्य कारण भएको र दलहरूले गठबन्धन गरेका कारण मतदाताहरूले भोट नहालेको हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको बताइएको छ ।

पूर्वसहमति नलिइ मतदान स्थगन नगर्न आयोगको निर्देशन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पूर्वसहमति नलिइ मतदान स्थगन नगर्न निर्देशन दिनुभएको छ।

निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारू गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ ।

विश्वकप फुटबल २०२२

विश्वकप फुटबल आइतबार देखि कतारमा सुरु हुँदैछ।

यसपटकको विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहनेछ भने खेलमा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।

विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको अल बायत रंगशालामा आयोजना हुँदैछ। ६० हजार क्षमताको रंगशालामा विभिन्न देशका कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्।

फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन्। कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ।

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

निर्वाचन आयोगले यही मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका उम्मेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उम्मेदवारहरूलाई आयोगको वेबसाइटमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएकाे ढाँचामा परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिलला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

Samanupatik Card

यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय

निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन आचारसंहिता सम्बन्धि विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको, निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको र संवत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्न नपाइने भएकोले उल्लिखित कानुनी व्यस्था तथा निर्वाचन आचारसंहिताको प्रभावकारी रूपमा कार्यान्वयन गर्न देहायबमोजिमको व्यवस्था गर्ने:-

(क) मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने,

(ख) मिति २०७९/०८/०१ गते राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिने,

(ग) मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने।

मिति २०७९/०८/०१ गते राती १२ बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरित निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा (७) बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिने ।
३. मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्‍केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिने ।

४. मिति २०७९/०८/०१ गते राती १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यस अघि गरिएका यस्ता विज्ञापनहरु हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गर्ने र सोको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिने ।

निर्वाचनमा स्थिर समय भनेको के हो ? स्थिर समयमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

आगामी निर्वाचनको स्थिर समय मङ्सिर १ गते राति १२ बजेदेखि सुरु हुँदैछ।

निर्वाचन प्रारम्भ हुनुभादा ४८ घण्टा अघिदेखि स्थिर समय सुरु हुनेआयोगले जनाएको छ। यसअघिका निर्वाचनहरुमा भन्ने गरिएको मौन अवधीलाई आयोगले यस पटक शाब्दिक रुपमा स्थिर समय भनेर सम्बोधन गरेको छ। स्थिर समयमा चुनाव प्रचार-प्रसारका कुनै पनि कार्य गर्न नपाइने आयोगले जनाएको छ।

आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी

निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताउनुभयो ।

आयोगका माननीय आयुक्तहरु, आयोगका श्रीमान् सचिवसहित उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरुका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतीकरण गर्नुभएको थियो ।

निर्वाचन आयोग

चुनावको दिन सवारी साधन प्रयोगबारे आयोगबाट भएको निर्णय

निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन देहायको सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ :

  • बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल
  • खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन
  • दूध बोक्ने सवारी साधन
  • सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन
  • दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन
  • अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन
  • निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन
  • तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन
  • कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन
  • विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन
  • सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन
  • आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।
  • (उक्त सवारी साधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न पाइने छैन ।

    निर्वाचन आयोग

    गठबन्धनका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास

    सत्ता गठबन्धन भित्रका राजनीतिक दलबाट बागी उम्मेदवारी दिएकाहरुको उमेद्वारी निष्क्रिय गराउन सत्तारुढ गठबन्धनले अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारलाई कुनै पनि हालतमा विजय गराउने रणनीति अनुरुप गठबन्धन भित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले, बागी उम्मेदवारहरुलाई निष्क्रिय गराउनुपर्ने कुरामा पार्टीका शीर्ष नेतालाई ध्यानाकर्षण गराएको हो।

    यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन

    निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

    स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ भने अपांगता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ । अशक्तताको कारणले आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ ।

    मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनका लागि अनुमति लिनुनपर्ने व्यवस्था गरिएको छ । तर त्यस्ता सवारी साधन मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन ।

    मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्नेछ र मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने व्यवस्था गरिएको व्यहोरा अनुरोध छ ।
    निर्वाचन आयोग

    nirwachan aayog sawari

    बझाङमा ५.४ रेक्टर स्केलकाे भूकम्प

    बझाङमा शनिबार बेलुका ८ बजेर १२ मिनेटमा ५.४ रेक्टर स्केलकाे भूकम्प गएको छ।

    बझाङकाे खप्तड छान्ना गाउँपालिकाकाे पाटादेवल केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ।

    भूकम्पको धक्का दार्चुला, डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पले केहि घर भत्काएको बताइएपनि के कति क्षति भयो भन्ने बारे भने पूर्ण विवरण आइसकेको छैन। भूकम्पको त्रासको कारण स्थानीयहरू घर बाहिर बसिरहेका र चिसोबाट बच्न बाहिर आगो बालेर आगो ताप्दै बसिरहेका बताइएको छ।

    चितवनको चुनावी सभामा देउवा र प्रचण्डको सम्बोधन

    चितवनको भरतपुरमा शनिबार आयोजित चुनावी सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नु भएको छ।

    गठबन्धनले चितवनको राजनीतिक समीकरण ध्रुवीकरण भएको बेला गठबन्धन दलका दुई शिर्ष नेताले सम्बोधन गर्दै गर्दा त्यहाँ उपस्थित भएका मतदाताहरु भने पार्टीको निर्णय र निर्देशनप्रति असन्तुष्ट देखिन्थे।

    सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले,गणतन्त्र, संघीयता र राष्ट्रिय एकता जोगाउनको लागि गठबनधन बनेको र अझै लामो समय गठबन्धन चाहिने बताउनुभएको थियो।यता,चितवन काँग्रेसका पुर्व सभापति बिकाश कोइरालाको कारवाही फिर्ता गर्न दवाव दिँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कोइराला समर्थक कांग्रेस कार्यकर्ताहरुको विरोधलाई सम्बोधन गर्दै पार्टी सभापति देउवाले गठबन्धनको उमेद्वारलाई जिताएर पठाएमा कोइरालाको कारवाही फिर्ता गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको थियो।

    त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनैतिक दुर्घटना र प्रतिगमनको खतरा रहेसम्म गठबनधन कायम रहने बताउनुभएको छ। दाहालले ,गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र यो निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमतसंग्रहजस्तै भएको बताउनुभएको छ।

    नेपालीले विश्वकप फुटबल हेर्न नपाउने सम्भावना

    कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपालमा पनि देखाउने सम्बन्धि विवाद झनै बढ्दै गएपछि, नेपालीले यसपटकको विश्वकप फुटबल हेर्न नपाउने सम्भावना बढ्दै गएको छ।

    फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि नेपाली दर्शक विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाउने कि नपाउने भन्ने अन्यौलमा छन्।

    नेपालमा अहिले भइरहेका कुनै पनि च्यानलमा विश्वकपको प्रत्यक्ष प्रसारण आउँदैन। त्यसको लागि मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएर विश्वकपकै लागि नयाँ च्यानल लन्च गर्ने र त्यसको लागि ग्राहकले थप शुल्क तिर्नुपर्ने कुरा उठेपछि यो विवाद सर्वोच्चमा पुगेर रोकिएको हो।

    विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । यधपी,अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाइएको छ ।

    नेपालभित्र कुनै पनि विदेशी च्यानलले कुनै पनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएको अवस्थामा, मिडिया हबले विश्वकप देखाउन नसकेमा नेपालभित्र अन्य कुनै पनि माध्यमबाट विश्वकप हेर्न पाउने अवस्था रहँदैन ।

    ७७ वटै जिल्लामा पुग्यो मतपत्र

    आगामी निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र ७७ वटै जिल्लामा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। जिल्लामा पुगेका मतपत्र अब मतदान केन्द्रमा पुर्‍याइने आयोगले जनाएको छ।

    निर्वाचन आयोगले प्रत्यक्षका लागि तीन करोड ९७ लाख ८९ हजार पाँच सय र समानुपातिकका लागि चार करोड ६ लाख पाँच हजार मतपत्र छापेको छ ।

    आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण मतदान गराउने गरी निर्वाचनको अन्तिम तयारी भइरहेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालयहरूले एक सय ६५ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमार्फत २२ हजार दुई सय २७ मतदान केन्द्रमा मतपत्र बाहेक अन्य आवश्यक निर्वाचन सामाग्री पनि पठाउने तयारी भएको जनाएको छ।

    दार्चुलाको व्याँस गाउँपालिका पुग्न भारतीय बाटो भएर जानुपर्ने बाध्यता भएकाले, आयोगले दार्चुला, हुम्ला र डोल्पामा भने निर्वाचन सामग्रीको सुरक्षालाई ध्यान दिएर हेलिकोप्टर मार्फत मतपत्र र आवश्यक निर्वाचन सामाग्री ढुवानीको तयारी गरेको पनि बताएको छ।

    आयोगका अनुसार देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

    मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

    मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ ।

    नेपाली कांग्रेसका उमेद्वार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली काँग्रेसले आज उम्मेदवारी दर्ता गर्न लागेको हो ।जिल्ला निर्वाचन कार्यालय मोरङले आज बिहान १० बजेदेखि १ बजेसम्मको समय उम्मेदवारी दर्ता लिने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

    आयोगका अनुसार आज १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ ।उमेद्वारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गते दिउँसो १२ बजेसम्मको समय तोकिएको छ भने नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ ।

    प्रदेश सभा निर्वाचन ऐन २०७४ मा दलको उम्मेदवारको मृत्यु भएमा सोही दलले मात्र मनोनयन दर्ता गराउने र अन्य दलका उम्मेदवारहरुको उम्मेदवारी भने यथावत नै रहने व्यवस्था रहेको छ ।

    आगामी निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी खटिँदै

    मङ्सिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ ।

    निर्वाचन आयोगले सुरक्षा निकायबाहेक प्रदेश कार्यालय, ७७ जिल्लाको निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना सहित गरि देशभर दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउन लागेको हो ।

    आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र तालिमहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।

    यसअघि जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिहरूले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीहरुलाई पदीय हिसावले विवरण लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरेको थियो ।

    तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अदालतको अन्तरिम आदेश विरुद्व भ्याकेट निवेदन दर्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर-३ मा उमेद्वारी दिएकी तोसिमा कार्कीको उम्मेद्वारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले आज सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गरेको छ।

    लाभको पदमा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर-३ मा उमेद्वारी दिएकी तोसिमा कार्कीको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेपछि कार्कीले आयोगको निर्णय विरुद्द सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन्। कार्कीको रिट उपर छलफल गर्दै अदालतले कात्तिक १५ गते निर्वाचन आयोगको नाममा कार्कीको उमेद्वारी कायम रहने गरी अन्तरिम आदेश जारी गरेको थियो।

    आरोपी शिवराज श्रेष्ठसँग मिल्यो निहारिका राजपुतको छोराको डीएनए

    २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतको छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ ।

    उच्च अदालत, जनकपुरले ८ भदौमा निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न दिएको आदेश अनुरुप खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरले जनाएको छ।

    राजपुतले पटक-पटक डीएनए परिक्षणको माग गर्दै अनशन बसेपछि भदौ ५ गते तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति गरेर अनशन तोडेकी थिइन् । यसअघि, श्रेष्ठले निहारिकासँग आफ्नो सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए ।यता,निहारिकाले भने डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।

    डीएनए परिक्षणको रिपोर्ट आएपछि श्रेष्ठलाई पक्राउ गर्नुपर्ने भन्दै प्रधानमन्त्री निवास अगाडी पत्रकार सम्मेलन गर्न पुगेकी राजपुतलाई आज प्रहरीले पक्राउ गरेर छाडेको छ। प्रधानमन्त्री निवासजस्तो सुरक्षा संवेदनशील क्षेत्रमा पत्रकार सम्मेलन गर्न लागेकोले उनलाई पक्राउ गरेर केहि समयमा छोडिएको प्रहरीले जनाएको छ।

    सन्दीप लामिछानेलाई कारागार चलानको आदेश

    नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

    थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार सजायको मागदाबी गरेको थियो ।

    भदौ २१ गते गौशाला प्रहरी बृत्तमा बलात्कार आरोपमा लामिछाने विरुद्ध जाहेरी परेपछि गत असोज २० गते उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।लामिछाने विरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस समेत जारी गरेको थियो।

    ८ करोड २५ लाख मतपत्र: १ करोड ७९ लाख ८५ हजार ७० मतदाता

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छापिएको निर्वाचन आयोगले बताएको छ ।

    निर्वाचन आयोगले २० गतेसम्मको समयसीमा दिएर प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामग्रीलाई दिएकोमा समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छापेर सकेको हो ।

    निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २२ लाख नमूना मतपत्र सहित करिब ८ करोड २५ लाख मतपत्र छापिएको जानकारी दिनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । यसघि छापिएको मतपत्र कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा भने ढुवानी हुन बाँकी रहेको आओगले जनाएको छ।

    आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । आगामी निर्वाचनमा प्रत्येक मतदाताले समानुपातिक तथा प्रत्यक्षतर्फ गरि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ ।

    राष्ट्रपति भण्डारी मुस्ताङमा

    बुद्धको मुर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्ने

    राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपाली सेनाको हेलिकप्टरबाट मुस्ताङ पुग्नुभएको छ।

    राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

    बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा रहेको ३५ फिट अग्लो बुद्धको अनावरण गर्न मुस्ताङ पुग्नुभएकी राष्ट्रपतिको सुरक्षाको लागि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

    आज हरिबोधिनी एकादशी

    हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गरिरहेकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदै छ। 

    प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। 

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।

    तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ। यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ। शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। 

    तुलसीबाट बनेको चिया मानव शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। 

    कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ। गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ। 

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ। रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ। यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ। 

    किसानले उखुको बोट मठमा गाड्छन्। आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ।

    कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्। 

    विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ। 

    आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्छ। यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ। 

    वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। रासस

    निर्वाचन आयोगलाई भारत सरकारको उपहार: ८० वटा सवारी साधन

    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि उपहार स्वरुप निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका छन्।भारत सरकारले दिएको सहयोगले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने आयुक्त थपलियाले बताउनुभएको छ ।

    नेपालको अनुरोधमा विगतका वर्षहरूमा पनि भारतले आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको थियो भने भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन उपहार स्वरूप प्रदान गरिसकेको छ ।

    थप २२ मेगावाट बिजुली भारत निर्यात हुने

    नेपाल विधुत प्राधिकरणले थप २२ मेगावाट विधुत भारत निर्यातका लागि अनुमति प्राप्त गरको छ।

    नेपाल विधुत प्राधिकरणले चिलिमे जलविधुत कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात गर्ने जनाएको छ। चिलिमे सहित अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्राधिकरणले जनाएको छ । नेपाल विधुत प्राधिकरणले यसअघि नै देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विधुत भारतीय इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव गरेको थियो।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विधुत गत १९ जेठदेखि भारतीय इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेसंगै निजि क्षेत्रले निर्माण गरेका जलविधुत आयोजनाका विधुत निर्यात प्रक्रियालाई पनि अघि सारेको हो।

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको वजिराबादमा भएको विरोध जुलुसमा आक्रमणकारीले उनीमाथि गोलि प्रहार गरेको छ। गोली खानको खुट्टामा लागेको र उनि सामान्य घाइते भएको बताइएको छ ।

    वजिराबादमा भएको गोलीबारीमा खानका एक समर्थकको मृत्यु भएको र पीटीआई पार्टीका धेरै पदाधिकारी पनि घाइते भएको बताइएको छ।

    बन्दुकधारीले आफू खानलाई मार्न चाहेको र आफु एक्लैले सो योजना बनाएर काम गरेको बताएका छन् । पाकिस्तानी प्रहरीले खानलाई गोली हानेर घटनास्थलमा पक्राउ परेका बन्दुकधारीको भिडियो सार्वजनिक गरेको छ ।

    खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता फवाद चौधरीले भने, “यदि गोली चलाउनेलाई त्यहाँका मानिसहरूले नरोकिएको भए, सम्पूर्ण पीटीआई नेतृत्वको हत्या गर्ने योजना अनुरुप आक्रमण गरिएको बताएका छन्।

    सार्वजनिक पदमा रहेका व्यक्ति अनुमति लिएर मात्र चुनावी प्रचारमा जान पाउने

    सार्वजनिक पदमा रहेका व्यक्तिले चुनावी प्रचारमा जाँदा आयोगको अनुमति लिनुपर्ने निर्वाचन आयोगले बताएको छ।

    आयोगले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा, प्रधानमन्त्री, मन्त्रि लगायत कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति चुनावी प्रचारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने कुराको जानकारी गराएको हो। त्यसो त यसघि नै आयोगले निर्वाचन आचारसंहिता मार्फत सार्वजनिक पद धारण गरेका वा लाभको पदमा रहेका व्यक्तिले आफ्नो निर्वाचन क्षेत्रमा मात्र चुनावी प्रचार गर्न पाउने र सरकारी रकमको प्रयोग गरेर चुनावी प्रचारमा जान नपाउने निर्देशन दिएको थियो ।

    पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले, कात्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचार गर्न पाइने तर सार्वजनिक पदमा रहेका व्यक्तिले निर्वाचन प्रचार प्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने,सरकारी सवारी र रकम प्रयोग गर्न नपाउने बताउनुभएको हो।

    अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न नागरिक उड्डयन प्राधिकरणलाई अनुमति

    नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न सरकारले अनुमति दिएको छ ।

    मन्त्रिपरिषदको पछिल्लो बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिएको हो। मन्त्रिपरिषदको अनुमतिसंगै प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने मार्ग खुल्ला भएको छ।

    सम्झौतापछि दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान भर्न पाउनेछन। नेपालले हालसम्म विश्वका विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।

    प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्वाचन आयोगको आदेश

    प्रधानमन्त्री शेरबहादुर देउवाको कात्तिक १७ गतेदेखि २० गतेसम्मको लागी तय भएको डडेल्धुराको चुनावी यात्रा स्थगित गर्न निर्वाचन आयोगले आदेश दिएको छ ।

    सरकारी खर्चमा चुनावी प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारी गरेको भन्दै आयोगले उनको यात्रा स्थगित गर्न निर्देशन दिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको भएपनि, बुझ्दै जाँदा उहाँ सरकारी कामका लागि नभई चुनाब प्रचारप्रसारकै लागि जान खोजेको देखिएको र सरकारी खर्चमा जाने तयारि गरेको बुझिएकोले उनको यात्रा स्थगित गर्न निर्देशन दिएको आयोगले जनाएको छ।

    निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने र सरकारी खर्चमा त्यस्ता कार्यक्रममा सहभागी हुन नपाउने भनि उल्लेख गरिएको छ।

    १५ वर्षदेखि जेल जीवन बिताइरहेका नेपालीलाई साउदीमा मृत्युदण्ड

    १५ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिइएको छ ।

    फेब्रुअरी २, २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका दाहाललाई अदालतले विष्टको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । दाहालले सँगै काम गर्ने विष्ट र सुडानी नागरिकलाई सुतिरहेका बेला हत्याको प्रयास गरेका थिए। विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिक घाइते भएका थिए।

    दाहालको परिवारले पीडित राजेन्द्र विष्टको परिवारलाई ब्लडमनीबापत रकम दिएपछि सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको भएपनि उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएका कारण उनलाई अदालतले माफी नदिएको बताइएको छ ।

    आम माफीको विषयमा नेपालको तर्फबाट उच्च तहमा पटकपटक पहल गरेपनि सुनुवाइ नभएको नेपाली दुतावासले जनाएको छ। रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको जुवेल जेल प्रशासनले नेपाली दूतावासलाई जानकारी नदिई दाहाललाई मृत्युदण्ड दिएको हो। जेल प्रशासनले एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरेको र ४८ घण्टापछि मात्रै सूचना दिएको दुतावासले जनाएको छ।

    मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा नै जमिनमा गाडिएको छ ।

    महोत्तरीको भंगहामा अनिश्चितकालिन कर्फ्यू

    महोत्तरीको भंगहा क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारि गरिएको छ।

    हिन्दू सम्राट सेना नामक सङ्गठनले निकालेको र्‍यालीका क्रममा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी हिंसा भड्किएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले अर्को आदेश जारी नहुँदासम्मको लागि कर्फ्यु आदेश जारि गरेको हो।

    र्‍यालीका क्रममा हिँसा भड्किएपछि प्रहरीले एक दर्जन भन्दा बढी राउण्ड हवाई फायर समेत गरेको थियो। घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका-१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

    mahottari curfew

    यमपञ्चकको पाँचौँ दिन आज भाइटीका

    यमपञ्चकको पाँचौँ दिन आज भाइटीका। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको मुख्य दिन आज दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर मनाउँदछन् ।

    भाइटीकाको लागि आज बिहान ११:३७ बजे सुभ साइत रहेको छ। यधपी आज दिनभर भाइटीका लगाउन कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कुनै पनि शुभ कार्य गर्दा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको र आज बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने भएकाले यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

    आज, लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री वा सयपत्री फूलका माला लगाइदिने गरिन्छ ।

    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई पूजा गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

    नेपाल संवत् ११४३: न्हू दँया भिन्तुना

    आजदेखि नेपाल संवत् ११४३ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

    नेपाल संवत् (नयाँ वर्ष )को उपलक्षमा उपत्यका लगायत देशका विभिन्न भागमा नेवार समुदायले नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीसहितको सांस्कृतिक र्‍याली प्रस्तुत गर्ने गर्दछन ।

    राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत् ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो। गरिब जनताको ऋण मोचन गरिदिएर सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

    निर्वाचन आयोगले समानुपातिक उमेद्वारको बन्दसूचीबाट हटायो ५५० जना उमेद्वार

    निर्वाचन आयोगले विभिन्न राजनीतिक दलले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट ५५० जना उम्मेदवारहरुको नाम हटाएको छ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक निर्वाचन प्रणालीतर्फको अयोग्य उम्मेदवारहरुको नाम समानुपातिकको सूचीबाट हटाएको जनाएको छ। स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना,उमेर नपुगेका प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जना, दोहोरो उम्मेदवारीमा परेका ६६ जना,लैंगिक विवरण फरक परेका कारण ३७ जना,मतदाता नामावलीमा नाम नै नभएका कारण १८ जना,आयोगले मागेको कागजात पेश नगरेका कारण ६ जना र कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरु गरि कुल ५५० जनाको नाम हटाइएको आयोगले जनाएको छ।

    nirwachan aayog

    झुटा फेसबुक पेज र ग्रुप हटाउन निर्वाचन आयोगको चेतावनी

    निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै, मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेद्वारी दिएका दल र उमेद्वार विरुद्द विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र भ्रमपूर्ण प्रचार गर्न बनाइएका झुटा फेसबुक पेज र ग्रुप तत्काल हटाउन चेतावनी दिएको छ ।

    “नो नट अगेन” नामक फेसबुक पेज तथा ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य / श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको बताउंदै, आयोगले त्यस्ता फेसबुक पेज तथा ग्रुपहरु तत्काल हटाउन निर्देशन दिएको छ।

    झुठा फेसबुक पेज / ग्रुपहरु सिर्जना गरी दलका नेताहरुविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकुल रहेको भन्दै आयोगले उल्लेखित कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद अथवा दुवै सजाय हुनसक्ने बताएको छ।

    Election commission press realese 1

    ऋषि सुनक: क्रिष्टियन राष्ट्रको पहिलो हिन्दू प्रधानमन्त्री

    कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन्। उनि क्रिष्टियन राष्ट्र बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री बनेका छन्।

    ४२ वर्षीय सुनक राजा चार्ल्सद्वारा नियुक्त हुने पहिलो प्रधानमन्त्री हुन् । सुनकलाई मंगलबार बेलायती राजा चार्ल्सले देशको प्रधानमन्त्री नियुक्त गरेका हुन्।

    आफ्नो असफल आर्थिक नीति र सत्तारुढ कन्जरभेटिभ पार्टीमा आफ्ना सहकर्मीहरूबीचको बढ्दो असन्तुष्टिको पृष्ठभूमिमा अक्टोबर २० मा आफ्नो राजीनामाको घोषणा गर्ने लिज ट्रसको स्थान लिएका सुनक यस अघिको प्रधानमन्त्रीको दौडमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा ट्रससँग पराजित बनेका थिए।

    कन्जरभेटिभ पार्टीको दुवै प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र हाउस अफ कमन्सका नेता पेनी मोर्डाउन्ट प्रधानमन्त्रीको दौडबाट पछि हटेपछिकन्सर्भेटिभ पार्टीबाट सुनक प्रधानमन्त्रीको एकल दाबेदार बनेका हुन् ।

    सुनक तेस्रो पुस्ताका आप्रवासी हुन् जसको परिवार सन् १९६० को दशकमा केन्या र बेलायती तान्गानिका (आधुनिक तान्जानिया)बाट बेलायतको साउथह्याम्प्टनमा सरेका थिए।

    युक्रेन रुसलाई परमाणु आतंकवादको नाममा फसाउन चाहन्छ – मस्को

    मस्कोले, रुसलाई फसाउन युक्रेनले परमाणु बम प्रयोग गर्ने कथित योजनाबारे पश्चिमलाई चेतावनी दिँदै आएको छ। यधपी पश्चिमले यी चेतावनीहरूलाई बेवास्ता गरेको छ।

    रुसको रक्षा मन्त्रालयले, युक्रेनले रुस विरोधी शक्तिशाली अभियान सुरु गर्न मस्कोलाई आणविक आतंकवादी संगठनको रूपमा लेबल गर्ने योजना बनाएको दाबी गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार युक्रेनले रुसलाई बदनाम गराउन आफ्नै भूमिमा परमाणु बम प्रयोग गर्ने योजना बनाएको र पश्‍चिमा राष्ट्रहरुले यो घटनालाई विश्वास गर्न अस्वीकार गरेर बेवास्ता गर्दा खतरा झनै बढेको बताएका छन्।

    रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले स्थानीय जनतालाई धम्की दिन, युरोपेली युनियनमा शरणार्थी पलायन गराउन र मस्कोलाई “आणविक आतंकवादी” भनी चित्रण गर्नको लागि “परमाणु बम” विस्फोट गर्ने योजना बनाएको छ।

    यता संयुक्त राष्ट्रसंघले भने द्वन्द्वमा संलग्न सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ । एक ब्रीफिंगको क्रममा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले सबै पक्षहरूले थप द्वन्द्व निम्त्याउन सक्ने कार्यहरूबाट टाढा रहनुपर्ने बताएका छन्।

    आज दिउँसो खण्डग्रास सूर्यग्रहण: ग्रहणको समयमा के गर्ने, के नगर्ने ?

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो खण्डग्रास सूर्यग्रहण लाग्दैछ।

    समितिका अनुसार आज दिउँसो ४ बजेर ५२ मिनेटको समयमा सूर्यग्रहण सुरु हुनेछ भने ३२ मिनेटपछि ५ बजेर २४ मिनेटमा ग्रहण समाप्त हुनेछ।अफ्रिका, एसिया, युरोप लगायत विश्वका विभिन्न मुलुकबाट यो ग्रहण देख्न सकिनेछ।

    ग्रहणको समयमा के गर्ने, के नगर्ने ?
    ग्रहण लागेको समयमा सूर्यको विकिरणले असर गर्न सक्ने हुँदा नाङ्गो आँखाले ग्रहण हेर्न नहुने बताइन्छ। यधपी ग्रहण हेर्नको लागि थाल वा कुनै भाँडामा पानि राखेर सो पानीमा ग्रहणको छायाँ हेर्न सकिन्छ भने कुनै विशेष किसिमको चस्मा वा प्रविधिको प्रयोग गरेर पनि ग्रहणको अवलोकन गर्न सकिन्छ।

    सूर्यको विकिरण तथा नकारात्मक ऊर्जा घरभित्र प्रवेश गर्ने भएकाले ग्रहण लागेको समयमा शुद्ध गाईको गोबरले घरको मूल ढोका अगाडी लिप्दा त्यसले नकारात्मक ऊर्जा घरभित्र पस्नबाट रोक्ने बताइन्छ।

    ग्रहणको समयमा सुत्न नहुने,भोजन गर्न नहुने लगायत कुनै पनि शुभ कार्य गर्न नहुने बताइन्छ। तर बिरामी वा अशक्त मानिसहरुले भने तुलसीको पत्ता राखेर भोजन गर्न वा पानि पिउन सकिने बताइन्छ। ग्रहणको समाप्तिसँगै स्नान गरेर, श्रद्दा पूर्वक जनावर, चराचुरुङ्गी, निमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ।

    निर्वाचन सुरक्षार्थ नेपाल-भारत सिमा नाका ७२ घण्टा बन्द गरिने

    मङ्सिर ४ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा नेपाल-भारत सिमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ।

    नेपाल-भारतको संयुक्त बैठकमा, सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच भएको छलफलमा सीमा नाकामा कुनै पनि प्रकारको आपराधिक गतिविधि हुन नदिन आ-आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने र निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका बन्द गर्ने सहमति भएको छ।

    साथै, उक्त बैठकमा, सिमा नाकामा हुने गरेको तस्करी, चोरी निकासी लगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा पनि सहमति भएको छ।

    एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टिभन जेरार्ड बर्खास्त

    एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको छ।

    इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा एस्टन भिल्ला, फुलहमसँग ३-० ले पराजित भएपछि क्लबले उनलाई बर्खास्त गरेको हो। एस्टन भिल्ला अङ्क तालिकामा १७ औं स्थानमा रहेको छ भने फुलहमले नवौं स्थान प्राप्त गरेको छ।

    एस्टन भिल्लाको वेबपेजमा ,”हामी स्टिभनलाई उनको कडा परिश्रम र प्रतिबद्धताको लागि धन्यवाद दिन चाहन्छौं र उनको भविष्यको लागि शुभकामना दिन्छौं” भनेर विज्ञप्ति सार्वजनिक गरिएको छ।

    नोभेम्बर २०२१ मा डिन स्मिथको स्थानमा नियुक्त गरिएका जेरार्डले स्कटिश क्लब रेंजर्ससँग आफ्नो पहिलो व्यवस्थापकीय पदमा तीन वर्ष बिताएका थिए ।लिभरपुलका पूर्व मिडफिल्डर, जेरार्डले एनफिल्डमा प्रतिष्ठित १७ वर्षको व्यावसायिक करियरमा रेड्सका लागि ५०४ प्रिमियर लिग खेलेका थिए भने उनलाई २०२१ मा प्रिमियर लिग हल अफ फेममा समावेश गरिएको थियो।

    बेलायती प्रधानमन्त्री लिज ट्रसद्वारा राजीनामा

    बेलायती प्रधानमन्त्री लिज ट्रसले आज एक विज्ञप्ति जारी गर्दै कन्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् ।

    टोरी नेताका रूपमा निर्वाचित भएको जनादेश दिन नसक्ने भन्दै उनले राजीनामा दिएकि हुन्। भावी प्रधानमन्त्रीको लागि कन्जरभेटिभ नेतृत्वको चुनाव अर्को हप्ता हुने र अर्को प्रधानमन्त्री चयन नहुँदासम्म आफु कार्यबाहकको रुपमा रहने पनि उनले बताएकी छन्।

    ४५ दिनको कार्यकाल मात्र पुरा गरेकी ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन्।

    चार महिनामा दुई प्रधानमन्त्रीले राजीनामा दिएपछि बेलायतका विपक्षी दलका नेताहरूले भने तत्काल आम निर्वाचन गर्नुपर्ने माग गरेका छन् ।

    स्वर्गीय महारानी एलिजाबेथ दृतियले नियुक्त गर्नुभएको उनि अन्तिम प्रधानमन्त्री थिइन भने उनको प्रधानमन्त्रीको कार्यकाल १० -दिनको शोक अवधिको साथ सुरु भएको थियो ।

    नेटो र रूसबीच सीधा टकरावको सम्भावना:रुसी विदेश मन्त्रालय

    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले, युक्रेनमा नेटो हतियारको प्रवाह र किभको लागि सैन्य समर्थनले नाटो गठबन्धन र रूसबीच प्रत्यक्ष सैन्य भिडन्तको सम्भावना बढेको बताएकी छन्।

    नेटो देशहरूले किभलाई हतियार र गोला बारुद आपूर्ति गर्नुका साथै खुफिया प्रशिक्षण कर्मचारीहरू प्रदान गरेर रुस विरुद्द सैन्य कारवाही कसरी सञ्चालन गर्ने भन्ने योजनामा अगाडी बढीरहंदा यसले नाटो राष्ट्र र रूसबीच प्रत्यक्ष सशस्त्र संघर्षको सम्भावना बढेको उनले बताएकी छन्।

    जाखारोभाले पछिल्लो तथ्याङ्क अनुसार युक्रेनका लागि पश्चिमी सैन्य सहयोग ४२.३ बिलियन डलर पुगेको तथ्यमा समेत ध्यानाकर्षण गराएकि छन्।

    जाखारोभाले नेटो देशहरू किभ शासनद्वारा गरिएका अपराधहरूमा मात्र सहयोगी नभई आतंककारी गतिविधिहरूको प्रायोजक भएको समेत बताएकी छन्।

    सत्ता गठबन्धनका तिन शिर्ष नेताको संयुक्त अपिल

    सत्ता गठबन्धनका तिन शिर्ष नेता, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उमेद्वारलाई मतदान गर्न आग्रह गरेका छन्।

    शक्ति पृथकीकरणको सिद्दान्त र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन् व्यवस्थालाई सुध्रिढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्द रहेको भन्दै,गठबन्धन सरकारले संविधानको मर्म अनुरुप काम गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    संविधानमाथि प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने भनेर उल्लेख गरिएको विज्ञप्तिमा ,आगामी निर्वाचनमा गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजयी गराउन अनुरोध गरिएको छ।

    Gathabandan Appeal Final 06 31 page 0001
    Gathabandan Appeal Final 06 31 page 0002

    रुस र युक्रनबीच कैदीबन्दी साटफेर

    रुस र युक्रेनबीच भएको कैदीबन्दी साटफेर अन्तर्गत ११० रुसी नागरीक रुस फर्किएका रुसी रक्षा मन्त्रालयले जनाएको छ।

    कैदी साटफेर अन्तर्गत रुसी ११० जना नागरिकको बदलामा, रुसले नियन्त्रणमा लिएको १०८ जना युक्रेनी महिला सैनिकहरुलाई रिहा गरेको छ। रिहा गरिएकामध्ये २ महिला सैनिकले भने आफु रुसमै बस्न चाहेकोले युक्रेन नफर्किने निर्णय गरेर रुसमा नै बस्ने जनाइएको छ।

    युद्ध सुरु भएपछी कीभले फेब्रुअरीको अन्त्यमा युक्रेनी बन्दरगाहहरूमा रोकिएका डुङ्गाहरूमा सवार दर्जनौं रूसी नागरिकहरूलाई हिरासतमा लिएको थियो।

    रुसी रक्षा मन्त्रालयका अनुसार, फेब्रुअरीको अन्त्यमा दुई छिमेकीहरू बीचको द्वन्द्व सुरु भएदेखि मस्को र कीभले बारम्बार कैदीहरू साटफेर गर्दै आएका छन्।
    गत सेप्टेम्बरको अन्तमा पनि डोनबासका ५५ रूसी सैनिकहरूलाई युक्रेनले रिहा गरेको थियो भने रुसले पनि युक्रेनी विपक्षी नेता भिक्टर मेदवेदचुकलाई रिहा गरेको थियो ।

    युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार युद्ध सुरु भए यता, कैदीबन्दी साटफेर अन्तर्गत २ सय १५ युक्रेनी सैनिकहरुलाई रुसले रिहा गरिसकेको छ।

    स्वर्गीय सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा

    संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार,कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    गृह मन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा, शताब्दी पुरुष जोशीको निधनको शोकमा सरकारले देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा मंगलबार,कात्तिक १ गते सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको उल्लेख गरिएको छ।

    संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

    sarwajanik bidaa

    निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुने

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा देशभरबाट एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ।

    मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै आयोगले आगामी निर्वाचनमा सहभागी हुने एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेको बताएको छ।

    आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ जना मतदाता रहेका छन् भने मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८,वाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फ देशभर १६५ निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा गरि कुल ३३० निर्वाचन क्षेत्र रहेका छन्।

    आगामी निर्वाचनको लागि आयोगले देशभारको १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ।

    जरिवाना नबुझाएका ४३९ जना समानुपातिक उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने

    स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका /समयमै नबुझाएर कारबाही सूचीमा परेका र मंसिर ४ गतेको निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएका उमेद्वारहरुले जरिवाना नबुझाए समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम हटाइने निर्वाचन आयोगले जनाएको छ।

    समयमै खर्चको विवरण नबुझाएका र आगामी निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूचीमा नाम समावेश भएका ४३९ जनाको नाम सार्वजनिक गर्दै, निर्वाचन आयोगले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन आग्रह गरेको छ। तोकिएको समय र मितिभित्रमा जरिवाना नबुझाए उनीहरुको नाम बन्दसूचीबाट हटाउने निर्वाचन आयोगले जनाएको छ।

    यसअघि एक सूचना जारि गर्दै, निर्वाचन आयोगले खर्चको विवरण नबुझाउने एक लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको थियो । निर्वाचन खर्चको विवरण नबुझाएको खण्डमा, आयोगले निर्वाचित भएका पदाधिकारीको पनि पद रद्द गर्न सक्ने तथा अर्को निर्वाचनमा समेत उम्मेदवार बन्न नपाउने गरि कारवाही गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

    कात्तिक १८ गते अघि आमसभा गरेमा उम्मेदवारी खारेज गर्ने

    निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको क्रममा कार्तिक १८ गतेदेखि मात्र कोणसभा तथा कुनै पनि प्रकारको आमसभा गर्न पाउने भन्दै, सो समय अगाडी कुनै पनि किसिमको सभा गरेमा उमेद्वारहरुको उमेद्वारी खारेज गर्न सक्ने बताएको छ।

    राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा बनेको आचारसंहिताले कात्तिक १८ गते भन्दा अगाडि निर्वाचन प्रचारप्रसारको क्रममा गरिने कोणसभा तथा कुनै पनि प्रकारको आमसभालाई निषेध गरेको छ । आयोगका अनुसार अहिले उमेद्वारहरुले घरदैलो कार्यक्रम गर्न पाउने तर २५ जना भन्दा बढी सहभागी गराउन नपाइने र आचारसंहिताले उल्लेख गरेका अन्य मापदण्डहरु पनि पालना गर्नुपर्ने बताएको छ।

    आचारसंहिता कार्यान्वयन गराउने सवालमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै आयोगले आचारसंहिता पालना नगरेको सन्दर्भमा परेका उजुरी उपर छानविन गरि मनोनयन खारेज गर्ने बताएको छ।

    माओवादीका बागी उमेद्वारसहित तिनका प्रस्तावक र समर्थकलाई कारवाही

    माओवादी केन्द्रले मंसिर ४ गतेको निर्वाचनमा बागी उमेद्वारी दिएका पार्टीका सदस्य र तिनका समर्थक र प्रस्तावकलाई सम्पूर्ण जिम्मेवारी सहित पार्टीबाट निष्काशन गरि कारवाही गरेको छ।

    माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति जारि गर्दै,गठबन्धनका आधिकारीक उम्मेदवार विरुद्द माओवादी केन्द्रको तर्फबाट उमेद्वारी दिएका सम्पूर्ण बागी उमेद्वार सहित तिनका समर्थक र प्रस्तावकलाई पार्टीको सम्पूर्ण जिम्मेवारी सहित पार्टीबाट निष्काशन गरेर कारवाही गरिएको जानकारी दिएका छन्।

    तोकिएको मिति र समयभित्र उम्मेद्वारी फिर्ता नलिएका बागी उम्मेद्वार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    maowadi karbahi

    खेलाडीको मृत्युपश्चात प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी नेपाल आर्मीका २६ वर्षीय खेलाडी निसिम थापाको निधन भएको छ। थापाको निधनसँगै, नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो।

    प्रतियोगितामा उडान भरेलगत्तै थापा करिब एक सय मिटर तल जमिनमा बजारिएका थिए। ग्लाइडर नखुलेको कारण उनी जमिनमा बजारिएको अनुमान गरिएको छ। जमिनमा बजारिएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो।

    पछिल्लो समय प्याराग्लाइडिङ विकास र विस्तार भए अनुरुप चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा प्याराग्लाइडिङ सुरक्षा सम्बन्धी सवाल पेचिलो बन्न पुगेको भन्दै उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

    अस्पतालमा उपचाररत संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको छ ।

    लामो समयदेखि मुटु लगायत विभिन्न स्वास्थ्य समस्याले ग्रसित १०३ वर्षीय जोशीको स्वास्थ्यमा केहि सुधार देखिएतापनि पछिल्लो केहिदिन यता डेंगु संक्रमण भएपछी उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कारण उहाँलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार अगाडि बढाइएको थियो ।

    आफ्नो जीवन कालमा उहाँले पुरातत्त्व विभाग,प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय समाचार समिति लगायत विभिन्न क्षेत्रमा रहेर काम समेत गर्नुभएको थियो। आफ्नो कृति र नेपाली कला संस्कृतिको संरक्षणमा आफ्नो कलम चलाउनुभएका जोशीले कर्णाली लोकसंस्कृति पुस्तक,हाम्रो लोक संस्कृति पुस्तक र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि तिन पटक सम्म मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।इतिहास र संस्कृतिको खोज अनुसन्धानमा अतुलनिय योगदान पुर्याउनु भएका जोशीले आफ्नो जीवन कालमा नेपाली कला र संस्कृतिको जगेर्ना र उत्थानको लागि पुर्याउनुभएको योगदान हामीमाझ सदैव रहिरहनेछ।

    उहाँको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र उहाँको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट समेत प्रकाशन गरेको थियो।

    युक्रेनलाई ध्वस्त पार्ने रुसको मनसाय छैन : पुटिन

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ध्वस्त पार्ने रुसी संघको कुनै नियत नभएको बताएका छन् ।

    कजाकिस्तानको राजधानी अस्तानामा क्षेत्रीय नेताहरूसँगको शिखर सम्मेलनपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भने, “आज के भइरहेको छ, त्यसलाई नम्रतापूर्वक भन्नु सुखद छैन।” “तर यो समयमा यदि रुसले आक्रमण सुरु नगरेको भए, युक्रेन आज जुन अवाथामा छ, त्यो अवस्थामा रुस हुने थियो। त्यसैले हामीले सबै कुरा सही तरिकाले सही समयमा गरिरहेका छौं।”

    राष्ट्रपति पुटिनले युक्रेनलाई ध्वस्त पार्ने रुसको नियत नभएको तर युक्रेन नाटोमा सामेल भई रुसी महासंघलाई कमजोर पार्न पश्चिमाको पक्षमा खेल्दै आएकोले आक्रमणप्रति पश्चाताप नरहेको बताएका छन्।

    युक्रेनले २४ लाख मानिसहरू बसोबास गर्ने क्रिमियामा पानी आपूर्ति कटौती गरेको र क्रिमियामा पानी आपूर्ति सुचारु गर्न प्रतिकार बाहेक रुससँग अरू कुनै विकल्प नभएको पनि उनले बताएका छन्।

    किभमा भएको भर्खरैको मिसाइल आक्रमणको सवालमा भने , रुस र क्राइमिया बीचको एक महत्वपूर्ण पुलमा युक्रेनले गराएको विस्फोटको प्रतिक्रिया मात्र भएको र रुसी सेनाले लक्ष्य गरेको युक्रेनको २९ टार्गेट मध्ये २२ वटा नष्ट गरेको र बाँकी सातवटा पनि नष्ट गर्ने उनले बताएका छन्।

    तर विश्लेषकहरुले भने,युक्रेनले आफ्नो आक्रमणलाई तिब्र रुपमा अगाडि बढाएको र सो क्षेत्रमा रुसको प्रभाव घट्दै गएको अवस्थामा रुसी सेना पछि हट्दै गएपछि पुटिनको यस्तो प्रतिक्रिया आएको बताएका छन्।

    मन्त्रिपरिषदको निर्णय:२०० मिलियन अमेरिकी डलर ऋण लिने सरकारको तयारी

    सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि एशियाली विकास बैंकबाट २०० मिलियन अमेरिकी डलर ऋण लिने तयारि गरेको छ।

    आज बसेको मन्त्रिपरिषद बैठकले उक्त ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।

    त्यसैगरी,आजको मन्त्रिपरिषद बैठकले, नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ।

    साथसाथै , आज बसेको मन्त्रिपरिषद बैठकले विलासिताका बस्तुमा लगाउंदै आएको आयात प्रतिबन्ध मंसिरसम्म कायम गर्ने ,विदेशी लगानीको न्युनतम सीमा प्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि सम्वत २०८० साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने लगायतका निर्णयहरु गरेको छ।

    press statement 20221014153027

    एमालेको रौतहट जिल्ला कमिटी विघटन: प्रभु साहलगायतका नेताहरुलाई कारवाही

    नेकपा एमालेको रौतहट जिल्ला कमिटि विघटन गरिएको छ।

    नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साह, एमाले रौतहटका जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टी विरोधी गतिविधिमा लागेको भन्दै नेकपा एमालेले रौतहटको जिल्ला कमिटि विघटन गरेको हो। एमाले प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका हुन् ।

    मधेशमा एमालेका प्रभावशाली नेता मानिएका प्रभु साह र उनि निकटका नेताहरुले, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको टिकट होल्ड गरेर अन्तिम समयमा स्वतन्त्र उम्मेद्वारी दिँदै मधेशमा एमाले खालि गराउन खोजेको र पार्टीको निर्णय विपरित पार्टीलाई कम्जोर बनाउन खोजेको भन्दै प्रभु साह लगायत उनको टिमका नेताहरुलाई पार्टीको साधारण सद्दस्य समेत नरहने गरि कारवाही समेत गरिएको छ।

    यता, सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको रौतहट क्षेत्र न. ३ मा प्रभु साहले स्वतन्त्र उम्मेद्वारी दिएपछि, सत्ता गठबन्धनले आफ्नो उम्मेद्वारी निस्क्रिय गरेर प्रभु साहलाई सहयोग गर्ने पनि बताइएको छ।

    आयात प्रतिबन्ध मंसिरसम्म थप गर्ने सरकारको निर्णय

    सरकारले सवारी साधन, मोवाइल लगायत विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध मंसिरसम्म कायम राख्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । नेपालको विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि २०७९ वैशाखदेखि विलासिताका सामान अन्तर्गत पर्ने १० वस्तुमा प्रतिबन्ध लगाइएको थियो । तर ती १० वस्तुमध्ये हाल ४ वटा मात्रै प्रतिबन्धित छन् । २०७९ भाद्र १४ गते एम्बुलेन्स बाहेकका निजी सवारी साधन, ३ सय डलरभन्दा माथिका मोबाइल, १५० सीसीभन्दा माथिका मोटरसाइकल र मदिरामा रोक लगाइएको थियो र आज बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रतिबन्धलाई मंसिरसम्म लम्ब्याउने निर्णय गरेको हो ।

    यसअघि कुरकुरे चिप्स लगायतका समान प्रकारका उत्पादन, मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थ, हिरा, मोबाइल फोन, ३२ इन्चभन्दा माथिको टेलिभिजन, २५० सीसीभन्दा माथिका जीप, कार, भ्यान र मोटरसाइकल, खेलौना र तास आयातमा रोक लगाइएको थियो ।

    देउवा सरकारलाई मधेश सरकारको काउन्टर: काँग्रेसका तिन मन्त्रि बर्खास्त

    मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तिन जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

    संघिय सरकारले जनता समाजवादी पार्टीका ४ जना मन्त्रीहरुलाई बिहिबार बर्खास्त गरेपछि, गठबन्धन सरकारको विरोध गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तिन जना मन्त्रीलाई बर्खास्त गरेका हुन्।

    मधेश प्रदेश सरकारमा नेपली काँग्रेसको तर्फबाट मन्त्रि बनेका, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई आज मधेश सरकारको मन्त्रिपरिषदबाट बर्खास्त गरिएको हो।

    madhesh sarkar
    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a7/

    नवौँ राष्ट्रिय खेलकुदको आज औपचारिक उद्घाटन

    नवौँ राष्ट्रिय खेलकुदको आज औपचारिक उद्घाटन पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

    पोखरालगायतका अन्य आठ जिल्लामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न आठ खेल सुरु हुँदैछ भने केहि खेलहरु उद्घाटन अगावै सुरु भइसकेका छन्। ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश र विभागीय लगायत ११ टोलीबाट ६,१५७ खेलाडी सहभागी हुँदैछन् । नवौं राष्ट्रिय खेलकुदमा पहिलोपल्ट १० तोला चाँदी र दुई तोला सुन जडित ‘राष्ट्रिय रनिङ ट्रफी’ बनाइएको छ ।

    rastriya khelkud pokhara

    उद्घाटन समारोहमा राष्ट्रिय गानमा नेपाली सेनाले ब्यान्ड सलामी सहित मार्चपास । मार्चपासकोको प्रस्तुति रहनेछ भने एपीएफका ९ जना, नवौं राष्ट्रिय खेलकुदको मस्कट ‘जरायो’ को भेषमा प्रस्तुत हुनेछन् । उद्घाटन समारोहमा आज विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिने पनि उद्घाटन समारोह समितिले जनाएको छ।

    विसं २०३८ भदौ २७ देखि असोज ४ सम्म पहिलोपटक राजधानी काठमाडौँमा सुरु भएको राष्ट्रिय खेलकुद हेरक दुई–दुई वर्षमा हुने भए पनि विभिन्न कारणले नियमीत रुपमा सञ्चालन हुन सकेन । राष्ट्रिय खेलुदको दोस्रो संस्करण विसं २०४० सालमा पोखरामा , विसं २०४२ मा तेस्रो संस्करण वीरगञ्जमा ,विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करण, विसं २०६५ मा काठमाडौँमा पाँचौँ संस्करण,विसं २०६८ मा छैटौँ संस्करण सुदूरपश्चिममा,विसं २०७३ मा विराटनगरमा सातौँ संस्करण र विसं २०७५ चैतमा, नेपालगञ्जमा आठौँ संस्करण सम्पन्न भएको थियो।

    संघिय सरकारको विरोधमा मधेश सरकार:मधेस प्रदेशमा सत्ता गठबन्धनका मन्त्रि हटाउने

    संघिय सरकारले जसपाका मन्त्रिहरु बर्खास्त गरेको विरोधमा मधेश प्रदेश सरकारले मधेश प्रदेशमा रहेका सत्ता गठबन्धनका सबै मन्त्रीहरु हटाउने तयारी गरेको छ।

    जसपाले गठबन्धन छाडेर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँगको समन्वयमा निर्वाचनमा जाने तयारी गरेपछि प्रधानमन्त्री देउवाले आज जसपाका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए। संघिय सरकारको कदमको विरोधमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका सत्तारुढ गठबन्धनका सबै मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेका हुन्।

    जसपाबाट मन्त्रि बनेका,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई आज संघिय सरकारको मन्त्रिपरिषदबाट बर्खास्त गरिएको थियो।

    मधेश प्रदेशमा कांग्रेसको तर्फबाट मन्त्रि बनेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा ,महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह ,मा‌ओ‌वादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह , गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण र एकीकृत समाजवादीको तर्फबाट उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादवलाई बर्खास्त गर्ने तयारी रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन् ।

    https://nepalrastriyadainik.com/%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%9a/

    जनता समाजवादी पार्टीका चार मन्त्रीहरु बर्खास्त

    प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार जना मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको छ ।

    जसपाले गठबन्धन छाडेर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँगको समन्वयमा निर्वाचनमा जाने तयारी गरेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको बताइएको छ।निर्वाचन आचारसंहिता लागू भइसकेकाले यसअघि मन्त्रीहरुलाई हटाउने विषयमा निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेका देउवाले आज जसपाका चारै जना मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको हो। तर निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीलाई बर्खास्त गर्न मिल्ने भएपनि राजनीतिक नियुक्ति गर्न भने नसकिने आयोगले बताएको छ ।

    जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव गठबन्धन सरकारको मन्त्रिपरिषदमा रहेका थिए ।

    त्यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन्। कानुन मन्त्रालयको कार्यभार, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ।

    president notice
    https://nepalrastriyadainik.com/%e0%a4%9c%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%b9%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%a8/

    ओलीको विभेदपूर्ण राजनीतिप्रति पार्टीभित्रै बसेर संघर्ष गर्छु: भिम रावल

    नेकपा एमालेका नेता भिम रावलले अध्यक्ष के पी शर्मा वलीको विभेदपूर्ण राजनीतिक चरित्र र अन्याय विरुद्द पार्टीभित्रै बसेर संघर्ष गर्ने बताउनुभएको छ।

    जिल्लाबाट एकल सिफारिस हुँदा पनि प्रतिनिधि सभामा आफुलाई अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका एमाले नेता-कार्यकर्ताको घोर अपमान भएको र पार्टीको हित र एकतामा आँच पुर्‍याएको उहाँले बताउनुभएको छ । नेता रावलले पार्टीमा विधि र अनुशासन कायम नरहेको र कुनै पनि विषयमा परामर्श नै नहुने गरेको भन्दै ,अध्यक्ष ओलीले आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम गर्नुभएको पनि बताउनुभएको छ।

    एमाले कसैको कम्पनी र व्यक्तिगत सम्पत्ति नभएको र एमालेसँग करोडौं जनता र कार्यकर्ताको भरोसा जोडिएको भन्दै, अहिलेको विकृत अवस्थाबाट पार्टीलाई बाहिर निकाल्न अन्तिम बिन्दुसम्म पनि पार्टीमै बसेर संघर्ष गर्ने र दक्षिणपन्थी र प्रतिक्रियावादीहरूसँगको एमालेको साँठगाँठ अन्त्य गर्ने बताउनुभएको छ।

    अध्यक्ष ओलीले आफ्नो बारेमा जति नै भर्म छरेर आरोप लगाएपनि आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफु लागिपर्ने पनि उहाँले बताउनुभएको छ।

    चितवन क्षेत्र न. ३ का उमेद्वार बिक्रम पाण्डेको उमेद्वारी खारेजिको मागसहित सर्वोच्चमा रिट

    चितवन क्षेत्र न. ३ का उमेद्वार बिक्रम पाण्डेको उमेद्वारी खारेजिको मागसहित सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ।

    अधिवक्ता अनिल आचार्यले दर्ता गर्नु भएको उक्त रिटमा राप्रपाका नेता पाण्डे लगायत काँग्रेस नेता विजयकुमार गच्छदारसहित ९ जनाको उमेद्वारी खारेजीको माग गरिएको छ।

    चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डे,सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले भ्रष्टाचार मुद्दा खेपिरहेका , सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका,महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या आरोपमा मुच्छिएको, रौतहट – ३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको,सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको र झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा अपचलनको मुद्दा खेपिरहेका कारण उनीहरुको उमेद्वारी खारेज हुनुपर्ने मागसहित आचार्यले सर्वोच्चमा रिट दायर गरेका हुन्।

    निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यता सम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरेको र कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएको भन्दै रिटमा संशोधनको माग समेत गरिएको छ ।

    उक्त रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ ।

    तरलता अभाव कम गर्न बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

    तरलता अभाव कम गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ।

    राष्ट्र बैंकले रिपो जारी गरेर बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने निर्णय गरेको हो । सात दिनको अवधिका लागि जारी उक्त रिपो कार्तिक ३ गते परिपक्क हुनेछ।

    चालु आर्थिक वर्षको सुरुवातदेखि नै तरलता अभाव खेपिरहेको बैंकहरुलाई यसअघि नै राष्ट्र बैंकले विभिन्न योजना र सुविधा अन्तर्गत कुल २२ खर्ब ५० अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको तरलता सुविधा उपलब्ध गराइसकेको छ।

    Repo Summary Results Regular 2079 80 upto 2079 06 27 page 0001

    मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन

    निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेद्वारी दिएका कुनै पनि उमेद्वार र राजनीतिक दलका बारेमा मत सर्वेक्षण नगर्न आह्वान गरेको छ ।

    आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि उमेद्वार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै पनि प्रकारको मत सर्वेक्षण गर्न वा परिणाम घोषणा गर्न नपाइने उल्लेख गरेको छ।

    निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेको अवस्थामा, आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर मत सर्वेक्षण गर्ने र नतिजा प्रकाशन गर्ने गरेको पाइएकोले, त्यस किसिमको कार्य गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ।

    साथै, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि आयोगले कारवाही गर्ने चेतावनी दिएको छ।

    nirwachan aayog mat sarwekshyan

    सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    बलात्कार आरोपी सन्दिप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    सन्दिपमाथी अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेकोमा काठमाडौं जिल्ला अदालतले ५ दिनको अनुमति दिएको हो।

    यसअघि पनि आश्विन २० गतेबाट गणना हुने गरेर ७ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो । अनुसन्धानको क्रममा उनलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान समेत लिएको छ ।

    लामिछाने विरुद्द १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा भदौ २१ गते काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a5%e0%a4%aa-%e0%a5%ad-%e0%a4%a6/

    चितवन क्षेत्र नं.३ मा एमालेको उमेद्वारी फिर्ता : कांग्रेसका बागी उमेद्वारलाई समर्थन

    नेकपा एमालेले चितवन क्षेत्र नं.३ बाट आफ्नो उमेद्वारी फिर्ता लिएको छ।

    एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेद्वारी रहेको चितवन क्षेत्र न, ३ मा, अन्तिम समयमा आएर पार्टीले नै उनको उमेद्वारी फिर्ता लिंदै नेपाली काँग्रेसका बागी उमेद्वार दिनेश कोइरालालाई समर्थन गरेको हो।

    चितवन ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादीका भोजराज अधिकारीले उम्मेद्वारी दिएका छन् भने, यस अघि पार्टी केन्द्रिय समितिको निर्णयको विरोध गर्दै स्थानिय निर्वाचनमा मेयरको लागि काँग्रेसबाट बागी उम्मेद्वारी दिएका प्राध्यापक एवं अधिवक्ता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेद्वारी दिएका छन्।

    मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित

    मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।

    २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेद्वारी दिएर नेकपा एमालेको समर्थनमा चुनाव जितेका मनाङेलाई यस पटक पनि कांग्रेस र एमाले दुवैले समर्थन जनाउँदै कुनै पनि उम्मेद्वारी दिएनन्। मनाङ्गेसँगै प्रतिस्पर्धीको रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका दोर्जे लामाले पनि मनाङ्गेलाई नै समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उनि निर्विरोध चयन भएका हुन्।

    यसअघि स्वतन्त्र उम्मेद्वारी जितेका उनि गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री समेत रहेका छन्।

    निर्वाचनको लागि २५ सय ५६ सवारी भाडामा

    आगामी निर्वाचनको लागि सरकारले २५ स ५६ वटा सवारी भाडामा लिने भएको छ।

    सवारीसाधन किन्न बजेट अभाव रहेको भन्दै अर्थ मन्त्रालयले १५ दिनका लागि २५ सय ५६ वटा सवारी भाडामा लिने तयारि गरेको छ। सरकारले निर्वाचनको लागि आवश्यक सवारीको अस्थायी व्यवस्थापन गर्ने गरि बजेट छुट्याएको छ।

    सरकारले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीलाई १ हजार ६0६ र सशस्त्र प्रहरीका लागि ९ सय ५० थान गरि कुल २ हजार ५ सय ५६ वटा चार पाङ्ग्रे सवारीसाधन भाडामा लिन सहमति दिएको छ । अर्थ मन्त्रालयले १५ दिनको लागि प्रतिसवारीको एक दिनको भाडा १० हजार हुने गरी २ हजार ५ सय ५६ वटा सवारीको लागि बजेट विनियोजन गरेकोमा, सुरक्षा निकायका अधिकारीले भने १५ दिनको सट्टा १० दिन कायम गरेर भाडामा लिइने सवारी संख्या बढाउने बताइएको छ।

    यसअघि अर्थ मन्त्रालयले निर्वाचन सुरक्षा बजेट व्यवस्थापनका क्रममा नेपाल प्रहरीका लागि १ सय ५० थान सवारी किन्न ७५ करोड रुपैयाँ र सशस्त्रलाई ५० थान किन्न २५ करोड रुपैयाँ निकासा गरेको थियो ।नेपाली सेनाले भने भाडामा सवारी आवश्यक पर्ने वा नपर्ने भन्ने जिम्मा सम्बन्धित जिल्लास्थित युनिटबाटै तय हुने जनाएको छ ।

    निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट

    प्रतिनिधिसभा तथा प्रदेश सभाको आगामी निर्वाचनको सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट गरिएको छ।

    २ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएकामा छनौट भएका १ लाख १५ हजार म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म निर्वाचन सुरक्षा सम्बन्धी तालिम प्रदान गरिनेछ। ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरि छनोट गरिएका म्यादी प्रहरीको कार्यावधि ४० दिनको रहनेछ। उनीहरुले तलब, भत्ता, रासन र पोसाकबापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ प्राप्त गर्नेछन्। हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई भने ज्याकेट किन्न थप १ हजार र यातायात खर्चबापत एक पटकका लागि १ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

    छनौट गरिएका मध्ये सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। जिल्लाको आधारमा सबैभन्दा बढी मोरङमा ३ हजार ६ सय १६ र सबैभन्दा कम मनाङमा २ सय २८ जना छनौट भएका छन्।

    निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिह्न वितरण गर्ने

    निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गर्नेछ।

    आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, दिउँसो ३ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ७ बजेभित्रमा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्नेछ।

    आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेको समयसम्म मतदान कार्य जारी रहनेछ।

    nomition date BRVOCSL5U7

    देउवाको उमेद्वारी विरुद्दको उजुरी खारेज

    प्रतिनिधि सभा सदस्यको लागि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको मनोनयन विरुद्द परेको उजुरी निर्वाचन आयोगले खारेज गरेको छ।

    निर्वाचन आयोगले देउवाको मनोनयन विरुद्द परेको उजुरी खारेज गरे संगै डेलधुरामा उनको उम्मेदवारी कायम रहने भएको छ । मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको र देउवाको मनोनयन विरुद्दको उजुरी कानुनसम्मत नदेखिएको भन्दै निर्वाचन आयोगले देउवाको उम्मेद्वारी कायम रहने जनाएको छ।

    नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति रहेकोले उनको उम्मेदवारी रद्द हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

    https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0/

    बागी उमेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

    सत्ता गठबन्धनको आज बसेको बैठकले बागी उम्मेदवारहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता गर्न निर्देशन जारी गरेको छ।

    गठबन्धनका शिर्ष नेताहरुबीचको आजको बैठकले गठबन्धनका उम्मेदवारहरु विरुद्द परेको बागी उम्मेद्वारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने चेतावनी समेत दिएका छन्।

    गठबन्धनका तर्फबाट शेर बहादुर देउबा, माधव कुमार नेपाल , पुष्पकमल दाहाल र चित्र बहादुर केसीद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा आश्विन २६ गते दिउँसो १ बजेभित्रमा उम्मेद्वारी फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ।

    gathabandhan

    युरोपको ऊर्जा संकटको फाइदा उठाउँदै अमेरिका

    युक्रेनमा जारी द्वन्द्वको कारण युरोपियन युनियनले उर्जा सङ्कट भोग्दै गर्दा, विश्व ऊर्जा बजारमा अमेरिकालाई हावी हुनदिन नहुने फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेले बताएका छन्।

    फ्रान्सको राष्ट्रिय सभालाई सम्बोधन गर्दै, रुस-युक्रेन द्वन्द अमेरिकी आर्थिक वर्चस्व र ईयूको कमजोरीमा समाप्त हुनु नहुने पनि उनले बताएका छन्। अमेरिकाले रुस युक्रेन द्वन्दको कारण सिर्जित युरोपको उर्जा सङ्कटको फाइदा उठाउँदा , तोकिएको भन्दा चार गुणा बढी मूल्यमा तरल प्राकृतिक ग्यास खरिद गर्नुपरेको उनले बताएका छन्।

    रुस- युक्रेन द्वन्द अगाडि युरोपमा सबैभन्दा बढी उर्जा रुसबाटै आयात हुने गरेको थियो। तर अमेरिका लगायत युरोपियन युनियन राष्ट्रहरुले रुसप्रति लगाएको प्रतिबन्ध र केहि समय अगाडी मात्र भएको नर्ड स्ट्रिम ग्याँस पाइपलाइन विस्फोटको कारण
    युरोपेली संघलाई रुसी ग्यास आपूर्तिमा उल्लेख्य कमी आएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%b8-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%87/

    जसपाका मन्त्रीहरु हटाउन प्रधानमन्त्रीको तयारी

    प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको बताइएको छ ।

    जसपाले गठबन्धन छाडेर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँगको समन्वयमा निर्वाचनमा जाने तयारी गरेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्री हटाउने तयारी थाल्नुभएको बुझिएको छ। जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई हटाउने तयारि गर्दै गर्दा,निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवाले निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेर निर्णय गर्ने गठबन्धनका नेताहरुले बताएका छन्।

    प्रधानमन्त्री देउवाले उनीहरुलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा पनि प्रमुख निर्वाचन आयुक्तसँग परामर्श गरेको स्रोतले जनाएको छ । तर आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीलाई बर्खास्त गर्न मिल्ने भएपनि राजनीतिक नियुक्ति गर्न नसकिने बताएको छ ।

    जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव गठबन्धन सरकारको मन्त्रिपरिषदमा रहेका छन्।

    प्रधानमन्त्रीसहित दर्जनौँ उम्मेदवार विरुद्द उजुरी

    साँझ ५ बजेसम्म आयोगले अन्तिम निर्णय गर्ने

    आगामी निर्वाचनको लागि मनोनयन पत्र दर्ता गराएका प्रधानमन्त्रीसहित दर्जनौँ उम्मेदवार विरुद्द निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगको निर्वाचन कार्यतालिका अनुसार हिजो दिउँसो ३ बजेको समयभित्र देशभरबाट मनोनयन दर्ता गराएका दर्जनौँ उम्मेदवार विरुद्द आयोगमा उजुरी परेको थियो।

    निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ बजेसम्म उजुरी उपर छानविन गरि राति ७ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ।

    आफ्नो उम्मेद्वारी फिर्ता गर्न चाहने उम्मेदवारहरुले भने भोलि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयबाट आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन भने दिउँसो ३ बजे आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर साँझ ७ बजेभित्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह उपलब्ध गराउनेछ

    https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0/
    https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0/

    कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी

    सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

    काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग सहित आयोगमा उजुरी दिएका हुन्।

    आयोगका प्रवक्ता शालिग्राम पौडेलले, गच्छदारविरुद्ध उजुरी आएको जानकारी गराउंदै, उक्त उजुरी निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएका छन्। जिल्ला निर्वाचन कार्यालय सुनसरीले पनि प्राप्त उजुरी उपर छानविन गरिने बताएको छ।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेकोमा,विशेष अदालतमा १० लाख धरौटी बुझाएर गच्छदार रिहा भएका थिए।

    संस्कृतिविद सत्यमोहन जोशीलाई डेंगु संक्रमण: आईसीयूमा राखेर उपचार गरिँदै

    संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ।

    ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत जोशीलाई डेंगु संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि आईसीयू कक्षमा सारिएको अस्पतालले जनाएको छ।

    लामो समयदेखि मुटु लगायत विभिन्न स्वास्थ्य समस्याले ग्रसित १०३ वर्षीय जोशीको स्वास्थ्यमा केहि सुधार देखिएतापनि पछिल्लो केहिदिन यता उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

    मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता

    अविरल वर्षासँगै आएको पहिरोले हुम्ला चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पुरिएको छ। पहिरोमा परि ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका अन्य ५ जना व्यक्तिको भने स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    त्यसैगरी, मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर ८ मा पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । छायानाथ रारा नगरपालिकामा पहिरोले दर्जनौँ घरमा क्षति पुर्याएको छ भने अन्य दर्जनौं घरहरुपनि जोखिममा रहेका छन्। अविरल वर्षाको कारण बालीनाली पूर्ण रुपमा नष्ट भएको छ भने केहि स्थानमा पुलहरु बगाउँदा यातायात सेवा अवरुद्द हुन पुगेको छ।

    त्यस्तै,कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा पहिरोमा परि मलामी गएका तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका छन्। तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा आएको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%9c%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%b0/

    सेन्ट्रल कीभमा मिसाइल आक्रमण

    रूसी क्षेप्यास्त्रहरूले सोमबार बिहान मध्य कीभका धेरै स्थानहरुमा एकैपटक आक्रमण गरेको छ।

    मेयर भिटाली क्लित्सकोले किभका बासिन्दाहरुलाई आश्रय खोज्न र राजधानी यात्रा नगर्न आग्रह गरेका छन् । शहरको महत्वपूर्ण पूर्वाधारहरुमा आक्रमण भएको उनले बताएका छन्।

    युक्रेनी आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले, युक्रेनको सुरक्षा सेवा (एसबीयू) को मुख्य कार्यालय रहेको भ्लादिमिरस्काया स्ट्रिटमा आक्रमण भएको बताएका छन्।

    युक्रेनले राष्ट्रपति पुटिनको जन्मदिनमा रुस र क्रिमिया जोड्ने पुलमा ट्रक विस्फोट गराएर पुलमा आक्रमण गरेपछि क्रेमलिनले य्क्रें विरुद्द झनै कडा रुपमा प्रस्तुत हुने र युक्रेनको सो कदमले युद्दलाई प्रश्रय दिएको बताएको थियो।

    सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    बलात्कार आरोपी सन्दिप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    गत बिहीबार पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंको आदेश अनुसार आश्विन २० गतेबाट गणना हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा उनलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान प्रक्रिया अगाडि बढाउनेछ।

    लामिछाने विरुद्द १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%87/

    उम्मेदवार विरुद्ध उजुरी दिने समय दिउँसो ३ बजेसम्म

    आगामी निर्वाचनका लागि प्रतिनिधिसभा उम्मेदवारहरु विरुद्द आज दिउँसो ३ बजेको समयसम्म उजुरी दिन सकिने छ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज दिउँसो ३ बजेको समयसम्म कुनै पनि उन्नेद्वार विरुद्द सम्बन्धित निर्वाचन कार्यालयमा उजुरी दाखिला गर्न सकिनेछ।

    उम्मेद्वारहरुको मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्वाचन आयोगले आश्विन २५ गते ५ बजेसम्म निर्णय गरी साँझ ७ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यसैगरी,आश्विन २६ गते दिउँसो १ बजेसम्म उम्मेदवारहरुले मनोनयन फिर्ता गर्न सक्नेछन भने २६ गते ३ बजेसम्म आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर साँझ ७ बजेभित्र उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्नेछ।

    nomition date BRVOCSL5U7

    देशभरबाट प्रतिनिधिसभामा २,४५२ र प्रदेशसभामा ३,३३६ जनाको उम्मेद्वारी

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि देशभरबाट २,४५२ र प्रदेशसभा सदस्यका लागि ३,३२६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले निर्धारण गरेको बिहान १० बजेदेखि अपराह्न ५ बजेको समयसम्ममा प्रतिनिधिसभा अन्तर्गत मनोनयन परेको २,४५२ जनामा २,२२३ पुरुष र २२९ महिला रहेको जनाएको छ। त्यसैगरी, प्रदेशतर्फ ३०,३९ जना पुरुष, २८६ महिला र १ अन्य गरि कुल ३,३२६ जनाको उम्मेद्वारी परेको जनाएको छ।

    आयोगले, केहि निर्वाचन क्षेत्रमा, निर्वाचन कार्यालमा उपस्थित रहेका केहि उम्मेदवारहरूको दर्ता कार्य जारी रहेकोले र कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले उल्लेख गरिएको संख्यामा केहि थपघट हुनसक्ने बताएको छ।

    नेटो र ईयू विरुद्ध फ्रान्समा विरोध प्रदर्शन

    फ्रान्सले नेटो र ईयू सम्बन्धी आफ्नो अडान परिवर्तन गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीहरूको ठूलो भीडले फ्रान्सको पेरिसमा विरोध र्‍याली गरेको छ ।

    प्रदर्शनकारीहरूले ‘प्रतिरोध’ र ‘फ्रेक्सिट’(फ्रान्सले युरोपियन युनियन छोड्नुपर्ने माग) लेखिएको ठूला ब्यानर बोकेर र्‍यालीमा सहभागी भएका थिए।

    सामाजिक सञ्जालमा प्रकाशित भिडियोका अनुसार प्रदर्शनकारीहरुले “नाटो र युरोपियन युनियनबाट बाहिर निस्कौं” भन्ने नारा समेत लगाएका थिए।
    उनीहरुले संसद भवन नजिक जुलुस निकाल्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पदच्युत गर्न पनि माग गरेका छन् ।

    प्रदर्शनकारीहरूले नाटोको “युद्धअपराध ” को निन्दा गर्दै, हाल भइरहेको आर्थिक संकट र उर्जा लगायत स्वास्थ्यमा देखिएका प्रतिबन्धहरु, युक्रेनको द्वन्द्वमा रूसमा युरोपियन युनियन र नेटोले लगाएको प्रतिबन्धको कारण भएको भन्दै सो कदमको निन्दा समेत गरेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्‍डारीलाई कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

    निरन्तर ज्वरो आउने , टाउको दुख्ने र वान्ता आउने समस्या भएपछी राष्ट्रपति भण्डारीलाई उपचारको लागि शुक्रबार शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा डेंगुको संक्रमण भएको आशंका गरिएको भएपनि अस्पतालले उहाँलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ।

    काँग्रेस चितवनको भुँइकटहर समुहबाट क्षेत्र न. ३ मा जगन्नाथ पौडेलको उम्मेद्वारी

    स्थानिय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेलले संघिय निर्वाचनतर्फ चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ। चितवन काँग्रेसले हिजोको कमि कमजोरी बाट धेरै ठुलो पाठ सिकिसकेको छ र आज तिनै काँग्रेस नेता कार्यकर्ताहरुको आग्रहमा आफुले उम्मेद्वारी दिएको भन्दै चितवन क्षेत्र नम्बर ३ मा आफ्नो जित सुनिस्चित भएको उहाँले बताउनुभएको छ।

    नेपाली काँग्रेस सुध्रिढिकरण अभियानमा लाग्नुभएका जगन्नाथ पौडेलले, नेपाली काँग्रेस केन्द्रिय कमिटिले गठबन्धनको नाममा पार्टीलाई कम्जोर बनाएको र विपिको आदर्श र नेपाली काँग्रेसको सिद्दान्तलाई बिर्सिएर पार्टीको मर्म र बिधान विपरित स्वेच्छाचारी ढंगले अगाडी बढ्दा २०७४ को निर्वाचनदेखि झन्डै एक दशक यता आउँदा पनि काँग्रेसले रुख चिन्हमा भोट हाल्न नपाउनु चितवन काँग्रेसको लागि दुर्भाग्य भएको बताउनुभएको छ। यो एक दशकको अवधिमा सिङ्गो एउटा पुस्ताले नै काँग्रेस र रुख बिर्सनुपर्ने परिस्थिति सिर्जना हुनु र काँग्रेस जस्तो देशकै ठुलो र पहिलो पार्टीले विचार र सिद्दान्त नै नमिल्नेहरुसंग कुम जोडेर हिंड्नुपर्ने अवस्था आउनुमा चितवन काँग्रेसको जिल्ला नेतृत्व र केन्द्रको कमजोरी भएको बताउनुभएको छ।

    हिजो काँग्रेस भएकै भरमा कुटाई खाएका र मारिएका काँग्रेस नेता कार्यकर्ताको परिवार र विपिको विचार र नेपाली काँग्रेसको आदर्श र सिद्दान्त मान्ने चितवनका तमाम काँग्रेसले कुन नैतिकताले माओवादीलाई भोट हाल्न सक्छन भनेर प्रश्न गर्दै, हिजो हामीले राम्रा नराम्रा जे गरेपनि अब आत्मसमीक्षा गरेर नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्ने र त्यसैको लागी काँग्रेस चितवनको अभिभावकत्व ग्रहण गर्दै र चितवन काँग्रेसका नेता कार्यकर्ताहरुको सल्लाहमा आफुले उम्मेद्वारी दिएको पनि उहाँले बताउनुभएको छ।

    केन्द्रमा बसेर गठबन्धनको नाममा स्वार्थ र भागवण्डाको राजनीति गरेका नेताहरुले देशको आर्थिक सामाजिक र राजनीतिक लगायत सम्पूर्ण क्षेत्र कम्जोर पारेको बताउंदै, अब आफ्नो गाउँ, टोल, समाज र सिंगो क्षेत्रको विकाशमा लाग्ने र अरुले जस्तो सिंगापुर बनाउने सपना र खोक्रो आशा नबाँड्ने तर साँच्चिकै चितवनलाई सम्वृद्ध बनाउन आफु लागी पर्ने नेता पौडेलले बताउनुभएको छ।

    सत्ता गठबन्धनको समर्थनमा घनश्याम भूसालको उम्मेद्वारी

    उम्मेद्वारी मनोनयनको १ दिन अघि,अन्तिम समयमा आएर पार्टीले टिकट नदिएपछि पार्टी नै परित्याग गरेका नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ।

    नेता घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारका रूपमा मनोनयनपत्र दर्ता गराउनुभएको हो। गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा माओवादीले नेता भूसाललाई समर्थन गरेको हो।

    आइतबार पत्रकार सम्मेलन गरेर उम्मेद्वारी दर्ता गराउनुभएका भूसालले आफुप्रति सदाशयता देखाइ दिएकोमा माओवादी पार्टीलाई धन्यबाद समेत दिनुभएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af/

    कपिलवस्तुमा मनाइयो मुहम्मद जयन्ती

    कपिलवस्तु, २३ आश्विन – कपिलवस्तु जिल्लामा रहेका मुस्लिम समुदायहरुले आज उत्साहजनक रुपमा मुहम्मद जयन्ती मनाएका छन् ।

    इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्मोत्सव पारेर आज देश भर रहेका मुस्लिम समुदायले र्‍याली सहित कपिलवस्तुमा मुहम्मद जयन्ती मनाएका छन् ।

    नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको र्‍याली कपिलवस्तु जिल्लाको कृष्णनगर , चन्द्रौटा, पकडी , तौलिहवा लगायातका बिभिन्न ठाँउमा परिक्रमा गरि तौलिहवाको खेल मैदानमा पुगेर कोणसभामा परिणत भएको थियो ।स्थानीय युवा तथा अग्रज व्यक्तित्वको सहभागितामा निकालीएको उक्त र्‍यालीमा देशभरबाट आएका मुस्लिम समुदायको सहभागिता रहेको थियो ।

    kapilbastu mohamad jayanti

    सभालाई सम्बोधन गर्दै, तौलिहवाका अध्यक्ष एवं मुस्लिम अगुवा अधिवक्ता राउफ अहमद खाँले,सरकारले संविधानमा उल्लेख गरेको मुस्लिम समुदायको रवि – उल्ल – अव्वलमा विगतका दिनहरुमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेर मुस्लिम समुदायहरुलाई अवहेलना गरेकोमा आक्रोश व्यक्त गर्दै,संबिधानको र्मम अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले विगतमा दिंदै आएको सार्वजनिक बिदाहरु संघिय सरकार र प्रादेशिक सरकारद्धारा सार्वजनिक विदाको सूचीमा समावेश गर्न माग समेत गरेका छन्।

    इस्लामिक क्यालेण्डरको तेस्रो महिना रवि – उल्ल – अव्वलको १२ तारिखको दिन विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले मनाउने गरेको उक्त धार्मिक कार्यक्रम नेपालमा पनि विगत लामो समयदेखि मनाइदै आएको धर्मगुरु हजरत मौलाना अलि हसन निजामिले बताएका छन् ।

    इमरान खान,कपिलवस्तु

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता आज

    निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारहरुले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

    आयोगले,सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधिले मनोनयनपत्र दर्ता गर्न सकिने जनाएको छ। निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची भने आयोगले आइतबार बिहान प्रकाशन गरेको छ। निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड, ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या रहेका छन्। निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%89%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be/

    समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक

    आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। समानुपातिकतर्फका लागि राजनीतिक दलहरूले बुझाएका सूची अनुसार आयोगले आज बिहान अन्तिम नामावली सार्वजनिक गरेको हो।

    प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फ ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए।

    बन्दसूचीमा समावेश उम्मेदवारहरूको नामावली:

    काठमाडौंका सबै क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार

    आगामी निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका दशवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंग्याएको छ । एमालेसँग तीन वटा निर्वाचन क्षेत्रमा चुनावी सहकार्य गरेको राप्रपाले काठमाडौंको सबै क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उम्मेदवारहरुको टुङ्गो लगाएको छ।

    राप्रपाले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली यसप्रकार रहेको छ।

    क्षेत्र नं १ : प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
    प्रदेसभा क – नवीन शाही
    प्रदेसभा ख- यज्ञ बहादुर शाह

    क्षेत्र नं २ :प्रतिनिधिसभातर्फ नवराज सिंखडा
    प्रदेशसभा क- सुनील केसी
    प्रदेशसभा ख- राजु विष्ट

    क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
    प्रदेशसभा क- चुण्डी लामा
    प्रदेशसभा ख- आनन्दराम थापा

    क्षेत्र नं ४ : प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
    प्रदेश्सभा क- ऋद्धि प्रताप जबरा
    प्रदेशसभा ख- पूण्यलाल श्रेष्ठ

    क्षेत्र नं ५: प्रतिनिधिसभातर्फ रामप्रसाद उप्रेती
    प्रदेशसभा क- राजेन्द्र प्रजापति
    प्रदेशसभा ख- नवीन खड्का

    क्षेत्र नं ६: प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
    प्रदेशसभा क- जगत सागर महर्जन
    प्रदेशसभा ख- चिरागमान सिंह कुँवर

    क्षेत्र नं ७: प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
    प्रदेशसभा क- रोजिना गुरुङ
    प्रदेशसभा ख- लालकुमार लामा

    क्षेत्र नं ८ : प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
    प्रदेशसभा क – केदार धमला
    प्रदेशसभा ख- उद्धव थापा

    क्षेत्र नं ९: प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
    प्रदेशसभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य
    प्रदेशसभा ख- दिलीप कार्की

    क्षेत्र नं १०: प्रतिनिधिसभातर्फ बलराम थापा
    प्रदेशसभा क- उमेश सापकोटा
    प्रदेशसभा ख- सूर्यबहादुर महर्जन

    रुसलाई क्रिमियासँग जोड्ने पुलमा विस्फोट

    रुसलाई क्रिमियासँग जोड्ने क्रिमियन ब्रिजमा विस्फोट भएको छ।

    क्रिमियन ब्रिजमा भएको ट्रक विस्फोटमा तीन जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ ।

    शनिबार बिहान क्रिमियन ब्रिजमा एउटा ट्रक विस्फोट हुँदा रेलवे लिकमा रहेका धेरै इन्धन ट्याङ्कीमा आगो लागेको थियो। सडक पुलको दुई स्प्यान भत्किएको र क्राइमियाबाट क्रास्नोडार क्षेत्रतर्फ जाने एकतर्फी लेन भने सुरक्षित रहेको बताइएको छ। पुलको सडक र रेलवे भागमा भने यातायात ठप्प रहेको छ। रुसी सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।

    यता रुसले भने उक्त घटनाले युद्दलाई थप आक्रामक बनाएको संकेत गरेको छ। रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले,क्रिमियन ब्रिजमा भएको विस्फोटको घटनाप्रति युक्रेनको प्रतिक्रियाले किभ शासनको आतंकवादी प्रकृतिलाई उजागर गरेको बताएकी छन्।

    एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालद्वारा पार्टी परित्याग

    एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ ।

    आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै,पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको भूसालले बताउनुभएको छ।

    सिङ्गो पार्टी के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले कैदी हुन पुगेको र पार्टीको गौरवलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै पनि आफुले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको नेता भूसालले बताउनुभएको छ।

    २०७४ सालमा रुपन्देही-३बाट उम्मेदवार बनेका भुषालको नाम यसपटक रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । तर उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि भूसाल पार्टीको उम्मेदवारको सूचीमा पर्न सकेनन्। त्यसो त ओलीले आफुसंग वैचारिक मतभेद राख्ने पार्टीका भिम रावल लगायत कसैलाई पनि यसपटक उम्मेदवारको सूचीमा राखेका छैन्नन।

    पाँच दलीय गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेद्वारीको तयारी
    एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका भुषालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी सुरु गरेको बताइएको छ। भुषाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने बुझिएको छ। सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा माओवादी केन्द्रले भुषाललाई सघाउन सकारात्मक रहेको बताइएको छ ।

    फेसबुकमा सार्वजनिक भूसालको पार्टी परित्यागको घोषणा :


    देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु ।
    कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।
    घनश्याम भूसाल
    मणिग्राम, रुपन्देही
    २०७९ असोज २२

    जुम्लाको पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

    जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ।

    प्रहरीका अनुसार बिहान करिब ३–४ बजेको समयमा घरमाथि पहिरो खसेर एकै परिवारका गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

    पहिरोमा परि घाइते भएकाहरुलाई उद्दार गरि उपचारको लागि अस्पताल लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%a8/

    विश्व व्यवस्थामा अमेरिकी शक्तिको प्रभाव खस्कंदै

    अमेरिकी विरोधका बाबजुद पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र यसका सहयोगी राष्ट्रहरूले तेल उत्पादनमा अपेक्षाभन्दा ठूलो मात्रामा कटौती गर्न सहमती जनाएका छन्। विज्ञहरूले भने ओपेकको यो कदमले विश्व व्यवस्थामा अमेरिकी शक्तिको प्रभाव खस्कंदै गएको पुष्टि भएको र यो कदमले ओपेक सदस्य राष्ट्रहरू र अमेरिकाबीचको दुरी थप बढाउने बताएका छन्।

    मुद्रास्फीति विरुद्ध आलोचना खेपिरहेको बाइडेन प्रशासनलाई,ओपेकको यो निर्णयले आगामी मध्यावधि चुनाव अघि थप राजनीतिक दबाबको सामना गर्नुपर्ने देखिन्छ भने ऊर्जाको मूल्य बढेर युरोपको आर्थिक अवस्थालाई पनि नराम्रो असर पार्ने विज्ञहरूले बताएका छन् ।अमेरिकी शक्तिको पक्षपोषण गर्दै आइरहेको युरोपेली राष्ट्रहरुलाई यो निर्णयले आर्थिक र सामाजिक रुपमा थप कम्जोर पार्ने अनुमान गरिएको छ।यहि कारणले पनि पछिलो समय अमेरिकाको निर्णय मान्ने र नमान्ने भन्नेमा युरोपिली मुलुकहरुबीच नै मतभेद स्पष्ट रुपमा सतहमा देखिन थालेको छ।

    ओपेक र यसका सहयोगी राष्ट्रहरूले तेल उत्पादनमा दैनिक २० लाख ब्यारेल तेल कटौती गर्ने निर्णय गरेका छन् , जुन विश्वव्यापी तेल आपूर्तिको २ प्रतिशत बराबर हुन जान्छ। ओपेकको यो निर्णय लगत्तै विश्व बजारमा तेलको मूल्य वृद्धि भएको छ। कच्चा तेल ८५.१४ डलर बात बढेर बढेर $९३.४३ प्रति ब्यारेल पुगेको छ।

    डिजिटल-रियल इकोनोमी इन्टिग्रेशन फोरमका उपमहासचिव हु किमुले,अमेरिकाले आफ्नो रणनीतिक फोकस मध्य पूर्वबाट एसिया प्रशान्त क्षेत्रमा सार्दै गरेको पृष्ठभूमिमा, मध्य पूर्वका देशहरू पहिलेको जस्तो भूराजनीतिक संरक्षणको लागि अमेरिकामा भर पर्नुपर्ने कुनै पनि अवस्था नरहेको बताएका छन्।

    अमेरिकी नीतिहरू बढ्दो आत्म-केन्द्रित हुँदै गइरहेका र उनीहरूले अन्य देशहरूको पतनको जगमा आर्थिक विकास निर्माण गरिरहेको पनि उनले बताएका छन्। विश्लेषक हरुले पनि,विगतमा अमेरिकी राष्ट्रिय शक्तिको वर्चस्वको वरिपरि धेरै देशहरू रहेपनि, विश्व व्यवस्था डगमगाएको आजको परिवेशमा कम्जोर अन्तराष्ट्रिय विदेश नीति र मुद्रास्फीतिजस्ता आर्थिक समस्याले अमेरिकी शक्ति खस्कँदै गएको बताएका छन्।

    तस्विर : फाइनान्सियल टाइम्स

    गठबन्धन बाहिर जसपा :एमालेसंग चुनावी तालमेल

    प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच छलफल चलिरहेको बेला जसपाले भने एमालेसँग चुनावी सहमतिको छलफल अगाडी बढाएको छ। गठबन्धनको बैठक छोडेर यतिबेला जसपा अध्यक्ष यादव बालकोट छलफलमा व्यस्त रहेका छन् । गठबन्धनभित्र आफु अनुकुल निर्णय नहुने र सम्मानजनकरुपमा सिट बाँडफाँट नहुने देखेपछि, अघिल्लो साता नै जसपाले सबै दलहरुसँग चुनावी तालमेल गर्नका लागि मार्ग खुला गर्ने निर्णय गरेको थियो।

    गठबन्धनमा रहेर मधेसमा १६ सहित २४ सीटको दावी गर्दै आएको जसपाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका र एमालेसंग करिब २० देखि २२ सिटसम्म सहकार्य गर्ने गरि चुनावी तालमेलको गृहकार्य अगाडी बढाएको छ।

    गठबन्धनबाहिर समानान्तर रुपमा चुनावी तालमेलको रणनीति लिएर अन्य दलसंग छलफल र सहकार्यको मार्ग खुल्ला राखेको जसपाले लोसपासंग पनि सहकार्य गरेर चुनावी तालमेल अगाडी बढाउने बुझिएको छ। अन्तिम समयमा आएर उपेन्द्र यादवले लिएको युटर्नले यतिबेला गठबन्धनका बाँकी दलहरुलाई भने अप्ठेरोमा पारेको देखिन्छ। यता गठबन्धनका नेताहरु यादवलाई फकाउने कसरतमा लागेका छन् भने अर्कोतर्फ यादव आफैँ गठबन्धन बाहिरको समानान्तर सहकार्यमा नयाँ चुनावी तालमेलको रणनीतिमा अघि बढिसकेका छन्।

    अमेरिकाले किभको अपराधमा आफ्नो संलग्नता स्वीकार गर्नुपर्छ:मारिया जाखारोभा

    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले ,युक्रेनको स्थितिमा शासन परिवर्तनदेखि लिएर ग्याँस पाइपलाइन विस्फोट गर्ने उद्देश्यसम्म अमेरिकी विदेश मन्त्रालयले आफ्नो संलग्नता स्वीकार गर्ने समय आएको बताएकी छन्।

    युक्रेन युद्ददेखि नर्डस्ट्रिम ग्याँस पाइपलाइन विस्फोटसम्मका सम्पूर्ण घटनाहरुमा आमेरिकाले आफ्नो वास्तविक संलग्नताको बारेमा ठूलो स्वरमा, स्पष्ट रूपमा बोल्ने समय आएको उनले बताएकी छन्।

    अमेरिकाले धेरै वर्षदेखि किभ शासनलाई निर्देशन, संरक्षण र नेतृत्व गरेको र युक्रेन लगायत अन्य देशहरुमा पनि के गरेको छ भन्ने साझा जिम्मेवारीको प्रश्न रहेको पनि उनले बताएकी छन्।

    दशैंको टिकाको उत्तम साइत बिहान ११ : ५१ बजे

    बडा दशैं २०७९ को टिका तथा प्रसाद ग्रहणका लागि ११ : ५१ बजेको साइत उत्तम रहेको छ।

    दशमी अर्थात टिकाको दिन दुर्गा विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । देवी विसर्जनको साइत बिहान १० : ३४ बजे उत्तम रहेको छ भने टिका तथा प्रसाद ग्रहणका लागि ११ : ५१ बजेको साइत उत्तम रहेको छ।

    टिकाको दिन मान्यजन र आफन्तको हातबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । दशैंको टिका दशमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने शास्त्रीय मान्यता रहेको छ । तर केहि मानिसहरुले भने दशमीको एक दिन मात्र दशैं को टिका लगाउने गरेको पनि पाइन्छ।

    rajan sir

    राजन भुजेल, काठमाडौँ
    नेपाल राष्ट्रिय दैनिक

    बाबुराम भट्टराईको चुनाव नलड्ने घोषणा

    पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आसन्न निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ। प्रिय गोरखा, भन्दै गोरखाबासीको नाममा आज ट्विटर मार्फत सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो।

    ट्विटर मार्फत सम्बोधन गर्दै भट्टराईले लेख्नुभएको पत्र :

    प्रिय गोरखा,
    २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी,दाजुभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु।

    आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
    मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही सुरु भएका आयोजना पूरा हुन बाँकी छन्। बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमुना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।

    २०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने/जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखेँ र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।

    चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन। कतिपय मानिसहरूले जानेर/नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।

    म सबै गोरखाली दिदीबहिनी दाजुभ इहरूलाई विश्वास दिलाउन चाहन्छु, मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ। म त्यहाँ साथमा हुनेछु।
    आसन्न बडादसैँ, तिहार, नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !

    दशैँ दशा नबनोस…..

    यतिबेला सिङ्गो देश दशैँमय बनेको छ। घर भन्दा पर रहेका नेपालीहरु पनि दशैं मनाउन आ-आफ्नो गाउँघर फर्किएका छन्। हरेक नेपालीको घरमा दशैँको रौनक छाएको छ। दशैँ भन्ने वित्तिकै मलाई पनि खसीको कान पोलेर खाएको त्यो बालापनको याद आउँछ। हाम्रो नेपाली समाजमा दशैँ र खसी एक-अर्काको पर्याय जस्तै बनेको छ।त्यसमाथी पनि पछिल्लो समय जमघट वा रमाइलो गर्ने वा कुनै पर्व या उत्सव मनाउने भन्ने वित्तिकै मदिरा र मासु अपरिहार्य जस्तै बनेको छ। कहिलेकहिँ त अब साँच्चिकै रमाइलोको शाब्दिक अर्थ नै परिवर्तन गर्नुपर्ने हो कि भन्ने जस्तो पनि लाग्छ। यस्तो लाग्छ, कि सायद हामीले मदिरा र मासु बिना त रमाइलो गर्न नै बिर्सिसक्यौं।

    त्यसमाथी पनि दशैँ भनेपछि आजकल प्राय हरेकको घरमा खसी काट्ने प्रचलन छ। म सानो-सानै छँदाको कुरा हो, त्यतिबेला, गच्छे अनुसारको चाडपर्व मनाउँ भन्ने कुरा रेडियो, टिभीमा पनि व्यापक सुन्न र हेर्न पाइन्थ्यो। त्यस्तै सन्देश दिने खालको मह जोडीको सिरियल पनि आउंथ्यो। सायद अहिले सबैको गच्छे बढेर होकी न कतै त्यस्तो सन्देश सुनिन्छ न त्यस्तो सिरियल नै देख्न पाइन्छ। त्यसैले पनि होला आजकल प्राय सबैको घरमा दशैँमा खसी काट्ने गरेको देखिन्छ। नेपालीको जिवनस्तर सुधार हुँदै जानु र जीवनयापन गर्ने शैलीमा विकास हुनु समाजको एउटा निकै सुन्दर पक्ष मान्छु म। दशैंमा खसी काट्ने कुरा पनि कहिंकतै दशैँकै एउटा पाटो मान्न सकिन्छ। तर दशैंमा हरेक घरमा खसी काट्ने कुरा परम्पराकै शैलीमा अघि बढ्दै गर्दा भोलि कहिंकतै(श्राद्धमा बिरालो बाँध्ने भनेजस्तै ) हाम्रो संस्कृतिको नाममा कुरीति सृजना नहोस ।

    संस्कृति र परम्परा आफ्नो ठाउँमा ठिकै होलान। तर सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो स्वास्थ्य हो। चाडपर्व , उत्सव र भोज भन्ने वित्तिकै हामीकहाँ विभिन्न परिकार बन्ने गर्छ। अनि हामीलाई चाख्न मात्र भएपनि थोरै-थोरै पाकेको जति सबै खानेकुरा खानुपर्छ। त्यसमा पनि दशैँको बेला मासुको परिकार धेरै हुने गर्दछ। तसर्थ हामीले हाम्रो स्वास्थ्यको निकै ख्याल गर्नुपर्दछ। अझ खासगरी बच्चाबच्ची, बुढाबुढी र दीर्घ रोगी मानिसहरुले यो बेला खानेकुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ। हामी आज दशैँ भएर त हो, भोलीबाट कसले खान्छ र भनेर अलि बेसि र शरीरलाई फाइदा नगर्ने चिज पनि खाइरहेका हुन्छौँ। कहिले मदिरा सेवन नगर्नेले पनि दशैँमा त खानुपर्छ भनेर परिवार र साथीभाइको लह-लहैमा मदिरा सेवन गर्छौं। यस्तो बेला सँधै खाइरहनेलाई भन्दा झन् त्यो नखाइरहनेलाई धेरै असर गर्छ। किनकी हाम्रो शरीरले ति चिजहरुलाई पहिला फेस गरेकै हुँदैन र शरीरलाई ति चिजहरुसंग एकैपटक एड्जस्ट गर्न गाह्रो हुन्छ। अरुबेला खाइरहनेहरुले पनि दशैँ त हो नि , रमाइलो गर्नुपर्छ भन्ने हिसाबमा आफ्नो शरीरले धान्ने भन्दा बढी खानु भने हुँदैन,चाहे त्यो मासु होस् या मदिरा। त्यसमाथी पनि मदिरा सेवन गरेर सवारी चलाउने र रमाइलोको नाममा घुम्न निस्किने, अझ भनौँ एकछिन हावा खान निस्किने भन्ने तपाइँ हाम्रो बानीले दुर्घटना निम्त्याउन सक्छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउंदा दशैँ दशा बन्न सक्छ, यसबारे पनि हामि सचेत हुनु जरुरि छ।

    त्यस्तै अर्को कुरा, हामि दशैँमा माछा मासु पकाउँदा मिठो बनाउने र पक्कु लगाउने भनेर धेरै थरिका मसला प्रयोग गर्ने गर्छौं, धेरै तेल हालेर मासु तार्छौं। अत्याधिक मसला र चिल्लो भएका खानेकुरा खाँदा त मिठै होला तर यसले शरीरमा निकै खराब असर पुर्‍याउँदछ। त्यसैले सकभर कम मसला र कम तेलको प्रयोग गरेर खानेकुरा बनाउँ। अझ अहिले साथीभाइ जम्मा भएर बार्बीक्युको नाममा मासु पोलेर खाने जुन गरिन्छ त्यो झन् स्वाथ्यको लागि सबैभन्दा घातक हुन्छ। अर्को महत्वपूर्ण कुरा भनेको, चाख्ने भन्दै खसि, कुखुराको मासु र माछा १-२ पिस गरेर एकैपटकमा सबै प्रकारको मासु खानु पनि स्वास्थ्यको लागि घातक हुन्छ । त्यसमाथी पनि मुटु रोग ,उच्च रक्तचाप, मधुमेह र युरिक एसिड जस्ता रोग लागेका मानिसहरुले मासु सेवन गर्दा अझ विशेष ख्याल गर्नुपर्ने हुन्छ। दशैंको बेला प्राय मासु एकैपटक बनाएर फ्रिज गरेर राख्ने र पटक-पटक तताउँदै खाने गरिन्छ। यसले मासुलाई झनै विषाक्त बनाउँछ। त्यस्तो मासु खाँदा एकातर्फ खानाको पौष्टिक तत्व नष्ट हुने र अर्कोतर्फ फुड पोइजन समेत हुन सक्छ। त्यसको सट्टा बरु काँचो मासु नै फ्रिज गरेर राख्ने र आवश्यकता अनुसार मात्र थोरै-थोरै पकाउने गर्नुपर्दछ। मासु सँगै हरियो सागसब्जी र अन्य तरकारी पनि पकाएर, मासु र सागसब्जी व्यालेन्स मिलाएर खाएमा केहि हदसम्म त्यसले निकै राम्रो फाइदा गर्छ। मासुको तुलनामा सागसब्जीको पाचन प्रक्रिया छिट्टो हुने हुँदा मासुसंगै सागसब्जी मिलाएर खाँदा पाचन प्रक्रिया छिट्टो हुन्छ।

    तसर्थ, दशैँ त हो नि भनेर आफ्नो शरीरलाई नै अपाच्य हुने गरि मासु र मदिराको प्रयोग नगरौँ। सकभर मासु र मदिराको प्रयोग निकै न्यून मात्रामा गरौँ। फलानोको घरमा खसी काटेको छ रे भनेर , देखाउनकै निम्ति ऋण धन गरेर होइन, आफ्नो गच्छे अनुसार रमाइलो गरेर दशैँ मनाउँ। दशैँ, दशैँ जस्तै रहोस, कसैको दशा नबनोस्। दुर्गा भवानीको कृपा र आशिर्वादले यो दशैँ सुखद र हर्षोल्लासका साथ् बितोस। तपाइको जीवन सुखी र खुसी रहोस्। विजया दशमीको शुभकामना !

    रुसको नयाँ सिमा निर्धारण: विधानसभामा सन्धि सम्झौता

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभिएका चारवटा नयाँ क्षेत्रहरूलाई समाहित गर्दै चारवटा नयाँ सन्धि सम्झौता अनुमोदनका लागि विधान सभामा पेश गरेका छन्।

    रुसको संवैधानिक अदालतले मान्यता दिएको उक्त सन्धि सम्झौता अनुसार युक्रेनका चारवटा भूभागहरुलाई रुसले आफ्नो भूभागको मान्यता दिएको छ। जनमतसंग्रह पछिको यो सन्धि सम्झौतासँगै अब युक्रेनका तत्कालिन ति चार क्षेत्रहरुको सिमाना रुसको युक्रेनसंगको सिमानाको रुपमा कायम हुनेछ।

    यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्र र जापोरोज्ये र खेरसन क्षेत्रका प्रमुखहरूले रुससँग यी क्षेत्रहरू एकीकरण गर्ने सन्धिमा हस्ताक्षर गरेका थिए।

    निर्वाचनमा कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

    निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरुले गर्न पाउने खर्चको सिमा निर्धारण गरेको छ।

    आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अन्तर्गत रहेर उम्मेदवारहरुको खर्चको सिमा निर्धारण गरेको हो। खर्चको सिमा निर्धारण गर्दा आयोगले,

    • २०७९ साल भाद्र ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार,
    • मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत भार,
    • र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भारलाई आधार बनाएको छ।

    आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको हकमा ५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ भने १७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने जनाएको छ ।५२ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको सिमा ३१ लाख रुपैयाँ कायम गरिएको छ भने २६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको छ ।

    समानुपातिकतर्फका उम्मेदवारहरुको हकमा भने प्रतिनिधिसभा सदस्यको निर्वाचनतर्फ २ लाख र प्रदेशसभाको उम्मेदवारको हकमा १ लाख ५० हजार रुपैयाँको सीमा निर्धारण गरिएको छ।

    nirwachna aayog kharccha
    nirwachan aayog kharcha 1

    बेलायती नागरिकहरूले बढ्दो मूल्यको विरोधमा ऊर्जा बिलहरू जलाए

    ऊर्जाको मूल्यवृद्धिको विरोध गर्दै हजारौं बेलायती नागरिकहरूले आफ्ना ऊर्जा बिलहरू जलाएका छन् ।

    बेलायतका विभिन्न शहरबाट निस्किएको नागरिकहरुको र्‍यालीले ऊर्जाको बिल जलाएर विरोध प्रदर्शन गरेका थिए । प्लेकार्ड र ब्यानर सहित प्रदर्शनमा उत्रिएका मानिसहरूले शहरका विभिन्न क्षेत्रमा सरकार विरोधी नाराबाजी समेत गरेका थिए।

    नयाँ ऊर्जा मूल्यले प्रति घरपरिवारको बिल औसत £१९७१ बाट वार्षिक रूपमा £२५०० मा वृद्धि गरेपछि विरोध प्रदर्शन सुरु भएको हो। यता उर्जा अधिकारीहरूले भने आगामी वर्ष ऊर्जा बिल बढेर £ ६५०० सम्म पुग्न सक्ने अनुमान गरेका छन्।

    रुस युक्रेन युद्दलाई लिएर नाटो राष्ट्रहरुले रुसलाई लगाएको आर्थिक प्रतिबन्धसँगै युरोपियन मुलुकहरुमा उर्जा संकट बढ्दै गएको छ भने उर्जाको मूल्य इतिहासकै उच्च कायम हुन पुगेको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/

    उम्मेद्वारी दर्ता गर्दा आवश्यक योग्यता,कागजात र प्रकृया के-के हुन् ?

    निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचनको कार्यक्रम तालिका अनुसार आश्विन २३ गते सम्बन्धित निर्वाचन कार्यालयमा गएर उम्मेद्वारी मनोनयन दर्ता गर्न सकिने उल्लेख गरिएको छ। आयोगले निर्वाचनमा उम्मेद्वारी दर्ता गराउनको लागि आवश्यक योग्यता, कागजात र प्रक्रिया समेत निर्धारण गरेको छ।

    आयोगले सार्वजनिक गरेको योग्यता अनुसार संघीय कानुनले अयोग्य नभएका २५ वर्ष उमेर पुगेका र कुनै पनि लाभको पदमा बहाल नरहेका नेपाली नागरिकले सम्बन्धित निर्वाचन कार्यालयमा गएर आफ्नो उम्मेद्वारी दर्ता गराउन सक्नेछन्।

    त्यसैगरी, उम्मेद्वारी दर्ता गर्दा उम्मेदवारको नागरिकता र मतदाता परिचयपत्रको प्रतिलिपि,मतदाता नामावलीमा नाम भएको निस्सा, धरौटी रकम जम्मा गरेको रसिद, सम्पति विवरण,व्यक्तिगत विवरण र निर्वाच निर्देशिका २०७९ अनुसार भरेको अनुसूची फारम भरेर पेश गर्नुपर्ने आयोगले जनाएको छ।

    उम्मेदवारी दर्ता गर्दाको बखत सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको दुई जना अलग व्यक्तिले उम्मेदवारलाई प्रस्तावक र समर्थकको रुपमा समर्थन गर्नुपर्ने हुन्छ।

    aaaaa election requirement
    aaaaa nomination requirement

    आयोगद्वारा निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक

    निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरको छ।

    आयोगले सार्वजनिक गरेको तालिका अनुसार आश्विन २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने छ र सोहि दिन आयोगले उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने छ।

    आश्विन २४ गते उमेद्वारहरुको विरुद्द उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ भने, २४ गते र २५ गते मनोनयन र उजुरी उपर छानविन गरि २५ गते राति ७ बजेसम्म आयोगले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्नेछ।

    आफ्नो उम्मेद्वारी फिर्ता गर्न चाहने उम्मेदवारहरुको लागि २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसैगरी, २६ गते ३ बजेसम्म आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र २६ गते नै राति ७ बजेभित्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ।

    आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार मंसीर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया जारी रहने छ।

    aaa nomination requirement

    नेपालका लागि अमेरिकी राजदूतमा डिन आर थम्प्सन नियुक्त

    डिन आर थम्प्सन नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भएका छन् ।

    वैदेशिक विभागमा करीब तीन दशक काम गरेका थम्प्सन नेपालका लागि राजदूतको रूपमा नियुक्त गरिएको हो। शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका थम्प्सन पूर्व राजदूत र्यान्डी बेरीकाे स्थानमा आउन लागेका हुन् ।

    अमेरिकी स्टेट डिपार्टमेन्टको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरेका डीन आर. थम्पसनले सन् २०२० देखि २०२१ सम्म सोही क्षेत्रमा कार्यवाहक सहायक सचिवको भूमिकामा रहेर काम गरेका थिए। थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन र रोमानियाको बुखारेस्टमा रहेको अमेरिकी दूतावासको डेपुटी चिफ अफ मिसन र चार्ज डी अफेयर्सको रुपमा पनि कार्यरत थिए।

    थम्पसनले भारतको कोलकातामा रहेको अमेरिकी महावाणिज्य दूतावासका महावाणिज्य दूतका रुपमा पनि कार्य गरेका छन्। उनले अमेरिकी दूतावास,श्रीलंकाको आर्थिक सल्लाहकार र अमेरिकी दूतावास पाराग्वे र बंगलादेशमा रहेर पनि काम गरेका छन्।

    नेशनल वार कलेजमा विद्यार्थीको रूपमा राज्य विभागको प्रतिनिधित्व गरेका थम्प्सनले राज्य विभागको कार्यकारी सचिवालय स्टाफको निर्देशक, राज्य विभाग अपरेशन सेन्टरको उपनिर्देशक, अपरेशन सेन्टर क्राइसिस म्यानेजमेन्ट स्टाफको निर्देशक र कार्यकारी सचिवालयको लागि सूचना स्रोत व्यवस्थापनका लागि उपनिर्देशकको रूपमा समेत काम गरेका छन्।

    नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने बताइएको छ ।

    चितवनमा नेपाली काँग्रेस भुइँकटहर समुहको चुनावी अभियान: दशैंको शुभकामाना र चियापान कार्यक्रम

    नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले रुख चिन्हमा मतदान गर्न पाउनुपर्छ भन्दै स्थानिय निर्वाचनमा पार्टी केन्द्रिय कमिटिको गैर जिम्मेवारीपूर्ण निर्णयको अवज्ञा गरेर कांग्रेस बचाउ अभियानका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको नेपाली काँग्रेसको भुइँकटहर समुहले आज पश्चिम चितवनको चनौलिमा दशैँको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

    उक्त कार्यक्रममा उपस्थित जनसमुदायबीच आगामी निर्वाचनको तयारीका सन्दर्भमा विचार विमर्श तथा अन्तरक्रिया समेत गरिएको आयोजक समितिले जनाएको छ।

    स्थानिय निर्वाचनमा भरतपुर महानगरमा मेयरको उम्मेद्वारी दिनुभएका काँग्रेस नेता जगन्नाथ पौडेल, चितवन जिल्लाका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा, काँग्रेस नेता भिम बहादुर गुरुङ , शम्भु भण्डारी, तरुणदल चितवनका पूर्व सचिव आनन्द राउत र २०७४ को निर्वाचनमा काँग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेद्वारी दिएका प्रवेश अधिकारी लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचनमा कसरि अगाडी बढ्ने भन्ने विषयमा आफ्नो विचार राख्दै चुनाब जित्नको लागि आवश्यक रणनीतिहरुको बारेमा छलफल गर्नुभएको,आयोजक, नेपाली काँग्रेस सुदृढिकरण अभियानले जनाएको छ । नेपाली काँग्रेस भएर रुखमा भोट हाल्न पाउने वातावरणको निर्माण गर्न र पार्टी सुध्रिढिकरणको लागि सुरुवात गरिएको अभियानप्रति चितवनका काँग्रेसीहरुको साथ बढ्दै गएको र स्थानिय निर्वाचनपछि झन् धेरै कांग्रेसीहरु खुलेर आफ्नो अभियानको पछाडी जोडिएको भन्दै, आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारको पराजय निश्चित भएको पनि उहाँले बताउनुभएको थियो ।

    नेपाली काँग्रेस चितवनका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटाले पनि,चुनाब आफ़ुहरुलेनै जित्ने दावी गर्दै, प्रजातन्त्र र देशका खातीर छातीमा गोलि थाप्न र जेल जान तयार चितवनका काँग्रेसले नै अब चितवन काँग्रेसको रक्षा गर्ने जिम्मेवारी बोकेर अगाडी बढ्नु पर्ने बताउनुभएको थियो ।

    बीपीको आदर्श र नेपाली कांग्रेसको सिद्दान्तको धज्जी उडाएर, हिजो काँग्रेसप्रति आस्था राखेकै भरमा नेपाली कांग्रेसका नेता कार्यकर्तालाई छानीछानी कुट्ने र मार्ने माओवादीसँग स्वार्थपूर्ण गठबन्धन गरेर पार्टी सभापति देउवाले नेपाली काँग्रेसप्रति आस्था राख्ने तमाम नेपालीको आस्थामाथि प्रहार गरेको, नेपाली काँग्रेस सुध्रिढिकरण अभियान चितवनले बताएको छ।

    लाल मोहम्मद हत्यामा संलग्न तीन जना सार्वजनिक

    काठमाडौंको गोठाटारमा लाल मोहम्मद अन्सारीको गोली हानी हत्या गर्ने समूहका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    प्रहरीले सार्वजनिक गरेका तीनजनामा वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङ रहेका छन् । हत्या योजना बनाएको र हतियार व्यवस्थापनमा सहयोग गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेकाको बयानको आधारमा थप अनुसन्धान अगाडी बढाउने प्रहरीले जनाएको छ।

    आश्विन ३ गते मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरि लाल मोहम्मदको हत्या गरेका थिए।

    प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई पत्रकार महासंघको आग्रह

    आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री अनुगमन गर्न सेना र प्रहरीसमेत परिचालन गर्ने गरि गठन गरेको प्रेस अफिस प्रति पत्रकार महासंघले आपत्ति जनाएको छ।

    सञ्चारमाध्यममा संप्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र संविधानले प्रत्याभूत गरेका अधिकार खोस्ने अधिकार आयोगलाई नभएको भन्दै उक्त निर्णय तत्काल सञ्चाउन माग गरेको छ।

    संविधानले परिकल्पना गरेभन्दा विपरीत, निर्वाचन आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रता माथि नियन्त्रण गर्ने खोजेको भन्दै पत्रकार महासंघले आयोगको निर्णयको चर्को आलोचना गरेको छ।

    आयोगले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरि गरेको निणर्य तत्काल सच्याई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै ,संविधानले प्रत्याभूत गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ र ‘अभिव्यक्ति स्वतन्त्रता’ लाई सशस्त्र निकायको संलग्नतामा नियन्त्रण गर्न खोज्ने आयोगको निणर्यको नेपाली सञ्चार क्षेत्रले प्रतिवाद र अवज्ञा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    निर्वाचन आयोगले, निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने आयोगको प्रेस अफिसबाट हुने भन्दै आज आयोगमा प्रेस अफिस उद्घाटन गरेको हो।

    patrakar mahasangh page 0001

    बडा दशैँको उपलक्ष्यमा श्री ५ ज्ञानेन्द्रको शुभकामना सन्देश

    श्री ५ ज्ञानेन्द्रले बडा दशैँ २०७९ को उपलक्ष्यमा आज भिडियो मार्फत शुभकामना सन्देश प्रदान गर्नुभएको छ।

    दशैंले देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुमा शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ।

    देशको वर्तमान राजनीतिक परिवेशको बारेमा बोल्दै, बहुदलीय संसदीय प्रणालीमा जनप्रतिनिधिहरु देश र जनताप्रति कति निष्ठावान् र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको उहाँले बताउनुभएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृतिले जनतामा उत्साह नभएको र यो अवस्थाले मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा नभएको उहाँले बताउनुभएको छ।

    देशका प्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने सही पात्र देशले खोजिरहेको भन्दै ,आफ्ना सनातनी, मूलभूत महिमलाई बिथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर , नौलो नेपाल भइनहाल्ने रहेछ भन्ने विचार पनि उहाँले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ।

    नेपाल निरन्तर देशी, विदेशीहरूको क्रीडाभूमि बनेको जनगुनासो रहेको र एकातिर होनहार नागरिकहरु बाहिर गएको र अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको उहाँले बताउनुभएको छ।

    देशको धर्म, संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको ,परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको,व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको र सर्वासाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको भन्दै, उहाँले अब देशमा कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको बताउनुभएको छ।

    डेंगु संक्रमितको संख्या २८ हजार नाघ्यो:३८ जनाको मृत्यु

    हाल देशभर डेंगु महामारीको रुपमा फैलिएको छ। डेंगी संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। डेंगुले महामारीको रुप लिइसक्दा पनि यसको नियन्त्रण र रोकथामको लागि सरकारले कुनै पनि किसिमको प्राभावकारी कदम चाल्न सकेको छैन।

    हालसम्म देशभर डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको छ भने ३८ जनाको मृत्यु भैसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ५४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।

    बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९ सय ७५ जनामा डेङ्गुको संक्रमण देखिएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ३१२५ , सुदूरपश्चिममा ५५०, गण्डकी प्रदेशमा ६७७ , मधेशमा ४१३ , कर्णाली प्रदेशमा २३८ र प्रदेश १ मा ८२९ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।

    जनहीतमा जारी सन्देश :

    साँझपाख घर बाहीर नबसौं। घर बाहिर बस्दा लामो बाउला भएको लुगा लगाउँ। घर वरपर पानि जम्ने खाल्डाखुल्डी भए पुरौँ र घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरौँ। सुत्दा झुलको प्रयोग गरौँ।

    https://nepalrastriyadainik.com/%e0%a4%a1%e0%a5%87%e0%a4%82%e0%a4%97%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%80/

    युक्रेनको जनमत संग्रहले नाटो र पश्चिमा राष्ट्रहरुलाई दिएको चुनौती

    डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रका युक्रेनीहरूले सेप्टेम्बर २३ देखि २७ सम्म रुसमा गाभिने विषयमा गरेको जनमत संग्रह सकिएको छ। 

    युक्रेनका यी चार क्षेत्रमा गरिएको जनमत संग्रहले निसन्देह ति भुभागहरुलाई रुसमा समेट्ने छ। युरोपियन युनियन र पश्चिमा राष्ट्रहरुले गरेको विरोधका बाबजुद सम्पन्न यो जनमत संग्रहले, युक्रेनलाई अगाडी सारेर रुससंग अप्रत्यक्ष रुपमा लडाई लडिरहेको पश्चिमा राष्ट्रहरु र विशेष गरि अमेरिकालाई, रुसले अब कुनै पनि हालतमा युद्दबाट पछि नहट्ने सन्देश दिएको छ। अमेरिका र नाटोले २००८ मा कोसोभोलाई स्वत्रन्त राष्ट्रको रुपमा मान्यता दिलाएको घटनालाई नजिर मान्दै सन् २०१४ मा क्रिमियालाई आफ्नो भूभागमा गाभेको रुसले युक्रेनका चार क्षेत्रहरुलाई पुन कोसोभो घटनालाई नै नजिर मान्दै आफ्नो भूभागमा समेट्ने निश्चित बनेको छ। 

    रुसलाई कम्जोर पार्न अप्रत्यक्ष रुपमा युक्रेन युद्द लडिरहेको अमेरिका र पश्चिमा राष्ट्रहरुलाई युक्रेनको जनमत संग्रह यतिबेला गम्भीर चुनौती बनेको छ। युक्रेनलाई निरन्तर हतियार र आर्थिक सहयोग गरिरहेका पश्चिमा राष्ट्रहरुले रुस युक्रेन युद्ध रोकेर शान्ति वार्ता अगाडी बढाउन चाहेको भए , हिजोको दिनमा केवल रुसले सेना फिर्ता गर्ने र युक्रेन नाटोमा सामेल नहुने शर्तले पुरा गर्न सक्थ्यो भने, आजको दिनमा रुसमा गाभिएका क्षेत्रहरु पनि फिर्ता गर्नुपर्ने शर्त खडा हुने स्थितिको सिर्जना भएको छ, जुन रुसका लागि मान्य हुनेछैन। 

    युक्रेनलाई रुस विरुद्द युद्द लड्न सहोग गर्ने वाचा गर्दै ,रुस युक्रेन द्वन्द लम्ब्याइरहेको अमेरिकाले अब चाहेर पनि युद्द नरोकिने स्थितिमा पुगेको छ। यो बीच अब युक्रेनलाई कसरि सहयोग गर्ने र के सहयोग गर्ने भन्ने विषय भने अमेरिकाको लागि चुनौती बनेको छ। यस अर्थमा कि, युक्रेन युद्द हिजो पनि रसिया र अमेरिकाबीचको द्वन्द थियो र आज पनि यो युद्द अप्रत्यक्ष रुपमा रसिया र अमेरिकाबिचको युद्द हो। किनकि रुस विरुद्द युद्द लड्ने सामर्थ्य युक्रेनसँग हिजो पनि थिएन र आज पनि छैन। त्यसैले अमेरिका युद्द लम्ब्याएर एकातिर रुसलाई कम्जोर पार्न चाहन्छ भने अर्कोतिर आफ्नो देशको हतियार बिक्रि बढाउन। तर जनमत संग्रहपछि रुसमा गाभिएका क्षेत्रको सुरक्षा गर्न रुसले परमाणु हतियार प्रयोग गर्ने खुल्ला चुनौती दिएको छ। यो घटना लगत्तै रुसले, गाभेका ति भूभागलाई रुसको सिमा मान्दै पूर्ण क्षमतामा हतियार र सेना परिचालन गर्ने निश्चित बनेको छ। त्यसैले पनि युद्दलाई अब कसरि अगाडी बढाउने भन्ने विषय अमेरिकाको लागि टाउको दुखाइ बनेको छ। 

    युक्रेनको अबको बाटो भनेको गुमेको भूभाग फिर्ता गर्न पश्चिमी देशहरूसंग सहयोग माग्नु हो या, गुमेको भूभाग त्यागेर शान्ति वार्ता गर्नु। तर अमेरिका अझै रुस युक्रेन द्वन्द लम्ब्याउन र रुसलाई कम्जोर पार्न चाहन्छ। त्यसैले शान्ति वार्ताको सम्भावना भने निकै न्यून रहेको छ। त्यसो त युरोप र अमेरिकाले जनमत संग्रह र त्यसको नतिजा मान्य नहुने घोषणा गरेका छन्। तर त्यो घोषणाले रुसलाई कुनै फरक भने पर्नेछैन र रुसले अब ति भूभागलाई पूर्ण रुपमा सुरक्षा प्रदान गर्नेछ। अब यो परिदृश्यमा अमेरिका अझै पनि यो युद्दलाई लम्ब्याउन चाहन्छ भने,अहिलेसम्म हतियार र आर्थिक सहयोग गर्दै पृष्ठभूमिमा बसेर रुस विरुद्दको युक्रेन युद्द लडिरहेको अमेरिका र नाटो राष्ट्रहरु प्रत्यक्ष रुपमा खुलेर युद्दमा आउनुपर्ने हुन्छ र यदि त्यसो भएमा,अबको प्रत्यक्ष युद्द रुस भर्सेस युक्रेन नभएर रुस भर्सेस अमेरिका र नाटो राष्ट्र हुने निश्चित देखिन्छ।  यदि साच्चिकै नाटो राष्ट्र र अमेरिका एक भएर रुस विरुद्द युद्दमा उत्रिए भने रुससँग आणविक युद्द सुरु गर्नु बाहेक अर्को  कुनै विकल्प रहनेछैन।  तर अमेरिकाको युद्द नीति बुझेका नाटो राष्ट्रहरुले रुस विरुद्द प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने सम्भावना भने निकै न्युन रहेको छ र नाटो राष्ट्रहरुको सहयोग विना रुससँग एक्लै युद्द लड्ने सामर्थ्य अमेरिकाको छैन। अर्को कुरा अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा अमेरिका आफैं पनि यो युद्दमा प्रत्यक्ष सामेल हुने सम्भावना कम रहेको छ। त्यसो त अमेरिकालाई प्रत्यक्ष युद्दमा सामेल हुन या अझै आक्रामक रुपमा युक्रेनको पक्षमा उभिन अमेरिकी सिनेट र त्यहाँका बहुमत सदस्यहरु र अमेरिकी जनताको समर्थन जुटाउनु पर्ने हुन्छ।  अमेरिकी राजनीतिमा राष्ट्रपतिको एकल निर्णयले कुनै तात्वीक अर्थ राख्दैन। तर राष्ट्रपति पुटिन र रुसको मामिलामा भने यो परिदृश्य विल्कुलै उल्टो छ। तसर्थ रुस युक्रेन युद्द लम्बिंदै गयो भने युक्रेनले अझै थप सङ्कटको सामना गर्नुपर्ने देखिन्छ। 

    Image credit: global times 

    अमेरिकाले ग्याँस पाइपलाइन तोडफोड गरेको रुसको आरोप

    रुसी ग्याँस आपूर्ति गर्ने समुद्रमुनिको पाइपलाइनमा अमेरिकाले क्षती पुर्‍याएको रुसले आरोप लगाएको छ।

    thank u usa
    ग्याँस पाइपलाइनमा आक्रमण भएको खबर लगत्ते, अमेरिकालाई धन्यबाद दिंदै पोल्याण्डका पूर्व विदेशमन्त्रीले ग्याँस लिक भएको फोटोसहित गरेको ट्विट

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले ,युरोपेली ऊर्जा पूर्वाधारमा कुनै पनि अवरोध अस्वीकार्य छ र त्यसको कडा प्रतिक्रिया दिनेछ भनि दिएको अभिव्यक्ति पछि, मंगलबार सिकोर्स्कीले बाल्टिक सागरको पानीमा ठूलो ग्यास चुहावटको फोटोसँगै “धन्यवाद संयुक्त राज्य अमेरिका” भन्दै गरेको ट्वीटप्रति इङ्गित गर्दै, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा क्षति पुर्‍याएकोमा ईयूले सबैभन्दा सम्भावित संदिग्धको रुपमा कसलाई सजाय दिन चाहन्छ र यो चेतावनी कसलाई लागू हुन्छ भनेर प्रश्न समेत गरेकी छन्।

    biden threats to stop nordstream 2
    अमेरिकी राष्ट्रपतिले,मस्कोले किभ विरुद्ध आक्रमण गरेमा हामी नर्ड स्ट्रिम २ को अन्त्य गर्नेछौं भनि दिएको चेतावनी(सो अन्तर्वार्ताको दृश्य )

    वाशिंगटनसँग राम्रो सम्बन्ध भएका पोल्याण्डका पूर्व विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले, पाइपलाइन तोडफोडको पछाडि अमेरिकाको हात रहेको भनि पुष्टि गरिसकेको पनि उनले बताएकी छन्।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरीको सुरुमा रसियाले युक्रेनमा सैन्य कारबाही सुरु गर्नुअघि, यदि मस्कोले किभ विरुद्ध आक्रमण गर्छ भने, त्यहाँ अब नर्ड स्ट्रिम २ हुनेछैन,हामी यसलाई अन्त्य गर्नेछौं भनि चेतावनी समेत दिएका थिए।

    साउदी युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्री नियुक्त

    साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।

    राजा सलमान बिन अब्दुलअजीजका ३७ वर्षीय छोरा,मोहम्मद बिन सलमान अब सरकारको प्रमुखको रूपमा पदमा रहनेछन्। उपप्रधानमन्त्री र रक्षामन्त्रीबाट बढुवाको घोषणा गर्ने शाही आदेशले उनलाई राज्यको मुख्य कार्यकारी निकायको जिम्मेवारी सुम्पिएको हो। शाही आदेशमा उनका अर्का छोरा युवराज खालिद बिन सलमानलाई नयाँ रक्षामन्त्रीमा नियुक्त गरिएको छ।

