भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज

  • नेपाल राष्ट्रिय दैनिक
  • March 24, 2023
rahul gandhi

नयाँ दिल्ली, चैत्र १० : भारतको संसदले शुक्रबार विपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामसँग जोडिएको मानहानि मुद्दामा अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएपछि संसदले उनको पद खारेज गरेको हो।

गान्धीले सन् २०१९ को आफ्नो एक भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जोडेर “किन सबै चोरको थर मोदी” हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए, भने सोहि विषयलाई लिएर उनि विरुद्ध मानहानिको मुद्दा दायर गरिएको थियो।

यता, कांग्रेसका नेताहरूले भने आफूहरू उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा रहेको र यो लडाइ कानुनी र राजनीतिक दुवै रूपमा लड्ने बताएका छन् ।कांग्रेस पार्टीका सदस्यहरूले गान्धीको सजायको बिरूद्ध देशका केही भागहरूमा विरोध प्रदर्शन समेत गरेका छन् ।

कांग्रेस पार्टीका पदाधिकारीहरूले यो फैसला राजनीतिक रूपमा प्रेरित रहेको भन्दै मोदी सरकार र उनको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई आरोप लगाएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५