हाल देशभर डेंगु महामारीको रुपमा फैलिएको छ। डेंगी संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। डेंगुले महामारीको रुप लिइसक्दा पनि यसको नियन्त्रण र रोकथामको लागि सरकारले कुनै पनि किसिमको प्राभावकारी कदम चाल्न सकेको छैन।
हालसम्म देशभर डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको छ भने ३८ जनाको मृत्यु भैसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ५४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।
बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९ सय ७५ जनामा डेङ्गुको संक्रमण देखिएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ३१२५ , सुदूरपश्चिममा ५५०, गण्डकी प्रदेशमा ६७७ , मधेशमा ४१३ , कर्णाली प्रदेशमा २३८ र प्रदेश १ मा ८२९ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।
जनहीतमा जारी सन्देश :
साँझपाख घर बाहीर नबसौं। घर बाहिर बस्दा लामो बाउला भएको लुगा लगाउँ। घर वरपर पानि जम्ने खाल्डाखुल्डी भए पुरौँ र घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरौँ। सुत्दा झुलको प्रयोग गरौँ।
आफ्नो प्रतिक्रिया दिनुहोस्