राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

  • नेपाल राष्ट्रिय दैनिक
  • April 19, 2023
ramchandra poudel

काठमाडौँ — केहिदिन देखि अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचाराका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल लगिएको छ ।

छातीमा संक्रमण देखिएपछि गत साता तीन दिन अस्पताल बसेर फर्केका पौडेललाई मंगलबार पुन:असहज भएपछि परिवारको आग्रहमा थप उपचारका लागि भारत लगिएको हो। यधपी ,उपचारमा संलग्न चिकित्सकका अनुसार उनको छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको र प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको र एमआरआई र सीटी स्क्यान रिपोर्टमा पनि संक्रमणबाहेक अरु कुनै जटिलता नरहेको बताइएको छ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो ।पौडेलसँग उनका निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको हो ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५