स्वर्गीय महारानी एलिजाबेथ द्वितीय

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ भाद्र २०७९, शुक्रबार ०३:४७
queen elizabeth after her coronation ceremony

२ जुन १९५३ मा वेस्टमिन्स्टर एबे, लन्डनमा राज्याभिषेक समारोह पछि रानी एलिजाबेथ द्वितीय

बेलायतको सबैभन्दा लामो समय शासन गर्ने र इतिहासमा विश्वको सबैभन्दा लामो समय शासन गर्ने सम्राट मध्येकी एक महारानी एलिजाबेथको स्कटल्याण्डको बालमोरल क्यासलमा ९६ वर्षको उमेरमा निधन भएको छ ।

Crown Princess Elizabeth of Great Britain later Queen Elizabeth II with her pony at age 10
१० वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीय

उनको जन्म सेन्ट्रल लन्डनको मेफेयरमा , तत्कालीन ड्यूक र डचेस अफ योर्क (पछि राजा बनेका जर्ज छैठौं र रानी एलिजाबेथ) को सन्तानको रुपमा भएको थियो। एलिजाबेथको हजुरबुबा, राजा जर्ज पाँचौंको १९३६ मा मृत्यु हुनु र त्यही वर्ष उनका काका, राजा एडवर्ड आठौंले गद्दि त्याग गरेपछि राज सिंहासनको दाबेदारको रुपमा उनि दोस्रो पङ्क्तिमा थिइन ।

Princess Elizabeth and Prince Philip duke of Edinburgh wave to a crowd from the balcony of Buckingham Palace on November 20 1947 shortly after their wedding at Westminster Abbey
राजकुमारी एलिजाबेथ र प्रिन्स फिलिप, वेस्टमिन्स्टर एबेमा आफ्नो विवाहको लगत्तै नोभेम्बर २० १९४७ मा बकिंग्हम प्यालेसको बालकनीबाट भीडलाई हात हल्लाउँदै

सन् १९२६ मा जन्मिएकी एलिजाबेथ अलेक्जान्ड्रा मेरी, आफ्ना बुबा राजा जर्ज छैठौंको मृत्युपछि २५ वर्षको उमेरमा १९५२ मा बेलायतको सिंहासनमा आरोहण गरेकी थिइन्।

दोस्रो विश्वयुद्ध सुरु हुँदा एलिजाबेथ मात्र १३ वर्षकी थिइन् र उनलाई राजधानीबाट बाहिर निकालिएको थियो। १९४५ मा, १८ वर्षको उमेरमा, उनले युद्धको समयमा ब्रिटिश सेनाको महिला शाखा सहायक क्षेत्रीय सेवामा भर्ना भइन् र द्वन्द्वको अन्त्यसम्म सेवा गरिन्।

१९४७ मा, उनले ग्रीस र डेनमार्कका पूर्व राजकुमार फिलिप माउन्टबेटनसँग विवाह गरिन । रानी एलिजाबेथ र अप्रिल २०२१ मा ९९ वर्षको उमेरमा मृत्यु भएका उनका पति प्रिन्स फिलिपका चार छोराछोरी छन्: चार्ल्स:प्रिन्स अफ वेल्स, एनी: राजकुमारी रोयल, प्रिन्स एन्ड्र्यू: ड्यूक अफ योर्क, र प्रिन्स एडवर्ड: अर्ल अफ वेसेक्स । उनीहरुका आठ नातिनातिना छन् ।

Princess Elizabeth standing by an Auxiliary Territorial Service first aid truck wearing an officers uniform in 1945
राजकुमारी एलिजाबेथ, १९४५ मा सहायक क्षेत्रीय सेवामा भर्ना भएपछी

जुन २, १९५३ मा उनको राज्याभिषेकलाई बेलायतमा मात्र २७ मिलियन मानिसले हेरेको र देशमा टेलिभिजनको लोकप्रियता बढाउनमा महत्वपूर्ण भूमिका खेलेको मानिएको थियो। कार्यक्रमले मात्र बेलायतमा टिभी लाइसेन्सको संख्या ३० लाख पुगेको थियो । टिभीमा राज्याभिषेक देखाइएको बेलायतको इतिहासमा त्यो नै पहिलो पटक थियो।

उनको बुबाको मृत्यु पछि, एलिजाबेथ बेलायतको मात्र नभई अन्य छ वटा अन्य स्वतन्त्र कमनवेल्थ देशहरू: क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान र सिलोन (श्रीलंका) को प्रमुख बनिन् । जब उनले बेलायती साम्राज्यको उत्तराधिकार प्राप्त गरिन त्यो समयमा पनि बेलायतले ७० वटा राष्ट्रहरुमा शाशन गरिरहेको थियो। मृत्यु अघिसम्म पनि उनि यूके सहित १५ राष्ट्रहरूको लागि राज्य प्रमुख थिइन्।

Queen Elizabeth II sits astride her horse Burmese as she makes her way from Buckingham Palace during the Trooping the Colour ceremony in London UK on June 12 1971
जुन १२, १९७१ मा लन्डनको ट्रुपिङ द कलर समारोहको क्रममा महारानी एलिजाबेथ द्वितीय आफ्नो घोडा, बर्मीज चढेर , बकिंग्हम प्यालेसबाट निस्किंदै

उनको शासनकालमा बेलायतको युरोपियन युनियन मा प्रवेश, युरोपियन युनियनबाट बाहिरिने र बेलायत भित्रको शक्तिको हस्तान्तरण र उत्तरी आयरल्याण्डको समस्या जस्ता प्रमुख राजनीतिक परिवर्तनहरू देखियो।

राज्यको प्रमुखको रूपमा, एलिजाबेथलाई बेलायतका १५ प्रधानमन्त्रीहरूले सेवा गरेका थिए। आफ्नो जीवनको सात दशकमा, महारानी एलिजाबेथको सरकार प्रमुखको रुपमा सबैभन्दा पहिलो प्रधानमन्त्री सर विन्स्टन चर्चिल र अन्तिम, लिज ट्रस रहेका थिए ।

https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%95%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%8f%e0%a4%b2%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%ac%e0%a5%87/
https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b2/
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५