जातीय हिंसाविरुद्ध काठमाडौँमा प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2023
jaat bywastha protest

जातीय विभेदका हिंसाजन्य घटना बढ्दै गएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले,जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको,दाङमा डेराबाट निकालिएको लगायतका श्रृंखलाबद्ध घटना जात व्यवस्थाका कारण घटेको भन्दै सो विरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले, अपराधीलाई कारवाही गर,मलाई विभेद स्वीकार्य छैन,षड्यन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावाद लगायतका प्लेकार्ड प्रदर्शन गर्दै जातीय विभेदका कारण भएका हिंसाजन्य घटनाका पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५