दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले ,उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम त्यागेमा ठूलो आर्थिक सहायता प्याकेज उपलब्ध गराउने भनि गरेको प्रस्तावको खण्डन गर्दै किम जोङ-उनकी बहिनीले उनलाई आफ्नो मुख बन्द गर्न र बकवास कुरा नगर्न चेतावनी दिएकि छिन्।
उत्तर कोरियाली नेता किम जोङ उनका भाइ र देशको सत्तारूढ दलका एक वरिष्ठ अधिकारी किम यो जोङले आफ्नो आणविक हतियार त्यागको बदलामा सियोलले गर्ने आर्थिक सहायताको प्रस्तावलाई बेतुकको सपना बताएका छन्।
किमले सरकारी सञ्चारमाध्यमले युन सुक येओलको प्रस्तावप्रति गरेको टिप्पणीमा आक्रोश प्रकट गर्दै,कसैले मकैको केकको लागि आफ्नो भाग्य नसाट्ने बताएकी छन्।
”बकवास कुरा गर्नु भन्दा उनको मुख बन्द गर्नु उनको छविको लागि उपयुक्त हुने थियो किनकि उनीसँग भन्नको लागि राम्रो केहि थिएन,” उनले भनिन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्