हेटौंडाको सरकारी डाटा सेन्टरमा आगलागी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 25, 2022
data center disaster recovery center

सरकारी सूचना र तथ्याङ्कको अभिलेख राख्ने हेटौंडामा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । ।

डिजास्टर रिकभरी सेन्टरमा रहेको ब्याट्री पडि्कएर आगलागी भएको बताइएको छ। अहिले आगो नियन्त्रणको प्रायस जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो निभाउने प्रयास जारि रहेको र आगो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकोले आगलागीबाट के कति क्षति भयो भन्नेबारे अहिले नै अनुमान गर्न नसकिने प्रहरीले जनाएको छ।

आगलागीका कारण सरकार र मातहतका निकायहरुको अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५