भारतीय पर्वतारोही अनुराग मालुको ३ दिनपछि उद्धार

  • नेपाल राष्ट्रिय दैनिक
  • April 20, 2023
climber anurag maloo

भारतीय पर्वतारोही अनुराग मालुलाई तीन दिनपछि जीवितै उद्धार गरिएको छ ।

अन्नपूर्ण हिमालमा सोमबार बेपत्ता भएका ३४ वर्षीय मालुको क्याम्प तेस्रो मुनिको गहिरो खाडलबाट उद्धार गरिएको छ । छाङ दावाको नेतृत्वमा ६ शेर्पा आरोहीको टोलीले आज बिहान करिब ३ सय मिटर गहिरो खाडलबाट उनलाई फेला पारेर उद्दार गरेको हो । अनुरागलाई हेलिकप्टरबाट पोखरा लगिएको र अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था अहिले निकै नाजुक रहेको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

अन्नपूर्ण हिमालको क्याम्प तेस्रोबाट ओर्लने क्रममा ५ हजार ८ सय मिटरको उचाइमा रहेको गहिरो खाडलमा खसेपछि उनी बेपत्ता भएका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५