सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि एशियाली विकास बैंकबाट २०० मिलियन अमेरिकी डलर ऋण लिने तयारि गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले उक्त ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।
त्यसैगरी,आजको मन्त्रिपरिषद बैठकले, नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ।
साथसाथै , आज बसेको मन्त्रिपरिषद बैठकले विलासिताका बस्तुमा लगाउंदै आएको आयात प्रतिबन्ध मंसिरसम्म कायम गर्ने ,विदेशी लगानीको न्युनतम सीमा प्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि सम्वत २०८० साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने लगायतका निर्णयहरु गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्