केन्याको नैरोबीमा शनिबार भएको खेलमा केन्यालाई १७ रनले हराउँदै नेपाल एक दिवसीय शृंखलामा विजयी भएको छ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले २३० रन जोड्न सफल भएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७८ रन जोडेका थिए। त्यसैगरी,अर्जुन साउदले ५ , देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, मोहम्मद अदिल आलमले १४ र करण केसीले ११ रन बनाएका थिए ।
२३१ रनको लक्ष्य लिएरजवाफी व्याटिंगमा मैदानमा उत्रिएको केन्याले ४६.३ ओभरमा मात्र २१३ रन जोड्न सफल भएको हो।
टी-२० सिरिज जितेको नेपालले यस अघि शुक्रबार भएको पहिलो खेलमा ७ विकेटले जित हाँसिल गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्