रुसलाई क्रिमियासँग जोड्ने क्रिमियन ब्रिजमा विस्फोट भएको छ।
क्रिमियन ब्रिजमा भएको ट्रक विस्फोटमा तीन जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ ।
शनिबार बिहान क्रिमियन ब्रिजमा एउटा ट्रक विस्फोट हुँदा रेलवे लिकमा रहेका धेरै इन्धन ट्याङ्कीमा आगो लागेको थियो। सडक पुलको दुई स्प्यान भत्किएको र क्राइमियाबाट क्रास्नोडार क्षेत्रतर्फ जाने एकतर्फी लेन भने सुरक्षित रहेको बताइएको छ। पुलको सडक र रेलवे भागमा भने यातायात ठप्प रहेको छ। रुसी सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।
यता रुसले भने उक्त घटनाले युद्दलाई थप आक्रामक बनाएको संकेत गरेको छ। रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले,क्रिमियन ब्रिजमा भएको विस्फोटको घटनाप्रति युक्रेनको प्रतिक्रियाले किभ शासनको आतंकवादी प्रकृतिलाई उजागर गरेको बताएकी छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्