बेलायती पूर्व राजदूतलाई म्यानमारमा जेल सजाय

  • नेपाल राष्ट्रिय दैनिक
  • September 2, 2022
vicky bowman the ambassador activist res

म्यानमारका लागि बेलायतका पूर्व राजदूत र उनका श्रीमानलाई देशको सैनिक अधिकारीले एक वर्षको जेल सजाय सुनाएको छ ।

विक्की बोमन र उनको श्रीमान, पूर्व राजनीतिक बन्दी हटिन लिनलाई अध्यागमन कानुन उल्लङ्घन गरेको अभियोगमा म्यानमारको सैन्य अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। राजदुत दम्पतीलाई गत हप्ता याङ्गुनस्थित आफ्नै घरबाट पक्राउ गरिएको थियो। विक्की बोमनले सन् २००२ देखि २००६ सम्म म्यानमारमा राजदूतको रुपमा काम गरिन् ।

हटिन लिन एक कलाकार र पूर्व राजनीतिक कैदी हुन् जो अल बर्मा स्टुडेन्ट्स डेमोक्रेटिक फ्रन्ट, एक सशस्त्र प्रतिरोध समूहका सदस्य थिए जुन १९८८ मा सैन्य जन्टा विरुद्ध लोकप्रिय विद्यार्थी नेतृत्वको विद्रोह पछि गठन भएको थियो।

बेलायतले केहि समय अघि मात्र म्यानमारमा रोहिंग्या मुस्लिमहरूमाथिको घातक आक्रमणको कारण देखाउंदै, म्यानमारका सैन्य अधिकारीहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेपछि राजदुत दम्पतीलाई गिरफ्तारी गरिएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५