बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै लिज ट्रस

  • नेपाल राष्ट्रिय दैनिक
  • September 5, 2022
lizz truss british prime minister

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृ लिज ट्रस बेलायतको राजनीतिक इतिहासमा तेस्रो महिला प्रधानमन्त्री बन्ने भएकी छन्।

कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि सोमबार भएको आन्तरिक मतदानमा प्रतिद्वन्द्वी ऋषि सुनाकलाई पराजित गरेपछि ट्रस बेलायतको आगामी प्रधानमन्त्री बन्ने निश्चित बनेको छ। निर्वाचनमा ट्रसले ५७ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिद्वन्द्वी ऋषि सुनाकले ४२ प्रतिशत मत प्राप्त गरेका थिए।

पार्टीभित्रै विवादमा तानिएका बोरिस जोन्सनले गत जुलाइमा प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए। जोन्सनलाई प्रतिस्थापन गरेर कन्जरभेटिभ पार्टीको नेतृत्व र प्रधानमन्त्रीको पद सम्हाले पनि, जोनसनको नीतिहरूप्रति असन्तुष्ट भएकाहरूले ट्रसलाई जोन्सनकै राजनीतिक विरासतको उत्पादन भएको र कुनै नयाँ र अद्भुत परिवर्तनको अपेक्षा गर्न नसकिने टिप्पणी गरेका छन्।

बेलायतको राजनीतिक इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री हुनेछिन्। मार्ग्रेट थ्याचर सन् १९७५ देखि १९९० सम्म बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन भने,थेरेसा मे सन् २०१६ देखि २०१९ सम्म बेलायतको दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन्।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५