    युवराज मोहम्मद बिन सलमानलाई सन् २०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा भएको साउदी पत्रकार खशोग्गीको हत्यामा संलग्न रहेको आरोप समेत लागेको थियो । यधपी उनले उक्त हत्यामा आफ्नो संलग्नता रहेको अस्वीकार गर्दै आएका छन् ।

    अमेरिकाले ताइवानको आत्मरक्षालाई समर्थन गर्नेछ : ह्यारिस

    एशिया-प्रशान्त क्षेत्रमा चीनको व्यवहारको आलोचना गर्दै, अमेरिकी प्रशासनले ताइवानसँग आफ्नो सम्बन्धलाई अझ विकसीत रुपमा अगाडी बढाउने अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बताएकी छिन्।

    जापानमा अमेरिकी युद्धपोतमा सवार अमेरिकी नौसेनाहरुसँग कुरा गर्दै ह्यारिसले, बेइजिङलाई अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाका मुख्य तत्वहरूलाई कमजोर पारेको आरोप समेत लगाएकी छिन् । चीनले सामुन्द्रीक स्वतन्त्रतालाई चुनौती दिएको र अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको क्रममा सैन्य शक्तिको प्रदर्शन गरेर आफ्ना छिमेकीहरूलाई जबरजस्ती धम्की दिएको भन्दै उनले चीनको आलोचना गरेकी हुन्।

    अमेरिकाले ताइवानको आत्मरक्षालाई समर्थन गर्ने र स्वशासित टापुसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएकी छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%aa/

    राप्रपा प्रवेश गरे रबिन्द्र मिश्र

    संचारकर्मबाट उदाएर साझा पार्टी हुँदै नेपालको प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका रबिन्द्र मिश्र, विवेकशील साझा पार्टी हुँदै आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन्।

    राष्ट्रिय सभा गृहमा आज आयोजित एक कार्यक्रमबीच वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपा प्रवेश गरेका हुन्।

    मिश्रसँगै विवेकशील साझाका प्रवक्ता शरद पाठक ,बागमती प्रदेश संयोजक एवम् कार्यसम्पादन समिति सदस्य उज्वलकृष्ण श्रेष्ठ लगायत दर्जन बढी नेता कार्यकर्ता पनि राप्रपा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।

    Raprapa and rabindra mishra
    Raprapa and rabindra mishra 1

    वी.पी स्मृति भवनमा काँग्रेस नेताहरुको धर्ना

    गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने:देशैभर स्वतन्त्र उम्मेद्वारी दिने चेतावनी

    काँग्रेसमा समान हक र न्यायका लागि भन्दै आन्दोलित कोइराला पक्षका काँग्रेस नेताहरुले आज पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्।

    काँग्रेस नेताहरुले ४० प्रतिशत सिट पाउनुपर्ने भन्दै, समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन्। सभापति देउवाले निकटका मान्छेहरुलाई मात्र टिकट दिएको तर आफ्नो पक्षमा रहेकाहरुलाई भने पाखा लगाउन खोजेको भन्दै,काँग्रेस नेता शेखर कोइरालाले टिकट वितरण न्यायोचित नभएमा पार्टीभित्रै विद्रोह गर्ने र देशभर स्वतन्त्र रुपमा उम्मेदवार खडा गर्ने बताएका छन्।

    गठबन्धनको नाममा पार्टीलाई कम्जोर बनाएर मनोमानी ढङ्गले अगाडि बढ्न खोजे चुनाब बहिष्कार गर्ने र गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने कोइराला निकट काँग्रेस नेताहरुले बताएका छन्। असन्तुष्ट काँग्रेस नेताहरुले,बालुवाटारमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने भन्दै,प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरण न्यायोचित नभए गठबन्धनले चुनाब हार्ने चेतावनी समेत दिएका छन्।

    नेपाल–भारत सीमाको दक्षिणी सिमानामा हेल्प डेस्क

    नेपाल–भारत सिमानामा हुँदै आएको लुटपाट र अपराधिक गतिबिधि नियन्त्रण गर्न नेपाल भारत सिमानाको दक्षिणी सीमा क्षेत्रमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्न दुवै देशबीच सहमति भएको छ ।

    नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र बल (एसएसबी) ले सीमा क्षेत्रमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा आ-आफ्नो प्रतिनिधि सहित हेल्प डेस्क सञ्चालन गर्ने सहमति भएको हो।

    यसअघि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र बलका प्रमुख सुजोयलाल थाउसेन र दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिबीच भएको भेटवार्तामा अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्प डेस्क सञ्चालन गर्ने र सुरक्षाको आवश्यक व्यवस्था मिलाइने सहमति भएको थियो ।

    दशैं, तिहार र आगामी निर्वाचनलाई ध्यानमा राखी सीमा सुरक्षालाई व्यवस्थित र सुरक्षित बनाउन दुवै देशका सीमा सुरक्षा निकायले हेल्प डेस्क सञ्चालनमा सहकार्य गर्नेछन् । दुवै देशका अधिकारीबीच भएको भेटमा अन्तर्राष्ट्रिय सीमा नाकामा ट्राफिक व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो मुलुकका नागरिकको अवैध घुसपैठ नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । ।

    अमेरिकी ग्लोबल पब्लिक अफेयर्सकी कार्यवाहक सहायक सचिव काठमाडौंमा

    ग्लोबल पब्लिक अफेयर्सकी कार्यवाहक सहायक सचिव एलिजाबेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन् ।

    सेप्टेम्बर २८ देखि अक्टोबर ९, २०२२ सम्मको उनको १२ दिने अन्तर्राष्ट्रिय भ्रमणमा उनले नेपाल लगायत, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज गणतन्त्रको पनि भ्रमण गर्नेछिन्।

    नेपाल भ्रमणको क्रममा उनले रुस र जनवादी गणतन्त्र चीनद्वारा फ़ैलाइएको गलत सूचना,सामाजिक समानता, मिडिया स्वतन्त्रता र वातावरण लगायतका मुद्दामा अन्तरक्रिया गर्ने बताइएको छ ।

    उनले सरकारी अधिकारीहरू र नागरिक समाज संगठनहरू, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकारहरू र अमेरिकी कूटनीति नियोगहरुसँग भेट गर्ने पनि बताइएको छ।

    आजदेखी लागु भयो निर्वाचन आचारसंहिता

    निर्वाचन आयोगले आजदेखि लागु हुनेगरि निर्वाचन आचारसंहिता जारि गरेको छ।आयोगले जारि गरेको आचारसंहितामा विभिन्न सरकारी तथा निजि संस्था, पत्रकार,सुरक्षाकर्मी ,राजनीतिक दल, उम्मेदवार र नागरिक समाज लागायत समाजका विभिन्न पक्षले निर्वाचन अवधिभर गर्नहुने र गर्ननहुने कुराहरु उल्लेख गरिएको छ।

    आयोगले सार्वजनिक गरेको आचारसंहितामा बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै चुनाव प्रचार गर्न पाइने र चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी जान नपाइने उल्लेख गरिएको छ। राजनीतिक दल वा उम्मेदवारले चुनावी चिन्ह अंकित कुनै पनि ज्याकेट, सर्ट, भेस्ट, टिसर्ट, टोपी वा टोपी लगाउन पाउने छैनन्। त्यसैगरी प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रचार गर्न पाउने, स्थानीय तहका कार्यपालिका सदस्यहरु चुनावी प्रचारमा सहभागी हुन नपाउने ,उम्मेदवारको पक्ष–विपक्षमा प्रस्तुत हुन नपाइने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने,उम्मेदवारले व्यक्तिगत विवरण र सम्पत्ति विवरण खामबन्दी पेस गर्नुपर्ने, आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने लगायतका बुंदाहरु समेटिएको छ।

    सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

    राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

    अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले लामिछानेलाई फरारको सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो ।इन्टरपोलले जारी गरेको ‘डिफ्युजन नोटिस’ पश्चात इन्टरपोलमा आवद्ध रहेका राष्ट्रहरुले सन्दिप लामिछाने उक्त देशमा रहे नरहेको अनुसन्धान गरी, फेला पारेमा पक्राउ गरेर नेपाल पठाउनेछ।

    सन्दिप लामिछाने विरुद्ध बलात्कारको आरोपमा प्रहरीमा जाहेरी परेपछि क्यारेबियन लिग खेल्न देश बाहिर गएका लामिछाने नेपाल नफ़र्किएपछि र कहाँ रहेको भन्ने कुनै खबर नभएपछि प्रहरीले उनलाई फरारको सूचीमा राखेको हो ।

    काठमाडौं जिल्ला अदालतले भाद्र २३ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/

    रुसमाथि युरोपेली संघको प्रतिबन्धले युरोपलाई नै असर

    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसमाथि युरोपेली संघले लगाएको प्रतिबन्धले रुसको सट्टा युरोपलाई नै असर गरेको बताएका छन् । रुसमाथिको प्रतिबन्धले नै युरोपमा उर्जाको मूल्य र उर्जा सङ्कट बढाएको ओर्बनले बताएका छन् ।

    संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओर्बानले रुसमाथि युरोपेली संघले लगाएको प्रतिबन्धको आलोचना समेत गरेका छन्। इटालीमा भएको निर्वाचनलाई इङ्गित गर्दै, उर्जा सङ्कट र आर्थिक मन्दीकाबीच युरोपमा सरकारहरू असफल भएर टुट्दै गएको उनले बताए ।

    युद्ध अझै लम्बिने सम्भावना रहेकाले हरेक परिस्थितिको सामना गर्न सरकार तयार रहनुपर्ने पनि उनले बताएका छन् ।

    काँग्रेसमा समान हक र न्यायका लागि कोइराला पक्षको आन्दोलन

    गठबन्धन दलभित्र सिट बांडफांडको विषयलाई लिएर पार्टीभित्रै विद्रोह गर्दै आएको शेखर कोइराला पक्षका काँग्रेसका नेताहरु, पछिल्लो केहि दिन यता प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सभापतिले एकलौटी रुपमा उम्मेदवार सिफारिस गरेको भन्दै झनै आक्रोशित बनेका छन् ।

    कोइराला निकट काँग्रेस नेताहरुले बालुवाटारमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने भन्दै,प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरण न्यायोचित नभए गठबन्धनले चुनाब हार्ने चेतावनी समेत दिएका छन्।

    शनिबार खबरदारी सभा गरेका असन्तुष्ट काँग्रेस नेताहरुले,आज पनि पार्टी कार्यालय पुगेर समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग माग गरेका छन्। सभापति देउवाले निकटका मान्छेहरुलाई मात्र टिकट दिएको तर आफ्नो पक्षमा रहेकाहरुलाई भने पाखा लगाउन खोजेको भन्दै,काँग्रेस नेता शेखर कोइरालाले टिकट वितरण न्यायोचित नभएमा आन्दोलन गर्ने घोषणा गरेका छन्। कोइराला समुहका नेताहरुले ४० प्रतिशत सिट नपाए पार्टी कार्यालयमा धर्ना बसेर आन्दोलनको सुरुवात गर्ने पनि बताएका छन्।
    १६ गतेसम्म बन्दसूची नसच्याएमा आफुहरुले कठोर ऐतिहासिक निर्णय लिन बाध्य हुने काँग्रेस नेताहरुले बताएका छन्। गठबन्धनको नाममा पार्टीलाई कम्जोर बनाएर मनोमानी ढङ्गले अगाडि बढ्न खोजे चुनाब बहिष्कार गर्ने र गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने कोइराला निकट काँग्रेस नेताहरुले बताएका छन्।

    पार्टीलाई नै कम्जोर बनाएर एकलौटी रुपमा अगाडी बढ्न खोजेमा, गठबन्धनका उम्मेदवारले चुनाब जित्न नसक्ने कोइराला पक्षका नेताहरुको निष्कर्ष रहेको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a5%8b%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%95/

    रुसको विद्यालयमा गोली प्रहारबाट १३ जनाको मृत्यु

    रुसको युराल्स क्षेत्रको इजेभस्क सहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा १३ जनाको मृत्यु भएको छ भने १४ बालबालिकासहित २१ जना घाइते भएका छन् ।

    रुसी राष्ट्रिय अनुसन्धान समितिका अनुसार आक्रमणकारी पुरुष संदिग्धले स्की मास्क र नाजी प्रतीकहरू भएको कालो टी-सर्ट लगाएका थिए। आक्रमण पछि आत्महत्या गर्ने संदिग्धको पहिचान स्थापित भएको रुसी राष्ट्रिय अनुसन्धान समितिले जनाएको छ । आक्रमणमा दुई सुरक्षा गार्ड र विद्यालयका शिक्षकको पनि मृत्यु भएको छ

    २४ घण्टामा एक हजार ५१ जना डेंगुबाट संक्रमित: मृत्यु हुनेको संख्या ३२ पुग्यो

    पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने, सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

    बागमती प्रदेशमा सबैभन्दा बढी १९ हजार ९१० जनामा डेङ्गुको संक्रमण देखिएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८०४, गण्डकी प्रदेशमा ५५६, मधेशमा ३८०, कर्णाली प्रदेशमा २ सय ३१ र प्रदेश १ मा ७ सय ७५ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।

    कोरोना बिमा भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा

    अर्थ मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानीका लागि आइतबार एक अर्ब रुपैयाँ निकासा गरेको छ।

    मन्त्रिपरिषदको निर्णयपछि अर्थ मन्त्रालयले कोरोना दाबी भुक्तानीका लागि आइतबार एक अर्ब रुपैयाँरकम निकासा गरेको हो।करिब एक वर्ष भन्दा बढी अवधिदेखि बिमा दाबि गरेका बिमितहरूमध्ये पनि,कोरोना लागेपछि पर्न आएको दाबी समयावधिलाई प्राथमिकतामा राखेर रकम भुक्तानी गर्ने बिमा समितिले जनाएको छ । जस अन्तर्गत दशैं पछि करिब १५ हजार जनाले भुक्तानी पाउनेछन्।

    अघिल्लो असार मसान्तसम्म १ लाख ६१ हजार ५ सय ४९ जनाको,१५ अर्ब ३२ करोड २० लाख ९२ हजार रुपैयाँ हाराहारीमा दाबी परेकोमा,सरकारको दायित्वमा ११ अर्ब ८२ करोड २० लाख ९२ हजार ६ सय ३६ रुपैयाँ हाराहारीको दाबी रकम रहेको बिमा समितिले जनाएको छ । समितिका अनुसार बिमा जारी अवधिभर कोरोना बिमा गर्नेको संख्या १७ लाख ५८ हजार ३ सय ४३ जना रहेको र उक्त बिमालेखबापत कम्पनीले १ अर्ब ५ करोड ५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो।

    धेरै जनाले कोरोना बिमा गरेकाले बिमा कम्पनीलाई घाटा लाग्ने देखिएपछि सरकारले नै कोरोना बीमालाई निरन्तरता दिन दायित्व बाँटफाँट गर्ने गरि कार्यविधि तयार गरेको थियो ।

    मनास्लुमा हिमपहिरो: हिमपहिरोमा फसेकाहरुको हेलिकप्टरबाट उद्दार गरिँदै

    सोमबार मनास्लु हिमालको तेस्रो र चौथो बेस क्याम्पको बीचमा हिमपहिरो गएको छ ।

    हिमपहिरो गएपछि अहिले हिमाल आरोहणको क्रममा फसेकाहरुलाई हेलिकप्टरबाट उद्दार कार्य जारी रहेको छ। उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर उत्तरी गोरखाको अन्तिम गाउँ सामागाउँ पुगेको छ। हिमपहिरोमा फसेकाहरुको उद्दार कार्य जारी रहेपनि आधार शिविरको मौसम सफा नभएकोले घाइतेहरुबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।

    हिमपहिरो गएको क्षेत्रमा रहेका व्यक्तिहरुसंग सम्पर्क हुन नसकेकोले पनि पहिरोमा भएको मानविय क्षतिको बारेमा अहिलेनै केहि भन्न नसकिने पर्यटन विभागले जनाएको छ।निर्मल पुर्जाको इलिट एक्पिडिसनबाट गएका सबै आरोहीहरु भने सुरक्षित रहेको बताइएको छ ।

    मनास्लु हिमाल आरोहण गर्न पर्यटन विभागले यस पटक ३८ वटा अरोहण दललाई अनुमति दिएको छ। आरोहण दलमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ आरोही रहेका छन्।

    आज घटस्थापना: नवरात्रिको प्रारम्भ

    आज घटस्थापना अर्थात् जमरा राख्ने दिन। आजको दिनबाट विधिवत रुपमा दशैँ सुरु भएको मानिन्छ। आजको दिनबाट नवरात्रिको प्रारम्भ भएको पनि मानिन्छ।आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।  

    दशैंको पहिलो दिन घटस्थापनाको शुभ साइत आज बिहान १०:२३ बजे रहेको छ। चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्ने गरिन्छ। चित्रा र वैधृति योग परेका वेला, त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि रहिआएको छ ।आज सबैले आ-आफ्नो घरमा साइतको समयमा जमरा राख्ने गर्दछन्। आज घरको पूजा कक्ष वा घरभित्रको कुनै सफा ठाउँमा दियो,कलश र गणेश स्थापना गरेर जमरा राख्ने र नवरात्रिको अन्तिम दिन सम्म हरेक बिहान जमराको पुजा गर्ने गरिन्छ।

    थोरै बालुवा मिसिएको माटोमा जौ छरेर त्यसमा उज्यालो नछिर्ने गरि उमारिन्छ र यसरी १० दिनसम्म अंकुराएको यिनै अन्नका अंकुरणहरुलाई दशैंको टिकाको दिनमा जमराको रुपमा प्रयोग गरिन्छ। त्यसो त पछिल्लो समय जमरा उमार्ने क्रममा जौ सँगै धान, मकै र गहुँको पनि प्रयोग गरिने गरेको पाइएको छ।

    नवरात्रमा दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजा–आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पुज्ने गरिन्छ।

    आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ र चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न दुर्गाले लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष आराधना गर्ने गरिन्छ ।

    दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा–आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । त्यसैले, दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

    काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना गरिन्छा।सनातन वैदिक धर्मावलम्बी हिन्दुहरूको महान् पर्व, दसैँको टिकाको दिन शिरमा जमरा लगाउने संस्कृति दशैंको एउटा महत्वपूर्ण पाटो मानिन्छ।

    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी निर्वाचानको लागी सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ।

    राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा,” सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” भन्ने उल्लेख गरिएको छ।

    rashtrapati kaaryalay

    हेटौंडाको सरकारी डाटा सेन्टरमा आगलागी

    सरकारी सूचना र तथ्याङ्कको अभिलेख राख्ने हेटौंडामा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । ।

    डिजास्टर रिकभरी सेन्टरमा रहेको ब्याट्री पडि्कएर आगलागी भएको बताइएको छ। अहिले आगो नियन्त्रणको प्रायस जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    आगो निभाउने प्रयास जारि रहेको र आगो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकोले आगलागीबाट के कति क्षति भयो भन्नेबारे अहिले नै अनुमान गर्न नसकिने प्रहरीले जनाएको छ।

    आगलागीका कारण सरकार र मातहतका निकायहरुको अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने बताइएको छ।

    का मु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा

    कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आजबाट अनिवार्य अवकाशमा गएका छन्। सर्वोच्च अदालतले आज उनलाई बिदाई गरेको छ।

    करिब ७ महिना कायम मुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेका कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्।

    जबराको निलम्बनसँगै कार्कीले सर्वोच्चको नेतृत्व गर्ने अवसर पाएका हुन्। दीपक कार्कीको बिदाइसँगै सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन्। कार्की आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने छन्।

    राष्ट्रपतिलाई सर्वोच्चको कारण देखाउ आदेश

    नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको राष्ट्रपतिको कदम विरुद्धको रिट निवेदन उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

    न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो। राष्ट्रपतिको कदम विरुद्द परेको पाँच वटा रिट निवेदन आज एकसाथ पेशीमा चढेको थियो।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a6%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/

    राष्ट्रपतिको कदम विरुद्धको मुद्दा न्यायाधीश फुँयालको इजलासमा

    नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको राष्ट्रपतिको कदम विरुद्धको रिट निवेदन न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ ।

    संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्च अदालतमा पाँच वटा मुद्दा परेका छन् । एकसाथ पेशीमा चढेको उक्त रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ।

    अधिवक्ता सुनिलरञ्जन सिंह लगायत अधिवक्ता सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ । उनीहरुले दर्ता गरेको रिटमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका नाममा सर्वोच्च अदालतबाट परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a6%e0%a4%ae%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/

    काँग्रेसभित्र कोइराला पक्षको विद्रोह : गठबन्धनले चुनाव हार्ने चेतावनी

    काँग्रेसभित्रको डा. शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धनका नेताहरुलाई खबरदारी गर्दै चुनाब हार्ने चेतावनी दिएका छन्।

    काठमाडौँमा आयोजित खबरदारी सभामा बोल्दै कोइराला निकट काँग्रेस नेताहरुले, प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरण न्यायोचित नभए गठबन्धनले चुनाब हार्ने चेतावनी दिएका छन्। कोइराला निकट काँग्रेस नेताहरुले बालुवाटारमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताएका छन्।

    खबरदारी सभामा बोल्दै कांग्रेस नेता गुरुराज घिमिरेले गुटका नाममा आफ्नो वरिपरिका केही मानिसलाई अवसर दिए पार्टी समाप्त हुने र पार्टीमा न्यायोचित रुपमा टिकट वितरण भए, ४०/६० को गणित पनि आवश्यक नपर्ने बताउनुभएको छ । तर टिकट वितरण न्यायोचित नभए ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर नहुने र आफुहरु टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ।

    काँग्रेस नेता जगदिश्वर नगरसिंह केसीले पनि आफूहरुले दिएको नाम समानुपातिकको बन्द सूचीमा समावेश नभएको भन्दै १६ असोजभित्र नसच्याए प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको छ ।

    सभालाई सम्बोधन गर्ने क्रममा कोइराला निकट नेताहरुले , हिजो देउवा आफैंले पनि ४० प्रतिशत भाग खोजेर पार्टी फ़ुटाएको स्मरण गराउंदै, आफुहरुलाई पनि ४० प्रतिशत चाहिने बताएका छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%af-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a1%e0%a4%be%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a4%b9%e0%a4%9f%e0%a5%8d/

    डा. गोविन्द केसी र सरकारबीच सहमति

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत १३ दिनदेखि अनसन बस्नुभएका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। सरकार पक्ष र डा केसीबीच आज भएको वार्ता पछि आफ्ना मागहरु सम्बोधन गर्ने शर्तमा उहाँले आफ्नो अनशन तोड्ने बताइएको छ।

    ७ बुँदे माग राख्दै धनगढीको कृष्णमन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्नुभएको डा. केसीको स्वास्थमा गम्भिर समस्या देखिएपछि केहि दिन यता त्रिवि शिक्षण अस्पतालमा उहाँको उपचार चलिरहेको थियो। उपचारकै क्रममा पनि अनशन जारी राख्न्नुभएका केसी र सरकारबीच आज सहमति भएको हो।
    डा. गोविन्द केसीको ७ बुँदे माग:
    १) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् ।जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् ।संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।सरकारले तोकेको सुची अनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् ।स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् । देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् ।सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्‍याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरियोस् । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैरचिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गरियोस् ।

    २. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस् । विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पुर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन् । यस अगाडि हामीसित सम्झौता भए बमभोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस् ।

    ३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।

    ४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस् । भागवण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरु तत्काल सच्याइयोस् । प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गरियोस् ।

    ५. चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर–नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस् । मापदण्ड नपुगेका नर्सिंग कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरियोस् ।

    ६. चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्री परिषद्बाट पारित गरियोस् । निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारु गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा पठाउने व्यवस्था गरियोस् ।

    ७.जलबायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस्

    डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता :

    https://nepalrastriyadainik.com/%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%85%e0%a4%b8%e0%a5%8d/

    ताइवान मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

    चीनका विदेशमन्त्री वाङ यीले ,ताइवान मामिलामा हस्तक्षेप गरेर वाशिंगटनले चीनको सार्वभौमसत्तालाई कमजोर पार्न खोजेको र यसले निकट भविष्यमा निकै खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

    चीनका विदेशमन्त्री वाङ यीले न्यूयोर्कमा आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनसँगको भेटवार्तामा , विश्व मञ्चमा दुई शक्तिहरू एकजुट हुन संयुक्त राज्य अमेरिकाले चीनप्रतिको आफ्नो दृष्टिकोण बदल्नुपर्ने बताएका छन्।

    वाङका अन्नुसार ,चीनले स्वशासित टापुलाई आफ्नो क्षेत्र मान्छ र ताइपेईलाई कुनै पनि विदेशी कूटनीतिक र सैन्य सहायताको प्रतिरोध गर्नेछ। ताइवानको मुद्दा चीनको आन्तरिक मामिला भएकोले अमेरिकालाई हस्तक्षेप गर्ने अधिकार नभएको पनि उनले बताएका छन्।

    अमेरिकाले चीनप्रतिको आफ्नो धारणालाई सच्याउनेछ र चिनियाँसँग दबाबपूर्ण व्यवहार गर्ने प्रयास बन्द गर्नेछ भन्ने आशा राखेको पनि वाङले बताएका छन्।

    यता,अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने, ब्लिन्केनले बेइजिङसँग खुला सञ्चारको लाइन कायम गर्नुपर्ने आवश्यकताबारे कुरा गरेको र वाशिङ्टनले ‘एक-चीन’ नीति अनुरूप ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    युक्रेनले डोनबासमा निर्दोष नागरिकहरूलाई मार्न पश्चिमी हतियार प्रयोग गर्दै

    डोनेट्स्क जनवादी गणतन्त्र (डीपीआर) का प्रमुख डेनिस पुशिलिनले सोमबार युक्रेनी सेनाले दुई बालबालिकासहित १६ जना सर्वसाधारणको हत्या गरेको बताएका छन् । उनका अनुसार युक्रेनी सेनाले आक्रमणमा १५५ एमएम, नाटोद्वारा उपलब्ध गराइएको बमको प्रयोग गरेको थियो ।

    क्यानेडियन स्वतन्त्र पत्रकार, इभा बार्टलेटका अनुसार, अगस्ट ४ मा डोनेट्स्कको मध्य क्षेत्रमा भएको युक्रेनी आक्रमणमा ११ वर्षीया बालेरिना, उनकी हजुरआमा र उनको ब्याले शिक्षक सहित ६ जनाको मृत्यु भएको थियो। उनले डोनेट्स्क बजारमा भएको युक्रेनी हमलालाई सर्वसाधारण नागरिकमाथि भएको आतंकवाद बताएकी छिन्।

    अर्को युक्रेनी आक्रमण, जुन शनिबार डोनेट्स्कको केन्द्रमा भएको थियो, दिउँसो करिब ३० मिनेटको अवधिमा उक्त आक्रमणमा करिब १० वटा बम हमला गरिएको थियो । उक्त आक्रमणमा कम्तिमा चार जना सर्वसाधारण मारिएका थिए। केही मिनेटपछि नै मृत्यु भएकाहरुको शव हटाइयो । एउटा बम आर्टेमा स्ट्रिटमा चलिरहेको कारमा पर्यो र त्यसमा सवार दुई नागरिकको मृत्यु भयो। म त्यो ठाउँमा पुग्दासम्म गाडी जलेको थियो, मृतकहरूलाई त्यहाँबाट हटाइसकिएको थियो ”

    शनिबारको बम विष्फोटमा लेख्दै, युद्ध संवाददाता, क्रिस्टेल निएन्ट भन्छिन्, “बम र छर्राका फोटोहरू पेस गरेपछि मैले जेसीसीसी (युक्रेनको युद्ध अपराधमा संयुक्त निगरानी र समन्वय केन्द्र) मा डोनेट्स्क जनवादी गणतन्त्रको प्रतिनिधित्वको लागि नाटो हतियार विशेषज्ञलाई घटनास्थलमा भेटें। उनले पुष्टि गरे कि ती अमेरिकी १५५एमएम का गोलीहरु थिए। बम र गोलीहरु केहि प्रतिबन्धित बन्दुकबाट र अरू टीआरएफ १ बन्दुकबाट प्रहार गरिएका थिए । प्रसिद्ध टीआरएफ १ बन्दुकहरू तिनै हतियार हुन् ,जुन फ्रान्सले युक्रेनलाई बेचेको थियो।

    तर, रुसी सेना र डोनबासका नागरिकले, युक्रेनले डोनबास नागरिकमाथि पश्चिमी हतियार प्रयोग गरेर गरेको आक्रमणको बिरूद्ध बोल्दा, पश्चिमले रुसले नै डोनबासमा बमबारी गरेको दाबी गर्ने गरेको छ । पश्चिमी मिडियाले पनि, युक्रेनले डोनबासका नागरिकमाथि गरेको आक्रमणलाई, रुसी सेनाले नै गरेको दाबी गर्दै , डोनबासका नागरिकमाथि भएको युक्रेनी आतंकको लगातार बेवास्ता गर्दै आएको छ । उनको अनुसार, युक्रेनी सेनाले डोनबासका नागरिकहरूमाथि लगातार आक्रमणको लागि रुसलाई दोष दिइरहेको छ, जुन वास्तवमा युक्रेनी सेनाले गरेको आक्रमण थियो।

    सिरियामा आप्रवासी र शरणार्थी बोकेको डुङ्गा डुब्दा ७० भन्दा बढीको मृत्यु

    लेबनानका आप्रवासी र शरणार्थीहरू बोकेको डुङ्गा सिरियाको तटमा पल्टिँदा दर्जनौं व्यक्तिको मृत्यु भएको छ।

    लेबनानी यातायात मन्त्रीले उक्त घटनामा अहिलेसम्म ७१ जनाको मृत्यु भएको जनाएका छन्। उक्त डुंगामा करिब १२० देखि १५० जना सवार थिए भन्ने जानकारीको आधारमा उद्दार तथा खोजि कार्य जारी रहेकोले मृतकको संख्या थप बढ्न सक्ने उनले बताएका छन्।सिरियाली बन्दरगाहका महानिर्देशक समेर कुब्रुस्लीले तेज हावा र सामुन्द्रिक छालाको कारण उद्धार कार्यमा कठिनाइ भएको बताएका छन् ।

    उक्त दुर्घटनाबात उद्दार गरिएका २० जनाको टार्टोसको बासेल अस्पतालमा उपचार भइरहेको सिरियाली सरकारले जनाएको छ।

    लेबनानको जनसङ्ख्या छ लाख छ, जसमा १० लाख सिरियाली शरणार्थीहरू छन्, र २०१९ को अन्त्यदेखि गम्भीर आर्थिक मन्दीको चपेटामा परेको छ जसले जनसंख्याको तीन चौथाइभन्दा बढीलाई गरिबीमा तानेको छ। त्यसैले हजारौं लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरूले युरोपमा राम्रो अवसरहरूको खोजीमा विगत केहि महिना यता अवैध रुपमा युरोप छिर्ने गरेका छन्।

    गत अप्रिलमा पनि दर्जनौं लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरूलाई समुन्द्री मार्गबाट ​​इटली लिएर जाँदै गरेको एउटा डुङ्गा, लेबनानी नौसेनासँगको भिडन्तपछि दुर्घटनामा परेर दर्जनौंको ज्यान गएको थियो ।

    त्यसैगरी बिहिबार पनि लेबनानी अधिकारीहरूले ५५ आप्रवासी र शरणार्थीहरू बोकेको डुङ्गालाई अक्करको उत्तरी क्षेत्रको तटबाट उद्धार गएको थियो।

    लौरो चिन्ह स्वतन्त्रको होइन: निर्वाचन आयोग

    निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषय प्रति पार्टी संयोजक अनन्तराज घिमिरेसँग स्पष्टिकरण माग गरेको छ। हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरुको नभएको निर्वाचन आयोगले बताएको छ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ९ का स्वतन्त्र उमेदवार विजय कँडेल र सुनिल रिजालले गत आइतबार (दर्ता नम्बर १६००) मा हाम्रो नेपाली पार्टीको नाममा दर्ता भएको लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए। सोही, उजुरीको आधारमा शुक्रबार आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्रहरुको हो भनि झुटा प्रचारप्रसार गरिएको भन्दै हाम्रो नेपाल पार्टीको संयोजक अनन्तराज घिमिरेलाई स्पष्टिकरण दिन निर्वाचन आयोगमा उपस्थित हुनको लागि निर्देशन दिएको छ।

    स्थानीय निर्वाचनमा निर्वाचन आयोगले लौरो चिन्ह स्वतन्त्र उम्मेदवारहरुलाई प्रदान गरेकोमा हाल सो चुनाव चिन्ह स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा आइ रहेको छ ।

    उक्त चिन्ह निर्वाचन आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरेकोले उक्त चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको हुँदा सो चिन्ह खारेजीको माग गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए।

    निर्वाचनमा खडा भएका स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह उम्मेदवारी मनोनयन भइ सकेपछिको सबै कानूनी प्रकृया पूरा गरी निर्वाचन अधिकृतले कानून बमोजिम प्रदान गर्ने हुँदा सो कार्यविधि नै पूरा नभएको अवस्थामा स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिन्ह भनी प्रचार गरेको कार्य कानून सम्मत नदेखिएको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिन्ह प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकोले त्यस्ता भ्रामक कुराहरु प्रचार प्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवारको लौरो चिन्ह भनी राखिएका सामाग्री तुरुन्त हटाउनुका साथै तीन दिन भित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टिकरण पेश गर्न आयोगले हाम्रो नेपाली पार्टीको संयोजक अनन्तराज घिमिरेलाई निर्देशन दिएको छ।

    ‘हाम्रो नेपाल पाटी’ लौरो चिन्ह को संयोजक अनन्तराज घिमिरेलाई निर्वाचन आयोगले स्पष्टिकरण दिन सोधेका प्रश्नहरु:

    १.प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको प्रदान गरिएको निर्वाचन चिन्हको समूहबाट तोकिएको बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नैछ भन्ने कानुनी व्यवस्था रहेकोमा तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह लौरो तपाईं दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकोले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्नु भएको हो ?

    २. तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीर्तफको बन्दसूची समेत पेश गरी निर्वाचन चिन्ह लौरो समेत प्रदान गरिसकिएकोमा लौरी चिन्ह स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हु भनी के कुन आधारमा प्रचार प्रसार गर्नु भएको हो? त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन?

    ३. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) मा आयोगले राजनीतिक दल वा उम्मेदवारलाई निर्धारण गरिएको निर्वाचन चिन्ह दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेकोमा लौरो चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने अधिकार तपाई र तपाईको दललाई कुन कानूनले प्रदान गर्यो ?

    ४. दलको चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने कार्य कानून विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधरणमा अन्यौलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने हुँदा तपाई र तपाईंको दललाई कारवाही किन नगर्ने?

    रूसले आफ्नो क्षेत्रको रक्षा गर्न आणविक हतियार प्रयोग गर्नेछ: दिमित्री मेदवेदेव

    पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले युक्रेनबाट रुसी भूभाग र क्षेत्रहरूको रक्षा गर्न रणनीतिक आणविक हतियार सहित, मस्कोमा रहेका कुनै पनि हतियार प्रयोग गर्न सकिने बताएका छन्।

    उनले युक्रेनी क्षेत्रमा हुनगइरहेको जनमत संग्रह तोकिएकै मितिमा हुने र त्यसबाट पछि हट्ने अवस्था नरहेको र रुसी सशस्त्र सेनाले रुसमा सम्मिलित ति सबै क्षेत्रको संरक्षण गर्ने बताएका छन् ।

    यसअघि, राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनमा लड्न ३००,००० रिजर्भ फोर्स परिचालन गर्ने क्रममा रूसको क्षेत्रीय अखण्डताको रक्षा गर्न मस्कोले सबै उपलब्ध साधनहरू प्रयोग गर्ने चेतावनी दिएका थिए ।

    रुसले सेना परिचालन मात्र नभई रणनीतिक आणविक हतियार सहित, नयाँ सिद्धान्तमा आधारित हतियार लगायतका कुनै पनि रुसी हतियार आफ्नो क्षेत्रको रक्षाका लागि प्रयोग गर्न सकिने घोषणा गरेको छ ।

    सर्बियाको सार्वभौमसत्ताको उल्लङ्घन गरेको भन्दै संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रको निन्दा

    न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै, सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिकले सर्बियाको सार्वभौमसत्ताको उल्लङ्घन गरेको भन्दै संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रहरूको निन्दा गरेका छन् ।

    संयुक्त राष्ट्रसंघ र पश्चिमी देशहरूले कोसोभोको स्वतन्त्रतालाई अनुमोदन गरेको प्रसङ्गमा,युक्रेन र सर्बियाको क्षेत्रीय अखण्डतामा फरक दृष्टिकोण राख्नुको कारणबारे संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रहरूले जवाफ दिन असफल भएको उनले बताएका छन् ।

    सन् १९९९ मा युगोस्लाभियामा नाटोले गरेको बमबारीलाई उल्लेख गर्दै , सर्बियाको क्षेत्रीय अखण्डताको उल्लङ्घनबारे संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रहरूले जवाफ दिनुपर्ने र युक्रेन र सर्बियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा के भिन्नता छ भनेर हामीले वर्षौंदेखि सोध्दै आएका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने उनले बताएका छन्।

    तत्कालीन युगोस्लाभिया विरुद्ध ७८ दिने बमबारी अभियान पछि नाटोले १९९९ मा कोसोभोलाई कब्जा गरेको थियो। पश्चिमी समर्थनमा २००८ मा कोसोभोले आफुलाई स्वतन्त्र घोषणा गरेको थियो जसलाई अमेरिका र उसका अधिकांश सहयोगी राष्ट्रहरूले मान्यता दिएका थिए।

    राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट दर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अधिवक्ता सुनील रन्जन सिंहले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइ,संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै, नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ ।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a6%e0%a4%ae-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/

    रुकुममा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु: भीमफेदी दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

    काठमाडौंबाट रुकुमकोटतर्फ गईरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार १० जना घाइते भएका छन्।

    रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा घाइतेहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    त्यसैगरी, यसअघि मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको प्रहरीले जनाएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a4%95%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a5%ab/

    मकवानपुरमा बस दुर्घटना: ५ जनाको मृत्यु

    काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

    भीमफेदीको आरोलोमा बस सडकबाट तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

    दुर्घटनास्थलमा अहिले उद्दार कार्य जारी रहेको छ भने, घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनाको पूर्ण विवरण आइनसकेकोले मृत्युहुने र घाइतेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

    युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा

    दुई दिने नेपाल भ्रमणको क्रममा युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको छ।

    युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नरको नेतृत्वमा नेपाल आइपुगेको उक्त टोलीले, २०७२ सालमा नेपालको संविधान जारी भएपछी संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन नेपाल आएको बताइएको छ।


    उक्त टोलीले जलवायु परिवर्तन, लैंगिक समानता र सामाजिक समावेशिता लगायतका विषयमा पार्टीका शिर्ष नेता ,सरकार र नागरिक समाज र सरोकारवाला निकायहरुसँग छलफल गर्ने पनि बताइएको छ।

    राष्ट्रपतिको कदमलाई लिएर सडकमा देखिएको दुई भिन्न दृश्य

    नागरिकता विधेयकको विषयमा राष्ट्रपतिद्वारा चालिएको कदमलाई लिएर यतिखेर काठमाडौँको सडकमा दुई भिन्न दृश्यहरु देखिएको छ।

    नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा दुई अलग-अलग समूह सडकमा उत्रिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन सुरु गरेका छन्। राष्ट्रपतिको कदमको विरोध गर्दै उनीहरुले राष्ट्रपतिको पुत्ला जलाउने देखि राष्ट्रपति विरुद्द नाराबाजी गरेका छन्। उनीहरुले, राष्ट्रपतिको कदमले संसदको अपमान गरेको र संविधानको पालना नगरेको भन्दै राष्ट्रपतिले राजिनामा दिनुपर्ने बताएका छन्।

    rashtraptiko kadam 2
    राष्ट्रपतिको कदमको विरोधमा सत्तारूढ दल निकट विद्यार्थी संगठनहरू


    मधेश प्रदेशको राजधानी जनकपुरमा पनि जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपतिको कदमको विरोध गर्दै छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

    rashtrapati ko kadam
    राष्ट्रपतिको कदमको समर्थनमा एमाले निकट भातृ संस्थाहरु

    अर्कोतिर, एमाले समर्थित विद्यार्थी संगठन र भातृ संस्थाहरुले, राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियताको रक्षा गर्नुभएको भन्दै, राष्ट्रपतिको समर्थनमा जुलुस र र्याली गरेका छन्। संसदलाई पुनर्विचार गर्न फिर्ता गरिएको विधेयक,गठबन्धन दललाई बालुवाटारमा बसेर निर्णय गर्ने अधिकार संविधानले नदिएको र सरकारमा बहुमत छ भन्दैमा,नागरिकता जस्तो संवेदनशील विषयमा एकलौटी रुपमा निर्णय गर्न नमिल्ने बताएका छन्।

    सर्वोच्चमा रिट:सभामुख र उपसभामुख पद खाली गर्न माग

    अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको पद रिक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

    संविधानको धारा ९१ को उपधारा (६) (क) बमोजिम सभामुख र उपसभामुखको पद उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म मात्र कायम रहने प्रावधान अनुसार उक्त पद रिक्त हुनुपर्ने माग गरिएको हो।

    यसअघि,समानुपातिकको बन्द सूची बुझाएसँगै सांसदको कार्यकाल समाप्त हुने निर्वाचन आयोगले जानकारी दिएको थियो ।

    दलहरूले समानुपातिक सांसदका लागि बन्दसूची बुझाएकाले सभामुख र उपसभामुख पद कायम गर्नु संविधानविपरीत भएको र रिट निवेदनको अन्त्य नभएसम्म सभामुख र उपसभामुखले राज्यबाट प्राप्त साधनस्रोत र सेवाको दुरुपयोग गर्न नदिन सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रतिपक्षको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरिएको छ ।

    नागरिकता विधेयक नै खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो: राष्ट्रिय जनमोर्चा

    गठबन्धन दलका शिर्ष नेताहरुले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविदहरुसंग छलफल अगाडि बढाइरहँदा राष्ट्रिय जनमोर्चाले भने नागरिकता विधेयक नै खारेज हुनुपर्ने आफुहरुको माग रहेको बताएको छ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयकका विषयमा राष्ट्रपतिले उठाउनुभएको कदमप्रति भन्दा पनि नागरिकता विधेयक नै खारेज हुनुपर्छ भन्ने कुरामा आफ्नो चासो रहेको बताउनुभएको छ।

    केसीले, गठबन्धनमा सामेल भएपनि गठबन्धनका सबै कदम सहि छन् र त्यसलाई मान्नुपर्छ भन्नेकुरा तर्कसंगत नरहेको बताउनुभएको छ। ‘हामीले एमसीसीको विषयमा पनि गठबन्धनको निर्णयमा विरोध गरेका थियौँ र नागरिकता विधेयकको सवालमा पनि हाम्रो फरक मत रहनेछ,यसमा हाम्रो पार्टीको सहमति छैन ,’केसीले भन्नुभयो।

    वंशजको आधारमा विदेशीलाई नागरिकता दिने कुरामा राष्ट्रिय जनमोर्चाको समर्थन नरहेको उहाँले बताउनुभएको छ।

    यसअघि, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकमा पनि राष्ट्रिय जनमोर्चा सहभागी नभएको र सत्ता साझेदार दलका चार शीर्ष नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा पनि हस्ताक्षर नगरेको राष्ट्रिय जनमोर्चाले बताएको छ।

    आजदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

    निर्वाचन आयोगले आजदेखि आजदेखि अस्थायी मतदाता नामावली संकलन कार्य सुरु गरेको छ। अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउनेछन्।

    आफ्नो मतदाता नामावली रहेको पालिकामा पुग्न नपाउनेहरुका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन कार्य सुरु गरेको हो।

    निर्वाचन आयोगका अनुसार सरकारी कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै ठाउँबाट अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ मतदान गर्न पाउने जनाएको छ।

    अस्थायी मतदातालाई कार्यस्थलबाटै समानुपातिकतर्फ मतदान गर्न मिल्ने गरि नामावली सङ्कलन गरिने र अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन, आयोगवाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगले जनाएको छ।

    नेपालले कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने: राष्ट्रपति भण्डारी

    चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टद्वारा आयोजित कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले, नेपालले सबै देशसँग समान रुपमा मित्रवत सम्बन्ध राख्न चाहेको र कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने समेत बताउनुभएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति असंग्लनता, पञ्चशीलको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको समेत बताउनुभएको छ।

    राष्ट्रपति भण्डारीले विश्व शान्ति तथा निशस्त्रीकरणको कामनासहित, विश्व शान्ति स्थापनाका लागि आर्थिक रुपमा कमजोर र गरिबीको चपेटामा परेका देशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने बताउनुभएको थियो।

    राष्ट्रपति भण्डारीले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालबाट अन्तर्राष्ट्रिय समुदायलाई शान्ति दिवसका शुभकामना समेत दिनुभएको , राष्ट्रपति कार्यालयले जनाएको छ।

    काठमाडौँको कपनमा आगलागी: ३ जनाको मृत्यु

    कपनको राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बेलुकी करिब पौने ७ बजे सुरु भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्रेकिङ्ग अफिसको घरको भूइँतलामा ग्यास सिलिण्डर विस्फोट भएर आगलागी भएको बताइएको छ । अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन। यधपी मृत्यु हुनेमा कम्पनीमा नै काम गर्ने कामदार हुनसक्ने अनुमान गरिएको छ।

    आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दमकल प्रयोग गरिएको छ। आगालागीमा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। यधपी अझै कोहि घाइते छन् या के कति क्षति भयो भन्ने कुराको जानकारी भने प्रारम्भिक अनुसन्धानमा स्पष्ट हुन सकेको छैन।

    तस्विर:सामाजिक सञ्जाल

    आगामी निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

    आगामी निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

    आज एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ भने, न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको छ।

    यसअघि न्याय परिषद् तथा न्याय सेवा आयोगले सरकारलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सिफारिस गरेको थियो भने सोहि आधारमा आज निर्वाचन आयोगले उनीहरुलाई नियुक्त गरेको हो।

    न्याय परिषद् तथा न्याय सेवा आयोगले जगेडा सहितका ९४ जना जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत , न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत र २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको थियो ।

    nirwachan aayog 1
    https://nepalrastriyadainik.com/%e0%a4%86%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf/

    डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्नुभएका डा. गोविन्द केसी उपचारको लागि आज त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ।

    ७ बुँदे माग राख्दै धनगढीको कृष्णमन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्नुभएको डा. केसीको स्वास्थमा गम्भिर समस्या देखिएपछि, डा. केसी उपचाररत रहनुभएको सेती प्रादेशिक अस्पतालले, उहाँको स्वास्थ्यमा थप जटिल समस्या देखिएको भन्दै उपचारको लागी विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेको थियो।

    सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरेर काठमाडौं ल्याउन खोज्दा अस्वीकार गर्नुभएको डा. केसी आज अनशनको १० औं दिन आफ्नै खर्चमा काठमाडौँ आउनुभएको हो। अस्पताल भर्ना भए पनि आफ्नो अनशन जारी रहने डा. केसीले बताउनुभएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%a8%e0%a4%b6%e0%a4%a8%e0%a4%b0%e0%a4%a4-%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5/

    राष्ट्रपतिको कदम बिरुद्ध उपराष्ट्रपतिको काउन्टर

    उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताउनुभएको छ।

    उपराष्ट्रपति पुनले वक्तव्य जारी गर्दै, संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको बताउनुभएको छ।

    पुनर्विचारका लागि राष्ट्रपतिले संसदमा फिर्ता गर्नुभएको नागरिकता विधेयक, गठबन्धन दलले हुबहु पारित गर्न दोस्रो पटक गरेको सिफारिस पनि राष्ट्रपतिले अस्विकार गरेर प्रमाणीकरण नगरेको घटनाप्रति इङ्गित गर्दै उपराष्ट्रपतिको वक्तव्य जारि भएको हो।

    uparastrapati nandabahadur pun
    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a6%e0%a4%ae-%e0%a4%85%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a5%88%e0%a4%a7%e0%a4%be/

    राष्ट्रपतिको कदम असंवैधानिक: गठबन्धन सरकार

    सत्ताधारी गठबन्धन पार्टीका शिर्ष नेताहरुले,राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर जनताद्वारा निर्वाचित संघीय संसदको घोर अपमान र अवमूल्यन भएको बताएको छ।

    गठबन्धन दलभित्रका एकीकृत समाजवादी, माओवादी केन्द्र ,काँग्रेस र जसपाले संयुक्त विज्ञप्ति जारी गर्दै,राष्ट्रपतिको कदमले, संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको जनाएको छ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा,राष्ट्रपतिको कदम विरुद्द सचेत रहन आग्रह समेत गरेको छ।

    gathabandhan
    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a5%80%e0%a4%95/

    आजको मौसम: केहि स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।अहिले देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ।बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली भइ एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले उक्त क्षेत्रहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    किन प्रमाणीकरण भएन नागरिकता विधेयक ?

    संसदले दोस्रो पटक प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण हुन सकेन।

    संसदबाट पारित भएपछी सभामुखमार्फत राष्ट्रपति समक्ष पेश गरिएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय, मंगलबार राती १२ बजे १५ दिन नाघेको छ ।पुन:प्रमाणीकरणका लागि आउने विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

    पहिलोपटक प्रमाणीकरणको लागि पठाइएको नागरिकता बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गर्नुभएको थियो। फिर्ता गरिएको नागरिकता विधेयक, विना कुनै संशोधन, हुबहु पारित गरी पुन:प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको १५ दिन नाघेको अवस्थामा पनि प्रमाणीकरण हुन सकेन ।

    राष्ट्रपति निकट स्रोतका अनुसार , ‘संविधान बमोजिम राष्ट्रपति संविधानको पालनकर्ता र संरक्षक भएकोले राष्ट्रपति संविधानको कमा र फुलस्टपमा पनि जिम्मेवार हुनुपर्छ। राष्ट्रपतिले संसद्लाई पुनर्विचार गर्न फिर्ता पठाउनुभएको विधेयक, गठबन्धनका शीर्ष नेतालाई बालुवाटारमा बसेर निर्णय गर्ने अधिकार संविधानले नदिएको र विधेयकका प्रावधानहरू संविधानविपरीत भएका धारा नै उल्लेख गरेर सच्याउन सुझाव दिँदा पनि पुनर्विचार नगरिएकाले राष्ट्रपतिले विधेयकका सन्दर्भमा संविधानको संरक्षण गर्ने अधिकार प्रयोग गरेर प्रमाणीकरण नगर्नुभएको हुनसक्ने बताएका छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/

    युक्रेनीहरूले रूसमा सामेल हुन जनमत संग्रह गर्ने

    जनमत संग्रहको विरुद्ध कीभले बल प्रयोग गर्ने

    डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रहरूमा सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने ।

    डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रका युक्रेनीहरूले सेप्टेम्बर २३ देखि २७ सम्म रुसमा गाभिने विषयमा जनमत संग्रह गर्ने बताएका छन्।

    लुहान्स्क जन गणतन्त्रका प्रमुख, लियोनिद पासेचनिक “लुहान्स्कलाई रूसमा समावेश गर्न जनमत संग्रह गराउने” कानुनमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति हुन्, जसको संसदले सर्वसम्मतिले सो कदमलाई समर्थन गर्दै जनमत संग्रहको लागि मिति समेत तय गरेको छ ।

    लुहान्स्क जन गणतन्त्रको निर्णय लगत्तै, डोनेट्स्क जन गणतन्त्रका प्रमुख डेनिस पुशिलिनले पनि डोनेट्स्क राज्यले समेत सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह गर्ने घोषणा गरेका छन् । पुसिलिनले आफ्नो संसदमा यसअघि नै जनमत संग्रह सम्बन्धित ऐन पेश गरिसकेको बताएका छन् ।पुसिलिनले,रुसलाई सधैं आफ्नो मातृभूमि मानेका डोनबासका जनताहरू सो महान देशको हिस्सा हुन योग्य रहेको समेत बताएका छन्।

    डोनबास क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेनमा सेना पठाउनुअघि नै स्वतन्त्र रूपमा मान्यता दिएका थिए।

    जनमत संग्रह दक्षिणी खेरसन क्षेत्र र आंशिक रुसी नियन्त्रित जापोरिझिया क्षेत्रमा पनि हुने बताइएको छ ।

    खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले रुसी संघमा खेरसन क्षेत्रको प्रवेशले हाम्रो भूभाग सुरक्षित गर्ने र ऐतिहासिक न्याय पुनर्स्थापित गर्ने बताएका छन् । हाम्रो माटोमा नागरिक मार्नको लागी युक्रेनमा हतियार आपूर्ति गर्ने नेटो सदस्य देशहरुको सशस्त्र सेनाद्वारा लगातार सिर्जित आतंकको सामना गर्न जनमत संग्रह आवश्यक निर्णय भएको पनि उनले बताएका छन्।

    जापोरिझियाको प्रमुख, येभ्गेनी बालित्सकीले पनि सेप्टेम्बर 23 देखि २७ सम्म जापोरिझिया क्षेत्रमा जनमत संग्रहको लागी हस्ताक्षर गरेको बताएका छन् ।

    युक्रेनी क्षेत्रहरुमा जनमत संग्रहको घोषणा भए लगत्तै रुसी संसद्का प्रमुखले पनि रुससँग जोडिने क्षेत्रहरूलाई मस्कोले समर्थन गर्ने बताएका छन् ।

    रुस नियन्त्रित क्षेत्रमा जनमत संग्रहको तयारी चलिरहँदा ,कीभले भने जनमत संग्रहमा सामेल हुने र विभाजन गरिएका क्षेत्रहरू विरुद्ध बल प्रयोग गर्ने घोषणा गरेको छ। युक्रेनी क्षेत्रहरू रूसमा गाभिएमा रूस र युक्रेन बीचको युद्ध अझै चर्किने सम्भावना बढेको छ।

    युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले पनि जनमत संग्रहमा भाग लिने व्यक्तिलाई १२ वर्षसम्म जेल सजाय हुन सक्ने बताएकी छन् ।

    वडा स्तरिय महिला विकास समिति भरतपुर १९ को १० दिने उद्घोषण तालिम सम्पन्न

    वडा स्तरिय महिला विकास समिति भरतपुर १९ ले आयोजना गरेको १० दिने उद्घोषण तालिम आज समापन भएको छ।

    महिला सशक्तिकरणमा हाम्रो प्रयास सामाजिक विकासको मूल आधार भन्ने नाराका साथ भरतपुर महानगरपालिका वडा न १९ को समन्वयमा, वडा स्तरिय महिला विकास समिति भरतपुर १९ ले आयोजना गरेको उक्त तालिममा ५७ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो। भाद्र २६ गतेदेखि सञ्चालित उक्त कार्यक्रममा वडा न १९ र आसपासका १९ वटा टोल विकास सँस्थाका महिला दिदीबहिनीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

    307709802 2517451445071637 248500571717915572 n 1

    कार्यक्रमकी सभापति,वडा स्तरिय महिला विकास समिति भरतपुर १९ कि अध्यक्ष निरा गुरुंङले, वडामा रहेको महिला दिदीबहिनीहरुको बोल्ने कला र व्यक्तित्व विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमहरुले, घरको चुलो चौकामा मात्र सिमित महिला दिदीबहिनीहरुलाई सामाजिक विकासमा पनि अग्रसर हुन प्रेरणादायी भूमिका निभाउने विश्वाश व्यक्त गर्नुभएको थियो।

    306942016 2517453841738064 5546599125257990427 n

    कार्यक्रमका प्रमुख अतिथी वडा न १९ का अध्यक्ष प्रकाश तमाङ्गले, आफ्नो वडाका महिला दिदीबहिनीहरु हरेक कुरामा पुरुष सरह सक्षम रहेको भन्दै, वडाको तर्फबाट आगामी दिनमा पनि यस खाले सामाजिक तथा व्यक्तित्व विकास र अन्य सिपमुलक तालिमहरुको आयोजना गरिने बताउनुभएको छ। वडामा हुने र गरिने हरेक किसिमका विकास र सामाजिक कामहरुमा वडा न १९ ले सदैव सहयोग गर्ने प्रतिवद्दता समेत उहाँले व्यक्त गर्नुभएको छ।

    sobha

    कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो। उक्त १० दिने उद्घोषण तालिममा संचारकर्मी मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो।

    साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशलाई

    साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पराजित भएको छ।

    दशरथ रंगशालामा भएको आजको फाइनल खेलमा नेपाललाई ३–१ को गोल अन्तरले पराजित गर्दै, बगंलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो।

    पटक-पटक उपाधि नजिक पुगेर हार बेहोरेको नेपालले यस पटक पनि पुरानै इतिहासलाई कायम राखेको छ।

    बंगलादेशको तर्फबाट कृष्ण रानी सरकारले २ तथा साम्सुनाहरले एक गोल गरेका थिए भने, नेपालको तर्फबाट खेलको ७० औँ मिनेटमा अनिता बस्नेतले एक गोल गर्न सफल भएकी थिइन।

    युक्रेन संकटले युरोपियन युनियनको पतन निम्त्याउन सक्छ: एलेक्सिस सिप्रास

    ग्रीसका पूर्वप्रधानमन्त्री तथा वर्तमान विपक्षी दलका नेता एलेक्सिस सिप्रासले युक्रेन र रुसबीच जारी द्वन्द्वमा युक्रेनबाहेक दोस्रो ठूलो हार व्योहोर्नेमा युरोपियन युनियन रहेको र युक्रेन संकट जारी रहेमा यसले युरोपियन युनियनको पतन निम्त्याउन सक्ने बताएका छन्।

    एक कार्यक्रमकाबिच पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै, युक्रेन र रुसबिचको द्वन्द लम्ब्याएर, अमेरिकाले आर्थिक र भू–रणनीतिक रूपमा नहारेको,तर युक्रेन र रुसबीच चलिरहेको द्वन्द्वमा आर्थिक र भू-रणनीतिक दुवै रूपमा युरोपियन युनियनले नराम्रो पराजय भोग्नु परेको उनले बताएका छन्। साथै, यो टकरावकाबीच आर्थिक रुपमा रुसले पनि नहारेको, बरु रुबल झन-झन बलियो बन्दै गएको उनले बताएका छन्।

    युक्रेनका जनतासँग आफ्नो ऐक्यबद्धता व्यक्त गर्दै , अब ईयूले नै युद्ध अन्त्य गर्न सबै प्रयत्न गर्नुपर्ने उनले बताएका छन्। यस युद्दमा युरोपियन युनियनले हारेको र युनियनको नेतृत्व, दूरदृष्टि र रणनीतिको अभावले यो सब भएको सिप्रासले दावी गरेका छन्।

    रुस विरुद्ध लगाइएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरू के साँच्चिकै सहि साबित भएको छ?, या हामी आफ्नो खुट्टामा आँफै बन्चरो प्रहार गर्दैछौं भन्ने प्रश्न गर्दै, उनले आर्थिक नाकाबन्दी र प्रतिबन्धहरुबारे पुन: मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका छन्।
    युद्द लम्ब्याउने तिर नलागी,युरोपियन युनियनले आफ्नो स्वार्थको रक्षा नगरेसम्म सिङ्गो युरोपियन युनियनको अस्तित्व समस्यामा पर्ने उनले बताएका छन्।

    आँधीका कारण जापानमा ९० लाख मानिसलाई स्थानान्तरण गरिने

    जापानमा अहिलेसम्मकै सबैभन्दा ठूलो आँधी नान्माडोलको कारण सम्बन्धित क्षेत्रका ९० लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण हुन जापान सरकारले आग्रह गरेको छ।

    सुपर टाइफुन नानमाडोलमा परी अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने करिब ९० जना घाइते भएका छन् ।

    आइतवार जापानको सबैभन्दा दक्षिणी टापु, क्युसुमा सुरु भएको आँधी केही दिनमा होन्सुको मुख्य टापु भएर जाने पूर्वानुमान गरिएको छ।

    आंधीको कारण दशौं हजार मानिस आपतकालीन आश्रय स्थलमा बसिरहेका छन् भने, आंधी प्रभावित क्षेत्रमा हवाई उडान, रेल सेवा, बिजुली, यातायात लगायतका सम्पूर्ण सेवाहरु अवरुद्ध भएको छ।

    कागोशिमा, मियाजाकी, ओइटा, कुमामोटो र यामागुची क्षेत्रका ५००,००० भन्दा बढी मानिसहरूका लागि,जापानको प्रकोप चेतावनी स्केलमा अहिलेसम्मको सबैभन्दा उच्च, पाँच-स्तरको चेतावनी जारी गर्दै, उच्च सतर्कतामा बस्न आग्रह गरिएको छ।

    राष्ट्रपतिको नाम जोडेर भ्रामक समाचारहरु प्रकाशन-प्रशारण नगर्न आग्रह

    राष्ट्रपति कार्यालयले राष्ट्रपति र शितल निवासको नाम जोडेर कुनै पनि किसिमको भ्रामक समाचारहरु प्रकाशन-प्रशारण नगर्न आग्रह गरेको छ।

    राष्ट्रपति र शितल निवासको नाम जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरु प्रकाशन-प्रशारण भइरहेको घटनाप्रति आपत्ति जनाउंदै राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरेको छ। राष्ट्रपति कार्यालयबाट भए गरेका काम कारवाही नियमित रुपमा विज्ञप्ति मार्फत जाकारी गराइरहेको भन्दै, आधिकारीक व्यक्तिसँग बुझेर मात्र समाचार प्रकाशन-प्रशारण गरिदिन आग्रह गरेको छ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा,यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भइरहेको देखिएको हुँदा आधिकारीक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ,’ भनि उल्लेख गरिएको छ।

    rashtrapati karyalay
    shittal niwas

    चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्छ : बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् ।

    अमेरिकाले ताइवान सम्बन्ध ऐन अन्तर्गत ताइवानलाई हतियार बेच्दै आएको छ, जसमा भनिएको छ कि अमेरिकाले टापुलाई आफ्नो रक्षाको लागि साधन उपलब्ध गराउनेछ । यस महिनाको सुरुमा, अमेरिकाले ताइवानलाई $ १. १ बिलियन डलर बराबरको हतियार र मिसाइल बेच्न सहमति गरेको छ ।

    यसैबीच, ताइवानले ताइवानप्रति अमेरिकी सरकारको सुरक्षा प्रतिबद्धतालाई स्वागत गर्दै, ताइपेईले वाशिंगटनसँग आफ्नो सुरक्षा साझेदारीलाई अझ गहिरो बनाउने बताएको छ।

    अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको विवादास्पद भ्रमण गरेपछि अमेरिका र चीनबीच ताइवानलाई लिएर तनाव बढेको छ।

    ताइवान पूर्वी चीनको तटमा रहेको एक स्वशासित टापु हो जसलाई बेइजिङले आफ्नो भूभागको रूपमा दाबी गर्दै आएको छ ।

    अनशनरत डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ।

    ७ बुँदे माग राख्दै धनगढीको कृष्णमन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्नुभएको डा. केसीको स्वास्थमा गम्भिर समस्या देखिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। सेती प्रादेशी अस्पतालले पनि उहाँको स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि उपचारको लागी विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गर्दै विज्ञप्ति जारि गरेको छ।

    अस्पतालको अनुसार केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएकोले थप जटिलता उत्पन्न हुन सक्ने जनाएको छ।

    seti hospital govinda kc
    https://nepalrastriyadainik.com/%e0%a4%a1%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4/

    निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न सरकार प्रतिबद्ध छ : देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा सरकारले सबैको साथ पाउने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

    उहाँले,निर्वाचनले देशमा लोकतान्त्रिक विधि र माध्यमबाट शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण सुनिश्चित गर्छ भने अर्कोतर्फ हाम्रो संविधानलाई जिवन्त बनाउन मद्दत गर्ने पनि बताउनुभएको छ। प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढेको र मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन पूरा भइसकेकाले अब संस्थागत गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

    वीर सहिदहरुको अधुरा सपना पूरा गर्ने र समृद्ध नेपाल बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको भन्दै,निर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरेर जति सक्दो चाँडो हरेक नेपालीको घरघरमा समृद्धि र सुशासन पुर्‍याउन हामी सबैले इमान्दारिताका साथ काम गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची तय गरेको छ।

    उम्मेदवार छनोटका लागि खुला प्रारम्भिक मतदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारअरुको सुची सार्वजनिक गरेको हो।

    पार्टीका अनुसार खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले अनलाइन मतदान गरेका र सो प्रक्रियामा सबैभन्दा धेरै मत प्राप्त गर्नेलाई नै समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिने पनि जनाएको छ।

    संविधान दिवसमा राष्ट्रपतिद्वारा आम माफी

    संविधान दिवस २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति बिध्या देवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा र २१ जनाको सजाय माफी गर्नुभएको छ।

    संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर नियमावली, २०७६ को नियम ३, तथा सर्वोच्च अदालतको आदेश अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार देशका विभिन्न कारागारमा रहेका ६८१ जना कैदी–बन्दीको कैद कट्टा गर्नुभएको हो।

    त्यसैगरी, संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा २१ जना कैदी–बन्दीको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    aam mafi sambidhan diwas

    आगामी निर्वाचनका लागि निर्वाचन अधिकृतको नाम सिफारिस

    आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि न्याय परिषद् तथा न्याय सेवा आयोगले सरकारलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सिफारिस गरेको छ।

    न्याय परिषद्ले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा सिफारिस गरेको छ ।

    न्याय परिषद् तथा न्याय सेवा आयोगले जगेडा सहितका ९४ जना जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत , न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत र २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ।

    निलम्बित प्रधानन्यायाधीश राणामाथिको अवरोध हटाउन मानवअधिकार आयोगको आग्रह

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनकै घरमा सुरक्षाकर्मीको कडा निगरानीमा नजरबन्दमा राखेको र आवतजावतमा बन्देज लगाएको खबर सार्वजनिक भएपछी, जबरा निवासको अनुगमनमा पुगेको मानवअधिकार आयोगले जबरामाथिको अवरोध हटाउन माग गरेको छ ।

    मानवअधिकार आयोगले एक विज्ञप्तिमा जारी गर्दै , संविधानले दिएको कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको र संविधान र कानुनको आधारमा जबरामाथिको अवरोध अन्त्य गर्न आग्रह गरेको हो ।

    राणालाई सुरक्षाकर्मीले बिना कारण निवासबाट बाहिर निस्कन नदिएको र राणाको निवासमा प्रवेश गर्ने र बाहिरिने मानिसमाथि निगरानी राखेको, निवासबाट बाहिरिने सवारी साधनलाई कडाइका साथ चेकजाँच गरेको र राणाको सवारी साधनको स्कर्टिङ टोलीलाई पनि हटाएको आयोगले जनाएको छ ।

    manab adhikar aayog
    17

    टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

    उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै, टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन निर्देशन दिएको छ।

    प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारि गरेको हो।न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना, कानुनी रित नपुर्‍याइ र उचित क्षतिपूर्ति नदिई नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो।

    काठमाडौं महानगरले टुकुचा खोला मिचेर बनाइएको अवैध संरचना हटाउने कार्यलाई केहिदिन यता तीव्रताको साथ अगाडि बढाएको थियो।

    समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न दुई दिनको समय

    मंसिर ४ मा हुने आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले आज र भोलि गरि दुई दिनको समय निर्धारण गरेको छ।

    आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्ने जनाएको छ । साथै, आयोगले उल्लेखित ऐन नियम तथा नियमावली र निर्देशिकामा उल्लेख भएको प्रक्रिया पुरा गरि , समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व रहने गरि उम्मेदवारहरुको बन्दसूची पेस गर्न आग्रह गरेको छ।

    निर्वाचन आयोगले असोज ४ देखि ९ गतेसम्म पेस गरिएको बन्दसूची उपर छानबिन गरी आवश्यक ठहरिएमा बन्दसूची सच्याउन दलहरूलाई जानकारी गराउनेछ ।त्यसैगरी,बन्दसूचीमा सच्याउन उल्लेख भएको विषयमा सिमित रही। १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गर्न सकिने पनि आयोगले जनाएको छ।

    nirwachan aayog

    प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल

    प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल शनिबार राति १२ बजेबाट सकिएको छ ।प्रतिनिधिसभाको ११ औं अधिवेशन अन्तर्गत शनिबार बसेको अन्तिम बैठक सकिएसँगै प्रतिनिधिसभा निष्क्रिय भएको छ ।

    प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकाल निकै विवादास्पद र उतारचढावपूर्ण रहयो। दुई पटक सम्म विघटन गरिएको प्रतिनिधिसभा झण्डै ९ महिना अवरुद्द रहयो। एमाले र माओवादीको एकताबाट दुइतिहाई बहुमत लिएर सुरुभएको प्रतिनिधिसभा अन्त्यमा एमाले बाहेकको पाँच दलिय गठबन्धनको बहुमतहुँदै अन्त्य भएको छ।

    कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा जारी गर्नु प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकालको एक मात्र महत्वपूर्ण उपलब्धि रहयो । यो पाँचवर्षे कार्यकालमा सांसदको सेवासुविधामा राज्यको झण्डै ३ अर्ब ८० करोडभन्दा बढी रकम खर्च भएको छ । यधपी,प्रतिनिधिसभाको यो कार्यकाल देश र जनताको लागि खासै उपलब्धि मुलक रहेन।

    पाँच वर्षे कार्यकालमा एक सय ५३ विधेयक दर्ता हुँदै गर्दा एक सय दुई कानुन बने । ११ विधेयक फिर्ता हुँदा प्रतिनिधिसभामा उत्पत्ति भएका २७ विधेयक निष्क्रिय हुन पुगे।

    प्रतिनिधिसभाले पाँच वर्षको अवधिमा दुई सभामुख र दुई उपसभामुख पायो ।गणपुरक संख्या नपुगेकै कारण पटक-पटक संसद बैठक नै स्थगित गर्नुपर्ने लज्जास्पद अवस्थाको सिर्जना हुनपुग्यो । सरकारमाथि नियन्त्रण र नियमन गर्ने संसद नै सरकारको बन्दि बन्न पुग्यो। सभामुख संसदप्रति भन्दा दलप्रति बफादार देखिए।

    तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा पहिलो पटक प्रतिनिधिसभा विघटन गरिदिए। सर्वोच्च अदालतले २०७७ फागुन ११ गते प्रतिनिधिसभा विघटनको फैसला उल्ट्याइदियो। पार्टीभित्रको आन्तरिक विवादकै कारण प्रतिनिधिसभा २०७८ जेठ ७ गते पुन: दोस्रो पटक विघटन भयो। प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछी माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड लगायतका पार्टीका शिर्ष नेताहरुनै प्रतिपक्ष काँग्रेससंग मिलेर संसद विघटनको विरुद्द सर्वोच्चमा पुगे। २०७८ असार २८ गते सर्वोच्चले प्रतिनिधिसभा विघटनको फैसला उल्ट्याउँदै परमादेश जारी गरेर देउवालाई प्रधानमन्त्री बनाइदियो। दुई तिहाईको बहुमत लिएर प्रधानमन्त्री बनेका ओली एकाएक प्रतिपक्ष बने।

    लगत्तै देउवा सरकारले केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत पुर्‍याए नयाँ दल गठन गर्न मिल्ने अध्यादेश ल्याए। एमाले र माओवादी दुई पार्टी मिलेर बनेको नेकपा अन्तत: एमाले, समाजवादी र माओवादी गरि ३ टुक्रामा विभाजन हुन पुग्यो र पाँच दलको गठबन्धन सरकार निर्माण भयो। दुई तिहाईबाट एक्कासी प्रतिपक्षको बेञ्चमा पुगेको एमालेले २०७८ भदौ २३ देखि २०७९ जेठ ३ सम्म नौ महिना संसद् अवरोध गर्‍यो । यहीबीच गठबन्धन दलभित्रै पनि एमसीसी पास गर्ने र नगर्नेको बीच मत विभाजन भैरहेको बेला सर्वोच्चले एमाले छोडेर गएका १४ सांसद र माधव नेपाललाई बालुवाटार प्रकरणमा तान्ने थाहा पाएपछि एमसीसी पास गर्ने शर्तमा गठबन्धनका ९८ सांसदले प्रधानन्यायधिस विरुद्ध संसदमा महाअभियोग दर्ता गरे। अन्त्यमा कडा सुरक्षाकोबीच प्रतिनिधिसभाले एमसीसी पारित गर्यो।

    प्रतिनिधिसभाको यो पाँच वर्षे कार्यकालमा विधेयकले भन्दा बढी अध्यादेशले साशन गर्यो। आश्विन १ गते शनिबार प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसंगे नागरिकता विधेयक र प्रधानन्यायाधिश विरुद्धको महाभियोग पनि निष्क्रिय बनेको छ।

    निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउनुको ९ कारण

    महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने ९ कारण उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटा समक्ष प्रतिवेदन पेस गरेको छ ।

    समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा निलम्बित प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी गम्भीर कानुन उल्लंघन गरेको,रञ्जन कोइरालाको मुद्दामा सजाय घटाइ कानुनको उल्लंघन गरेको,संवैधानिक नियुक्ति सम्बन्धी मुद्दालाई सुनुवाइ प्रक्रियामा नलगी न्यायाधीशले पालना गर्नु पर्ने आचारसंहिताको गम्भीर उल्लंघन गरेको र न्याय प्रशासनको अन्तिम जिम्मेवारी लिने संवैधानिक व्यवस्था बमोजिमको कर्तव्य पूरा गर्न नसकेको लगायतका कारणहरु उल्लेख गरिएको छ।

    jabara mahabhiyog karan

    रुसले चाहेमा युक्रेन विरुद्ध कुनैपनि बेला विजय घोषणा गर्न सक्छ:गेर्गेली गुल्यास

    प्रधानमन्त्री कार्यालय हंगेरीका मन्त्री गेर्गेली गुल्यासले रुस युक्रेन द्वन्द्वबारे आफ्नो धारणा राख्दै, रुसले चाहेमा युक्रेन विरुद्ध कुनैपनि बेला विजय घोषणा गर्न सक्ने बताएका छन्।

    रुस र युक्रेन दुवैलाई युद्धको वर्तमान अवस्थाबाट बाहिर निस्कन गाह्रो भइरहेको भएपनि रुसले चाहेमा कुनै पनि बेला युक्रेन विरुद्ध विजय प्राप्त गर्ने सक्ने गुल्यासले बताएका छन्। रुस विरुद्दको प्रतिवन्धले रुसलाई घाटा हुनुको सट्टा नाफा भैरहेको भन्दै उनले नाटोलाई प्रत्यक्ष रुपमा संलग्न नहुन चेतावनी समेत दिएका छन्। युरोपियन युनियनका नीतिहरूले रुस युरोपबाट टाढा हुँदै एसियासँग नजिक भएको समेत बताएका छन्।

    युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गर्दै गर्दा,राष्ट्रिय हित विपरित हंगेरीले मस्कोमा कुनैपनि किसिमको प्रतिबन्ध लगाउन तयार नरहेको पनि बताएका छन्।

    युक्रेनले विगतमा युक्रेनी विद्यालयहरूबाट अल्पसंख्यक भाषाहरू हटाउँदै हंगेरीसंग भेदभावपूर्ण व्यबहार गरेको समेत आरोप लगाएका छन्।

    वर्षाको कारण देशका विभिन्न भागमा बाढी र पहिरो

    केहि दिनदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ। अविरल वर्षासँगै आएको बाढीले हजारौं घर परिवार डुबानमा परेका छन्।निरन्तर वर्षाको कारण आएको पहिरोमा परि अछाममा २२ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।

    अविरल वर्षाको कारण आएको बाढीले कैलालीको भजनी भजनी नगरपालिका, लम्कीचुहा,जोशीपुर र जानकी गाउँपालिका र आसपासको झण्डै १५ सय घर डुबानमा परेको छ । बाढीको कारण ६ हजार भन्दा बढी मानिसहरु विस्थापित भएका छन्। उनीहरुलाई उद्दार गरि स्थानिय विद्यालय र सामुदायिक भवनहरुमा राखिएको छ।

    bardiya flood

    निरन्तर वर्षाको कारण महाकाली नदीमा पानीको बहाव बढेपछी शारदा ब्यारेजको पुलमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको छ । शनिबार साँझको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ३० हजार क्यूसेक पुगेको छ ।

    त्यसैगरी,अविरल वर्षपछि दोदा, बनहरा र स्यालीलगायत नदीमा आएको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका करिब ४ सय बढी घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्दार गरि स्थानिय विद्यालयमा राखिएको छ।

    bardiya river flood

    अविरल वर्षाले बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाका करिन ७ सय भन्दा बढी घर डुबानमा परेको छ। डुबानमा परि विस्थापित भएकाहरुलाई स्थानिय विद्यालय, सामुदायिक भवन लगायत सुरक्षित स्थानमा राखिएको छ। बर्दियाको बबई, कर्णाली र अन्य साना, ठूला खोलाहरुमा पानीको बहाव उच्च भरहेको स्थानिय प्रशासनले जनाएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%9b%e0%a4%be%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9/

    प्रतिनिधिसभाको अन्तिम बैठकमा कसले के बोले ?

    प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल शनिबार राति १२ बजेबाट समाप्त हुँदैछ  । प्रतिनिधिसभाको ११ औं अधिवेशन अन्तर्गत शनिबार बसेको अन्तिम बैठक सकिएसँगै प्रतिनिधिसभा निष्क्रिय भएको छ ।

    प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकाल निकै विवादास्पद र उतारचढावपूर्ण रहयो। दुई पटक सम्म विघटन गरिएको प्रतिनिधिसभा झण्डै ९ महिना अवरुद्द रहयो। एमाले र माओवादीको एकताबाट दुइतिहाई बहुमत लिएर सुरुभएको प्रतिनिधिसभा अन्त्यमा एमाले बाहेकको पाँच दलिय गठबन्धनको बहुमतहुँदै अन्त्य भएको छ।

    प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकालमा सांसदको सेवासुविधामा राज्यको झण्डै ३ अर्ब ८० करोडभन्दा बढी रकम खर्च गरेर अन्तिम बैठकसम्म आइपुग्दा पनि,राज्य र जनताको लागि संसदले गरेका उपलब्धि र कमजोरीहरुको समिक्षा गर्नुको सट्टा, नेपाली राजनीतिका शिर्ष नेताहरुले एकअर्काप्रति आक्षेप लगाउनमै समय खर्च गरे।

    सभामुख अग्निप्रसाद सापकोटा
    सभामुख अग्निप्रसाद सापकोटाले दुई पटक विघटन भएको संसद पुनर्स्थापना हुनुले शक्ति सन्तुलन र नियन्त्रण सहितको संवैधानिक सर्वोच्चता स्थापित भएको र यो आगामी दिनका लागि मार्गदर्शन साबित हुने बताउनुभएको छ। प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व कार्य भएको पनि सभामुख सापकोटाले बताउनुभएको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवा
    प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशकै कारण, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको र संगै काम गर्ने अवसर मिलेको बताउनुभएको छ। साथै,जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम चल्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको आफ्नो कार्यकालमा सरकारले राम्रो उपलब्धी हासिल गरेको र स्थानीय,संघ र प्रदेशको चुनाव गर्ने अवसर प्राप्त भएको समेत बताउनुभएको थियो।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा भंग गरेको र प्रतिगमनको नाममा भ्रम फैलाउन खोजेको बताउनुभएको छ ।ओलीले निर्वाचन गर्न नभई देशलाई अँध्यारो सुरुङतिर लैजान प्रतिनिधिसभाको विघटन गरेको समेत बताउनुभएको थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुन:स्थापना हुनु असंवैधानिक भएको बताउनुभएको छ। वर्तमान सरकारको पालामा भ्रष्टाचार बढेको समेत बताउनुभएको छ।ओलीले मंसिर ४ गते जनताले सरकार र गठबन्धनलाई जवाफ दिने समेत बताउनुभएको छ। प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा, परमादेशकै कारणले सदनमा भेट भएको भन्ने प्रधानमन्त्री देउवाको अभिव्यक्ति प्रति इङ्गित गर्दै ओलीले भन्नुभयो ,छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ?

    झलनाथ खनाल
    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले,एमाले अध्यक्ष ओलीले दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरे पनि जनताले सम्झिन लायक कुनै पनि काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ।अदालतले दुई -दुई पटक संसद विघटन गर्नु असंवैधानिक भएको भन्दा पनि ओलीको दिमाग नखुलेको भन्दै, अब मंसीर ४ को चुनावले ओलीको चेत खुल्ने बताउनुभएको थियो। ओली सरकारको पालामा धरहरा र रानीपोखरी बनाइएको भन्ने कुराप्रति इंगित गर्दै, रानी पोखरी मल्लाकालीन राजा प्रताप मल्ल र धरहरा भीमसेन थापाकै पालामा बनिसकेको थियो भन्ने कुराको जिकिर गर्नुभएको थियो।

    बाबुराम भट्टराई
    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहानाबाजी गरेर नागरिकता विधेयक रोक्न नहुने बताएका छन्। नागरिकता विधेयकको मुद्दालाई दलहरुले दलगत र गुटगत आधारमा लम्ब्याइरहेको समेत बताएका छन्।

    जसपा अध्यक्ष उपेन्द्र यादव
    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा संसदीय मर्यादाको खिल्ली उडेको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको भन्दै, नागरिकता विधेयक प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने उनले बताएका छन्।

    संविधान संशोधन नभएसम्म हाम्रो विरोध जारी रहन्छ:लोसपा

    पार्टी केन्द्रीय कार्यकारिणी बैठकको निर्णय सार्वजनिक गर्दै,संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ।

    वर्तमान संविधानमा पूर्ण सहमति नभएकोले संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने लोसपा ले बताएको हो। लोसपाद्वारा जारी विज्ञप्तिमा,संविधानको पूर्णताको निम्ति हामीले उठाएका मागहरू समेटी संविधान संशोधन नहुञ्जेलसम्म हाम्रो विरोध रहिरहनेछ भन्ने कुरा उल्लेख गरिएको छ।

    साथै, नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह समेत गरेको छ।

    अछामको विभिन्न ठाउँमा पहिरो: १७ जनाको मृत्यु

    अविरल वर्षासँगै अछामका विभिन्न ठाउँमा पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।

    स्थानिय प्रशासनका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर- ५ नाडामा ४ जना र ढकारी गाउँपालिका वडा नम्बर-६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ भने ६ जना बेपत्ता भएका छन्। पहिरोमा परि ५ जना घाइते भएका छन्।त्यसैगरी,कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र १ जना घाइते भएको जानकारी प्राप्त भएको छ।

    कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । निरन्तर वर्षाका कारण अछाममा विधुत सेवा र सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । पहिरोमा परि घाइते भएकाहरुको उपचारका लागि हेलिकप्टरमार्फत उद्वार कार्य भैरहेको छ ।

    https://nepalrastriyadainik.com/%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%ae-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a4%be/

    मिटरब्याज पिडित र गृह मन्त्रालयबीच पाँच बुंदे सहमति

    करिब एक महिनाभन्दा लामो समयदेखी आन्दोलनरत मिटरब्याज पिडित पक्ष र गृह मन्त्रालयबीच पाँच बुंदे सहमति भएको छ।

    गृह मन्त्रालय र मिटर ब्याज पिडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच आज भएको पाँच बुंदे सहमति पछि काठमाडौँको माइतीघरमा प्रदर्शन गरिरहेका पिडितहरुले आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ।

    गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा आज भएको ५ बुँदे सहमति अनुसार, मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने,ऋणीले साँवा ब्याज चुक्ता गरेपछि पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने लगायतको सहमति भएको छ ।

    डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि ७ बुँदे माग राख्दै धनगढीको कृष्णमन्दिर धर्मशालामापाँच दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

    अनसनरत डा. केसीसंग वार्ता गर्नको लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । सरकार र डा.केसीबीच मध्यस्थताको लागि चिकित्सक संघका प्रतिनिधिलाई पनि वार्ता टोलीमा राखिएको छ।

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्ना मागहरु सम्बोधन गर्ने सवालमा सरकारले कुनै चासो नदिएपछि डा. गोविन्द केसीले अनसन सुरु गर्नुभएको थियो ।

    पाँचदिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%a1%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a4%b8%e0%a4%a8-%e0%a4%b8%e0%a5%81/

    निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार जरिवाना

    स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना गर्ने भएको छ ।

    निर्वाचन खर्च विवरण नबुझाउने र ढिला बुझाउने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको आयोगले जनाएको छ । खर्च विवरण नबुझाउने र ढिला बुझाउने महानगरपालिका प्रमुख र उपप्रमुखले ७ लाख ५० हजार, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसंख्याक सदस्यले ३ लाख, उपमहानगरका प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसंख्यक सदस्यले २ लाख ५० हजार जरिवाना तिर्नुपर्ने आयोगले जनाएको छ।

    त्यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसंख्यक सदस्यले २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसंख्यक सदस्यले १ लाख ५० हजार र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखले ५० हजार जरिवाना तिर्नुपर्ने आयोगले निर्णय गरेको हो ।

    निर्वाचन खर्च नबुझाएका उम्मेदवारको पद स्वत: खारेज हुने पनि आयोगले जनाएको छ।

    आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

    निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताहरुको अन्तिम नामावली.मतदान स्थल र मतदान केन्द्रहरुको विवरण सार्वजनिक गरेको छ।

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।

    निर्वाचनको लागि आयोगले १० हजार ८९१ मतदानस्थल अन्तर्गत २२ हजार २२६ मतदानकेन्द्र रहने आयोगले जनाएको छ। आयोगका अनुसार ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली स्वीकृत गरिएको छ।

    nirwachan aayog

    साफ वुमेन्स च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमेन्स च्याम्पियनसिप २०२२ अन्तर्गत आज भएको सेमिफाइनल खेलमा भारतलाई १-० को अन्तरले पराजित गर्दै नेपाल विजयी भएको छ।

    खेलको ४५ औं मिनेटमा रश्मी घिसिङले नेपालको तर्फबाट गोल गर्न सफल भएकी थिइन् ।

    सेमिफाइनलको पहिलो खेलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो ।दशरथ रंगशालामा भएको आजको खेलसंगै नेपाल फाइनलमा प्रवेश गरेको छ।सोमबार हुने फाइनल खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ।

    आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर घाटा २२ अर्ब ६३ करोड

    आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा मुलुकको शोधनान्तर स्थित २२ अर्ब ६३ करोडले घाटामा गएको राष्ट्र बैंकले जनाएको छ।

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता रु.१६ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

    nepal rastra bank

    घट्दो क्रममा विदेशी मुद्रा सञ्चिती:
    २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा रु.११९७ अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ ।

    foreign reserve

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१०४९ अर्ब ११ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई रु.१४८ अर्ब ७४ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    एक महिनाको मूल्य वृद्धि ८.२६ प्रतिशत
    आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ ।

    mulya briddhi

    २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ । साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ ।

    नागरिकता विधेयक विरुद्धको रिट दरपीठविरुद्धको निवेदनमा पेसी तोकियो

    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयकविरुद्ध दायर गर्नुभएको रिट दरपीठविरुद्ध सर्वोच्चमा दर्ता गरिएको रिट निवेदनको लागि पेसी तोकिएको छ।

    अधिवक्ता डा. भण्डारीले दर्ता गर्नुभएको रिटमा शुक्रबार भाद्र ३१ गतेको लागि पेसी तोकिएको छ।नागरिकता विधेयक सम्बन्धमा, राष्ट्रपतिको कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्री र गृह मन्त्रालयलाई विपक्षी बनाई भाद्र २१ गते, प्रतिषेध, उत्प्रेषण, परमादेशलगायत जे जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ भनि दर्ता गरिएको रिट दरपिठ गरिएको भन्दै,सर्बोच्च अदालतका का. मु. मुख्य रजिष्ट्रारज्यूबाट मिति २०७९/०५/२३ मा भएको दरपिठको आदेश त्रुटीपूर्ण भएको हुँदा सो दरपिठको आदेश बदर गरी रिट निबेदन दर्ता गरी मुद्धाको पुर्पक्ष गरी पाउँ भनि भण्डारीले पुन: रिट निवेदन दर्ता गर्नुभएको थियो।

    अधिवक्ता डा. भण्डारीले दर्ता गर्नुभएको रिटमा,’नेपालको संबिधान, २०७२ को धारा ११३(३) र धारा ११३(४) एंब प्रतिनिधि सभा नियमावली,२०७५ को नियम १११ र १३६ समेतको पालन नगरी, उक्त धारालाई मिच्ने कार्य गरी प्रमाणीकरण गर्न राष्ट्रपतिज्यू समक्ष पठाएको नागरिकता बिधेयक उक्त धाराले अपेक्षा गरेको एंब संबैधानिक नैतिकताको अन्तर्निहित मूल्य र मान्यता बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा विहंगम रुपमा छलफल नगरी पुनः राष्ट्रपतिज्यू समक्ष पेश भएको हुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभामा विहंगम रुपमा छलफल गरी तार्किक र बस्तुगत निष्कर्षमा पुग्ने कार्य सम्पन्न नभए सम्म प्रमाणीकरण नगर्नु भनि सम्माननीय राष्ट्रपतिज्यूको नाममा प्रतिशेध समेतको आदेश जारी गरी पाउँ भन्ने माग दाबि लिई नेपालको संविधानको धारा ४६ एंब १३३ (२) र (३) एंब धारा १, २, ३, ४, ५, १०, ११, १६, १७, १८, ३२, ३३, ३४, ३५, ३७,४२, ४३, ४८, ८४, ११३(३), ११३(४) समेतको ब्याख्या र निरुपण संग सम्बद्ध सार्बजनिक सरोकारको गम्भीर बिषयको रिट निबेदन लिएर संबैधानिक जटिलताको सम्बोधन गरी पाउन सम्मानित अदालत समक्ष याचना गरेकोमा श्री सर्बोच्च अदालतका का. मु. मुख्य रजिष्ट्रारज्यूबाट मिति २०७९/०५/२३ मा दरपिठ भएको हुँदा उक्त दरपिठ सर्बोच्च अदालत नियमावली, २०७४ को नियम १८(२) र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ प्रतिकुल र त्रुटिपूर्ण भएको हुँदा, उक्त दरपिठको आदेश बदर गरी पाउन श्री सर्बोच्च अदालत नियमावली, २०७४ को नियम १०(१) बमोजिम यो निबेदन लिएर उपस्थित भएको छु । सो दरपिठ बदर गरी उक्त रिट निबेदन दर्ता गरी मुद्धाको पुर्पक्ष गरी पाउन सादर निबेदन गर्दछु,’ भनि उल्लेख गरिएको छ।
    रिट निवेदनको पूर्णपाठ :

    चीनले रुससँग महाशक्तिका रूपमा काम गर्नेछ :चिनीया राष्ट्रपति

    चीनका राष्ट्रपति सी चिनफिङले विश्वमा स्थायित्व बढाउन मस्कोसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षीलाई समरकन्दमा भएको शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा बेइजिङले मस्कोसँग मिलेर महाशक्तिको जिम्मेवारी वहन गर्न चाहेको बताउनुभएको छ ।

    राष्ट्रपति सीले सामाजिक उथलपुथलले त्रसित विश्वमा स्थायित्व र सकारात्मक उर्जा प्रवाह गर्न रुससँग सहयोगी भूमिका खेल्न चीन इच्छुक रहेको पनि बताउनुभएको थियो ।

    त्यसैगरी, राष्ट्रपति पुटिनले दुई देशले बनाएको “बहुपक्षीय सम्बन्ध” को प्रशंसा गर्नुभएको छ ।

    राष्ट्रपति पुटिनले बेइजिङको ‘एक चीन’ नीतिको लागि मस्कोको समर्थन रहेको भन्दै,ताइवान वरपर अमेरिकाले द्वन्द भड्काउन गरेको प्रयासहरूको निन्दा गर्नुभएको थियो ।

    राष्ट्रपति पुटिनले विदेश नीतिको सवालमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै , “युक्रेनी संकटको सन्दर्भमा हाम्रा चिनियाँ साथीहरूको सन्तुलित दृष्टिकोणलाई हामी उच्च मूल्याङ्कन गर्छौं”,भन्ने अभिव्यक्ति प्रकट गर्नुभएको थियो।

    टीकापुर घटनाका अभियुक्तको मुद्दा खारेज गर्ने सरकारको निर्णय

    सरकारले टीकापुर घटनासँग सम्बन्धित मुद्दा खारेज गर्ने निर्णय गरेको छ ।

    सरकारले मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार टीकापुर घटना सम्बन्धी मुद्दामा कानून संशोधन गरेर मुद्दा खारेज गर्ने निर्णय गर्दै, मुद्दा खारेजीको प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    मन्त्रिपरिषद्को बैठकले राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।

    २०७२ सालमा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा सेती अञ्चलका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ५ नेपाल प्रहरी र २ सशस्त्र बलका अधिकृत र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो । टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो ।

    यो निर्णयसंगै सरकारले विप्लव र उनका नेता कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ ।

    https://nepalrastriyadainik.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%b5-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%95%e0%a4%be/

    स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनद्वारा राजीनामा

    आइतबार भएको निर्वाचनमा आफ्नो सरकार पराजित भएपछि स्विडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

    माग्डालेना एन्डरसनको राजिनामासंगै नरमपन्थी पार्टीका नेता उल्फ क्रिस्टर्सनले आगामी सरकार बनाउने अपेक्षा गरिएको छ ।

    एन्डरसन नर्डिक राष्ट्रको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्थ्यो।

    विप्लव नेतृत्वको पार्टीका नेता–कार्यकर्ताका मुद्दा खारेज गर्ने सरकारको निर्णय

    सरकारले विप्लव नेतृत्वको पार्टीका नेता-कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को बैठकले राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।

    सरकारको सो निर्णयलाई स्वागत गर्दै, पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गरेर वार्ता प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

    चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फिर्ता

    चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ ।

    सभामुख अग्नि सापकोटासहितको नेपाली टोलीले आज उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।

    भ्रमणको क्रममा अध्यक्ष लि ले, सभामुख सापकोटा,प्रधानमन्त्री देउवा, राष्ट्रपति भण्डारी लगायत राजनीतिक दलका शिर्ष नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो।

    चिनियाँ टोलीको भ्रमणको क्रममा, चीन र नेपालबीच अन्तरसंसदीय सहयोग सम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।

    आन्दोलनको क्रार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

    पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले असोज १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी सहितको सुचना जारी गरेपछि,नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

    ढुवानी व्यवसायी महासंघले, ढुवानी भाडा समायोजन र भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा पिडियो नलिने लगायतका मागहरु राख्दै आन्दोलनको घोषणा गरेको हो।

    नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै,देशभरका पेट्रोलियम डिपोहरुमा लोड अनलोड नगर्ने चेतावनी दिएको छ ।

    यता, आयल निगमले भने,आपूर्ति व्यवस्थालाई नै पूर्णरुपमा ठप्प पार्ने गरी गरिएको अवरोधका कार्यक्रमप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको बताउंदै, बन्द हडतालका सम्बन्धमा मुलुकको विद्यमान कानुनी व्यवस्थालाई समेत ख्याल राख्दै आन्दोलन एवं अवरोधका कार्यक्रमहरु फिर्ता लिन व्यवसायीलाई अनुरोध गरेको छ।

    petrol pump strike notice

    नेपालले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण लिँदै

    सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर सहुलियत ऋण लिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।कार्कीका अनुसार यातायात तथा व्यापार सम्बन्ध अभिवृद्धि कार्यक्रमका लागि यो ऋण स्वीकृत गरिएको हो ।

    महिला संरक्षण कार्यक्रमको सुदृढीकरण र महिला सशक्तिकरणका परियोजनाको लागि पनि एसियाली विकास बैंकबाट एक करोड २० लाख अमेरिकी डलर अनुदान प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको कार्कीले जानकारी दिनुभएको छ ।

    नेपाली भूमिमा चीनविरुद्ध गतिविधि हुन नदिनेः प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    लि झान्सुको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री देउवाबीच सिंहदरबारमा भएको भेटमा, प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गर्दै भने, ‘नेपाली भूमिमा चीनविरुद्धको गतिविधि हुन नदिने बताउनुभएको थियो ।प्रधानमन्त्री देउवाले सम्झौताले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

    भेटमा झान्सुले दुई देशबीच असल छिमेकीका रूपमा ६ दशकभन्दा लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध स्थापित भएको बताउनुभयो । झान्सुले तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेतृत्वबीच सन् १९६० को दशकमा भएको भेट र भ्रमणको पनि स्मरण गर्नुभयो ।उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति पनि चीन गम्भीर र सचेत रहेको बताउनुभएको छ ।

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन रुसी कुटनीतिज्ञलाई अमेरिकाद्वारा भिसा जारी

    वासिङ्टनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अन्य उच्चस्तरीय कूटनीतिज्ञहरूलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा प्रदान गरेको छ। यो निर्णयले मस्कोका प्रतिनिधिहरूलाई अमेरिकी प्रतिबन्धको बावजुद संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान अनुमति दिनेछ।

    यसअघी, रुसी कूटनीतिज्ञहरूलाई सभाको ७७ औं सत्रमा सहभागी हुन भिसा दिन अस्वीकार गरेकोमा मस्कोले बारम्बार वासिङ्टनको आलोचना गरेको थियो।

    फेब्रुअरीमा युक्रेनमा मस्कोको सैन्य आक्रमण सुरु गरेपछि अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभलगायत उच्च स्तरका रुसी अधिकारीहरूमाथि व्यक्तिगत प्रतिबन्ध लगाएको थियो।

    क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले मंगलबार वाशिंगटनले भिसा दिन ढिलाइ गरेर “आफ्नो दायित्वहरू तोडेको” आरोप लगाएका थिए ।”आशा गरौं कि अमेरिकाले आफ्नो कर्तव्य पूरा गर्नेछ,” उनले भने, वाशिंगटनले महासभामा भाग लिन निर्धारित सबैलाई भिसा दिनै पर्छ।

    सेप्टेम्बर १३ २०२२ मा सुरु हुने संयुक्त राष्ट्रसंघको महासभाको ७७ औं सत्रको मुख्य कार्यक्रम सेप्टेम्बर २० देखि २६ सम्म हुनेछ।

    नेपाल र चीनबीच ६ बुंदे समझदारी

    नेपाल र चीनबीच ६ बुंदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    नेपालको तर्फबाट सभामुख अग्नि सापकोटा र चीनको तर्फबाट चीनिया राष्ट्रिय जनकांग्रेसका प्रमुख ली हान्सुले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। बिआरआइको विषय समेत उठान गरिएको समझदारीपत्रमा,दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत रहने लगायतका विषयहरु समेटिएको छ।

    सम्झौता पत्र :

    डा. गोबिन्द केसीको अनसन सुरु

    चिकित्सक डा.गोविन्द केसीले आजबाट धनगढीको कृष्णमन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्नुभएको छ ।

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकारसँग ७ बुँदे माग राख्दै अनसन सुरु गर्नुभएको हो। यसअघि आफ्ना मागहरु बारे छलफल गर्न सरकारले केही समय मागे गरेकोले, सत्याग्रहको कार्यक्रम सारिएको भएपनि, पछिल्लो समय आफ्ना मागहरु सम्बोधन गर्ने सवालमा सरकारले कुनै चासो नदिएपछि डा. केसीले आजाबाट अनसन सुरु गर्नुभएको हो।

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका विषमा लामो समयदेखि संघर्षरत डा. केसीको माग सम्बोधन गर्ने सवालमा अहिलेसम्म कुनै पनि सरकारले चासो दिएको छैन। विगतमा, पटक-पटक मागहरु सम्बोधन गर्ने सहमति गरिएको भएपनि आजसम्म डा. केसीको मागहरु सम्बोधन भने हुनसकेको छैन .

    डा.केसीको प्रेस विज्ञप्ति :

    नेपालमा स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधार तथा सुशासनका मुद्दा लिएर हामीले लामो समयदेखि संघर्ष गर्दै आएका छौं । यसबीच मेडिकल शिक्षा सुधारमा केही प्रगति भए पनि देशको स्वास्थ्य क्षेत्रको अवस्था दिनानुदिन खस्कँदै गएको छ । देश संघीयतामा गएर स्वास्थ्य सेवाको विकेन्द्रीकरण भएपछि देखिएका तथा बल्झिएका विभिन्न समस्याहरु र तिनका कारण दुरदराजका नागरिकहरुबाट खोसिंदै गएको स्वास्थ्य सेवाबारे पनि हामीले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं ।

    स्वास्थ्य र शिक्षा नाफामुलक नभई सेवामुलक क्षेत्र हुन् । तर नेपालमा राजनीतिक दलका नेता र माफियाहरु मिलेर नाफाको लागि शिक्षा र स्वास्थ्य दुवैको चरम व्यापारिकरण गरिएको छ । नतिजास्वरुप न्यूनतम पूर्वाधार नपुगेका  निजी शिक्षण (मेडिकल लगायत) र स्वास्थ्य संस्थाहरू अधिकांश जनता वस्ने ग्रामिण भेगमा होइन सीमित सहरहरुमा च्याउ उम्रे झैं खुलेका छन् । तर तिनै व्यापारी नेता र माफियाहरुले नयाँ सार्वजनिक संस्थानहरु स्थापना हुन दिएका छैनन् र भएका संस्थहरुलाई धरासायी वनाएका छन् । फलतः शिक्षा र स्वास्थ्य सेवा ग्रामिण भेगका र सहरकै निम्न मध्यम र विपन्न वर्गका व्यक्तिहरूको पहुंचवाट वाहिर पुगेको छ ।

    मेडिकल कलेज र प्रतिष्ठानहरुले स्वास्थ्य जनशक्ति मात्र उत्पादन गर्ने होइन त्यो क्षेत्रका जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा पनि प्रदान गर्छ । तसर्थ हामीले विपन्न वर्गका देखि लिएर सवैको पहुंचको लागि विशेषत  अधिकांश नेपाली वसोवास गर्ने ग्रामिण भेगमा प्रत्येक प्रदेशमा कम्तीमा एउटा र भौगोलिक तथा जनसंख्याको चाप हेरेर थप इलाम, उदयपुर र डडेलधुरा गरेर एक एक वटा सरकारी स्वास्थ्य शिक्षण संस्थानहरु स्थापनाको माग राख्दै आएका छौं । चिकित्सा शिक्षा ऐनले समेत प्रत्येक प्रदेशमा २०८० सालसम्म कम्तीमा एउटा सरकारी शिक्षण संस्था खोल्ने सुनिस्चित गरिसकेको छ ।

    तर विगतेदेखि नै सरकारमा पुग्ने पार्टीका नेता र प्रधानमन्त्रीहरुको भ्रष्ट प्रवृत्ति र मेडिकल माफियासँगको साँठगाँठका कारण बरु भ्यूटावरमा अरवौंको राज्यकोष खर्च गरिएको छ तर तिनै नेताहरुका मतदाताहरुको सुविधाका लागि ठूला सरकारी स्वास्थ्य शिक्षण संस्थाहरु खोल्न रोकिएको छ । हालका प्रधानमन्त्री र अहिलेको सत्ता गठबन्धनमा रहेका पूर्व प्रधानमन्त्रीहरु पनि माफिया र विचौलियाहरुको चंगुलमै छन् । त्यसैले उनीहरूका गृहजिल्ला र राजनीतिक उद्गम स्थल तथा क्षेत्रमा सार्वजनिक संस्थानहरु खोल्नमा उत्सुक छैनन्  वरू भएका संस्थानहरुलाई धराशायी हुने गरी दोहन गरिरहेका छन् ।

    सुदूर पश्चिमको गेटामा स्थापित स्वास्थ्य शिक्षण संस्था सरकारको अकर्मण्यताका कारण संचालनमा अनावश्यक ढिलाइ भइरहेको छ भने डडेलधुरामा खुल्ने झिनो आशा मात्र पलाएको छ । दाङमा प्रतिष्ठान खडा भएको पौने दसक बितिसक्दा पनि भौतिक संरचना निर्माण कार्य शुरु नै भएको छैन । मधेस र गंडकी प्रदेशमा प्रकिया नै अगाडि बढाइएको छैन भने इलाम र उदयपुर मा त्यहांका जनताहरू को अथक प्रयासका वावजुद सरकार को अकर्मण्यता र विपक्षी दलका नेताहरु को पूर्वाग्रह, दम्भ र माफियाहरुसितको साँठगाँठका कारण प्रकिया अगाडि वढेको छैन ।

    यसैबीच सरकारले हामीसित बारम्बार अरु धेरै सम्झौता गरे पनि तीमध्ये धेरैको अझसम्म पनि कार्यान्वयन गरेको छैन । खास गरी सार्वजनिक संस्थाहरुमा अयोग्य पार्टी कार्यकर्ता भर्ती गर्ने काम यस अगाडिका सरकारहरुले झैं यो सरकारले पनि कायम राखेको छ । साथै कुनै पनि तहका सरकारहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छैनन् ।

    फलस्वरुप दुरदराजका नागरिकहरु वर्षौं रोग पालेर बस्न, दीर्घ रोग र अपांगताबाट पीडित बन्न तथा असामयिक मृत्युवरण गर्न बाध्य छन् । शहरमा रहेर स्वास्थ्य सेवामा पहुँच हुने मानिसहरुले समेत महंगा निजी अस्पतालमा घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्था छ किनकि सार्वजनिक अस्पतालहरुको क्षमतावृद्धि गर्नुको सट्टा राजनीतिक स्वार्थका कारण धेरै त्यस्ता संस्थाहरु धराशायी हुने अवस्थामा छन् ।

    हामीसँग विगतमा भएका विभिन्न सम्झौताहरु कार्यान्वयन गर्ने, चिकित्सा शिक्षा ऐन २०७५ मा गरिएका व्यवस्थाहरुलाई तालिकाबद्ध रुपमा कार्यान्वयन गर्ने तथा नीतिगत सुधारका अन्य कामहरु समेत गर्ने भनेर प्रधानमन्त्री देउवाले बारम्बार हामीसित प्रतिबद्धता गरेका छन् । ती प्रतिबद्धताहरुको कार्यान्वयन होला भनेर हामीले झण्डै वर्ष दिनको समय पनि दियौं र धैर्यतापूर्वक कुरेर पनि बस्यौं ।

    साथै देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामीले भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरे पनि सरकारी पक्षको आग्रहमा सत्याग्रहको कार्यक्रम दुई साताले पछि सारेका थियौं । तर यसबीच सरकारले मागहरु पूरा गर्न कुनै कदम नचालेको मात्र नभई संवादको प्रक्रिया समेत शुरु गरेन । यसबाट सरकार स्वास्थ्य र चिकित्सा शिक्षा सुधारमा कति संवेदनविहीन छ र कसरी विभिन्न सार्वजनिक संस्थाहरु डुबाउने गरी चलिरहेको लुटतन्त्र चलाउन चाहन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।

    हामीले राखेका मागहरुको यसबीच सरकारले कुनै सुनुवाइ नगरेकाले यही भदौ २७ गते अपरान्ह ५ बजे देखि सत्याग्रह शुरु गरेको जानकारी गराउँछौं ।

    १) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् ।जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् ।संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।सरकारले तोकेको सुची अनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् ।स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् । देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् ।सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्‍याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरियोस् । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैरचिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गरियोस् ।

    २. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस् । विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पुर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन् । यस अगाडि हामीसित सम्झौता भए बमभोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस् ।

    ३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।

    ४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस् । भागवण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरु तत्काल सच्याइयोस् । प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गरियोस् ।

    ५. चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर–नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस् । मापदण्ड नपुगेका नर्सिंग कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरियोस् ।

    ६. चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्री परिषद्बाट पारित गरियोस् । निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारु गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा पठाउने व्यवस्था गरियोस् ।

    ७.जलबायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस् ।

    डा गोविन्द केसी

    २०७९।५।२७

    https://nepalrastriyadainik.com/%e0%a5%ac-%e0%a4%ac%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%8b%e0%a4%a7%e0%a4%a8-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f-%e0%a4%b8%e0%a4%a4/

    चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा

    चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुग्नुभएको छ। आज ३ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नुभएका लि र उनको टोलीलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटासहितको नेपाली टोली विमानस्थलमा पुगेको थियो ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र ,चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली हान्शुको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ ।

    रुस, मंगोलिया हुँदै नेपाल आउने लागेका लि, नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको १०० जनाको जम्बो भ्रमण टोली विशेष विमानमा नेपाल आएको हो । ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तेस्रो वरीयतामा पर्छन् ।

    अध्यक्ष लीले आज सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय भेट वार्ता गर्नेछन् । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने संसद् सचिवालयले जानकारी दिएको छ । सभामुख सापकोटाले लीको सम्मानमा आज रात्रिभोज आयोजना गर्नेछन् । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा , राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम समेत रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम तय भएको छ ।

    नेविसंघको त्रिविका सबै समिति विघटन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)को कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका सबै समितिहरू विघटन गरिएको छ।

    निरन्तरको तालाबन्दी र आन्दोलनको काराण विवादास्पद बन्दै गएपछि,त्रिभुवन विश्वविद्यालयमा सक्रिय रहेका सबै समिति विघटन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभएको छ ।

    सबै समिति विघटन गरीएसँगै, क्याम्पस अधिवेशनको प्रक्रिया अघि बढाइने पनि शेर्पाले बताउनुभएको छ । नेपाल विद्यार्थी संघलाई वैधानिक ढंगले मूर्तरूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाई क्याम्पस अधिवेशन गर्ने, विज्ञप्तिमा उल्लेख गरिएको छ।सबै साथीहरुलाई अधिवेशन प्रक्रियामा लाग्न आग्रह गर्दै,समितिको रिक्तताको समयमा कुनै पनि सांगठानिक क्रियाकलाप र नियम विपरितका कार्य नगर्न पनि शेर्पाले आग्रह गर्नुभएको छ।

    nebisangh
    4

    मिटरब्याज पीडितमाथि प्रहरीको लाठी

    मिटरब्याजीविरुद्ध प्रदर्शनमा उत्रिएका पीडितहरुलाईलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ।

    तराईका विभिन्न स्थानबाट न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका पिडितहरुमाथि प्रहरीले लाठी प्रयोग गरेको छ। सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका पिडितहरुविरुद्ध प्रहरीले लाठी चार्ज गरेको हो। आन्दोलनकारीहरु कीर्तिपुर बजारबाट नाराजुलुश गर्दै पैदल माइतीघर मण्डलातर्फ आउँदै थिए ।

    mitarbyaj 1

    प्रहरीको कुटाईबाट केहि प्रदर्शनकारीहरु प्रदर्शनकारी घाइते भएका छन् । ४१ दिनदेखि आन्दोलनरत मिटरब्याज पिडितहरुले प्रहरी कार्यलामै पनि नाराबाजी जारी राखेका छन्।

    असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने

    मंसिर ४ मा हुने आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले दुई दिनको समय निर्धारण गरेको छ।

    आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्ने जनाएको छ । साथै, आयोगले उल्लेखित ऐन नियम तथा नियमावली र निर्देशिकामा उल्लेख भएको प्रक्रिया पुरा गरि , समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व रहने गरि उम्मेदवारहरुको बन्दसूची पेस गर्न आग्रह गरेको छ।

    निर्वाचन आयोगले असोज ४ देखि ९ गतेसम्म पेस गरिएको बन्दसूची उपर छानबिन गरी आवश्यक ठहरिएमा बन्दसूची सच्याउन दलहरूलाई जानकारी गराउनेछ ।त्यसैगरी,बन्दसूचीमा सच्याउन उल्लेख भएको विषयमा सिमित रही। १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गर्न सकिने पनि आयोगले जनाएको छ।

    nirwachan aayog banda suchi ummedwar

    चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज नेपाल आउँदै

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली हान्शु आज नेपाल आउंदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ ।

    रुस, मंगोलिया हुँदै नेपाल आउने लागेका लि, नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको १०० जनाको जम्बो भ्रमण टोली विशेष विमानमा नेपाल आउन लागेको हो । ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तेस्रो वरीयतामा पर्छन् ।

    अध्यक्ष लीले आज सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय भेट वार्ता गर्नेछन् । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयकाले जानकारी दिएको छ । सभामुख सापकोटाले लीको सम्मानमा आज रात्रिभोज आयोजना गर्नेछन् । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा , राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम समेत रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम तय भएको छ ।

    काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का व्यवस्थापनमा संलग्नलाई कारवाही गर्न निर्देशन

    प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखसहित जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा बसेको समितिको बैठकले आयोजनाको ठेक्का सम्झौताबारे छानबिन समितिको प्रतिवेदनका आधारमा ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का प्रक्रियाको काम अघि बढ्न नसकेको भन्दै सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको बताइएको छ।

    निरन्तर ओरालो लाग्दै सेयर बजार

    साताको पहिलो कारोबारको दिन आज नेप्से ११ . ४६ अङ्कले घटेर १९२६.२८ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि २.१० अङ्कले घटेर ३७४.७३ विन्दुमा रोकिएको छ।


    आज २२१ वटा कम्पनीको २५ ,२४,२२४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने ७४,७२,२६,६२५ रुपैयाँ पुगेको छ। आजको कारोबारमा अन्य बाहेकका सबै उपसूचक भने घटेको छ ।

    सिट बाँडफाँडमा विना निष्कर्ष टुंगियो गठबन्धनको बैठक

    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँडका लागि भएको छलफल निष्कर्षविहीन भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकमा सिट बाँडफाँडका विषयमा सहमति हुन सकेन ।

    गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी निर्वाचनमा समन्वय गर्ने सहमति भएपनि अहिलेसम्म सिट बाँडफाँडको विषयमा सहमति हुन सकेको छैन । दर्जनौं छलफल भए पनि कुन दलले कति सिट पाउने भन्ने टुंगो लागेको छैन ।

    गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेको छ । सबै दल आ–आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भएको नेताहरुको भनाइ छ । महिनौंसम्म सिट बाँडफाँडमा सहमति हुन नसके पनि गठबन्धन टुट्ने सम्भावना नरहेको नेताहरुले बताएका छन्।

    समानुपातिकतर्फका उम्मेदवारको नामावली बुझाउने मिति नजिकिँदै गर्दा सिट बाँडफाँड टुंगो लगाउन दलहरुमाथि दबाब बढ्दै गएको देखिन्छ।

    आजबाट सोह्र श्राद्ध प्रारम्भ:प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन

    सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा र द्वितीया तिथि खप्टिएका कारण एकै दिन दुवै तिथिको श्राद्ध पर्न गएको छ ।

    वैदिक सनातन धर्म संस्कृती अनुसार हिन्दु धर्मावलम्बीहरुले स्वर्गीय भएका आफ्नो पितृको सम्झनामा,उहाँहरुको मोक्षको कामना गर्दै पितृ कर्म गर्ने गर्दछन जसलाई श्राद्ध भनिन्छ। यसरी पितृ कर्म गर्नाले पितृहरुको आशिर्वाद कायम रहने विश्वाश गरिन्छ।
    वैदिक सनातन धर्म संस्कृती अनुसार श्राद्ध वर्षको दुई पटक गरिन्छ। पहिलो, पितृहरुको देहावसान भएको तिथिमा र दोस्रो, सोह्र श्राद्धमा।पूर्णिमाबाट सुरु भएको पितृ कर्म औँसीका दिन गरी १६ दिनसम्म चल्ने भएकाले पनि यो पितृ कर्मलाई सोह्र श्राद्ध भनिन्छ । यो समय पितृहरू पृथ्वी लोकमा आ-आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने धार्मिक विश्वाश रहिआएको छ ।

    प्रत्येक वर्ष पितृका नाममा गरिने सोह्र श्राद्धको शुभ साइतमा, पितृहरुलाई तर्पण दिएर पिण्ड दान गरिन्छ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता पनि रहिआएको छ।सोह्रश्राद्ध गर्नाले पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। सोह्र श्राद्ध बिहानै गर्नु शास्त्रसम्मत नहुने र अपराह्नकाल पारेर पितृको तिथिका दिन सोह्र श्राद्ध गर्नु उपयुक्त हुने मानिएको छ ।

    सोह्र श्राद्ध प्रारम्भको एउटा पौराणीक कथा :

    सोह्र श्राद्ध प्रारम्भको कथा महाभारतको युद्धसँग जोडिएको छ। महाभारतको युद्धमा मृत्यूवरण गरेपछि दानवीर भनेर कहलिएका कर्ण स्वर्गमा पुग्छन्। स्वर्गमा उनलाई खानको निम्ति इन्द्रले सुनचाँदी मात्र दिन्छन् जुन खान असम्भव हुन्छ ।त्यसपछि कर्णले राजा इन्द्रलाई, मलाई किन खानको लागि खानेकुरा नदिएर सुन र चाँदी दिएको भनेर प्रश्न गर्छन्। जवाफमा इन्द्रले, कर्णले जीवनभरि सुनचाँदी र आभुषण मात्र दान गरेको तर कुनै पनि आनाज र खानेकुरा दान नगरेको कारणले भोजनका लागि अन्नको सट्टा सुनचाँदी दिएको बताउँछन् । तर कर्णले आफूलाई त्यसबारे थाहा नभएको बताएपछि इन्द्रले कर्णलाई पृथ्वीमा फिर्ता पठाउँछन्। पृथ्वीमा फर्किएर कर्णले गरिब मानिसहरु र पशुपंक्षीहरुलाई तृप्त हुनेगरी खानेकुरा खुवाए र अन्न-अनाज दान गरे। सो अवधि सोह्र दिनको रहेकोले सोह्र श्राद्धको सुरुवात भएको र यस अवधिमा यमराजले पनि सबै पितृहरुलाई आ-आफ्नो घर जान खुल्ला छोडिदिन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ।

    बिपीको आदर्श र काँग्रेसको सिद्दान्त बिर्सिएर मनाइएको बिपी जयन्ती

    नेपाली कांग्रेसले शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी १०९औँ बिपी जयन्ती मनायो । बिपी जयन्तीका अवसरमा कांग्रेस नेताहरुले बिपीको शालिकमा माल्यार्पण गर्दै बीपीका विचार र सिद्दान्तहरुको बारेमा प्रवचन दिए। उनीहरुले दिएको प्रवचन सुन्दै गर्दा यस्तो लाग्थ्यो कि आज पनि उनीहरु रत्तिभर विचलित नभईकन बिपीले देखाएको बाटो हिंडीरहेछन्।  

    तर वास्तविकता र आजको परिप्रेक्ष काँग्रेसका नेताहरुले गरेको भाषण र प्रवचन भन्दा  निकै भिन्न बनेको छ।  बीपीको आदर्शको जगमा जन्मिएको नेपाली काँग्रेस र त्यसले आत्मसाथ गर्दै आइरहेको काँग्रेसको सिद्दान्त आज आफ्नै पार्टीको विधानसँग मेल नखाने भैसकेको छ। 

    एउटा सानो घर होस्,खेति गरेर खाने एउटा जमिन होस् र बाँझो जोत्ने एक हल गोरु  होस् भनेर बीपीले हिजो भन्ने गरेको समाजवाद,खेति गर्ने जग्गा प्लाटिंग गरेर बेच्ने र एक हल गोरुको सट्टा एउटा गाडी किनेर बस्ने आजको समाजमा समय सान्दर्भिक नहोला। समयानुकुलको परिवर्तनलाई आत्मसाथ गर्दै जाँदा भएको निरन्तर विकास संग-संगै प्रविधिमा आएको परिवर्तनले जीवन शैली फेरिँदै गर्दा एक हल गोरुलाई ट्रयाक्टरले विस्थापित गर्नु कुनै नौलो कुरा होइन। तर, उनको भनाइको मर्म अझै पनि उत्तिकै अर्थपूर्ण र जिवन्त रहेको छ।  हरेक नेपालीले बाँच्न पाउने अधिकार र गाँस,बास,कपास,शिक्षा र स्वास्थको सुनिश्चतता नै बीपीको समाजवाद, उनको आदर्श हो, जुन नेपाली काँग्रेसको स्थापनासँगै नेपाली काँग्रेसको सिद्दान्त बन्यो। 

    तर, देश प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दै गर्दा बीपीको आदर्श केवल पार्टीको  विधानमा सिमित बनेको छ।  नेताहरुमा देखिएको राजनीतिक र सैद्दान्तिक विचलनले यतिखेर नेपाली काँग्रेसको सिद्दान्त जगैदेखि धर्मराएको छ।  पार्टीको विधान अनुसार भन्ने र गर्ने हो भने,पार्टीको क्रियाशील सदस्य समेत हुने आचरण र योग्यता नराख्नेहरुले पार्टीको बागडोर सम्हालिरहेका छन्। 

    सभापति शेरबहादुर देउवाले बिपी जयन्तीको दिनमा गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने र गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो भन्ने दाबी गरे।  हुन त बिपीको आदर्श र काँग्रेसको सिद्दान्तलाई लत्याएर पदकै निम्ति पार्टी फ़ुटाएका देउवाले त्यसो भन्नु कुनै आश्चार्य होइन।  होइन भने त काँग्रेस पार्टीको सभापतिले बुझ्नुपर्ने कुरा के हो भने,नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट भन्ने पार्टी अस्तित्वमा नआउँदा नै स्थापना भएर आफैं एक्लै खडा भएको पार्टी आज गठबन्धन बिना कम्जोर कसरि हुन्छ ? उनको यो अभिव्यक्तिले नेपाली काँग्रेसको हैसियत र अस्तित्वमाथि नै प्रश्न उठेको छ। नेपाली काँग्रेस हुँ भनेर भन्दै गर्दा, रुखमा भोट हाल्न पाउनुपर्छ भन्नु कसरि पार्टीलाई सिध्याउने षड्यन्त्र हुनसक्छ ?

    पार्टीभित्र मौलाएको खराब प्रवृतिको विरोध गरेर पार्टीको अस्तित्वको खातिर आवाज उठाउनेलाई कारवाही गर्नुपर्छ भन्ने शिर्ष नेताहरुले कस्तो र कसको सिद्दान्तको झोला बोकेर हिंडेका छन? देशकै पुरानो र ठुलो पार्टीले चुनाव जस्तो प्रजातान्त्रिक प्रक्रियामा हारिन्छ भन्ने डरले विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गरेको गठबन्धन कसको लागि ? के स्वार्थको लागि ? हँसिया हथौडामा भोट हालेर माओवादी जिताउँदै गर्दा लोकतन्त्रको रक्षा र प्रजातन्त्र संस्थागत हुने र पार्टीको अस्तित्व धरापमा पर्दैन भनेर भाषण गर्दै हिंड्ने सभापतिलाई बिपीको सालिकमा माला र खादा लगाएर उनको आदर्शको कुरा गर्दा लाज लाग्छ कि लाग्दैन होला ?

    आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी पाएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि  बिपी जयन्तीको  दिन  सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर, घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमले स्थान नपाउने , विगतका कमजोरीको पहिचान र बद्लिएको समयको अपेक्षालाई सम्बोधन गर्ने र पचास लाखभन्दा बढीको संख्यामा विदेशमा रहेको नेपालीको भावना समेट्ने गरि व्यवहारिक घोषणापत्र तयार गर्ने बताए ।

    तर, यी सबै कुराहरु समेटेर घोषणापत्र तयार गर्दै गर्दा १६५ निर्वाचन क्षेत्रबाट चुनाव लड्नुपर्ने काँग्रेसले गठबन्धनको नाममा कति सिटमा सिमित हुनुपर्ने हो त्यो पनि पक्कै उल्लेख गर्नुहोला।  विदेशमा रहेका ५० लाखभन्दा बढी नेपालीको भावना समेट्दै गर्दा  देशभित्रै रहेका काँग्रेसप्रति आस्था राख्नेहरुको भावना समेटिन्छ कि समेटिदैन त्यो पनि बताइदिनुहोला। बिपीले परिकल्पना गर्नुभएको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, काँग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने भनेर भन्दै गर्दा सिंगो काँग्रेस ओझेलमा नपरोस्। विगतका कमजोरीलाई पहिचान गरेर तिनलाई सम्बोधन हुनेगरि घोषणापत्र लेख्दै गर्दा र आगामी चुनावमा काँग्रेसलाई बलियो र पहिलो पार्टी बनाउन कार्यकर्तालाई रुख बाहेकका अन्य चिन्हमा भोट हाल्न दबाब दिएर पार्टीको विधान, आदर्श र सिद्दान्तमाथि निर्मम प्रहार गर्दै गर्दा, अझै पनि काँग्रेस हुँ भन्न लाज लाग्छ कि लाग्दैन त्यो पनि भनिदिनु होला। 

    गठबन्धन गर्नुहुँदैन भन्दै आएका बिपी पुत्र शशांक कोइराला पनि पछिल्लो समय,  अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जान बाध्य भएको बताउन थालेका छन्।  तर चुनाव जित्न र पद अनि सत्ताकै निम्ति सिर्जित यो बाध्यताकाबीच एउटा आदर्श पिताको विरासत लत्याएर, विचार र सिद्दान्त नै नमिल्नेहरुसंग कुम जोडेर हिँड्दै गर्दा उनलाई आत्मग्लानी हुन्छ कि हुँदैन होला ?

