पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

  • नेपाल राष्ट्रिय दैनिक
  • September 17, 2023
Pashupatinath temple 777x437 1

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार किल्ला तोकेर सो स्थानहरुमा मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला कायम गर्दै सो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको बताएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५