गृहमन्त्रीको राजीनामा माग्दै ‘नो केबलकार समूह’ माइतीघर मण्डलामा

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ माघ २०८१, सोमबार १४:३४
no cable car protest maitighar scaled

काठमाडौँ- पाथिभारा केबलकार निर्माण कार्य बन्द गर्नु्पर्ने मागसहित आन्दोलन गरिरहेको ‘नो केबलकार समूह’ ले आज गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

माघ १२ गते ‘नो केबलकार समूह’को प्रदर्शनमा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेपछि मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्ष समितिले देशका विभिन्न स्थानमा आन्दोलन चर्काउँदै आएको छ।

जल,जमिन,जंगल हाम्रो प्राण,मुन्धुमी मुक्कुमसुङबाट सशस्त्र प्रहरी फिर्ता गर,राज्य आतंक बन्द गरलगायतका नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेर आज उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५