    दमौलीमा  १०९ औं बीपी जयन्ती मनाइरहँदा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अझै पनि बीपीको बाटो नछोडेको र बीपीले देखाएको बाटोमै हिँडिरहेको दाबी गरे।  तर, यी सब कुराहरु गरिरहँदा पौडेलले बिपीको बाटो बिर्सिएर आफु देउवाको बाटोमा हिंडिरहेको पत्तै पाएनन्।  होइन भने यति बुझौँ, उनले झुट बोले।  किनकि उनलाई पनि देउवाको हो-मा-हो मिलाएर जसरि पनि चुनाव जित्नुछ।  नभए पार्टीको वरिष्ठ नेता मानिएका व्यक्तिले पार्टीको बिधान अनुरुप, पार्टीको सिद्दान्त र आचारसंहिता भन्दा बाहिर गएर, फरक धार र विचार बोकेको पार्टीहरुसंग एक भएर चुनाब लड्नु नै बिपीले देखाएको बाटो हो भनेर भन्नु र पौडेल जस्ता नेतालाई पार्टीको वरिष्ठ नेता मान्न पर्नु नेपाली काँग्रेसको लागि अभिशाप हो । 

    जब बिपीको विचार र आदर्शको व्याबहारिक रुपमा कदर नै गर्न सकिंदैन भने,  उनको जन्मजयन्ती मनाउनु बिपीको नाम भजाएर काँग्रेसको राजनीतिक दोहन गर्नु शिवाय अरु के हुन सक्छ? काँग्रेसको विचार र सिद्दान्तको धज्जी उडाएर हरेक वर्ष यसरी बिपी जन्मजयन्ती मनाइरहनुको अर्थ के ?

    https://nepalrastriyadainik.com/%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8/
    https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%9a%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%a6%e0%a5%87/

    नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता

    नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै, नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता हुन लागेको जानकारी गराएका छन् ।
    झ्ण्डै २ वर्षको अन्तरालमा हुन लागेको परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई दुई मुलुकका सीमा समस्या समाधान गर्ने जिम्मेवारी दिइए पनि,वार्तामा लिपुलेक र कालापानीको सीमा विवादबारे छलफल हुने वा नहुने भने अन्योल रहेको छ।

    द्विपक्षीय वार्ताका लागि नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल भदौ २८ मा नयाँदिल्ली जानेछन् । पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राबिचको छलफलमा समग्र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्ने एजेन्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ भने, भारतको विदेश मन्त्रालयले भने दुई देशबीच उच्च तहको भ्रमणमा गरिएका प्रतिबद्धता लगायत विषयमा छलफल हुने जनाएको छ ।

    नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहिआएको छ । भारतले २०७६ कात्तिकमा नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध जनाएर पठाएको कूटनीतिक नोटलाई सम्बोधन गर्नुको सट्टा, उल्टै कालापानी–लिपुलेक क्षेत्रमा एकतर्फी रुपमा सडक निर्माण कार्य अघि बढायो  । त्यसपछि नेपालले २०७७ जेठ ७ मा कालापानी,लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नयाँ नक्सा जारी गर्‍यो । त्यस यता नेपाल भारतबीच सिमा विवादको विषयमा कुनै छलफल हुन सकेको छैन।

    भारतले कालापानी ,दशगजा र सुस्तालगायत दर्जनौँ भन्दा बढी स्थानमा नेपालको सिमा अतिक्रमण गरेको छ।

    दार्चुलाम बाढी र पहिरो:पाँच जनाको मृत्यु ७ जना बेपत्ता


    केहिदिन यतादेखि परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले देशभारको जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोको कारण दर्जनौं घरमा क्षति पुगेको छ भने धेरै घर परिवार विस्थापित भएका छन्।

    गएरातिदेखि परेको अविरल वर्षासंगै आएको बाढी र पहिरोले दार्चुलामा दर्जनौं घर परिवार विस्थापित भएका छन्। महाकाली नदी र लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना सहित ७ जना वेपत्ता भएको र पाँच जनाको मृत्य भएको प्रहरीले जनाएको छ।

    jholunge pool flooded

    बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक र दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध बनेको छ। महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ भने, लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। खलंगास्थित दशरथनगर आधारभूत विद्यालय पनि बाढिले बगाएको छ ।

    दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका पाँचवटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको स्थानीयले बताएका छन्।

    बेलायती महारानी एलिजावेथको सम्मानमा नेपाल सरकारले तीन दिन शोक मनाउने

    बेलायती महारानी एलिजावेथको सम्मानमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।

    प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ,महारानी एलिजावेभको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकारले उनको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र देशभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। महारानी एलिजावेथको निधनमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ। सरकारले बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना प्रकट गरेको छ।

    स्वर्गीय महारानी एलिजाबेथ द्वितीय

    २ जुन १९५३ मा वेस्टमिन्स्टर एबे, लन्डनमा राज्याभिषेक समारोह पछि रानी एलिजाबेथ द्वितीय

    बेलायतको सबैभन्दा लामो समय शासन गर्ने र इतिहासमा विश्वको सबैभन्दा लामो समय शासन गर्ने सम्राट मध्येकी एक महारानी एलिजाबेथको स्कटल्याण्डको बालमोरल क्यासलमा ९६ वर्षको उमेरमा निधन भएको छ ।

    Crown Princess Elizabeth of Great Britain later Queen Elizabeth II with her pony at age 10
    १० वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीय

    उनको जन्म सेन्ट्रल लन्डनको मेफेयरमा , तत्कालीन ड्यूक र डचेस अफ योर्क (पछि राजा बनेका जर्ज छैठौं र रानी एलिजाबेथ) को सन्तानको रुपमा भएको थियो। एलिजाबेथको हजुरबुबा, राजा जर्ज पाँचौंको १९३६ मा मृत्यु हुनु र त्यही वर्ष उनका काका, राजा एडवर्ड आठौंले गद्दि त्याग गरेपछि राज सिंहासनको दाबेदारको रुपमा उनि दोस्रो पङ्क्तिमा थिइन ।

    Princess Elizabeth and Prince Philip duke of Edinburgh wave to a crowd from the balcony of Buckingham Palace on November 20 1947 shortly after their wedding at Westminster Abbey
    राजकुमारी एलिजाबेथ र प्रिन्स फिलिप, वेस्टमिन्स्टर एबेमा आफ्नो विवाहको लगत्तै नोभेम्बर २० १९४७ मा बकिंग्हम प्यालेसको बालकनीबाट भीडलाई हात हल्लाउँदै

    सन् १९२६ मा जन्मिएकी एलिजाबेथ अलेक्जान्ड्रा मेरी, आफ्ना बुबा राजा जर्ज छैठौंको मृत्युपछि २५ वर्षको उमेरमा १९५२ मा बेलायतको सिंहासनमा आरोहण गरेकी थिइन्।

    दोस्रो विश्वयुद्ध सुरु हुँदा एलिजाबेथ मात्र १३ वर्षकी थिइन् र उनलाई राजधानीबाट बाहिर निकालिएको थियो। १९४५ मा, १८ वर्षको उमेरमा, उनले युद्धको समयमा ब्रिटिश सेनाको महिला शाखा सहायक क्षेत्रीय सेवामा भर्ना भइन् र द्वन्द्वको अन्त्यसम्म सेवा गरिन्।

    १९४७ मा, उनले ग्रीस र डेनमार्कका पूर्व राजकुमार फिलिप माउन्टबेटनसँग विवाह गरिन । रानी एलिजाबेथ र अप्रिल २०२१ मा ९९ वर्षको उमेरमा मृत्यु भएका उनका पति प्रिन्स फिलिपका चार छोराछोरी छन्: चार्ल्स:प्रिन्स अफ वेल्स, एनी: राजकुमारी रोयल, प्रिन्स एन्ड्र्यू: ड्यूक अफ योर्क, र प्रिन्स एडवर्ड: अर्ल अफ वेसेक्स । उनीहरुका आठ नातिनातिना छन् ।

    Princess Elizabeth standing by an Auxiliary Territorial Service first aid truck wearing an officers uniform in 1945
    राजकुमारी एलिजाबेथ, १९४५ मा सहायक क्षेत्रीय सेवामा भर्ना भएपछी

    जुन २, १९५३ मा उनको राज्याभिषेकलाई बेलायतमा मात्र २७ मिलियन मानिसले हेरेको र देशमा टेलिभिजनको लोकप्रियता बढाउनमा महत्वपूर्ण भूमिका खेलेको मानिएको थियो। कार्यक्रमले मात्र बेलायतमा टिभी लाइसेन्सको संख्या ३० लाख पुगेको थियो । टिभीमा राज्याभिषेक देखाइएको बेलायतको इतिहासमा त्यो नै पहिलो पटक थियो।

    उनको बुबाको मृत्यु पछि, एलिजाबेथ बेलायतको मात्र नभई अन्य छ वटा अन्य स्वतन्त्र कमनवेल्थ देशहरू: क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान र सिलोन (श्रीलंका) को प्रमुख बनिन् । जब उनले बेलायती साम्राज्यको उत्तराधिकार प्राप्त गरिन त्यो समयमा पनि बेलायतले ७० वटा राष्ट्रहरुमा शाशन गरिरहेको थियो। मृत्यु अघिसम्म पनि उनि यूके सहित १५ राष्ट्रहरूको लागि राज्य प्रमुख थिइन्।

    Queen Elizabeth II sits astride her horse Burmese as she makes her way from Buckingham Palace during the Trooping the Colour ceremony in London UK on June 12 1971
    जुन १२, १९७१ मा लन्डनको ट्रुपिङ द कलर समारोहको क्रममा महारानी एलिजाबेथ द्वितीय आफ्नो घोडा, बर्मीज चढेर , बकिंग्हम प्यालेसबाट निस्किंदै

    उनको शासनकालमा बेलायतको युरोपियन युनियन मा प्रवेश, युरोपियन युनियनबाट बाहिरिने र बेलायत भित्रको शक्तिको हस्तान्तरण र उत्तरी आयरल्याण्डको समस्या जस्ता प्रमुख राजनीतिक परिवर्तनहरू देखियो।

    राज्यको प्रमुखको रूपमा, एलिजाबेथलाई बेलायतका १५ प्रधानमन्त्रीहरूले सेवा गरेका थिए। आफ्नो जीवनको सात दशकमा, महारानी एलिजाबेथको सरकार प्रमुखको रुपमा सबैभन्दा पहिलो प्रधानमन्त्री सर विन्स्टन चर्चिल र अन्तिम, लिज ट्रस रहेका थिए ।

    https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%95%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%8f%e0%a4%b2%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%ac%e0%a5%87/
    https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b2/

    बेलायतका नयाँ राजा चार्ल्स तृतीय

    महारानी एलिजाबेथ द्वितीयको जेठो छोरा चार्ल्सले उनको मृत्यु पछि श्रीपेच ग्रहण गर्नुभएको छ ।

    स्कटल्याण्डमा बिहीबार आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि पूर्व राजकुमार चार्ल्स अब बेलायतको राजा बन्नुभएको छ ।

    लामो समयदेखि देशको सेवा गर्दै आउनुभएका उत्तराधिकारी चार्ल्सले ७३ वर्षको उमेरमा बेलायतको राजतन्त्र र कमन वेल्थ राष्ट्रहरुको प्रमुखको भूमिका ग्रहण गर्नुभएको छ । चार्ल्सकी श्रीमती क्यामिला, डचेस अफ कर्नवाल, अब बेलायतको रानी बन्नुभएको छ।

    राजा चार्ल्सले आफ्नी आमा एलिजावेथको सम्झनामा गहिरो शोक प्रकट गर्नुभएको छ। राजा चार्ल्सले आफ्नो आधिकारिक उपाधिको लागि चार्ल्स तृतीय नाम रोज्नु भएको छ, जबकि उहाँको पुरा नाम चार्ल्स फिलिप अर्थर जर्ज हो।

    https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%95%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%8f%e0%a4%b2%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%ac%e0%a5%87/

    बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

    बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ।

    बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने शाही तथा इतिहासमा विश्वकै सबैभन्दा लामो समय शासन गर्ने सम्राट महारानी मध्येकी एक, एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ ।

    महारानी एलिजाबेथको निधन स्कटल्याण्डको बालमोरल क्यासलमा भएको हो।

    “महारानी एलिजाबेथ द्वितीय चट्टान थिइन, जसमा आधुनिक बेलायत निर्माण गरिएको थियो”,भन्दै प्रधानमन्त्री लिज ट्रसले एलिजाबेथ द्वितीयलाई श्रद्धांजलि अर्पण गर्नुभएको छ।

    सत्ता गठबन्धनमा सिट बांडफांड अझै अन्यौल

    लामो समय र पटक-पटकको बैठक र छलफलपछि पनि गठबन्धन दलका शिर्ष नेताहरुले आगामी निर्वाचनको लागि सिट बांडफांडको विषयबारे ठोस निर्णय गर्न सकेका छैनन्।

    गठबन्धन दलले आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि बनाएको कार्यदलले पनि बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सिट संख्या विना नै आफ्नो प्रतिवेदन बुझाएको हो ।

    कार्यदलले प्रतिनिधि सभा र प्रदेश सभातर्फका निर्वाचन क्षेत्रमा सहमति जुटाएर प्रतिवेदन बुझाएको जनाएको छ। यधपी, कार्यदलले कसलाई कहाँ कति सिट बांडफांड गर्ने विषयमा भने कुनै निर्णय नगरेको र यसको जिम्मा पार्टीका शिर्ष नेताहरुले नै गर्ने जनाएको छ।

    सहमति भएका विषय समेटेर प्रतिवेदन पेश गरिएको र सहमति हुन बाँकी विषयमा शिर्ष नेताहरुले नै टुङ्गो लगाउने कार्यदलले जनाएको छ।

    कार्यदलको प्रतिवेदन पछि पनि शिर्ष नेताहरु सिट बांडफांडको विषयमा ठोस निष्कर्षमा पुग्न नसकेपछि भोलि फेरी बस्ने गरि आजको बैठक टुंगिएको छ।

    भन्सार छलेर ल्याइएको करिब १ करोड मूल्य बराबरको चिनी र चामल बरामद

    भन्सार छलेर ल्याइएको करिब १ करोड मूल्य बराबरको चिनी र चामल सशस्त्र प्रहरीले बरामद गरेको छ ।

    रुपन्देहीको २ विभिन्न स्थानबाट ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ । चेक जांचको क्रममा, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी बरामद गरिएको हो ।

    त्यसैगरी,ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरस्थित हुलाकी मार्गबाट भैरहवातर्फ जाँदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको प्रहरीले जनाएको छ।

    बरामद सामग्रीसँगै ट्रकका चालकलाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

    निर्वाचनको कार्यतालिका सार्वजनिक

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

    आयोगले असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने जनाएको छ ।

    त्यसैगरी, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र असोज २५ गते उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने जनाएको छ।

    आयोगका अनुसार,उम्मेदवारहरुले असोज २६ गते आफ़्न्नो नाम फिर्ता लिन सक्ने जनाएको छ भने, सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उनीहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने बताएको छ।

    सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी :राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

    जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

    पक्राउ पुर्जी जारी भएपछी प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको र त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरीले जनाएको छ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
    बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

    बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी भए लगत्तै बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको हो ।

    क्यानले जारी गरेको विज्ञप्तिमा, लामिछाने विरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएकोले, क्यानको कार्यसम्पादन समितिको निर्णय अनुसार उनलाई निलम्बन गरिएको जनाएको छ।

    sandip lamichhane can
    https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f%e0%a4%b0-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87/

    सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर बुझाउन काठमाडौँ महानगरको निर्देशन

    काठमाडौं महानगरपालिकाले नेपाली सेना,समाज कल्याण परिषद र नेपाल प्रहरीलाई १० दिन भित्र बहाल कर बुझाउन आग्रह गर्दै पत्राचार गरेको छ।

    नेपाली सेना ,नेपाल प्रहरी र समाज कल्याण परिषदले आफ्नो कार्यालय मातहतको क्षेत्र बहालमा लगाई बहाल आम्दानि गरेको देखिएकोले सम्बन्धित वडा कार्यालयमा १० दिन भित्र बहाल कर बुझाउन निर्देशन दिएको छ।

    महानगरले पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएकोले, बहाल आम्दानी विवरणसहित लाग्ने जरिवाना र कर बुझाउन निर्देशन गरिएको महानगरको राजस्व विभागले जनाएको छ ।

    उल्लेखित अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी रकम असुल उपर गर्ने महानगरले जनाएको छ।

    mahanagar army polic notice
    https://nepalrastriyadainik.com/%e0%a4%98%e0%a4%b0-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%b6%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b8/

    घर तथा पर्खालको नक्शा पास गर्न काठमाडौं महानगरको अल्टिमेटम

    काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवन तथा घर कम्पाउण्डको पर्खालको नक्सा पेस गरी स्वीकृत/नियमित गर्न सूचना जारी गरेको छ।

    महानगरले जारी गरेको सूचनामा, प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप निर्माण गरिएको, तर नक्शा पास नगरिएको ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई ९० दिन भित्रमा भवनको नक्शा पेस गरी स्वीकृत/नियमित गर्न आह्वान गरेको छ। तोकिएको समयभित्र नक्शा पास नगरेमा त्यस्ता भवनहरुको विवरण संकलन गरी,स्थानिय सरकार सन्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड,कार्यविधि र महानगरको निर्णय बमोजिम कारबाही गरिने जनाइएको छ।

    mahanagar suchana naksa pass

    त्यसैगरी,प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप निर्माण गरिएका घरको पर्खालको ३५ दिन भित्र नक्शा पेस गरी स्वीकृत/नियमित गर्न आह्वान गरेको छ। मापदण्ड विपरित निर्माण गरिएका पर्खालहरु ३५ दिन भित्र हटाउन पनि महानगरले आह्वान गरेको छ। तोकिएको मितिभित्र मापदण्ड अनुरुप निर्माण गरिएका पर्खालको नक्शा पास नगरेमा र मापदण्ड विपरित निर्माण गरिका पर्खाल नहटाएमा, महानगर आफैले टोली परिचालन गरि त्यस्ता पर्खाल हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घरधनी बाटै असुल उपर गरिने पनि जनाएको छ।

    parkhal suchana mahanagar
    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%ae%e0%a4%be/

    अदालतको अवहेलना मुद्दामा मेयर बालेन्द्र साहको लिखित जवाफ

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गर्नुभएको छ।

    अधिवक्ता दीपकराज जोशीले,सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा मेयर साहले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै साह विरुद्द अवहेलना मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले उक्त मुद्दामा लिखित जवाफ दिन मेयर साहलाई ७ दिनको म्याद दिएको थियो। अदालतको आदेश बमोजिम मेयर साहले अदालतमा आफ्नो लिखित जवाफ पेश गर्नुभएको हो।

    मेयर साहले अदालतमा पेश गर्नुभएको लिखित जवाफ यस्तो रहेको छ।

    उपरोक्त विपक्षीले दायर गरेको मुद्दामा सम्मानीत सर्वोच्च अदालतबाट मेरो नाममा जारी भएको ७ दिने म्याद सूचना ०७९।५।१६ मा तामेल भएकोले म्यादभित्रै लिखित जवाफ पेश गरिएको छ । लिखित जवाफको व्यहोरा यसप्रकार छ –


    १. “काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत “नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारवाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं ।” भनी गरेको टिप्पणी ….अशोभनीय मात्र होइन, सम्मानीत अदालतको अवहेलना समेत हुने गरी गरिएको भद्दा टिप्पणी उपर चित्त नबुझी सम्मानीत अदालतको शरणमा आएका छौं । ….यस्तो प्रकारको नकारात्मक र भ्रामक अभिव्यक्तिलाई अदालतको अवहेलना मान्नु पर्छ । ….कानून बमोजिम कारवाही गरी पाउँ ।” भन्ने निवेदकको मुख्य मागदावी रहेछ ।


    २. विपक्षीको निवेदन खारेजभागी रहेको सम्बन्धमा स्पष्टीकरण सहितको जिकिर निम्नानुसार प्रस्तुत गर्दछु –
    २.१. मेरो अभिव्यक्तिबाट सम्मानीत सर्वोच्च अदालतको न्याय सम्पादनको कार्यमा अवरोध पुगेको वा आदेश वा फैसलाको अवज्ञा भएको अवस्था नभएको हुँदा निवेदकको दावी निराधार रहेको कुरा प्रारम्भ मै स्पष्ट गर्दछु । हाम्रो जस्तो लोकतान्त्रिक मूल्यपद्धति अपनाएको खुला समाजमा न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) विपरित नहुने गरी आलोचनात्मक विचार अभिव्यक्त गर्न पाइन्छ भन्ने कुरामा विश्वास गर्दछु ।


    २.२. संविधानको धारा १७(२) को खण्ड (क) ले प्रत्येक नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी मौलिक हकको प्रत्याभूति गरेको छ । त्यसको संरक्षक स्वयं न्यायालय पनि हो । उक्त मौलिक हकको अभ्यास गर्दा अदालतको अवहेलना हुन्छ भनी अर्थ गर्नु संविधान सम्मत हुदैन । राज्यका कुनै पनि अंग वा निकायले सम्पादन गरेको काम कारवाहीका सम्बन्धमा विचार प्रकट गरेकोमा त्यसको गलत अर्थ गरी नागरिकमा दण्डको भय उत्पन्न गर्न खोज्नु लोकतान्त्रिक मूल्यपद्धति विपरित हुन्छ ।


    २.३. नेपालको न्यायालय नागरिकको व्यक्तिगत स्वतन्त्रताको हिमायती भएको कुरा यसले अनगिन्ती फैसलामा गरेका व्याख्या वा प्रतिपादन गरेका सिद्धान्तहरुबाट पुष्टी हुन्छ । कुनै नागरिकले न्यायिक काम कारवाहीको सम्बन्धमा आलोचनात्मक दृष्टिकोण प्रकट गर्दैमा न्यायालय आफ्नो न्यायिक कार्य सम्पादनबाट विचलित हुदैन भनी सर्वोच्च अदालत स्वयंले प्रतिपादन गरेको सिद्धान्तमा अभिव्यक्त भएको कुरा हो । बरु, न्यायालय विचलित हुन्छ कि भन्ने विपक्षी निवेदकको जस्तो मनोगत आशंका वा अपेक्षाबाट चाँहि न्यायालय प्रतिको जनआस्था कमजोर बन्न सक्छ । वास्तवमा रचनात्मक आलोचनाबाट मात्र लोकतान्त्रिक राज्य व्यवस्थाको न्यायालय अझ बढी स्वतन्त्र, सुदृढ र जवाफदेही बन्न सक्दछ भन्ने आम विश्वास छ ।


    २.४ जनप्रतिनिधि संस्थाको प्रमुखको जवाफदेहीताका आयामहरु कानूनी मात्र हुदैनन् । मैले प्रतिनिधित्व गर्ने महानगरवासी वा आम नागरिकसंग सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट विचार विमर्श गर्दा मेरो जवाफदेहीताका विभिन्न आयामहरुको सन्तुलन मिलाउनु पर्ने हुन्छ । यदि वहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरवासी तथा आम नागरिकको मौलिक अधिकार समेत कुण्ठित हुन जान्छ । यस कुरालाई विपक्षी निवेदकले नजर अन्दाज गर्नु भएको देखिन्छ ।


    २.५. कानूनले काठमाडौं महानगरपालिकाको प्रमुखलाई केहि हदसम्म न्यायिक भूमिका समेत प्रदान गरेको छ । मेरो पदीय जिम्मेवारीको हिसावले समेत न्यायिक कार्य सम्पादनको संवेदनशीलताको विशेष रुपमा सम्मान गर्दछु । सम्मानीत सर्वोच्च अदालत प्रति मेरो पूर्ण सम्मान रहेको स्पष्ट गर्दछु ।


    ३. अतः माथि उल्लिखित तथ्यगत तथा कानूनी आधार कारणबाट विपक्षी निवेदकको औचित्यहीन दावी खारेज योग्य रहेको हुँदा पूणर्रुपमा खारेज गरी पाऊँ भनी सादर अनुरोध गर्दछु ।

    https://nepalrastriyadainik.com/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a5%a7/

    डेंगुका बिरामी बढ्दै: परीक्षणका लागि मनोमानी शुल्क

    यतिबेला देशैभर डेंगु तिब्र रुपमा फैलिएको छ । डेंगुका बिरामी बढेसँगै अस्पतालमा बिरामीको छाप बढ्न थालेको छ। सस्तो र भरपर्दो सेवा उपलब्ध गराउंदै आएको काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि बिरामीको भीड दिनानुदिन बढ्दै गएको छ ।

    बिरामीको चाप बढेपछि अस्पतालले वार्डबाहिरको करिडोरमा आकस्मिक सेवा विस्तार गरेको छ । डेंगुका बिरामी बढेपछि करिडोरमा ५ वटा अतिरिक्त बेडसहित आकस्मिक सेवा विस्तार गरेको अस्पतालले जनाएको छ ।

    टेकु अस्पतालको डेंगु क्लिनिकमा अहिले दैनिक २०० भन्दा बढी बिरामी आउने गरेका छन् भने आकस्मिक विभागमा ७० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

    परीक्षणको लागि मनोमानी शुल्क

    डेंगु परीक्षणका नाममा प्रयोगशालाले चार गुणा बढी शुल्क लिने गरेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार टेस्ट किटको मूल्य जोडेर पनि चार सय रुपैयाँसम्ममा डेङ्गुको परीक्षण गर्न सकिने छ । तर, सरकारी प्रयोगशालाले पनि डेंगु परीक्षणका लागि चर्को शुल्क लिइरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण शुल्क आठ सय रुपैयाँ लाग्छ । कतिपय निजी क्लिनिक र प्रयोगशालाले परीक्षणका लागि १२ सयदेखि १ हजार ५ सयसम्म शुल्क लिइरहेका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भने परीक्षण शुल्क ५ सय लाग्छ ।

    राष्ट्रियसभाका चार विषयगत समितिको सभापति सर्वसम्मत

    राष्ट्रियसभाका चार विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ ।सबै समितिका लागि एक-एक जनाको मात्रै उम्मेद्वारी परेको छ।

    बिहिबार निर्वाचन हुने तय गरिएको भएपनि सबै पदको लागि एक-एक जनाको मात्रै उम्मेद्वारी परेपछि मनोनयन सर्वसम्मत भएको छ।

    राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसाल र राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) मनोनयनमा परेका छन् ।

    त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा मनोनित भएका छन् ।

    दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थ मनोनयन भएका छन् ।

    ५९ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ। राष्ट्रियसभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था रहेको छ।

    सांसद विकास कोषको रकम खर्च गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट

    निर्वाचन आयोगले सांसद विकास कोषको रकम खर्च नगर्न दिएको निर्देशनविरुद्ध प्रदेश १ का सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भइसकेकोले रकम खर्च गर्नु आचारसंहिता विपरीत हुने भन्दै बजेट कार्यान्वयन नगर्न प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।

    २०७९ भाद्र २० गते प्रदेश १ का सांसद सरिता थापा, मोहनकुमार खड्का, सावित्री रेग्मी, पदमकुमारी गुरुङलगायतले प्रदेश १ सरकारका कानुनी सल्लाहकार अधिवक्ता पेसलकुमार न्यौपानेको सहयोगमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । निर्वाचन आयोगको निर्देशन विपरित सांसद विकास कोष खर्च गर्न आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।

    प्रदेश १ का सांसदहरुले निर्वाचन घोषणा हुनुअघि नै सरकारले बजेट छुट्याएको र त्यो रकम खर्च नगरे जनताको विकासको अधिकार कुण्ठित हुने बताएका छन् । निवेदक सांसदहरूले आर्थिक समानता, सामाजिक न्याय र समावेशीताको सिद्धान्तअनुसार विकासको हक सुनिश्चित गर्न सरकारले छुट्याएको रकम सांसदहरूले खर्च गर्नुपर्ने माग गरेका छन् ।

    सर्वोच्च अदालतले यही भदौ २७ गते निर्वाचन आयोगलाई छलफलका लागि बोलाउन आदेश दिएको छ ।

    क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जबरजस्ती करणीको अभियोगमा प्रहरीमा उजुरी

    नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको अभियोगमा प्रहरीमा उजुरी परेको छ ।

    लामिछानेविरुद्ध १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

    प्रहरीका अनुसार पिडित लामिछानेको फ्यान रहेको र उनीहरुबीच स्न्याप्च्याटमा कुराकानी हुने गरेको र सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेपछि लामिछानेले उनलाई घुमाउन नगरकोट लिएर गएको बताइएको छ। उनले काठमाडौँको एक होस्टेलमा बस्दै आएकी पिडितले होस्टल राति ८ बजे बन्द हुने बताएपनि उनीहरु नगरकोटबाट फर्किंदा राति अबेर भैसकेको थियो। फर्किएर काठमाडौँ आएका लामिछानेले राति उनलाई एक होटलमा राखेको र जबर्जस्ति करणी गरेको बताइएको छ। यो घटना भाद्र ५ गतेको हो र घटना भएको भोलिपल्टै लामिछाने टी–२० सिरिज खेल्न केन्या गएका थिए ।

    जाहेरीका आधारमा पीडितको विस्तृत स्वास्थ्य परीक्षणसमेत भइसकेको र घटनास्थलबारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

    https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2-%e0%a4%af%e0%a5%8c%e0%a4%a8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6/

    बाल यौन दुरुपयोगको मुद्दामा पल शाहलाई साढे २ वर्षको कैद सजाय

    जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्ण विक्रम) शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको सजाय सुनाएको छ ।

    शाहलाई अदालतले बलात्कारको मुद्दामा सफाइ दिएको फैसला गरेपनि बाल यौन दुरुपयोगको मुद्दामा भने दोशी करार गरेको हो। यज्ञप्रसाद आचार्यको इजलासले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन र २५ हजार रुपैयाँ जरिवाना तिराउनेगरि फैसला सुनाएको हो ।

    अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा अढाई वर्ष कैदको फैसला गरेपछि शाहले पुनरावेदन गर्ने उनको वकिलले बताएका छन्।

    ”पल शाहले पनि मैले करणी गरेकै छैन भनेका छन्। पीडित भनिएका नाबालिगले पनि मसँग पल शाहले करणी नै गरेका छैनन्, हाम्रो बीचमा त्यस्तो सम्बन्ध नै छैन भनिसकेकी छन्। यो अवस्थामा पनि बाल यौन दुरुपयोग भनेर अढाई वर्ष कैदको फैसला न्यायसंगत नभएको र कसुर प्रमाणित हुनु पर्ने शाहका वकिलले बताएका छन्।

    ‘वुमेन्स साफ च्याम्पियनसीप २०२२’ अन्तर्गत आजको खेलमा नेपाल विजयी

    नेपालले ‘वुमेन्स साफ च्याम्पियनसीप २०२२’ अन्तर्गत आज भएको खेलमा भुटानलाई पराजित गर्दै विजयी भएको छ।

    दशरथ रंगशालामा भएको खेलमा नेपाल ४-० को फराकिलो अन्तरले विजयी भएको छ। सावित्रा भण्डारीले खेलको १२औं मिनेटमा पहिलो गोल र ६८औं मिनेटमा दोस्रो गोल गरेकी थिइन।
    त्यसैगरी,अनिता बस्नेतले खेलको ७३औं मिनेटमा पहिलो गोल र ८४औं मिनेटमा दोस्रो गोल गरेकी थिइन।

    उपत्यकाका १७ संस्थालाई १० दिन भित्र कर बुझाउन काठमाडौँ महानगरको निर्देशन

    काठमाडौं महानगरपालिकाले गरी उपत्यकाका १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।

    महानगरपालिकाले जारी गरेको पत्रमा,खाद्य संस्थान, ह्वाइट फिल स्कुल,रन्जना ट्रेड सेन्टर,साझा भण्डार,राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स,कर्मचारी संचय कोष,नेपाल विधुत प्राधिकरण,नेशनल ट्रेडिङ्ग लिमिटेड,नेपाली जामे मस्जिद,कृषि सामाग्री संस्थान,मनमोहन मेमोरियल कलेज,आर बि कम्प्लेक्स,काठमाडौँ प्लाजा,नेपाल सेयर मार्केट ,सिविक हस्पिटल र डेन्टल कलेज सामाखुशीलाई १० दिन भित्र सम्पति कर बुझाउन निर्देशन दिएको छ।

    लामो समय देखि सम्पति कर नबुझाएको र पटक-पटक ताकेता गर्दा पनि वेवास्ता गरेको भन्दै महानगरले १० दिनको समय दिएर जरिवाना सहित सम्पति कर बुझाउन निर्देशन दिएको हो। कर नबुझाए ऐन अनुसार कारवाही गरिने र कर बराबरको रकम अशुल उपर गरिने पनि महानगरले जनाएको छ।

    काठमाडौँ महानगरपालिकाले पछिल्लो केहि दिन यता लामो समयदेखि कर नबुझाएका संस्थाहरुलाई निश्चित समय अवधि दिएर कर चुक्ता गर्न निर्देशन दिँदै आएको छ।

    mahanagar notice
    https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%8f/

    प्रतिनिधिसभा र प्रदेशसभाको म्याद थप्ने सरकारको कदमप्रति एमालेको आपत्ति

    नेकपा एमालेले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको म्याद थप्ने निर्णयप्रति आपत्ति जनाएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले सरकारको तर्फबाट आजको संसद बैठकलाई सम्बोधन गर्दै कार्यकालसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ। तामाङले निर्वाचन घोषणा गरेपछि संसद विघटन गर्नुपर्नेमा जोड दिनुभएको थियो । तामाङले जनताको नयाँ जनादेश लिन ढिलाइ गर्न नहुने र जनताको मत मान्न सरकारलाई आग्रह गर्नुभएको छ ।

    त्यसैगरी, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कानुनबाट सांसदको कार्यकाल लम्ब्याउने सरकारको प्रयास एमालेलाई मान्य नहुने र मंसिर ४ गतेपछि दुई खाले सांसद खडा गर्न सरकारले हतार-हतार कानुनमै संशोधन गर्न खोजेको बताउनुभएको छ ।

    त्यस्तै सांसद गोकुलप्रसाद बाँस्कोटाले गठबन्धनले लोकतन्त्रलाई मुट्ठीमा थुनेर संसदको आयु लम्ब्याउन खोजेको टिप्पणी गर्नुबहेको छ । बाँस्कोटाले, दुई महिनामा प्रतिनिधिसभा र प्रदेशसभाको म्याद थपेर के गर्न खोजेका हुन् भनी प्रश्न समेत गर्नुभएको छ ।

    बाँस्कोटाले, संसदको आयु लम्ब्याएर लोकतन्त्रलाई दबाउन खोजेको टिप्पणी गर्दै, यो विधेयकमा नेकपा एमाले सहमत नहुने स्पष्ट पारे ।

    चीनमा गएको भूकम्पपछि बेपत्ता नागरिकहरुको खोजीमा उद्धारकर्ताहरु

    चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भूकम्पमा परी कम्तीमा ६५ जनाको ज्यान गएको र सयौं नागरिक फसेपछि उद्धार कार्य जारी रहेको छ।

    भूकम्पको कारण विभिन्न पहाडी इलाकामा गएको पहिरोको कारण नागरिकहरु पुरिएको र भग्नावशेषहरुमा च्यापिएको हुनसक्ने अनुमान गरिएको छ।

    000 32HP6H6

    प्राप्त जानकारी अनुसार, भूकम्पपछि २ सय ४३ घर भत्किएका र १३ हजार १० घरमा ​​क्षति पुगेको र ५० हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरी आश्रयका लागि टेन्ट खडा गरिएको बताइएको छ।

    उद्धारकर्ताहरूले दूरसञ्चार सेवा, बिजुली र पानीको सुबिधा सूचारु गर्नुका साथै प्रभावित नागरिकहरुलाई खाद्यान्न आपूर्ति गर्ने काम गरिरहेका छन्। भूकम्पले धेरै शहरहरूमा विधुत स्टेशन, पानीको श्रोत र सडकहरुमा समेत क्षति पुगेको जनाइएको छ ।

    000 32HQ7KK

    प्रतिबन्ध फुकुवा नभएसम्म युरोपमा ग्यास प्रवाह सुचारु हुँदैन: रुस

    क्रेमलिनले मस्को विरुद्धको पश्चिमी प्रतिबन्धहरू फुकुवा नगरेसम्म युरोपमा रुसी ग्यास आपूर्ति सुचारु नहुने बताएको छ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नर्ड स्ट्रिम पाइपलाइन बन्द गर्ने रुसको निर्णयको एकमात्र कारण पश्चिमी प्रतिबन्ध नै भएको बताए छ । मस्कोले सुरुमा भने मर्मतका लागि पाइपलाइन बन्द गरिएको बताएको थियो।
    नर्ड स्ट्रिम पाइपलाइन रुसी र पश्चिमी युरोप बीच ग्यास बोक्ने एकमात्र ठूलो ग्यास पाइपलाइन हो।

    युरोपेली संघका अधिकारीहरूले बारम्बार रुसले पश्चिमी प्रतिबन्धहरू र युक्रेनलाई सहयोग गरेको बदला लिन जानाजानी आपूर्ति घटाएको आरोप लगाएका छन्।

    अमेरिकाले पनि रुसले उर्जालाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले इयुले नवीकरणीय ऊर्जा उत्पादनहरू र विधुतीय उर्जामा सुधार गर्न योजनाहरू बढाउन आवश्यक रहेको बताएका छन्।

    यसैबीच, युरोपमा ऊर्जाको मूल्य नयाँ उचाइमा पुगेको छ, जसले युरोपका देशहरूलाई रूसी ग्यासको विकल्प खोज्न तिब्रता दिन बाध्य तुल्याएको छ।

    प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा सहभागी नहुने

    प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७७औँ महासभामा सहभागी हुन नाजानुहुने भएको छ।

    संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने क्रममा नै प्रधानमन्त्री देउवाले नेपाल र अमेरिकाबीच सौहार्दपूर्ण द्विपक्षीय भ्रमण गर्ने तयारि भैरहेको बेला, नेपालमा निर्वाचनको मिति तय भइसकेको र अमेरिकाबाट द्विपक्षीय भ्रमणका लागि कुनै ठोस मिति तय नभएकाले प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा सहभागी नहुने बताइएको छ।

    यसअघि नेपाल र अमेरिकाबीच द्विपक्षीय भ्रमण गर्ने पूर्ण व्यवस्था मिलाइएको थियो । तर नेपाल सरकारले एसपीपीलाई अस्वीकार गरेपछि द्विपक्षीय भ्रमण स्थगित भएको थियो।

    प्राप्त जानकारी अनुसार परराष्ट्रमन्त्री नारायण खड्का नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुनेछ । तर अहिलेसम्म कुनै निर्णय भने भइसकेको छैन र आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सामान्यतया, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूको सरकार प्रमुख वा राष्ट्र प्रमुखले महासभामा भाग लिने र आ-आफ्नो देशको तर्फबाट विश्व मञ्चमा आफ्नो विचार व्यक्त गर्ने गर्दछन् ।

    मा.वि तह नेपाली विषयको शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

    शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली विषय शिक्षक (तेस्रो श्रेणी) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले २०७८ चैत १५ गते र असार ९, २०७९ मा परीक्षा सञ्चालन गरेको थियो ।आयोगले जारी गरेको सूचना अनुसार प्रदेश नं १ र मधेश प्रदेशका सबै उम्मेदवार (नम्बर १ देखि १० सम्मका )को अन्तर्वार्ता यही असोज २५ गते विहान ८ बजे हुने जनाएको छ ।

    आयोगले, मधेस प्रदेश (११ नम्बर माथिका सबै उम्मेदवार), कर्णाली, गण्डकी र वाग्मती प्रदेश (२६ नम्बर माथिका सबै उम्मेदवार)को अन्तर्वार्ता २०७६ असोज २५ गते दिउँसो २ बजे हुने जनाएको छ।

    त्यसैगरी, वाग्मती प्रदेश (१ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने आयोगले जनाएको छ ।

    कर्मचारी सरुवा र राजनीतिक नियुक्ति रोक्न निर्वाचन आयोगको निर्देशन

    निर्वाचन आयोगले आजदेखि कर्मचारी सरुवा र राजनीतिक नियुक्तिसम्बन्धी सबै निर्णय रोक्न सरकारलाई निर्देशन दिएको छ ।

    आगामी निर्वाचनमा असर नपर्ने गरी आयोगले कर्मचारी सरुवा र राजनीतिक नियुक्तिका लागि दिएको समयसीमा आजाबाट सकिएको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले कर्मचारीको सरुवा र नियुक्ति भाद्र २० गते भित्रमा टुंगो लगाउन यसअघि नै सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । आयोगका अनुसार नियमित बढुवा र पदस्थापनामा भने कुनै पनि प्रकारको रोक लगाइएको छैन।

    नागरिकता विधेयक पुनःप्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष

    राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गर्नुभएको नागरिकता विधेयक विना कुनै संशोधन, हुबहु पारित गरी पुन:प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

    राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर पुन:प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुभएको हो ।

    पुन:प्रमाणीकरणका लागि आउने विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पुन:प्रमाणीकरणका लागि आएको विधेयक फिर्ता गर्ने कानूनी अधिकार राष्ट्रपतिसँग छैन ।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4/

    केन्या विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपाल विजयी

    लगातार तीनवटा खेल जितेर केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपाल विजयी भएको छ।

    केन्याको नैरोबीमा आज भएको अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले जित हाँसिल गरेको हो।

    टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले खेलको निर्धारित ओभरमा ९ विकेट गुमाउंदै २५५ रन जोड्न सफल भएको थियो।

    २५६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टोलीले ४७.१ ओभर खेल्दै ४ विकेटको क्षतिमा २५८ रन बनाएको थियो ।

    नेपालका लागि बसिर अहमदले ५२, अर्जुन साउदले ५८ र आसिफ शेखले ५६ रन जोडेका थिए। त्यसैगरी,रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्ल ३३ रनको योगदान दिएका थिए।

    यसअघि नेपालले पाँच खेलको टी-ट्वान्टी सिरिज ३-२ को अन्तरले जितेको थियो।

    बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै लिज ट्रस

    सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृ लिज ट्रस बेलायतको राजनीतिक इतिहासमा तेस्रो महिला प्रधानमन्त्री बन्ने भएकी छन्।

    कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि सोमबार भएको आन्तरिक मतदानमा प्रतिद्वन्द्वी ऋषि सुनाकलाई पराजित गरेपछि ट्रस बेलायतको आगामी प्रधानमन्त्री बन्ने निश्चित बनेको छ। निर्वाचनमा ट्रसले ५७ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिद्वन्द्वी ऋषि सुनाकले ४२ प्रतिशत मत प्राप्त गरेका थिए।

    पार्टीभित्रै विवादमा तानिएका बोरिस जोन्सनले गत जुलाइमा प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए। जोन्सनलाई प्रतिस्थापन गरेर कन्जरभेटिभ पार्टीको नेतृत्व र प्रधानमन्त्रीको पद सम्हाले पनि, जोनसनको नीतिहरूप्रति असन्तुष्ट भएकाहरूले ट्रसलाई जोन्सनकै राजनीतिक विरासतको उत्पादन भएको र कुनै नयाँ र अद्भुत परिवर्तनको अपेक्षा गर्न नसकिने टिप्पणी गरेका छन्।

    बेलायतको राजनीतिक इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री हुनेछिन्। मार्ग्रेट थ्याचर सन् १९७५ देखि १९९० सम्म बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन भने,थेरेसा मे सन् २०१६ देखि २०१९ सम्म बेलायतको दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन्।

    संघीय सरकार विरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

    वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ ।

    राष्ट्रिय सभाले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको र सो कार्य संघीयता र संविधान विरोधी भएको भन्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बताउनुभएको हो ।

    राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक कार्यक्रममा बोल्दै, राष्ट्रिय सभाले संविधान र संघीयताको विरुद्धमा गएर विधेयक पारित गरेको र संघीयता विरोधी विधेयक पारित गर्ने राष्ट्रिय सभालाई संघीयता कार्यान्वयनको बारेमा छलफल गर्दै हिँड्ने अधिकार नभएको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ।

    विधेयकमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा र यातायातको जिम्मा संघीय सरकारलाई दिने उल्लेख गरिएकोप्रति आपत्ति जनाउँदै,काठमाडौँ ,ललितपुर र भक्तपुरलाई छुट्टै प्रदेश बनाउन खोजिएको हो?भन्दै, मुख्यमन्त्री पाण्डेले प्रश्न समेत गर्नुभएको छ।

    प्रदेश सरकारले उपत्यकाका ३ जिल्लालाई सुरक्षा दिन सक्दैन भनेर त्यसो गरिएको हो भने, के प्रदेशका बाँकी १० वटा जिल्ला सुरक्षित हुनु नपर्ने ?,भन्ने प्रश्न समेत मुख्यमन्त्री पाण्डेले उठाउनु भएको छ ।

    गगन थापालाई जिताउन मतदाता सूचीबाट नाम हटाएको भन्दै निर्वाचन कार्यालयमा तोडफोड

    बुढानिलकण्ठ नगरपालिका वडा न. १३ का मतदाताहरुले, काँग्रेस नेता गगन थापालाई चुनाव जिताउन ७५५ जना मतदाताको नाम मतदाता सूचीबाट हटाउन खोजेको भन्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा तोडफोड गरेका छन्।

    जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदाता नामावली सङ्कलन गर्दा झुट्टा विवरण पेश गरेको र सो विरुद्द उजुरी परेको भन्दै, सुचना टाँस गरिएको मितिले २४ घण्टाभित्र सक्कल नागरिकता, बसाइसराइ वा विवाह दर्ताको प्रमाण-पत्र लिएर निर्वाचन कार्यालयमा उपस्थित हुन सूचना जारि गरेको थियो।

    कांग्रेस महामन्त्री तथा सोही क्षेत्रका सांसद गगन थापाको दबाबमा निर्वाचन कार्यालयले मतदातालाई त्रसित बनाउने काम गरेको बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले बताउनुभएको छ। आयोगले मतदातालाई टेलिफोन गरेर तिम्रो नाममा पुर्जी काटिएको छ,सक्कल कागजात सहित उपस्थित हुनु भन्दै त्रसित बनाएको पनि लामाले बताउनुभएको छ। फर्जी उजुरीका आधारमा एमाले समर्थक भनेर चिनिएका मतदाता, कार्यकर्ता र कार्यपालिका सदस्यसम्मलाई किर्ते मतदाता भनेर छानी छानी हटाउन खोजिएको लामाले बताउनुभएको छ।

    मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, वडाध्यक्षहरु नवराज भट्टराई र सुमित्रा पाण्डे सहित निर्वाचन कार्यालय पुगेका आक्रोशित मतदाताहरुले उजुरी गर्नेको परिचय खुलाउन माग गर्दै निर्वाचन कार्यालयमा नाराबाजी र तोडफोड गरेका छन् ।

    nirwachan karyalaya sifaris patra

    प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

    प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेका पाण्डेले आज जङ्गीअड्डामा प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

    भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस प्रकारको भेटले दुई देशका सेनाबीचको आपसी सम्बन्धलाई मजबुत बनाउने बताइएको छ । सो अवसरमा पाण्डेले जङ्गी अड्डाको मुख्य भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

    शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको हैसियतले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    संस्कृति मन्त्रीले संस्कार बिर्सिएपछि

    ठमेलस्थित छायाँ सेन्टरमा श्रीमती सहित क्यानडा भिसाको लागि बायोमेट्रिक दिन गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले लाइन मिचेर बायोमेट्रिक दिन अगाडी बढ्दै गर्दा, त्यहाँ कार्यरत सुरक्षागार्डले मन्त्रि श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरे।

    तर, मन्त्री श्रेष्ठले मन्त्री हुँ भन्दै लाइनमा बस्न नमानेपछि  सुरक्षागार्डले जो सुकै भएपनि नियम मान्नुपर्छ र लाइन बस्नुपर्छ  भने।  मन्त्रीको साथमै रहेका अंगरक्षकले पनि  ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छ, जान दिनुस्’ भनेर भन्दा पनि  सुरक्षा गार्डले अगाडि थुप्रै लाइनमा रहेको र उहाँले पनि लाइन बस्नुपर्ने बताए ।

    छायाँ सेन्टरको यो घटना लगत्तै त्यहाँबाट फ़र्किएपछि उनले गृह मन्त्रालयलाई खबर गरि ती गार्डलाई पक्राउ गर्न निर्देशन दिए। गृहकै आदेशमा प्रहरीले उनलाई पक्राउ गर्‍यो र जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारमा मुद्दा चलाउन  उनलाई ५ दिन थुनामा राख्न अनुमति दियो ।

    मन्त्रीलाई नियम सिकाउन खोजेकै भरमा एउटा सुरक्षा गार्ड यतिखेर प्रहरीको हिरासतमा बसिरहेको छ।

    त्यहाँ कार्यरत कर्मचारीले भने मन्त्रीले आफु आउने पूर्वजानकारी गराएको भए समन्वय हुन सक्थ्यो, तर पुर्व जानकारी नगराउँदा सुरक्षा गार्डले रोकेको र मन्त्री भए पनि सामान्य नागरिकझैं व्यवहार गरेको हो, लाइन बस्नुपर्ने नियम सबैले मान्नुपर्ने उनले बताए। 

    हिम्मत भए क्यानडाको कुनै पब्लिक बस,रेल वा दोकानमा लाइन मिचेर हेर्नु

    मन्त्रि श्रेष्ठलाई मेरो आग्रह, क्यानाडा पुगेपछि एकदिन पब्लिक बस र रेलको यात्रा गर्नु। हुन त् त्यहाँ पनि दुतावासको गाडीमै हुइकिने होला। तर, श्रीमती लिएर जाँदै हुनहुन्छ, एक पटक शपिंग गर्न निस्कनु।  सामान्य ग्रोसरी दोकान या कुनै मलमै भएपनि हुन्छ, फुर्सद मिलाएर निस्किनु।  अनि हिम्मत भए त्यहाँ लाइन मिचेर देखाउनु। कसैले केहि भनिहाले भने म नेपालको मन्त्रि हुँ भनेर भन्दा पनि फरक पर्दैन। सायद सहि र गलत तपाईंले त्यतिबेला पक्कै पनि छुट्ट्याउन सक्नुहुनेछ।आफ्नो हैसियत के हो तपाइले त्यो बेला महशुस गर्नुहुनेछ।लाइन बस्नुपर्छ भनेर नियम सिकाउन खोजेकै भरमा, यहाँ जसरि एउटा सुरक्षा गार्डलाई  अभद्र व्यबहार गरेको भनेर जेलमा पठाउनुभयो,क्यानाडाका नागरिकले त्यहाँ तपाइलाई लाइन मिचेको भनेर प्रहरी लगाएर जेलमा पठाउनेछन्।

    अमेरिकी पूर्व राष्ट्रपति ओबामा र वर्तमान राष्ट्रपति बाइडेन लाइन बसेर खानको अडर गर्दै

    संस्कृति मन्त्रीलाई संस्कार सिकाउन नपरोस:शुभकामना !

    संस्कृति मन्त्रि भएर लाइन मिच्न्नु हुन्न भन्ने एउटा सामान्य संस्कार नहुनु र भिआइपी सुविधा चाहिने भए पुर्व सूचना दिएर जानुपर्छ भन्ने प्रोटोकलको ज्ञान नहुनु र तपाइँ जस्तो संस्कृति मन्त्रि पाउनु नेपाल र नेपालीको लागि दुर्भाग्य हो। 

    देशको एउटा संस्कृति मन्त्रीलाई लाइन मिच्नु हुन्न भन्ने एउटा सामान्य संस्कार पनि आजको दिनमा एउटा सुरक्षा गार्डले सिकाइरहनुपर्ने हो भने,तपाइँबाट अब यो देश र जनताले कस्तो संस्कृतिको अपेक्षा गर्ने ? कि राज्यको उच्च ओहोदामा बसेकाहरुले जे गर्दा पनि हुन्छ ?

    यहाँ हरेक दिन नेपालीहरुको आधा दिन लाइन बसेरै बित्छ।  चाहे त्यो कर तिर्न जाँदा होस् या राष्ट्रिय परिचयपत्र बनाउन जाँदा।  अझ भनौं सरकारी कार्यालयमा कुनै पनि काम लिएर जाँदा।  यदि विश्वाश लाग्दैन भने एकदिन राहदानी बिभाग र यातायात कार्यालयमा गएर अनुगमन गर्दा हुन्छ।  १० बजे खुल्ने सरकारी कार्यालयमा नेपालीहरु बिहान ४/५ बजेदेखि नै लाइन लागेर बसेको हुन्छन्।

    तर मन्त्रि हो भनेकै भरमा  तपाइले चै लाइन नै बस्नु नपर्ने भन्ने हुन्छ ? तपाइले चै के नियमको पालना गर्नुपर्दैन ?  लाइन बस्ने मन नभए पदिय मर्यादाको प्रोटोकल फलो गर्दा हुन्छ।  तर लाइन बस्नुस भनेकै भरमा आफ्नो जिम्मेवारी पुरा गरिरहेको सुरक्षा गार्डलाई थुनामा पठाउन तपाइको पदिय मर्यादालाई शोभा दिँदैन।  

    अमेरिकी पूर्व राष्ट्रपति ओबामा सुरक्षा गार्डलाई सलुट गर्न बिर्सिएपछि ओर्लिएर्र हात मिलाउँदै

    घाटामा उडिरहेको नेपाल वायु सेवा निगमको जहाज नाफामा उडाउन तपाइँको योग्यता र क्षमाताले भ्याउँदैन भन्ने कुरा त छायाँ सेन्टरको घटनाले नै पुष्टि गरिसकेको छ।  तर, अब त धेरै समय पनि छैन। कमसे कम एउटा राम्रो संस्कृतिको विकास गरेर जानुहोस्। संस्कृति मन्त्रीबाट नेपालीहरुले केहि नभए पनि २-४ वटा राम्रो संस्कारको सिको गर्ने गरि काम गर्नुहोस्। हिम्मत भए समान हैसियत भएकाहरुसंग राम्रो कामको लागि लड्नुहोस। युद्दमा त सेनापति ले सेनापति संगै लड्छ।  तपाई जाबो एउटा जिम्मेवारी पालना गरेर रोजी रोटीको लागि संघर्ष गरिरहेको सुरक्षा गार्डलाई पदको आडम्बरमा जेल पठाएर कस्तो पुरुषार्थ देखाउन चाहनुहुन्छ ?  मन्त्रि आयो रे भनेपछि २-४ जना झुम्मिएर सेल्फी खिच्ने वातावरण बन्ने गरि काम गरे पो गर्व महशुस हुन्छ त ।त्यसैले राम्रो काम गर्नुहोस, जनताले तपाई हिड्ने बाटो आफै खालि गर्नेछन।घरमा गएर  श्रीमती र छोरा छोरीको अगाडी शिर ठाडो गरेर बोल्न सक्नेगरि काम गर्नुहोस।  श्रीमतीले मेरो बुढाले मन्त्रि भएर यस्तो राम्रो काम गरे भनेर भन्ने अवसर दिनुहोस।  छोरा छोरीले साथि भाईको अगाडी मेरो बा ले यस्तो राम्रो काम गरे भनेर भन्न सक्ने गरि काम गर्नुहोस। छोरा छोरि, श्रीमती र आफन्तालाई तपाईले मन्त्रि भएर गरेको कामले लज्जाबोध भएर गाउँ छिमेकमा शिर निहुराएर हिंड्न नपर्ने गरि काम गर्नुहोस। मन्त्रि भनेर चिन्दै र चिनाउँदै गर्दा र त्यो  पनि  संस्कृति मन्त्रीलाई एउटा सुरक्षा गार्डले संस्कार र जबर्जस्ति नियम सिकाउनु पर्ने लज्जास्पद घटना भोलिको दिनमा नदोहोरियोस्। शुभकामना !

    भारतीय सेना प्रमुख जनरल पाण्डे काठमाडौंमा

    भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाण्डेको नेतृत्वमा रहेको भारतीय सैनिक मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो ।

    पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार प्रत्येक देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको हैसियत दिइनेछ ।

    मंगलबार भारतीय सेना प्रमुख पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबिच शिष्टाचार भेट हुने बताइएको छ ।

    पाँच सदस्यीय टोली लिएर काठमाडौं आइपुगेका पाण्डेले सैनिकमञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने, सैनिक शिविरको निरीक्षण गर्ने र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने पनि बताइएको छ।

    काठमाडौँका क्यासिनोलाई एक साताभित्र कर तिर्न महानगरको ताकेता

    काठमाडौं महानगरपालिकाले काठमाडौँको सात वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न ताकेता गर्दै पत्राचार गरेको छ ।

    पटक-पटक ताकेता गर्दा पनि २०७५/७६ देखिको कर नतिरेको भन्दै महानगरको राजस्व विभागले एक साता भित्र जरिवाना सहित कर चुक्ता गर्न र उल्लेखित समयभित्र कर नबुझाएमा महानार्पालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरि रकम असुल-उपर गर्ने पत्रमा उल्लेख गरिएको छ।

    महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीद्वारा जारी गरिएको पत्रमा होटल म्यारियटको डेल्टीन क्यासिनो,होटल अन्नपूर्णको क्यासिनो प्यालेस, र्‍याडिसन होटेलको क्यासिनो र्‍याट , हायात होटलको प्राइड इन्टरटेन्टेन्मेन्ट एण्ड रिक्रिएशन, होटेल सोल्टीको माजोङ्ग,एलफ़्टको बालको र मल्ल होटलको बेली क्यासिनोलाई सात दिन भित्र कर चुक्ता गर्न निर्देशन दिइएको छ।

    यसअघि काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, ईन्द्रचोक क्षेत्रमा मन्दिर तथा सम्पदा अतिक्रमित गरी संचालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

    Kathmandu Metro politan letter to the Casino
    https://nepalrastriyadainik.com/%e0%a5%a8%e0%a5%aa-%e0%a4%98%e0%a4%a3%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b0-%e0%a4%9a%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97/

    राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्याग

    चुनावको मिति तोकिएपछि पनि गठबन्धन सरकारले संसदको आयु लम्ब्याउन खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य पद त्यागेको घोषणा गर्नुभएको छ।

    आइतवारको प्रतिनिधिसभाको बैठकलाई अन्तिम सम्बोधन गर्दै लिङ्देनले भन्नुभयो , ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु”। ‘

    फास्ट ट्रयाकमा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक

    लिङ्देनले, निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारले संसदको आयु लम्ब्याउन प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक संसदमा फास्ट ट्रयाकमा अघि बढाउन खोजेकोप्रति असन्तुष्टि जनाउनुभएको छ।

    सरकारले विधेयक परिपक्क हुन चाहिने ५ दिनलाई एक दिनमा झार्ने र संशोधन हाल्ने समय ७२ घण्टालाई २४ घन्टामा झार्ने प्रस्ताव राखेर प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक अगाडी बढाउने तयारि गरेको छ।

    सय सिटको अडानबाट पछि नहट्न शेखर कोइरालाको चेतावनी

    कांग्रेसभित्रका शेखर कोइराला समूहले प्रतिनिधिसभाको १६५ सिटमध्ये सयभन्दा कममा सहमति गरेमा पार्टीभित्र विद्रोहको वातावरण सिर्जना हुने चेतावनी दिएको छ ।

    नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन लचकता देखाउँदै आएका बेला शेखर कोइरालाले भने प्रतिनिधि सभा निर्वाचनमा सय सिटबाट पछि नहट्ने अडान लिएका छन् ।

    कांग्रेसमा विद्रोह भएमा गठबन्धनलाई पनि फाइदा नहुने भन्दै कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि आफ्नो कुरा राखेको बताउनुभएको छ ।
    कोइरालाले पार्टीभित्रको टिकट बाँडफाँड पनि निष्पक्ष रुपमा हुनुपर्ने र टिकट बाँडफाँड निष्पक्ष हुन नसके चुनावको परिणाममा धेरै असर पर्ने समेत बताउनुभएको छ ।

    सिट बांडफांडको विषयलाई लिएर गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । गठबन्धनको बैठकअघि बिहान देउवा र दाहालबीच ‘वान टु वान’ छलफल पनि भएको थियो ।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%ab%e0%a4%be%e0%a4%81%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a4%b2%e0%a4%ab%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%a0/

    जबरा:रन्जन कोइरालाको मुद्दामा गल्ति स्वीकार

    प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले लिएको निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सकिएको छ।

    यस अघि दुई दिनमा मात्र ६ वटा प्रश्न सोधेको समितिले आज जबरालाई एक घन्टामै पाँच वटा प्रश्न सोधेको थियो।

    आजको बयानमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको र संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको बताएका छन्।

    बयानका क्रममा जबराले तत्कालिन डिआइजी रन्जन कोइरालाको मुद्दामा भने गल्ती भएको स्विकार गर्दै त्यसैको आधारमा महाभियोग लगाएको भए क्षमा चाहेको बताएका छन् । यधपी, कसुरदारका नाबालक छोराहरु इजलासमा उपस्थित भएकाले उनीहरुको पालनपोषणका लागि सजाए कम गरिएको स्पष्टीकरण दिएका छन् ।

    समितिको अर्को बैठक २६ गते १२:३० बजे बस्नेछ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7-5/

    सिट बाँडफाँटको छलफलमा गठबन्धन दलको बैठक

    आगामी निर्वाचनमा सिट बाँडफाँटबारे गठबन्धन दलका शिर्ष नेताहरु केहि दिन यता निरन्तर छलफलमा जुटेका छन् ।

    गठबन्धन दलभित्रका शिर्ष नेताहरुको आ- आफ्नै अडानका कारण सिट बाँडफाँटको विषयमा अहिले सम्म कुनै पनि ठोस निर्णय भने हुन सकेको छैन। चुनाव नजिकिंदै गर्दा चुनौतिको रुपमा देखिएको सिट बाँडफाँटको विषयलाई अन्तिम निष्कर्ष दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक आज ३ बजे पुन: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको छ।

    गठबन्धन दलका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे समान धारणा बनाउनेबारे निरन्तर चलिरहेको छलफल आज पनि जारि रहने देखिन्छ।

    यसअघिको बैठकमा कांग्रेसले १०० सिटको दाबि गरिरहँदा , माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेको छ।

    सरकारले रकम उपलब्ध नगराउँदा अस्पतालको डायलाइसिस सेवा बन्द

    सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले १४ महिनादेखिको करिब २ करोड रुपैयाँ नपठाएपछि सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ। दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस गर्दै आएको नेपालगञ्ज मेडिकल कलेजले सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेका छन्।

    बिरामीले डायलाइसिस गराउंदा २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् र सो रकम सरकारले अस्पताललाई उपलब्ध गराउनु पर्छ । तर सरकारले समयमा रकम उपलब्ध नगराउंदा आवश्यक समान खरिद गरेर उपचार अगाडी बढाउन नसकेको कारण बिरामीहरु सेवाबाट वन्चित भएको अस्पतालले जनाएको छ ।यधपी एक हप्तालाई पुग्ने सामान मगाएर आज साँझबाट सेवा सुरु गर्ने अस्पतालले जनाएको छ।

    निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरु

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ ।

    प्रतिनिधिसभा, महाभियोग सिफारिस समितिले जबरासँग बयान लिइरहेको छ । यसअघि समितिले २०७९ भाद्र १५ र १६ गते जबरासँग बयान लिएको थियो, जहाँ उनले आफूमाथि लागेको आरोपमा आफू दोषी नभएको बयान दिएका थिए ।

    जबरालाई प्रश्न सोध्न बाँकी रहेकाले आज समितिको बैठक पुनः बोलाइएको हो ।समितिले जबराको बयानका लागि ४३ वटा प्रश्न तयार गरेको भएपनि हालसम्म ६ वटा मात्र प्रश्न सोधिएको छ ।

    महाभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरिएको छ ।

    सत्तारुढ दलका सांसदले जबराविरुद्ध २०७८ फागुन १ गते आफ्नो आधिकारिक जिम्मेवारी विपरित काम गरेर संविधान र कानुन उल्लंघन गरेको भन्दै जबरा विरुद्ध महाभियोग दर्ता गरेका थिए ।

    https://nepalrastriyadainik.com/%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%ac%e0%a4%af%e0%a4%be%e0%a4%a8/

    संसदको म्याद थप्नु राजनीतिक र नैतिक रूपमा अनुचित : प्रदीप ज्ञवाली

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइसकेपछि कामचलाउ सरकारले संसद्को म्याद थप्नु नैतिक र राजनीतिक रूपमा अनुचित हुने नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ।

    प्रेस चौतारी नेपाल पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै , निर्वाचनको मिति घोषणा गरेपछि संसद् चलाउनु अन्याय हो भन्ने हाम्रो स्पष्ट धारणा छ र सरकारले यस्तो महत्वपूर्ण निर्णय गर्दा प्रतिपक्षीसँग परामर्श नगरेको र प्रतिनिधिसभा र प्रदेशसभाको म्याद थप गर्न कुरामा एमालेले समर्थन नगर्ने बताउनुभएको हो।

    ज्ञवालीले सर्वव्यापी सिद्धान्तअनुसार नयाँ जनादेशका लागि निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः विघटन हुने बताउनुभएको छ। निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको काममात्र गर्नुपर्ने र कामचलाउको हैसियतमा बस्नुपर्ने सरकारले संसदको म्याद थप गर्दा निर्वाचन स्वस्थ हुन नसक्ने पनि उहाँले बताउनुभएको छ।

    केन्या विरुद्धको एक दिवसीय शृंखलामा नेपाल विजयी

    केन्याको नैरोबीमा शनिबार भएको खेलमा केन्यालाई १७ रनले हराउँदै नेपाल एक दिवसीय शृंखलामा विजयी भएको छ।

    टस जितेर ब्याटिङमा उत्रिएको नेपालले २३० रन जोड्न सफल भएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७८ रन जोडेका थिए। त्यसैगरी,अर्जुन साउदले ५ , देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, मोहम्मद अदिल आलमले १४ र करण केसीले ११ रन बनाएका थिए ।

    २३१ रनको लक्ष्य लिएरजवाफी व्याटिंगमा मैदानमा उत्रिएको केन्याले ४६.३ ओभरमा मात्र २१३ रन जोड्न सफल भएको हो।

    टी-२० सिरिज जितेको नेपालले यस अघि शुक्रबार भएको पहिलो खेलमा ७ विकेटले जित हाँसिल गरेको थियो।

    राष्ट्रिय सभाबाट नागरिकता विधेयक हुबहु पारित

    राष्ट्रिय सभाले नागरिकता विधेयक हुबहु पारित गरेको छ।

    राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देश सहित फिर्ता भएको नागरिकता विधेयक आज बसेको राष्ट्रिय सभाको बैठकले हुबहु पारित गरेको छ।

    गृहमन्त्री बालकृष्ण खाँणद्वारा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएर प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पुनः पारित गरियोस् भनि गरिएको प्रस्ताव राष्ट्रिय सभाको बहुमतले पारित गरेको हो।

    यस अघि राष्ट्रिय सभाले छलफलको लागि विधायन समितिमा पठाएको नागरिकता विधेयक, विधायन समितिबाट पनि हुबहु पारित गरेर राष्ट्रिय सभामा प्रतिवेदन सहित प्रस्तुत गरिएको थियो।

    https://nepalrastriyadainik.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%af%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0/

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

    ग्रेडिङ पद्धति २०७८ अनुसार गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

    बोर्डले पहिलोपटक, प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा (एनजी)नन ग्रेडिङ उल्लेख गर्ने व्यवस्था लागू गरेको छ भने प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ।

    यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।

    एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन नपाउने र दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन सकिने पनि बोर्डले जनाएको छ।

    देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी रहेका थिए ।

    परीक्षाफल हेर्ने तरिका

    १. राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको website: www.neb.gov.np वा www.neb.ntc.net.np मा नतिजा हेर्न सकिनेछ।

    SMS मार्फत नेपाल टेलिकमको १६०० मा SMS गर्ने गरेर नतिजा हेर्न सकिनेछ:

    NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

    IVR सेवा मार्फत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

    ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

    परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने जनाएको छ । 

    “मेक अमेरिका ग्रेट अगेन”का समर्थक देशका लागि खतरा हो : जो बाइडेन

    राष्ट्रपति जो बाइडेनले ,डोनाल्ड ट्रम्पको “मेक अमेरिका ग्रेट अगेन” (मागा) एजेन्डाका समर्थकहरू लोकतन्त्रका लागि खतरा भएको बताएका छन्।

    मागा शक्तिहरू यो देशलाई पछाडि लैजान कटिबद्ध रहेको उनले बताएका छन्। उनले भने,’रिपब्लिकन पार्टी आज डोनाल्ड ट्रम्प र मागा रिपब्लिकनहरु द्वारा संचालित र डराएको छ र यो देश को लागी खतरा हो।”

    यसैबीच रिपब्लिकनले भने

    क्यालिफोर्नियाका कंग्रेसम्यान,अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन नेता केविन म्याकार्थीले,राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई अपमान र विभाजित गरेको बताएका छन्।

    बाइडेनको आफ्नो विचार र नीतिहरूसँग असहमत भएकै कारण,दशौं लाख अमेरिकीहरूलाई फासीवादी भनेर निन्दा गरेकोमा बाइडेनले माफी माग्नुपर्ने पनि उनले बताएका छन्। उनका नीतिहरूले अमेरिकालाई कमजोर बनाएको र अमेरिकाको विश्वासलाई धोका दिएको भन्दै उनको शाशनकालमा राष्ट्रले ठुलो क्षती बेहोरेको बताएका छन्।

    यसैबीच ट्रम्पले , बाइडेनको भनाइप्रति प्रतिकृया जनाउंदै, “यदि उनी अमेरिकालाई फेरि महान् बनाउन चाहँदैनन् भने, उसले निश्चित रूपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नु हुँदैन,” भनेका छन्।

    बेलायती पूर्व राजदूतलाई म्यानमारमा जेल सजाय

    म्यानमारका लागि बेलायतका पूर्व राजदूत र उनका श्रीमानलाई देशको सैनिक अधिकारीले एक वर्षको जेल सजाय सुनाएको छ ।

    विक्की बोमन र उनको श्रीमान, पूर्व राजनीतिक बन्दी हटिन लिनलाई अध्यागमन कानुन उल्लङ्घन गरेको अभियोगमा म्यानमारको सैन्य अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। राजदुत दम्पतीलाई गत हप्ता याङ्गुनस्थित आफ्नै घरबाट पक्राउ गरिएको थियो। विक्की बोमनले सन् २००२ देखि २००६ सम्म म्यानमारमा राजदूतको रुपमा काम गरिन् ।

    हटिन लिन एक कलाकार र पूर्व राजनीतिक कैदी हुन् जो अल बर्मा स्टुडेन्ट्स डेमोक्रेटिक फ्रन्ट, एक सशस्त्र प्रतिरोध समूहका सदस्य थिए जुन १९८८ मा सैन्य जन्टा विरुद्ध लोकप्रिय विद्यार्थी नेतृत्वको विद्रोह पछि गठन भएको थियो।

    बेलायतले केहि समय अघि मात्र म्यानमारमा रोहिंग्या मुस्लिमहरूमाथिको घातक आक्रमणको कारण देखाउंदै, म्यानमारका सैन्य अधिकारीहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेपछि राजदुत दम्पतीलाई गिरफ्तारी गरिएको हो।

    म्यानमारको पूर्व नेतृ आङ सान सु कीलाई थप तीन वर्ष कैद सजाय

    म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई चुनावी धाँधलीको आरोपमा थप तीन वर्षको जेल सजाय सुनाएको छ।

    देशकी पूर्व नेतृ सु कीलाई अहिले ११ वटा मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको छ भने अन्य आरोपहरूमा फैसला हुन बाँकी छ ।यदि सबै आरोपमा दोषी ठहरिएमा, उनलाई लगभग २०० वर्षको जेल सजाय सुनाइन सक्छ। यधपी उनले आफूमाथि लगाइएको धेरै आरोप भने अस्विकार गरेकी छन।

    ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीले आफ्नो अधिकांश समय राजधानी नेपी तावमा नजरबन्दमा बिताएकी भएपनी नयाँ सजायमा भने कडा परिश्रम समावेश गरिन सक्छ ।

    अदालतले उनको पार्टी, नेसनल लिग फर डेमोक्रेसीले नोभेम्बर २०२० को आम चुनावमा धोखाधडी गरेकोमा दोषी ठहर गरेको हो। मतदानमा ठूलो मात्रामा मतदाताले धाँधली भएको आरोप लगाएपछि सेनाले गत वर्ष सत्तापलट गरेको थियो।

    नागरिक अधिकार र लोकतान्त्रिक समूहहरूले सु ची र अन्य विरुद्धको कानुनी कारबाहीलाई प्रहसनको रूपमा निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघले उनले “नक्कली मुद्दा” सामना गरिरहेको बताएको छ। म्यानमारको सैन्य शासनले भने सु कीको सुनुवाइ कानुनी प्रक्रियाको हिस्सा भएको बताएको छ।

    उत्तर कोरियाको आणविक परीक्षणमा कडा प्रतिक्रिया दिने चेतावनी

    उत्तर कोरियाले अर्को आणविक परीक्षणको लागि तयारी गरिरहेको बेला,संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त रुपमा उत्तर कोरियाको अर्को आणविक परीक्षणमा आफ्नो प्रतिक्रिया कडा र अधिकतम रहने जनाएका छन्।

    अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त उच्चस्तरीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार किम सुङ-हानले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा तीन सहयोगी राष्ट्रहरूबाट कडा प्रतिक्रिया आउने बताएका छन् ।

    यस अघि नै ६ वटा आणविक परीक्षण गरिसकेको उत्तर कोरियाले यदि आफ्नो सातौं आणविक परीक्षण गर्छ भने, प्रतिक्रिया पक्कै पनि अहिले सम्मको भन्दा फरक हुने पनि उनले बताएका छन्। यधपी उनले उल्लेख गरेको कडा प्रतिक्रिया के हुने र कस्तो प्रकृतिको हुने भन्ने बारे भने खुलाइएको छैन।

    उत्तर कोरियाले आफ्नो आणविक हतियारको विकासलाई सबैभन्दा द्रुत गतिमा अगाडि बढाउने वाचा गर्दै परमाणु युद्ध प्रतिरोधक कुनै पनि खतराको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएको छ ।

    पेट्रोलियम पदार्थको खरिद मुल्यमा वृद्धि

    इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    आईओसीको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १.३९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६.१२ रुपैयाँ बढेको छ । नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीसँगै पेट्रोलको नाफा २ रुपैयाँले घटेको छ भने डिजेलमा १२ रुपैयाँले नोक्सानी हुनेछ। ग्यासको मूल्य भने प्रति सिलिन्डर एक रुपैयाँ घटेको छ ।

    हाल नेपालमा पेट्रोलको मूल्य १८१, डिजेल र मट्टितेलको मूल्य १७२ र ग्यास प्रति सिलिन्डर १८०० छ।

    आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार आयल निगमले उपभोक्तालाई बिक्रि गर्ने डिजेल र मट्टीतेलमा भने प्रति लिटर ६ रुपैयाँ वृद्धि गरेको छ।। यधपी यस अघि लगातार ३ पटक सम्म मूल्य घट्दा पनि निगमले घाटा र ऋण देखाउंदै मूल्य समायोजन गरेको थिएन।

    https://nepalrastriyadainik.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%a3-%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf/
    https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0-%e0%a4%98/
    https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6/

    सत्तारुढ गठबन्धनको सिट बाँडफाँडका लागि बालुवाटारमा बैठक

    सत्तारुढ दलको सिट बाँडफाँडका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    कार्यदलको बैठकअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफल भएको र सो छलफल लगत्तै कार्यदलको बैठक सुरु भएको हो ।

    बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा गठित कार्यदलले प्रतिवेदन तयार गरी शीर्ष नेताहरुलाई बुझाएको छ ।

    यसअघि कांग्रेसले प्रतिनिधिसभामा १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादी पार्टीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिट दावी गरेको थियो ।

    तर, यसअघि बसेको बैठकमा आगामी निर्वाचनका लागि सिट बाँडफाँडका विषयमा कुनै सहमति हुन भने सकेन।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%ab%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%a6%e0%a4%b2%e0%a4%b2%e0%a4%be/

    दोस्रो दिन पनि आफ्नो बयान दिँदै जबरा

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान आज दोस्रो दिन पनि सुरु भएको छ ।

    प्रतिनिधिसभा, महाभियोग सिफारिस समितिले जबरासँग बयान लिइरहेको छ । हिजो जबराले संसदीय समितिमा झण्डै चार घण्टा समय लगाएर चार प्रश्नको जवाफ दिएका थिए । जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार पारेको बताइएको छ । हिजोको बयानमा जबराले आफूमाथि लागेको आरोपमा आफू दोषी नभएको बताएका थिए ।

    महाभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरिएको छ ।

    सत्तारुढ दलका सांसदले जबराविरुद्ध २०७८ फागुन १ गते आफ्नो आधिकारिक जिम्मेवारी विपरित काम गरेर संविधान र कानुन उल्लंघन गरेको भन्दै महाभियोग दर्ता गरेका थिए ।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9c%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9c/

    राष्ट्रिय सभाको बैठक आज बस्दै

    राष्ट्रिय सभाको बाह्रौं अधिवेशन अन्तर्गतको ५० औँ बैठक आज दिउँसो २:५९ मा बस्ने संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ।

    राष्ट्रिय सभाको आजको सम्भावित कार्यसूचीमा ५ वटा विषयहरूबारे छलफल गरिने कार्यसूची सार्वजनिक गरिएको छ।

    आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले ‘बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ भने, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    त्यसैगरी,कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट प्राप्त संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
    आजको सम्भावित कार्यसूचीमा शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार गरी पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने पनि उल्लेख गरिएको छ।

    rastriya sabha

    सप्त ऋषिको पुजा गरेर ऋषिपञ्चमी मनाइँदै

    वैदिक सनातन धर्मावलम्बीहरुले हिन्दु संस्कृति र परम्परा अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमी नेपाली महिला दिदि बहिनीहरुले सप्त ऋषिको पूजाआराधना गरी मनाउँदछन् । देशभरका पवित्र धार्मिकस्थल र ऋषेश्वर मन्दिरमा आक पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनहरुको विशेष भिड लाग्ने गर्दछ।ऋषिपञ्चमीलाई तीज कै एउटा पाटोको रुपमा मनाउने गरिन्छ र आज ऋषि पञ्चमीको अनुष्ठान पूर्ण भएसँगै तीज समाप्त भएको मानिन्छ।

    पौराणिक मान्यता अनुसार,ऋषि पञ्चमीको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले शरीरलाई सफा र शुद्ध बनाउनको लागि पूजा अर्चना गर्ने दिनको रुपमा मनाउने गरिन्छ । सृष्टिकर्ता नारीहरू विना जीवन सम्भव नभएकोले शास्त्रमा पनि नारीहरुको सम्मान गर्दै नारीहरुको रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन रहेको छ। रजस्वलाको प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन रहेको छ ।

    आजको दिन नारीहरूले उपमार्ग(दतिवन) अर्थात् एउटा विशेष प्राकृतिक जडीबुटी युक्त गुण भएको वनस्पतिको प्रयोगले दाँत माँज्ने र चपाउने गर्दछन्। १०८ वटा उपमार्ग (दतिवन)का टुक्राहरु चपाएर आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोला या तलाउमा गएर स्नान गर्ने गर्दछन् । संस्कृत शब्दमा उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । यसले शरीरमा विभिन्न प्रकारका रोग नलाग्ने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापाना गरेर कश्यप, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका सात ऋषिहरूको पूजा गर्दछन । अन्त्यमा ब्राह्मणले रीतिअनुसार पूजा गरेपछि ऋषि पञ्चमीको अनुष्ठान पूर्ण भएको मानिन्छ ।

    विधायन समितिबाट पनि नागरिकता विधेयक हुबहु पारित

    राष्ट्रियसभाको विधायन समितिबाट पनि नागरिकता विधेयक हुबहु पारित भएको छ ।

    पुनर्विचारका लागि राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित गराएर राष्ट्रिय सभामा प्रस्तुत गरिएको थियो। राष्ट्रिय सभाको अघिल्लो बैठकले विधेयकलाई छलफलको लागि विधायन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। विधायन समितिको बैठकले पनि छलफल पछि नागरिकता विधेयकलाई हुबहु पारित गरेको हो।

    एमालेको लिखित अहसमति बाबजुद पनि सत्तारुढ गठबन्धन दलको बहुमतले विधेयकलाई हुबहु पारित गरेको छ ।विधायन व्यवस्था समितिले बिहीबारको राष्ट्रिय सभा बैठकमा प्रतिवेदनसहितको विधेयक पेश गर्ने जनाइएको छ ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%9b%e0%a4%b2%e0%a4%ab%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b2/

    २४ घण्टाभित्र कर चुक्ता गर्न काठमाडौँ फनपार्कलाई महानगरको पत्र

    काठमाडौं महानगरपालिकाको राजस्व विभागले भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई जरिवाना सहित कर चुक्ता गर्न पत्राचार गरेको छ ।

    फन पार्कले विगत ७ वर्षदेखि कर नतिरेको र पटक-पटक ताकेता गर्दा पनि कर बक्यौता चुक्ता नगरिएको भन्दै विभागीय प्रमुख शिवराज अधिकारीले २४ घण्टे अल्टिमेटम सहित पत्र काटिएको जानकारी दिनुभएको छ।

    विभागीय प्रमुख अधिकारीद्वारा जारी गरिएको पत्रमा अहिले सम्मको सम्पूर्ण कर बक्यौता र जरिवाना नतिरे फनपार्क शिलबन्दी गरी राजस्व असुल उपर गरिने बताइएको छ।

    समाजकल्याण परिषद्को स्वमित्वमा रहेको भृकुटीमण्डपस्थित फनपार्क संचालन गरिएको ६० रोपनी जग्गा भाडामा लगाउँदा समेत भ्रष्टाचार भएको भन्दै यसघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    kathmandu fun park
    https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%b6%e0%a4%be%e0%a4%b9-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b8%e0%a4%b0/

    इरानद्वारा आयातको लागि क्रिप्टो भुक्तानीलाई स्वीकृति

    इरानले अमेरिकी डलर र युरोको सट्टा आयातका लागि क्रिप्टोकरेन्सी प्रयोग गर्न आधिकारिक रूपमा अनुमोदन गरेको इरानी उद्योग, खानी तथा व्यापार मन्त्री रेजा फातेमी अमीनले बताउनुभएको छ।

    ईन्धन र ऊर्जा कसरी उपलब्ध गराउने, र कसरी लाइसेन्स प्रदान गर्ने र कसरी दिने भन्ने लगायत क्रिप्टो-सम्पत्तिसँग सम्बन्धित सबै मुद्दाहरू तयार पारिएको पनि मन्त्रीले अमीनले घोषणा गर्नुभएको छ ।

    इस्लामिक गणतन्त्र इरानले अगस्ट महिनाको सुरुवातमा क्रिप्टोकरेन्सी प्रयोग गरेर करीब १० मिलियन अमेरिकी डलर बराबरको आयात गरेको जनाएको छ ।देशलाई डिजिटल सम्पत्तिहरू मार्फत व्यापार गर्न अनुमति दिनको लागि परीक्षण गरिएको अगस्टको पहिलो क्रिप्टो कारोबारले इरानमाथि लगाइएको अमेरिकी आर्थिक प्रतिबन्धहरू विस्थापित गरेर अन्य देशहरूसँगको व्यापारलाई सहज बनाउने विश्वाश गरिएको छ।

    सेप्टेम्बरको अन्त्यसम्ममा इरानले विदेशी व्यापारमा क्रिप्टोकरेन्सीको प्रयोगलाई व्यापक रूपमा बढाउने अपेक्षा गरिएको छ।

    इरानले देशको तेल, बैंकिङ र ढुवानी क्षेत्रहरूमा लगाइएको प्रतिबन्ध सहित अन्य थुप्रै आर्थिक प्रतिबन्धहरूको संघर्ष गरिरहेको बेला सन् २०१९ मा इरान सरकारले आयात भुक्तानीको लागि स्थानीय रूपमा माइनिङ्ग गरिएको क्रिप्टोलाई अनुमति प्रदान गर्न डिजिटल सम्पत्ति र कारोबार सम्बन्धि कानूनको संशोधन गरेको थियो ।

    संसदीय समितिलाई जबराको जवाफ: संसदको सम्मानका लागि मात्र आएको हुँ

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफुमाथि लगाइएको महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको बताएका छन् ।

    बयानका लागि महाअभियोग सिफारिस समिति सिंहदरबार पुगेका जबराले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गर्दै, महाअभियोग स्वत: निष्क्रिय भैसकेको र आफू संसदको सम्मानका लागि मात्र आएको बताएका छन् ।

    बयान दिने क्रममा जबराले,आफूभन्दा पछाडिको व्यक्ति दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको र प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको बताएका छन्।

    उनले आफूले गरेका काम नियम कानुन र संवैधानिक अधिकार भन्दा बाहिरबाट नभएको दावी गर्दै ,आफूबाट नभएर दलहरूबाटै न्यायलयलाई कमजोर बनाउने काम भएको समेत बताएका छन्।

    अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन

    शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

    सन् १९३१ मा जन्मेका गोर्बाचोभ, सन् १९८५ मा सोभियत संघको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिव बनेपछि सोभियत संघलाई विश्वका लागि खुला गरी सुधारको एउटा नयाँ आयाम प्रस्तुत गर्न सफल रहेका थिए । त्यतिबेला उनी सत्तारुढ परिषद्को सबैभन्दा कान्छो सदस्य थिए । गोर्बाचेभ सोभियत संघको पहिलो र एकमात्र निर्वाचित राष्ट्रपति हुनुहुन्थ्यो।

    सन् १९९१ को अगस्टमा उनको विरुद्धमा गरिएको कूको प्रयास असफल भए पनि गोर्बाचेभको वर्चस्व लामो समयसम्म टिक्न सकेन। उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसबाट आजको आधुनिक रूसको उदय भयो। सन् १९९१ को डिसेम्बरमा, सोभियत गणतन्त्र रूस, युक्रेन र बेलारुसका नेताहरूले बेलोभेज सम्झौतामा हस्ताक्षर गरेर बहुसंख्यक नागरिकहरूको इच्छा विपरित सोभियत संघलाई विघटन गरिएको थियो।

    “पूर्व-पश्चिम सम्बन्धमा आमूल परिवर्तनमा उनले खेलेको प्रमुख भूमिकाका लागि”उनलाई नोबेल शान्ति पुरस्कार समेत प्रदान गरिएको थियो।

    सोभियत संघ,अमेरिका र बेलायत लगायत पश्चिमी राष्ट्रहरू बीचको गहिरो तनावको समयमा पनि शीत युद्धको अन्त्यको लागि मार्ग सिर्जना गरेको भन्दै उनलाई पश्चिमाहरुले सुधारको वास्तुकारको रुपमा व्याख्या गर्ने गरेका छन्।

    धेरै प्रख्यात रूसीहरूको अन्तिम संस्कार गरिएको मस्कोको नोवोडेभिची कब्रिस्तानमा,उनकी पत्नी राइसाको छेउमा नै उनको पार्थिव शरीरलाई राखिनेछ।

    इतिहासको धार बदलेको भन्दै विश्वभरबाट उनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    president putin with mikhail gorbachev
    मिखाइल गोर्बाचेभसँग राष्ट्रपति पुटिन

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल गोर्बाचेभको निधनमा उहाँका परिवार र साथीभाइप्रति “गहिरो समवेदना” व्यक्त गरेका छन्।

    Ronald Reagan and Mikhail Gorbachev signing the Intermediate Range Nuclear Forces Treaty in 1987
    अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखाइल गोर्बाचेभ मध्यवर्ती दूरीका मिसाइलहरू हटाउन सन्धिमा हस्ताक्षर गर्दै

    अमेरिकी राष्ट्रपति जो बाइडेनले मिखाइल गोर्बाचेभको निधनमा उनको परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै, सुरक्षित संसार र लाखौं मानिसहरूको स्वतन्त्रताको लागि आफ्नो सम्पूर्ण करियर जोखिममा पारेर इतिहास कायम गरेको भन्दै उनको प्रशंसा गरेका छन् । उनले मिखाइल गोर्बाचेभलाई “उल्लेखनीय सोच र दुर दृष्टि भएको व्यक्ति” भनेर समेत वर्णन गरेका छन्।

    बयान दिन सिंहदरबारमा जबरा

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोगबारे आफ्नो बयान दिनका लागि सिंहदरबार पुगेका छन् ।

    महाभियोग सिफारिस समितिको अघिल्लो बैठकले जबरालाई आज बयानको लागि बोलाएको हो।महाभियोग सिफारिस समितिका सभापति,समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले समितिले महाभियोगको विषयमा आफ्ना धारणा राख्नका लागि बोलाउने निर्णय भएको जानकारी दिनुभएको छ।

    समितिले सार्वजनिक अपिल गर्दै जबरा विरुद्द प्रमाण उपलब्ध गराउन माग गरेपछि, यसअघि नेपाल बार एशोसियसन र कानुन व्यवसायीहरूले जबरा विरुद्द दस्ताबेज तथा प्रमाणहरु समेत समितिलाई बुझाएका छन्।

    पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्य पालना नगरेको भन्दै सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध फागुन १ गते महाभियोग दर्ता गराएका थिए।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7-4/

    श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ जारी

    श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।

    लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर जारी गरेको हो। जारी गरिएको कुल सेयरको ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि खुला गरिएको छ।

    अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहनेछ ।

    सर्वसाधारणले भाद्र १५ गते देखि १९ गतेसम्म, प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मको शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

    केयर रेटिङ्गस नेपालले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई प्रदान गरेको डबल बि माइनस रेटिङ्ग अनुसार यस कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको देखाउंछ ।

    ताइवानलाई हतियार बिक्री बन्द गर्न बाइडेनलाई चीनको चेतावनी

    अमेरिकास्थित चिनियाँ दूतावासले, वाशिंगटनले ताइपेईलाई हतियार बिक्री बन्द गर्नुपर्ने बताएको छ।

    वाशिङटनमा रहेको चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले, यदि वाशिंगटनले ताइवानसँग सैन्य सहयोग जारी राखेमा चीनले “निर्णायक र दृढ उपाय” मार्फत जवाफ दिने बताएका छन् ।

    बाइडेन प्रशासनले ताइवानमा करीब १.१ बिलियन डलरको हतियार बिक्रीलाई अनुमोदन गर्न सांसदहरूलाई सोध्ने योजना बनाएको रिपोर्ट गरे लगत्तै अमेरिकास्थित चीनिया दुतावासले यस्तो प्रतिक्रिया दिएको हो।

    ताइवानलाई अमेरिकी हतियार बिक्रीले ‘एक चीन’ नीति र अमेरिका र चीनबीच भएका अन्य कूटनीतिक सम्झौताहरूको “उल्लंघन” गर्ने र त्यस्ता सम्झौताहरूले पृथकतावादीहरूलाई उत्तेजित पार्ने र ताइवान स्ट्रेटमा तनाव बढाउने चीनले बताएको छ।

    अमेरिकी पक्षले ताइवानलाई हतियार बिक्री र सैन्य सम्पर्क तुरुन्तै रोक्नु पर्ने र ताइवान स्ट्रेटमा तनाव निम्त्याउने कारकहरू सिर्जना गर्न बन्द गर्नुपर्ने भन्दै ताइवान स्वतन्त्रतालाई समर्थन नगर्ने अमेरिकी सरकारको स्टेटमेन्टलाई पालना गर्नुपर्ने चीनले जनाएको छ।

    अमेरिकाको हतियार बिक्रि र सैन्य सहयोगप्रति इङ्गित गर्दै , चीनले आफ्नो सार्वभौमसत्ता र सुरक्षा हितको रक्षा गर्न “निर्णायक र दृढ” कदम चाल्ने बताएको छ ।

    दक्षिण एसियामा आफ्नो प्रभाव बढाउन चिन विरुद्धको प्रचारबाजीमा भारत

    अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनको सैन्य अभ्यासबारे श्रीलंकास्थित भारतीय उच्चायोगले भारत सरकारको अघिल्लो धारणामा परिवर्तन भएको बताएपछि ,चीनले ताइवान स्ट्रेटको तनावपूर्ण अवस्थाको सामना गरिरहेको बेला ताइवान प्रश्नमा हस्तक्षेप गरेर चीनलाई सीमा समस्यामा सम्झौता गर्न दबाब दिन सक्छ भन्ने सोच्नु गलत र भ्रम मात्र रहेको भन्दै चेतावनी दिएको छ।

    अगस्ट २६ मा श्रीलंकाका लागि चिनियाँ राजदूत क्यू झेनहोङले एक लेख प्रकाशित गरी श्रीलंका सरकारले अन्ततः चिनियाँ वैज्ञानिक अनुसन्धान जहाज “युआन वाङ ५” लाई हम्बनटोटा बन्दरगाहमा डक गर्न अनुमति दिएको देख्दा राम्रो लागेको र श्रीलंकाको इतिहासको समीक्षा गर्दा राजदूत क्यूईले देशले “उत्तरी छिमेकीबाट १७ पटकको आक्रमण, ४५० वर्षदेखि पश्चिमको उपनिवेश र झण्डै तीन दशकसम्म चलेको आतंकवाद विरोधी युद्ध” लाई जितेको उल्लेख गरेका थिए ।

    चिनियाँ राजदूत क्यू जेनहोङको लेखको बारेमा सोधिएको प्रश्नको जवाफमा श्रीलंकाको भारतीय उच्चायोगले ,चिनियाँ राजदूतको लेखलाई आधारभूत कूटनीतिक शिष्टाचारको उल्लङ्घन भनेर आलोचनात्मक ट्वीटहरू गरेका थिए।

    भारतीय पक्षको इन्कारको बाबजुद, “युआन वाङ ५ ” को डकिङमा श्रीलंका सरकारमाथि भारतको निरन्तर दबाब विश्वका लागि स्पष्ट रहेको र यदि भारतले ताइवान प्रश्नमा हस्तक्षेप गर्न यो मुद्दा प्रयोग गर्न खोज्यो भने, यसले द्विपक्षीय सम्बन्धलाई बिगार्ने चीनले बताएको छ।

    ताइवान प्रश्नको उल्लेख गरेर, भारतका केही राजनीतिज्ञहरू एसिया-प्रशान्त क्षेत्रमा अमेरिकाको चीन विरोधी रणनीतिसँग एक हुन चाहने र कतिपयले चीन दक्षिणपूर्वको खतरा र अमेरिकासँगको सम्बन्धमा व्यस्त हुँदा आफ्नो सीमा विवादको वार्तामा सम्झौता गर्न सक्छ भन्ने भ्रम राख्ने भारतले थाहा पाउनुपर्छ कि चीनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय स्वार्थसँग सम्बन्धित विषयहरूमा कुनै पनि सम्झौता गर्नेछैन।

    केही विश्लेषकहरूले पेलोसीको भ्रमणलाई खासगरी दक्षिण एसियामा चीन खतरा रहेको भन्दै चीनलाई एक्लो पार्ने र चीनसँगको सम्बन्धमा विशेषगरी सीमा समस्यामा थप फाइदा उठाउने अवसरका रूपमा लिन खोजेको बताएका छन्।

    चीनको युआन वाङ ५ को श्रीलंका भ्रमणलाई “सुरक्षा चिन्ता” को विषय भनेर प्रचार गर्नुको अलावा, भारतले दक्षिण एसियाका देशहरूसँग चीनको सम्बन्धलाई पनि बिगार्न खोजेको बताएका छन्।

    यसै सन्दर्भमा,अगस्टको मध्यमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमण आउनु अघि काठमाडौंस्थित युरोपेली सङ्घका राजदूतहरूले परराष्ट्रमन्त्रीसँग भेटघाट गर्न आग्रह गरेको र परराष्ट्र मन्त्रीको चीन भ्रमणप्रति असन्तुष्टि जनाएको बताएका छन् ।

    त्यसैगरी अगस्त १० मा भारतीय र पश्चिमी मिडियाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत थप ऋण लिने बारे बंगलादेशका अर्थमन्त्री मुस्तफा कमलको चेतावनीलाई पनि प्रचारबाजी गरेको बताएका छन्।

    युरोपेलीहरूको समर्थन रहेको भारत ताइवान प्रश्नमा सक्रिय भएको र अमेरिकाको चीन विरोधी नीतिको फाइदा उठाउन खोजेको विश्लेषकहरुले बताएका छन्।

    भारतले दक्षिण एसियालाई आफ्नो प्रभावको क्षेत्र मान्दै आएको र अन्य क्षेत्रीय देशहरूले चीनसँग राम्रो सम्बन्ध विकास गरेको हेर्न नचाहेकोले भारतले दक्षिण एसियामा चीन खतरा रहेको भन्दै प्रचारबाजी गरिरहेको छ। साथै यी देशहरूको घरेलु मामिलामा भारतले हस्तक्षेप गरिरहेको पनि बेइजिङ फरेन एकेडेमी अफ रिजनल एण्ड ग्लोबल गभर्नेन्सका वरिष्ठ रिसर्च फेलो र चेङ्दु इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्सका अध्यक्ष लङ सिङ्चुनले बताएका छन्।

    आज हरितालिका तीज

    वैदिक सनातन धर्म संस्कृती अनुसार हिन्दु धर्मावलम्बी महिलाहरु हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन नेपाली नारीहरुको महान चाड हरितालिका तीज मनाउने गर्दछन।

    हरितालिका तीजको दिन नेपाली महिला दिदि-बहिनीहरु भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग यो पर्व मनाउँछन् । तीजको अघिल्लो दिन अबेर खाना खाएर तीजको दिन निराहार र निर्जला व्रत बस्ने चलन रहेको छ। यसरि तिजको दिन निराहार र निर्जला व्रत बस्ने अघिल्लो दिन खाइने खानेकुरालाई नेपालीमा दर भनिन्छ। तीजको अघिल्लो दिन नेपाली महिला दिदि बहिनीहरु अबेर रातिसम्म नाच गान गर्दै रमाइलो गरेर दर खाने प्रचलन रहेको छ।तिजको दिन महिला दिदि-बहिनीहरु विशेष गरि रातो वस्त्र धारण गर्ने र हातमा मेहेन्दी लगाउने गर्दछन, जसलाई सौभाग्यको प्रतिकको रुपमा मानिन्छ।

    तीजको दिन छोरी चेलीहरु माइत (आफ्नो जन्मघर) जाने परमपरा रहेको छ। पुरानो समयमा यातायातको व्यवस्था नहुँदा टाढा-टाढा माइती भएकाहरु अरुबेला माइत जान नपाएपनि तिजको दिनमा भने माइत जाने र माइतिको आँगनीमा रमाइलो गर्ने प्रचलन रहेको पाइन्छ । त्योबेलाको अशिक्षित र कतिपय अन्धविश्वाशको समयमा सासुले बुहारीलाई दिएको पीडालाई छोरी चेलीहरुले गितको माध्यमबाट आफ्नो वेदना पोख्ने र त्यहि गीतमा रमाएर नाच्ने अनि दुख भुलाउने प्रचलन पनि रहेको पाइन्छ।

    teej

    परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनि निराहार र निर्जला व्रत बसेको जनविश्वास रहिआएको छ । त्यसैले आजको दिन विवाहित नेपाली महिला दिदि-बहिनीहरु आफ्नो पतिको लामो आयुको कामनासहित पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका कामना गरेर तिजको व्रत बस्ने गर्दछन् भने अविवाहित महिला दिदि-बहिनीहरु भगवान शिव जस्तै पति प्राप्त होस् भन्ने कामना सहित तीजको व्रत बस्ने परम्परा रहेको छ। आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड लाग्ने गर्दछ ।

    गणेश चतुर्थी र ऋषि पञ्चमी
    गणेश चतुर्थी र ऋषि पञ्चमीलाई पनि तीजकै अङ्गको रूपमा लिइन्छ । यस दिन भगवान् श्री गणेशको जन्म भएको धार्मीक मान्यता अनुसार गणेश चतुर्थी मनाइन्छ । यस दिनलाई विनायक चतुर्थी पनि भन्ने गरिन्छ। गणेश चतुर्थीको दिनमा भगवान गणेशको पुजा आराधाना गरेर व्रत बस्ने चलन पनि रहेको छ। वैदीन सनातन धर्मावलम्बीहरु हिन्दु परम्परामा कुनै पनि शुभ कार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा गर्दा भगवान गणेशको नाम लिएर कार्यको प्रारम्भ गर्दछन त्यसैलाई हामी ”श्री गणेश गर्ने” भनेर भन्दै आएका छौँ ।

    ऋषि पञ्चमी
    ऋषि पञ्चमीको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले शरीरलाई सफा र शुद्ध बनाउनको लागि पूजा अर्चना गर्ने दिनको रुपमा मनाउने गरिन्छ । सृष्टिकर्ता नारीहरू विना जीवन सम्भव नभएकोले शास्त्रमा पनि नारीहरुको सम्मान गर्दै नारीहरुको रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन रहेको छ। रजस्वलाको प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन रहेको छ ।

    teej image

    आजको दिन नारीहरूले उपमार्ग(दतिवन) अर्थात् एउटा विशेष प्राकृतिक जडीबुटी युक्त गुण भएको वनस्पतिको प्रयोगले दाँत माँज्ने र चपाउने गर्दछन्। १०८ वटा उपमार्ग (दतिवन)का टुक्राहरु चपाएर आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोला या तलाउमा गएर स्नान गर्ने गर्दछन् । संस्कृत शब्दमा उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । यसले शरीरमा विभिन्न प्रकारका रोग नलाग्ने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापाना गरेर कश्यप, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका ऋषिहरूको पूजा गर्दछन । अन्त्यमा ब्राह्मणले रीतिअनुसार पूजा गरेपछि ऋषि पञ्चमीको अनुष्ठान पूर्ण भएको मानिन्छ ।

    image:firstpost

    आयोगले सार्वजनिक गर्‍यो निर्वाचन आचारसंहिता

    आगामी संघ तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोले आचार संहिता जारी गरेको छ।

    राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मी र मतदाता लगायतले पालना गर्नुपर्ने नियमहरु समेटेर आयोगले आज निर्वाचनको आचारसंहितामा जारी गरेको हो।

    निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरु,स्थानीय कार्यपालिकाका पदाधिकारी र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक वा प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख गरिएको छ ।तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउने छैनन् ।

    आचारसंहितामा, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण र व्यक्तिगत विवरण समेत पेश गर्नुपर्ने जनाइएको छ ।

    आचारसंहितामा, राजनीतिक दल वा उम्मेदवारहरुले जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न नहुने उल्लेख गरिएको छ। ।

    बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने र एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न आचारसिंहतामा उल्लेख गरिएको छ ।

    आचारसंहिताको पूर्ण पाठ:

    मेयर बालेन शाह विरुद्ध सर्वोच्चमा मुद्दा

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।

    नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गरेपछि मेयर शाहले, ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी दिएको प्रतिक्रियाप्रति, अदालतको अवहेलना भएको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहमाथि कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए ।

    अधिवक्ता जोशीले मेयर शाह विरुद्द दिएका निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ ।

    जोशीले सर्वोच्च अदालतमा दिएका निवेदनलाई स्वीकारेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले अदालत सामु जवाफ पेश गर्नुपर्ने हुन्छ। त्यसको लागि शाहले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत जवाफ पेश गर्न सक्नेछन।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a3/

    कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका दुई नयाँ मन्त्री नियुक्त

    माओवादी केन्द्रका दुई नेतालाई कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएको छ।

    आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई मियुक्त गरिएको हो। शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद रहेका छन्।
    नवनियुक्त दुई मन्त्रीलाई आज नै प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको बताइएको छ।

    माओवादीले यस अघिका दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर नयाँ मन्त्रि नियक्त गरेको हो।

    सत्य निरुपणसम्बन्धी विधेयकमा नेकपा एमालेको असन्तुष्टि

    प्रतिनिधि सभाको आजको बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश गरिएको छ ।

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द वन्दिले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो।

    विधेयकमाथि सुरु भएको छलफलमा नेकपा एमालेले, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधनण विधेयक पीडितको पक्षमा नभएको र पीडितलाई राहत पुग्ने भन्दा पनि आघात पर्नेगरी विधेयक पेश भएको बताएको छ।

    एमाले सांसद शिवमाया तुम्बाहाम्फेले वेपत्ता पारिएका व्यक्तिहरुको विधेयक विस्तृत शान्ति सम्झौताअनुसार नआएको दावी गर्दै, विधेयकले नेपालको संविधान र सर्वोच्चको नजिर सम्बोधन नगरेकोर , मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तलाई वेवास्ता गरेको बताउनुभएको छ।

    संसदमा विधेयकमाथि दफावार छलफलमा भाग लिँदै नेकपा सांसद प्रदिप ज्ञवालीले वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रकृया विश्वसनीय बनाउनुपर्ने र फास्टट्रयाकबाट विधेयक पारित गरिए परिस्थिति गिजोलिने बताउनुभएको छ। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्ष वितिसक्दा पनि,विधेयक पीडितमैत्री नभएको भन्दै विधेयकको गम्भिरतापूर्वक छलफल गर्नुपर्ने बताउनुभएको छ।

    राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी

    रमेशजंग रायमाझीलाई राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा मनोनित गरिएको छ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो।

    २०७८ साल फागुनमा राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि सो पद रिक्त रहेको थियो ।

    त्रिभूवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

    त्रिभूवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नुभएको छ।

    आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति ध्यानाकर्षण भएको बताउंदै सो समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको हो।

    यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरेर नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएकोप्रति आपत्ति जनाउँदै उक्त समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गर्नुभएको थियो।

    सांसद ज्ञवालीले, प्रधानमन्त्री र गृहमन्त्री स्वयं विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै,उहाँहरुले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो भन्ने प्रश्न समेत गर्नुभएको थियो।

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्ध नेपाल बारको ३५ बुँदे प्रमाण

    नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग आरोप पुष्टि गर्ने प्रमाणहरु महाभियोग सिफारिस समितिलाई पठाएको छ।

    नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने ३५ बुँदे प्रमाण महाभियोग सिफारिस समितिलाई पठाउनु भएको हो।

    महाभियोग सिफारिस समितिलाई बुझाइएको उक्त पत्रमा , ”प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यसै निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।” भनी उल्लेख गरिएको छ।

    यस अघि महाभियोग सिफारिस समितिले जबरा विरुद्द कुनै प्रमाण वा कागजात भए उपलब्ध गराउन भन्दै सार्वजनिक अपिल समेत जारी गरेको थियो।

    महाभियोग सिफारिस समितिलाई पठाएको प्रमाणको दस्तावेज :

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7-3/

    राप्रपा नेपाललाई ‘तीर’ चुनाव चिह्न प्रदान नगर्न सर्वोच्चको अल्पकालीन आदेश

    कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई तीर चुनाव चिन्ह प्रदान नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ।

    न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा सो आदेश जारी गरेको हो।

    सर्वोच्चले जारि गरेको अल्पकालीन आदेशमा भनिएको छ ”प्रस्तुत निवेदनमा अन्तरिम आदेश जारी गरी पाउँ भन्ने माग सम्बन्धमा विचार गर्दा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएको र निवेदकले उठाएको विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसाग जोडिएको अत्यन्त महत्वपूर्ण र तत्काल निर्णय गर्नुपर्ने प्रकृतिको रहेको हुँदा भदौ १४ गते पेशीमा चढाइ तथा यसै विषय सँग जोडिएको मुद्दा न. ०७८-Wo -१६०८ मा समेत निर्वाचन आयोग ,नेपालको मिति असार २७ गतेको निर्णय कार्यान्वयन नगर्नु भनि भाद्र ८ गते अन्तरिम आदेश जारी भएको सन्दर्भमा समेत यो रिट निवेदनको विषयवस्तु जोडिएको देखिदा छलफलको मिति सम्म निर्वाचन आयोगको भाद्र ८ को तिर निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय कार्यन्वयन नगर्नु नगराउनु भनि विपक्षीको नाममा सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ (२)ख बमोजिम अल्पकालीन आदेश जारि गरिएको छ।”

    raprapa
    raprapa1

    ६ बुँदे माग सम्बोधन नभए सत्याग्रह शुरु गर्ने :डा. गोबिन्द केसी

    चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले ६ बुँदे मागहरु राख्दै, सरकारले ति मागहरुको सम्बोधन नगरे भाद्र भाद्र २७ गतेदेखि सत्याग्रह शुरु गर्ने बताउनुभएको छ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. केसीले आफ्नो माग सम्बोधन नगरे सत्याग्रह सुरु गर्ने जानकारी गराउनु भएको हो।

    भाद्र १२ गतेदेखि देखि आमरण अनसन बस्ने घोषणा गर्नुभएका केसीले, आफ्ना मागहरु बारे छलफल गर्न सरकारले केही समय मागेकाले सत्याग्रहको कार्यक्रम सारिएको समेत जानकारी गराउनु भएको थियो।

    डा. गोविन्द केसीले राख्नुभएको माग र प्रेस विज्ञप्तिः

    नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा

    पुनर्विचारका लागि राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

    आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनि राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

    नागरिकता विधेयक अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गरिनेछ ।

    राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बस्नेछ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/

    ताइवान स्ट्रेटमा दुई अमेरिकी युद्धपोत

    अमेरिकी नौसेनाले दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेको घोषणा गरेको छ ।

    दुई निर्देशित-मिसाइल क्रूजरहरू स्वतन्त्र र खुला इन्डो-प्यासिफिकका लागि प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय पानीमा नेभिगेसनको स्वतन्त्रता प्रदर्शन गरिरहेको वाशिंगटनले जनाएको छ।

    यसैबीच, बेइजिङले उच्च सतर्कता कायम राखेर यस्ता उत्तेजक कारबाहीमा निगरानी भइरहेको र कुनै पनि उक्साहटलाई परास्त गर्न तयार रहेको बताएको छ।

    पछिल्लो समय अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढ्दै गएको छ।

    लिबियाको त्रिपोलीमा युद्ध बढ्दै गएपछि २३ जनाको मृत्यु

    लिबियाको प्रतिद्वन्द्वी सरकारद्वारा समर्थित मिलिशियाहरू बीचको झडपमा कम्तिमा 23 व्यक्तिको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाइएको छ।

    लिबियाको राजधानी त्रिपोलीमा शनिबारको लडाइँ दुई वर्षयताकै सबैभन्दा खराब भएको र यसले देश पूर्ण रूपमा युद्धमा डुब्न सक्ने डर पैदा गरेको बताइएको छ।

    आपतकालीन सेवाका प्रवक्ता मालेक मर्सेटले लडाइँमा फसेका घाइते नागरिकहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका बताएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले १४० जना भन्दा बढी घाइते भएको र ६४ भन्दा बढी घर-परिवारलाई लडाइँ वरपरका क्षेत्रहरूबाट विस्थापित गर्नुपर्ने बताएको छ।

    लिबियामा सत्ताको लागि संघर्षले अब्दुल हमिद डबेबाको नेतृत्वमा त्रिपोलीमा रहेको राष्ट्रिय एकता सरकार (जीएनयू) लाई पूर्वी-आधारित संसदले समर्थन गरेको फाथी बासाघाको नेतृत्वमा प्रतिद्वन्द्वी प्रशासनको विरुद्धमा खडा गरेको छ।जीएनयूले बसाघा संकट समाधानका लागि वार्ताबाट पछि हटेको आरोप समेत लगाए ।

    लिबियाको संसद र पूर्वी-आधारित सैन्य बलवान खलिफा हफ्तारले समर्थन गरेका बाशाघाले भने जीएनयूको म्यान्डेट समाप्त भएको बताएको छ ।

    नागरिकता विधेयक पुन: राष्ट्रिय सभामा

    राष्ट्रिय सभाको आज बस्ने बैठकमा सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि फिर्ता गरिएको नागरिकता विधेयकको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराइने भएको छ।

    दिउँसो १:०१ बजे बस्ने आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकको बारे जानकारी गराउने कार्यसूची रहेको छ। त्यसैगरी,फुयालले नागरिकता विधेयकको सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश पनि जानकारी गराउने आजको कार्यसूचीमा उल्लेख गरिएको छ। त्यसपछि राष्ट्रिय सभामा नागरिकता विधेयकको विषयमा छलफल अगाडी बढ्नेछ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुंदे सन्देश सहित पुनर्विचारको लागि फिर्ता पठाउनु भएको नागरिकता विधेयक प्रतिनिधि सभाको भाद्र २ गतेको बैठकले हुबहु पारित गरेर राष्ट्रिय सभामा पठाएको हो।

    विधेयक पुन: संसदबाट पारित भएर प्रमाणीकरणको लागी राष्ट्रपतिकोमा पठाइएमा, यस पटक विधेयक फिर्ता गर्ने संवैधानिक अधिकार भने राष्ट्रपतिलाई दीइएको छैन।

    rastriy sava S6lfAl36Xi
    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b6/

    आजदेखि मतदाता नामावली अद्यावधिक गरिने

    आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ।

    एक विज्ञप्ति जारी गर्दै, आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।
    आयोगले,नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्नको लागि भदौ १३ देखि १५ गतेसम्मको समय तोकेको छ। आयोगले तोकेको समयावधि भित्र सम्बन्धित निर्वाचन कार्यालयमा गएर निवेदन दिन सकिने पनि आयोगले बताएको छ।

    त्यसैगरी, भाद्र १३ देखि १६ गतेभित्र, मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको हकमा, मतदाता नामावलीबाट नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने पनि आयोगले जनाएको छ।

    matadata naamawali

    अगाडी “बा” भएकाहरु डोजर लिएर निस्किसके: पछाडी “बा” भएकाहरुलाई स-सम्मान राजनीतिबाट बिदा गरौँ

    राष्ट्रिय स्वतन्त्र पार्टीले खुलामञ्चमा आयोजना गरेको आजको उपत्यका भेलामा,पार्टीका सभापति रवि लामिछानेले अगाडी “बा” भएकाहरु डोजर लिएर निस्किसकेकाले अब पछाडी “बा” भएकाहरुलाई स-सम्मान राजनीतिबाट बिदा गर्नुपर्ने बताउनुभएको छ।

    सभापति लामिछानेले आफु राजनीतिको फोहोर सफा गर्न आएको बताउँदै,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर सो कुरा बताउनुभएको हो।

    rsp3

    लामिछानेले, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको वर्तमान गतिविधीको प्रशंसा गर्दै अगाडि ‘बा’ आउनेहरु परिवर्तनका लागि डोजर लिएर निस्कीसकेको हुनाले पछाडि ‘बा’ आउनेहरु राजनीतिबाट बिदा हुनुपर्ने बताउनुभएको हो । मेयर बालेनको विरोध गर्नेहरुलाई लक्षित गरेर , हिन्दि चलचित्र नायकको प्रसङ्ग उठाउँदै,सभापति लामिछानेले,”अनिल कपुर त देखिएको थियो अब त अमृष पूरी पनि देखिन थालेछन्” भन्दै मेयर शाहको विरोध गर्नेहरुलाई व्यंग्य समेत गर्नुभएको थियो।

    rsp 1

    लामिछानेले देशभर पुगेर सातै प्रदेशमा समिति निर्माण भएको र खुला मञ्चले धेरै युवा नेताहरु दिएको तर देशको भाग्य बदल्ने ठाउँमा पुगेर पनि उनीहरुले खुल्लामञ्च र देश अनि जनतालाई लाई धोका दिएको बताउनुभएको थियो । देश र जनतालाई धोका दिनेहरुलाई मंसिर ४ गते मतदान मार्फत बिदा गर्नुपर्ने भन्दै लामिछानेले,”मलाई यो राजनीति सिक्नु नै छैन, पानी परिरहेको बेला बाटो पिच गरिरहको छन्, सरकारी निकाए आँखा बन्द गरिरहेका छन्। पानी परिरहेको बेला बाटो पिच गर्नु हुँदैन भन्ने जान्नका लागि राजनीति जान्नु पर्दैन” र आफुले त्यस्तो राजनीति सिक्न नचाहेको समेत बताउनुभएको छ।

    rsp

    पशुपतिनाथ मन्दिरमा फोटो खिच्ने भक्तजनलाई जरिवाना

    हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले मुख्य मन्दिर र परिसरको तस्बिर खिचेमा जरिवाना हुने भएको छ । पशुपतिनाथको मुख्य मन्दिरमा तस्विर खिच्न निषेध गरिएको छ ।

    निषेधित ठाउँका तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने र टिकटक बनाउने चलन बढेपछि यस्तो तयारी गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाले जानकारी दिएको छ । भक्तजनलाई फोटो खिच्न नदिन कोषका कर्मचारीले मुख्य मन्दिर क्षेत्रको अनुगमन गर्ने जनाइएको छ ।

    गर्भगृहको तस्बिर खिच्नेलाई २ हजार १ सय, मुख्य मन्दिरको तस्बिर खिचेमा १ हजार १ सय र मुख्य मन्दिर परिसरको तस्बिर खिचेमा ५ सय रुपैयाँ जरिवाना गरिने कोषले जनाएको छ ।

    २०७९ भाद्र १४ गते तीजको दिन बिहान ६ बजेपछि पशुपतिनाथ मन्दिरमा पुरूष तीर्थालुलाई प्रवेश निषेध गरिने पनि कोषले जनाएको छ ।

    परिसरमा प्रवेश गर्न चार मुख्य प्रवेशद्वार
    तीर्थयात्रीलाई सहज बनाउन कोषले नयाँ लाइन प्रणालीको व्यवस्था गर्न लागेको हो । परिसरमा प्रवेश गर्न चारवटा मुख्य प्रवेशद्वार रहने कोषले जनाएको छ ।

    १. भक्तजनले तिलगंगा पर्यटक टिकट काउन्टरको राममन्दिर–आर्यघाट क्षेत्रको पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न सक्नेछन् ।यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता र चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता र चप्पल सुरक्षित राख्न जयवागेश्वरी टोल सुधार समितिले स्वयंसेवकको भूमिका निर्वाह गर्नेछ ।

    २. दोस्रो प्रवेशद्वार मित्रपार्क क्षेत्रबाट रहेको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता र चप्पल शंकराचार्य मठ अगाडिको क्षेत्रमा राख्न सकिन्छ । पशुपति क्रिएटिभ युथ क्लबले भक्तजनलाई जुत्ता र चप्पल सुरक्षित राख्न सहयोग गर्ने जिम्मेवारी लिएको छ ।

    ३. तेस्रो प्रवेशद्वार गौशाला-पिंगलस्थान-पञ्चदेवल क्षेत्रबाट हुनेछ। यस प्रवेशद्वारबाट प्रवेश गर्ने भक्तजनको जुत्ता र चप्पल बज्रघर अगाडि राखिनेछ । यस ठाउँको जुत्ता र चप्पलको व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ ।

    ४. चौथो प्रवेशद्वार गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण खण्डबाट हुनेछ । यस मार्गबाट ​​प्रवेश गर्ने भक्तजनको जुत्ता गुरु मन्दिर अगाडिको खुला ठाउँमा राखिनेछ । यस क्षेत्रमा जुत्ता र चप्पल सुरक्षित राख्ने जिम्मा नवरथ स्काउट समूहले लिएको छ ।

    प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

    प्रधानमन्त्री शेर बहादुर देउवाले आज बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ।

    नेपाली सेनाको हेलिकप्टरबाट बुटवल पुग्नुभएका प्रधानमन्त्री देउवाले आज एक औपचारिक समारोहबीच सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको हो। प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खांड, शहरी विकास मन्त्री मेटमणि चौधरी ,एमाले नेता विष्णु पौडेल र रामकुमारी झाँक्री लगायतको उपस्थिति रहेको छ।

    रामनगरस्थित बुटवल मण्डपको ९ बिघा जमिनमा बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य हलमा बालकोनी ४ सय सिट र तल्लो तहको ३ सय सिट गरि १ हजार सिट क्षमताको रहेको छ। मुख्य हल सहित गोष्ठी र सेमिनारको लागि बनाइएको अन्य १२ वटा हाल गरेर सम्मेलन केन्द्रको कुल सिट क्षमता २७ सय सिट रहेको छ।

    १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ५ वटा प्रवेशद्वार रहेका छन् भने, एउटा हेलिप्याड सहित ४ सय वटा चारचक्के गाडी र ४ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने व्यवस्था रहेको छ।

    १५६औँ मोती जयन्ती

    नेपाली साहित्य क्षेत्रका एक अजर-अमर व्यक्तित्व मोतीराम भट्टको आज १५६ औँ जन्म जयन्ती। कुशे औँसीको दिन जन्मनुभएकोले हरेक वर्ष कुशे औंसीको दिन साहित्यकार मोतीराम भट्टको स्मृतिमा मोती जयन्ती मनाउने गरिन्छ। 

    १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवीको कोखबाट काठमाडौँको भोसिको टोलमा मोतीराम भट्टको जन्म भएको थियो ।

    दरबार हाइस्कुलमा पढ्दा पढ्दै ६ वर्षको कलिलो उमेरमा भारत पुगेका भट्टले भारतको बनारसमा आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो। १५ वर्षको उमेरमा नेपाल फर्कनु भएका भट्टले आफ्नो छिमेकी खड्ग दत्त पाण्डेको बिहेमा भानुभक्त आचार्यले वाचन गर्नुभएको कबिता सुनेपछि भानुभक्तका कबिता र कृतिहरूको बारेमा खोज अनुसन्धान सुरु गरेर त्यसलाई जनमानसमा उजागर गर्ने  प्रयास गर्नुभएको थियो।नेपाली साहित्यमा भानुभक्तलाई चिनाउनुमा उहाँको ठुलो योगदान रहेको छ।  

    उहाँले  ”कवि भानुभक्तको जीवन चरित्र” भानुभक्त आचार्यको जीवनी लेख्नुभयो, जसले आचार्यलाई नेपाली भाषाको प्रथम कवि (आदि कवि)को रूपमा स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेलेको थियो। नेपालको राष्ट्रिय विभूति मानिएका भट्टलाई युवा कविको उपाधि समेत दिइएको थियो।  नेपाली साहित्यको १९४० देखि १९४८ सम्मको अवधिलाई मोतीराम युग भनेर पनि भन्ने गरिन्छ। 

    भट्टलाई नेपाली साहित्य क्षेत्रमा कवि, गायक, निबन्धकार र प्रकाशकको रुपमा चिनिन्छ। उहाँलाई नेपाली साहित्यको पहिलो जीवनीकार र साहित्यिक समीक्षक पनि मानिन्छ। उहाँलाई नेपालको पहिलो गजलकार पनि मानिन्छ। 

    यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।

    उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

    गायकीको हिसाबले यो गज़ल नै नेपालको पहिलो गजल मानिन्छ।  तर वाचनका हिसाबमा कहिँ कतै यो गजललाई पनि पहिलो भनेर भन्ने गरेको पाइन्छ। 

    दुई आँखी भौं त तयार छन् तरबार पो किन चाहियो

    तिमि आँफै मालिक भै गयौ सरकार पो किन चाहियो।।

    बहुभाषिक भट्ट नेपालीका साथसाथै संस्कृत, फारसी, अंग्रेजी,बंगाली, उर्दू र नेपाल भाषामा पनि निपुण हुनुहुन्थ्यो। भानुभक्तको जीवन चरित्र,शकुन्तला, प्रियःदर्शिका,मनोवेग प्रवाह, गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा लगायत उहाँका करिब २ दर्जन कृतिहरु प्रकाशित छन्। 

    १५ वर्षको उमेरमा नेपालमा आएर विवाह गरेको १ बर्षपछि उच्च शिक्षाको लागि भट्ट पुन: बनारस फर्किनुभयो। उहाँले भारतमै रहेर पनि गोर्खा भारत जीवन नामक नेपाली पत्रिकाको प्रकाशन गर्नु भएको थियो। त्योबिचमा, भट्ट पटक-पटक नेपाल आउने जाने गरिरहनुहुन्थ्यो। १९५२ मा भारत जाँदा बिरामी भएपछी नेपाल फर्कनुभएका भट्टको एक वर्षपछि १९५३ मा निधन भएको थियो। उहाँको अन्तिम संस्कार पशुपतिको आर्यघाटमा गरिएको थियो। 

    राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला आज दिउँसो १ बजे खुला मञ्चमा

    काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्लालाई समेटर राष्ट्रिय स्वतन्त्र पार्टीले खुला मञ्चमा आज दिउँसो १ बजे उपत्यका भेला गर्ने भएको छ।

    उक्त भेलाले उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन गर्ने र परिवर्तनकाे लहरलाई स्थापित गर्न चाहने आकांक्षी उम्मेदवारले सोही मञ्चबाट पहिलो पटक बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

    असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी स्थापनाको घोषणा गरेर देश दौडाहामा निस्किएका पार्टीका अध्यक्ष रबी लामिछानेले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिन चाहने उम्मेद्वारहरुको खोजी अभियानलाई पनि तिब्रता साथ अगाडी बढाइरहनुभएको छ । ”हामी खुलामञ्च मा सभा मात्र होइन, एउटा सुनौलो युगको सुरुवात गर्न चाहन्छौं। युवा को युग , सक्षमहरु को युग र नयाँ राजनीतिक संस्कारको युग स्थापना गर्न चाहन्छौँ ” भन्दै ,आजको सभामा उपस्थित हुन सबैलाई अध्यक्ष लामिछानेले आग्रह गर्नुभएको छ।

    उपत्यका भेलामा प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा. प्रणय शम्शेर राणा , शिक्षाविद शिशिर खनाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    आज कुशे औँसी:बुबाको मुख हेर्ने दिन

    कुशे औँसी

    वैदिक सनातन हिन्दु धर्म संस्कृतीमा कुशलाई जप स्नान गर्दा, दान गर्दा, पूजा- पाठ गर्दा र हरेक देव कर्म र पितृ कर्ममा निकै महत्वपूर्ण रअनिवार्य वनस्पतिको रुपमा प्रयोग गरिन्छ। आजको दिन हरेक नेपालीले आफ्नो घरमा कुश राख्ने गर्दछन।आफ्नो घरको मूल ढोका अगाडी कुश राख्नाले खराब शक्तिहरु नष्ट हुने विश्वास रहिआएको छ। त्यसैले आजको दिनलाई कुशे औँसी पर्व पनि भनिन्छ । आयुर्वेद शास्त्रले औषधिको रुपमा प्रयोग गर्ने गरेको कुश विज्ञानले पनि औषधिको रुपमा प्रमाणित गरिसकेको छ।कुशले सम्पूर्ण विकिरण परावर्तन गर्छ भन्ने कुरालाई पनि विज्ञानले प्रमाणित गरिसकेको छ। वैदिक सनातन धर्म संस्कारमा कुशको औंठी र जनैको निकै महत्व रहेको छ।

    बुबाको मुख हेर्ने दिन
    कुशे औँसीलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । नेपालीहरु आजको दिनलाई पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिनको रुपमा मनाउने गर्दछन । आज छोरा-छोरीले आफ्नो पिताको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने गर्दछन्। पिता नहुनेहरुले आज विभिन्न धार्मिक पीठ, देवालय वा पवित्र तीर्थस्थल पुगेर स्नान गरी, पितृहरूको नाममा श्राद्ध गरेर तर्पण दिने र सीधा दान गरेर आध्यात्मिक चिन्तनबाट आफ्नो पितालाई सम्झिएर उनको आत्माको शान्तिको कामना गर्दछन।

    चीन–भारत सीमा विवादमा तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य नहुने:चीन

    चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल तान केफेईले चीन र भारत बिचको सीमा विवादमा तेस्रो पक्षको कुनै पनि प्रकारको बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

    विवादित चीन-भारत सीमा क्षेत्रमा अमेरिकी र भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको घटनाप्रति लक्षित गर्दै चिनियाँ रक्षा मन्त्रालयले सो कदमको विरोध गरेको हो।

    भारतीय सञ्चार माध्यमका अनुसार,भारत-अमेरिका संयुक्त विशेष बल अभ्यास को १३ औं संस्करण “पूर्व वज्र प्रहार २०२२ “, हिमाचल प्रदेशको बाक्लोहको विशेष बल प्रशिक्षण स्कूलमा अगस्त ८ देखि सुरु भएको छ र यो करिब २० दिनसम्म चल्नेछ।

    त्यसैगरी,दुई देशका सेनाले अक्टोबरको मध्यमा औलीमा १०,००० फिटको उचाइमा पुन:संयुक्त सैन्य अभ्यास गर्ने छन्, जुन विवादित चीन-भारत सीमा क्षेत्रबाट १०० किलोमिटरभन्दा कम दूरीमा रहेको छ।

    भारत-अमेरिका संयुक्त सैन्य अभ्यासलाई चीनले नजिकबाट नियालिरहेको जनाएको छ। चीनले सम्बन्धित देशहरू बीचको सैन्य सहयोग विशेष गरी अभ्यास र तालिम गतिविधिहरू तेस्रो पक्षलाई लक्षित नगरी क्षेत्रीय शान्ति र स्थायित्वका लागि उपयुक्त हुनुपर्ने जनाएको छ।

    तानले चीन र भारतले सबै तहमा प्रभावकारी सञ्चार कायम राखेको र द्विपक्षीय वार्तामार्फत विवादलाई सही ढंगले समाधान गर्न सहमत भएको टिप्पणी गर्दै,सन् १९९३ र १९९६ मा चीन र भारतबीच भएका सान्दर्भिक सम्झौताको मर्मअनुसार दुवै पक्षले वास्तविक नियन्त्रण रेखा नजिकका क्षेत्रमा एकअर्काविरुद्ध सैन्य अभ्यास गर्न नपाइने उल्लेख गरेका छन् । उनले दुई देशका नेताबीच भएका महत्वपूर्ण सहमतिको कडाइका साथ पालना गर्न, द्विपक्षीय वार्ताबाट सीमा समस्या समाधान गर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न र सीमा क्षेत्रमा शान्ति कायम गर्न ठोस कदम चाल्न भारतीय पक्षलाई आग्रह समेत गरेका छन्

    उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले एक साताभित्र उम्मेदवारको नाम सिफारिस गर्न तल्लो तहलाई निर्देशन दिएको छ। ।

    पार्टीको विधानबमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीन जना र समानुपातिकतर्फ बढीमा दुई जनाको नाम भदौ १६ गतेसम्म निर्णय गरी, २० गतेभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ।

    ०७४ का समानुपातिक सांसद दोहोरिन नपाउने।

    पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिंदै गर्दा, यस अघि २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित सांसदहरुले भने यस पटक पुन: समानुपातिक तर्फ उम्मेद्वारी दिन नपाउने भएका छन्।

    नेपाली कांग्रेसले यस अघि २०७४ को निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने निर्णय गर्दै, दोहोर्‍याएर उम्मेदवारको सिफारिस नगर्न तल्ला तहलाई निर्देशन दिएको हो ।

    कांग्रेसको विधानले, धारा ३३ (२) बमोजिम एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ।

    राहदानी विभागले भवनको अण्डरग्राउण्ड एरिया पार्किङका लागि खुल्ला गर्ने

    त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो भवनको अण्डरग्राउण्ड एरिया आइतबार देखि सेवाग्राहीको सवारी पार्किङका लागि खुल्ला गर्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाले शुक्रबार विभागको अण्डरग्राउण्ड एरियामा रहेको कुर्सीहरु हटाइदिएपछि विभागले एक सूचना जारी गर्दै, भवनको अण्डरग्राउण्ड एरिया आइतबार देखि सेवाग्राहीको सवारी पार्किङका लागि खुल्ला गरिने जानकारी दिएको हो।

    यस अघि विभागले सो एरिया सेवाग्राहीलाई होल्डिङ एरियाको रुपमा प्रयोग गर्दै आएको थियो। विभागमा सेवा लिन आउने सेवाग्राहीहरुले विभाग अगाडिको सडकमा पार्किङ्ग गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै महानगरले होल्डिङ्ग एरिया खालि गराएको हो।

    rahadani bibhag
    https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a5%88%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%ab%e0%a4%bf%e0%a4%b8-%e0%a4%97%e0%a4%8f%e0%a4%b0-%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%b6%e0%a4%be-%e0%a4%b0-%e0%a4%a1%e0%a5%8b%e0%a4%9c%e0%a4%b0/

    निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्ध प्रमाण माग गर्दै सार्वजनिक अपिल

    महाभियोग सिफारिस समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै,निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्धमा कुनै प्रमाण, कागजात वा जानकारी भए ३ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ।

    समितिले जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेलगत्तै प्रमाण सङ्कलनको प्रक्रियालाई पनि अगाडी बढाएको देखिन्छ। महाभियोग सिफारिस समितिले जारी गरेको सूचनामा,” प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको मिति २०७९/५/८ को बैठकले ‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ।” भनि उल्लेख गरिएको छ।

    cholendra jabara
    https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95/

    एमालेको विरुद्धमा काँग्रेसले कम्युनिष्टलाई नै प्रयोग गर्‍यो: घनश्याम भूसाल

    नेकपा एमालेका नेता घनश्याम भुसालले, एमालेको विरुद्धमा काँग्रेसले कम्युनिष्टलाई नै प्रयोग गरेको बताउनुभएको छ।

    बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा अध्यक्ष ओलीलाई सम्बोधन गरेर लेखिएको, नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनस्थापनाका लागि प्रस्ताव विषयक चार पृष्ठ लामो दस्तावेजमा भूसालले नेकपाको विभाजन हुँदा नेपाली काँग्रेसले एमालेको विरुद्धमा कम्युनिष्टलाई नै प्रयोग गरेको बताउनुभएको छ।

    कम्युनिष्ट पार्टीको बहुमतले मात्रै गुमेको अवसरलाई फिर्ता गर्नसक्ने भन्दै सबै कम्युनिष्टहरु एक हुनुपर्ने र त्यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ। विभाजन कै कारण स्थानिय निर्वाचनमा पछि परेको उल्लेख गर्दै, छलफलका विषयलाई खुल्ला र विचारमा आधारित बनाउन, बदलाको मानसिकताबाट प्रभावित नहुन पनि उहाँले आग्रह गर्नुभएको छ।

    दस्तावेजको पूर्णपाठ :

    केन्या विरुद्दको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी

    नेपाल र केन्याबीच भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा ५ विकेटले नेपाल विजयी भएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोड्न सफल भएको थियो। १३१ रनको लक्ष लिएर मैदानमा उत्रिएको नेपाली टोलीले १९.२ ओभरमा ५ विकेट गुमाएर १३३ रन जोड्न सफल भएको हो ।

    नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेल जितेसँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । केन्या भ्रमणमा रहेको नेपाली टोलीले ५ टि-२० र ३ एक दिवशीय श्रृंखला खेल्ने छ।

    नेपाल हाल विश्व टि–२० अन्तर्राष्ट्रिय वरीयतामा १४ औं स्थानमा रहेको छ ।
    सन् २०२४ को टि–२० विश्वकपमा आयोजक राष्ट्र बाहेक शीर्ष १२ वरीयतामा पर्ने राष्ट्रहरु विश्वकपका लागि छनौट हुनेछन्।

    आगामी निर्वाचनमा ८७ दल सहभागी हुँदै

    आगामी मंसिर ४ गते हुने निर्वाचनमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् ।

    निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि ८७ वटा दलहरु दर्ता भएको जानकारी दिएको छ । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको छ भने,संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ ।
    आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ७९ वटा निर्वाचन चिह्न रहने छ ।

    त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् ।जस अन्तर्गत वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् भने प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४/४ वटा रहेको आयोगले जनाएको छ ।

    nirwachan aayog 1

    मैले अफिस गएर नक्शा र डोजर लिएर गएँ:मैले के बिराएँ ?

