आगामी निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ भने, न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको छ।
यसअघि न्याय परिषद् तथा न्याय सेवा आयोगले सरकारलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सिफारिस गरेको थियो भने सोहि आधारमा आज निर्वाचन आयोगले उनीहरुलाई नियुक्त गरेको हो।
न्याय परिषद् तथा न्याय सेवा आयोगले जगेडा सहितका ९४ जना जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत , न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत र २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस्