प्रतिनिधि सभाको एघारौँ अधिवेशन अन्तर्गतको ५५ औँ बैठक आज बिहान ११ बजे बस्दैछ।
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नागरिकता विधेयक सम्बन्धी जानकारी गराउने विषय आजको संसद बैठकको कार्यसूचीमा समावेश गरिएको संसद सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा नै, प्रतिनिधि सभाको सचिवले सम्माननिय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक संदेश सहित फिर्ता भएको सम्बन्धमा राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउनु हुने भन्ने विषय उल्लेख गरिएको छ।
राष्ट्रपतिबाट फिर्ता सन्देश सहितको नागरिकता विधेयकको पूर्णपाठ :
आफ्नो प्रतिक्रिया दिनुहोस्