    भूमिगत पार्किङ्गको स्थलमा संचालन गरिएको अवैध संरचना हटाउने अभियानको क्रममा सोमबार नगरपालिकाको कर्मचारी र प्रहरीको टोलिसहित ड्रिलिङ्ग मसिन बोकेर बानेश्वर क्षेत्र पुगेका मेयर बालेन शाहले बुधबार एकै दिन काठमाडौँ मल र आर बि कम्प्लेक्समा अवैध रुपमा संचालन गरिएको पसल र टहराहरु धमाधम डोजर नै लगाएर हटाइदिए।

    महानगरपालिकाले ३५ दिने सुचना जारी गरेर अवैध रुपमा संचालन गरिएका पसल र नक्शा पास गर्दा उल्लेख गरिएको प्रयोजन बाहेक अन्य प्रयोजनमा लगाइएको संरचना हटाउन गरेको आग्रहलाई व्यवास्ता गरेपछि, बिहिबार मेयर शाहले बानेश्वरको अल्फा-बेटा कम्प्लेक्सले नक्शा पास गरे भन्दा बाहेक निर्माण गरिएको संरचनामा डोजर लगाइदिए।

    अवैधानिक संरचना हटाउने क्रममा अल्फा-बेटाका घर धनि र मेयर शाह बीच भएको दोहोरो चर्काचर्कीको दृश्य एकाएक सामाजिक सञ्जालमा भाइरल बन्यो। अवैध संरचना हटाउन महानगरको टोली सहित बानेश्वर पुगेका मेयर साहलाई घर धनीले आफ्नो संरचना वैधानिक भएको र मेयर शाहलाई नै नक्शा देखाउन भनेपछि चर्किएको विवादमा मेयर शाहले तपाइको घरको नक्शा तपाइसंग हुन्छ कि म सँग भनि आक्रोशित मुद्रामा दिएको अभिव्यक्ति बारे केहि समय अगाडी उनि आफैले सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन्।

    उहाँले आफ्नो नक्शा मलाई माग्नुभयो
    मैले अफिस गएर नक्शा र डोजर लिएर गएँ।
    मैले के बिराएँ ?

    मेयर शाह अगाडी लेख्नुहुन्छ :
    अब उपरान्त यस्तो गर्न नपरोस। सबैले आँफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइदिनुहोला। नक्शा जसरि पास भएको छ ,त्यहि अनुसार बनाइदिनुहोला।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a5%88%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a4%bf-%e0%a4%97/

    १६५ निर्वाचन क्षेत्रको प्रतिवेदन तयार गर्न सत्तारुढ गठबन्धनको निर्देशन

    सत्तारुढ गठबन्धनले देशको सबै निर्वाचन क्षेत्रको अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले सबै १६५ निर्वाचन क्षेत्रको अवस्था अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

    बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गरी नेतृत्वलाई प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ ।

    शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज ४ बजे बैठक बसेर समग्रमा छलफल गरी प्रतिवेदन बुझाउने निर्णय भएको र १६५ निर्वाचन क्षेत्रको वर्तमान अवस्थाबारे आधार तयार गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिइएको कार्कीले बताउनुभएको छ।

    स्वतन्त्र एक्लैले केहि गर्न सक्दैन भन्नेलाई बालेनको चुनौती

    उपत्यकाको फोहोर विसर्जन र फुटपाथ व्यापारीलाई सडकबाट हटाउने विषयलाई लिएर तिव्र आलोचना र समस्या खेपेका काठमाडौँका मेयर बालेन्द्र शाहलाई,स्वतन्त्र उम्मेदवार एक्लैले केहि गर्न सक्दैन भन्नेहरुलाई यतिखेर बालेन चुनौतीको रुपमा देखिएका छन्।

    काठमाडौं महानगरपालिकाले काठमाडौँ क्षेत्रमा बनेका अवैध संरचनाहरु हटाउने कार्यको थालनी गरेको छ।
    नक्सा पास नगरिएका र नक्शा पास गर्दा उल्लेख गरिएको प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गरिएका संरचना हटाउने क्रममा बालेन सबैभन्दा पहिला, नर्भिक अस्पतालले नक्शा पास गर्दा र उल्लेख गरिएको प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गरिएको भन्दै नर्भिक अस्पतालको संरचना हटाउन पुगे। तर अदालतले अन्तरिम आदेश जारी गर्दै महानागरको सो कार्यमा रोक लगाइदियो । यो बिचमा फेरी एक पटक उनको आलोचना गर्नेहरु एक कदम अगाडी सरेर ”देखिस त ?” भन्ने शैलीमा उनको विरोध गर्न निस्किए। तर केहि गर्छु भन्ने युवा जोशको साथ राजनीतिमा होमिएका बालेन यतिकैमा रोकिएनन्।

    सोमबार नगरपालिकाको कर्मचारी र प्रहरीको टोलिसहित बानेश्वर क्षेत्र पुगेका बालेनले भूमिगत पार्किङ्गको स्थलमा संचालन गरिएको पसलहरु र अवैध संरचना हटाउने अभियानको सुरुवात गरे।

    rb
    आर बि कम्प्लेक्समा बनेको अवैध संरचना हटाउँदै

    महानगरपालिकाले ३५ दिन अगावै सार्वजनिक सूचना जारी गर्दै नक्सामा जुन प्रयोजनका लागि निर्माण गरिएको हो सोहीअनुसार प्रयोग नगरेको पाइएमा संरचना हटाउने बताएको थियो । तर महानगरपालिकाको सूचनालाई व्यवास्ता गरेर जबर्जस्ति रुपमा प्रयोग गरिँदै आएका त्यस्ता संरचनाहरुमा बुधबार भने महानगरले धमाधम डोजर नै चलाइदियो ।

    काठमाडौँ महानगरपालिकाले बुधबार एकै दिन सुन्धारास्थित काठमाडौं मल अगाडिको र आर बि कम्प्लेक्स र रन्जना गल्लीमा बनाइएको अवैध संरचना डोजर लगाएर भत्काइदियो । त्यसपछि लगत्तै दरबारमार्ग पुगेका बालेनाले त्यहाँ रहेका अवैध संरचनामा संचालन गरिएका पसलहरु हटाउन निर्देशन समेत दिएका छन्।

    kathmandu mall
    काठमाडौँ मल अगाडिको अवैध संरचना हटाउँदै

    महानगरको कदमले साना व्यापारीहरू मारमा परेका र साना व्यापारीहरूलाई मात्र निशाना बनाएको भन्ने गुनासोको जवाफमा उनले, कानुन सबैलाई समान रूपमा लागु गर्ने र महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई समेत भवनको नक्सा पास भएको प्रमाण पठाउन पत्र काटेको जानकारी गराए । बालेनले,नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतको अवैध संरचना समेत भत्काउने भन्दै कानून ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन भन्नेकुरा बताएका छन्।

    महानगरपालिकाको अनुसार १० हजार स्क्वायर फिटको संरचना निर्माण गर्दा नक्सामा बेसमेन्ट पार्किङ अनिवार्य गरिए पनि निर्माण सम्पन्न गरिसकेपछि ति संरचनाहरु अन्य प्रयोजनका लागि प्रयोग गरिने गरेको छ। महानगरपालिकाले यस्ता संरचनाको नियमित अनुगमन गर्ने र भूमिगत पार्किङ रहनु पर्ने स्थानमा संचालन गरिएको त्यस्ता पसलहरु हटाउने जनाएको छ ।

    दलीय आबद्धता त्याग्न काठमाडौं महानगरका कर्मचारीलाई आग्रह

    मंगलबार एक सूचना जारी गर्दै मेयर शाहले राजनीतिक दलसम्बन्धी ऐनले बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने र महानगरपालिका कर्मचारी सेवा ऐनले पनि सो विषयलाई निषेध गरेका उल्लेख गर्दै कर्मचारीलाई दलीय आबद्धता त्याग्न आग्रह गरेका छन्।उनले,दलीय आबद्धता नत्यागेका कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%ad%e0%a5%82%e0%a4%ae%e0%a4%bf%e0%a4%97%e0%a4%a4-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b8%e0%a4%b2-%e0%a4%b9%e0%a4%9f%e0%a4%be/

    मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय

    मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ।

    ६९ वर्षीय पूर्वप्रधानमन्त्रीमाथि राज्यको स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेशिया डेभलपमेन्ट बर्हाड (१एमडीबी) को भ्रष्टाचार आरोप लागेको थियो ।उनलाई जुलाई २०२० मा दोषी ठहर गरिएको भएपनि पुनरावेदनका क्रममा उनी जमानतमा छुटेका थिए।

    २०२० मा अदालतद्वारा सात वटा मुद्दाहरूमा दोषी करार गरिएका रजाकले – कुल ४२ मिलियन रिङ्गिट (९.४ मिलियन अमेरिकी डलर ) एसआरसी इन्टरनेशनल – १एमडीबी को पूर्व इकाईबाट आफ्नो निजी खाताहरूमा सारेको बताइएको छ। उनलाई १२ वर्षको जेल र २१ करोड रिङ्गिट जरिवानाको सजाय सुनाइएको थियो।

    नजिबकी श्रीमती रोजमाह मन्सुरलाई पनि सोलार हाइब्रिड परियोजनासँग सम्बन्धित छुट्टै मनी लान्ड्रिंग र कर छलीको आरोपमा अनुसन्धान अगाडी बढाइएको छ। उच्च अदालतले सेप्टेम्बर १ मा सो मुद्दामा अन्तिम फैसला सुनाउने छ।

    कर्मचारी समायोजन सम्बन्धी मुद्दामा सर्वोच्चको फैसला

    कर्मचारी समायोजन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ ।

    कर्मचारी समायोजन सम्बन्धी दायर गरिएको ९८ वटा मुद्दामा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले आज अन्तिम फैसला सुनाएको हो ।दायर गरिएको कतिपय मुद्दा खारेज गरिएको छ भने कतिपय मुद्दामा निवेदकको माग अनुसार नै रिट जारी गरिएको छ ।

    सर्वोच्चको आजको फैसलासँगै लोकसेवा आयोगलाई रोकिएका सबै विज्ञापनको परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ।

    काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुगमन समिति

    काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनलाई सहज बनाउन सहजीकरण तथा अनुगमन समिति गठन गरिने भएको छ ।

    सहरी विकासमन्त्री मेटमणि चौधरीको संयोजकत्वमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरु पनि रहने गरि समिति निर्माण गरिने बताइएको छ।

    समिति गठनबारे जानकारी दिँदै नेपाली काँग्रेसका नेता गगन थापाले उपत्यकामा फोहोर उठ्न थालेको र समस्या दोहोरिन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि गर्नुपर्ने काम निरन्तर गरिरहेको र सहमति अनुसारको काम समयमै सम्पन्न गर्न सरकार र सम्बन्धित निकायसँग समान तहमा समन्वय र सहजीकरण गर्ने पनि उहाँले बताउनुभएको छ ।

    काठमाडौं महानगरपालिकाको कार्यालय अगाडी फुटपाथ व्यापारीको प्रदर्शन

    काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा कडाई गर्न थालेपछि व्यापारीहरुले आज काठमाडौँ महानगरपालिकालाई ज्ञापन पत्र बुझाएर महानागरको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

    उनीहरुले आज स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ३ बुँदे माग सहित महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्।

    सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने , सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने,विना विकल्प उनीहरुलाई विस्थापित गर्न नपाइने र प्रशासनको तर्फबाट भइरहेको अमानवीय व्यवहार बन्द गरी यसअघि भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै आज उनीहरुले महानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गरेका हुन्।

    Footpath vendors

    विवादास्पद टिप्पणी गरेको भन्दै इमरान खान विरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई सार्वजनिक र्‍यालीमा गरेको टिप्पणीप्रति प्रहरीले आतंकवाद विरोधी कानून अन्तर्गत मुद्दा दायर गरेपछि यतिबेला पाकिस्तानको राजनैतिक माहोल तातिएको छ।

    पुर्व प्रधानमन्त्री खानका वकिलहरूले सोमबार इस्लामाबाद उच्च अदालतमा पूर्व गिरफ्तारी जमानतको लागि अपील गरेर खानलाई बिहीबारसम्म सुरक्षात्मक जमानत दिलाए पनि उनलाई राजधानीको आतंकवाद विरोधी अदालतमा उपस्थित गराउने सम्भावना भने बढेको छ।

    इस्लामावादमा शनिबार साँझ आफ्नो चीफ अफ स्टाफ शाहबाज गिलको गिरफ्तारी र कथित यातनाको विरोध गर्दै खानले राज्य अधिकारीहरूलाई “धम्की” दिएको र कानुनलाई चुनौती दिएको आरोप लगाइएको छ। गिललाई देशको शक्तिशाली सेना विरुद्ध विद्रोह उक्साएको आरोप लागेपछि देशद्रोहको आरोप लगाइएको थियो।

    खानले , प्रहरीले गिललाई हिरासतमा यातना दिएको र सेनाको बिरूद्ध आफ्नो पार्टीलाई खडा गर्ने “षड्यन्त्र” को हिस्सा भएको बताएका छन् ।

    इस्लामाबाद प्रहरीले भने प्रहरीलाई धम्की दिने वा झूटा आरोप लगाउनेलाई कानून अनुसार कारबाही गरिने जनाएको छ।

    पाकिस्तानका मन्त्री राणा सनाउल्लाहले पनि सरकारले पूर्व प्रधानमन्त्रीलाई उनको “उत्तेजक भाषण” को लागि मुद्दा दायर गर्ने तयार गरेको बताएका छन्।

    मधेश प्रदेशका मुख्यमन्त्रीको भ्रष्टाचार प्रकरण र राजिनामा

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

    मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको र सो विषयमा अख्तियारले नै भ्रष्टाचार मुद्दा अगाडि बढाएको भन्दै उनको राजिनामा माग गरिएको हो।

    साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, उपसचिव दिलीपकुमार प्रधान, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास र ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।भ्रष्टाचार सम्बन्धि मुद्दामा मुख्यमन्त्री राउत र प्रमुख सचिवलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमाथि प्रश्न समेत उठाइएको छ ।

    अख्तियारले अनुसन्धान सुरु गरेपछी मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत झण्डै ३ करोड रुपैयाँ खर्चेर बनाएको ३२ वटा योजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) फाइल र साइकल खरिद सम्बन्धी फाइलसमेत कार्यालयबाट गायब गराइएको छ।

    जफत गरिएका कागजातहरूको स्वतन्त्र समीक्षाको माग गर्दै ट्रम्पद्वारा मुद्दा दायर

    पूर्व राष्ट्रपति ट्रम्प र उनको कानूनी टोलीले मार-ए-लागोमा छापा मार्दा एफबीआईले जफत गरेको अभिलेखको स्वतन्त्र समीक्षाको माग गर्दै सोमबार साँझ मुद्दा दायर गरेको छ।
    २०२२ को मध्यावधि चुनावको अघि आफ्नो निवासमा छापा मारेर रिपब्लिकन पार्टीको प्रमुख आवाजलाई कम गर्ने उद्देश्यले राजनीति गरिएको ट्रम्पले बताएका छन्।
    फ्लोरिडाको अदालतमा दायर गरिएको २७ पृष्ठको कागजातमा, राष्ट्रपति ट्रम्पलाई फेरि उम्मेदवार हुनबाट रोक्ने प्रयास स्वरुप छापा मारिएको र कानुनलाई राजनीतिक उद्देश्यका लागि हतियारको रूपमा प्रयोग गर्न नहुने उल्लेख गरिएको छ।

    फ्लोरिडाको दक्षिणी जिल्लाको लागि अमेरिकी जिल्ला अदालतमा सोमबार साँझ दायर गरिएको प्रस्ताव अनुसार, ट्रम्प र उनको कानुनी टोलीले खोजीका क्रममा प्राप्त अभिलेखहरूको समीक्षा गर्न विशेष व्यक्तिको नियुक्त गर्न आदेश माग गरेका छन्।
    विशेष व्यक्ति नियुक्त नगरेसम्म सरकारले जफत गरिएका सामग्रीहरूको थप समीक्षा गर्न रोक लगाउन र सरकारले जारी गरेको वारेन्टको दायरा भित्र नभएको कुनै पनि वस्तु फिर्ता गर्न माग गरेको छ।

    न्याय विभाग (डीओजे) ले भने एक संक्षिप्त बयानमा ट्रम्पको मुद्दा बारे सम्बन्धित व्यक्ति र निकायहरु सचेत रहेको र यस विषयमा अदालतमा जवाफ दिने बताएको छ । मार्-ए-लागोमा छापा मार्न जारी गरिएको वारेन्टलाई संघीय अदालतले सम्भावित कारणको आधारमा अनुमति दिएको पनि बताएको छ।

    एफबीआईले ८ अगस्टमा ट्रम्पको फ्लोरिडा एस्टेटमा छापा मारेर एघारौं सेट क्लासिफाइड फाइलहरू जफत गरेको थियो थियो।

    चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आह्वान गरेको बन्द र देशभर परेको प्रभाव

    चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको नेपाल बन्दको प्रभावमा देशभर छिटफुट तोडफोडको घटना भएको छ। काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ। सुरक्षाको लागि चोकचोकमा प्रहरीहरु खटाइएको छ।

    उपत्यकामा विहानैदेखि नीजि तथा सार्वजनिक सवारी साधनहरु र पसलहरु सञ्चालनमै रहेको भएपनि कोटेश्वरमा बन्दको अवज्ञा गरेको भन्दै महासागर यातायात र थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् । काठमाडौंमा बन्द गराउँदै हिँडेका बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

    त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहानै रा १ ख १६९४ नम्बरको टिपरमा बन्दकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ। काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्द गराउन निस्किएका बन्दकर्ताबीच घम्साघम्सी समेत भएको छ।

    बन्दकै क्रममा बैतडी, धुलिखेल र कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले,देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी सम्झौता गरेको,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन गरेको,विप्लवल गायतका नेता कार्यकर्ताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको लगायतका विषयहरुको विरुद्धमा बन्दको आवह्रान गरेका हुन् । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले श्रावण २७ गते नै विज्ञप्ति जारी गरेर पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत बन्दको आहवान गरेको थियो।

    nepal banda

    महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने

    महाअभियोग सिफारिस समितिको बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ ।

    महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार आजको बैठकमा यसअघिको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा समितिको सभापति चयनको विषय र महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सक्ने भन्ने बारे छलफल हुने बताइएको छ ।

    जिम्मेवारीविपरीतका कार्य गरेको,न्यायालयमा विचलन ल्याएको लगायतका २१ वटा आरोपहरु लगाउँदै गठबन्धन दलका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर फागुन १ गते प्रतिनिधिसभामा जबरा विरुद्ध महाभियोग दर्ता गरेका थिए।

    https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b/

    दर्या डुगिनको हत्यामा युक्रेनको हात रहेको रुसको आरोप

    दर्या डुगिनाको हत्यामा युक्रेनको स्पेसल सर्भिसले कार बम विष्फोट गराएको रुसले आरोप लगाएको छ।

    एफएसबीले युक्रेनी नागरिक नताल्या भोभकले हत्या गरेको र त्यसपछि इस्टोनिया भागेको बताएको छ ।

    रुसको खुफिया एजेन्सीले कथित हत्याराको सिसिटिभी फुटेज र सैन्य आईडी सार्वजनिक गर्दै उनी युक्रेनको अजोभ रेजिमेन्टको भएको जनाएको छ।

    अलेक्ज्याण्डर डुगिनकी २९ वर्षीय छोरी डुगिनाको टोयोटा ल्यान्ड क्रुजरमा राखिएको रिमोट-नियन्त्रित विस्फोटक पदार्थ विस्फोट हुँदा शनिबार उनको मृत्यु भएको थियो।

    “पुटिनको मस्तिष्क” भनेर चिनिने रुसी दार्शनिक अलेक्ज्याण्डर डुगिनको हत्या गर्ने उद्देश्यले सो विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a5%81%e0%a4%9f%e0%a4%bf%e0%a4%a8%e0%a4%95%e0%a4%be/

    ट्विटरले लगायो सात दूतावासको अकाउन्टमा प्रतिबन्ध

    सात सर्बियाली दूतावास र अमेरिकामा रहेको वाणिज्य दूतावासको अकाउन्ट ट्विटरले “निलम्बित” गरेको बेलग्रेडको विदेश मन्त्रालयले जनाएको छ ।

    अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्ने युरोपेली लोकतन्त्रको यस्तो सेन्सरशिप अस्वीकार्य रहेको भन्दै सर्बियाले ट्वीटरलाई अकाउन्टहरू अनब्लक गर्न आग्रह गरेको छ

    आर्मेनिया, घाना, इरान, इन्डोनेसिया, कुवेत, नाइजेरिया र जिम्बाब्वेमा रहेका दूतावासहरूको अकाउन्ट “निलम्बित” गरिएको सर्बियाको विदेश मन्त्रालयले जनाएको छ ।सामाजिक नेटवर्कको नियमहरूको सम्भावित उल्लङ्घनको कुनै स्पष्टीकरण वा पूर्व सूचना बिना नै ट्विटरले यस्तो गरेको बताइएको छ।

    सत्तारुढ प्रगतिशील पार्टीका १३ सांसदसहित १६ जना कुटनीतिज्ञको खाता पनि गत साता विना स्पष्टीकरण बन्द गरिएको र ट्विटरले निलम्बनका लागि सर्बियाली खाताहरूलाई लक्षित गरेको बताइएको छ।

    भूमिगत पार्किङका पसल हटाउँदै काठमाडौं महानगरपालिका

    काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङबाट पसल हटाउने कार्यको थालनी गरेको छ ।

    सोमबार, महानगरका मेयर बलेन्द्र शाहसहितको टोलीले बानेश्वर कम्प्लेक्स पुगेर भूमिगत पार्किङबाट पसल हटाएको छ ।

    ३५ दिनअघि महानगरले सार्वजनिक सूचना जारी गर्दै नक्सामा जुन प्रयोजनका लागि निर्माण गरिएको हो सोहीअनुसार प्रयोग नगरेको पाइएमा संरचना हटाउने बताएको थियो । १० हजार स्क्वायर फिटको संरचना निर्माण गर्दा नक्सामा बेसमेन्ट पार्किङ अनिवार्य गरिएको भवन विभागका प्रमुख सुरज शाक्यले बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले बर्सेनि १० हजार स्क्वायर फिटभन्दा बढीका सयभन्दा बढी भवनको नक्सा पास गर्ने गरेको पनि शाक्यले बताउनुभएको छ ।

    १० हजार स्क्वायर फिटभन्दा बढीका ती संरचनाहरूमा बेसमेन्ट पार्किङ आवश्यक छ,तर निर्माण सम्पन्न गरिसकेपछि त्यस्ता संरचनाहरु अन्य प्रयोजनका लागि प्रयोग भइरहेको महानगरले जनाएको छ। महानगरपालिकाले यस्ता संरचनाको नियमित अनुगमन गर्ने र भूमिगत पार्किङ रहनु पर्ने स्थानमा संचालन गरिएको त्यस्ता पसलहरु हटाउने जनाएको छ ।

    तस्विर :काठमाडौँ महानगरपालिका

    https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%a5%e0%a5%81%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f/

    निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल

    निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको छ।

    आयोगले व्यवस्था गरेको निर्वाचन आचारसंहितामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकाका पदाधिकारी र कुनै पनि मन्त्रीलाई मुख्य प्रचारकको रुपमा अनुमति नदिने बताएको छ।

    त्यसैगरी सवारी साधन प्रयोग गर्दा अपनाउनु पर्ने आचरणमा, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका दुई मुख्य प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न पाउने बताएको छ। त्यसको लागि दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएको मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न पाउने बताएको छ।

    प्रचारप्रसारका क्रममा कुनैपनि उम्मेदवारले निर्वाचन अधिकृतको स्वीकृति लिएर सम्बन्धित निर्वाचन क्षेत्रमा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विधुतीय तथा यान्त्रिक सवारी प्रयोग गर्न सक्ने बताएको छ। सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने र प्रचारका क्रममा ‘विदेशी नम्बर प्लेट भएका सवारी साधनलाई अनुमति नदिइने जनाएको छ।

    उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारले प्रयोग गर्न नहुने र उम्मेदवारले परयोग गर्ने सवारीमा मतदाता ओसारपसार गर्न नपाइने व्यवस्था गरेको छ ।

    निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव समेत अघि सारेको छ ।

    मनोनयनपत्र दर्ता गर्दा नै आफ्नो सम्पती विवरण बुझाउनुपर्ने

    त्यसैगरी अनुमानीत चुनावी खर्च र स्रोतका बारेमा मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो ।
    उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दा नै आफ्नो सम्पती विवरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्था समेत आयोगले गर्न लागेको छ ।

    १७ दिनपछि तोडियो निहारिकाको अनसन

    बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी निहारिका राजपुत (सोनालीकुमारी सिंह) ले आफ्नो अनसन तोडेकी छिन्।

    १७ दिनदेखि अनसनरत निहारिका राजपुत ले सरकारसँग ३ बुँदे सहमति गरेर आफ्नो अनसन तोडेकी हुन् ।कानून,न्याय तथा संसदीय मामिला मन्त्रि गोबिन्द प्रसाद कोइरालाको उपस्थितिमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र निहारिकाबीच भएको सहमति अनुसार, उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाको तर्फबाट सरकारी वकिलले माग गर्ने सहमती भएको छ।

    त्यसैगरी ,डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गरिने भएको छ र यी माग पूरा भएसँगै निहारिकाले १७ दिनदेखि गरिरहेको अनशन तोड्ने सहमती पत्रमा उल्लेख गरिएको छ।

    जिल्ला अदालत धनुषाले बलात्कार आरोपी श्रेष्ठलाई सफाइ दिएको भन्दै यसघि निहारिकाले उच्च अदालतमा दायर गरेको मुद्दाको पेसी यही भदौ ८ गतेलाई तोकिएको छ।

    निहारिकाले बलात्कारको आरोप लगाएका श्रेष्ठलाई प्रहरीले केहि दिन अघि अभद्र व्यवहारको आरोपमा पक्राउ गरेर थुनामा राखेको छ।

    niharika
    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%88-%e0%a4%85%e0%a4%a8%e0%a4%b8%e0%a4%a8%e0%a4%b0%e0%a4%a4-%e0%a4%a8%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%95/

    निर्वाचनको लागि १० अर्ब बजेट प्रस्ताव: स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइयाे

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले १० अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

    निर्वाचन आयोगले आगामी निर्वाचनको लागि १० अर्ब बजेट प्रस्ताव गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जनाएको छ। निर्वाचनमा आवश्यक सामग्रीको खरिद प्रक्रिया पनि सुरु भइसकेको आयोगले जानकारी दिएको छ।

    आयोगले निर्वाचन आचारसंहिता, २०७८ लाई परिमार्जन गर्न दलहरुसंग छिट्टै परामर्श गर्ने जनाएको छ भने अनुगमनका लागि अनुगमन निर्देशिका र पर्यवेक्षणका लागि पर्यवेक्षण निर्देशिका पनि जारी गर्ने तयारी गरेको आयोगले जनाएको छ।

    Election Expenditure kharcha

    सुन तस्करी सेटिङको आरोपमा गृहमन्त्रीका पीएसओ नियन्त्रणमा

    सुन तस्करी सेटिङको आरोप लागेपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ (व्यक्तिगत सुरक्षा अधिकारी) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्कीलाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय तानिएको छ।

    उनलाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको र सत्यतथ्य पत्ता लगाएर संलग्नता देखिए त्यहीअनुसार कारबाही हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

    कार्की उपर प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको निरीक्षणालयले समिति बनाएर अनुसन्धान अघि बढाएको छ ।

    कार्कीले दुबईबाट आएको तस्करीको सुन गन्तव्यसम्म पुर्‍याउने सेटिङ गर्ने गरेको र यसबापत उनले रकम लिने गरेको आरोप छ।

    रुसी राष्ट्रपति पुटिनका सहयोगीकी छोरीको कार बम विस्फोटमा मृत्यु

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीकी छोरीको एक संदिग्ध कार बम विष्फोटमा मृत्यु भएको छ ।

    रुसको अनुसन्धान समितिको अनुसार विस्फोटमा अलेक्ज्याण्डर डुगिनकी २९ वर्षीय छोरी दर्या डुगिनको मृत्यु भएको हो।

    “पुटिनको मस्तिष्क” भनेर चिनिने रुसी दार्शनिक अलेक्ज्याण्डर डुगिनको हत्या गर्ने उद्देश्यले सो विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ।

    अलेक्जेन्डर डुगिन र उनकी छोरी मस्को नजिकैको एक उत्सवमा सहभागी हुन गएका र साँझ उत्सवबाट एउटै कारमा फर्किने तय गरिएपनि अन्तिम मिनेटमा अलग्गै यात्रा गर्ने निर्णय गरेको बताइएको छ। उक्त कार उनको बुबा अलेक्ज्याण्डर डुगिनको रहेको बताइएको छ ।

    अनुसन्धान समितिको अनुसार अहिले विज्ञहरुले घटनास्थलको निरीक्षण गरिरहेको र थप परीक्षणका लागि गाडीलाई घटनास्थलबाट हटाएको जनाएको छ । अनुसन्धान समितिले कारको ड्यास क्यामबाट रेकर्डिङ प्राप्त गरेको र दोषी पत्ता लगाउनको लागि अनुसन्धान जारी राखेको बताएको छ।

    डुगिन आफ्नो कट्टर विरोधी पश्चिमी र ‘नव-युरेशियन’ विचारहरूको लागि परिचित छन्। पश्चिमाहरु डुगिनालाई रूसी राष्ट्रपतिको निकटका एक प्रमुख अति-राष्ट्रवादी विचारधाराका व्यक्ति भनेर व्याख्या गर्दछन । पश्चिमी सञ्चारमाध्यमले उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको विदेश नीतिका प्रमुख पक्षहरू पछाडिको प्रमुख शक्तिको रूपमा चित्रित गरेका छन्। यद्यपि, पश्चिममा उनको प्रतिष्ठाको बावजुद, रूसमा उनले कहिल्यै क्रेमलिनबाट आधिकारिक समर्थन पाएका छैनन् र धेरै हदसम्म उनी एक सीमान्त व्यक्ति मानिन्छन् ।

    नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदिप गिरीको अन्तिम श्रद्धाञ्जलीमा देखिएको दृश्य

    नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    घाँटीको क्यान्सरबाट पीडित गिरीको ७४ वर्षको उमेरमा उपचारको क्रममा शनिबार राती ९.३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

    अन्त्येष्टि अघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो भने, नेता गिरीलाई अन्तिम श्रद्धान्जली स्वरुप नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो।

    Pradeep GIRI mortal remains
    pradip giri sab yatra
    sanepa tribute
    baburam bhattarai paying tribute to pradip giri
    madhav nepal paying tribute to pradip giri
    prachanda paying tribute to pradip giri
    subash nemwant towards pradip giri
    pradip giri last tribute
    pashupatinath pradip giri
    kp oli paying tribute to pradip giri
    Pradip Giri rajkiya samman pashupati2 1
    pradip giri cremation
    https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%b5-%e0%a4%b6%e0%a4%b0/

    मतपत्रमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै निर्वाचन चिह्न राखिने

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै निर्वाचन चिह्न राखिने निर्वाचन आयोगले जनाएको छ।

    गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो ।

    आयोगले उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न मात्र समावेश गरेर मतपत्र छापिने जनाएको छ। स्थानिय तहको निर्वाचनमा दर्ता भएका दल र स्वतन्त्र उम्मेदवारको लागि समेत निर्वाचन चिह्न राखेर मतपत्र छाप्दा धेरै मत बदर भएकोले आगामी निर्वाचनमा उम्मेद्वारी दिने उम्मेदवारको चिन्ह मात्रै राखेर मतपत्र छापिने आयोगले बताएको छ।

    आगामी निर्वाचनका लागि चार वटा अलग अलग मतपत्र, मतसंकेत गर्ने स्थान र मतपेटिकाको व्यवस्था गरिने आयोगले जानकारी दिएको छ।

    नाटोले कोसोभोमा आफ्नो उपस्थिति बढायो

    सर्बिया र कोसोभो नेताहरू बीचको वार्ता असफल भएपछि अमेरिकी सेनाहरू उत्तरी कोसोभोमा पठाइएको बताइएको छ।

    नेटोको नेतृत्वमा रहेको कोसोभो फोर्स (केएफओआर ) ले बेलग्रेड र प्रिस्टिनाबीच जारी तनावको बीचमा प्रान्तको उत्तरी भागमा आफ्नो गस्ती बढाएको छ। सर्बिया र कोसोभो बीचको सिमानामा दुईवटा चेकपोस्टहरूमा सेनाहरू उल्लेखनीय संख्यामा तैनाथ गरिएको छ भने आवश्यक भएमा केएफओआरले “हस्तक्षेप” गर्ने जनाएको छ।

    बिहीबार सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिक र कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीबीचको वार्ता असफल भएपछी यो कदम चालिएको हो।

    नेटो नेतृत्वको सैन्य बलले सबैलाई आश्वस्त पार्दै आवश्यक भएमा केएफओआरले हस्तक्षेप गर्न तयार रहेको बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले कोसोभोको “स्थिरता” खतरामा परेको खण्डमा सैन्य समूहले कारबाही गर्ने वाचा गरेको तीन दिनपछि यो घटना भएको हो।

    यता मस्कोले भने, पश्चिमले बेलग्रेड र प्रिस्टिना बीचको द्वन्द्वलाई उकास्न र सर्बियालाई रुस विरोधी प्रतिबन्धहरू अपनाउन दबाब दिएको आरोप लगाएको छ।

    आगामी ३ दिन देशभरको मौसम कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    २०७९ भदौ ५ गते (आइतबार)

    दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९ भदौ ६ गते (सोमबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९ भदौ ७ गते (मंगलबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
    देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    प्रदीप गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने

    नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि आज पशुपति आर्यघाटमा लगिनेछ।

    उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि विहान ९ बजे देखि ११ बजेसम्म मेडीसिटी अस्पतालको शिवालयमा राखिनेछ।

    लगत्तै, उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजे देखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय,वी पी स्मृति भवन, सानेपामा राखिनेछ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%aa/

    अन्तिम श्रद्धाञ्जली पछि उहाँको पार्थिव शरीरलाई आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

    pradip giri

    नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

    नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ ।

    घाँटीको क्यान्सरबाट पीडित गिरीको ७४ वर्षको उमेरमा उपचारको क्रममा शनिबार राती ९.३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

    विगत लामो समयदेखि भारतमा घाँटीको क्यान्सरको उपचार गराइरहेका गिरीलाई नेपाल फ़र्किएपछि उपचारको क्रममा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

    २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको सन्तानका रुपमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।वीपी कोइरालाका सहयात्रीसमेत रहेका नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए। राजनीतिक जीवनको क्रममा उनले करिब चार वर्षको जेल जीवन समेत बिताएका थिए ।

    अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

    २०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गरी पटक-पटक सांसद बनेका भए पनि मन्त्री भने बनेनन् । २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित गिरी, २०६४ ,२०७० र २०७४ को निर्वाचनमा पनि सांसदको रुपमा विजयी भएका थिए।

    माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले देव गुरुङलाई महासचिवमा नियुक्त गरेको हो ।

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गुरुङसहित २१ पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् ।

    वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरिएको छ। यस्तै उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव गरिएको छ।

    यस्तै, सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, दिलाराम शर्मा र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरिएको छ।

    सिट बाँडफाँडमा कार्यदललाई साझा धारणा बनाउन निर्देशन

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिइएको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई सिट बाँडफाँड बारे साझा धारणा तय गर्न निर्देशन दिएको छ। बैठकमा सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए भने कार्यदलमा भएको छलफलमा शीर्ष नेताहरूले समेत आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

    कार्यदलमा भएको छलफलको प्रगति विवरण सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिर्ष नेताहरुले नै सिट बांडफांड बारे कार्यदललाई अन्तिम रुप दिन निर्देशन गरेको बताउनुभएको हो ।

    यस अघि नै सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल निर्माण गरिएको थियो भने, सो कार्यदलले शिर्ष नेताको चुनावी क्षेत्र,२०७४ को निर्वाचनमा प्राप्त प्रत्यक्ष र समानुपातिकको मत परिणाम र २०७९ को स्थानिय निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ ।

    कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन्।

    आजको मौसम:मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ।

    आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


    भारी वर्षाको कारण उच्च पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    चुनावको मुखमा प्रदेश सांसदलाई बजेट नबाँड्न आयोगको निर्देशन

    निर्वाचन आयोगले गण्डकी प्रदेश र प्रदेश १ लाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सांसदलाई पैसा नबाँड्न निर्देशन दिएको छ ।

    कार्यकाल सकिन लागेको बेला गण्डकी प्रदेश र प्रदेश १ ले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट दिन एवं कार्यविधि बनाएर सांसदलाई योजना छनौट गर्न लगाइएको र योजना बाँड्ने तयारी गरेकोप्रति आयोगको ध्यानाकर्षण भएको बताएको छ।

    निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न नसकिने र अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने भन्दै, आयोगले उपर्युक्त प्रदेश सरकारहरूलाई उल्लिखित काम कारबाहीहरू नगर्न नगराउन हुन् भनि निर्देशन दिएर स्पष्टिकरण माग गरेको छ।

    nirwachan aayog
    nirwachan aayog 2

    गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनका लागि बन्द गर्ने

    रुसको सरकारी स्वामित्वमा रहेको ग्यास कम्पनी गाजप्रोमले पाइपलाइनमा मर्मतसम्भार गर्नुपर्ने भएको भन्दै अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनका लागि बन्द गर्ने भएको छ

    नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनसम्म बन्द हुँदा युरोपको ऊर्जा अवरोध थप बढ्ने अनुमान गरिएको छ।गाजप्रोमको यो घोषणा लगत्तै युरोपेली ग्यासको मूल्य ७% ले बढेर $२६०० प्रति हजार घनमिटर माथि पुगेको छ।

    गाजप्रोम जारि गरेको विज्ञप्ति अनुसार , पश्चिमी रूस र जर्मनीलाई जोड्ने पाइपलाइनको साथ प्रमुख कम्प्रेसर स्टेशनमा टर्बाइन ममर्त गर्नुपर्ने र हालको मर्मतसम्भार सम्झौता अनुसार जर्मन निर्माता, सिमेन्सका विशेषज्ञहरूसँग संयुक्त रूपमा गरिनेछ।

    ग्याजप्रोमका अनुसार पूर्ण क्षमतामा ग्यास पम्प गर्न पाँचवटा टर्बाइन सञ्चालन गर्नुपर्ने हुन्छ ।पाइपलाइनको ६ वटा टर्बाइनहरू मध्ये यो अन्तिम एक हो जुन सञ्चालनमा रहेको थियो । रुसमाथि लगाइएको प्रतिबन्धका कारण क्यानडामा मर्मत गराएर ल्याइएको एउटा टर्बाइन भने हाल जर्मनीमा फसेको छ।

    युरोपेली युनियन सम्बद्ध राष्ट्रहरुले भने रुसको यो कदमलाई रुसले गरेको उर्जाको राजनीति भन्दै उक्त कदमको निन्दा गरेका छन्।

    दक्षिण कोरियाली राष्ट्रपतिलाई आफ्नो मुख बन्द गर्न किम जोङ उनकी बहिनीको चेतावनी

    दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले ,उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम त्यागेमा ठूलो आर्थिक सहायता प्याकेज उपलब्ध गराउने भनि गरेको प्रस्तावको खण्डन गर्दै किम जोङ-उनकी बहिनीले उनलाई आफ्नो मुख बन्द गर्न र बकवास कुरा नगर्न चेतावनी दिएकि छिन्।

    उत्तर कोरियाली नेता किम जोङ उनका भाइ र देशको सत्तारूढ दलका एक वरिष्ठ अधिकारी किम यो जोङले आफ्नो आणविक हतियार त्यागको बदलामा सियोलले गर्ने आर्थिक सहायताको प्रस्तावलाई बेतुकको सपना बताएका छन्।

    किमले सरकारी सञ्चारमाध्यमले युन सुक येओलको प्रस्तावप्रति गरेको टिप्पणीमा आक्रोश प्रकट गर्दै,कसैले मकैको केकको लागि आफ्नो भाग्य नसाट्ने बताएकी छन्।

    ”बकवास कुरा गर्नु भन्दा उनको मुख बन्द गर्नु उनको छविको लागि उपयुक्त हुने थियो किनकि उनीसँग भन्नको लागि राम्रो केहि थिएन,” उनले भनिन्।

    आज श्रीकृष्ण जन्माष्टमी

    वैदिक सनातन धर्मावलम्बीहरुले आज हिन्दु धर्म संस्कृती अनुसार श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् ।

    द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा वासुदेव र देवकीको सन्तानका रुपमा मामा कंशको कैदमा जन्मिएका ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म भएको आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वको रुपमा मनाउने गरिन्छ।

    आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गर्न श्रादालु भक्तजनहरुको घुइंचो लाग्ने गरेको छ। हिन्दु धर्म संस्कृती अनुसार अन्याय, अत्याचार र दैत्य प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ।मथुरा नरेश कृष्णलाई उनको जन्मको रात नै मामा कंशबाट बचाउन उनको पिताले यमुना नदि पार गरि गोकुलमा लगेर राखेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ।


    आजको दिन भगवान् कृष्ण सँग-सँगै राधाको पनि पुजा अर्चना गरिन्छ। रुकमिणीसंग वैवाहिक बन्धनमा बाँधीए पनि भगवान् कृष्ण र राधाको प्रेम सम्बन्धको वर्णन गर्ने गरिन्छ।

    पाण्डव र कौरवहरूबीच कुरुक्षेत्रमा भएको युद्धको क्रममा अर्जुनलाई उपदेश दिने क्रममा पवित्र ग्रन्थ श्रीमद्भागवत गीताको उत्पति भएको धार्मिक विश्वाश रही आएको छ।
    श्री मद्भाग्वत गीतामा कृष्णले अर्जुनलाई भनेका छन्ः
    यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
    अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्

    अर्थात्ः
    जब जब संसारमा धर्मको नाश हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
    तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।

    नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ बहुमतले पारित

    राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशसहित फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ पारित भएको छ ।

    राष्ट्रपति भण्डारीले फिर्ता लिएको ‘नेपाल नागरिकता विधेयक, २०७९’ पारित गर्ने गृहमन्त्री बालकृष्ण खाँणको प्रस्ताव बहुमतले पारित भएको हो ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयकमाथि मतदान गर्न आह्वान गरेका थिए । त्यसको पक्षमा १३५ मत परेको थियो भने विपक्षमा ६० मत परेको थियो ।

    विधेयकमाथिको छलफलमा सत्तारुढ दल र प्रतिपक्षका ७७ जनाभन्दा बढी सांसदले आफ्नो धारणा राखेका थिए ।

    संविधानमा राष्ट्रपतिलाई एकपटक मात्रै विधेयक फिर्ता लिने अधिकार दिइएको छ । विधेयक दुवै सदनबाट पारित भएमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐन बन्नेछ ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%9c/

    आगामी निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार आव्हान कार्यक्रम

    राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि देशभरबाट उम्मेदवार आव्हान गरेको छ।

    केन्द्रिय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै राजनीतिमा आउन चाहने नागरिकलाई प्रतिनिधि सभामा आ- आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेद्वारी फर्म भर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइट www.rspnepal.org मा गएर सो फारम जो कोहीले पनि भर्न सक्ने बताइएको छ ।

    पहुँच भएकाले मात्र टिकट पाउने, पैसा खर्च गर्न सक्नेले मात्र राजनीति गर्ने, पार्टीको उच्च नेतृत्वका नेता र ती नेताको परिवारको नजिक हुनेले मात्र निर्वाचनमा टिकट पाउने, मिडियामा पहुँज हुनेको उम्मेदवारी मात्र चर्चित हुने जस्ता प्रचलन लोकतन्त्रको स्वस्थकर अभ्यास नरहेको बताउँदै,पैसा हुने-नहुने, पहुँच हुने-नहुने जो कोहीले पनि क्षमता, योग्यता र इमान्दारिताका आधारमा चुनाव लड्न सकून् भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले सबैका लागि उम्मेद्वारीको आवेदन खुल्ला गरेको बताएको छ ।

    म आफैं पनि यसै गरी फारम भरेर आफ्नो उम्मेद्वारीको आवेदन पेश गर्दैछु र मैले उमेदवारी दिने क्षेत्रमा अरु व्यक्तिले पनि उम्मेदवारी दिन पाउने पार्टीका अध्यक्ष रवी लामिछानेले बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई उम्मेदवार छान्ने भन्ने निर्णय कुनै पनि नेतालाई सुम्पेको छैन । यो निर्णय जनताले गर्नेछन्। प्रारम्भिक निर्वाचन मार्फत् जनताले जसलाई भोट हालेर चुन्छन् उही नै कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवार बन्ने छ र डिजिटल डिमोक्रेसीको यो अभ्यास राष्ट्रिय स्वतन्त्र पार्टीले यसै पटकबाट सुरु गरेको पनि उहाँले बताउनुभएको छ।

    अहिलेकालागि देशको कुनैपनि क्षेत्रबाट संघीय निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनु हुने सबैले www.rspnepal.org मा गई, त्यहाँ राखिएको फारम भर्न सकिने लामिछानेले बताउनुभएको छ । राष्ट्रिय राजनीति आम मान्छेको पहुँचमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य विधि सहित यो विधि पनि अपनाएको र बन्द कोठामा २-४ जना नेता बसेर टिकट बाँड्ने प्रणालीको अन्त्य गर्न सकिन्छ भनेर यो प्रणालीलाई अनिवार्य गरेको लामिछानेले बताउनुभएको छ।

    संघीय निर्वाचनमा समानुपातिक उम्मेद्वारको दाबेदारी प्रस्तुत गर्न चाहनेले यही भदौ १५ गते भित्र र प्रत्यक्ष उम्मेदवारको दाबेदारी प्रस्तुत गर्न चाहनेले असोज ७ गते भित्र फारम भरी पेश गरिसक्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

    नागरिकता विधेयक विषयमा जारी संसदको छलफलमा कसले के-के भने ?

    प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देश सहित फिर्ता गरिएको नागरिकता विधेयकमाथि पुर्नविचार गरियोस् भनी प्रस्ताव पेश गरिएको छ। नागरिकता विधेयक विषयमा जारि संसदको छलफलमा सांसदहरुले विधेयक सम्बन्धि आ-आफ्नो धारणा व्यक्त गरेका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण
    लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्न लेखेको सन्देश असान्दर्भिक रहेको र असम्बन्धित कुरा सन्देशमा लेखेकाले संसदमा छलफल गर्न पनि आवश्यक नभएको बताएका छन्। उनले,राष्ट्रपतिले सन्देश सहित फिर्ता गर्नुभएको कुरा पढ्दै गर्दा बडो राम्रो निबन्ध लेख्नुभएको जस्तो लागेको बताएका छन्।

    माओवादी केन्द्रका सांसद वर्षमान पुन
    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको सन्दर्भमा पठाएको सन्देशमा आफ्नो धारणा राख्दै,माओवादी केन्द्रका सांसद वर्षमान पुनले कार्यकारी वा सरकारका दैनिक काममा प्रश्न उठाउनका लागि राष्ट्रपतिलाई संवैधानिक अधिकार नभएको बताएका छन् । साथै,नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको बताउँदै विधेयक संसदबाट पारित गराउन सहयोग गर्न आग्रह गरेका छन् ।

    कांग्रेस सचेतक मीनबहादुर विश्वकर्मा
    कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले नागरिकता कानुन निर्माणका क्रममा राजनीतिक दलहरूको मौसमअनुसारको अडान देखिएको बताएका छन् । उत्तर र दक्षिण फर्किँदा फरक-फरक राष्ट्रियता देखिएको भन्दै उनले प्रमुख प्रतिपक्षप्रति कटाक्ष गरेका छन्। साथै राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि जनाएका छन्। विश्वकर्माले नागरिकता विधेयकलाई पारित गर्नका लागि सबै दल तयार हुनुपर्ने बताएका छन्।

    एमाले सांसद प्रदीप ज्ञवाली
    एमाले सांसद प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्नका लागि संसदमा फिर्ता गरेर सर्व-स्वीकार्य बनाउने अवसर दिएको र त्यो अवसरलाई सदुपयोग गर्नुपर्ने र सांसदहरूको टाउको गणना गरेर विधेयकको टुंगो लगाउन नहुने बताएका छन्।

    नागरिकता विधेयकलाई राजनीतिकरण गरिएको र नागरिकता विधेयक मधेसी समुदायसँग मात्रै जोडिएको विषय नभएको भन्दै नागरिकता विधेयकमा समाज विभाजित भयो भने दुष्परिणाम पछिसम्म रहने पनि ज्ञवालीले बताएका छन्। साथै नागरिकता विधेयक टुंगो लगाउन प्रमुख प्रतिपक्ष तयार रहेको तर सत्तापक्षले यस विषयमा जबर्जस्ती गर्न नहुने उनले बताएका छन्। सन्देश सहित फिर्ता आएको विधेयकलाई जस्ताको तस्तै पारित गरेर गठबन्धन सरकारले संसदीय व्यवस्थाको खिल्ली उडाउन खोजेको उनले बताएका छन्।

    नेकपा एमालेका सांसद भीम रावल
    नेकपा एमालेका सांसद भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा मान्य नहुने र नागरिकताजस्तो संवेदनशिल विषयमा संसदीय दलमा छलफल नगरेको प्रति आक्रोश व्यक्त गरेका छन्। उनले गैरकानुनी नागरिकताको छानविन हुनुपर्ने माग राख्दै बालुवाटारमा गठबन्धन सरकारले जे फैसला गरेपनि के त्यो संविधान भन्दा माथि हुने हो भनेर प्रश्न समेत गरेका छन्।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल
    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीलाई नेपाली नागरिकता दिनु देशघाती हुने भन्दै कुनैपनि निहुँमा विदेशीलाई नेपाली नागरिकता दिन नहुने बताएका छन्। विदेशीलाई धमाधम नागरिकता दिँदा एक दुईवटा निर्वाचनपछि लेन्डुप दोर्जेहरु सांसद र मन्त्री हुने र नेपाल सिक्कीम र फिजी बन्ने खतरा हुनसक्ने बताएका छन्।

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल
    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै,राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएकी छन्। पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरि अर्को विधेयक ल्याउनुपर्ने धारणा व्यक्त गरेकी छन्। वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने तर छिमेकीलाई विवाह गर्ने बित्तिकै तत्कालै नागरिकता दिन नहुने र ७ वर्षको उमेर हद तोक्नै पर्ने उनले बताएकि छन्।

    नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरी
    नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको र सत्तारुढ दलका अरु सांसदहरूलाई पनि नागरिकता विधेयक ठिक नभएको भन्ने लाग्दा-लाग्दै पनि पार्टीको बन्धनले विरोधमा बोल्न नसकेको बताएकी छन्।

    उनले दलको हिसाबले नागरिकता विधेयकलाई समर्थन गरेपनि आफ्नो आत्माले ठिक नमानेको बताएकि छन् । वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा राख्नैपर्ने भन्दै राष्ट्रपतिको कदम ठीक र संवैधानिक रहेको बताएकी छन्।

    प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी
    प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले राष्ट्रपतिले पठाएको सन्देश निबन्ध मात्र भएको बताएका छन् । जन्मका आधारमा नेपाली नागरिकता लिएका आमाबाबुको सन्तानले ७ वर्षदेखि नागरिकता पाउन नसकेकाले यो विधेयक छिटो ल्याउनु परेको उनले बताएका छन् ।

    https://nepalrastriyadainik.com/%e0%a4%ab%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%9f-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be/

    सिंहदरबारमा प्रदर्शन गर्दै इन्जिनियरिङ सेवा समूहका कर्मचारी

    सहरी विकास मन्त्रालयको इन्जिनियरिङ सेवा समूहका कर्मचारीले सिंहदरबारमा मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् ।इन्जिनियरिङ मन्त्रालयको सिभिल ग्रुप, भवन तथा आर्किटेक्ट उपसमूहका कर्मचारीले आज सिंहदरबारमा सांकेतिक विरोध स्वरुप धर्ना दिएका हुन्।

    सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा सहरी विकास मन्त्रालयमा ल्याएर सहरी विभागको क्षेत्राधिकार ओगटेपछि कर्मचारी आन्दोलनमा उत्रेका हुन् । आन्दोलनका संयोजक तथा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल सच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।

    सहसचिव अधिकारीका अनुसार सरकारले इन्जिनियरहरूको माग तत्काल सुनुवाइ नगरे देशभरका सहरी विभागको काम रोकिने र प्राविधिकहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । उनीहरुले आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३०५ मा व्यवस्था गरेको स्थानीय पूर्वाधार विभाग खारेज गरी विभागमा रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने तथा बाँकी कर्मचारी प्रदेश र भौतिक पूर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । माग सुनुवाइ नभए देशैभर काम ठप्प पारेर सामूहिक राजीनामा दिने चेतावनी कर्मचारीहरुले दिएका छन् ।

    क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

    नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाउँदै जारी गरेको सूचना बदरको माग गर्दै अधिवक्ता सागर बराल लगायतले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।राष्ट्र बैंकले प्रतिबन्ध लगाएको क्रिप्टोलगायत डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आगामी सोमबार हुनेछ ।

    ताइवानको स्वतन्त्रताको अर्थ युद्ध हो : चीन

    बेलायतका लागि चिनियाँ राजदूतले लन्डनलाई ताइवानको स्वतन्त्रताको मुद्दामा अमेरिकी नेतृत्वलाई नपछ्याउन आग्रह गरेका छन्।

    चिनियाँ राजदूतले ताइवानमा बेलायती र अमेरिकी हस्तक्षेपले युद्ध निम्त्याउन सक्ने चेतावनी दिँदै, ताइवानको स्वतन्त्रताको मुद्दामा लन्डनसँग बेइजिङको सम्बन्ध अब चौबाटोमा पुगेको दाबी गरेका छन्।

    बेलायतका लागि चिनियाँ राजदूत झेङ जेगुआङले ताइवान मामलामा आफ्नो सरकारको अडान प्रस्तुत गर्दै ताइवान चीन, अमेरिका र बेलायतका लागि “टच स्टोन मुद्दा” भएको घोषणा गरेका छन् ।

    बेलायतका लागि चिनियाँ राजदूतले, वर्षौंदेखि, अमेरिकाले ताइवानमा हतियार बिक्रीको स्वीकृति दिएर एक चीन नीतिको सिद्धान्तलाई खोक्रो बनाएको र चीनलाई नियन्त्रणमा राख्न ‘ताइवान कार्ड’ खेल्दै आएको बताएका छन्।

    संयुक्त सैन्य अभ्यासका लागि चीनले रुसमा सेना पठाउने

    बेइजिङको रक्षा मन्त्रालयले यस महिनाको अन्त्यमा सुरु हुने संयुक्त सैन्य अभ्यासमा भाग लिन चिनियाँ सेना रसिया जाने जनाएको छ।भोस्टोक सैन्य अभ्यासमा भारत, बेलारुस, मंगोलिया र ताजिकिस्तान पनि समावेश हुनेछन्।

    बेइजिङ र मस्कोबीच घनिष्ठ प्रतिरक्षा सम्बन्ध छ र मस्कोले फेब्रुअरी २४ मा युक्रेनमाथि गरेको आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्ध र व्यापक निन्दाको सामना गर्नुपर्दा पनि चीनले द्विपक्षीय सम्बन्धलाई “उच्च तहमा” पुर्याउन चाहेको बताएको छ।

    चीनको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सहभागी देशका सेनाहरूसँग व्यावहारिक र मैत्रीपूर्ण सहयोगलाई प्रगाढ बनाउनु, सहभागी पक्षहरूबीच रणनीतिक सहयोगको स्तर बढाउनु र विभिन्न सुरक्षा खतराहरूको सामना गर्ने क्षमतालाई सुदृढ पार्ने उद्देश्य रहेको छ”।

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको नेतृत्वमा रुस र चीनबीचको सम्बन्ध झन्झन् घनिष्ट भएको छ र युद्धका कारण धेरै पश्चिमी देशहरूले लगाएको प्रतिबन्धको विरोधमा बेइजिङ दबाबमा परेको छ। बेइजिङले संयुक्त अभ्यासमा भाग लिने आफ्नो निर्णय “वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिसँग असंबद्ध” भएको बताएको छ।

    एक वर्ष अघि रुस र चीनले उत्तर-मध्य चीनमा संयुक्त सैन्य अभ्यास गरेका थिए जसमा १०,००० भन्दा बढी सेना थिए। रुसी रक्षामन्त्री सर्गेई शोइगुले चीनको निङ्जियामा गरिएको अभ्यासको प्रशंसा गर्दै यसलाई अझ विकसित गर्न सकिने सुझाव दिएका थिए ।

    अक्टोबरमा रुस र चीनले जापानको सागरमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए।।भोस्टोक अभ्यास यस वर्ष चिनियाँ र रुसी सेनाले गरेको दोस्रो संयुक्त सैन्य अभ्यास हो।

    फास्ट ट्रयाकमा नागरिकता विधेयक: आजको संसद बैठकमा हुबहु पारित गर्ने तयारी

    प्रतिनिधि सभाको आज बस्ने बैठकले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने तयारि गरेको छ।

    सत्तारुढ गठबन्धनले यस अघि नै गठबन्धनको बैठकमा, फिर्ता भएको नागरिकता विधेयक हुबहु पुन: प्रमाणिकरणको लागि पठाउने निर्णय गरेको थियो। विवादित नागरिकता विधेयक फास्ट ट्रयाकबाट पास गर्न आजको संसद बैठकमा प्रस्तुत गरिंदैछ।

    गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि पुर्नविचार गरियोस् भनी आजको प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्ने संसदको आजको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%b9%e0%a5%81%e0%a4%ac%e0%a4%b9%e0%a5%81-%e0%a4%aa%e0%a5%81/

    अस्पतालमै अनसनरत निहारिकाको १० बुँदे माग

    राष्ट्रपति कार्यालय अगाडि आत्मदाह गर्ने प्रयास गरेकी निहारिका यतिबेला नेपाल प्रहरीको अस्पतालमा छिन्। अस्पतालमा पनि निहारिकाले आफ्नो अनसन जारी नै राखेकी छिन्।
    बुधबार निहारिकालाई भेट्न अस्पताल पुगेका कानुनमन्त्री बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग निहारिका राजपुतले १० वटा मागहरु प्रस्तुत गरेकी छिन्।

    निहारिकाका १० बुँदे माग:
    १) २०७९ साल भाद्र ८ गतेको पेशीमा डीएनए परीक्षणको आदेश हुनै पर्ने यदि सो पेशी स¥यो वा आदेश नभएमा ९ गते बिहान १० बजेदेखि सर्वोच्च अदालत अगाडी नै पुनः आमरण अनसन सुरु गर्नेछु।

    २) डीएनए परीक्षणको नमुना लिँदाखेरि विपक्षी र मेरो बाबु (छोरा) को रगतको नमूना मेरै अगाडि लिइनुपर्छ। यो परीक्षण गर्दा प्रहरीको ल्याब र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पनि गर्नुपर्ने र सो कार्य गर्दा म लगायत मेरो मान्छेको उपस्थिति हुनुपर्छ।

    ३) डीएनए परीक्षणको रिपोर्ट यथाशीघ्र चाँडो आउनुपर्यो।

    ४) मेरो मुद्दामा सुरुमा अनुसन्धान गर्ने प्रहरीमाथि छानविन गरी दोषी ठहरिएमा तुरुन्तै कारबाही गर्नुपर्यो।

    ५) महान्यायाधिवक्ताको कार्यालयबाट दुई जना वरिष्ठ सरकारी वकिलहरु भदौ ८ गतेको पेशी र अन्तिम फैसलाको बहसमा जनकपुरको उच्च अदालतमा पठाउने व्यवस्था हुनुपर्यो र सो वकिलहरु मलाई चित्त बुझेको हुनुपर्यो।

    ६) मेरो मुद्दाका सुनुवाई ‘फस्ट ट्रयाक’मा हुनुपर्यो।

    ७) जनकपुर जिल्लाको मेरो मुद्दाको फैसला गर्ने न्यायाधीशलाई छानविन गरी कारबाही गर्नुपर्यो।

    ८) म लगायत म जस्ता सम्पूर्ण पीडित कुमारी आमाहरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँच्न पाउने अधिकारहरु कानुनमा सुनिश्चित हुनुपर्यो।

    ९) कानुन मन्त्री र महान्यायाधिवक्ता दुवैजनाले यस सहमतिमा हस्ताक्षर गरी कानुनी प्रक्रिया अगाडि बढाइदिनुपर्यो।

    १०) यदि माथि उल्लेखित सम्पूर्ण मागहरु पूरा नभएको अवस्थामा मैले सर्वोच्च अदालत अगाडि पुनः आमरण अनसन सुरुवात गर्नेछु र मलाई त्यहाँबाट प्रहरी वा सरकारी पक्षले हटाउन पाउने छैन

    यसअघि गृहमन्त्री बालकृष्ण खाँणले उनका ५ बुँदे माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै अनसन तोडाएका थिए। तर सरकारले गरेको वाचा कार्यन्वयन नभएपछी उनले माइतिघर,सर्वोच्च अदालत,सिंहदरबार लगायत विभिन्न ठाउँमा अनसन जारि राखिन्। यो बिचमा उनलाई प्रहरीले अनसन स्थालबाटै पटक-पटक पक्राउ समेत गरेको थियो। कसै गरेपनि राज्यले न्याय दिन नसकेको भन्दै,अन्त्यमा उनले राष्ट्रपति निवास अगाडी नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको थिईन।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0/

    महाभियोग सिफारिस समितिको कार्यविधि मस्यौदा तयार

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गर्न प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले कार्यविधि टुंगो लगाउने गरी मस्यौदा तयार पारेको छ।

    करिव ६ महिनापछि आज सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्को बैठकमा महाअभियोग टुंगो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि गरेको छ।

    आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरी निर्णय गर्ने समितिको आज बसेको बैठकले जनाएको छ । समितिका सबैको समन्वयमा सचिवालयको तर्फबाट आगामी बैठकमा कार्यतालिका प्रस्तुत गर्ने र प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम (५) ले दिएको अधिकार प्रयोग गरी कार्यविधिको मस्यौदा तयार गरिएको समितिले जनाएको छ।

    समितिद्वारा प्रस्तुत कार्यविधिको मस्यौदा:

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7-2/

    सिंहदरबार भित्र ग्याँस सिलिण्डर प्रयोगमा निषेध

    आजदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान तथा प्रयोग गर्न निषेध गरिएको छ ।

    विजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुसार आजदेखि सिंहदरबारभित्र रहेका मन्त्रालय र अन्य निकायका चमेना गृहमा खाना पकाउने प्रयोजनका लागि ग्यास सिलिन्डर प्रयोग गर्न निषेध गरिएको छ ।

    सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विधुतको प्रयोगलाई प्रोत्साहन गर्ने र सो कार्यको सुरुवात सिंहदरबारबाटै सुरु गर्ने बताएको थियो । सरकारको सो कार्यनीति अनुरुप नै आजबाट सिंहदरबारमा ग्याँस सिलिण्डरको प्रयोगमा प्रतिबन्ध लगाइएको हो। सिंहदरबारमा अब खाना पकाउने प्रयोजनका लागि विधुतिय चुलोको प्रयोग गर्नुपर्नेछ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय र निकायलाई पत्राचार गरी बजेट नं. २५३ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सिंहदरबारभित्र ग्याँस सिलिण्डर प्रयोग नगर्न निर्देशन समेत दिएको थियो ।

    singha darbar gas cylinder

    निलम्बित प्रधानन्यायाधीश विरुद्धको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न बनेको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज बिहान ११:३० बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने भएको छ।

    जिम्मेवारीविपरीतका कार्य गरेको,न्यायालयमा विचलन ल्याएको लगायतका २१ वटा आरोपहरु लगाउँदै गठबन्धन दलका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर फागुन १ गते प्रतिनिधिसभामा जबरा विरुद्ध महाभियोग दर्ता गरेका थिए।

    फाल्गुन २२ गते बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमा छानविन गर्न ११ सदस्यीय समिति समेत गठन गरेको थियो। त्यसैगरी,श्रावण २२ गते बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्धको महाभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर महाभियोग सिफारिस समितिमा पठाउने निर्णयलाई बहुमतले पारित गरेको थियो।

    आज बस्ने समितिको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा कार्यविधिका विषयमा छलफल गरेर प्रारम्भिक अध्ययन सुरु गरिने समितिले जनाएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%9c%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%aa/

    भाषण र कागजमा मात्रै देखिएको देउवा सरकारको एक वर्षे उपलब्धि

    पेट्रोलियम पदार्थमा कर घटाएर जनतालाई राहत दिने सरकारको निर्णय अर्थ मन्त्रालयले कार्यन्वयन नगर्दा नेपाल आयल निगमले बढेको मूल्यमा नै उपभोक्तालाई पेट्रोलियम पदार्थको बिक्रि गरिरहेको छ।

    देउवा सरकारले आफ्नो एक वर्षे उपलब्धि अन्तर्गत, बजारमा पेट्रोलियम पदार्थको मुल्य बढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मुल्य घटाउँदै मुल्यबृद्धि नियन्त्रणको प्रयास गरिएको भनेर उल्लेख गरेको छ। सरकारले असार ११ मा पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ कर समायोजन गर्ने निर्णय गरेको थियो। तर सरकारले गरेको निर्णय सरकारको उपलब्धि भनेर सार्वजनिक भैसक्दा पनि कार्यान्वयन भने हुन सकेको छैन।

    श्रावण १ गते भारतले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १५.७६ र डिजेलमा १६.५६ रुपैयाँ मूल्य घटेर आएको थियो। त्यसैगरी, श्रावण १६ गते डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसाले घटेको नयाँ मूल्यसूचीमा निगमले पेट्रोलियम पदार्थको आपूर्ति गरेको थियो भने श्रावण ३१ गते पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेलमा ४ रुपैयाँ ८४ पैसाले मूल्य घटेर आएको छ। यसरी १ महिनाको अन्तरालमा ३-३ पटकसम्म मूल्य घटेर आएको भएपनि सरकारको निर्णय कार्यान्वयन हुन नसक्दा नेपाल आयल निगमले बढेको मूल्यमा नै उपभोक्तालाई पेट्रोलियम पदार्थको बिक्रि गरिरहेको छ।

    मूल्य बढ्दा तुरुन्तै बढाउने तर मूल्य घट्दा समायोजन नगर्ने सरकार र निगमको बेइमानीले आम उपभोक्ता मारमा परेका छन्।

    यता आयल निगमले भने अर्थ मन्त्रालयले सरकारको निर्णय अनुसार कर घटाउन कुनै चासो नदिएको र इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौताको रकम र निगमको ऋण चुक्ता नभएसम्म आफुहरुले मूल्य घटाउन नसक्ने बताएको छ।

    बञ्चरेडाँँडामा प्रहरी र स्थानियबिच झडप:प्रहरीद्वारा हवाई फायर र अश्रुग्याँस प्रहार

    काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँँडा गएको गाडीलाई स्थानिय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको छ ।

    फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि प्रहरी र स्थानीयबासिन्दाबीच सुरु भएको तनावको क्रममा स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो। स्थानीयबासिन्दाले ढुङ्गा र गुलेलीले प्रहरीमाथि प्रहार गर्न थालेपछि सुरु भएको झडपको क्रममा प्रदर्शनमा उत्रिएका स्थानिय बासिन्दाको भिडलाई तितर-वितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर प्रयोग गरेको प्रहरीले जनाएको छ।

    नागरिकता विधेयक हुबहु पुन: प्रमाणिकरणको लागि पठाउने गठबन्धनको निर्णय

    सन्देश सहित राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सत्तारुढ गठबन्धनको आज बसेको बैठकले हुबहु पुन: राष्ट्रपतिकोमा प्रमाणिकरणको लागि पठाउने निर्णय गरेको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस भनि संसदमा फिर्ता गरिएको नागरिकता विधेयक आज बसेको संसद बैठकमा प्रस्तुत गरिएको छ। संसदमा जानकारी गराइएको उक्त विधेयक बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ।

    नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९’को विधेयक राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने आवश्यक लागेमा १५ दिनभित्र फिर्ता गर्ने सक्ने कानुनि प्रावधान रहेको र कानुनले निर्दिष्ट गरेको सोहि बुंदामा टेकेर नागरिकता ऐन पुनर्विचारको लागि संसदमा नै फिर्ता पठाइएको थियो। यसरी फिर्ता गरिएको विधेयक संसदले हुबहु या संसोधन सहित पुन: प्रमाणिकरणको लागि राष्ट्रपतिकोमा पठाउन सक्छ। तर पुन: प्रमाणिकरणको लागि पेश गरिएको विधेयक फिर्ता गर्ने संवैधानिक अधिकार भने राष्ट्रपतिलाई दिइएको छैन।

    https://nepalrastriyadainik.com/%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7/

    अमेरिकासँग ‘सीधा सैन्य भिडन्त’ गर्ने रुसको चेतावनी

    रुसले अमेरिकासँग ‘सीधा सैन्य भिडन्त’ हुनसक्ने चेतावनी दिएको छ।

    विश्व मञ्चमा देखिएको अमेरिकाको व्यवहारले आणविक राष्ट्रहरूबीच प्रत्यक्ष द्वन्द्वको खतरा हुनसक्ने अमेरिकीस्थित रुसी दूतावासले चेतावनी दिएको छ ।

    दूतावासले आफ्नो टेलिग्राम च्यानलमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा, संयुक्त राज्य अमेरिकाले अन्य देशहरूको सुरक्षा र चासोको ख्याल नगरी जारी राखेको कार्यले आणविक द्वन्दको खतरालाई योगदान पुर्‍याउने जनाएको छ।

    साथै,युक्रेनी संकटको सन्दर्भमा रसियासँग हाइब्रिड टकरावमा थप संलग्न हुने अमेरिकी कदमले आणविक शक्ति राष्ट्रहरूको प्रत्यक्ष सैन्य टकरावलाई अप्रत्याशित रुपमा वृद्धि गरेको पनि बताएको छ।

    अमेरिकाले भर्खरै दुई प्रमुख हतियार नियन्त्रण सम्झौता ,केही वर्गका भू-आधारित मिसाइलहरूलाई प्रतिबन्ध लगाएको १९८७ को मध्यवर्ती-रेंज आणविक बल सन्धि र एकअर्काको इलाकामा निगरानी उडानहरूको लागि अनुमति प्रदान गर्ने १९९२ को खुला आकाश सन्धि बाट पछि हटेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

    दूतावासले, विश्वलाई हेर्ने दृष्टिकोण मेल नखाने देशहरु विरुद्ध निराधार आरोप लगाउनुको सट्टा आफ्नै आणविक नीतिलाई नजिकबाट नियाल्न समेत अमेरिकालाई आग्रह गरेको छ।

    दुतावासका कुटनीतिज्ञले,हामीले आणविक हतियार राष्ट्रको रूपमा आफ्नो दायित्वहरू इमानदारीपूर्वक पूरा गर्नेछौँ र आणविक जोखिमहरू कम गर्न हरसम्भव प्रयास गर्ने पनि बताएका छन्।

    अमेरिकाले, दक्षिणी युक्रेनमा रहेको जापोरोजे आणविक उर्जा केन्द्रलाई मस्कोले आफ्ना सैनिकहरूको कभरको रूपमा प्रयोग गरेको आरोप लगाएपछि दुतावासले यस्तो विज्ञप्ति जारी गरेको हो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले रुसको उक्त कार्यलाई “गैरजिम्मेवारीको चरम सीमा” भनेका थिए ।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनको उक्त भनाइको खण्डन गर्दै मस्कोले भने, युक्रेनी सेनाले गरेको आफ्नै तोपको फायरले यो महिना धेरै आगलागी भएको र धेरै ठाउँमा बिजुली अवरुद्ध भएको जनाएको छ।

    रुसले जापोरोज्ये पावर प्लान्ट वरपरको अवस्थाको बारेमा गत हप्ता संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको लागि पहल गरेको थियो। रुसी राजदूत भासिली नेबेन्जियाले, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई सकेसम्म चाँडो आणविक उर्जा केन्द्र निरीक्षण गर्न आग्रह गर्दै यसमा रुसको पूर्ण सहयोग रहने समेत बताएका थिए ।

    बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

    आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी र सिट बाँडफाँडका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

    बैठकमा राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामदेव गौतम र बाबुराम भट्टराई आगामी निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने विषयमा पनि गठबन्धनका अन्य दललाई जानकारी गराउनुभएको छ ।

    निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन

    मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको म्याद आज सकिँदैछ ।

    निर्वाचन आयोगले श्रावण २२ गतेदेखि दल दर्ता कार्यक्रम सुरु गरेको थियो ।आयोगले जारी गरेको सूचना अनुसार आज पार्टी दर्ताको अन्तिम दिन हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आजै कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने बताउनुभएको छ । पौडेलका अनुसार श्रावण १९ गतेसम्म आयोगमा दर्ता भएका राजनीतिक दललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दर्ता गर्न दिइनेछ ।

    आयोगका अनुसार हालसम्म ६२ दल दर्ता भइसकेको छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र छोटो नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, मेलिङ ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जाल खाता निर्वाचन आयोगले पार्टीको केन्द्रीय कार्यसमिति, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य संख्या, पार्टीले आयोगमा वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाएको मिति, पार्टीको पछिल्लो निर्वाचनको मिति उल्लेख गर्नुपर्नेछ । दल दर्ताका लागि केन्द्रीय तह र प्रदेश कार्यकारिणी समिति र पार्टीको केन्द्रीय स्तर तथा केन्द्रीय कार्यसमिति, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य संख्या समेत खुलाउनुपर्ने आयोगले जानेको छ ।

    फिर्ता भएको नागरिकता विधेयक आजको संसद बैठकमा

    प्रतिनिधि सभाको एघारौँ अधिवेशन अन्तर्गतको ५५ औँ बैठक आज बिहान ११ बजे बस्दैछ।
    प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नागरिकता विधेयक सम्बन्धी जानकारी गराउने विषय आजको संसद बैठकको कार्यसूचीमा समावेश गरिएको संसद सचिवालयले जनाएको छ।

    प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा नै, प्रतिनिधि सभाको सचिवले सम्माननिय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक संदेश सहित फिर्ता भएको सम्बन्धमा राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउनु हुने भन्ने विषय उल्लेख गरिएको छ।

    राष्ट्रपतिबाट फिर्ता सन्देश सहितको नागरिकता विधेयकको पूर्णपाठ :

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%85%e0%a4%ac-%e0%a4%95%e0%a5%87-%e0%a4%b9%e0%a5%81%e0%a4%a8/

    आजदेखि एक महिने संयुक्त सैन्य अभ्यासमा नेपाली र अमेरिकी सेना

    नेपाली सेना र अमेरिकी सेनाले आजदेखि एकमहिने संयुक्त सैन्य अभ्यास सुरु गर्ने भएको छ।

    नेपाली सेनाको रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आजदेखि भाद्र ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। छाउनी र नगरकोट इलाकामा नेपाली सेनाका ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जनाले उक्त सैन्य अभ्यासमा सशस्त्र द्वन्द्वसम्बन्धी कानुन र सैन्य निर्णय प्रक्रिया लगायतका विषयमा सैन्य अभ्यास गर्नेछन्।

    सन् २०१५ देखि नेपाली सेनासंग ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ सैन्य अभ्यास सुरु गरेको अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डकाटेलको नेतृत्वमा सोमबार नेपाल आइसकेको छ ।

    आगामी ३ दिन देशभरको मौसम कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    २०७९ श्रावण ३१ गते (मंगलबार)

    दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९ भदौ १ गते (बुधबार)

    दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    २०७९ भदौ २ गते (बिहीबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्विनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्विनी र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    भीरबाट खसेका बाबुरामलाई माओवादीको काँध

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार खुमलटारमा भएको लामो छलफलपछि नेता भट्टराई पुन: एकपटक आलोचित बन्न पुगेका छन्। यतिबेला नेता भट्टराईको आलोचना गर्नेहरुले सामाजिक सञ्जाल भरिएको छ। तत्कालिन समयमा माओवादी पार्टी छोड्दा उनले दिएका अभिव्यक्तिहरुको भिडियोले सामाजिक सञ्जाल तताएको छ।आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न र एउटै घोषणापत्रमा सहमति गरेर चुनाव लड्ने कुरा बाहिरिएपछि राजनीतिमा देखिएको भट्टराईको सैद्धान्तिक र वैचारिक विचलन छताछुल्ल भएको छ। 

    २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर अन्तिम पटक माओवादी पार्टीबाट चुनाव लडेका बाबुराम भट्टराई झण्डै एक दशकपछि पुन माओवादीकै गोलाकार भित्रको हँसिया हथौडा चिन्ह लिएर आगामी निर्वाचनमा जाने परिदृश्य खडा भएको छ। भत्किएर चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो भनेर नयाँ शक्ति पार्टी खोलेर राजनीतिमा अगाडी बढेका भट्टराई फेरी त्यहि पुरानो भत्किएको र चुहिएको घर अगाडी झोली बोकेर उभिएका छन्। 

    माओवादीको राजनीतिक औचित्य सकिएको दाबी गरेका भट्टराईले नयाँ शक्ति पार्टीको स्थापनापछि पनि २०७४ को निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका थिए। त्यसपछि नयाँ शक्ति पार्टीलाई नै मधेसवादी दलहरुसंग विलय गराएर उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा क्रमिक रुपमा अशोक राई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरहरुसंग एकीकृत हुँदै जसपाको निर्माण गरे। अन्त्यमा आएर करिब एक महिना अघि मात्र उनले जसपाबाट पनि अलग्गिएर नेपाल समाजवादी पार्टीको स्थापना गरे।

    हुन त राजनीतिमा आज असम्भव भनिएको कुरा नै भोलिको दिनमा सम्भव हुन्छ भनिन्छ। तर,  शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्डले जनमुक्ति सेनाले प्रयोग गर्ने द्वन्दकालको हतियार  विदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौँ रुपैयाँ कुम्ल्याउन खोजेको, जनमुक्ति सेनालाई दिएको अर्बौं रुपैयाँ अपचलन गरेको र बाहिर-बाहिर राष्ट्रियताको कुरा गरेर  भित्र-भित्रै विदेशी प्रभुको शरण परेको आरोप लगाएर माओवादी पार्टीबाट बाहिरिएका भट्टराई, कुनैबेला आफ़ुलेनै देशद्रोही र गद्दारको आरोप लगाएको प्रचण्डको खुमलटार दरबारमा शरण पर्न जानु र पटक- पटक आफैंले औँला उठाउँदै र विरोध गर्दै आएको माओवादीको त्यहि पुरानो  वैचारिक धारमा टेकेर  गोलाकार भित्रको हँसिया हथौडा लिएर  चुनाव लड्ने सहमति जनाउनुले आजको दिनमा उनको विक्षिप्त राजनीतिक मानसिकतालाई भने प्रष्ट पारेको छ। 

    भीरबाट खस्न लागेका बाबुराम

    माओवादी पार्टीबाट अलग भएपछी पनि बाबुराम भट्टराईले २०७४ को निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका थिए। चुनाव जितेको महिना दिन नबित्दै काँग्रेसको अस्तित्व सकियो अब रुखलाई जरै देखि उखेलेर फ्याँक्नुपर्छ भन्ने अभिव्यक्ति दिएका भट्टराई अन्त्यमा जसपाबाट काँग्रेसले नै नेतृत्व गरेको गठबन्धन सरकारमा सामेल भए।  तर जसपाबाट अलग्गिएपछि गठबन्धनबाट  स्वतः बाहिरिएका भट्टराईले  आगामी निर्वाचनमा आफ्नो सिट सुरक्षीत गर्न शेरबहादुर देउवासंग गठबन्धनमा नै रहने गरि छलफल अगाडी बढाए।  तर गठबन्धनमा काँग्रेसले चुनावि सहयोग नगर्ने संकेत पाएका भट्टराई अन्तत पुन: माओवादीकै शरणमा पुगेका छन्। २०७४ को चुनावमा गोरखा–२ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई  ६८७४ मतको फराकिलो अन्तरले पराजित गरेका तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई आगामी निर्वाचनमा अन्य कुनै राजनीतिक दलको समर्थन बिना चुनाव जित्नु भनेको विल्कुलै असम्भव बनेको छ।  बदलिँदो राजनीतिको यो परिवेशमा अब बाबुराम भट्टराईलाई आफ्नो राजनीतिक अस्तित्व जोगाउन पनि हम्मे- हम्मे परेको छ।  राजनीतिक अस्तित्व जोगाउनकै निम्ति भनेपनि अब उनलाई प्रचण्डको फेर समातेर संसद भवन छिर्ने बाहेक अन्य कुनै विकल्प छैन। मधेशवादी दलको ढोका सदाका लागि बन्द गरेर निस्किएका बाबुराम भट्टराईको अगाडि अब मात्र दुई वटा विकल्प छ। पहिलो भनेको  काँग्रेस,एमाले वा माओवादी पार्टीमा  प्रवेश गर्नु र दोस्रो विकल्प भनेको प्रचण्डलाई रिझाएर  गठबन्धनको फेर समातेर हिंड्नु । यी दुई विकल्प बिना बाबुराम भट्टराईको संसदीय राजनीति सदाको लागि अन्त्य हुने निश्चित छ ।

    भट्टराईले जनतालाई बेवकुफ बनाए !

    द्वन्दकालमा लामो समय सँगै सहयात्रा गरेर छुट्टिएका प्रचण्ड र बाबुराम राजनीतक स्वार्थको लागि पुन: एक आपसमा मिल्नुलाई नेपालको राजनीतिमा कुनै ठुलो संयोग र आश्चार्य मान्नुपर्दैन। तर हिजो पार्टीभित्रको जुन विचार र सिद्धान्त खराब भयो भनेर आलोचना गर्दै पार्टीबाट नै बाहिरीए, आज आएर एक्कासी त्यहि विचार बोकेको पार्टीको घोषणापत्र च्यापेर हिंड्दै गर्दा माओवादी सुध्रिएको हो कि बाबुराम भट्टराई बिग्रिएका हुन् ,यसको जवाफ उनले जनतालाई दिनुपर्छ। जङ्गलबाट मुलधारको राजनीतिमा आइसकेपछि पनि, हिजो देश र जनताको लागि माओवादीले अङ्गीकार गरेका नीति र विचारहरु ठिक छैनन् भनेर देश र जनताको निम्ति नयाँ शक्तिको निर्माणमा निस्किएका बाबुराम भट्टराई फेरी कुन नैतिकताले त्यहि पुरानै वाद र सिद्धान्तको झोला बोकेर जनताको घर दैलोमा भोट माग्न जाने ? जनतालाई माओवादीको विचारधारा ठिक भएन भनेर वर्षै पिच्छे नयाँ-नयाँ पार्टीको नुहारन गरेर हिंड्ने अनि अहिले आएर राजनीतिप्रतिको आम नागरिकको आस्था र विश्वाशमा खेलबाड गर्ने  ? यो बीचमा माओवादीको विचार र सिद्धान्त फेरिएको हो कि बाबुराम भट्टराई फेरिएका हुन्, यसको जवाफ जनतालाई दिनुपर्छ। होइन भने विचार र सिद्धान्तबाट नै स्खलित भएर आफ्नो स्वार्थको निम्ति इमान बन्दकी राख्दै देश र जनताको विश्वाश  लिलाम गर्न निस्किएका भट्टराईहरुलाई जनताले बहिष्कार किन नगर्ने ? बाबुराम भट्टराईले भन्ने गरेको माओवादीको नीति र विचार साँच्चिकै देश र जनताको लागि बेठिक थियो कि भट्टराई स्वयंको लागि बेठिक थियो अब जनताले जवाफ खोज्नुपर्ने बेला आएको छ।

    प्रचण्डले राम-राम भन्लान् कि काँध थाप्लान्  ?

    बुलेटदेखि ब्यालेटसम्मको लामो संघर्षपूर्ण यात्रा तय गरेर २०६४ को निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेर नेपालको राजनीतिमा उदाएको नेकपा माओवादी २०७४ को निर्वाचनसम्म आइपुग्दा विभिन्न टुक्रामा विभाजित हुनपुग्यो। पार्टीकै शिर्ष नेता मानिएका मोहन वैध,विप्लव,बाबुराम र बादलहरु विस्तारै पार्टीबाट अलग हुँदै गए। पार्टीभित्रको एकतन्त्रीय शासन, सत्ता मोह र परिवारवादको आरोप खेप्दै आएका प्रचण्डलाई पछिल्लो समय पार्टीको अस्तित्व जोगाइराख्न पनि अन्य राजनीतिक दलको फेर समातेर हिंड्नु परेको छ। यो अवस्थामा हिजो लामो समय सँगै सहयात्रा गरेका बाबुराम भट्टराई पुन: पार्टीमा आए भने यो एक हिसाबले माओवादीको लागि राजनीतिक रुपमा र वैचारिक रुपमा पनि ठुलो जित हुनेछ। यसले पार्टीबाट निराश भएर अलग्गिएको आम कार्यकर्ताको एउटा ठुलो पंक्ति फेरी पार्टीमा फर्केर आउने वातावरण निर्माण गर्न सहज भूमिका खेल्नेछ।  तर द्वन्दकालमा लामो समय संगै विताएका प्रचण्ड र बाबुराम दुवैलाई एक अर्काको कम्जोरी र नराम्रो बानि राम्रोसंग थाहा छ। द्वन्दकालमै बाबुराम भट्टराईमाथि भएको पार्टीको आन्तरिक कारवाहीको कुरादेखि, अलग्गिएर नयाँ शक्ति स्थापनाको कुरासम्म आइपुग्दा देखिएका अन्तरविरोधले अझै पनि कता कता दुवै जना एक-अर्काप्रति शसंकित हुने परिवेशको अन्त्य भने भएको छैन। त्यसमाथी पनि बाबुराम भट्टराईलाई संगै लैजान हुँदैन भन्ने माओवादी केन्द्र भित्रको एउटा तप्का अझै पनि छ, जसले बाबुराम भट्टराईलाई माओवादीमा फर्किनबाट रोक्न सक्छ।  अब यी तमाम घटनाक्रमहरुबीच प्रचण्डले बाबुरामलाई अप्ठेरो परेको बेला जे भएपनि पुरानो सहकर्मी हो भनेर काँध थाप्छन् या पार्टीभित्रै अन्तरविरोधको सिर्जनाले फेरी एक्लो हुने र भएको पार्टी पनि टुक्रिने डरले राम-राम मात्र भनेर बस्छन् त्यो भने हेर्न बाँकी नै छ।   

    बञ्चरेडाँडामा फोहोर फाल्न नदिन सत्तारुढ दलको सहमति

    सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन्।

    धादिङ धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त रुपमा व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन्।

    विगत १७ वर्षदेखि राज्यले काठमाडौँ उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको र फोहोरको कारण स्थानिय बासिन्दाको जीवन कष्टकर बन्नुका साथै उनीहरु दीर्घरोगले पीडित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अङ्गसंग पटक पटक गरेर अहिले सम्म १७४ वटा सहमति भएको तर सम्बन्धित निकायले सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरेको र झुट्टो अभियोग लगाएर दुख दिन खोजेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यी तमाम घटनाहरुकोबीच महानगर र राज्यसंग आफ्नो विश्वास गुमेको भन्दै स्थानिय बासिन्दाले फोहोर मैला दिर्घकालिन रुपमा बन्द गर्न राजनैतिक दलले नेतृत्व लिनुपर्ने माग गरेकाले सत्ता गठबन्धनको तर्फबाट आफुहरुले सो विषयमा सहमति गरेको बताइएको छ।
    आफुहरुको मागलाई गम्भीरताको साथ नलिए आगामी संघ र प्रदेशको निर्वाचन बहिष्कार अभियानमा लाग्ने चेतावनी दिंदै, पिडित जनताहरु अहिले पनि आन्दोलनमा नै भएकोले हामीपनि आजकै दिनबाट उक्त आन्दोलनमा सहभागी जनाउने निर्णय गरेका छौँ भनि सत्तारुढ तिनै दलका नेताहरुले सहमति गरेका छन्।

    fohor press realese 768x920 1

    नागरिकता विधेयक अब के हुन्छ ?

    प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुभएको नागरिकता विधेयक पुन: संसदमै फिर्ता पठाइएको छ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमाथि पुनर्विचार गर्न आवश्यक रहेको भन्दै पुन: संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक अब के हुन्छ भन्ने प्रश्न उठेको छ। तर नेपालको संविधानले निर्दिष्ट गरेको कानुनि प्रावधान अनुसार राष्ट्रपतिलाई प्रमाणीकरणको लागि पेश गरिएको अर्थ विधेयक बाहेक अन्य कुनै पनि विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने लागेमा राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम उक्त विधेयक संसदमा फिर्ता पठाउन सक्ने व्यवस्था रहेको छ।

    अब राष्ट्रपतिले यसरि फिर्ता पठाएको विधेयकको बारेमा पनि नेपालको संविधानको धारा ११३ को उपधारा ४ मा ”राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ। ” भन्ने व्याख्या गरेको छ।
    अब संविधानको यहि प्रावधानलाई टेकेर प्रतिनिधि सभा र राष्ट्रिय सभाले सो विधेयकलाई पुरानै ढाँचा वा संसोधन सहित पुन: राष्ट्रपति समक्ष प्रमाणिकरणको लागि पेश गर्न सक्नेछ। त्यसरी पुन: प्रमाणिकरणको लागि आएको विधेयक राष्ट्रपतिले १५ दिन भित्र प्रमाणिकरण गर्ने भनेर व्याख्या गरिएको छ। यसरी पुन:प्रमाणिकरणको लागि आएको विधेयक फिर्ता गर्ने कानुनि अधिकार भने राष्ट्रपतिलाई दीइएको छैन।

    sambidhanko dhara 113 nagarikata bidheyak
    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%a8-%e0%a4%b8%e0%a4%82%e0%a4%b8/

    नागरिकता विधेयक पुन: संसदमै फिर्ता

    प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुभएको नागरिकता विधेयक पुन: संसदमै फिर्ता पठाइएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमाथि पुनर्विचार गर्न आवश्यक रहेको भन्दै पुन: संसदमा फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा संघिय संसदबाट पुनर्विचार हुनु आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम संदेश सहित उक्त विधेयक प्रतिनिधि सभामा नै फिर्ता पठाइएको उल्लेख गरिएको छ।

    rastrapati nagarikta Bidheyak 744x1024 1
    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/

    न्याय हराएको देशमा “निहारिका”

    इतिहासको कुनै एक कालखण्डमा राजा महाराजाहरुको कानुनी व्यवस्था यति न्यायोचित र लोकप्रिय थिए कि,कसैलाई अन्यायपूर्ण व्यवहार भएमा उचित न्यायको लागि गोरखा जानु ” न्याय नपाए गोर्खा जानु ” भन्ने त्यो बेलाको बोली आज पनि हाम्रो समाजमा उत्तिकै प्रख्यात छ। सुन्दा पनि कथा जस्तो लाग्ने नेपाली इतिहासमा यस्ता दिनहरु पनि  थिए, कि कुनै समय यहाँ दौडिएर राजा हुनेहरुले पनि शाषन चलाए। त्यो बेला आजको जस्तो अड्डा अदालत र न्यायलय थिएन। दरबारमा बसेर शाषन गरेका ति राजा महाराजाहरुले पनि धर्म चौतारा मुनि बसेर झुपडीमा बस्नेहरुलाई न्याय दिलाए।  तर गणतन्त्रका छोटे राजाहरुले शाषन गरेको आजको देशमा नयायका नाममा मुर्दा शून्य कंक्रिटका ठुला ठुला इमारतहरु मात्र खडा गरिए, न्याय स्थापना गर्न सकिएन। विधिको शाषन कानुनि राज्यको उपहास बनेको छ। ” न्याय नपाए गोर्खा जानु ” भन्ने त्यो बेलाको बोली फेरिएर अहिले त ”ठुलालाई चैन र सानालाई ऐन” बनेको छ। न्यायलयभित्रै पनि हुनेखाने र भए खानेहरुबिच एउटा ठुलो खाडल बनेको छ।

    झण्डै तिन बर्ष लामो समय सम्म न्यायलयको ढोको घचघच्याउँदा-घचघच्याउँदै थाकेर जीवनदेखि नै हार मानेकी एक निरिह आमाले  राज्यकै ठुलो र सर्वश्रेष्ठ निकाय राष्ट्रपति भवन अगाडी आत्मदाहको प्रयास गरिन। काखमा दुधे बालक च्यापेर न्यायको शितल छहारी खोज्दै शितल निवास पुगेकी निहारिका राजपुत अन्तत जिन्दगीसंगै हार मानेर तातो आगोमा आफुलाई जलाउन तयार भइन।  शुक्रबार शितल निवास अगाडि देखिएको त्यो दृश्य  निकै टिठ लाग्दो र कारुणिक थियो । 

    niharika arrested

    यो घटना २०७६ साल कात्तिकको हो ।महोत्तरी जलेश्वरकी १७ वर्षिया निहारिका राजपुत कक्षा ११ मा पढ्दै गर्दा, सधैंको जस्तै एकदिन उनि आफूसँगै पढ्ने साथीको घरमा गृहकार्य गर्न गएको बेला, आफ्नै साथीको दाई धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर बलात्कार गरेको र सो घटनाको तस्वीर र भिडियो पनि बनाएको भन्दै घटना भएको १४ दिनमै जाहेरी दिन प्रहरी कार्यालय पुगिन। यो बिचमा श्रेष्ठले घटनाको अश्लील फोटो र  भिडियो सबैका सामुन्ने  देखाइदिने भन्दै उनलाई डर र धम्की दिन थालेको थियो भने, इज्जत जाला भन्ने डरले उनको आफ्नै परिवारले पनि घटना लुकाउने प्रयास गर्यो । मेडिकल जाँचको क्रममा उनी गर्भवती भएको पत्ता लागेपछि उनलाई गर्भपतन गराउन चौतर्फी दबाव आउन थाल्यो । तर निहारिकाले यी सबका बाबजुद पनि कानुनि बाटो रोजिन र २०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ भनि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दीइन् र ‘हक–अधिकार दिलाइ पाऊँ’ भनि पुन: अर्को निवेदन २०७६ फाल्गुन ११ गते जिल्ला प्रहरी कार्यालय धनुषामा नै दर्ता गरिन। यहिबीच  २०७७ साल भदौ ५ गते उनले छोरालाई जन्म दिइन् ।  अन्तत निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाका तत्कालिन जिल्ला न्यायाधीश परशुराम भट्टराईले २४ माघ २०७८ मा श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै शिवराज श्रेष्ठलाई  सफाइ दिए। 

    niharika arrested 2

    त्यसपछि पीडकलाई अदालतले सफाइ दिएको भन्दै उनले पुन:उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराइन।  तर पुनरावेदन चढाएको ६ महिना बितिसक्दा पनि पेसी सरेको–सर्‍यै भएपछि न्यायको मागसहित उनि  पहिलोपटक गत २७ जेठमा सात दिन अनशन बसिन।  सो क्रममा सरकारसंग,

    १. प्रतिवादी शिवराज श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने। 

    २. अनशनकर्ता र उनको छोराको सुरक्षा। 

    ३. आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने। 

    ४. अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने। 

    ५. राज्यका सम्पूर्ण निकायका कानुन पीडित मैत्री बनाउन पहल गर्ने। 

    लगायतका सहमति गरेर राष्ट्रिय महिला आयोगको पहलमा गृहमन्त्री बालकृष्ण खाणले उनलाई जुस पिलाएर अनशन तोडाएका थिए ।

    Niharika 2 VKA0LZgZJH

    तर यता सरकारले सहमति कार्यान्वयन नगर्ने र उता उच्च अदालत जनकपुरले पेसी सारेको सार्यै गर्ने गरेपछि दोस्रोपटक  उनले पुन: अनशन सुरु गरिन।  सर्वोच्च अदालत अगाडि अनशनमा बस्दा प्रहरीले उनलाई जबर्जस्ती बल प्रयोग गरेर हटायो भने सिंहदरबार अगाडि धर्ना बसेको बेलामा पनि उनलाई  प्रहरीले पक्राउ गर्यो।  त्यसो त  माइतीघर मण्डलामा अनसन बसेको समय रातिको १० बजे उनलाई अपराधि सरह हत्कडी नै लगाएर प्रहरीले पक्राउ गरेको थियो। सो क्रममा प्रहरीले उनलाई र बच्चालाई समेत कुटपिट गरेको उनको आरोप रहेको छ। 

    Niharika arrested 1

    अन्तत न्यायका खातिर गरिएका यी तमाम प्रयासहरुबाट हार मानेर निहारिकाले बाँच्न भन्दा मर्नु नै उत्तम र सजिलो मानिन सायद, शुक्रबार सितल निवास अगाडी उनले आफ्नै शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरिन। गणतन्त्रका छोटे राजाहरुको न्याय प्रणालीमा न्यायलयबाटै अन्याय भोगेकी  निहारिकाले के अब साँच्चिकै बाँच्न पनि नपाउने हो त ? न्यायका खातिर आवाज उठाउँदै गर्दा माइतिघर बाट लखेटिएर बसन्तपुर र सिंहदरबार हुँदै अन्त्यमा शितल निवास पुगेकी निहारिकाले न्यायको लागि अझ क-कसको चौखट धाउनुपर्ने हो ?  कति दिन अझै सडकमा दुधे बालक लिएर भोक भोकै संघर्ष गर्नुपर्ने हो ? अझै कति पटक प्रहरीको निर्मम यातना भोग्नुपर्ने हो ?

    आगामी निर्वाचनमा उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई

    नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्न केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने तर मनोनयनको पत्र पठाउने अन्तिम जिम्मा सभापति देउवालाई प्रदान गर्ने निर्णय गरेको छ।

    त्यसैगरी,आजको बैठकले निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ । बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

    रेशम चौधरीलाई रिहा गर्न कांग्रेसका थारु नेताहरुको माग

    नेपाली कांग्रेसका थारु नेताहरुको दबाबपछि प्रधानमन्त्री देउवाले टीकापुर घटनाबारे आवश्यक प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

    टीकापुर घटनाका विषयमा सरकारले थारु कल्याणकारी सभाका पदाधिकारीसँग छलफल समेत अगाडी बढाएको छ । गृह मन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पोखरेलले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको समेत बताउनुभएको छ ।

    टीकापुर घटना र रेशम चौधरीलगायत कैदीबन्दीको रिहाइका विषयमा छलफल केन्द्रित भएको र टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक रुपमा समाधान गर्न आग्रह गरेको काँग्रेस निकट थारु नेताहरुले बताएका छन्।
    कांग्रेसका थारु नेताहरूले संघीय र प्रदेशको निर्वाचनमा रेशम चौधरीको पार्टी ठूलो फ्याक्टर बनेको र कांग्रेसको नेतृत्वमा उनी रिहा भए चुनावमा फाइदा पुग्ने र थारु नेताहरुको भोट सुरक्षित हुने समेत बताएका छन् ।

    पूर्वसभासद तथा केन्द्रीय सदस्य रुक्मिणी चौधरीले पनि केपी ओली नेतृत्वको सरकारमा भएको सम्झौता वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ। काङ्ग्रेसका थारु नेताहरूले टीकापुर घटनाको सम्बन्धमा अघिल्लो सरकारले गरेको सम्झौतालाई पालना गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री देउवाले पनि पार्टी निकटका थारु नेताहरुलाई कानुनी प्रक्रियाबाटै समाधान गर्ने आश्वासन पनि दिनुभएको छ ।

    आगामी निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको प्रस्ताव गरिएको छ ।

    निर्वाचन सुरक्षार्थ ४० दिनको म्याद/ करार अवधि रहने गरि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका मतपेटिका छुट्टाछुट्टै हुने भएकाले स्थानीय तह निर्वाचनमा भन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्न आवश्यक देखिएको र सोही अनुसार संख्या निर्धारण गरेर गृह मन्त्रालयमा प्रस्ताव पेस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    यसअघिका निर्वाचनमा खटिएका म्यादी प्रहरी र पूर्व-सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिने पनि प्रहरी प्रधान कार्यालले जनाएको छ। स्थानिय निर्वाचनलाई नै आधार मानेर आगामी निर्वाचनमा खटिने सुरक्षाकर्मीको सुविधा निर्धारण गरिने पनि जनाइएको छ। स्थानिय निर्वाचनमा म्यादी प्रहरीको लागि ४० दिनको एकमुष्ट ३० हजार २ सय ४० रुपैयाँ, पोसाकभत्तावापत ६ हजार रुपैयाँ, रासन भत्ताबपत एकमुष्ट ७ हजार २ सय रुपैयाँ र यातायात भाडाबाट एक पटकका लागि १ हजार रुपैयाँ उपलव्ध गराउने गरी सुविधा निर्धारण गरिएको थियो । तर श्रावण १ गते बाट सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएका कारण म्यादी प्रहरीको तलब पनि सोहीअनुसार निर्धारण गर्न सकिने उल्लेख गरिएको छ।

    नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

    सभापति शेरबहादुर देउवाले बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक आहवान गर्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ।

    आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न ,निर्वाचनको तयारीको विषयमा छलफल गर्न र श्रावण ३० र ३१ गते गर्ने भनिएको जनप्रतिनिधिको प्रशिक्षणको विषयमा छलफल गर्न बैठक आहवान गरिएको समेत प्रवक्ता महतले जानकारी दिनुभएको छ।

    आजको मौसम:मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसारआज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी,आज राति देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    शीर्ष नेताहरूलाई संसदमा ल्याउनेगरि सिट बांडफांडमा सहमति

    सत्तारुढ गठबन्धनले आगामी निर्वाचनको लागि सिट बांडफांड गर्न कृष्ण प्रसाद सिटौला संयोजक रहने गरि गठन गरेको ११ सदस्यीय कार्यदलले सिट बांडफांडको लागि सैदान्तिक सहमतिको आधारहरु तय गरेको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले २०७४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा पाएको मत र शीर्ष नेताहरूको निर्वाचन क्षेत्रको संवेदनशीलतालाई ख्याल गरेर सिट बांडफांडको मोडालिटी तय गरिने सैदान्तिक सहमति गरेको हो ।

    २०७४ को निर्वाचनमा पार्टीका शीर्ष भनिएका नेताहरु नै पराजित भएर संसद बाहिर रहनुपरेको वर्तमान अवस्थालाई ध्यानमा राख्दै शीर्ष नेताहरुलाई जित दिलाउने गरि सिट बांडफांडको मोडालिटी तय गरिने सहमति गरिएको हो। कांग्रेसका विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, आरजु राणा, रमेश लेखक, डा. प्रकाशशरण महतलगायतका नेताहरु अहिले संसद बाहिर रहेका छन् भने गठबन्धन दलका अन्य महत्वपूर्ण मानिएका नेताहरु पनि संसद बाहिर छन्।

    आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

    वैदिक सनातन धर्म र संस्कृती अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी), रक्षाबन्धन पर्व मनाउने गरेका छन्। आज देशभरका विभिन्न मन्दिर र तिर्थस्थलहरुमा मेला लाग्ने गरेको छ। आजको दिन नजिकैको तिर्थस्थल,नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट जनै तथा डोरो धारण गर्ने गरिन्छ। यसरि आजको दिनमा धारण गरेको जनै र पुरोहितले,” येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” भन्ने मंत्रोच्चारण गरेर नाडीमा बाँधीदिने डोरोले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई दानवहरुबाट रक्षा गर्न गुरु वृहस्पतिले डोरो बाँधिदिएको भन्ने पौराणिक कथन पनि रहेको छ। आजको दिन नाडीमा बाँधेको डोरो, गाई तिहारका दिन गाइको पुच्छरमा बांधिदिनाले वैतरणी पार गरिने विश्वाश पनि रहिआएको छ।

    येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्
    तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल
    अर्थात्:
    “जुन रक्षा (काँचो धागोबाट बनेको डोरो )ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।”

    बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म गरेका ब्राह्मण र क्षत्रिय पुरुषहरूले आजको दिन जनै फेर्ने प्रचलन रहेको छ। जनैमा रहने दुई वटा शिखाका छ वटा डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै फेरेर अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा-आराधना गरी तर्पण दिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।

    आज दिदीवहिनीहरुले आफ्ना दाजु-भाइको दिर्घायू र सफलताको कामना गर्दै हातको नाडीमा रक्षा बन्धन अर्थात राखी लगाईदिने चलन पनि रहेको छ । विशेष गरि नेपालको तराई क्षेत्रमा राखीको महत्त्व बढी रहेको छ ।

    आजको दिन, दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, केराउ, चना, सिमी, बोडी,राजमा र बकुल्लो लगायतका गेडागूडिहरु ) टुसा उमारेर पकाएर क्वाँटी बनाएर खाने गरिन्छ। यसरी विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने र शरीर स्वस्थ र बलियो रहने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता पनि रहेको छ ।

    आगामी ३ दिनको मौसमी विवरण:मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

    हाल देशको प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    २०७९ श्रावण २६ गते (बिहीबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९ श्रावण २७ गते (शुक्रबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा र बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९ श्रावण २८ गते (शनिबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राती : देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

    देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

    नेपाल र चिनबीच महत्त्वपूर्ण सहमति: एक चिन नीतिप्रति नेपाल प्रतिवद्ध

    परराष्ट्रमन्त्री नारायण खड्काको चिन भ्रमणको क्रममा हिजो नेपाल र चीनबीच आर्थिक सहयोग र पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको छ ।

    नारायण खड्का र उहाँका समकक्षी वाङ यीबीच बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा परराष्ट्र मन्त्रालयले व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, विपद् व्यवस्थापन, शिक्षा र कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सहमति भएको जनाएको छ ।

    परराष्ट्रमन्त्री खड्कासँगको भेटमा चिनियाँ परराष्ट्रमन्त्रीले केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन अनुदानमा सम्पन्न गर्ने घोषणा गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी बैठकमा नेपाल–चीन सीमापार विधुतीय प्रसारण निर्माणका विषयमा पनि छलफल भएको जनाएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार वाङले विधुतीय प्रसारण लाइन निर्माणका लागि आर्थिक सहयोग गर्ने पनि वाचा गरेका छन् । यसअघि वाङको नेपाल भ्रमणका क्रममा नेपाल–चीन अन्तरदेशीय विधुतीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनको अवधि दुई वर्ष बढाउने सहमति भएको थियो । नेपाल विधुत प्राधिकरणका अनुसार पूर्वसम्भाव्यता अध्ययनलाई अगाडि बढाउन गृहकार्य भइरहेको छ ।

    वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई सन् २०२२ का लागि १५ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

    नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

    द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री खड्काले नेपालले एक चीन नीतिलाई दृढतापूर्वक समर्थन गर्ने बताउनुभएको छ । उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने पनि बताउनुभएको छ ।

    त्यस्तै, वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आफ्नो निःशर्त समर्थन रहने बताएका छन् । उनले नेपाल सरकारको विकासको आवश्यकता र प्राथमिकताका आधारमा चीनले सहयोग गरिरहने पनि बताएका छन् ।

    ताइवान वरपर सैन्य अभ्यास अन्त्य भएको चीनको घोषणा:नियमित गस्ती भने जारी राख्ने

    अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेईको विवादास्पद भ्रमणपछि सुरु गरिएको ताइवान वरपरको अभूतपूर्व सैन्य अभ्यासलाई चीनले अन्त्य गरेको घोषणा गरेको छ।

    चिनियाँ जनमुक्ति सेनाले टापुको वरिपरि असाइनमेन्टहरू सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेपनि नियमित गस्ती भने जारी राख्ने जनाएको छ।
    पीपुल्स लिबरेशन आर्मी (पीएलए) को पूर्वी थिएटर कमाण्डका प्रवक्ता, कर्नल शि यीले, सैन्य प्रशिक्षण र तयारी” जारी राख्ने र “राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न ताइवान स्ट्रेटमा गस्तीहरू व्यवस्थित गर्ने बताएका छन्।

    बेइजिङले जारि गरेको श्वेतपत्रमा भनिएको छ,”हामी सबैभन्दा ठूलो इमानदारीका साथ काम गर्नेछौं र शान्तिपूर्ण पुनर्मिलन हासिल गर्न हाम्रो सक्दो प्रयास गर्नेछौं। तर हामी बलको प्रयोग त्याग्ने छैनौं, र हामी सबै आवश्यक उपायहरू लिने विकल्प आरक्षित राख्छौं ” । साथै, बाह्य हस्तक्षेप र पृथकतावादी गतिविधिहरू रोक्नको लागि यो आकस्मिकता आवश्यक भएको पनि श्वेतपत्रमा उल्लेख गरिएको छ।

    निर्वाचन निष्पक्ष, भयरहित र विश्वसनीय बनाइन्छ : निर्वाचन आयोग

    निर्वाचन आयोगले विगतमा अवलम्बन गरेको असल अभ्यासलाई आत्मसाथ गर्दै थप जनताको सहभागितामा निष्पक्ष, भरपर्दो, मितव्ययी र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

    आयोगले स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन अभियान र मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्दै आयोगले निर्वाचनका क्रममा प्राप्त सुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर निर्वाचनलाई सफल बनाउने दृढता व्यक्त गरेको छ । गत स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताको मतदान कम भएकोमा आयोगले चिन्ता व्यक्त गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छोटो समयका कारण गत स्थानीय तहको निर्वाचनमा अपेक्षा गरेअनुरुप काम गर्न नसकेको स्पष्ट पार्दै प्रतिनिधिसभाको निर्वाचनमा भने विगतको निर्वाचनका राम्रा पक्षहरुलाई समेटेर सफलतापुर्वक सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।
    प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमलगायत राज्यका सबै जिम्मेवार निकायसँगको साझेदारी र सहकार्यमा आगामी निर्वाचन गराउन आयोग तयार रहेको स्पष्ट पार्नुभएको छ । निर्वाचन प्रचारप्रसारमा राज्य सञ्चालित सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले आ–आफ्नो स्रोत साधनको अधिकतम उपयोग गरी निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।

    निजामती कर्मचारीको उमेर हद ६० वर्ष

    सरकारले निजामती कर्मचारीको सेवा अवधि ६० वर्षसम्म कायम गर्ने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०४९ संशोधन विधेयकमा सेवा अवधि ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउन माग गरिएको छ । विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।

    विधेयकले अघिल्लो निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनलाई एकीकृत गरी एकीकृत निजामती सेवा ऐन ल्याउने र स्वास्थ्य सेवा ऐन खारेज गर्ने प्रस्ताव अगाडी सारेको छ ।

    अर्थ मन्त्रालय स्रोतले उपलब्ध गराएको विधेयकको मस्यौदामा ऐन जारी भएपछि ५८ वर्षको सेवा अवधि दुई वर्ष ५९ कायम हुने र दुई वर्षपछि बढाएर ६० पुग्ने उल्लेख गरिएको छ । उमेर हद ५८ बाट ६० वर्ष तोकेपछि नयाँ कर्मचारीले सेवामा प्रवेश गर्न नपाउने भएकाले दुई चरणमा उमेर हद बढाउन मन्त्रालयले प्रस्ताव गरेको छ ।

    प्रस्तावित संशोधन विधेयकमा संघीय निजामती सेवामा स्थायी कर्मचारीलाई प्रदेश वा स्थानीय सेवाको पदमा उम्मेदवार हुन उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ । र, प्रदेशका निजामती कर्मचारीलाई स्थानीय सेवामा उम्मेदवार हुन उमेरको हद नपर्ने प्रस्ताव छ । स्थानीय सेवाका कर्मचारीहरू पनि राज्य सेवाको लागि उम्मेदवार हुन सक्छन्। यदि तिनीहरूले सेवा परिवर्तन गरे, पुरानो अवधि पनि गणना गरिनेछ।

    तर माथिल्लो तहमा आउनका लागि कर्मचारीले सीमित कोटामा अन्तर-स्तर प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ । विधेयकमा भनिएको छ, ‘अन्तरस्तरीय प्रतिस्पर्धाबाट स्तर परिवर्तन गर्ने अवसर दिने प्रणाली’ । अन्तर-स्तर प्रतियोगितामा कुनै पनि तहबाट अर्को तहमा प्रतिस्पर्धा गर्न कुनै प्रतिबन्ध छैन।

    विधेयकमा प्रदेशभित्रका स्थानीय तहमा दरबन्दी रिक्त भएमा र बढुवाबाट पूर्ति गर्नुपर्ने भएमा प्रदेशभित्रका सबै स्थानीय तहका एक तह मुनीका कर्मचारीले बढुवाका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

    विधेयकमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेशभित्रै अर्को स्थानीय तहमा सरुवा गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । तर त्यसका लागि प्रत्येक राज्य सरकारले निश्चित आधार र मापदण्ड बनाउनुपर्छ ।

    सेयर बजारमा दुई अङ्कको गिरावट

    सोमबार १७. ६८ अङ्कले घटेको नेप्से आज पनि ४५.४२ अङ्कले घटेर २०६० .७३ विन्दुमा मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ९.६८ अङ्कले घटेर ३९६.४२ पुगेको छ।


    आज २२२ वटा कम्पनीको ६,६४,६०३६ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,८१,५१,४४,५९८ रुपैयाँ पुगेको छ। आज भएको कारोबारमा सबै उपसूचक समुहको कारोबार घटेर रातो भएको छ।

    सिंहदरबारभित्र नायब सुब्बाको धर्ना

    अर्थ मन्त्रालयले बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक खालको तलबमान सार्वजनिक गरेको भन्दै काठमाडौं उपत्यकाका नायब सुब्बाहरुले आज सिंहदरबारभित्र धर्ना दिएका छन्।

    अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ र फरक—फरक तलबमान उल्लेख भएबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको र एउटा जिम्मेवार संस्थाबाट दुई फरक फरक कागजात सार्वजनिक भएको भन्दै निजामती कर्मचारी संगठनले मन्त्रालयको सो कदमको विरोध समेत गरेको छ। बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारीहरुले विरोध स्वरुप हिजो पेन डाउन समेत गरेका थिए।

    सिहंदरबारभित्रका निजामती कर्मचारीहरू नै यसरी आन्दोलनमा उत्रिंदा मन्त्रालयका नियमित काम कारवाहीहरु प्रभावित बनेको छ।

    अज्ञात समुहद्वारा उपत्यकाको फोहोर बोक्ने गाडी तोडफोड

    फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका गाडीहरू सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले तोडफोड गरेको छ।

    पार्किङ गरेर राखिएका महानगरका १४ वटा फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको महानगरले जनाएको छ।
    स्थानीयले सोमबार सडक मर्मत गर्नुपर्ने भन्दै आन्दोलन गरेको र महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको घटना लगत्तै राति ति सवारी तोडफोड गरिएको हो। घटनामा कसको संग्लाग्नता रहेको र कसले तोडफोड गरेको हो भन्ने कुरा यकिन नभएपनि प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

    विवादित भारतीय क्रिकेटर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

    विवादित पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नियुक्त गरेको छ ।

    भारतीय क्रिकेटर मनोज प्रभाकरलाई म्याच फिक्सिङको आरोपमा बीसीसीआईले भारतीय राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो।
    २०११-१२ को रणजी ट्रफी सिजन सुरु हुनुभन्दा दुई दिनअघि प्रभाकरलाई दिल्लीको क्रिकेट टिमको प्रशिक्षकबाट पनि बर्खास्त गरिएको थियो।
    उनी अफगानिस्तान क्रिकेट टोलीका बलिङ प्रशिक्षक र राजस्थान क्रिकेट टोलीका मुख्य प्रशिक्षक पनि थिए।
    नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएपछि उनको स्थानमा प्रभाकरलाई नियुक्त गरिएको हो।

    लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकीकरणको सहमति

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय एकता पार्टीबीच पार्टी एकीकरणको सहमति भएको छ।

    लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङले संयुक्त रुपमा पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टी एकीकरणमा सहमति जनाएका छन् । लोसपाको नाम, झण्डा र छाप स्विकार्ने गरि राष्ट्रिय एकता पार्टीले गरेको सहमति अनुसार राष्ट्रिय एकता पार्टी लोसपामा विलय भएको छ। सहमति अनुसार राष्ट्रिय एकता पार्टीका सबै संगठनहरुलाई लोसपामा समायोजन गरिनेछ।

    राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेम कुमार थाम्सुहाङलाई लोसपाको केन्द्रिय कार्यकारिणी सदस्यमा समायोजन गरिने र प्रदेश १ को जिम्मेवारी दिने सहमति भएको छ।

    सेयर बजारमा दोहोरो अङ्कको गिरावट

    साताको दोस्रो कारोबारको दिन आज नेप्से १७. ६८ अङ्कले घटेर २१०६.१५ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ३. ४४ अङ्कले घटेर ४०६.११ विन्दुमा रोकिएको छ।
    आज २१४ वटा कम्पनीको ६५,२७,४१४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,८५७,०७२,९६१ रुपैयाँ पुगेको छ। आजको कारोबारमा उत्पादनमुलक र सामूहिक लगानी कोष बाहेकका अन्य सबै उपसूचक भएन घटेको छ ।

    आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरले भने सकारात्मक सर्किट लेभलमा कारोबार गर्न सफल भएको थियो।

    काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रिय नेता खटाउने

    मंसिर ४ गते हुने भनिएको प्रदेश र संघीय निर्वाचनको तयारीका लागि नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आफ्ना केन्द्रीय नेताहरुलाई खटाउने निर्णय गरेको छ।

    सिट वाँडफाँटको विषय टुङ्गो नलागिसकेको अवस्थामा नेपाली काँग्रेसले चुनाव केन्द्रित अभियानका क्रममा आफ्ना केन्द्रिय सदस्यहरुलाई भने देशको ७७ वटै जिल्लामा परिचालन गर्ने भएको छ। नेपाली काँग्रेसले गठबन्धन दललाई पनि संगसंगै लिएर जानुपर्ने भन्दै व्यावहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल हुनुपर्ने कुरामा जोड दिएको छ।

    त्यसो त यस अघि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन गठबन्धनका सबै दलको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय समिति समेत गठन गरेको छ।

    त्यसैगरी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन नेपाली काँग्रेसले यहि श्रावण ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिएको छ।

    जबरा विरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ ।
    प्रतिनिधिसभाको आज बसेको बैठकले जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउने निर्णयलाई बहुमतले पारित गरेको हो।

    महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य रहेका छन् ।

    जिम्मेवारीविपरीतका कार्य गरेको,न्यायालयमा विचलन ल्याएको लगायतका २१ वटा आरोपहरु लगाउँदै गठबन्धन दलका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर फागुन १ गते प्रतिनिधिसभामा जबरा विरुद्ध महाभियोग दर्ता गरेका थिए।

    परराष्ट्रमन्त्री खड्का चीन भ्रमण जाँदै

    परराष्ट्रमन्त्री नारायण खड्का तीनदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन जाने भएका छन् ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले श्रावण २४ देखि २६ गतेसम्म परराष्ट्रमन्त्री खड्का चीनको भ्रमणमा रहने उल्लेख गरेको छ।

    श्रावण २५ गते सांदोंग प्रान्तको पूर्वी सहर छिङदाओमा दुई मन्त्रीहरूबीच बुधबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय छलफलको कार्यक्रम रहेको छ।विदेशमन्त्री वाङ यीले डा. खड्का र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना समेत गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ भने, २६ गते स्वदेश फिर्तीको कार्यक्रम रहेको छ।

    सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको सहमती

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आज बसेको गठबन्धन दलका शिर्ष नेताहरुबीचको बैठकले सहमति अनुसार भाद्र पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने जानकारी दिएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको आजको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय समिति समेत गठन गरेको छ। समितिमा कांग्रेसका कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन समितिमा रहेका छन्। त्यसैगरी,नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन् भने,राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा समितिमा रहेका छन्।

    सो समितिलाई भाद्र महिनाको पहिलो साताभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दीइएको छ।

    bigyapti

    निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता स्थगित

    निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया स्थगित गर्ने निर्णय गरको छ।

    मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा सार्वजनिक गरे लगत्तै निर्वाचन आयोगले मतदाता नामावली दर्ता स्थगित गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले आगामी निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

    निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयसहित अन्य सम्बन्धित कार्यालयहरुबाट जारी मतदाता नामावली दर्ता श्रावण २० गते देखि नै स्थगित गरिने भएपनि अनलाइनबाट फारम भरेर आवेदन दिइसकेकाहरुको लागि भने २१ गते सम्म औंठाछाप लिने व्यवस्था मिलाइने बताएको छ।

    नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

    नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले बर्खास्त गरेको छ ।

    मन्त्रिपरिषदको आज बसेको बैठकले अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा यस अघि ६ असारमा उनलाई निलम्बन गरेको थियो। सर्वोच्चले उनको निलम्बन खारेज गरेपछि उनि पुन: काममा फर्किएका थिए।

