मधेश प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीको ताला

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2022
janamat party

मधेश प्रदेश सरकारको कृषि मन्त्रालयले किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा ताला लगाइदिएका छन्।

बुधबार जनकपुरधाममा प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताहरु कृषि मन्त्रीलाई कारवाही गर्ने भन्दै मन्त्रालय पुगेका थिए। तर मन्त्रीलाई नदेखेपछि उनीहरुले मन्त्रालयमा नै तालाबन्दी गरिदिएका हुन् ।कृषकहरुलाई दिइएको योजनामा, मन्त्री र कर्मचारीलाई कमिसन नदिएको भन्दै भुक्तानी रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिका हुन्।

उनीहरुले, कृषकको युजनामा भएको भ्रष्टाचारमाथि छानबिन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने लगायतका मागहरु राख्दै प्रदर्शन गरेका हुन्। यसै विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जनमत पार्टीले, सरकारले यसमा यथाशिघ्र पहल नगरेमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने र मन्त्रीहरुलाई जनकारवाही हुने चेतावनी समेत दिएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५