ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

  • नेपाल राष्ट्रिय दैनिक
  • June 16, 2022
globle bok 1662022072343 1000x0 1

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौताका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीचको मर्जर सम्झौतालाई अगाडि बढाएका छन्।

सम्झौताअनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहने बताइएको छ । हालको लागि १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएपनि यसबारेमा थप अध्ययन र छलफल हुने पनि बताइएको छ। मर्जरपछि बन्ने ग्लोबल आईएमई बीओके बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहनेगरि प्रारम्भिक सम्झौता भएको छ ।

मर्जरपछि बैंकको कूल पूँजी रु. ५२.२९ अर्ब र चुक्ता पूँजी रु. ३४.४१ अर्ब हुनेछ।
चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले ग्लोबल आईएमई बीओके बैंक नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५