काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले तस्करबाट बरामद भएको १ क्विन्टल सुन ६१ केजीमा कसरी झर्यो भनेर प्रश्न गर्दै, सुन गायब पार्न खोजेको आशंका व्यक्त गरेका छन् ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान’ विषयक भेलालाई सम्बोधन गर्दै, सरकारले छानबिन आयोग नबनाउँदा एक सय केजी सुन ६१ केजीमा झरेको र सोहि मक्सदका साथ सरकारले उच्चस्तरीय छानबिन आयोग गठन नगरेको उनले बताएका छन्।
‘प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म सुन कति केजीमा झर्ने हो ?,’ ओलीले भने ।
अध्यक्ष ओलीले अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गर्दै सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्ने कुराको खोजी गर्नुपर्ने पनि बताएका छन् । सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन आयोग गठन नगरेकै कारण एमालेले संघीय संसदको दुवै सदन अवरोध गर्दै आएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्