सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको थुनछेक बहस हेर्दाहेर्दैमा

  • नेपाल राष्ट्रिय दैनिक
  • १० माघ २०८१, बिहीबार १९:००
rabi lamichhane

भैरहवा – रास्वपा सभापति लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

बिहीबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीले बताएको छ।

थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल, जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै इजलासमा प्रतिवाद समेत गरेका थिए।

बहसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए।

त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। शुक्रबार जाहेरावाला र प्रतिवादीको तर्फबाट बहस हुने बताइएको छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५