भूमिगत पार्किङका पसल हटाउँदै काठमाडौं महानगरपालिका

  • नेपाल राष्ट्रिय दैनिक
  • August 22, 2022
तस्बिर काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङबाट पसल हटाउने कार्यको थालनी गरेको छ ।

सोमबार, महानगरका मेयर बलेन्द्र शाहसहितको टोलीले बानेश्वर कम्प्लेक्स पुगेर भूमिगत पार्किङबाट पसल हटाएको छ ।

३५ दिनअघि महानगरले सार्वजनिक सूचना जारी गर्दै नक्सामा जुन प्रयोजनका लागि निर्माण गरिएको हो सोहीअनुसार प्रयोग नगरेको पाइएमा संरचना हटाउने बताएको थियो । १० हजार स्क्वायर फिटको संरचना निर्माण गर्दा नक्सामा बेसमेन्ट पार्किङ अनिवार्य गरिएको भवन विभागका प्रमुख सुरज शाक्यले बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले बर्सेनि १० हजार स्क्वायर फिटभन्दा बढीका सयभन्दा बढी भवनको नक्सा पास गर्ने गरेको पनि शाक्यले बताउनुभएको छ ।

१० हजार स्क्वायर फिटभन्दा बढीका ती संरचनाहरूमा बेसमेन्ट पार्किङ आवश्यक छ,तर निर्माण सम्पन्न गरिसकेपछि त्यस्ता संरचनाहरु अन्य प्रयोजनका लागि प्रयोग भइरहेको महानगरले जनाएको छ। महानगरपालिकाले यस्ता संरचनाको नियमित अनुगमन गर्ने र भूमिगत पार्किङ रहनु पर्ने स्थानमा संचालन गरिएको त्यस्ता पसलहरु हटाउने जनाएको छ ।

तस्विर :काठमाडौँ महानगरपालिका

https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%a5%e0%a5%81%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५