इजरायलबाट नेपाली नागरिकको उद्धार गरिँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • October 12, 2023
nepal airlines

युद्धग्रस्त क्षेत्र इजरायलबाट नेपालले आफ्ना नागरिक फिर्ता ल्याउने अभियान थालेको छ । नागरिक फिर्ता ल्याउने अभियान अन्तर्गत पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश ल्याइने बताइएको छ।

स्वदेश फर्किने चाहना राख्दै आफ्नो विवरण टिपाएका नेपाली नागरिकहरुमध्ये पहिलो चरणमा दुई सय ५४ विद्यार्थी नेपाल ल्याउन लागिएको हो । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति दुबईबाट इजरायलका लागि प्रस्थान गरेको छ । वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार हुन लागेको उक्त कार्यमा परराष्ट्रमन्त्री एनपी साउदसमेत सहभागी रहेका छन् ।नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९:१० बजे जहाज तेलअभिभ पुग्नेछ । त्यहाँबाट ११:१० बजे उडेर दुबई हुँदै साँझ ८:२० बजे काठमाडौंमा जहाज अवतरण गर्ने तालिका रहेको छ ।

बाँकी रहेका नेपाली नागरिकलाई भेन छिट्टै व्यापारिक उडानबाट सुरक्षित रूपमा स्वदेश फर्काउने तयारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । इजरायलबाट आफूखुसी स्वदेश फर्किन चाहनेका लागि पनि नेपाल सरकारले खर्च व्यहोर्ने मन्त्रिपरिषद् बैठकको निर्णय गरेको छ।

युद्धको चपेटामा ज्यान गुमाएका नेपाली नागरिकको शव भने तत्काल नल्याउने भएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव पनि छिट्टै ल्याउने सरकारले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५