चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • १३ चैत्र २०७८, आईतवार १५:३०
wang1111111111111

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुभएको छ ।

२५ सदस्यीय प्रतिनिधिमण्डल लिएर शुक्रबार काठमाडौं आएका वाङ आज स्वदेश फर्किनुभएको हो ।

शनिबार बिहान उनले नेपाली समकक्षी डा नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री यीले शनिबार परराष्ट्र मन्त्रालयमा सिंहदरबारमा नेपाल र चीनबीच नौ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उनले शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

वाङले आज एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५