फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

  • नेपाल राष्ट्रिय दैनिक
  • May 22, 2022
petrol pump



एक साता नबित्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेल १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार ग्यासको प्रतिसिलिण्डर १८ सय पुगेको छ । नोक्सानी बढेको भन्दै आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने छ ।

petrol 2252022051751 1000x0 1
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५