नवौँ राष्ट्रिय खेलकुदको आज औपचारिक उद्घाटन पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
पोखरालगायतका अन्य आठ जिल्लामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न आठ खेल सुरु हुँदैछ भने केहि खेलहरु उद्घाटन अगावै सुरु भइसकेका छन्। ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश र विभागीय लगायत ११ टोलीबाट ६,१५७ खेलाडी सहभागी हुँदैछन् । नवौं राष्ट्रिय खेलकुदमा पहिलोपल्ट १० तोला चाँदी र दुई तोला सुन जडित ‘राष्ट्रिय रनिङ ट्रफी’ बनाइएको छ ।

उद्घाटन समारोहमा राष्ट्रिय गानमा नेपाली सेनाले ब्यान्ड सलामी सहित मार्चपास । मार्चपासकोको प्रस्तुति रहनेछ भने एपीएफका ९ जना, नवौं राष्ट्रिय खेलकुदको मस्कट ‘जरायो’ को भेषमा प्रस्तुत हुनेछन् । उद्घाटन समारोहमा आज विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिने पनि उद्घाटन समारोह समितिले जनाएको छ।
विसं २०३८ भदौ २७ देखि असोज ४ सम्म पहिलोपटक राजधानी काठमाडौँमा सुरु भएको राष्ट्रिय खेलकुद हेरक दुई–दुई वर्षमा हुने भए पनि विभिन्न कारणले नियमीत रुपमा सञ्चालन हुन सकेन । राष्ट्रिय खेलुदको दोस्रो संस्करण विसं २०४० सालमा पोखरामा , विसं २०४२ मा तेस्रो संस्करण वीरगञ्जमा ,विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करण, विसं २०६५ मा काठमाडौँमा पाँचौँ संस्करण,विसं २०६८ मा छैटौँ संस्करण सुदूरपश्चिममा,विसं २०७३ मा विराटनगरमा सातौँ संस्करण र विसं २०७५ चैतमा, नेपालगञ्जमा आठौँ संस्करण सम्पन्न भएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्