    यसअघि ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको लगायतका विवादमा समेत उनलाई स्पष्टिकरण सोधिएको थियो।

    मंसिर ४ गते निर्वाचन गर्ने सरकारको घोषणा

    आज बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

    सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको जानकारी गराउनुभएको हो।

    निर्वाचन आयोगले सरकारलाई दिएको रायसुझाव अनुसार संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने गरि दलहरुबीच सहमति जुटेपछि सरकारले मंसिर ४ गते निर्वाचन गरिने निर्णय सार्वजनिक गरेको हो।

    नेत्र बिक्रम चन्द विप्लब विरुद्द पक्राउ पुर्जी जारी

    जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले श्रावण ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम ३५ दिने पक्राउ पुर्जी जारी गरिएको बताएको छ।

    हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा महासचिव विप्लब सहित पार्टीका अन्य व्यक्तिहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।अदालतले जारि गरेको पक्राउ पुर्जीमा आदेश अनुसार ३५ दिनभित्र अदालत उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता‚ २०७४ को दफा ३५ बमोजिम कारबाही गरिने बताएको छ।

    त्यसैगरी अदालतले खड्ग बहादुर विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, सुर्खेतका धर्मेन्द्र बास्तोला, रोल्पाका सन्तोष बुढामगर, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, गोरखाकी उमा भुजेल, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर, कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल, खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णु प्रसाद तिमिल्सिना तथा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल र सन्जिव नेपाली विरुद्ध पनि संयुक्त रुपमा पक्राउ पुर्जी जारी गरेको छ।

    biplab pakrau purji

    ८-० को फराकिलो अन्तरले नेपालको लज्जास्पद हार

    सुरुवाती दुई खेलमा मालदिभ्सलाई ४–० ले तथा श्रीलंकालाई ३–० ले पराजित गरेको नेपाल, साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ ।

    खेलको पहिलो हाल्फमा १ गोल गरेको भारतले खेलको दोस्रो हाल्फमा लगातार ७ गोल गरेको थियो।आजको खेलसँगै फाइनल खेल्ने नेपालको लक्ष्यमा चुनौती थपिएको छ। तीन खेल जितेको बंगलादेश ९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने ६ अङ्कको साथ भारत दोस्रो स्थानमा रहेको छ। नेपालले तिन खेलबाट ६ अङ्क नै जोड्न सफल भएको भएपनि गोल अन्तरमा नेपाल भारतभन्दा पछि रहेको छ।

    फाइनल खेल खेल्नको निम्ति नेपालले बंगलादेशसंग हुने अर्को खेलमा जित निकाल्नुपर्ने छ भने भारतले माल्दिभ्ससंग हुने अर्को खेलमा पराजित हुनुपर्नेछ या त बराबरीमा खेलको अन्त्य हुनुपर्नेछ।

    जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त

    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन्।

    आर्थिक वर्ष २०७९/८० को बजेट प्रकरणमा विवादास्पद बनेर राजिनामा दिएका शर्माले संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएपछि पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुन:अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको बताइएको छ। शर्माले आजनै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने पनि जनाइएको छ।

    janardan sharma niyukti

    सडकमा सुतेर प्रदर्शन

    चुरे क्षेत्रको संरक्षण र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै, चुरे तथा वन संरक्षण अभियानका आन्दोलनरत सुकुम्बासीहरुले आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडिको सडकमा सुतेर प्रदर्शन गरेका छन्।

    सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्ने,चुरे दोहन बन्द गर्नुपर्ने,अतिक्रमित बन क्षेत्रबारे सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन्।

    वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई जग्गा उपलब्ध गराएको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने र वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउनुपर्ने उनीहरुले बताएका छन्।

    टारिगाउँ विमानस्थलको हवाई इन्धन डिपोमा जनप्रतिनिधिद्वारा तालाबन्दी

    श्रावण १५-दांग,स्थानिय बासिन्दा र जनप्रतिनिधि मिलेर तुलसीपुरको टारिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरेका छन्।

    विमानमा इन्धन भर्नका लागि प्रयोग हुने बाउजर मेसिन फिर्ता लैजाना लागेको भन्दै स्थानिय र जनप्रतिनिधि मिलेर तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा ताला लगाएका हुन्। लामो समय पछि सञ्चालनमा आएको उक्त विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ। इन्धन डिपो नभएकै कारण अन्य जहाजहरु सञ्चालन हुन नसकिरहेको अवस्थामा बाउजर मेसिन फिर्ता लगेर विमानस्थल बन्द गर्न खोजेको भन्दै तुलसीपुर उपमहानगरकी उपमेयर स्यानी चौधरीसहित स्थानिय सरोकारवालाहरुले संयुक्त रुपमा विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरेका हुन्।

    तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्षले सो विषयमा सम्बन्धित सबै निकायलाई ध्यानाकर्षण पत्र बुझाएको र आफ्नो मागको बेवास्ता गरे सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएको बताइएको छ।

    खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

    आइतबार बिहान ८ : १३ बजे खोटाङमा भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

    खोटाङ आसपासका जिल्ला र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस भएको छ । भूकम्पले भोजपुर नगरपालिका–१२ टक्सारमा २ र साकेला गाउँपालिकामा एउटा कच्ची घर भत्किएको छ। भूकम्पले अन्य के कति क्षति भयो भन्ने कुराको भने अहिलेसम्म यकिन विवरण आइसकेको छैन।

    माध्यामिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भाद्र ११ र १२ गते

    माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि पुरक परीक्षाका लागि आवेदन खुला भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुरक परीक्षा भदौ ११ र १२ गते संचालन हुनेछ। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीहरुले भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    विद्यार्थीहरुले बढीमा दुई विषयका लागि मात्रै पुरक परीक्षा दिन पाउनेछन् भने, परीक्षामा सहभागी हुनका लागि उनीहरुले रु. ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा नै फाराम भर्न सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार भाद्र ११ गते अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ भने, दुई विषयको परीक्षा दिने विद्यार्थीहरुले भने आफुले परिक्षा दिने विषयहरु मध्येको सानो कोड भएको विषयको परीक्षा दिन पाउनेछन।
    त्यसैगरी, भाद्र १२ गते दुई विषयका लागि परिक्षा दिने विद्यार्थीहरुले ठूलो कोड भएको विषयको परीक्षा दिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    see.parikshy aboard

    अमेरिकासँगको तनावबीच चीनले सुरु गर्यो सैन्य अभ्यास

    अमेरिकी सांसद न्यान्सी पेलोसीले आफ्नो विवादास्पद एसिया भ्रमण सुरु गरेपछि बेइजिङले ताइवान नजिक आफ्नो सैन्य अभ्यास सुरु गरेको छ।

    चीनको जनमुक्ति सेना (पीएलए) ले मुख्य भूमि र ताइवानको बीचमा रहेको फुजियान प्रान्तको तटमा सैन्य अभ्यास सुरु गरेको छ। स्वशासित टापुको विषयमा वाशिंगटनसँग बढ्दो तनावको बीचमा चीनले सार्वजनिक रूपमा सैन्य अभ्यासको घोषणा गरेको हो।

    शनिबार बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म फुजियानको तटमा रहेको पिङटान टापुहरू नजिक उक्त सैन्य अभ्यास गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई टेलिफोनमा बेइजिङले ताइवानसँगको चीनको व्यवहारमा “बाह्य हस्तक्षेप” सहन नसक्ने चेतावनी समेत दिएको बताइएको छ।

    संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक

    आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराईएको र कर र भन्सारका दर हेरफेर गरेको आरोपमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा विरुद्द छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज संसदमा छानबिनको प्रतिवेदन पेस गरेको छ।

    सांसद लक्ष्मणलाल कर्णको नेतृत्वमा बनेको ११ सदस्यीय संसदीय विशेष समितिले तयार पारेको १२९ पृष्ठ लामो प्रतिवेदनमा शर्मा विरुद्द कुनै पनि त्यस्तो ठोस प्रमाण र सबुत फेला नापेरेको भन्दै उनलाई सफाई दिएको छ।

    समितिले सार्वजनिक गरेको प्रतिवेदनको परिच्छेद ४ अन्तर्गत ,’समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेको जबाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म समितिले गरेका छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन। सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसँग सान्दर्भिक रहेन। करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरुको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन।’ भन्ने निस्कर्ष निकालेको छ।

    प्रतिवेदनको पूर्ण पाठ:

    एकै दिन यति एयरको २ वटा जहाजमा समस्या: इन्जिन फेल भएपछी आकस्मिक अवतरण

    विमानमा खराबी देखिएपछि यति एयरको २ वटा विमानको नियमित उडान अवरुद्द भएको छ।


    जहाजको बायाँ इन्जिनमा खराबीको संकेत देखिएपछि पोखराबाट काठमाडौंको लागि उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ विमान उडान भरेको करिब ६ मिनेटपछि पुन: पोखरामै फर्काइएको छ । ४५ जना यात्रु सवार सो विमानलाई सकुशल पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको थियो।

    त्यसैगरी,विराटनगरबाट ६० जना यात्रु लिएर काठमाडौंका लागि उडान भर्न लागेको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइन भएको यति एयरको जहाजमा पनि खराबी देखिएपछि उडान अवरुद्द भएको छ। उडान भर्ने लाग्दा विमानमा समस्या देखिएपछि एयरलाइन्सले यात्रुहरु ओरालेको हो।

    प्रतिनिधि सभाको बैठक बस्दै

    प्रतिनिधि सभाको एघारौँ अधिवेशन अन्तर्गतको आज ४८ औँ बैठक बस्दैछ।

    प्रतिनिधि सभाको आज बस्ने बैठकमा संसद सचिवालायले छलफलको लागि ५ बुँदे कार्यसूची सार्वजनिक गरेको छ। बिहान ११ बजे बस्ने आजको संसद बैठकमा,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।त्यसैगरी, प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ माथि विचार गरियोस भनि प्रस्ताव प्रस्तुत गरिने पनि आजको कार्यसूचीमा समावेश गरिएको छ।

    आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सेवा विशेष विधेयक २०७६ लाई दफावार छलफलका लागि संसदमा पेश गर्ने कार्यक्रम रहेको छ।
    यी लागायत अन्य ३ वटा विधेयकको विषयमा आजको संसद बैठकमा छलफल गरिने संसद सचिवालयले सार्वजनिक गरेको आजको कार्यसूचीमा उल्लेख गरिएको छ।

    sansad karyasuchi friday

    नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पारित

    नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

    बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा भएको छलफलपछि राष्ट्रियसभामा उपस्थित सांसदहरुको बहुमतले नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको हो ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो।

    राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक अब राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ ।राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछी यो कार्यान्वयनमा आउनेछ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%b7/

    अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले देखायो कालो झण्डा

    तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ।

    विप्लबका कार्यकर्ताहरुले लु र उनको टोलीलाई गौशालामा कालो झण्डा देखाएको हो।एमसीसी र एसपिपि खारेजीको माग गर्दै उनीहरुले विदेश मन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाएका हुन्। विदेश मन्त्रि लु लाई कालो झण्डा देखाएका विप्लबका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महासचिव ललित विक, सचिवालय सदस्य तारा सन्जेल, केन्द्रीय सदस्य प्रेम सिजापति, ललित बम , रमेश रावत र भक्तपुर संयोजक अशोक महतरा रहेको बताइएको छ। प्रहरीले उनीहरुलाई पक्राउ गरेर गौशाला प्रहरी वृत्तमा राखेको जानकारी प्राप्त भएको छ।

    नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

    दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्।

    तीनदिने नेपाल भ्रमणको लागि आज काठमाडौँ आइपुगेका लु ले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ तीन सदस्यीय टोलीसहित भारत हुँदै काठमाडौंमा ओर्लिएका लु को नेपाल भ्रमण नियमित भ्रमण रहेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ। लुले नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स प्रदान गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ।

    लु ले एमसीसीलाई नेपलको संसदबाट अनुमोदन गराउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।अहिले आएर विवादित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नेपाल सरकारले अघि नबढाउने निर्णय गरेको समयमा लु को यो नेपाल भ्रमणलाई नेपाली राजनीतिक वृतमा निकै अर्थपूर्ण तरिकाले हेरिएको छ।

    भाद्र १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

    सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले भाद्र १ गते देखि सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन्।

    सरकार र काठमाडौँ महानगरपालिकाले सिसडोल र बञ्चरेडाँडाका स्थानियसंग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै भाद्र १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा फाल्न नदिने घोषणा गरेका छन्। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले सो कुराको जानकारी गराएका हुन्।


    बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले गत जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको भन्दै सो निर्णय गर्नुपरेको बताउनुभएको छ।

    रुसले ग्यास आपूर्ति घटाएपछि युरोपमा ग्यासको मूल्य अहिलेसम्मकै उच्च

    रुसले जर्मनी र अन्य मध्य युरोपेली देशहरूमा ग्यास आपूर्तिमा कटौती गरेपछि ग्यासको मूल्य वृद्धि भएको छ।

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली ग्यासको मूल्य २% ले बढेको र यो अहिलेसम्मकै सबैभन्दा उच्च भएको बताइएको छ।
    आलोचकहरूले रूसी सरकारले ग्यासलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।त्यसैगरी युक्रेनले पनि मानिसहरुमा आतंक फैलाउन मस्कोले ग्यास आपूर्तिमा कटौती गरेको आरोप लगाएको छ।

    यता रुसी उर्जा फर्म ग्याजप्रोमले भने टर्बाइनमा मर्मत सम्भार कार्य गर्नुपर्ने भएकोले ग्यास आपूर्ति कम गरिएको बताएको छ।

    एसपीपी विवाद चर्किरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउंदै

    दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहिबार नेपाल आउने भएका छन्।

    नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई लिएर विवाद चर्किरहेको बेला दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु २ दिने भ्रमणका लागि बिहिबारनेपाल आउने भएका छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तर, उनको नेपाल भ्रमणबारे अन्य विस्तृत जानकारी भने खुलाइएको छैन ।

    यसअघि उनले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन महत्वपूर्ण भूमिका खेलेको बताइंदै आएको छ । तर एमसीसी सम्झौतालाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न नेपाली नेताहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेको र वाशिङटनले नेपालसँगको सम्बन्धको समीक्षा गर्ने र सम्झौता अनुमोदन गर्न नेपाल असफल हुनुको पछाडि चीनको हात रहेको बुझिने भन्ने धम्की दिएको भन्ने माओवादी नेता प्रचण्डको खुलासापछि उनको चर्को आलोचना समेत भएको थियो।

    बाइडेन प्रशासनले अमेरिकालाई घुँडा टेकाएको ट्रम्पको आरोप

    पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युट शिखर सम्मेलनलाई सम्बोधन गर्दै अमेरिका भिखारी राष्ट्र बनिसकेको बताएका छन् । ट्रम्पले डेमोक्र्याट र बाइडेन प्रशासनले अमेरिकालाई घुँडा टेकाएको आरोप समेत लगाएका छन् ।

    मुद्रास्फीति ४९ वर्ष यताकै उच्च भएको, तेलको मूल्य वृद्धि भएको र अपराधका शृंखलाहरु बढेको भन्दै ट्रम्पले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति जो बाइडेनले साउदी अरेबिया भ्रमणको क्रममा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग तेल उत्पादन बढाउन र रूसबाट भैरहेको आपूर्तिमा विश्वव्यापी निर्भरता कम गर्न गरेको आग्रहप्रति संकेत गर्दै, अमेरिकाले आफ्नो ऊर्जा स्वतन्त्रता समेत गुमाएको ट्रम्पले बताएका छन्।

    विश्वमा नै अमेरिकाले एकपछि अर्को ऐतिहासिक अपमानको सामना गरिरहेको भन्दै डेमोक्र्याटद्वारा शासित शहरहरूमा हत्याको शृंखला समेत बढेको बताएका छन्। ट्रम्पले आगामी मध्यावधि चुनावमा अमेरिकी जनताले “जो बाइडेन, न्यान्सी पेलोसी, चक शुमर र कट्टरपन्थी वामपन्थीको असफल शासनलाई अस्वीकार गर्नेछन्र र अर्को राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीले विजय प्राप्त गर्ने बताएका छन्।

    परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरेन एसपिपी सम्बन्धि सरकारको निर्णय

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णयबारे अमेरिकालाई पत्राचार किन नगरेको भन्दै परराष्ट्र मन्त्रालयसँग जवाफ मागेको छ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकले एसपीपीमा सहभागी नहुने सरकारको निर्णयबारे अमेरिकालाई पत्र किन नपठाएको भनी प्रश्न गरेको छ। समितिको आज बसेको बैठकले अमेरिकालाई पत्राचार नगर्नुको कारण माग गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको जानकारी दिएको छ। साथै, समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्तावेजहरु उपलब्ध गराउन पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।

    गृह मन्त्रालयले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णयबारे अमेरिकालाई पत्राचार गर्न मन्त्रिपरिषदको निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर सरकारले परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको लामो समय बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म अमेरिकालाई कुनै पनि पत्र पठाएको छैन।

    प्रस्तावित रुसी तेल प्रतिबन्धमा चीनको प्रतिक्रिया

    अमेरिकी सिनेटर मार्को रुबियोले मस्कोबाट ऊर्जा आपूर्ति गरेकोमा बेइजिङलाई दण्डित गर्ने उद्देश्यले पेश गरेको विधेयकप्रति चिनले प्रतिक्रिया जनाएको छ।

    बेइजिङले मङ्गलबार अमेरिकी सिनेटर मार्को रुबियोले रुसबाट तेल वा अन्य ऊर्जा आपूर्ति खरिद गर्ने र चीनलाई पुर्‍याउने कुनै पनि निकायलाई प्रतिबन्ध लगाउने प्रस्तावको विरोध गरेको छ।

    चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित पत्रकार सम्मेलनमा बोल्दै , “ चिन सँधै अन्तर्राष्ट्रिय कानूनमा कुनै आधार नभएको एकपक्षीय र गैरकानूनी प्रतिबन्धको विरुद्धमा रहने बताएका छन् । चिन र रुसबिचको सामान्य आर्थिक र व्यापारिक सहयोग कुनै तेस्रो पक्ष विरुद्ध नभएको र यो कुनै पनि प्रकारको बाह्य हस्तक्षेपबाट प्रभावित नहुने पनि उनले बताएका छन्। कुनै राजनीतिक नैतिकता थाहा नभएका सिनेटर रुबियो हरेक कुरामा चिनलाई दोष दिन चाहने पनि उनले बताएका छन्।

    रुसी ऊर्जा खरिद गरेर युक्रेनमा मस्कोको सैन्य अपरेशनलाई समर्थन गरेको भन्दै चीनलाई सजाए दिनको लागि रूसबाट चीनमा तेल वा तरल प्राकृतिक ग्यास बोक्ने ट्याङ्करहरूको बीमा वा दर्ता गर्ने कुनै पनि निकायलाई जरिवाना लगाउने उद्देश्यका साथ रुबियोले, रिपब्लिकन रिक स्कट र केभिन क्रेमरद्वारा सह-प्रायोजित चिन विरुद्दको सो प्रस्ताव पेश गरेको बताइएको छ।

    भिजिट भिसामा विदेश गएर काम नगर्न गृह मन्त्रालयको आग्रह

    गृह मन्त्रालयले आज एक विज्ञप्ति जारि गर्दै, भिजिट भिसामा विदेश गएर काम नगर्न नागरिकहरुलाई आग्रह गरेको छ।

    नेपाली नागरिकहरु भिजिट भिसामा वेदेश गएर काम गर्न खोज्दा अलपत्र पर्ने गरेको र त्यस्ता नागरिकहरुलाई उद्दार गरि स्वदेश फर्काउने क्रममा विमा, क्षतिपूर्ति र राहत उपलब्ध गराउन समेत कानुनि आधार नहुने हुँदा नागरिकले झन् ठुलो कठिनाई भोग्नुपर्ने भन्दै गृह मन्त्रालयले भिजिट भिसामा गएर काम नगर्न आग्रह गरेको छ।

    रोजगारीका लागि विदेशमा जाने नेपालीहरुले पनि सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान मन्त्रालयले जारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेख राख्न आग्रह गरेको छ।

    मन्त्रालयका सहसचिव/ प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जारि गर्नुभएको विज्ञप्तिमा भिजिट भिसालाई पर्यटनको रुपमा मात्र प्रयोग गर्न र भिजिट भिसामा विदेश गएर रोजगारको प्रलोभनमा नपर्न आग्रह गरिएको छ।

    visit visa

    काँग्रेसको ३ सर्त मानेमा मात्र गठबन्धन दलसंग चुनावी तालमेल सम्भव छ:शेखर कोइराला

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसका तीन सर्त माने मात्र गठबन्धन दलहरुसंग चुनावी तालमेल गर्न सकिने बताउनुभएको छ।

    नेपाल प्रेस युनियनले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेता कोइरालाले , आर्थिक नीति, परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा ५ वर्ष सम्म स्थायी सरकार रहने तीन शर्त माने मात्रै आगामी निर्वाचनमा गठबन्धनका दलहरूसँग तालमेल सम्भव हुने बताउनुभएको हो। यसै विषयमा गठबन्धन दलहरुबीच छलफल चलिरहेको पनि उहाँले बताउनुभएको छ।

    साथै,माओवादी केन्द्रले भने अनुसारको सिट बाँडफाँड गरेर चुनावमा जान नसकिने पनि कोइरालाले बताउनुभएको छ। पार्टी सभापतिप्रति इंगित गर्दै ,आगामी निर्वाचनमा पार्टीले गुटगत आधारमा टिकटको बाँडफांड नगरी योग्य उम्मेदवारलाई टिकट दिए काँग्रेसले जित्ने पनि उहाँले दावी गर्नुभएको छ।

    काठमाडौँको सडकमा थुप्रिएको फोहोर:गैरजिम्मेवार काठमाडौँका बासिन्दा

    काठमाडौँ महानगरपालिकाको अधिकांश सडक र गल्लीहरुमा यतिखेर फोहोरको थुप्रो देखिन थालेको छ।  काठमाडौँ  महानगरपालिकाको हरेक चोक र गल्लीहरुमा थुप्रिएको फोहोरले फेरी एक पटक काठमाडौँ दुर्गन्धित बनेको छ। तर यो समस्या आजको मात्र होइन।  काठमाडौँमा पटक- पटक हुँदै आएको, समयमा फोहोर नउठ्ने समस्या आज पनि उस्तै छ। काठमाडौँको धुलो र धुवाँमा मास्क लगाएर हिंड्नुपर्ने समस्या त कोरोना अघि पनि उत्तिकै थियो।  तर अहिले महानगरको सडकमा थुप्रिएको फोहोरले गर्दा मास्क बाहिरबाटै पनि नाक थुनेर हिड्नुपर्ने अवस्था आएको छ। 

    काठमाडौँ महानगरपालिकाले श्रावण १ गतेदेखि स्रोतमै फोहोर वर्गीकरण गर्ने भनेर काठमाडौँका हरेक नागरिकलाई आ-आफ्नै घरमा कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न आग्रह गर्यो।  सो अनुरुप महानगरले कुहिने फोहोर आइतबार र बुधबार अनि नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने तालिका पनि सार्वजनिक गर्यो।  कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएमा फोहोर नउठाउने देखि कारवाही गर्ने सम्मको उर्दी जारि गर्यो।  त्यति मात्रै होइन हरेक दिन जसो कुहिने र नकुहिने फोहोर वर्गीकरण गरौँ , सडकमा फोहोर नफालौं भनेर महानागरको गाडी माइकिङ्ग गर्दै हिंडिरहेको हुन्छ।  तर काठमाडौँका नागरिकले न त महानगरको आग्रह माने न त माइकिङ्गको आवाज नै सुने।  अझ भनौं सुनेर पनि नसुने जस्तै गरिएदिए। त्यसैको परिणाम स्वरुप  आज फेरी काठमाडौँको सडक र चोकहरुमा फोहोरको थुप्रो देखिन थालेको छ। 

     बर्षातको समयमा पानि पर्ने बित्तिकै उपत्यकाको फोहोर बोकेका गाडीहरु बञ्जरेडाँडा ल्याडफिल साइट जान नसक्दा पटक-पटक फोहोर सङ्कलन कार्य अवरुद्द हुने गरेको छ।  सो सडक खण्डका स्थानीयले सडक निर्माण नगरे फोहोर बोकेको गाडीलाई ल्याडफिल साइट जान नदिने भन्दै धेरै पटक आन्दोलन गरेर सडक नै अवरुद्द गरे।  पछिल्लो समय बञ्जरेडाँडाबासि र महानगरबिचको सम्झौतामा पनि सडक निर्माण गर्ने सहमति गरियो र स्थानीयले महानगरको फोहोर बोकेको गाडीलाई आवत- जावत गर्ने अनुमति दिए। सडकको सवालमा उठेका यी तमाम विषयहरुलाई  निराकरण गर्न काठमाडौं महानगरपालिकाले काठमाडौँसहित उपत्यकाका १७ वटा अन्य स्थानीय तहको फोहोर बिसर्जन गर्ने बञ्जरेडाँडा ल्याडफिल साइट जाने बाटो निर्माणकार्य अघि बढाएको छ।  सडक निर्माण कार्य अघि बढिरहेकोले फोहोर सङ्कलन हुन नसकेको  महानगरले  बताएको छ।  तर महानगरले फोहोर उठाउन छोडेको केहि दिनमा नै काठमाडौँका सडकहरुमा फोहोरको थुप्रो देखिन थालेको छ। 

    अब कहिले उठ्छ त काठमाडौँको फोहोर ?

    काठमाडौँ महानगर र बञ्जरेडाँडाका स्थानियाबिच भएको सहमति अनुसार महानगरले शिशडोल देखि बञ्जरेडाँडासम्मको सडक निर्माण कार्य अघि बढाएको छ।  सोहि सडक खण्ड अन्तर्गतको ८ किलोमिटर सडक निर्माणलाई अझ तिब्र रुपमा सम्पन्न गर्न महानगरले अहिले बाटो रोकेर निर्माणको काम गरिरहेकोले ७ दिनको लागि फोहोर उठाउन नसकेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभएको छ। प्रवक्ता मानन्धरका अनुसार  त्यो ७ दिनको समय आज समाप्त हुँदैछ।   भोलि बिहिबारबाट नै महानगरले काठमाडौँको फोहोर नियमित रुपमा उठाउन सुचारु गर्ने  प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभएको छ।  साथै, महानगरले संकलन गरेको कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने प्लान्टका लागि बजेट विनियोजन गरेर काम थालनी गर्ने पनि  उहाँले बताउनुभएको छ। 

    हिजो बालेनालाई जिताउनेहरुनै आज उनलाई असफल बनाउन खोज्दैछन

    स्थानिय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरको मेयरमा बालेन साहलाई भोट दिएर जिताएकाहरुनै आज सडकमा फोहोर फालेर उनलाई असफल बनाउन तल्लिन देखिएका छन्।  महानगरबासीले जुन परिवर्तनको अपेक्षा गर्दै मेयरमा बालेनालाई जिताए, त्यो परिवर्तन बालेन एक्लैले गर्न सक्दैनन् भन्ने कुरामा महानगरबासि सचेत हुनु जरुरि छ। यदि यहि नियति अघि बढ्ने हो भने कुनै दिन यस्तो समय आउनेछ कि आज घर र कोठाको फोहोर निकालेर सडकमा फाल्नेहरु, जसले मेयरमा बालेनलाई मत दिएर जिताए , तिनैले भोलि बालेनले त काठमाडौँको फोहोर पनि व्यवस्थापन गर्न सकेन भनेर आलोचना गर्नेछन्। तर, महानागर र आफुले चुनेर पठाएको जनप्रतिनिधिप्रति अधिकार र कर्तव्यको नाममा औंला उठाउंदै गर्दा आफु एउटा नागरिकको रुपमा समाजप्रति कति  जिम्मेवार बन्न सकेँ त भन्ने कुराको महानागरबासीले आत्मसाथ गर्नु जरुरि छ। महानगरबासी यदि आफ्नो जिम्मेवारीप्रति  सचेत नहुने हो भने, जुन सपना र जुन अपेक्षाले उनीहरुले बालेनालाई जिताए त्यो सम्भव भने हुनेछैन।  चाहे त्यो ठाउँमा हजारौं अरु बालेनहरुनै किन नहुन, घरको फोहोर सडकमा फालेर महानगरबासी आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने हो भने, न त उनीहरुले परिकल्पना गरेको सुन्दर र सांस्कृतिक काठमाडौँ शहर निर्माणको अभियानले सार्थकता पाउँछ न त उनीहरुले बलेनालाई दिएको भोटले मात्र कुनै अर्थ राख्छ।    

    केहि दिन घरको फोहोर घरमै कतै राख्ने व्यवास्था गरौँ। सडकमा लगेर फोहोर फाल्ने काम आजदेखि नै बन्द गरौँ।

    सुन्दर र सांस्कृतिक महानगर निर्माणमा एकजुट भएर अघि बढौं।

    काठमाडौँको सडकमा थुप्रिएको फोहोरको जिम्मा काठमाडौँबासीले लिनुपर्छ

     महानगरले फोहोर उठाएन भनेर महानगरको कामप्रति आलोचना गर्दै गर्दा, घरभित्रको फोहोर सडकमा लगेर फाल्नुहुन्न भन्ने कुरा महानगरका हरेक नागरिकले बुझ्नु जरुरि छ।  चाहे त्यो महानगरप्रतिको आक्रोश होस् या अरु नै केहि कारणले होस् , घरबाट निस्किएको फोहोर सडकमा थुपारेर आफ्नो घर र आफु एक्लैको समस्या केहि क्षणको लागि समाधान भएको महसुश गर्दै गर्दा  दिर्घकालिन रुपमा त्यसले आफ्नो टोल, छिमेक र महानगरको सिंगो समाजलाई फोहोर बानाएको कुरामा अब हरेक नागरिकले आत्मसाथ गर्नुपर्ने बेला आएको छ।  प्राविधिक कारणले २-४ दिन वा हप्ता-दश दिन महानगरले फोहोर उठाउन नसक्दा आफ्नो घरबाट निस्किएको फोहोरलाई आफ्नै घर वा कोठामा कतै समायोजन गरेर राख्ने कि सडकमा फालेर फोहोर भयो भन्दै महानगरलाई गालि गर्ने ?तपाइको घरको फोहोर महानगरले आएर सडकमा फालेको  हो कि तपाई आफैले फालेको ? अनि तपाइले गरेको फोहोरप्रति जिम्मेवार बन्नुपर्ने तपाइँ कि महानगर ?  महानगरले महिनै पिच्छे पैसा उठाउँछ तर फोहोर भने समयामा उठाउँदैन भन्ने पनि आम गुनासोको विषय बनेको छ।  तर महानगरको जिम्मेवारी भनेको तपाइको घरमा जम्मा भएर बसेको फोहोर उठाउने हो, तपाइले सडकमा लगेर तपाइको घरको फोहोर फाल्दा त कारवाही गर्ने हो। 

    काठमाडौँमा बस्नेहरु के साँच्चिकै फोहोरी हुन्छन् ?

    कुनै एक समय थियो ,गाउँमा बस्ने प्रायलाई काठमाडौँमा अझ भनौं शहरमा बस्नेहरु सफा-राम्रा र सुन्दर हुन्छन् भन्ने भान हुन्थ्यो।अहिले त्यो पुरानो जमाना बदलिएको छ।  अहिले त के काठमाडौँमा बस्नेहरु पनि साँच्चिकै फोहोरी हुन्छन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। यसर्थमा पनि यो प्रश्न जायज छ कि, आफ्नो घर र कोठाको फोहोर सफा गरेर, सडकमा मिल्काएर शहर र समाजको सौन्दर्य र पर्यावरण बिगार्नेलाई सफा र राम्रा भन्न मिल्दैन। सबैमा यो कुरा लागु नहुन सक्छ र कोहि व्यक्ति यसमा अपवादको रुपमा देखिन सक्छन्।  तर राम्रो पहिरन लगाएर गाडी चढ्दैमा शहरमा बस्ने सबैलाई राम्रो भन्न सकिन्न।  तुलनात्मक रुपमा काठमाडौँमा बस्नेहरु शिक्षित होलान, तर सचेत कहिले हुने हुन् भन्ने नै आजको मूल प्रश्न बनेको छ।  जबसम्म काठमाडौँका नागरिक सचेत हुँदैनन् तबसम्म यो समस्या यथावत रहने देखिन्छ। स्थानिय निर्वाचनमा सचेत देखिएका महानगरका नागरिकहरु अब फोहोरको समस्या समाधानको विषयमा पनि सचेत बन्नुपर्ने बेला आएको छ।

    केहि दिन घरको फोहोर घरमै कतै राख्ने व्यवास्था गरौँ। सडकमा लगेर फोहोर फाल्ने काम आजदेखि नै बन्द गरौँ। सुन्दर र सांस्कृतिक महानगर निर्माणमा एकजुट भएर अघि बढौं।

    https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%b9%e0%a4%bf%e0%a4%81%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%8b/

    एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै:यसरी हेर्न सकिन्छ नतिजा

    माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०(एसईई) को नतिजा आज सार्वजनिक गर्ने जनाएको छ।उत्तरपुस्तिका संकलनमा ढिलाई भएको कारण यसपटक नतिजा ढिलो गरि सार्वजनिक भएको हो। वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार परीक्षार्थीले परिक्षा दिएका थिए। यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइई परीक्षा दिएका थिए।

    पछिल्लो दुई वर्ष कोरोना संक्रमणको कारण आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको भएपनि, यो वर्ष भने भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर विद्यार्थीहरुले परीक्षा दिएका थिए।

    यसरी हेर्न सकिन्छ नतिजा

    SEEको नतिजा सजिलै सगं प्राप्त गर्नको लागि Landline/Mobile बाट 1600 डायल गरि निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट SEE<SPACE>SYMBOL NUMBER टाइप गरि 1600 मा पठाउनुहोस्। यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट https://see.ntc.net.npपनि नतिजा थाहा पाउन सकिन्छ ।

    आजको मौसम :हल्का देखि मध्यम वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थान को आसपासमा रहेको छ ।हाल देशभर आंशिक देखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
    आज राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा:को कहाँ सरुवा भए ?

    न्याय परिषदले २२४ जना जिल्ला न्यायाधीशहरुलाई सरुवा गर्ने निर्णय गरेको छ।

    मंगलबार बसेको परिषदको बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको को सरुवा गर्ने निर्णय गरेको हो। त्यसैगरी आज बसेको परिषदको बैठकले उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ।
    को कहाँ सरुवा भए ? पूर्ण विवरण :

    मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रावण ९ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको छ।
    सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु निम्नानुसार रहेका छन्।
    • गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्विट्जरल्यान्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन करिब ९५ करोडबराबरको अनुदान सहायता स्वीकार गर्ने ।
    • सबैको लागि दिगो खानेपानी तथा सरसफाइ सस्टेनेबल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने ।
    • उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न, म्याद थपसम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माणलगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग स्थापनाका लागि गर्नुपर्ने निर्णय कार्यलगायत कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानुनबमोजिमको विलम्ब शुल्क लिई उद्योग दर्ता गर्ने निकायले तोकेबमोजिम म्याद थप गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ गर्ने आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृत दिने ।
    • विश्व व्यापार संगठन नेपालको आयात व्यवस्थापनसम्बन्धी कानुन र अभ्याससमेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाब पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाब समिति गठन गर्ने ।
    • फिनल्यान्डमा मिति २०७९ साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल तथा सिँचाइसचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
    • २०७९ साउन ३० देखि २०७९ भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेन्मेटल कन्फ्रेन्सको पाँचौँ सत्र आइजिसिभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानुन तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने ।
    • नेपाली मूलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्यान्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने, तुर्केमिनिस्तानको आसागावतमा २०७९ साउन ३० र ३१ गते मिनिस्टिरियल ट्रान्सपोर्ट कन्फ्रेन्स फर एलएलडिस सिएसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री गोपालप्रसाद सिग्देललाई सहभागी हुन स्वीकृत दिने ।
    • चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री भुवन केसी, काठमाडौंलाई मनोनीत गर्ने ।
    • गोरखा जिल्ला साबिक बारपाक गा.वि.स. वडा. न. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने ।
    • सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नवीनचन्द्र गौतमलाई मनोनयन गर्ने ।
    • राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने ।

    गृहले उपलब्ध गरायो सिसिटिभी फुटेज: फुटेजको अध्ययन गर्दै छानबिन समिति

    पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिलाई सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराइएको छ।

    समितिले अनुसन्धानको क्रममा ठोस कुनै प्रमाण नभेटेपछि अर्थमन्त्रीको कल डिटेल सहित फोन ट्रेसिङ्ग रेकर्ड र सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेको थियो। कल डिटेल माग गरेको छानबिन समितिको आग्रहप्रति सत्तारुढ दलका सदस्यहरुले नै विरोध गरेपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज भने आज गृहमन्त्रालयले समितिलाई उपलब्ध गराएको छ।
    यसघि अर्थमन्त्रालयको फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक टोलीलाई दिएको सिसिटिभी फुटेजमा पनि कुनै ठोस प्रमाण भने फेला नपरेको समितिले जनाएको छ।

    स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको छ।


    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको हो। नव नियुक्त राजदूतहरुमा, स्पेनको लागि शर्मिला पराजुली ढकाल,रुसको लागि मिलनराज तुलाधर र डेनमार्कको लागि प्रा. डा. रामस्वार्थ रायलाई नियुक्त गरिएको छ।

    त्यसैगरी,भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त गरिएको छ।

    संसदीय विशेष छानबिन समितिको बैठक ४ बजे पुन: बस्ने

    संसदीय विशेष छानबिन समितिले अनुसन्धानकालागि नेपाली प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई दिएको अर्थमन्त्रालयको सीसीटीभी फुटेजको प्रतिवेदन प्रहरीले समितिलाई बुझाइसकेको छ।


    समितिको आज बिहान ८ बजे बसेको बैठकले लाहाछाप लगाएर शिलबन्दि गरिएको प्रतिवेदन खोलेको भएपनि प्रयोगशालाकै विज्ञहरुबाट त्यसको विश्लेषण हुनुपर्ने भन्दै, प्रतिवेदनको विवरण सार्वजनिक गर्न अपराह्न ४ बजे पुन: बैठक बस्ने जनाएको छ।समितिका सचिव सुरेन्द्र अर्यालले आज बिहानको बैठकमा प्रहरीले दिएको शिलबन्दि फरेन्सिक रिपोर्ट खोलिएको तर प्रावधिक विषय भएकाले विज्ञहरूसँगै छलफल गर्नुपर्ने भएकोले अध्ययनकै क्रममा रहेको र प्रयोगशालाकै विज्ञहरूबाट जानकारी लिएपछि मात्रै त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताउनुभएको छ।

    अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मेटाइएपछि छानबिन समितिले फुटेज रिकभर गर्नका लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । छानबिन समितिले अनुसन्धानको क्रममा कुनै ठोस प्रमाण नभेटेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल र लोकेसन ट्र्याकिङ गर्ने सुबिधा उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ। यधपी सत्तारूढ दलका सदस्यहरूले भने गोपनीयताको हक हनन हुने भन्दै समितिलाई कल डिटेल उपलब्ध गराउने सन्दर्भामा विरोध गरेको छ ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने बस्ने भएको छ।

    आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।


    त्यसैगरी, आजको बैठकमा तथ्यांक विधेयक २०७६ , काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बारे छलफल गरिने संसद सचिवालयले सार्वजनिक गरेको बैठकको आजको कार्यसूचीमा उल्लेख गरिएको छ।

    sansad karyasuchi

    आगामी ३ दिनको देशभरको मौसमी विवरण

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थान को आसपासमा रहेको छ ।हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    ०७९ साउन १० गते (मंगलबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९ साउन ११ गते (बुधबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९ साउन १२ गते (बिहीबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का थोरै स्थानहरुका साथै मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

    देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

    साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल विजयी

    साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले सानदार जित हाँसिल गरेको छ।

    भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा भएको खेलमा नेपालको तर्फबाट दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गरेका हुन् ।
    खेलको पहिलो हाफमा १ गोल मात्र गरेको नेपालले खेलको दोस्रो हाफमा भने ३ गोल गरेको थियो।
    प्रतियोगिताको दोस्रो खेल नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ भने तेस्रो खेल भारतसँग ३१ जुलाईमा खेल्ने छ।

    प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी(भिडियो सहित)

    प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी गरिएको छ।
    राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादिस्थित प्रज्ञाभवनमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्द नाराबाजी गरिएको हो ।
    कार्यक्रममा उपस्थित प्रधानमन्त्री देउवा मन्तव्य दिन स्टेजमा उक्लिन लाग्दा त्यहाँ उपस्थित केहि व्यक्तिहरुको एक समुहले नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,शेर बहादुर देउवा मुर्दाबाद, राष्ट्रियताको रक्षा गर लगायतका नारा लगाएका थिए।

    नाराबाजी सुरुभएपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई स्कर्टिंग गरेर स्टेजसम्म पुर्याएका थिए भने नाराबाजी गर्नेहरुलाई प्रहरीले कार्यक्रमस्थल बाहिर निकालेको थियो ।

    सेयर बजारमा हरियाली: कारोबार रकम ४ अर्ब माथि

    आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक भएपछी आइतबार ६१.०५ अंकले बढेको सेयर बजार सोमबार ५४.४५ अङ्कले बढेर २१३२. ९६ पुगेको छ।

    नेप्से परिसूचक २ . ६२ %ले बढ्दै गर्दा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ९.०५ अंकले बढेर ४०७.३८ बिन्दुमा पुगेको छ।

    नेप्से सूचकसँगै कारोबार रकम पनि बढेर ४,१०६,८१८,९४१ रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार २१४ कम्पनीको सेयर कारोबार हुँदा ९,९४४,०४८ कित्ता सेयरको खरिद बिक्रि भएको छ। सोमबारको कारोबारमा सम्पूर्ण उप-सूचकांकहरूमा हरियाली छाएको छ भने ७ कम्पनीले सकारात्मक सर्किटमा कारोबार गरेका छन्।

    नागरिकता विधेयकप्रति राष्ट्रिय सभा साँसदहरुको टिप्पणी

    राष्ट्रिय सभाको आज बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव गर्दै गर्दा सांसदहरुले भने विधेयकप्रति नै आपत्ति जनाएका छन्।

    राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ।देवकोटाले वैवाहिक अंगिकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गर्दै, लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गर्नसक्ने कुराप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो। साथै,बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधानले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान गरेको उहाँले बताउनुभएको छ।

    त्यसैगरी,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको र यस्तो नजिरले लोकतन्त्र अत्यन्तै कमजोर हुने टिप्पणी गर्नुभएको छ। राज्य व्यवस्था समितिले बहुमतले पारित गरेको विधेयक सरकारले फिर्ता गरेकोप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ। वैवाहिक अंगीकृत नागरिकताको लागि ७ वर्षे प्रावधान हटाउनुपर्नेकुनै कारण नभएको र नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरी नेपालमा बसोवास गरेमा कुनै प्रावधान राखेर मात्र नागरिकता दिनुपर्ने बताउनुभएको छ।

    राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले, राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर सरकारले बलमिच्याइँ गर्दै अर्को विधेयक ल्याएको आरोप लगाउनुभएको छ। प्रक्रिया मिचेर विधेयक ल्याउनुले संसद र सांसदहरुको स्वविकेकको निर्णय गर्ने अधिकारको पनि अवमूल्यन गरिएकोले सो प्रक्रियामा आफ्नो असहमति रहेको बताउनुभयो। सात वर्षे प्रावधान हटाउनुको आधार र कारण प्रष्ट पार्न माग गर्दै,छोरीले विदेशीसँग विवाह गरेमा नागरिकता दिने व्यवस्था नराख्नुले लैंगिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रष्ट रुपमा देखिएको टिप्पणी गर्नुभएको छ।

    यता,राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भने नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिकै गरेको तर कतिपय प्रावधानहरु सच्याउनुपर्ने रहेको बताउनुभएको छ। वैवाहिक अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्नुपर्ने नेता गौतमले बताउनुभएको थियो।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d/

    राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले स्वीकृत नागरिकता विधेयक

    राष्ट्रिय सभाको आज बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

    उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेसंगै राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा सांसदहरुले संशोधन प्रस्ताव भने दर्ता गराउन सक्नेछन्। राष्ट्रिय सभाको अर्को बैठक श्रावण १२ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be/

    ४ वर्षीया बालिकाको बलात्कारपछि हत्या:४ जना पक्राउ

    ४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

    श्रावण ५ गतेदेखि वेपत्ता वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी ४ वर्षीया बालिका श्रावण ७ गते वीरगञ्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा मृत अवस्थामा फेलापरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा प्रहरीले पहिलो पटक शव भेटिएको जानकारी गराउने १२ वर्षीय युवकलाई सोधपुछ गर्ने क्रममा सोहि बालक सहित अन्य ३ जनाको पनि घटनामा संलग्नता देखिएपछि प्रहरीले अन्य ३ जना अभियुक्तलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएको थियो ।


    प्रहरीको प्रारम्भिक अनुसन्धानमा जबरजस्ती करणीपछि हत्या गरिएको खुलेको छ। आरोपित ४ जना विरुद्द जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

    भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुको सपथग्रहण

    द्रौपदी मुर्मुले आज भारतको १५औँ राष्ट्रपतिको रुपमा सपथ लिएकी छन् । उनलाई उप-राष्ट्रपति र राज्यसभाका अध्यक्ष एम वेंकैया नायडू र लोकसभा अध्यक्ष ओम बिर्लाले केन्द्रीय हलमा लिएर पुगेका थिए।

    पूर्वराष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति तथा राज्यसभाका अध्यक्ष एम वेंकैया नायडू र प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संसदको सेन्ट्रल हलमा आयोजित एक समारोहमा उनलाई भारतका प्रधानन्यायाधीश एनभी रमानाले सपथ गराएका थिए।

    राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधनमा, मुर्मुले आफु शीर्ष संवैधानिक पदमा निर्वाचित हुनुले भारतमा गरिबहरूले सपना मात्र होइन ती आकांक्षाहरू पूरा गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताइन्। द्रौपदी भारतको राष्ट्रपति पदको सपथ लिने सबैभन्दा कान्छी व्यक्ति हुन्।

    दोलखाको विभिन्न स्थानमा बाढी र पहिरो: करिब ७० घरपरिवार विस्थापित

    दोलखाको तामाकोसी गाउँपालिका -४ मालुखोला बजारमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले १५ भन्दा बढी घरहरुमा क्षति भएको छ।

    बाढी र पहिरोले क्षतिग्रस्त घरहरुबाट प्रभावितहरुलाई प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा उद्दार गरिएको छ। बाढी र पहिरोले मालुखोला सडक खण्डमा यातायात सेवा अवरुद्द बनेको छ भने सो क्षेत्रमा विधुत आपूर्ति पनि बन्द भएको छ।

    त्यसैगरी,अविरल बर्षासंगै आएको पहिरोले शैलुङ गाउँपालिका-८ मा ३० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। पहिरोले बिगु गाउँपालिका-४ सिंगटी बजारका २५ भन्दा बढी घरपरिवार प्रभावित बनेका छन् भने भीमेश्वर नगरपालिका-२ डाक्थलीमा पनि पहिरोले क्षति पुर्‍याएको छ।

    तस्विर:कान्तिपुर

    राष्ट्रिय सभामा नागरिकता विधेयक


    राष्ट्रिय सभाको आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ ।

    प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले आजको सभामा प्रस्तुत गर्नुभएको हो।

    त्यसैगरी, नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश पनि आजको सभामा प्रस्तुत गरिएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be/

    संसद बैठकमा हाजिर गरेर गायब हुन्छन् सांसदहरु

    श्रावण ८ गते आइतबार

    आइतबार प्रतिनिधि सभाको बैठकमा कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सांसदहरुको गणपूरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि संसद बैठक नै स्थगित गरे। 

    २७५ जना सांसद रहेको प्रतिनिधि सभामा गणपूरक संख्या पुरा हुन ६९ जना सांसदहरुको उपस्थिति रहनुपर्ने हुन्छ। तर गृहमन्त्री बालकृष्ण खाँणले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद मात्रै प्रतिनिधिसभा बैठक हलमा थिए ।

    असार २७ गते सोमबार

    असार २७ गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुको गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले असार २९ गते बुधबारसम्मको लागि बैठक स्थगन गरिएको घोषणा गरे। रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्दा असार २७ गतेको सो बैठकमा पनि केबल ६१ जना सांसदहरु मात्रै  बैठकमा उपस्थित थिए। 

    असार १२ गते आइतबार

    असार १२ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा अनुसन्धान प्रतिष्ठान सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो। तर १९० जना सांसदहरुले उपस्थिति जनाएको सो दिनको बैठकमा सभामुखले विधेयक निर्णयार्थ पेश गर्दा भने सभा हलमा मात्र ६३ जना सांसद देखिए।  सांसदहरुको गणपूरक सँख्या नपुगेपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगन भएको घोषणा गरे। 

    नीति नियम बनाउने सांसदहरुनै संसदको नियम उल्लङ्घन गरेर हाजिर गरेपछि बैठक छोडेर निस्किने गरेका छन्।  यसरी नीति नियमलाई वेवास्ता गर्दै हाजिर गरेर मात्र निस्किएपनि सांसदहरुले ट्याक्सी भाडाबापत पाउने  एक हजार, बैठक भत्ता बापत पाउने एक हजार रुपैयाँ र अन्य सुविधा भने पाउने गरेका छन्। 

    संघीय संसद सचिवालयको अभिलेख अनुसार ०७४ फागुन २१ देखि ०७९ जेठ मसान्तसम्म  प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २१९ दिन अनुपस्थित भएको देखिन्छ। त्यसैगरी,माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि १९३ दिन अनुपस्थित भएका छन्।

    सबैभन्दा बढी जसपाका सांसद सूर्यनारायण यादव २०४ दिन अनुपस्थित रहेका छन्। त्यसैगरी, नाम चलेका नेता भनिएकाहरुमा बिना मगर १९२ दिन ,उपेन्द्र यादव १७६ दिन ,मोहम्मद इस्तियाक राई १९१ दिन ,गोकर्णराज बिष्ट १९६ दिन,विनोद चौधरी १७० दिन, रेनुकुमारी यादव १६९ दिन,गोकुल बाँस्कोटा १५४ दिन, वेन्द्रराज कँडेल १३० दिन,शरतसिंह भण्डारी १५० दिन र प्रदिप गिरी १४५ दिन अनुपस्थित रहेको देखिन्छ। 

    तर मन्त्रीहरुको सवालमा भने हाजिर अनिवार्य नगरिएको कारण हाजिर कम हुने संसद सचिवालयले जनाएको छ। तर केहि सांसदहरु भने प्रधानमन्त्री र मन्त्रीहरुले संसदमा उठेको प्रश्नहरुको जवाफ समेत नदिने गैर जिम्मेवार हर्कतका कारण संसद बैठकमा उपस्थित नहुने र भएपनि प्रश्न सोधेर निस्किने गरेको पाइएको छ। यधपी कानुनि प्रावधान अनुसार सांसदहरू लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद खारेज हुनसक्ने व्यवस्था रहेको छ।

    यहि कानुनि प्रावधानलाई आधार मानेर हेर्ने हो भने धेरै सांसदहरुलाई  कारवाही गर्नुपर्ने हुन्छ।  संसदको दोस्रो अधिवेशनमा लगातार २१ दिन संसद बैठकमा अनुपस्थित भएका पुष्प कमल दाहाल,तेस्रो अधिवेशनमा लगातार १० पटकको बैठकमा नगएका बाबुराम भट्टराई लगायतका अन्य थुप्रै नेताहरु संसदमा के कारणले गएनन् त्यो त उनीहरुलाई नै थाहा होला। तर सांसदहरुको यस्तो हर्कतले, संसदमा नजाने माननियहरु के साँच्चै जनतामा जान्छन् त भन्ने प्रश्न भने खडा भएको छ। संसदीय कारवाहीबाट उम्किनको लागि आधिकांश सांसदहरुले संसद अधिवेशनको अन्त्यमा बिदा स्वीकृत गराउने गरेको पाइएको छ । भुलबस भएको एउटा सामान्य गल्तीमा जनतालाई कानुनि कठघरामा उभ्याउने कानुनका नीति निर्माताहरुनै कानुनको छिद्र प्रयोग गरेर न्याय प्रणाली र कानुनी राज्यको धज्जी उडाइरहेका छन्। 

    भत्ता पचाउन हाजिर गरेपछि बैठकबाट निस्किएर हिँड्ने सांसदहरुकोबीच संसदको मर्यादालाई उच्च राख्दै नियमित बैठकमा उपस्थित हुने सांसदहरु पनि देखिएका छन्। २९६ दिन संसद चल्दा २७८ दिन बैठकमा उपस्थित हुनेमा ललितपुरबाट निर्वाचित सांसद कृष्णलाल महर्जन र एमालेकी सांसद बिनाकुमारी श्रेष्ठलाई भने अपवाद मान्नुपर्छ। त्यसैगरी, सबैभन्दा धेरै उपस्थित हुने अन्य सांसदहरुमा, दिव्यमणि राजभण्डारी २७७ दिन, सुवासचन्द्र नेम्वाङ २७५ दिन,देवप्रसाद गुरुङ २७५ दिन,रेनुका गुरुङ २७५ दिन, भूपेन्द्रबहादुर थापा २७२ दिन,कृष्ण गोपाल श्रेष्ठ २७२ दिन,पार्वता डीसी २७२ दिन,बिमला नेपाली २७२ दिन,पूर्णकुमारी सुवेदी २७० दिन र विजय सुब्बा २७० दिन  उपस्थित  रहेका छन्। 

    प्रेस युनियनको अध्यक्षमा शिव लम्साल

    हेटौंडमा सम्पन्न नेपाल प्रेस युनियनको नवौँ अधिवेशनबाट शिव लम्साल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

    गुटगत बाछिटा देखिएको प्रेस युनियनको अधिवेशनमा संस्थापन पक्षबाट उम्मेदवार बनेकी अनिता बिन्दूलाई पराजित गर्दै शिव लम्साल विजयी हुनुभएको छ। विजयी अन्य कार्यसमितिका पदाधिकारीहरुमा पनि इतर समुहकै वर्चस्व देखिएको छ।

    महासचिवमा लम्साल प्यानलबाटै दिलीप पौडेल विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सोहि प्यानलका प्रेम केसी र खुला उपाध्यक्षमा इतर समुहकै नकुल अर्याल विजयी भएका छन्।
    त्यसैगरी,खुला उपाध्यक्षमा विजयी भीष्मराज ओझा र कोषाध्यक्षमा विजयी माधव धितालले भने संस्थापन पक्षको तर्फबाट जित हाँसिल गर्न सफल भएका छन्।

    पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

    पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बस दुर्घटना हुँदा बसमा सवार ६ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    गुल्मीको मजुवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका–२ लघुवामा सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरि ६ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको हो । अहिलेसम्म मृत्य हुनेहरुको पहिचान भने हुनसकेको छैन।

    घाइतेहरुको उद्दार कार्य भैरहेको र उनीहरुलाई उपचारका लागि तानसेन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    बुटवलको कल सेन्टरमा प्रहरीको छापा: १५० भन्दा बढी युवायुवती नियन्त्रणमा

    प्रहरीको एक टोलीले आज तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारी ७ जना सञ्चालक सहित १५० भन्दा बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ।

    ह्वाट्स्याप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने र अनलाइन ठगि धन्दामा सक्रिय रहेको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। ३ वटा फ्ल्याट भाडामा लिई करिब ३०० भन्दा बढी कम्प्युटर राखेर विभिन्न प्रलोभन र जालमा पारि ठगि गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
    विदेशी नागरिकको समेत लगानी रहेको सो कल सेन्टरबाट नेपाल र भारतमा रहेका सर्वसाधारण नागरिकलाई विभिन्न प्रलोभन र त्राशको मेसेज पठाएर ठगि गर्ने गरेको प्रहरीको प्राम्भिक अनुसन्धानले बताएको छ। पक्राउ परेका युवायुवतीहरुले आफुहरु रोजगारदाता सँस्थामार्फत काममा आएको बताएका छन् भने घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

    भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु

    भक्तपुरमा रुख ढलेर गुडिरहेको बस र एउटा स्कुटरलाई थिच्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।


    काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुख ढलेर थिच्दा बस र स्कुटरमा सवार ३ जनाको मृत्यु भएको र १२ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    तस्बिर : महत कुमार

    तीन जना किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला

    श्रावण ८,झापा : नेपाल–भारत सीमा क्षेत्रमा पर्ने झापाको कचनकवल –५ पाठामारीको बेल्लेगाउँमा तीन जना किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

    शनिबार ११ बजेदेखि घुम्न भनेर निस्किएका तिन जना किशोरी सुनकोसी चिया बगानको बयरको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।चिया बगानमा मजदुरी गर्दै आएका १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेश रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

    नागरिकता विधेयक विरुद्ध एमालेले विरोध प्रदर्शन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक विरुद्द विरोध प्रदर्शन गर्ने जनाएको छ।
    सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले यहि श्रावण १६ गते एमालेले नागरिकता विधेयक विरुद्द विरोध प्रदर्शन गर्ने बताउनुभएको हो।

    सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको र यो सरकारको नलायकीपन हो भन्दै महासचिव पोखरेलले सरकारको आलोचना समेत गर्नुभएको छ।
    प्रचण्डको भारत भ्रमण लगत्तै नागरिकता विधेयक पारित गरिनु शंकास्पद भएको पनि पोखरेलले टिप्पणी गर्नुभएको छ।

    प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे

    प्रदेश नं १ प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

    बजेट अधिवेशन जारी रहँदै गर्दा गत असार १९ गते स्थगन गरिएको प्रदेश सभाको बैठक आज सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

    प्रदेश १ मा प्रदेशको नामाकरणको विषयलाई लिएर विवाद चुलिएको छ।

    आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

    आज दिउँसो १ बजे संघिय संसद भवनमा प्रतिनिधिसभाको बैठक बस्ने भएको छ।

    प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस गर्ने संसद सचिवालयले जनाएको छ।

    त्यसैगरी, गृहमन्त्री बालकृष्ण खांडले राज्य व्यवस्था तथा सुशासनसमितिको प्रतिवेदन सहितको कारागार विधेयक, २०७६ छलफलका लागि प्रस्तुत गर्ने र कारागार विधेयक २०७८ पारित गरियोस भनि प्रस्ताव गर्ने आजको संसदको कार्यसूचीमा समावेश गरिएको छ।
    आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधन विचार गरियोस भनि प्रस्ताव पेस हुने संसद सचिवालयले जनाएको छ ।

    karyasuchi shrawan 8

    दुई लघुवित्त कम्पनिको आईपीओ जारि हुँदै

    अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि श्रावण १८ गतेदेखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारि गर्नेभएको छ।

    लघुवित्तले छिटोमा श्रावन २२ गते र ढिलोमा भाद्र १ गतेसम्म आवेदन दिन मिल्ने गरि कुल शेयरको ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षितगरेको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन।

    डबल बी माइनस रेटिङ्ग रहेको लघुवित्तको शेयर बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँट पश्चात २५ करोड रुपैयाँ पुग्नेछ।
    धौलागिरी लघुवित्त
    त्यसैगरी,धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यहि श्रावण २४ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहनेगरि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेभएको छ।

    लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टयाइएको छ भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    उक्त लघुवित्तको शेयरमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि छिटोमा श्रावण २९ गते र ढिलोमा भाद्र ७ गतेसम्म आवेदन दिन सकिनेछ।बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको लघुवित्तको बी माइनस रेटिङ्ग रहेको छ। लघुवित्तको हालको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

    आगामी तीन दिन मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ।हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    २०७९ साउन ८ गते (आइतबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    २०७९ साउन ९ गते (सोमबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९ साउन १० गते (मंगलबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

    देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

    संसदको बहुमतबाट नागरिकता विधेयक पारित

    विवादास्पद नागरिकता विधेयक आज बसेको संसद बैठकबाट बहुमतले पारित भएको छ।

    गृहमन्त्री बालकृष्ण खांडले निर्णयार्थ प्रस्तुत गर्नुभएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजको संसद बैठकले बहुमतका साथ पारित गरेको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नागरिकता विधेयकको पक्षमा रहेका थिए भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन हुन्न भन्दै विपक्षमा थिए।

    यधपी, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको अन्य कुराहरुमा भने उनीहरुले बिमति जनाएनन्।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%86%e0%a4%9c-%e0%a4%aa%e0%a4%be%e0%a4%b8-%e0%a4%97%e0%a4%b0/

    आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक


    नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ।
    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो।

    सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिले यस अघि ७% रहेको बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ भने सेयर धितो कर्जामा सामान्य हेरफेर गर्दै ४ करोडको न्यूनतम सीमा हटाएर १२ करोडको अधिकतम सीमालाई भने कायमै राखेको छ ।

    मौद्रिक नीतिको पूर्णपाठ :

    पत्रकारिता क्षेत्र देश र जनताप्रति जिम्मेवार रहनुपर्छ : प्रधानमन्त्री

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता क्षेत्र देश र जनताप्रति बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ।

    हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको सहायताले आफूलाई परिष्कृत गर्दै जिम्मेवार र जवाफदेही बन्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र सुदृढ गर्न प्रेसको भूमिका महत्वपूर्ण हुने भएकाले प्रेस स्वतन्त्रताको आडमा पत्रकारले आफ्नो जिम्मेवारी भुल्न नहुने बताउनुभएको थियो।

    कार्यक्रमलाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री देउवा काठमाडौं फर्किनुभएको छ।

    श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना

    श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त हुनुभएको छ। रनिल विक्रमासिंघे राष्ट्रपति भएपछि गुणवर्द्धना श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो।

    कोलम्बोमा सैनिक र प्रहरीले सरकार विरोधी प्रदर्शन स्थल खाली गरेको केही घण्टापछि दिनेश गुणवर्द्धनाले श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्।

    सत्तारुढ श्रीलंका पीपुल्स फ्रन्टका अनुभवी सदस्य र राजापाक्षे राजनीतिक परिवारका सहयोगी गुणवर्द्धनाले शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघे समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

    विक्रमासिङ्घे फ्रि-मार्केट च्याम्पियन र पश्चिम समर्थक राजनीतिज्ञ हुन् भने गुणवर्द्धना एक कट्टर सिंहली राष्ट्रवादी हुन् जसले समाजवादमा विश्वास गर्छन् र अर्थतन्त्रमा राज्यको ठूलो नियन्त्रण चाहन्छन्।


    नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु

    नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु भएको छ ।


    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा अनिता बिन्दु र शिव लम्सालले अध्यक्ष पदकालागि प्रतिस्पर्धा गर्दैछन्।

    गुटगत बाछिटा देखिएको नेपाल प्रेस युनियनको महाधिवेशनमा पनि देउवा नेतृत्वको संस्थापन पक्षबाट अनिता बिन्दु र इतर समुहबाट शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

    संस्थापन पक्षबाट सरोज अधिकारी वरिष्ठ उपाध्यक्ष, जगन्नाथ दुलाल महासचिव,उपमहासचिवमा केशव सावद,सचिवमा खगेन्द्र भण्डारी,महिला सचिवमा मेनुका ढुंगाना र माधव धिताल कोषाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन।

    इतर समूहबाट महासचिवमा दिलिप पौडेल,उपमहासचिवमा विष्णु क्षेत्री, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुल्ला उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र शेखर रेग्मी प्रतिस्पर्धामा देखिएका छन्।

    महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागीता रहनेछ।

    राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

    विवादित बजेट र संकटोन्मुख अर्थतन्त्रकोबिच नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नेभएको छ।

    मौद्रिक नीतिको मस्यौदाबारे सम्पूर्ण छलफल सकेर तयारि अवस्थामा रहँदा पनि अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समय नदिएका कारण केहि दिन रोकिएको मौद्रिक नीति आज सार्वजनिक हुनेभएको छ।

    अनौपचारिक रुपमा यस पटकको मौद्रिक नीति विगतको भन्दा कसिलो आउने राष्ट्र बैंकले यस अघि नै जानकारी गराइसकेको छ। अर्थतन्त्रलाई मजबुत बनाउन पनि कसिलो मौद्रिक नीति ल्याउनुपर्ने कुरा गभर्नर अधिकारीले विभिन्न कार्यक्रमहरुमा बताउंदै आउनुभएको छ।

    यसपटक मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने स्थायी तरलता सुविधा प्रवाहमा कडाइ गर्ने देखि ब्याजदर बढाउने सम्म तयारी गरेको देखिन्छ। त्यसैगरी सेयर कर्जामा ४/१२ को सीमा नहटाउने र बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर कम्तीमा एक वर्षसम्म बिक्री गर्न नपाउने हालको व्यवस्थालाई चालु बर्षको मौद्रिक नीतिले पनि कायमै राख्ने देखिन्छ।

    नागरिकता विधेयक आज पास गर्ने तयारी

    सरकारले प्रतिनिधिसभाको आजको बैठकबाट विवादित नागरिकता विधेयक पास गर्ने तयारि गरेको छ।

    दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफल गरि उक्त विधेयक पारित गरियोस भनि प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको संसद सचिवालय जनाएको छ।

    तत्कालिन ओली सरकारले करिब २ बर्ष लगाएर टुंग्याएको नागरिकता विधेयक फिर्ता लिएर गठबन्धन सरकारले नयाँ विधेयक दर्ता गराएको हो।

    karyasuchi 2272022041148 1000x0today new
    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%af%e0%a5%87%e0%a4%95-%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97/

    इटलीका प्रधानमन्त्री मारियो द्राघीद्वारा पदबाट राजीनामा

    इटालीका प्रधानमन्त्री मारियो द्राघीले बिहीबार रोमस्थित राष्ट्रपति भवन पुगेर राष्ट्रपति सर्जियो माटारेल्ला समक्ष राजीनामा बुझाएका छन् ।

    सत्ता गठबन्धनका प्रमुख दलहरूले सदनमा विश्वासको मत बहिष्कार गरेको घटनापछि द्राघीको राजीनामा आएको हो।प्रधानमन्त्रीको राजिनामापछि इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाले अब संसदमा दलहरूबीच अर्को बहुमत जुटाउन परामर्शको चरण सुरु गर्ने र नभए तत्काल चुनावको लागि आह्वान गर्नसक्ने बताइएको छ।

    देश भित्र उनको लोकप्रियता र विश्व नेताहरुको समर्थनको बावजुद द्राघीको राजीनामा आएको छ। विश्वले उनलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेन मा उनको युद्ध को बिरूद्ध खडा एक महत्वपूर्ण यूरोपीय आवाज मानिरहेको बेला, द्राघीको राजीनामाले युरोपेली सङ्घको तेस्रो ठूलो अर्थतन्त्रलाई अस्थिर बनाउन सक्ने आशंका बढेको छ ।

    गभर्नर बर्खास्तीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

    सत्तारुढ दल सम्बद्द संयुक्त विद्यार्थी संगठनहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

    ३ गतेबाट सुरु गरिएको चरणबद्द आन्दोलनको आज तेस्रो दिन विद्यार्थिहरुले माइतीघर मण्डलामा गभर्नर बर्खास्तीको माग गर्दै कार्टुन प्रदर्शन गरेका हुन्। नेपाली कांग्रेस सम्बद्द नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले गभर्नर अधिकारी उर्फ एम अधिकारीले राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप पदमा रहेर कानुनको धज्जी उडाएको र प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न शक्रिय रहेको दावी गर्दै सरकार समक्ष गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।

    पुर्व घोषित कार्यक्रम अन्तर्गत संयुक्त विद्यार्थी संगठनहरुले भोलि देशैभरका क्याम्पसहरूमा विरोध कार्यक्रम आयोजना गर्ने र ७ गते गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै संसदमा आवाज उठाउन सांसदहरूलाई अनुरोध गर्दै प्रदर्शनीमार्गबाट सन्देश पठाउने बताएका छन्।

    एसपीपीको अवस्थाबारे जानकारी दिन सरकारलाई सभामुखको निर्देशन

    सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदले संसदमा प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सैनिक साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ।

    मन्त्रिपरिषद् बैठकले नेपाल एसपीपीमा सहभागी नहुने भन्दै पत्र लेख्ने निर्णय गरेको झण्डै एक महिना बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार किन नपठाएको भन्दै सांसदहरूले प्रश्न उठाएपछि सभामुख सापकोटाले एसपिपीको अवस्थाबारे जानकारी गराउन आदेश दिनुभएको हो।

    सांसदहरुले एसपिपीबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले भन्नुभयो”एसपीपी सम्झौताबारे माननीय सांसदहरुले उठाएका कुराप्रति मेरो ध्यानाकर्षण भएको छ, यस सम्बन्धमा म नेपाल सरकारलाई निर्णय र कार्यान्वयनको अवस्थाबारे जानकारी गराउन निर्देशन दिन्छु। ”

    संसदको आजको बैठकमा माओवादीका प्रमुख सचेतक गुरुङले सरकार दुई फरक नामबाट एसपीपी पास गर्ने प्रक्रियामा रहेको भन्दै प्रश्न उठाउनुभएको थियो भने नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले पनि मन्त्रिपरिषद्को निर्णय भए पनि एसपीपी कार्यान्वयन नहुने भन्दै परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्र नदिएकोमा आपत्ति जनाउनुभएको थियो।

    https://nepalrastriyadainik.com/%e0%a4%8f%e0%a4%b8%e0%a4%aa%e0%a4%bf%e0%a4%aa%e0%a4%bf-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/

    संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप

    अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गर्ने भनि प्रतिनिधिसभामा राखेको प्रस्तावलाई बैठकले अनुमोदन गरेपछि समितिको म्याद ७ दिनको लागि थप गरिएको हो। आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको र सिमित व्यक्ति र संस्थालाई हित हुनेगरि करको दर हेरफेर गराएको विषयमाथि छानबिन गर्न गठित समितिलाई यस अघि १० दिनको म्याद दिइएको थियो।

    समितिले, उपलब्ध गराएको समय सीमामा काम गर्न नभ्याएको र प्रहरीलाई रिकभरिको लागि उपलब्ध गराएको सिसिटिभी फुटेजको प्रतिवेदन पनि आउन समय लाग्ने भन्दै समितिका सचिव सुरेन्द्र अर्यालले समय थप्न आग्रह गर्नुभएको थियो ।

    संसदीय छानबिन समितिको म्याद थप्ने तयारी

    बजेट तर्जुमा गर्दा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद थप गर्ने प्रक्रिया सुरु भएको छ ।

    संसदीय विशेष छानविन समितिले तोकिएको अवधिमा काम सम्पन्न गर्न नसकेकाले आजको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने विषय संसद बैठकको कार्यसूचीमा समावेश गरिएको जानकारी दिनुभएको छ । यसअघि अनुसन्धानका लागि १० दिनको समय दिइएको भएपनि, निर्धारित समयमा काम नसकिएपछि समितिका सचिव सुरेन्द्र अर्यालले आवश्यक समय थप्न आग्रह गर्नुभएको हो । अर्यालले अनुसन्धानको लागि प्रहरीलाई उपलब्ध गराएको सीसीटीभी फुटेजको प्रतिवेदन पनि आइनसकेको र कहिले आउने भन्ने टुंगो नभएकोले पनि थप समय आवश्यक पर्ने बताउनुभएको छ।

    छानबिनका क्रममा समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग आज करिब ३ घण्टा सोधपुछ गरेको थियो । शर्माले बजेट निर्माणमा अर्थ मन्त्रालयका सरोकारवाला अधिकारीबाहेक अन्य कर्मचारी संलग्न भएको आरोप अस्वीकार गर्नुभएको थियो ।

    sansad karyasuchi

    बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको जनार्दन शर्माको बयान


    संसदीय छानविन विशेष समितिको बैठकमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको बयान दिनुभएको छ।

    आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको र निश्चित समुहको हित हुनेगरि करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । घटनाको छानविन गर्न गठन गरिएको ११ सदस्यीय छानविन समितिले यस अघि मन्त्रालय र सम्बद्द विभिन्न व्यक्तिहरुसंग पनि बयान लिएको छ।बयानका क्रममा मन्त्रालयका अधिकारीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयको प्रतिवाद गरेका थिए। बयानको क्रममा शर्माले पनि मन्त्रालयका अधिकारीहरुबाहेक अन्य कोही पनि संलग्न नभएको र स्थापित मूल्य, मान्यता र पद्धतिका आधारमा बजेट निर्माण गरिएको बताउनुभएको छ।

    पत्रकारसँग लिइएको बयानमा अर्थमन्त्री विरुद्द प्रमाण रहेको पुष्टि
    मन्त्रालयका अधिकारीहरु र निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयको प्रतिवाद गरिरहँदा, यो घटनालाई पहिलो पटक सार्वजनिक गरेका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले भने आफुहरुसंग समाचारको स्रोत र अर्थमन्त्रीविरुद्ध अन्य प्रमाणहरु पनि रहेको तर, पत्रकारिताको मान्यताअनुसार स्रोतलाई जोगाउनु पर्ने भएकोले स्रोत खुलाउन नमिल्ने बताएका छन्।

    पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले लेख्नुभएको समाचारबाट उत्पन्न विवादपछि जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजिनामा दिनुभएको थियो। अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार सुरेन्द्र काफ्ले र ममता थापाले अहिलेसम्म समाचार पुष्टि हुने कुनै पनि किसिमको प्रमाण भने सार्वजनिक गरेका छैनन्।

    एसपिपि सम्बन्धमा परराष्ट्र मन्त्रालयको को नीति के हो ?

    मन्त्रिपरिषद बैठकले एसपिपीमा सहभागी नहुने भन्दै अमेरिकालाई पत्राचार गर्ने भन्ने निर्णय गरेको झण्डै एक महिना बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म सो सम्बन्धमा अमेरिकालाई कुनै पनि किसिमको पत्राचार गरेको छैन।

    अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णयबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेकोमा विभिन्न राजनीतिक दलका नेताहरुले प्रश्न उठाइरहेका बेला परराष्ट्र मन्त्रालयले भने सम्बन्धित निकायसँग गृहकार्य मात्र गरिरहेको जानकारी दिएको छ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ताले बुधबार नियमित पत्रकार सम्मेलन गरी यस विषयमा रक्षा मन्त्रालय, नेपाली सेना र अन्य निकायसँग छलफल गर्नुपर्ने र गृहकार्य भइरहेको जानकारी दिंदै, नेपाल सरकारको निर्णयबारे उपयुक्त समयमा कूटनीतिक संयन्त्रमार्फत अमेरिकासँग पत्राचार गर्ने बताइएको छ।

    मधेश प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीको ताला

    मधेश प्रदेश सरकारको कृषि मन्त्रालयले किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा ताला लगाइदिएका छन्।

    बुधबार जनकपुरधाममा प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताहरु कृषि मन्त्रीलाई कारवाही गर्ने भन्दै मन्त्रालय पुगेका थिए। तर मन्त्रीलाई नदेखेपछि उनीहरुले मन्त्रालयमा नै तालाबन्दी गरिदिएका हुन् ।कृषकहरुलाई दिइएको योजनामा, मन्त्री र कर्मचारीलाई कमिसन नदिएको भन्दै भुक्तानी रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिका हुन्।

    उनीहरुले, कृषकको युजनामा भएको भ्रष्टाचारमाथि छानबिन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने लगायतका मागहरु राख्दै प्रदर्शन गरेका हुन्। यसै विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जनमत पार्टीले, सरकारले यसमा यथाशिघ्र पहल नगरेमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने र मन्त्रीहरुलाई जनकारवाही हुने चेतावनी समेत दिएको छ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दाशानायकद्वारा राजीनाम

    नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    व्यक्तिगत कारण देखाउँदै पुबुदले प्रशिक्षकबाट राजीनामा दिएको बताउंदै गर्दा, पछिल्लो समय राष्ट्रिय टिमको प्रदर्शन खस्कँदै गएको कारण क्रिकेट समर्थकहरुले प्रशिक्षक र कप्तान सन्दिप लामिछानेले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।
    पुबुदले करिब एक साता अघि इमेल मार्फत क्यानलाई राजीनामा पठाएका हुन्। नेपाल क्रिकेट संघ क्यानसँग दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका पुबुदुले ८ महिनामै राजीनामा बुझाएका हुन् ।

    पुबुदुले सन् २०११ देखि २०१५ सम्म पहिलोपल्ट नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

    नेपाली काँग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त

    नेपाली कांग्रेसले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ।

    नेपाली काँग्रेसका पार्टी सभापति एवं संसदीय दलका नेता शेर बहादुर देउवाले बुधबार पार्टीको प्रमुख सचेतक र सचेतकको रुपमा यादव र विश्वकर्मालाई नियुक्त गर्नुभएको हो।
    यस अघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि रिक्त रहेको दुवै पद पूर्ति गर्दै यादव र विश्वकर्मालाई नियुक्त गरिएको हो।

    अक्सिजेनेटर सकिएपछि गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द

    गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा अक्सिजेनेटर सकिएपछि अस्पतालले दिने मुटुको शल्यक्रिया सेवा बन्द भएको छ।

    अक्सिजेनेटर सकिएपछि मुटुको शल्यक्रिया सेवा रोकिएको भन्दै अस्पतालले मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाएको छ। दैनिक ७ देखि ८ जनाको शल्यक्रिया गर्ने अस्पतालले अक्सिजेनेटर सकिन एक महिना अघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो। यधपी अक्सिजेनेटर कहिले आउँछ भन्ने विषयमा अस्पताल प्रशासन मौन देखिन्छ। शल्यक्रिया सेवा रोकिएपछि स्वास्थ्यमन्त्री, सचिव, नीति योजना महाशाखाका प्रमुखलगायत बसेर सो विषयमा छलफल गरेको भनिएपनि उपकरण कहिले आउँछ भन्ने विषय भने अझै अनिश्चित बनेको छ।

    ४० देखि ५० हजारसम्म मूल्य पर्ने अक्सिजेनेटर एक पटकमा एक जना बिरामीलाई मात्र प्रयोग गर्न सकिन्छ र यसको मूल्य बिरामीले नै तिर्नुपर्नेछ। शल्यक्रियाको समयमा यसले रगतमा अक्सिजन पुराउने काम गर्दछ।

    संसदीय विशेष छानविन समितिले आज जनार्दन शर्माको बयान लिने

    बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएको कुरा सार्वजनिक भएपछी राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभाको विशेष छानविन समितिले आज बयान लिने भएको छ।

    बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले यस अघि नै अर्थ मन्त्रालय अन्तर्गतका १० जना अधिकारीहरुसँग बयान लिएको छ। बयानका क्रममा मन्त्रालयका अधिकारीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयको प्रतिवाद गरेका थिए। बयान अघि समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन गरेको आग्रहमा अर्थमन्त्रालयले भने १३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने भन्दै असारको मात्र फुटेज उपलब्ध गराएको थियो।
    प्रमाण नष्ट गराउन सिसिटिभी फुटेज मेटाएको हुनसक्ने विभिन्न चर्चा र बहसकोबीच छानविन समितिले सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ । यधपी प्रहरीले भने सीसीटीभी फुटेज रिकभर गर्न सकिने वा नसकिने भन्ने कुरा हार्डडिक्सको अवस्थामा भरपर्ने बताएको छ।

    यी तमाम घटनाहरुकोबीच छानविन समितिले आज जनार्दन शर्मासंग बयान लिनेछ। घटनाक्रम अनुसार अहिलेसम्म अर्थ मन्त्रालयका अधिकारीहरुसंग लिएको बयानलाई मात्र आधार मान्ने हो भने पनि समितिले शर्मा विरुद्द कुनै त्यस्तो ठोस प्रमाण जुटाउन सकेको छैन। यधपी आज शर्माको बयानमा उनले के भन्नेछन भन्ने कुरा भने चासोको विषय बनेको छ।

    आगामी ३ दिनको मौसमी विवरण: मेघगर्जन /चट्याङ्ग सहित वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ।हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

    २०७९ साउन ४ गते (बुधबार)

    दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९ साउन ५ गते (बिहीबार)

    दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९ साउन ६ गते (शुक्रबार)

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

    देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

    प्रारम्भिक शान्ति सम्झौतामा अडिग रहन युक्रेनले चाहना देखाएन : पुटिन

    रुसी राष्ट्रपति पुटिनले मार्चमा भएको प्रारम्भिक शान्ति सम्झौताको रूपमा वर्णन गरेका सर्तहरू पूरा गर्न युक्रेनले कुनै इच्छा नदेखाएको बताएका छन्।

    इरानको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै पुटिनले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सले रुस र युक्रेनबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको बताएका छन् । यधपी, जेलेन्स्कीसँग सम्भावित भेटको बारेमा सोध्दा, युक्रेन मार्चमा “व्यावहारिक रूपमा प्राप्त” भएको प्रारम्भिक शान्ति सम्झौताका सर्तहरूमा अडिग नभएको उनले बताएका छन्।

    उनले भने”अन्तिम नतिजा अवश्य पनि … सम्झौता गर्ने पक्षहरूको सहमतिलाई कार्यान्वयन गर्ने इच्छामा निर्भर गर्दछ। तर किभलाई आज शान्ति सम्झौतामा कुनै इच्छा नभएको देखिन्छ ।”

    युरोपमा डढेलोले हजारौँ मानिस विस्थापित : तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च

    फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिसलाई आफ्नो घर छाड्न बाध्य पारेको छ ।

    स्पेनको उत्तर-पश्चिमी जामोरा क्षेत्रको जंगलमा लागेको डढेलोबाट दुई जनाको मृत्यु भएको छ भने रेल्वे ट्र्याक नजिकैको आगलागीका कारण त्यहाँका रेल सेवाहरु अवरुद्द हुन पुगेको छ। जङ्गली डढेलोले ३०,००० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।
    आगलागीको कारण फ्रान्सको दक्षिण-पश्चिमको लोकप्रिय पर्यटकीय क्षेत्र गिरोन्डे विशेष गरी नराम्रोसँग प्रभावित भएको छ। फ्रान्सभरका अग्निनियन्त्रकहरूले गत हप्तामा १९,३०० हेक्टर जमिन नष्ट गरेको दुईवटा आगो नियन्त्रण गर्न संघर्ष गरिरहेका छन्। हावाले दिशा बदलेपछि बोर्डो सहर मंगलबार बिहानै धुवाँले ढाकेको थियो ।

    उत्तरी पोर्चुगलको मुर्का क्षेत्रमा आगो फैलिएपछि धेरै गाउँहरू खाली गरिएको छ भने स्पेनमा कम्तिमा २० वटा आगो नियन्त्रण बाहिर गएको छ।

    europe temperature

    तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च:
    मौसमविद्हरूले बेल्जियमको सुदूर दक्षिणका साथै पश्चिमी र दक्षिणपश्चिम जर्मनीमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान गर्दै गर्मीको लहर उत्तरतर्फ गइरहेको बताएका छन्। उत्तरतर्फ सर्दै गरेको गर्मीको कारण पश्चिमी युरोपले मङ्गलबार थप बढ्दो तापक्रमको सामना गर्नुपरेको छ।

    युकेमा अहिलेसम्मकै उच्च ३९.१ डिग्री सेल्सियस तापक्रमको मापन गरिएको र तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ।
    सोमबार, नेदरल्यान्ड्सले वर्षको सबैभन्दा तातो दिन ३३ .६ डिग्री सेल्सियस तापक्रम मापन गरेको छ।

    पोर्चुगलमा जुन जुलाईको रेकर्ड अनुसार तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ। स्पेन र पोर्चुगलमा हालैका दिनहरूमा गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    फ्रान्सको पश्चिमी सहर नान्टेसको तापक्रम ४२ डिग्री सेल्सियस रहेको फ्रान्सको राष्ट्रिय मौसम कार्यालयले जनाएको छ।

    मानव-प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहर लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने अनुमान गरिएको छ। उद्योग स्थापना भएदेखि नै विश्वको तापक्रम १.१ डिग्री सेल्सियसले बढ्दै गएको बताइएको छ।

    गभर्नर बर्खास्तीको माग गर्दै सत्तारुढ दल सम्बद्द विद्यार्थी संगठनहरुको संयुक्त आन्दोलन

    सत्तारुढ गठबन्धन दल सम्बद्द विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै पाँच दिने चरणबद्द आन्दोलनको घोषणा गरेका छन्।

    नेपाली कांग्रेस सम्बद्द नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा गभर्नर अधिकारी उर्फ एम अधिकारीले राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप पदमा रहेर कानुनको धज्जी उडाएको र प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न शक्रिय रहेको दावी गर्दै सरकार समक्ष गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।

    उनीहरुले गभर्नर बर्खास्तीको माग गर्दै घोषणा गरेको चरणबद्द आन्दोलन अन्तर्गत,
    श्रावन ३ गते प्रधानमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाउने, ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने ,५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने, ६ गते देशभरका कलेजमा विरोध प्रदर्शन गर्ने र ७ गते संघिय संसद सदस्यहरुलाई गभर्नर बर्खास्तीको माग गर्दै संसदमा आवाज उठाउन अनुरोध गर्ने घोषणा गरेका छन् ।

    press release on governor resignation

    इरानले रुसी रुबलमा व्यापार सुरु गर्ने


    विदेशी मुद्रा विनिमय अन्तर्गत इरानले रियाल-रुबलमा व्यापार सुरु गर्ने भएको छ।

    इरानको आधिकारिक विदेशी मुद्रा विनिमयले रूसी मुद्रालाई सूचीबद्ध गरेको छ र रुबल-रियाल मुद्रा जोडीमा व्यापार सुरु गर्ने जनाएको छ।

    यो सूची राष्ट्रपति पुटिनको तेहरान भ्रमण अघि आएको हो, र इरानको केन्द्रीय बैंकका प्रमुखले यसलाई “इरान र रुसबीचको आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण कदम” भनेर वर्णन गरेका छन्।

    मस्कोले यसअघि इरानसँगको कारोबारमा अमेरिकी डलरको प्रयोग क्रमशः बन्द गर्ने वाचा गरेको थियो। दुई देशहरू बीचको व्यापार यस वर्षको पहिलो चार महिनामा ३१% ले बढेको छ।
    मस्को र तेहरानले ठूलो नयाँ सहयोग सम्झौताको तयारी गरिरहेको बताउंदै क्रेमलिनका प्रेस सेक्रेटरी दिमित्री पेस्कोभले रसिया र इरान विश्वका सबैभन्दा बढी प्रतिबन्धित राष्ट्रहरू मध्ये पर्ने र दुवै राष्ट्र मिलेर अर्थतन्त्रमा अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रभावलाई कम गर्ने बताएका छन्।

    सत्तारुढ दलको गठबन्धनले दबाबमा परेको एमाले

    स्थानीय तहमा ३४ प्रतिशत मत प्राप्त गरेको नेकपा एमालेले बहुमत प्राप्त गर्न बाँकी १६ प्रतिशतको लागि चुनावी रणनीति तयार गरिरहेको बेला , प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेरै जाने सत्तारुढ दलहरुको निर्णयले नेकपा एमाले यतिखेर दबाबमा परेको छ।

    सत्तारुढ गठबन्धनसँग एक्लै भिड्ने तर सत्ता प्राप्तिका लागि मात्र कसैसंग गठबन्धन नगर्ने बताउंदै आएको नेकपा एमाले यतिखेर सर्तसहित तालमेल गर्ने पक्षमा देखिएको छ। सत्तारुढ दलहरुले संघ र प्रदेशको निर्वाचनमा पनि चुनावी तालमेल गर्ने संकेत पाएको एमालेले लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउने उद्देश्यमा सहमत हुने जुनसुकै शक्तिसँग तालमेल गर्ने नीति अघि सारेको छ। एमालेले पार्टीको जनाधार बलियो भएको ठाउँमा एक्लै लड्ने र बाँकी क्षेत्रमा गठबन्धनलाई हराउन सक्ने गरि तालमेल गर्ने रणनीतिमा अघि बढ्ने संकेत गरको छ।

    काँग्रेससंगको गठबन्धन तोडेर आए पुन वामपन्थी दलहरुबीच एकता गर्न सक्ने भन्दै अनौपचारिक छलफल गर्दै आइरहेको नेकपा एमालेले सात वटै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण पनि सुरु गरेको छ ।नेकपा एमाले एकातर्फ पार्टी प्रवेश र निर्वाचन लक्षित प्रशिक्षणलाइ अगाडि बढाईरहेको छ भने अर्को तर्फ नेकपाबाट छुट्टीएर गएका एकीकृत समाजवादी र माओवादीका दोश्रो पंक्तिका नेताहरूलाई फिर्ता बोलाउने प्रयासमा समेत रहेको छ।

    पेट्रोलियम पदार्थमा कर घटाएर जनतालाई राहत दिने सरकराको निर्णय कार्यान्वयन भएन

    देउवा सरकारले आफ्नो एक वर्षे उपलब्धि अन्तर्गत, बजारमा पेट्रोलियम पदार्थको मुल्य बढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मुल्य घटाउँदै मुल्यबृद्धि नियन्त्रणको प्रयास गरिएको भनेर उल्लेख गरेको कुरा हप्ता दिन नबित्दै झुट साबित भएको छ।

    सरकारले असार ११ मा पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ कर समायोजन गर्ने निर्णय गरेको थियो। तर सरकारले गरेको निर्णय सरकारको उपलब्धि भनेर सार्वजनिक भैसक्दा पनि कार्यान्वयन भने हुन सकेको छैन। गत शनिबार भारतले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १५.७६ र डिजेलमा १६.५६ रुपैयाँ मूल्य घटेर आए पनि सरकारको निर्णय कार्यान्वयन हुन नसक्दा नेपाल आयल निगमले बढेको मूल्यमा नै उपभोक्तालाई पेट्रोलियम पदार्थको बिक्रि गरिरहेको छ।
    यता आयल निगमले भने अर्थ मन्त्रालयले सरकारको निर्णय अनुसार कर घटाउन कुनै चासो नदिएको कारण, इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौताको रकम चुक्ता नभएसम्म आफुहरुले मूल्य घटाउन नसक्ने बताएको छ।निगमका अनुसार आईओसीबाट ११७ . ४२ रुपैयाँ मा किनिएको पेट्रोलमा ६३.३६ रुपैयाँ र १३७.३६ रुपैयाँमा खरिद भएको डिजेलमा ४७.३ रुपैयाँ सरकारी कर/राजस्व जोडिने गरेको छ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारीलाई नहटाउन स्थानीय निकायलाई निर्देशन

    प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्द करारका कर्मचारीलाई नहटाउन स्थानीय निकायलाई निर्देशन दिइएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्द करारका कर्मचारीलाई नहटाउन निर्देशन दिंदै स्थानिय निकायलाई पत्राचार गर्नुभएको छ।
    स्थानिय निकायले स्व निर्णयको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको कर्मचारी हटाएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै,सो कार्यक्रम अन्तर्गतका कर्मचारीहरुलाई कानूनी प्रक्रिया अनुसार बाहेक सेवाबाट नहटाउन अनुरोध गरेको छ।

    pradhanmnatri rojgar karyakram

    चिनियाँ सेनाद्वारा अमेरिकालाई चेतावनी

    अमेरिकाले ताइवानसँग ठूलो हतियार सम्झौतालाई अनुमोदन गरेपछि बेइजिङले आफ्नो ‘क्षेत्रीय अखण्डता’ को रक्षा गर्ने वाचा गर्दै, अमेरिकालाई ताइवानसँगको हतियार सम्झौता रोकेर सैन्य सम्बन्ध तोड्न चेतावनी दिएको छ।

    बेइजिङमा परराष्ट्र र रक्षा मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै बाइडेन प्रशासनले ताइवानलाई नयाँ अमेरिकी हतियार बिक्री गर्ने सम्झौताको निन्दा गरेको छ।१०८ मिलियन अमेरिकी डलर बराबरको सो सम्झौतामा बख्तरबंद सवारी साधन र प्राविधिक सहयोग समावेश गरिएको छ।

    अमेरिकाले ताइवानलाई हतियार बिक्रीको योजना तुरुन्त फिर्ता लिँदै अन्य सबै हतियार सम्झौताहरू रोकेर सैन्य सम्बन्ध नातोडेको खण्डमा, चीन र अमेरिका र दुई देशको सेनाबीचको सम्बन्ध र ताइवानको शान्ति र स्थायित्वलाई कमजोर बनाउने र यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चिनिया रक्षा मन्त्रालयका प्रवक्ता कर्नल तान केफेईले बताएका छन्।

    चिनियाँ जनमुक्ति सेनाले, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न र ‘ताइवान स्वतन्त्रता’ को लागि कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र पृथकतावादी प्रयासहरूलाई दृढताका साथ विफल पार्न हरेक उपाय अपनाउन तयार रहने चेतावनी दिंदै ताइवान वरपर आफ्नो समुद्री र हवाई सैन्य गतिविधिलाई थप बढाएको छ।

    फिनल्याण्ड र स्वीडेनले नेटो सदस्य बन्नुअघि टर्कीको सर्तहरू पूरा गर्नुपर्ने राष्ट्रपति एर्दोगानको चेतावनी


    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्विडेन र फिनल्याण्डले आफ्नो सम्झौता पुरा गर्न असफल भएमा दुवै देशलाई नेटोको सदस्यतामा रोक लगाउने चेतावनी दिएका छन्।
    स्विडेन र फिनल्याण्डले हतियार बिक्रीमा टर्कीलाई लगाएको प्रतिबन्धको अन्त्य गर्नुपर्ने र स्विडेन र फिनल्याण्डमा शरण लिएर बसेका तर टर्कीले आतंककारी घोषणा गरेको कुर्दिस्तान वर्कर्स पार्टीका विद्रोहीहरुलाई कारवाही गर्नुपर्ने माग टर्कीको रहेको छ।
    जुन महिनाको अन्तिमसम्म पनि नेटो सदस्य बन्ने स्विडेन र फिनल्याण्डको आहवानलाई रोकिराखेको टर्कीले म्याड्रिडमा भएको त्रिपक्षीय सम्झौतापछि भने स्पेनमा भएको शिखर सम्मेलनमा स्विडेन र फिनल्याण्डलाई औपचारिक आमन्त्रित गर्ने अनुमति दिएको थियो। तर आफ्नो मागमा टर्कीको अडान कायम रहेको भन्दै माग पुरा नभएसम्म दुवै देशलाई नेटोमा सम्मिलित हुन आफुले रोक लगाउने एर्डोगानले बताउंदै आएका छन्।

    फिनल्याण्ड र स्वीडेन शीतयुद्धको समयमा तटस्थ रहेपनि , युक्रेनमा भएको रूसी सैन्य आक्रमणपछि भने सुरक्षाको चिन्ताबीच दुवै देशले नेटोमा सम्मिलित हुन मे १८ मा आवेदन दिएका थिए । ३० नेटो देशहरूको संसदले अनुमोदन गरेको खण्डमा मात्र उनीहरूले सदस्यता प्राप्त गर्न सक्ने अवस्था रहन्छ।

    बाइडेनले अमेरिकी प्रतिनिधि सभाको राष्ट्रिय रक्षा प्राधिकरण ऐन अन्तर्गत टर्कीले एफ-१६ लडाकु विमानहरू किन्नु अघि थप प्रमाणपत्रहरू पेश गर्नुपर्ने नीति अघि सारेपछि एर्दोगानले स्विडेन र फिनल्याण्डलाई नेटोमा सम्मिलित गराउन सर्तसहितको चेतावनी अघि सारेको बताइएको छ।
    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले भने एफ १६ को विषयलाई लिएर टर्कीले स्विडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउने विषयमा विवाद सिर्जन्ना गर्न नहुने बताएका छन्। उनले यसका लागि कंग्रेसको स्वीकृति प्राप्त गर्न सक्ने पनि बताएका छन्।

    प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने काँग्रेस केन्द्रिय समितिको निर्णय


    पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।

    शीर्ष नेताहरुसँगको छलफल र सहमतिपछि चुनावी तालमेलको प्रस्तावलाई अनुमोदन गर्दै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले बताउनुभएको छ। यसरी गठबन्धनमा रहेका दलहरूका चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।

    पार्टी निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले आगामी साउन मसान्तभित्र भ्रातृ संस्थाको पूर्णता दिने र सदस्यता व्यवस्थापन केन्द्रीय समिति,केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको पनि बताउनुभएको छ।

    आईजीपी नियुक्तिविरुद्धको रिट खारेजीपछि एआईजी विश्वराज पोखरेलको राजीनामा

    सर्वोच्च अदालतले गत असार ३१ मा प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट खारेज गरिदिएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

    ज्येष्ठता मिचेर धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै वैशाख १९ गते एआईजी पोखरेलले सर्वोच्चमा दायर गरेको रिट कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले खारेज गरेको थियो । सर्वोच्चमा रिट दायर गरेपछि विदामा बसेका पोख्रेलले रिट खारेज भए लगत्तै राजीनामा बुझाएका छन्।

    नेपाल प्रहरीका ३४ इन्सपेक्टर बढुवाका लागि सिफारिस

    प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस

    जनपद प्रहरी समूहतर्फका ३४ प्रहरी निरीक्षकलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित )को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बताइएको छ।
    बढुवा सिफारिसमा परेका प्रहरी निरीक्षकहरुको नामावली :

    राष्ट्रपति चयनका लागि भारतमा निर्वाचन सुरु

    राष्ट्रपति चयनका लागि आज भारतमा निर्वाचन सुरु भएको छ।

    १५ औं राष्ट्रपतिका चयनका लागि आज बिहान १० बजेबाट निर्वाचन सुरु भएको छ।
    निर्वाचनमा सत्तारुढ दल राष्ट्रिय लोकतान्त्रिक गठबन्धनबाट द्रौपदी मुर्म र विपक्षी दलबाट यशवन्त सिन्हाले प्रतिस्पर्धा गर्दैछन् ।

    अन्य दलहरुको पनि समर्थन रहेको कारण मुर्मलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ। निर्वाचनमा भारतका दुवै सदन, राज्यसभा र विधानसभा सदस्यहरुले मतदान गर्न गर्नेछन् भने बिहीबारसम्म निर्वाचनको नतिजा सार्वजनिक हुने बताइएको छ।

    मन्त्रिपरिषदको १७ निर्णय

    असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १७ वटा विषयहरुमा निर्णय गरेको छ।


    मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय अन्तर्गत पर्ने १७ वटा विषयहरुमा निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ।

    मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कुलदेव थापालाई बढुवा गर्ने, माथिल्लो कर्णाली जलविधुत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद २ वर्ष थप गर्ने, विभिन्न १० वस्तुको पैंठारीमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने लगायतका निर्णयहरु गरेको छ।

    मन्त्रिपरिषद बैठकले गरेको निर्णयको पूर्णपाठ :

    पेट्रोलियम पदार्थको खरिद मूल्य घट्यो :जनतालाई भने बढेकै मूल्यमा बिक्रि

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर आएको छ ।

    घटेको मूल्य अनुसार शनिबारदेखि आयल निगमले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा कम मुल्यमा खरिद गरेको छ।

    नेपाल आयल निगमले भारतबाट घटेको मुल्यमा पेट्रोलियम पदार्थ खरिद गरेपनि,निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता र लामो समयदेखि बेहोर्दै आएको घाटाको कारण नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुने भएको छ।

    १५० सीसीमाथिका मोटरसाईकल र ३०० डलरमाथिका मोबाइल आयातमा प्रतिबन्ध

    वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले भदौ १४ गते सम्मको लागि १५० सीसीमाथिका मोटरसाइकल र ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ।

    यस अघि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बैशाखमा २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेटको आयातमा प्रतिबन्ध लगाएको थियो।

    राजपत्रमा प्रकाशित सूचना अनुसार २०७९ साउन १ गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेकाको हकमा भने अहिलेको व्यवस्था लागु नहुने बताएको छ।वैदेशिक मुद्रा सञ्चितिमा कमि आएपछि सरकारले विलाशिताका वस्तु आयातमा कडाई गर्दै आएको छ।

    अस्पतालको सेवा बन्द गरेर राष्ट्रपतिको कार्यक्रममा उपस्थित हुन निर्देशन

    चिकित्सा शास्त्र अध्ययन संस्थानले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर संस्थानको ५०औँ वार्षिकोत्सव समारोहमा उपस्थित हुन उर्दी जारी गरेको छ।

    श्रावण १ गते, दिउँसो १२:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कार्यक्रममा राष्ट्रपति बिध्या देवी भण्डारीको उपस्थिति रहने भन्दै, उक्त कार्यक्रमका लागि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर कार्यक्रममा उपस्थित हुन उर्दी जारि गरिएको छ।

    चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन दिव्या सिंह शाहले त्रि वि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई लेखेको पत्रमा आकस्मिक बाहेक सबै सेवा बन्द गरेर विभागीय प्रमुख लगायत सबै फ्याकल्टीहरुलाई कार्यक्रममा उपस्थित हुन निर्देशन गरिएको छ।

    देशभर आजको मौसम कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसारआज दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साउदी युवराज र अमेरिकी राष्ट्रपतिको भेटमा पत्रकार खशोग्गीको हत्याको विषय उठान

    सम्बन्ध पुनर्निर्माण गर्न साउदी अरेबिया पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी युवराज मोहम्मद बिन सलमानसँगको भेटमा पत्रकार जमाल खशोग्गीको हत्याको विषय उठाएको बताएका छन् ।

    टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा अक्टोबर २०१८ मा पत्रकार खशोग्गीको हत्यापछि अमेरिकी गुप्तचर एजेन्सीहरूले युवराज मोहम्मद बिन सलमानलाई हत्याकोआरोप लगाएका थिए।

    खशोग्गीको हत्या बाहेक, राष्ट्रपति बाइडेनले, साउदी अरबसंग बजारमा तेलको आपूर्ति बढाउने विषयमा छलफल भएको र साउदी अरेबियाले इजरायल जाने र आउने विमानहरूलाई लगाएको हवाई प्रतिबन्ध पनि फुकुवा गर्ने घोषणा गरेको बताइएको छ।

    रक्सीले मातिएका विधुत प्राधिकरणका कर्मचारीले पत्रकार कुटेपछि

    भरतपुर, चितवन: समाचार सङ्कलनको क्रममा विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय पुगेका पत्रकार कृष्ण आचार्यलाई प्राधिकरणका कर्मचारीले कुटपिट गरेका छन्।

    शुक्रबार दिनभर भरतपुरको विभिन्न क्षेत्रमा विधुत अवरुद्ध भएपछी रिपोर्टिंगको क्रममा पत्रकार आचार्य विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय पुग्दा कार्यालयका कर्मचारीहरु मासु र मदिराको भोजमा व्यस्त थिए। सरकारी कार्यालयमा देखिएको सो घटनाको तस्विर खिचेपछि रक्सीले मातिएका प्राधिकरणका कर्मचारीले पत्रकार आचार्यमाथि हातपात गरेका हुन्। कर्मचारीको कुटपिटबाट पत्रकार आचार्यको शरीरको लुगा समेत च्यातिएको र हातमा चोट लागेको छ भने,उनि प्राधिकरणको पर्खाल चढी भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ।

    दोषीलाई पक्राउ गरि कारवाही गर्नुपर्ने माग राख्दै चितवनका पत्रकारहरुले नाराबाजी गरेपछि प्रहरीले प्राधिकरणका कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

    पत्रकार आचार्य प्रेस चौतारी चितवनको उपाध्यक्ष समेत हुनुहुन्छ ।

    प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनको टिप्पणीप्रति चीनको आपत्ती

    चीनले फैलाएको भ्रमकाबीच पनि नेपालको संसदबाट एमसीसी पास भएको भनि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिको सुनुवाइमा दिएको अभिव्यक्तिको खण्डन गर्दै नेपालस्थित चिनिया दुतावासले प्रतिकारात्मक टिप्पणी दिएको छ।

    नेपालस्थित चिनिया दुतावासका प्रवक्ता द्वारा जारि विज्ञप्तिमा , अमेरिकी पक्षको टिप्पणी पूर्णतया आधारहीन रहेको र उनीहरूले चीनको निन्दा मात्र गरेको नभई नेपाल र त्यहाँका जनतालाई पनि अपमानित गरेको उल्लेख गरिएको छ।

    नेपाल र अमेरिकाबीच मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई लिएर चर्को बहस भएको र नेपाली संसदले, नेपालको संविधान कम्प्याक्ट र अन्य सम्बद्ध सम्झौताहरूभन्दा माथि रहने भनि विशेष रूपमा एउटा “व्याख्यात्मक घोषणा” पारित गरेको पनि बताइएको छ। उक्त घोषणाले नेपाल अमेरिकाको इन्डो-प्यासिफिक रणनीति लगायत कुनै पनि शैन्य गठबन्धनको हिस्सा नरहने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्न राष्ट्रिय हितको पक्षमा नेपाल सरकार र नेपाली जनताले वैध कार्य गरेको पनि बताइएको छ।

    अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउने क्रममा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास रहेको र कुनै जबरजस्ती कूटनीति, र निश्चित रूपमा स्वार्थी लाभहरूको लागि अन्य देशहरूको सार्वभौमसत्ता र हितहरूमा कुनै उल्लङ्घन हुन नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

    विज्ञप्तिमा ,नेपालको मित्रवत निकट छिमेकी र विकास साझेदार भएको नाताले चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न र नेपाली जनतालाई स्वतन्त्र रूपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने र नेपालको सामाजिक-आर्थिक विकासमा आफ्नो अधिकतम सहयोग गर्ने पनि बताइएको छ।

    प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    प्रतिनिधि सभाको उपसभामुखमा पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको पुष्पा भुसाल निर्वाचित हुनुभएको छ।

    संसदमा उपस्थित कुल २४२ जना सांसद मध्ये १४८ मत प्राप्त गर्नुभएकी पुष्पा भुसाल तत्काल कायम सदस्य संख्याको बहुमतले उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। भुषालको विपक्षमा ९३ मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।

    उनको प्रतिस्पर्धिको रुपमा नेकपा एमालेको तर्फबाट बिध्या भट्टराईले उपसभामुख पदको लागि उम्मेद्वारी दिनुभएको थियो।

    प्रधानमन्त्री रनिल विक्रमासिङ्घेद्वारा श्रीलंकाको कार्यवाहक राष्ट्रपतिको रूपमा सपथ ग्रहण

    प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अन्तरिम राष्ट्रपतिको रुपमा सपथ लिएका छन्। विक्रमासिङ्घेले संवैधानिक प्रक्रियालाई पछ्याएर संकटग्रस्त मुलुकमा शान्तिसुरक्षा कायम गर्ने बताएका छन् ।

    संसदका सभामुखले राष्ट्रपति गोताबाया राजापाक्षेले देश छाडेर पठाएको राजीनामा स्वीकृत गरेपछि, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रूपमा सपथ लिएका हुन्।

    विक्रमासिङ्घेले शुक्रबार विधायकहरूलाई सर्वदलीय सरकार स्थापना गर्न सहमतिको दिशामा काम गर्न आग्रह गर्दै संवैधानिक प्रक्रियालाई पछ्याउने र महिनौंसम्म इन्धनको अभाव र आधारभूत मूल्यको भाउको चपेटामा परेको देशमा शान्ति स्थापना गर्ने बताएका छन्।

    उपसभामुख पदमा आज निर्वाचन हुँदै

    संघीय संसद (प्रतिनिधि सभा) को उपसभामुख पदका लागि आज दिउँसो ३ बजे मतदान गर्ने कार्यतालिका रहेको छ।

    २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि खालि रहेको उपसभामुख पदको लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

    प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद संख्याको आधारमा उपसभामुखमा निर्वाचित हुनको लागि तत्काल कायम रहेको सङ्ख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पर्ने देखिन्छा। सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेका छन् भने नेकपा एमालेको ९८ जना सांसद रहेका छन् ।

    डा भट्टराईसहित ९ केन्द्रीय नेता जसपाबाट बर्खास्त

    जनता समाजवादी पार्टीको विरगंजमा बसेको पेन्द्र यादव समूहको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई बर्खास्त गरेको छ ।

    पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै बिहीबार भट्टराई र उनको गुटका नेतालाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

    संघीय परिषद अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्य महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोब, रमेश यादव, भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई पदमुक्त गरिएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं वन तथा वातावरण मन्त्री प्रदीप यादवले जानकारी दिनुभएको छ।

    मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई समूहको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी बनाउने निर्णय गरेको थियो।

    एक साताभित्र राष्ट्रियसभाको उपाध्यक्ष चयन गर्न वामदेव गौतमको माग

    राष्ट्रियसभाका सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक साताभित्र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गराउन सभामुख गणेशप्रसाद तिमिल्सिनालाई आग्रह गर्नुभएको छ।
    सांसद गौतमले राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको अध्यक्ष तत्काल टुंगो लगाउन सभामुख तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभएको छ।

    राष्ट्रियसभाका ४ मध्ये ३ समिति नेतृत्वविहीन रहेको उल्लेख गर्दै उनले अध्यक्ष तिमिल्सिनाले तत्काल व्यवस्था गर्न ध्यान नदिए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

    वरिष्ठ सदस्यका रुपमा सांसद गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन संसदमा प्रस्तुत गर्नुभएको थियो।

    गभर्नरले स्पष्टिकरण सरकारलाई दिने हो कि, कुनै अमुक दलबाट सफाई दिन लगाउने ?



    पार्टीको विभागीय सदस्य भएर गभर्नर पदको दुरुपयोग गरेको भन्दै माओवादी केन्द्र र सत्तारुढ दलका सांसदहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीको राजिनामा मागेपछि चुलिएको एम अधिकारी प्रकरणमा गभर्नर र नेकपा एमालेले स्पष्टिकरण दिएका छन्।

    एकातिर महाप्रशाद अधिकारीले,एमालेको अर्थ विभाग अन्तर्गत सार्वजनिक एम अधिकारी आफु नरहेको र सो प्रकरणले भ्रम सिर्जना गरेको भन्दै यस बारेमा स्पष्ट पारिदिन नेकपा एमालेको सचिवलाई सम्बोधन गरेको पत्र लेखेका छन् भने, अर्कोतिर नेकपा एमालेका सचिव भिष्म अधिकारीले, तपाई महाप्रशाद अधिकारी नेकपा एमालेको अर्थ विभागमा उल्लेख गरिएको एम अधिकारी नभएको स्पष्ट गर्दछु भनेर पत्रको जवाफ दिएको छ।

    यधपी विभागमा उल्लेख गरिएको एम अधिकारी को हो भन्ने कुरा भने अहिले सम्म खुलाइएको छैन।

    सबैभन्दा अचम्मको कुरा नेपाल राष्ट्र बैंकको गभर्नरले स्पष्टिकरण सरकारलाई बुझाउने हो कि, प्रमुख प्रतिपक्षी दललाई सफाई दिन लगाउने ? आफु सम्बन्धित दलको कुनै विभागमा नभएको आफुलाई थाहा हुने कुरामा, एकिन भएको खण्डमा कुनै अमुक राजनीतिक दललाई समर्थनमा लिएर स्पष्ट पारिदिनुपर्यो भनेर पत्र लेख्ने कि सरकारको सम्बंधित निकायलाई आफु सो पार्टीको अर्थ विभागमा उल्लेख गरिएको एम अधिकारी नभएको भनेर जानकारी गराउने? आवश्यक ठानेको र आशंका लागेको खण्डमा सरकारले आफै सम्बन्धित दलसंग त्यतिखेर जानकारी माग्ने हो। तर संसदमा २-४ जना सांसद उफ़्रिएर राजिनामा माग्यो भन्दैमा, राज्यको एउटा उच्च ओहोदामा बसेको व्यक्तिले सरकारलाई स्पष्टिकरण दिनुको सट्टा कुनै राजनीतिक दलबाट सफाई खोज्नु भनेको चोरको खुट्टा काट भन्दा खुट्टा उचाले जस्तो गर्नुले यस विषयलाई झनै शंकातर्फ धकेलेको छ। गभर्नर आफैले सरकारको सम्बन्धित निकायलाई एस घटनाबारे स्पष्ट जानकारी गराउने हो कि, कुनै एउटा अमुक राजनीतिक दललाई आफ्नो पक्षमा सफाई दिन लगाउने हो ?

    नेकपा एमालेले अहिले स्पष्टिकरण दिएर एम अधिकारी गभर्नर महाप्रशाद अधिकारी नभएको बताए पनि वास्तविक एम अधिकारि को हो भन्ने कुरा खुलाएको छैन। यो बिचमा गभर्नरले हतारिएर कुनै एउटा राजनीतिक दलबाट आफ्नो सफाई खोज्दै गर्दा भोलि कहिँ कतै एम अधिकारी नामको बुख्याँचा खडा भयो भने पनि आश्चार्य नमान्दा हुन्छ।

    उपसभामुख पदमा एमालेको तर्फबाट विद्या भट्टराईको उम्मेद्वारी

    प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गगराउनु भएको छ।

    सचेतक शान्ता चौधरी प्रस्तावक रहनुभएको उनको उम्मेदवारीमा र सांसद कृष्ण भक्त पोख्रेलले समर्थन गरेका छन्।यधपी,भोलि मनोनयन फिर्ता गर्ने बेलासम्ममा लोसपालाई सघाउने गरी आफ्नो उम्मेद्वारी फिर्ता गर्ने र लोसपाकी सांसद चन्दा चौधरीलाई समर्थन गर्न सक्ने पनि नेकपा एमालेले बताएको छ।

    मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने भोलि दिउँसो ३ बजे निर्वाचन हुनेछ।

    उपसभामुख पदमा सत्तारूढ गठबन्धनबाट पुष्पा भुसालको उम्मेद्वारी

    सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदको लागि उम्मेदवारी दिएकी छन्।

    माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेद्वारी दर्ता गराउनु भएको हो।

    मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने भोलि दिउँसो ३ बजे निर्वाचन हुनेछ।

    २०७० को निर्वाचनमा अर्घाखाँचीबाट समानुपातिक सांसद निर्वाचित भएकी पुष्पा भुसाल विगत लामो समयदेखि नेपाली काँग्रेसको सकृय राजनीतिमा लाग्दै आउनुभएको छ।

    कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य समेत भैसक्नुभएको छ। उनी २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतमकि छोरी हुन्।

    देउवा सरकारको एक वर्षे उपलब्धि: तुम करो तो बलात्कार हम करे तो चमत्कार

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको छ। यहि सन्दर्भमा देउवा सरकारको एक वर्षे कार्यकालमा भएको उपलब्धि सार्वजनिक गरियो। 

    देउवा सरकारले सार्वजनिक गरेको एक वर्षे उपलब्धि र विगतका सरकार प्रमुखहरुले सार्वजनिक गर्ने गरेको उपलब्धिमा खासै फरक केहि देखिँदैन। पुरानै ढर्रा र पुरानै शैलीको कागजी उपलब्धि जुन नागरिक स्तरमा महशुस गर्न सकिदैन।  देश राजतन्त्रबाट गणतन्त्रमा आइपुग्दा, प्रजातन्त्र फेरिएर लोकतन्त्र भयो अनि राजमार्ग फेरिएर लोकमार्ग भए। यो बिचमा धेरै शाषक र शोषक फेरिए अनि तिनको जीवनशैली फेरियो। गाउँ-गाउँमा सिंहदरबारको नारा दिएर चप्पल पड्काउँदै राजधानी छिरेकाहरु फेरिए तर तिनले दिने आश्वाशन र तथाकथित उपलब्धिका फ़ेहेरिस्त फ़ेरिएन। 

    देउवा सरकारको उपलब्धिमा,पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रीक विधि र पद्दतिमा अघि बढाउन,  संविधान, संसद र  लोकतन्त्र जोगाउन सफल भएको र निरङ्कुशताको चिन्ता र आशंका अन्त्य भई आशाको रक्तसञ्चार भएको उल्लेख गरिएको छ। 

    तर,देउवा सरकारले संबिधानको रक्षा गरि संसद र लोकतन्त्र जोगाउन सफल भएको र निरङ्कुशताको अन्त्य गरेको भन्दै गर्दा, ओलीकै पदचाप पच्छ्याएर  संवैधानिक परिषद सम्बन्धी विधेयक पारित गराउन खोज्नु के देउवाले देखाएको निरंकुशता होइन र ? हिजो प्रतिपक्षमा छंदा सदनमा कुर्लिएर असंवैधानिक भन्दै विरोध गरेको विधेयक आज आफु सरकारमा आउने बित्तिकै कसरि वैधानिक र जायज हुनसक्छ ?

    म्युजिकल चियर खेलाए जस्तो गरि सत्ता टिकाउन गैर सांसदको झुण्डलाई लिएर हप्ता-हप्तामा मन्त्रिपरिषद पुनर्गठन गर्ने र संसदीय मर्यादाको खिल्ली उडाउँदै संविधानको हुर्मत लिन खोज्ने देउवाको सत्ता केन्द्रित स्वार्थको राजनीतिलाई के अब हामीले उपलब्धि मानिदिनुपर्ने हो ?

    संबैधानिक अदालतको जगमा बनेको सरकारले लोकतन्त्रको रक्षा गरेको वकालत गरिरहँदा, गठबन्धन दलका नेताहरुको कर्तुतमा इमान्दारिताको जलप पोत्न प्रधानन्याधिशमाथि लगाएको महाअभियोगको नाङ्गो नाचले संबिधान र लोकतन्त्रको रक्षा कसरि हुन्छ ?  पार्टी विभाजनको अध्यादेश ल्याउँदा तत्कालिन समयमा निरङ्कुश भनिएको ओली सरकार र त्यसको प्रहारले ढलेको देशको लोकतान्त्रिक व्यवस्था, के देउवा सरकारले ल्याएको पार्टी विभाजनको अध्यादेशले जुर्मुराएर उठेको हो ?

    कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको भनेर भन्दै गर्दा,  मुलुकको आर्थिक सूचकांक  इतिहासकै नाजुक अवस्थामा पुगेको र व्यापार घाटा र ऋणमा चलिरहेको देशको आर्थिक अवस्था  यो सरकारले नदेखेको कि जनताको आँखामा छारो हाल्न खोजेको ? कि अनाधिकृत व्यक्तिलाई राति-राति अर्थमन्त्रालय  छिराएर आफु निकटका व्यापारीको हितमा करको दर हेरफेर गर्नुलाई चलायमान अर्थतन्त्र र सरकारको उपलब्धि भनिने हो ?

    विभिन्न क्षेत्रका महिलाहरुको माग र आन्दोलनलाई ध्यान दिदै माग अनुसार स्यानिटरी प्याडमा बजेट मार्फत भन्सार छुट दिने भन्दै गर्दा, सरकारको निर्णयले देशमा रहेका स्यानिटरी प्याड उत्पादनका उधोगहरु बन्द हुने अवस्थामा पुगेको र हजारौं नागरिक वेरोजगार हुने स्थितिको सिर्जना हुनु सरकारको उपलब्धि हो कि प्रधानमन्त्री पुत्रको लगानी रहेको स्यानिटरी सप्लाईको व्यवसाय फस्टाउनु सरकारको उपलब्धि हो ? स्वदेशी उधोगहरुलाई धराशायी पार्ने नीति अवलम्बन गरेर मेक इन नेपालको  देउवाको नारालाई मात्र खै कसरि उपलब्धि मान्ने ?

    होइन यदि महिलाले आन्दोलन गरेकै भरमा कर छुट गरेको भए, लाखौँ नागरिकले देशव्यापी रुपमा आन्दोलन र विरोध गरेको एमसीसी अनुमोदन किन गरेको ? जनतालाई अश्रुग्याँस र पानीको फोहोरा अनि लाठी र बुट बजार्दै, कडा सुरक्षा घेरा भित्र बसेर सत्ता साझेदार दललाई धम्कि र त्रासमा पारि अनुमोदन गरेको एमसीसी कसरि सरकारको उपलब्धि मान्न सकिन्छ ?

    राष्ट्रहितलाई ध्यानमा राखेर अमेरिकाको स्टेट पाटनरसिप प्रोग्रामको कार्यक्रमहरु अघि नबढाउने निर्णय सरकारको उपलब्धि भनिएको छ।  जबकि नेपालस्थित अमेरिकी दूतावासका सहायक राजदूत म्यानुअल पी मिकलरले, नेपालले सन् २०१५ र २०१७ मा गरी दुईपटक एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरिसकेको जानकारी दिएका छन्।  साथै उनले एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने पनि बताएका छन्।  यता गृहमन्त्रालयले भने आजसम्म पनि एसपिपिमा सहभागी नहुने भनेर कुनै पनि निर्णय अमिरिकालाई पठाएको छैन।  अब सरकारको यस्तो सफेद झुटलाई हामीले कस्तो उपलब्धि मानिदिनुपर्ने हो ? के देउवा सरकारले आजबाट सेतोलाई कालो भनेपनि हो हो भनेर समर्थन गर्नुपर्ने हो ?

    भारतसंग सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्वन्ध विस्तारलाई देउवा सरकारले आफ्नो उपलब्धि भनेर भन्दै गर्दा, भारतले गरेको भौगोलिक र राजनीतिक अतिक्रमण के देउवा सरकारले बिर्सिएकै हो त ? ओली सरकारले  चुच्चे नक्शा जारि गर्दा, कागजमा भएर भएन भुमि चाहियो भनेर संसदमा कुर्लेको तत्कालिन प्रतिपक्ष र हालको सताधारी दलको सरकारले खै यो एक वर्षमा चुच्चे नक्शालाई नेपाली भूभागमा समेट्न के र कस्ता पहल गर्यो ?कि चुच्चे नक्शा विर्सिएर बढाएको हार्दिकताको सम्वन्धलाई हामीले देउवा सरकारको उपलब्धि मानिदिनुपर्ने हो ?

    प्रधानसेनापतिको अमेरिका भ्रमण, देउवाको भारत भ्रमण, मोदीको लुम्बिनी भ्रमण,अमेरिकी अधिकारी र चिनिया नेताको नेपाल भ्रमणलाई देउवा सरकारले कसरि आफ्नो उपलब्धि भनेर व्याख्या गरेको हो मलाई चासोको विषय भएन तर, सबै मुलुकसँग प्रगाढ सम्वन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति सरकारको उपलब्धि भनेर कसरि मान्ने ? जबकी  एमसीसी र एसपिपी इन्डो प्यासिफिक स्ट्राटीजी अन्तर्गत अमेरिकाको चिन विरुद्धको भूराजनीतिक अस्त्र हो भनेर राम्रोसंग बुझेका देउवाले यदि  अमेरिकी अधिकारी  र चिनिया नेता पटक पटक नेपाल आउनुलाई राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति भनेर जनता झुक्याउन खोजेका हुन् भने, देउवा सरकारले अवलम्बन गरेको परराष्ट्र नीतिलाई उपलब्धि मान्न सकिन्न। त्यसो भए त,भारत सरकारले चीनको लगानीमा उत्पादित विधुत नकिन्ने र नेपालले बनाउन नसक्ने भन्दै पश्चिम सेती जलविधुत आयोजना भारतलाई बुझाउँदा देशको परराष्ट्र नीतिले कतिको फड्को मार्र्यो ?कि  त्यसलाई पनि हामीले देउवा सरकारको उपलब्धि नै मानिदिनुपर्ने हो ?

    नागरिकता विधेयकलाई सरकारले आफ्नो उपलब्धि भनेर भन्दै गर्दा, चाउचाउ बाँडेसरि भारतीय नागरिकलाई सहज रुपमा नागरिकता दिन ल्याएको नागरिकता विधेयकलाई सरकारको कस्तो उपलब्धि मान्ने ? यो उपलब्धि देश र जनताको निम्ति कि भारत सरकारको निम्ति ?

    द्वन्दकालिन घटनामा छानविन, पीडितलाई राहात एवं परिपुरणका लागि संक्रमणकालिन न्यायिक संयन्त्रको क्रियाशिलता देउवा सरकारको उपलब्धि भनेर सार्वजनिक गर्दै गर्दा, न्यायको अपिल गर्न प्रधानमन्त्री भेट्न पुगेकी  गंगामाया अधिकारी प्रधानमन्त्री निवासको गेट बाहिरबाटै लखेटीनुलाई सरकारले कस्तो उपलब्धि ठान्यो थाहा भएन , तर एउटा नागरिकले देशको जल्दोबल्दो मुद्दामा राष्ट्र प्रमुख भेट्न खोज्दा कुनै एउटा पिडित नागरिकलाई गैर नागरिक सरह व्यवहार गर्नुलाई सरकारको उपलब्धि मान्न सकिन्न। 

    किसानसँग सरकार’ को नारा सहित कृषिमा रुपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि सरकारले आफ्नो उपलब्धि भनेर भन्दै गर्दा, धान रोप्ने बेलामा मल नपाएको किसानले सरकारको योजना र नारालाई मात्र  कसरि उपलब्धि मान्न सक्ला र ?अझ त्यसमाथी , किसानलाइ पेन्सन सहित प्रोत्साहन र राहतका योजना। आवश्यक पर्दा समयमा मल दिन नसक्ने सरकारले पेन्सन दिने कुरालाई कस्तो  उपलब्धि मान्ने ? कि सरकारले वर्षैपिच्छे सार्वजनिक गर्ने नयाँ नयाँ नारा र योजनालाई मात्र पनि सरकारको उपलब्धि मानिदिनुपर्ने हो ?

