निर्वाचन आयोगले विभिन्न जिल्लाहरुमा गरेको नमुना मतदानमा ७७ प्रतिशतसम्म मत बदर भएको तथ्याङ्क सार्वजनिक गरेको छ। जिल्लाका निर्वाचन अधिकृत, न्यायाधीश, सरकारी कर्मचारी, सञ्चारकर्मी, दलका प्रतिनिधि र उम्मेदवार स्वयं मतदाता बनेका नमुना मतदानमै देखिएको बदर मतको तथ्याङ्क हेर्दा ३० गतेको मतदानमा धेरै नै मत बदर हुनसक्ने देखिन्छ।
स्थानिय तह निर्वाचनको लागि उम्मेदवारहरु घर- घर पुगेर आफ्नो लागि मतदान गर्न आग्रह गरे। तर मतदान कसरि गर्ने भनेर भने कमै मात्र उम्मेदवार र तिनका प्रतिनिधिलेले सिकाएको पाइयो। त्यसमा पनि शिक्षित वर्गलाई प्रतिनिधित्व गराएर लिइएको नमुना मतदानमै बदर मतको संख्या बढेको परिदृश्यमा पहिलो पटक मतदान गर्न लागेका नयाँ मतदाता र साक्षर मतदाताहरुको धेरै मत बदर हुने सम्भावाना बढेको छ।
दलका प्रतिनिधि र उम्मेदवारहरुले घर घर पुगेर मत मागेपनि मतदातालाई मतदान गर्ने तरिका नसिकाउनु र विगतको तुलनामा निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन नसक्दा मत बदरको जोखिम बढेको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस्