नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा अनिता बिन्दु र शिव लम्सालले अध्यक्ष पदकालागि प्रतिस्पर्धा गर्दैछन्।
गुटगत बाछिटा देखिएको नेपाल प्रेस युनियनको महाधिवेशनमा पनि देउवा नेतृत्वको संस्थापन पक्षबाट अनिता बिन्दु र इतर समुहबाट शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
संस्थापन पक्षबाट सरोज अधिकारी वरिष्ठ उपाध्यक्ष, जगन्नाथ दुलाल महासचिव,उपमहासचिवमा केशव सावद,सचिवमा खगेन्द्र भण्डारी,महिला सचिवमा मेनुका ढुंगाना र माधव धिताल कोषाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन।
इतर समूहबाट महासचिवमा दिलिप पौडेल,उपमहासचिवमा विष्णु क्षेत्री, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुल्ला उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र शेखर रेग्मी प्रतिस्पर्धामा देखिएका छन्।
महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागीता रहनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्