अमेरिकी प्रतिबन्धको धम्कीपछि पछाडी हट्यो कोलम्बिया

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
gustavo petro and trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोगोटालाई निर्वासित आप्रवासी बोकेका अमेरिकी सैन्य विमानहरू फिर्ता पठाएकोमा कर र भिसा प्रतिबन्धको धम्की दिएको केही घण्टापछि कोलम्बिया संयुक्त राज्य अमेरिकासँगको आसन्न व्यापार युद्धबाट पछि हटेको छ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी आयातमा प्रतिशोधात्मक कर घोषणा गरेपछि र आप्रवासीहरूलाई स्वीकार नगर्ने बताएपछि अमेरिकाले कोलम्बिया माथि विभिन्न प्रतिबन्धको घोषणा गरेको थियो।

कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले अमेरिकाबाट निर्वासित नागरिकहरूलाई स्वीकार गर्ने बताएका हुन्।

ह्वाइट हाउसको एक विज्ञप्तिमा भनिएको छ कि कोलम्बियाले ट्रम्पका सबै सर्तहरूमा सहमति जनाएको छ, जसमा “संयुक्त राज्य अमेरिकाबाट फर्केका कोलम्बियाबाट सबै अवैध आप्रवासीहरूलाई स्वीकार गर्दै अमेरकि सैन्य जहाजलाई अवतरण गर्न दिनेछ ” ।

बोगोटाले प्रतिबन्ध बिना निर्वासित आप्रवासीहरूलाई स्वीकार गर्न सहमति जनाएपछि अमेरिकाले यस अघि लगाएको सबै प्रतिबन्ध फुकुवा गर्ने पनि जनाएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५