नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ बहुमतले पारित

  • नेपाल राष्ट्रिय दैनिक
  • August 18, 2022
parliament nepal

;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशसहित फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ पारित भएको छ ।

राष्ट्रपति भण्डारीले फिर्ता लिएको ‘नेपाल नागरिकता विधेयक, २०७९’ पारित गर्ने गृहमन्त्री बालकृष्ण खाँणको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयकमाथि मतदान गर्न आह्वान गरेका थिए । त्यसको पक्षमा १३५ मत परेको थियो भने विपक्षमा ६० मत परेको थियो ।

विधेयकमाथिको छलफलमा सत्तारुढ दल र प्रतिपक्षका ७७ जनाभन्दा बढी सांसदले आफ्नो धारणा राखेका थिए ।

संविधानमा राष्ट्रपतिलाई एकपटक मात्रै विधेयक फिर्ता लिने अधिकार दिइएको छ । विधेयक दुवै सदनबाट पारित भएमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐन बन्नेछ ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%9c/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५