नालाक्लीटबाट नोम जाँदै गरेको बेरिङ एयरको विमान अलास्कामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ।
नोमबाट ३४ माइल (५५ किलोमिटर) दक्षिणपूर्वमा विमानको भग्नावशेष फेला परेको छ भने दुर्घटनाको कारण के हो भन्ने अझै खुल्न सकेको छैन।
दुई हप्ताभन्दा कम समयमा अमेरिकामा भएको यो तेस्रो गम्भीर विमान दुर्घटना हो। जनवरी ३१ मा, पेन्सिलभेनियाको फिलाडेल्फियामा लिअरजेट ५५ मेडिकल उडान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तिमा ७ जनाको मृत्यु भभएको थियो भने १९ जना घाइते भएका थिए।
त्यसैगरी ,जनवरी २९ मा, वाशिंगटन, डीसीको रोनाल्ड रेगन विमानस्थल नजिकै अमेरिकन एयरलाइन्सको जेटलाइनर र आर्मी ब्ल्याक हक हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्