यू-१९ विश्‍वकप छनोटको तयारीका लागि क्यान युथ कप हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ माघ २०८१, शुक्रबार ०७:००
icc world cup asia qualifier

काठमाडौं – आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले युथ कपको आयोजना गर्ने भएको छ ।

आगामी माघ १५ देखि २२ सम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा युथ कप हुनेछ । यसका लागि प्रारम्भिक रूपमा क्लोज क्याम्पमा समावेश भएका यू-१९ का ३६ खेलाडीहरूलाई तीन टोलीमा समावेश गरिनेछ ।

तीन टोलीहरूलाई नेपाल यू-१९ रातो, नेपाल यू-१९ हरियो र नेपाल यू-१९ निलो नाम दिइएको छ । यिनै टोलीहरूको बीचमा डबल राउण्ड रोबिन लिग खेलाइनेछ ।

यु-१९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ । नेपाल सहित अफगानिस्तान, ओमान, यूएई र हङकङको सहभागिता रहने छनोटको शीर्ष स्थानमा रहने टोली २०२६ मा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

प्रथम चरणमा छनोट गरिएका यु-१९ पुरुष खेलाडीहरूमा अभिषेक तिवारी, दिलसाद अलि, सोहेल कुँवर, नरेन भट्ट, सुर्यान्सु कोइराला, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरज कुमार यादव, अफ्रुदीन रेन, सौजन प्रसाद घिमिरे, दीपक सेरला, युवराज खत्री, आशिस लुहार, सचिन भट्ट, रुहुल हक, चन्दन राम, कृतिक कामत, विपिन प्रसाद शर्मा, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, रोहित चन्द, सुदिप अर्याल, दर्श सोनार, क्षितिज थापा मगर, अमर मिश्र, भोपाल दंगाल, अशोक धामी, नितिस पटेल, आसिक राना मगर र नितेश कुमार छन् ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५