वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका श्रमिकसँग बढी शुल्क लिएको भन्दै बत्तिसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ।
निशुल्क रुपमा मलेसिया पठाउन विभागबाट पूर्व श्रम स्वीकृति लिएको म्यानपावरले श्रमिकहरुबाट साढे २ लाख रुपैयाँसम्म उठाएको उजुरीपछि विभागले बुधबार साँझ छापा मारेको हो।
म्यानपावर कम्पनीका सञ्चालक राजेश यादवले आफुले श्रमिकहरुसंग बढी रकम लिएको स्वीकार समेत गरेका छन्। सरकारले तोकेभन्दा बढी सेवा शुल्क लिएमा म्यानपावर सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ५३ अनुसार कारबाही गरिने कानुनी व्यवस्था रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्