अमेरिकासँगको तनावबीच चीनले सुरु गर्यो सैन्य अभ्यास

  • नेपाल राष्ट्रिय दैनिक
  • July 31, 2022
china army

अमेरिकी सांसद न्यान्सी पेलोसीले आफ्नो विवादास्पद एसिया भ्रमण सुरु गरेपछि बेइजिङले ताइवान नजिक आफ्नो सैन्य अभ्यास सुरु गरेको छ।

चीनको जनमुक्ति सेना (पीएलए) ले मुख्य भूमि र ताइवानको बीचमा रहेको फुजियान प्रान्तको तटमा सैन्य अभ्यास सुरु गरेको छ। स्वशासित टापुको विषयमा वाशिंगटनसँग बढ्दो तनावको बीचमा चीनले सार्वजनिक रूपमा सैन्य अभ्यासको घोषणा गरेको हो।

शनिबार बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म फुजियानको तटमा रहेको पिङटान टापुहरू नजिक उक्त सैन्य अभ्यास गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई टेलिफोनमा बेइजिङले ताइवानसँगको चीनको व्यवहारमा “बाह्य हस्तक्षेप” सहन नसक्ने चेतावनी समेत दिएको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५