बयानाका लागि रवि लामिछानेसहित ६ जना कास्की अदालतमा

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ पुष २०८१, बिहीबार ११:४५
ravi lamichhane

कास्की -राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा हाजिर गरिएको छ ।

लामिछाने, गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पचैन, पूर्व सञ्चालक समितिका सदस्य कृष्ण गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, पूर्व सांसद मीना गुरुङलगायतलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।

जोशी र पचाईको बयान लिइसकेको भएपनि लामिछानेले भने बयान दिएका छैनन् । पूर्व कोषाध्यक्ष आरती र पूर्व सांसद मीनालाई मंगलबार पक्राउ गरिएको हो ।

आइतबार लामिछानेमाथि थप मुद्दा दायर गरेपछि सोमबार बयान लिने प्रक्रिया सुरु भएको हो । न्यायाधीश नितीज राईको इजलासमा मुद्दा चलिरहेको छ ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५