    ओली सरकारकै पालामा बनेको भूमि आयोग तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको प्रक्रिया खारेज गरेको देउवा सरकारले आफ्नो पालामा गठन गरेको भूमि आयोग तथा भुमिहिन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनीलाई भने कस्तो उपलब्धि मानेको छ त्यो उनैलाई थाहा होला। 

    समग्रमा देउवा सरकारको एक वर्ष नितान्त देउवाको लागि मात्र उपलब्धि मुलक रहयो।  आर्थिक,सामाजिक र राजनीतिक सबै रुपमा देउवा सरकार गणतन्त्रमा आएर पनि पुन: एक पटक असक्षम साबित भएको छ।  विगतका दिनहरुमा अन्य सरकारले आफ्नो तारिफमा सुनाउने र सार्वजनिक गर्ने पुरानै शैलीको उपलब्धि देउवाको एक वर्षे शाषनकालमा सार्वजनिक हुनु कुनै नौलो कुरा पनि होइन।  अरुलाई नराम्रो देखाएर आफु राम्रो हुन खोज्ने एउटा राजनीतिक प्रवृतिको पुनरावृति मात्र हो।  ओली सरकारको पालामा देउवा आफैले असंबैधानिक भनेका कुराहरु आज उनि आफै सरकारमा हुँदा बैधानिक भएका मात्र हुन्। तुम करो तो बलात्कार, हम करे तो चमत्कार भनेजस्तो, पात्र मात्र फेरीए तर प्रवृति फ़ेरिएन। फरक पात्र शून्य उपलब्धि। 

    लिउ जियानचाओ स्वदेश फिर्ता

    आइतबार नेपाल आउनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओ ४ दिने नेपाल भ्रमण पश्चात बुधबार राति १० बजे स्वदेश फर्कनु भएको छ।

    भ्रमणको क्रममा जियानचाओले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गर्नुभएको छ। भेटको क्रममा जियानचाओले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गर्नुभएको थियो भने प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ।

    भेटको क्रममा लिउ जियानचाओले कुनै पनि देशसँग चीनको सम्बन्ध विचारधाराद्वारा निर्देशित नहुने भन्दै नेपालका सबै राजनीतिक दलहरुसँग सहकार्य गर्न र नेपालमा जुन पार्टीको सरकार भए पनि चीन सदैव साथ रहने बताउनुभएको छ।

    त्यसैगरी,भेटघाटकै क्रममा नेपाल–चीन सम्बन्ध लगायत द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

    आईसीसी पुरुष विश्वकप लिग दुईअन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।

    टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४२.५ ओभर खेल्दै १४४ रन जोड्न सफल भएको थियो।

    १४५ रनको लक्ष लिएर मैदानमा उत्रिएको नेपालि टोलीले २५.१ ओभरमा नै ५ विकेट गुमाएर जित हाँसिल गर्न सफल भएको हो। पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित नेपाली टोलीले स्कटल्याण्डलाई हराउंदै सिरिजको पहिलो जित दर्ता गरेको हो।

    बाबुराम भट्टराईलाई अनुशासनकाे कारबाही

    जनता समाजवादी पार्टी (जसपा)को विरगंजमा जारि केन्द्रीय समितिको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई अनुशासनकाे कारबाही गर्ने प्रस्ताव पारित भएको छ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको प्रस्ताव विरगंजमा जारि केन्द्रीय समितिको बैठकले पारित गरेको हो। काठमाडौँमा समानान्तर रुपमा आफु पक्षधरका नेताहरुलाई लिएर भट्टराईले केन्द्रीय समितिको बैठक आह्वान गरेका थिए।

    विरगंजको केन्द्रिय समिति बैठकले भट्टराईको केन्द्रिय समिति बैठकमा सहभागी गंगानारायण श्रेष्ठ, महेन्द्र यादव लगायतका नेताहरुलाई पनि अनुशासनकाे कारबाही गरिने बताएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%89%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%95/

    एक वर्षमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु

    महालेखापरीक्षकको कार्यालय काठमाडौँले सार्वजनिक गरेको उनन्साठीऔँ वार्षकि प्रतिवेदन अनुसार एक वर्षमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखिएको छ।

    संघ, प्रदेश र स्थानीय तहको रू.७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण हुँदा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ को बेरुजु थपिएको हो। गत बर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेकोमा समायोजन तथा फर्छ्योट गरिएको रकम घटाई यो वर्ष थप भएको रकम जोड्दा ४ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको छ।

    अद्यावधिक बेरुजूमा कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम थप गर्दा रु.८ खर्ब २९अर्ब १६ करोड पगुेको छ ।

    महालेखापरीक्षकको कार्यालय सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको पूर्णपाठ :

    काठमाडौँको भृकुटीमण्डपमा आगलागी

    काठमाडौँको भृकुटीमण्डपमा आगलागी भएको छ।

    भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिकाको दमकल आगलागी नियन्त्रण गर्न प्रयास गरिरहेको र ललितपुर महानगरबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ।

    अहिले प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

    राष्ट्रपति भण्डारी र चिनियाँ नेता जियानचाओबीच शितल निवासमा भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओबीच आज राष्ट्रपति निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

    चार दिने भ्रमणको अन्तिम दिन आज राष्ट्रपतिसंग शिष्टाचार भेटवार्ता गर्न जियानचाओ शितल निवास पुग्नुभएको हो। भेटको क्रममा राष्ट्रपति भण्डारीले नेपाल र चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै, नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्ने बताउनुभएको छ।

    चिनियाँ नेता जियानचाओले भने नेपालको सबै राजनीतिक दलहरुबिचको सम्बन्ध विस्तारका लागि आफु नेपाल आएको र चिन-नेपाल सम्बन्ध, मित्रता, पारस्परिक लाभ र द्विपक्षीय हितको आधारमा विकास भएको बताउनुभएको छ।

    यसघि नेता जियानचाओले प्रधानमन्त्री,परराष्ट्र मन्त्रि र अन्य राजनीतिक दलका नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो।

    राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्नुपर्ने माओवादीको माग

    माओवादी केन्द्रका सांसदहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्नुपर्ने माग राखेका छन् ।

    गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको विषय सार्वजनिक भएपछी माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग राखेका छन्। यधपी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका खोटांगका एम अधिकारी गभर्नर नै हुन् या अन्य कोहि हुन् भन्ने विषय भने स्पष्ट भैसकेको छैन।

    माओवादी केन्द्रका सांसदहरुले गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आबद्ध हुन नपाउने राष्ट्र बैंकको ऐन र कर्मचारी नियमावली विपरीत एमालेको अर्थ तथा योजना विभागका सदस्य हुँदा उहाँले सरकारको नीति कार्यान्वयन गर्नुहुन्छ कि प्रतिपक्षको निति पालना गर्नुहुन्छ ? भन्ने प्रश्न समेत गरेका छन्। अर्थतन्त्रको बिग्रदो अवस्थामा राष्ट्र बैंकको प्रमुखले दलीय अनुशासनमा रहेर नियोजित ढंगले प्रमुख प्रतिपक्षलाई सहयोग गरेको बताउंदै गभर्नर अधिकारीमाथि छानविन गरेर कारवाही गर्नुपर्ने बताएका छन् .

    प्रतिनिधि सभाको उपसभामुख पदको लागि निर्वाचन

    तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि झण्डै चार वर्षदेखि रिक्त रहेको संघीय संसद, प्रतिनिधि सभाको उपसभामुख पदको लागि निर्वाचन हुने भएको छ।

    आज बस्ने प्रतिनिधि सभाको बैठकमा, प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले उपसभामुख पदको लागि दिन र समय तोक्ने कार्यसूची समावेश गरिएको छ।
    सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने कानुनि प्रावधान अनुसार अब उपसभामुख माओवादी बाहेक अन्य कुनै दल बाट हुनुपर्नेछ। त्यसैगरी, सभामुख र उपसभामुख पद मध्ये कुनै एक पदमा महिला रहनुपर्ने प्रावधान पनि संबिधानले व्यवस्था गरेको छ।

    karyasuchi new today

    आन्दोलनरत श्रीलंकनहरुको छ वटा मुख्य माग

    आन्दोलनरत श्रीलंकनहरुको प्रतिनिधित्व गर्ने कुनै नेतृत्व संरचना वा एउटै संगठन नभए पनि विद्यार्थी युनियन, वामपन्थी मोर्चा समाजवादी पार्टीको विद्यार्थी संगठन र समाजवादी युवा संघ लगायतले प्रदर्शनमा मुख्य भूमिका निर्वाह गरिरहेका छन्।

    अन्तरिम सरकारले आवश्यक सुधार गर्नु पर्छ र नयाँ पुस्ताको लागि आम चुनाव मार्फत आफ्नो भविष्य सुनिश्चित गर्नका लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्दै उनीहरुले ६ बुंदे माग आघि सारेका छन्।

    १. राष्ट्रपति गोताबाया राजपक्षले तत्काल राजीनामा दिनुपर्छ।
    २. प्रधानमन्त्री रनिल विक्रमासिंघे र उनको सरकारले पनि तत्काल राजीनामा दिनुपर्छ।
    ३. एक वर्षको लागि अन्तरिम सरकार बनाउनुपर्छ।
    ४. जनमत संग्रहबाट एक वर्षभित्र जनताको सार्वभौमसत्तालाई अनुमोदन गर्ने नयाँ संविधान स्थापित गर्ने।
    ५. नयाँ संविधान नबनेसम्म राष्ट्रपतिको कार्यकारी अधिकार घटाउनुपर्छ र लोकतान्त्रिक संस्था बलियो बनाउनुपर्छ ।
    ६. उपरोक्त प्रस्तावहरुलाई कार्यान्वयन गर्नु अन्तरिम सरकारको मूल उद्देश्य हुनुपर्छ।

    युरोपियन युनियनद्वारा युक्रेनलाई एक अर्ब युरो आर्थिक सहायता स्वीकृत

    युरोपियन युनियनले युक्रेनलाई एक अर्ब युरो आर्थिक सहायता स्वीकृत गरेको छ।

    युरोपेली संघका अर्थमन्त्रीहरूले युक्रेनलाई तत्कालको लागि आधारभुत आवश्यकताहरु पुरा गर्न एक अर्ब युरो आर्थिक सहायता स्वीकृत गरेको बताएका छन्।

    युरोपेली नेताहरूले सहमति गरेर, गत मे महिनामा कीभका लागि वाचा गरिएको नौ-बिलियन-यूरो बराबरको सहयोग अन्तर्गतको पहिलो किस्ताको रुपमा सो रकम स्वीकृत गरिएको हो।

    सो सहयोगले युक्रेनलाई आफ्ना आवश्यकताहरू पूरा गर्न र महत्वपूर्ण पूर्वाधारको सञ्चालन सुनिश्चित गर्न सहयोग हुने चेक गणतन्त्रका अर्थमन्त्रीले बताएका छन्।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा जाँदै


    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी मंगलबार इरान भ्रमणमा जाने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।


    भ्रमणको क्रममा राष्ट्रपति पुटिनले इरान र टर्कीका नेताहरूसँगको त्रिपक्षीय बैठकमा भाग लिने बताइएको छ। त्रि-देशीय रुपमा छलफल हुने सो अस्ताना शैलीको बैठकमा सिरिया सम्बन्धि विषयमा छलफल हुने बताइएको छ।

    भ्रमणका क्रममा पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग छुट्टै भेटवार्ता गर्ने पेस्कोभले बताएका छन्।

    प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे

    प्रतिनिधि सभाको ३९ औँ बैठक बुधबार बिहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने भएको छ।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा सम्भावित कार्यसूचीमा १० वटा विषयमा छलफल गरिने प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी गराउनुभएको छ। सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खांडले नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक २०७९ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    गृहमन्त्रीले सो विधेयक प्रस्तुत गर्नुअघि नागरिकता विधेयकमा नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले दर्ता गराएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    pratinidhi sabha karyasuchi
    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%88%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%9b%e0%a4%b2%e0%a4%ab%e0%a4%b2-%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%a8%e0%a5%88-%e0%a4%a8/

    उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजे:बाबुराम भट्टराई

    आन्तरिक मतभेदका कारण फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेको आरोप लगाउनु भएको छ।
    समानान्तर रुपमा संगठन अघि बढाउंदै आज पार्टीको छुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका भट्टराईले पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको र उपेन्द्र यादवमा पार्टी समायोजनकै बेलादेखि पार्टी कब्जा गर्ने सोच हाबी भएको बताउनुभएको छ ।

    पार्टी पुनर्गठनको औचित्य र कार्यभार नामक राजनीतिक प्रतिवेदनमा भट्टराईले,पार्टी पंक्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्धेश्यतर्फ निर्दिष्ट गर्ने भन्दा पनि अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउँने, कार्यकर्ताहरुमा निरासा र झर्को सृजना गर्ने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरिएको उल्लेख गर्नुभएको छ ।

    पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम गरिएपनि कार्यान्वयनको पाटोबाट त्यसको बुझाइमा एकरुपता नदेखिएको बताउंदै,पार्टी एकताको करिब ३ बर्षमा पार्टीको आर्थिक जीवन, आय स्रोत, व्ययको शीर्षक लगायताका विषय कहिल्यै कुनै बैठकको एजेण्डा नबनेको र खर्चको नियमितता र पारदर्शीताका लागि नियमित खर्चको फाँटबारी पेश गर्ने काम समेत नभएको बताउनुभएको छ।

    पार्टीभित्रै अल्पमतमा बाबुराम भट्टराई
    उपेन्द्र यादव पक्षका नेताहरुले विरगंजमा केन्द्रीय समितिको विस्तारित बैठक डाकेको बेला काठमाडौँमा समानान्तर रुपमा छुट्टै केन्द्रीय समितिको विस्तारित बैठक गरेका बाबुराम भट्टराई पार्टीभित्रै अल्पमतमा परेका छन्।

    ४९९ सदस्यीय केन्द्रिय समिति भएको जसपामा, बाबुराम भट्टराईले डाकेको केन्द्रीय समितिको विस्तारित बैठकमा भने जम्मा ८० जना केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको छ। त्यसैगरी, ३३ सस्दयीय कार्यकारिणी समिति रहेको पार्टीमा बाबुरामको बैठकमा भने ८ जना सदस्यको मात्रै उपस्थिति रहेको थियो।
    फुटको संघारमा पुगेको यो परिदृश्यमा डा. भट्टराई भने पार्टीभित्रै अल्पमतामा देखिएका छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b5/


    प्रतिवेदनको पूर्णपाठ:

    सैद्धान्तिक छलफल अघि नै नागरिकता विधेयकमा सांसदहरुको विरोध

    नागरिकता विधेयकमा नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका छन् ।

    नागरिकता विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल गर्नुअघि नै सांसदहरुले विरोधको सूचना दर्ता गरेका छन्।

    सांसदहरुले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ विधयेक ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको भन्दै नयाँ विधेयकको विरोध गरेका छन्।

    फुटको संघारमा जनता समाजवादी पार्टी

    उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको आन्तरिक मतभेदका कारण जनता समाजवादी पार्टी यतिबेला फुटको संघारमा पुगेको छ।

    संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख मा भएको एकतापछि स्थापित समाजवादी पार्टी, २०७७ साल बैशाखमा पुन:राष्ट्रिय जनता पार्टीसँग एकता गरेर बनेको जनता समाजवादी पार्टी यतिबेला फुटको संघारमा आइपुगेको छ। पार्टीका नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले आज छुट्टाछुट्टै केन्द्रिय समितिको विस्तारित बैठक आहवान गरेका छन्।

    उपेन्द्र यादव पक्षले आजदेखि पर्साको वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटी समानान्तर रुपमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन्। अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुसहित विरगंज पुगेका उपेन्द्र यादवले भट्टराई पक्षको बैठक विधान विपरीत भएको र आफ्नो बैठक नै पार्टीको आधिकारिक बैठक भएको दाबी गरेको छ ।

    एसईई परीक्षाको नतिजा श्रावणको पहिलो हप्ता

    माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा श्रावणको पहिलो हप्ता सार्वजनिक हुने भएको छ ।


    असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारि गरिरहेको परीक्षा नियन्त्रण कार्यलयले उत्तरपुस्तिका संकलनमा ढिला भएको भन्दै श्रावणको पहिलो हप्ता परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ।यसअघि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश मातहत रहेर नतिजा सार्वजनिक गर्ने भनिएपनि प्राविधिक कारण यस पटक केन्द्रले नै नतिजा सार्वजनिक गर्ने भएको छ।


    वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको एसईईको उत्तरपुस्तिका देशभरका ५६ परीक्षण केन्द्रहरु र जापानबाट एसईई परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका पनि संकलन गरि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा भैसके पनि परीक्षा नियन्त्रण कार्यालय जानकारी दिएको छ।

    एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओ र प्रधानमन्त्री शेर बहादुर देउवाबीच आज भएको भेटमा, जियानचाओले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् भने प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ।

    प्रधानमन्त्री देउवाले नेपालमा रहेको दलाइ लामाको कार्यालय आफुले नै बन्द गराएको स्मरण गराउंदै नेपाली भूमिमा चीन विरोध कुनै पनि गतिविधि हुन नदिने बताउनुभएको छ।

    भेटको क्रममा लिउ जियानचाओले कुनै पनि देशसँग चीनको सम्बन्ध विचारधाराद्वारा निर्देशित नहुने भन्दै नेपालका सबै राजनीतिक दलहरुसँग सहकार्य गर्न र नेपालमा जुन पार्टीको सरकार भए पनि चीन सदैव साथ रहने बताउनुभएको छ।

    जियानचाओ र प्रधानमन्त्रीबीच भएको भेटमा नेपाल–चीन सम्बन्ध लगायत द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी

    बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारको विजय भएको छ।

    नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रंगबहादुर खातिलाई पराजित गर्दै एमालेका रामबहादुर बानियाँ ४७७७ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी खातीले भने ३७७४ मत प्राप्त गरेका छन्।

    त्यसैगरी, नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी रिता शाहीलाई पराजित गर्दै एमालेकी मायाकुमारी खड्का ४७२७ मत सहित विजयी भएकी छन्। साहीले भने ३७५५ मत प्राप्त गरेकी छन्।

    नगरपालिकाको १, २, ३, ५, ६, ९ र १०नम्बर वडामा एमालेले प्यानल सहित विजय हाँसिल गरको छ भने ४,७ र ८ नम्बर वडामा काँग्रेस विजयी भएको छ।

    वैसाख ३० गतेको निर्वाचनमा धाँधली भएपछी सो नगरपालिकामा असार २३ गते पुन: निर्वाचन गरिएको थियो। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

    नेपाल आइपुगे लिउ जियानचाओ

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओ नेपाल आइपुग्नुभएको छ।

    आज बिहान एयर चाइनाको विमानबाट करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको जियानचाओलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गरेका थिए।

    ६ सदस्यीय चिनियाँ टोली सहितको यो भ्रमणमा नेपाल–चीन सम्बन्धका साथै दुई पक्षीय हितका विषयमा छलफल हुने बताइएको छ।

    चारदिने नेपाल भ्रमणका क्रममा जियानचाओले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष के पी ओली लगायतका नेताहरुसंग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

    तस्विर: रासस

    युक्रेनीहरुलाई बेलायतले सैन्य प्रशिक्षण दिने


    बेलायतले आगामी महिनामा १०,००० युक्रेनी सैनिकहरूलाई तालिम दिने नयाँ सैन्य कार्यक्रम घोषणा गरेको छ।

    एक विज्ञप्तिमा, बेलायतले युक्रेनी सहभागीहरूको पहिलो समूह बेलायत आइपुगेको बताएको छ।

    बेलायती रक्षा सचिव बेन वालेसले,ब्रिटिश सेनाको विश्व स्तरीय विशेषज्ञता प्रयोग गरेर युक्रेनलाई आफ्नो सेनाको पुनर्निर्माण गर्न र आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो भविष्य आफैं रोज्ने अधिकारको रक्षा गर्नको लागि प्रतिरोध बढाउन मद्दत गर्ने बताएका छन्।

    तालिमले सैन्य अनुभव नभएका स्वयंसेवकहरूलाई पनि फ्रन्ट-लाइन लडाईमा प्रभावकारी हुने सीप प्रदान गर्नेछ । बेलायतको आधारभूत सैनिक प्रशिक्षणमा आधारित तालिममा हतियार ह्यान्डलिङ, युद्धक्षेत्रको प्राथमिक उपचार, फिल्डक्राफ्ट, गस्ती रणनीति र सशस्त्र द्वन्द्वको नियम सिकाइनेछ।

    शेखर कोइराला पक्षधरका नेताहरुको बैठक आज दिउँसो १ बजे

    नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको र संबिधान पालना नगरेको आरोप लगाउंदै आएको शेखर कोइराला पक्षधरका नेताहरुको बैठक आज दिउँसो १ बजे नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने भएको छ।

    सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन डा. शेखर कोइराला पक्षका नेताहरुले बैठक आहवान गरेको बताइएको छ।

    यसअघि पनि पार्टी सभापति देवाले स्वेच्छाचारी ढंगले पार्टी चलाएको र गुटको राजनीति गरेको भन्दै कोइराला पक्षधरका नेताहरुले पार्टी सभापतिको विरोध गर्दै आएका छन्

    आक्रोशित जनताको कब्जामा श्रीलंकाको राष्ट्रपति भवन

    राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र मुलुकलाई आर्थिक संकटमा पारेको भन्दै श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । निरन्तर प्रदर्शनको लामो शिलशिलापछी शनिबार राष्ट्रपति भवन अगाडी भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको निवासमा प्रवेश गरेपछि राष्ट्रपति गोताबाया राजापाक्ष निवास छोडेर भागेका छन्।

    कालो पहिरन लगाएका र श्रीलंकाको झण्डा बोकेका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपति राजापाक्षेको निवासमा प्रवेश गरेको तस्विर र भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ। प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै उनीहरुको घरमा आगजनीसमेत गरेका थिए ।

    प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन्। प्रहरीले सुरक्षा दिएर राष्ट्रपतिलाई सुरक्षीत स्थानमा लगेको भनिएपनि उनको स्थिति अज्ञात रहेको छ।

    नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवाको लागि सिफारिस

    गृहमन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस गरेको छ ।

    प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ बमोजिम,आज बसेको बढुवा समितिको बैठकले ३२ जना प्रहरी उपरीक्षकलाई सोहि समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।

    police 1
    police 2

    बुढीगंगा नगरपालिकाको ४ वडामा एमाले विजयी

    बाजुरा: बुढीगंगाका नगरपालिकाको ४ वटा वडामा एमाले विजयी भएको छ भने नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पनि एमालेको अग्रता देखिएको छ।

    वडा नम्बर २ मा कांग्रेसका नरबहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका पदम बहादुर भण्डारी ८३८ मतसहित विजयी भएका छन्।उनका प्रतिस्पर्धी थापाले भने २३५ मत प्राप्त गरेका थिए।त्यसैगरी, वडा नम्बर ९ मा पनि निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका मीनबहादुर सिंह ४ सय ९२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धीले भने २९३ मत प्राप्त गरेका छन्।

    यसघि नै सार्वजनिक मत परिणाम अनुसार वडा नम्बर १ र १० मा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन्।

    नगर प्रमुख तर्फा भने ३९६२ मत गणना हुँदा एमालेका रामबहादुर बानियाँ २४३३ मत सहित अगाडि रहेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १२९१ मत प्राप्त गरेका छन्। त्यसैगरी, नगरको उपप्रमुखतर्फ एमालेकी उम्मेदवार २४१७ मत सहित अगाडी रहेकी छन्। उनको प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले भने १३१२ मत प्राप्त गरिकी छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%81%e0%a4%a2%e0%a5%80%e0%a4%97%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be-2/

    निर्वाचनमा भएको अन्तरघात छानबिन गर्न माओवादी केन्द्रको ३ सदस्यीय छानबिन समिति

    नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै ३ सदस्यीय छानविन समिति बनाएको छ ।

    पार्टीको स्थायी सिमिति बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सहितको तीन सदस्यी छानबिन समिति गठन गरेको छ।

    केन्द्रीय सदस्यहरूले नै चुनावमा असहयोग गरेको भन्ने रिपोर्टिङ पार्टीलाई प्राप्त भएकोले छानबिन समिति निर्माण गरिएको बताइएको छ।

    आगामी ३ दिनको देशभरको मौसमी विवरण

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र एक- दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ र बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    २०७९ असार २५ गते (शनिबार)

    दिउँसो: देशका पहाडी भू-भागमा सामान्य देखी पूर्ण बदली रहनेछ र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९ असार २६ गते (आइतबार)

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि सामान्यता सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९ असार २७ गते (सोमबार)

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

    बाजुराको बुढीगंगा नगरपालिकाको १ र १० दुवै वडामा एमाले उम्मेदवार विजयी

    बाजुराको बुढीगंगा नगरपालिका १ र १० मा भएको निर्वाचन अन्तर्गत दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

    बाजुराको बु्ढीगंगा नगरपालिका १० मा ४९१ मत ल्याएका काँग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद ५४८ मत ल्याएर विजयी भएका छन्।सोही वडाबाट एमालेका नगरप्रमुख उम्मेदवार रामबहादुर बाँनियाले ६०२ र काँग्रेसका रंगबहादुर खातिले ४३६ मत ल्याएका छन् भने उपप्रमुखमा एमाले उम्मेदवारले ५७५ र काँग्रेस उम्मेदवारले ४७१ मत प्राप्त गरेका छन्।

    त्यसैगरी,वडा नम्बर १ को अध्यक्षमा कांग्रेस उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै एमालेका रणबहादुर थापा विजयी भएका छन्। विजयी थापाले ३५३ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी लोगबहादुर थापाले ३१८ मत ल्याएका छन् । सोही वडाबाट एमालेका नगरप्रमुख उम्मेदवारको ३५० तथा काँग्रेसका नगरप्रमुख उम्मेदवारको ३३८ मत आएको छ भने एमालेका उपप्रमुख उम्मेदवारले ३५० र काँग्रेसका उपप्रमुख उम्मेदवारले ३३८ मत ल्याएका छन्।

    राष्ट्रपतिद्वारा तिन देशको लागि राजदूत नियुक्त

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ।

    राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो।

    ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी र श्रीलंकाका लागि वासुदेव मिश्र नेपाली राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    गोली प्रहारबाट जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या

    गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। घाइते आबेको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

    पश्चिमी जापानको नारा सहरमा भएको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री आबेमाथि २ राउण्ड गोलि प्रहार भएको थियो। नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको पूर्वप्रधानमन्त्री आबेको उपचारको क्रममा अस्पतालमा नै निधन भएको हो।
    तेत्सुया यामागामी नाम गरेका ४२ वर्षीय आक्रमणकारीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
    आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीको रुपमा रहेका थिए। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका प्रभावशाली नेता आबेले सन् २०२० मा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।

    सरकारी जग्गा भाडामा लगाउने नयाँ कार्यनीति:समय बढ्यो मूल्य बढेन

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७१ सालको कार्यनीति खारेज गर्दै सरकारी जग्गा दर्ता, उपयोग र लिजमा उपलब्ध गराउने सम्बन्धी सरकारले ल्याएको नयाँ कार्यनीति २०७९ ले यसअघि ३० वर्षसम्म मात्रै सरकारी जग्गा भाडामा लिन सकिने कानुनी व्यवस्था उल्ट्याउँदै एकैपटक ४० वर्षसम्म भाडामा लगाउन सकिने व्यवस्था गरेको छ।

    नयाँ कार्यनीति अन्तरगत सरकारी जग्गा अल्पकालीन रुपमा ५ वर्ष, मध्यमकालीन रुपमा १५ वर्ष र दीर्घकालीन रुपमा ४० वर्ष सम्म लिजमा लिन सकिने व्यवस्था रहेको छ। सरकारले लिजमा उपलब्ध गराउने समय सिमा बढाएको भएपनि लिजमा दिने न्युनतम मूल्य भने पुरानै कायम गरेको छ। ८ वर्षपछी जारि नयाँ कार्यनीतिमा पनि लिज रकममा भने कुनै वृद्धि भएको छैन।

    बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति

    संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति जुटाएको छ । सहमति अनुसार बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष हद म्याद रहने भएको छ।

    सहमित अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले १८ वर्ष पूरा भएको ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पर्ने छ भने बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने छ ।

    थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

    एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ ।

    सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिनुपर्ने भन्दै बैठक अवरुद्द गरेको हो।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रुटि भएसम्मको हदमा बजेटको अंक घटाउनुपर्ने र योजनाहरु कटौती गर्नुपर्ने भन्दै,चित्तबुझ्दो जावाफ नआएसम्म बैठक चल्न नदिने बताएको छ।

    बुढीगंगा नगरपालिकाको मतगणना सुरु

    बाजुरा:हिजो सम्पन्न बुढीगंगा नगरपालिका वडा नम्बर १ र १० को निर्वाचनको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन हिजो पुन: गरिएको थियो। हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सर्वदलीय बैठक राखेर २-२ वटा वडाको गरि मतगणना गर्ने सहमति गरेको छ। मतगणना अवधिभर बुढीगंगा नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

    बुढीगंगा नगरपालिकाको मेयर पदको लागि एमालेबाट रामबहादुर बानियाँ र गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खातीले प्रतिस्पर्धा गरेका छन् भने,उपप्रमुखमा एमालेबाट माया खड्का र गठबन्धनबाट नेपाली कांग्रेसकी रिता शाही प्रतिस्पर्धिको रुपमा रहेका छन्।

    टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइने

    टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । टी–२० विश्वकप ट्रफी टुरको क्रममा अगस्ट ३० गते टी–२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौं ल्याइने आईसीसीले जनाएको छ ।

    अस्ट्रेलियामा अक्टोबर १६ बाट टी-२० विश्वकप सुरु हुँदैछ । विश्वकप सुरु हुनुभन्दा १०० दिनअघि विश्वका विभिन्न सहरमा ट्रफी लैजाने यात्रा ट्रफी टुर आजबाट सुरु भएको छ। आईसीसीले ट्रफी टुर १३ विभिन्न देशका ३५ सहरमा हुने जनाएको छ ।

    यसअघि सन् २०१९ मा एकदिवसीय क्रिकेट विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।

    यो युद्द अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात हो:पुटिन

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन तयार रहेको तर वार्ताको सम्भावनालाई अस्वीकार गर्नेहरूले जारी द्वन्द्वलाई लम्ब्याउँदा त्यसले झन् अप्ठेरो परिस्थितिको सिर्जना गर्ने बताएका छन्।

    रुस युक्रेन द्वन्दकोबीच रूसले आफ्नो क्षमता गुमाइसकेको भन्नेहरुलाई राष्ट्रपति पुटिनले, आफुले अहिलेसम्म त केहि पनि सुरुवात नगरेको र रुसलाई हराउन सक्छु भन्नेहरुलाई प्रयास गरेर देखाउन चुनौती दिएका छन्।

    पुटिनले पश्चिमा मुलुकहरु अन्तिम एक युक्रेनी रहेसम्म लड्न इच्छुक देखिनु युक्रेनी जनताका लागि दुःखद भएको बताएका छन्। रुसले निष्पक्ष अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली सिर्जना गर्न गरेको निरन्तर प्रयासलाई नाटोले खतरामा पारेको पनि उनले बताएका छन्।

    रुस र युक्रेन बीचको द्वन्द्वलाई उक्साउने पश्चिमको लक्ष्य स्पष्ट रूपमा सफल भएको तर मस्कोले युक्रेनमा आफ्नो सैन्य अपरेशन सुरु गर्नु नै पश्चिमा मुलुकहरुको हार भएको उनले बताए। यो युद्दको सुरुवात भनेको अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात रहेको पनि राष्ट्रपति पुटिनले बताएका छन्।

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउंदै

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले आगामी आइतबार नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    जियानचाओको नेपाल भ्रमण ४ दिनको हुने बताइएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    उनी यसअघि चीनको परराष्ट्र मन्त्रालयका मुख्य प्रवक्ताका साथै सूचना विभागका पूर्व महानिर्देशक पनि थिए।

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा राजीनामा

    विवादास्पद श्रृंखलाहरुको बीचमा सत्तामा आफ्नो पकड कायम राख्न संघर्ष गर्दै महिनौं बिताएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन्।

    प्रमुख प्रतिपक्षी दल लेबर पार्टीको विरोध र आफ्नै पार्टीभित्रको आन्तरिक विद्रोहपछि राजनितिक दवावमा उनले राजीनामाको घोषणा गरेका हुन्।बोरिस जोनसनले अर्को प्रधानमन्त्री चयन नहुँदासम्म कार्यवाहकका रुपमा पदमा रहने पनि उल्लेख गरेका छन्।

    यसैबीच, पूर्व बेलायती प्रधानमन्त्री जोन मेजरले भने, देशको समग्र हितका लागि उत्तराधिकारी नभेटेसम्म बोरिस जोनसन डाउनिङ स्ट्रिटमा बस्न नहुने बताएका छन्।नयाँ प्रधानमन्त्रीको चयन नहुँदासम्म उपप्रधानमन्त्री डोमिनिक राबले पदभार सम्हाल्न सक्ने पनि उनले बताएका छन्।

    आगामी निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान

    निर्वाचन आयोगले यसै वर्ष प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउन १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

    तलब, भत्ता, दैनिक भत्ता तथा यात्रा खर्च तथा अन्य सुविधामा भएको वृद्धिका कारण खर्च बढ्ने आयोगको अनुमान छ । मतदाता संख्यामा बृद्धि, मतदान केन्द्र र मतदान केन्द्रको बृद्धि, सूचना प्रविधिको प्रयोगमा भएको बृद्धि, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारी लागत, अहिलेको बजार मूल्य र ढुवानी खर्चले चुनाव अघिल्लो निर्वाचनको तुलनामा महँगो हुने आयोगले बताएको छ।

    अर्थमन्त्री शर्माले दिए राजीनामा

    अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्ने क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति लगेर सिमित व्यक्ति र संस्थाको हित हुने गरि करको दर हेरफेर गरेको विषयलाई लिएर अर्थमन्त्री शर्माको चर्को आलोचना भएको थियो। प्रमुख प्रतिपक्षी दल र गठबन्धन दल भित्रकै सांसदहरुले उक्त घटनाको छानविन हुनुपर्ने र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने माग राख्दै आएका थिए। घटनाको छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन्।

    घटनाको छानबिन गर्न ११ सदस्यीय समिति
    करको दायरा हेरफेर गरेको घटनाबारे छानविन गर्न संघीय संसदले छानविनका लागि ११ सदस्यीय संसदीय समिति बनाउने निर्णय गरेको छ।

    समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति निर्माण गर्ने र ११ सदस्यमध्येबाट नै संयोजक छनौट हुनेगरी समिति निर्माण गर्ने सहमति भएको छ।

    फ्रेन्च राष्ट्रपति म्याक्रोन र रुसी राष्ट्रपति पुटिनबीचको गोप्य फोन वार्ता लिक

    फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता लिक भएको छ।

    रुसका परराष्ट्र मन्त्रि सर्गे लाभरोभले फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता लिक गर्नु “कूटनीतिक शिष्टाचार” को उल्लंघन भएको बताएका छन्।

    कूटनीतिक मर्यादाक्रममा त्यस्ता रेकर्डिङ गरिएको वार्ता एकपक्षीय रुपमा सार्वजनिक गर्नुहुन्नथ्यो भन्दै, लाभरोभले दुई नेताबीचको वार्तालापको विषयवस्तुबाट रुसलाई लाज मान्नु पर्ने कुनै पनि कुरा नभएको बताएका छन् ।

    फ्रेन्च राष्ट्रपती म्याक्रोनले द्वन्दलाई कसरी व्यवस्थापना गरिरहेछन भन्ने देखाउन ब्रोड्कास्टर फ्रान्स २ ले तयार गरेको डकुमेन्ट्रीमा, मस्कोले युक्रेनमा सैन्य आक्रमण गर्नुभन्दा एक दिन अघिको सो गोप्य फोन वार्ता सार्वजनिक गरेको थियो ।

    रुसलाई खेलकुद व्यवस्थापन बोर्डबाट हटाउन पश्चिमी शक्ति राष्ट्रहरूको आग्रह

    पश्चिमी शक्ति राष्ट्रहरूले युक्रेन आक्रमणमा सम्बद्ध रूसी र बेलारूसीहरूलाई खेलकुद व्यवस्थापन बोर्डबाट हटाउन अन्तर्राष्ट्रिय खेलकुद संघहरूलाई आह्वान गरेको छ।

    पश्चिमका 35 राष्ट्रहरू र जापान र दक्षिण कोरियाले संयुक्त विज्ञप्ति मार्फत मार्च 8 मा रूस वा बेलारूसमा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू नगर्न र उनीहरूका नागरिकहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ।

    विज्ञप्तिमा रूसी र बेलारूसी प्रशासनिक निकायहरूलाई अन्तर्राष्ट्रिय खेल संघहरूबाट निलम्बन गर्न समेत आह्वान गरिएको छ।यसैबीच अन्तर्राष्ट्रिय प्रशासकीय निकायले रुस र बेलारुसलाई विश्व आइस हक्की च्याम्पियनसिपमा प्रतिबन्ध लगाएको छ ।

    रुसी सभामुखद्वारा नर्वेसंगको समुद्री सन्धि खारेज गर्न संसदलाई आग्रह

    रूसी संसदको तल्लो सदनका सभामुखले नर्वेसँग देशको समुद्री सीमाना स्थापित गर्ने सन्धि खारेज गर्न आग्रह गरेका छन्।

    नर्वेले स्वाल्बार्ड द्वीपसमूहमा रहेका रूसी-आबादी बस्तीहरूको लागि खाद्यान्न वितरणमा प्रतिबन्ध लगाएको भन्दै, डुमा राज्यका सभामुख व्याचेस्लाभ भोलोडिनले चेम्बरको अन्तर्राष्ट्रिय मामिला समितिका प्रमुखलाई नर्वेसंगको समुद्री सन्धि खारेज गर्न आग्रह गरेका छन्।
    नर्वे र रुसको उत्तरी तटसँग जोडिएको आर्कटिक महासागरको भाग ब्यारेण्ट सागरमा रुस र नर्वेबीचको विवादलाई अन्त्य गर्ने सन् २०१० मा दुवै देशले सो सन्धिमा हस्ताक्षर गरेको थियो।

    नागरिकता विधयेक फिर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

    सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषदको आजको बैठकले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ । सत्तारुढ गठबन्धन दलहरूबीचको सहमतिपछि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको हो ।

    लामो समय विवादको रुपमा रहेको नागरिकता विधेयक सरकारले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिने तयारि गरेको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%85%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a4%bf-%e0%a4%ac%e0%a4%a2/

    मंसिर २ गते निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सिफारिस

    आगामी मंसिर २ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गर्ने भएको छ।

    निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगसिर २ गतेको लागि निर्वाचनको मिति सिफारिस गर्ने तयारी गरेको हो। आयोगको सिफारिस पछि मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्ने पनि आयोगले जनाएको छ।

    स्थानिय तह निर्वाचनको परिदृश्यलाई लिएर एकै चरणमा निर्वाचन गर्दा सुरक्षा दिन नसकिने भन्ने विषयमा बहस चलिरहेको बेला निर्वाचन आयोगले भने मंगसिर २ गते एकै दिन प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारि थालेको छ।

    रामेछापमा बस दुर्घटना: १३ जनाको मृत्यु

    रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान खाँडादेवी १ लुभुघाटमा दुर्घटना हुँदा १३ जनाको मृत्यु र २० जना घाइते भएका छन् ।

    रामेछापको सुनापती गाउंपालिका ३ हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परि सडकबाट करिब १०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    अपडेट : दुर्घटनाको पछिल्लो अपडेट अनुसार धुलिखेल अस्पतालमा उपचाररत अन्य ४ जना घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ। यो संगै मृत्यु हुनेको संख्या १३ पुगेको छ।

    देशभर आगामी ३ दिनको मौसम कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    २०७९ असार २१ गते (मंगलबार)

    दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

    राती : प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

    २०७९ असार २२ गते (बुधबार)

    दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

    राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९ असार २३ गते (बिहिबार)

    दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

    देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य


    नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।


    नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने जनाएको छ। निगमले एक विज्ञप्ति सार्वजनिक गर्दै, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि हुने जनाएको छ।


    बढेको मूल्य अनुसार अब पेट्रोलको लुल्या प्रति लिटर १८१ , डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिक तर्फको हवाइ इन्धन प्रतिलिटर १९० पुगेको छ।

    petrol price

    नेप्से घटेपनि कारोबार रकम वृद्धि


    सोमबार बिहान उकालो लागेको सेयर बजार अन्तिम समयमा आएर ९. ७५ अंकले ओरालो लाग्दै २०७६. ६७ मा झरेर रोकिएको छ ।

    नेप्सेमा गिरावट आएपनि आइतबारको तुलनामा सोमबारको कारोबार रकममा भने वृद्धि भएको छ। २३४ कम्पनीको १०,९८१,५९१ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने ४,३४९,२७३,५९३ पुगेको छ। सो रकम आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो ।

    मधेश प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीको अवरोध

    आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि अवरुद्ध हुँदै आएको मधेश प्रदेश सभाको बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज पनि अवरुद्ध गरेको छ ।

    अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन्। अर्थमन्त्रि साहले भने आफुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय बमोजिम बाढीको चपेटामा रहेको सप्तरीको लागि प्रक्रिया पुराएरनै बजेट विनियोजन गरेको बताएका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले भने अर्थमन्त्रीको भनाइ चित्तबुझ्दो नभएको भन्दै सो विषयको छानविन गर्न संसदीय समिति नबनाइएसम्म बैठक अवरुद्ध गर्ने बताएका छन्।

    काठमाडौंस्थित भारतीय दुतावासमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

    काठमाडौँ स्थित भारतीय दुतावासमा कार्यरत भारतीय सुरक्षाकर्मी दीपक सिंहको गोली लागेर मृत्यु भएको छ। डिउटिमा खटिएका सिंहले आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेको दुतावासले बताएको छ।

    गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको भएपनि दूतावासमा भएको सो घटनाको भारतीय दूतावास आफैँले अनुसन्धान अघि बढाउने बताएको छ।

    विनोद शाही मृत्यु प्रकरण:अछाम सदरमुकाममा प्रहरी र स्थानीयबीच झडप

    अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणमा सरकारी वकिल कार्यालयले नै आरोपीलाई बचाउन भूमिका खेलेको भन्दै स्थानीयबासिले प्रदर्शन गरेका छन्।

    प्रदर्शनको क्रममा स्थानिय बासिन्दाले नाराबाजी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न प्रयास गरेपछि प्रहरी र स्थानीयबासीबीच सुरु भएको झडपको कारण अछाम सदरमुकाम मंगलसेनको स्थिति तनावपुर्ण बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाई फायर समेत गरेको छ।

    घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।

    जसपाका ३ मन्त्री फेरिए: नव नियुक्त मन्त्रीहरुको सपथ दिउँसो ४ बजे

    जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्नो पार्टीको पुराना मन्त्रीहरु फिर्ता गर्नेगरी नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ।

    राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ अन्तर्गत प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा मन्त्रिपरिषदमा भएको हेरफेरको जानकारी गराएको छ। साथै नव नियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो ४ बजे हुने पनि राष्ट्रपति कार्यालयले जनाएको छ।

    जसपाले आफ्ना मन्त्रीहरु रेणु यादव,महिन्द्रराय यादव र रामसहाय यादवलाई फिर्ता बोलाएर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।

    deuba cabineta
    deuba cabinet 3

    बालेन हिँड्ने बाटो……..

    शुक्रबार काठमाडौँको सडकमा एउटा टिठलाग्दो दृश्य देखियो।  सडक छेवैमा ठेला राखेर मकै पोल्दै गरेकी एक महिलालाई नगर प्रहरीले लछार- पछार गर्दै उनको ठेला खोसेर लग्यो।  ठेलामा बेच्न राखिएका मकैका घोगा महानगरको सडकभरी छरिए।  केहीबेरमै त्यो दृश्य  सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो। 

    भलै त्यो घटना काठमाडौँ महानगरमा घटेको होस्, तर देशका अधिकांश महानगरपालिका ,उपमहानगरपालिका र नगरपालिकाहरुमा यी र यस्ता टिठलाग्दा दृश्यहरु दिनहुँ जसो देख्न पाइन्छ।  काठमाडौँ महानगरको सडकमा हिजो देखिएको त्यो दृश्य त केवल एउटा प्रतिनिधि घटना मात्र हो।

    काठमाडौँ महानगरको हरेक चोक र अधिकांश सडकहरुमा यसरी व्यापार गरेर दैनिक आफ्नो रोजी रोटीको जोहो गर्ने नेपालीको संख्या हजारौँ छन्। कोहि सडक छेवैको पेटिमै आफ्नो समान फिँजाएर बिक्रि गर्न बस्छन् त कोहि साइकल र ठेलामा समान राखेर बस्छन्।  तर जब महानगरको गाडी आउँछ अनि यमराज नै लिन आएजस्तो गरि उनीहरु आफ्नो समान बोकेर भाग्छन्। महानगर प्रहरीले भाग्न नभ्याएका एक दुई जनाको समान खोसेर लिएर जान्छ अनि भागेर आफ्नो समान जोगाउन सफल भएकाहरु केहिबेरमा फेरी फर्किएर आउँछन् र आफ्नो सामानको व्यापार गर्छन्। काठमाडौँमा हुनेखाने र भएखानेहरुबिचको दुरी सम्झाउन बेला- बेला राज्यले दुखि:गरिब जनताहरुलाई यसरी नै ताण्डव देखाउने गरेको छ। 

    video from shristi kafle twitter

    काठमाडौँ कसैको रहर होला त कसैको बाध्यता। काठमाडौँमा रोजगारी पाइन्छ, थोरै भएपनि आम्दानि हुन्छ अनि जसो तसो भनेपनि जोहो गरेर, मिठो मसिनो जे जस्तो भएपनि खाएर छोरा छोरी पढाउँला, परिवार पालौंला भन्ने सपना बोकेर देशका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौँ आउने गरेका छन्।  त्यसरी काठमाडौँ आएका नेपालीहरु मध्ये पनि एउटा यस्तो तप्का छ जसलाई दिनभरि काम गरेन भने बेलुका के खाने भन्नेको समेत ठेगान  हुँदैन।  त्यही दुई छाक जोहो गर्न बाध्य भएर काठमाडौँ छिरेको एउटा सिङ्गो नेपाली समाजको प्रतिनिधित्व गर्ने ठाउँ हो सडक पेटिको व्यापार।

    सडक पेटीमा समान राखेर व्यापार गर्दा एउटा नागरिकलाई हिंड्न अप्ठेरो भयो भनेर दुई छाक जोहो गर्न त्यहि सडक किनारमा बसेर व्यापार गर्ने अर्को नागरिकलाई अपराधी जस्तो व्यबहार गर्ने महानगरले मान्छे हिंड्ने सडकमा शुल्क उठाएर दुई- दुई लाइन मोटरसाइकल पार्क गर्न दिनु पनि गलत होइन र ? यसको जवाफ कसले दिने ? हिंड्नलाई साँघुरो भयो भनेर जनताको घर भत्काएर चौडा गरेको सडकमा हुनेखानेको मोटर पार्क गर्न मिल्ने अनि गरिबले त्यहि सडक छेउमा बसेर बिहान बेलुकाको दुई छाक जोहो गर्न व्यापार गर्न पनि नपाउने ?

    काठमाडौँमा घर निर्माण गर्नेहरुले ६ महिना वर्ष दिन सम्म मूल सडकमै गिटी बालुवा लगायतका निर्माण सामाग्री राखेर सडक अवरुद्द गरेको चैं के महानगरले अहीले सम्म नदेखेकै हो ? कि काठमाडौँमा घर बनाउने औकात भएकाहरुलाई कारवाही गर्ने हैसियत महानगरसंग नभएको हो?

     सो  कल्ड  महामहिम, सम्माननिय र माननीय भनाउँदाहरू घरको गेटबाट निस्कने बित्तिकै सडक खालि गरेर जनतालाई घन्टौं सडकमा हिंड्न नदिई रोकेर राख्दा नागरिकले पाएको सास्ती र उसको समस्या नबुझ्ने राज्यले लाजै नमानी कुन नैतिकताले सडकमा व्यापार गर्दा नागरिकलाई हिंड्न अप्ठेरो भयो भनेर भन्न सकेको ?

    देशको ढुकुटी रित्याएर जुका ढाडिए जसरि ढाडिएकाहरुलाई जनताले खाइ-नखाई तिरेको करको पैसाबाट बाचुञ्जेल सुविधा दिनुपर्ने अनि त्यहि विचरा निमुखा जनताले दुख गरेर कमाइ खान पनि नपाउने ? नेतालाई बसी-बसी सुविधा दिने राज्यले नागरिकले दुख मिहेनत गरेर कमाई खान्छु भन्दा विकल्प दिनुपर्दैन ? सडक पेटीमा बसेर व्यापार गर्न पाउँदैनौ भन्नेले खै त विकल्प दिएको ? जनताको सेवा गर्न पदभार ग्रहण गरेपछि जनताप्रति उत्तरदायी हुनुपर्ने होइन र ?कि सडक पेटीमा बस्ने नेपाली नागरिक महानगरको जनताको कित्तामा पर्दैनन् ?

    सडक पेटीमा बसेर व्यापार गर्नेले काठमाडौँ कुरुप बनाए अनि शहरको सौन्दर्य बिगारे भनेर उनीहरुको गरिखाने भाँडो नै लुटेर लाने राज्यले, हरेक चोक र गल्लि अनि सडकमा थुप्रिएको फोहोरले कुरुप र डुङ्ग्डुङ्ग्ति गनाउने भएको काठमाडौँ के नदेखेकै हो त ? बिजुलीका पोलमा वर्षौं देखि झुन्डिएको तारको गुजुल्टो  र होर्डिंग बोर्डले कुरुप भएको काठमाडौँ  के महानगरले आजसम्म नदेखेकै हो त ?

    सटरमा पसल गरेर व्यापार गर्नेले राज्यलाई कर तिर्छन तर सडकमा बसेर व्यापार गर्नेले कर तिर्दैनन् र राज्यलाई घाटा हुन्छ अनि अर्को तिर सटरमा व्यापार गर्नेले सोहि समानको व्यापारमा फुटपाथसंग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने राज्यले सटर व्यापारीले सिर्जना गरेको मूल्य आतंकको अनुगमन गर्ने कि नगर्ने ? फुटपाथमा विना दर्ता गरि बसेका व्यापारीको कारण राज्यलाई घाटा हुन्छ भन्दै गर्दा, ८० प्रतिशत भन्दा बढी भारतीयले ओगटेको फुटपाथको व्यापारले राज्यको अर्बौं रुपैयाँ देशबाट बाहिरिएको परिदृश्यलाई के नजरअन्दाज गर्न मिल्छ? ९० प्रतिशत भन्दा बढी सटरवालाहरुले आफ्नो समान सटर बाहिरको सडकको पेटिमा हिंड्नै नमिल्ने गरि राखेका हुन्छन्। अनि तिनीहरु भने कारवाहीको दायरा भित्र किन पर्दैनन् ?

     यी यस्ता समस्याहरु त केवल केहि प्रतिनिधि समस्याहरु मात्र हुन्।  महानगरमा यस्ता समस्याको ठेली नै  छ जुन बर्षौ देखि अलपत्र परेको छ। यो आजको समस्या होइन। काठमाडौँको रोग बनेर बल्झिएको यो समस्या धेरै पुरानो हो। 

    तर यहाँ अहिले यी समस्याहरुकोबीच हिजोको घटनासंगै सामाजिक सञ्जालमा  मेयर बालेन शाहको समर्थन गर्नेहरुलेनै उनको विरोध गरेको सुनिन थालेको छ। बालेन शाहले काठमाडौँको मेयरको जिम्मेवारी सम्हालेको धेरै समय भएको पनि छैन । तर यो भन्दैमा उनलाई यी तमाम समस्याहरुबाट  उम्किने छुट पनि छैन।  हिजो जे सुकै होस् वा जे भएको भएपनि महानगरमा आज भएका र भोलि हुने हरेक घटनाको जिम्मेवारी उनले लिनुपर्छ।  उनलाई मन र मत दिएर त्यो ठाउँमा पुर्याएका महानगरका हर एक नागरिकप्रति उनि उत्तरदायी र जवाफदेही हुनुपर्छ। चाहे त्यो सडकमा चिल्लो गाडी चढेर हिंड्ने होस् या सडक छेउमा बसेर व्यापार गर्ने। 

    बालेनले काठमाडौँको सडक सफा गर्छु भनेर हिंड्दै गर्दा त्यो सडकमा आश्रित भएर जीवन गुजारा गरिरहेकाहरुको सपना बडारिनु भएन।  बालेनले चालेका पाइलाहरुले त्यहि सडक छेउमा बस्ने कसैको जिउने आधार नकुल्चियोस। नागरिकलाई गाँस बास र कपासको आधारभुत आवश्यकता पुरा गर्नु राज्यको दायित्व हो।  राज्यले त्यो दायित्व पुरा गर्नुपर्छ। यी तमाम समस्याहरुलाई सुल्झाउन बालेनले निकै कठिन बाटोको यात्रा तय गर्नुपर्ने देखिन्छ । हिजो विगतमा अरु कसैले कोरेको बाटोभन्दा फरक बाटो बनाएर हिंड्नुपनी बालेनको लागि कम चुनौतिको विषय भने हुनेछैन। तर आफु हिंड्ने बाटोमा देखिएका भुइँ मान्छेहरुलाई नजरअन्दाज गरेमा बालेनको यात्रा सुखद भने हुनेछैन। बालेनको लौरोले भ्रष्टाचारीलाई सेकाउन नसके पनि दुखि:गरिब नेपालीलाई सहारा दिएर टेकाउन सकोस।        

    विधुत निर्यातबाट १ महिनामा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी

    नेपाल विधुत प्राधिकरणले (२ जुन–३० जुन )पछिल्लो एक महिनाको अवधिमा भारतीय बजारमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।
    ३६४ मेगावाट बिजुली भारतीय बजारमा बिक्रि गर्ने अनुमति पाएको प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली ६ वटा जलविधुत आयोजना मार्फत भारतीय बजारमा बिक्रि गर्दै आएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विधुत निर्यातको प्रक्षेपण गरिएको समेत बताउनुभएको छ ।

    जनता समाजवादी पार्टी पनि मन्त्रि हेरफेरको तयारीमा

    एकीकृत समाजवादी पार्टीले मन्त्रि हेरफेर गरेको हप्ता दिन नबित्दै जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने तयारी थालेको छ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु नियुक्त गरि सरकारमा पठाउने तयारि गरिरहेको जानकारी दिएका छन्। हाल जसपाको तर्फ़बाट सरकारमा , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव रहेका छन्।
    सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारि गर्दै गर्दा नयाँ मन्त्रीहरुको रुपमा क- कसलाई सरकारमा पठाउने भन्ने विषयमा भने कुनै टुंगो नलागेको बताइएको छ।

    काठमाडौं महानगरपालिकामा भिक्षा माग्न निषेध

    काठमाडौं महानगरपालिकाले एक सूचना जारि गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ ।

    महानगरले जारि गरेको सूचनामा, साधु, सन्त, भिक्षु वा जोगीले सनातनदेखि चलिआएको परम्परा अनुसार घर-घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको उल्लेख गरेको छ।

    सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु नगराउनु भनि जारि गरिएको सूचनामा,सो सूचनाको उल्लङ्घन भएमा २०७४ को दफा १२६, स्थानिय सरकार संचालन ऐन २०७४ र प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ।

    महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने र सो कार्यका लागि आवश्यक परेमा कसैले पनि मानव सेवा आश्रममा सम्पर्क गर्नसकिने पनि बताएको छ।

    Notice

    काठमाडौँमा वितरण गरिने जार तथा सरकारी धाराको पानीमा झाडापखाला र हैजाको जीवाणु

    काठमाडौँमा हैजाको विरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले गरेको अध्ययनमा काठमाडौँमा वितरण गरिने जार तथा सरकारी धाराको पानीमा नै झाडापखाला र हैजाको जीवाणु भेटिएको पुष्टि भएको छ।
    स्वास्थ्य कार्यालय काठमाडौँले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गर्दै समयमै सावधानी नअपनाए यसले भयावह स्थितिको सिर्जना हुने बताएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनले पनि जारको पानी वितरण गर्ने र प्रशोधन गर्ने उद्योग तथा कम्पनीहरूको पानी सीधै पिउन योग्य नभएको बताएको छ। उपत्यकामा वितरण गरिने पानीको नमुना परीक्षण गर्दा खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले उमालेर वा झोल क्लोरिन हालेर मात्र पानि पिउन अनुरोध गरेको छ ।

    दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

    अवैध रुपमा काम गरिरहेका १३ जना नेपालीलाई दक्षिण कोरियाको अध्यागमन विभागले पक्राउ गरेको छ।

    पक्राउ परेका नेपालीहरुको परिचय भने खुलाइएको छैन। यधपी पक्राउ परेका सबै नेपालीलाई नेपाल फर्काउने अध्यागमन कार्यालयले जनाएको छ ।पक्राउ परेका मध्ये ९ जनाको भिसा अवधि सकिएको र ४ जनाले करार अवधि नसकिंदै अनुमति बेगर अन्यत्र काम गरेकोले उनीहरुलाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ।

    निजगढ विमानस्थलको मुद्दामा सर्वोच्चको फैसला

    सर्वोच्च अदालतले यसअघि निजगढ विमानस्थलको मुद्दामा तत्कालका लागि रोक लगाउन भनि आदेश जारि गरेको भएपनि बुधबार आफ्नो फैसलाको लिखित आदेश (पूर्णपाठ) सार्वजनिक गर्दै,न्यूनतम रुपमा वातावरणीय क्षति हुनेगरी वातावरणीय प्रभाव मुल्यांकन गराएर विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको छ ।

    सर्वोच्चले निम्नलिखित शर्तहरु राखेर निर्माण प्रक्रिया अगाडि बढाउन सकिने भन्दै परमादेश जारि गरेको छ।

    क) निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि छनौट भएको बारा जिल्लाको निजगढको प्रस्तावित निर्माण स्थलभन्दा दक्षिणतर्फको सरकारी स्वामित्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरू समेतलाई जोडेर वा सो आसपासको वनक्षेत्र कम भएको अन्य स्थान, टाँगिया बस्ती रहेको क्षेत्र वा सोही इलाकाको अन्य उपयुक्त स्थान समेतको सम्भाव्यता अध्ययन गरी विमानस्थलको आधारभूत संरचनाका लागि आवश्यक हुने क्षेत्रफल बराबरको जमीनको पहिचान गरी हाल कायम रहेको वनलाई सम्भव भएसम्म यथावत् रूपमा कायमै राख्नेतर्फ पहिलो प्राथमिकता दिई अध्ययन गर्नू गराउनू।

    ख) उल्लिखित विकल्प अनुसारको क्षेत्रमा प्राविधिक वा अन्य कारणबाट विमानस्थल निर्माणको लागि उपयुक्त हुने नदेखिएमा हाल प्रस्तावित क्षेत्रमा विमानस्थलको लागि चाहिने क्षेत्रफल यकिन गरी पुनः कानूनबमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन गरी विमानस्थलको निर्माणको लागि नभई नहुने आधारभूत संरचना निर्माणका लागि न्यूनतम् वन क्षेत्रको जग्गा मात्र समावेश हुने गरी निर्माणस्थल कायम गर्नू गराउनू।

    ग) विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने पर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आश्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नू।

    घ) विमानस्थल निर्माणका लागि रूख बिरुवा काट्नु पर्ने अवस्था देखिएमा वनक्षेत्रभित्रका काटिएका रुखहरूको परिपूरणको लागि स्थान पहिचान गरी प्रचलित कानूनबमोजिम र तोकिएको मापदण्ड अनुरूप नयाँ रूख विरुवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने समेतको व्यवस्था गर्नू।

    ङ) विमानस्थल निर्माणको क्रममा प्रस्तावित विमानस्थल शहर (Airport City) को स्थापना तथा विस्तारका लागि वन क्षेत्रको प्रयोग नगर्नू नगराउनु।
    फैसलाको पूर्णपाठ:

    लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा पदबाट राजीनामा


    लुम्बिनी प्रदेशको विवादित स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्

    उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष आफ्नो राजीनामा बुझाएको र राजीनामा स्वीकृत समेत भइसकेको जानकारी प्राप्त भएको छ।

    वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि सरकारले उक्त घटनाको छानविन गर्न समिति समेत गठन गरेको थियो।

    लाज नभएका प्रधानमन्त्री

    नेपाली समाजमा एउटा भनाई छ।  लाज सरम र डर नभएपछि मान्छेले जे पनि बोल्छ, जे पनि गर्छ।  ठिक त्यहि भनाइलाई चरितार्थ गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवाले असार १५ अर्थात १९औँ  राष्ट्रिय धान दिवसको उपलक्ष्यमा तमाम नेपाली किसानहरुलाई सम्बोधन गर्दै धान दिवसको शुभकामना दिनुभएको छ।

    असार १५ लाई सरकारले २०६१ मा राष्ट्रिय धान दिवस घोषणा गर्नुअघि यस दिनलाई दहि चिउरा खाने पर्वको रुपमा मनाउने गरिन्थ्यो।  किसानहरु सो दिनलाई मानो छरेर मुरी उब्जाउने दिनको रुपमा लिन्छन्।  कृषि प्रधान देश नेपालमा पछिल्लो केहि दशक यता कृषि र कृषकको स्थिति भने दयनिय बन्दै गएको छ।  रैथाने जातका धानका बिउ हराउँदै गए भने खितियोग्य जमिन प्लटिङ्गको शिकार बनेको छ।  कुनै समय धान निर्यात गर्ने नेपाल अहिले वर्षेनी अर्बौंको धान र चामल आयात गर्नुपर्ने स्थितिमा पुगेको छ। 

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म  सरकारले २७ अर्ब १२ करोड एक लाख २३ हजार रुपैयाँ मूल्य बराबरको चामल,८७ करोड पाँच लाख ७२ हजार  रुपैयाँ बराबरको धानको बिउ र चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको धान आयात भएको छ।

    यि तमाम समस्याहरुलाई सम्बोधन गरेर समाधान दिनुको सट्टा प्रधानमन्त्रीले बढो उत्साहका साथ राष्ट्रिय धान दिवसको शुभकामना दिए। धान दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना त दिए तर धान रोप्ने दिनसम्म पनि किसानले मल भने पाएनन्। किसानलाई मल दिन नसक्ने प्रधानमन्त्रीले लाजै नमानी धान दिवसको शुभकामना दिए। मल बिना धान रोप्न खेतमा पुगेका किसान माझ प्रधानमन्त्रीको शुभकामना सन्देश पुग्यो कि पुगेन होला ? दिन भर धान रोपेर साँझ घर आइपुग्दा ति किसानहरु प्रधानमन्त्रीको शुभकामनाले खुसी होलान कि दुखि होलान थाहा छैन, तर यदि कुनै किसानले प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर त्यसलाई केवल एउटा झुटको पुलिन्दा भन्यो वा लाज नभएका प्रधानमन्त्री भनेर भन्यो भने पनि आश्चार्य नमान्दा हुन्छ । 

    तस्विर: अन्नपूर्ण

    आगामी ३ दिनको देशभरको मौसमी विवरण

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

    २०७९ असार १५ गते (बुधबार)

    दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    २०७९ असार १६ गते (बिहिबार)

    दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९ असार १७ गते (शुक्रबार)

    दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

    देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

    अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित: सयौं घर-परिवार विस्थापित

    सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ भने सयौं घर-परिवार विस्थापित हुन पुगेका छन्।

    अविरल वर्षापछि देशको पूर्वी क्षेत्रका विभिन्न नदीमा आएको बाढीले दुई हजारभन्दा बढी घर डुबानमा परेको छ भने सयौं घर परिवार विस्थापित हुन पुगेका छन्।झापामा हजारभन्दा बढी घर डुबानमा परेका छन् । लगातारको वर्षाले इटहरी नगरपालिकामा मात्र २ सय घर डुबानमा परेको छ भने अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । राजधानी काठमाडौँ लगायत देशका विभिन्न सहरहरुमा पानीको उचित निकाश नहुँदा सहरका मुख्य क्षेत्र नै डुबानमा परेका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण देशका मुख्य राजमार्ग र सडकहरु अवरुद्ध बनेको छ भने नियमित हुने हवाई सेवाहरु पनि खराब मौसमको कारण प्रभावित भएको छ।

    बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको भएपनि अविरल वर्षाको कारण खोलाको सतह बढेकोले खोला किनारका बस्तीहरुलाइ उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    बुल्गेरियाले ७० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने:अमेरिकी राष्ट्रपति बाइडेनकि श्रीमती र छोरी रुस प्रवेशमा प्रतिबन्ध

    बुल्गेरियाले ७० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने

    बुल्गेरियाले ७० रूसी कूटनीतिक कर्मचारीहरूलाई देश निकाला गर्ने भएको छ। बाल्कन राष्ट्रबाट एकै पटकमा यति धेरै संख्यामा कूटनीतिक कर्मचारीहरूलाई देश निकाला गर्न लागिएको यो नै पहिलो घटना हुनेछ।

    हाम्रा कुटनीतिक नियोगहरुले उनीहरूलाई हाम्रो हित विरुद्ध काम गर्ने व्यक्तिको रूपमा पहिचान गरेकोले उनीहरुलाई देश निकाला गर्न लागिएको प्रधानमन्त्री किरिल पेटकोभले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

    यता रुसले पनि अमेरिकी राष्ट्रपति बाइडेनकि श्रीमती जिल र छोरी याश्लीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ।
    यस भन्दा अघि रुसले अमेरिकी राष्ट्रपति बाइडेन, राज्य सचिव एन्टोनी ब्लिन्केन लगायत सयौं अमेरिकी कुटनीतिज्ञहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

    स्कटल्याण्डले स्वतन्त्रताको लागी दोस्रो जनमत संग्रह गर्ने

    स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले अर्को वर्ष अक्टोबरमा स्कटल्याण्डको स्वतन्त्रताको लागि दोस्रो जनमत संग्रहको योजना घोषणा गरेकी छिन्।स्टर्जनले,यदि बेलायती सरकारले यसलाई रोक्ने प्रयास गरेमा मतदान सुनिश्चित गर्न कानुनी कारबाही गर्ने चेतावनी समेत दिएकि छिन।

    प्रो-स्वतन्त्र स्कटिश नेश्नल पार्टीको नेतृत्वमा रहेको स्कटिश सरकारले अक्टोबर १९ २०२३ मा हुने पृथक भोटको योजनालाई रूपरेखा तयार गर्दै जनमत संग्रहको लागि आवश्यक दस्तावेज सार्वजनिक गर्ने र यसबारे आफुले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्ने पनि स्टर्जनले बताएकी छन्। स्कटिश संसदमा सांसदहरूलाई सम्बोधन गर्दै उनले स्कटल्याण्डको प्रजातन्त्रलाई प्रधानमन्त्री बोरिस जोन्सन वा कुनै पनि बेलायति प्रधानमन्त्रीको कैदीको रुपमा स्वीकार्न नसक्ने र आफुले कहिल्यै पनि त्यस्तो हुन नदिने बताएकी छन्।

    स्कटल्याण्डका करिब ५.५ मिलियन मतदाताहरूले सन् २०१४ को जनमतसंग्रहमा स्वतन्त्रतालाई अस्वीकार गरेका थिए। तर स्कटल्याण्डको अर्ध-स्वायत्त सरकारले इयुबाट बेलायतको बहिर्गमनको निर्णयलाई बहुमत स्कटिशहरुले विरोध गर्दा पनि बेलायत सरकारले समर्थन गरेको भन्दै दोश्रो जनमत संग्रह हुनुपर्ने बताएको छ।

    यता,स्कटल्याण्डको विपक्षमा रहेका प्रधानमन्त्री जोनसन र उनको सत्तारुढ कन्जरभेटिभ पार्टीले २०१४ को जनमतसंग्रहले नै सबै कुरा निर्क्यौल गरिसकेको भन्दै दोश्रो जनमतसंग्रहको विरोध गरेका छन्।

    युक्रेनलाई आवश्यक भएसम्म सहयोग गर्न र रुसलाई एक्लो पार्न जि ७ राष्ट्रहरुबीच सहमति


    जी७ राष्ट्रका नेताहरूले युक्रेनलाई आवश्यक भएसम्म समर्थन गर्न एकजुट रहने अडानका साथ जर्मनीमा आफ्नो बैठक समाप्त गरेका छन्।

    जी७ राष्ट्रको बैठकले युक्रेन युद्धमा आर्थिक सहायता जुटाउन सहयोग गरिरहेको रुसको तेल बिक्रीबाट हुने आम्दानीलाई सिमित राख्ने योजनाको साथ दिर्घकालिन रणनीति तयार गर्ने विषयमा छलफल अघि बढाएको छ।

    तिन दिनसम्म जारि उक्त बैठकमा जी७ राष्ट्रका नेताहरूले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने र ब्ल्याक सी हुँदै युक्रेनको अन्न ढुवानीमा लागेको नाकाबन्दीले खाद्यान्न अभावमा परेका देशहरूलाई सहयोग बढाउने विषयमा पनि सहमति जनाएका छन्।

    रुस विरुद्ध सेना परिचालन गर्न बेलायती रक्षा सचिवको आग्रह

    बेलायतका रक्षा सचिव बेन वालेस र उच्च पदस्थ सैन्य अधिकारि प्याट्रिक स्यान्डर्सले रुसद्वारा सिर्जित खतराकोको विरुद्ध सैनिक परिचालन गर्नुपर्ने चेतावनी दिएका छन्।

    रक्षा सचिव वालेसले, सरकारले बढ्दो खतरालाई मध्यनजर गर्दै सो खतराको सामना गर्न रक्षा खर्च बढाउनु पर्ने सुझाव पनि दिएका छन्।सैन्य थिंक-ट्याङ्क रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटमा उनले भने,”रुसले फराकिलो युरोप विरुद्ध प्रहार गरेमा लामो दूरीको क्षेप्यास्त्रले मात्र सुरक्षाको प्रत्याभूत गराउन सक्ने छैन।”

    रक्षा क्षेत्रको लगानी बढाउनुपर्ने र युक्रेनमा सिकेका पाठहरूलाई सम्बोधन गर्न धेरै ढिलो हुनु अघि सेना तयार रहनुपर्ने पनि उनले बताएका छन्।

    मङ्गलबार र बुधबार बन्चरेडाँडामा फोहोर नलगिने

    सिसडोलदेखि बञ्चरेडाँडासम्मको सडक मर्मत गर्नुपर्ने भएकाले आज र भोलि (मङ्गलबार र बुधबार) काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम प्रभावित हुने भएको छ ।

    नुवाकोटको सिसडोल जाने बाटोमा फोहोर थुप्रिएकाले बञ्चरेडाँडा जाने बाटोमा समस्या आएपछि आज र भोलि फोहोर सङ्कलन बन्द गरिने भएको छ । सिसडोलबाट दुई किलोमिटर टाढा रहेको बञ्चरेडाँडा पुग्न सवारीसाधनले फोहोरको थुप्रो पार गर्नुपर्ने बाध्यता रहेको छ भने लगातारको वर्षाका कारण त्यसमा कठिनाई भएको छ ।

    काठमाडौं महानगरपालिकाको वातावरण विभागले उपत्यकाबाट फोहोर ओसारपसार गर्दा दुर्घटना हुने खतरा रहेकाले काम रोकेर सरसफाइ गर्न लागेको जनाएको छ ।

    बामदेव गौतमले गठन गरे नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

    नेकपाको फुटपछि ओली र नेपाल कतै पट्टि पनि सक्रिय भूमिकामा नलागी न्युट्रल रुपमा बसेका बामदेव गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि नेपाल कमुनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

    विघटन भएको नेकपा/नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्ने र तत्काल एकताको अवस्था सिर्जना हुन नसके आगामी संघिय र प्रदेश निर्वाचनमा कार्यगत एकता गरेर अगाडि बढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यको साथ स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा ७५ सदस्यीय केन्द्रिय कमिटि रहनेछ।


    दैनिक कार्य संचालनको लागि १५ सदस्य नबढ्ने गरि स्थायी कमिटि रहनेछ भने बहुपदिय प्रणालीको अवधारणालाई अङ्गीकार गरेको सो पार्टीमा एक अध्यक्ष र हरेक प्रदेशमा इन्चार्जको जिम्मेवारीको लागि ७ उपाध्यक्ष, महासचिव १ , उप-महासचिव १ ,सचिव १ र कोषाध्यक्ष १ जना रहनेछन।बामदेव गौतम आफै संयोजक रहनुभएको केन्द्रिय सचिवालयमा ८ जना सदस्यहरु रहेका छन्।

    bamdev gautam party YQMfIwhq7v
    bamdev gautam party 1 oXDpGpx3u3

    निरन्तर ओरालो लाग्दै सेयर बजार

    लामो समयसम्म ओरालो लाग्दै आएको नेपाली सेयर बजार आइतबार एक्कासी ९४ .९२ अंकले उकालो लागेको भएपनि नेप्से क्रमिक रुपमा ओरालो लाग्ने क्रम भने रोकिएको छैन।
    मंगलवार ११. ८२ अंकले ओराले लाग्दै नेप्से १९२१. ३१ अंकमा झरेर रोकिएको छ। ०. ६१ प्रतिशतले ओरालो लागेको आजको सेयर कारोबार १,०५८,२६३,५२२ रुपैयाँमा खुम्चिएको छ। २३० कम्पनीको ३,०३७,६८० कित्ता सेयर कारोबार हुँदा बैंक र जीवन विमा बाहेक अन्य सबै सूचक घटेको छ।

    अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने ४६ आप्रवाशिको मृत्यु

    अवैध रुपमा अमेरिका प्रवेश गर्ने क्रममा अमेरिका र मेक्सिकोको सीमा अन्तर्गत टेक्सासको सान एन्टोनियोमा ४६ जना मृत आप्रवासीहरूको शव ट्रकको ट्रेलर भित्र फेला परेको छ।

    शहरको दक्षिणी बाहिरी भागमा पर्ने दुर्गम क्षेत्रमा रेलमार्गको ट्र्याकको छेउमा रहेको ट्रकको ट्रेलर भित्र उनीहरुको शव फेला परेको स्यान एन्टोनियो फायर डिपार्टमेन्टका एक अधिकारीले जनाएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको ट्रेलर भित्र उच्च तापक्रम र पानीको अभावका कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ।

    घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ। अमेरिकी अध्यागमनले, होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभागले स्थानीय प्रहरीसँगको समन्वयमा “कथित मानव तस्करी घटना” को अनुसन्धान गरिरहेको पनि जानकारी दिएको छ।

    नोभेम्बरमा हुने मध्यावधि काँग्रेस निर्वाचनको संघारमा भएको यो घटनाले,डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिहरू उल्टाउने वाचा गरेका डेमोक्र्याट अमेरिकी राष्ट्रपति जो बाइडेनको सीमा रणनीतिको आलोचना तिब्र रुपमा बढेको छ।

    नेपालमा रहेका शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी

    सरकारले नेपालमा लामो समयदेखि बस्दै आएका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ ।

    राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले विगतमा विभिन्न कारणले परिचयपत्र नपाएका शरणार्थीहरुलाई सरकारले परिचयपत्र दिने तयारी गरेको बताउनुभएको छ। यस सन्दर्भमा सरकारले परिचयपत्र पाउन बाँकी शरणार्थीहरु कति छन् र उनीहरुलाई कहिले देखि परिचयपत्र दिने भन्ने बारेमा गृहकार्य गरिरहेको समेत जानकारी दिनुभयो।

    विभिन्न काल खण्डमा बिभिन्न भू-भागबाट नेपालमा आएर बसेका शरणार्थीहरुलाई नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको बताउंदै गृहमन्त्री खाँणले छिट्टै उनीहरुलाई परिचयपत्र उपलब्ध गराउन सरकारले तयारी थालेको बताउनुभएको छ।

    नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    एकीकृत समाजवादी पार्टीका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शितल निवासमा राष्ट्रपति बिध्या देवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी , स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले सपथ ग्रहण पछि आजनै आफ्नो पद तथा कार्यभार सम्हाल्नेछन।

    गैर सांसदहरुको मन्त्रिमण्डल

    मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्रै आन्तरिक विवाद चुलिएको लामो समयपछि एकीकृत समाजवादीले नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको छ । पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीराचन्द्र केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेको छ ।
    पुनर्गठीत मन्त्रिपरिषदमा गैर सांसद शेरबहादुर कुँवरले पनि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्ति पाएका छन्। नेपालको संबिधान अनुसार मन्त्रि बन्नका लागि सांसद हुनुपर्ने भन्ने छ। तर प्रधानमन्त्री देउवाको क्याबिनेटमा गैर सांसदलाई मन्त्रि बनाइएको भने यो पहिलो पटक होइन। यसघि नियुक्त गरिएका कानुन मन्त्रि गोबिन बन्दि पनि गैर सांसद हुन्। यधपी गैर सांसदहरु मन्त्रि भएको खण्डमा उनीहरुले ६ महिनाभित्र संसदबाट विश्वाशको मत लिनुपर्ने भन्ने प्रावधान पनि रहेको छ। तर निर्वाचन आउन ६ महिना भन्दा पनि कम समय रहेको अवस्थामा भागबण्डा मिलाउनकै लागि मात्र पुराना मन्त्रि फिर्ता बोलाएर गैर सांसदलाई नियुक्ति दिएको विषयमा भने सरकारको चर्को आलोचना भएको छ।

    नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

    मन्त्रिपरिषद पुनर्गठन:मन्त्रीमण्डलमा एकीकृत समाजवादीका नयाँ अनुहार

    राष्ट्रपति कार्यालयले संबिधानको धारा ७६ को उपधारा ९ र धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रीहरु नियुक्त गरेको जनाएको छ।
    पार्टीबाट पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्त गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो।

    मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्रै आन्तरिक विवाद चुलिएको लामो समयपछि एकीकृत समाजवादीले नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर एकीकृत समाजवादीकै नयाँ अनुहारहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

    mantriparishad

    लामो समयपछि उकालो लागेको सेयर बजार

    निरन्तर रुपमा लामो समयदेखि घटिरहेको सेयर बजार आइतबार भने ९४ .९२ अंकले उकालो लागेको छ।
    आइतबार ५.१० प्रतिशतले उकालो लागेको सेयर बजार १९५६. ९८ विन्दुमा पुगेर रोकिएको छ। यो संगै सेन्सेटिभ सूचक पनि ४. ९१ प्रतिशतले वृद्धि भएको छ।
    आइतबार ६ ,३६३,५९० कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,१९६,१४१,८४९ रुपैयाँ पुगेको छ। २३० कम्पनिको सेयर कारोबार हुँदा २१ कम्पनीले सर्किट ब्रेक गरेको छभने कारोबारका सबै उप-सूचकहरुमा हरियाली छाएको छ।

    सार्वजनिक सवारीको भाडा घट्यो

    शनिबार राति १२ बजेदेखि लागुहुनेगरि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको छ ।

    इन्धनको मुल्यमा ५ प्रतिशत वा सो भन्दा बढीले थपघट भएमा स्वचालित रुपमा भाडा समायोजन गर्ने प्रावधान अन्तर्गत रहेर यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको हो।

    देशभर चल्ने सार्वजनिक सवारीको भाडा दर :

    प्रतिनिधि सभाको बैठक बस्दै

    आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभएको छ।
    आजको बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन र राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरिने कार्यसूची पनि आजको बैठकमा समावेश गरिएको छ।

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्नेभएको छ।

    निगमले सार्वजनिक गर्ने नयाँ मूल्य अन्तर्गत पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँले घटेर पेट्रोलको नयाँ मूल्य १७९ र डिजेल र मट्टितेलको नयाँ मूल्य १६३ कायम हुनेछ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर मूल्य घटाउने सहमति भएपछी डाकिएको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने निर्णय गरेको हो।

    काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

    काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ।

    महानगरले अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक साढे ६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड(कुल बजेटको ४९.५७%) र कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड(कुल बजेटको २०%) बजेट वनियोजन गरेको छ।

    ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

    ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि सार्वजनिक भएको आगामी बर्षको बजेटले,कालोपत्रे भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने ,महानगरले कल सेन्टर चलाउने , विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने लगायतका नीति समावेश गरिएको छ।

    भरतपुर महानगरको बजेट ५ अर्व ७४ करोड ४२ लाख

    भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजार रकम बराबरको बजेट विनियोजन गरेको छ ।

    महानगरले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ़बाट १ अर्व ५० करोड, वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार संकलन गर्ने अनुमान गरेको छ। त्यसैगरी बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड र जनसहभागिताबाट ३७ करोड संकलन गर्ने अनुमान गरिएको छ।

    महानगरले २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

    बजेटको पूर्णपाठ :

    भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड ४२ लाख

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब १८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालूखर्चतर्फ १ अर्ब ४२ करोड ८४ लाख ४२ हजार , वित्तीय खर्च तर्फ रु. ४ करोड ६० लाख र पुँजीगत तर्फ रु. ७० करोड ९८ लाख विनियोजनगरेको छ।

    नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ.ब. २०७९/०८० को लागि कूल रु. २ अर्ब १८ करोड ४२ लाख ४२ हजार आय अनुमान गरेको छ।

    त्यसमध्ये बाह्य स्रोतबाट जम्मा रु. १ अर्ब ६४ करोड ७७ लाख २६ हजार ,संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपरूक अनुदान, विशेष अनुदान र अन्य अनुदान शीर्षकमा रु. ६५ करोड ४४ लाख ,सामाजिक सरुक्षा भत्तावापत रु. ५० करोड,प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त
    अनुदान, समपरूक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा रु. ८ करोड ९ लाख ३२ हजार , मूल्य अभिवृद्धि कर, सवारी कर र मालपोतवापत राजश्व बाँडफाँडबाट रु. १७ करोड २३ लाख ९४ हजार,आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर ४६ करोड ८१ लाख प्राप्त हुने अनुमान गरेको छ।
    .

    मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन

    निर्वाचन आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभएको छ।

    महिला तथा सामाजिक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा थपलियाले,स्थानीय तह निर्वाचनमा महिला सहभागिता कम भएको भन्दै , प्रदेश र संघीय संसदको निर्वाचनमा सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह समेत गर्नुभएको छ।

    समानुपातिक सहभागिताको विषयमा संविधानको मर्म अनुसार नैकेही कानुनी र व्यवहारिक कुराहरू मिलाउनुपर्ने रहेको पनि उहाँले बताउनुभएको छ। त्यसैगरी, चुनाव खर्चिलो र भड्किलो भएको गुनासोहरु आउन थालेको र आफुहरुले कम खर्चिलो तवरमा चुनाव गराउन पनि तयारि गरिरहेको बताउनुभएको छ।

    विमोचन इभेन्टले आयोजना गरेको सात दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

    भरतपुर चितवन ,एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि भरतपुरको सहकार्यमा विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम समापन भएको छ ।

    एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालिको सभाहलमा असार ४ गते देखि सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार एक औपचारिक कार्यक्रम बिच समापन गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १९ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश तमाङ्गले उद्घोषण तथा व्यक्तित्व विकास तालिमले समाजमा निकै सकारात्मक प्रभाव पार्ने र बोल्ने कलाको बिकास गर्न थप उर्जा प्रदान गर्ने बताउनुभयो । साथै, उहांले यस्ता सामाजिक कार्यक्रमहरुमा आफ्नो र वडाको तर्फ़बाट पनि सहकार्य गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका किरण पौडेल, अतिथिको रुपमा भरतपुर १९ का नवनिर्वाचित वडा सदस्य राजकुमार गुरुङ ,भरतपुर १ का नवनिर्वाचित वडा सदस्य राजु गुरुङ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

    289051564 750152382844537 7033672927722955612 n

    ७ दिनसम्म संचालन भएको प्रशिक्षणमा चितवनका चर्चित सञ्चारकर्मीद्धय मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, कार्यक्रममा सहभागिहरुलाई समापनको अवसरमा सफलताको शुभकामनासहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

    विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष विमोचन आचार्यको अध्यक्षतामा भएको समापन समारोहमा स्थानिय निर्वाचनमा निर्वाचित हुनुभएका भरतपुर १९ का वडा अध्यक्ष प्रकाश तामांग, वडा सदस्य राजकुमार गुरुङ, दिलमाया थापा मगर, सिता विक र भरतपुर १ का नवनिर्वाचित वडा सदस्य राजु गुरुङलाई सम्मान समेत गरिएको छ।

    289771172 1447225892357241 5250937823837849096 n

    देशभर आगामी ३ दिनको मौसम कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।

    हाल देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली देखी पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखी समानाय बदली रहेको छ।प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ।

    २०७९ असार १० गते (शुक्रबार)

    दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    २०७९ असार ११ गते (शनिबार)

    दिउँसो: प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९ असार १२ गते (आईतबार)

    दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

    युरोपियन युनियन संसदद्वारा युक्रेनलाई ईयू सदस्यता दिने पक्षमा मतदान

    युरोपेली संसदले युक्रेन र मोल्डोभा गणतन्त्रलाई “बिना ढिलाइ” ईयू उम्मेद्वारको दर्जा दिन गरेको आह्वानको पक्षमा ५२९ मत परेको छ। प्रस्तावको विपक्षमा भने ४५ मत परेको थियो।

    संसदले एक विज्ञप्ति जारि गर्दै,युरोपेली आयोगको प्राथमिकता पुरा गरेको खण्डमा जर्जियालाई पनि ईयू उम्मेद्वारको दर्जा दिनुपर्ने बताएको छ।

    युक्रेनी, मोल्डोभान्स र जर्जियनहरू स्वतन्त्र, लोकतान्त्रिक र समृद्ध देशहरूमा बस्न योग्य छन् र यी राष्ट्रहरु युरोपेली परिवारका गर्व र प्रतिबद्ध सदस्यहरू भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    बिमा समितिद्वारा २२ बिमा कम्पनीलाई कारवाही

    बिमा समितिले तोकिएको समयमा वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई कारबाही गरेको छ ।

    बिमा ऐन २०४९ र बिमा नियमावली, २०४९ बमोजिम कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई १० हजार देखि १० हजार ५०० सय रुपैयाँका दरले जरिवाना गर्ने बिमा समितिले निर्णय गरेको छ।

    वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाएर कारबाहीमा परेका कम्पनीहरु:

    नेपाल पुनर्बीमा कम्पनी
    लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)
    एसियन लाइफ इन्स्योरेन्स
    सूर्या लाइफ इन्स्योरेन्स
    प्राइम लाइफ इन्स्योरेन्स
    ज्योति लाइफ इन्स्योरेन्स
    रिलायन्स लाइफ इन्स्योरेन्स
    सिटिजन लाइफ इन्स्योरेन्स
    प्रभु लाइफ इन्स्योरेन्स
    महालक्ष्मी लाइफ इन्स्योरेन्स
    राष्ट्रिय बीमा संस्थान

    नेसनल लाइफ इन्स्योरेन्स
    नेपाल लाइफ इन्स्योरेन्स
    गुराँस लाइफ इन्स्योरेन्स
    आईएमई लाइफ इन्स्योरेन्स
    युनियन लाइफ इन्स्योरेन्स
    सन नेपाल लाइफ इन्स्योरेन्स
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
    सानिमा लाइफ इन्स्योरेन्स
    दि ओरिएण्टल इन्स्योरेन्स
    नेसनल इन्स्योरेन्स
    राष्ट्रिय बीमा कम्पनी लिमिटेड

    अर्थमन्त्रीको राजीनामा माग गर्दै व्यावसायीहरु प्रदर्शनमा

    मोरङका उद्योगी व्यावसायी र मजदुरहरुले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गर्दै प्रदर्शनमा उत्रिएका छन्।

    मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ , नेपाल ट्रेड युनियन कांग्रेस ,अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका औधोगिक संगठन र मजदुरहरुले अर्थमन्त्री शर्माले नीतिगत भ्रष्टाचार गरि व्यापारीहरुसंग कमिसन लिएर सीमित उद्योगलाई संरक्षण गरेको र अन्य उधोगलाई बन्द गर्न बाध्य पार्ने गरि करको दायरा परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मा विरुद्ध प्रदर्शन गरेका हुन् ।

    अर्थमन्त्रीको अल्पज्ञानाका कारण धेरै उधोगहरु बन्द हुने अवस्थामा पुगेको र लाखौँ मजदुरहरु बेरोजगार हुने अवस्था सिर्जना भएको भन्दै उनीहरुले नयाँ बजेट व्यवस्थाले सिर्जना गरेको करको दायरा सच्याउन समेत माग गरेका छन्।

    अर्थमन्त्रीले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने र शुक्रबार आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको पनि प्रदर्शनकारी संगठनहरुले जनाएका छन्।

    काठमाडौँ उपत्यकाको फोहोर वर्गीकरण नगरे ५०० जरिवाना

    काठमाडौं महानगरपालिकाले श्रावण १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण नगरी एकै ठाउँमा मिसाएमा कारबाही गर्ने भएको छ ।महानगरपालिकाले फोहोर वर्गीकरण नगरी कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउने काठमाडौँवासीलाई श्रावण १ गतेदेखि ५०० रुपैयाँ जरिवाना गर्ने जनाएको छ।

    काठमाडौँ महानगरले यसघि सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय बासिन्दासंग स्रोतमै फोहोरको वर्गीकरण गर्नेगरि असार मसान्तसम्मको लागि मात्र यथास्थितिमा फोहोर फाल्न दिने सहमति गरेको थियो। तर श्रावण १ गते देखि स्रोतमा वर्गीकरण नगरिएका फोहोर आएमा ल्यान्डफिल साइटका बासिन्दाले फोहोर फाल्न रोक्ने चेतावनी समेत दिएका छन्।

    महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) को प्रावधानमा रहेर स्रोतमै फोहोर वर्गीकरण नगर्नेलाई कारवाही गर्न सकिने महानगरले जनाएको छ।

    विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगका लागि तालिबानको आग्रह

    पश्चिमी समर्थित सरकारको पतन पछि सत्तामा पुगेको तालिवानले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ।

    तालिबानका एक वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले,अफगानिस्तान मानवीय र आर्थिक संकटको बीचमा रहेको र सरकार आवश्यकता अनुसार जनतालाई आर्थिक रूपमा सहयोग गर्न असमर्थ भएकोले अन्तराष्ट्रिय सहयोगको लागि अपिल गरेका छन्।

    भूकम्पको कारण हालसम्म त्यहाँ १,००० भन्दा बढीको मृत्यु भएको र १,५०० भन्दा बढी मानिस घाइते भएका छन्। घर र भौतिक संरचनाहरु ध्वस्त भएका छन्। भारी वर्षा र स्रोतको अभावका कारण उद्धार कार्यमा बाधा पुगेको छ ।उद्धारकर्ताहरूका अनुसार मृतकको संख्या थप बढ्ने सक्ने अनुमान गरिएको छ।

    खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो।

    नागरिकता विधेयक अगाडि बढाउन प्रधानमन्त्रीको प्रस्ताव

    सत्तारुढ गठबन्धनको आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विचाराधीन रहेको नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ ।

    प्रधानमन्त्री देउवाको प्रस्तावलाई समर्थन गर्दै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले,बैठकमा नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्‍याउने बारेमा छलफल केन्द्रित भएको जानकारी दिनुभएको छ।

    खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

    स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले सम्बन्धित सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

    निर्वाचन आयोग ऐन २०७३,स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयहरुमा खर्च विवरण बुझाउनु पर्ने व्यवस्था रहेको र सो व्यवस्था अनुरुप उम्मेदवारहरुले खर्चको विवरण बुझाए नबुझाएको यकिन गरि, विवरण नबुझाउने उम्मेदवारलाई आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन निर्वाचन आयोगले सम्बन्धित सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ।

    nirwachan aayog suchana

    चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

    काठमाडौं, लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्‍वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्‍वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।

    गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।

    नेपाल प्रहरी

    क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    वातावरण कानुन समाजले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले सरकारले हालै जारि गरेको क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

    सरकारले घनावस्ती र वन क्षेत्रको दुई किलोमिटर र राजमार्गको ५०० मिटर दूरीभित्र क्रसर सञ्चालन गर्न नपाउने व्यवस्था खारेज गर्दै नयाँ मापदण्ड लागु गरेपछि, क्रसर उधोगीलाई फाइदा पुग्ने गरि मापदण्ड संसोधन गरेको भन्दै सरकारको सो निर्णयको चर्को विरोध भएको थियो।

    न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको घुस प्रकरण अध्ययन गर्न छानविन समिति गठन

    न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी दिउँसो १ बजे बसेको न्यायपरिषदको बैठकले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।छानविन समिति गठन गरे लगत्तै जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको जिम्मेवारी पनि खोसिएको छ।

    सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउने सवालमा भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले दिउँसो १ बजेको लागि आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका थिए।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले सार्वजनिक भएको अडियो रेकर्ड र समाचारप्रति ध्यानाकर्षण भएको र आफूले कुनैपनि प्रकारको अनुचित कार्य नगरेको दाबी सहित छानिबनको माग गर्दै,छानविनमा आफ्नो पूर्ण सहयोग रहने बताएका छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%b6-%e0%a4%b0-%e0%a4%b5%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a5%a7%e0%a5%a6-%e0%a4%95%e0%a4%b0/

    मन्त्रिपरिषद हेरफेर गर्न एकीकृत समाजवादीको दबाव

    सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीको निर्णय अनुसार तत्काल मन्त्री हेरफेर गर्नुपर्ने बताएको छ।

    आज बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने बताएको छ। मन्त्रिमण्डल हेरफेरकै विषयमा आज प्रधानमन्त्री देउवासंग छलफल गर्ने नेता झलनाथ खनालले बताउनुभएको छ।

    एकीकृत समाजवादी पार्टीले यसअघि पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको सट्टा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय गरेको थियो।

    हैजाको प्रकोप फैलन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह:काठमाडौँका ४ जनामा हैजाको पुष्टि

    काठमाडौंका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एकजनामा हैजा देखिएको छ । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो । ’

    विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए । बागबजारका दुईजना १८ र २३ वर्षीय युवतीमा यही असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक–एकजनामा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउन जनस्वास्थ्य अधिकृत रामकृष्ण फुँयालको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरेको छ । महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुँयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदूषण भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीनवटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।

    उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शंका गरे पनि परीक्षणको रिपाेर्ट नआएकन केही भन्न नसकिने बताए । उनले बागबजारका दुईजना युवतीले जार र धाराको पानी नउमालीकन खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ती युवतीलाई उल्टी गर्नुको साथै पखाला लागेको थियो ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजग र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन अनुरोध गरिएको छ । रासस

    बरु जेल हालोस तर इम्बोस्ड नम्बर प्लेट हाल्दिन:भिम रावल

    नेकपा एमालेका सांसद भीम रावलले बरु सरकारले आफुलाई जेल हालोस तर आफ्नो सवारीमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको छ ।

    संसदको राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्ने क्रममा नेता रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको हो। नेपालको संबिधान विपरित अंग्रेजीमा नम्बर प्लेट राख्ने चलखेल गरेको र आर्थिक अनियमितता गरेर बढी शुल्कमा इम्बोस्ड नम्बर प्लेट वितरण गरिएको भन्दै नेता रावलले सरकारको आलोचना गर्नुभएको छ।

    यातायात व्यवस्था विभागले साउन १ देखि इम्बोस्ड प्लेट अनिवार्य जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि, सो निर्णयको चर्को विरोध गर्दै संसदमै आवाज उठ्न थालेपछि विभाग आफ्नो निर्णयमा लचिलो बन्दै कारवाही गर्ने र श्रावण १ गतेदेखि अनिवार्य जडान गर्नुपर्ने भन्ने निर्णयबाट पछि हटेको थियो।

    अफगानिस्तानमा भुकम्प: २५० जनाको मृत्यु सयौं घाइते

    अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। 

    भूकम्प दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको बताइएको छ।  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भुकम्प करिब ५१ किलोमिटर गहिराइमा रहेको र ६.१ म्याग्निच्युडको रहेको जानकारी प्राप्त भएको छ।  अफगानिस्तान, पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्पले घरहरु ध्वस्त बनाएको छ। क्षतीको पूर्ण विवरण आइनसकेकोले मृत्यु हुने र घाइतेहुनेहरुको संख्या थप बढ्न सक्ने  अनुमान गरिएको छ। 

    सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन्,”दुर्भाग्यवश, हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प आयो, जसले हाम्रा सयौं देशवासीको ज्यान लियो र घाइते बनायो  र दर्जनौं घरहरू ध्वस्त पारे,”  ।”हामी सबै सहायता एजेन्सीहरूलाई थप प्रकोप रोक्नको लागि तुरुन्तै टोली पठाउन आग्रह गर्दछौं।”

    अष्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वस्तिक चिन्हको प्रदर्शन प्रतिबन्ध

    भिक्टोरिया राज्यले जारि गरेको नयाँ ऐन अन्तर्गत कसैले स्वस्तिक चिन्हको प्रदर्शन गरेको पाइएमा सो व्यक्तिलाई एक वर्ष जेल वा अस्ट्रेलियन डलर २२ हजार जरिवाना हुनेछ।

    नाजी प्रतीकले इतिहासको सबैभन्दा घृणित विचारधाराको महिमा दर्शाउने र विरोध प्रदर्शनको क्रममा यसको सार्वजनिक प्रदर्शनले थप पीडा र विभाजन सिर्जना गर्ने भन्दै स्वस्तिक चिन्ह प्रदर्शनमा प्रतिबन्ध लगाएको भिक्टोरियन महान्यायाधिवक्ता ज्याक्लिन साइम्सले बताएका छन्। तर,हिन्दू, बौद्ध र जैन धर्महरुमा यो एक आस्थाको प्रतिक भएकोले ऐतिहासिक, शैक्षिक र कलात्मकताको सन्दर्भमा स्वस्तिक चिन्हको प्रतीक देखाउन छुट भएको पनि उनले बताएका छन्।

    2020 मा, अष्ट्रेलियाको गुप्तचर प्रमुखले पनि नव-नाजीहरूबाट देशको सुरक्षामा वास्तविक खतरा भएको चेतावनी समेत दिएका थिए ।

    न्यायाधीश र वकिलबीच १० करोड घुस लेनदेनको अडियो सार्वजनिक

    न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच १० करोड रुपैयाँ घुस लेनदेनको अडियो सार्वजनिक भएको छ।

    सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउने सवालमा भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले दिउँसो १ बजेको लागि आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् ।
    दिउँसो १ बजे बस्ने भनिएको बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।

    जर्मनीले सोभियत संघमाथि आक्रमण गरेको दिनको सम्झनामा मस्कोमा शोक स्मृति दिवस

    जर्मनीले विश्वयुद्ध २ मा सोभियत संघमा आक्रमणमा गर्दा ज्यान गुमाएका मृतकहरुको सम्झनामा, रुसले शोक स्मृति दिवस मनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकहरूको सम्मान र सम्झनामा फूलहरू अर्पण गर्नुभएको छ।

    अपरेशन बारबारोसा अन्तर्गत, जुन २२ १९४१ मा जर्मनीले सोभियत संघमाथि अप्रत्याशित आक्रमण सुरु गरेको थियो। आजकै दिनको सम्झनामा युक्रेन र तत्कालीन सोभियत संघको भाग बेलारुसमा पनि शोक स्मृति दिवस मनाउने गरिन्छ। यधपी आजको रुस युक्रेन द्वन्दकोबीच युक्रेनले शोक स्मृति दिवसलाई विगतका दिनहरुमा जस्तै मनाउला त,भन्ने कुरामा भने कुनै यकिन छैन।

    जर्मनीले तत्कालिन समयमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न, सोभियत सेनाले गिर्जाघर र चिहानहरूमा बम विष्फोट गरिरहेको दाबी गर्न खोजेको देखाउने अभिप्रायका कागजातहरू पनि शोक स्मृति दिवसकै क्रममा रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।
    जर्मनीको तत्कालिन आक्रमणलाई लक्षीत गर्दै, रुसी रक्षा मन्त्रालयले १९४१ मा जस्तै नाजीहरूले हाम्रो राज्यलाई बदनाम गर्न अहिले पनि उत्तेजक स्थितिको सिर्जना गरेको बताएको छ।

    २४ घण्टा नबित्दै आफ्नो अडान बाट पछि हट्यो वायुसेवा सञ्चालक संघ

    वायुसेवा सञ्चालक संघले ५ बुंदे माग राख्दै आजदेखि नियमित र आकस्मिक तर्फका सम्पूर्ण उडान बन्दे गर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै आफ्नो अडान बाट पछि हट्न बाध्य भएको छ।

    नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक संघलाई कारवाही गर्ने र उडान अनुमति समेत खारेज गर्ने चेतावनी दिएपछि वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणबीच हिजो रात अबेरसम्म भएको वार्तामा हवाई सेवा नियमित रुपमा अघि बढाउने सहमति भएको थियो। सहमति अनुसार आज बिहान ११ बजेदेखि नियमित उडान सेवा सुचारु रहनेछ।

    त्रिभुवन विमानस्थलमा बढ्दो चापका कारण उडान, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसनलगायतका समस्या बढेको भन्दै प्राधिकरणले रातिको समयमा ३८ हेलिकोप्टरमध्ये २१ वटा काठमाडौं र १७ वटा बाहिर तथा ५२ हवाईजहाजमध्ये १७ वटा काठमाडौं र ३५ वटा काठमाडौँ बाहिरका विमानस्थलमा राख्न निर्देशन दिएको थियो । हेलिकोप्टर कम्पनीलाई ७ असार र हवाईजहाज कम्पनीलाई १३ असारदेखि सो नियम लागुहुने गरि प्राधिकरणले उपत्यकाबाहिर १० वटा विमानस्थलमा तयारि समेत अगाडि बढाएको छ।

    प्राधिकरणको यहि नियमले असन्तुष्ट बनेको वायुसेवा सञ्चालक संघले ५ बुंदे माग राख्दै आजदेखि नियमित र आकस्मिक तर्फका सम्पूर्ण उडान बन्दे गर्ने चेतावनी दिएको थियो। जब कि अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा (३) को उपदफा (१) अनुसार हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गरेर हडताल गर्न निषेध गरेको छ ।

    आगामी ३ दिनको देशभरको मौसमी विवरण

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    हाल कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    २०७९ असार ०८ गते (बुधबार)

    दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९ असार ०९ गते (बिहिबार)

    दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ का एक वा दूई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    २०७९ असार १० गते (शुक्रबार)

    दिउँसो : देशभर आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाकी प्रदेशका कही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, गण्डकी प्रदेश का एक वा दूई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

    हवाइ सेवा बन्द गर्न मिल्दैन:नागरिक उड्डयन प्राधिकरण

    वायुसेवा सञ्चालक संघ नेपालले ५ बुंदे माग राख्दै भोलिदेखि आकस्मिक र नियमित तर्फका सबै उडान सेवा बन्द गर्ने चेतावनी दिएको केहि घण्टा बित्न नपाउंदै नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरेर हवाइ सेवा बन्द गर्न नमिल्ने जनाएको छ।

    नागरिक उड्डयन प्राधिकरणले भने,वायुसेवा सञ्चालक संघले भोलिबाट उडान अवरुद्ध गरे प्राधिकरण हेरेर नबस्ने भन्दै कारवाही गर्ने बताएको छ। जनताले दुख पाउने अवस्थाको सिर्जना भएमा आफुहरु हेरर नबस्ने प्राधिकरणले जानकारी गराएको हो ।

    नक्कली लाइसेन्स बनाएको आरोपमा यातायातका तत्कालिन कार्यालय प्रमुख सहित १७ जनाविरुद्ध मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा यातायात व्यवस्था कार्यालयका तत्कालिन कार्यालय प्रमुख सम्बर बहादुर कार्की र राजुभाइ कुस्मा सहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुना र ललितपुरका १२ जना कर्मचारी र ५ जना विचौलियालाई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नवीकरण नगरिएका र स्वत: रद्ध भएका सवारी चालक अनुमति पत्रमा किर्ते गरि गैरकानुनी ढंगले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर वितरण गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम अदालतमा मुद्दा दायर गरेको हो।

    तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठ को विरुद्धमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल ७ विकेटले पराजित

    एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत मलेसियाको किनरारा मैदानमा भएको आजको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन जोड्न सफल भएको थियो।
    ११० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ रङ जोड्दै जित हाँसिल गरेको हो।
    आजको खेलमा पराजित भएपनि समूह ‘बी’ अन्तरगत रहेको नेपालले यसअघिको ३ खेलमा ६ अंक जोड्न सफल रहेकोले सेमिफाइनलमा भने आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

    भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

    वायुसेवा सञ्चालक संघले ५ बुँदे माग राख्दै भोलिदेखि देशभरका सम्पूर्ण उडान बन्द गर्ने चेतावनी दिएको छ।

    नागरिक उड्डयन प्राधिकरणले सिर्जना गरेको समस्याप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत उदासिन रहेको र यी सबै सिर्जित सम्स्याहरुबिच आफुहरुले सेवा दिन नसक्ने भन्दै वायुसेवा सञ्चालक संघले आफ्नो नियमित र आकस्मिक उद्दार तर्फको सबै उडान सेवा बन्द गर्ने बताएको छ।

    संघले, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्क,पार्किङ्ग न्याभिगेसन लगायत सम्पूर्ण शुल्क फिर्ता गर्नुपर्ने , विमानस्थलमा दिर्घकालिन हेलिप्याड र ह्यांगर लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने,अपरेसन बेसका प्रावधानहरु खारेज गरि हालसम्म भैरहेकै व्यवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विना अवरोध सबै सेवाहरु संचालन गर्न पाउनुपर्ने लगायतका माग राखेको छ।

    release1 2162022102501 1000x0 1
    release 2162022102511 1000x0 1

    सञ्चारकर्मी रवि लामिछानेको “राष्ट्रिय स्वतन्त्र पार्टी “

    केहिदिन अघि सामाजिक सञ्जालमार्फत आफुले सञ्चार कर्म छोडेर राजनीतिमा लाग्ने घोषणा गर्नुभएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले आज एक औपचारिक कार्यक्रमकाबिच राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ।

    राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सञ्चारकर्मी लामिछानेले आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको र अहिले भएका कुनै पनि राजनीतिक दलमा नलाग्ने बताउंदै नयाँ पार्टी “राष्ट्रिय स्वतन्त्र पार्टी ” घोषणा गर्नुभएको हो।

    सञ्चारकर्मी लामिछानेले आफु ठुला ठुला कुरा नभई, आम मान्छेको ससाना समस्या समाधानका लागि राजनीतिमा आएको पनि बताउनुभएको छ।

    सञ्चारकर्मी लामिछानेले अहिलेका राजनीतिक दल र तिनका नेताहरुले नागरिकको जनमत गुमाउँदा पनि गठबन्धन गरेर सत्तामा बसिरहने प्रपञ्च गरिरहेको आरोप समेत लगाउनुभएको छ।

    अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने सरकारको निर्णय

    सरकारले अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने निर्णय गरेको छ ।

    हिजो बसेको मन्त्रिपरिषद बैठकले नेपाल एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेको छ ।सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले नै विरोध गरेपछि, यसघि गृहमन्त्री, परराष्ट्रमन्त्री र सेना प्रमुखले नै नेपाल अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुनेछैन भनेर स्पष्टीकरण दिएका थिए ।

    प्रधानसेनापति र प्रधानमन्त्रीको अमेरिका भ्रमणको चर्चा चलिरहेका बेला अमेरिकी सैन्य रणनीति अन्तर्गत स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को १० बुंदे सम्झौता सार्वजनिक भएपछी, सो सम्झौता नेपालको असंलग्न परराष्ट्र नीति विपरित भएको भन्दै सरकारको चर्को आलोचना समेत भएको थियो।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने एमालेको माग: संसदमा सभामुखको रुलिङ

    आयल निगमले गए राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि,सरकारले यसको जवाफ दिनुपर्ने भन्दै एमाले सांसदहरुले संसद अवरोध गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ माग्दै संसद अवरोध गरेपछि, सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सभामुख सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनसमक्ष सरकारलाई सत्य तथ्य पेश गर्न निर्देश दिनुभएको छ।

    आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध देशभरका विभिन्न शहरहरुमा प्रदर्शन सुरु भएको छ।

    आकाशिएको इन्धनको मूल्यसंगै सार्वजनिक यातायातको भाडा वृद्धि

    नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागु हुने गरि इन्धनको मूल्य बढायसंगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले वृद्धि भएको छ ।

    इन्धनको मूल्यमा आउने परिवर्तनसंगै स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्था अनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

    त्यसैगरी अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा वृद्धि भएको छ भने , पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत वृद्धि भएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।

    नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

    मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गतको तेश्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपालले जित हाँसिल गरेको छ।

    किनरारा एकेडेमी ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रनमा समेटिएको थियो। १५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै जित हाँसिल गरेको थियो।
    समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।

    यो जितसँगै समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै नेपाल प्रतियोगिताको शीर्षस्थानमा उक्लिँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

    इन्धनको मुल्यमा उच्च वृद्धि :पेट्रोल प्रतिलिटर १९९ र डिजेल प्रतिलिटर १९२

    नेपाल आयल निगमले आइतबार रातको १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धी गरेको छ ।

    निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।निगमले जारि गरेको नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर रु. १९९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर रु. १९२ पर्नेछ।

    त्यसैगरी निगमले हवाई इन्धनमा आन्तरिक तर्फ १९ रुपैयाँ र बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ ।खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको छ।

    मूल्य वृद्धि पश्चात पनि निगमलाई मासिक करिब ४ अर्ब ७० करोड घाटा हुने निगमले जनाएको छ।

    aayal nigam

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा के छ ?

    काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    महानगरले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै आधारमा आगामी आर्थिक वर्षका लागी असार १० गते बजेट प्रस्तुत गर्ने तयारि गरेको छ।

    महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमामा दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने ,अनौपचारिक शिक्षा र सिप विकासका कार्यक्रमहरु अघि बढाउने,महानगर जनस्वास्थ्य ऐन जारि गर्ने,जेष्ठ नागरिकको स्वास्थ्य तथा सुबिधा लगायतका विषयवस्तु समेटिएको छ। त्यसैगरी काठमाडौँको पुरातात्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने लगायतका विषयहरु पनि महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ।

    नीति तथा कार्यक्रममा के छ ? पूर्णपाठ :

    नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जग्गा किर्ते गरी बिक्री गर्ने गिरोहको पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

    ठगि कार्यमा संलग्न उक्त गिरोहले जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ ।

    पक्राउ पर्नेमा दार्चुला घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२,घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन्।

    संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

    संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

    प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ।

    अमेरिकी सैन्य योजना स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री देउवा आउन नभ्याउने भनी प्रधानमत्रीको सचिवालयले जानकारी गराएको थियो।
    यता समितिको बैठकमा प्रधानमन्त्री देउवाको उपस्थिति नदेखेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि समितिको बैठक सुरु नहुँदै बैठकबाट बाहिरिनुभएको छ।

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

    काठमाडौं महानगरपालिकाको आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

    आर्थिक वर्ष २०७९/८० को लागि बजेट तर्जुमा गर्न महानगरले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान महानगरले कार्यपालिकाको बैठक समेत सम्पन्न गरेको छ।

    स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका बालेन्द्र साहको नेतृत्वमा आउन लागेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सबैको चासोको विषय बनेको छ। यो बिचमा स्वतन्त्र रुपमा मेयर जितेर अल्पमतमा रहेका शाहलाई नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट चुनिएर आएका जनप्रतिनिधिहरुले अवरोध गर्छन या समर्थन गर्नेछन भन्ने पनि आम चासोको विषय बनेको छ।

    अमेरिकालाई एसपीपी अस्वीकारको पत्र पठाउन र  श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई सुझाव

    अमेरिकी सैन्य योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी)बारे स्पष्ट संदेश दिनको लागि एसपिपी अस्वीकारको पत्र अमेरिकालाई पठाउन र श्वेतपत्र जारी गर्न सत्तारुढ दल माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले  प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्। 

    जनतामा गलत सन्देश प्रवाह भैरहेको भन्दै   विकसित घटनाक्रमहरुलाई सम्बोधन गर्ने गरि अमेरिका भ्रमणमा जानुपूर्व नै प्रधानमन्त्रीले  एसपिपी अस्वीकारको पत्र अमेरिकालाई पठाउनुपर्ने  र श्वेतपत्र जारी गर्नुपर्ने सत्तारुढ दलकाशिर्ष  नेताहरुले बताएका छन्। 

    यता,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने विकसित घटनाक्रमहरुबारे  छलफल गरेर जनतामाझ सत्य–तथ्य प्रस्तुत गरिने बताउनुभएको छ। 

    भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले रोक्यो स्वास्थ्य बिमा कार्यक्रम

    स्वास्थ्य बिमा कार्यक्रमको आठ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले अनिश्चितकालका स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ ।

    स्वास्थ्य बिमा बोर्डले बिमितको उपचारबापतको करिब आठ करोड रकम उपलब्ध नगराएको भन्दै शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको छ। बोर्डले रकम भुक्तानी नगर्दा औषधि खरिद गर्न, उपकरण मर्मतसम्भार गर्न र कर्मचारीको सेवा–सुविधामा समस्या आएको भन्दै दैनिक करिब चार सय विरामीको उपचारमा प्रभाव पर्नेगरी अस्पतालले स्वास्थ्य विमा कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ।

    यता स्वास्थ्य बिमा बोर्डले भने सरकारबाट पैसा नआएको भन्दै रकम भुक्तानी हुन नसकेको बताएको छ। स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हाल देशभर ४४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन् ।

    अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ।

    बजेटमाथि उठेका प्रश्नको जवाफका लागि अर्थमन्त्री शर्मा रोस्टममा उक्लिएपछि एमालेका सांसदहरुले उठेर अवरोध गरेका छन्। विचौलियाको बिचमा बसेर बजेट तय गरेकोले शर्माको जवाफ आफुहरुलाई नचाहिने भन्दै संसदको बैठकबाट अर्थमन्त्रीको कार्यसूची नहटेसम्म संसद अवरोध गर्ने नेकपा एमालेले जनाएको छ।

    यसअघि पनि बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरुद्ध गरेको थियो ।

    ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

    ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौताका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीचको मर्जर सम्झौतालाई अगाडि बढाएका छन्।

    सम्झौताअनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहने बताइएको छ । हालको लागि १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएपनि यसबारेमा थप अध्ययन र छलफल हुने पनि बताइएको छ। मर्जरपछि बन्ने ग्लोबल आईएमई बीओके बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहनेगरि प्रारम्भिक सम्झौता भएको छ ।

    मर्जरपछि बैंकको कूल पूँजी रु. ५२.२९ अर्ब र चुक्ता पूँजी रु. ३४.४१ अर्ब हुनेछ।
    चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले ग्लोबल आईएमई बीओके बैंक नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

    स्टेट पार्टनरसिप प्रोग्राम सम्बन्धी कुनै सम्झौता गरेको छैनौँ :नेपाली सेना

    नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको जानकारी गराएको छ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति सार्वजनिक गर्दै एसपीपीबारे सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा नेपालि सेनाले एसपीपी सम्बन्धि कुनै पनि सम्झौता वा समझदारी अमेरिकी सेना वा अमेरिकी सरकार कसैसंग पनि नगरेको र आगामी दिनमा पनि त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको उल्लेख गरिएको छ।

    साथै ,नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव प्रष्ट र सचेत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यता अमेरिकी दुतावासले भने सन् २०१५ र सन् २०१७ मा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रिले एसपीपी मा सहभागी हुन दुई पटक निवेदन दिएको र २०१९ मा उक्त प्रस्ताव स्वीकार गरिएको बताएको छ।

    Nepal Army 3mCecH83tp
    https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%9f-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%a8%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%ae/
    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/

    स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) स्वीकृत भैसक्यो

    नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुने नेपालको प्रस्ताव अमेरिकाले स्वीकृत गरिसकेको बताएको छ।

    बुधबार पत्रकारहरुसँग कुरा गर्दै नेपालस्थित अमेरिकी दूतावासका सहायक राजदूत म्यानुअल पी मिकलरले, नेपालले सन् २०१५ र २०१७ मा गरी दुईपटक एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरिसकेको जानकारी दिएका हुन्।

    अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने पनि बताएको छ। नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर सन् २०१५ र २०१७ मा गरी दुई पटक निवेदन दिएको पनि दुतावासले जानकारी दिएको छ । उक्त निवेदन बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई समेत बुझाइएको बताउंदै , २०१९ मा नै अमेरिकाले उक्त प्रस्ताव स्वीकृत गरेर इन्डो प्यासेफक स्ट्राटेजीको प्रतिवेदनमा समेत समेटेको जनाएको छ।

    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/

    लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

    आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालू खर्चतर्फ १३ अर्ब ३२ करोड अर्थात ३१.२६ प्रतिशत र पुँजीगत खर्च २४ अर्ब ४७ करोड अर्थात ५७.५१ प्रतिशत रकम विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरणतर्फ भने ४ अर्ब ८३ करोड बजेट विनियोजन गरिएको छ ।

    प्रदेश सरकारले आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड, राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड र रोयल्टीबाट ७० करोड संकलन हुने अनुमान गरेको छ भने
    संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपूरक अनुदानबाट ७३ करोड र विशेषअनुदानबाट ४८ करोड खर्च व्यहोर्ने अनुमान गरेको छ।

    सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

    आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालु खर्चतर्फ १२ अर्ब २९ करोड अर्थात ३३.४६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख अर्थात ६५.७४ प्रतिशत रकम विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरणतर्फ भने एक अर्ब ३६ करोड बजेट विनियोजन गरिएको छ ।

    प्रदेश सरकारले आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख खर्च व्यहोर्ने अनुमान गरेको छ।

    प्रदेश १ सरकारको बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

    प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

    प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब रहेको छ।
    प्रदेश सरकारले सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख खर्च व्योहोर्ने जनाएको छ।
    बजेटको पूर्णपाठ :

    बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७० अर्ब ९३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामाी आर्थिक वर्षको लागि १३ अर्ब बढी रकमको बजेट विनियोजन गरेको छ।

    आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालूतर्फ १९ अर्ब २ करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख र वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
    बजेटको पूर्णपाठ :

    कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड

    कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ

    आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख तथा पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार विनियोजन गरिएको छ।
    बजेटको पूर्णपाठ :

    गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

    गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ

    अर्थमन्त्री रामजी प्रसाद बरालले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत
    चालुतर्फ १३ अर्ब २६ करोड अर्थात ३६ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड आर्थत ६१ प्रतिशत विनियोजन गरिएको छ। वितीय व्यवस्थापनतर्फ भने ५० करोड अर्थात् १.३९ प्रतिशत रकम विनियोजन गरिएको छ।

    मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड


    मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ

    अर्थमन्त्री शैलेन्द्र साहले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ (५३.२१) प्रतिशत विनियोजन गरिएको छ। वितीय व्यवस्थापनतर्फ भने १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) रकम विनियोजन गरिएको छ।

    राष्ट्रिय हितविपरीतका कुनै पनि विषयमा सम्झौता नगर्ने :प्रधानमन्त्री देउवा

    अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकार सकारात्मक रहेको समाचारहरु सार्वजनिक भएपछी प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय हितविपरित कुनै पनि सम्झौता नगर्ने बताउनुभएको छ।

    अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकार सकारात्मक रहेको भन्ने कुराप्रति नागरिक स्तरबाटै सरकारको चर्को आलोचना भएपछी सत्ता गठबन्धनका शीर्ष नेताहरुसंगको छलफलमा प्रधानमन्त्री देउवाले राष्ट्रिय हितविपरित कुनै पनि सम्झौता नगर्ने आश्वाशन दिनुभएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी सो छलफलमा आफुले कुनै पनि सम्झौतामा हस्ताक्षर गर्ने कुराको तयारि नगरेको बताउनुभएको हो।

    गत साता नेपाल भ्रमणमा रहेका अमेरिकी सेना प्यासिफिक कमान्डका कमान्डीङ्ग जनरल चार्ल्स ए फ्लिनले उच्चस्तरीय कुटनीतिक भेटवार्ताका क्रममा अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्नुपर्ने र प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको क्रममा सो विषय टुंगो लगाउने कुराको चर्चाले सरकारको आलोचना समेत भएको थियो।

    आजदेखि मतदाता नामावली संकलन सुरु

    निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन कार्य सुरु गर्दैछ ।

    निर्वाचन आयोगले ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु गरिने जनाएको छ।

    यो अवधिमा आफ्नो मतदाता नामावलीमा कुनै त्रुटी भएको खण्डमा सच्याउन सकिने र आफुलाई पायक पर्ने स्थानमा मतदाता नामावली स्थानान्तरण गर्न सकिने पनि आयोगले बताएको छ। काम वा अन्य कुनै कारण आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले जनाएको छ।

    आगामी ३ दिनको देशभरको मौसमी विवरण

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    २०७९ असार ०१ गते (बुधबार)

    दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९ असार ०२ गते (विहीबार)

    दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९ असार ०३ गते (शुक्रबार)

    दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

    वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसद अवरुद्ध

    बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने विषयमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सो विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाको आजको संसद बैठक अवरुद्ध गरेको छ ।

    अर्थमन्त्री शर्माले भने,बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गर्नुभएको थियो। अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले नै बजेट तर्जुमा गरेको र आफुले पनि प्राप्त जिम्मेवारीअनुसार काम गरेको भन्दै स्पष्टिकरण दिनुभएको थियो।

    यता एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने,अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिनुभएको छ।

    बुधबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित

    बुधबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

    संसद सचिवालयले राष्ट्रियसभाको बैठक असार २ गते १ बजे सम्मको लागि सारिएको जनाएको छ ।यसअघि बैठक असार १ गते बस्ने भनिएको थियो ।

    संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा बैठक सारिएको व्यहोरा उल्लेख गरिएको छ।

    Rastriya sbha Release5

    गोलाप्रथाबाट जिसस चितवनको प्रमुखमा एमालेका अधिकारी विजयी

    जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायणप्रसाद अधिकारी विजयी हुनुभएको छ।

    सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा ७/७ मत आएर बराबरी भएपछी अन्तिम नतिजाको लागि गोलाप्रथा गरिएको थियो। गठबन्धनका पूर्णबहादुर रानाभाट र एमालेका नारायणप्रसाद अधिकारीबीच भएको गोलाप्रथाबाट अधिकारी विजयी हुनुभएको हो।

    उपप्रमुखमा एमालेको तर्फ़बाट कुनै उम्मेदवारी नपरेपछि गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो।

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा


    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तुलसीपुर उपमहानगरपालिका-५ बस्ने एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    स्थानीय बासिन्दाको घरमा छिरेर हातपात गरेको भन्दै स्थानीयले उनलाई कालो मोसो दल्न खोजेपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    विगतमा पनि राज्यमन्त्री विमला विभिन्न विवादमा पर्दै आएकी छिन् । यसअघि पनि वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफू सँगै रहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछी पुरुषसँगको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै वलीले आपत्ती जनाएकी थिइन।

    त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै काठमाडौंमा प्रदर्शन

    भूकम्पले क्षतिग्रस्त काठमाडौंको त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै कलेजका विद्यार्थीहरु आज कलेज अगाडिको सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

    लामो समयदेखि जीर्ण कलेजको भवन पुनर्निर्माण र स्तरोन्नति हुन नसकेको विरोधमा मंगलबार कलेज अगाडि विद्यार्थीहरु जम्मा भएर सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। ठाउँ-ठाउँमा भिउ टावर बनाउन सक्नेले एतिहासिक महत्व बोकेको कलेज जस्तो संवेदनशील क्षेत्रलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले सरकारको आलोचना गरेका छन्।

    विद्यार्थीले कलेज अगाडिको सडकमा आधा घण्टासम्म किताब पढेर विरोध गरेका थिए । विरोध प्रदर्शनको क्रममा उनीहरुले ‘त्रिचन्द्र बचाउ, घण्टाघर बचाउ’, ‘इतिहास ढल्दै छ, सरकार मौन’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

    trichandra student

    आजको मौसम कस्तो रहनेछ ?


    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    आज २०७९ जेठ ३१ गते (मंगलबार)को मौसम :

    दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भू-भागहरुमा आंशिक देखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा वाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    अमेरिकी सेना नेपाल भित्र्याउने १० बुंदे (एसपीपी) सम्झौता

    प्रधानमन्त्री र प्रधानसेनापतीको अमेरिका भ्रमणबारे केहिदिन यता संसदमा प्रश्न उठिरहेको बेला युएस आर्मी प्यासेफिक कमाण्डका कमान्डीङ्ग जनरल चार्ल्स ए फ्लिनको नेपाल भ्रमणले नेपालको राजनीति झनै तरंगित बनाइदिएको छ। त्यसो त एमसीसी अनुमोदन भए यता अमेरिकी कुटनीतिज्ञहरुको नेपालमा बाक्लो उपस्थिति देखिने गरेको छ। तिब्बती मामिलाको संयोजक उज्रा जेयाको भ्रमणको विवाद नसकिंदै जनरल फ्लिनको भ्रमणले, नेपालले स्वतन्त्र परराष्ट्र नीति बिर्सिएर सैन्य नीति तर्फ अग्रसर भएको देखाउंदैछ भन्ने आवाज संसद भवनभित्रै सुनिन थालेको छ। स्टेट पार्टनरसीप कार्यक्रममा नेपालमा अमेरिकी सेना भित्र्याउने सम्झौता भएको र अमेरिका भ्रमणको क्रममा सरकारले गोप्य रुपमा स्टेट पार्टनरसीप कार्यक्रममा सम्झौता गर्ने तयारि गरेको भन्दै प्रतिपक्षी दलले यसको विरोध गरिरहेको छ।

    सन् २०१५ देखि पटक पटक अमेरिकाले स्टेट पार्टनरसीप कार्यक्रममा सभागी हुन नेपाललाई पत्राचार गरेको भएपनि आजको मितिसम्म यसमा कुनै सम्झौता भएको छैन। तर जनरल फ्लिनको भ्रमणमा सरकारले आफु यसप्रति सकारात्मक रहेको भन्ने बताउंदै गर्दा आगामी अमेरिका भ्रमणको क्रममा सरकारले सो सम्झौतामा गोप्य रुपमा सहमति गर्न सक्ने शङ्का गर्दै प्रतिपक्ष दलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको विषयको आलोचना समेत गरेको छ। अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटीजीको हिस्सा भएको भन्दै प्रतिपक्ष र गठबन्धन दल भित्रकै केहि नेताहरुले यसको विरोध गरेका छन्।

    के छ त स्टेट पार्टनरसीप सम्झौतामा ?

