उपसभामुख पदमा सत्तारूढ गठबन्धनबाट पुष्पा भुसालको उम्मेद्वारी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 14, 2022
pushpa bhushal

सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदको लागि उम्मेदवारी दिएकी छन्।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेद्वारी दर्ता गराउनु भएको हो।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने भोलि दिउँसो ३ बजे निर्वाचन हुनेछ।

२०७० को निर्वाचनमा अर्घाखाँचीबाट समानुपातिक सांसद निर्वाचित भएकी पुष्पा भुसाल विगत लामो समयदेखि नेपाली काँग्रेसको सकृय राजनीतिमा लाग्दै आउनुभएको छ।

कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य समेत भैसक्नुभएको छ। उनी २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतमकि छोरी हुन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५