वडा स्तरिय महिला विकास समिति भरतपुर १९ को १० दिने उद्घोषण तालिम सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • September 20, 2022
bharatpur 19

वडा स्तरिय महिला विकास समिति भरतपुर १९ ले आयोजना गरेको १० दिने उद्घोषण तालिम आज समापन भएको छ।

महिला सशक्तिकरणमा हाम्रो प्रयास सामाजिक विकासको मूल आधार भन्ने नाराका साथ भरतपुर महानगरपालिका वडा न १९ को समन्वयमा, वडा स्तरिय महिला विकास समिति भरतपुर १९ ले आयोजना गरेको उक्त तालिममा ५७ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो। भाद्र २६ गतेदेखि सञ्चालित उक्त कार्यक्रममा वडा न १९ र आसपासका १९ वटा टोल विकास सँस्थाका महिला दिदीबहिनीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

307709802 2517451445071637 248500571717915572 n 1

कार्यक्रमकी सभापति,वडा स्तरिय महिला विकास समिति भरतपुर १९ कि अध्यक्ष निरा गुरुंङले, वडामा रहेको महिला दिदीबहिनीहरुको बोल्ने कला र व्यक्तित्व विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमहरुले, घरको चुलो चौकामा मात्र सिमित महिला दिदीबहिनीहरुलाई सामाजिक विकासमा पनि अग्रसर हुन प्रेरणादायी भूमिका निभाउने विश्वाश व्यक्त गर्नुभएको थियो।

306942016 2517453841738064 5546599125257990427 n

कार्यक्रमका प्रमुख अतिथी वडा न १९ का अध्यक्ष प्रकाश तमाङ्गले, आफ्नो वडाका महिला दिदीबहिनीहरु हरेक कुरामा पुरुष सरह सक्षम रहेको भन्दै, वडाको तर्फबाट आगामी दिनमा पनि यस खाले सामाजिक तथा व्यक्तित्व विकास र अन्य सिपमुलक तालिमहरुको आयोजना गरिने बताउनुभएको छ। वडामा हुने र गरिने हरेक किसिमका विकास र सामाजिक कामहरुमा वडा न १९ ले सदैव सहयोग गर्ने प्रतिवद्दता समेत उहाँले व्यक्त गर्नुभएको छ।

sobha

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो। उक्त १० दिने उद्घोषण तालिममा संचारकर्मी मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो।

Share :
ramesh lekhak and kp oli

“जेन जी” अभियन्ताद्वारा ओली र लेखकलाई पक्राउ गर्न डिजीटल अभियान

काठमाडौँ - "जेन जी" अभियन्ताहरुले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान तीव्र बनेको छ। "जेन जी" अभियन्ताहरूको आह्वानमा ट्विटर, फेसबुक र अन्य प्लेटफर्महरूमा #ArrestKPOli, #ArrestRameshLekhak र #ArrestMurderers ह्यासट्यागसहित अभियान सञ्चालन भइरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक एक पोस्टरमा ओली र लेखकको तस्बिर राखी उनीहरूलाई ‘हत्यारा’का रूपमा चित्रित गरिएको[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५