एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

  • नेपाल राष्ट्रिय दैनिक
  • August 17, 2023
sarwajanik lekha samiti

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको बैठक बहिस्कार गरेको छ । समितिको सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको हो ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बैठक बहिष्कार गर्ने घोषणा गरेका थिए ।ज्येष्ठ सदस्यको आधारमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले अध्यक्षता गरिरहेको समितिको सभापति चयन नभएसम्म बैठकमा नआउने एमालेले यसअघि नै जानकारी गराएको थियो ।

एमाले नेता गोकुल बाँस्कोटाले, सत्तारूढ गठबन्धनभित्र संसदीय समिति सभापतिको भागबन्डा नमिलेकाले सभापति चयनमा समस्या भएको र गठबन्धन सरकारले संसदीय समितिहरूलाई पंगु बनाएको बताएका छन्।

संसदीय समिति गठन भए पनि सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिलेको कारण सभापती चयन भने हुन सकेको छैन। समितिको बैठक सुरु हुनका लागि पनि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ र एमालेको उपस्थिति बिना समिति बैठक बस्ने सम्भावना न्यून छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५