निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्ध नेपाल बारको ३५ बुँदे प्रमाण

  • नेपाल राष्ट्रिय दैनिक
  • August 28, 2022
Cholendra rana1628422419 20211026131825

नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग आरोप पुष्टि गर्ने प्रमाणहरु महाभियोग सिफारिस समितिलाई पठाएको छ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने ३५ बुँदे प्रमाण महाभियोग सिफारिस समितिलाई पठाउनु भएको हो।

महाभियोग सिफारिस समितिलाई बुझाइएको उक्त पत्रमा , ”प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यसै निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।” भनी उल्लेख गरिएको छ।

यस अघि महाभियोग सिफारिस समितिले जबरा विरुद्द कुनै प्रमाण वा कागजात भए उपलब्ध गराउन भन्दै सार्वजनिक अपिल समेत जारी गरेको थियो।

महाभियोग सिफारिस समितिलाई पठाएको प्रमाणको दस्तावेज :

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7-3/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५