मतपत्रमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै निर्वाचन चिह्न राखिने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 21, 2022
nirwachan aayog

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै निर्वाचन चिह्न राखिने निर्वाचन आयोगले जनाएको छ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो ।

आयोगले उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न मात्र समावेश गरेर मतपत्र छापिने जनाएको छ। स्थानिय तहको निर्वाचनमा दर्ता भएका दल र स्वतन्त्र उम्मेदवारको लागि समेत निर्वाचन चिह्न राखेर मतपत्र छाप्दा धेरै मत बदर भएकोले आगामी निर्वाचनमा उम्मेद्वारी दिने उम्मेदवारको चिन्ह मात्रै राखेर मतपत्र छापिने आयोगले बताएको छ।

आगामी निर्वाचनका लागि चार वटा अलग अलग मतपत्र, मतसंकेत गर्ने स्थान र मतपेटिकाको व्यवस्था गरिने आयोगले जानकारी दिएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५