फिनल्याण्ड र स्वीडेनले नेटो सदस्य बन्नुअघि टर्कीको सर्तहरू पूरा गर्नुपर्ने राष्ट्रपति एर्दोगानको चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 19, 2022
turkish president errdogan


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्विडेन र फिनल्याण्डले आफ्नो सम्झौता पुरा गर्न असफल भएमा दुवै देशलाई नेटोको सदस्यतामा रोक लगाउने चेतावनी दिएका छन्।
स्विडेन र फिनल्याण्डले हतियार बिक्रीमा टर्कीलाई लगाएको प्रतिबन्धको अन्त्य गर्नुपर्ने र स्विडेन र फिनल्याण्डमा शरण लिएर बसेका तर टर्कीले आतंककारी घोषणा गरेको कुर्दिस्तान वर्कर्स पार्टीका विद्रोहीहरुलाई कारवाही गर्नुपर्ने माग टर्कीको रहेको छ।
जुन महिनाको अन्तिमसम्म पनि नेटो सदस्य बन्ने स्विडेन र फिनल्याण्डको आहवानलाई रोकिराखेको टर्कीले म्याड्रिडमा भएको त्रिपक्षीय सम्झौतापछि भने स्पेनमा भएको शिखर सम्मेलनमा स्विडेन र फिनल्याण्डलाई औपचारिक आमन्त्रित गर्ने अनुमति दिएको थियो। तर आफ्नो मागमा टर्कीको अडान कायम रहेको भन्दै माग पुरा नभएसम्म दुवै देशलाई नेटोमा सम्मिलित हुन आफुले रोक लगाउने एर्डोगानले बताउंदै आएका छन्।

फिनल्याण्ड र स्वीडेन शीतयुद्धको समयमा तटस्थ रहेपनि , युक्रेनमा भएको रूसी सैन्य आक्रमणपछि भने सुरक्षाको चिन्ताबीच दुवै देशले नेटोमा सम्मिलित हुन मे १८ मा आवेदन दिएका थिए । ३० नेटो देशहरूको संसदले अनुमोदन गरेको खण्डमा मात्र उनीहरूले सदस्यता प्राप्त गर्न सक्ने अवस्था रहन्छ।

बाइडेनले अमेरिकी प्रतिनिधि सभाको राष्ट्रिय रक्षा प्राधिकरण ऐन अन्तर्गत टर्कीले एफ-१६ लडाकु विमानहरू किन्नु अघि थप प्रमाणपत्रहरू पेश गर्नुपर्ने नीति अघि सारेपछि एर्दोगानले स्विडेन र फिनल्याण्डलाई नेटोमा सम्मिलित गराउन सर्तसहितको चेतावनी अघि सारेको बताइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले भने एफ १६ को विषयलाई लिएर टर्कीले स्विडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउने विषयमा विवाद सिर्जन्ना गर्न नहुने बताएका छन्। उनले यसका लागि कंग्रेसको स्वीकृति प्राप्त गर्न सक्ने पनि बताएका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५