काठमाडौँका क्यासिनोलाई एक साताभित्र कर तिर्न महानगरको ताकेता

  • नेपाल राष्ट्रिय दैनिक
  • September 4, 2022
Kathmandu mahanagarpalika

काठमाडौं महानगरपालिकाले काठमाडौँको सात वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न ताकेता गर्दै पत्राचार गरेको छ ।

पटक-पटक ताकेता गर्दा पनि २०७५/७६ देखिको कर नतिरेको भन्दै महानगरको राजस्व विभागले एक साता भित्र जरिवाना सहित कर चुक्ता गर्न र उल्लेखित समयभित्र कर नबुझाएमा महानार्पालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरि रकम असुल-उपर गर्ने पत्रमा उल्लेख गरिएको छ।

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीद्वारा जारी गरिएको पत्रमा होटल म्यारियटको डेल्टीन क्यासिनो,होटल अन्नपूर्णको क्यासिनो प्यालेस, र्‍याडिसन होटेलको क्यासिनो र्‍याट , हायात होटलको प्राइड इन्टरटेन्टेन्मेन्ट एण्ड रिक्रिएशन, होटेल सोल्टीको माजोङ्ग,एलफ़्टको बालको र मल्ल होटलको बेली क्यासिनोलाई सात दिन भित्र कर चुक्ता गर्न निर्देशन दिइएको छ।

यसअघि काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, ईन्द्रचोक क्षेत्रमा मन्दिर तथा सम्पदा अतिक्रमित गरी संचालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

Kathmandu Metro politan letter to the Casino
https://nepalrastriyadainik.com/%e0%a5%a8%e0%a5%aa-%e0%a4%98%e0%a4%a3%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b0-%e0%a4%9a%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५