अमेरिकी सेनाका प्यासिफिक कमान्डिंग जनरल नेपाल आउँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • June 8, 2022
us general charles

अमेरिकी सेनाका प्यासिफिक कमान्डिंग जनरल चार्ल्स ए फ्लिन भोलिदेखि चार दिने नेपाल भ्रमणमा आउने भएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइनसकेको बताउनुभएको छ। जनरल चार्ल्स ए फ्लिन अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने तय भएको छ ।

यस प्रकारको भ्रमणले नेपाली र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको क्षेत्रलाई थप प्रभावकारी बनाउने बताइएको छ। यधपी प्रधानमन्त्री शेरबहादुर र प्रधान सेनापतिको अमेरिका भ्रमण तय भइसकेको अवस्थामा जनरल फ्लिनको नेपाल भ्रमणलाई नेपाली राजनीतिमा चिन विरुद्ध अमेरिकी इन्डो प्यासेफिक स्ट्र्याटीजीको भूराजनितिक कडीको रुपमा विश्लेषण गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५