मनास्लुमा हिमपहिरो: हिमपहिरोमा फसेकाहरुको हेलिकप्टरबाट उद्दार गरिँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • September 26, 2022
manaslu camp

सोमबार मनास्लु हिमालको तेस्रो र चौथो बेस क्याम्पको बीचमा हिमपहिरो गएको छ ।

हिमपहिरो गएपछि अहिले हिमाल आरोहणको क्रममा फसेकाहरुलाई हेलिकप्टरबाट उद्दार कार्य जारी रहेको छ। उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर उत्तरी गोरखाको अन्तिम गाउँ सामागाउँ पुगेको छ। हिमपहिरोमा फसेकाहरुको उद्दार कार्य जारी रहेपनि आधार शिविरको मौसम सफा नभएकोले घाइतेहरुबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।

हिमपहिरो गएको क्षेत्रमा रहेका व्यक्तिहरुसंग सम्पर्क हुन नसकेकोले पनि पहिरोमा भएको मानविय क्षतिको बारेमा अहिलेनै केहि भन्न नसकिने पर्यटन विभागले जनाएको छ।निर्मल पुर्जाको इलिट एक्पिडिसनबाट गएका सबै आरोहीहरु भने सुरक्षित रहेको बताइएको छ ।

मनास्लु हिमाल आरोहण गर्न पर्यटन विभागले यस पटक ३८ वटा अरोहण दललाई अनुमति दिएको छ। आरोहण दलमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ आरोही रहेका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५