देउवाको उमेद्वारी विरुद्दको उजुरी खारेज

  • नेपाल राष्ट्रिय दैनिक
  • October 11, 2022
nirwachan

प्रतिनिधि सभा सदस्यको लागि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको मनोनयन विरुद्द परेको उजुरी निर्वाचन आयोगले खारेज गरेको छ।

निर्वाचन आयोगले देउवाको मनोनयन विरुद्द परेको उजुरी खारेज गरे संगै डेलधुरामा उनको उम्मेदवारी कायम रहने भएको छ । मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको र देउवाको मनोनयन विरुद्दको उजुरी कानुनसम्मत नदेखिएको भन्दै निर्वाचन आयोगले देउवाको उम्मेद्वारी कायम रहने जनाएको छ।

नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति रहेकोले उनको उम्मेदवारी रद्द हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५