राजनीतिक अस्थिरताले अर्थतन्त्रमा असर : प्रधानमन्त्री ओली

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2025
kp

Prime Minister KP Sharma Oli addresses the consultation meeting with ministers and secretaries held to discuss the issues of acid attack victims, at his official residence in Baluwatar, Kathmandu, on Thursday, September 10, 2020. Photo: PM's secretariat/Rajan Kafle

काठमाडौँ — काठमाडौँमा आयोजीत नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको बताएका छन्।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा परेको प्रतिकूल असरबाट देशलाई सहि दिशा र लयमा फर्काउन,देशको व्यापार व्यावसायलाई गतिशील बनाउन र सन् २०२६ बाटै नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

नेपालले तीव्रताका साथ विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको समेत उनले बताएका छन् । तर पूर्वाधार नभई देशको विकास हुन नसक्ने भन्दै त्यसका लागि पनि सबैको पहल र साथ सहयोगको आवश्यकता रहेको इनले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५