अविरल वर्षासँगै अछामका विभिन्न ठाउँमा पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
स्थानिय प्रशासनका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर- ५ नाडामा ४ जना र ढकारी गाउँपालिका वडा नम्बर-६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ भने ६ जना बेपत्ता भएका छन्। पहिरोमा परि ५ जना घाइते भएका छन्।त्यसैगरी,कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र १ जना घाइते भएको जानकारी प्राप्त भएको छ।
कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । निरन्तर वर्षाका कारण अछाममा विधुत सेवा र सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । पहिरोमा परि घाइते भएकाहरुको उपचारका लागि हेलिकप्टरमार्फत उद्वार कार्य भैरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्