सर्वोच्‍चको आदेशपछि काठमाडौँ महानगरले उठायो सिंहदरबारको फोहोर

  • नेपाल राष्ट्रिय दैनिक
  • April 24, 2023
sarwochha

वैशाख ११-काठमाडौँ — सर्वोच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले सिंहदरबारमा थुप्रिएको फोहोर उठाउन थालेको छ ।।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले गत वैशाख ८ गते काठमाडौँ महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्न निर्देशन दिएको थियो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले, संघीय सरकारले विकास निर्माणको काममा सहयोग र समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि प्रधानमन्त्री निवास, राष्ट्रपति निवास र सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५