    कृषकलाई मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना

    एमालेले संसदमा दर्ता गराएको रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा बोल्दै एमालेका सांसद नारायणप्रसाद खतिवडाले मल उपलब्ध नभएका कारण गाउँ गाउँमा किसान ठूलो मर्कामा परेको बताउनुभएको छ। सरकारकै कारण किसान कालोबजारीमा मल किन्न बाध्य भएको भन्दै उहाँले कृषिमन्त्री र प्रधानमन्त्रीलाई किसानले रासायनिक मल कहिले पाउँछन भनि प्रश्न समेत गर्नुभएको छ।

    त्यस्तै,नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न नसके सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ।

    एमालेका सांसद खगराज अधिकारीले पनि भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ। नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यस पटकको मल अभावले उत्पादन घट्ने झनै सम्भावना बढेको बताउनुभएको छ ।

    सांसद शक्तिबहादुर बस्नेतले मलको समस्या हल गर्न प्रधानमन्त्रीले भारतसँग उच्च राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने बताउनुभएको छ।

    यता नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले भने समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताउनुभएको छ।

    मल ल्याउने कृषि सामग्री कम्पनीका माथिल्ला कर्मचारीलाई अख्तियारले कारबाही गरेको बताउंदै,‘अख्तियारले मल ल्याउने कर्मचारी समाउनु भनेको पहिलेको सरकारको पालामा यहाँ समस्या थियो भन्ने हो नि,’ ‘भन्दै सांसद विश्वकर्माले सरकारको बचाउ गर्नुभएको छ।

    स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी: भिम रावल

    प्रमुख प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी गरिरहेको आरोप लगाउनुभएको छ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता रावलले सरकारले नेपालको असंग्लन परराष्ट्र नीतिलाई उल्लंघन गरेको बताउनुभएको छ। परराष्ट्र मन्त्रालयले तय गर्नुपर्ने प्रधानमन्त्रीको भ्रमण रक्षा मन्त्रालयले गरेको भन्दै,प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन समेत उहाँले माग गर्नुभएको छ।

    सांसद रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत दावी गर्नुभएको छ।

    नेकपा एमालेको सचिवालय बैठक सुरु

    नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    केहीबेर अघि मात्र पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । बैठकमा आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजनाको विषयमा पनि छलफल गरिनेछ।

    त्यस्तै स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषयमा पनि छलफल हुने बताइएको छ।

    अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउन पार्टीभित्रै आन्तरिक छलफल

    अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउने विषयमा नेकपा माओवादी केन्द्रभित्रै आन्तरिक छलफल सुरु भएको छ।

    पटक पटक विवादमा तानिएका अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने विषयमा अहिले माओवादी केन्द्रका प्रतिनिधिहरु आन्तरिक छलफलमा जुटेका छन्। अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर माओवादी केन्द्रनै विवादमा तानिने र पार्टीको छवि बिग्रने अवस्थामा पुगेपछि अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई निजि निवास खुमलटार बोलाएर करिब २ घण्टा भन्दा बढी समय यस विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ।

    त्यसो त गर्भर्नर निलम्बन प्रकरण र आफ्ना विवादित अभिव्यक्तीका कारण पटक पटक आलोचित बन्दै आएका शर्मालाई यस अघि पनि हटाउनुपर्ने माग उठेको थियो। तर बजेट सार्वजनिक गर्ने समयमा अर्थमन्त्री हटाउँदा यसले नराम्रो संदेश जाने भन्दै यो विषय यतिकै ओझेलमा पर्यो। तर पछिलो समय सिमित व्यक्ति र संस्थालाई लाभ पुग्ने गरि बजेट तयार गरिएको विषयलाई लिएर सरकारको आलोचना सुरु भएपछी अहिले उनलाई हटाउनेबारे आन्तरिक छलफल सुरु भएको हो।

    इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरेको छ।

    इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको सहमति भएसँगै दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ । यसघिनै मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन नेप्सेलाई पत्राचार गरेका थिए।

    मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि सो बैंक नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । असोजको अन्तिमसम्म एकीकृत रुपमा कारोबार सुरु गर्ने गरि मर्जरको कामलाई अगाडि बढाइएको छ।

    संसद बैठक स्थगित गर्न एमालेको प्रस्ताव

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

    संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्ने माग सहित नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहित एमालेका अन्य १५ जना सांसदहरुले संसद स्थगनको प्रस्ताव दर्ता गराएका हुन्।

    किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले संसद सचिवालयमा बुझाएको उक्त प्रस्तावमाथि संसदमा छलफल हुने भएको छ ।

    uml 1362022072622 1000x0 1
    नेकपा एमालेले दर्ता गराएको संसद स्थगनको प्रस्ताव
    parliament d 1362022072736 1000x0 1
    संसदको कार्यसूचीमा समेटिएको एमालेको प्रस्ताव सहितको कार्यसूची

    प्रशारण लाइनको तारमा चढेका विकलाई हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह

    शनिबार दिउँसो ककनी गाउँपालिका– ७ अन्तर्गत पर्ने त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का माइला विकलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गर्नुभएको छ।

    माइला विक प्रशारण लाइनमा चढेपछि प्राधिकरणले त्रिशुली थ्री ए र नजिकका अरु विधुत गृहबाट उत्पादन बन्द गर्दै सो प्रशारण लाइनमा विधुत प्रवाह रोकेको थियो ।

    प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन नमानेपछि हेलिकप्टरबाट भएपनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई निर्देशन दिइएको हो।

    प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग


    प्रतिनिधिसभाको बैठकमा एमाले सांसद सूर्यप्रसाद पाठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषय सदनमा जानकारी गराउन माग गर्नुभएको छ।

    पाठकले,प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणले नेपाल कतै इन्डो प्यासिफिक स्ट्र्याटीजीमा सहभागी हुन लागेको हो कि भन्ने आशंका भएको समेत बताउनुभएको छ।

    सत्ताधारी दलका प्रमुख सचेतकले राष्ट्रिय सुरक्षा संवेदनशिलताका सम्बन्धमा राखेको अभिव्यक्तीले राष्ट्रिय स्वाधिनता, सार्वभौकिमता र भौगोलिक अखण्डताको विषयमा चिन्तित बनाएको भन्दै पाठकले, यस विषयमा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभएको हो।

    त्यसो त माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गर्नुभएको थियो। गुरुङले अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको समेत टिप्पणी गर्नुभएको थियो।

    ३६४ मेगावाट विधुत भारत निर्यात

    नेपाल विधुत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको करिब १ सातापछि आजबाट ३६४ मेगावाट विधुत भारत निर्यात भएको छ।

    ३६४ मेगावाटसम्म मात्र बिजुली निर्यातको अनुमति पाएको प्राधिकरणले यसघि त्रिशुली जलविधुत आयोजनाको २३ , देवीघाट जलविधुत आयोजनाको १४.३९ , कालिगण्डकी जलविधुत आयोजनाको १४० , मर्स्याङ्दी जलविधुत आयोजनाको ६७ र मध्यमर्स्याङ्दी जलविधुत आयोजनाको ६८ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गरिरहेको थियो। शुक्रबारबाट निजी क्षेत्र अन्तर्गत ग्रिन भेन्चर्सकोे लिखु-४बाट उत्पादित ५१ मेगावाट विधुत पनि थपिएसंगै नेपालले सम्झौता अनुरुपको पूर्ण क्षमतामा बिजुली निर्यात गरेको छ।

    वर्षायाममा बढी भएको विधुत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

    भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुनेछ ।

    माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

    शिक्षक सेवा आयोगले ०७८ चैत २१ गते सञ्चालन गरेको माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले जारी गरेको सूचना अनुसार लिखित परीक्षाको नतिजामा नाम निकाल्न सफल भएकाहरुको अन्तर्वार्ता असार २१ गते हुनेछ ।

    आईसीसी क्रिकेट (लिग टू)मा नेपाल पराजित

    आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

    अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा २११ रन जोड्न सफल भएको थियो। २१२ रनको लक्ष्य पछ्याएको नेपाल १९८ रनमा नै अलआउट हुन पुगेको थियो ।

    नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग प्रतिष्पर्धा गर्नेछ ।

    उपत्यकाको फोहोर उठाउन १८ बुँदे सहमति

    काठमाडौं महानगरपालिका र सिसडोल तथा बन्चरे डाँडाका स्थानीयबीच शुक्रबार मध्यराति फोहोर व्यवस्थापन सम्बन्धि विषयमा १८ बुंदे सहमति भएको छ।

    गएराती भएको सहमति लगत्तै उपत्यकाको फोहोर उठ्ने भएको छ।
    ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार आगामी दिनबाट फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । स्थानीयवासीका लागि महानगरले प्रभावित स्थानीयलाई क्षतिपुर्ती दिनुपर्ने, नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ ।

    महानगरपालिका र स्थानीय बासिन्दाबीच भएको सहमति अनुसार तीन महिनाभित्र ल्यान्डफिल साइट पुग्ने सडक खण्डको निर्माण तथा आवश्यक बत्ती लगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ।

    fohor 1062022024534 1000x
    fohor2 1062022024651 1000x0 1

    आयल निगमले फेरी बढायो इन्धनको मूल्य

    पूर्वाधार कर समायोजन गर्ने निर्णय गर्दै सरकारले प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।
    पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।
    अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगमको सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

    अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ ।

    oil price

    थाइल्याण्डमा गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता

    थाइल्याण्ड ,गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता दिने एसियाकै पहिलो देश बनेको छ।

    थाई स्वास्थ्य मन्त्री अनुटिन चार्नविराकुलले अर्थतन्त्रलाई बढावा दिने अपेक्षा अनुरुप गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता दिएको बताएका छन् । यधपी मनोरञ्जनका लागि नशाको रुपमा प्रयोग भने गैरकानूनी रहेको उनले बताएका छन्।

    गाँजा र गाँजाजन्य उत्पादनहरू उब्जाउन र व्यापार गर्नु , वा रोगहरूको उपचार गर्न बोटको अंशहरू प्रयोग गर्नु अब उपरान्त कुनै अपराध वा गैरकानुनी नहुने बताइएको छ । क्याफे र रेस्टुरेन्टहरूले गाँजा प्रयोग गरिएका खाना र पेय पदार्थहरू पनि उपलब्ध गराउन सक्छन्, तर उत्पादनहरूमा ०.२% भन्दा कम टेट्राहाइड्रोकानाबिनोल (THC-बोटको मुख्य साइकोएक्टिभ कम्पाउन्ड) ,हुनेपर्ने बताइएको छ।

    अनुटिनले गाँजा उद्योगले कृषिलाई बढावा दिएर अरबौं डलर आम्दानी गर्ने भन्दै
    कृषि मन्त्रालयसँग मिलेर देशभरका घरपरिवारमा १० लाख नि:शुल्क गाँजाका बिरुवाहरू वितरण गर्ने पनि बताएका छन्।

    चिनियाँ सेनाको विमान आवासीय क्षेत्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु

    बिहीबार मध्य चीनको एक आवासीय क्षेत्रमा चिनियाँ सेनाको विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको चीनको सरकारी राष्ट्रिय प्रसारण संस्था सीसीटीभीले जनाएको छ।

    तालिमको दौरान पिपुल्स लिबरेसन आर्मी एयर फोर्सको जे-७ विमान हुबेई प्रान्तमा दुर्घटना हुँदा धेरै घरमा क्षति पुगेको सीसीटीभीले जनाएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको बताइएको छ।
    सामान्य चोटपटक लागेका पाइलटले विमान दुर्घटना हुनुअघि नै प्यारासुटको प्रयोग गरेर विमानबाट सफलतापूर्वक बाहिर निस्किएको मिडिया एजेन्सी सिन्ह्वाले जनाएको छ।

    पाइलट र घाइते नागरिकहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ।
    सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा हुबेई प्रान्तको सियानग्याङको लाओहेकोउ एयरपोर्ट नजिकै भएको दुर्घटनाका कारण केही घरहरूमा आगो लागेको देखाइएको छ। दुर्घटनाको कारण र सम्बन्धित क्षतीको अनुसन्धान भइरहेको जनाइएको छ।

    अमेरिकी सेना इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल नेपालमा

    अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन्।

    चारदिने भारत भ्रमण सकेर नेपाल आएका फ्लिनलाई नेपाली सेनाका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

    फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस लगत्तै नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयमा उनले अन्य राजनीतिक उच्चस्तरीय भेटवार्ता गर्ने पनि बताइएको छ।

    २८ गते शनिबार फ्लिन हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जाने र त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।

    जेठ २९ गते आइतबार फ्लिन काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जाने र त्यसपछि उनि नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्ने कार्यक्रममा सभागी हुनेछन।

    शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उनी स्वदेश फर्किने छन्।

    https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%bf%e0%a4%95/

    काठमाडौं-मुग्लिन सडक खण्ड सुचारु

    अविरल वर्षाको कारण आएको पहिरोले अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक खण्ड सुचारु भएको छ।
    सो सडक खण्डमा वर्षा कम भएसँगै पहिरो हटाउन सुरु गरिएको थियो। पहिरोले थुपारेको ढुंगा र माटो हटाइएकाले अहिले दुईतर्फी नै सवारी सुचारु गरिएको छ।

    पहिरो पन्छाइएको भएपनि रातिदेखि नै सडकमा रोकिएका सयौं गाडीको चापले सहज रूपमा यातायात चल्न भने केही समय लाग्ने प्रहरीले जनाएको छ।

    गए रातिदेखिको अविरल वर्षाले पहिरो गएपछि सडक अवरुद्ध हुँदा सो सडक खण्डमा यातायात सेवा बन्द भएको थियो।

    दैनिक साढे ७ करोडको बिजुली भारत निर्यात

    नेपाल विधुत प्राधिकरणले दैनिक करिब साढे ७ करोडको बिजुली भारत निर्यात गर्न थालेको छ।

    प्राधिकरणका अनुसार मर्स्याङ्दी र मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाए लगत्तै रातको समयमा खपत हुन नसकेको बिजुली निर्यातको आंकडा बढेको हो।

    ३६४ मेगावाटसम्म बिजुली निर्यातको अनुमति पाएको प्राधिकरणले त्रिशुली जलविधुत आयोजनाको २३, देवीघाट जलविधुत आयोजनाको १४.३९ , कालिगण्डकी जलविधुत आयोजनाको १३८.९१, मर्स्याङ्दी जलविधुत आयोजनाको ६६.१४ र मध्यमर्स्याङ्दी जलविधुत आयोजनाको ४१.८१ मेगावाट गरि करिब २८४ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गरिरहेको छ। यसबाट नेपालले एक दिनमै करिब ७ करोड ५२ लाखसम्म आम्दानी गर्नेछ ।

    भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुनेछ ।

    एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित

    कुवेतस्थित जावेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल २–० को गोल अन्तरले जोर्डनसँग पराजित भएको छ।

    प्रशिक्षक र खेलाडीबीच विवाद भएपछि ११ जना सिनियर खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोलीको कप्तानी नवयुग श्रेष्ठले सम्हालेका थिए।

    टोलीका नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ लगायतका अनुभवी खेलाडीलाई टोलीभन्दा बाहिर राखिएको छ।

    नेपालले शनिबारको अर्को खेलमा घरेलु टोली कुवेतको सामना गर्नेछ।

    आईसीसी यू-१९ महिला विश्वकप छनौटबाट बाहिरियो नेपाल

    आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ ।

    मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतीमा ८६ रन जोड्न सफल भएको थियो। ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र जोड्न सफल भएको थियो।

    प्रतियोगिताको पाँच खेलमा नेपालले तीन खेल जित्दै ७ अंक सहित तेस्रो स्थान हाँसिल गरेको छ। युएई र थाइल्याण्डसँग पराजित भएपछी विश्वकप बाट बाहिरिएको नेपालले यसअघिका खेलमा कतार र भुटानलाई भने पराजित गरेको थियो ।

    आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत प्रतिस्पर्धी कुल ६ राष्ट्रमध्ये विजेता राष्ट्र मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा सहभागी हुनेछन।

    अविरल वर्षासंगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

    लगातार परेको पानीको कारण पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिनबाट करिब दुई किलोमिटर काठमाडौंतर्फको सडक खण्डमा पर्ने घोप्टे भीरमा गए राति करिब ११ बजे तिर खसेको पहिरोले सडक अवरुद्ध भएको छ।

    पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखेको भएपनि,अविरल वर्षाको कारण ठूलाठूला ढुंगासहितको पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पानी पर्न रोकिए पनि ठूलाठूला ढुङ्गासहित खसेको पहिरो सडकमा थुप्रिएकाले पहिरो हटाउन समय लाग्ने देखिन्छ।

    त्यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत पर्ने तोपेखोलास्थित नाम्सी पुलमा पनि पहिरो खसेको कारण मुग्लिन नारायणगढ सडक खण्ड पनि अबरुद्ध भएको छ।
    त्यसैगरी हिजो रातिदेखि परेको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–गलकोट सडकखण्डको दर्जन भन्दा बढि स्थानमा सडक अवरुद्ध भएको छ । काठखोला गाउँपालिका–५ को घोडाबाँधे देखी गलकोट नगरपालिका–१ दुदिलाभाटी र वडा नं. २ नरेठाँटी क्षेत्रमा पर्ने लोकमार्ग खण्डमा दर्जन बढि स्थानमा आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हाे ।

    मलेसिया पठाउने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा

    वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका श्रमिकसँग बढी शुल्क लिएको भन्दै बत्तिसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ।

    निशुल्क रुपमा मलेसिया पठाउन विभागबाट पूर्व श्रम स्वीकृति लिएको म्यानपावरले श्रमिकहरुबाट साढे २ लाख रुपैयाँसम्म उठाएको उजुरीपछि विभागले बुधबार साँझ छापा मारेको हो।
    म्यानपावर कम्पनीका सञ्चालक राजेश यादवले आफुले श्रमिकहरुसंग बढी रकम लिएको स्वीकार समेत गरेका छन्। सरकारले तोकेभन्दा बढी सेवा शुल्क लिएमा म्यानपावर सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ५३ अनुसार कारबाही गरिने कानुनी व्यवस्था रहेको छ।

    काठमाडौंको मौसम खराब भएपछि दुई अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट

    भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई विमान काठमाडौंको त्रिभुवन विमानस्थलमा देखिएको खराब मौसमका कारण डाइभर्ट गरिएका छन् ।

    नयाँ दिल्लीबाट आएको विस्तारा एयरको उडान लखनउ डाइभर्ट गरिएको छ भने दिल्लीबाट आएको इन्डिगो एयरको उडान दिल्लीतर्फ नै फर्किएको छ ।

    जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको उडान र कोरियाबाट आएको कोरियन एयरको उडान मौसम खराबीका कारण केही समय आकाशमै होल्ड गरेर अवतरणको प्रक्रियामा छन् ।

    बुधबार साँझ परेको अविरल वर्षापछि काठमाडौंको मौसम बिग्रिएको थियो ।

    फोहोर फ्याँक्ने विषयलाई लिएर बञ्चरेडाँडा तनावग्रस्त: प्रहरीद्वारा अश्रुग्यास प्रहार

    नुवाकोटको बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने विषयलाई लिएर स्थानीय बासिन्दाले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

    उपत्यकाको फोहोर सिस्डोल र बञ्चरेडाँडामा फाल्ने विषयमा विभिन्न मागहरु सम्बोधन गर्नेगरी काठमाडौँमा सहमति भएपनि स्थानीय बासिन्दाले अवरोध गरेपछि मंगलबारबाट प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो। तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानिय बासिन्दाबीच झडपको स्थिति सिर्जना भएको हो।
    स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ।

    भारतविरुद्ध बदला लिने अल-कायदाको चेतावनी

    भारतीय जनता पार्टी (भाजपा)की प्रवक्ता नुपुर शर्माले पैगम्बर मुहम्मदको बारेमा गरेको टिप्पणीको जवाफमा आतंकवादी समूह अल-कायदाले आत्मघाती हमला गर्ने धम्की दिएको छ।

    एक पत्र जारी गर्दै अल-कायदाले दिल्ली, मुम्बई, उत्तर प्रदेश र गुजरात राज्यहरूलाई निशाना बनाइने जनाएको छ । समूहले आत्मघाती बम प्रयोग गर्ने र हिन्दू राजनीतिज्ञहरूलाई आक्रमण गर्ने बताएको छ।

    मे २६ मा शर्माले एक टिभि बहसमा पैगम्बर मुहम्मदको बारेमा व्यक्त गरेको कुराहरु भाइरल बनेपछि धेरै मुस्लिम देशहरूले उनको निन्दा गरेका छन् ।शर्माले पछि ट्विटरमा माफी माग्दै आफूले कहिल्यै कसैको धार्मिक आस्थाको अपमान गर्न नचाहेको बताएकी थीइन।

    यद्यपि, उनको माफीले मुस्लिम क्रोधलाई शान्त पार्न असफल भयो, जुन आज भारतभन्दा बाहिर समेत फैलिएको छ। आज सम्म, इन्डोनेसिया, यूएई, माल्दिभ्स, जोर्डन, बहराइन, लिबिया, कतार, कुवेत, इरान, साउदी अरेबिया, ओमान र अफगानिस्तान सबैले शर्माको टिप्पणीको बारेमा आधिकारिक गुनासो दर्ता गरेका छन्।

    RT बाट अनुवादित अंश

    ९८ दिन सुत्केरी विदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन

    सुत्केरी महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै प्रसूति बिदा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

    सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने प्रावधान रहेको छ।

    सेयर बजारको समस्या अध्ययन गर्न समिति गठन

    सेयर बजार नियमित रुपमा ओरालो लाग्दै गएपछि अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

    मन्त्रालयले धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकेर समाधानका उपाय सहित प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । अध्ययनकालागि धितोपत्र बोर्डकै प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक/एक जना प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ।

    सेयर बजारलाई वेवास्ता गरेको र सेयर बजार सुधारको लागि सरकार गम्भीर नभएको भन्दै अर्थमन्त्री शर्माको आलोचना समेत हुँदै आएको छ।

    उपसभामुख पद खारेज गर्न काँग्रेस सांसदको माग

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ।

    २०७६ माघ देखि खाली रहेको उपसभामुख पद आवश्यक नभए र उपसभामुख राख्दा राज्यको धेरै खर्च हुने टिप्पणी गर्दै उक्त पद खारेज गर्नु उपयुक्त हुने उहाँले बताउनुभएको हो ।

    उपसभामुख पद लामो समयदेखि रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन रहेका छन्। संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

    अछाम घटनाका दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

    अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ।

    प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले किशोर विनोद शाहीको मृत्यु भएको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको र लासको पोष्टमार्टम समेत नगरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो।

    स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको विषयमा कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा जेठ १७ गते घटनामा संलग्न एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोज्दा झडपको स्थिति सिर्जना भएको र सो घटना लगत्तै शाही बेपत्ता भएको बताइएको थियो । नेकपा एमाले समर्थक परिवारको सदस्य रहेका शाही पछि मृत अवस्थामा भेटिएका थिए। शाही मृत अवस्थामा फेला परेपछि स्थिति तनावग्रस्त बन्दै गएकोले घटनाको अनुसन्धानको लागि सीआईबीको टोली समेत परिचालन गरिएको थियो ।

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन रोक

    सडक विभागले आगामी असार १ गते देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन रोक लगाएको छ ।

    संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना जारी गर्दै असार १ गते देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन अनुमति नदिइने बताएको छ ।वर्षायाममा सडक खन्दा तत्काल मर्मत गर्न नसकिने र सडक पनि थप बिग्रिंदै जाने भएकाले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

    विभागको निर्देशन अवज्ञा गरेर जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि विभाले जनाएको छ।

    आगो लगाएर एकल महिलाको हत्या

    दार्चुलाको शैल्यशिखर नगरपालिका १ मा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ।

    प्रहरीका अनुसार ४० वर्षीया अनिभा खडायतको शव डढेको अवस्थामा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घर नजिकै रहेको खरको थुप्रोमा आगो लगाएर उनको हत्या गरिएको पुष्टि भएको छ।
    करिब ८ वर्ष पहिले श्रीमानको निधन भएको खडायतको २ छोरी र १ छोरा छन् । प्रहरीले अनुसन्धानको लागि गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ।

    अमेरिकी सेनाका प्यासिफिक कमान्डिंग जनरल नेपाल आउँदै

    अमेरिकी सेनाका प्यासिफिक कमान्डिंग जनरल चार्ल्स ए फ्लिन भोलिदेखि चार दिने नेपाल भ्रमणमा आउने भएका छन्।

    नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइनसकेको बताउनुभएको छ। जनरल चार्ल्स ए फ्लिन अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने तय भएको छ ।

    यस प्रकारको भ्रमणले नेपाली र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको क्षेत्रलाई थप प्रभावकारी बनाउने बताइएको छ। यधपी प्रधानमन्त्री शेरबहादुर र प्रधान सेनापतिको अमेरिका भ्रमण तय भइसकेको अवस्थामा जनरल फ्लिनको नेपाल भ्रमणलाई नेपाली राजनीतिमा चिन विरुद्ध अमेरिकी इन्डो प्यासेफिक स्ट्र्याटीजीको भूराजनितिक कडीको रुपमा विश्लेषण गरिएको छ।

    राप्ती हाइड्रोको आइपीओ खुला

    राप्ती हाइड्रोको एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ।

    कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको हो।

    आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

    कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

    त्यस्तै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

    कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ। रासस

    नेपाल प्रहरीका ५ र सशस्त्रका १ जना डीआईजी एआईजीमा बढुवा

    सरकारले सशस्त्र प्रहरी बलका एक र नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम र नेपाल प्रहरीका उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

    गृह मन्त्रालयको बढुवा समितिको सिफारिस अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले आईजी बढुवाको निर्णय गरेको हो ।

    आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज


    आज बसेको मन्त्रिपरिषद बैठकले यसघि आइतबारको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको छ। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ।

    इन्धन खपत कम गर्न भन्दै वैशाख २६ गतेको मन्त्रिपरिषद बैठकले आइतबार पनि सार्वजनिक बिदा दिने भनि गरेको निर्णय आजको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ । जेठ १ गतेदेखि कार्यान्वयनमा आएको उक्त निर्णय जेठको अन्तिम दिन खारेज हुने भएको छ। । हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै सरकारको आलोचना भइरहेको बेला आजको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

    यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयको विरुद्ध अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आज नै सर्वोच्चमा रिट समेत दायर गरेका थिए ।

    निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

    निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन गर्ने भएको छ ।

    निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ गते देखि सञ्चालन गर्ने जानकारी दिएको छ ।१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सकिने आयोगले जनाएको छ।

    यसैबीच निर्वाचन आयोगले मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

    पश्चिम सेती र एसआर-६ परियोजना निर्माण गर्ने जिम्मा भारतीय कम्पनीलाई

    लगानी बोर्डले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्ने गरी पश्चिम सेती र एसआर-६ परियोजना निर्माण गर्ने जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिएको छ।

    २०५४ सालमा अस्ट्रेलियाको स्मेक कम्पनिसंग गरिएको निर्माण सम्झौता २०६६ मा तोडिएपछि २०६८ मा चीनको थ्रि गर्जेजसँग निर्माण सम्झौता गरेपनि लामो समयदेखि निर्माण प्रक्रिया रोकिएको पश्चिम सेती परियोजना प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय कम्पनीलाई निर्माण गर्न दिने प्रस्ताव गर्नुभएको हो ।

    त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनको प्रचारप्रसार अभियान अन्तर्गत डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा पनि चीनले निर्माण गरेको आयोजनाबाट भारतले बिजुली नकिन्ने र नेपाल एक्लैले निर्माण गर्न नसक्ने भन्दै निर्माण सम्झौता भारतीय कम्पनीलाई दिनुपर्ने बताउनुभएको थियो।

    यसैबीच सरकारले पश्चिम सेतीसंगै एसआर-६ परियोजना पनि भारतीय कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ।
    लगानी बोर्डले पश्चिम सेती र एसआर-६ परियोजना सँगै बनाउँदा पानी थुन्ने, विधुत निकाल्ने र पानी छाड्ने समयको व्यवस्थापन गरि एसआर-६ लाई ४५० मेगावाटमा र पश्चिम सेतीलाई ७५० मेगावाटमै बनाउन सकिने बोर्डले जनाएको छ।
    पश्चिम सेती र एसआर-६ दुवै गरि कुल १२ सय मेगावाटको परियोजनाको लागत ३ खर्ब अनुमान गरिएको छ।

    प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु


    बर्दियाको मधुवन नगरपालिका क्षेत्रमा निरन्तर बाघको आक्रमण बढेपछि वन्यजन्तु पीडितप्रति सरकार उदासिन भएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

    निरन्तर बाघको आक्रमण बढेपछि मधुवन—२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा गुलरिया–राजापुर सडक खण्डमा चक्काजाम गरिएको थियो। सोहि क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको हो भने अन्य केहि व्यक्ति र प्रहरी पनि घाइते भएका छन् ।

    घटनास्थलमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । आज बिहानैदेखि मधुवनको ओराली बजारमा प्रदर्शन भएको छ ।

    नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चल्यो

    अंश मुद्दाको झगडाको विषयलाई लिएर नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

    अंश मुद्दा सम्बन्धि झगडाको मिलापत्र गर्न जिल्ला अदालत पुगेका डिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको प्रहरीले जनाएको छ।

    हर्षरामले हानेको गोलि कसैलाई नलागेपनि गोलि प्रहार गरेर उनि फरार भएका छन्। उनको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

    हप्ताको दुई दिन सार्वजनिक विदाको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट

    जेठ १ देखि लागु गरिएको शनिबार र आइतबार सार्वजनिक विदा दिने मन्त्रिपरिषदको वैशाख २६ गतेको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ।

    आवश्यक कुनै पनि विचार विमर्श नै नगरी मन्त्रिपरिषदले हप्तामा दुई दिन सार्वजनिक विदा दिने भनि गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
    नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा वैशाख २६ को सरकारको निर्णय खारेज गर्न माग गरिएको छ।

    आईसीसी यू–१९ महिला टि–२० विश्वकप छनोटमा नेपालको यू-टर्न

    आईसीसी यू–१९ महिला टि–२० विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा युएईसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको नेपालले आज भएको खेलमा भने भुटानलाई ४ विकेटले पराजित गर्दै विश्वकप छनोट खेलमा यू-टर्न लिएको छ।

    विश्वकप छनोट अन्तर्गत कतार विरुद्धको पहिलो खेलमा ७९ रनको सानदार जित निकालेको नेपाली टोलीले दोस्रो खेलमा युएईसँग लज्जास्पद हार व्यहोरेपछि नेपाली समर्थकहरु चिन्तित बनेका थिए।

    तर आजको खेलमा ६७ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली खेलाडीको टोलीले १३.१ ओभरमा ६ विकेट गुमाउंदै जित हाँसिल गरेको छ।
    मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६६ रन जोड्न सफल भएको थियो।

    लुटपाटको घटनामा प्रहरीकै संलग्नता

    व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको भेटिएको छ ।


    जेठ ८ गते एक समूहले सस्तोमा एक किलो सुन मिलाइदिने भन्दै ,सुन किन्न पैसा लिएर गएका व्यावसायीलाई लुटपाट गरेको थियो । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो ।

    घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन् भने थप दुईजना प्रहरी अधिकारी फरार रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङलाई पक्राउ गरेको हो।पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

    त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा अवैध सुनसहित ७ जना पक्राउ

    त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्।

    नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को जहाजमा दुबईबाट काठमाडौं आएका व्यक्तिहरुले सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल सहित २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुत रहेको प्रहरीले बताएको छ।

    अनुसन्धानको क्रममा उनीहरुले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरमा सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको थियो। प्रहरीले उनीहरुको साथबाट ८८६ ग्राम सुन बरामद बरामद गरेको छ।

    लेखांकन नभएका विदेशी लगानीलाई वैधानिक बनाउँदै सरकार


    नेपालमा आएर उद्योग व्यवसायमा लगानी भइसकेको तर लेखांकन नभएको विदेशी लगानीलाई सरकारले वैधानिक बनाउने निर्णय गरेको छ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्यक्षतामा बसेको औद्योगिक प्रवर्द्धन बोर्डले लेखांकन नभएको लगानी रहेका उद्योगहरुलाई वैधानिक बनाउने र त्यस्ता लगानीमा सञ्चालित उद्योग व्यवसायबाट उठेको लाभांश नेपालबाट बाहिर लैजान दिने निर्णय समेत गरिएको छ।

    केहि समय अघि मात्र सरकारले राष्ट्रिय महत्वका जलविधुत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग, सडक तथा रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग र पर्यटन सेवासँग सम्बन्धित उद्योगका क्षेत्रमा स्रोत नखुलेको पैसा लगानी गर्न पाउने र सरकारले लगानीको स्रोत नखोज्ने प्रावधान समेत जारि गरेको थियो।
    बैठकले म्याद थप नभएका केही क्रसर उद्योगहरुलाई समेत अनुमति दिने निर्णय गरेको तर माइन्युट नभएकोले यो निर्णय आधिकारिक हुन बाँकी रहेको बताइएको छ।

    यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने विधेयक सर्वसम्मतिले स्वीकृत

    प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

    कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।उक्त प्रस्ताव उपर सामान्य छलफल गरि यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताइएको छ ।

    छलफलको क्रममा हदम्यादको कारण न्यायबाट वञ्चित नहोस् भन्ने विषयमा पनि सरकार गम्भीर भएको बताइएको थियो ।

    नयाँ मन्त्रि नियुक्ति प्रक्रिया स्थगित: पुरानैलाई थमौती

    नेकपा एकीकृत समाजवादी पार्टीबाट पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्त गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने बताएपछि तत्कालका लागि नयाँ मन्त्रीहरु नियुक्ति गर्ने एकीकृत समाजवादीको निर्णय कार्यन्वयन हुन सकेन।

    नेकपा एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

    मन्त्री हेरफेरको विषयमा आन्तरिक विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो।आज नै नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउने हल्ला चलिरहेको बेला प्रधानमन्त्री देउवाले भने केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएपछि प्रक्रिया अगाडी नबढाइएको जानकारी प्राप्त भएको छ।

    यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई बालुवाटारमा बोलाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिनुभएको छ।

    विश्व वातावरण दिवसको अवसरमा भरतपुरका २ विद्यालयमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    विश्व वातावरण दिवस २०२२ आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। विश्व वातावरण दिवसकै अवसर पारेर भरतपुर महानगरपालिका २८ अन्तर्गत पर्ने श्री आधारभूत विद्यालय अन्द्र्यौली र श्री आधारभूत विद्यालय सिसाबासमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम गरिएको छ।

    भरतपुर महानगपालिकाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बेटर चितवनको नेतृत्वमा गरिएको सो कार्यक्रममा विधार्थीहरु आँफैले विद्यालय परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवाहरू रोपेर वातावरण दिवस मनाएका थिए ।

    कार्यक्रममा नेपाल विकास समाजको तर्फबाट कार्यक्रम संयोजक ई. सागर कार्कीले विद्यार्थीहरुलाई वातावरण दिवस र फोहोर व्यवस्थापन विषयमा बालमैत्री अभ्यास समेत गराउनुभएको थियो । ‘पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नाराका साथ देश भरी नै मनाइएको विश्व वातावरण दिवस २०२२ को विश्वब्यापी नारा भने ‘केवल एउटै पृथ्वी’ रहेको छ, जसले पृथ्वीलाई सुरक्षित राख्न सबैजना सहकार्य गरेर अघि बढ्नुपर्ने संदेश दिएको छ।

    bishwo watawaran diwas
    wataran diwas
    watawaran diwas 1

    टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते

    काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

    पम्पमा रहेको पुरानो इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् । घाइते दुबैजना वेल्डिङको काम गरिरहेका मिस्त्रीहरु भएको जानकारी प्राप्त भएको छ।

    किशोरीकाे दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपक कुमारकाे बायाँ गालामा थोरै पोलेको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टर लगिएको छ।

    पुराना मन्त्रि फिर्ता बोलाएर नयाँ मन्त्रि नियुक्त गर्दै एकीकृत समाजवादी

    नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई नियुक्ति गरि सरकारमा पठाउने निर्णय गरेको छ ।

    आज बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्ति गरेर सरकारमा पठाउने निर्णय गरेको हो।

    एकीकृत समाजवादीका सचिवालय सदस्यका अनुसार नयाँ नियुक्तिको लागि जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा ,मेटमणि चौधरीलाई सहरी विकासमा र शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

    एकीकृत समाजवादीले पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    मुग्लिङ–पोखरा सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने


    मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

    मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

    ‘नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको हो। आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन् । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन्।

    मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

    पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको लागत रु सात अर्ब ४० करोड ४६ लाख छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन्।

    सुदूरपश्चिम र मधेश प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

    सुदूरपश्चिम र मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

    आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न दुवै प्रदेशले आज अपराह्न चार बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन्। दुवै प्रदेशका प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउने सन्दर्भमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर दुवै प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने प्रावधान रहेको छ।

    विनोद शाही मृत्यु प्रकरणमा सीआईबी अनुसन्धान

    अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोली परिचालन गरिएको छ ।

    स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको विषयमा कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा जेठ १७ गते घटनामा संलग्न एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोज्दा झडपको स्थिति सिर्जना भएको र सो घटना लगत्तै शाही बेपत्ता भएको बताइएको थियो । नेकपा एमाले समर्थक परिवारको सदस्य रहेका शाही पछि मृत अवस्थामा भेटिएका थिए। शाही मृत अवस्थामा फेला परेपछि स्थिति तनावग्रस्त बन्दै गएकोले घटनाको अनुसन्धानको लागि सीआईबीको टोली परिचालन गरिएको हो।

    सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिने जानकारी दिएका छन् । घटनाको अनुसन्धानका लागि सीआईबीका अतिरिक्त छिमेकी बाजुरा र डोटीबाट समेत प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    भैरहवा-परासी सडक खण्डमा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु

    जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक रात्रि बस भैरहवा-परासी सडक खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने करिब ३ दर्जन यात्रु घाइते भएका छन् ।

    आइतबार बिहान पौने ५ बजेको समयमा बस रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका यात्रुलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार गरि उपचारका लागी अस्पताल पुर्‍याएका छन्। उपचारकै क्रममा अस्पताल पुर्‍याइएका ९ जना घाइते यात्रुहरुको मृत्यु भएको हो।

    नेपालको भूमि चिनको खिलाफ प्रयोग हुँदैन


    प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमि चिनको खिलाफ प्रयोग गर्न नदिने बताउनुभएको छ।
    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले, छिमेकी देश चिनसँगको सम्बन्धमा सरकारले आफ्नो एक चिन नितिप्रतिको सन्तुलन गुमाएको आलोचना गरिरहेको बेला प्रधानमन्त्री शेर बहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको र नेपालको भूमि चिनको खिलाफमा प्रयोग हुन नदिने बताउनु भएको छ।

    तिब्बती मामिलाको संयोजक तथा अमेरिकी उपसचिव उज्रा जियाले तिब्बती शरणार्थी शिविर पुगेर तिब्बती शरणार्थीहरुलाई भेटेको घटनाप्रति नेकपा एमालेले सरकार एक चिन नीतिप्रति स्पष्ट नभएको भन्दै आलोचना गरेको थियो। एमालेको आरोपको प्रतिवाद गर्दै प्रधानमन्त्री देउवाले आफ़ुलेनै नेपालमा रहेको दलाइ लामाको कार्यालय बन्द गराएको स्मरण गराउंदै चिन नेपाल सम्बन्धमा सरकारको धारणा स्पष्ट रहेको बताउनुभएको हो।

    सार्वजनिक सवारीसाधनको भाडा घट्यो

    यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ ।
    स्वचालित मूल्य प्रणालीअनुसार सार्वजनिक इन्धनको मूल्यमा ५ प्रतिशतभन्दा बढी थपघटसँगै सवारीको भाडा समायोजन हुने प्रावधान अनुसार भाडा समायोजन गरिएको हो।

    सो अनुरुप अब यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

    यसअघि विभागले चैत २०, जेठ ४ र जेठ १० गते भाडा समायोजन गरेको थियो ।

    सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्धि

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।

    महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

    इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारीलाई कारवाही गरिने

    यातायात व्यवस्था विभागले श्रावण १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा कारवाही गरिने बताएको छ।

    यातायात व्यवस्था विभागले एकान्तकुना र गुर्जुधारा र पोखरामा रहेको यातायात कार्यालयमा पूर्वाधार तयार गरिएकाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको छ। इम्बोस्ड नम्बर प्लेट जडान भए- नभएको सम्बन्धमा २०७९ श्रावण १ पछि ट्राफिक प्रहरीले सडक अनुगमन गर्ने र इम्बोस्ड नम्बर प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने जनाएको छ

    आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपाल विजयी

    आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेल अन्तर्गत मलेसियामा भएको खेलमा नेपाल विजयी भएको छ।


    कतार विरुद्ध मैदानमा उत्रिएको नेपाली महिला खेलाडीको टोलीले कतार विरुद्ध ७९ रनको जित निकाल्न सफल भएको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५.४ बलमा ३८ रनमा समेटिएको थियो ।


    पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाउन सफल भएको थियो ।नेपालको तर्फबाट श्रृष्टि जैसीले ३ विकेट,स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिएका थिए ।

    मुग्लिङ–पोखरा सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

    यही जेठ २२ गतेदेखि मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

    मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।
    बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

    ‘नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको हो। आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन् । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन्।

    मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

    पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको लागत रु सात अर्ब ४० करोड ४६ लाख छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन्।

    देशभरको तिन दिनको मौसमी विवरण

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दूई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको तिन दिनको मौसमी विवरण :

    २०७९ जेठ २० गते (शुक्रवार)

    दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७९ जेठ २१ गते (शनिवार)

    दिउँसो : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७९ जेठ २२ गते (आईतवार)

    दिउँसो : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दूई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्थाको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ ।

    धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको विषयमा छलफल गरिएको हो ।
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक सांसद , जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेको बताउनुभएको छ।

    त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा नेविसंघको ताला

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा ताला लगाएको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संगठनले त्रिवि केन्द्रिय कार्यालयमा ताला लगाएको जनाएको छ। आफ्ना मागहरु सम्बोधन नगरिएको भन्दै नेविसंघले कार्यालयमा ताला लगाएको र आफ्ना मागहरु सम्बोधन नगरीएमा आफुहरु प्रतिवादमा उत्रिने चेतावनी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    नेपाल विद्यार्थी संघले यसअघि पनि त्रिवि केन्द्रिय कार्यालयमा ताला लगाएको र सो ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षर सहित नक्कली विज्ञप्ति टाँस गरी फुटाउनु खेदजनक भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    एमालेसँग एकता वा चुनावी तालमेलको कुनै सम्भावना छैन:माधव नेपाल

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ।

    सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले बाम एकता वा एमालेसँगको चुनावी तालमेलको हल्ला निराधार र सत्य नभएको बताउनुभएको हो। सम्बोधनको क्रममा नेता नेपालले भन्नुभयो ‘गठबन्धन भाँड्न खोज्ने अहंकारी र षड्यन्त्रकारीहरूले यस्ता हल्ला फैलाएका हुन् र नेकपा एमालेसंग कुनै पनि किसिमको एकता वा चुनावी तालमेलको सम्भावना छैन।’

    नेपालले ,आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पनि अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने बताउनुभएको छ।

    भारतमा बिजुली निर्यात सुरु

    नेपाल विधुत प्राधिकरणले त्रिशूली र देवीघाट जलविधुत केन्द्रको बिजुली भारत निर्यात गर्न सुरु गरेको छ । भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स)मा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।

    प्रत्येक ब्लकका बिजुली फरक-फरक मूल्यमा बिक्री हुनेभएपनि भारतले प्रतियुनिट अधिकतम् भारु १२ मा खरिद-विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सो अनुअसार नेपाल विधुत प्राधिकरणले अधिकतम् भारू १२ सम्म मूल्य पाउने भएपनि औसत रुपमा प्रतियुनिट ६.२८ भारतीय रूपैयाँ (१० रूपैयाँ ४ पैसा नेपाली रूपैयाँ) सम्ममा बिजुली बिक्री हुने देखिएको छ। प्राधिकरणले कालीगण्डकी ए जलविधुत आयोजनाको बिजुली पनि विक्रीका लागि तयारी गरिरहेको छ।

    नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विधुत बिक्रीका लागि स्वीकृति पाएकोमा २०० मेगावाट विधुत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो । प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विधुत भारतमा बिक्री गर्न टेन्डर पनि आह्वान गरेको छ । बढी भएको विधुत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन मार्फत निर्यात गर्ने गरि प्राधिकरणले तयारि गरेको छ।

    स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी हस्तक्षेप

    बाँके जिल्लाको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) मा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि प्रहरी र स्थानियहरुबीच झडप भएको छ ।

    २०६२/६३ को जनआन्दोलनमा चोकमा रहेको स्वर्गीय राजा वीरेन्द्रको सालिक तोडफोड भएको थियो । लामो समयसम्म राष्ट्रिय झण्डा मात्र राखिएको सो स्थानमा आज दरबार हत्याकाण्ड भएको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले वीरेन्द्रको सालिक पुनःस्थापना गरेका थिए।

    सालिक राखेको घटना प्रति प्रहरीले हस्तक्षेप गरेर सालिक निकालेपछि प्रहरी र स्थानीयहरूबीच झडप सुरु भएको हो। झडप भएपछी स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभएको छ।
    यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समुहले पूर्व राजा त्रिभुवनको सालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त सालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि प्रशासन पछाडी हटेको थियो ।

    मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

    मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। छलफलका लागि दिउँसो १ बजे बैठक आहवान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त नवौँ अधिबेशन आह्वानसम्बन्धी पत्र सभामुखले बाचन गरी सुनाउने, विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने, प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव पेश गर्ने र आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

    प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    रासायनिक मलको अभाव बढेसँगै तस्करीको जालो मौलाउँदै

    कृषकहरुको माग बमोजिम सरकारले रासायनिक मल उपलब्ध गराउन नसक्दा रासायनिक मल तस्करी गर्नेहरुको जालो भने मौलाउंदै गएको छ।

    विगतका वर्षहरुमा जस्तै गरि यो पटक पनि धान रोप्ने समयमा रासायनिक मलको चरम अभाव हुने सम्भावना बढेको छ। सरकारले आवश्यक मात्रामा रासायनिक मल आपूर्ति गर्न नसक्दा किसानहरु चिन्तित बनेका छन्। मल आयात गर्ने सरकारको पुर्ण स्वामित्व रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले भारतसंग समन्वय गरेर जीटुजी प्रक्रियामा मल भित्र्याउने सम्झौता गरेको भएपनि समयमा नै कृषकले मल पाउने सम्भावना भने न्युन बन्दै गएको छ।

    rasayanik mal 1


    सरकारले आफु पनि मल आपूर्ति गर्न नसक्ने र निजि कम्पनिहरुलाई पनि आयातमा प्रतिबन्ध लगाउंदै गर्दा भारतबाट तस्करी गरेर अवैध रुपमा मल भित्र्याउने गिरोह भने सक्रिय हुन थालेको छ। यसैबीच आज साँझ करिब ५ बजेको समयमा युवा पुनर्जागरण संगठन नेपाल चितवनले ६४ बोरा अवैध रासायनिक मल पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको छ। अवैध रुपमा भित्रिएको रासायनिक मलको तस्करी हुने गरेको शंका लागेपछि, प्रहरी चौकी रामनगरसँग समनव्य गरि युवा पुनर्जागरण संगठन नेपाल चितवनले नारायणगढको कृष्ण सप्लायर्सबाट संयोग खेति पसल फिस्लिंग लाँदै गरेको ५० किलो तौलको ६४ बोरा अवैध रासायनिक मल सहितको बोलेरो जिप रामनगर क्षेत्रबाट पक्राउ गरेको हो। यसरि अवैध रुपमा भित्र्याइएको रासायनिक मल कृषकले बोराको ३ हजार देखि ३५ सय तिरेर खरिद गर्ने गरेको पाइन्छ।


    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र चितवनका प्रमुख जिल्ला अधिकारिले पक्राउ गरिएको अवैध मलको विषयमा थप अध्ययन अनुसन्धान गरि कानुनि रुपमा प्रक्रिया अघि बढाएर कारवाही गरिने जानकारी दिनुभएको छ।


    नेपाल सरकारको विधमान कानुन अनुसार नेपालमा सरकारको पूर्ण स्वामित्व रहेको कृषि सामाग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ्गले बाहेक अन्य कुनै पनि निजि संस्था वा व्यक्तिले रासायनिक मलको आयात गरि व्यापार गरिएमा गैरकानुनी ठहरगरि कारवाही गरिने प्रावधान रहेको छ। व्यक्तिगत रुपमा भने किसानले आफ्नो निजि उपयोगको लागि आफुले खेति गर्ने जग्गाको क्षेत्रफल अनुसार सिमित रुपमा एक पटकमा ३-४ बोरा भने खरिद गरेर उपभोग गर्न सक्नेछन।

    c

    संसदीय निर्वाचनको तयारी : प्रस्तावित मिति कात्तिक २७ र मंसिर ४

    स्थानीय निर्वाचनको समीक्षा गर्न बसेको सत्तारुढ पाँच दलका शीर्ष नेताबीचको बैठकमा संसदीय निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएको छ ।

    स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले संसदीय निर्वाचनका विषयमा अनौपचारिक छलफल भएको पुष्टि गरेका छन् ।

    बैठकमा आगामी कात्तिक २७ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्ने भन्नेबारे पनि छलफल भएको र यसका लागि निर्वाचन आयोगसँग पनि परामर्श गर्ने निर्णय भएको गठबन्धनका शिर्ष नेताहरुले बताएका छन्।

    सेयर बजारमा निरन्तर गिरावट


    आर्थिक वर्ष २०७९/८० को बजेट पछि लगातार तेस्रो दिन पनि नेपाली सेयर बजार घटेको छ । हिजोको तुलनामा थोरै अङ्कले मात्र गिरावट आएको भएपनि नेपाली सेयर बजार दिनानुदिन ओरालो लाग्दै गएको छ। हिजो ३५.५३ अंकले घटेको बजार आज ७ .२१ अङ्कले घट्दै २१३०. ७१ विन्दुमा पुगेर रोकिएको छ।

    हिजोको तुलनामा सेयर कारोबारको संख्या र कुल कारोंबार रकम पनि घटेको छ। २२७ कम्पनीको ३,०२०,०६७ कित्ता सेयर कारोबार हुँदा सेयर रकम भने १,०७८,४८४,१८२ मा खुम्चिएको छ।

    कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको चेतावनी

    स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेसँगै नेपाली कांग्रेसमा दम्भ र अहंकार चुलिएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिनुभएको छ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भन्नुभयो,”वाम गठबन्धन र एकता गरेको एमालेलाई अहंकारकै कारण ठेगान लगायौं। एमालेजस्तै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् म कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु।” कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएको रिपोर्ट देशभरीबाट आइरहेको बताउँदै गठबन्धनको भर पर्दा माओवादीलाई सोचेजस्तो नतिजा नआएको बताउनुभएको थियो।

    आफूहरुले संविधान, लोकतन्त्र र राष्ट्रिय रक्षाका लागि गठबन्धन कायमै राखेर अघि जान खोजेको भन्दै प्रचण्डले कांग्रेसबाट अहंकार र दम्भ आयो भने त्यसविरुद्ध पनि प्रतिकार गर्ने चेतावनी दिनुभएको छ।

    अमेरिकाले युक्रेनमा लामो दुरीका रकेट पठाउने

    अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा थप उन्नत र लामो दुरीसम्म प्रहार गर्नसक्ने रकेट पठाउने घोषणा गरेका छन्। यो सहायताले रूस बिरूद्ध कीभको वार्ताको स्थितिलाई बलियो बनाउने र कूटनीतिक समाधानको सम्भावनालाई अझ बलियो बनाउने राष्ट्रपति बाइडेनले बताएका छन्।

    अमेरिकाले अहिले उपलब्ध गराउने हतियारहरूले लामो दूरीबाट शत्रु सेनाहरूलाई अझ सटीक रूपमा प्रहार गर्न मद्दत गर्ने बताइएको छ। नयाँ हतियारहरूमा एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (HIMARS) समावेश हुनेछ। यो रकेटले ७० किलोमिटर टाढाको लक्ष्यमा धेरै सटीक-निर्देशित मिसाइलहरू प्रक्षेपण गर्न सक्नेछन्
    फेब्रुअरीमा आक्रमण सुरु भएदेखि युक्रेनका लागि अमेरिकाले स्वीकृत गरेको ११औं सैन्य सहायता प्याकेजमा हेलिकप्टर, एन्टी ट्याङ्क मिसाइल , रणनीतिक सवारी साधन र स्पेयर पार्ट्स समेत समावेश गरिने छ।
    यता, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमले युक्रेनी राष्ट्रवादीहरूलाई रसिया विरुद्ध हतियारहरू सहयोग गरेको आरोप लगाउंदै, यो रुस विरुद्धको अमेरिकी रणनीति भएको बताएका छन्।

    डेनमार्क र जर्मनीका दुई ऊर्जा फर्महरूमा रूसी ग्यास आपूर्ति बन्द

    रुसको प्राकृतिक ग्यास उत्पादन कम्पनि ग्याज्प्रोमले डेनमार्कको सबैभन्दा ठुलो ग्यासको थोक विक्रेता कम्पनि ओरस्टेडलाई ग्यास आपूर्ति बन्द गरिदिएको छ। ओरस्टेडले रुबलमा भुक्तान गर्न अस्वीकार गरेपछि ग्याज्प्रोमले ग्यास आपूर्ति बन्द गरिदिएको हो। ग्याज्प्रोमले जर्मनीको शेल इनर्जी यूरोप लिमिटेडलाई पनि यही कारणले ग्यासको आपूर्ति बन्द गरिदिएको छ।

    रूसको नयाँ भुक्तानी प्रणाली अन्तर्गत रूसको मित्र राष्ट्र बाहेकका देशहरुले रुसी ग्यासको खरिदमा रुबलमा भुक्तान गर्नुपर्नेछ। रुस युक्रेन युद्धकोबिच पश्चिमी राष्ट्रहरुले रुसप्रति लगाएको आर्थिक नाकाबन्दीको प्रतिकृया स्वरुप रुसले यो कदम चालेको थियो।
    रुबलमा भुक्तान गर्न नमानेपछि रुसी उर्जा कम्पनीले केहि समय अघि मात्रै बुल्गेरिया, पोल्याण्ड, फिनल्याण्ड र नेदरल्याण्डमा पनि ग्यास आपूर्ति बन्द गरिदिएको थियो। यो बीच करिब दुई दर्जन युरोपेली कम्पनीहरुले भने रुबल भुक्तानी गरेर ग्यास आयात गरिरहेका छन्

    दुई महिनाको कोभिड प्रतिबन्धलाई सहज बनाउँदै चीन

    दुई महिनाको लक डाउनपछि चीनले विश्व व्यापरिक एवं आर्थिक केन्द्र संघाईमा लगाएको कोभिड प्रतिबन्धलाई सहज बनाएको छ। चीनले यसघि लगाइएको प्रतिबन्धहरू खुकुलो पार्दै लगभग २५ मिलियन मानिसहरूलाई शहर वरिपरि स्वतन्त्र रूपमा आवतजावत गर्न अनुमति दिइएको छ।

    चीनले प्रतिबन्धहरु खुकुलो पारे पनि चीनको “शून्य कोविड” को समग्र नीति भने कायमै छ। कोभिडको आशंका गरिएकाहरुले भने अझै पनि क्वारेन्टिन वा अस्पतालमा बस्नुपर्ने छ। त्यहाँका बासिन्दाहरूले आफ्नो आवासीय कम्पाउन्डहरू छोड्न र अन्य बाहिरी ठाउँहरूमा प्रवेश गर्न उनीहरूको स्मार्टफोनमा हरियो स्वास्थ्य कोड देखाउनु पर्नेछ। सार्वजनिक यातायात प्रयोग गर्न वा बैंक वा मलहरूमा प्रवेश गर्न चाहनेहरूले पछिल्लो ७२ घण्टाको नेगेटिभ पीसीआर परीक्षण प्रमाणपत्र देखाउनु पर्नेछ। यद्धपि उनीहरुले सांघाई छोड्ने भने पाउने छैनन र जो कोही पनि अर्को शहरमा यात्रा गरेर फर्किएपछि सात देखि १४ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ।

    सिनेमा हल, संग्रहालय र जिम र विद्यालयहरु भएन बन्द नै रहनेछन।

    बजेट पछिको सेयर बजारमा लगातार दोश्रो दिनको गिरावट

    आर्थिक वर्ष २०७९/८० को बजेट पछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । आज ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकिएको छ। बजेटपछिको पहिलो दिन नै बजार ५० भन्दा बढी अङ्कले घटेको थियो ।

    २२९ कम्पनीको ३७,६९,८१२ कित्ता सेयर कारोबार हुँदा सेयर रकम भने १,३१७,६९९,०९० मा खुम्चिएको छ।

    ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने

    उडान सुरक्षालाई मध्यनजर गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थल र जहाज उड्ने रुट ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने निर्णय गरेको छ ।

    तारा एयरको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । तारा एयरको जहाज दुर्घटनामा पनि प्रतिकुल मौसम मूख्यका कारण रहेको प्रारम्भिक अनुमानले देखाएको छ।

    यसघि प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको भएपनि अब भने जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने प्राधिकरणले जानेको छ।

    आर्थिक वर्षको बजेटप्रति प्रतिपक्ष दलको आक्रोश

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता र सरकार बाहिरका दलहरुले बजेटको आलोचना गर्दै त्यसको सान्दर्भिकतामाथि प्रश्न उठाएका छन्।

    प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको बताउनुभएको छ । पौडेलले बजेटले प्रदेश र स्थानीय तहका अधिकार कटौती गरेको समेत टिप्पणी गर्नुभएको छ। आफ्नो योजना आफैले छनोट गर्ने प्रदेश र स्थानीय तहको अधिकार सरकारले कटौती गरिएकोप्रति, यो संघीयताविरोधी कदम हो भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको थियो।

    नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट चौबाटोमा उभिएको र गन्व्यहिन भएको बताउनुभएको छ।यो बजेटले मुलुकलाई हित नगर्ने भन्दै भट्टराईले भन्नुभयो , ‘यो बजेटको प्राथमिकता, गन्तव्य कता हो भनेर प्रश्न उठाइरहेका छौं। यो बजेट चौबाटोमा उभिएको छ। माओत्सेतुङ र मार्क्सको गन्ध आउँछ। यो बजेटको कुनै गन्तव्य छैन।’कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यको बजेट नबढाउनुभएको हो भन्ने प्रश्न गर्दै भट्टराईले बजेटको आलोचना गर्नुभएको थियो। अर्थमन्त्री शर्माप्रति व्यंग्य गर्दै भट्टराईले, संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु, कुर्ची नाभांचिनु सकारात्मक उपलब्धि र नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको बताउनुभएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट ललिपप मात्रै भएको टिप्पणी बताउनुभएको छ। देशमा जुनप्रकारको आर्थिक संकट देखिँदै गएको छ,अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन गर्न नसक्ने बताउंदै बजेट केबल निर्वाचन लक्षित भएको र कार्यान्वयनका आधारहरु के हुन् कहि पनि स्पष्ट नभएको भन्दै आलोचना गर्नुभएको छ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद अनिल कुमार झाले आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्तालाई केन्द्रित गरेर बजेट ल्याइएको बताउनुभएको छ ।नदी नियन्त्रण, तटबन्ध तथा बाँध निर्माण, पुर्ननिर्माणको विषयलाई बजेटमा प्राथमिकता नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको थियो। ६ महिनापछि हुने निर्वाचनमा कसरी आफूलाई र आफ्ना कार्यकर्ताहरुलाई इंगेज गर्न सकिन्छ ? दुई-चार लाख कार्यकर्तालाई कसरी यसबाट केही चिज वितरण गर्न सकिन्छ भन्ने प्रकारले बजेट बनाइएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभएको छ।

    आईजीपी नियुक्ति विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

    आईजीपी नियुक्ति विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।

    नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्वको मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा आज सुनुवाइ तोकिएको थियो। सुनुवाई तोकिएको भएपनि सर्वोच्चले तीन डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको छ ।

    गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि, डीआईजी विश्वराज पोखरेलले वरियता मिचेर आईजी बढुवा गरेको भन्दै आफु आईजीपी हुनुपर्ने माग सहित सर्वोच्चमा रिट दायर गरेका थिए।

    किन बन्द गरियो मेलम्चीको पानी ?


    सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरेसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द हुने भएको छ ।

    वर्षायाम सुरु भएको कारण सुरुङको ढोका बन्द गर्नुपरेको मेलम्ची खानेपानी विकास समितिले बताएको छ। सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको भएपनि वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको बताइएको छ।
    नियमित बर्षा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र काठमाडौं ल्याएर वितरण थाल्ने गरि सुरुङ्गको मूल ढोका बन्द गरिएको मेलम्चीको पानि अब कार्तिकबाट मात्र वितरण गरिने आयोजना समितिले जानकारी दिएको छ।

    मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन । त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएको बताउँछन् ।

    २०७८ सालमा आएको बाढीले आयोजना क्षतिग्रस्त भएको कारण सोहि अवस्था र जोखिम दोहोरिन सक्ने अनुमान गर्दै आयोजनाले मेलम्चिको मूल गेटनै बन्द गरेर कार्तिकसम्म पानि वितरण नगर्ने योजना अघि सारेको हो।

    युरोपेली संघले बर्षको अन्त्यसम्म रुसी तेल आयातलाई ९० प्रतिशत कटौती गर्ने

    युरोपेली संघका नेताहरूले युक्रेनलाई मद्दत गर्ने विषयमा केन्द्रित शिखर सम्मेलनमा वर्षको अन्त्यसम्म युरोपेली ब्लकमा अधिकांश रूसी तेल आयातमा प्रतिबन्ध लगाउन सहमति जनाएका छन्।

    यो सम्झौताले रुसबाट आयात हुने तेलको दुई तिहाइभन्दा बढी भाग समेट्ने बताइएको छ । ईयूको यो सहमतिले वर्षको अन्त्यसम्म करिब ९०% तेल आयातलाई प्रभावकारी रूपमा कटौती गर्ने अनुमान गरिएको छ।

    युक्रेनको अर्थतन्त्रलाई समर्थन गर्न ९ बिलियन यूरो सहयोग प्रदान गर्न पनि सहमती भएको छ । यो सहयोगको रकम भने अनुदान वा ऋण के हुने भन्ने कुरा भने स्पष्ट पारिएको छैन।
    युरोपेली संघले रुसमाथि लगाएको यो छैठौँ प्रतिबन्ध हो। यसअघि पनि रसियामाथि अमेरिका र युरोपले विभिन्न प्रतिबन्धहरु लगाउँदै आएका थिए।

    कानुनी अड्चन हटाएर निजगढ विमानस्थल निर्माण अघि बढाउन सरकारलाई निर्देशन

    कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

    सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्न र त्यसको वैकल्पिक व्यवस्थाको अध्ययन गर्न आदेश जारि गरेपनि सरकारले हिजो मात्रै सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा भने निजगढ अन्तराष्ट्रिय विमानस्थललाई पनि समेटेको छ। बजेटमा निजगढ विमानस्थल समेटीए लगत्तै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिको निष्कर्ष रहेको छ ।

    बालेनको शपथ ग्रहण नेपाली र नेपाल भाषामा

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

    राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई शपथ ग्रहण गराउनुभएको हो।
    शाहले नेपालि भाषामा शपथ लिएपछि नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो।
    शाहले सपथ ग्रहणपछि उपमेयर सुनिता डंगोल र निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको थियो।


    शाहले सपथ ग्रहण गरेपछि महानगर हरेक बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको पनि बताउनुभएको छ।

    सवारी चालक अनुमति पत्रको सबै अनलाइन आवेदन रद्द गरियो

    यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यस अघि लिइएका सवारी चालक अनुमति पत्रका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको छ ।

    विभागले नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै यस अघिको सम्पूर्ण आवेदन रद्द गरिएको बताएको छ। साथै नयाँ आवेदन दिन चाहनेले applydl.dotm.gov.np लगइन गरेर आज साँझ ६ बजेबाट नयाँ आवेदन भर्न सकिने पनि बताएको छ। वर्ग थपको लागि भने आगामी सोमबारबाट आवेदन खुल्ला गरिने पनि विभागले जारि गरेको सूचनामा उल्लेख गरिएको छ।

    नयाँ आवेदन फर्म भर्नको लागि यहाँ क्लिक गर्नुहोस।

    https://applydl.dotm.gov.np/login

    आवेदन आझ साँझ ६ बजेबाट खुल्नेछ।

    Yatayat bibhag

    कक्षा १२ को परिक्षा सुरु

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकैपटक सुरु गरेको छ ।
    आज बिहान ८ बजेबाट ७७ वटै जिल्लाका एक हजार २ सय ९२ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभएको छ ।जेठ २५ गतेसम्म संचालन हुने परीक्षामा ४ लाख १५ हजार विद्यार्थी सहभागी ररहेका छन्।
    परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि नै सबै परीक्षा केन्द्रमा अनलाइनमार्फत प्रश्न पठाइएको र प्रश्नको फोटोकपी बनाएर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विगत दुई वर्षयता कोभिड–१९ को महामारीका कारण विद्यार्थीका घरमै प्रश्नहरू पठाउने अनलाइन व्यवस्था गरिएको थियो । यस वर्ष पनि त्यही व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

    दुर्घटनाग्रस्त अवस्थामा भेटियो ताराको ट्विनअटर

    हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।१४ हजार ५ सय फिटको उचाइमा मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको सानोस्वारे भीरमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटिएको हो।

    कोवाङबाट ३ घन्टामाथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा ठोक्किएर क्षतविक्षत अवस्थामा रहेको जहाज स्थानीयले फेला पारेपछि सेनालाई खबर गरेका थिए । दुर्घटनामा परि जहाजमा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको आशंका गरिएको छ भने मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ ।

    जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमालमुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा विमान ठोकिएको अनुमान गरिएको छ ।

    के-के छन् बजेटमा समावेश गरिएको ?

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड बजेट छुटयाइएको छ ।

    कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई ५५ अर्ब ९७ करोड

    आर्थिक वर्ष २०७९/८० को सार्वजनिक बजेट अनुसार सरकारले कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ। सरकारले कृषिको बजारीकरणका लागि कृषि बजारको व्यवस्था गर्न कृषि एम्बुलेन्सको व्यवस्था गर्न गर्ने भएको छ ।प्राविधिक ज्ञान उपलब्ध गराउन कृषि तथा पशु विज्ञानमा स्नातक गरेका जनशक्तिलाई खटाइने छ। यस्तै, बाँझो जमिन कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।नयाँ बजेटले धान,मकै,गहुँ,तरकारी,फलफुल लगायत आधारभूत कृषि उत्पादनको आयात न्यूनतम ३० प्रतिशत कम गरिने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने नीति लिएको छ।  किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम र योगदानमा आधारित किसान पेन्सन योजना लागू गर्न किसान हित कोषको स्थापना गरिने भएको छ  । उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने छ । कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत एक अर्ब रुपैयाँ छुट्याइएको छ ।किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने,कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने र कृषि तथा पशु विमामा अनुदान थप गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।  सरकारले २०४९ अघि सञ्चालनमा रहेका साझा संस्थाहरुबाट किसानहरुले लिएको ऋण मिनाहा गर्ने भएको छ । सरकारको स्वीकृतिमा औषधिजन्य जडिबुटीको खेती, प्रशोधन एवं निर्यातको बाटो खुल्ला भएको छ । प्रदेश सरकारसँग समन्वय गरिने गरि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    उद्योगलाई १० अर्ब ४८ करोड

    सरकारले उद्योगलाई १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।स्थानीय तहमै कृषिजन्य उद्योग सञ्चालन गर्न ,औद्योगिक ग्राम, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र निर्माणमा बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ  ।मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइने घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।

    जडिबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने छ र जडिबुटीको प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था मिलाइने छ ।त्यस्तै सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना र जडिबुटी खेतीको बिमा पनि  गरिने भएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि

    शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको विकास र स्तरोन्नतिका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ। शिक्षातर्फा  प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैँया विनियोजन गरिएको छ । त्यस्तै प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने र  दिवा खाजाको व्यवस्था कक्षा ८ सम्म लागू गर्ने भएको छ । प्रत्येक प्रदेशका २० वटा विद्यालयमा कम्पयुटर, इन्टरनेट आदिको व्यवस्थाका लागि २० करोड बजेट विनिजियोन गरिएको छ।   उत्कृष्ट समुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा घोषणा गर्ने र पुरस्कृत गर्दै,गुणस्तरीय शिक्षा प्रदान गर्ने  सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालय व्यवस्थपन समितिको स्वीकृतिमा ५ लाखसम्म खर्च गर्न अनुमति दिने व्यवस्था गरिने घोषणा गरिएको छ।  त्यस्तै प्राविधिक शिक्षाको विस्तार गर्नुका साथै विदेशमा पढ्न जानेहरुको संख्या न्युन गर्न त्रिविलगायतका विश्वविद्यालयहरुको स्तरोन्नति गर्दै जनसंख्याको अनुपातमा स्वास्थ्य सेवाअन्तर्गत चिकित्सा शिक्षा लगायतको क्षेत्रलाई सहज बनाइने र वर्षको दुई पटकसम्म भर्ना हुने व्यवस्था मिलाइने घोषणा गरिएको छ। 

    स्वास्थ्य क्षेत्रमा ६९ अर्ब ३८ करोड

    सरकारले आगामी वर्ष ६५५ स्थानमा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने योजना ल्याएको छ । सरकारले थप २० वटा सरकारी अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने  र विधुतीय  स्वास्थ्य सूचना प्रणाली अवलम्बन गर्ने उल्लेख  गरेको छ।  ९८ प्रकारका नि:शुल्क औषधिका लागि १ अर्ब ५० करोड रकम विनियोजन गरेको छ। रोगको रोकथाम तथा नियन्त्रणका लागि नेसनल सेन्टर फर डिजिज कन्ट्रोल स्थापना कार्य अगाडि बढाइने भएको छ ।यसैगरी स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना गर्नका लागि समेत आवश्यक कानुनी व्यवस्था गरिने भएको छ ।स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न  सामुदायिक तथा सहकारी अस्पतालबाट मात्रै उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि करिब सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ भने, मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।

    उर्जा क्षेत्रमा ७५ अर्ब १० करोड

    सरकारले ७१५ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोड्ने  र विधुत  प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३अर्ब विनियोजन गरिएको बताएको छ ।आगामी दुई वर्षमा सबै घरमा विजुली पुर्‍याइने सरकारको लक्ष्य रहेको छ । त्यस्तै, एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी श्रावण भित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने र विधुतीय  सवारीको प्रयोग बढाउन  ५० स्थानमा चार्जिङ स्टेसन बनाउने र पेट्रोल पम्प भएकै स्थानमा चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ।  त्यसैगरी परम्परागत इटा भट्टालाई विधुतीय  भट्टाले विस्तापित गर्ने पनि उल्लेख गरिएको छ।

     भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड

    सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ ।आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ भने भूमिको समुचित  प्रयोग गर्न संघीय भूउपयोग नीति कार्यान्वयन गरिने छ  । सरकारले वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने योजना अघि बढाउने र  निम्न आय भएका गरिब र श्रमिकका लागि सरकारले खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने भएको छ । सरकारले हरेक स्थानीय तहमा सुपथ मूल्यका पसल सञ्चालन गरेर परिचयपत्रको आधारमा सहुलियतदरमा खाद्यवस्तु उपलब्ध बनाउने घोषणा गरेको छ ।

    पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड

    सरकारले पर्यटन क्षेत्रको विकास लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ।  यस आर्थिक वर्षमा सरकारले  १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसै आर्थिक वर्षमा स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने पनि सरकारले घोषणा गरेको छ। 

    सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड

    सरकारले  सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गर्ने र गीत संगीतमा लागेका सर्जकहरुको उत्थान र फिल्म सिटी निर्माण लागि समेत बजेट विनियोजन गरेको उल्लेख गरेको छ। 

     हवाई पूर्वाधार क्षेत्रमा सरकारले १२ अर्ब २४ करोड

    सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनरसंरचना गर्ने भएको छ । प्राधिकरणलाई सेवा प्रवाह र सेवा नियामकको रुपमा छुट्टाछुट्टै स्थापना गर्ने र आन्तरिक हवाई सेवाको गुणस्तरमा अभिवृद्धि गर्ने सरकारको योजना रहेको छ ।  निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गर्दै ,गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने र त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न,  दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ । हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्ध विमानस्थलमा समेत दोस्रो टर्मिनल बनाइने  घोषणा गरिएको छ  ।

    रेलका लागि ६ अर्ब ५३ करोड बजेट

    सरकारले रेल सेवा विस्तार र सम्भाव्यता अध्ययन गर्न ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ।  पूर्व-पश्चिम रेल सेवा सञ्चालनका लागि बर्दिवास-रौतहट खण्डको काम तीव्र पारिने र विजयपुरा- विराटनगर खण्डका लागि जग्गा लिने प्रक्रिया सूरु गरिने घोषणा गरिएको छ।  त्यसैगरि, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता,वीरगञ्ज, भैरहवा, पोखरालगायत मुख्य सहरमा ट्राम सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने र  जयनगर-कुर्था रेलको नियमित सञ्चालन र थप विस्तारको घोषणा गरिएको छ।  

    सामाजिक सुरक्षा भत्ता

    सरकारले वृद्धभत्ता पाउने उमेर ७० बाट ६८ वर्षमा झारेको छ । आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्तिले पाउने भत्ता पनि साविकको भन्दा ३३ प्रतिशतले बढाइएको छ  ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हाल तथ्याङ्क अनुसार नेपालमा योगदानरहित सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या ३५ लाख ५५ हजार छ । विभागले यो वर्ष मात्रै वृद्ध भत्ताबाहेक अन्य सामाजिक सुरक्षामा बढेको ३३ प्रतिशत भारको पूर्तिका लागि २२ अर्ब ५६ करोड ८ लाख रुपैयाँ थप निकासा गरेको छ ।चालु आर्थिक वर्षमा विभिन्न शीर्षकका सामाजिक सुरक्षा कार्यक्रमका लागि मात्रै २ खर्ब ५६ अर्ब ६९ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ ।

    सरकारी कर्मचारी र शिक्षकको तलब

    सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब श्रावण १  गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ  छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ ।सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ छ । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ र मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ रहेको  छ ।

    बेरोजगार

    सरकारले प्रत्येक वर्ष २ लाख सुचिकृत बेरोजगारलाई रोजगारी दिने बताएको छ ।प्रत्येक वर्ष स्थानीय पालिकाको रोजगार सेवा केन्द्रमा सुचीकृत २ लाख बेरोजगारलाई रोजगार दिइने र प्रधानमन्त्री  रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेर स्थानीय तहको सहकार्यमा खेतियोग्य बाँझो जमिन पहिचान गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई कृषि उत्पादनमा केन्द्रित रोजगारी प्रदान गरिने छ । प्रधानमन्त्री रोजगारीको कार्यक्रमको ढाँचा परिवर्तन गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि उत्पदानमा केन्द्रित गर्दै यसका लागि ७ अर्ब ५ करोड विनियोजन गरिने भएको छ।  थियो। स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई यस कार्यक्रम मार्फत कृषि उत्पादन मुलुक क्षेत्रमा रोजगारी प्रदान गरिनेछ ।

    सरकारी वित्तीय अनुदान

    स्थानी र प्रदेशमा ४ खर्ब ५० अर्बरुपैयाँ बराबर वित्तीय अनुदान हस्तान्तरण हुने भएको छ । वित्तीय समानीकरणतर्फ प्रदेशमा ६१ अर्ब ४३ करोड, स्थानीय तहमा १ खर्ब २३ करोड रुपैयाँ पठाउने व्यवस्था उल्लेख गरिएको छ  । ससर्त अनुदान तर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ करोड विनियोजन भएको छ ।समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ ।यस्तै विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड स्थानीय तहलाई ९ अर्ब १४ करोड विनियोजन भएको छ । राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ ।

    विदेशी लगानी

    सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँमा झारेको छ । रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाउने जानकारी दिंदै, ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्वतयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ ।लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पुरा गने व्यवस्था मिलाइएको छ। 

    स्टार्टअप व्यवसाय

    देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ । स्टार्टअप व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने भएको छ । स्टार्टअपमा गरिएको लगानीको प्रभाव मूल्यांकनसमेत गरिने र विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएको छ ।

    राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड

    सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले हरियाली प्रवर्द्धन गर्न  देशभर १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने पनि उल्लेख गरेको छ। 

    सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ । मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने घोषणा पनि गरिएको छ ।

    सरकारले सेनेटेरी प्याड आयातमा लगाउंदै आएको भन्सारमा ९० प्रतिशत छूट दिने निर्णय गरेको छ ।  नेपालमा नै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ। 

    सरकारले स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।

    सरकारले २६ जिल्लालाई सडक सञ्जालमा आबद्ध गर्न निर्माणधीन मध्यपहाडी राजमार्गमा आगामी आर्थिक वर्ष २३५ किलोमिटर कालोपत्रे र १६ वटा पुल निर्माण गर्न ९ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको  छ । त्यस्तै हुलाकी राजमार्गको ३ सय किलोमिटर सडक कालोपत्रे र २४ वटा पुल निर्माण सम्पन्न भएको र थप ६७ वटा पुल निर्माण गर्न  ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

    पूर्वपश्चिम राजमार्ग विस्तार गर्न ३० अर्ब ५० करोड विनियोजन गरेको छ । रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ५० करोड रुपैयाँ ।

    सिक्टा सिंचाइ योजनाका लागि एक अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ।  सुनकोसी मरिन डाइभर्सन योजनाको लागि २ अर्ब ७० करोड बजेट छुट्याएको छ ।

    बजेटको पूर्णपाठ :

    सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई स्थगित

    सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरिएको छ।

    अन्धकार र प्रतिकुल मौसमका कारण आजलाई खोजी कार्य रोकिएको नेपाली सेनाले जानकारी दिएको छ।
    प्रतिकुल मौसमको कारण खोजि कार्य स्थगित गर्नुपरेको र भोलि बिहानैबाट नेपाली सेनाको उद्दार टोलीले फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु गर्नेछ। सेनाको हवाई उद्दार टोली भने अहिले जोमसोम फर्किएको छ।

    १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड बजेट छुटयाइएको छ ।
    यस आर्थिक वर्षमा सरकारले आर्थिक स्रोत जुटाउन आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।

    बजेटको पूर्ण पाठ :

    मन्त्रिपरिषदको बैठकबाट आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत


    आज बसेको मन्त्रिपरिषद्‍को बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।
    स्वीकृत बजेट अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल पछि संसदमा प्रस्तुत गर्न लागेको आजको बजेटको आकार करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।

    हराइरहेको तारा एयरको जहाज अझै पनि भेटिएन

    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन अल्फा इको ट्यांगो कल साइन भएको जहाज आज बिहान देखि नै सम्पर्कविहीन हुन पुगेको छ।उक्त जहाज लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको र त्यसपछि एकाएक सम्पर्कविहीन भएको थियो।

    जहाजको खोजि कार्य तिव्र पारिएको छ। जहाजका क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् ।खोजि कार्यको लागि पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली परिचालन गरिएको छ भने काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।

    जहाजमा १९ यात्रु र तीन जना चालक दलका सदस्य रहेको बताइएको छ ।

    पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

    पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

    ९ एन अल्फा इको ट्यांगो कल साइन भएको जहाज लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको र त्यसपछि एकाएक सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ । जहाज सम्पर्कविहीन भएपछि खोजी कार्यको लागि मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरिएको छ र नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजी कार्यमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

    जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक र चालक दलका ३ जना सदस्य रहेको बताइएको छ ।

    खुला बजार अर्थनीतिमा चुकेको नेपालको अर्थ व्यवस्था

    कम्जोर सरकारी नीति र असक्षम व्य्वस्थापकीय क्षमताको कारण सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको नाफा घट्दै गएको छ।

    अर्थ मन्त्रालयले पेस गरेको आर्थिक सर्वेक्षण अनुसार गत आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानहरूको नाफा ४५.४२ प्रतिशत र लाभांश ५२.३३ प्रतिशतले घटेको छ ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको पूर्ण तथा अधिकांश लगानी रहेका ४४ सार्वजनिक संस्थानमध्ये २२ नाफामा र १९ नोक्सानीमा रहेका छन् । अघिल्लो वर्ष ४८ अर्ब २९ करोड ८२ लाख खुद नाफा रहेको सार्वजनिक संस्थानहरुको खुद नाफा घटेर २६ अर्ब ३५ करोड ८८ लाखमा सिमित हुन पुगेको छ ।

    सार्वजनिक संस्थानहरूबाट अघिल्लो आर्थिक वर्षमा १४ अर्ब १० करोड लाभांश बुझेको सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ मात्र लाभांश बुझेको छ।अघिल्लो वर्षको तुलनामा सेयर र ऋण लगानी बढे पनि प्रतिफल भने घट्दै गएको देखिन्छ।

    खुला बजार अर्थनीति अवलम्बन गरेको सरकारले अहिलेसम्म ३० संस्थानलाई निजीकरण गरिसकेको छ। घाटामा रहेका सरकारी स्वामित्वको संस्थानहरुलाई निजीकरण गरेर नाफामा लैजान सकिन्छ भन्ने नीति अनुरुप सरकारले निजीकरण गरेका ३० सार्वजनिक संस्थानमध्ये १२ वटा भने खारेज भइसकेका छन् ।

    गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

    १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै सामाजिक न्यायसहित समृद्धिको मार्गमा अघि बढ्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

    गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

    उहाँले,देशको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै सामाजिक मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दै,गणतन्त्रको वास्तविक सन्देश भनेको जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउने र नेपाललाई बलियो र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु हो भन्ने संदेश दिन खोज्नु भएको छ ।

    राष्ट्रपति भण्डारीले, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवनको बलिदान दिएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

    आर्थिक सर्वेक्षण र बजेट सार्वजनिक हुने

    आर्थिक वर्ष २०२२/२३ को आर्थिक सर्वेक्षण शनिबार प्रतिनिधिसभामा पेश हुँदैछ ।

    शुक्रबारको संसद बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने पूर्व निर्धारित एजेण्डा भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण त्यो कार्यान्वयन हुन सकेन।

    आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै आर्थिक सर्वेक्षण पेश गर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।त्यस्तै, संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पनि पेस गर्नेछन् ।

    संविधानले संघीय संसदमा बजेट पेस गर्ने मिति जेठ १५ तोकेको छ ।

    विदेशी मुद्रा सञ्चिति सुरक्षित गर्न राष्ट्र बैंकले मौद्रिक नीतिलाई थप कडाइ गर्ने

    नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०२१/२२ को मौद्रिक नीतिको समीक्षा गर्दै बढ्दो स्रोतको खाडल र विदेशी विनिमय सञ्चितिमा आएको संकुचनका कारण बैंकिङ प्रणालीमा तरलताको समस्या गहिरिएको र एकातिर ब्याजदरमा परेको दबाबमा र अर्कोतर्फ बाह्य क्षेत्रको स्थायित्व कायम गर्न पनि मौद्रिक नीतिलाई थप कडाइ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट प्रभावित उद्योग–व्यवसायलाई पुनरुत्थान गर्न, आन्तरिक तथा बाह्य क्षेत्रमा ब्याजदर घटाउने र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न प्रदान गर्ने पुनर्कर्जा सुविधालाई सीमित गर्ने विद्यमान नीतिलाई निरन्तरता दिने र मुद्रास्फीति र विदेशी मुद्रा सञ्चितिमा दबाब आएमा मौद्रिक नीतिको नीतिगत निर्देशनलाई थप कडाइ गरिने राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरी मुद्रास्फीति र बाह्य क्षेत्रको स्थायित्वलाई ध्यानमा राखी उत्पादनशील क्षेत्र, साना तथा मझौला उद्योगमा वित्तीय श्रोतको प्रवाह बढाउन र आन्तरिक उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड दिइएको छ ।बाह्य क्षेत्रमा चालु खाता र भुक्तानी सन्तुलन घाटा बढेको छ भने विदेशी मुद्रा सञ्चितिको आयात सपोर्ट गर्ने क्षमता घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१/२२ मा कुल गार्हस्थ्य उत्पादन ५ दशमलव ८४ प्रतिशतले बढेको अनुमान गरेको छ ।

    आर्थिक वर्ष २०२१/२२ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश ९०.७३ प्रतिशत रहने अनुमान गरिएको छ । यस्तो उपभोग अघिल्लो वर्षको ७.७ प्रतिशतको तुलनामा चालु आर्थिक वर्षमा ११.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

    सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिको पूर्णपाठ।

    फरार रहेका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ

    सर्वोच्च अदालतले कैद मिनाह गर्ने फैसला उल्टाएपछि फरार रहेका पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई बानेश्वर स्थित एक घरमा लुकिरहेको अवस्था पक्राउ गरिएको हो।

    तत्कालिन प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए । तर विहिबार
    सर्वोच्च अदालतले कैद मिनाह गर्ने फैसला उल्टाएपछि कोइराला सम्पर्कविहीन भएका थिए ।

    बलात्कार मुद्दामा हद म्याद हटाउन माग गर्दै राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव दर्ता

    बाल यौन दुर्व्यबहार र बलात्कार सम्बन्धी सजायको उजुरी दिने म्याद हटाउन माग गर्दै राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।

    नेपाली कांग्रेसकी सांसद कमला पन्तले विभिन्न राजनीतिक दल र स्वतन्त्र सांसदको समर्थनमा शुक्रबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो।प्रस्तावमा बालिका बाहेक अन्य विरुद्धको बलात्कारका मुद्दामा पनि उजुरी दिने समय सिमाको व्यवस्थालाई परिमार्जन र पुनर्विचार गर्न पनि आग्रह गरिएको छ ।

    समाजमा डर, लोभ वा विभिन्न शारीरिक तथा मानसिक अवस्थाका कारण बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटना बढ्दै गएकाले कानूनको पुनरावलोकन गर्न प्रस्तावमा उल्लेख गरिएको छ ।

    सरकारले पेट्रोलिमय पदार्थमा लगाउंदै आएको कर घटाउने

    नागरिक स्तरबाट भएको चौतर्फी विरोध र आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थमा लगाउंदै आएको कर घटाउने भएको छ।

    सरकारले दुई शिर्षकको कर हटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको भएपनि कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन।सरकारले भन्सार र पूर्वाधार कर ५/५ रुपैयाँ गरि कुल १० रुपैयाँ कर घटाउने विषयमा छलफल अगाडी बढाएको छ।

    सरकारले पेट्रोलमा भन्सार शुल्क बापत प्रतिलिटर २५ रुपैयाँ २३ पैसा र पूर्वाधार शुल्कक बापत १० रुपैयाँ कर उठाउने गरेको छ । त्यसैगरि, डिजेलमा भने १२ रुपैयाँ २ पैसा भन्सार शुल्क र पूर्वाधर बापत १० रुपैयाँ कर उठाउने गरेको छ ।

    कानुनमन्त्रि बडूको अभिव्यक्तिप्रति विरोध जनाउंदै संसद बैठक स्थगित

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा गरेको टिप्पणीप्रति उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

    मन्त्री बडूले नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेको र ‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भन्ने अभिव्यक्ति दिए पछि नेकपा एमालेका सांसदहरुले सदन अवरुद्ध गरेका हुन्।

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सो अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने पनि माग गर्नुभएको छ । साथै , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने र आरोप पुष्टि गर्न संसदीय छानबिन समिति बनाउन पनि चुनौती दिएको छ। एमालेको अवरोध पछि अहिले संसद बैठक स्थगित गरिएको छ।

    काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहयोग आवश्यक छ:बालेन्द्र शाह

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाका मतदाता आफ्नो परिवार भएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ।

    निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरे लगत्तै उहाँले सो कुरा बताउनुभएको हो। शाहका समर्थकहरुले विजय उत्सव सहित र्‍याली निकालेका छन् ।

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा उत्रिएका बालेन्द्र शाहले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३८ हजार ११७ मत प्राप्त गर्नुभएको थियो।

    नेपालको हवाई प्रतिबन्ध फुकुवा गर्न मन्त्री आले र युरोपेली राजदूतबीच छलफल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र युरोपेली राजदूत नोना डेप्रेज़बीच युरोपेली संघको सुरक्षा सूचीबाट नेपालमाथि लगाइएको हवाई प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ। छलफलको क्रममा मन्त्रि आलेले नेपालमाथि लगाइएको हवाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको हो।

    विगतको तुलनामा नेपालको उड्डयन क्षेत्र अहिले सुरक्षित रहेको र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका आठ विधा अन्तर्गत सुरक्षा कार्यान्वयनको सवालमा नेपाल ७०.१ प्रतिशत अङ्कको साथ औसतभन्दा माथि रहेको स्मरण गराउँदै मन्त्री आलेले हवाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको हो ।

    नेपालको उड्डयन क्षेत्रमा कमजोर सुरक्षाको कारण देखाउँदै आठ वर्षअघि ईयूले नेपालको अन्तराष्ट्रिय हवाई उडानलाई कालोसूचीमा राख्दै युरोपिली मुलुकमा उडान भर्न प्रतिबन्ध लगाएको थियो। तर, आइसिएओले नेपालमाथिको प्रतिबन्ध यसअघि नै फुकुवा गरिसक्दा पनि नेपाली पाइलटलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न थप योग्यता र तालिमको माग राख्दै उडानको अनुमति भने दिएको छैन । यता नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले भने नेपालले पाइलटको तालिम र योग्यताको व्यवस्था गरेको बताउनुभएको छ।

    हाल नेपालमा,नेपाल एयरलाइन्स, बुद्ध एयर र हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडानका लागि ईयूको स्वीकृतिको पर्खाइमा रहेका छन्।

    बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गरिने

    निर्वाचन आयोगले चुनाव निष्पक्ष नभएको ठहर गर्दै बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।

    निर्वाचनको दिन मतदानस्थलमा भएको झडप, उम्मेदवार कुटपिट, मतदाता लखेटिएको र काँग्रेस र एमालेका कार्यकर्ताहरुले विभिन्न वडाका मतदान स्थलहरु नियन्त्रणमा लिएर एकछापे मत हालेको घटनालाई लिएर निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको हो।

    आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।
    आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन समेत सरकारलाई निर्देशन दिएको छ ।

    सर्वोच्चले उल्ट्यायो पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने फैसला

    पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्नेगरि यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला सर्वोच्चले पुन उल्ट्याएको छ ।

    कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघिको फैसला उल्ट्याएको हो।साढे ८ वर्ष मात्र कैद बसेर तत्कालिन आदेशमा रिहा भएका कोइराला सर्वोच्चको यो फैसलापछि अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ ।

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्षअघि कोइरालाको कैद मिनाहा गरेको थियो ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश


    बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले आदेश जारि गरेको छ ।

    न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश जारि गरेको हो ।अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न अदालतले आदेश जारि गरेको छ।

    वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा सहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश जारि गरेको हो।

    सरकारको नीति तथा कार्यक्रमप्रति ओलीको आक्रोश

    सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति प्रश्न गर्दै सरकारको आलोचना गर्नुभएको छ ।   

     लिम्पियाधुरा, लिपुलेक र कालापानी

    लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो को कि होइन ? प्रधानमन्त्रीज्यूबाट हामि जवाफ चाहन्छौं भन्दै,सरकारको नीति तथा कार्यक्रममा भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेकोमा सरकार कायर भएको टिप्पणी गर्नुभएको छ।  आफु नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्सामा राखेको स्मरण गर्दै,”नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, यो फिर्ता ल्याउने प्रयास गर्छु भन्न सक्नुहुन्न भने, राष्ट्रिय हितको रक्षा गर्न सक्नुहुन्न, भूमिको रक्षा गर्न सक्नुहुन्न, अखण्डताको रक्षा गर्न सक्नुहुन्न, आफ्नो भूमिलाई आफ्नो भूमि भन्न सक्नुहुन्न अनि के हो सरकारको नेतृत्व भनेको ?” भन्ने प्रश्नहरु गर्दै सरकार नेतृत्वविहीन भएको टिप्पणी गर्नुभएको हो। 

    नीति तथा कार्यक्रम अनुसार बजेट आए मुलुक थप संकटमा जान्छ

    ओलीले, सरकारको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्षको बजेट आए मुलुक थप संकटमा जाने समेत टिप्पणी गर्नुभएको छ।  सरकारको नीति तथा कार्यक्रम पपुलिस्टक्क, गैरजिम्मेवार, अनुत्तरदायी  र अर्थतन्त्रमाथि खेलबाड गर्ने  प्रवृत्तीको र जनता अल्मल्याउने कुरा मात्र भएको बजेटले पुष्टि गर्ने समेत बताउनुभएको छ। 

    स्थानीय तहको निर्वाचन:नेपाल आयल निगम र मुल्यवृद्धि

    स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको भन्दै  सत्तापक्षले निर्वाचनमा धाँधली गरेको र सरकारले  धाँधली गर्ने कुरामा नयाँ कीर्तिमान कायम गरेको टिप्पणी समेत गर्नुभएको छ।  त्यसैगरि निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले  मूल्यवृद्धि गरेर जनतालाई धोका दिएको र सरकारले  मुल्यवृद्धिमा पनि कीर्तिमान कायम गरेको टिप्पणी गर्नुभएको थियो।  नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको र मोटो रकमको चलखेलमा निगम निजि क्षेत्रलाई सुम्पिने तयारि सरकारले गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। 

    स्वतन्त्र परराष्ट्र नीति:एक चीन नीति र (बीआरआई)

    अध्यक्ष ओलीले,अमेरिकाको उपसचिव तथा तिब्बती मामिलाको विशेष संयोजक उज्रा जेया ले तिब्बती शरणार्थी शिविर अवलोकन गरेकोप्रति आपत्ति प्रकट गर्नुभएको छ।  प्रहरीको  स्कर्टिङमा जेया  तिब्बती शरणार्थी शिविर पुगेको घटनालाई इंगित गर्दै ओलीले,विदेशी कुटनीतिज्ञको भ्रमणलाई न्यूनतम कुटनीतिक मर्यादा र अन्तरार्ष्ट्रिय मान्यता अनुकूल बनाउन यो सरकार सक्दैन र  चाहँदैन पनि भन्दै सरकार लाचार भएको बताउनुभएको छ। 

    कुनैपनि राष्ट्रका प्रतिनिधिलाई कहाँ जान दिने/नदिने, कहाँ घुम्न दिने/नदिने, त्यो हाम्रो क्षमता छ कि छैन ?,  हाम्रो संविधानले भनेको तटस्थता, राष्ट्रिय स्वतन्त्र परराष्ट्र नीति के यही हो भनेर प्रश्न समेत गर्नुभएको थियो।  त्यसैगरी, एक चीन नीतिप्रति सरकार प्रतिवद्ध नभएको र  कुनै विदेशी आउँदा सरकारलाई ज्वरो आउँछ, अनि कसरी स्वधिनताको रक्षा हुन्छ? भन्दै सरकारको आलोचना समेत गर्नुभएको थियो। 

    उहाँले चिनिया परियोजना (बीआरआई) मा सरकारको नीति के हो र त्यसबाट प्राप्त हुने सहयोग लिने कि नलिने भनी प्रश्न समेत गर्नुभएको छ।   नेपालको विदेश नीति अहिले सत्ता स्वार्थमा चलिरहेको टिप्पणी गर्दै ,”हाम्रो फरेन पोलिसी ज्युँदै छ कि मर्‍यो ? हाम्रो फरेन पोलिसी यथावत छ कि घाइते भयो ? हाम्रो फरेन पोलिसी हिजोको न्युट्रालिटीमा छ कि छैन ? हाम्रो फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थमा चलिराखेको छ ?” भन्ने प्रश्न समेत गर्नुभएको छ। 

    (ईपीजी)को प्रतिवेदन

    अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्वजनिक गर्न समेत  प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री  मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभएको थियो। 

    राहदानी विभागले आइतबार पनि सेवा दिने

    राहदानी विभाग आइतबार सार्वजनिक बिदाको दिन पनि खुला हुने भएको छ । विधुतीय राहदानी सजिलै उपलब्ध गराउनका लागि बिदाका दिन पनि विभाग खुला रहने राहदानी विभागले जनाएको छ।

    राहदानी विभागले जारी गरेको जानकारी अनुसार विभागमा सेवाग्राहीको चाप बढ्दै गएपछि सार्वजनिक बिदामा पनि राहदानी सम्बन्धी सेवा दिने निर्णय गरेको हो।

    जेठ १५ गतेदेखि विभाग हरेक आइतबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुल्ला रहनेछ। राहदानीका लागि आवेदन दिन मिति बुक गर्ने सेवाग्राहीलाई विभागले राहदानी सम्बन्धी सेवा पनि उपलब्ध गराउनेछ।

    राज्य संयन्त्रको विरोधमा युवा पुनर्जागरण संगठनको मोटरसाइकल र्‍याली


    युवा पुनर्जागरण संगठन नेपाल चितवनले राज्य संयन्त्र र सरकारको कदमको विरोध गर्दै नारायणगढमा मोटरसाइकल र्‍याली गरेको छ।
    वैदेशिक हस्तक्षप बन्द गर,सिमा अतिक्रमण बन्द गर,इन्डो-अमेरिकी सेना नेपाल छोड लगायतका नाराहरुसहित नारायणगढको पोखरा बसपार्कबाट सुरु भएको विरोध र्‍याली केन्द्रिय बस टर्मिनल पुगेर कोणसभामा परिणत भएको थियो।

    282724137 342062554671285 5202655437008856349 n 1

    युवा पुनर्जागरण संगठन नेपालका केन्द्रिय अध्यक्ष समुन्द्र क्षेत्रीले सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा करिब ६० वटा मोटरसाइकल र १०० जना युवाहरुको सहभागिता रहेको थियो। कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष क्षेत्रीले नेपालमा बढ्दै गएको महंगी र पेट्रोलियम पदार्थमा अनियमित तवरले हुने गरेको मूल्य वृद्धिको विरोध गर्दै सरकारले महंगी नियन्त्रण गर्न कुनै पनि दिर्घकालिन योजना बनाएर अघि बढ्न नसकेको भन्दै विरोध जनाउनु भएको थियो। उहाँले देशमा बढ्दो महिला हिँसा ,सिमा अतिक्रमण र वैदेशिक हस्तक्षप विरुद्ध सरकार मौन बसेको भन्दै अब स्वतन्त्र र देशभक्त युवाहरु एक भएर कडा प्रतिकारमा उत्रिने समेत चेतावनी दिनुभएको छ। साथै, उहाँले अब युवा पुनर्जागरण संगठनले हरेक सरकारी निकायमा हुने भ्रष्टाचारको विरुद्ध आफुहरु कडा प्रतिकारमा उत्रिने पनि बताउनुभएको छ।


    युवा पुनर्जागरण संगठन नेपाल चितवनले संयोजन गरेको उक्त कार्यक्रममा त्रिमुल नेपाल पार्टीका केन्द्रिय सदस्य सन्त बहादुर घिसिङ्ग, ऋषि खतिवडा र नविन गैरे लगायतको उपस्थिति रहेको थियो।

    भारतले चिनी निर्यातमा रोक लगाउने

    जेठ १८ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।

    रुस–युक्रेन युद्धका कारण देखाउंदै भारतले निर्यातमा रोक लगाउने निर्णय गरेको हो। भारतीय उत्पादनमा परनिर्भर नेपाली अर्थतन्त्रमा यसले प्रत्यक्ष रुपमा प्रभाव पार्नसक्ने देखिन्छ।भारतले आगामी चार महिनासम्म निर्यातमा रोक लगाउने बताएको छ।

    विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा


    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पदबाट राजिनामा दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उहाँले सो कुराको जानकारी गराउनु भएको हो।

    स्थानीय तह निर्वाचनमा आएको निराशाजनक परिणामको कारण नैतिकताको आधारमा राजीनामा दिएको उहाँले बताउनुभएको छ। पदबाट राजिनामा दिए पनि पार्टीको साधारण सदस्य भने रहिरहने जानकारी गराउंदै विगतमा असहमति राखेर राजीनामा दिएकाहरूलाई पनि पुन: पार्टीमा सामेल हुन समेत उहाँले आग्रह गर्नुभएको छ।

    उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको राजिनामा पत्रको पूर्णपाठ यस्तो रहेको छ।

    rabindra mishra

    क्यानद्वारा राष्ट्रिय खेलाडीको पारिश्रमिक वृद्धि


    नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको र कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ।

    मंगलबार बसेको क्यानको बैठकले खेलाडीको पारिश्रमिक वृद्धि गरेको जानकारी गराएको छ । सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सबै पुरुष खेलाडीको मासिक पारिश्रमिक १० हजार,महिला टोलीको सी ग्रेडमा रहेका खेलाडीको ५, बी र ए ग्रेडको खेलाडीको ६ हजार रुपैयाँले वृद्धि गरिएको क्यानले जनाएको छ।

    यस्तै मैदान कर्मचारीको मासिक पारिश्रमिकमा ३ हजार, मैदान कार्यालय सहयोगीको ५ हजार र त्रिवि मैदानको पिच क्युरेटरको ६ हजार रुपैयाँले वृद्धि गरिएको छ।

    वृद्धि गरिएको पारिश्रमिक अनुसार ए ग्रेडका खेलाडीले ६० हजार र बी र सी ग्रेडका खेलाडीले क्रमस: ५० र ४० हजार रुपैयाँ पाउनेछन। त्यसै गरि,ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमस: १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन।

    बाइडेनको प्रस्थान लगत्तै उत्तर कोरियाद्वारा मिसाइल प्रहार


    उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा उत्तर कोरियालाई रोक्नको लागि उपायहरू बलियो बनाउने वाचा गरेर अमेरिका फर्किएको एक दिन नबित्दै मिसाइलहरू प्रहार गरिएको थियो।

    उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको छ ।

    अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले बाइडेनको भ्रमणको क्रममै उत्तर कोरियाले हतियार परीक्षणको लागि तयार गरिरहेको बारे सावधान भने गराएको बुझिएको छ।
    बाइडेनको भ्रमणको क्रममा, बाइडेन र उनका दक्षिण कोरियाली समकक्षी यून सुक-योलले उत्तर कोरियाको तीव्र हतियार परीक्षणहरूलाई रोक्न आवश्यक भएमा ठूलो सैन्य अभ्यास गर्न र थप अमेरिकी रणनीतिक सम्पत्तिहरू तैनाथ गर्न सहमत भएका छन् ।

    थप तीन देशमा देखियो मंकीपक्सको बिरामी

    संयुक्त अरब इमिरेट्स (युएई) मा पहिलो पटक मंकीपक्सको संक्रमण देखा परेको छ। पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा मंकीपक्सको संक्रमण फेला परेको र अहिले उनको उपचार भइरहेको युएईका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    त्यस्तै,चेक गणतन्त्र र स्लोभेनियामा पनि मंगलबार मंकीपक्सको संक्रमण फेला परेको छ। अफ्रिका बाहिर १८ देशहरुमा यसको संक्रमण देखिएको छ। अफ्रिका बाहिर पहिलो पटक यसको संक्रमण युरोप, अष्ट्रेलिया र अमेरिकामा देखिएको थियो।

    यसको लक्षणको रुपमा अक्सर ज्वरो आउने र शरीरमा दागहरू देखिएपनि यसको संक्रमण सामान्य उपचार पछि निको हुने बताइएको छ। यो रोगले संक्रमित व्यक्तिसँग नजिक भएर शारीरिक सम्पर्कमा आउँदा रोग सर्न सक्ने बताइएको छ।

    सरकारको नीति तथा कार्यक्रम

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

    संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ ।

    फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य



    एक साता नबित्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेल १६३ रुपैयाँ पर्ने भएको छ ।

    त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार ग्यासको प्रतिसिलिण्डर १८ सय पुगेको छ । नोक्सानी बढेको भन्दै आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने छ ।

    petrol 2252022051751 1000x0 1

    दलाई लामासँगको भेटपछि तिब्बती मामिलाको विशेष संयोजक उज्रा जेया नेपालमा

    नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारसम्बन्धी संयुक्त राज्य अमेरिकाको उपसचिव तथा तिब्बती मामिलाको विशेष संयोजक उज्रा जेया तीन दिने औपचारिक भ्रमणको क्रममा आज काठमाडौँ आइपुगेकी छन्।

    एमसीसी अनुमोदन गरेपछि काठमाडौँमा बढेको अमेरिकी कुटनितिज्ञहरुको चहलपहल बीच ,तिब्बती धर्मगुरु दलाई लामा र निर्वासनमा रहेका तिब्बती सरकारका केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष (सिक्योङ) पेन्पा त्सेरिनसँग भारतको नयाँ दिल्लीमा भेटघाट गरेर नेपाल आएकी जेयाको यो भ्रमणलाई नेपालि राजनीतिक वृतमा चीन विरुद्धको भूराजनीतिक कुटनीतिको रुपमा विश्लेषण गरिएको छ ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण लगायत अन्य राजनीतिक उच्च अधिकारीहरुबीच भेटघाट गर्ने कार्यक्रम रहेको छ।
    औपचारीक रुपमा उल्लेख नगरेको भएपनि,जेयाको नेपाल आगमन लगत्तै उनले नेपालमा रहेका तिब्बती शरणार्थी नेताहरूलाई पनि भेट गर्ने चर्चा भने बढेको छ।
    यहि चर्चाको बिचमा तिब्बती शरणार्थीहरुलाई परिचय पत्र उपलब्ध गराउने विषयमा पनि पहल गर्न उनको यो भ्रमण विशेष रहेने विश्लेषकहरु बताउँछन् ।

    नेपाल प्रहरीबाट लामा र सशस्त्र प्रहरीबाट पौडेल एआईजीमा बढुवा

    सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्त लामा र सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।

    बढुवा भएका लामाले उमेर हदका कारण केही दिनमै अवकाश लिनेछन् भने अर्कातर्फ वर्तमान महानिरीक्षक राजु अर्यालपछि पौडेल सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने एक्लो दावेदार बनेका छन् । सशस्त्र प्रहरी बलमा दुई एआईजी पद रहेपनि सरकारले पौडेललाई मात्रै बढुवा दिएको छ ।

    यसैबीच नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामालाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

    अकुपाइ बालुवाटार: बलात्कारीलाई सजायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन

    सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि भएको यौन हिंसाको दोषीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ।

    आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाहरुले ‘अकुपाइ बालुवाटार’को नाममा अभियान चलाएर स्वतः स्फूर्तरुपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

    पीडित युवतीले सामाजिक सञ्जाल मार्फत सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले आफूलाई लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

    पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सुरु भएको प्रदर्शनमा उनीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरेका छन् ।

    विधुत बढी भएको हल्ला फिँजाएर रणनीतिक महत्वका नदीनाला भारतलाई सुम्पिने सरकारको नीति

    आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै नेता रावलले नेपालका महत्वपूर्ण रणनीतिक नदीनाला विदेशीको हातमा सुम्पिने कुरा र पश्चिम सेती जलविध्युत आयोजना भारतलाई दिने भन्ने प्रधानमन्त्री देउवाको भनाइ मान्य नहुने बताउनुभएको छ।

    नेता रावलले भन्नुभयो,”नेपालको सार्वभौमसत्तामा आधारित आत्मनिर्णयको अधिकारको धज्जी उडाउँदै हालै प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको चुनावी सभामा, भारत सरकारले चीनको लगानीमा उत्पादित विधुत नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती जलविधुत आयोजना भारतलाई सुम्पिनुपर्ने कूतर्क सार्वजनिक रुपमा गर्नु भएको छ “।

    त्यसैगरी पश्चिम सेतीका साथै सरकारले अरुण चौथो जलविधुत योजना निर्माण गर्न भारतसँग सेयर बिक्री गर्ने निर्णय राष्ट्रिय हितविपरित भएको पनि बताउनुभएको छ।

    वार्षिक ८०० मेगावाटसम्म भारतीय उर्जा प्रति युनिट ३२ रुपैयाँ खर्च गरी किन्नुपरेको अवस्थामा, देशमा विधुत बढी भएको हल्ला फिजाएर नेपालको रणनीतिक महत्वका नदीनाला विदेशीको हातमा सुम्पिने नीतिमा सरकार रहेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। रावलले,उर्जा उत्पादन नेपालले स्वतन्त्र राष्ट्रका रुपमा गर्न नसक्ने भएको हो त भनेर प्रश्न समेत गर्नुभएको थियो ?
    साथै उहाँले, विदेशी मुद्राको सञ्‍चिती घट्दो रुपमा रहंदा समेत राष्ट्रिय अर्थतन्त्रप्रति सरकार संवेदनशिल नभएको,
    जनशक्तिको स्वदेशमै परिचालन गर्न सरकारको कुनै योजना नभएको,शिक्षामा वर्गीय विभाजन रोक्न सरकारले ध्यान नदिएको र कृषि उत्पादन र कृषि उत्पादकत्व बढाउने नीति सरकारको प्राथमिकतामा नपरेको पनि बताउनुभएको थियो।

    सुन र चाँदीको मूल्यमा वृद्धि


    नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ ।

    बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बजारमा चापावाला सुनको मूल्य ९६ हजार ३ सय पुगेको छ ।त्यस्तै, तेजावी सुनको मूल्य९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    नागरिकता विधेयक संशोधन गर्न छलफल

    नागरिकता विधेयक संशोधन गर्ने सरकारको तयारी
    सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गरी नयाँ विधेयक ल्याउने तयारी गरेको छ ।

    नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ श्रावण २२ गतेदेखि संसदमा थन्किएको छ। यसलाई अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खांड र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्तारुढ गठबन्धन साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको छलफल अगाडि बढाएको छ।

    नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशीलाई विवाह लगत्तै अंगीकृत नागरिकता दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विवाद रहिआएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका कतिपय विधेयकलाई परिमार्जन गर्नुपर्ने र विधेयकका प्राविधिक विषयमा छलफल गर्न सत्तारुढ दलबीच सहमति आवश्यक रहेको बुझिएको छ ।

    सङ्घीय संसद् सचिवालयका अनुसार हाल संसदमा ५७ विधेयक छन् । सरकारले संसदमा रहेका विधेयकका प्रावधानलाई एकैपटक संशोधन गरेर अगाडि बढ्ने तयारी गरेको देखिन्छ ।

    सप्तरीमा सिके राउत नेतृत्वको जनमत पार्टी विजयी

    सिके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा विजयी भएका छन् । माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शैलेशकुमार साहले ६ हजार २४६ मत पाएका छन् ।

    यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन फोरमबाट माझी उम्मेदवार बनेका थिए भने तत्कालीन राजपाबाट साह विजयी भएका थिए । राजपा र फोरम मिलेर लोसापा गठन गरेपछि दुवै जना जसपामा थिए । तर जसपाले साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उम्मेदवारीको एक दिनअघि मात्रै माझी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

    त्यसैगरी हनुमाननगर कंकालिनीको उपमेयरमा जसापाकी सरितादेवी सिप्लिया यादव पुनः निर्वाचित भएकी छन् । उनी ६ हजार ५१२ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत ल्याएकी छन् । १४ वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकामा ७ वडामा जसपा , ४ वडामा माओवादी केन्द्र, २ वडामा जनमत पार्टी र १ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    भरतपुर महानगरमा फराकिलो बन्दै मतान्तर

    भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले जारी मतगणनामा निकटतम प्रतिद्वन्द्वी एमालेको मेयर पदका उम्मेदवार विजय सुबेदी सँगको मतान्तर फराकिलो बनाएकी छिन् ।

    वडा नम्बर ६ मा अहिले मतगणना जारी रहंदा दाहालले १६१७ मतको अन्तर कायम राख्न सफल भएकी छिन् । भरतपुर महानगरपालिकामा भएको २७०२६ मतगणनामा दाहालले ९८०१ मतको साथ अग्रता लिएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८१८४ मत ल्याएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११७४० मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमाला गुरुङले ६६६८ मत ल्याएकी छिन।

    निलम्बित सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

    मुगु जिल्लाको एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका छोरा अर्पण बानियाँलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । खत्याड गाउँपालिका ७ माँझचौरमा उनलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभएको छ ।

    उनलाई थप अनुसन्धानका लागि आज जिल्ला सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभएको छ । खत्याड गाउँपालिकाको माझचौरमा मतगणना भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पक्राउ गरेको थियो ।

    संघीय संसदको बार्षिक अधिवेशन आजबाट सुरु हुँदै

    संघीय संसदको वार्षिक अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित एजेण्डाबारे छलफल हुनेछ ।

    सभामुख अग्नि सापकोटाले महाधिवेशन र मन्त्रिपरिषद् गठनबारे राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्य मनोनीत गर्ने दुईवटा अध्यादेश पेस गर्ने कार्यतालिका छ ।

    कार्यतालिका अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई परिमार्जन गर्न र यौन हिंसाविरुद्धका केही ऐनलाई परिमार्जन गर्न अध्यादेश २०७८ पेश गर्ने
    कार्यतालिका रहेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि (कर प्रस्ताव बाहेक) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।संघीय संसद् सचिवालयले बजेटका सिद्धान्त र प्राथमिकताहरू (कर प्रस्ताव बाहेक) छलफल गर्ने कार्यक्रम छ ।आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा असार २९ गते पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    स्थानीय निर्वाचन २०७९ दलगत मत परिणाम

    nepalli congress
    विजयी३२१
    अगाडि
    अध्यक्ष
    विजयी२९५
    अगाडि
    उपाध्यक्ष
    cpn uml 1
    विजयी१९९
    अगाडि
    अध्यक्ष
    विजयी२२९
    अगाडि११
    उपाध्यक्ष
    maoist party
    विजयी१२०
    अगाडि
    अध्यक्ष
    विजयी१२६
    अगाडि
    उपाध्यक्ष
    विजयी१८
    अगाडि
    अध्यक्ष
    विजयी
    अगाडि
    उपाध्यक्ष
    jasapa
    विजयी२९
    अगाडि
    अध्यक्ष
    विजयी३०
    अगाडि
    उपाध्यक्ष
    losapa party
    विजयी
    १५
    अगाडि
    अध्यक्ष
    विजयी
    अगाडि
    उपाध्यक्ष
    anya
    विजयी२९
    अगाडि
    अध्यक्ष
    विजयी१८
    अगाडि
    उपाध्यक्ष

    स्थानीय निर्वाचन २०७९

    काठमाडौँ महानगरपालिका

    balen 2
    प्रमुख
    lauro 1
    ४५९८२
    sthapit
    प्रमुख
    surya

    २५०५९
    srijana 1
    प्रमुख
    rukh
    २७४२३
    sunita
    उपप्रमुख
    surya
    right up ४४७०५
    rameshwor sth
    उपप्रमुख
    pen
    १५२८२

    भरतपुर महानगरपालिका

    renu dahal
    प्रमुख
    maoist
    ४५८८७
    bijaya subedi
    प्रमुख
    surya
    ३४९९३
    jagannath poudel
    प्रमुख
    pineapple

    १३५१५
    chitrasen
    उपप्रमुख
    rukh
    ४६९१३
    himala gurung
    उपप्रमुख
    halo 1
    २७५५५

    पोखरा महानगरपालिका

    प्रमुख

    dhanraj acharya
    प्रमुख
    pen
    ५०६१२
    krishna bahadur thapa
    प्रमुख
    surya
    ४६५८३

    उपप्रमुख

    kopila ranabhat
    उपप्रमुख
    rukh
    ४९५८६
    manju devi grg
    उपप्रमुख
    surya
    ५३१७३

    ललितपुर महानगरपालिका

    chiribabu maharjan
    प्रमुख
    rukh
    ३५७०३
    harikrishna byanjankar
    प्रमुख
    surya
    २०९४२
    majali shakya
    उपप्रमुख
    surya
    २०७६०
    baburaja acharya
    उपप्रमुख
    maoist
    १२६६६

    वीरगन्ज महानगरपालिका

    rajesh man singh
    प्रमुख
    chata
    ३९६६१
    bijayakumar sarawagi
    प्रमुख
    surya
    २०२०५
    imtiyaj aalam
    उपप्रमुख
    rukh
    २५०५९
    purushottam
    उपप्रमुख
    cycle
    ६६५०

    विराटनगर महानगरपालिका

    nagesh koirala
    प्रमुख
    rukh
    ३०१७०
    sagar kumar thapa
    प्रमुख
    surya
    २१४५५
    shilpa karki
    उपप्रमुख
    surya
    २५६८०
    amrendra yadav
    उपप्रमुख
    chata
    १४२१९

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि


    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज राति १२ बजे बात लागु हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।सो अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर 170 प्रति लिटर हुनेछ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

    झडपको कारण सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ को मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।

    डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ को मतदान केन्द्रमा भएको झडपको क्रममा मतपेटी तोडफोड भएको र मतदान अधिकृतलाई कुटपिट गरिएको घटनापछि निर्वाचन स्थगित भएको हो ।घटनामा मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।उहाँलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराज पठाइएको छ ।

    घटनापछि निर्वाचन आयोग विभिन्न राजनीतिक दलको सर्वदलिय बैठकले जेठ १ गते पुन: मतदान गर्ने गरि आजको मतदान प्रक्रिया स्थगित गरेको हो। झडप हुनुभन्दा अगाडी सम्म सरिब २००० मत खसिसकेको जानकारी प्राप्त भएको छ।

    मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

    मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

    छिटपुट घटना बाहेक ७५३ वडामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार दिउँसो १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा सामान्य विवादका कारण मतदान अवरुद्ध भएको छ ।

    निर्वाचन आयोगले ती स्थानमा पनि छिट्टै मतदान सुरु हुने जानकारी दिनुभएको छ ।

    election

    मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

    स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    घाइते सबैलाई थप उपचारका लागि पोखरा पठाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिनुभएको छ ।स्याङ्जा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट १५० मिटर तल खसेको थियो ।

    स्थानीयवासीलाई मतदान केन्द्रमा लैजाँदै गर्दा जीप सडकबाट खसेको थियो ।

    स्थानीय निर्वाचनको मतदानमा देशभरी विभिन्न स्थानमा झडप

    आज बिहान देखि सुरु भएको स्थानीय निर्वाचनको मतदान प्रकृया भरे साँझ सम्म जारी रहनेछ। देशभरीनै मतदान प्रकृया शान्तिपूर्ण रुपमा अगाडी बढिरहँदा केहि स्थानमा भने झडपको स्थिति सिर्जना भएको छ।

    पछिल्लो समय प्राप्त जानकारी अनुसार देशभरका १८ भन्दा बढी मतदान केन्द्रहरुमा झडपको स्थिति सिर्जना भएको छ। हुम्लाको चंखेली गाउँपालिकाको महादेव मतदान केन्द्रमा झडप हुँदा प्रहरीले आठ राउण्ड हवाई फाएर गरेको छ।

    दोलखाको वैतेश्वर गाउँपालिका १ र २ को मतदान स्थलमा पनि झडपको स्थिति सिर्जना भएपछी सो केन्द्रको मतदान स्थगित गरिएको छ ।

    त्यसैगरी बाराको देवताल गााउँपालिका वडा नम्बर ७ को पिपरपाति प्राविको मतदान केन्द्रमा झडप हुँद स्थगित मतदान प्रक्रिया केहि समयको अवरोधपछि सुरु भएको छ।

    त्यसैगरी रामेछापको खाँडादेवी गाउँपालिका १ र मन्थली नगरपालिका १२ मा भएको झडप नियन्त्रणको लागि प्रहरीले हवाई फाएर गरेको थियो।

    यता काभ्रेको कात्तिके देउराली वडानम्बर ६ मा भने झडपको क्रममा मतपेटीका तोडफोड भएको छ । झडपपछि मतदान प्रकृया स्थगित गरिएको छ।
    यस्तै गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

    प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा सुरु भएको झडप नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फाएर गरेको छ ।

    बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ७ को सुनिपिपल चौर माविको मतदान केन्द्रमा भएको झडपको क्रममा मतपेटिका फ़ुटाएपछी स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फाएर गरेको छ। अहिले त्यहाँको मतदान स्थगित गरिएको छ।

    त्यसैगरी ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र सर्लाहीको धनकौलका मतदान केन्द्र , कौडन्या, बाजुराको बुढनन्दा नगरपालिका,दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाँकेको कोहलपुरमा पनि झडप भएको छ।
    झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले विभिन्न स्थानमा हवाई फाएर गरेको छ। झडपका क्रममा केहि स्थानमा मतदान अधिकृत, प्रहरी र विभिन्न दलका राजनीतिक कार्यकर्ताहरु समेत घाईते भएका छन्।

    स्थानिय निर्वाचनमा बदर मतको सँख्या उच्च हुन सक्ने

    निर्वाचन आयोगले विभिन्न जिल्लाहरुमा गरेको नमुना मतदानमा ७७ प्रतिशतसम्म मत बदर भएको तथ्याङ्क सार्वजनिक गरेको छ। जिल्लाका निर्वाचन अधिकृत, न्यायाधीश, सरकारी कर्मचारी, सञ्चारकर्मी, दलका प्रतिनिधि र उम्मेदवार स्वयं मतदाता बनेका नमुना मतदानमै देखिएको बदर मतको तथ्याङ्क हेर्दा ३० गतेको मतदानमा धेरै नै मत बदर हुनसक्ने देखिन्छ।

    स्थानिय तह निर्वाचनको लागि उम्मेदवारहरु घर- घर पुगेर आफ्नो लागि मतदान गर्न आग्रह गरे। तर मतदान कसरि गर्ने भनेर भने कमै मात्र उम्मेदवार र तिनका प्रतिनिधिलेले सिकाएको पाइयो। त्यसमा पनि शिक्षित वर्गलाई प्रतिनिधित्व गराएर लिइएको नमुना मतदानमै बदर मतको संख्या बढेको परिदृश्यमा पहिलो पटक मतदान गर्न लागेका नयाँ मतदाता र साक्षर मतदाताहरुको धेरै मत बदर हुने सम्भावाना बढेको छ।

    दलका प्रतिनिधि र उम्मेदवारहरुले घर घर पुगेर मत मागेपनि मतदातालाई मतदान गर्ने तरिका नसिकाउनु र विगतको तुलनामा निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन नसक्दा मत बदरको जोखिम बढेको हो।

    स्थानिय निर्वाचन: चार दिनकी चाँदनी फिर अँधेरी रात

    स्थानीय तह निर्वाचनका लागि अब एक  दिन मात्र बाँकी रहँदा, अहिले गाउँ, टोल, चोक, चौतारा, चिया पसल, पान पसल लगायत हरेक भेलाहरूमा चुनावी चर्चा हुन स्वाभाविकै हो  ।स्थानिय तहको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आकर्षक नारा सहित  घोषणापत्र तयार गरेर भोट बटुल्न घर-घर पुगे। उम्मेद्वारहरु कहिल्यै पाइला नराखेको विकट ठाउँमा पुगे।  कहिले नदेखेको र नचिनेको मान्छेलाई समेत दुई हात जोडेर नमस्कार गरे।  कतिले त खुट्टामा पैसा राखिएदिएर मतदाताको खुट्टा नै ढोगेको दृश्य समेत देखियो। 

    संविधानले सार्वभौमसत्ता सम्पन्न गराएको नागरिकले हरेक निर्वाचनमा भोटमार्फत आफ्नो सार्वभौमसत्ता आफुले चुनेर पठाएको प्रतिनिधिलाई हस्तान्तरण गर्छ । दलहरुले  आफ्नो घोषणापत्रमा राखेको विचार, समकालीन राजनीतिप्रतिको दृष्टिकोण, विकासबारेका बुझाइ र सामाजिक रूपान्तरणको कार्यक्रम हेरेर जनताले पार्टी र प्रतिनिधिले गरेको कामको मुल्याङ्कनको आधारमा आफ्नो प्रतिनिधि चुन्छन्।तर अघिल्लो निर्वाचनमा घोषणापत्रमा देखाइएको सपना र योजना पुरा नहुँदै यो पटक दलहरु फेरी अर्को घोषणापत्र लिएर आएका छन्।  त्यसमा पनि अधिकांश योजानाहरु पुरानै घोषणापत्रको हुबहु नक्कल देखिन्छ।  यो अवस्थामा फेरी पनि उनीहरुलाई विश्वास गर्ने आधार के ? के अब जनताले तिमीहरुले काम गरेनौ यसपाली म तिमिहरुलाई भोट दिन्न, तिमीहरु योग्य छैनौ भनेर भन्न नपाउने हो ? खाए खा नखाए घिचको शैलीमा निर्वाचन आयोगले नो भोट अर्थात राइट टु रिजेक्टको व्यवस्था नगर्नु र दलहरुले पनि त्यसमा सहमति जनाउन नसक्नुले जनताप्रतिको उनीहरुको इमान्दारितामाथि नै प्रश्न चिन्ह खडा गरेको छ। 

    शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासमा पछि रहेका विकट क्षेत्रका बासिन्दालाई सबै सेवा निःशुल्क प्रदान गर्ने जस्ता अनेकौँ सपना देखाएर आश्वासनका पोका बाँड्दै उम्मेदवारहरु  घरदैलोमा पुगे। काठमाडौँ र भरतपुर जस्ता सहरी क्षेत्रका उम्मेदवारहरुले भने यस पटक स्मार्ट सिटीको अवाधारणालाई राम्रै मार्केटिङ्ग गरेर भोट माग्दै हिंडे।  काठमाडौँ र भरतपुर नेपालका तिनै दुई मुख्य शहरहरु हुन् जहाँ हरेक चोक चोकमा हप्तौं देखि महानगरले नदेखेको फोहोरको थुप्रो हामिले आज पनि देख्न सक्छौं र यी तिनै शहर हुन् जहाँ १५ मिनेट पानि पर्यो भने पक्कि सडकहरु क्षण भरमै पोखरी बनिदिन्छ।  हरेक ट्राफिक सिग्नलहरुमा दुई छाक खानकै  निम्ति माग्दै हिंड्नेहरु पनि उत्तिकै देखिन्छन्।  हुन त कालो सिसा भएको  चिल्ला गाडीहरुमा अगाडी पछाडी प्रहरी र सेनाको जन्ती लिएर हिंड्दा ति कुराहरु नदेखिनु स्वाभाविकै मान्छु म।किनकि देखेर पनि नदेखे जस्तो गर्ने अनि बुझेर पनि बुझ पचाए जस्तो गर्नेलाई के नै गर्न सकिन्छ र ! नत्र त जनताका प्रतिनिधि भन्नेहरुनै बिरामी बोकेको एम्बुलेन्सलाई रोकेर एस्कर्टिंग सहित साइरन बजाउंदै घुम्ने आँट त किन गर्थे होलान र ?

    हो, मुलुकमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा विभिन्न दलका शिर्ष नेताहरूले निभाएको भूमिका सराहनीय छ। तर यसो भन्दैमा, उनीहरुलाई सँधै दलीय संरचना र सत्ता नेतृत्वमा रहनुपर्छ भनेर जनतालाई भोट बैंकको रुपमा मात्र हेरिनु किमार्थ सह्य हुनेछैन। बनमाराको झारझैं मौलाइरहेको परिवारवाद र व्यक्तिगत स्वार्थको राजनीतिबाट यदि दल र तिनका शिर्ष नेताहरु बाहिर ननिस्कने हो भने फेरी पनि उनीहरुलाई भोट दिएर जिताउनुको अर्थ के  ? के हाम्रो अमुल्य भोट र हाम्रो भूमिका  नेता र तिनका सन्तानलाई पदमा पुर्याउनु मात्र हो र ? सत्ता र शक्तिको बलमा परिवारवादनै स्थापित गराउने हो भने राजतन्त्र र गणतन्त्रमा भिन्नता के ? एउटा राजा हटाएर हजारौं छोटे राजाहरुलाई ज्यु हजुर गर्नुपर्ने तथाकथित नयाँ नेपालको अस्तित्व के ? देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्न नसक्नेलाई भोट गरेर जिताउनुको औचित्य के ?

     निर्वाचन आयोगले तय गरेको निर्वाचन आचारसंहिता नै उल्लंघन गरेर चुनावी प्रचारमा  हिंडेका नेताहरुले कस्तो परिवर्तन गर्लान ? चुनावको आचारसंहिता पालन गर्न नसक्नेले देशको नियम कानुनको पालना गरेर देश समृद्ध बनाउँछन्  भनेर पत्याएर बस्नु पनि हाम्रो कमजोरी होइन र ? चुनावकै नाममा बढेको हिंशाको शृंखला हेर्दा भोट हाल्न जान पनि डर मान्नुपर्ने स्थिति सिर्जना भएको छ। चुनावको नाममा आफ्नै गाउँ छिमेकको दाजुभाई लडाएर हामीले कस्तो समाजको परिकल्पना गरिरहेका छौं ? के अब हामी नेपालीले अब कुनै अमुक राजनीतिक दल भन्दा माथि उठेर देश र जनताको निम्ति सोच्ने बेला आएन र ? प्रजातन्त्र प्राप्ति पछिको यतिका बर्ष दलको झण्डा मुनि बसेर म फलानो पार्टी र त ढिस्कानो पार्टीको भन्दै गर्दा हामीले के पायौं अनि के गुमायौँ ,अब त हिसाब खोज्ने बेला भएन र ?  सँधै ति नेताहरुलाई भोट हालेर कुनै अमुक पार्टीको कार्यकर्ता मात्र भएर बस्ने  कि अब हामी नेपाली पनि हुने ?

