रुसको नयाँ सिमा निर्धारण: विधानसभामा सन्धि सम्झौता

  • नेपाल राष्ट्रिय दैनिक
  • October 2, 2022
russia putin

Russia Ukraine war

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभिएका चारवटा नयाँ क्षेत्रहरूलाई समाहित गर्दै चारवटा नयाँ सन्धि सम्झौता अनुमोदनका लागि विधान सभामा पेश गरेका छन्।

रुसको संवैधानिक अदालतले मान्यता दिएको उक्त सन्धि सम्झौता अनुसार युक्रेनका चारवटा भूभागहरुलाई रुसले आफ्नो भूभागको मान्यता दिएको छ। जनमतसंग्रह पछिको यो सन्धि सम्झौतासँगै अब युक्रेनका तत्कालिन ति चार क्षेत्रहरुको सिमाना रुसको युक्रेनसंगको सिमानाको रुपमा कायम हुनेछ।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्र र जापोरोज्ये र खेरसन क्षेत्रका प्रमुखहरूले रुससँग यी क्षेत्रहरू एकीकरण गर्ने सन्धिमा हस्ताक्षर गरेका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५