    निर्वाचनको समय दलीय राजनीतिमा देखिएको यस प्रकारको अस्वाभाविक परिदृश्यले आम जनतामा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ । नेताहरुलाई जे-जसरी भए पनि चुनाव जित्नैपर्ने बाध्यता के का लागि भन्ने प्रश्न गर्न अब जनता तयार हुनुपर्ने भएको छ। जनताले सत्ता परिवर्तन मात्र होइन, सत्तासीन हुन चाहनेहरूको सोचमा पनि परिवर्तन गर्न सक्नुपर्छ । मुलुकको राजनीति कसैको पारिवारिक विरासत थाम्ने माध्यम वा कसैले पैसाले खरिद गर्न सक्ने साधन बन्दै गएको कुरालाई हेक्का राखेर मतदान गर्नुपर्ने बेला आएको छ। तपाइँ हाम्रो एक भोटले यो देश र जनताको भविष्य निर्धारण गर्नेछ।  चुनावमा पाएको पैसा र आश्वाशनको पछि लागेर भोट गर्दै गर्दा अर्को पाँच बर्षको समय फेरी यसरीनै दुखले बित्न सक्छ।  अहिले पाएको २-४ हजार भोट र फ्री को मासु भातले बाँकी जिन्दगीको छाक जुटाउन धौ-धौ नहोस।  वैशाख ३० गतेको स्थानिय निर्वाचन चार दिनकी चाँदनी फिर अँधेरी रात नहोस। 

    raj
    राज अर्याल

    इन्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण

    काठमाडौंबाट धनगढीको लागि उडेको श्री एयरलाइन्सको जहाजको ‘बायाँ इन्जिन’मा समस्या आएपछि उक्त विमानलाई काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

    एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई १२ बजेर ८ मिनेटमा काठमाडौं फर्काइएको हो । विमानमा रहेको सबै यात्रु सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।

    आकस्मिक अवतरण गराइएको जहाजको प्राविधिक जाँच गरिने भएको छ। आकस्मिक अवतरणको कारण इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्सको जहाज आकासमा होल्ड हुन् पुगेको थियो।

    आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

    निर्वाचन आयोगले आज र भोलि नयाँ मतदातालाई मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

    आयोगले पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरी जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्रका लागि निवेदन दिनेलाई मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

    आयोगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने जनाएको छ । नागरिकता पाएर वडामा विभाजन गरिएका ६ हजार ७४३ वडाभित्र मतदाता नामावलीमा नाम परेका सबै नागरिकलाई निर्वाचन गराउने गरी सबै निर्वाचन क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

    स्थानीय तहको निर्वाचनका लागि आजदेखि ६ दिन विद्यालय बन्द हुने

    अधिकांश सामुदायिक विद्यालयमा मतदान केन्द्र बनाइएको, केही शिक्षक निर्वाचनमा खटाइएको र केहीले जिल्लामा गएर मतदान गर्नुपर्ने भएकाले सरकारले सबै विद्यालयमा ६ दिन बिदा दिने निर्णय गरेको ।

    यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको थियो । तर शनिबार १४ गते परेको र सरकारले जेठ १ गतेदेखि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोले जेठ १ गते आइतबार पनि बिदा हुनेभएको छ । बुद्ध जयन्ती जेठ २ गते परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने भएको छ । त्यसैले सरकारले आजबाट ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    सरकारी कार्यालयमा भने चुनावको दिन मात्रै बिदा दिइन्छ । सरकारी कर्मचारीहरु निर्वाचनमा खटिएकाले सीमित कर्मचारीले सेवा प्रदान गर्नसक्ने गरि सरकारी कार्यालयहरु भने खुल्ला हुनेछन् ।

    कञ्चनजङ्घामा कतारकी राजकुमारी

    कतारकी राजकुमारी शेख अस्मा अल थानीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गरेकी छन् ।

    मे ८ मा कञ्चनजङ्घा हिमाल आरोहण गर्ने उनी पहिलो अरब महिला बनेकी छन् । इन्स्टाग्राममा आफ्नो स्टेटस पोष्ट गर्दै शेख अस्माले कञ्चनजङ्घा (८,५८६ मिटर) को चुचुरोमा पुग्ने पहिलो अरब महिला भएकोमा आफूलाई गर्व लागेको बताइन्।

    यसअघि सगरमाथा चढ्ने प्रयासमा विफल रहेकी थानीले पुन: सगरमाथा आरोहणका लागि आधार शिविर जाने तयारि गरेको पनि बताएकी छिन्।

    भारोत्तोलन खेलाडी सञ्जु चौधरीको मृत्यु

    भारोत्तोलन खेलाडी सञ्जु चौधरी बन्द कोठाभित्र मृत अवस्थामा भेटिएकी छन्।

    भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको लुभुस्थित घरमा उनलाई मृत अवस्थामा पाइएको हो । अघिल्लो दिन मात्र उनी आफ्नो प्रशिक्षकको घरमा भोज खान गएकी र त्यहिँ बसेकी बताइएको छ ।

    १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सहभागी हुन उनि नेपालगञ्जबाट काठमाडौं आएकी थिइन् । कोठामा फ्यान राख्न बनाइएको हुकमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी सञ्जु बसेको कोठा भित्रैबाट बन्द भएको र प्रहरीले घट्नास्थल पुगेर ढोका फोडेको बताइएको छ। प्रारम्भिक अनुसन्धान बाट थप केहि नखुले पनि प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

    नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ उनले ५९ केजी तौलमा श्रीलंकन खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।

    आजबाट मौन अवधि लागू हुने

    स्थानीय तहको निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि लगाइने भएको छ । मतदान सम्पन्न नभएसम्म मौन अवधि जारी रहनेछ।

    निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको आयोगले जनाएको छ । मौन अवधिमा राजनीतिक दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघसंस्था र अन्यले राजनीतिक अभियान, जमघट/ गोष्ठी,जुलुस,र्याली ,सभा आयोजना गर्न नपाइने आयोगको आचारसंहितामा उल्लेख गरिएको छ ।

    मौन अवधिका लागि जारी गरिएको निर्देशनको पालनाको अनुगमन, नियमन र आवश्यक परेमा उल्लंघन गर्नेलाई कारबाही गर्न विशेष सर्कुलरमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई अख्तियार दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभएको छ ।

    आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायतका कुनै पनि छलफल, अन्तरक्रिया, भेटघाट, सम्मेलन वा गोष्ठी गर्न पाइने छैन । राजनीतिक दल र उम्मेदवारको प्रचार सामग्री मतदान केन्द्रको ३०० मिटर भित्र लैजान पाइने छैन । मौन अवधि सुरु हुनुअघि नै यस्ता सामग्री हटाउन आयोगले निर्देशन दिएको छ ।

    मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विरुद्धमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट गर्न वा सेयर गर्न पाइने छैन।
    त्यसैगरी आजदेखि सम्पूर्ण सिमा-नाका पनि बन्द गरिने आयोगले जनाएको छ।

    श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

    श्रीलंकामा आर्थिक संकटलाई लिएर बढ्दो विरोधका बीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् ।

    यसअघि आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेले देशको राजनीतिक संकट समाधान गर्न प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए ।यसैबीच राष्ट्रपति राजापाक्षेले संयुक्त मन्त्रिपरिषद् गठनका लागि सर्वदलीय बैठक बोलाउने अपेक्षा गरिएको छ ।
    यसअघि आज प्रधानमन्त्रीका समर्थकले प्रधानमन्त्री निवास अगाडी विरोध प्रदर्शन गर्दै राजीनामा नदिन आग्रह गरेका थिए । विरोधकाबीच प्रतिपक्षी दलको झडपमा तनाव कम गर्न प्रहरीले कर्फ्यू पनि घोषणा गरेको थियो ।

    निर्वाचन आयोगद्वारा सत्ता गठबन्धन निकटका पाँच पत्रकार संस्थासँग स्पष्टीकरण माग

    पाँच दलीय गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेको विज्ञप्ति जारी गरेपछि निर्वाचन आयोगले सत्तारुढ गठबन्धन निकटका पाँच पत्रकार संघसंस्थासँग २४ घण्टा स्पष्टीकरण माग गरेको छ ।

    नेपाली काँग्रेसको नेपाल प्रेस युनियन, नेकपा (माओवादी केन्द्र) प्रेस सेन्टर, नेकपा (एकीकृत समाजवादी) समाजवादी प्रेस सङ्गठन, जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रेस मञ्च र राष्ट्रिय जनमोर्चा प्रगतिशील पत्रकार संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिम पाँच दलीय गठबन्धनलाई भोट हाल्न आग्रह गरेको विज्ञप्ति ।

    आयोगले बद्री सिग्देल, विष्णु सापकोटा, शम्भु श्रेष्ठ, केशव अर्याल र श्यामलाल पोखरेललाई २४ घण्टा भित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

    5 patrakar sangathan u4MDmfH1Zl

    जेठ ३ गते बजेट अधिवेशन गर्न सरकारको सिफारिस


    सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार जेठ ३ गते संसद भवनमा बैठक बस्नेगरी सिफारिसको निर्णय गरिएको हो।

    संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बैठक आहवान गर्न सक्ने प्रावधान रहेको छ।

    आरजु देउवाको अभिव्यक्तिबारे आयोगले छानविन गर्ने

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले चुनावी प्रचारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।

    कांग्रेस नेता राणाले चुनावी प्रचारका क्रममा विवादित अभिव्यक्ति दिएको बारे आयोगले उनीसंग स्पष्टिकरण सोध्ने बताएको छ।

    उनले चुनावमा सहयोग गर्ने युवाहरुलाई फ्री भिसा फ्री टिकटमा रोजगारीका लागि मलेसिया पठाउने वाचा गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। त्यसैगरि उनले नेपाली कांग्रेसले चुनाव नजितेका स्थानीय निकायको बजेट कटौती गर्ने भन्दै काँग्रेसलाई भोट हाल्नुपर्ने बताएको भिडियोको पनि सामाजिक संजालमा चर्को आलोचना भएको थियो।

    खेलाडी–कोच विवादबारे छलफल गर्न एन्फा कार्यसमितिको बैठक बस्दै

    नेपाली फुटबल टोलीमा देखिएको विवादका विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

    एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार आज दिउँसो २ बजे बस्ने भनिएको बैठकको लागि निर्वाचित कार्यसमितिका पदाधिकारीलाई पत्राचार पनि गरिसकेको बताउनुभएको छ ।

    एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई हटाएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरी र खेलाडीहरुबिच विवाद सुरु भएको थियो। सोहि विषयमा खेलाडीहरुले छानविनको माग गर्दै आएका छन्। करिब २ साता पछि पनि विवाद समाधान हुन नसकेपछि एन्फाले आजको बैठक डाकेको हो।

    निर्वाचनमा मृत्यु भएमा सुरक्षाकर्मीका परिवारलाई २० लाख आर्थिक सहयोग गरिने

    सरकारले निर्वाचनका क्रममा मृत्यु हुने सुरक्षाकर्मीका परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

    आजको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा, निर्वाचनमा मृत्यु भएमा अस्थायी प्रहरीसहित सुरक्षाकर्मीका परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

    बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकले हिमाली जिल्लामा खटिएका अस्थायी प्रहरीलाई पनि सामान्य प्रहरी सरह भत्ता दिने निर्णय गरेको छ ।

    चुनाव नहुँदै निर्विरोध निर्वाचित घोषणा गरिएका ३९० उम्मेद्वार

    स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत विभिन्न पदमा उम्मेद्वारी दिएका ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेको कारण उनीहरुलाई निर्विरोध निर्वाचित घोषणा गरेको निर्वाचन आयोगले जनाएको छ ।

    निर्विरोध निर्वाचित हुने उम्मेदवारहरुको नामावली।

    उत्तर कोरियाद्वारा जापानको सागरमा ब्यालेस्टिक मिसाइल प्रहार

    उत्तर कोरियाले मिसाइल परीक्षण कार्यक्रमलाई तीव्रता दिँदै शनिबार जापानको सागरमा मिसाइल प्रहार गरेको छ।
    उत्तर कोरियाले छोटो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले जनाएको छ। जापानी तटरक्षकले पनि उक्त मिसाइल जापानको पूर्वी सागरमा खसेको पुष्टि गरेको छ। जापानको रक्षा मन्त्रालयले पनि उक्त प्रक्षेपण ब्यालेस्टिक मिसाइल हुन सक्ने बताएको छ । जापानी सार्वजनिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै यो जापानको विशेष आर्थिक क्षेत्र बाहिर आएको जनाएको छ ।

    उत्तर कोरियाले प्योङयाङ विरुद्ध कडा नीति लिने वाचा गरेका दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक येओलको शपथग्रहण हुनुभन्दा तीन दिनअघि पनि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २१ मा दक्षिण कोरियाको भ्रमण गर्ने र नवनिर्वाचित राष्ट्रपतिलाई भेट्ने तालिका सार्वजनिक भएपछिको उत्तर कोरियाको मिसाईल प्रहारलाई उसको चेतावनीको रुपमा विश्लेषण गरिएको छ।

    भरतपुरका १६५ जना काँग्रेसका क्रियाशील सदस्यहरुले दिए सामूहिक राजिनामा

    नेपाली काँग्रेसले गठबन्धनको उम्मेदवारको विरुद्द स्वतन्त्र र बागी उम्मेद्वारी दिने काँग्रेसका नेता कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ।
    यहि बीच पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउंदै राजिनामा दिएर पार्टी छोड्ने काँग्रेस नेता कार्यकर्ताहरुको लहर पनि देशव्यापी रुपमा बढेको छ। पछिल्लो समय निकै चर्चाको केन्द्र बनेको र अत्याधिक विवादमा तानिएको भरतपुर महानगरपालिकामा आज १६५ जना काँग्रेसका क्रियाशील सदस्यहरुले संयुक्त रुपमा राजिनामा दिएको घोषणा गरेका छन्। पार्टी सभापतिलाई सम्बोधन गर्दै केन्द्रको निर्णयको विरोधमा आफुहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको उनीहरुले बताएका छन्।
    यसअघी पनि चितवन को भरतपुर १६ र १७ मा रहेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुले पार्टी केन्द्रिय कमिटिको निर्णयको विरोध गर्दै सामूहिक राजिनामा दिएका थिए।

    nepali congress 1

    स्थानिय निर्वाचनको लागि सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न

    निर्वाचन आयोगले स्थानिय तह निर्वाचनको लागि ७७ वटै जिल्लामा मतपत्र ढुवानीको काम सम्पन्न गरेको जनाएको छ।

    सुरक्षा प्रबन्धका साथ मतपत्र सबै जिल्लाहरुमा पुगिसकेको छ भने आयोगले निर्वाचनको तयारीलाई तीव्रता दिन मातहतका सबै निकायलाई निर्देशन गरेको छ। सडकमार्ग सहज नभएको स्थानहरुमा भने आयोगले हेलिकप्टर मार्फत ढुवानी गरेको छ।

    आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ र वितरणको तयारी गरेका छन्। मातहतका निकायहरुले निर्वाचनका सबै सामग्रीहरु चाँडै मतदानस्थल र केन्द्रमा लगिने पनि आयोगले जनाएको छ।

    प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    आगामी ३ दिनको मौसमी विवरण

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    २०७९ वैशाख २४ गते (शनिबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १ लगाएत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०७९ वैशाख २५ गते (आइतबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०७९ वैशाख २६ गते (सोमबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको थोरै स्थानहरूमा र बाकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनारहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

    शान्ति सम्झौताको लागि आक्रमण पूर्वको स्थितिमा रूस फर्कनु पर्छ – जेलेन्स्की

    युक्रेनका राष्ट्रपतिले रुससँगको कुनै पनि शान्ति सम्झौता, रुसी सेनाले आक्रमण अघिको स्थितिमा फर्किने कुरामा निर्भर गर्ने बताएका छन् ।

    लन्डन थिंक ट्याङ्कसँग कुरा गर्दै, भोलोडिमिर जेलेन्स्कीले उनले र उनको देशले स्वीकार गर्न सक्ने न्यूनतम शर्त नै त्यहि रहेको बताएका छन्। उनले आफू मिनी युक्रेनको नभएर सिंगो युक्रेनको नेता भएको बताएपनि सन् २०१४ मा रुसद्वारा गाभेको क्रिमियाको भने उल्लेख गरेनन्।

    लन्डन हाउस थिंक ट्याङ्कसंगको कुराकानीमा जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले कब्जा गरेको क्षेत्र पुन युक्रेनको हुनुपर्ने अर्थात फेब्रुअरी 23 को अवस्थामा फर्किन रुस तयार रहेको खण्डमा मात्र रूस र युक्रेन बीचको युद्ध रोक्न सकिने बताएका छन्।

    प्रचण्डको अभिव्यक्ति रेणु दाहाललाई चुनौती

    पुष्पकम दाहाल प्रचण्ड प्राय आफ्नो अभिव्यक्तिहरुका कारण विवादमा आइरहन्छन्।  त्यसो त उनले एकपटक आँफैले भनेका थिए,”म कहिलेकाहीं अलि बढी नै भावुक, अलि बढिनै  उत्तेजित हुन्छु र फ्याट्ट बोलिहाल्छु, अनि सबैले त्यसलाई गलत बुझेर आफु अनुकुल व्याख्या गरिदिन्छन”। 

    पछिल्लो समय स्थानिय निर्वाचन नजिकिंदै जाँदा प्रचण्डले चितवनमा बोलेका २ वटा कुराहरुले प्रचण्ड फेरी विवादमा तानिएका छन्।  त्यति मात्रै नभएर उनले दिएको अभिव्यक्तिले रेणु दाहालको चुनावी अभियान र प्रचण्डको आफ्नै राजनीतिलाई पनि निकै ठुलो धक्का पुराएको छ। 

    स्थानिय निर्वाचनको लागि गठबन्धनले मेयरको रुपमा भरतपुरबाट रेणु दाहाललाई साझा उम्मेदवार बनाउने विषय चितवनको राजनीतिमा सुरुदेखि नै चर्चाको विषय बन्यो। मेयरमा रेणु दाहालको चर्चा चलिरहेकै बेला चितवन काँग्रेसले यस पटक मेयर काँग्रेसले पाउनुपर्ने र मेयरमा पटक पटक रेणु दाहाललाई समथन गर्न नसकिने बतायो।  यहीबीच चितवन पुगेका प्रचण्डले गठबन्धनको निर्णय केन्द्रले गर्ने हो।  चितवनको मेयरको विषयमा चितवन काँग्रेसले भनेर केहि हुँदैन भन्ने अभिव्यक्ति दिए।  प्रचण्डको यो अभिव्यक्तिले चितवन काँग्रेसका तल्लो तहका नेता कार्यकर्ताहरु निकै नै आक्रोशित बने।  उनीहरुले प्रचण्डको अभिव्यक्तिलाई कटाक्ष गर्दै भने,”चितवन काँग्रेसले भनेर नहुने भए, अबको चुनावमा देउवालाई भन्न लगाएर डडेल्धुराबाट मान्छे लेराएर भोट हाल्न लगाउनु”। प्रचण्डले केन्द्रको दवावमा चितवन काँग्रेसका शिर्ष नेताहरुलाई जवर्जस्ती भने पनि आफ्नो पक्षमा ल्याउन सफल भए, तर तल्लो तहका नेता कार्यकर्ताहरुको आक्रोशलाई भने उनले वेवास्ता गरिदिए । पालो आउँछ अनि देखाइदिन्छौँ भनेर बसेका ति तल्लो तहका कार्यकर्ताहरुले प्रचण्डकै अभिव्यक्तिकै कारण आगामी स्थानिय तहको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई समर्थन गर्न नसक्ने माहोल बढ्दै गएको देखिन्छ। यदि यसो हुन गएमा यसको नैतिक जिम्मेवार प्रचण्ड आँफै हुनेछन्। आखिर भोट हाल्ने त तल्लो तहकै कार्यकर्ताहरुले हो भन्ने कुरा बिर्सेर २-४ जना जिल्लाका नेताहरुलाई मात्र काखी च्यापेर हिंड्नु र काँग्रेसका तल्लो तहका कार्यकर्ताहरुलाई समेट्न नसक्नु प्रचण्डको ठूलो भुल हुनेछ। 

    त्यसै गरि भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले दिएको अर्को अभिव्यक्तिले उनि दोश्रो पटक फेरी विवादमा तानिए। भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,” तपाइँ चितवनवासी  जनताले अनावश्यक दवाव दिनुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ।  हालींदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ”।

    निर्वाचन आचारसंहिता नै उल्लंघन हुनेगरि आएको प्रचण्डको सो अभिव्यक्तिले चितवन काँग्रेसलाई आक्रोशीत त बनायो नै, तर यसले देश भरिनै एक खाले तरङ्ग पैदा गरिदियो।  सामाजिक संजाल भरिनै प्रचण्डको सो अभिव्यक्तिको चर्को आलोचना भयो। प्रचण्डले भने जस्तै, प्रचण्डको सो अभिव्यक्तिलाई सबैले आ-आफ्नै अनुकुल व्याख्या गरे।  तर चितवनका काँग्रेस कार्यकर्ताहरुले प्रचण्डको सो अभिव्यक्तिलाई  खुल्लम खुल्ला धम्कि दिएको भनेर त्यसको कडा प्रतिवाद गरे। उनको अभिव्यक्ति प्रति टिप्पणी गर्दै चितवन काँग्रेसका एक पुराना नेताले फेसबुकमा “छोरीले मेयरमा नजिते देशनै दुर्घटनामा जान सक्ने भनेर तर्साउँदैमा भोट हाल्छन् भन्ने सोचेका होलान् , अब त हातै काट्छु भने पनि हालिन्न भोट,”लेख्दै आफ्नो आक्रोश प्रकट गरेका छन्। 

    प्रचण्डको अभिव्यक्तिप्रति सबैको आ-आफ्नै बुझाई र विश्लेषण हुनु स्वाभाविक नै हो।  तर निर्वाचनको मुखैमा आएर उनको अभिव्यक्तिप्रति चितवन काँग्रेसका कार्यकर्ताहरुले आक्रोश पोख्दै गर्दा यस बाट आउन सक्ने चुनावी परिणामको जिम्मेवार भने स्वयं  प्रचण्ड आँफै हुनेछन्। 

    जगन्नाथको उम्मेदवारीले हल्लिएको गठबन्धनको जग

    सत्ता गठबन्धनले माओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको साझा उम्मेदवारको रुपमा खडा गरेपछि आक्रोशित बनेका चितवन काँग्रेसको एउटा तप्काको प्रतिनिधित्व गर्दै चितवन काँग्रेसका प्रभावशाली नेता जगन्नाथ पौडेलले गठबन्धनको उम्मेदवारकै विरुद्धमा मेयर पदको लागि स्वतन्त्र उम्मेद्वारी दिए। पौडेललाई फकाउन र उनको उम्मेद्वारी फिर्ता गराउन सिंगो राज्य संयन्त्रनै लागि पर्दा पनि पौडेल आफ्नो अडानबाट पछि नहटेपछि उनको उम्मेदवारीले गठबन्धनभित्र झनै ठुलो तरङ्ग पैदा गरिदियो। 

    जगन्नाथको उम्मेद्वारीले गठबन्धनलाई धक्का पुग्ने देखेपछि, गठबन्धनको पक्षमा माहोल बनाउन  सत्ता गठबन्धन दलका सबै शिर्ष नेताहरुनै चितवन आउने कार्यक्रम तय भयो।  यहीबीच भरतपुरको केन्द्रिय बस टर्मिनल परिसरमा पाँच दलिय सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी सभाको आयोजना गर्यो।  सत्ता गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई कुनै पनि हालतमा जिताउनुपर्ने बताए। सम्बोधनकै क्रममा उनले भने,”गठबन्धन टुटाउने ठूलो षड्यन्त्र भइरहेको छ, यसमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदै हुँदैन। यो कुरामा तपाईँहरु स्पष्ट हुनुस्”।

    त्यसैगरी प्रचण्डले पनि सम्बोधन गर्ने क्रममा आफुहरु यो गठबन्धनलाई अझै १०/१५/२० बर्ष अगाढी बढाउने योजना रहेको बताए।  तर संगसंगै उनले २०७४ को स्थानिय निर्वाचनप्रति संकेत गर्दै गठबन्धनबाट हँसिया हथौडामा भोट आएन भने गठबन्धन टुट्न पनि सक्ने भन्ने आशयको अभिव्यक्ति दिए।  नेकपा एमालेका केहि साथीहरु अझै पनि मिल्ने सहमति लिएर आएको तर अहिले आफुले यहि गठबन्धनलाई अगाडी बढाउने प्रतिवद्दता गरेको बताए।

    गठबन्धन दलका शिर्ष नेताहरुको अभिव्यक्तिले स्पष्ट रुपमै भरतपुरको मेयरमा रेणु दाहालले नजितेको खण्डमा गठबन्धन टुट्ने संकेत गरेका छन्।  प्रचण्ड चितवनमा आफ्नो पकड कायम गर्न चाहन्छन।  २०७४ को स्थानिय तह निर्वाचनमा आएको चुनावी नतिजा पछि एकाएक एमालेसंग पार्टी एकता गरेर प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेका प्रचण्डको लागि  यो स्थानिय निर्वाचन अग्निपरिक्षा बनेको छ।  यदि गठबन्धन गर्दै गर्दा पनि मेयरमा रेणु दाहालको जित सम्भव भएन भने प्रतिनिधि सभाको चुनावमा आफ्नो सिट सुरक्षित गर्न प्रचण्डले आफ्नो सेफ ल्याण्डिङ्ग खोज्नै पर्ने हुन्छ।  केन्द्रमा पाँच दलिय गठबन्धन भएपनि अन्य गठबन्धनभित्रका दलहरुको वर्चस्व कम रहेको चितवनमा गठबन्धन भनेको काँग्रेस र माओवादी केन्द्र मात्रै हो।  यो अवस्थामा काँग्रेसबाटै अन्तर्घात हुँदै गर्दा प्रचण्डले निश्चय नै आफ्नो सेफ ल्याण्डिङ्ग खोज्नेछन र त्यतिबेला उनको अर्को विकल्प भनेको एमाले नै हो। 

    यी सब कुराहरुकोबीच अब रहयो रेणु दाहाललाई आउने काँग्रेसको भोट।  माओवादी एक्लैको भोटले चुनाव जित्न रेणु दाहाललाई सम्भव कत्ति पनि छैन।  यो अवस्थामा गठबन्धन दलभित्रैको काँग्रेसले आफ्नो भोट हँसिया हथौडामा हाल्नुपर्नेछ। तर पछिल्लो  समय चितवन काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा मेयरको उम्मेदवारीको विषयलाई लिएर बढेको असन्तुष्टि प्रति देउवा र प्रचण्डले सम्बोधन गर्न नसक्दा काँग्रेसको सबै भोट हँसिया हथौडामा खस्छ भनेर भन्न सकिने अवस्था भने छैन।  त्यसमा पनि चितवन काँग्रेसको एउटा तप्का जगन्नाथ पौडेलको कित्तामा उभिएको अवस्थामा काँग्रेसको भोट बांडिने देखिन्छ।  यदि मतदानको दिनसम्म अवस्था यहि रह्यो भने काँग्रेसको भोट रेणु दाहाल र जगन्नाथ पौडेलकोबीच विभाजन हुने निश्चित छ। साथै ३० गते निर्वाचनको दिन कसको पक्षमा कति मत खस्छ र चुनावी नतिजा कसको पक्षमा जानेछ भन्ने कुरालेनै गठबन्धनको भविष्य निर्धारण गर्नेछ। 

    कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच बाजुरामा झडप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित अगाउँपानीमा झडप भएको छ। झडपले तनावपूर्ण बनेको स्थिति अझै पनि नियन्त्रण हुन सकेको छैन।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै कांग्रेसका कार्यकर्ताहरूले ढुगांमुढा गरेपछि झडप सुरुभएको प्रहरीले जनाएको छ।

    झडपपछि पाण्डुसेनस्थित अस्थायी प्रहरी चौकीमा पुगेका समाजवादीका कार्यकर्ताहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरूले प्रहरी चौकी समेत तोडफोड गरेका छन्। स्थिति नियन्त्रणमा लिन अहिले थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

    झडपमा १६ जना प्रहरी, र काँग्रेस र समाजवादीका २-२ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

    युक्रेन संकटको विषयमा जी ७ राष्ट्रका प्रमुख र युक्रेनी राष्ट्रपतिबीच छलफल हुने

    विश्वका सात प्रमुख राष्ट्र (जी सेवेन देश)का नेताहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आगामी आइतबार युक्रेनको वर्तमान अवस्था र आवश्यकताबारे छलफल गर्ने भएका छन्।

    हाल जी सेवेन देशको अध्यक्षता गरिरहेको जर्मनीले बैठकको संयोजन गर्ने बताइएको छ। यो एक वर्ष भित्र आयोजित तेस्रो भर्चुअल बैठक हुनेछ।बैठकको मुख्य विषय नै युक्रेन संकटको बारेमा हुनेछ र युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको वर्तमान अवस्था र आवश्यकताबारे जी सेवेन देशका नेताहरुलाई जानकारी दिनेछन्।

    जी सेवेन देशका नेताहरूले युक्रेनलाई सहयोग गर्ने र रुसलाई आफ्नो आक्रमण अन्त्य गर्न दबाब दिंदै आएका छन्।

    अफताव आलमलाई थुनामै राख्न सर्वोच्चको आदेश

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा अन्तिम फैसला नहुँदा सम्म उनलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ।

    जिल्ला अदालत र उच्च अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले उक्त फैसला सुनाएको हो। यसअघि जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा आज भएको सुनुवाइमा सर्वोच्चले आलमलाई थुनामुक्त गर्न नमिल्ने बताएको हो।

    आलमलाई बम बिस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा ३२ वर्ष कैद सजाय माग गरिएको छ।

    पहिलो एकदिवसीय खेलमा जिम्बावे ‘ए’सँग नेपाल ३ विकेटले पराजित

    त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बोवे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल टोली ३ विकेटले पराजित भएको छ ।


    टस हारेर पहिले ब्याटिंगमा उत्रिएको नेपाली टोलीले ३१. ३ ओभरमा सबै विकेट गुमाएर १३६ रन जोड्न सफल भएको थियो।
    १३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जिम्बावे ए ले २६ ओभरमा ७ विकेट गुमाउंदै जित हात पार्न सफल भएको हो।

    जेठदेखि पुँजीबजार शुक्रबार पनि खुल्ला रहने

    सरकारले आइतबार सार्वजनिक बिदाको घोषणा गरेपछि जेठदेखि पुँजी बजार शुक्रबार खुल्ने भएको छ ।

    पूँजी बजार यसअघि शुक्रबार र शनिबार बन्द हुने भएपनि अब शनिबार र आइतबार बन्द हुने भएको छ तर पहिलेको जस्तै पाँच दिन मात्र बजार खुल्ला रहने बोर्डले जनाएको छ।

    त्यस्तै बोर्डका अध्यक्ष हमालका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी आर्थिक वर्षदेखि साधारण शेयर आईपीओ भर्न पाउनेछन् र उनीहरुका लागि निश्चित कोटा छुट्याइने हमालले जानकारी दिनुभएको छ ।

    बोर्डका अध्यक्ष रमेश हमालले सरकारले कार्यदल बनाएर तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र यी सबै कुरा कार्यान्वयनमा आउने बताउनुभएको छ ।

    काँग्रेस बचाउन सभापति देउवालाई कारवाही गर्नुपर्छ 

    स्थानिय निर्वाचनको माहोलमा यतिबेला चितवनको भरतपुर महानगरपालिका राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ।  सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा मेयरमा माओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई समर्थन गरेपछि,काँग्रेस चितवनका प्रभावशाली नेता जगन्नाथ पौडेलले गठबन्धनको उम्मेदवारकै विरुद्धमा मेयर पदका लागि आफ्नो स्वतन्त्र उम्मेद्वारी दर्ता गराए। 

    पौडेलको उम्मेदवारीले गठबन्धनको जगनै हल्लाइदियो।  पौडेललाई फकाउन र उनको उम्मेद्वारी फिर्ता गर्न गठबन्धन सरकारले राज्य संयन्त्र नै परिचालन गर्यो, तर नेता पौडेल आफ्नो अडानबाट पछि हट्न तयार भएनन्।  अन्तत पौडेल सहित उनका  प्रस्तावक काँग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थक  मिना खरेललाई पार्टीले साधारण सदस्य समेत नरहने गरि कारवाहीको घोषणा गर्दै, आफ्नो पार्टीको विधान २०१७ (संशोधन सहित )को धारा ४ (१३) ग बमोजिम पार्टीबाट स्वत: निष्काशित हुने व्यहोरा सहितको प्रेश विज्ञप्ति सार्वजनिक गर्यो। 

    वि पी को विचार र नेपाली काँग्रेसको सिद्दान्त र विधानको विपरित कार्य गर्ने र गराउने काँग्रेस भन्नेहरु जो कोहीलाई कारवाही गरिनुपर्छ।  एउटा व्यक्तिको पछि लागेर पार्टीको आदर्श र सिद्धान्तको बलि चढाउन सकिन्न।  तर यसो भन्दै गर्दा, नेपाली काँग्रेस भएर पार्टीको विधान र वि पी को विचारको कदर हुनुपर्छ भन्नेहरुलाइनै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्न उत्कट पार्टीको केन्द्रिय कमिटि र पार्टी सभापतिको नैतिकतामाथि भने प्रश्न चिन्ह खडा गरेको छ। नेपाली काँग्रेस भएर रुखमा भोट हाल्न पाउनुपर्छ भन्नु कसरी  नेपाली काँग्रेसको सिद्दान्त विपरित हुन्छ ? के नेपाली  काँग्रेसको विधानमा तिम्रो पार्टीको सभापतिले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्छन भने कार्यकर्ताले रुख बाहेक अन्य चुनाब चिन्हमा पनि भोट हाल्न तयार हुनुपर्छ भनेर लेखेको छ ? पार्टीको विचार सिद्दान्त र आदर्शनै नमिल्नेहरुसंग यदि घांटी जोडेर एकै हुनुपर्ने हो भने नेपाली काँग्रेसको आफ्नो विचार, सिद्दान्त र आदर्शको अस्तित्व के ? पार्टीभित्र मौलाएको खराब प्रवृतिको विरोध गरेर पार्टीको अस्तित्वको खातिर आवाज  उठाउनेलाई  कारवाही गर्नुपर्छ भन्ने शिर्ष नेताहरुले कस्तो र कसको सिद्दान्तको झोला बोकेर हिंडेका छन?  देशकै पुरानो र ठुलो पार्टीले चुनाव जस्तो प्रजातान्त्रिक प्रक्रियामा हारिन्छ भन्ने डरले विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गरेको गठबन्धन कसको लागि ? के स्वार्थको लागि ? हँसिया हथौडामा भोट हालेर माओवादी जिताउँदै गर्दा लोकतन्त्रको रक्षा र प्रजातन्त्र संस्थागत हुने र पार्टीको अस्तित्व धरापमा पर्दैन भनेर भाषण गर्दै हिंड्ने सभापतिले के आफ्नो पार्टीको सिद्दान्त र आदर्श बिर्सिएकै हो त ?

    रुखमा भोट हाल्न पाउनुपर्छ भन्नेलाई कारवाही गर्ने हो कि, रुखमा भोट नहाल, हालिस भने तँलाई कारवाही गर्छु भन्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्नुपर्ने हो ? यदि यसो हो भने पार्टीको सिद्दान्त र विधान विपरित क्रियाकलाप गरेको कसुरमा सभापति शेर बहादुर देउवालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेर सभापति पदबाट बर्खास्त गरिनुपर्छ।

    नेपाली  काँग्रेसको विधानको परिच्छेद-७ धारा २५ (५ )(पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा पार्टीलाई सबल र सक्षम संगठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने ) अनुरुप सभापतिले आफ्नो काम कर्तव्य र अधिकार अनुसार काम गर्न नसकेको आधारमा सभापति देउवालाई कारवाही किन नगर्ने ?

    निर्वाचन जस्तो प्रजातान्त्रिक प्रक्रियामा आफ्नो उम्मेदवार खडा गरेर प्रतिस्पर्धा गर्न नसक्ने,आफ्नै पार्टीको तर्फबाट उम्मेद्वारी दिन बन्देज लगाएर सत्ता र स्वार्थकै निम्ति पार्टीको विधान विपरित विचार र सिद्दान्तनै नमिल्नेहरुसंग गठबन्धनको नाममा पार्टीको अस्तित्वलाई बन्दकी बनाउने सभापतिलाई कारवाही किन नगर्ने ?

    यदि साँच्चिकै पार्टीको आदर्श, पार्टीको सिद्दान्त र विधानको कुरा गर्ने हो भने वर्तमान पार्टी सभापति देउवामा पार्टीको साधारण सदस्य हुने सम्मको योग्यता पनि नरहेको देखिन्छ। पार्टीको साधारण सदस्य समेत हुने हैसियत नराख्ने सभापतिलाई पो पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने हो कि ?

    नेपाली  काँग्रेसको विधानको परिच्छेद-२ धारा ४को १  (क) २ अन्तर्गत (नेपाली कांग्रेसको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको) अनुरुप पार्टीको साधारण सदस्यता समेत प्राप्त गर्ने योग्यता समेत नभएको देखिने सभापतिलाई कारवाही किन नगर्ने ?

    माओवादीको उम्मेदवार जिताउन निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै मरिहत्ते गरेर लाग्नुको सट्टा आफ्नै उम्मेदवार खडा गरेर जिताउन लागिपर्न नसक्ने सभापतिलाई कारवाही किन नगर्ने ?

    प्रवेश अधिकारी
    प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र न.३, स्वतन्त्र उम्मेद्वार(नेपाली काँग्रेस)

    https://nepalrastriyadainik.com/%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8/

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने


    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने भएका छन्। युनेस्कोको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन बाँकी रहेको र सरकारले भ्रमणको तयारी समेत गरिरहेको जानकारी प्राप्त भएको छ ।बुद्धजयन्तीको अवसरमा मोदीले आफ्ना समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवासँग युनेस्कोले लुम्बिनीमा आयोजना गर्ने विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

    कार्यक्रम अनुसार मोदी सोही दिन बिहान नेपाल आउने र करिब ६ घण्टाको बसाइ पछि भारत फर्कनेछन् ।

    चितवन काँग्रेसका नेताहरुको यू टर्न

    स्थानिय निर्वाचनको माहोलले देशको राष्ट्रिय राजनीति चर्कीरहेको बेला यतिखेर सबैको ध्यान भने चितवनको भरतपुर महानगरपालिकामा केन्द्रित रहेको छ।  भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवार रेणु दाहालकै विरुद्ध   काँग्रेसकै तर्फबात जगन्नाथ पौडेलको उम्मेद्वारी परेपछि चितवनको राजनीतिक  सरगर्मी निकै नै बढेको छ।

     चितवन काँग्रेसले भरतपुरको मेयर काँग्रेसले नै पाउनुपर्ने अडान राख्दै केन्द्रिय समितिलाई  ध्यानाकर्षण  गराएको भएपनि ति सबै कुराहरुलाई वेवास्ता गर्दै केन्द्रले माओवादीको तर्फबाट निवर्तमान मेयर रेणु दाहाललाई नै मेयरको साझा उम्मेदवारको रुपमा खडा गर्यो।  केन्द्रको त्यहि निर्णयको विरोध गर्दै पूर्व सांसद जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयरको रुपमा आफ्नो स्वतन्त्र उम्मेद्वारी दिए।  पौडेलको उम्मेद्वारी फिर्ता गराउन र  उनलाई फकाउन गृहमन्त्री देखि लिएर राज्यको ठुलै संयन्त्र लाग्दा पनि पौडेलले आफ्नो उम्मेद्वारी भने फिर्ता लिएनन्।  तर यो बिचमा हिजो गठबन्धनको निर्णयको विरोध गरेर मेयर पद काँग्रेसले नै पाउनुपर्ने अडान राख्दै आएका चितवन काँग्रेसका शिर्ष नेताहरुले भने एकाएक यू टर्न लिएका छन्। 

    काँग्रेस चितवनका सभापति राजेश्वर खनाल

    चितवन काँग्रेसलाई रुखमा नै भोट हाल्न पाउने बनाउँछु भन्ने  नारा लिएर चितवन काँग्रेसको सभापति बनेका खनाल अहिले आँफै हँसिया हथौडामा भोट हाल्न र भोट माग्न तयार देखिन्छन।  नेपाल राष्ट्रिय दैनिकसंगकै कुराकानीमा भरतपुरको मेयर काँग्रेसले नपाए आफुहरुले आफ्नै एक उम्मेदवार खडा गरेर निर्वाचनमा जाने तयारि गरेको बताउने चितवन जिल्ला काँग्रेसका सभापति राजेश्वर खनालको यू टर्न त्यतिनै बेला देखियो जब उनि काठमाडौँ पुगेर सभापति देउवालाई भेटेर फर्किए ।  त्यसपछि त उनले यो गठबन्धन  काँग्रेसको १४ औँ महाधिवेशनबाट संस्थागत रुपमा अनुमोदन गरेर आएको भन्न समेत पछि परेनन् , जबकि १४ औँ महाधिवेशन पछि बनेको चुनावी तालमेलको विरुद्धमा उनको नेतृत्वमा बनेको एउटा कार्यदलले काठमाडौँ गएर गठबन्धनको निर्णयको विरोध गर्दै सभापति देउवा लगायत केन्द्रिय नेताहरुलाई ध्यानाकर्षण पत्र नै बुझाएको थियो।  हिजो गठबन्धनको निर्णयको विरोध गर्दै हिंडेका सभापति खनाल अहिले यो गठबन्धन लोकतन्त्रलाई संस्थागत गर्न बनेको र आफुले यसलाई मानेर अघि बढ्ने बताउन थालेका छन् ।  त्यतिमात्र नभएर  हिजो केन्द्रको निर्णय विरुद्ध आफुसंगै ध्यानाकर्षण पत्र बुझाउन गएका जगन्नाथ पौडेललाई  कारवाही गर्ने समेत बताए।

    निवर्तमान सभापति जितनारायण श्रेष्ठ

    माओवादीले काटेको हातले माओवादिकै हँसिया हथौडामा भोट कसरि हाल्न सक्छ ? केहि समय अगाडी यस्तै भाषण गरेर चर्चा कमाएका चितवन काँग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठ अहिले यू टर्न लिएर हँसिया हथौडामा भोट हाल्न तयार भएका छन्।  त्यसो त पांच बर्ष अगाडि आफु जिल्लाको सभापति हुँदानै उनले खुलेर हँसिया हथौडामा भोट मागेर हिंडे।  त्यसैले उनको यू  टर्नलाई त्यति साह्रो आश्चार्य मान्नु  पर्दैन।  तर केहि समय अगाडी अब चितवन काँग्रेसले रुख मै भोट हाल्न पाउनुपर्छ भन्दै भाषणमा चर्किएर बोल्दै हिंड्ने श्रेष्ठले भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजित आजको गठबन्धनको चुनावी सभामा भने आफु फेरी पनि हँसिया हथौडामा भोट हालेर मेयरमा रेणु दाहाललाई जिताउन तयार भएको बताएका छन्। 

    काँग्रेस केन्द्रिय सदस्य तथा काँग्रेस चितवनका  पूर्व सभापति  टेक प्रसाद गुरुङ    

    काँग्रेस केन्द्रिय सदस्य तथा काँग्रेस चितवनका  पूर्व सभापति  टेक प्रसाद गुरुङ पनि खुलेरै केन्द्रले गरेको गठबन्धनको उम्मेद्वारी विरुद्धमा लागे।  जहिले पनि अरुलाई सघाउनु पर्ने ? यसपाली हामीलाई सघाउनुहोस तर मेयर काँग्रेसले नै पाउनुपर्ने भन्दै अडान लिंदै आएका गुरुङले पनि आजको चुनावी सभामा गठबन्धनको उम्मेदवारलाई सघाउने प्रतिवद्दता व्यक्त गरेका छन्। केन्द्रिय नेताहरुले आफ्नो प्रतिवद्दता पुरा गरे आफुहरु गठबन्धनकै पछि पछि लाग्न तयार रहेको केन्द्रिय सदस्य  गुरुङले बताएका छन्। 

    निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रधानमन्त्री देउवा चुनावी प्रचारमा

    निर्वाचन आयोगले स्थानिय तह निर्वाचनलाई मर्यादित बनाउनको निम्ति निर्वाचन आचारसंहिता लागु गरेको छ। तर निर्वाचनमा भाग लिएका दल र तिनका उम्मेद्वार तथा कार्यकर्ताहरु मात्रै नभएर प्रधानमन्त्री आँफै नै निर्वाचन आचारसंहिताको धज्जी उडाएर चुनावी प्रचार-प्रसारमा देश दौडाहामा निस्किएका छन्।
    राज्य संयन्त्रले तयार गरेको विधी-विधान र नियमकानुनको मर्यादा पालकको रुपमा रहनुपर्ने सरकार नै आफ्नो मर्यादालाई बिर्सिएर अगाडी बढ्दा देश चलाउने अभिभावकत्व बोकेको सरकार र तिनको नैतिकता माथि नै प्रश्न चिन्ह खडा भएको छ।
    सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा बिराटनगर हुँदै चितवन पुग्नुभएको प्रधानमन्त्री देउवाले राज्यको श्रोत साधनको दुरुपयोग गर्दै पार्टीको चुनावी अभियानमा जनताले तिरेको कर र त्यसबाट परिचालित सरकारी संयन्त्र र स्रोत साधन को उपयोग गरेर त्यहि चुनावी सभामा उभिएर देश र जनताको सर्वोत्तम हितको कुरा गर्नु जतिको भद्दा मजाक अरु के हुन सक्छ ?
    तर प्रधानमन्त्रीको हैसियतमा नभएर कुनै एउटा राजनीतिक दलको नेताको हैसियतमा चुनावी प्रचारमा लागेको भन्दै गर्दा, नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर अगाडी पछाडी सुरक्षाकर्मीको लर्को लगाएर पद र राज्यसंयन्त्रको दुरुपयोग गर्दै चुनावी प्रचारमा हिंड्नु भने नितान्त आचारसंहिताको उल्लंघन हो।

    nirwachan

    एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।

    महासंघको अनुसार आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ।
    त्यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र भरतपुरको मेयरका उम्मेदवार जगन्नाथ पौडेलबीच भेटवार्ता

    आज भरतपुर चितवनमा हुने भनिएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न पुगेका काँग्रेस नेता रामचन्द्र पौडेल र भरतपुर चितवनका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलबीच भेटवार्ता भएको छ।
    आज भएको भेटमा पनि जगन्नाथ पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता नगर्ने र गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न नसकिने आफ्नो अडान कायमै राख्नु भएको पौडेलका स्वकीय सचिव नविन बरालले जानकारी दिनुभएको छ।
    रामचन्द्र पौडेलले भेट्न खोज्नु भएको कारण आफुहरु उहाँलाई भेट्न गएको तर उम्मेद्वारीबाट पछि नहट्ने पौडेलको अडान यथावत नै रहेको पनि उहाँले बताउनुभयो।
    नेता रामचन्द्र पौडेललाई भेट्न उम्मेदवार जगन्नाथ पौडेल सहित उहाँको प्रस्तावक काँग्रेस चितवनका पुर्व सभापति कृष्णलाल सापकोटा र समर्थक मिना खरेल पनि साथै पुग्नुभएको र सबैले उम्मेद्वारी फिर्ता नहुने कुरामा अडान राख्नुभएको बरालले जानकारी दिनुभयो।

    डुबानमा परेको सत्ता गठबन्धनको चुनावी सभास्थलबाट पानी कटाइंदै

    हिजो राति परेको अविरल बर्षाको कारण सत्ता गठबन्धनले चुनावी सभा गर्ने तयारी गरेको सभास्थल, भरतपुरको केन्द्रिय बस टर्मिनलको खालि क्षेत्र डुबानमा परेको छ। रातभरी परेको अविरल बर्षाको कारण सभास्थलमा बनाइएको मञ्च लगायतका सम्पूर्ण प्राविधिक संरचना र आसपासको परिसर डुबानमा परेको छ।अहिले सभास्थलबाट पानी कटाउने काम भैरहेको छ।

    024430419Bharatpur 6


    आज हुने भनिएको चुनावी सभामा ,प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    024426846Bharatpur 5


    डुबानका कारण निर्धारित समयमै कार्यक्रम सुरु गर्न नसकिने भएपनि आजको चुनावी सभा भने नरोकिने नेपाली काँग्रेस चितवनका उपसभापति राजिब न्यौपानेले जानकारी दिनुभएको छ। अहिले सभास्थलमा भएको पानी कटाएर सभास्थलको तयारीमा आफुहरु जुटेको पनि उहाँले बताउनुभएको छ। करिब १२:१५ बजेको समयमा पुर्व निर्धारित कार्यक्रम सूरु गरिने पनि उहाँले जानकारी दिनुभएको छ।

    024447492Bharatpur 10

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवरुद्ध आन्तरिक उडान सेवा सुरु

    बम वा अन्य कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले नियमित रुपमा आन्तरिक उडान सुरु भएको छ।

    अन्तर्राष्ट्रिय उडान अवरुद्ध नभए पनि आन्तरिक टर्मिनलमा बम रहेको भनि अज्ञात व्यक्तिले फोन गरेपछि विमानस्थलले आन्तरिक उडान भने बन्द गरेको थियो ।

    पाकिस्तानी नम्बरबाट आएको भनिएको अज्ञात व्यक्तिको फोन लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले तालिम प्राप्त कुकुरसहित खोजि अभियान चलाएको थियो। तर सुरक्षाकर्मीले खोज तलासको क्रममा कुनै पनि बम वा अन्य कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएपछि भने विमानस्थलले आन्तरिक तर्फको उडानसेवा पनि सुरु गरेको छ।


    आज करिब बिहान १० बजेको समय पश्चात झन्डै १ घण्टा आन्तरिक उडान तर्फको सम्पुर्ण हवाई सेवाहरु अवरुद्ध भएको थियो।

    नेत्रविक्रम चन्द (विप्लव) पार्टीबाट निष्काशित

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिव पदबाट नेत्रविक्रम चन्दलाई हटाइएको छ ।असन्तुष्ट पार्टी नेता हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलासहितको राष्ट्रिय भेलाले चन्दलाई पदबाट हटाउने निर्णय गरेको हो ।

    पार्टीको केन्द्रीय समितिको निर्णयविपरीत स्थानीय निर्वाचनमा सहभागी भई एमसीसी समर्थक एमाले र कांग्रेससँग गठबन्धन बनाएको भन्दै चन्दलाई महासचिव पदबाट हटाइएको समूहका नेता गुणराज लोहनीले बताउनुभएको छ।

    राष्ट्रिय भेलाले केन्द्रीय संयोजकमा धर्मेन्द्र बाँस्तोलालाई नियुक्त गरेको छ भने खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ता पदबाट हटाइएको छ ।

    केही दिनअघि चन्दले पार्टीको निर्वाचनमा भाग लिने निर्णय विपरीत अभिव्यक्ति दिएको भन्दै धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीलाई पार्टीको जिम्मेवारीबाट हटाएका थिए ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको आशंका


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखेको भन्दै अज्ञात व्यक्तिको फोन आएपछि आन्तरिक उडानका सबै यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

    अन्तर्राष्ट्रिय उडान अवरुद्ध नभए पनि आन्तरिक टर्मिनलमा बम रहेको फोन गर्ने व्यक्तिले दाबी गरेपछि आन्तरिक उडान भने बन्द भएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।

    त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार,”कतै बाट हाम्रो सुरक्षा प्रणालीमा यस्तो थ्रेट वा खबर आएमा हामीले सर्च प्रोटोकल फलो गर्नुपर्छ र अहिले हामीले सबै यात्रु निकालेर सर्च अपरेसन जारि गरिरहेका छौं” ।

    अहिले सबै यात्रुलाई बाहिर निकालिएको र तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीले विमानस्थलमा खोजी गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थल पुगेको छ ।

    नेपाल प्रहरी र एपीएफका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

    गृह मन्त्रालयले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार बिहान सिंहदरबारमा गृहसचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरु सिंह र अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

    प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री र पुष्पराम केसी ३० वर्षे सेवाका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले धीरजप्रताप सिंग र राजु अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

    ३० वर्ष उमेर हदका कारण अनिवार्य बिदामा गएका क्षेत्री र केसीलाई गृहमन्त्री खांडले विदाई गर्नुभएको थियो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिको तयारीमा सरकार

    नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकाशमा जाने भएपछी सरकारले नयाँ महानिरीक्षक नियुक्तिको तयारी सुरु गरेको छ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल गर्न आज बिहान ११ बजेको लागि मन्त्रिपरिषदको बैठक आहवान समेत गरिएको छ। बैठक अघी नै प्रधानमन्त्री देउवाले गृहमन्त्री लगायत गठबन्धनका शिर्ष नेताहरुसंग छलफल अगाडी बढाउनु प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको थियो ।

    सशस्त्र प्रहरी तर्फबाट यसघि मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको राजु अर्याल एकल दाबेदारको रुपमा रहँदै गर्दा नेपाल प्रहरी तर्फ भने विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक दाबेदारको रुपमा रहेका छन्।

    आठ हजार जनाको उम्मेदवारी फिर्ता

    स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दिएका करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


    निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार स्थानिय तह निर्वाचनको लागि करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।

    कुल परेको उम्मेद्वारी र फिर्ता लिइएको उम्मेदवारीको हिसाब अनुसार अब करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।कायम रहेको उम्मेदवारहरुलाई आयोगले आज निर्वाचन चिन्ह समेत प्रदान गरेको छ।

    बुद्ध एयर जहाजको टायर पड्किंदा भैरहवा विमानस्थलकाे उडान र अवतरण प्रभावित

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुद्ध एयर जहाजको टायर पड्किंदा विमानस्थलकाे उडान र अवतरण प्रभावित बनेको छ ।

    भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।
    ७० जना यात्रु बोकेर भैरहवाबाट काठमाडौँका लागि उडान भर्ने क्रममा धावन मार्गमै जहाजको टाएर पड्किएपछि अहिले सो विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध बनेको छ।

    अहिले विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको छ ।

    वडाध्यक्षका उम्मेदवारको निधनपछि बुद्धभूमि नगरपालिकामा निर्वाचनका कार्यक्रमहरु स्थगित

    कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वडाध्यक्षका उम्मेदवारको निधन भएपछी स्थानीय तह निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको छ।

    बुद्धभूमि नगरपालिका वडानम्बर ८ मा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका ओमप्रकाश तिवारीको मृत्यु भएको खबरसंगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

    निर्वाचनको ७२ घण्टा अगाडि नेपाल–भारत सीमा नाका बन्द गरिने


    स्थानीय तहको निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका बन्द गर्ने निर्णय भएको छ ।नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच भएको समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।

    सो अवधिमा मानिसहरुको आवतजावत पनि पूर्ण रुपमा बन्द हुनेछ । निर्वाचनलाई लक्षित गरी सीमा नाकामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती पनि रहनेछ ।

    बैठकमा नेपालका तीन जिल्ला र भारतका दुई जिल्लाका सुरक्षा अधिकारीहरुले निर्वाचनको सुरक्षाका विषयमा छलफल गर्नुका साथै कार्ययोजना समेत तयार पारेका थिए । निर्वाचनलाई लक्षित गरी दुई देशका सुरक्षा अधिकारीले सीमा नाकालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेका छन् ।

    त्यसैगरी सीमा क्षेत्रमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइनेछ ।
    सीमामा सुरक्षा चौकी स्थापना, तत्काल सूचना आदानप्रदान, लागुऔषध, मानव तस्करी तथा अवैध हातहतियारको तस्करी नियन्त्रण, अवैध मुद्राको व्यापार, सीमा क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सीमा निगरानी बढाउने लगायतको निर्णय भएको छ ।

    अर्कोतर्फ भारतीय सुरक्षा अधिकारीले आचारसंहिता लागू गराउन भारततर्फ रहेका फ्लेक्स मेसिन र छापाखानामा आचारसंहिता विपरित छपाइको काम हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    भारतले सीमा नाका मर्मत र व्यवस्थापन गर्न पनि सहमति जनाएको छ । सन् २००६ मा नेपाल र भारतको संयुक्त प्राविधिक सीमा समितिबीच संयुक्त सम्झौता भएको थियो ।उक्त सम्झौतामा बिजोर नम्बरको पिल्लर नेपालले र जोर नम्बरको पिल्लर भारतले मर्मत गर्ने सहमति भएको थियो ।

    स्थानिय तह निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरिने

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

    स्थानीय तहको निर्वाचनका लागि आयोगमा दर्ता भएका दलले आ–आफ्नो निर्वाचन चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले नै निर्वाचन चिह्न प्रदान गर्नेछ ।

    आयोगले उजुरीमाथि छानबिन गरी शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । सूचीमा परेका उम्मेदवारहरू मात्र स्थानीय तहको निर्वाचनका लागि योग्य हुनेछन् र उनीहरूले आजै निर्वाचन चिन्ह पाउनेछन्।

    मौन अवधि सुरु नभएसम्म उम्मेदवारहरूले आफ्नो चुनाव चिन्ह पाएलगत्तै प्रचार प्रसार गर्न पाउनेछन्।

    आज मातातीर्थ औंसी

    आज आमाको मुख हेर्ने अर्थात मातातीर्थ औंसी। हरेक वर्षको वैशाख कृष्णपक्षका दिन मातातीर्थ औंसी मनाउने गरिन्छ।

    छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउने गरेको पाइन्छ।आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् ।

    आमा नहुनेहरू भने आजको दिन मातातीर्थमा रहेको कुण्डमा स्नान गरेर आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने गर्छन् ।

    मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सो कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुख­सन्तोष पाउने जनविश्वास छ ।

    तस्विर : ट्रेक्स बुकिङ्ग

    भरतपुरको मेयरमा पौडेलको उम्मेद्वारी कायमै

    भरतपुर महानगर यतिखेर चर्चाको केन्द्रविन्दु बनेको छ। कारण हो गठबन्धनबाट भरतपुरको मेयरका लागि साझा उम्मेदवारको रुपमा खडा गरिएको रेणु दाहालको विरुद्धमा परेको काँग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेद्वारी।

    जगन्नाथ पौडेल पुर्व सांसद र चितवन काँग्रेसका वरिष्ठ नेता हुन् । काँग्रेस केन्द्रीय समितिले गरेको निर्णयको विरोध गर्दै चितवनमा काँग्रेस बचाउनको निम्ति स्वतन्त्र उम्मेद्वारी दिएको नेता पौडेल र उनका प्रस्तावक चितवन काँग्रेसका पुर्व पार्टी सभापति कृष्णलाल सापकोटाले बताउँदै आउनुभएको छ। त्यसो त पौडेलको उम्मेद्वारीलाई धेरैले पार्टीको निर्णय विपरितको बागी उम्मेद्वारी भनेर भन्दै गर्दा, पौडेल स्वयम् भने आफ्नो उम्मेद्वारी पार्टी विरुद्धको बागी उम्मेद्वारी नभएर स्वतन्त्र उम्मेद्वारी भएको बताउनुहुन्छ। आफ्नो उम्मेद्वारी नेपाली काँग्रेस पार्टीकै कुनै सदस्य विरुद्ध वा रुख चिन्हको विरुद्ध हुन्थ्यो भने आफुलाई बागी उम्मेदवार भन्न मिल्ने तर आफु काँग्रेस पार्टीकै कुनै उम्मेदवारको विरुद्ध नभएको र आफ्नो उम्मेद्वारी हँसिया हथौडा र अन्य दलको विरुद्ध भएकोले आफु बागी नभइ स्वतन्त्र उम्मेदवार भएको उनको दावी छ।

    नेता पौडेलले मेयरमा उम्मेद्वारी दिनुभन्दा अघि पनि काठमाडौँ पुगेर पार्टी सभापति लगायत केन्द्रीय समितिका नेताहरुलाई काँग्रेसले भरतपुरको मेयर कुनै पनि हालतमा नछोड्ने भन्दै जिल्ला सभापति सहितको प्रतिनिधिमण्डल गएर ध्यानाकर्षण पत्र बुझाएको थियो। आफुहरुले अग्रिम रुपमा सचेत गराउँदा गराउंदै पनि पार्टीलाई र चितवन काँग्रेसलाई नै कम्जोर पार्ने गरि केन्द्रले जबर्जस्ति निर्णय गरेपछि पौडेलले भरतपुरका अधिकांश वडा सभापति र जिल्ला तहका नेताहरुको सल्लाहमै मेयरको लागि उम्मेद्वारी दिएका हुन्।
    पौडेलको उम्मेद्वारीकै विषयलाई लिएर चितवन काँग्रेस यतिखेर सैद्दन्तिक र राजनीतिक विवादमा फसेको छ। त्यसो त पार्टीको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्दै गर्दा अब चितवन काँग्रेसलाई रुखमै भोट हाल्ने वातावरण बनाउँछु भनेर सभापति बनेका राजेश्वर खनाल पनि काठमाडौँमा सभापति देउवालाई भेटेर आएपछि हँसिया हथौडामा भोट माग्न र भोट हाल्न तयार भएको देखिन्छन्। त्यति मात्रै नभएर उनले पार्टीको निर्देशन नमानेर स्वतन्त्र वा बागी उठे पार्टीले कारवाहि गर्ने भनेर निर्देशन समेत जारि गरे। जिल्ला सभापतिको कारवाही गर्ने धम्किले पनि केहि नलागेपछि पार्टी सभापति देउवाको दुत बनेर गृहमन्त्री खांड र राज्यमन्त्री उमेश श्रेष्ठ आएर पौडेललाई फकाउने प्रयास गरे। यो बीचमा काँग्रेस केन्द्रिय समितिले बागी उम्मेदवारलाई पार्टीको विधान अनुसार साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने भनेर विज्ञप्ति समेत जारि गर्यो। तर पौडेल आफ्नो अडानबाट कत्ति पनि विचलित भएनन्। उनले पार्टीले आफुलाई कारवाही गरेर आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने छुट पार्टीलाई छ तर आफुले चितवन काँग्रेसको पार्टीप्रतिको आस्था र भरोसालाई टुट्न नदिने र मेयरमा आफ्नो उम्मेद्वारी कायम रहने बताए। सभापति देउवाको दुत बनेर उनलाई फकाउन आएका गृहमन्त्री र राज्यमन्त्री श्रेष्ठ आजै मात्र फर्किएर काठमाडौँ पुगे, तर नेता पौडेलले उम्मेद्वारी फिर्ता गर्न नसकिने आफ्नो अडान कायमै राखे।

    निर्वाचन आयोगले तोकेको उम्मेद्वारी फिर्ताको समय साँझ पांच बजेसम्म रहेकाले,यो बीचमा सबैलाई आजको पांच कतिबेला बज्ला भन्ने जस्तो भयो ? के पौडेलले आफ्नो उम्मेद्वारी साँझ सम्म फिर्ता गर्लान त भन्ने धेरै अड्कलबाजीहरु भए। कतिले राज्य संयन्त्र र पदको दुरुपयोग गर्दै आयोगले उम्मेद्वारी फिर्ताको समय बढाउन सक्ने पनि बताए। तर साँझको पांच पनि बज्यो। न त कसैले अड्कल गरेजस्तो आयोगले उम्मेद्वारी फिर्ताको समय थप गर्यो न त पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता नै गरे। हारजित आफ्नो ठाउँमा छ, तर पौडेलको उम्मेद्वारी र उनको अडानले चितवन काँग्रेसका कार्यकर्ताहरुलाई भने उत्साहित बनाएको छ।

    राष्ट्र बैंकमा गभर्नर अधिकारीकै निरन्तरता

    सर्वोच्च अदालतले आफ्नो अन्तरिम आदेशलाई निरन्तरता दिंदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्न आदेश दिएको छ ।

    न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नर अधिकारीलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश जारि गरेको थियो।

    तिन दिन देखिको लामो सुनुवाइलाई टुङ्ग्याउंदै सर्वोच्चले पुरानै अन्तरिम आदेश लाई निरन्तरता दिएको हो। सर्वोच्चले अब नियमित रुपमा मूल मुद्दामाथि सुनुवाइ गर्नेछ । त्यतिञ्जेलसम्म गभर्नर अधिकारी आफ्नो पदमा बहाल रहने बाटो आजको आदेशले खुल्ला गरिदिएको छ।

    उम्मेद्वारी फिर्ता गराउन धाक धम्की नदिन निर्वाचन आयोगको निर्देशन

    निर्वाचन आयोगले आज एक विज्ञप्ति जारि गर्दै स्थानिय निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की लगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई निर्देशन दिएको छ।

    पछिल्लो समय चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र रुपमा मेयरको उम्मेद्वारी दिएका जगन्नाथ पौडेलको उम्मेद्वारी फिर्ता गराउन पद र राज्य संयन्त्रको दुरुपयोग गरि गृहमन्त्री लगायात राज्यमन्त्री उमेश श्रेष्ठ र अन्य व्यक्तिहरुले दवाव बढाएको घटनाप्रति इंगित गर्दै आयोगले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

    nirwachanayog 2942022102648 1000x0 1
    5

    हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर सुन तस्करीको प्रयास: पांच जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको झण्डै साढे दुई किलो ३५० ग्राम तौल बराबरको सुनसहित ५ जनालाई पक्राउ गरेको छ।दुबईबाट काठमाडौं आएको हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर ल्याइएको सुन तस्करीको प्रयासमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

    विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजिएको तथ्य बाहिरिएको छ। सुन तस्करीको आरोपमा प्रहरीले हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरीलाई पक्राउ गरेको छ। उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन सहयोग गरेको देखिएको छ।
    पक्राउ पर्नेमा उदयपुरको २८ वर्षीय राजेश राई र दोलखाका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा समेत रहेका छन्।

    लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

    बबरमहलस्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, र राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

    पार्टीले आज जारि गरेको घोषणा पत्र पार्टीको एउटा निर्देशन मात्रै भएको र स्थानीय पालिकाले आफ्नो छुट्टै घोषणा पत्र सार्वजनिक गर्न सक्ने लोसपा नेताहरुले जानकारी दिनुभएको छ।

    लोसपाले जारि गरेको घोषणापत्रको पूर्णपाठः

    सत्ता गठबन्धनको शिर्ष नेताहरुको बैठकको ३ बुंदे निर्णय

    सत्तारुढ पांच दलका शिर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ बुंदे निर्णय गरेको छ।


    शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएको उम्मेद्वारी तत्काल फिर्ता गर्न लगाउने निर्णय गरेको छ। त्यसैगरि गठबन्धनका उम्मेदवार विरुद्ध परेको बागी र स्वतन्त्र उम्मेद्वारी फिर्ता गर्न लगाउने र फिर्ता नगरेको खण्डमा कारवाही गर्ने निर्णय गरेको छ।

    five party meeting baluwatar CCbF1YnAXN

    कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकको सदस्यता खारेज गर्ने

    नेपाली कांग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी दर्ता गराएकालाई आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ ।
    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सबै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन र पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउन निर्देशन दिनुभएको छ ।

    उम्मेदवारले तोकिएको मिति र समयभित्र मनोनयन फिर्ता नगरे नेपालि काँग्रेसको विधानको धारा ४ (१३) (ग) २०१७ (संशोधन सहित) बमोजिम बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता खारेज गरिने विज्ञप्तिमा उल्लेख छ ।

    aaaaaaaaaaaaaaaaaaaaa

    गभर्न अधिकारीको मुद्दामा आज सुनुवाइ हुने

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाइ हुने भएको छ। बिहिबार सुनुवाई नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको गभर्नरको मुद्दामा आजका लागि पेशी तोकिएको छ।

    न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा रहेको मुद्दामा पेशीको लागि आजको समय तोकिएको छ। वैशाख ६ को सर्वोच्चको अन्तरिम आदेशसंगै पुन आफ्नो जिम्मेवारीमा फर्किएका गभर्नर अधिकारीलाई गत चैत २५ गते सरकारले निलम्बन गरेर उनि उपर छानविन समिति गठन गरेको थियो।

    सर्वोच्चको अन्तरिम आदेशमा गभर्नर अधिकारि काममा फर्किएका भएपनि आजको पेशीमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा सर्वोच्चले टुंगो लगाउनेछ। अन्तरिम आदेशलाई निरन्तरता दिएमा गभर्नर अधिकारी पदमा बहाल रहनेछन भने अन्तरिम आदेश खारेज गरेको खण्डमा उनीमाथि पुन छानविन प्रक्रिया अघि बढ्न सक्ने देखिन्छ।

    साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

    स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

    निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै आयोगले उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गर्नेछ ।

    स्थानीय तहको निर्वाचनका लागि देशभरबाट १ लाख ४१ हजारभन्दा बढी उम्मेदवारहरुले आफ्नो उम्म्द्वारी दर्ता गराएका थिए ।

    आयोगले बिहीबार साँझ उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । आज साँझसम्म उम्मेदवारले नाम फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशित गर्नेछ ।

    आयोगका अनुसार आज साँझसम्म अन्तिम नामावली प्रकाशन गरेपछि भोलि सम्पूर्ण उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

    आजको देशभरिको मौसमी विवरण

    हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार आजको देशभरिको मौसमी विवरण निम्नानुसार रहेको छ।

    दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    रणनीतिक धम्कीको जवाफ दिने पुटिनको वाचा

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी द्वन्द्वमा हस्तक्षेप नगर्न बाहिरी शक्तिहरूलाई चेतावनी दिएका छन्। उनले मस्कोको सबैभन्दा उन्नत हतियार प्रयोग गरेर त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने वाचा गरेका छन्।

    बुधवार मस्कोमा सांसदहरूसँग कुरा गर्दै पुटिनले भने, “यदि कसैले बाहिरबाट चलिरहेको घटनाहरूमा हस्तक्षेप गर्ने र हामीलाई अस्वीकार्य रणनीतिक खतराहरू सिर्जना गर्ने निर्णय गर्छ भने, उनीहरूलाई थाहा हुनुपर्छ कि आउने प्रहारहरूप्रति हाम्रो प्रतिक्रिया द्रुत हुनेछ।”

    “हामीसँग यो गर्नका लागि सबै उपकरणहरू छन्। उपकरणहरू जुन हामी बाहेक अरू कसैले घमण्ड गर्न सक्दैन। तर हामी घमण्ड गर्न जाँदैनौं। यदि यस्तो आवश्यकता पर्यो भने हामी तिनीहरूलाई प्रयोग गर्नेछौं।रूसी अधिकारीहरूले यस्तो प्रतिक्रियाको लागि तयारी गर्न सबै आवश्यक निर्णयहरू गरिसकेका छन्, उनले भने ।

    गत हप्ता, मस्कोले आफ्नो अत्याधुनिक RS-28 Sarmat अन्तर-महादेशीय ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो। नयाँ आणविक-सक्षम हतियारले धेरै एभान्गार्ड हाइपरसोनिक ग्लाइडरहरू बोक्न सक्छ, जुन तिनीहरूको चरम गति र तिनीहरूको उडानको क्रममा निरन्तर चाल चलाउने क्षमताको कारणले कुनै पनि अवस्थित वायु सुरक्षालाई बाइपास गर्न सक्षम मानिन्छ।

    रुससँगको द्वन्द्व सुरु भएदेखि नै पश्चिमी देशहरूले सक्रिय रूपमा कीभलाई एन्टी-ट्याङ्क र एन्टी-एयरक्राफ्ट मिसाइल प्रणाली, बख्तरबंद सवारीसाधनहरू लगायतका हतियारहरू आपूर्ति गर्दै आएका छन्। उनीहरूले रुसको सैन्य अभियानलाई आर्थिक सहयोग गर्ने क्षमतालाई कम गर्ने उद्देश्यले कडा प्रतिबन्धहरू पनि लगाएका छन्।

    आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान सञ्चालान गरिने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो परिक्षण उडान सञ्चालान गरिने भएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परिक्षण उडान गर्ने बताइएको छ।

    परिक्षण उडानको लागि आज दिउँसो ३ बजे काठमाडाैंबाट नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले उडान भर्ने र ३ः४५ मा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।
    उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित अन्य २६० जना रहनेछन् भने निगमको सोहि जहाज साँझ ५:४५ मा काठमाडौँ फर्किने जनाइएको छ। यसअघि विमानस्थलमा थाइल्याण्डको यरो थाई कम्पनीले १० दिनको यान्त्रिक परिक्षण उडान गरेको थियो।

    जजिरा एयरलाइन्सले जेठ २ गतेदेखि विमानस्थलमा साताको ३ वटा उडान भर्नेगरि सहमति लिएको छ।

    पोल्याण्ड र बुल्गेरियामा रुसी ग्यासको आपूर्ति बन्द

    रुसको सरकारी स्वामित्वको ऊर्जा कम्पनी गाजप्रोमले युक्रेनलाई पश्चिमी सहायता हस्तान्तरण गर्ने देश पोल्याण्ड र बुल्गेरियामा रुसी ग्यासको आपूर्ति बन्द गर्ने जनाएको छ।

    पोल्याण्ड र बुल्गेरिया ७० प्रतिशतको हाराहरीमा रुसी ग्यासमा निर्भर रहे पनि, निरन्तर रुपमा उक्रेनलाई शैन्य समर्थन गर्दै आएको र रूबलमा भुक्तानी गर्न आनाकानी गरेपछि रुसले ग्यासको आपूर्ति बन्द गरेको जनाएको छ।

    क्रेमलिनले रुसी शत्रु राष्ट्रहरुले रुबलमा भुक्तान गर्नुपर्ने प्रावधान अघि सारेपछि अधिकांश युरोपी राष्ट्रहरुले रुसको सो कदमको विरोध गर्दै आएका थिए। यधपी रुसले आफूमाथि लगाइएको आर्थिक नाकाबन्दीको जवाफमा रुसी मुद्रा रुबलमा भुक्तानी गर्नुपर्ने प्रावधान अघि सारेको थियो।

    रुसले आपूर्ति बन्द गरेपछि र रुसी उर्जाको खपत कम गर्ने युरोपेली राष्ट्र र अमेरिकाको सहकार्य पछि पछिलो समय अमेरिका र युरोपिले राष्ट्रहरुमा तेल र ग्यासको मूल्य ४० वर्ष यताकै उच्च भएको छ।

    जेठ १ गतेदेखि शनिवार र आइतवार हप्तामा दुई दिन सार्वजनिक बिदा


    सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार गरि हप्तामा दुई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गर्दै हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको थियो। मुलुकमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राखेर इन्धनको मूल्य आकासिएपछि सरकारले लागत घटाउने रणनीतिले यस्तो निर्णय गरेको बताइएको छ।

    आइतबार र शनिबार दुई दिन बिदा दिएमा अर्बौं रुपैयाँको इन्धन खर्च घट्ने सरकारको तर्क रहेको छ । यसअघि नेपाल आयल निगमले पनि शनिबार र आइतबार दुई दिन सरकारी बिदा दिन सरकार समक्ष प्रस्ताव गरेको थियो ।

    काँग्रेसभित्रै साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भएको छ : शेखर कोइराला

    नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आज एक विज्ञप्ति जारि गर्दै काँग्रेसभित्रै साथीहरुको राजनीतिक जीवन समाप्त पार्न भएको षडयन्त्र र स्थानिय तह निर्वाचनका लागि भएको उम्मेदवारको छनौट र टिकट वितरण प्रक्रिया प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।


    पार्टीको केन्द्रिय समिति र कार्यसम्पादन समितिले आफुहरुको कुरा वेवास्ता गरेको र टिकट वितरणमा अन्याय गरेको बताउनुभएको छ। टिकट वितरण प्रक्रियामा पैसाको चलखेल र अनियमितता भएको खबर प्रति चिन्ता व्यक्त गर्दै टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अप्नाइएको हो, ति कुराहरुको अध्ययन अनुसन्धान र समीक्षा गरिने पनि उहाँले बताउनुभएको छ।


    साथै,आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको र राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र भएको कुरापनि डा कोइरालाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

    shekhar

    विदेशी मुद्रा सञ्चिति घटेपछि १० वस्तुको आयातमा प्रतिबन्ध

    आर्थिक संकटका बेला विदेशी मुद्रा सञ्चिति तीव्र रुपमा घटेपछि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुरकुरे चिप्स, मदिरा, टिभी, मोबाइल र मोटरसाइकल लगायत १० वस्तु र अन्य विलासिताका वस्तुको आयातमा रोक लगाएको सूचना जारी गरेको छ ।

    प्रतिबन्धित वस्तुहरूमा कुरकुरे, लेज र यस्तै अन्य उत्पादनहरू, सबै प्रकारका तयार मदिरा, चुरोट र सुर्तीजन्य पदार्थ (कच्चा पदार्थ बाहेक) ,हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथि), जीप, कार र भ्यान, २५० सीसीभन्दा बढी क्षमताको मोटरसाइकल, सबै किसिमका खेलौना र तास लगायातका वस्तुहरु रहेका छन्।

    वैशाख १३ गते अघि बुकिङ गरिसकिएको समानको हकमा भने यो व्यवस्था लागू हुने पनि जनाइएको छ । त्यसैगरी नेपालस्थित कूटनीतिक नियोगहरूले पनि आफ्नो प्रयोजनका लागि यी वस्तुहरू आयात गर्न सक्नेछन्।

    सत्ता र स्वार्थ केन्द्रित राजनीतिमा इमान्दार नेता- कार्यकर्तामाथि गठबन्धनको कारवाही

    उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा घरदैलो कार्यक्रममा हिंडीसकेको भएपनि सत्ता गठबन्धन दलका शिर्ष नेताहरु भने गठबन्धनको उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र लड्ने उम्मेदवारहरुलाई फकाएर उम्मेद्वारी फिर्ता गराउनमै व्यस्त देखिएको छ।

    सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवार उठाउने तयारि गरेको भएपनि कतिपय जिल्लाहरुमा भने गठबन्धनभित्रकै दलले एक्ला एक्लै प्रतिस्पर्धा गर्ने गरि उम्मेद्वारी दर्ता गराएका छन्। त्यसो त गठबन्धनले साझा उम्मेदवार उठाएकै ठाउँहरुमा पनि पार्टीको केन्द्रिय निर्णयप्रति असन्तुष्टि जनाउँदै गठबन्धनकै उम्मेदवारहरु विरुद्ध बागी र स्वतन्त्र उम्मेद्वारी दिएका छन्।

    गठबन्धनभित्रकै दलहरुले कतिपय स्थानमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धा गर्नेगरि उम्मेद्वारी दिनु र गठबन्धन भएकै ठाउँमा पनि गठबन्धनकै उम्मेदवार विरुद्द परेको बागी उम्मेद्वारीले गठबन्धन दलका शिर्ष नेताहरुलाई अप्ठेरोमा पारेको छ। यहि अप्ठेरो परिस्थितिबीच गठबन्धन दलका शिर्ष नेताहरुले बागी र स्वतन्त्र उम्मेद्वारी दिएका आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरेको छ भने, उम्मेद्वारी फिर्ता नलिएको खण्डमा पार्टीले अनुशासनको कारवाही गर्ने पनि बताएको छ।
    त्यसो त काँग्रेस सभापति देउवाकै गृह जिल्ला डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बीपी) बाट एमालेसंग चुनावी तालमेल गरेर अलग्गै चुनावमा होमिएपछि उनलाई अनुशासनको कारवाही गर्दै पार्टीबाटै निष्काशन समेत गरिएको छ। अन्य जिल्लाहरुको हकमा पनि गठबन्धनले कुन कुन स्थानमा बागी उम्मेद्वारी परेको छ भनि तथ्याङ्क सङ्कलन सुरु गरेको छ। सोहि अनुसार बागी उम्मेदवारहरुलाई सम्झाएर उम्मेद्वारी फिर्ता गर्न लगाउने र उम्मेद्वारी फिर्ता नगरेको खण्डमा अनुशासनको कारवाही गर्ने रणनितिमा गठबन्धन दलका शिर्ष नेताहरु रहेका छन्।

    सत्ताधारीको चुनावी तालमेल:एमालेलाई आँप गठबन्धनलाई झटारो

    आसन्न स्थानिय निर्वाचनमा सत्ता साझेदार पांच दलिय गठबन्धनले साझा उमेद्द्वार बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको छ। तर पार्टीका शिर्ष नेताहरुले केन्द्रमा बसेर गरेको यो निर्णयले तल्लो तहका आम कार्यकर्ताहरुलाई भने निराश बनाएको छ । पार्टीको निर्णयको विरोध गर्दै देशभर बाटै बागी र स्वतन्त्र उम्मेद्वारी दिनेको संख्या विगतका निर्वाचनहरुको तुलनामा यसपाली उच्च रहेको छ। त्यसो त पार्टीको निर्णयको विरोध गर्दै स्थानिय तहमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिने र पार्टी परित्याग गर्नेको संख्या पनि उत्तिकै बढेको छ। तर पनि नेता कार्यकर्तालाई सम्झाउनु र बुझाउनुको सट्टा कारवाही गर्ने पार्टीको धम्किले झनै बलेको आगोमा घिउ थप्ने काम गरेको छ।

    महानगरपालिकाको मेयरको विषयलाई लिएर गठबन्धन दलका नेताहरुबीच सुरु भएको पदिय भागवण्डाको विवाद अहिले गाउँपालिकासम्म फैलिएको छ। उम्मेद्वारी दिएर उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा घरदैलोमा निस्किँदासम्म पनि सत्ता गठबन्धनका शिर्ष नेताहरु पार्टी बाट बागी र स्वतन्त्र उम्मेद्वारी दिएका नेता कार्यकर्ताहरुलाई कारवाहीको धम्कि दिएर उम्मेद्वारी फिर्ता गराउन लागि परेका छन्।

    नेपाली काँग्रेसकै कुरा गर्ने हो भने काँग्रेस सभापति देउवाकै गृह जिल्ला डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बीपी) बाट एमालेसंग चुनावी तालमेल गरेर अलग्गै चुनावमा होमिएको छ। यता चितवन काँग्रेसमा पनि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादीबाट रेणु दाहालले मेयरमा उम्मेद्वारी दिए पनि चितवन काँग्रेसका प्रभावशाली नेता, पूर्व सांसद जगन्नाथ पौडेलले मेयर पदको लागि बागी उम्मेद्वारी दिएका छन्। पोखरा महानगर र कास्की जिल्लाका काँग्रेस नेताहरुले पोखरामा मेयर काँग्रेसले पाउनुपर्छ भनेर डेलिगेसन सहित सभापति देउवालाई भेटेर केन्द्रको निर्णयको विरोध गरेको थियो। तर अन्त्यमा पोखरामा एकीकृत समाजवादीले मेयरको भाग पायो र गठबन्धन भित्रै बाट काँग्रेसले पोखरामा पनि बागी उम्मेद्वारी दियो। केन्द्रको निर्णयको विरोध गर्दै देशभर विभिन्न जिल्लामा काँग्रेस नेता कार्यकर्ताहरुले स्थानिय तहका पार्टी कार्यालयहरुमा तालाबन्दी नै गरे। त्यस्तै एकीकृत समाजवादी र माओवादीका स्थानिय नेताकार्यकर्ताहरुले देशभरका विभिन्न जिल्लामा पार्टीको निर्णयको विरोध गरेका छन्।

    गठबन्धनको यो चुनावी तालमेल केन्द्रका सिमित शिर्ष नेताहरुको आपसी समझदारी र सत्ता स्वार्थ मात्र भएको आम कार्यकर्ताको बुझाई रहेको छ। त्यसैले गठबन्धनको यो चुनावी तालमेल केन्द्रबाट स्थानिय तहसम्म आइपुग्दा नितान्त बेमेल बनेको छ। स्थानिय तहमा नेता कार्यकर्ताहरु पार्टीको निर्णयले असन्तुष्ट बनेका छन्। चितवनकै कुर गर्ने हो भने पनि चितवन काँग्रेसका जिल्ला तहका नेताहरुले नेता जगन्नाथ पौडेललाई बागी उम्मेद्वारीबाट पछि नहट्न आग्रह गरेका छन् भने अर्को तर्फ प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फ बाट मेयरको उम्मेदवार बनेका विजय सुबेदीलाई जितको अग्रिम शुभकामना भन्दै बधाई दिएर सामाजिक संजालहरुमा स्टाटस लेख्न थालेका छन्। त्यसैमा पनि केहि समय अगाडी गठबन्धनको विषयलाई लिएर प्रचण्डले “चितवनका काँग्रेसले भनेर केहि हुँदैन , गठबन्धन केन्द्रबाट हुन्छ”भनि दिएको अभिव्यक्ति प्रति चितवन काँग्रेसका नेताहरुले त्यसो भए डडेल्धुराबाट मान्छे बोलाएर मत हाल्न लगाउनु भनेर आक्रोश पोखेका थिए।

    स्थानिय नेता कार्यकर्ताहरु आफ्नो पार्टीको चुनाव चिन्ह बेगर अन्य कुनै पनि पार्टीको चुनाव चिन्हमा मत नहाल्ने पक्षमा देखिन्छन। यो परिस्थिति हेर्दा गठबन्धनका उम्मेदवारहरुलाई गठबन्धन बाटै भोट नआउने अनुमान गर्न सकिन्छ। र अर्को कुरा सत्ता गठबन्धनकै उम्मेदवारहरुलाई गठबन्धन भित्रकै अर्को दलले आफुलाई भोट नहाल्ने भनेर खुल्लम खुल्ला अभिव्यक्ति बाहिरा आइरहँदा गठबन्धन भित्रै पनि अन्तरघात हुने सम्भावना बढेको छ। यो माहोलले गठबन्धन भित्रै पनि आफुले उम्मेद्वारी दिएको पद बाहेक अरुमा भोट नहाल्न आफ्ना नेता कार्यकर्ताहरुलाई आन्तरिक रुपमा व्हिप नै जारि गरेर चुनावी प्रतिस्पर्धामा जाने सम्भावनालाई बढाएको छ।

    समग्रमा वैशाख ३० गतेको निर्वाचन सत्ता गठबन्धन भर्सेस प्रमुख प्रतिपक्ष एमाले हो। तर एमालेको एउटै उम्मेदवार भएको ठाउँमा गठबन्धनबाट एक भन्दा बढी उम्मेदवार हुनुले अन्त्यमा प्रमुख प्रतिपक्ष एमालेलाई नै फाइदा हुने देखिन्छ। गठबन्धनको झटारो बुमर्यांग भएर आफैँतिर आउने सक्ने देखिन्छ। “सौताको रिसले पोइको काखमा पिसाब फेर्ने “भन्ने नेपाली उखान गठबन्धनभित्रको अन्तर्घातले चरितार्थ नगर्ला भन्न सकिने अवस्था भने छैन।

    तस्विर : रिपब्लिका/ नागरिक नेटवर्क

    स्थानीय तह निर्वाचनमा १ लाख ४१ हजार ४६८ जनाको उम्मेदवारी दर्ता

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि १ लाख ४१ हजार ४६८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले आज बिहान सार्वजनिक गरेको मनोनयनको अन्तिम तथ्याङ्क अनुसार प्रदेश १ मा २२ हजार १९४ र मधेश प्रदेशमा ३६ हजार २ सय ७५ उम्मेदवार रहेका छन् । त्यसैगरी वाग्मती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८ सय ४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७ सय ६२ उम्मेदवार रहेका छन् ।

    जसमध्ये गाउँपालिका र नगरपालिकामा अध्यक्ष/मेयर पदका लागि ३ हजार ३१८ र उपमेयर/उपाध्यक्ष पदका लागि २ हजार ३६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । त्यसैगरी गाउँपालिका अध्यक्षका लागि ३ हजार ३०६, उपाध्यक्षमा २ हजार ३ सय ४३ र वडाध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यका लागि २१ हजार ९७९ र सदस्यका लागि ५१ हजार ९२ जना रहेका छन् ।

    त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षमा ७५३, वडा अध्यक्षमा ६ हजार ७ सय ४३, महिला सदस्य र दलित महिला सदस्य–३५ हजार २ सय २१ उम्मेदवारी परेका छन् ।

    आयोगले आज उम्मेदवार विरुद्ध उजुरी परे उजुरी लिने दिन तोकेको छ ।

    उजुरीहरूको छानबिन वैशाख १४ र १५ गते हुनेछ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम मिति वैशाख १६ रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र १७ गते चुनाव चिन्ह प्रदान गर्नेछ।

    गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेश विषयमा छलफलका

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेश दिने–नदिने भन्ने विषयमा छलफलका लागि पेसी तोकेको छ।

    चैत २५ गते निलम्बनमा परेका गभर्नर अधिकारीलाई वैशाख ७ गते न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्काएको थियो। सोहि अन्तरिम आदेशबारे छलफलका लागि न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा पेसी तोकिएको छ।

    सरकारले व्यक्तिगत रिसरागका कारण आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    आज जो कोही मतदाताले कुनै पनि उम्मेद्वार विरुद्ध दाबी-विरोध र उजुरी दिन पाउने

    स्थानिय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता प्रक्रिया हिजो राति अबेर मात्र सकिएको छ। निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा गएर आज उम्मेद्वार विरुद्ध दाबी/विरोध र उजुरी दिन सक्नेछन ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ ले निर्धारण गरेको उम्मेदवारहरूको योग्यता र आयोगले तोकेको उजुरी दिन सकिने प्रावधानको आधारमा कुनै पनि उम्मेद्वार विरुद्ध उजुरी दिन सकिने व्यवस्था रहेको छ ।

    कुनै पनि उजुरीको आधारमा वैशाख १४ र १५ गते उजुरीमाथि छानविन गरेर १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। त्यसैगरी १६ गते उम्मेद्वारी फिर्ता लिन सकिनेछ भने, १६ गते(अपराह्न) नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरि १७ गते सबै उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

    लियो क्लब अफ नारायणगढ चित्रवनको अध्यक्षमा विमोचन आचार्य निर्वाचित


    लियो क्लब अफ नारायणगढ चित्रवनको १४औ साधारणसभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२-२३ को लागि विमोचन आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको छ।

    विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आचार्य, बेटर चितवन, माली दाई लगायत अन्य विभिन्न सामाजिक संघ-संस्थामा पनि आवद्द रही सामाजिक कामहरु गर्दै आइरहनुभएको छ ।

    लियो सन्तोष सुवेदी (अध्यक्ष लायन बर्ष २०२१-२२) सभापति र लायन्स क्लब अफ नारायणगढ चितवन लायन बर्ष (२०२१/२२ ) का अध्यक्ष लायन केशवप्रसाद लामिछाने प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा ,लायन्स क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लायन हर्षमान श्रेष्ठ , लायन्स क्लव अफ नारायणगढ चित्रवनका नव निर्वाचित अध्यक्ष लायन प्रबिन कुमार श्रेष्ठ , लियो जिल्ला परिषद ३२५ आर, नेपालको ( ला. बर्ष २०२२/२३) को जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको लियो क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लियो पुरुषोतम सुवेदी ,क्लवका पूर्व अध्यक्षहरु प्रवेश गौतम , बिकास पाण्डे ,सन्दिप पाठक , प्रवेश बाबु खनाल , रमेश कडेल लगायतको उपस्थिति रहेको थियो ।
    १४औ साधारणसभा तथा शाखा अधिबेशनमा ,मनोनयन अधिकृत लियो रमेश कडेल र निर्वाचन अधिकृत लियो सन्दिप पाठक रहनुभएको थियो।
    १४औ साधारणसभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२-२३ को लागि निर्वाचित नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरु :
    प्रथम उपाध्यक्ष: लियो बिनोद भण्डारी
    दृतिय उपाध्यक्ष : लियो आशिस लामिछाने
    सचिव : लियो सुमन श्रेष्ठ
    कोषाध्यक्ष : लियो राजु भण्डारी
    सह सचिव : लियो रुविशा अधिकारी
    सह कोषाध्यक्ष : लियो बालकृष्ण भण्डारी
    जन सम्पर्क अधिकृत : लियो दिक्षा शर्मा
    टेर ट्विस्टर : अशिम कडेल

    टामर : लियो रोशन ओझा

    निर्देशक : लियो अमृत लामिछाने
    निर्देशक : लियो धर्म नाथ यादव

    माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

    यसपटक परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन् । यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइईमा सहभागिता जनाउने छन् ।

    नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ विद्यार्थी र ग्रेड बढुवामा ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पछिल्लो दुई वर्षमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको हुँदा ग्रेड वृद्धिको अवसर नभएकाले यो पटक २ बर्ष अघि ग्रेडवृद्धिको परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुनेछन । प्राविधिक कक्षा सञ्चालन गर्दै आएका देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसइई दिनेछन् ।
    साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।परीक्षा र समीक्षाको काम सम्पन्न गरी उत्तरपत्रिका प्रदेशलाई पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेश बोर्डले प्रदेश कार्यालयसँग समन्वय गरी काम गर्नेछ। सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहनेछ ।

    तस्विर : दिपेन श्रेष्ठ

    चालू आर्थिक वर्षको पहिलो आठ महिनामा सम्पत्ति शुद्धीकरण विरुद्ध ९५ वटा उजुरी

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा सम्पत्ति शुद्धीकरणमा संलग्न व्यक्तिविरुद्ध ९५ उजुरी दर्ता गरेको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगको अभिलेखले कुल मुद्दामध्ये १७ नेपाल राष्ट्र बैंकको वित्तीय सूचना इकाईबाट प्राप्त भएको र बाँकी ६९ मुद्दा अन्य निकायबाट सङ्कलन भएको देखाएको छ । आरोपितमाथि अनुसन्धान थालेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

    २०२१ को जुलाईको मध्यमा र २०२२ को मार्चको मध्यमा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भारतीय नागरिकहरू विरुद्ध विशेष अदालतमा ९.५ मिलियन नगद जम्मा गरेको आरोपमा दुईवटा मुद्दा दायर गरेको थियो। त्यसैगरी सबैभन्दा ठूलो घोटाला भनेको नेपाल इन्जिनियरिङ कलेजका आठ सरोकारवालाविरुद्ध आठ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

    एक दशकअघि स्थापना भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हालसम्म २ हजार ५०८ मुद्दा दर्ता भएको छ । तीमध्ये ६२ मुद्दामा मात्रै फैसला भएको छ भने १ हजार ७ सयभन्दा बढी मुद्दामा अनुसन्धान भइरहेको छ ।

    माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाइ भएन

    माधवकुमार नेपालसहित १४ सांसदलाई बर्खास्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन सकेन ।

    माधव नेपालका तर्फबाट वकिलले सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । तर न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीले त्यसलाई अस्वीकार गरेका थिए ।

    यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुण्डलको इजलासले रिटलाई पूर्ण सुनुवाइ गर्ने निर्णय गर्दै आजै सुनुवाइ गर्ने आदेश दिएको भएपनि मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ हुन सकेन।

    ओलीले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्ने नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न माग गरेका छन् ।

    चोभार सुख्खा बन्दरगाहमा ढुवानी हुने सामान आयात गर्न बैंकहरुलाई एलसी खाता खोल्न अनुमति

    नेपाल राष्ट्र बैंकले काठमाडौंको नवनिर्मित चोभार सुख्खा बन्दरगाहमा ढुवानी हुने आयातित सामानको लेटर अफ क्रेडिट (एलसी) खाता खोल्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको छ ।

    नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशन जारी गर्दै छिट्टै सञ्चालनमा आउन लागेको सुक्खा बन्दरगाहमा पैठारीका सामान ढुवानी गर्न चाहने आयातकर्तालाई सम्बन्धित कागजात लिन अनुमति दिएको छ । साथै केन्द्रीय बैंकले मेची, विराटनगर, वीरगन्ज, सिर्सिया सुख्खा बन्दरगाह र भैरहवा भन्सार नाकाका नेपाल–भारत सीमाका लागि एलसी खाता खोलिसके पनि व्यापारीलाई नयाँ सुख्खा बन्दरगाहमा आयात गन्तव्यमा जान अनुमति दिएको छ । नवनिर्मित पूर्वाधारले व्यापारीहरूलाई भन्सारसम्बन्धी झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

    रु २ अर्ब १८ करोडको लागतमा निर्माण भएको उक्त पूर्वाधारमा एकै पटक करिब ५ सय कन्टेनर अट्न सक्नेछन् । नेपाल इन्टरमोडल यातायात विकास बोर्डले हालका लागि चोभारमा नवनिर्मित सुख्खा बन्दरगाह सञ्चालन गर्ने भएको छ ।

    आर्थिक समृद्धिका लागि तीनै तहको सहकार्य आवश्यक : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि र विकासका लागि समन्वय, सहकार्य र सहअस्तित्व कायम गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

    राष्ट्रिय विकास कार्य समितिको ४९ औँ बैठकमा उहांले विकास आयोजना कार्यान्वयनमा सरकारले सधैं सहजीकरण गर्ने आश्वासन दिँदै समितिका विगतका निर्णय कार्यान्वयनमा सबै पक्षले लगनशील भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

    बैठकमा विकास आयोजना तथा कार्यक्रमको प्रगति र आगामी दिनमा लक्षित उद्देश्य प्राप्तिका लागि प्रभावकारी कार्यान्वयन गर्ने र कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि नीतिगत निर्णय गर्ने विषयमा पनि छलफल भएको थियो ।

    सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले आर्थिक वर्ष २०७७/०७८ र आव २०७८/७९ को छ महिनाको आर्थिक सूचक, व्यय र प्रगतिबारे प्रस्तुति दिनुभएको थियो ।

    कार्यक्रममा नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघ, मुख्य सचिव, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष, महालेखा परीक्षक, मुख्यमन्त्रीलगायत मन्त्रीहरुले प्रस्तुतिमा आ–आफ्ना धारणा राख्दै कार्यान्वयनमा आएका समस्या र समाधानका बारेमा उल्लेख गरेका थिए ।

    बैठकमा मन्त्रीहरू, मुख्यमन्त्रीहरू, राज्यमन्त्रीहरू, महालेखा परीक्षक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, आयोगका सदस्यहरू, सचिवहरू, प्रदेशका मुख्य सचिवहरू लगायतको सहभागिता रहेको थियो ।

    सर्वोच्चमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिद्वारा श्रेष्ठको नाम अनुमोदन

    संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    समितिको आजको बैठकले श्रेष्ठको अनुभव, दृष्टिकोण, भावी योजना र अवधारणाका बारेमा सुनेर सर्वसम्मतिले उनको नाम अनुमोदन गरेको बताइएको छ।

    न्यायपरिषदले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो र फागुन २७ गते उनको नाम संसदीय सुनुवाइका लागि पिएचसीमा पठाएको थियो ।

    कांग्रेस केन्द्रीय समितिमा अर्थमन्त्रीको राजीनामा माग

    नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ ।

    कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।

    व्यापार घाटा बढेको, अर्थतन्त्र सुस्त भएको र सुधारका लागि कुनै पहल नभएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

    अर्थमन्त्री शर्मा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।

    चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

    नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुभएको छ ।

    २५ सदस्यीय प्रतिनिधिमण्डल लिएर शुक्रबार काठमाडौं आएका वाङ आज स्वदेश फर्किनुभएको हो ।

    शनिबार बिहान उनले नेपाली समकक्षी डा नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

    परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री यीले शनिबार परराष्ट्र मन्त्रालयमा सिंहदरबारमा नेपाल र चीनबीच नौ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    उनले शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

    वाङले आज एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।

    कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सानेपामा सुरु

    सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

    बैठकमा चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले आफू भ्रमणमा रहेका जिल्लाको भौतिक अवस्थाबारे जानकारी गराइरहेका छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेट समय दिइएको कांग्रेसले जनाएको छ ।

    यसअघि शुक्रबारको बैठकमा ६ प्रदेशका अध्यक्षसहित २७ जनाले आफ्नो धारणा राखेका थिए । यतिबेला काँग्रेस भित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय सदस्यहरु विभाजित छन् ।

    नेपाललाई भूराजनीतिक खेलमा समावेश गर्ने कुनै पनि प्रयासको हामी विरोध गर्छौँ: चीन

    चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गर्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ ।

    नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँगको भेटमा नेपालको मामिलामा नेपालीले निर्णय गर्नुपर्ने बताएका छन् ।

    ‘नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा आँच पु¥याउने, अन्तरिम मामिलामा हस्तक्षेप गर्ने र भू–राजनीतिक खेलमा देशलाई सामेल गर्ने कुनै पनि प्रयासको हामी विरोध गर्छौँ,’ उनले भने ।

    चीनको नेपालको आन्तरिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने बताउँदै यीले दुई देशको सम्बन्ध दुई देशका नेताले निर्णय गरेको दिशामा अघि बढ्ने बताउनुभयो ।

    राष्ट्रिय परिस्थिति अनुरूप नेपालको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताको आधारभूत र दीर्घकालीन हितका लागि नेपालका सबै राजनीतिक दललाई सामूहिक छलफल र परामर्शमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

    सांसद साहमाथी भएको आक्रमणको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक सांसद प्रमोद शाहमाथि शनिबार भएको शारीरिक आक्रमणको घटनाको छानबिन गरिने बताउनुभएको छ ।

    काठमाडौंको मेडिसिटी अस्पतालमा शाहलाई भेटेर गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

    पार्टीको कामका लागि गृह जिल्ला सर्लाही पुगेका सांसद साहको टाउकोमा आक्रमणबाट गहिरो चोट लागेको छ । गृहमन्त्री खाँणले घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएको बताउनुभएको छ ।

    निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनमा पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ संस्थालाई निवेदन दिन आह्वान गरेको छ ।

    निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ संस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

    निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्थाले निवेदनका साथ संस्था दर्ता प्रमाणपत्र, नवीकरण भएको निस्सा, विधान र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि पेश गर्नुपर्ने छ । संस्थाका कार्यसमितिका पदाधिकारीको नामावली, पर्यवेक्षणको अनुभव भए सोको प्रमाण तथा संस्थाले तयार गरेको पुस्तिका र निर्देशिका प्रति पेश गर्न भनिएको छ । यद्यपि कुनै संघ संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने वा नदिने भन्ने अघिकार आयोगमा निहित छ ।

    निर्वाचनको पर्यवेक्षण गर्न चाहने व्यक्ति वा संस्थाले निर्धारित प्रक्रिया पूरा गरी अनुमति लिनु पर्नेछ ।
    पर्यवेक्षण अनुमति पाएका सङ्घसंस्था र व्यक्तिले निर्वाचन सकिएको १५ दिनभित्र प्रारम्भिक र कार्य समाप्त भएको ३० दिनभित्र आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्नुपर्ने छ । तोकेको कार्यविधि र आचारसंहिता पालना नगरी पर्यवेक्षण गर्नेको अनुमति रद्द गर्न सक्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

    नेपाल र चीनबीच नौ बुँदे सम्झौतामा हस्ताक्षर

    नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलमार्ग विस्तारलगायत नौवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौ बुँदे सहमति भएको छ । नेपालका परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीको उपस्थितिमा आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा नेपाल र चीनबीच नौ बुँदे सहमति भएको हो ।

    सम्झौता हुनुअघि परराष्ट्रमन्त्रीस्तर र प्रतिनिधिमण्डल तहमा पनि छलफल भएको थियो ।सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, नेपालमा चिनियाँ स्वास्थ्यकर्मीको टोलीले सेवा उपलब्ध गराउने, भ्याक्सिन हस्तान्तरण र अरनीको राजमार्गको मर्मतसम्भार र स्तरोन्नति र घाँस निकासीलगायतका विषय समेटिएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका परराष्ट्रमन्त्री आइतबार स्वदेश फर्कने छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरिंदै

    चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ।

    चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ। चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ। विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो।

    उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।

    एमाले कार्यकर्ताले सांसद साहलाई आक्रमण गरेको जसपाको आरोप

    जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसद एवं प्रमुख सचेतक प्रमोद साहमाथी भएको सांघातिक आक्रमण नेकपा एमालेले गरेको आरोप लगाएको छ।

    केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै नेकपा एमालेका कार्यकर्ताहरुले सुनियोजित ढंगले नेता साह र जसपा का कार्यकर्ताहरुलाई आक्रमण गरेको बताउनुभएको छ ।
    आज बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा बाटो बनाउने विषयमा दुई पक्षबीच विवाद हुँदा सांसद साहमाथी आक्रमण भएको थियो । घाइते साहलाई थप उपचारको लागि काठमाडौं लेराइएको छ ।

    jasapa pramod l1Kvic7EF2

    आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ : मन्त्री कार्की

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनका लागि आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल हुने बताउनुभएको छ ।

    मन्त्री कार्कीले विगतका कमजोरी सच्याई साथीहरुको सुझावका आधारमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन बनाइने बताउनुभयो ।

    विकासबिनाको राजनीतिले देश र समाज परिवर्तन नहुने बताउँदै , ‘विकास, निर्माण, सुशासन र विधिको शासनको प्रत्याभूति देशको आवश्यकता हो र त्यसका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको हो ।

    कार्कीले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयमुक्त हुनेमा विश्वस्त हुन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

    भारतीय कम्पनी टाटा र एयरटेलद्वारा नेपालमा इन्टरनेट ब्यान्डविथ रोक्ने चेतावनी

    भारतीय कम्पनी टाटा र एयरटेलले पाँच महिनादेखि भुक्तानी नपाएकाले नेपालमा प्रवेश गर्ने इन्टरनेट ब्यान्डविथ अवरुद्ध हुने चेतावनी दिँदै नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्र पठाएका छन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईएसपीहरूलाई आफ्नो बक्यौता उल्लेख गर्दै डलरमा भुक्तानी गर्न सिफारिस नगरेपछि भारतीय कम्पनी टाटा र एयरटेलले विगत पाँच महिनादेखि आफ्नो भुक्तानी पाएका छैनन् । मासिक ५० करोड रुपैयाँसम्मको भुक्तानी अलपत्र परेको छ ।

    नेपालका आईएसपीहरूले भारतीय कम्पनी एयरटेल र टाटासँग अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गरिरहेका छन् । तर, मन्त्रालयले कम्पनीहरूलाई डलरमा तिर्न सिफारिस नगरेपछि ब्यान्डविथको भुक्तानी रोकिएको हो । टाटा र एयरटेलले नेपालका आईएसपीहरूलाई पत्र लेखेर समयमै भुक्तानी नगरे ब्यान्डविथ रोक्न चेतावनी दिएका छन्।

    तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महालेखा परीक्षकको कार्यालयले औंल्याएअनुसार आइएसपीहरूले सन् २०१८/१९ देखिको बक्यौता नतिरेसम्म डलरमा भुक्तानी गर्न सिफारिस नगर्ने बताएको छ ।

    भारतीय कम्पनीहरुले ३० दिनको अल्टिमेटम दिएर नेपाली आईएसपीहरुलाई फागुन ९ गते पत्र पठाएका थिए । उनीहरूले ३० दिनपछि बिना सूचना सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्, जसले नेपाली आईएसपीहरूलाई चिन्तित बनाएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङले आज दिउँसो औपचारिक भेटवार्ता सुरु गर्ने

    नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज दिउँसो औपचारिक वार्ता सुरु गर्ने भएका छन् ।

    चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा खड्काबीच शनिबार दिउँसो ३ः३० देखि ३ः४५ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा वान टु वान भेटवार्ता हुनेछ ।त्यसपछि साँझ ५:१५ देखि ५:३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा एमओयूमा हस्ताक्षर हुनेछ ।

    केरुङ–काठमाडौं रेलमार्ग, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे–केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन तथा परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनमा विकसित घाँस निकासी र भरतपुर अस्पताललाई चिनियाँ सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

    प्रतिनिधिमण्डलस्तरीय वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमि सुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन् । बैठकमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी हुनेछन् ।

    प्रधानमन्त्रीसँग बालुवाटारमा भेटघाट
    परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम तय भएको छ ।उनले प्रधानमन्त्री देउवासँग साँझ ५ः४५ देखि ६ः१५ बजेसम्म शिष्टाचार भेट गर्नेछन् ।

    प्रधानमन्त्री देउवाको उपस्थितिमा तत्कालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न घोषणा गरिनेछ । पोखरा विमानस्थल चिनियाँ सहयोगमा निर्माण भएको हो ।

    परराष्ट्रमन्त्री खड्काले शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रिभोज आयोजना गर्नेछन् ।

    आइतबार
    चिनियाँ विदेशमन्त्रीले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

    स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिहान ११ः१० बजेदेखि ११ः४० हयात होटलमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले प्रचण्डलाई होटल हायातमा ११ः४५ देखि १२ः१५ बजे भेट्ने कार्यक्रम छ ।

    तीन दिनको नेपाल बसाइपछि चिनियाँ विदेशमन्त्री आइतबार दिउँसो ३ बजे बेइजिङ जाने कार्यक्रम छ ।

    विदेशी स्रोतका अनुसार विदेशमन्त्री वाङको नेतृत्वमा रहेको २५ सदस्यीय प्रतिनिधिमण्डलमा दुई चिनियाँ सहायक मन्त्री र उच्च सरकारी अधिकारीहरु रहेका छन् । उच्चस्तरीय बैठकमा नेपालका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहने छ।

    चितवन कांग्रेसले भनेर केहि हुँदैन:गठबन्धन केन्द्रबाटै हुन्छ -प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताउनुभएको छ ।

    आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै तीन तहकै चुनावमा गठबन्धन हुने बताउनुभएको हो ।

    चितवन कांग्रेसले गठबन्धन नगर्ने भनेको छ नि भन्ने पत्रकारहरुको प्रश्नमा, चितवन कांग्रेसले भनेर केहि हुँदैन,गठबन्धन केन्द्रबाटै हुन्छ भन्ने जवाफ दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन पुग्नु भएको छ ।

    डलर र युरोको विश्वसनीयता नष्ट भएको छ – पुटिन

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश विरुद्ध पश्चिमी प्रतिबन्धले दुई प्रमुख पश्चिमी मुद्राहरू यूरो र डलरको विश्वसनीयतालाई नष्ट गरेको बताएका छन् ।

    युक्रेनमा जारी सैन्य आक्रमणको जवाफमा मस्कोमाथि व्यापक प्रतिबन्ध लगाउन धेरै अमेरिकी सहयोगीहरू एकसाथ सामेल भएपछि रुसी राष्ट्रपति पुटिनले अब यूरोप र अमेरिकालाई समान बेच्दा डलर र यूरोको प्रयोग गर्नुको अर्थ नरहेको बताएका छन्। साथै उनले अब रुसले आफ्ना विरोधि राष्ट्रहरुसंगको व्यापारमा रुसी मुद्रा रुबलको प्रयोग गर्ने पनि बताएका छन्।

    “पछिल्ला केही हप्ताहरूमा, तपाईलाई थाहा छ, धेरै पश्चिमी देशहरूले रूसी सम्पत्ति फ्रिज गर्ने गैरकानूनी निर्णयहरू अपनाए,” पुटिनले भिडियो लिङ्क मार्फत आयोजित सरकारी बैठकमा उल्लेख गरे। पश्चिमले वास्तविक रूपमा आफ्नो मुद्राको विश्वसनीयतालाई नष्ट गरेको उनले बताएका छन्।

    बलिउड अभिनेता सलमान खान जेठ १४ मा नेपाल आउने

    ओडीसी इन्टरटेनमेन्टले नेपालमा कन्सर्टका लागि बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् ।

    आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता खानसँग भर्चुअल छलफल गर्नेछन् ।

    यस अगाडी सलमानको नेपाल कन्सर्ट अन्तिम समयमा क्यान्सिल भएपछि यसपटक सम्पूर्ण तयारी गरेर मात्र प्रचारप्रसारमा जाने तयारीमा टिम रहेको छ ।

    बागलुङमा विद्यालय हिँडेका दुई किशोर बेपत्ता

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् ।

    चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।

    बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो । आइतबार बिहान घरबाट विद्यालय हिँडेका किशोर विद्यालय नपुगी सम्पर्कविहीन भएको पाइएको छ । ती किशोरलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।

    परिवारले किशोरहरुलाई खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई सो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

    बागमती प्रदेशसभा बैठक आज बस्दै

    बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । लामो समयदेखि एमालेको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक गत फागुन २९ र ३० गते बसेको थियो ।

    फागुन २९ गतेको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएका विषयमा जवाफ दिएपछि सदन चलेको थियो ।

    गत पुस ८ गतेदेखि एमालेले अवरोध गर्दै आएको सदन फागुन २९ मा खुलेको थियो । एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर ठूलो मन्त्रिमण्डल बनाएको, अघिल्ला सरकारका गौरवका योजनाहरू कटौती गरेको, योजना विहीन रूपमा रकमान्तर गरेको, मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी नबनेको स्थानमा बजेट दिन्न भन्ने अभिव्यक्ति प्रति एमालेले आपत्ति जनाउँदै सरकारको जवाफ माग सदन अवरुद्ध पार्दै आएको थियो ।

    विगतका सरकारले ल्याएका योजनाहरू यथावत् रूपमा सञ्चालन गर्नुपर्ने र आफ्ना मागका सम्बन्धमा सरकारको उचित जवाफ नआएसम्म एमाले सदन चल्न नदिने बताउँदै सदन अवरोध गर्दै आएको थियो ।

    उक्त विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ दिँदै प्रमुख प्रतिपक्ष दल एमाले र अन्य दलहरूसँग सहकार्य गरेर जाने अभिव्यक्ति दिएपछि सदनमा अवरोध गरेको थियो ।

    करिब ३ महिनासम्म एमालेको अवरोध खेपेको प्रदेशसभा बैठकको गत २९ र ३० मा गरी २ दिन चलेको सदनमा २ वटा ऐन संशोधनका विधेयक, एक नयाँ विधेयक पेस भएको थियो भने २ वटा विधेयक पारित भएको थियो ।

    बाँकेमा रेडपाण्डाको छालासहित चार जना पक्राउ

    प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नम्वर ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ ।

    पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१० बमोजिमको रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताउनुभयो ।

    यसैबीच, प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–९ का प्रवीण विष्ट र वडा नं ७ का राजबहादुर कार्की रहेका छन् ।

    नेपाल आइडल सिजन ४ को बिजेता बने भूपेन्द्र थापा मगर

    गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

    उपाधिसँगै भूपेन्द्रले ट्रफी र ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । नेपाल आइडल सिजन(४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।

    झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए ।

    एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान यो सिजनमा निर्णायकको रुपमा थिए ।

    लुम्बिनी प्रदेशकी मन्त्री रायमाझीलाई पदमुक्त गर्न माग

    चैत ६, बुटवल । आफ्नै पार्टीबाट मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई फिर्ता बोलाउन माग गर्दै जनता समाजवादी पार्टीकी एक महिला नेतृले निवेदन दिएकी छन् ।

    निवेदनमा उनले रायमाझीलाई सांसदबाटसमेत पदमुक्त गर्न माग गरेकी छन् । मन्त्रीबाट फिर्ता बोलाउन माग गरेसँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

    प्रदेशमा देखिएको विवादका कारण जसपाका दुई खेमाका नेता आपसमा टाढिएका छन् । कुलप्रसाद केसीको नेतृत्वमा गठन भएको वर्तमान सरकारमा जसपाबाट सुमन शर्मा रायमाझी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त भएकी थिइन् ।

    तर, अहिले भने जसपाकी नेतृ रुपा थापा क्षेत्रीले रायमाझीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरी आफ्नो नाम समावेश गर्न माग गरेकी छन् । लुम्बिनी प्रदेशसभाको समानुपातिकको बन्दसूचीमा आफ्नो नाम रहेको र सर्वोच्च अदालतको आदेशपछि पनि रायमाझीलाई पदमुक्त नगरिएको भन्दै थापाले उनलाई पदमुक्त गर्न र आफ्नो नाम प्रदेशसभा सदस्यमा समावेश गर्न माग गरेकी छन् ।

    लुम्बिनी प्रदेशसभा सचिवालय, जनता समाजवादी पार्टी नेपाल र निर्वाचन आयोगमा समेत निवेदन दिएकी थापाले रायमाझीको स्थानमा आफूलाई समावेश गर्न माग गरेकी हुन् ।

    बैतडीमा कोरोना संक्रमण शून्य

    जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उहाँले बताउनुभयो ।

    जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

    सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।

    सर्लाही खण्डको चारकोसे झाडीमा ५ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

    सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखी लगातार डढेलो लागिरहेको छ ।

    हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेको छ ।

    हावाहुरी र सुक्खा मौसम भएकाले डढेलो अहिलेसम्म निभाउन नसकिएको हो । हिउँदयाम सुरु भएसँगै यस क्षेत्रको जङ्गलमा बर्सेनी डढेलो लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।

    डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलो निभाउन कुनै पूर्वतयारी गरेका छैनन् ।

    डढेलो निभाउनका लागि पूर्वतयारी नहुँदा हिउँद महिनामा धेरै वनजङ्गलमा क्षति पुग्ने बिहानी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष दिनेशराज थापाले बताउनुभयो ।

    सुक्खा मौसममा लाग्ने डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायत जैविक विविधता तथा पर्यावरणीयमा समेत क्षति पु¥याउने गरेको विज्ञहरूको भनाइ छ ।

    नेपालमा क्रिप्टो, अनलाइन,हाइपर,जुवाका वेबसाइट र एप नचल्ने

    नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट ननचल्ने भएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो ।

    अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।

    आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।

    राजस्व विभागद्धारा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनाविरुद्ध १० करोड रुपैयाँको मुद्दा

    क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

    क्रिप्टोकरेन्सीका विभिन्न माध्यमहरू बाइनान्स, एडीभी क्यास, क्वाइन बेस, पाक्सफुल लगायतका एपमार्फत नेपाल सरकारले गैरकानुनी मानेका क्रियाकलाप र कारोबार गरेको आरोपमा मोरङको रतुवामाईका पुस्कर श्रेष्ठ र रतुवामाईकै विनिता लिम्बुविरुद्ध नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ जरिबाना माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    क्रिप्टोमा लगानी गर्ने क्रममा पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी सात करोड ५७ लाख र विनिता लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ ।

    सरकारले नेपालमा क्रिप्टोकरेन्सी र कुनै पनि किसिमका डिजिटल मुद्रालाई कानुनी मान्यता दिएको छैन ।

    आज देशभर ३ सय ८५ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

    पीसीआर र एन्टीजेन गरी आठ हजार नौ सय ३३ जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८५ जना निको भएका छन् । थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४५ जना पुगेको छ।

    यसैबीच पछिल्लो २४ घण्टामा ३७ हजार एक सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    नेपालमा अहिलेसम्म एक करोड ८५ लाख २२ हजार पाँच सय ९५ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । तीमध्ये एक करोड ७६ लाख ८१ हजार ४३ जनाले पूर्णमात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९० प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

    सामाजिक सञ्जालको दुरूपयोग गरे कारबार्ही गर्ने साइबर ब्यूरोको चेतावनी

    सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले आग्रह गरेको छ ।

    शुक्रबार साइबर ब्यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

    यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

    माओवादी केन्द्रको बैठक फागुन २२ गतेसम्म स्थगित

    नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ ।

    आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा भएको हो ।

    पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो ।

    पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्थानीय चुनाव लगायतका विषयमा ब्रिफिङ गरेका गर्नुभएको छ ।

    आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।

    महाकवि लक्ष्मी प्रसाद देवकोटा

    तस्विर : कमल दिक्षीत

    जथाभावी उत्खनन् विषयमा अध्ययन गर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले देशभरका नदीनाला तथा खोलाहरूबाट जथाभावी रूपमा भइरहेको रोडाढुङ्गा तथा गिट्टी बालुवा उत्खनन्का विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    वातावरण कानून समाजका अध्यक्ष एवं अधिवक्ता पदमबहादुर श्रेष्ठले देशभरका नदीनालाबाट जथाभावी रूपमा गरिएको उत्खननले मानव जीवन, बस्ती र वातावरणमा प्रतिकूल असर गरेको भनी दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले देशभर नदी उत्खननका बारेमा अध्ययन गर्न बहालवाला सचिवको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न समेत आदेश जारी गरेको हो ।

    साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ विपरीत हुनेगरी उत्खनन नगर्न÷नगराउन भनी १७ साउन २०७८ मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिनसमेत आदेश दिएको छ ।

    आदिकवि भानुभक्त आचार्य

    शासन व्यवस्था सुधार्न सात योजना पेश गर्न सरकारको निर्देशन

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मातहत निकायलाई विभिन्न सात योजना पेश गर्न निर्देश गरेको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुधार गर्न भन्दै योजना पेश गर्न सरकारले निर्देशन दिएको हो । सरकारलाई विकास योजना तथा नीति तर्जुमा सल्लाह दिने उपल्लो निकाय राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम (बजेट) मा शासन प्रणालीका क्षेत्रमा समावेश गर्नुपर्ने ७ विषयवस्तुहरु निर्धारण गरेको हो ।

    ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ सहित सदाचारयुक्त समाजको निर्माण लक्ष्यलाई शासन व्यवस्थासम्बन्धी कार्यक्रममा मुख्य महत्व दिन आयोगले निर्देश गरेको छ । यस्तो समाज निर्माण गर्न कार्यरत निकायलाई सक्षम, सबल र जवाफदेही बनाउने कार्यक्रम प्रस्ताव गर्न आयोगले भनेको छ ।

    शहरी क्षेत्रमा हुने सम्भावित अशान्ति हटाउने खालका कार्यक्रम प्रस्ताव गर्न पनि आयोगले निर्देशन दिएको छ ।

    समग्र शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न एवम् शहरी क्षेत्रमा हुने सम्भावित अशान्ति तथा द्वन्द्व आंकलन गर्न सुरक्षा निकायको सुदृढीकरण गर्ने तथा तहगत समन्वयलाई प्रभावकारी बनाउने कार्यक्रम प्रस्ताव गर्न आयोगले निर्देशन दिएको हो ।

    एमसीसी सम्झौताविरुद्ध वामपन्थी दलहरुको प्रर्दशन

    एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले आज राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् ।

    विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।

    त्यस्तै, फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।

    सत्ता गठबन्धन चुनावसम्म जाने निश्चित : प्रचण्ड

    सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउनुभएको छ ।

    प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताउनुभएको हो ।

    पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताउनुभयो ।

    सार्वजनिक लेखा समितिको प्रतिवेदन पारित

    प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ ।

    सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो ।

    समितिको बैठकपछि बोल्दै समितिका सचिव डा। रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिनुभयो ।

    सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि बताउनुभयो ।

    यसअघिफास्ट ट्रयाकसम्बन्धीको प्रतिवेदनमाथि नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो । अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको छ ।

    नेकपा माओवादीको केन्द्रीय समिति बैठक सुरु

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
    पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक ढिलोगरि सुरु भएको हो ।

    बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् ।

    गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो बैठकमा एमसीसीबाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

    दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण उच्च

    दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । त्यसपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

    कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना सङ्क्रमण भएको थियो । ओमिक्रोन भेरियन्टको सङ्क्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ ।

    यहाँ ५९ हजार २६९ जनामा कोरोना सङ्क्रमण भएको थियो । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ सङ्क्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ रहेका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ ।

    कोरोना सङ्क्रमणको कारण थप १८६ मृत्युको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु भएका कूल मृतकको संख्या ८ हजार ५८० पुगेको छ । कुल मृत्यु दर ०.२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

    देशले कुल जनसंख्याको ८७.४ प्रतिशतलाई कोभिड–१९ खोप लगाएका छन् । पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन् ।

    इन्धन बिक्री रोक्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णय

    देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् ।

    नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

    बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो ।

    व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताउनुभयो ।

    काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ ।

    खप्तड गोल्डकपमा आज एनआरटी र बागमती भिड्दै

    सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार एक खेल हुँदैछ ।

    धनगढी रंगशालामा हुने खेलमा बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

    ए डिभिजन क्लब एनआरटी आज मोफसलको टोली बागमतीलाई हराउँदै क्वाटरफाइनलमा पुग्न चाहन्छ । बागमती पनि एनआरटीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

    प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।
    आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

    महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन भयो : यादव

    माओवादी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले बताउनु भएको छ ।

    केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताउनुभएको हो ।

    लुटपाटमा संलग्न आठजना पक्राउ

    नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन् ।

    पक्राउ परेका उनीहरुले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउण्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए ।

    पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ ।

    काठमाडौं मेडिकल कलेजमा तालाबन्दी,भोली बाट विद्यार्थीको रिले अनसन

    विद्यार्थीहरुले अतिरिक्त शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।अतिरिक्त शुल्क उठाउन बन्द गर्नु पर्ने भन्दै कलेज प्रशासनलाई पटकपटक आग्रह गर्दापनि अतिरीक्त शुल्क लिन बन्द नगरेपछी आज विद्यार्थीहरुले कलेजमा तालाबन्दी गर्न वाध्य भएको बताएका छन् । कलेजले प्रती विद्यार्थी २० लाखसम्म अतिरिक्त शुल्क असुल्ने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ ।

    केही विद्यार्थीहरुले दवाबमा आएर अतिरिक्त शुल्क तिरेका र अतिरिक्त शुल्क तिरेका विद्यार्थीलाई छुट्टै राखेर कक्षा संचालन गरेको कलेज प्रशासनले विद्यार्थीहरुलाई अतिरिक्त शुल्क बुझाउन चर्को दवाब दिंदै आएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले भोली बाट कलेज परिसरमा रिले अनसन बस्ने पनि जानकारी गरएका छन् ।

    यसैबिच आज गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनहरुलाई अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरुलाई कारबाही गर्न निर्देशन जारी गरेको छ ।

    सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

    सीके राउतका कार्यकर्ताहरुले मुढा तेर्साएर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेपछी सडक खुलाउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

    झडपमा ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । झडपमा रबरको गोली लागेर ३ जना प्रदर्शनकारीहरु पनि घाइते भएका छन् ।

    प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेपनि स्थिती नियन्त्रणमा आउन सकेको छैन । अहिले गदार चोक तनावग्रस्त बनेको छ । राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा उत्रिएका छन् ।

    माथि देखाइएको तस्विर घटनाको वास्तविक तस्विर नभएर सांकेतिक तस्विर मात्र हो । तस्विर गुगल बाट सभार गरिएको छ ।

    चर्को शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन ।

    चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क माग्ने मेडिकल कलेजहरूलाई कारबाही गर्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

    गृह मन्त्रालयले जिल्लामा मेडिकल कलेजहरुले विद्यार्थीसंग चर्को शुल्क लिए- नलिएको अध्ययन गर्न र चर्को शुल्क लिने कलेजहरुलाई कारबाहीको दायरामा ल्याएर मन्त्रालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

    पछील्लो समय मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क लिने र शुल्क नतिरे पठनपाठन गर्न रोक लगाउने कार्य गर्दै आएको छ । केही दिन अगीमात्र बिराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका एमबीबीएसका विद्यार्थीहरुलाई कलेज प्रवेशमा रोक लगाएको थियो ।